Category: फोटो फिचर

  • शाखा अधिकृत परीक्षार्थीको प्रश्न- लोक सेवा कि रोक सेवा ? (तस्बिरहरू)

    शाखा अधिकृत परीक्षार्थीको प्रश्न- लोक सेवा कि रोक सेवा ? (तस्बिरहरू)

    काठमाडौं । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीले छिटो नतिजा प्रकाशन गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रर्दशन गरेका छन् ।

    सर्वोच्च अदालतको आदेशका कारण रोकिएको शाखा अधिकृतको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित १ सय भन्दा बढी संख्यामा उपस्थित भएका परिक्षार्थीले सोमबार माइतीघरमा प्रर्दशन गरेका हुन् ।

    ‘लोकसेवा कि रोकसेवा, बन्द खामभित्रको हाम्रो भविष्य गर जस्ता प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । उनीहरुले यसअघि लोकसेवा आयोगको कार्यालयमा समेत धर्नाको साथै प्रर्दशन गरेका थिए ।

    लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर सर्वोच्चको आदेशको कारण देखाएर नतिजा प्रकाशन भएको छैन । झण्डै ३ सय जना भन्दा बढी अधिकृत तहको सबै परीक्षाको चरण पास गरेर नतिजाको पखाईमा छन् ।

      
    
     
    
     
  • दसैँका लागि नयाँ नोटको जोहो शुरु (तस्बिर र भिडिओ)

    दसैँका लागि नयाँ नोटको जोहो शुरु (तस्बिर र भिडिओ)

    काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दसैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट सटही थालेका छन् ।

    नयाँ नोट खुलेसँगै बैंकहरूमा पैसा साट्नेको भीड लागेको छ । मीठो खाने र राम्रो लाउने पर्वको रूपमा लिइने दसैँमा नयाँ नोटको विशेष महत्व मानिन्छ । बिहान १० बज्न नपाउँदै बैंकहरूमा सर्वसाधारण टोकन लिएर लाइन बसेका छन् ।

    केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

    काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

    नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

    राष्ट्र बैंकले १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

    साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

    गत वर्ष भने कोरोनाको जोखिमका कारण भन्दै नयाँ नोट सटही गरिएको थिएन ।

     

  • काठमाडौंमा यसरी गरियो विश्वकर्मा पूजा (तस्बिरहरु)

    काठमाडौंमा यसरी गरियो विश्वकर्मा पूजा (तस्बिरहरु)

    काठमाडौं । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।

    हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ यो पर्व मनाइन्छ । आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा भइ दर्शनार्थी पूर्जा आरधना गर्दछन् ।

    विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ ।

    वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

  • विभाजनविरुद्ध काठमाडौं एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

    विभाजनविरुद्ध काठमाडौं एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । कमलादीस्थित प्रज्ञा भवनमा एमालेले वृहत कार्यकर्ता भेला गरेको छ । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।

    सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएको र पछिल्लो समय पार्टी विभाजनको ‘चोट’ भोगेको एमालेले पार्टी विभाजनविरुद्ध सन्देश दिन देशका विभिन्न ठाउँमा कार्यकर्ता भेला, प्रशिक्षणलाई तीव्र पारेको छ । नेताहरूले विभाजनविरुद्ध एक भएको र एमालेले जनताको अभिमतले पुरानै वर्चश्वमा फर्काउने उद्घोषका साथ केन्द्रदेखि जिल्लासम्मका कार्यकर्तालाई एकत्रित गरिरहेको छ ।

  • भौतिक उपस्थितिमा यसरी हुँदैछ १२ कक्षाको परीक्षा (तस्बिरहरू)

    भौतिक उपस्थितिमा यसरी हुँदैछ १२ कक्षाको परीक्षा (तस्बिरहरू)

    काठमाडौं । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरू भएको छ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी तालिका प्रकाशन गरेको थियो ।

    परीक्षा बिहान ११ बजेदेखि शुरू गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरबाट परीक्षा लिइने तथा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।

    परीक्षा बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी ३ लाख ७४ हजार छन् । भौतिकरूपमै परीक्षा लिने तयारी भएपछि गत महिना नै १८ वर्ष पुगेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोरोना खोप लगाउने व्यवस्था गरिएको थियो ।

    कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन लागू भएपछि गत वैशाखमा हुनुपर्ने परीक्षा स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि भदौ ९ गतेसम्मका लागि निर्धारण गरिएकोमा संक्रमण दर कम नभएको भन्दै पुनः स्थगित गरिएको थियो ।

  • स्थायी समिति बैठक बस्न पेरिसडाँडा पुगेका माओवादी नेता (तस्बिरहरू)

    स्थायी समिति बैठक बस्न पेरिसडाँडा पुगेका माओवादी नेता (तस्बिरहरू)

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरू भएको छ ।

    पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सांगठानिक र समसामयिक राजनीतिक विषयमा छलफल मुख्य एजेण्डा छन् ।

    पुसमा राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रले चार महिने संगठन विस्तार अभियान चलाइरहेको छ । त्यसको समीक्षा र आगामी रणनीतिबारे पनि बैठकमा छलफल हुने एक स्थायी कमिटी नेताले बताए ।

    गठबन्धन सरकारको काम कारवाही, मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइबारे पनि बैठकमा छलफल भएको छ ।

  • कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापामा (तस्बिरहरू)

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापामा (तस्बिरहरू)

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला झापा आएका छन् ।

    झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा आएका हुन् । बिर्तामोडमा आयोजना गरिएको भेलालाई एमालेका अन्य नेताले पनि सम्बोधन गर्दैछन् ।

