Category: फोटो फिचर

  • विश्व फोटो पत्रकारिता दिवस : पाटनमा हिमालका तस्बिरहरु प्रदर्शन (भिडिओ)

    विश्व फोटो पत्रकारिता दिवस : पाटनमा हिमालका तस्बिरहरु प्रदर्शन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरु प्रदर्शन गरेको छ ।

    सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

    फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै शुरु गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

    उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरुमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताए ।

    उनले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरुले खिचेका ५५ वटा हिमालका फोटाहरु राखिएको बताए । अध्यक्ष पन्तले विगतको तुलनामा अहिले फोटा खिच्नको लागि पत्रकारहरुलाई सहज अवस्था नभएको बताए ।

    उनले पछिल्लो समय फोटो पत्रकारहरुको पेशालाई पनि आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) ले चुनौति दिइरहेको बताए । उनले एआई,मोबाइल फोटो ग्राफिक्सको कारणले व्यवसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको बताए ।

    अध्यक्ष पन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरुको माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । ऐतिहासिक तस्बिरहरुले राष्ट्रको पहिचान बढाउने बताए ।

  • गोकर्णेश्वर उत्तरबाहिनीस्थित कान्तिभैरव गुरुकुलका बटुकहरू श्रावणी स्नान गर्दै (तस्बिरहरु)

    गोकर्णेश्वर उत्तरबाहिनीस्थित कान्तिभैरव गुरुकुलका बटुकहरू श्रावणी स्नान गर्दै (तस्बिरहरु)

    काठमाडौं । आज देशभर हिन्दू धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व धूमधामका साथ मनाउँदै छन्।

    श्रावण शुक्ल पूर्णिमाका अवसरमा नव यज्ञोपवीत (जनै) एवं रक्षा सूत्र धारण गरेर सनातन वैदिक धर्मावलम्बीहरूले पवित्र नदी स्नान गरी यो पर्व मनाउँछन्।

    सांस्कृतिक एवं धार्मिक मान्यता अनुसार, यस दिन तागाधारीहरूले गुरु पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत र रक्षा सूत्र धारण गर्ने गर्छन्।

    यसले नकारात्मक तत्त्वहरूबाट सुरक्षा प्राप्त गर्ने धार्मिक विश्वास रही आएको छ। शास्त्रीय विधान अनुसार, श्रावण शुक्ल चतुर्दशीदेखि तागाधारीहरूले एक छाक मात्र भोजन गरी कपाल मुण्डन गरी चोखोनीतो व्रत बस्छन्।

    श्रावण शुक्ल पूर्णिमाको दिन तागाधारीहरू बिहानै पोखरी, ताल, तलाउ, नदी, र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन, र सप्तमृत्तिका प्रयोग गरी पवित्र स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

    स्नानपछि ऋषिहरूलाई तर्पण गरी मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ। अरुन्धती सहित आठ ऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ, र अगस्त्य लाई पूजा र तर्पण गर्ने परम्परा छ, जसले गर्दा यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

    जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ। वैदिक गुरु परम्पराको महत्त्वलाई सम्मान गर्दै, यस दिनको विशेषता स्पष्ट रूपमा देख्न सकिन्छ।

  • मधेशका खेतबारीमा धानको हरियाली

    मधेशका खेतबारीमा धानको हरियाली

    जनकपुरधाम ‌। मधेश प्रदेश अन्नको भण्डार हो । यस प्रदेशमै सबभन्दा बढी धान उत्पादन हुन्छ । अहिले यहाँका किसानहरू बढीभन्दा बढी धान फलाउन खेतबारीमा कडा मेहनत गरिरहेका छन् ।

    प्रदेशका धेरैजसो क्षेत्रमा आकाशे पानीकै भर छ । यस वर्ष समयमै वर्षा भएकाले करिब ९६ प्रतिशत जग्गामा धान रोपाई भएको छ । धानको हरियालीले खेतबारी ढपक्कै छोपिएको छ । जता हेर्‍यो उतै हरियाली देखिन्छ ।

    अहिले किसानको अधिकांश समय खेतमै बित्छ । धानसँगै खर (झार) उम्रेपछि गोडमेल गर्न किसानहरू व्यस्त देखिन्छन् । धनुषाको हंसपुर नगरपालिका ४ का रामदेव यादवले मजदुर नपाएपछि आफै गोडमेल गर्नुपरेको सुनाए ।

    ‘करिब २२ कट्ठा जग्गामा धान लगाएको छु,’ किसान यादवले भने, ‘खेतमा धानभन्दा बढी खर उम्रियो । खर मार्ने औषधी पनि छर्के ‌। तर खर मरेन । बाध्य भएर खर उखालेर फाल्न थालेका छौँ ।’

    उनले यस वर्ष मल पनि सहज रूपमा पाएको बताए । ‘अब फल लाग्ने बेलामा पानी चाहिन्छ, त्यति बेला वर्षा भयो भने गज्जब हुन्छ’, उनले भने ।

