Category: फोटो फिचर

  • क्यानाभासमा नेपाल चिनाउँदै विद्यार्थी (तस्बिरहरू)

    क्यानाभासमा नेपाल चिनाउँदै विद्यार्थी (तस्बिरहरू)

    काठमाडौं । भर्खरै स्नातक तह सकेका ललितकला क्याम्पसका विद्यार्थीले प्रदर्शनीमार्फत आफ्नो चित्रकला सार्वजनिक गरेका छन् । २०७३-७७ ब्याचका विद्यार्थीले बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी गरेका हुन् ।

    प्रदर्शनीमा नेपालको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल, समृद्धि र जीवनशैली झल्कने चित्र राखिएको छ ।

  • रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन (तस्बिर / भिडिओ)

    रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन (तस्बिर / भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गरेका छन् । उनले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।

    एमालेले पहिलोपटक रिमोर्ट थिचेर झण्डोत्तलनको नयाँ प्रयोग गरेको छ । ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालितरूपमा एकसाथ माथि उठेका थिए । महाधिवेशन उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०‍औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन गरेका थिए ।

    महाधिवेशनको उद्घाटन समारोह अहिले जारी छ । समारोहमा एमालेका लाखौं कार्यकर्ता र शुभेच्छुकहरु नारायणी नदी किनारमा उपस्थित भएका छन् ।

     

    तस्बिरहरु: उमेश कार्की

  • ‘बर्ड भ्यू’ मा एमाले महाधिवेशन

    ‘बर्ड भ्यू’ मा एमाले महाधिवेशन

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा सुरू भएको छ । महाधिवेशनस्थलमा नेता-कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

    नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम जारी छ । अहिलेसम्म रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य , प्रदीप ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतका नेताहरू महाधिवेशनस्थल पुगिसकेका छन् ।

    महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उनी केहीबेरमा आइपुग्ने छन् ।

    उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

    उद्घाटन समारोहमा नारायणीतीरको रमझमबारे ड्रोनमा कैद गरिएका तस्बिरहरू :

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • एमाले महाधिवेशन सुरू, नारायणी किनारमा घुइँचो (तस्बिरहरु)

    एमाले महाधिवेशन सुरू, नारायणी किनारमा घुइँचो (तस्बिरहरु)

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह चितवनमा सुरू भएको छ । नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम सुरू भएको छ ।

    महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रम छ ।

    यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

    उद्घाटन समारोहमा केही विदेशी पाहुनाहरुको पनि सहभागिता रहनेछ । एमालेलाई शुभकामना दिन ४ देशका विभिन्न दलका १५ जना अतिथिहरू आएका छन् ।

    उद्घाटन कार्यक्रमको सुरूआतमा कलाकारहरूले प्रस्तुति दिएका छन् ।

    अहिलेसम्म रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य , प्रदिप ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डे लगायतका नेताहरु महाधिवेशनस्थल पुगिसकेका छन् ।

    एमाले अध्यक्ष केपि शर्मा ओली अहिलेसम्म महाधिवेशनस्थल पुगेका छैनन् । ओली साढे १२ बजे मञ्चम पुग्ने बताइएको छ । अहिले सांस्कृति कार्यक्रम भइरहेको छ ।

                    
    
    
  • तिहारका लागि किनमेल गर्नेको असनमा घुइँचो (तस्बिर र भिडिओ)

    तिहारका लागि किनमेल गर्नेको असनमा घुइँचो (तस्बिर र भिडिओ)

    काठमाडौं । तिहारको संघारमा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ । न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा व्यापारी तथा ग्राहकको घुइँचो लागेको छ ।

    नेपालीको दोस्रो ठूलो पर्व तिहारलक्षित गरेर मिठाई, भाइमसला, फूलका माला, लत्ताकपडाहरूको किनमेल बढेको छ । भाइटीकामा दीदीबहिनीले दाजुभाइलाई उपहारस्वरुप दिन टोपी, अस्कोट, गन्जी र चेलीका लागि पछ्यौरा सारी, कुर्तासलवारलगायतका सामान किन्न ढाका र कपडा पसलमा भीड लागेको छ ।

     

  • आकाशबाट खिचिएको लोभलाग्दो कालिञ्चोक (तस्बिरहरु)

    आकाशबाट खिचिएको लोभलाग्दो कालिञ्चोक (तस्बिरहरु)

    दोलखा । दोलखा जिल्लाको कुरी गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर समुन्द्री सतहबाट ३,८४२ मिटरको उचाइमा पर्छ । यो मन्दिर, हिमालको दृश्य र हिउँ पर्ने गतिविधिका लागि प्रसिद्ध छ ।

    कालिञ्चोकको कुरीबाट भगवतीको थान केबलकारबाट पुग्न सकिन्छ भने हिँडेर पनि १ घण्टा १५ मिनेटमा भक्तजनहरू पुजा अर्चनाका निम्ति जाने गरेका छन्। कालिञ्चोक भगवतीको दर्शन गर्नाले आँटेका काम सिद्ध हुने जनविश्वास रहेको छ।

    कालिञ्चोक भगवतीको मन्दिरबाट गणेश, गौरी शंकर र मनास्लु हिमशृंखला देख्न सकिन्छ।
    हेर्नूस बिहान ड्रोनबाट खिचिएका केही तस्बिरहरु :

