Category: फोटो फिचर

  • विद्युत प्राधिकरणमा कुलमानको कमब्याक

    विद्युत प्राधिकरणमा कुलमानको कमब्याक

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङले पदभार सम्हालेका छन् ।

    ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर कुलमान प्राधिकरण पुगेका थिए । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङले पदभार सम्हालिसकेका छन् ।

    उनको स्वागतमा प्राधिकरणमा विशेष तयारी गरिएको थियो ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • पीके क्याम्पसभित्र परीक्षार्थी, गेटबाहिर परीक्षा रोक्न प्रदर्शन

    पीके क्याम्पसभित्र परीक्षार्थी, गेटबाहिर परीक्षा रोक्न प्रदर्शन

    काठमाडौं । कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा संचालन गरिएको भन्दै बागबजारस्थित पद्मकन्या क्याम्पसबाहिर विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरूले कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गरेका छन् ।

    केही परीक्षार्थी भित्र परीक्षामा सामेल छन् । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएका छन् । सो क्रममा प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेको छ ।

    पीकेमा १८ कलेजको परीक्षा केन्द्र तोकिएको छ । धेरै विद्यार्थीको भीडभाडले संक्रमणको खतरा बढेको भन्दै विद्यार्थीले विरोध जनाएका छन् ।

    त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गर्ने निर्णय गरेको छ । त्यसपछिका परीक्षा भने संक्रमणको जोखिमको अवस्थालाई विश्लेषण गरेर निर्णय लिने टीयूले जनाएको छ ।

     
     
    
           
  • कोभिसिल्डको दोस्रो मात्रा लगाउन ज्येष्ठ नागरिकहरु लामबद्ध (तस्विरहरु)

    कोभिसिल्डको दोस्रो मात्रा लगाउन ज्येष्ठ नागरिकहरु लामबद्ध (तस्विरहरु)

    काठमाडौं । कोभिसिल्डको पहिलो डोज लगाएका १४ लाख नागरिकलाई आजदेखि अस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । काठमाडौंका १४४ वटै खोप केन्द्रमा बिहानैदेखि खोप लगाउनेहरु लामबद्ध छन् ।

    भुटान र जापानले खोप उपलब्ध गराएपछि कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । हेर्नूस तस्विरहरु :

    
     
            

  • अघि बढ्यो एमाले, स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटी बैठक बस्दै (तस्बिरहरू)

    अघि बढ्यो एमाले, स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटी बैठक बस्दै (तस्बिरहरू)

    काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ । दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।

    विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

    भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारवाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो ।

     
     
    
     
     
     
     
    
     
    
    तस्बिरहरू : सरोज बैजु ।
  • फूल उत्पादक किसानको प्रदर्शन- प्रयोग गरौं बारीको, बहिष्कार गरौं पारीको

    फूल उत्पादक किसानको प्रदर्शन- प्रयोग गरौं बारीको, बहिष्कार गरौं पारीको

    काठमाडौं । भारतबाट दैनिक रुपमा ताजा फूल ल्याउने नाममा अबैध तथा अनियन्त्रित रुपमा पुष्प आयात भएको भन्दै नेपाली पुष्प व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

    आन्तरिक उत्पादन उपलब्ध हुदाँ हुँदै पनि भारतबाट ताजा फूलका नाममा अन्य सामान समेत अबैध तथा अनियन्त्रीत रुपमा आयात भइरहेकाले नेपाली पुष्प किसानहरु सधै भारतीय उत्पादनसँग पिल्सीन परिरहेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    मंगलबार भारतीय अबैध फूल आयातको विरुद्धमा फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघ संयुक्त रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

    नेपाली व्यवसायीहरुले आज जिल्ला प्रशासन कार्यालय ललितपुरका सिडिओलाई ज्ञापन पत्र बुझाउँदै भारतबाट अबैध फूलका साथै अन्य सामान पनि भित्रयाउने आयातकर्तालाई कारबाही गर्न माग गरेका छन् ।

    पुष्प व्यवसायीहरु जावलाखेलमा जम्मा भएर र्‍यालीसहित सीडीयो कार्यालयमा ज्ञापन पत्र बुझाएपछि पुनः जुलुस सहित महानगरीय प्रहरी कार्यालय टेकुमा गएर धर्ना दिएका थिए ।

