Category: फोटो फिचर

  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन

    ललितपुर । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । पार्टीको निर्धारित कार्यक्रम अन्तर्गत ललितपुर कांग्रेसले पनि सरकारविरुद्ध प्रदर्शनसहित सभा गरेको छ ।

    जावलाखेलबाट सुरु भएको ललितपुर कांग्रेसको जुलुस लगनखेलमा पुगेर सभामा परिणत भयो । सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गरेका छन् ।

               
  • सगरमाथा आधारशिविरका प्रेमिल पत्थर

    सगरमाथा आधारशिविरका प्रेमिल पत्थर

    सोलुखुम्बु । सगरमाथा आधारशिविर पुगेपछि फोटो खिच्न, खिचाउन मन लाग्नु स्वाभाविक हो । तर रोचक के छ भने, यहाँ पुगेर पत्थरमा आफ्नो प्रेमी-प्रेमिका लेख्नेहरुको होडबाजी नै चल्छ । ५ हजार ३६४ मिटर उचाइमा पुगेपछि अधिकांश आरोहीले आफ्नो प्रियजनको नाम पत्थरमा लेख्छन्, जहाँबाट सगरमाथाको चुचुरो देखिन्छ ।

    तस्वीरमा हेर्नुहोस्, सगरमाथा आधारशिविरका पत्थरमा लेखिएका केही प्रेमिल अभिव्यक्तिः

            
  • पेरिसडाँडामा जनयुद्ध दिवस

    पेरिसडाँडामा जनयुद्ध दिवस

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवस मनाएको छ ।

    पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको बताएका थिए ।

    सोही कार्यक्रममा १० वर्षे जनयुद्धका कमाण्डरसमेत रहेका प्रचण्डले सहिदहरूको सम्झना गर्दै सहिद परिवारलाई सम्मान गरेका थिए । पूर्व प्रधानमन्त्री प्रचण्डले आफूहरू मर्नबाट बाँचेका मान्छौं हौ भन्दै संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे पनि तयार हुने बताए ।

           
  • हातमा साङलो बाँधेर स्रष्टाकाे विरोध

    हातमा साङलो बाँधेर स्रष्टाकाे विरोध

    काठमाडाै‌ । प्रतिनिधिसभा विघटनको विरोधमा स्रष्टाले शुक्रबार काठमाण्डौमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सर्जक, स्रष्टा तथा मण्डला थिएटरका कलाकारले प्रर्दशन गरेका हुन् ।

    “सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन” को ब्यानरमा स्रष्टाले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्‍याली निकालेका छन् ।

    ब्यानर भन्दा अगाडी विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लगायतका नारा लेखिएका प्ले कार्ड टाँसेर प्रर्दशन गरेका थिए ।

    बसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए ।

    स्रष्टाको प्रर्दशनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई आहुति, निनु चापागाई, विमला राई लगायतको उपस्थिति थियो ।

              
  • बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’ (तस्बिरहरू)

    बलात्कारविरुद्ध नागरिक रोष : सडकमा युवतीको ‘जिउँदो लाश’ (तस्बिरहरू)

    काठमाडौं । नागरिक आन्दोलनका नाममा राजधानीमा दिनहुँ थरि-थरि प्रदर्शनहरु भइरहेका छन् । शुक्रबारको एउटा प्रदर्शनमा भने अनौठो दृष्य देखियो ।

    प्रदर्शनकारीकै हुलबीच सेता वस्त्र पहिरिएका केही महिला पुरुषले एक युवतीको ‘लाश’ बोकेर हिँडिरेहका थिए । महिलामाथिको बढ्दो हिंसा र बलात्काको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाइमा गरिएको ‘सिंहदरबार महिला मार्च’ वसन्तपुरबाट शुरू भएर रत्नपार्क हुँदै सिंहदरबारको मूलगेटसम्म आएको थियो ।

    मार्चपासमा हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, दोषी पहिचान गरी कारबाही गर्न सरकारलाई दबाब दिइएको छ ।

    मार्चमा जसपा नेतृ हिसिला यमी, डा. गोविन्द केसी, नारायण वाग्ले, श्रृंखला खतिवडालगायत सहभागी थिए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • शताब्दी पुरुष सत्यमोहन जोशीले गरे मरणोपरान्‍त शरीर दान