               
  • ढकमक्क फूलसँगै मुस्कुराइरहेका गाउँबस्ती, हेर्नुहोस् ड्रोनबाट खिचिएका केही तस्बिर

    ढकमक्क फूलसँगै मुस्कुराइरहेका गाउँबस्ती, हेर्नुहोस् ड्रोनबाट खिचिएका केही तस्बिर

    काठमाडौं । आकाश खुलेको छ, चारैतिर ढकमक्क फूल फूलेका छन् । रंगीन फूलसँगै गाउँ, सहर प्रष्ट देखिएको छ- आकाशबाट ।

    तिहार नजिकिएसँगै फूलखेती गर्नेहरुले फूल टिपेर बेच्न थालेका छन् । फूलका फाँटहरुमा मालीहरु रमाइरहेका छन् । फूलको सुगन्धले मौसममा मादकता थपेको छ ।

    हेर्नुहोस्, फूलैफूलका फाँटबीच मुस्कुराइरहेको  काठमाडौं  आसपासका केही तस्बिर

  • स्पेनी सभामुखसहितको प्रतिनिधिमण्डलद्वारा पाटन दरबार क्षेत्र भ्रमण (तस्बिरहरु)

    स्पेनी सभामुखसहितको प्रतिनिधिमण्डलद्वारा पाटन दरबार क्षेत्र भ्रमण (तस्बिरहरु)

    काठमाडौं । नेपाल भ्रमणमा आइपुगेको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको टोलीले आज विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्यावरको अध्ययन अवलोकन गरेको छ । उनीहरुले सो अवसरमा भूकम्पपछि पुननिर्माण भैरहेको पाटनका पुरातात्विक सम्पदाहरुको बारेमा जानकारी समेत लिएका थिए ।

    बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्पेनी टोलीलाई सम्पदाबारे जानकारी गराएका थिए । टोलीले उपत्यकाका अन्य पुरातात्विक स्थलहरुको समेत भ्रमण गर्ने भएको छ ।

    बागमती सभामुख श्रेष्ठको निम्तोमा स्पेनका सभामुख डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको हो । टोलीमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन् ।

     
     
     
     
     
     
     
     

    छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुको साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

    भ्रमण टोली नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछ । यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • गृहजिल्ला झापामा ओलीको भव्य स्वागत (तस्बिरहरू)

    गृहजिल्ला झापामा ओलीको भव्य स्वागत (तस्बिरहरू)

    झापा । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा भद्रपुर पुगेका उनलाई विमानस्थलमा नेता-कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

    ओलीलाई एमाले नेता सुवास नेम्वाङसहित प्रदेश १ का नेता र स्थानीय कार्यकर्ताले स्वागत गरे । उनीसँगै लेखराज भट्ट, अनेरास्ववियू अध्यक्ष सुनिता बराललगायतका नेता कार्यकर्ता पनि झापा आएका छन् ।

    यसअघि टीकाको अघिल्लो दिन शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली झापा आएका थिए ।

    यसपाली गृहनगर झापासहित उनी तीन दिन प्रदेश १ मा रहने भएका छन् । आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

    भोलि गौरादह नगरपालिका-५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम छ । भोलि नै गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने बताइएको छ ।

    भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पार्टी नेताहरूसँग छलफल गरेर ओली मंगलबार काठमाडौं फर्कने कार्यतालिका छ ।

     
     
    
      
     
     
    
    
    
     
    
  • दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)

    दसैंमा गृहजिल्ला पुग्दा ओलीको भव्य स्वागत, मुख्यमन्त्री आचार्य पनि विमानस्थलमा (तस्वीरहरु)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली दसैैं मनाउन गृह जिल्ला झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्थानीय नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

    ओलीलाई स्वागत गर्न प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो । त्यहाँबाट स्कर्टिङ गरेर उनलाई झापा गाउँपालिकातर्फ लगिएको छ ।

    आफ्ना आफन्त भेट्न ओली त्यता गएका हुन् । भेटघाट सकेर ओली आजै बिर्तामोडमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

    हेर्नुस विमानस्थलका तस्वीरहरुः

  • हनुमानढोकामा राँगा र बोकाको बलि (तस्वीरहरु)

    हनुमानढोकामा राँगा र बोकाको बलि (तस्वीरहरु)

    काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका परिसरमा बोका र राँगाको बलि दिइएको छ । भगवतीको नाममा महाअष्टमी, महानवमी र चतुदर्शी तिथिमा बलि दिने प्रचलन छ ।

    दसैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/ ५४ वटा बोका र राँगा बलि चढाइने परम्परा रहेको छ ।आज देशैभरको शक्तिपीठहरूमा बोका, हाँस, कुखुराको भाले, राँगाको बलिसहित पूजा गर्ने चलन छ ।

    यस्तै सवारी साधनहरुको पनि पुजाआजा गरी भाले, हाँस, नरिवलको चढाउने प्रचलन रहेको छ । गत वर्ष भने कोरोनाका कारण हनुमानढोकामा बलि स्थगित भएको थियो ।

    आज उपत्यकाका शक्तिपीठहरू नरदेवी, शोभा भगवती, आकाश भैरव, बज्रबाराही, गणेशस्थान, कंकेश्वरी, भद्रकाली, महांकाललगायत शक्तिपीठमा गरिने बलिसहितको पूजा पनि गरिएको छ ।