    भारतीय सामान आयात गरी बेच्ने व्यापारीबाट भएको झुटा जाहेरी खारेज गरी लगाईएको झुटा मुद्धा खारेज गर्न उनीहरुको माग छ । गत साउन १६ गते भारतबाट अबैध रुपमा फूल आयात गरेको भन्दै नेपाली व्यवसायीले फूल नष्ट गरिदिएका थिए ।

  • सीताको देशमा उनकै सन्तान अनागरिक कहिलेसम्म ? (तस्बिरहरू)

    सीताको देशमा उनकै सन्तान अनागरिक कहिलेसम्म ? (तस्बिरहरू)

    काठमाडौं । नागरिकता अधिकारबाट वञ्चित हुनुपरेको भन्दै ऐन संशोधनलगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरिएको छ । ‘नागरिकताविहीन नेपालीहरू’ का नामबाट उनीहरूले माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

    नागरिकता नहुँदा सेवासुविधाबाट समेत वञ्चित भएको उनीहरूको गुनासो छ । संविधानको धारा ११ (३) र (५) कार्यान्वयन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संशोधन गर्न उनीहरूको माग छ ।

    ६ वर्षदेखि नागरिकता ऐन संशोधन नभएका कारण जन्मको आधारमा नागरिकता पाएका बुबा, आमा र आमाको नामबाट नागरिकता नपाएका नागरिकता बिहीन नेपालीहरुको जीवन निकै अप्ठेरो र असहज भएकाले आफूहरू अनागरिक भएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।








  • वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, जागेश्वर गौतमलाई प्रवेश निषेध (तस्बिरहरू)

    वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, जागेश्वर गौतमलाई प्रवेश निषेध (तस्बिरहरू)

    काठमाडौं । ९ महिनादेखि सेवा सुविधा नपाएको गुनासोसहित वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीमा खटिएवापत सरकारले तोकेको भत्ता र नियमानुसारको अन्य सुविधाबाट आफूहरू वञ्चित भएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

    माग पूरा गराउन पटकपटक अनुरोध गर्दा पनि प्रमुख डा. जागेश्वर गौतमले बेवास्ता गरेपछि आफूहरू थप पीडित बनेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले बताए । आफूहरूको आन्दोलन दबाउन प्रहरी लगाइएको भन्दै आन्दोलनकारीहरू आक्रोशित बनेका छन् । गौतमलाई अस्पताल प्रवेशमा रोक लगाएको आचार्यले बताए । उनका अनुसार प्रहरीको कुटाइबाट ३ नर्ससहित ५ जना घाइते भएका छन् ।

    ‘मंसिरदेखि भत्ता पाएका छैनौं । खाइपाइ आएको सुविधा पनि अहिले स्थगित गरिएको छ । मन्त्रालयबाट जागेश्वर आउनासाथ हौसिएका थियौं । हामीले कुरा गर्दा असार मसान्तसम्म बाँकी बक्यौता दिने आश्वासन पायौं’, अध्यक्ष आचार्यले भने, ‘तर साउन अन्तिम पुग्न लाग्दा पनि अघिल्लो आर्थिक वर्षको पैसा दिइएको छैन ।’

    गौतमले पैसा दिन सक्दैनौं भनेको । आफ्ना कर्मचारीको रोजीरोटीमा समेत धक्का लाग्ने गरी अस्पताल प्रशासनले अन्याय गरेको भन्दै आचार्यले आफ्ना कर्मचारी कुटाउने हाकिम हुन सक्दैनन् भनेर अस्पतालमा छिर्न नदिइएको प्रष्ट्याए ।

    तस्बिरहरू : उमेश कार्की/सरोज बैजु

  • ललितपुरमा नगर प्रहरी कार्यदल परिचालन (तस्बिरहरू)

    ललितपुरमा नगर प्रहरी कार्यदल परिचालन (तस्बिरहरू)

    काठमाडौं । ललितपुर नगर प्रहरीको क्षमता बढाउन विभिन्न सामाग्री सहित नगर प्रहरी कार्यदल परिचालन थालिएको छ ।

    ललितपुर नगर प्रहरी कार्यदलमा रहेका टोलीलाई मेयर चिरिबाबु महर्जनले पहिचान झल्किने ज्याकेट तथा अग्नि नियन्त्रणको क्रममा प्रयोग गरिने हेलमेट, क्यामेरालगायतका सामाग्री हस्तान्तरण गरे । सो क्रममा उनले नगरबासीको समस्या समाधानका लागि सहजीकरण गर्न नगरप्रहरी सधैँ अग्रपंक्तिमा रहन निर्देशन दिए ।

