Category: फोटो फिचर

  • काठमाडौंमा सवारी आवागमन नियमित (तस्बिरहरु)

    काठमाडौंमा सवारी आवागमन नियमित (तस्बिरहरु)

    काठमाडौं । नेकपा एमालेनिकट युवा-विद्यार्थी र गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको शक्ति प्रदर्शन सकिएसँगै काठमाडौंको अवस्था सामान्य बनेको छ ।

    बिहीबार प्रदर्शनका कारण दिनभरजसो प्रभावित बनेको सार्वजनिक यातायात अपराह्नबाट सुचारु भएको हो ।

    युवा संघले कोटेश्वरस्थित तीनकुनेमा शक्ति प्रदर्शन गरेको थियो भने प्रसाईंको नागरिक बचाऊ अभियानले बल्खुमा प्रदर्शन गरेको थियो । युवा संघको आन्दोलन शान्तिपूर्ण भयो भने झडपले बल्खु तनावग्रस्त बन्यो ।

     

  • बल्खु भर्सेस तीनकुने : यस्तो छ युवा संघ र दुर्गा प्रसाईँको शक्ति प्रदर्शन (तस्बिरहरू)

    बल्खु भर्सेस तीनकुने : यस्तो छ युवा संघ र दुर्गा प्रसाईँको शक्ति प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा-विद्यार्थी विशेष शक्ति प्रदर्शनले यतिखेर काठमाडौं उपत्यकाको माहोल तताएको छ ।

    दुवै पक्षको र्‍याली कार्यक्रमस्थलतर्फ लागेको छ । युवा संघको र्‍याली तीनकुनेबाट कोटेश्वर हुँदै पुन: तीनकुने आएर सभामा परिणत हुनेछ । युवा र विद्यार्थीका नेता-कार्यकर्ताले तीनकुनेदेखि कोटेश्वरसम्मको सडक भरिएको छ । एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडालले र्‍यालीको नेतृत्व गरेका छन् ।

    त्यस्तै उपत्यका भित्रिएका दुर्गा प्रसाईँका समर्थकहरू पनि कार्यक्रमस्थल बल्खुतर्फ लागेका छन् । बल्खुतर्फ जाने र्‍यालीका लागि छुट्टाछुट्टै रुट तय गरिएको थियो ।

    दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ । कार्यक्रमस्थल जाने सडकमा सवारी आवागमन ठप्प छ । ट्राफिक र सुरक्षाकर्मीले ठाउँठाउँबाट सवारीसाधन डाइभर्ट गरेका छन् ।

    युवा-विद्यार्थीको विशेष प्रदर्शनका केही तस्बिर :

     

    यस्तो छ दुर्गा प्रसाईँको कार्यक्रमस्थल बल्खुको माहोल

     

      

  • तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन तयारी (तस्बिरहरू)

    तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन तयारी (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमाले निकट युवा संघको कार्यक्रमस्थल तीनकुनेमा नेता कार्यकर्ताहरू जम्मा हुन थालेका छन् ।

    महेश बस्नेत लगायतका नेताहरू तीनकुने पुगिसकेका छन् । अहिले युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा छाएका छन् ।

    सहभागीहरुलेभ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

    सडकमा सवारी निकै कम चलेका छन् ।

    प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा चेकिङ भने कडा बनाएको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि खटिएका छन् ।

    यता, बल्खुमा दुर्गा प्रसाईँको कार्यक्रम पनि जारी रहेको छ ।

  • १० तस्बिरमा हेर्नुस् दुर्गा प्रसाईँको कार्यक्रमस्थल बल्खु आसपासको माहोल

    १० तस्बिरमा हेर्नुस् दुर्गा प्रसाईँको कार्यक्रमस्थल बल्खु आसपासको माहोल

    काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको प्रदर्शनस्थल बल्खु वरपर चहलपहल सुरू भएको छ । कार्यक्रमस्थलमा र त्यहाँ पुग्ने रुटमा बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकमा सवारी चाप छैन ।

    विभिन्न जिल्लाबाट आएका प्रसाईँका समर्थकहरू कार्यक्रम स्थल जान पूर्वबाट साँगाबाट प्रवेश गरी कोटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट तय गरिएको छ । बल्खुमा फाट्टफुट्ट प्रदर्शनकारी भेलिन थालेका छन् ।

    प्रहरी र सशस्त्रको टुकडी ठाउँठाउँमा परिचालित छन् । कलंकीमा चेकिङ बढाइएको छ । कालिमाटी, कलंकीलगायतका ठाउँमा प्रहरीले शंकास्पद लागेका व्यक्तिलाई सोधपुछ र चेकिङमा कडाइ गरेको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि खटिएका छन् ।

    दुर्गा प्रसाईँले कार्यक्रमका प्रदर्शनमा ५ लाखलाई उतार्ने दाबी गरेका थिए । काठमाडौं आउनका लागि एकै व्यक्तिले १६ सय वटा बस बुकिङ गरिदिएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर, सुरक्षा निकाय स्रोतका अनुसार बुधबार साँझसम्म करिब ४ हजारको संख्यामा प्रसाई समर्थक काठमाडौं भित्रिएका छन् । उनीहरुलाई विभिन्न पार्टी प्यालेस, बैक्वेट र होटलहरुमा राखिएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख पोषराज पोखरेलले अतिरिक्त बसहरु नभित्रिएको बताए ।

    प्रसाईको कार्यक्रमलाई काउन्टर दिँदै नेकपा एमालेनिकट युवा र विद्यार्थी संघले कार्यक्रम राखेकाले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