  • आश्मा बनिन् मिस नेपाल २०२४

    आश्मा बनिन् मिस नेपाल २०२४

    काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।

    आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् ।

    यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भएकी छन् ।

    तस्विरहरु : उमेश कार्की

  • दिउँसाे आकाश खुल्दा देखिएको रमाइलो र घमाइलो काठमाडौं (फोटो फिचर)

    दिउँसाे आकाश खुल्दा देखिएको रमाइलो र घमाइलो काठमाडौं (फोटो फिचर)

    काठमाडौं । मौसम खुलेसँगै आज दिनभर काठमाडौं उपत्यका रमणीय देखियाे । मनसुन बाँकी रहे पनि तुलनात्मकरुपमा वर्षा कम हुँदै गएपछि काठमाडौं उज्यालिएकाे हाे । यद्यपि बेलुकीपख धुम्म भएको छ ।

    उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किएका थिए । आकाश खुलेसँगै गर्मी बढेको पनि छ । निलो आकाश, हरियाली ठाउँहरुले काठमाडौंमा थप सुन्दरता थपेको छ । आकाश खुलेसँगै न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका उपत्यकाबाट देखिएका केही ठाउँका दृश्यहरु:

    तस्बिरहरुः न्युज एजेन्सी नेपाल

     

  • बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिएको हिमालको दृश्य (तस्बिरहरू)

    बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिएको हिमालको दृश्य (तस्बिरहरू)

    रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधवार पनि यस्तै मौका जुर्‍यो । पत्रकार विनोद परियारले लुम्बिनीबाट अन्नपूर्ण हिमशृङ्खलाको भिडियो र फोटो खिचेर उपलब्ध गराएका छन् ।

    लुम्बिनी पुगेका पर्यटकहरूका लागि लुम्बिनीबाट हिमाल देख्न पाएकोमा दंग थिए । श्रीलङ्काबाट बौद्ध तीर्थयात्रीहरू लिएर बुद्ध जन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुशी व्यक्त गरे । उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर व्याख्या गरिएकोमा आफूले प्रत्यक्ष रूपमा हिमाल देख्न पाएको बताए ।

    वर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरू देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरू लोभिएका हुन् । प्रायः असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरि लगायतका हिमालहरू देखिने पुस्तौँदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताए ।

    त्यसो त नेपाल भौगोलिक रूपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन। मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्ध जन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रूपमा प्रचार हुन सकेको छैन ।

    भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटनविद् एवम् लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले बताए ।

    मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिम श्रृंखला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथर भूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्त्वपूर्ण हो ।

    लुम्बिनीसहित तराईका जिल्लाहरूबाट असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थानीयहरू बताउँछन् । लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरि लगायतका हिम श्रृंखलाहरु देखिन्छ ।

  • गर्मी अनि छाता (तस्बिरहरू)

    गर्मी अनि छाता (तस्बिरहरू)

    काठमाडौं । देशभर वर्षासँगै गर्मी पनि बढिरहेको छ । पानी पर्न छाडेपछि लागेको घाम तेजिलो र छाला नै पोल्ने खालको छ । नेपालमा गर्मी र तातो महसुस गराउने घाम असोजको मध्यसम्म लाग्ने गरेको छ ।

    घामको ताप छेक्न छाता ओढ्नुको विकल्प छैन । घाम छेक्न छाता ओढेर आफ्नो गन्तव्यतिर हिँडिरहेका सर्वसाधारणलाई कैद गरिएका केही तस्बिर हेरौं । अहिले काठमाडौंको तापक्रम २९-३० डिग्री सेल्सियस छ ।

    तस्बिरहरू : न्युज एजेन्सी नेपाल ।

  • चार महिनापछि सत्तामा फर्किने निश्चित भएपछि कांग्रेस नेताहरूमा झुल्किएको मुस्कान (तस्विरहरू)

    चार महिनापछि सत्तामा फर्किने निश्चित भएपछि कांग्रेस नेताहरूमा झुल्किएको मुस्कान (तस्विरहरू)

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरू भएको छ । पार्टी मुख्यालय सानेपामा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक राखेका हुन् ।

    जारी बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्री छान्ने मापदण्ड तय गर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्न हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी पेश गरिसकेका छन् । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्य सहभागी छन् ।

    चार महिनापछि सत्तामा फर्किन लागेको कांग्रेसले पार्टीबाट सरकारमा जाने पाँच मन्त्रीको नाम टुंग्याइसकेको छ । बाँकी नाम छान्न देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

    प्रचण्डले एमाले फागुन २१ मा काँध मिलाएपछि कांग्रेस सत्ता बाहिर पुगेको थियो ।

  • अविरल वर्षाले हेटौंडाका बस्ती डुबानमा (तस्वीरहरु)

    अविरल वर्षाले हेटौंडाका बस्ती डुबानमा (तस्वीरहरु)

    हेटौंडा । निरन्तरको वर्षाले हेटौंडाका केही क्षेत्र डुबानमा परेको छ । गएरातिबाट निरन्तर परेको वर्षाको कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, ६, ७ लगायतका बस्तीमा भेल पसेको छ ।

