Category: फोटो फिचर

  • बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अगुवाहरू पक्राउ

    बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अगुवाहरू पक्राउ

    काठमाडौं । वृहत नागरिक आन्दोलनमा सहभागी नागरिक अगुवाहरूले आज बालुवाटारमा प्रदर्शन गरेका छन् ।

    चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा उनीहरूले विरोध जनाएका हुन् । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै गरिएको प्रदर्शनमा सञ्जिव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत सहभागी थिए ।

    केहीलाई प्रहरीले पक्राउ गरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

    प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरू बोकिएको थियो ।

  • आज ६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइँदै (तस्विरहरु)

    आज ६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइँदै (तस्विरहरु)

    काठमाडौं । आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने अभियान सुरु भएको छ ।

    काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा विहान १० बजेदेखि खोप लगाउन सुरु भएको छ । काठमाडौंमा विभिन्न वडाहरुमा खोप केन्द्र स्थापना गरिएको छ ।

    मंगलबार ६४ वर्ष उमेरका नागरिकलाई मात्र खोप लगाउने कार्यक्रम छ । खोप केन्द्रमा भीडभाड कम गर्न एउटा उमेरकालाई एकदिनमा मात्र लगाउने तालिका बनाइएको हो ।

    जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।

    यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

  • कांग्रेस र माओवादीका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

    कांग्रेस र माओवादीका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा छुट्टाछुट्टै ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । पेप्सीकोलामा नेविसंघले र मिनभवनमा क्रान्तिकारीले पुत्ला दहन गरेका हुन् ।

    नेविसंघले पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ गरेको थियो । बानेश्वरमा भने प्रहरीले कुनै हस्तक्षेप गरेन । आन्दोलनकारी विद्यार्थीले ओलीले हालै गरेको मन्त्रीमण्डल पुनर्गठन तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

  • लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान (तस्बिरहरु)

    लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान (तस्बिरहरु)

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेर राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचनको मतदान शुरु भएको छ । विहान ९ बजेदेखि मतदान शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका तीन मतदान स्थलको व्यवस्था गरिएको छ । निर्वाचनमा १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १७ जना र ८३ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन् । कोभिड संक्रमितका लागि अलगै स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

    राष्ट्रिय सभा निर्वाचनका लागि सबै मतदाताको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ । पीसीआर परिक्षण नगरेकाहरुका लागि मतदान स्थलमै एन्टिजेन परिक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइएको छ ।

    माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षको रहेको समर्थन छ । विपक्षी गठबन्धनले कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

    निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । निर्वाचनमा जसपाको महन्थ ठाकुर पक्षले खड्कालाई मतदान गर्न ह्वीप जारी गरेको छ । सचेतक कल्पना पाण्डेले विज्ञप्ति जारी गरी खड्कालाई मतदान गर्न निर्देशन गरेकी छन् ।  जसपाका ४ सांसदलाई अन्तिम समयमा मतदातामा समावेश गरेको भन्दै गठबन्धन दलले विरोध गरेका छन् ।

  • ‘अनौपचारिक क्षेत्र’ मा काम गर्ने महिलालाई माइती नेपालको राहत (तस्बिरहरू)

    ‘अनौपचारिक क्षेत्र’ मा काम गर्ने महिलालाई माइती नेपालको राहत (तस्बिरहरू)

    काठमाडौं । निषेधाज्ञाका कारण समस्यामा परेका ‘अनौपचारिक क्षेत्र’ मा कार्यरत् राजधानीका महिलालाई माइती नेपालले खाद्यान्नलगायत दैनिक अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको छ ।

    यूएन पार्क क्षेत्रमा बिहीबार राहत वितरण गरिएको हो । कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाका कारण साँझ-बिहान खान समेत समस्या परेको गुनासो आएपछि राहत प्रदान गरिएको माइती नेपालले जनाएको छ ।

    हालसम्म माइती नेपालले राजधानीका ३५ सयभन्दा बढी त्यस्ता महिलालाई खाद्यान्न राहत वितरण गरेको छ ।

     

    
    
  • जोखिम बढाउने खाद्यान्न पसलको भीड (तस्बिरहरू)

    जोखिम बढाउने खाद्यान्न पसलको भीड (तस्बिरहरू)

    काठमाडौं । उपत्यकामा थपिएको सात दिनको निषेधाज्ञामा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरिएको छ ।

    काठमाडौं उपत्यकाका तीन सीडीओको संयुक्त बैठकले एक साताका लागि खाद्यान्न जोहो गर्न भनेर दिएको २ दिनको समय सीमाका कारण त्यस्ता पसलमा झन भीड बढेको छ ।

    आज बिहानैदेखि परिरहेको पानीको पर्वाह नगरी सेवाग्राहीहरू खाद्यान्न मौज्दातमा लागेका छन् । एक्कासी बढेको भीडभाडले कोरोना जोखिम झन् बढ्ने भन्दै टिप्पणी पनि भएका छन् ।

  • सुनसान बौद्धनाथ स्तुपा

    सुनसान बौद्धनाथ स्तुपा

    काठमाडौं । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्धजयन्ती आज देशभर मनाइँदैछ । बुद्धको जन्म , ज्ञान प्राप्ती र मृत्यु महापरिनिर्माण वैशाख शुक्ल पूर्णिमाको दिन भएको मानिन्छ ।

    नेपाललगायत विश्वभरी रहेका बौद्धमार्गीहरूले कोरोना संक्रमणको जोखिमका बीच बुद्धजयन्ती अनौपचारिक रूपमै मनाइरहेका छन् ।

    महामारी नियन्त्रणका लागि लागू निषेधाज्ञाका कारण स्वयम्भु, बौद्ध क्षेत्र आज सुनसान छन् । यसअघिका बुद्धजयन्तीहरूमा यी क्षेत्रमा बौद्धधर्मावलम्वी र पर्यटकहरू खचाखच हुन्थे ।