    शहरलाई सुन्दर र व्यवस्थित बनाउन, विपद्मा परेकालाई उद्धार तथा राहत वितरण, पैदल आवतजावत गर्नेलाई सहज बनाउन र सडकमा राखिएका सवारीसाधनलाई व्यवस्थित गर्न नगर प्रहरीले महत्वपूर्ण भूमिका निभाउँदै आएको छ ।

  • तस्बिरमा हेर्नुस् खाली खुट्टा सुन्दरीजलको उकालोमा भेटिएका बोलबम यात्री

    तस्बिरमा हेर्नुस् खाली खुट्टा सुन्दरीजलको उकालोमा भेटिएका बोलबम यात्री

    काठमाडौं । साउने सोमवार र बोलबमको स्वर । पवित्र पाशुपत क्षेत्रको रौनक नै अर्को छ अचेल । साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना मानिन्छ ।

    साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।

    साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ ।

    तराईका विभिन्न जिल्लाबाट खाली खुट्टा बोलबम यात्रा गरेर आएका तिर्थयात्रीहरु साउने सोमवारको विहानै सुन्दरीजलमा उक्लिँदै थिए । त्यहाँको जल बोकेर पशुपतिमा जाने परम्परा छ ।

  • एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

    एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

    ललितपुर । नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुरू हुँदैछ । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला शुरू भएको छ ।

    बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि गएका छन् । अध्यक्ष केपी शर्मा अ‍ोली पुगेपछि बैठक शुरू हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    एमाले बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित । शनिबारको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा रोकिएको थियो ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
     
    

     

  • स्मार्ट लकडाउनबारे तीनै सीडीओ छलफलमा, हाइटेक पुस्ता नै मान्दैन मास्क र दूरी (तस्वीरहरु)

    स्मार्ट लकडाउनबारे तीनै सीडीओ छलफलमा, हाइटेक पुस्ता नै मान्दैन मास्क र दूरी (तस्वीरहरु)

    काठमाडौं । भाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)लाई स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ । स्वास्थ्य क्षेत्र हेर्ने तालुक मन्त्रालयबाटै यस्तो सुझाव आएपछि प्रधानमन्त्री अध्यक्ष रहेको सीसीएमसीले संक्रमणको जोखिमको आधारमा मुलुकलाई वर्गीकृत गरेर स्मार्ट लकडाउन गर्नेबारे छलफल थालेको छ ।

    पछिल्लो साता काठमाडौं लगायत मुलुकको दैनिक संक्रमणदर २४ प्रतिशतभन्दा माथि छ । मृत्युदर र संक्रमण उकालो लागेको छ भने, सक्रिय संक्रमित संख्या पनि ४० हजारभन्दा माथि पुगेको छ ।

    काठमाडौं उपत्यकामा निषेधाज्ञामा खुकुलो बनाएसँगै बजार, कार्यालय र पसलमा चहलपहल बढेको छ । मानिसहरु मास्क र सामाजिक दूरी बिनै भीडभाड गरिरहेको देख्न सकिन्छ । मुख्य बजारमा मानिसहरुको भीड देखिएपनि प्रशासनले भने अनुगमन गर्न सकेको छैन ।

    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । संक्रमण दरमा वृद्धि भएपनि र स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव गरेपनि निषेधाज्ञा लागू गर्ने अधिकार पाएका प्रमुख जिल्ला अधिकारीहरु भने मास्क र सामाजिक दूरीको अनुगमनलाई कडा तुल्याउँदै साविककै आदेशलाई कायम राखी निषेधाज्ञा थप गर्ने तयारीमा छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले संक्रमण वृद्धि भएको परिस्थितीबारे समीक्षा गर्दै केही दिनको संक्रमण दर हेरेर अघि बढ्ने तयारीमा रहेको बताए । सीसीएमसीको शुक्रबारको बैठकमा काठमाडौं सीडीओ पराजुली पनि सहभागि थिए ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सीसीएमसीमा सिफारिस भएको स्मार्ट लकडाउनबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा पनि छलफल हुने बताए । ‘संक्रमण बढेको छ र उपत्यकाका हामी तीनैजना सीडीओको बैठक बसेर स्मार्ट लकडाउनको अवधारणाबारे छलफल चलाउँछौं’ निरौलाले नेपाल प्रेसलाई भने ।