     

  • न्हू दँया भिन्तुना : वसन्तपुरमा नयाँ वर्षको रौनक (तस्बिरहरू)

    न्हू दँया भिन्तुना : वसन्तपुरमा नयाँ वर्षको रौनक (तस्बिरहरू)

    काठमाडौं । नेपाल संवत ११४४ आजदेखि सुरु भएको छ । नेपालमा विक्रम सम्वतकै क्यालेण्डर प्रयोग हुने भए पनि यसलाई मौलिक सम्वतका रुपमा विशेष गरी नेवारी समुदायले नेपाल सम्वतलाई मान्दै आएको छ ।

    नयाँ वर्षको अवसरमा वसन्तपुरमा नेवार समुदायका व्यक्तिहरु सांस्कृतिक पहिरनसहित वसन्तपुरमा र्‍याली निकालेका छन् ।

    र्‍यालीमा सहभागीहरू नेवारी वेशभूषामा सजिएका थिए । र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो ।

    राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए ।

    ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।

    विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

    गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

    विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

  • १५४ देश सहभागी रहेकाे चीनको आयात मेलामा नेपाली स्टल (फोटो/भिडिओ)

    १५४ देश सहभागी रहेकाे चीनको आयात मेलामा नेपाली स्टल (फोटो/भिडिओ)

    साङ्घाई । चीनको व्यापारिक राजधानी शहर साङ्घाईमा आज ६ दिने चीन अन्तर्राष्ट्रिय आयात महोत्सव सुरु भएको छ । चिनियाँ प्रधानमन्त्री लि छियाङले उद्घाटन गरेको महोत्सवमा १५४ देशको स्टल र विश्वका प्रभावशाली कम्पनीहरुको उपस्थिति रहेको छ ।

    उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री छियाङले चीनले पछिल्लो ५ वर्षमा ४७ प्रतिशत आयात बढाएको भन्दै महोत्सवबाट अफगानिस्तानदेखि जापान हुँदै अमेरिकी कम्पनीहरुले फाइदा लिएको उदाहरण दिएका थिए ।

    कार्यक्रममा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानेजले पनि सम्बोधन गरेका थिए । चीनमा प्रधानमन्त्रीको रुपमा पहिलो भ्रमण भए पनि निजी रुपमा सातौं भएको भन्दै एल्बानेजले अस्ट्रेलिया व्यापारमैत्री भएको बताए ।

    महोत्सव आयात-निर्यात र व्यापारको भए पनि नेपाली स्टलमा पर्यटन र हस्तकला प्रदर्शनीले प्राथमिकता दिइएको छ । इजिप्ट, कम्बोडिया, ओमान र किरिबाटीसँग नेपाली स्टल रहेको छ ।

    साङ्घाई डेलीका अनुसार विश्वका प्रमुख ५०० कम्पनी अर्थात ‘फर्च्युन ५००’ मा १०० का कार्यकारी अनुहार महोत्सवमा सहभागी छन् । महोत्सवमा ३ हजार ४०० प्रदर्शनी स्टल र झण्डै चार लाख व्यवसायिक अनुहारहरुको नाम दर्ता भएको छ । ११ देशको पहिलो सहभागिता रहेको छ ।

    सन् २०१७ मा बेइजिङमा आयोजना भएको प्रथम बेल्ट एण्ड रोड फोरमको पहिलो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अन्तर्राष्ट्रिय आयात महोत्सवको अवधारणा सार्वजनिक गरेका थिए । सन् २०१८ बाट नियमित अनलाइन र अफलाइन स्टल राख्नेदेखि विभिन्न विमर्शबाट महोत्सव आयोजना हुँदै आएको छ ।

    यो चीनको सबैभन्दा ठूलो व्यापार महोत्सव र आयातमा आधारित विश्वको प्रथम महोत्सव भएको आयोजकको दाबी छ ।

  • रिगललाई आममाफी बदर गर्ने फैसलाको समर्थन र सरकारको विरोधमा युवा संघको प्रदर्शन (तस्विरहरु)

    रिगललाई आममाफी बदर गर्ने फैसलाको समर्थन र सरकारको विरोधमा युवा संघको प्रदर्शन (तस्विरहरु)

    काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारको विरोधमा प्रदर्शन गरेको छ । रिगल भनिने गुन्डा नाइके योगराज ढकाललाई सरकारले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि सरकारको विरोधमा युवा संघ उत्रिएको हो ।

    उनीहरुले रिगलललाई आममाफी बदर गर्ने सर्वोच्च अदालतको फैसलाको समर्थन जनाएका छन् । प्रदर्शनको क्रममा युवा संघले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानूनमन्त्री धनराज गुरुङको राजीनामा समेत मागेका छन् ।

    युवा संघका अध्यक्ष क्षितिज थेवेसहित नेता कार्यकर्ता बानेश्वरमा उपस्थित भएर सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

  • एमाले मुख्यालयमा शीर्ष नेताको जमघट (तस्बिरहरु)

    एमाले मुख्यालयमा शीर्ष नेताको जमघट (तस्बिरहरु)

    काठमाडौं । बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टी मुख्यालय च्यासलमा भएको कार्यक्रममा नेता, कार्यकर्तादेखि उच्च पदस्थका व्यक्तिहरु सहभागी बने ।

    कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरुको भिड लागेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवा, नेकपा एकीकृत समाजवादीका समानित नेता झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरु सहभागी भए ।

    कार्यक्रम सहभागी हुने पुगेका राजनीतिक दलका प्रमुख, मन्त्री, सरकारी तथा विविध क्षेत्रका व्यक्तित्व साथै कूटनीतिक क्षेत्रका व्यक्तिहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले स्वागत गरे ।