  • फूलपातीको साँझ मैतीदेवी मन्दिरको रमझम (तस्बिरहरू)

    फूलपातीको साँझ मैतीदेवी मन्दिरको रमझम (तस्बिरहरू)

    काठमाडौँ । नवरात्रको सातौँ दिन आज फूलपाती । आज हर्ष उल्लासका साथ सबैले आफ्नो घर-घरमा फूलापती भित्र्याएका छन् । फूलपातीको अवसरमा सदा झैं गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारमा पनि विधिपूर्वक भित्र्याइएको छ ।

    नवरात्रको नौ दिन हरेक देवीको मन्दिरमा बिहान र साँझ विशेष पूजाअर्चना हुन्छ । विभिन्न मनोकामना पूरा गर्न देशैभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ ।

    सोहीक्रममा आज साँझ मैतीदेवी मन्दिरमा देखिएको मनोरम दृष्य र भक्तजनको जमघटका केही तस्बिरहरू

  • टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्विर र भिडिओ)

    टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्विर र भिडिओ)

    काठमाडौं । नेपाली सेनाले फूलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ प्रदर्शन गरेको छ ।

    नेपाली सेनाकी परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष उपस्थितिमा सेनाले फूलपाँती बढाइँ प्रस्तुत गरेको हो । सो समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने सैनिक कौशलको प्रदर्शन समेत गरिएको थियो ।

    नेपाली सेनाले कोभिड- १९ का कारण गत वर्षदेखि नै फूलपाती बढाइँको समारोहलाई संक्षिप्त बनाउँदै आएको छ ।

    समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना पनि सहभागि थिए ।

     तस्बिरहरु  : सराेज बैँजु नेपालप्रेस

  • काठमाडौं छाेड्नेकाे लर्काे, हेर्नुस् काेटेश्वरका ६ तस्बिर

    काठमाडौं छाेड्नेकाे लर्काे, हेर्नुस् काेटेश्वरका ६ तस्बिर

    काठमाडौं । दसैँको टीका आउन तीन दिन बाँकी हुँदा उपत्यका छाड्नेको संख्या पनि बढिरहेको छ । शिक्षा, रोजगार, व्यवसायको सिलसिलामा काठमाडौं छिरेकाहरू दसैँ मनाउन थातथलो गइरहेका छन् ।

    उपत्यकाबाट बाहिरिने नाकाहरूमा यात्रुको भीड लागेको छ । कलंकी, बल्खु, कोटेश्वरलगायतका नाकामा उपत्यकाबाट विभिन्न जिल्ला बाहिरिने गाडीको चाप बढेको छ ।

    हेर्नुस् कोटेश्वरमा उपत्यकाबाट चाड मनाउन घर फर्कनेको लर्को :-

     

     

  • दसैँ मनाउन घर फर्कनेको भीड (तस्बिरहरू)

    दसैँ मनाउन घर फर्कनेको भीड (तस्बिरहरू)

    काठमाडौं । बडादसैँ भित्रिएसँगै उपत्यका छाड्नेहरूको संख्या पनि बढेको छ । उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर थातथलोमा फर्किनेहरूको लर्को लागेको छ ।

    पढाइ, रोजगारी तथा व्यवसायको सिलसिलामा सहरबजार छिरेकाहरू दसैँमा घर फर्कने परम्परा छ । मीठो खाने र राम्रो लाउने चाडका रूपमा पनि परिचित दसैँमा परिवार, आफन्तजनसँग जमघटको खुसी टीका थापेर आशीर्वाद लिने हुनाले यो चाडको महत्व झन् बढ्दो छ ।

    पछिल्ला दिनमा उपत्यका भित्रिनेको तुलनामा बाहिरिने यात्रुको चाप बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हिजोसम्म एक लाखभन्दा बढी यात्रुले उपत्यका छाडेको अभिलेख छ ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भोलिदेखि बल्ल दसैँ बिदा सुरू हुने भएकोले यो संख्या झन् बढ्ने बताएका छन् ।

     
     
     

     
     
     
     
     
     
     
     
     
     
  • दश तस्बिरमा हेर्नूस् पदभार ग्रहण गर्दा देखिएको झाँक्रीको उन्मुक्त हाँसो

    दश तस्बिरमा हेर्नूस् पदभार ग्रहण गर्दा देखिएको झाँक्रीको उन्मुक्त हाँसो

    काठमाडौं । सहरी विकास मन्त्रालयमा शुक्रवार साँझ मन्त्रीको स्वागतका लागि बसेका कर्मचारीमा संशय थियो–नयाँ मन्त्री रामकुमारी झाँक्री कडा छिन्, के भनेर झपार्ने हुन् कि ?