    आगामी साता काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठक बस्ने तयारी छ । शनिबार काठमाडौं उपत्यकामा ७७५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । कतिपय जिल्लामा निषेधाज्ञामा कडाइ हुन थालेको छ ।

  • खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

    खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । थापाथलीस्थित पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा माधव नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् ।

    पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सबैलाई कार्यक्रममा निम्तो गरिएको बताएका थिए । तर, माधव नेपाल पक्षका नेताहरूले भने कार्यक्रम अघोषित बहिष्कार गरेका छन् । त्यसो त पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं अनुपस्थित बनेका छन् ।

    कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेललगायत नेताहरू सहभागी थिए ।

    हेर्नुस् खीर खाने कार्यक्रमका केही तस्बिर :

    तस्बिरहरू : सरोज बैजु ।

  • माइतीघरमा ३४ बुँदे मागसहित शिक्षकहरूको धर्ना

    माइतीघरमा ३४ बुँदे मागसहित शिक्षकहरूको धर्ना

    काठमाडौं । विभिन्न पेशागत र नीतिगत मागसहित आन्दोलनरत शिक्षकहरूले आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

    अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव रमेश रुपाखेतीका अनुसार विगतमा सरकारसँग शिक्षक महासंघले पेस गरेको ३४ बुँदे मागको स्मरण गराउँदै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको जानकारी दिए ।

    शिक्षकहरूले संघीय शिक्षा ऐन ल्याइनुपर्ने, सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै शिक्षकका लागि अस्पतालको व्यवस्था गरिनुपर्ने, राज्यको ढुकुटीबाट तलब खाने सबैका छोराछोरी सरकारी विद्यालयमा पढाइनुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सरुवा/बढुवा वैज्ञानिक गर्नुपर्नेलगायतका माग राखेका छन् ।

    सम्बन्धित निकायले आफूहरूको मागलाई बेवास्ता गरे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रदर्शन गरिने रुपाखेतीले जानकारी दिए ।

    
    
  • आज पनि यातायात व्यवसायीको प्रदर्शन, सरकारलाई चावी बुझाउने

    आज पनि यातायात व्यवसायीको प्रदर्शन, सरकारलाई चावी बुझाउने

    काठमाडौं । विभिन्न माग राखेर संघर्षरत यातायात व्यवसायीहरूले आज पनि प्रदर्शन गरेका छन् । उपत्यकाको माइतीघरमा प्रदर्शनसँगै उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाउने बताएका छन् ।

    सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखिएको छ ।

    ७ बुँदे मागमा यीबाहेक यातायातको भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि उनीहरूको छ ।

    आफूहरूको माग पूरा नगरे सार्वजनिक सवारी ठप्प पार्ने व्यवसायीले चेतावनीसमेत दिएका छन् ।

    
    
     

    तस्बिरहरू : सरोज बैजु

  • तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक

    तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको आधारमा एमालेले २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी छैन ।

    नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।

    यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

    दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमालेले जनाएको छ ।




    
    
    
    तस्बिरहरू : सरोज बैजु
  • तस्बिरमा पुन:स्थापित संसदको पहिलो बैठक

    तस्बिरमा पुन:स्थापित संसदको पहिलो बैठक

    काठमाडौं । दोस्रोपटक पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रयोजनका १५ मिनेटपछि दोस्रो बैठक शुरू भएको छ ।

    पहिलो बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने उपस्थित छैनन् ।

  • तस्बिरमा प्रतिनिधिसभा बैठकको चहलपहल

    तस्बिरमा प्रतिनिधिसभा बैठकको चहलपहल

    काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको बैठक केहीबेरमा शुरू हुँदैछ । सांसदहरू बैठकस्थल छिर्ने क्रम जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २७ मा संसद विघटन बदर गरेपछिको अदालतकै आदेशबमोजिम यो पहिलो बैठक हो ।

    आजको दोस्रो बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् ।

    आजको पहिलो बैठकमा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने, सदस्यहरुको सभामुखले मनोनयन गर्नेलगायतको कार्यसूची छ ।

  • घरमा थुप्रिएको लेदो डोजरले पन्छाउँदै मेलम्चीबासी (तस्बिरहरू)