      

  • राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधनको लागि संसद भवनमा तयारी पूरा (तस्विरहरु)

    राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधनको लागि संसद भवनमा तयारी पूरा (तस्विरहरु)

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको संघीय संसदलाई सम्बोधन गर्ने तयारी पूरा भएको छ ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा भइरहेको तयारीबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार अपराह्न संयुक्त सदनको बैठक (प्रतिनिधिसभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका छन् ।

    महासचिव गुटेरेसले मंगलबार अपराह्न ४ बजे संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखले संसद सचिवालयका उच्च अधिकारीलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    सभामुख घिमिरेलाई संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी गराएका छन् ।

  • पोखरा पुगेका महासचिव गुटेरेस ढाका टाेपीमा सजिए (तस्बिरहरु)

    पोखरा पुगेका महासचिव गुटेरेस ढाका टाेपीमा सजिए (तस्बिरहरु)

    पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस सोमबार दिउसो सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा आएका हुन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ ।

    गुटेरेसलाई स्वागत गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका थिए । महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    उनी मंगलबार अन्नपूर्ण आधार शिविर(एबिसी) का लागी निस्कने छन् । उनी मंगलबार बिहान ६ः३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । आधार शिविरबाट उनी ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । विमानस्थलमा पोखराका पत्रकारहरूसँग कुरा गर्ने र मंगलबार बिहान ८ः१५ मा पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।

     

  • त्रिवि मैदानमा नेपालको शानदार प्रदर्शनका साक्षी (तस्बिरहरु)

    त्रिवि मैदानमा नेपालको शानदार प्रदर्शनका साक्षी (तस्बिरहरु)

    काठमाडौं । नेपालले सिंगापुरमाथि ८ विकेटको जित हासिल गर्दै टी–२० क्वालिफायरमा शानदार सुरुवात गरेको छ । नेपाली टीमले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपालको खेल हेर्न उल्लेख्य संख्यामा त्रिवि मैदान पुगेका दर्शकलाई खेलाडीले सोचेजस्तै मनोरञ्जन दिए ।

    दर्शकले पनि खेलाडीको हौसला बढाउन कुनै कसर बाँकी राखेनन् । सँधैजस्तो नेपालको म्याचमा दर्शकले १२ औं खेलाडीका रुपमा भूमिका निभाए ।

    हेर्नुस, क्रिकेट मैदानमा नेपाली दर्शकहरुः

  • दसैँ मान्न जन्मघरतर्फ लम्केका पाइलाहरु

    दसैँ मान्न जन्मघरतर्फ लम्केका पाइलाहरु

    काठमाडौं । दसैँ मनाउन उपत्यका छोड्नेहरुको संख्या बढ्न थालेको छ । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दसैँ मनाउन जन्मघर जानेहरुको लर्को बढेको हो ।

    काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु थानकोट, साँगा र दक्षिणकालीको बाटो भएर घर फर्किनेहरुको बिहानैदेखि भीड लागेको छ ।

    सरकारले दसैँमा यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।

    ट्राफिक ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

    यसैक्रममा राजधानी बाहिरिन तम्तयार भएकाहरुको नेपालप्रेसका फोटो पत्रकार गौरव पौडेलको क्यामेरामा आज बिहान कैद भएका कोटेश्वरका केही दृश्य :

  • चीनको तिब्बतमा एउटैमात्र विदेशी मिसन- नेपाली महावाणिज्य दूतावास

    चीनको तिब्बतमा एउटैमात्र विदेशी मिसन- नेपाली महावाणिज्य दूतावास

    ल्हासा (तिब्बत) । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा कुनै बेला भारतको कार्यालय थियो । भुटानको थियो । बेलायतको थियो । नेपालको नहुने कुरै भएन ।

    तर, अहिले नेपालबाहेक कसैको पनि कार्यालय छैन । अर्थात् तिब्बतको राजधानी ल्हासामा अहिले नेपालको मात्रै मिसन छ । नेपाली महावाणिज्य दूतावास ल्हासाको नोर्बुलिङ्का सडकमा छ । यो ल्हासाको डाउनटाउन क्षेत्र हो । यहाँबाट भाकोर सडकदेखि पोताला दरबार नजिकै छ ।

    यो महावाणिज्य दूतावास नेपाल चीन कूटनीतिको मात्रै होइन ल्हासाका दुई हजार नेपालीहरुको भावनात्मक मुकाम पनि हो । नेपालको ल्हासामा कार्यालय रहेको धेरै शताब्दी भएको छ ।

    नेपाल र जनवादी गणतन्त्र चीनले सन १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध बनाए । यो सम्बन्धपछि यो मिसनमा सन् १९५६ सेप्टेम्बर २० बाट महावाणिज्य दूतहरु आउन थालेका थिए ।

    अहिलेका महावाणिज्य दूत नवराज ढकाल बीसौं हुन् । यहाँका पहिलो महावाणिज्य दूत हुन् उपेन्द्रबहादुर बस्नेत । मुक्ति सेनाका कमाण्डरसमेत भएका जीबी याक्थुम्बा, मानवशास्त्री डोरबहादुर विष्टदेखि पूर्वमुख्यसचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेल पनि ल्हासाको महावाणिज्य दूत भएका थिए ।

  • तिब्बतको पोताला दरबार र आसपासको दृश्य (फोटो फिचर)

    तिब्बतको पोताला दरबार र आसपासको दृश्य (फोटो फिचर)