    तर जसै मन्त्रीको प्रवेश भयो सोचेभन्दा फरक दृष्यमात्र देखियो । गाडीबाट ओर्लेदेखि नै उन्मुक्त हाँसोमा देखिएकी झाँक्रीका हरेक पोजमा हाँसोबाहेक अरु देखिएन ।

    नेपालप्रेसकर्मी उमेश कार्कीले झाँक्रीले मन्त्रीको पदभार ग्रहण गर्दाको उनको हाँसोलाई १० तस्बिरमा यसरी कैद गरेका छन् ।

             
  • सीमानाकामा दसैं मान्न गाउँ फर्कनेको लर्को (तस्बिरहरु)

    सीमानाकामा दसैं मान्न गाउँ फर्कनेको लर्को (तस्बिरहरु)

    सुर्खेत । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरु दसैं मान्न घर फर्कन थालेका छन् । कर्णालीका सीमानाकामा दसैं मान्न घर फर्कनेको लर्को नै लागेको छ ।

    सुर्खेतको पञ्चपुरी नगरपालिकाका कमल विश्वकर्मासहित तीनजनाको टोली आइतबार जमुनाहा नाकाहुँदै दसैं मान्न स्वदेश आए । तीन महिना भारतमा काम गरेर दसैं मान्न गाउँ फर्केका उनको मुहारमा उमङ्ग झल्कन्थ्यो ।

    जहानबच्चालाई कपडा र दसैंमा खाने खाद्यान्नको पोको बोकेर स्वदेश भित्रिएका उनले भने– पोहोर कोरोनाले गर्दा दसैं रमाइलो भएन, यसपालि भव्यसँग मनाउने हो ।

    उनी तिहारपछि फेरि कामका लागि भारत जाने योजनामा छन् ।

    दैलेख आठबीस नगरपालिका– ६ का नन्दाराम विश्वकर्मा पनि मुम्बईबाट घर फर्किएका छन् ।

    पोहोर कोरोनाका कारण दसैं मान्न गाउँ आउन नपाएका उनी यसपालि घर फर्कन पाउँदा खुसी छन् ।

    भारतबाट दैनिक हजारौं नेपाली जमुनाहा नाकाहुँदै दसैं मान्न गाउँ फर्किरहेका छन् ।

  • ओलीसँग खिच्न नपाएको पोज नेताहरूसँग, जसलाई धेरै प्रतिनिधिले घेरे (तस्बिरहरू)

    ओलीसँग खिच्न नपाएको पोज नेताहरूसँग, जसलाई धेरै प्रतिनिधिले घेरे (तस्बिरहरू)

    काठमाडौं । गोदावरीमा जम्मा भएका एमाले प्रतिनिधिमध्ये प्राय:को अध्यक्ष केपी शर्मा ओलीसँग तस्बिर खिचाउने चाहना थियो । एमालेको प्रथम विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी थिए । ती सबैले ओलीसँग तस्बिर खिचाउन व्यवहारिक कारणले पनि सम्भव थिएन । त्यसमाथि स्वास्थ्यमा केही असहजका कारण ओलीले आराम गर्नुपरेपछि त्यो झनै सम्भव बनेन ।

     

    आफ्नो स्वास्थ्यका कारण महाधिवेशन उद्घाटनको पहिलो दिन केही समय र समापनको केही समयमात्रै ओली महाधिवेशन स्थलमा देखिएका थिए । भौतिकरूपमा ओलीसँग तस्बिर खिचाउन नपाएपछि धेरैले अधिवेशन परिसर स्थलमा राखिएको उनको ठूलो प्रतिमासँग तस्बिर खिचाएका थिए ।

    त्यतिले मात्रै रहन नपुग्नेहरूले भने अध्यक्षपछिका नेताहरुसँग तस्बिर खिचाएका थिए । तस्बिर खिच्नका लागि जताततै कार्यकर्ताहरुले नेता घेरेको देखिन्थ्यो । नेताहरुलाई पनि कार्यकर्तासँग तस्बिर खिचाउन भ्याइ, नभ्याइ थियो ।

    नेताहरू भीम रावल, लेखराज भट्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई,गोकुल बास्कोटा र महेश बस्नेतसँग धेरैले तस्बिर खिचाउने मोह देखाएको हेर्न पाइन्थ्यो । साथै अनेरास्ववियू अध्यक्ष बनेकी सुनिता बरालको पनि ‘क्रेज’ देखिन्थ्यो । धेरै प्रतिनिधिहरूले उनीसँग पनि तस्बिर खिचाइरहेको देख्न सकिन्थ्यो ।

    नेपाल प्रेसले कैद गरेका केही तस्बिरहरू :

  • दसैँकाे मुखमा यातायात व्यवसायीकाे आन्दाेलन, यात्रुलाई सास्ती (तस्बिरहरु)

    दसैँकाे मुखमा यातायात व्यवसायीकाे आन्दाेलन, यात्रुलाई सास्ती (तस्बिरहरु)

    काठमाडौं । भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले सार्वजनिक यातायात सडकमा तेर्साएर आन्दोलन गरेका छन् ।
    बढेको भाडादर कायम नभएको भन्दै यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन् ।

    उपत्यकाको विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सडक ल्याएर सडक नै अवरुद्ध पारेका छन् । सरकारले यसअघि बढाएको भाडादर समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रने परेको यातायात व्यवसायीले बताएका छन् ।

    उपत्यकाको रिङरोड, चाबहिल, जोरपाटी लगायतका क्षेत्रमा सवारी साधन सडकमा ल्याएर सडक अवरुद्ध बनाएको छन् । सार्वजनिक बस फाट्टफुट चले मात्रै चलेका छन् ।

    कार्यलय हिडेका यात्रुहरु बीचबाटो मै अलपत्र परेका छन् । सवारी कुरेर बसेका यात्रुहरु पनि गन्तव्यमा पुग्न पाएका छैनन् । ट्राफिक प्रहरीलाई पनि ट्राफिक जाम खुलाउन हम्मेहम्मे परेको छ ।