    घरमा थुप्रिएको लेदो डोजरले पन्छाउँदै मेलम्चीबासी (तस्बिरहरू)

    सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले मेलम्ची बजार डुबानमा परेको थियो । स्थानीयको घरमा माटोको लेदो पसेर बस्नसमेत असहज थियो ।

    बाढी आएको महिना दिनपछि स्थानीयले डोजर र मेसिनको सहायताले घरभित्र थुप्रिएको माटो, बालुवा निकाल्न थालेका छन् ।

    मेलम्ची बजारका डेढ सयभन्दा बढी घरका वासिन्दाले सरोकार समिति नै बनाएर लेदोसहित पुरिएको घरलाई बस्नयोग्य बनाउन लागिपरेका छन् ।

    हेर्नुस् तस्बिरहरू :

           
        

     

    तस्बिर सौजन्य : मनोज खतिवडा

     

  • मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।

    काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।

    कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।

  • तस्बिरमा विपक्षी गठबन्धनविरुद्ध युवा संघको मार्चपास

    तस्बिरमा विपक्षी गठबन्धनविरुद्ध युवा संघको मार्चपास

    काठमाडौं । नेकपा एमालेनिकटको राष्ट्रिय युवा संघले विपक्षी गठबन्धनको गतिविधिविरुद्ध सडकमा मार्चपास गरेको छ ।

    बानेश्वरदेखि माइतीघरसम्म गरिएको प्रदर्शनमा सहभागीले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको तस्बिर अंकित ब्यानर र प्लेकार्ड बोकेका थिए । सँगै नेपालको संविधान पनि बोकेका थिए ।

    हिजो एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका एमाले कार्यदल सहमतिनजिक पुगेको भन्दै नेतृत्वले प्रदर्शन नगर्न भनेपछि पूर्वनिर्धारित मार्चपास अचानक स्थगित भएको थियो ।

    निर्वाचनको पक्षमा मार्चपास गरिएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताए ।

    
    
    
     
     
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुम्दा… (फोटो फिचर)

    २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुम्दा… (फोटो फिचर)

    काठमाडौं । आइतबार बिहान माराकाना रंगशालामा सदाबहार प्रतिद्वन्दी ब्राजिललाई १–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । फाइनलबाहेकका खेल बन्द रंगशालामा हुनु र युरोपियन च्याम्पियनसिप पनि एउटै समयमा भएकाले कोपा अमेरिकाको चर्चा अपेक्षित हुन सकेन ।

    तर, विश्व फुटबलका दुई पावर हाउस अर्जेन्टिना र ब्राजिलको फाइनलमा भेट निश्चित भएसँगै प्रतियोगिताको सरगर्मी एक्कासी बढेको थियो । र, सर्वकालिन महान् फुटबलरमध्ये एक- लियोनेल मेसीका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भावित अन्तिम मौका थियो । र, ब्राजिललाई माराकानामा पराजित गरेसँगै मेसीले पहिलो र अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जिते ।

    कोपा अमेरिका २०१५ र २०१६ मा लगातार फाइनल हारेको अर्जेन्टिना २०१९ मा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएको थियो । सन् २०१४ विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना पटक–पटक उपाधि नजिक पुगेको थियो ।

    अन्ततः कोपा अमेरिका २०२१ को उपाधि जितेसँगै ६ पटकका बालोन डी’अर विजेता मेसीले ट्रफी ब्याबिनेटमा एउटा अन्तर्राष्ट्रिय उपाधि पनि राख्न पाउने भएका छन् ।

  • काठमाडौंमा भारी वर्षा, हेर्नूस अनामनगरको डुबान (तस्वीरहरू)

    काठमाडौंमा भारी वर्षा, हेर्नूस अनामनगरको डुबान (तस्वीरहरू)

    काठमाडौंमा आज दिउँसोदेखि मुसलधारे वर्षा भइरहेको छ । विभिन्न स्थानका सडकहरु डुबानमा परेका छन् ।

    काठमाडौंको अनामनगरमा पुग्दा त्यहाँका सडकमा गाडीहरु आधाउधि डुब्ने पानी भरिएको थियो । पानीले यातायात आवागमन प्रभावित बनेको छ ।

    हेर्नुस अनामनगरका केही तस्वीर:

          
    
  • ६६ दिनपछि काठमाडौंमा सवारी चाप (तस्बिर/भिडियो)