    झापामा एमाले विभाजनको असर लगभग न्यून छ । माधव नेपाल पक्षमा रहेका प्रभावशाली नेताहरू सांसद पवित्रा निरौला खरेल, नरेश खरेल, रविन कोइरालालगायत सबै एमालेमै बसेपछि पार्टी विभाजनको असर छैन ।

  • एमसीसीविरुद्ध राजधानीमा विप्लवको शक्ति प्रदर्शन (तस्बिरहरू)

    एमसीसीविरुद्ध राजधानीमा विप्लवको शक्ति प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले संघीय राजधानी काठमाडौंमा एमसीसीविरुद्ध विरोध जनाएको छ ।

    काठमाडौको त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निस्किएको छ । जुलुशलाई विभिन्न नेताहरूले नेतृत्व गरेका छन् । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।

    सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ । मूल जुलुसको नेतृत्व गरेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सभालाई सम्बोधन गर्ने योजना छ ।

  • एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’ भन्दै विरोध (तस्बिरहरू)

    एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’ भन्दै विरोध (तस्बिरहरू)

    काठमाडौं । एमसीसीबारे थप प्रष्ट्याउँदै उच्च भेटघाटका लागि एमसीसी अधिकारी आएकै बेला पारेर विमानस्थलबाहिर विरोध प्रदर्शन भएको छ ।

    एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यसको खारेजीको माग गर्दै विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरिएको छ ।

    प्रहरीले केही प्रदर्शनकारीलाई धरपकडसमेत गरेको छ ।

    एमसीसी अधिकारीको आगमन र विरोध प्रदर्शनलाई लक्षित गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो ।

    तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।

  • पशुपतिनाथको गेटमै पूजा गर्दै व्रतालु, प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे (फोटोफिचर\भिडिओ)

    पशुपतिनाथको गेटमै पूजा गर्दै व्रतालु, प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे (फोटोफिचर\भिडिओ)

    काठमाडौं । कोरोना महामारीका कारण पछिल्लोपल्ट लागू गरिएको लकडाउनका कारण बैशाख १५ देखि पशुपतिनाथ मन्दिर बन्द छ ।

    हरेक वर्ष हरितालिका तीजका दिन ठूलो संख्यामा दर्शनार्थीको उपस्थिति रहने पशुपतिनाथमा गत वर्ष र यो वर्ष पनि नियमितबाहेक पूजाआजा बन्द गरिएको छ ।

    तर, तीजमा व्रत बसेकाहरु सयौंको संख्यामा पशुपति पुगेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे परेको छ । प्रहरीले माइकिङ गरी भीड कम गर्न र कोरोना जोखिमका कारण घरमै पूजा गर्न आग्रह गरिरहेको छ ।

    मन्दिर बन्द भए पनि व्रतालुहरु पशुपतिको दक्षिण र पश्चिम प्रवेशद्वारमै पूजा गरेर फर्किएका छन् । गेटमै पूजा गर्न पनि लामो लाइन लाग्न थालेको छ ।

    आज हरितालिका तीज देवादिदेव महादेवको पूजा गर्ने र निरहार व्रत बस्ने परम्परा छ । आरध्यदेव पशुपतिनाथमा हरेक वर्ष तीजका दिन ठूलो मेला लाग्ने गर्छ । काेराेना महामारीका कारण बन्द मन्दिरकाे भित्र सुनसान छ तर गेटबाहिर थामिनसक्नुकाे भीड छ ।

  • वर्षाका बीच बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

    वर्षाका बीच बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन जारी छ । संसद बैठक शुरू हुने बेलामा एमसीसीविरुद्ध विरोध बढेको छ ।

    काठमाडौं उपत्यकामा भइरहेको वर्षाको बाबजुज बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघरमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।
  • भू-माफियाबाट मेयरले फर्काएको कमलपोखरी- मन बहलाउने गन्तव्य (तस्बिरहरु)

    भू-माफियाबाट मेयरले फर्काएको कमलपोखरी- मन बहलाउने गन्तव्य (तस्बिरहरु)

    भक्तपुर । मध्यपुर थिमी नगरपालिका-८ बोडे नजिकै रहेको कमलपोखरी आसपासमा बिहान, बेलुकी स्थानीयको ठूलो जमघट हुने गर्दछ। ‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’का लागि स-परिवार अहिले यो पोखरी आसपासमा जाने गर्दछ्न ।

    कमलपोखरी बोडेका स्थानीय मात्रै होइन अन्यत्रबाट आएका र यस क्षेत्रमा बसोबास गर्दै आएकाहरुका लागि अहिले घुमफिर गर्नेहरुका लागि एउटा आर्कषक गन्तव्य को रुपमा विकास भइरहेको छ ।

    कमलपोखरी र नजिकै रहेको कुमारीपार्कमा अहिले बिहान र बेलुकी टहल्न आउने मात्रै होइन विभिन्न गितका म्युजिक भिडियाे सुटिङ पनि हुने गर्छ । मध्यपुरथिमी नगरपालिकाले पराम्परागत पोखरी र ऐतिहासिक धार्मिक स्थलहरुको संरक्षण सुरु गरेपछि अहिले कमलपोखरीको मुहार फेरिएको छ र यसको चर्चा पनि सुरु भएको छ ।

    मध्यपुरथिमी नगरपालिका बोडेमा रहेको कमलपोखरी-१५ रोपनी जग्गामा फैलिएको छ । पञ्चायती समयमा पोखरी संरक्षणको जिम्मा पाएकाहरुले नै पोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा विक्री गरेपछि पोखरी लथालिंग भएको थियो ।

    मध्यपुर थिमी नगरपालिकामा २०७४ को स्थानीय चुनावबाट जनप्रतिनिधि आएपछि भने सार्वजनिक जग्गाको संरक्षणको सुरुवात भयो । अहिले यो पोखरी सार्वजनिक नै भएको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

