Category: राजनीति

  • जेनजीलाई बधाई दिँदै गोपाल हमालले भने -तपाईँहरूले भोली  चलाउँदा पनि चाहिन्छ,सार्वजनिक सम्पत्ति जोगाऔँ

    जेनजीलाई बधाई दिँदै गोपाल हमालले भने -तपाईँहरूले भोली चलाउँदा पनि चाहिन्छ,सार्वजनिक सम्पत्ति जोगाऔँ

    कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आन्दोलन सफल भएकोमा जेनजीलाई बधाई दिँदै अब संयमयता अपनाउन अपिल गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर जितेका हमालले जेनजीलाई सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न सुझाव दिएका छन् ।

    ‘सार्वजनिक सम्पत्ति हामै हुन् । हाम्रै करबाट बनाइएको छ । तपाईँहरूले जितिसक्नु भएको छ बधाई दिन चाहन्छु’ सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले भनेका छन्, ‘अब घुसपैठ हुने सम्भावना हुन्छ । तपाइहरूको भोली चलाउँदा पनि चाहिन्छ यसलाई जोगाउ । अब संयमयता अपनाउ । ’

    हिजो जनको क्षति भएको भन्दै आज धनको क्षति भएको मेयर हमालले टिप्पणी गरेका थिए । उनले आजसम्म जे भयो त्यो भइसकेको भन्दै भोलिदेखि शान्तिपूर्ण ढङ्गले अघि बढ्न आह्वान गरेका छन्।

  • घोराहीकी उपमेयरले दिइन् राजीनामा

    घोराहीकी उपमेयरले दिइन् राजीनामा

    दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् ।

    एमालेबाट निर्वाचित उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेकी हुन् ।

    उनले जेनजी आन्दोलनका मृतकप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

  • घाइते देउवा दम्पतीलाई हेलिकप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीको अवरोध

    घाइते देउवा दम्पतीलाई हेलिकप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीको अवरोध

    काठमाडौं । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते शेरबहादुर देउवा दम्पतीलाई सेनाले घरबाट निकाले पनि अस्पताल लैजान सकेको छैन ।

    बूढानीलकण्ठस्थित देउवा निवास पुगेका आन्दोलनकारीले तोडफोड र आगजानी गरेका थिए । सोक्रममा उनीहरू घरभित्रै थिए । प्रदर्शनकारीको कुटाइबाट उनीहरू दुवैजना घाइते छन् ।

    प्रदर्शनकारीको अवरोधका कारण देउवा र आरजुलाई अस्पताल लैजान नसकिएको सुरक्षा अधिकारीले बताएका छन् ।

    उनीहरूलाई घर नजिकै बारीमा सेनाले घेरेर राखेको छ । हेलिकप्टरर अवतरण हुन नसकेपछि सेनाले बल प्रयोग गर्न लागेको छ । हेलिकप्टर आकाशमा उडिरहेको छ ।

  • राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा

    राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

    अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ ।

    भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरू सेनाकै सुरक्षामा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादम्पती भने घरमै रहेकाले आगजनीका कारण निस्कन नसकेपछि आन्दोलनकारीको आक्रमणमा परेको सेनाले जनाएको छ ।

    परिस्थितिको विश्लेषण गरेर सुरक्षाका थप कदम चालिने सैनिक प्रवक्ताले बताएका छन् ।

  • प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

    प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

    काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्।
    नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।

    प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।

    रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट निकालेको पुष्टी गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् , रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन ।

  • प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

    प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।

    मंगलबार राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री ओलीले पेस गरेको राजीनामा आजैका मितिदेखि लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

    संविधानको धारा ७७ को उपधारा (३) अनुसार नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान मन्त्रिपरिषद्ले कार्य सम्पादन गर्ने व्यवस्था रहेको छ । त्यसअनुसार ओली नेतृत्वको मन्त्रिपरिषद्ले अर्को सरकार गठन नभएसम्म कार्यवाहकका रूपमा काम गर्ने राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

  • आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते,आगजनी भएकै घरभित्र थिए

    आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते,आगजनी भएकै घरभित्र थिए

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ ।उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

  • प्रधानमन्त्रीको राजीनामापछि अब अर्को सरकार कुन प्रक्रियाबाट ?