    हेटौंडा- ५ को सानोपोखराको भित्री टोल, पिप्ले क्षेत्र, शान्तिनगर क्षेत्र जलमग्न भए । भैरव रोडको मुख्य सडक भएर वर्षाको भल बगेको छ । हेटौंडा भएर बग्ने राप्ती र कररा खोलाको जल सतह बढेको छ ।

  • अझै रोकिएन वर्षा, उपत्यकाका मुख्य नदीको दायाँबायाँका क्षेत्र डुबानमा (तस्वीरहरु)

    अझै रोकिएन वर्षा, उपत्यकाका मुख्य नदीको दायाँबायाँका क्षेत्र डुबानमा (तस्वीरहरु)

    काठमाडौं । शुक्रबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको सतह ह्वात्तै बढेको छ । कोरिडोरको नाउँमा नदी साँघुर्‍याउँदा वर्षाको पानीले नदी दायाँबायाँका क्षेत्र डुबानमा परेका छन् ।

    वर्षा नरोकिएकाले नदीहरुमा पानीको सतह निरन्तर बढिरहेको छ । बागमती नदीको दायाँबायाँ रहेको शंखमुल, टेकु, सानेपा, बल्खु क्षेत्र पूरै डुबानमा परेको छ । बागमती करिडोरसमेत डुबानमा परेको छ ।

    काठमाडाैं उपत्यकाका मुख्य नदीहरुको जल सतह बढेपछि नदी दायाँबायाँका बस्ती डुबानमा परेका छन् ।

    काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपति क्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए ।

  • तस्बिरमा हेर्नुहाेस्, महाधिवेशनपछि नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक

    तस्बिरमा हेर्नुहाेस्, महाधिवेशनपछि नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक अहिले बसिरहेको छ।

    बैठकमा पार्टीको बाँकी पदाधिकारी र केन्द्रीय कमिटी चयन, पार्टीको रणनीतिलगायत समासामियक बिषयमा छलफल हुने नेता जीवनराम श्रेष्ठले बताए।

    हिजो सकिएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत घोषणा गरेको थियो।

    तर बाँकी पदाधिकारीमा नेताहरु धेरै आकांक्षी भएपछि सहमति टुंग्याउने भन्दै महाधिवेशन सम्मन्न गराइएको थियो।

    नेकपा एसमा २९९ र २१ पदाधिकारी चहुने व्यवस्था छ। वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिवमा १९ सहित २०६ केन्द्रीय सदस्य चयन गर्नुपर्नेछ।

  • कांग्रेससँगको सहमतिबारे छलफल गर्न च्यासलमा एमाले सचिवालय बैठक

    कांग्रेससँगको सहमतिबारे छलफल गर्न च्यासलमा एमाले सचिवालय बैठक

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी कर्याालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरणबारे ब्रिफिङ गरिरहेका छन् ।

    नेपाली कांग्रेससँग नयाँ सरकार गठनलगायतका विषयमा सहमति भएपछि ओलीले सचिवालय बैठक राखेका हुन् ।

    सोमबार मध्यराति एमाले र कांग्रेस नेतृत्वबीच सत्ता सहकार्य, संविधान संशोधनलगायतका विषयमा सहमति भएपछि राजनीतिको कोर्ष फेरिएको छ । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्दैछन् ।

  • धेरैपछि मैदान उत्रिँदा डेव्यु गरे जस्तो भयो: सन्दीप लामिछाने (तस्विरहरु / भिडिओ)

    धेरैपछि मैदान उत्रिँदा डेव्यु गरे जस्तो भयो: सन्दीप लामिछाने (तस्विरहरु / भिडिओ)

    काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने करिब ६ महिनापछि क्रिकेट खेल्न मैदान उत्रिए । गत पुसमा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएपछि सन्दीप क्रिकेटबाट टाढिएका थिए । तर, जेठ पहिलो साता उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटमा फर्कने बाटो खुलेको थियो ।

     

    उनी ६ महिनापछि वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपअन्तर्गतका खेलमा सहभागी भएका थिए । दक्षिण अफ्रिकाविरुद्ध विकेटविहीन रहेका उनले दोस्रो खेलमा दुई विकेट लिँदै टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी र छिटो १०० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बने ।

    विश्वकप खेलेर शनिबार स्वदेश फर्किएका सन्दीपले लामो समयपछि मैदानमा फर्किदा डेव्यु गरे जस्तो लागेको बताए । टी–२० विश्वकप क्रिकेट खेलेर फर्किएका सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै विश्वकप खेल्दा आफूलाई डेव्यु गरे जस्तै लागेको बताएका हुन् ।

    ‘धेरै लामो समयपछि क्रिकेट फिल्डमा पाइला राख्दाखेरि एकछिन त आफैंलाई डेव्यु गरे जस्तो लागेको थियो । यति धेरै प्रेसर, यहाँदेखि त्यहाँसम्मको यात्रा, एकदमै कठिन परिस्थितिबाट त्यहाँ हामी गएका थियौं । तर, राम्रो भयो’, उनले भने ।