    काठमाडौंको बौद्धनाथ स्तुपामा आज रंगरोगन गरेर सिंगारिएको छ ।

    हेर्नुस् बुद्धजयन्तीमा स्तुपा क्षेत्रको तस्बिरहरू :

     
     
     
     
     
     
     
     
     
     

     

  • कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

    कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

    जनकपुरधाम । कोरोना महामारी फैलन नदिन सरकारी नीतिअनुसार स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेका छन् । निषेधाज्ञाको उद्देश्य संक्रमण दरको नियन्त्रण गर्नु नै हो ।

    तर, प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधाममा निषेधाज्ञाको पालना गराउन धनुषा प्रशासन असफल भएको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि वैशाख २२ गते जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लगाए । तर बजारमा देखिएको चहल–पहलले निषेधाज्ञा अन्त्य भएको जस्तो लाग्छ ।

    बजार क्षेत्रका अधिकांश पसल खुल्न थालेका छन् । सडकमा सिटी रिक्सा यात्रु ओसार्न सुरु गरिसके । ठेला फलफूल र पसलहरुमा विभिन्न समान बेच्दा न व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएको देखिन्छ, न सेवाग्राही अर्थात् सर्वसधारण जनता सचेत देखिन्छन् । प्रहरीले पक्रिन छाडेपछि त मास्क प्रयोग नगर्नेको संख्या बढ्न थालेको छ ।

    गृह मन्त्रालयले शनिवार मात्र ७७ वटै जिल्ला प्रशासन र सुरक्षा निकायलाई पत्राचार गर्दै ‘जनतालाई घरबाट निस्किनै नदिनू’ भनेर निर्देशन दिएको थियो । तर, धनुषामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले कुनै चासो देखाएका छैन । यस विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग सम्पर्क स्थापित हुन सकेन ।

    जनकपुधाम उपमहानगरपालिका कोरोनाको हटस्पट बनेको छ । अहिले उपमहानगरमै करिब १२ सय कोरोनाका सक्रिय संक्रमित छन् । र उनीहरु घरमै छन् । स्वास्थयकर्मीले निगरानी नगर्दा कतिपयले त घुमफिर पनि गर्छन् । यस्तो बेला बजारमा देखिन थालेको भीडभाडले जनकपुरमा कोरोनाले भयावह रुप लिने देखिन्छ ।

    हेर्नुस् तस्बिरहरु

  • रंगशालामा राष्ट्रिय फुटबल टोलीको अभ्यास

    रंगशालामा राष्ट्रिय फुटबल टोलीको अभ्यास

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकविरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी एसियन कप र फिफा विश्व कपको संयुक्त छनोटका तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टोलीसँगै त्यसअघि बोलाइएका खेलाडीले पनि अभ्यास गरिरहेका छन् ।

    बिहीबार दशरथ रंगशालामा भएको ट्रेनिङमा यसअघि प्रारम्भिक टोलीमा परेका खेलाडीहरूसँगै चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका बिक्रम लामाले पनि सामान्य अभ्यास गरेको देखियो ।

    आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अल्मुताइरीले यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् ।

    २६ सदस्यीय नेपाली टोली:
    गोलकिपर्स: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

    डिफेन्डर्स: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान

    अट्याकर्स: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

  • निषेधाज्ञामा काठमाडौं : बिहान भीडभाड, दिउँसो सुनसान

    निषेधाज्ञामा काठमाडौं : बिहान भीडभाड, दिउँसो सुनसान

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाको तीन साता पुगिसकेको छ ।

    यतिखेर अत्यावश्यकीय बाहेकका सबै सेवा बन्द छन् । जोखिम कम गर्न नागरिकलाई घरभित्रै रहन आग्रह गरिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ गर्न स्थानीय प्रशासनले एकपछि अर्को निर्णय गरिरहेको छ । तर, पनि भीडभाड भने उत्तिकै देखिन्छ । बिहान-बेलुकाको तुलनामा दिउँसो भने सडक सुनसान प्राय: देखिन्छ ।

    तरकारी, खाद्यान्नलगायतका पसलहरूमा सर्वसाधारणले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम गर्न नसक्दा संक्रमण दर झन बढेको विज्ञहरूले बताउँदै आएका छन् ।

    
      
     
       
       
    
    
    
    
    
  • मदन-आश्रित स्मृति दिवसमा भाषणबिनाको संक्षिप्त श्रद्धाञ्‍जली (तस्बिरहरु)

    मदन-आश्रित स्मृति दिवसमा भाषणबिनाको संक्षिप्त श्रद्धाञ्‍जली (तस्बिरहरु)

    काठमाडौं । नेकपा (एमाले)का नेताहरुले तत्कालीन महासचिव मदन भण्डारीलाई स्मरण गरेका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका एमाले नेताहरु तत्कालीन पार्टी कार्यालय रहेको बल्खु पुगेर मदनको शालिकमा माल्यार्पण गरे ।

    कोभिड महामारी र निषेधाज्ञाका कारण शीर्ष नेताहरुमात्र उपस्थित भएर श्रद्धान्जली दिइएकाले कसैले पनि भाषण नगरेको एमाले केन्द्रीय कार्यलय सचिव शेरवहादुर तामाङले बताए ।

    प्रधामन्त्री ओलीले सोमबार बिहान साढे नौ बजे पुगेर मदनको सालिकमाथि माल्यार्पण गरे। उनीसँगै उनकी पत्नी राधिका शाक्यले पनि मदनको सालिकमा माल्यार्पण गरिन् ।

    त्यसपछि महासचिव ईश्वर पोखरेलले मदनप्रति श्रद्धान्जली अर्पण गरे । पोखरेलपछि हालै माओवादी केन्द्र छाडेर एमाले गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि मदनप्रति श्रद्धान्जली अर्पण गरे ।