    यसरी बिक्री भयो कमलपोखरीको जग्गा

    २०३२/०३३ सालमा कमलपोखरी नजिकै रहेको कुमारी मन्दिर संरक्षण र त्यसको रेखदेखको जिम्मा स्थानीय कान्छी पोडेलाई दिइएको थियो । मन्दिर र पोखरी सरसफाईको जिम्मा दिए पनि भू-माफियाहरुको मिलेमतोमा कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा नक्सापास समेत बनाएर विक्री भएको मेयर श्रेष्ठले जानकारी दिए ।

    भू-माफियाहरुले विभिन्न व्यक्तिलाई उक्त जग्गा विक्री गर्दै गर्दा अन्तिममा मनाङका ग्याल्पो गुरुङको नाममा कमलपोखरीको जग्गा कायम भएको स्थानीय बताउँछन् । कमलपोखरीको कित्ता नम्बर-१ को १५ रोपनी ९ आना जग्गा भू-माफियाहरुले व्यक्तिको नाममा बिक्री गरेपछि त्यतीबेला बोडे र नगदेशका स्थानीयले विरोध गरे पनि फितलो कानूनी व्यवस्थाका कारण स्थानीयको आवाज नसुनिएको बोडेका स्थानीय प्रभुनारयण श्रेष्ठले बताए ।

    कुमारी मन्दिरको सरसफाई गर्दै आएकी कान्छी पोडेनीलाई भू-माफियाहरुले प्रलोभनमा पारेर २०५१ सालमा मनाङका ग्ल्याल्पो गुरुङ,तेन्जी शेर्पा, जद्योना गुरुङको नाममा पोखरीको जग्गा कायम भएको श्रेष्ठले बताए ।

    पोखरीको जग्गा व्यक्तिको नाममा आएपछि जग्गाधनीहरुले पोखरीमा माटो ल्याएर भर्न खोज्दा स्थानीयले प्रतिवाद गरे । ‘धेरै पटक माटो ल्याएर यहाँ भर्न खोजे तर हामी सबै मिलेपछि उनीहरु भागे’ श्रेष्ठले विगत सम्झँदै भने, ‘अहिले मेयर मदनसुन्दर आएपछि पोखरीको संरक्षण भएको छ ।’

    व्यक्तिको नाममा गएपछि पोखरीमा बस्ती बसाल्न डोजर लिएर आएकाहरुलाई आफूहरुले लखेटेको उनले बताए ।

    स्थानीयतहको निर्वाचनमा एमालेका मदन सुन्दर श्रेष्ठ मेयर निर्वाचित भएपछि पोखरीको जग्गा सार्वजनिक गर्न माग गर्दै उनी आफैं अदालत गए । भक्तपुर जिल्ला अदालतले २०७५ मा पोखरीको जग्गा सार्वजनिक नै भनेर फैसला गरेपछि तत्कालै बजेट राखेर पोखरीको संरक्षण सुरु गरिएको मेयर श्रेष्ठले जानकारी दिए ।

    जिल्ला अदालतले पोखरीको जग्गा सार्वजनिक नै भएको फैसला गरे पनि भू-माफियाहरुले उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरेपछि स्थानीयको साथ लिएर आफूले आन्दोलन नै गर्नुपरेको मेयर बताउँछन् ।

    अदालतले पोखरीको संरक्षण कार्य नरोक्नु भनेर समेत आदेश दिएपछि स्थानीयको समेत सहभागितामा अहिले पोखरी संरक्षणअन्तिम चरणमा पुगेको मेयर श्रेष्ठले बताए ।

    मध्यपुरथिमी नगरपालिकाले कमलपोखरी संरक्षण र त्यसको सुन्दरताको लागि अहिलेसम्म १ करोड बढी रकम खर्च गरिसकेको छ । पोखरीको छेउमा हिडडुल गर्न सजिलो होस भनेर फुटपाथ बनाइएको छ । यो फुटपाथमा अहिले ढलान गरे पनि यो आर्थिक वर्षमा खाली खुट्टाले समेत हिड्न मिल्ने गरेर इट्टा बिछ्याउने मेयर श्रेष्ठले जानकारी दिए ।

    पोखरीको बाँकी काम पूरा गर्नका लागि यो वर्ष ६५ लाख बजेट विनियोजन भएको छ । पोखरीको फुटपाथमा सबैलाई हिड्न सजिलो होस भनेर फराकिलो बनाइएको मेयर श्रेष्ठले बताए ।

    पोखरीको मध्यभागमा ८ फिट गहिराई रहेको र किनारमा ३/४ फिट मात्रै गहिराई रहेकाले कोही पोखरीमा खस्दा पनि केही नहुने गरेर पुननिर्माण गरिएको मेयर श्रेष्ठले जानकारी दिए ।

    ऐतिहासिक,धार्मिक एवं साँस्कृतिक महत्व बोकेको पोखरीको संरक्षणपछि अब डुंगा संचालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा मध्यपुरथिमी नगरपालिका बनाउने योजना रहेको मेयर श्रेष्ठले जानकारी दिए ।

    वर्षाको समयमा पोखरीमा पर्याप्त पानी जम्मा हुने भए पनि हिउँदमा पनि पोखरीको सुन्दरतालाई कायम नै राख्नका लागि पोखरी नजिकै तिन वटा डीप बोरिङ खनिएको उनले बताए ।

    १५ पोखरी पुननिर्माण, ८ वटा काम सम्पन्न

    मध्यपुरथिमी नगरपालिका भित्र धार्मिक र सास्कृतिक महत्व झल्काउने पराम्परागत २५ पोखरीहरु भए पनि त्यसको संरक्षण नहुदा नाम मात्रैको पोखरी थियो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि भने अहिले नगरपालिका भित्र रहेका २५ वटा त्यस्ता पोखरी मध्ये आठ पोखरीको पुन निर्माण सम्पन्न भएपछि अहिले पोखरीको सुन्दरता बढेको छ ।