    ल्हासा (तिब्बत) । २९ वर्ष अगाडि युनेस्कोको विश्व सम्पदा सूचीमा अटाएको पोताला दरबारको निर्माण भने सातौँ शताब्दी (सन् ६३७) मा भएको हो । सन १९९४ मा युनेस्कोको सूचीमा अटाएको पोताला दरबारबारेमा युनेस्कोले दरबार बन्नमा तिब्बतीका अतिरिक्त भारतीय, चिनियाँ र नेपाली कलाको प्रयोग भएको उल्लेख गरेको छ ।

    तिब्बती धर्मगुरु दलाई लामाको दरबारको रुपमा रहेको पोताला दरबार निर्माण गरेका हुन्, तिब्बती राजा संङचङ गम्पोले । लिच्छवीकालकी नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेका उनले पोताला दरबार बनाएका थिए ।

    ल्हासाको मुख्य बजारबाट दुई किलोमिटर दुरीमा रहेको दरबार समुद्र सतहबाट ३७५० मिटर उचाईमा छ जुन नेपालको नाम्चे बजार भन्दा उचाईमा हुनु हो । यसलाई विश्वको सबैभन्दा उच्च स्थानमा रहेको दरबारको रुपमा पनि चित्रित्र गर्ने गरिएको छ ।

    पोताला दरबारमा पाँचौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ र तेह्रौँ दलाइ लामाका शवहरु राखिएको छ । पाँचौँ दलाई लामाको शव सबैभन्दा महँगोगरी राखिएको छ । १८ हजार भन्दा धेरै प्रकारका गरगहना र ३७२१ किलो सुनले उक्त शव सजाइएको छ ।

    दरबारको सेतो भित्ता पोत्न दुध, चिनी, मह, जडिबुटि सेतो चुनामा मिसाएर प्रयोग गरिने गरिएको छ । हरेक साल अक्टोबरमा यस्तो काम हुने बताउँछिन् ल्हासा स्थानीय सरकारकी विदेश विभागकी अधिकारी तेन्जिङ डोगा। डोगाको अनुसार पोतालालाई दुनियाँको सबैभन्दा मिठो दरबार यसै कारण भनिएको हो ।

    पहिलेपहिले एक महिना लाग्ने त्यो चलन अहिले १० दिनमा सकिने चाइला हाइलाइट्स डटकमले उल्लेख गरेको छ ।

    बढीमा पाँच मिटर चौडाइको गाह्रोले बनेको दरबार होङ पाहाडबाट ११७ मिटर उचाईमा रहेको छ जसका १३ तला छन् । पोताला तिब्बतको राजधानी ल्हासाको मात्रै नभएर समग्र तिब्बत स्वायत्त क्षेत्र तथा चीनकै एक सांस्कृतिक निधीको रुपमा लिने गरिएको छ ।

        

     

  • भारतले यू-१९ साफ च्याम्पियनसीपको उपाधि उचालेपछि यस्तो देखियो दशरथ रंगशालाको दृश्य (तस्बिरहरू)

    भारतले यू-१९ साफ च्याम्पियनसीपको उपाधि उचालेपछि यस्तो देखियो दशरथ रंगशालाको दृश्य (तस्बिरहरू)

    काठमाडौं । काठमाडौंमा शनिवार सम्पन्न यू–१९ साफ च्याम्पियनसीपको उपाधि भारतले जितेको छ ।

    फाइनलमा पाकिस्तानलाई ३० ले हराउँदै भारतले उपाधि जितेको हो ।

    यस्तो देखियो उपाधि छिनोफानोपछि दशरथ रङ्गशालाको दृश्य

  • भारतविरुद्ध ७३औं मिनेटमा नेपालले फर्कायो बराबरी गोल

    भारतविरुद्ध ७३औं मिनेटमा नेपालले फर्कायो बराबरी गोल

    काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप फुटबलअन्तर्गत सेमिफाइनलमा अहिले भारतसँग भिडिरहेको नेपालले खेललाई १-१ गोलको बराबरीमा ल्याएको छ ।

    दशरथ रंगशालामा भइरहेको खेलको ७३ औं मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

    भारतले २५ औं मिनेटमा अग्रता लिएको थियो । साहिल खुर्सिदले भारतका लागि गोल गरेका थिए ।

    तस्वीरहरु : उमेश कार्की

  • साय यु-१९ च्याम्पियनसिप : घरेलु दर्शकमाझ भारतसँग भिड्दै नेपाल (तस्बिरहरू)

    साय यु-१९ च्याम्पियनसिप : घरेलु दर्शकमाझ भारतसँग भिड्दै नेपाल (तस्बिरहरू)

    काठमाडौं। साफ यु-१९ च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा अहिले नेपालले भारतसँग खेलिरहेको छ ।

    दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । उल्लेख्य संख्यामा दर्शकहरु घरेलु टोलीलाई समर्थन गर्न रंगशाला पुगेका छन् ।

    यो खेल जित्ने टोलीले उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ ।

  • साफ यू-१९ च्याम्पियनसिपः नेपाल र पाकिस्तानबीचको पहिलो हाफ बराबरीमा (तस्विरहरु)

    साफ यू-१९ च्याम्पियनसिपः नेपाल र पाकिस्तानबीचको पहिलो हाफ बराबरीमा (तस्विरहरु)

    काठमाडौं। साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको नेपाल र पाकिस्तानबीच खेलको पहिलो हाफ गाेलरहित बराबरीमा सकिएको छ ।

    दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालका कप्तान गोलकिपर जियारथ शेखले पाकिस्तानका ६ वटा प्रहारको उत्कृष्ट बचाउ गरेका छन् ।

    पहिलो हाफमा पाकिस्तानले नेपालमाथि दबाब बढाएको छ । उसले दुइटा वान भर्सेस वान अवसरसमेत गुमाएको छ । नेपालले भने पाकिस्तानको गोल पोस्टमा उत्कृष्ट प्रहार गर्न सकेको छैन ।

    नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

    नेपालले यो प्रतियोगिता सन् २०१५ मा जितेको थियो । यसबीचमा यू-१९ स्तरीय साफ च्याम्पियनसिप आयोजना भएको थिएन ।

    सन् २०१७ र २०१९ मा साफ यू-१८ च्याम्पियनसिप भएको थियो भने सन् २०२२ मा साफ यू-२० च्याम्पियनसिप आयोजना भएको थियो । नेपालले सन् २०१७ मा आयोजना भएको साफ यू-१८ च्याम्पियनसिप पनि जितेको थियो ।

    तस्विरहरु : उमेश कार्की

     

  • नेपालीलाई प्रवेश निःशुल्क, तर चिनियाँलाई पैसा लाग्ने बेइजिङको श्वेत चैत्य (तस्बिरहरू)

    नेपालीलाई प्रवेश निःशुल्क, तर चिनियाँलाई पैसा लाग्ने बेइजिङको श्वेत चैत्य (तस्बिरहरू)

    बेइजिङ । एक हजार ४०० वर्ग मिटरको विशाल क्षेत्रफलमा फैलिएको छ श्वेत चैत्य । चीनको राजधानी बेइजिङको प्रशानिक मुटु तिआनमेन स्क्वायरबाट पश्चिममा पर्ने यो श्वेत चैत्यमा आगन्तुकहरु आइरहन्छन् ।

    सोमबार बन्द हुने चैत्यमा साताका अरु दिन आगन्तुकहरुको आउजाउ भइरहन्छ । आगन्तुकलाई प्रवेश शुल्क लाग्छ । तर, नेपालीलाई लाग्दैन । अरुले २० युआन अर्थात् ३६० बढी नेपाली रुपैयाँ तिरेर प्रवेश गर्न पाइने चैत्य जान नेपालीलाई कुनै पैसा लाग्दैन ।

    तेह्रौं शताब्दीमा नेपाली कलाकार अरनिकोले यो चैत्य युआन वंशको राजतन्त्रात्मक कालमा बनाएको हो । आजभन्दा ७४४ वर्ष अगाडि सन् १२७९ मा आठ वर्ष लगाएर यो ५०.९ मिटर अग्लो श्वेत चैत्य तयार गरिएको हो ।

    चीनको संरक्षित र घुम्नुपर्ने गन्तव्यको सूचीमा रहेको श्वेत चैत्य परिसरमा सन् २००१ मा यसका निर्माता अरनिकोको सालिक पनि राखिएको छ । साथै नेपालका राजा वीरेन्द्र, प्रधानमन्त्रीहरु केपी ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतका विभिन्न प्रसंगका तस्बिरहरु पनि यहाँ राखिएका छन् ।

    चीन सरकारले यो चैत्यलाई नेपाल र चीन जोड्ने ऐतिहासिक मित्रताको विम्ब भनेर आफ्नो पर्यटन वेबसाइटमा उल्लेख गरेको छ ।

    काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथ जस्तै शिखर शैलीमा श्वेत चैत्य बनेको शताब्दी पुरुष सत्यमोहन जोशीले २०४४ सालमा प्रकाशन गरेको ‘कलाकार अरनिको’ नामक पुस्तकमा तस्बिरसहित उल्लेख गरेका छन् । जोशीले बेइजिङको मुटुमा रहेको श्वेत चैत्यमा धेरै खोजबिन गरेर उक्त ऐतिहासिक पुस्तक लेखेका थिए ।

  • ‘नाङ्गो गाउँ’ को प्रिमियर: सबै आए, कर्मा आएनन् (तस्बिरहरु)

    ‘नाङ्गो गाउँ’ को प्रिमियर: सबै आए, कर्मा आएनन् (तस्बिरहरु)

    काठमाडौं । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘नाङ्गो गाउँ’ को आज प्रिमियर गरिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमियर काठमाडौं सीतापाइलास्थित सीके सिनेमामा भएको हो ।

    प्रिमियरमा चलचित्रका कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का र साम्राज्ञीलगायत उपस्थित थिए । तर, चलचित्रका अन्य  प्रमुख कलाकारहरु शिशिर बाङ्देल, कर्मा र बुद्धि तामाङ प्रिमियरमा देखिएनन् । साम्राज्ञी र कर्मा ‘नाङ्गो गाउँ’को पब्लिसिटीमा पनि सक्रिय थिएनन् ।

    प्रिमियरमा फिल्म तथा संगीत क्षेत्रबाट विभिन्न अतिथिहरुलाई आमन्त्रण गरिएको थियो । कलाकार जितु नेपाल, गायक राजेश पायल राईलगायत प्रिमियरमा उपस्थित थिए ।

    चलचित्रमा दयाहाङ र मिरुना मुख्य भूमिकामा छन् । साथमा कर्मा, साम्राज्ञी, शिशिर, बुद्धि, रवीन्द्रसिंह झालगायतको मुख्य भूमिका रहेको छ । ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते रिलिज हुँदैछ ।

  • कांग्रेस नेता यादवमाथि खुकुरी प्रहारपछि नेविसंघ आन्दोलित, गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन (तस्विरहरु)