    कार्यालय सचिव तामाङका अनुसार उनले माधव नेपालसहितका सबै नेताहरुलाई श्रद्धान्जली अर्पण गर्ने कार्यक्रमका लागि एसएमएसमार्फत खबर गरेका थिए । तर, नेपाल भने बल्खु गएनन् । तर, उनी पक्षीय नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल बल्खु पुगेका थिए ।

    त्यस्तै एकता अभियान चलाएका नेता बामदेव गौतम पनि बल्खु गएका थिए ।

    भण्डारीको २८ वर्षअघि आजकै दिन चितवनको दासढुंगामा सहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। उनी जनताको बहुदलीय जनबाद (जबज)का प्रणेता हुन् ।

  • चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदै

    चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदै

    काठमाडौं । आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउन थालिएको छ ।

    काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा यो अभियान सञ्चालन गरिँदैछ । गत चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएका नागरिकका लागि दोस्रो डोज लगाउन लागिएको हो ।

    भेरोसेलनको पहिलो डोज लगाउन केही अस्पताल तोकिएकोमा दोस्रो डोजका लागि भने महानगरको प्रत्येक वडामा खोप केन्द्र तोकिएको हो ।

    दोस्रो डोजका लागि पहिलो डोज लगाएको खोप कार्य देखाएपछि तोकिएको केन्द्रमा गई खोप लगाउन सकिने महानगरले जनाएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • सुनसान मस्जिदमा नमाज

    सुनसान मस्जिदमा नमाज

    काठमाडौं । मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान आज । यो पर्वलाई इद-उल-फित्र पनि भनिन्छ । १ महिनाको कठोर उपवासपछि आजको दिन मुस्लिम धर्मावलम्वीहरुले हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर मनाउँछन् ।

    यो दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेकाले राष्ट्रिय मुस्लिम आयोगले इद उल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको थियो ।

    मस्जिदहरू सुनसान देखिए ।

    
     
    
      
    
      
     
    
     
     
     
      
    
  • किनमेल गर्न निस्केकालाई यसरी चुट्यो दर्के झरीले (फोटो फिचर)

    किनमेल गर्न निस्केकालाई यसरी चुट्यो दर्के झरीले (फोटो फिचर)

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा विहीवार विहानै दर्के झरी परेको छ केही दिनयता मौसममा फेरबदल भइरहेका बेला विहानको दर्के झरीले काठमाडौंका जनजीवनलाई प्रभावित पारेको थियो ।

    विहान १० बजेसम्म मात्र पसल खुल्ने भएकाले किनमेल र अन्य कामका लागि निस्केकाहरु झरीको चपेटामा परेका थिए ।

                
  • अस्पताल बाहिरै राखेर उपचार !

    अस्पताल बाहिरै राखेर उपचार !

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेसँगै अहिले बिरामीको उपचार व्यवस्थापनमा अस्पताललाई सकस परिरहेको छ । संक्रमित र मृत्यु हुनेको संख्या ४ र ३ डिजिटमा थपिन थालेको छ ।

    काठमाडौं उपत्यकामा हाल ४०,२२२ सक्रिय संक्रमित छन् जसमध्ये काठमाडौं जिल्लामा मात्र २९,२४४ छन् । उपत्यकाका निजी तथा सरकारी अस्पतालले बेड अभाव हुन थालेको बताएका छन् । अक्सिजन अभावको कारण देखाउँदै केही अस्पतालले बिरामी भर्ना नलिने र उपचार गराइरहेका बिरामी पनि डिस्चार्ज गरिदिने बताइरहेका छन् ।

    अस्पतालका बेड संक्रमितले भरिन थालेपछि बाहिरै राखेर उपचार गर्न थालिएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रन्सप्लान्ट सेन्टरको नयाँ भवनमा पनि संक्रमितको उपचार भइरहेको छ । ७०० बेड क्षमताको उक्त भवनमा बिरामीको चापले बाहिर नै राखेर भएपनि उपचार गरिरहेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए ।

            
  • १५ हजार अक्सिजन सिलिण्डरको आवश्यकता, सरकारसँग ८ हजार मात्रै

    १५ हजार अक्सिजन सिलिण्डरको आवश्यकता, सरकारसँग ८ हजार मात्रै

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याक अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या ८८ हजार पुगेको बताएको छ । साथै कोरोनाको दोस्रो लहरमा आस्पताल पुग्ने संक्रमितको संख्या पनि गत वर्षको भन्दा तीब्र गतिमा बढेको छ ।

    अहिले अस्पतालमा भर्ना भएका प्रायः सबै कोभिड संक्रमितलाई अक्सिजन दिनु पर्ने अवस्था छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रको (सीसीएमसी) अनुसार पनि नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको आवश्यकता छ तर, ८ हजार थान अक्सिजनका सिलिण्डर मात्र अहिले सरकारसँग उपलव्ध छन् ।

    अक्सिजन सिलिण्डरको अभाव चौतर्फी बढेपछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शनिवार निर्देशन जारी गर्दै अव कुनै पनि निजी अक्सिजन कम्पनीले सिलिण्डर बिक्री/वितरण गर्दा मन्त्रालयको सिफारिस अनिवार्य लिनुपर्ने छ । साथै, नेपाल सरकारले चीनको बेइजिङबाट अनुदानमा ४ सय सिलिण्डर मंगलबार नेपाल एयरलाइन्सबाट नेपाल ल्याउँदै छ ।

    यसका साथै अक्सिजन ग्यास सिलिण्डर एक कम्पनीले अहिले अक्सिजन सिलिण्डरको माग अनुरुप दैनिक ७/८ सय सिलिण्डर उत्पादन गर्दै आएको नेपाल अक्सिजन ग्याँस उत्पादक संघका अध्यक्ष नारायण तिमिल्सिनाले बताए । हाल नेपालमा रहेका ८ अक्सिजन उत्पादन कम्पनीले दैनिक ५ हजार सिलिण्डरमा अक्सिजन भर्ने गरेका छन् ।