    भक्तपुर जिल्ला पोखरी नै पोखरीको जिल्ला भएपनि त्यसको संरक्षण हुन सकेको थिए मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘हामी निर्वाचित भएर आएपछि पहिलो प्राथामीकता नै पराम्परागत पोखरी संरक्षणको सुरुवात गरेका थियौं ।’

    मध्यपुर थिमी नगरपालिकाले स्थानीयसँग मिलेर नगर भित्र रहेका कमलपोखरी सहित विष्णुकुण्ड निगु कयकुता,पलिस्वाँ कुमारी,दक्षिण क्वाछे पोखरी को संरक्षण सम्पन्न गरेको छ । त्यसैगरी खपलाँ, खाँसी, नछुटोल, कोलाखु वामुने, गुँला, देवु पोखरीको संरक्षण भइरहेको मध्यपुर थिमी नगरपालिकाले जानकारी दिएको छ । ऐतिहासिक पोखरी संरक्षणका लागि नगरपालिकाले १० करोड बढी खर्च गरेको छ ।

  • नेकपा एसनिकट अनेरास्ववियूले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

    नेकपा एसनिकट अनेरास्ववियूले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग्दै नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । सोक्रममा प्रदर्शनकारीले उनको पुत्लासमेत जलाएका छन् । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसअगाडिको प्रदर्शनमा प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

    भारतीय प्रधानमन्त्री र अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध नबोल्न विज्ञप्ति जारी गरेको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् । विद्यार्थी नेता/कार्यकर्ताले एमसीसी खारेज गर्नुपर्ने, जयसिंह धामीलाई न्याय दिनुपर्नेलगायतका नाराहरू लगाएका छन् ।

     
     
     
     
     
     
     
     
     
     
     
    तस्बिरहरू : उमेश कार्की ।
  • इम्बोस्ड नम्बर प्लेटले रोजगार खोसेको भन्दै आर्टिष्टहरूको प्रदर्शन (तस्बिरहरू)

    इम्बोस्ड नम्बर प्लेटले रोजगार खोसेको भन्दै आर्टिष्टहरूको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै नेपाल कमर्शियल आर्टिष्ट संघले आन्दोलन गरेको छ । आर्टिष्टहरुको रोजगारी गुम्ने र इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्दा नेपालको डाटा विदेश जाने भएकाले आफूहरू विरोधमा उत्रिएको संघले जनाएको छ ।

    संघको आव्हानमा यातायात व्यवस्था कार्यलय एकान्तकुनामा आज बिहान ११ बजेबाट प्रद्शन शुरू गरिएको छ ।
    महासचिव चित्रबहादुर कार्कीले नेपालीको रोजगारी गुम्ने र इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्दा नेपाली सवारीधनीको सबै डाटा विदेशमा जाने भएर आन्दोलमा उत्रिएको बताए ।

    कार्कीले भने,‘बेरोजगारी बढिरहेको बेला इम्बोस्ड नम्बर प्लेट लागू हुँदा व्यवसायिक कलाकार पनि बेरोजगार हुन्छन्। हाम्रा श्रमजिवी कला व्यवसायीलाई पक्राउ गर्ने र दुःख दिने कार्य प्रशासनले गरिरहेको छ । त्यसको विरुद्धमा आन्दोलन गरेका हौं । के कति मापदण्डभित्र रहेर नम्बर प्लेट लेख्न पाइने हो भन्ने पनि सार्वजनिक सूचना जारी गर्नुपर्ने हो । तर त्यस्तो छैन । यस्ता अव्यवहारिक र अवैधानिक कार्य निन्दनीय छ ।’

    इम्बोस्ड नम्बर प्लेटमा नेपालीपन नभएकोले आन्दोलनमा उत्रिनुपरेको कार्कीको जिकिर छ ।

    
    
    
     
     
     
    
      
    
  • वागमतीमा बाढी- थापाथलीको सुकुम्बासी वस्ती जलमग्न, बल्खुकाे तरकारी बजार अस्तव्यस्त (तस्बिर र भिडिओ)

    वागमतीमा बाढी- थापाथलीको सुकुम्बासी वस्ती जलमग्न, बल्खुकाे तरकारी बजार अस्तव्यस्त (तस्बिर र भिडिओ)

    काठमाडाैं । रातभरको भारी वर्षापछि काठमाडौं उपत्यकामा रहेका साना ठूला सबै नदी र खोलाहरुमा बाढी आएको छ । वागमती, विष्णुमती, धोवीखोला, मनोहरा लगायतका खोलाहरुमा बाढी आएको छ ।

    वागमतीमा आएको बाढीले तटीय क्षेत्र डुवानमा पारेको छ । थापाथलीस्थित सुकुम्बासी वस्तीमा चार फिटसम्म पानी जम्ने गरी बाढी पसेको छ ।
    मध्यरातमा चर्को मेघ गर्जनसहित परेको भीषण वर्षाले विहान ४ बजेदेखि नै वागमतीमा बाढी आउन सुरु भइसकेको थियो ।

    वागमती आसपासका सबै क्षेत्रहरुमा पानी पसेको छ । थापाथलीकै युएन पार्कमा पनि पानी पसेको छ । प्रहरीले वगमती आसपास कम उचाईका क्षेत्रमा बसेका सबै घरमा पानी पसेको जनाएको छ । विहानै जोखिममा परेका सयौंलाई प्रहरीले सुरक्षित स्थानमा सारिसकेको छ ।

     

     