    ६६ दिनपछि काठमाडौंमा सवारी चाप (तस्बिर/भिडियो)

    काठमाडौं । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो भएपछि ६६ दिनपछि सबै सवारीसाधन चलेका छन् । सवारी चापले जडिबुटी, कोटेश्वर, बानेश्वर, कलंकी, जमल क्षेत्रमा जाम बढेको छ ।

    केही नियम फेरबदल गर्दै असार मसान्तसम्मलाई थपिएको निषेधाज्ञा आजदेखि लागू भएको हो ।

    जोरबिजोर हटाएर निजी तथा सबै खालका सार्वजनिक सवारीसाधन खुलेसँगै सवारी चाप बढेको छ । अघिल्लो साता जोरबिजोर प्रणालीमा सवारीसाधन खुला गरिएको थियो । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक सवारी खुलाइएकोमा यातायात व्यवसायीले सबै सवारी खुला गर्न पाउनुपर्ने माग राखेका थिए ।

    कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजर व्यवस्था हुनुपर्ने र सवारीसाधनलाई अनिवार्य रूपमा दैनिक निसंक्रमित गर्नुपर्ने सर्त छ । तर, उपत्यकाबाट लामो दूरीमा सञ्चालन हुने सवारी संचालनमा भने अहिले अनुमति दिइएको छैन ।

    उपत्यकामा छिर्ने मुख्य नाकामा भने सुरक्षा जाँच बढाइएको छ । अतिआवश्यक कामले आउनुपर्ने भए सम्बन्धित जिल्लाको सीडीओको अनुमतिमा प्रवेश गर्न दिइने नियम भने कायमै छ ।

  • आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा (तस्बिरहरू)

    आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा (तस्बिरहरू)

    काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’को पहिलो मात्रा खोप लगाएकालाई मंगलबारदेखि दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको छ। कोभिड- १९ विरूद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत भेरोसेलको दोस्रो मात्रा खोप आज गतेदेखि २४ गतेसम्म लगाइँदैछ ।

    भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० वर्ष माथिका नागरिकहरुलाई मंगलबारदेखि बिहीबार सम्म दोस्रो मात्राको खोप लगाउन लागेको हो । गत जेठ २५ देखि देशैभरमा ६० वर्ष माथिका नागरिकहरुलाई भेरोसेलको पहिलो डोजको खोप लगाएको थिए ।

    भेरोसेल खोपको दोस्रो मात्रा बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी लगाईने निर्देशनालय स्वास्थ्य कार्यालयले जनाएको छ । चीनले १० लाख डोज खोप उपलब्ध गराएलगतै प्राथमिकताको आधारमा खोप वितरण गरेको हो ।

    खोप लगाउनको लागि काठमाडौं महानगरपालिकामा १३ वटा खोप केन्द्र तोकेको छ ।

  • सरकारविरुद्ध विपक्षी विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

    सरकारविरुद्ध विपक्षी विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा प्रदर्शनकारीले विद्यालय खोलेर सबै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्ने, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने दबाबसहितको प्लेकार्ड बोकेका थिए ।

    राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न सुझावसहित संविधान अतिक्रमणको विरोध गर्दै उनीहरूले संविधानको प्रति पनि प्रदर्शन गरे ।

    आन्दोलनरत विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं छन् । उनीहरूले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी संघर्ष घोषणा गरेका छन् ।

     

     

  • काठमाडौं महानगरपालिकाविरुद्ध चित्रकारको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं महानगरपालिकाविरुद्ध चित्रकारको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । कोभिड १९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाको सम्मानमा कोरिएका चित्र काठमाडौं महानगरपालिकाले मेटाएको विरोधमा चित्रकारहरूले प्रदर्शन गरेका छन् ।

    आज महानगरपालिका अगाडि उनीहरूले प्रदर्शन गरे । सम्बन्धित वडा कार्यालयसँग अनुमति लिएरै चित्र बनाएको भएपनि सो चित्र मेटाइदिएर फ्रन्टलाइनर र कलाको अवमुल्यन गरिएको भन्दै पुन: चित्र बनाउन दिन ज्ञापन पत्रसमेत बुझाइएको छ ।