    प्रधानमन्त्रीको राजीनामापछि अब अर्को सरकार कुन प्रक्रियाबाट ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि अबको निकास के हुने भन्ने अन्यौल बढेको छ । संविधान अनुसार अर्को सरकार गठनतर्फ गएमा आन्दोलनकारी सहमत नहुने देखिएको छ ।

    जेनजी आन्दोलनका प्रमुख अगुवाले सोमबारै वक्तव्यमार्फत प्रधानमन्त्रीको राजीनामा र ताजा जनादेशका लागि म्याडेटप्राप्त अन्तरिक नागरिक सरकार गठनको माग गरेका थिए ।

    संविधान बमोजिम जाँदा संसदबाटै नयाँ प्रधानमन्त्री चयन हुनुपर्छ । तर, आन्दोलनको जित भइसकेको अवस्थामा आन्दोलनकारीकै माग बमोजिम नागरिक सरकार र ताजा जनादेशतर्फ मुलुक जानुपर्ने अवस्था छ ।

    आन्दोलनका ५ अगुवा अभिजित अधिकारी, युजन राजभण्डारी, रक्षा बम, प्रदीप ज्ञवाली, मनिष खनाल, तनुजा पाण्डे र विनोद देउवाले जारी गरेको विज्ञप्तिमा ५ बुँदे मागमध्ये नागरिक सरकारको माग दोस्रो नम्बरमा छ ।

    नागरिक सरकार कसले गठन गर्ने र कुन प्रक्रियाबाट छानिने भन्ने विषयको अगुवाई कसले गर्ने भन्ने अन्यौल पनि देखिएको छ ।

    प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा संसद र संविधानभित्रैबाट निकास खोज्न उपयुक्त हुने सुझाव संविधानविद टिकाराम भट्टराईको छ ।

    नागरिक सरकार गठनको लागि आन्दोलनकारीले आफ्ना नेता तय गर्नुपर्ने पहिलो चरण बाँकी नै छ । त्यसपछि उनीहरुसँग सर्वदलीय वा सर्वपक्षीय कस्तो वार्ता गर्ने,कसले सरकारको नेतृत्व गर्ने र उनीहरुलाई राष्ट्रपतिलाई नियुक्त गर्ने कि कुन प्रक्रियाबाट जाने भन्नेबारमै पहिलो सहमति हुन बाँकी छ ।

    सबैले स्वीकार गर्ने व्यक्ति अघि सरेर अहिलेको अन्यौल,अराजकता र विध्वंशको अवस्थालाई तत्काल रोक्नुपर्ने माग बढेको छ ।

  • देशभित्रैबाट समाधान निकाल्न पूर्वराजाको अपिल, आन्दोलन अराजक र घुसपैठ हुन नदिन आग्रह

    देशभित्रैबाट समाधान निकाल्न पूर्वराजाको अपिल, आन्दोलन अराजक र घुसपैठ हुन नदिन आग्रह

  • संघ र प्रदेशका सबै सांसदले सामूहिक राजीनामा दिने राप्रपाको निर्णय

    संघ र प्रदेशका सबै सांसदले सामूहिक राजीनामा दिने राप्रपाको निर्णय

    काठमाडौं । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामुहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ।

    देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको सामूहिक राजीनामा दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    राप्रपाले आन्दोलनरत जेन जी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न अपील गरेको छ।

  • आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

    आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

    जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

    प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

  • भैंसेपाटीबाट मन्त्री बोकेको हेलिकप्टर भैरवनाथ गणमा उत्रियो

    भैंसेपाटीबाट मन्त्री बोकेको हेलिकप्टर भैरवनाथ गणमा उत्रियो

    काठमाडौं । भैंसेपाटीस्थित सरकारी क्वाटरबाट हेलिकोप्टरमा निकालिएका मन्त्रीहरूलाई बालुवाटार लगिएको छ भने उनीहरुका परिवारसहित कतिपय भीआईपीलाई नेपाली सेनाको भैरवनाथ गणमा लगिएको छ ।