    बंगालको खाडीबाट आएको जलवस्पयुक्त हावा र हिजो बेलुकाबाट विकास भएको स्थानीय वायुको मिश्रित प्रभावका कारण काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पानी पर्ने क्रम भोलि दिउँसोसम्म रहनेछ ।

  • भारतीय हस्तक्षेपको विरोध गर्दै मोदीको पुत्ला दहन (तस्बिरहरू)

    भारतीय हस्तक्षेपको विरोध गर्दै मोदीको पुत्ला दहन (तस्बिरहरू)

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठनले भारतीय हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेको छ । विरोधको क्रममा प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

    अनेरास्ववियूको आव्हानमा काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअघि प्रदर्शन गरिएको हो । विरोधमा उत्रिएकाहरूले सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे, भारतीय हस्तक्षेप मुर्दाबादलगायतका नारा लगाएका थिए ।

    
     
      
    
     
     
      
    
  • एमसीसी खारेजको माग गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन (तस्बिरहरू)

    एमसीसी खारेजको माग गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजको माग गर्दै अमेरेकी दूतावासअघि विरोध प्रदर्शन भएको छ ।

    ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ को आव्हानमा दूतावासअघि प्रदर्शन गरिएको हो । सोक्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।

    पछिल्ला केही दिनयता संघीय राजधानी काठमाडौंलगायत विभिन्न शहरमा एमसीसी खारेजको मागसहित विरोध बढ्न थालेको छ ।

     
    
     
     
     
     
  • रंगशालामा फुटबलप्रेमीको चहलपहल (तस्बिरहरू)

    रंगशालामा फुटबलप्रेमीको चहलपहल (तस्बिरहरू)

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले करिब ६ वर्षपछि भारतविरुद्ध दशरथ रंगशालामा आज मैत्रीपूर्ण खेल खेल्दैछ । र, स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालाना गर्दै ५ हजार १ सय दर्शकलाई रंगशालामा अनुमति दिएको छ ।

    यद्यपि, कोरोना भाइरस परीक्षणको नेगेटिभ रिपोर्ट वा डबल डोज भ्याक्सिनेटेड सर्टिफिकेट अनिवार्य गरिएको छ । त्यति हुँदा हुँदै पनि त्रिपुरेश्वरमा दर्शक तथा फुटबलप्रेमीको चहलपहल बढेको छ ।

    नेपाल र भारतबीचको प्रतिद्वन्द्वीताका कारण पनि कोरोना भाइरसको महामारीकै माझमै पनि दर्शकको चहल पहल देखिएको छ । नेपालले पछिल्लोपटक सन् २०१७ मा मुम्बईमा भारतविरुद्ध खेलेको थियो ।

    अक्टोबरमा माल्दिभ्समा हुने साफ च्याम्प्यिनसिपको तयारीमा रहेका दुवै टोली आजको खेलमा जितका लागि खेल्ने छन् ।

     

    तस्बिरहरू : उमेश कार्की । 

  • चार महिनापछि कक्षाकोठामा विद्यार्थी (भिडियोसहित)

    चार महिनापछि कक्षाकोठामा विद्यार्थी (भिडियोसहित)

    काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना महामारीको दोस्रो लहरसँग बन्द भएका विद्यालयहरू खुल्न थालेका छन् । संक्रमणदरमा कमी आउन थालेसँगै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि संचालन गरिएको छ । महामारीको जोखिमका कारण अधिकांश विद्यालयहरूले अनलाइन कक्षा संचालन गरिरहेका छन् ।

    गत वैशाख १६ देखि निषेधाज्ञा लागू भएसँगै विद्यालय बन्द भएका थिए । सरोकारवालासँगको बैठकपछि नगर शिक्षा समितिको बैठक राखेर भौतिक उपस्थितिमा विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए ।

    नगरपालिकाले अनिवार्य सर्तको रूपमा विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको विश्वसनीय वातावरण बनाउन भनेको छ । स्वास्थ्यका मापदण्ड पालना नगरिए कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

    गोकर्णेश्वरमा हाल जोरबिजोर प्रणालीमा सिफ्ट अनुसार विद्यालय संचालन गरिएको हो ।

  • पाटनको कृष्णमन्दिर बाहिरै मूर्ति स्थापना गरी पूजा ! (तस्बिर र भिडियो)

    पाटनको कृष्णमन्दिर बाहिरै मूर्ति स्थापना गरी पूजा ! (तस्बिर र भिडियो)

    काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । कोरोना भाइरस संक्रमणको जोखिमका कारण श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा नियमित पूजा बाहेक सर्वसाधारणका लागि बन्द गरिएको छ ।

    तर, जाेखिमको पर्वाह नगरी मन्दिर दर्शनका लागि पुगेका श्रद्धालुहरुले मन्दिर बाहिरै मूर्ति स्थापना गरी पूजा गरिरहेका छन् ।

    स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी कृष्णमन्दिर परिसरमा सयौंको भीड लागेको छ । ब्रतालुहरुले मुख्य मन्दिरको बाहिर मूर्ति स्थापना गरेर लाइन बसेर पूजा गरिरहेका छन् ।

    ज्ञानयोग, कर्मयोग । भक्तियोगका प्रणेता भगनाव श्रीकृष्णको जन्म भाद्र कृष्णअष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिएको छ ।

    आजको दिन पाटनको कृष्ण मन्दिर, बुढानीलकण्ठको श्रीकृष्ण मावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिर, कागेश्वरी मनोहरा–८ मा रहेको नवतनधामलगायतका तीर्थस्थलमा विषेश पूजा हुने गरेको छ । साथै कृष्ण प्रमाणीहरुका लागि यो दिन वर्षभरिकै विशेष दिन हो ।