             
  • संसद बैठक शुरू हुनुअघिको चहलपहल

    संसद बैठक शुरू हुनुअघिको चहलपहल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक केही बेरमा शुरू हुँदैछ ।

    सरकारको सिफारिसमा एक साताअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रायोजनका लागि संसद बैठक आह्वान गरिसकेकी छन् ।

    आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा विश्वासको प्रस्तावमा मतदान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट हिजो नै विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

    
    
      
    
     
     
      
    
  • निषेधाज्ञाकाबीच काठमाडौं छाड्नेको भीड

    निषेधाज्ञाकाबीच काठमाडौं छाड्नेको भीड

    काठमाडौं । तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमणलाई न्यूनिकरण गर्नका लागि सरकारले काठमाडौंलगायत देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । सरकारले निशेधाज्ञा जारी गरेपनि अहिले पनि काठमाडौं छोड्नेको लर्को कलंकीमा कम छैन । निषेधाज्ञालाई अवज्ञा गर्दै अहिले देशका विभिन्न भागमा जानका लागि काठमाडौंको कलंकीमा बसहरु प्रसस्तै भेटिन्छन् ।

    काठमाडौंबाट अन्य जिल्लामा जाने यात्रुसँग भने ती सवारी साधनले अन्य बेलाको भन्दा दोब्बर, तेब्बर महंगो भाडा असुली रहेका छन् । सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएसँगै अत्यावसेकबाहेक सार्वजानिक र निजी सवारी साधनमा रोक लगाइएको छ । अहिले लामो दूरीका यातायात मात्र होइन राष्ट्रिय र अन्तराष्ट्रिय हवाई उडान समेत बन्द रहेको अवस्था छ ।

              
  • लकडाउनमा नि:शुल्क खाना बाँड्दै ‘हाम्रो टिम…’

    लकडाउनमा नि:शुल्क खाना बाँड्दै ‘हाम्रो टिम…’

    काठमाडौं । कोरोना नियन्त्रणका लागि  लागि सरकारले गरेकाे लकडाउने रोजिरोटीका लागि दैनिक ज्यालादारी गर्ने मजदुरहरू मारमा छन् । विस्तारै खाद्यान्न अभाव हुँदै गएपछि भोकै बस्नुपर्ने बाध्यता सिर्जित हुँदै गएको छ ।

    यही बीचमा हाम्रो टिम नेपाल भोलेन्टियर समूहले नि:शुल्क खाना बाँड्ने काम गरिरहेको छ । कोही पनि भोकै बस्नु नपरोस् भन्दै उक्त समूहले  खाना बाँड्न थालेको हो ।

    शनिबार सामाजिक दुरी कायम गरी प्रसूति गृह पछाडि सो समूहले खाना वितरण गरिरहेको दृश्य तस्बिरमा हेर्नुहोस् ।

     

  • वाह ! भेडेटार सम्झाउने ‘सुन्तले डाँडा’

    वाह ! भेडेटार सम्झाउने ‘सुन्तले डाँडा’

    उत्तर फर्किएर हेर्दा लहरै बसेका हिमालका ताँती, दक्षिण फर्किए तराईको नीलो नदी देखिने धरान-धनकुटाबीचको भेडेटारको सौन्दर्यबारे नपुगे पनि जानकार नहुने कमै छन् ।

    त्यही भेडेटारको झल्को दिन्छ भोजपुरको ‘सुन्तले’ ले । हिमाललगायत वरपरका डाँडाको दृश्यले त्यहाँ पुग्ने जो कोही मन्त्रमुग्ध हुन्छन् नै ।

    यहाँबाट मकालु, कन्चनजंघा हिमालको मनमोहक सौन्दर्य तथा अन्य थुप्रै हिमशृखंला प्रष्टै देख्न सकिन्छ । उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यावलोकनको आनन्द त उत्तिकै । हरियाली जंगल, फराकिलो नागी, सिजनमा फुल्ने गुराँससँगै खोटाङको सीमावर्ती टेम्के चुचुरोदेखि अरुण उपत्यकाको तुम्लिङ फाँटसम्मका प्राकृतिक दृश्यको वर्णन गरी साध्य छैन । हिउँ खेल्न र रमिता हेर्न पनि यहाँ मानिसको भीड लाग्छ ।

    मोटर बाटो पुगेसँगै पहाडमा सम्भावनाका ढोकाहरू खुल्दैछन् । भोजपुर नगरपालिका क्षेत्रमै अवस्थित सुन्तलेमा आन्तरिक र वाह्य पर्यटकको चाप दिनदिनै बढ्न थालेको छ ।

    समुद्री सतहदेखि २२ सय मिटर उचाइमा पर्ने यो ठाउँ थकान र आलस्यलाई बिर्साउने थलो बनेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुव श्रेष्ठ बताउँछन् । पर्यटकीय गन्तव्यको सूचीमा रहेको तेन्जिङ-हिलारी हिँडेको ‘मुन्दुम ट्रेल पदमार्ग’ यही ठाउँ भएर जान सकिन्छ ।

    यहाँ पुग्न भोजपुर बजारबाट पैदल दुई घण्टा लाग्छ। सवारी साधनबाट आधा घण्टामै पुगिन्छ । सदरमुकामबाट नजिकै भएकाले पनि छुट्टी मनाउने र साथीभाइबीच रमाइलो गर्न जानेको संख्या दिनदिनै बढ्दो छ ।

    वर्षैभरि चिसो हुने यहाँ लोकल कुखुराको तिते (किराती समुदायको विशेष परिकार) तोङ्बा, उसिनेको आलु, राँगाको सुकुटी, रायोको साग लगायतका खानेकुराका परिकारहरु विशेषताको रूपमा छन् ।

    भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले सुन्तले क्षेत्रको विकासका लागि बृहत् योजना ल्याउन लागिएको बताउँछन् । नगर क्षेत्रको पर्यटकीयस्थल पहिचान गरी तिनको प्रवर्द्धन र विकासलाई आफूले प्राथमिकतामा राखेको आलेको भनाइ छ ।

     
     
     
     
     
    
    
     
    
    
     
     
     
     
  • गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह, प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो-भिडियो)

    गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह, प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो-भिडियो)

    ललितपुर । गोदावरीमा निर्माणाधिन नेपालकै सबैभन्दा ठूलो सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    करिब ३ हजार क्षमताको सभाहल निर्माणको काम ९९ प्रतिशत काम सम्पन्न भएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय बबरमहलले जनाएको छ ।

    बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सभाहलको शुक्रबार शहरी विकास मन्त्री प्रभु शाहले निरीक्षण गरेका छन ।

    भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाईएको छ । आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही बैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको शहरी विकास मन्त्रालयका सचिव ई. रमेश प्रसाद सिंहले जानकारी दिए ।

    उदाउँदो सूर्यको आकृतिमा बनाईएकाले सभाहललाई गोदावरी सनसाईज नाम दिईएको सचिव ई. सिंहले बताए  ।

    गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाईएको सो सभाहलको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ ।

    ३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याईएको छ । ध्वनी अवशोषित, भुकम्प प्रतिरोधी सो सभाहलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्ने छन् ।

    केसी समानान्तर जेभी काठमाण्डौले निर्माण ठेक्का लिएको सभाहलको लागत ८१ करोड, ६ लाख ४ सय ३ रुपैया रहेको छ । सभाहल अन्तराष्ट्रिय विमानस्थलबाट १५ दशमलब ८ किलोमिटर र चक्रपथबाट ९ दशमलब ५ किलोमिटर दुरीमा रहेको छ ।

    मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारी सहित सभाहलको निरीक्षणमा जानुभएको थियो ।

     

  • सुनसान सिंहदरबार

    सुनसान सिंहदरबार

    काठमाडौं । अघि पछि सांसद, कर्मचारी र सर्वसाधारणले भरिभराउ हुने मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरबार हिजो आज सुनसान छ ।

    काम र भेटघाटका लागि चाप बढ्ने सिंहदरबारको दक्षिणी गेटमा पनि भीड देखिन्न । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणदर तीव्र बनेपछि उपत्यकामा वैशाख १६ देखि लकडाउन जारी छ । सरकारले अत्यावश्यकबाहेकका सेवामात्र खुल्ला गरेको छ ।

    त्यस्तै कतिपय सरकारी निकायका कर्मचारीलाई आलोपालो लगाइएको छ ।

    निषेधाज्ञामा सुनसान सिंहदरबारलाई हामीले क्यामेरामा कैद गरेका छौं ।

     

  • निषेधाज्ञामा फेरिएको काठमाडौंको दिनचर्या

    निषेधाज्ञामा फेरिएको काठमाडौंको दिनचर्या

    काठमाडौं । तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संघीय राजधानी काठमाडौं उपत्यका साथै देशभरका अधिकांश जिल्लामा अहिले निषेधाज्ञा लागू गरिएको छ ।

    संक्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाले व्यापार/व्यवसाय चौपट छन् । यसको प्रभाव मानिसको दैनिकीमा पनि उत्तिकै परेको छ ।

    कोरोना त्रासले मानसिक तनावसमेत बढ्नसक्ने भन्दै विज्ञहरूले यसमा सचेत रहन सुझाव दिइरहेका छन् । महामारीका कारण धेरै जनसंख्या अहिले घरभित्रै छ । यो समय सदुपयोग गर्दै सिर्जनात्मक काममा खर्चिनु नै मानसिक स्वास्थ्यमा असर कम गर्ने उत्तम उपाय हो ।

    निषेधाज्ञाको समयमा ललितपुर, काठमाडौंमा घरबाहिर भेटिएका वृद्ध, बालबालिकालगायतको गतिविधिलाई हामीले क्यामेरामा नियालेका छौं ।

     
     
     
     
     
     
     
     
     
     
     
  • घर बस्न नसक्ने संक्रमितलाई दुवाकोटमा ५४ बेडको आइसोलेसन

    घर बस्न नसक्ने संक्रमितलाई दुवाकोटमा ५४ बेडको आइसोलेसन

    भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा नेपाल इन्जिनियरिङ क्याम्पसको प्रांगणमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर बढेसँगै अस्पतालमा चाप बढेपछि संक्रमितलाई राख्ने व्यवस्थाको लागि दुवाकोटमा आइसोलेसन बनाइएको हो । स्थानीयवासी, वडा कार्यालय, प्रहरी/प्रशासनको सहयोगमा बनाइएको आइसोलेसनमा पुरुषका लागि ४७ र महिलालाई ७ गरी ५४ बेड तयार गरिएको छ ।

    होम आइसोलसनमा बस्न नसक्ने संक्रमितहरूले यहाँ बस्नुपरेमा र थप जानकारी चाहिए इन्जिनियरिङ क्याम्पसका प्रशासन प्रमुख मनोहर खनाल (९८५१०७४९५५) मा सम्पर्क गर्न भनिएको छ ।

             
  • त्रिभुवन विमानस्थलमा नेपाल छाड्नेहरुको भीड

    त्रिभुवन विमानस्थलमा नेपाल छाड्नेहरुको भीड

    काठमाडाै‌ । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार बसेको बैठकले २२ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ ।