    उनीहरूलाई त्यहाँ सुरक्षाका लागि राखिएको भनिएको छ । भैरवनाथ गण यसअघि युद्धकालमा बन्दीहरूलाई राख्ने ठाउँ हो । अधिकांश मन्त्री र भीआईपीलाई हेलिकप्टरबाट सुरक्षित निकालिएको थियो ।

    कतिपयलाई अन्य सुरक्षित स्थानमा राखिएको स्रोतले जनाएको छ । यो समाचार पार्दासम्म अपरान्ह २ बजे काठमाडौंका अधिकांश भाग सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगिसकेका छन् ।

  • रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

    रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए ।

    बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (सांसदहरु) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ।’

  • स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

    स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।

     

  • अनेरास्ववियुका अध्यक्ष कडरियाले त्यागे पद

    अनेरास्ववियुका अध्यक्ष कडरियाले त्यागे पद

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।

    केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

    सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयाभह हुनेतर्फ उनले सचेत गराएका छन् ।

    उनले लेखेका छन्-

    हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन !

    विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन ।
    तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु। यतिवेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दवाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ।

  • जेनजीको आन्दोलनमा सरकारले दमन गरेको भन्दै गण्डकी प्रदेशका मन्त्रीले दिए राजीनामा

    जेनजीको आन्दोलनमा सरकारले दमन गरेको भन्दै गण्डकी प्रदेशका मन्त्रीले दिए राजीनामा

    पोखरा । गण्डकी प्रदेशका एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले राजीनामा दिएका हुन् ।

    पार्टीको निर्देशन र आफ्नो विवेकका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।

    बाबुराम भट्टराईको पार्टीबाट निर्वाचित भएर मन्त्री भएका उनको राजीनामा पत्र भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेका छन् ।

  • भैंसेपाटीस्थित मन्त्री निवासमाथि सेनाका ६ वटा हेलिकोप्टर

    भैंसेपाटीस्थित मन्त्री निवासमाथि सेनाका ६ वटा हेलिकोप्टर

    काठमाडौं । जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि बढेपछि मन्त्रीसहितका मानिसहरुलाई हेलिकप्टरमार्फत बाहिर निकालिएको छ ।

    त्यस्तै, क्वार्टरमा आगजनी भएपछि सेनाले हवाई फायर गरेको छ ।

    सेनाका ६ हेलिकप्टरबाट मानिसहरुलाई सेनाका ६ वटा हेलिकप्टरबाट मन्त्रीसहितलाई सुरक्षित स्थानतर्फ निकालिएको हो ।

     

  • प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी र तोडफोड

    प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी र तोडफोड

    काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा पनि आगजनी र तोडफोड गरेका हुन्।

    सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आज विहानैदेखि आन्दोलनको चाप बढेको हो ।

    आन्दोलनमा प्रहरीले गोली चालाएको थियो । उक्त गोली लागेर दुई जना घाइते भएका छन् ।

    आन्दोलनकारीहरुले एमालेका महासचिव शंकर पोखरेल, रघुवीर महासेठ र गोकुल बास्कोटा लगायतको घरमा समेत आगजनी गरेका थिए ।\

    अहिले प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन ।

  • गगन-विश्वको संयुक्त विज्ञप्ति : एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकियो, मन्त्रीहरु फिर्ता हुनू

    गगन-विश्वको संयुक्त विज्ञप्ति : एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकियो, मन्त्रीहरु फिर्ता हुनू

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् ।

    महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति निकाले पार्टी सभापति शेरबहादुर देउवादे सबै मन्त्रीलाई फिर्ता नबोलाएर अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी दिएका छन् ।

    उनीहरुले प्रधानमन्त्री ओलीले पनि राजीनामा गरेर नयाँ सहमति गर्नुपर्ने बताएका छन् ।