    शताब्दी पुरुष सत्यमोहन जोशीले गरे मरणोपरान्‍त शरीर दान

    काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् ।

    सत्यमोहन १०१ वर्षमा हिँडिरहेका छन् भने पत्नी राधादेवी ९७ वर्षकी भइन् ।

    चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि जोशी दम्पतीले मरणोपरान्त आफ्नो शरीर दान गरेको बताएका छन् । ललितपुर महानगरको प्रांगणमा नइ प्रकाशनले आयोजना गरेको एक कार्यक्रमका बीच उनीहरूले शरीर दानको घोषणा गरेका हुन् ।

    घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसमेत उपस्थिति थिए । केही दिनअघि सरकारले जोशीको तस्बिरअंकित हुलाक टिकट सार्वजनिक गरिसकेको छ । जिवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुन् । त्यस्तै नेपाल राष्ट्र बैंकले जोशीको तस्बिरअंकित सिक्का सार्वजनिक गरेको थियो ।

    
    
    

     

  • कोरोना कहरको मारमा परेको ल्होसार (तस्बिरहरू)

    कोरोना कहरको मारमा परेको ल्होसार (तस्बिरहरू)

    काठमाडौं। देशभरका तामाङ समुदायले आज विशेष वर्ष सोनाम ल्होसार मनाउँदैछन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने चाड तामाङ जातीको मुख्य पर्व हो ।

    कोरोना महामारीको जोखिमका कारण यस वर्ष विगतमा जस्तो टुँडिखेलमा संस्कृति झल्किने वृहत कार्यक्रम गरिएन । काठमाडौंको बौद्ध क्षेत्रमा भने केही चहलपहल देखियो ।

    तामाङ समुदायमा इष्ट देवता मन्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको यो ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाइँन्छ ।

    यो दिन तामाङ समुदायको नयाँ वर्ष पनि हो । मन्जुश्री पात्रोअनुसार आजदेखि घोडा वर्ष शुरू भएको छ ।

    सोनाम ल्होसारका लागि सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

           
     
     
     
     
     
    

     

  • निर्माणाधीन प्रधानमन्त्री कार्यालय र धरहरा हेर्न पुगे ओली

    निर्माणाधीन प्रधानमन्त्री कार्यालय र धरहरा हेर्न पुगे ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् ।

    बिहिबार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको अवलोकन निरीक्षण गरेका हुन् । २०७२ वैशाख १२ गतेको महाभूकम्पमा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको पुन:निर्माण कार्य धमाधम भइरहेको छ ।

    सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । सिंहदरबारको पुनर्निर्माण कार्य सकेर फागुन ३ गते उद्घाटन गरिने ज्ञवालीले बताए । ज्ञवालीका अनुसार धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएका छन् ।

    धरहराको २१ तलासम्म ढलान भइसकेको छ । बाँकी निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्ने गरी काम अघि बढेको प्राधिकरणले जनाएको छ ।

     
     
     
     
     
     
     

     

  • रामकुमारी झाँक्री पक्राउको विरोधमा प्रदर्शन (तस्बिरहरु)

    रामकुमारी झाँक्री पक्राउको विरोधमा प्रदर्शन (तस्बिरहरु)

    काठमाडाै‌ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले शंखमूलस्थित उनको निवासबाट पक्राउ गरेपछि पार्टीका समर्थकहरुले विरोध गरेका छन्।
    रामकुमारीलाई पक्राउ गरी महानगरीय अपराध महाशाखा लगिएपछि, समर्थकहरुले नयाँ बानेश्वरमा नाराबाजी गर्दै केही समय सडक अवरोध गरेका थिए।

             
  • समर्थकको नारावाजीका बीच रामकुमारी झाँक्री निवासबाट पक्राउ (तस्बिरहरु)

    समर्थकको नारावाजीका बीच रामकुमारी झाँक्री निवासबाट पक्राउ (तस्बिरहरु)

    नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले शंखमूलस्थित उनको निवासबाट पक्राउ गरेको छ ।

    कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले गिरफ्तारी दिएकी हुन् ।

    महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई पक्राउ गरेको हो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो ।

    राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा सोधपुछका लागि प्रहरीले झाँक्रीलाई बोलाएको थियो ।

    
    