    ललितपुर महानगरपालिकाले यसअघि नै सूचना प्रकाशि गरी भक्तजनलाई पूजाका लागि अनुमति नदिने जनाए पनि ब्रतालुको भीड भने थामिनसक्नु देखिएको छ ।

     

  • दल दर्तापछि पहिलो कार्यक्रममा माधव नेतृत्वको एकीकृत समाजवादी टिम (तस्बिरहरू)

    दल दर्तापछि पहिलो कार्यक्रममा माधव नेतृत्वको एकीकृत समाजवादी टिम (तस्बिरहरू)

    काठमाडौं । एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत-समाजवादी) ले दल दर्तापछि पहिलोपटक सार्वजनिक कार्यक्रम गरेको छ ।

    माधवकुमार नेपालको नेतृत्वमा दर्ता गरिएको सो पार्टी बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएको हो ।

    पत्रकारमाझ नेता नेपालले पार्टीको भावी रणनीति, देउवा नेतृत्वको गठबन्धनको सरकारमा सहभागितालगायतका विषयमा महत्वपूर्ण घोषणा गर्ने नेता गंगालाल तुलाधारले जानकारी दिए ।

    
      
    
     
     
     
           

    तस्बिरहरू : उमेश कार्की ।

  • जेठ २ को मिलनविन्दु पछ्याउँदै एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    जेठ २ को मिलनविन्दु पछ्याउँदै एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    काठमाडौं । स्थायी कमिटी बैठकमार्फत सहमतिको मिलनविन्दुमा पुगेको नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक शुरू भएको छ । ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी यो बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

    एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे बैठक केन्द्रित हुने बताइएको छ । त्यसका लागि मातहतका कमिटीलाई समेत एमालेले निर्देशन दिइसकेको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • बौद्धमा रोपाईं जात्राकाे राैनक( तस्बिरहरु)

    बौद्धमा रोपाईं जात्राकाे राैनक( तस्बिरहरु)

    काठमाडौं । कोभिड- १९ को महामारीकै बीचमा काठमाडौंको बौद्धमा नेवार समुदायले रोपाईं जात्रा मनाएका छन् । गाईजात्राको भोलिपल्ट अर्थात मंगलबार बौद्धमा नेवार समुदायले रोपाईं जात्रा मनाएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड- १९ को संक्रमण तीव्र रुपमा फैलिएकाले चाडपर्वमा भीडभाड नगर्न आग्रह गरेको थियो । तर सिडिओको आदेशको अवज्ञा गर्दै जात्रामा सहभागी हुन टाढा टाढाबाट आएका छन् । धान रोपाइको काम सकिएपछि उपत्यकामा रोपाई जात्रा मनाउने प्रचलन रहेको छ ।

    धान रोप्ने काम सकिएको खुशियालीमा यो जात्रा मनाइन्छ। जात्रामा बाजागाजा बजाएर लाखे नाच नाचेर जात्रा मनाउने गरिन्छ ।

    गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । मल्लकालमा समृद्ध राज्यहरुमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको शुरुवात गरेको मानिन्छ ।

    विशेषत चैत्य, वहाल र टोलका फलैँचाहरुमा आजका दिन स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ । काठमाडौँको बौद्ध नाथ परिसदमा रोपाई जात्रा मनाउदै गरेको तस्बिर नेपालप्रेसकर्मी सरोज बैँजुले कैद गरेको तस्बिरहरु:

     

  • पुस ७ मा छुटेकाहरू भदौ ८ मा जुटे, नेकपाकालीन कमिटीको निरन्तरता (भिडियोसहित)

    पुस ७ मा छुटेकाहरू भदौ ८ मा जुटे, नेकपाकालीन कमिटीको निरन्तरता (भिडियोसहित)

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकमा नेकपाकालमा छुटेका नेताहरू पहिलोपटक जुटेका छन् । पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते औपचारिकरूपमा नेकपा विभाजित भएको थियो ।

    विभाजित नेकपाको प्रचण्ड-माधव समूहका गएका १० स्थायी कमिटी सदस्य ८ महिनापछि केपी अ‍ोली नेतृत्वमा फर्किएका छन् । त्यतिबेलै प्रचण्डलाई छाडेर अ‍ोली रोजेका ४ स्थायी कमिटी सदस्यसहित एमालेको ऐतिहासिक स्थायी कमिटी बैठक बसेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    १० बुँदे सहमति कार्यान्वयनका लागि बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागाी भएनन् । स्थायी कमिटी सदस्यमध्ये माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले भने नेकपा एकीकृत समाजवादी गठनका लागि प्रक्रिया अघि बढाइसकेका छन् ।

     
     
     
    
    
     
    
     
    
    
  • माधवसँग छुटेर ओलीसँग जुटेपछि बालकोटबाट बाहिरिएका पाइलाहरू (तस्बिरहरू)

    माधवसँग छुटेर ओलीसँग जुटेपछि बालकोटबाट बाहिरिएका पाइलाहरू (तस्बिरहरू)

    काठमाडौं । केपी ओलीसँग राजनीतिक र सांगठनिकरूपमा विभाजित भएको ठीक ९ महिनापछि तत्कालीन नेकपा र हाल एमालेका ९ जना स्थायी कमिटी सदस्यहरू अन्ततः ओलीले बोलाएको बैठकमा बस्न तयार भएका छन् ।

    तत्कालीन नेकपा पुस ७ गते विभाजित भएपछि भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त प्रचण्ड-माधव समूहमा थिए ।

    फागुन २३ को फैसलाले एमाले ब्युँतिएपछि पनि उनीहरू माधव नेपाल नेतृत्वको समानान्तर गतिविधिमै थिए । तर, नेपालले पार्टी विभाजन गरेपछि भने उनीहरू १० बुँदे कार्यान्वयनको प्रतिबद्धतासहित एमालेमा रहने भएका छन् र मंगलबारको बैठकले सबै विषय सम्बोधन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