    उनीहरुले जेन जी पुस्तालाई पनि जायज माग सम्बोधन गर्न जोड दिने भन्दै आन्दोलनलाई संयमित बनाउन आग्रह गरेका छन्। अहिलेको समस्या समाधान गर्नको लागि सबै राजनीतिक दलहरुसँग खुला छलफलको आह्वान पनि गरेको छन्।

     

     

  • सामूहिक राजीनामाको तयारीमा नाउपा संघ र प्रदेशका सांसद

    सामूहिक राजीनामाको तयारीमा नाउपा संघ र प्रदेशका सांसद

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्ना पार्टीबाट निर्वाचित सांसदहरू राजीनामा दिने तयारीमा रहेको बताएकी छन् ।

    सङ्घमा नाउपाका ४ र प्रदेशमा १२ सांसद छन् । सबैसँग छलफल भइरहेको भन्दै राजीमाको तयारी भइरहेको उनले जानकारी दिइन् ।

    ‘सङ्घ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिनुहुन्छ हामीले तयारी गरिरहेका छौँ’, उनले भनिन् ।

    ‘देश यत्रतत्र सङ्कटमा छ, युवाहरूको रगत सडकमा बगिरहेको छ, जनताको आवाज दबाइएको छ। यस्ता क्षणमा सांसद भएर कुर्सीमा बसिरहनु मेरो लागि पद होइन अपराध सरह लाग्छ । मेरो नैतिकता, मेरो आत्मा, मेरो विवेकले मलाई चुपचाप बस्न अनुमति दिन्नँ’ उनले सामाजिक सञ्जालमा बिहानै लेखेकी थिइन् ।

  • खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा

    खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन जीहरुको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।

    उक्त आन्दोलनमा सोमबार १९ जनाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो Gen z युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’

  • प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । देशभर जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । बैठक ६ बजे डाकिएको छ ।

    एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दु:खी भएको बताएका छन् ।

    ‘कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो ।
    उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् ।

  • संसद पदबाट हटेको रास्वपाकी तोषिमाको घोषणा

    संसद पदबाट हटेको रास्वपाकी तोषिमाको घोषणा

    काठमाडौं । रास्वपा सांसद डा. तोषिमा कार्कीले सांसद पदबाट हट्ने घोषणा गरेकी छन् ।

    उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू जेनजीको पक्षमा रहेको र २०७९ सालमा निर्वाचित सांसद नरहेको घोषणा गरेकी हुन् ।

  • देउवाको धनगढी निवासमा आगजनि

    देउवाको धनगढी निवासमा आगजनि

    कैलाली । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् ।

    सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ ।

    प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ ।

  • रास्वपा सांसद असिम शाहले गरे प्रतिनिधि सभा सदस्यबाट राजीनामाको घोषणा

    रास्वपा सांसद असिम शाहले गरे प्रतिनिधि सभा सदस्यबाट राजीनामाको घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आन्दोलनमा संलगन भएको घोषणा गरेका छन् ।

    उनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा दिएको जनाएका छन् ।

    शाहले आजबाटै जेनजी आन्दोलनमा सहभागी हुने घोषणा पनि गरेका छन् ।

  • आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड (भिडिओ)

    आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड (भिडिओ)

    काठामाडौं । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।

    यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ ।

    त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।

  • आइतबारको घटनाप्रति क्षमायाचना गर्दै कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    आइतबारको घटनाप्रति क्षमायाचना गर्दै कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

    मन्त्री अधिकारीले आइतबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै उनले सो घटनाप्रति क्षमायाचना गर्दै राजीनामा दिएको बताएका छन् ।

    मन्त्री अधिकारीले भनेका छन्–लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु । देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।

    स-साना कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात देशलाई नै शोकाकूल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।

  • कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा

    कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा

    काठमाडौं । जेनजीको आन्दोलनमा हिजो १९ जनाको मृत्यु भएपछि सरकार छोड्न पर्ने भनेर दबाब बढेको बेला कांग्रेसका मन्त्रीहरु बेग्लै छलफलमा जुटेका छन् । कांग्रेसबाट स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले कांग्रेसका मन्त्रीहरुले सयुक्त राजीनामा दिने वा के गर्ने भन्ने विषयमा अहिले छलफल भैरहेको बताए ।

    कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकार छन् । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुन् । भने, परराष्ट्र मन्त्री आरजु राणाा देउवा , खेलकुद मन्त्री तेजुलाल चौधरी, कानुन मन्त्री अजय चौरसिया, उर्जा मन्त्री दीपक खड्का, वन मन्त्री ऐनबहादुर शाही, स्वास्थ मन्त्री प्रदीप पौडेल, कृषि मन्त्री रामनाथ अधिकारी र पर्यटन मन्त्री बद्री पाण्डे सरकारमा सहभागी छन् ।

    १९ जनाको मृत्यु भएपछि हिजो नै गृहमन्त्रीमा रमेश लेखक राजीनामा दिएका थिए ।

    यसैबीच सरकारमा सहभागी नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला पक्षका मन्त्रीहरुलाई राजीनामाको निर्देशन दिइएको छ । सरकारबाट फिर्ता हुन सभापति देउवा नमानेपछि कोइरालाले आफूनिकट मन्त्रीहरुलाई राजीनामा गर्न भनेका हुन् ।

  • रास्वपाको आकस्मिक बैठक बस्दै, प्रचण्डले डाकेको विपक्षी दलहरुको बैठकमा नजाने

    रास्वपाको आकस्मिक बैठक बस्दै, प्रचण्डले डाकेको विपक्षी दलहरुको बैठकमा नजाने

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ ।

    यसअघि प्रचण्डले बोलाएको बैठकमा सहभागी हुने गरेको रास्वपा पछिल्लो परिस्थिति र जे जी आन्दोलनका माग विश्लेषण गर्दै बैठकमा नजाने भएको हो ।

    यसैबीच रास्वपाको केन्द्रीय समितिको आकस्मिक बैठक आजै बस्दैछ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले अपरान्ह १ बजे केन्द्रीय कार्यालयमा पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक डाकेका हुन् ।

     

  • कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीले हटाए दलीय संगठनका बाेर्ड

    कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीले हटाए दलीय संगठनका बाेर्ड

    हेटौंडा । कृषि तथा वन विश्वविद्यालयअन्तर्गत बिएस्सी तेस्रो सेमेस्टरको आज हुने परीक्षाबारे अहिलेसम्म सूचना नआउँदा विद्यार्थी अन्यौलमा परेका छन् ।

    सोमबार जेन्जी समूहले गरेको आन्दोलनले देशभर विद्यालय कलेज सञ्चालन नहुने भनिरहँदा हेटौंडामा हुने परीक्षाबारे विश्वविद्यालय मौन रहँदा यस्तो भएको हो । परीक्षामा ६५ विद्यार्थी सामेल हुने विश्वविद्यालयकी सहायक डीन लिलुकुमारी मगरले बताइन् ।

    उनले भनिन्, ‘भदौ २२ गतेदेखि नै परीक्षा शुरु भएको हो, आज पनि परीक्षा छ तर अहिलेसम्म रामपुरबाट केही जानकारी आएको छैन, परीक्षा के गर्ने भन्ने अन्यौल छ ।’

    यस्तै, विश्वविद्यालयबाट कोशी प्रदेशको कोशी टप्पु र इलामका लागि शैक्षिक अध्ययन भ्रमणमा गएको विद्यार्थी समूह कोशीबाटै फर्किएका छन् । ३५ विद्यार्थीसहित ४१ जनाको टोली आज बिहान पौने ७ बजे सुनसरीबाट हेटौंडा आइपुगेको हो ।

    ‘भदौ २२ गतेदेखि २८ गतेसम्मको भ्रमण तालिका थियो, कोशी टप्पुमा रहँदै जेन्जीको घटनापछि भदौ २४ गते इलामतिर जान र कोशीमै बस्न पनि कठिन हुने अवस्था बन्यो, पूर्वतिर आन्दोलन जारी भएकाले जान नसकिने भनिएपछि रातभर ८ घण्टा यात्रा गरेर भर्खर आइपुगेका छौँ’, मगरले भनिन्, ‘हाम्रो भ्रमण टोली पनि आन्दोलनले प्रभावित भएर फर्कनु परेको हो ।’