    कांग्रेस नेता यादवमाथि खुकुरी प्रहारपछि नेविसंघ आन्दोलित, गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन (तस्विरहरु)

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।

    संघले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।

    प्रदर्शनकारीहरुले मसाल जुलुसहित विराेध प्रदर्शन गरेका छन् ।

    कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोटको विदुर नगरपालिका- ७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

    ढुंगेलका अनुसार ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले यादवमाथि खुकुरी हानेका थिए । खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा सापकोटा पूर्वमन्त्रीसमेत रहेका यादवकै भाषण सुन्दै थिए ।

  • गाईजात्रामा यौनिक अल्पसंख्यकहरुको ‘प्राइड परेड’ (तस्विरहरु)

    गाईजात्रामा यौनिक अल्पसंख्यकहरुको ‘प्राइड परेड’ (तस्विरहरु)

    काठमाडौं । काठमाडौंमा यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं दरबार क्षेत्रस्थित वसन्तपुरदेखि टुँडिखेलसम्म परेड गरेका हुन् ।

    आफ्नो पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्न, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्न र समुदायमाथि हुने लाञ्छना, विभेद र घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठाउन परेड गरिएको अभियन्ता भूमिका श्रेष्ठले बताइन् ।

     

     

  • ग्रेटवालको फेदमा बनेको पूर्वी बेइजिङको गाउँले रिसोर्ट (तस्बिर/ भिडिओ)

    ग्रेटवालको फेदमा बनेको पूर्वी बेइजिङको गाउँले रिसोर्ट (तस्बिर/ भिडिओ)

    बेइजिङ । गाँउलेहरु माछा मार्दै ढुङ्गा चलाइरहेका छन् । छाना भएका डुङ्गाहरुमा केही यात्रुहरु जल सफर गरिरहेका छन् । वृद्धहरु पुराना औजार बनाइरहेका छन् । चराहरुको चिरबिर र पानीको छप्ल्याङ् अनि पैदलयात्रीहरुको कलङमलङको आवाजलाई मन्दिरमा बलिरहेको धुपबत्तिले नयाँ स्वाद थपिरहेको छ ।

    पहाडको फेदमा बनेको यो ठाँउको शिरमा विशाल पर्खाल शृङ्खला छ । हो चीनको ग्रेट वाल छ । पृष्ठभूमिको पहाडी शिरमा ग्रेट वाल र भित्तामा केवल कार झुन्डाएको यो गाँउको फेदीमा सस्तैमा पाउने आइसक्रिम देखि महँगोमा पाउने खानपान र सुत्ने व्यवस्था पनि छ । हेर्दा गाउँ देखिन्छ । प्राचीन गाउँले कलाकृतिले बनाइएका घरहरुले एक मौलिक गाउँको महसुस हुन्छ ।

    तर, यो एक अन्तर्राष्ट्रिय रिसोर्ट हो । बेइजिङ वाटरटाउन इन्टरनेसनल टुरिजम रिसोर्ट हो यो । दुई हजार चिनियाँ मुद्रा तिरेर एक दिन मज्जाले बिताउन सकिने यो रिसोर्ट खासमा पुरानो खण्डहर गाउँलाई पुनः पुरानै तरिकाले बनाएर तयार गरिएको रिसोर्ट हो । सन २०१० बाट संचालनमा आएको रिसोर्टमा जलकृडा अनुभव देखि पूर्वी बेइजिङको ग्रेटवालको एक खण्ड दर्शन प्रमुख आकर्षण हुन् ।

    चीनका मिङ वंश, चिङ वंशदेखि गणतन्त्र चीन हुँदै जनवादी गणतन्त्र चीनसम्मका कला बोक्ने कलाकृतिहरुको घरहरु रिसोर्टमा चार लाख तीस हजार वर्ग मिटरमा बनाइएका छन् । रिसोर्टको क्षेत्रफल ९ वर्ग किलोमिटर छ ।

    सांस्कृतिक पर्यटन, मनोरन्जन पर्यटनदेखि बिजनेस मिटिङमा समेत रिसार्ट लोकप्रिय बनेको छ । प्रकृति, संस्कृति, इतिहास र आधुनिकतालाई सुन्दर घोलघाल पारेर कसरी पर्यटकिय आम्दानी र पहिचार दुवै बनाउन सकिन्छ भन्ने एक सुन्दर उदाहरण बेइजिङ वाटर टाउनले प्रस्तुत गरेको छ ।

  • सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा भन्दै अनेरास्ववियुको टर्च जुलुस (तस्बिरहरु/भिडिओ)

    सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा भन्दै अनेरास्ववियुको टर्च जुलुस (तस्बिरहरु/भिडिओ)

    काठमाडौं । नेकपा एमाले समर्थित अनेरास्ववियुले बुधबार राजधानीमा टर्च जुलुस गरेको छ ।

    टर्च बोकेका अखिलका नेता तथा कार्यकर्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म जुलुस गरेका हुन् ।

    जुलुसका सहभागीहरुले ‘सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए । जुलुसको नेतृत्व अखिलका अध्यक्ष समिक बडालले गरेका थिए ।

  • प्रहरीको स्कर्टिङमा काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालियाे  (तस्बिरहरु)

    प्रहरीको स्कर्टिङमा काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालियाे (तस्बिरहरु)

    काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्कर्टिङमा  काठमाडाैं उपत्यकाकाे फाेहाेर बञ्चरेडाँडामा  विसर्जन गर्न सुरु गरिएकाे छ ।

    फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेपछि प्रहरीको स्कटिङमा फोहोर बोकेर ल्याण्डफिल्ड साइट पुगेकाे १५० वटा गाडीले बञ्चरेडाँडामा फाेहाेर फाल्न सुरु गरेकाे हाे । स्थानीयले फोहोर लैजान अवरोध गरेपछि सय भन्दा बढी प्रहरी खटाइएको थियो ।

    सोही क्रममा स्थानीय र प्रहरीबीच केही बेर झडप समेत भएको थियो । साउन १ गते बञ्चरेडाँडा लैजान रोकिएको थियो । स्थानीयहरुले विभिन्न माग राख्दै फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए ।

  • मिटरव्याज पीडितहरुले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरु)

    मिटरव्याज पीडितहरुले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरु)

    काठमाडौं । मिटरव्याज पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनमा मागेका छन् । मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले आज नयाँ बानेश्वरमा प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

    उनीहरुले सरकारले ल्याएको मिटरव्याज सम्बन्धी नयाँ बिधेयकप्रति असन्तुष्ट जनाएका छन् । संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शन सहित संसद भवन घेराउ गरेका छन् । उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

    यस्तै समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

    समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने बताएकाे छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए । उनले साहुमहाजनसंग भएका कागजपत्रको छानविन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताए ।

  • प्रधानमन्त्री पत्नीको राजकीय सम्मानसहित अन्तिम बिदाइ, हिन्दु संस्कारअनुसार दाहसंस्कार (तस्बिरहरु)

    प्रधानमन्त्री पत्नीको राजकीय सम्मानसहित अन्तिम बिदाइ, हिन्दु संस्कारअनुसार दाहसंस्कार (तस्बिरहरु)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

    दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो।

    बिहान नर्भिक हस्पिटलमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।

  • राष्ट्रियसभा सदस्यहरुले संसदभित्रै दही चिउरा खाएर मनाए धान दिवस (तस्विरहरु)

    राष्ट्रियसभा सदस्यहरुले संसदभित्रै दही चिउरा खाएर मनाए धान दिवस (तस्विरहरु)

    काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले दही चिउरा खाएर धान दिवस मनाएका छन् ।

    राष्ट्रियसभाको बैठकअघि अध्यक्ष गणेश तिमल्सिना, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानूनमन्त्री धनराज गुरुङसहित सांसदहरुले दही चिउरा खाएर धान दिवस मनाएका हुन् ।

    मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले पनि मनाउने चलन छ ।

    असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने प्रचलन छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

    कृषिसहित सबै पेसा व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाएका छन् ।

  • बागमती प्रदेशसभा परिसर जलमग्न हुँदा प्रदेशसभा सांसद छिर्न पाएनन् (तस्बिरहरु)

    बागमती प्रदेशसभा परिसर जलमग्न हुँदा प्रदेशसभा सांसद छिर्न पाएनन् (तस्बिरहरु)

    हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको बागमती प्रदेशसभा भवन परिसरजलमग्न हुँदा सांसदहरु बैठकस्थल छिर्न सकेका छैनन् ।

    गत असार १ गते पारित भएको आर्थिक वर्ष २०८०/०८१ को बजेटको सन्दर्भमा आज सुरु हुने भनिएको बैठकमा सहभागी हुन प्रदेश सांसदहरु आएका थिए । तर, केही बेरमात्रै परेको पानीको कारण प्रदेशसभा परिसर जलमग्न हुँदा १ बजे सुरु हुने भनिएको बैठकमा सहभागी हुन सांसदहरुलाई मुस्किल परेको हो ।

    प्रदेशसभा छिर्ने ढोकासम्म पानी जमेपछि सांसदहरु अलमलमा परेका थिए । प्रत्येक पटक पानी पर्दा यस्तो समस्या आए पनि समाधानमा चासो दिइएको छैन ।

  • खुलेको खप्तड (फोटो फिचर)

    खुलेको खप्तड (फोटो फिचर)

    खप्तड । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको लागि अहिले नेपाल-भारतका विभिन्न क्षेत्रबाट सहभागीहरु आउने क्रम जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्नेछन् ।

    जेठ २५ गतेसम्म चल्ने खप्तड आध्यात्मिक सम्मेलनको लागि पतञ्जली योगपीठबाट बालकृष्ण आचार्य पुगिसकेका छन् । योगगुरु रामदेव मंगलबार आउँदैछन् ।

    प्रदेश सरकारको आयोजनामा हुने खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरु पनि उपस्थित हुने बुझिएको छ ।

    डोटी, अछाम, बझाङ र बाजुराको सीमा क्षेत्रमा पर्ने खप्तडलाई स्वर्गको टुक्राको रुपमा पनि व्याख्या गरिन्छ । यहाँ २२ वटा पाटन र ५३ वटा थुम्का तथा त्यसको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ ।

    खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई धार्मिक र पर्यटकीय हिसाबले समेत उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ ।

    समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

  • नागरिकता विधेयक प्रमाणीकरण : अखिलले निकाल्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा (तस्विरहरु)

    नागरिकता विधेयक प्रमाणीकरण : अखिलले निकाल्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा (तस्विरहरु)

    काठमाडौं । विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरिएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु आरआर क्याम्पस कमिटीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा निकालेको छ ।

    विरोध प्रदर्शनसहितको शवयात्रापछि विद्यार्थीहरुले सांकेतिक रुपमा राष्ट्रपति र प्रधानमन्त्री काजकृयासमेत गरेका छन् ।

    सांकेतिक शवमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका छन् ।

     