    तस्बिरहरू : सरोज बैजु । 

  • वर्षातबीच गाईजात्राको रौनक: हेर्नुस् वसन्तपुरका दृश्य

    वर्षातबीच गाईजात्राको रौनक: हेर्नुस् वसन्तपुरका दृश्य

    काठमाडौं । मृतआत्माको सम्झनामा गाई वा परिवारका सदस्यलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गराई देशभर आज गाईजात्रा मनाइँदैछ । परिक्रमाका क्रममा श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

    यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

     

    यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

    प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ ।

    कोरोना महामारीका कारण लागू गरिएको स्वास्थ्य मापदण्डका कारण सरकारले भीडभाड काम गर्न आह्वान गरेको छ । तर पनि गाईजात्रा निकाल्दा वसन्तपुर क्षेत्रमा ठूलो भीड देख्न सकिन्छ । जात्रामा उपस्थित केहिले त मास्कसमेत लगाएका थिएनन् ।

     

    गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।

    सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज वागमती प्रदेशले पनि सार्वजनिक बिदा दिएको छ ।

     

  • जनैपूर्णिमाको चहलपहल (भिडियोसहित)

    जनैपूर्णिमाको चहलपहल (भिडियोसहित)

    काठमाडौं । तागाधारी हिन्दू धर्मावलम्बीको प्रमुख चाडमध्येको एक जनै पूर्णिमा आज मनाइँदैछ । आजको दिन स्नान गरी शुद्ध भई पूजाआजा गर्छन् । पुरुषहरुले जनै फेर्ने चलन छ ।

    बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

    जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

    आज काठमाडौंको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।

    कोरोना भाइरसको जोखिम र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डका कारण यस वर्षको जनै पूर्णिमामा मन्दिरहरुमा भक्तजनको भीड कम देखिन्छ । पशुपतिनाथ लगायत मुख्य मन्दिरहरु कोरोनाकै कारण नियमित पूजा बाहेक सर्वसधारणका लागि बन्द गरिएका छन् । त्यसका बाबजुद रक्षाबन्धन र जनै लगाउनका लागि भने भीड देखिएको छ ।

  • एमाले विभाजनपछि अघि बढेका ओलीका पाइला (तस्बिरहरू)

    एमाले विभाजनपछि अघि बढेका ओलीका पाइला (तस्बिरहरू)

    काठमाडौं । माधव नेपालले पार्टी फुटाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

    एमाले भक्तपुर जिल्ला संगठन समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका उनलाई युवा संघका कार्यकर्ताले स्वागत गरे ।

    ओलीले आजै एक अन्तर्वार्तामा एमाले विभाजित नभइ चोइटिएको बताएका छन् । माधव नेपाललाई एमालेबाट चुँडाउन बाहिरी तागत लागेको टिप्पणी गरेका छन् ।

    पार्टी विभाजनपछि कार्यकर्तामाझ विशेष सम्बोधन गर्न लागेका ओलीले पछिल्लो राजनीतिक परिवेश र एमाले विभाजन सम्बन्धमा धारणा राख्ने छन् ।

    तस्बिरहरू : सरोज बैजु/उमेश कार्की । 

  • तस्बिरमा हेर्नुस् एमाले नेताका हैसियतमा निर्वाचन आयोगमा लम्किएका अन्तिम पाइलाहरू

    तस्बिरमा हेर्नुस् एमाले नेताका हैसियतमा निर्वाचन आयोगमा लम्किएका अन्तिम पाइलाहरू

    काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

    राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा माधवकुमार नेपालले नयाँ दल खोल्न आयोग पुगेसँगै अहिलेलाई एमाले एकताको च्याप्टर क्लोज भएको छ ।

    यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले बनेको थियो । २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो ।

    हेर्नुस् माधव नेपालसँगै नयाँ दल दर्ताका लागि आयोगमा लम्किएका एमाले नेताहरूको तस्बिरहरू :-

     
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    तस्बिरहरू : सरोज बैजु ।
  • विभाजनतर्फ बढेका पाइलाहरू, एमालेका नाममा माधव समूहको निर्णायक बैठक (तस्बिरहरू)

    विभाजनतर्फ बढेका पाइलाहरू, एमालेका नाममा माधव समूहको निर्णायक बैठक (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ । त्यसअघि नेपाल समूह बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि भेला भएका छन् ।

    राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भइ निर्वाचन आयोगमा नयाँ दल दर्ता हुनुअगावै कुनै ‘सरप्राइज सहमति’ नभए एमालेका नाममा यो उनीहरूको अन्तिम बैठक हुनेछ । बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरूको सहभागिता छ।

    नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको र अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा जाने केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिएका छन् । नयाँ दलका लागि पार्टीको नामको वैकल्पिक सूची तयार गर्नेदेखि विधान निर्माणसम्मका सबै काम सकिसकिएको छ ।

    नयाँ पार्टीको नामका लागि नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार छन् ।

  • काबुल टु काठमाडौंः अफगानिस्तानबाट फर्केका मलिन अनुहारहरू

    काबुल टु काठमाडौंः अफगानिस्तानबाट फर्केका मलिन अनुहारहरू

    काठमाडौं । अफगानिस्तानमा तालिवानको कब्जापछि त्यहाँ कार्यरत नेपालीहरू फर्किने क्रम शुरू भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा काम गर्ने ११८ नेपाली आज अमेरिकी दूतावासकै पहलमा स्वदेश फर्किए ।
    त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा अधिकांश मलिन र त्रसित अनुहारमा देखिएका थिए । उनीहरूले आफूहरू सुरक्षित फर्केको र अरु नेपालीलाई पनि छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
    हेर्नुस् विमानस्थलका दृष्यः
  • साउनको अन्तिम सोमबार पशुपति परिसरमा भक्तजनको भीड (तस्बिर र भिडियो)