    सन्दीपले दक्षिण अफ्रिकाविरुद्ध पराजित भए पनि उत्कृष्ट खेल खेलेको उल्लेख गरे । अन्तिम समयमा खेल्ने अनुभवको कमी भएको उनको भनाइ छ ।

    ‘सबै थाहा नै छ । बाहिरबाट तपाईं जति दुःखी हुनुहुन्थ्यो । सायद त्योभन्दा हजारौं, लाखौं गुणा खेलाडी दुःखी थिए । कसैले अपेक्षा गरेको थिएन कि दक्षिण अफ्रिकाविरुद्ध हामीले यस्तो राम्रो गर्छौं भनेर’, उनले भने, ‘हामीले जुन तरिकाले प्रदर्शन गरेका थियौं । सबैले आफ्नो भूमिका निभाउनुभएको थियो । मलाई लाग्छ अनुभवको चाहिँ कमी भयो ।’

  • राष्ट्रिय क्रिकेट खेलाडीले पाए जनही १३ लाख (भिडिओ)

    राष्ट्रिय क्रिकेट खेलाडीले पाए जनही १३ लाख (भिडिओ)

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले जनही १३ लाख प्रदान गरेको छ । टी-२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो ।

    मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै १५ जना खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरेको हो । यस्तै टीम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको हो ।

    नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टीमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

    उक्त कार्यक्रममै १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य पदक विजेता राष्ट्रिय महिला कबड्डी टीम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

    एरिकालाई १९ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई समान ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई १ लाख ९५ हजारसहित सम्मान गरिएको हो ।

    मन्त्रालयले १९औं एसियाली खेलकुदमा महिलातर्फ कबड्डीमा काँस्य पदक ल्याउने १२ जना खेलाडीलाई जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षकलाई २ लाख ६० हजार, सहायक प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही १ लाख ३० हजार प्रदान गरेको हो ।

    चौथो एसियाली पारा खेलकुदमा काँस्य पदक ल्याउने पलेशालाई १३ लाख, उनका प्रशिक्षकलाई २ लाख ६० हजार र टीम व्यवस्थापकलाई १ लाख ३० हजार रुपैयाँसहित मन्त्रालयले सम्मान गरेको छ ।

  • राष्ट्रपति पौडेल जेनेभा प्रस्थान (तस्विरहरु)

    राष्ट्रपति पौडेल जेनेभा प्रस्थान (तस्विरहरु)

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

    राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल तथा मन्त्रीहरुले बिदाई गरेका हुन् ।

    राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

    भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्नछन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

    राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् ।

    राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।

  • जसपा नेपालको महाधिवेशनस्थल जनकपुर पुगेका कार्यकर्ता गर्मीले असिनपसिन (तस्विरहरु)

    जसपा नेपालको महाधिवेशनस्थल जनकपुर पुगेका कार्यकर्ता गर्मीले असिनपसिन (तस्विरहरु)

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा सुरु हुँदैछ । महाधिवेशन उद्घाटन गर्न बनाइएको विशाल पण्डाल नेता कार्यकर्ताले भरिभराउ छ ।

    महाधिवेशन उद्घाटनस्थलमा पार्टी अध्यक्ष उपेन्द्र यादव पुगिसकेका छन् । उनले पार्टीको चुनाव चिन्ह छाता देखाएर अभिवादन गरेका छन् ।

    मधेशी जनअधिकार फोरम नेपाल हुँदै जसपा नेपालसम्म आइपुग्दा १८ वर्षमा उक्त पार्टीले पहिलो पटक एकताको राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । करिब १ हजार ३०० प्रतिनिधि सहभागी हुने महाधिवेशन तीन दिन चल्नेछ ।

    पार्टी विभाजन भएको महिना नबित्दै हुन लागेको महाधिवेशन उद्घाटन सत्रमा जसपा नेपालले देशभरबाट २० हजार बढी कार्यकर्ता उतारेको छ । उसले पार्टी विभाजनको असर नपरेको देखाउन खोजेको छ ।

    प्रचण्ड गर्मीबीच ठूलो संख्यामा उद्घाटनस्थलमा नेता कार्यकर्ताहरु उपस्थित छन्, तर उनीहरुलाई गर्मीले हैरानीमा पारेको छ । पण्डालभित्र ठाउँ ठाउँमा पंखा लगाइएको छ, तर पनि कार्यकर्ताहरुले गर्मी छल्न पाएका छैनन् । अधिकांश असिनपसिन भएका छन् ।

    ‘गर्मीले पण्डालमा बस्नै नसक्ने अवस्था छ’, एक कार्यकर्ताले भने, ‘मान्छेको बढी उपस्थितिले पण्डालभित्र गर्मी खप्नै मुश्किल भयो ।

  • केशर महलको पुनर्निर्माण सम्पन्न (तस्बिरहरू)

    केशर महलको पुनर्निर्माण सम्पन्न (तस्बिरहरू)