    निषेधाज्ञा जारी हुनुपूर्व दैनिक १० देखि १५ वटा अन्तराष्ट्रिय उडान भएकोमा अहिले निषेधाज्ञापछि दैनिक १८ देखि २० वटा उडान भएको नागरिक उड्डयन प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार अहिले २६ सयदेखि ३ हजारसम्म यात्रुले हवाई यात्रा गरिरहेको उनको भनाइ छ । यो भन्दा अघि भारतबाट ट्रान्जिटका लागि यात्रुका कारण दैनिक बढीमा २४ सयसम्म यात्रुले हवाई यात्रा गरेका उनले बताए । तर, ट्रान्जिटका लागि आउने भारतीय नागरिकलाई सरकारले बन्द गरेसँगै हवाई यात्रु घटेका थिए । तर, अहिले वैदेशिक रोजगारका लागि जाने नेपाली कामदार, कूटनीति क्षेत्रका व्याक्ति, र संस्थागत रुपमा जाने यात्रुका कारण अन्तराष्ट्रिय उडानमा यात्रु बढेको क्षेत्री बताउँछन् ।

               
  • शवदाह गृहमा पालो नपाउँदा बाहिरै जलाइयो संक्रमितको शव

    शवदाह गृहमा पालो नपाउँदा बाहिरै जलाइयो संक्रमितको शव

    काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु दर बढेसँगै पशुपति आर्यघाटमा नदी किनारमै शव जलाउन शुरू गरिएको छ ।

    कोभिड-१९ बाट मृत्यु भएका शव यसअघि विद्युतीय शवदाह गृहमा मात्र जलाइँदै आएको थियो । शव जलाउन पालो कुर्नुपर्ने भएपछि विद्युतीय शवदाह गृहमा समय अभावका कारण वागमती किनारमा नै शव जलाउन थालिएको हो ।

    आइतबार काठमाडाै‌ उपत्यकामा मात्र ३१ वटा शव व्यवस्थापन गरिएको भन्दै सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सोमबार ५ बजेसस्ममा पनि त्यति नै संख्याको शव व्यवस्थापनको अनुरोध आएको नेपाल प्रेसलाई बताए ।

    दुई वटा विघुतीय शवदाह गृहमध्ये एउटा बिग्रिएको छ । यहाँ एक शव जल्न झण्डै २ घण्टा लाग्छ ।

    ‘मृत्युदर बढेसँगै शवदाह गृहमा जलाउन निकै समय लाग्ने हुँदा शव थुप्रिने भयो । तर, संक्रमित लाशहरूलाई यतिकै लामो समयसम्म राख्न जोखिम हुने भएकोले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी किनारमा नै लाश जलाउन थालेका छौं’, पौडेलले भने ।

    खुल्ला ठाउँमा शव जलाउँदा संक्रमण फैलिने अहिलेसम्म कुनै वैज्ञानिक आधार नभेटिएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।

               
  • उडान रोकिएपछि एयरपोर्टमा अलपत्र परे यात्रु

    उडान रोकिएपछि एयरपोर्टमा अलपत्र परे यात्रु

    काठमाडौं । हवाई मार्गबाट गन्तव्यमा पुग्न टिकट काटेका सयौं यात्रु त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा आज बिहानैदेखि अलपत्र छन् ।

    नयाँ भेरियन्टसहितको कोरोनाको बढ्दो जोखिमका कारण हिजोको मन्त्रिपरिषद् बैठकले आज रातिबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । उपत्यका र विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएका कारण यातायातको एकमात्र विकल्प हवाई सेवामार्फत आउनेजाने यात्रुहरूको चाप केही दिनदेखि बढेको थियो ।

    यात्रु बढेसँगै वायु सेवा संचालक संघ र नागरिक उड्डयन प्राधिकरणबीच आज ३६ उडान भर्ने गरी सम्झौता भएको संघका प्रवक्ता योगराज कँडेलले बताए । उनका अनुसार आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेको हो । टिकट भएर पनि उड्न नपाएका यात्रुहरू आक्रोशित बनेपछि विमानस्थलमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।

    पूर्वनिर्धारित उडान तालिकाअनुसार सोमबार दिनभर सेवा जारी रहने कतिपय हवाई कम्पनीले निर्णय समेत गरिसकेका छन् ।

             
    
       
  • अस्पतालमा पीसीआर परीक्षण गर्नेको लाम (तस्बिरहरू)

    अस्पतालमा पीसीआर परीक्षण गर्नेको लाम (तस्बिरहरू)

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोभिड-१९ विश्वव्यापी महामारीको दोस्रो वेभले अहिले विश्वलाई आक्रान्त पारेको छ ।

    नेपालमा संक्रमितको संख्या दिनानुदिन उच्च गतिले बढिरहेको छ । अस्पतालमा संक्रमितको चाप छ भने लक्षण देखिएपछि पीसीआर परीक्षण गराउनेको पनि भीड लागेको छ ।

    हिजोमात्रै सात हजार २११ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमूना परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् । काठमाडौंमा मात्र ३ हजार ५९५ जनालाई संक्रमण पुष्टि भएको छ ।

    निषेधाज्ञाका बीच सिभिल अस्पतालमा कोरोना परीक्षणको लागि स्वाब नमूना दिन आएकाहरूको भीड हेर्नुस् तस्बिरमा

  • काठमाडौंका कुन वडामा कति सक्रिय संक्रमित, कतिको ज्यान गयो ? (तथ्यांकसहित)

    काठमाडौंका कुन वडामा कति सक्रिय संक्रमित, कतिको ज्यान गयो ? (तथ्यांकसहित)

    काठमाडौं । देशको राजधानी काठमाडौं कोभिड संक्रमणको दोस्रो लहरमा लगभग हटस्पट बनिसकेको छ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्य संक्रमित नभएको कुनै पनि वडा बाँकी रहेका छैनन् । नेपाल प्रेसले काठमाडौं महानगरका कुन वडामा कति सक्रिय संक्रमित छन् र कतिजनाको ज्यान गयो ?