             
  • भागरथीको न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

    भागरथीको न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

    धनगढी। भागरथीलाई न्यायको माग गर्दै धनगढीमा विद्यार्थीहरूले आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

    बैतडीमा बलात्कारपछि हत्या भएको एक साता पुग्न लाग्दासम्म पीडित परिवारले न्याय नपाएको भन्दै ऐश्वर्य विद्या निकेतनका विद्यार्थीहरुले बिहीबार बिहान धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमा प्रदर्शन गरेका हुन् ।

    उनीहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै नाराबाजीसहित आँखामा कालो पट्टी बाँधेर उनीहरूले विद्यालयबाट मुख्यमन्त्री कार्यालय र त्यहाँ बाट पार्क मोडसम्म पुगेर विरोध प्रदर्शन गरेका थिए ।

    उता हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले कायमै राखेको छ । सात दिनअघि बलात्कारपछि हत्या गरिएकी भट्टको शव अझै उठ्न नसकेको हो ।

  • माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो (तस्बिरहरु)

    माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो (तस्बिरहरु)

    काठमाडौं । पौष शुक्ल पूर्णिमाबाट शुरु भएको माधवनारायण मेलाका ब्रतालुहरु पशुपतिनाथमा आइपुगेका छन् । नेपाल संवतको आठौँ शताब्दीदेखि एकमहिने यो मेला शुरु भएको थियो ।

    हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला देशभरका पवित्र नदी तलाउ र घाटहरुमा पनि लाग्ने गरेको छ ।

    आराध्यदेव पशुपतिनाथमा भक्तालुहरुले विहानै वागमतीमा स्नान गरेर माधवनारायणको व्रत बसेका छ । माधवनारायणको व्रत बसेका भक्तालुहरु आज विहान पशुपतिनाथ पुगेपछि आर्यघाटमा शवदाह कार्य बन्द गरिएको छ । भष्मेश्वरतर्फ भने शव जलाइन्छ ।

    माधवनारायणका व्रतालु बुधबार साँझ पशुपति आइपुगेका थिए । उनीहरु बिहीबार बजे पशुपतिबाट प्रस्थान गर्छन् । उनीहरु पशुपति आएदेखि नफर्किएसम्म आर्यघाटमा शव जलाउन रोकिने प्रचलन छ । विहीबार उनीहरुलाई पशुपतिको दर्शन गराइन्छ ।

    विगतका वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । ३५ महिला र १४ पुरुष गरी ४९ यसपटक व्रतमा सहभागी भएका थिए ।

              

     

     

     

  • प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) ले आज गर्न लागेको शक्ति प्रदर्शनन्तर्गत जुलुस निस्कने क्रम शुरू भएको छ ।

    पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल गरी उपत्यकाका पाँच ठाउँबाट निस्कने जुलुसको लागि नेता कार्यकर्ता भेला हुँदैछन् । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेताले जुलुसको नेतृत्व गर्ने बताइएको छ ।

    केन्द्रीय संघर्ष समितिकाे १२ बजे शुरू हुने मूल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्नेछ।

    यसअघि ९ माघमा राजधानीमा विरोधसभा गरिसकेको प्रचण्ड-माधव पक्षले आजको विरोध प्रदर्शन अहिलेसम्मकै ठूलो हुने दाबी गरेको छ ।

     
     
     

    तस्बिरहरू : विजय गजमेर/निशान्तसिंह गुरुङ्ग/रामकुमार डिसी

  • वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (फोटो फिचर)

    वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (फोटो फिचर)

    काठमाडौं । समाजिक न्यायका निम्ति युवा कविहरूले वसन्तपुर डबलीमा कविता सुनाएका छन् । बृहत् नागरिक आन्दोलनमा जोडिएका नयाँ पुस्ताका कविहरूले सत्ताको गलत प्रवृत्तिविरुद्धका कविता सुनाए । राजु स्याङतान, बिवश बाबु, निर्भीकजंग रायमाझी, अन्शु खनाल, स्मृति रानाभाट लगायत एक दर्जन भन्दा बढी कविले कविता सुनाएका हुन् ।

             

     

  • विरोधसभाको अघिल्लो दिन प्रचण्ड-माधव पक्षको मार्चपास

    विरोधसभाको अघिल्लो दिन प्रचण्ड-माधव पक्षको मार्चपास

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले बुधबार (भोलि) गर्न लागेको विरोधसभाको प्रचारप्रसारको लागि मार्चपास गरेको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड-माधव पक्षले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ । त्यसको तयारीस्वरूप युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पसमै आई सभामा परिणत भएको छ ।