    तस्बिरहरु  :  उमेश  कार्की

  • एमालेले बोलायो स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला (तस्बिरहरू)

    एमालेले बोलायो स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेले कार्यकाल सकिन ६ महिना बाँकी रहेका स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ । पार्टीको विधान महाधिवेशनमा सहभागी हुन आएका स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखसहितको राष्ट्रिय भेला आयोजना गरिएको छ ।

    स्थानीय तह विभागले आयोजना गरेको भेलालाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जिसस महासंघकी निवर्तमान अध्यक्ष सीता सुन्दासले जानकारी दिइन् ।

    भेलामा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु र गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले आ-आफ्नो प्रस्तुति दिँदैछन् । कार्यक्रममा पार्टी र जनप्रतिनिधिहरूबीचको अन्तर सम्बन्धका बारेमा विभागका प्रमुख देवेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने भेलामा समृद्धिको अभियानमा केपी ओली सरकारले तीन वर्षमा गरेका कामहरूको समीक्षा हुने ब्यान्जुले बताए । स्थानीय तहमा पनि नेकपा एमाले सबैभन्दा ठूलो दल हो ।

    तस्बिरहरू : उमेश कार्की । 

  • असनलाई दसैँ लाग्यो, थामिनसक्नु घुइँचो (तस्बिरहरू)

    असनलाई दसैँ लाग्यो, थामिनसक्नु घुइँचो (तस्बिरहरू)

    काठमाडौं । दसैँ, तिहार र छठ नजिकिँदै गर्दा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ । न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा व्यापारी तथा ग्राहकको घुइँचोले ‘खुट्टा राख्ने ठाउँ’ सम्म छैन ।

    महामारीका कारण लगाइएको लकडाउनको असहजताले सुनसान बनेका यी क्षेत्रमा चाडबाडको किनमेलले बढाएको चलपहलले पुनर्जीवन पाउने आशा व्यापारीहरूको छ । कोरोना जोखिम कायमै रहे पनि भीडभाडमा मास्क नलगाउनेको संख्या उल्लेख्य छ ।

    उपत्यका र उपत्यकाबाहिरका व्यापारी चाडपर्वका लागि आवश्यक पर्ने सामान किन्न न्यूरोड र महाबौद्धका होलसेल बजार धाउन थालेका छन् । मीठो खाने र राम्रो लाउने पर्वका रूपमा मानिएको दसैँमा आवश्यक पर्ने लत्ताकपडा, जुत्ताचप्पल, सजावटका सामग्री, खाद्यान्नलगायतका सामान किन्न ग्राहकको भीड बढेको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • गोदावरीमा एमाले नेता/कार्यकर्ताको देउडा नाच (तस्बिरहरू)

    गोदावरीमा एमाले नेता/कार्यकर्ताको देउडा नाच (तस्बिरहरू)

    काठमाडौं । तीन दिनदेखि जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गरिएको महाधिवेशनमा देशभरबाट करिब ६ हजार एमाले नेता/कार्यकर्ता सहभागी छन् ।

    सम्मेलन हलको प्रांगणमा प्रतिनिधिहरूले सुदूरपश्चिमको मौलिक परम्परा देउडा प्रस्तुत गरेका छन् । देउडा संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै नेताहरू लेखराज भट्टलगायतका महिला तथा पुरुष प्रतिनिधिले देउडा नाचेका हुन् ।

    महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठानिक प्रतिवेदनमाथिको समूहगत छलफलपछि सुझाव पेस गर्ने काम सकिएको छ । त्यसउपर उठेका सवाल तथा सुझावबारे प्रतिवेदन प्रस्तुतकर्ताहरू अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिँदैछन् ।

     
     
     
     
  • डेढ दशकपछि काठमाडौं महानगरमा कांग्रेसको चुनावी रौनक (भिडिओसहित)

    डेढ दशकपछि काठमाडौं महानगरमा कांग्रेसको चुनावी रौनक (भिडिओसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि अहिले निर्वाचन भइरहेको छ ।

    कांग्रेसको काठमाडौं महानगर समितिको अधिवेशन नभएको १५ वर्ष पुगिसकेको छ । ११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन भएको थिएन ।

    राष्ट्रिय सभागृहमा जारी निर्वाचनबाट १ सभापति, २ उपसभापति, २ सचिव र २ सह सचिवसहित कार्यसमिति चयन हुनेछ । नेतृत्वका लागि संस्थापन पक्षबाट प्रगतिमान रञ्जित र संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी मैदानमा रहेका छन् ।

    रञ्जितलाई सभापति शेरबहादुर देउवासहित नेताहरू ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थराम डंगोललगायतको समर्थन रहेको छ । शाक्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापालगायतको समर्थन छ ।

    अधिवेशन शनिबार उद्घाटन भएपनि आज मतदान भइरहेको हो । एक बजेसम्म मतदान हुने र लगत्तै मतगणा सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

    तस्बिरहरू : सरोज बैजु । 

  • कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतसँगै सुरू भयो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

    कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतसँगै सुरू भयो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको सुरूमा कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाइएको थियो । एमालेका पछिल्ला कार्यक्रममा यो गीत बज्न छाडेकामा महाधिवेशनबाट फेरि सो गीतबाट सुरूआत गरिएको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाइलको बटम थिचेर लोगो अनावरण गर्दै महाधिवेशनको उद्घाटन गरे ।

    विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि भेला भएका छन् । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन आजै अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् ।

    शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरू पारित हुनेछ । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    एमालेले पहिलोपटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो आयोजना हुनेछ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • तस्बिरमा हेर्नुस् विधान महाधिवेशनका लागि गोदावरी पुगेका एमाले प्रतिनिधिहरू

    तस्बिरमा हेर्नुस् विधान महाधिवेशनका लागि गोदावरी पुगेका एमाले प्रतिनिधिहरू

    गोदवारी । नेकपा एमालेको प्रथम विधान महाधिवेशनका प्रतिनिधिहरु गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।

    मध्यान्ह १२ बजेपछि उद्घाटन हुने विधान महाधिवेशनका प्रतिनिधिलाई बिहान ९ देखि ११ बजेसम्म खाना खाने समय दिइएकाले बिहानै ७ बजेदेखि नै प्रतिनिधिहरु गोदावरी पुगेका हुन् ।

    ६ हजार प्रतिनिधिहरुका लागि गोदवारीमा व्यवस्था गरिएको छ । देशभरबाट आएका प्रतिनिधिहरू गोदावरीमा भेला हुँदैछन् ।

    
    
     
  • सनराइज सम्मेलन केन्द्रका संयोग- ओलीकै सपना शिलान्यास, उद्घाटन र पहिलो कार्यक्रम (तस्बिरहरु)

    सनराइज सम्मेलन केन्द्रका संयोग- ओलीकै सपना शिलान्यास, उद्घाटन र पहिलो कार्यक्रम (तस्बिरहरु)

    ललितपुर । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो प्रधानमन्त्रीत्वकालमा बुद्धपूर्णिमाको दिन लुम्बिनीमा थिए । सार्वजनिक कार्यक्रममा उनले सम्बोधन गर्ने बेला ठूलो हावाहुरी र पानी परेर टेन्टहरु उडाएपछि उनले तत्कालै घोषणा गरे- अब लुम्बिनी र काठमाडौंमा ५-५ हजार मान्छे अट्ने सभाहल बनाउछौं ।

    ओलीको त्यो कार्यकाल घोषणामा मात्र सिमित भयो । त्यो घोषणा गरेको दुई महिना नबित्दै उनलाई प्रधानमन्त्रीबाट हटाइयो । ओली दोस्रो पटक प्रधानमन्त्री भएर आएपछि सभाहल निर्माणको लागि हुटहुटी थाले । उनले आफ्नो टिमसँग उपयुक्त ठाउँ खोज्न आग्रह गरे ।

    यसक्रममा बुटवलमा ५ हजार क्षमताको गौतमबुद्ध सभाहलको लागि विष्णु पौडेल लगायतका नेताहरुको पहलमा जग्गा भेटियो । काठमाडौं उपत्यकामा धेरै प्रयासपछि भक्तपुरको बोडेमा ५ हजार क्षमताको र लतिलपुरको गोदावरीमा ३ हजार क्षमताको हल बन्ने जग्गा भेटियो ।

    बोडेमा जग्गा प्राप्तिको किचलो देखिएपछि ओलीले तत्कालै गोदावरीमा सभाहल बनाउने प्रक्रिया थाल्न निर्देशन दिए । सरकारी जग्गा भएकाले जग्गा प्राप्ति लगायका कानूनी प्रक्रिया तत्कालै क्याबिनेटबाट टुंगो लगाउने फास्ट ट्र्याक अपनाइएको तत्कालीन प्रधानमन्त्री ओलीका विकास मामिला विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले बताए ।

    ओलीले २०७५ वैशाखभित्र सम्पन्न गर्ने गरी सभाहल बनाउन निर्देशन दिएपछि सरकारका सबै संयन्त्र सक्रिय भए । ५ महिनाभित्र ३ हजार मान्छे अट्ने सभाहल बनाउने भनेर टेण्डर आह्वान भएकोमा त्यसबीचमा कोभिड महामारी शुरु भएकाले योजना अनुसार काम हुन नसकेको थपलियाले बताए ।

    तत्कालीन प्रधानमन्त्री अ‍ोलीले २०७६ पुसमा शिलान्यास गरेको सो सभाहलको उद्घाटन २०७८ वैशाख ३१मा ओलीले नै गरे । खासमा सो सभाहल सगरमाथा संवादका लागि चाँडो बनाउने दबाब थियो । सरकारले जलवायु परिवर्तनको विषयमा गर्न लागेको सो अन्तर्राष्ट्रिय सम्मेलन कोभिडका कारण हुन सकेन ।

    संयोग नै मान्नुपर्छ गोदवारीस्थित सनराइज सभाहलको शिलान्यास,उद्घाटन र पहिलो औपचारिक कार्यक्रम तीनवटै शुभारम्भ गर्ने अवसर ओलीलाई नै जुर्यो । एमालेको पहिलो विधान महाधिवेशनको सोही सभाहलमा आज ओलीले उद्घाटन गर्दैछन् ।

    ओलीले २०७५ वैशाख १७ मा शिलान्यास गरेको लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय सभाहल पनि निर्माण सम्पन्न भइसकेको र उद्घाटनको लागि तयार रहेको थपलियाले बताए । सो सभाहल उद्घाटनको तयारी भइरहेका बेला सर्वोच्च अदालतको परमादेशबाट ओली सरकार ढलेको थियो ।