    यता, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुले सोमबार राति कलेजमा रहेका सबै राजनीतिक दलका विद्यार्थी संगठनहरु निस्क्रिय हुने, कुनै पनि राजनीतिक दलका विद्यार्थी संगठनहरु अब चलाउन नदिने भन्दै संगठनहरुको साइनबोर्ड, स्वागत ब्यानर तुल निकालेका छन् ।

    उनीहरुले जेन्जी समूहमा भएको दमनपछि असन्तुष्टि जनाउँदै आइन्दा विद्यार्थी संगठनहरु सक्रिय हुन नदिने र आफूहरुले पनि सक्रियता नजनाउने बताएका हुन् । सँगै रहेको कृषि तथा वन विश्वविद्यालयको कलेजमा भने विद्यार्थीहरु शान्त छन् ।

  • माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

    माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ ।

    आज आकस्मिक रूपमा बसेको पार्टीको पदाधिकारी बैठककले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

    बैठकले जेन जी आन्दोलनमा क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्नुपर्नेलगायतका माग गर्दै निम्न ८ बुँदे माग अघि सारेको छ ।

    उनले भने, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेन(जी पुस्तासँग हाम्रो धारणा समान छ। त्यसैले आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न अपिल गरिन्छ। इतिहासकै कलङ्कको रूपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्दछ, र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ।

  • प्रधानमन्त्रीले भने- घुसपैठका कारण नागरिककाे ज्यान जाने दु:खद परिस्थिति उत्पन्न भयाे

    प्रधानमन्त्रीले भने- घुसपैठका कारण नागरिककाे ज्यान जाने दु:खद परिस्थिति उत्पन्न भयाे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख प्रकट गरेका छन् ।

    केहीबेर अघि एक अपिलमार्फत् उनले प्रदर्शनमा विभिन्न स्वार्थी समूह घुसपैठ गरेपछि संवैधानिक निकायका संरचनामा तोडफोड, आगजनी हुन थालेपछि राज्यको सम्पत्ति जोगाउनुपर्ने स्थिति सिर्जना भएको बताएका छन् ।

    सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै सरकारको कुनै नीति नभएको प्रष्टीकरण दिँदै उनले सर्वोच्च अदालतको आदेशअनुसार दर्ता र सूचीकरण नगरेका कारण सामाजिक सञ्जाल अस्थायी रूपमा निस्कृय गरिएको बताएका छन् ।

    घटनामा ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै ओलीले पीडित परिवारलाई राहत र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था हुने जानकारी दिए ।

    साथै आजको सबै घटना र क्षतिको छानबिन गरी आगामी दिनमा यस्तो परिस्थित आउन नदिन सिफारिस सहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गर्ने प्रतिवद्धता जनाए ।

    यस्ताे छ प्रधानमन्त्रीकाे वक्तव्य
    आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु 
    जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो । जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पु¥याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो । प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो । 
    सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्ने प्रयोजनका लागि सम्बन्धित कम्पनीहरुलाई नेपालमा सूचिकरण गर्न पटक पटक आग्रह गर्दै आएको थियो । कतिपय प्लेटफर्महरुले सरकारको आग्रह अनुरुप नेपालमा दर्ता र सूचिकरण गरे पनि केहीले पटक पटकको आग्रहलाई बेवास्ता गर्दै आएको परिस्थितिमा सम्मानित सर्वाेच्च अदालतले सामाजिक सञ्जाललाई अनुगमन गर्न सकिनेगरी दर्ता र सूचिकरण गरेर मात्र सञ्चालन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति लिएको थिएन र छैन । अदालतको आदेश बमोजिम अन्तिम पटक सूचिकरणका लागि गत हप्ता सरकारद्वारा गरिएको आह्वानको समेत बेवास्ता भएपछि सूचिकरण हुनासाथ सञ्चालन हुने गरी त्यसलाई निस्कृय गरिएको थियो । बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन ।
    आजको प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा म अत्यन्तै दुःखी भएको छु । यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ । आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु । 
            