    सभालाई प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सम्बोधन गरेका थिए।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • गंगामायाको जीवन रक्षाको माग गर्दै बालुवाटारअघि र्‍याली

    गंगामायाको जीवन रक्षाको माग गर्दै बालुवाटारअघि र्‍याली

    काठमाडौं । अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा र न्यायका लागि सरकारलाई दबाब दिन बालुवाटारमा  प्रदर्शन गरिएको छ । प्रदर्शनको नेतृत्व नेपाल मानवअधिकार संगठनले गरेको छ ।

    मंगलबार बिहान १० बजे नक्सालको नारायणचौरबाट शुरू भएको र्‍याली प्रधानमन्त्री निवास बालुवाटार गेको थियो ।

    नारायण चौरबाट शुरू भएको र्‍याली प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको छ।

    द्वन्द्वको समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै गंगामाया लामो समयदेखि वीर अस्पतालमै अनशन बसिरहेकी छन् ।

             
     
      
    
  • प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (फोटो फिचर)

    प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता योद्धा परिवारले प्रदर्शन गरेका छन्। शहीद, बेपत्ता योद्धा परिवार बागमती प्रदेशको आयोजना सोमबार काठमाडौंको बानेश्वरमा भएको सभामा उनीहरूले शहीदहरूको रगतले लेखिएको संविधानको रक्षार्थ प्रदर्शन गरिएको बताए।

    प्रदर्शनमा सहभागिहरूले ‘हाम्रो बलिदान हाम्रो शान, जनताको शक्ति छ महान’, ‘असंवैधानिक कदम खारेज गर, शहीद बेपत्तालाई सम्मान गर’, ‘शहीद बेपत्ता परिवार के भन्छ, बलिदानको मूल्य ले भन्छ, ‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

             
  • माइतीघरमा जुत्ता झुण्ड्याएर विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)

    माइतीघरमा जुत्ता झुण्ड्याएर विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । प्रतिनिधिसभा विघटन र संवैधानिक परिषदका निकायका पदाधिकारीको नियुक्ति असंवैधानिक भन्दै विवेकशील साझा पार्टीले सोमवार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

    माइतीघर मण्डलामा फरक शैलीमा विवेकशील साझाका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । उनीहरूले ‘विधि विधान नकुल्च’ भन्दै जुत्ता झुण्ड्याएर प्रदर्शन गरेका हुन् ।

  • प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

    प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव पक्षनिकट अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ ।

    दिउँसो २ बजे सिंहदरबार दक्षिण गेटनजिकै हनुमानस्थानमा भेला भएका विद्यार्थीहरू सिंहदरबारतर्फ बढेका छन् ।

    हनुमानस्थानबाट जुलुससहित विद्यार्थीहरू निस्केपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    आन्दोलनको कार्यक्रमअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर प्रधानमन्त्रीसमक्ष विरोधपत्र बुझाउने सो संगठनले तय गरेको थियो ।

     
     
     
     
    

     

  • हिउँ परेपछि खुलेको आकाश

    हिउँ परेपछि खुलेको आकाश

    काठमाडौं । गत वर्ष मंसिर पहिलो सातादेखि हिउँ पर्न थाल्ने हिमाली जिल्लाहरूमा यस वर्ष भने माघको १५ सम्म आइपुग्दा पनि हिउँ देखिएन । हिमालमा भएका हिउँहरु पनि पग्लेर कालापत्थरमात्रै देखिन थालेको थियो । हिमाली भेगमा लगाइएको अन्नबाली सप्रने एउटै आधार भनेको हिउँ हो ।

    हिउँ परेपछि आलु, गहुँ, फापर लगायतका अन्नबालीलाई राहत छ । तर, यसवर्ष माघसम्म वर्षा र हिउँ नभएपछि कृषकहरू चिन्तित देखिन थालेका थिए।