    नेकपा एमालेले गोदवारीको सनराइज हललाई आफ्नो पौरख र गौरवका रुपमा चित्रण गरेको छ । सोही क्षेत्रबाट निर्वाचित एमालेका सांसद नवराज सिलवालले पुर्वाधार विकासमा एमालेले देखेका सपना पूरा गर्छ भन्ने उदाहरण सनराइज हल भएको बताए ।

    एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले सनराइज सम्मेलन केन्द्रको शिलान्यास,उद्घाटन र पहिलो विधान महाधिवेशन केपी ओलीबाटै भएको भन्दै यसलाई एमालेको उल्लेखनीय सफलता भनेका छन् ।

    सबै तस्बिर: उमेश कार्की/नेपाल प्रेस

  • ड्रोनबाट खिचिएको मनास्लु हिमालका मनोरम दृश्यहरु (तस्बिर)

    ड्रोनबाट खिचिएको मनास्लु हिमालका मनोरम दृश्यहरु (तस्बिर)

    गोरखाको मनास्लु हिमाललाई किलर माउन्टेन पनि भनिन्छ ।

    पर्यटन विभागका अनुसार मनास्लु चढ्न सेप्टेम्बरसम्म एकसय आठ आरोहीले अनुमति लिएका छन् । यी आरोहीको १० समूह छ । जसमा ८० पुरुष र १८ महिला छन् । अनुमति लिएकामध्ये अधिकांश विदेशी रहेका छन् । अक्टोबर र अप्रिल आरोहण सिजन हो ।

    ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौँ अग्लो हो । मनास्लु बेसक्याम्प सामागाउँबाट दुई घण्टा हिँडेपछि पुगिन्छ । यसैसाता मनास्लु आरोहण गरेका ज्याक्सन ग्रोभले ड्रोन दृश्य खिचेका छन् । यस्ता छन् उनले खिचेका आकर्षक मनास्लु दृश्यहरु :

     
     
     
     

     

  • माइतीघरमा राप्रपाको प्रदर्शन, एमसीसी खारेजीसम्मका माग (तस्बिरहरू)

    माइतीघरमा राप्रपाको प्रदर्शन, एमसीसी खारेजीसम्मका माग (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राप्रपा काठमाडौं कार्य समितिको आव्हानमा गरिएको प्रदर्शनमा बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने आवाज उठाइएको छ ।

    प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गरेका छन् । राप्रपा कार्यकर्ताले पूर्वराजारानीको तस्बिरअंकित टिसर्टसमेत लगाएका थिए ।

  • दसैँलक्षित टिकट बुकिङ खुल्दा काउन्टर सुनसान ! (तस्बिरहरू)

    दसैँलक्षित टिकट बुकिङ खुल्दा काउन्टर सुनसान ! (तस्बिरहरू)

    काठमाडौं । आजदेखि दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको छ । चाडपर्वमा एकैपटक काडमाडौं छाड्नेको भीड बढ्ने भएकोले केही वर्षदेखि दसैँअघि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।

    बुकिङ खुल्नासाथ चापाचाप हुने काउन्टर आज पहिलो दिन भने सुनसान देखिएको छ । कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौं छाड्नेको संख्या कम हुने आँकलन गरिएको छ । गत वर्ष कोरोना संक्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन ।

    यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनलाइन र काउन्टरमा नै आएर टिकट काट्ने यात्रु नभएकोमा आश्चर्य लागेको बताए ।

    सिटौलाले भने, ‘पहिले अग्रिम टिकट खुलाएको दिन दसैँमा गाउँ जानका लागि टिकट काट्नेको भीड हुने गरेको थियो । तर, यस वर्ष अग्रिम टिकट खुला गरेको पहिलो दिन प्रत्यक्ष र अनलाइनबाट टिकट काट्ने यात्रु खासै छैन्न । हामीले के कारणले यात्रु भएन भन्ने विषयमा अध्ययन सुरू गरेका छौं । पहिले दसैंमा २२ देखि २५ लाख यात्रुको चाप हुन्थ्यो । तर यस वर्ष सुनसान छ ।’

    कोरोनाको कारण पहिले नै मान्छे गाउँ गएर बसेकाले पनि यस वर्ष खासै यात्रु नदेखिएको हुनसक्ने सिटौलाले बताए ।

    दसैँमा गाउँ जान अग्रिम टिकट खुलेको बेला बसपर्कमा यात्रु र टिकट काट्नेहरूको भीडभाड नै हुने गरेको थियो । तर, यस वर्ष भने काउन्टर सुनसान नै देखिएको छ ।

    तस्बिरहरू : सरोज बैजु । 

  • तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

    तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिठी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।

    बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिसकेका छन् ।

    बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरू पारित गर्नेछ ।

    अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

    
    
     
     
    
  • स्यानिटरी प्याडको मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सडकमै सुते युवती (तस्बिरहरू)

    स्यानिटरी प्याडको मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सडकमै सुते युवती (तस्बिरहरू)

    काठमाडौं । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले लगाएको कर र मुल्यवृद्धीको विरोध गर्दै युवायुवतीले सडकमा प्रदर्शन गरेका छन् ।