    यसलाई चार्ट बनाएर देखाउने प्रयास गरेको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै सक्रिय संत्रमित ३२ नम्बर वडामा रहेका छन् । कोटेश्वर क्षेत्र रहेको यस वडामा मृत्युदर पनि उच्च देखिएको छ । सबैभन्दा धेरैको मृत्यु अहिलेसम्म वडा नम्बर ५ स्वयंभू क्षेत्रमा २३जनाको भइसकेको छ । सक्रिय संक्रमित सबैभन्दा कम वडा नम्बर १० मा छन् ।

  • छाँद हालेर रुन समेत नपाइने आर्यघाटका दारुण दृश्यहरु

    छाँद हालेर रुन समेत नपाइने आर्यघाटका दारुण दृश्यहरु

    काठमाडौं । पशुपति आर्यघाट सधैंझैं शोकमा डुबिरहेको छ । तर, कोरोना संक्रमित जलाइने विद्युतीय शव दाहगृहको दृश्य भने अघि पछिको तुलनामा एकदमै फरक छ । आफ्नो परिवारजन गुमाउनुको पीडा त छँदैछ, त्यसैमा झन अन्तिम पटक उनीहरूले छुन पनि पाइरहेका छैनन् । कोरोना संक्रमित मृतकको अनुहार त टाढाकै कुरा भयो, शरिरको कुनै पनि भाग नदेखिने गरी ढाकिएको छ ।

    नेपाली सेनाको तालिमप्राप्त टोलीले शव व्यवस्थापन गरिरहेको छ । निर्देशन पाउनेबित्तिकै टोली विभिन्न अस्पताल पुग्ने गर्छ । हामी पुग्दा उनीहरू पशुपतिमा शव व्यवस्थापन गरिरहेका छन् । टोलीले अस्पतालमा मृतकको परिवारसँग आवश्यक प्रक्रिया पुर्‍याएर स्वीकृति लिन्छ । त्यसपछि आवश्यक सुरक्षा सावधानी अपनाउँदै टोलीले शववहानमा हालेर पशुपती आर्यघाटमा पुर्‍याउँछ। शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामान निसंक्रमण गर्छन ।

    अस्पतालबाट निकालेर मृत शरीरलाई शववाहनमा राख्छन् । त्यसपछि, फेरि त्यसैगरी आफू र वरिपरिका सामानलाई निसंक्रमण गरेर र पशुपतितिर पुर्‍याउँछन् । पशुपति लगेपछि उनीहरू मृतकलाई सलामी दिन कहिल्यै छुटाउँदैनन् । फूलमाला अर्पण गर्न चाहनेलाई सुरक्षित स्थानबाट अवसर दिइन्छ । सलामीपछि शवको दाहसंस्कार हुन्छ । यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको परम्पराअनुसार गराइन्छ । त्यसपछि फेरि निसंक्रमणको सिलसिला चल्छ । उनिहरुले आफूले प्रयोग गरेका सामान डिस्पोछ गर्छन र पुनः प्रयोग गर्न मिल्ने सामानलाई छुट्टै डस्टबिनमा राख्छन् । ती सबै कामपछि उनीहरू सिधै घर वा कार्यालय जान पाउँदैनन् ।

    उनीहरू दुई सातासम्म क्वारेन्टाइनमा बस्छन् र शव व्यवस्थापनको जिम्मा अर्को टोलीले पाउँछ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरू फेरि काममा फर्कन पाउँछन् । कोभिड डेस्कबाट खबर कतिबेला आउँछ थाहा हुदैँन । जति बेला पनि पिपिइ सेट, जुत्ता, पञ्जा, गाउन, चश्मा लगायत आवश्यक स्वास्थ्य मापदण्ड पुर्‍याइ टोली तम्तयार हालतमा बसिरहनुपर्छ । खबर आउनेबित्तिक्कै शव बाहनसहित दौडीनुपर्छ ।

  • पिपिई पहिरिएर सगरमाथाको फोहोर टिप्दै नेपाली सेना

    पिपिई पहिरिएर सगरमाथाको फोहोर टिप्दै नेपाली सेना

    पिपिई पहिरिएर सगरमाथा सफा गर्न व्यस्त छन्, नेपाली सेना । कोरोना कहरबीच नेपाली सेनाले आधार शिविरदेखि क्याम्प टूसम्मको सफाइ सकेका छन् ।

    सगरमाथा आरोहणमा हिँडेका केही विदेशीमा कोभिड संक्रमण भएको भनिएसँगै सेनाले पिपिई लगाएरै सफाइको काम गरेको हो ।

    वसन्त ऋतुको सगरमाथामा विभिन्न देशबाट ४२ आरोहणदलका करिब ४ सय आरोही आधार शिविर पुगेका छन् । आरोहीको भीडलाई नेपाली टाइम्स अंग्रेजी साप्ताहिकले ‘सगरमाथा शहर’ समेत भनेको छ ।

    नेपाली सेनाको ‘सफा हिमाल–२०२१’का समन्वय अधिकृत सेनानी आदित्य कार्कीले भने, ‘सकेसम्म कोभिड–१९ महामारीबाट बँच्न पिपिई लागाएरै सफाइ गरेका हौं ।’

    नेपाली सेनाको टोली वैशाख पहिलो सातासगरमाथा आधारशिविर पुगेको हो । सफा हिमाल मिसनअन्तर्गत सगरमाथा क्षेत्रबाट १६ टन फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ ।

    सन् २०१३ २०१९ मा पनि सगरमाथा सफाइमा सक्रिय सेनाले क्रमशः ४ र १० टन फोहोर संकलन गरेको थियो ।
    ‘सेभ दि हिमालयज फर दि फ्युचर’ नारासहित ‘सफा हिमाल– २०२१’ मिसनमा रहेको नेपाली सेनाले देशका विभिन्न ६ हिमाल एकैसाथ सफाइ गर्दैछ ।

    सेनाले सगरमाथासहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी हिमाल सफाइ गरिरहेको छ ।