  • तस्बिरमा हेर्नुस् चीनमा निर्माणाधीन पम्प्ड स्टोरेज विद्युतगृह

    तस्बिरमा हेर्नुस् चीनमा निर्माणाधीन पम्प्ड स्टोरेज विद्युतगृह

    छाङ्सा (हुनान) । चीनले हुनान प्रान्तमा एक हजार ४०० मेगावाटको पम्प्ड स्टोरेज जलविद्युतगृह बनाइरहेको छ। चिनियाँहरुका अनुसार विश्वको पम्प्ड स्टोरेजको २ प्रतिशत मात्रै चिनियाँ हिस्सा छ।

    चीनले अब त्यो मात्रा बढाउन लागिरहेको छ। हुनान प्रान्तको राजधानी छाङ्साबाट दुई घन्टाको सडक दूरीमा रहेको हुनान पिङजिआङ पम्प्ड स्टोरेज कम्पनी लिमिटेडको नाममा उक्त विद्युत गृह बनिरहेको छ।

    दुईवटा ताल बनाएर तलको पानी माथिल्लो तालमा पम्प गरेर उकालेर पुनः पानी झारेर टर्बाइन घुमाएर विद्युत उत्पादन गर्ने तरिका हो पम्प्ड स्टोरेज।

    यसमा पानी दुई तालमा दौडिएर विद्युत उत्पादन हुन्छ। तर, पम्प्ड स्टोरेजमा तलको पानी माथि लान पनि बिजुली आवश्यक हुन्छ। त्यसैले विद्युतीय उत्पादन धनात्मक हुने देशहरुले मात्रै यस्तो प्रविधि प्रयोग गरेको बताउँछन् हुनान पिङजिआङ पम्प्ड स्टोरेज क्षेत्रमा पुगेका नेपाल सरकारका इन्जिनियर विजय पुरी।

    चीन विद्युतीय रूपमा सबल भएकोले यस्तो प्रोजेक्टमा सक्रिय भएको पुरीले बताए। ऊर्जा मन्त्रालयको विद्युत विकास विभागका इन्जिनियर पुरीले नेपालले नेपाल विद्युतीय उत्पादनमा ‘सरप्लस’ तहमा पुगेपछि भने यो क्षेत्रमा काम गर्न सकिने बताए।

    उनले भने, ‘कास्कीको बेगनास ताल र रुपा तालमा यस्तो खालको पम्प्ड स्टोरेज जलविद्युतीय उत्पादनको एकखाले अध्ययन पनि भएको छ। नेपालमा पम्प्ड स्टोरेज उत्पादन बेगनाम र रुपा तालमा सम्भावना छ।’

     

  • तस्बिरमा हेर्नुस् फुजिआन र ताइवानको सीमा इस्ट चाइना सीको तटीय क्षेत्र

    तस्बिरमा हेर्नुस् फुजिआन र ताइवानको सीमा इस्ट चाइना सीको तटीय क्षेत्र

    फुजिआन । चीनको दक्षिण पूर्वी प्रान्त फुजिआन स्वशासित क्षेत्र ताइवानको सबैभन्दा नजिकैको प्रान्त हो। ताइवानका बहुसंख्यक नागरिकका पूर्खा पुजिआनकै हुन् ।

    यी दुई क्षेत्र जोड्ने इस्ट चाइना सी हुँदै कोभिड-१९ अगाडिसम्म सिधा जलयात्रा संचालन हुँदै आएको स्थानीय बताउँछन् । खासगरी पिङतान टापु र ताइवान बीच जलयातायात संचालन भएको थियो। अहिले उक्त सेवा स्थगित छ।

    फुजिआनको टापु पिङतानबाट ताइवानको भूउपस्थिति १२६ किलोमिटरको जलदूरीमा मात्रै छ। पिङतान टापु पुग्ने १६.३४ किलोमिटर लामो छ लेनको रेल तथा रोड पूल सन २०१९ को सेप्टेम्बरमा बनेपछि भने पिङतान चीनको स्थलमार्गमा सजिलोसँग जोडिएको छ।

    फुजिआनको त्यही पिङतान टापु क्षेत्र तथा फुजिआन प्रान्तको राजधानी फुजु नजिकैको ज्वालामुखी पत्थरमाथी समुद्र किनारमा निर्मित ‘पिङलिउवेइ भूपार्क’ क्षेत्रबाट देखिएको इस्ट चाइना सि अर्थात पूर्वी चीन सागरलाई हेरौं ।

  • ८ वर्षदेखि टेकोमै छन् घरहरू (भिडिओ/तस्बिरहरू)

    ८ वर्षदेखि टेकोमै छन् घरहरू (भिडिओ/तस्बिरहरू)

    काठमाडौं । लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन ।

    तर, काठमाडौं उपत्यकाका गल्ली-गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ । २०७२ सालको महाभूकम्पले क्षति पुर्‍याएका अधिकांश घर अझै मर्मत तथा नयाँ बनेका छैनन् ।

    यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरु टन्नै पाइन्छन् । अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरुको जमात कम छैन ।

    काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरुमा बस्नेहरु यो क्षेत्रमा छ्याप्छ्याप्ती छन् । कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् ।
    कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका टेकोले अड्याइएका काठमाडौंका बस्तीहरुका घरका तस्बिरहरु ।

     

  • रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु (तस्विरहरु)

    रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु (तस्विरहरु)

    काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सोमबार सुरु भएको छ ।

    जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्‍याइएको छ । रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ ।

    रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्च बुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् । मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

    पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

    पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएको किंवदन्ती छ ।

    तस्विरहरु : गाैरव पाैडेल