    साउनको अन्तिम सोमबार पशुपति परिसरमा भक्तजनको भीड (तस्बिर र भिडियो)

    काठमाडौं । कोरोना महामारीका कारण देशको प्रमुख धार्मिकस्थल पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द छ । मुख्य मन्दिर दर्शन गर्न नपाए पनि पशुपतिनाथको प्रवेशद्वारमा आज थामिनसक्नुको भीड थियो ।

    आज साउन महिनाको अन्तिम सोमबार । यसपल्ट साउनमा पाँच सोमबार परेकाले विशेष रुपमा मनाइँदै थियो । त्यसबाहेक अन्तिम सोमबार विशेष पूजा गरी साउनको व्रत सम्पन्न गनुपर्ने भएकाले पनि मन्दिरपरिषरमा व्रतालुहरुको भीड लागेको हो ।

    कोरोना संक्रमणको दर बढिरहेको स्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्नुपर्नेमा आनवश्यक भीडले संक्रमणको जोखिम बढाएको छ । भीडमा कतिपयले मास्कसमेत लगाएका थिएनन् ।

  • कालो ब्याग बोकेर प्रचण्ड बैठकस्थलमा, तस्बिरमा हेर्नुस् माओवादी नेताका हाउभाउ

    कालो ब्याग बोकेर प्रचण्ड बैठकस्थलमा, तस्बिरमा हेर्नुस् माओवादी नेताका हाउभाउ

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रको दुई दिवसीय बैठक आज सकिँदैछ । अध्यक्ष प्रचण्डले पेस गरेको राजनीति तथा सांगठानिक प्रस्ताव र विधान मस्यौदा टुंगो लगाएर बैठक सकिने बताइएको छ ।

    राजधानीको गौशालास्थित अनुपम फुडल्याण्डमा दोस्रो दिनको बैठकको अध्यक्षता गर्न अध्यक्ष प्रचण्ड निर्धारित समयमै कालो ब्याग बोकेर बैठकस्थलमा प्रवेश गरेका छन् ।

    अध्यक्ष प्रचण्डले पेस गरेको राष्ट्रिय सम्मेलनलगायत देशव्यापी चार महिने संगठनात्मक अभियानको प्रस्तावमाथि पनि बैठकमा छलफल हुने बताइएको छ । त्यसबाहेक गठबन्धन सरकार विस्तार र काम कारवाही पनि बैठकको एजेण्डा छ ।

    बैठकस्थल प्रवेश गर्दै गर्दाका तस्बिरहरू :

    
    
    
    
    
    
    
    
    
    
    तस्बिरहरू : उमेश कार्की ।
  • कार्यालयमा कार्यकर्ताको आन्दोलन, देउवा निवासमा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

    कार्यालयमा कार्यकर्ताको आन्दोलन, देउवा निवासमा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक जारी छ ।

    सभापति देउवाले पार्टीका आन्तरिक बैठकहरू सरकारी निवास बालुवाटारमा नराख्ने निर्णय गरेका थिए । देउवाको सो निर्णयको प्रशंसा भए पनि पार्टीको केन्द्रीय समिति बैठक आफ्नै घरमा राखेका छन् ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ता क्रियाशील सदस्यता सम्बन्धमा अनसन र धर्नामा रहेकोले बूढानीलकण्ठमा बैठक बस्नुपरेको सभापतिनिकट नेताहरु बताउँछन् ।

    ‘सभापतिको इच्छा सानेपामै बैठक गर्ने थियो तर त्यहाँ आन्दोलन जारी रहेकोले तत्कालका लागि बूढानीलकण्ठमै बैठक बस्न लागेको हो । सुरक्षा प्रशासनको सुझावसमेत होला’, देउवानिकट एक नेताले भने ।

    आजको बैठकले महाधिवेशन सार्ने विषयमा निर्णय गर्ने बताइएको छ । यसअघि हिजो बेलुका भदौमै महाधिवेशन सम्भव नभएको निष्कर्षसहित महाधिवेशन सार्न शीर्ष नेताहरू सहमत भएका थिए । सभापति देउवाले कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

    पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरु गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ ।

    आजको बैठकमा क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने, निर्वाचन निर्देशिका जारी गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

    तस्बिरहरू : सरोज बैजु । 

  • देउवा निवासमा कांग्रेस युवाहरूको आन्दोलन, भित्र बैठक बस्दै

    देउवा निवासमा कांग्रेस युवाहरूको आन्दोलन, भित्र बैठक बस्दै

    काठमाडौं । पार्टी वैधानिकता नै संकटमा पर्न लागेको चिन्ता लिएर नेपाली कांग्रेसका युवा नेताहरू नेतृत्वको ध्यानाकर्षणको लागि देउवा निवास बूढानीलकण्ठमा  प्रदर्शन गरेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको विधान र नेपालको संविधान बुझाउन उनीहरू बूढानीलकण्ठमा भेला भएका हुन् । केन्द्रीय समितिमा नरहेका युवा नेताहरूले थालेको ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’का तर्फबाट त्यहाँ पुगेका युवा नेताहरूको भीडका कारण बूढानीलकण्ठ वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    अभियानका सदस्य एवं नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले पार्टीको वैधानिकतामै संकटमा पर्न लागेकाले नेतृत्वलाई जिम्मेवार बनाउन सांकेतिक कार्यक्रम गरिएको बताए ।

    बाहिर आन्दोलन भइरहँदा भित्र नेताहरू भने केन्द्रीय समिति बैठकको तयारीमा छन् ।