    काठमाडौं । केशर महलको पुनर्निर्माण सम्पन्न भएको छ ।

    पुनर्निर्माणको काम सकिएसँगै सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्ने तयारी थालिएको छ ।

    गोरखा भूकम्पले क्षतिग्रस्त महल पुनर्निर्माण गर्न करिब ५९ करोड रुपैयाँ खर्च भएको थियो ।

  • किराँत राई समुदायले मनायाे साकेला उभौली (तस्बिरहरु)

    किराँत राई समुदायले मनायाे साकेला उभौली (तस्बिरहरु)

    काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका किराँत राई समुदायले शनिबार टुँडिखेलमा साकेला उभौली मनाएका छन्।

    प्रकृतिको पूजा गर्ने किराँत समुदायहरुले भुमे पूजा गरी साकेला नाच्दै आज टुँडिखेलमा उभौली मनाएका छन्।

    वैशाख पूर्णिमामा पर्ने उभौली पर्व किराँत राई समुदायको एउटा महत्त्वपूर्ण पर्व हो।
    हेर्नुस् तस्बिरहरु :

    तस्बिरहरु : उमेश कार्की

  • राजधानीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुकाे प्राइड परेड (तस्विरहरु)

    राजधानीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुकाे प्राइड परेड (तस्विरहरु)

    काठमाडौं । काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले छैटौं ‘नेपाल प्राइड परेड’ निकालेका छन् ।

    शनिबार संघीय राजधानीको शान्ति बाटिकाबाट सुरू भएको गौरव र्‍याली नक्सालको नारायणचौरमा समापन गरिएको थियो । क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा परेड भएकाे हो ।

    यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    अङ्ग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ र यो महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले विभिन्न कार्यक्रम आयोजना गर्छन् ।

    यसै महिना विश्वभर गौरव यात्रा अर्थात प्राइड परेड आयोजना गरिन्छ । सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले गौरव यात्रा मनाउँदै आएका छन् ।

     

  • कमलादीमा एमालेका ५ हजार महिलाको जमघट (तस्बिरहरू)

    कमलादीमा एमालेका ५ हजार महिलाको जमघट (तस्बिरहरू)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरू भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेता उपस्थित भए ।

    भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब ५ हजारको जमघट छ ।

    विक्रम सम्वत् २०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेद्कारी कानूनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को संकल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो ।

    कमलादीस्थित प्रज्ञा भवनमा आयोजित भेलाको संयोजन एमालेको जनसंगठन संयन्त्रले गरेको छ ।

  • नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु (तस्बिर)

    नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु (तस्बिर)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ। तोकिएको समयभन्दा केही ढिलोगरी पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    बैठकमा पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल भइरहेको छ । स्थायी कमिटी बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमाथि पनि छलफल हुने जनाइएको छ ।

    बैठकमा पछिल्लो समय सत्ता समीकरणमा देखिएको समस्या, पार्टीभित्र भएका असन्तुष्टि लगायतका विषयमा छलफल हुने प्रवक्ता खतिवडाले बताए ।

    एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। त्यसका लागि थप छलफल गर्न भोलि पोलिटब्युरो बैठक बोलाइएको छ ।

  • सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (तस्बिरहरू)

    सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (तस्बिरहरू)

    काठमाडौं । महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ ।

    अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनैपनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो ।

    तर नेपालको राजधानी शहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंंका सडकपेटीको अवस्था बेग्लै छ । सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन ।

    भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदलमार्ग हराईरहेका छन् ।

    राजधानी काठमाडौंमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन । सडकपेटीहरु निर्माणको पखाईमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स-साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् ।

    एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठिक विपरीत पाइन्छ ।

    लथालिङ्ग र भताभुङ्ग सडकपेटीका केही तस्बिरहरु ।

  • नागढुंगा-नौबिसे सुरुङमार्गको ब्रेक थ्रू (तस्बिरहरू)

    नागढुंगा-नौबिसे सुरुङमार्गको ब्रेक थ्रू (तस्बिरहरू)

    काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग दुईतर्फ जोड्ने ब्रेक थ्रू आज हुने भएको छ । ब्रेक थ्रूका लागि पूर्ण तयारी अवस्थामा छ ।

    केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    यस अघि २०८० साउन २२ गते नागढुंगा-नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको थियो । यो सुरुङमार्गको सञ्चालनमा आएपछि सबैभन्दा पहिलो गाडी गुड्ने सुरुङमार्ग हुने छ ।

    वैशाखभन्दा अघि नै नागढुंगा–नौबिसे सुरुङ मार्ग ब्रेक थ्रू गर्ने योजना सरकारले लिएको थियो । तर, स्थानीयको आन्दोलनका कारण केही समय पछाडि धकेलिएको थियो ।

  • काठमाडौं सडकका पुराना सोलार बत्ती हटाइँदै, १२ करोड खर्चेर नयाँ राखिने (भिडिओ)

    काठमाडौं सडकका पुराना सोलार बत्ती हटाइँदै, १२ करोड खर्चेर नयाँ राखिने (भिडिओ)