    विश्व वातावरण दिवसको दिन पारेर जेठ २२ मा सबै हिमालबाट संकलित नकु्हिने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरेर अभियान समापन गर्ने सेनाले जनाएको छ ।

  • गहुँ र तोरीका बाला चुमिरहेका सुगा (फोटो फिचर)

    गहुँ र तोरीका बाला चुमिरहेका सुगा (फोटो फिचर)

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँका खेतका गह्रामा गहुँ र तोरीका बाला झुलेका छन् । पाक्दै गरेको गहुँ र तोरीका बालामा रमाइरहेका छन्, सुन्दर सुगाहरु ।

    गहुँ र तोरीका बाला चुम्दै झुमिरहेका सुगाको दृश्यले जोकोहीको मन पुलकित बनाउँछ । आहाराको खोजीमा खेत चर्न आएका रंगीन सुगाको सौन्दर्य अवर्णनीय लाग्छ ।

    हेर्नुहोस्, गहुँ र तोरी खेतमा रमाइरहेका सुगाहरु । तस्बिरहरु : सागर जंग ।

    
    
     
     
     
     
     
     
     
      
    
     
      
    
     
     
  • लकडाउन २.० : काठमाडौं छोडी आफ्नै थातथलोतिर

    लकडाउन २.० : काठमाडौं छोडी आफ्नै थातथलोतिर

    काठमाडौं । कोरोना संक्रमण तीब्र रूपमा बढेपछि काठमाडौं उपत्यकामा लकडाउन गर्ने सरकारको निर्णयपछि घर जाने यात्रुको संख्या ह्वात्तै बढेको छ ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबारको संयुक्त बैठकले लकडाउनको सिफारिस बमोजिम साँझको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा १५ दिनको लकडाउन गर्ने निर्णय गरेको थियो ।

    लकडाउन लागू हुनुअघि उपत्यकाबाट घर जानेलाई दिइएको २ दिनको समयसीमासँगै गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुको भीड बढेको छ ।

    यात्रुको चापसँगै लामो दूरीका सार्वजनिक यातायातका सिट भरिभराउ भएका छन् । नयाँ बसपार्कबाट ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • मास्क नलगाइ नहिँड्नुस्, ‘होल्डिङ जोन’ मा उभिनुपर्ला

    मास्क नलगाइ नहिँड्नुस्, ‘होल्डिङ जोन’ मा उभिनुपर्ला

    काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिएसँगै ट्राफिक प्रहरीले सडकमा मास्क नलगाइ हिँड्ने यात्रुहरूलाई कडाइ गर्न थालेको छ । आज काठमाडौंका विभिन्न स्थानमा प्रहरीले यात्रुहरुलाई रोकेर उभ्याएको दृष्यहरु देखिए ।

    काठमाडौंका सातदोवाटो, जाउलाखेल, किर्तिपुर लगायतका विभिन्न स्थानमा सडक छेउमै ‘होल्डिङ जोन’ भनेर खाली स्थान छुट्यायएका थियो थियो । मास्क नलगाइ हिँडेका यात्रुहरुलाई रोकेर सोधपुछ गर्ने, अनि होल्डिङ जोनमा आधा घण्टासम्म उभ्याएको देखिन्थ्यो ।

    पैदल हिँड्ने मात्र नभएर मोटरसाइलमा यात्रा गर्नेहरुल पनि मास्क नलगाएको भेटिए प्रहरीले रोक्ने गरेको छ । यदि तपाईं पनि चर्को घाममा सडकमा उभिएर अरुका लागि रमिता बन्न चाहनुहुन्न भने मास्क लगाएर मात्रै निस्किनुहोला ।

                
  • ३६० पानोरामामा हेर्नुस् पुनर्निर्मित सम्पदाहरू

    ३६० पानोरामामा हेर्नुस् पुनर्निर्मित सम्पदाहरू

    काठमाडौं । २०७२ सालको भूकम्पले देशका सम्पदा क्षेत्रहरूलाई क्षतिविक्षत बनाएको थियो । भूकम्पले भत्काएका सम्पदाहरूमध्ये आधाभन्दा बढीको पुननिर्माण सकिएको छ भने बाँकीको जारी छ ।

    २०७२ सालको भूकम्पले ९ सय २० वटा पुरातात्विक सम्पदाहरूमा क्षति पुगेको थियो । विश्व सम्पदा क्षेत्रका १ सय ७० वटा सम्पदा र उपत्यकाका ३ जिल्लाका सानाठूला गरेर ४ सय ६ वटा सम्पदामा पूर्ण क्षति भयो । यस्तै उपत्यका बाहिरका जिल्लामा रहेका ३ सय ४४ वटा सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

    क्षति पुगेका ९ सय २० वटा सम्पदामध्ये ४ सय ९३ वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत १ सय ७० मध्ये १ सय १० वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । उपत्यकाका ३ जिल्लाका ४ सय ६ वटा सम्पदामध्ये २ सय ७ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । उपत्यका बाहिरका ३ सय ४४ वटा सम्पदामध्ये १ सय ७६ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् ।

    हेर्नुस्  केही सम्पदाहरूकाे ३६०  पानोरामा  फाेटाेहरू:

    स्वयम्भु

    [wpvr id=”47771″]

    बाैद्ध

    [wpvr id=”47775″]

    बाैद्ध

    [wpvr id=”47776″]

    बसन्तपुर दरबार स्क्वायर

    [wpvr id=”47780″]

    बसन्तपुर दरबार स्क्वायर

    [wpvr id=”47783″]

    पाटन दरबार स्क्वायर

    [wpvr id=”47784″]

    रानीपाेखरी

    [wpvr id=”47785″]

    धरहरा

    [wpvr id=”47787″]

    सुन्धारा

    [wpvr id=”47788″]

    भक्तपुर दरबार स्क्वायर

    [wpvr id=”47789″]

    न्यातपाेल

    [wpvr id=”47790″]

    चाँगुनारायण

    [wpvr id=”47791″]