    २३ भदौ २०८२        केपी शर्मा ओली
  • जेलबाट रविको ४ बुँदे सन्देश, माग पूरा नभए संसदबाट राजीनामा दिनुपर्ने हुन सक्छ तयार रहनू

    जेलबाट रविको ४ बुँदे सन्देश, माग पूरा नभए संसदबाट राजीनामा दिनुपर्ने हुन सक्छ तयार रहनू

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले जेनजीले गरेको प्रदर्शनमा भएको घटना पछि चार बुँदे सन्देश जारी गर्दै संसदबाट राजीनामा दिनुपर्ने हुन सक्ने नेताहरुलाई बताएका छन् ।

    यस्ताे छ रविकाे सन्देश:

    ‘पार्टी सभापति रवि लामिछानेको सन्देश”

    वि.सं. २०८२ भदौ २३
    ने.सं. ११४५ ञंलागा पारु

    हार्दिक अपिल

    आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,

    आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए।

    यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।

    आफ्नै बिन्दास संसारमा रमाउने उमेर का Gen Z लाई सडकमा आउन कसले बाध्य पाऱ्यो? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि-ताकि गोली हानेर मारे।

    म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो ।

    Gen Z र सिंगो देशलाइ मेरो अपिल छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।

    यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ ।

    कालकोठरीबाट भएपनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा मैले देशलाई केही समाधान सुझाउनैपर्छ।

    ती यस्ता छन् :

    १) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन होस् ।

    २) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस् ।

    ३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् ।

    ४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।

    यी आततायीलाई अझै यो देश लुट्न र जनताका सन्तानको हत्या गर्न दिन सकिन्न । देशलाई ३८ वर्षसम्म लुटेका यिनको अनुहार अब त निर्दोष, निरपराध र अबोध केटाकेटीका रगतले समेत राताम्य भइसकेको छ । यिनीहरु शासन होइन, दण्डका भागेदार हुन् ।

    सबै Gen Z शहिदका परिवारप्रति मेरो हार्दिक समवेदना छ। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्नेछ ।

    देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु । यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen Z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला। गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ। खोज्नु होला, खोस्नु होला। नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् ।

    प्रिय रास्वपाका सांसदहरू,

    उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला।

    रवि लामिछाने
    सभापति
    नक्खु कारागार, ललितपुर

    (आज दिउँसो नक्खु कारागारबाट निजी सचिवालयसँगको टेलिफोन वार्ता पश्चात्, आज दिनभरि भेटघाट बन्द गरियो, ५ बजेपछि टेलिफोन सम्पर्क समेत बन्द गरिएको छ: सचिवालय)

  • देउवा-ओलीसहित तीनै सुरक्षा प्रमुखका बैठक बालुवाटारमा

    देउवा-ओलीसहित तीनै सुरक्षा प्रमुखका बैठक बालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बैठक जारी छ ।

    बालुवाटारमा बसिरहेको बैठकमा तीनै सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी छन् ।

    जेनजीको प्रदर्शनमा गोली लागेर १९ जनाभन्दा बढीको मृत्यु भएपछिको अवस्थामा आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले घटनाको छानबिन गर्ने निर्णय गरेको थियो ।

    घटनापछि चौतर्फी रुपमा सरकारको आलोचना भइरहेको छ ।

  • मन्त्रिपरिषद बैठकलगत्तै बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष बैठक

    मन्त्रिपरिषद बैठकलगत्तै बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष बैठक

    काठमाडौं । मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसेको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरवहादुर देउवा,राजीनामा दिएका गृहमन्त्री रमेश लेखकलगायत दुवै दलका शीर्ष नेता सहभागी भएका छन् ।

    बैठकमा सामाजिक संजाल पुनः सन्चालन गर्नेबारे छलफलबाट निष्कर्ष आउने एक मन्त्रीले नेपाल प्रेसलाई बताए । यसअघि मन्त्रिपरिषद बैठकमा यसबारे कुनै निर्णय नभएको उनको भनाइ छ ।