    जलवायु परिवर्तनको असरले गर्दा हिमालमा हिउँ नपरेको भन्दै वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । यसवर्ष ढिलै भएपनि किसानको मुहारमा चमक ल्यायो । बिहीबार रातिदेखि परेको हिउँले कृषक मात्र होइन हिउँ खेल्न रमाउनेहरू पनि खुशी भएका छन् । काठमाडौं उपत्यका नजिकैका अग्ला डाडाँहरू पनि हिउँले सेताम्य छ । आकाश पनि खुल्दा विभिन्न जिल्लाहरुको डाँडाकाडाँ यस्तो देखियो

    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु
    सिन्धुपाल्चोकको हेलम्बु

     

    हुम्लाको सिमकोट
    अन्नपूर्ण
    रसुवा
    हुम्लाको सिमकोट

    तस्बिर सौजन्य : निमा ज्याल्जेन शेर्पा  र रासस

  • ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग

    ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग

    काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको आमहड्तालको क्रममा ट्याक्सीमा गरिएको आगजनीको विरोधमा ट्याक्सी व्यवसायीले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् ।

    माइतीघरमण्डलमा आयोजित विरोधमा २०० भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्द र हड्तालको कारण आफूहरुको रोजीरोटी र ज्यान जोखिममा परेको समेत बताए ।

    राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा भएको विरोध सभामा ट्याक्सी व्यवसायीले बन्द हड्ताललाई सधैंका लागि बन्द गर्नुपर्ने माग समेत गरेका थिए ।

    दाहाल–नेपाल समूहले विहीबार गरेको आमहड्तालको क्रममा गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो । सरकारले भने आगजनी भएको ट्याक्सीलाई क्षतिपूर्ति दिने बताइसकेको छ ।

            
  • कांग्रेसद्वारा टुँडिखेल घेराउ, ७७ जिल्लामै आज सरकारविरोधी प्रदर्शन

    कांग्रेसद्वारा टुँडिखेल घेराउ, ७७ जिल्लामै आज सरकारविरोधी प्रदर्शन

    काठमाडौं । संसद विघटनलाई असंवैधानिक भन्दै सडकमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीको टुँडिखेल र ७७ वटै जिल्लामा शनिबार प्रदर्शन गर्दैछ ।

    कांग्रेस निकट विभिन्न १८ संघसंगठनले टुँडिखेलमा भेला भएर सरकार विरोधी प्रदर्शन गर्दैछन् । राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित टुँडिखेलमा भेला हुने क्रम जारी छ ।

    टुँडिखेल घेराउमा उनीहरुले सरकार विरोधी नारा लेखिएका प्लेकार्ड र कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । कांग्रेसले प्रदर्शनका क्रममा कोभिड प्रोटोकल पालना गर्न समेत आग्रह गरेको छ ।

    माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।

            
  • ओली समूहको जनसभा : भीडभित्रका अनुहार (फोटोफिचर)

    ओली समूहको जनसभा : भीडभित्रका अनुहार (फोटोफिचर)

    विभाजित नेकपाका दुई समूह शक्ति प्रदर्शनको प्रतिस्पर्धामा छन् ।आज पालो थियो, ओली समूहको जो अहिले सत्ताको नेतृत्वमा समेत छ । ओली समूहले नारायणहिटी अगाडि आयोजना गरेको जनसभालाई लिएर व्यापक जनचासो थियो ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रदर्शनलाई आफ्नो प्रतिष्ठाकै विषय बनाएका थिए । अर्कोतर्फ सत्तारुढ दलले पूर्वराजाको निवास नारायणहिटी राजदरबार अगाडिको सडकलाई कार्यक्रम स्थलका रुपमा रोजर अर्को कौतूहल सिर्जना गरिदिएकाे थियो ।

    मौसमले चुनौती देला जस्तो देखिए पनि कार्यक्रममा कुनै व्यवधान उत्पन्न भएन । भेलामा सहभागी हुन उपत्यकासहित विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं आएका थिए ।

    राजधानीका दर्जनौं स्थानबाट जुलुसहरु निस्किए । जुलुसमा सहभागीले विविध जात, धर्म र क्षेत्रको प्रतिनिधित्व गर्ने भेषभुषा लगाएका थिए । ओलीले आज के बोल्छन् भन्ने उत्सुकता धेरैमा देखिन्थ्यो ।
    जनसभामा नेताले गरेको भाषण र भीडका दृष्यहरु त तपाईंहरुले हेरिसक्नुभयो । यस संग्रहमा चाहिं हामीले सहभागीहरुमध्ये फरक जात, धर्म र क्षेत्रको प्रतिनिधित्व गर्ने अनुहार प्रस्तुत गरेका छौं ।