    प्याड नि:शुल्क वितरण गर्नुपर्नेबारे बहस भइरहेका बेला व्यापारीले मूल्यवृद्धि गरेपछि युवायुवतीले सडकमै सुतेर सांकेतिक विरोध गरेका हुन् । प्रदर्शनकारीले ‘रातो कर, खारेज गर’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ भन्दै अर्थमन्त्रीसँग जवाफ खोजेका छन् ।

    विदेशबाट आउने कच्चा पदार्थ र ढुवानी खर्च बढेको भन्दै प्याड र डाइपरको मूल्य बढाइएपछि विरोध गरिएको हो । कच्चा पदार्थ र ढुवानी खर्च वृद्धि भएको भन्दै उद्योगी र व्यापारीले मूल्य बढाएका छन् ।

     
     
     
     
     
     
     
     
     
  • सेयर बजारमा स्थायी नीति माग्दै लगानीकर्ताको प्रदर्शन (तस्बिरहरू)

    सेयर बजारमा स्थायी नीति माग्दै लगानीकर्ताको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तोकेको शेयर धितो कर्जाको सीमा हटाउन माग गर्दै लगानीकर्ता केही दिनयता आन्दोलनमा उत्रिरहेका छन् ।

    लगानीकर्ताले आज पनि नेपाल धितोपत्र बोर्डअघि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले गैरजिम्मेवार पदाधिकारी चाहिँदैन, लगानीमाथि खेलबाड गर्न पाइँदैन, पुँजीबजारमा स्थायी नीति कायम गर, गभर्नरको पाराले दु:ख पाए साराले जस्ता नारा लगाएका छन् ।

    गभर्नर महाप्रसाद अधिकारीको राजीनामासहित ११ बुँदे माग राखेर पुँजी बजार सुधार समितिको आव्हानमा आन्दोलन जारी छ । उनीहरूले धितोपत्र बोर्डको प्रांगणमा धर्ना दिएका छन् ।

    शेयर धितोकर्जाको सीमासम्बन्धी नयाँ नीतिपश्चात ३२ सय अंकमा पुगेको नेप्से २७ सयमा झरेको छ । गत आइतबार ११४ अंकले घटेको बजार मंगलबार १४ अंकले बढेको थियो भने आज १०४ अंकले बढ्न पुगेको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • बर्दियामा एमाले कार्यकर्ता भेला, ओलीलाई हेर्न ‘डिजिटल स्क्रिन’ (तस्बिरहरु)

    बर्दियामा एमाले कार्यकर्ता भेला, ओलीलाई हेर्न ‘डिजिटल स्क्रिन’ (तस्बिरहरु)

    बर्दिया । नेकपा (एमाले) बर्दिया जिल्ला कमिटीको आयोजनामा कार्यकर्ता भेला जारी छ । भेलालाई अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

    भेलामा एमाले कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ। सानो स्थान भएका कारण सबै एकै ठाउँमा बस्न सम्भव नभएकाले अध्यक्ष ओली लगायतका नेताहरुको भाषण डिजिटल स्क्रिनमा हेर्न मिल्ने बनाइएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • नेकपा एसको पहिलो बैठकका लागि अघि बढेका पाइला (तस्बिरहरू)

    नेकपा एसको पहिलो बैठकका लागि अघि बढेका पाइला (तस्बिरहरू)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक शुरू हुन लागेको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा डाकिएको बैठकका लागि अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू पुगिसकेका छन् ।

    आजको बैठकमा केन्द्रीय कमिटी विस्तारको एजेण्डा राखिएको छ । एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । अब त्यसमा थप हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    आजको बैठकका लागि केन्द्रीय सदस्यहरूलाई ७ वटा एजेण्डा बाँडिएको छ ।

    वरिष्ठ नेता झलनाथ खनालको राजनीतिक प्रस्तावमाथि बैठकमा सामूहिक छलफल हुनेछ । आवधिक कार्ययोजना, समसामयिक प्रस्तावहरूमाथि छलफल गरेर बैठक टुंगिने खतिवडाले बताए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
     
     
    
    
  • मुआब्जा टुंग्याएर आयोजना अघि बढाउन बुढीगण्डकी डुबानबासीको दबाब (तस्बिरहरू)

    मुआब्जा टुंग्याएर आयोजना अघि बढाउन बुढीगण्डकी डुबानबासीको दबाब (तस्बिरहरू)

    काठमाडौं । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाले सडकमा धर्ना दिएका छन् ।

    गोरखा र धादिङका डुबानपीडित बासिन्दाले बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

    प्रदर्शनमा बसेकाहरूले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा तत्काल दिनुपर्ने, मुआब्जाका लागि दर्ता छुटलगायत विभिन्न समस्या भएकाको बाटो फुकाउनुपर्ने, घर, गोठ, बोटविरुवाको लगत सार्वजनिक गरी मुआब्जा पुनर्बास र पुनर्स्थापनाको निर्णय तत्काल लागू गर्नुपर्नर्नेलगायतका माग राखेका छन् ।

    बुढीगण्डकीको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइले सुस्त ढंगले काम गर्दा आफूहरूलाई मर्का परेको सरोकार समितिले गुनासो गरेको छ ।

    २०७३ सालदेखि शुरू गरिएको मुआब्जा वितरण कार्य अझै सकिएको छैन । जसले आयोजना निर्माणसमेत प्रभावित बनिरहेको छ ।

    तस्बिरहरू : अभिषेक लम्साल ।