    काठमाडौं । काठमाडौंको मुख्य सडकहरुमा राखिएका पुरानो सोलार बत्तीको ठाउँमा नयाँ राखिने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा राखिएका पुराना सोलार बत्ती हटाएर आधुनिक बत्ती राख्न लागिएको हो ।

    नयाँ राख्न अहिले पुराना बत्ती धमाधम हटाउन थालिएको छ । विद्युत प्राधिकरणसँगको सहकार्यमै पुरानो प्रतिस्थापन गरिने महानगरपालिकाका नगर प्रहरी निरीक्षक शिव दाहालले बताए ।

    दाहालका अनुसार दरबार मार्ग आसपासका सडकहरुबाट पुरानो सोलार बत्ती हटाइसकिएको छ । बबरमहल क्षेत्रमा प्यानल निकाल्न थालिएको छ ।

    गत वर्ष माघमा मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगर र विद्युत प्राधिकरणबीच सम्झौता भएको थियो । सोही सम्झौताअनुसार नयाँ बत्ती राख्न लागिएको प्राधिकरणका प्रवक्ता भगवान ढकालले बताए ।

    उनले भने, ‘महानगर क्षेत्रमा सडक बत्ती जडान गर्न महानगरले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएअनुसार काम सुरु गरिएको हो । अहिले हटाउने काम भइराखेको छ । त्यो सकिएपछि नयाँ बत्ती राख्ने काम हुन्छ ।’

    बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । रातिको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको महानगर र प्राधिकरणले जनाएका छन् ।

    स्रोतसाधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा सडक सौन्दर्यमा एकरुपता ल्याउन सहकार्य गरिएको महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले बताए ।

    उनले भने, ‘काठमाडौंलाई चिनाउनुपर्‍यो । साथै झिलिमिली उज्यालो पनि चाहियो । त्यहीअनुसार बत्ती फेर्न लागिएको हो ।’

    महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतल निवाससम्म, सिनामङ्गल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म आधुनिक बत्ती जडान हुनेछ । यी सडक बत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

    यसैगरी विद्युत प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछ । सम्झौताअनुसार यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आआफ्नो स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैंले पुनः प्रयोग वा व्यवस्थापन गर्नुपर्नेछ ।

    जडान सम्पन्न भएपछि सञ्चालन र व्यवस्थापन गर्न महानगरपालिकालाई हस्तान्तरण गरिने प्राधिकरणले जनाएको छ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले नै गर्नेछ । त्यसपछि सडक बत्ती प्रयोग भएवापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउने सम्झौता भएको प्राधिकरणका प्रवक्ता ढकालले बताए ।

    अहिले सडकमा राखिएका अधिकांश सोलार बत्ती नबल्ने अवस्थामा छन् र राति सडक अन्धकार हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

  • प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने कर्णालीका १० स्थानीय तहलाई भलिबलकाे मालाले सम्मान (तस्विरहरु)

    प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने कर्णालीका १० स्थानीय तहलाई भलिबलकाे मालाले सम्मान (तस्विरहरु)

    सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनाेट भएका १० स्थानीय तहलाई भलिबलको मालाले सम्मान गरेको छ ।

    प्रतियाेगिताकाे उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई आएका १० वटा स्थानीय तहलाई सम्मान भलिबलकाे माला लगाइदिएर सम्मान गरिएकाे हाे ।

    यस सम्मान पाउने स्थानीय तहहरुमा रुकुमकाे सानीभेरी गाउँपालिका, सुर्खेतकाे चौकुने गाउँपालिका, दैलेखकाे टाटीकाध गाउँपालिका, कालीकोटकाे तिलागुफा नगरपालिका र जुम्लाकाे तातोपानी गाउँपालिका रहेका छन् ।

    त्यस्तै हुम्लाकाे खार्पुनाथ गाउँपालिका, डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका, जाजरकोटकाे छेडागाँड नगरपालिका, सल्यानकाे कपुरकोट गाउँपालिका र मुगुकाे सोरु गाउँपालिका रहेका छन् ।

  • राष्ट्रपति पौडेलबाट वसन्त श्रवण (फोटो फिचर/भिडिओ)

    राष्ट्रपति पौडेलबाट वसन्त श्रवण (फोटो फिचर/भिडिओ)

    काठमाडौ‌ं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा उनले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरे ।

    बुधबार शुभ साइतमा उनले वसन्त श्रवण गरेका हुन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

    परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।

    उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । उनीहरुले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे ।

    श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

    वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ । त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो ।

  • अयोध्या धाम क्षेत्रको झकिझकाउ सरयूघाट (तस्बिरहरु)

    अयोध्या धाम क्षेत्रको झकिझकाउ सरयूघाट (तस्बिरहरु)

    अयोध्या (भारत) । भारतीय राज्य उत्तर प्रदेशको धाम अयोध्यामा भोली अर्थात् जनवरी २२ मा बहुचर्चित राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम छ ।

    कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत आउँदैछन् । त्यसको लागि सुरक्षा व्यवस्था कडा गरिएको छ ।

    भोलिको कार्यक्रमलाई लक्षित गरेर आज अयोध्या धाम क्षेत्रको सरयू घाट झकिझकाउ छ ।

    धार्मिक आस्थावानदेखि मिडियासम्म अस्थायी स्टेसन बनाएर घाट ढाकेर बसेका छन् । राम र सीता अनि हनुमानका भजनहरू गाउने समूह यत्रतत्र छन् ।

  • काठमाडौंका बिरामी अस्पताल (तस्बिरहरु)

    काठमाडौंका बिरामी अस्पताल (तस्बिरहरु)

    काठमाडौं । मानिसहरु बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरु स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् ।

    गुणस्तरहीन खानेकुरा, अस्वच्छ खानेपानी, सडकको धुवाँ, धुलो र पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मानिसहरु धेरै बिरामी हुने गरेका छन् । जसका कारण पनि मानिसहरु केही न केही रोग लिएर बाँचेका छन् । त्यसैले पनि स्वास्थ्यचौकी र अस्पताल पुगेर महिनामा आफ्नो स्वास्थ्यको चेकजाँच गर्नैपर्ने बाध्यता छ ।

     स्वास्थ्य सेवा दिने क्षेत्र नै अस्वस्थ भएपछिको अवस्था कल्पना गर्न सकिँदैन । स्वस्थ बन्न जाने ठाउँ नै अस्वस्थ भएपछि अर्थात उपचार लिन जाने ठाउँ नै बिरामी भएपछि के होला ? हामी सोच्न सक्दैनौँ । तर यी दृश्यहरु हेर्दा लाग्छ, काठमाडौं उपत्यकाका केही अस्पतालहरु आफैँ बिरामी छन् ।

    अस्पतालको परिसरमा बिरामी कुरुवाहरुका लागि राखिएको कुर्सी, परिसरमा फालिएका स्वास्थ्य सामग्री, सेवा दिन सूचनाका रुपमा राखिएका प्लेकार्डहरु, पुराना स्वास्थ्य सामग्रीहरु यत्रतत्र फालिएको देख्न सकिन्छ । अस्पतालमा परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन सकेको छैन ।

    अस्पतालेको यो अवस्था देख्दा उपचार गर्न जाने ठाउँ नै बिरामी भएको जस्तो भान सबैलाई हुन्छ नै । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अव्यवस्थित अस्पतालका केही तस्बिरहरु आजको फोटोफिचरमा ।

  • पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन (फोटो फिचर)

    पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन (फोटो फिचर)

    रूपन्देही । विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी भएका थिए ।

    विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुती गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको दाबी गर्दै जनताले राजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे । कार्यक्रममा ‘राजा आउ देश बचाउ’को नारा लगाइएको थियो ।

    पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् ।

    सभामा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहोराको तर्फबाट नेता निरन्जन थापाले स्वागत मन्तव्य राख्दै मुलुकमा दलीय व्यवस्था असफल भएकाले अब देशको नेतृत्व संहाल्न आग्रह गरेका थिए । समारोहमा एमाले, कांग्रेस, माओवादी,तराई केन्द्रित दलका स्थानीय नेता कार्यकर्ताको उल्लेख सहभागिता थियो । समारोहका संयोजक बस्याल पूर्वएमाले नेता हुन् ।

  • ‘म महिला ! दुःख मेरो साथी’ (तस्बिरहरु)

    ‘म महिला ! दुःख मेरो साथी’ (तस्बिरहरु)

    म महिला । आधा आकाश हुँ । आधा संसार पनि हुँ । तर दुःखको लागि म सम्पूर्ण हुँ । भेदभाव र हेयभावको लागि म प्रमुख पात्र हुँ । न नासेर सकिन्छ, न रित्तिन्छ नै । न यो दुःख रित्तिन्छ न सकिन्छ, सकिन्छ त केवल नारी जीवनहरु । म धर्ती हुँ, म जननी हुँ तर परिचय र पहिचान छैन ।

    छ त केवल एकमुठी सास र पुरुषको लागि देखिएको सुन्दर सपना । म मेरो सपना देख्ने हक राख्दिन । मैले त मेरो श्रीमान, छोरा, नातिको लागि देख्नुछ । अनि यसै सपनासँगै जीवन सक्नुछ । ‘म महिला दुःख मेरो साथी’ भन्ने बिम्वमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले खिचेको तस्बिरहरु :

    तस्बिरहरु- न्यूज एजेन्सी नेपाल

  • पोखरामा २५ औं सडक महोत्सव सुरु (फोटो फिचर)

    पोखरामा २५ औं सडक महोत्सव सुरु (फोटो फिचर)

    पोखरा । पोखरामा २५ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर रेष्टुरेन्ट एन्ड बार एशोसियशन नेपाल पोखराको आयोजनामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आजदेखि सडक महोत्सव सुरु भएको हो ।

    लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३ किलोमिटर सडकमा सुरु महोत्सवको फेवाताल किनारस्थित कोमागाने पार्कमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले उद्घाटन गरेका थिए ।

    ५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख अवलोकनकर्ता भित्र्याउने रेबानको लक्ष्य छ ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यसहित विगत २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्दै आएको छ ।

  • क्रिश्चियन नमान्नेलाई जेल हाल्ने धम्की दिने मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ (तस्बिरहरु/भिडिओ)

    क्रिश्चियन नमान्नेलाई जेल हाल्ने धम्की दिने मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ (तस्बिरहरु/भिडिओ)

    काठमाडौं । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका पर्यटनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ ।

    सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

    उनीहरुले मन्त्री किराँती कसैको प्रवक्ता जस्तो बनेर दिएको अभिव्यक्तिको प्रदर्शनकारीले विरोध गरेका थिए । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

  • छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरु/भिडिओ)

    छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरु/भिडिओ)

    काठमाडौं । छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको थियो ।

    २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रूपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

    उनले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताए ।

    उनले भने, ‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रूपमा सम्झिने गर्छौं । झण्डाको पहिचानलाई उजागर गर्नको लागि हामीले यो अभियानको शुरुवात गरेका हौँ । नेपालीलाई नै झण्डाको एउटा महत्त्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो ।’

    प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

  • एमालेको संकल्प यात्रा कोशी प्रवेश- ओखलढुंगाको टोक्सेल हर्कपुरमा ओइरिए हजारौं (तस्बिरहरू)

    एमालेको संकल्प यात्रा कोशी प्रवेश- ओखलढुंगाको टोक्सेल हर्कपुरमा ओइरिए हजारौं (तस्बिरहरू)

    विराटनगर । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३औं दिन अध्यक्ष केपी ओली नेतृत्वको टोली कोशी प्रदेश प्रवेश गरेको छ ।

    रामेछापको मन्थलीबाट बिहान हिँडेको ओली नेतृत्वको टोली सिन्धुलीको विभिन्न ठाउँमा भेटघाट, सभा गर्दै कोशी प्रदेश आइपुगेको हो । पुस २ गते कोशीकै पाँचथरको चिवाभन्ज्याङ पुगेर अभियानको समापन गरिनेछ ।

    अहिले ओखलढुंगा टोक्सेल हर्कपुरमा आमसभा भइरहेको छ । शीर्ष नेताको स्वागतका लागि कोशीका अध्यक्ष घनश्याम खतिवडा, इन्चार्ज रघुवीर महासेठ, पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई, हिक्मत कार्कीलगायत बहादुरे खोला पुल पुगेका थिए ।

    कार्यक्रमस्थल हर्कपुरमा उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता, समर्थक र स्थानीय गरी हजारौं ओइरिएका छन् । एमालेको अभियानलाई अवरोध गर्नेगरी पहिचानवादीले घोषणा गरेको आन्दोलनई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    ओखलढुंगाको हर्कपुरमा सभा गरेर आजै संकल्प यात्रा खोटाङको हलेँसी हुँदै दिक्तेलमा बास बस्ने तालिका छ ।

  • एमालेको झुलाघाट-चिवा भञ्ज्याङ यात्रा: यसरी सिंगारिँदैछ डोटी टुँडिखेल (फोटो फिचर)

    एमालेको झुलाघाट-चिवा भञ्ज्याङ यात्रा: यसरी सिंगारिँदैछ डोटी टुँडिखेल (फोटो फिचर)

    डोटी । बिहीबार सुरु भएको नेकपा एमालेको झुलाघाट-चिवा भञ्ज्याङ मध्य पहाडी लोकमार्गको यात्रा शुक्रबार डोटी पुग्दैछ । अभियानअन्तर्गत डोटीमा हुने जनसभाका लागि एमाले कार्यकर्ताहरु स्थानीय टुँडिखेल सिंगारिरहेका छन् ।

    ‘सम्वन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ बिहीबार बिहान बैतडीको झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गरेका थिए । अभियानअन्तर्गत बिहीबारै बैतडीको जिल्ला सदरमुकाम गोठलापानीमा जनसभा भएको छ ।

    अभियान शुक्रबार सिलगढीको टुँडिखेलमा पुगेर विशाल जनसभामा परिणत हुने र सो सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले डोटीका अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिए ।

    ‘हामी बिहान डोटी र डडेल्धुराको सिमाना कोराल खोलामा अभियान टोलीलाई लिन जानेछौं, गोपघाटमा टोलीको स्वागत गर्ने कार्यक्रम छ’, अध्यक्ष मल्लले भने, ‘त्यसपछि जिल्लाको मुख्य व्यापारिक केन्द्र दिपायलमा भेटघाट र छलफल हुनेछ ।’

    दिउँसो सिलगढीको टुँडिखेलामा जनसभा हुने मल्लले बताए । अभियान टोली शुक्रबार डोटीमै बस्ने र शनिबार बिहानै अछामतर्फ प्रस्थान गर्ने बुझिएको छ ।