    दुजाङ शेर्पाको परिकल्पनामा रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना संक्रमण, उपचार तथा रोकथामविरुद्धका फ्रन्टलाइनरको सम्मानमा चित्र कोरिएको थियो । प्रदर्शनकारीले ‘कलाको शहरमा कलाकै हत्या’ गरिएको भन्दै महानगरको कदमको टिप्पणीसहितका ब्यानर बोकेका थिए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • आन्तरिक उडान खुलेपछि काठमाडौं एयरपोर्ट परिसरको चहलपहल

    आन्तरिक उडान खुलेपछि काठमाडौं एयरपोर्ट परिसरको चहलपहल

    काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ । वायुसेवा संचालक संघका अनुसार शुरूआतमा दैनिक ६४ उडान हुनेछन् ।

    आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट यात्रुलाई काठमाडौं हवाई मार्गबाट आवतजावतमा सहज भएको छ । यात्रुहरूका लागि फेसशिल्ड, मास्क र स्यानिटाइजरल एवं विमान संचालकहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य गरिएको छ ।

    उडान शुरू भएसँगै विमानस्थलमा पनि चहलपहल बढेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यात्रुका आफन्तलाई स्वागत वा बिदाईमा एयरपोर्ट परिसर नआइदिन विमानस्थल प्रशासनले अनुरोध गरेको छ । आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा देखिएको दृष्य कैद गरेका छौं ।

     
     
     
     
     
      
  • रोपाइँमा रमाईलो ! हेर्नुस् ३० तस्बिर

    रोपाइँमा रमाईलो ! हेर्नुस् ३० तस्बिर

    काठमाडौं । धान दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भक्तपुरमा रोपाइँ गरेको छ । रोपाइँमा एमाले नेता एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेता, कार्यकर्ता सहभागी थिए ।

    रोपाइँमा सहभागीले आपसमा हिलो छ्याछ्यापसँगै नाचगान गरी रमाइलोसमेत गरेका छन् ।

    हेर्नुहोस्, रोपाइँका केही रमाइला तस्बिर

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • दुई महिनापछि काठमाडौंमा गुड्न थाले सार्वजनिक बस

    दुई महिनापछि काठमाडौंमा गुड्न थाले सार्वजनिक बस

    काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएको छ ।

    संक्रमण दर घट्न थालेपछि केही क्षेत्र खुल्ला गर्दै निषेधाज्ञा सहज बनाइएको छ । सो क्रममा दुई महिनापछि काठमाडौंका सडकमा सार्वजनिक बस चल्न थालेका छन् । आजदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा संचालन गरिएको छ ।

    हाललाई उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र खुल्ला गरिएको सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड भने पालन गर्नुपर्नेछ । गाडीको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरेर सिटमा बस्नुपर्ने लगायतका सर्तसहित सवारी संचालन शुरू गरिएको हो । तर, आज पहिलो दिन सडकमा फाट्टफुट्ट मात्र गाडी देखिएका छन् । लामो समय थन्काइएका गाडी सर्भिसिङ गरेर चलाउनुपर्ने तथा कोरोना त्रास कायमै रहेकोले पनि धेरै गाडी संचालनमा नआएको बताइएको छ ।

     
     
     
     
     
     
  • सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिए पुनर्निर्माणमा खटिएका प्राविधिक (तस्बिरहरू)

    सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिए पुनर्निर्माणमा खटिएका प्राविधिक (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरू राजीनामा दिएर आन्दोलनमा उत्रिएका छन् ।

    भूकम्पपश्चात् विभिन्न जिल्लामा पुनर्निर्माणमा खटिएका उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्रधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् ।

    असार मसान्तदेखि करार अवधि सकिने ती प्राविधिकहरूले आगामी आर्थिक वर्षदेखि करार नवीकरण नगर्ने सरकारको तयारी रहेको र आफूहरूले विगतदेखि राखेका माग पूरा नगरिएको भन्दै आन्दोलन थालेका हुन् । दुर्गम भत्ता, सञ्चार, यातायातलगायतको भत्ता कटौती भएको उनीहरूको गुनासो छ ।

     
     
     
     
     
     
     
     
  • काठमाडौंमा ५४ दिनपछि देखिएको चहलपहल

    काठमाडौंमा ५४ दिनपछि देखिएको चहलपहल

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो बनाइएको छ ।

    स्थानीय प्रशासनले आर्थिक गतिविधि चलायमान बनाउन बार र समय तोकेर केही व्यवसायिक क्षेत्र खुल्ला गरेको छ । केही सहज गरेर असार १४ सम्म थप गरिएको निषेधाज्ञामा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

    डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, हार्डवेयर्स पसल, खेलकुद सामाग्री पसल, कपडा पसल, विद्युतीयलगायतका पसल खुल्ला गर्न पनि बार र समय तोकिएको छ ।

    निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सवारी चापले मुख्य सडकमा जाम समेत भएको छ ।

     
     
     
     
     
     
     
     
     
     
  • बाढीपछिको मेलम्ची, लयमा फर्कने प्रयास गर्दै पीडित

    बाढीपछिको मेलम्ची, लयमा फर्कने प्रयास गर्दै पीडित

    मेलम्ची । मेलम्ची नदीमा असार १ गते राति आएको बाढीले क्षतविक्षत बनाएको मेलम्ची बजार र त्यस आसपासका नागरिक जसोतसो लयमा फर्कने प्रयास गरिरहेका छन् ।

    उनीहरु नदीमा पानीको सहत घटेसँगै घरभित्रबाट बँचेखुचेका सामान निकाल्न खोजिरहेका छन् ।

    बाढीले घर खेत डुबाएर–बगाएर बिचल्लीमा परेका उनीहरु कम जोखिम भएको ठाउँमा त्रिपाल हालेर बसिरहेका छन् । कोही आसपासका गाउँ र आफन्तकोमा शरण मागेर बसिरहेका छन् ।

    बाढीले सडक र पुल भत्काएपछि स्काभेटर लगाएर अस्थायी बाटो बनाउने क्रम पनि सुरु भएको छ ।

    यद्यपि, पानी परेसँगै नदीमा पानीको बहाव बढ्ने क्रम रोकिएको छैन । जसकारण त्रासकाबीच पनि पीडितहरु दैनिकीलाई सहज बनाउने प्रयास गरिरहेका छन् ।

  • बुङ्‍मतीका व्यस्त किसान

    बुङ्‍मतीका व्यस्त किसान

    काठमाडौं । मनसुन भित्रिएसँगै खेतबारीमा किसानको व्यस्तता पनि बढेको छ ।

    मानो रोपेर मुरी उब्जाउने यो बेला कोरोना संक्रमणको जोखिमकै बीच बिहानदेखि साँझसम्म कृषकलाई चटारो छ । केहीदिन लगातार पानी परेपछि उपत्यका आसपासका क्षेत्रमा कृषकहरूको खटाइको दृष्यले मन्त्रमुग्ध बनाउँछ ।

    ललितपुर बुङ्‍मतीका किसानहरू झरीमा रुझ्दै बीउ गोड्ने, काढ्ने, हिलोआली र रोपाइँमा व्यस्त देखिएका छन् ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • झरीले रुझ्यो काठमाडौं

    झरीले रुझ्यो काठमाडौं

    काठमाडौं । शुक्रबारदेखि भित्रिएको मनसुनका कारण देशका विभिन्न ठाउँमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भन्दै साना तथा मझौला नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

    आज बिहानदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा झरी पर्‍यो । मनसुनसँगै मौसम फेरबदल भइरहँदा पानीले उपत्यकाको जनजीवन प्रभावित पार्‍यो ।

    आजदेखि केही खुकुलो बनाइएको निषेधाज्ञासँगै सडकमा चहलपहल बढेपनि वर्षात‍ले किनमेल, अत्यावश्यक कामका लागि हिँडेका सर्वसाधारणलाई असहज भयो ।

    काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका वागमती, हनुमन्ते, विष्णुमती, धोबीखोलामा पानीको बहाव बढेको छ ।

  • नेविसंघले जलायो ओलीको पुत्ला, प्रहरी हस्तक्षेपमा एक घाइते

    नेविसंघले जलायो ओलीको पुत्ला, प्रहरी हस्तक्षेपमा एक घाइते

    काठमाडौं । कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आज पनि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । त्यस क्रममा प्रहरीले हस्तक्षप गर्दा एक घाइते भएका छन् भने दुईजना पक्राउ परेका छन् ।

    प्रधानमन्त्रीले गरेको संसद विघठन, मन्त्रीपरिषद विस्तार लगायतको विरोध गर्दै नेविसंघले पुत्लादहन गरेको हो । सो प्रदर्शनमा करिब एक दर्जन कार्यकर्ता सहभागी थिए ।