            
  • ओली पक्षको शक्ति प्रदर्शन, काठमाडौंका विभिन्‍न ठाउँबाट जुलुस

    ओली पक्षको शक्ति प्रदर्शन, काठमाडौंका विभिन्‍न ठाउँबाट जुलुस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा वृहत शक्ति प्रदर्शन गर्दैछ । वागमती प्रदेश कमिटीको आयोजना हुन लागेको जनसभा अगाडि काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु निस्कने क्रम जारी छ ।

    सबैतिरका जुलुसहरु नारायणहिटी संग्रहालय अगाडि पुगेपछि सभामा परिणत हुनेछ । सभालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापा बादलले सम्बोधन गर्दैछन् ।

    
    सभा र प्रदर्शनलाई व्यवस्थित गर्न महेश बस्नेतको नेतृत्वमा स्वयंसवेक टोली सबैतिर खटिएको छ । 
    
              
    
  • ओलीको आमसभा- ‘हाइटेक’ मन्च, दरबागमार्ग सफाई गरिँदै (तस्बिरहरु)

    ओलीको आमसभा- ‘हाइटेक’ मन्च, दरबागमार्ग सफाई गरिँदै (तस्बिरहरु)

    काठमाडौं । विभाजित नेकपाको ओली पक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा हुने आमसभा दरबारमार्गमा १२ बजेदेखि सुरु हुनेछ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जनाले सम्वोधन गर्ने आमसभाका लागि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको प्रवेशद्वारमा ‘हाइटेक’म मन्च तयार पारिएको छ ।

    नारायणहिटी संग्रहालयको गेटमा बनाइएको हाइटेक मन्चबाट दक्षिण महेन्द्र शालिक, पूर्व नागपोखरी र पश्चिम ठमेलतर्फसमेत मान्छे बसेर हेर्न मिल्ने गरी ‘टी’ आकारको बनाइएको छ ।

    प्रधानमन्त्रीलगायत मन्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ ।

    महेन्द्र शालिक छेउमा, जयनेपाल हलनजिकै, ठमेलनजिकै र यति समूहको भवनमा डिजिटल स्क्रिन राखिनेछ ।

                 
  • आम हड्ताललाई चुनौती दिँदै ओलीपक्षीय युवा विद्यार्थीको मार्चपास (तस्बिरहरू)

    आम हड्ताललाई चुनौती दिँदै ओलीपक्षीय युवा विद्यार्थीको मार्चपास (तस्बिरहरू)

    काठमाडौं । केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।

    शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् ।

    युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् ।

     

    मार्चपासअघि स्वयंसेवकलाई अभिमुखीकरण

    भोलि हुने जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण दिइएको छ । जनसभामा सहभागी हुने कार्यकर्ता र सर्वसाधारणको भीड व्यवस्थापन, रेखदेखलगायतका विषयमा नेता महेश बस्नेत, माधव ढुंगेललगायतका युवा तथा विद्यार्थी नेताले प्रशिक्षित गरेका थिए ।

          

     

     

  • आक्रामक आन्दोलनकारी, दिक्क सर्वसाधारण (फोटो फिचर)

    आक्रामक आन्दोलनकारी, दिक्क सर्वसाधारण (फोटो फिचर)

    काठमाडौं । सरकारविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गरेको नेपाल बन्द सफल पार्न काठमाडौंका सडकमा उत्रिएका आन्दोलनकारी निकै आक्रामक देखिन्थे । सर्वसाधारण भने निकै निरास र उदास मुद्रामा भेटिए ।

    काठमाडौंको सडकमा जे देखियो–

                
  • काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली

    काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली

    काठमाडौं । नेकपा ओली पक्षनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ ।

    शुक्रबार तय गरिएको जनसभाको तयारीका लागि मोटरसाइकल र्‍याली निकालिएको आयोजकले जनाएको छ । ललितपुरको बालकुमारी पुलबाट मध्यान्ह शुरू भएको मोटरसाइकल र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमल, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेको थियो ।

    वागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली पक्षले नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा जनसभाको तयारी गरेको छ ।

                
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
     
    

     

  • शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन

    शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन

    दुई शहीद गंगालाल र दशरथचन्दलाई सम्झँदै नागरिक समाजले सोमबार शोभाभगवतीमा प्रदर्शन गरेको छ । आजभन्दा ८० वर्षअघि दुई शहीदले राणाशासनविरुद्ध छातीमा गोली थापेर शोभाभगवतीमा सहादत प्राप्त गरेका थिए । त्यस क्षणको दृश्यलाई उतार्दै शिल्पी थिएटरका कलाकारले नाटक प्रदर्शन गरेका थिए ।
    सरकारको प्रतिगमनविरुद्ध खबरदारी गर्दै प्रदीप देवानले जनवादी गीत गाएका थिए । त्यसैगरी उर्मिला गम्वा थारुले थारु भाषाको कविता, अरुणदेव जोशीले डोटेली भाषाको कविता, दुर्गालाल श्रेष्ठले नेपाल भाषाको कविता वाचन गरेका थिए भने सुजन आङदेम्बेले लिम्बू भाषाकाे गीत गाएका थिए ।
    कार्यक्रममा नरेश ताम्राकार, गोविन्द छन्त्याल, कैलाश राई र हिमांशुले प्रतिगमनविरुद्ध बोलेका थिए ।

             
  • राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

    राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

    काठमाडौं । विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट धरासायी बनेको पर्यटन क्षेत्रको समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउँदै पर्यटन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

    पर्यटन क्षेत्रका व्यवसायीले काठमाडौं नक्सालस्थिति भाटभटेनी अगाडि प्रदर्शन गरेका छन् । लकडाउनका कारण व्यापार ठप्प भएको समयमा बैंकहरूले समेत केही सहुलियत नदिई उल्टै जरिवाना लिएकोमा उनीहरूको आपत्ति छ ।

    महामारीपीडित पेसा व्यवसायी संघर्ष समितिको आव्हानमा मंगलबार र बुधबार व्यवसायीहरूले धर्ना कार्यक्रम तय गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायमा राहत प्याकेजका लागि अनुरोध गर्दापनि बेवास्ता गरिएको व्यवसायीको गुनासो छ ।

           
  • सेनाका बख्तरबन्द गाडी काठमाडौंको सडकमा (फोटो फिचर)

    सेनाका बख्तरबन्द गाडी काठमाडौंको सडकमा (फोटो फिचर)

    नेपाली सेनाले सोमबार हतियारसहितका बख्तरबन्द गाडी सडकमा निकालेको छ । सेनाले राति १० बजेपछि चक्रपथ क्षेत्रमा गाडी कुदाएको हो।

    सेनाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ ।

    नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभले यसलाई नियमित अभ्यासका रुपमा हेरिदिन भनेका छन् । आम नागरिकमा नकारात्मक सन्देश जान सक्ने भएकाले सेनाले अभ्यास गर्नु पहिले नै सूचना प्रवाह गरेको थियो ।

           
  • म्यानमारको सेनाविरुद्ध काठमाडौंमा प्रदर्शन, ‘कु’ फिर्ता लिन चेतावनी

    म्यानमारको सेनाविरुद्ध काठमाडौंमा प्रदर्शन, ‘कु’ फिर्ता लिन चेतावनी

    काठमाडौं । म्यानमारमा भएको सैनिक ‘कु’को विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

    नागरिक आन्दोलनको नाममा माइतीघरमा गरिएको विरोध प्रदर्शनमा ‘कु’ फिर्ता लिन म्यानमारको सेनालाई चेतावनी दिइएको थियो ।

    नागरिक आन्दोलनमा लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक सञ्जिव उप्रेती, अर्चना थापा, उज्वल प्रसाई, युग पाठकलगायत सहभागी थिए । प्रदर्शनका सहभागीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

    प्लेकार्डमा ‘सैन्य कु मुर्दावाद’, ‘नागरिक सर्वोच्चता कायम गर’, ‘हामी म्यानमारका जनताको साथमा छौं’ जस्ता नारा लेखिएका थिए ।

     

             

     

  • प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (फोटो फिचर)

    प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (फोटो फिचर)

    काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहका विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समर्थित अनेरास्ववियूले गरेको प्रदर्शन रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

    दिउँसो साढे दुई बजे भएको प्रदर्शनमा करिब ३०–३५ जना विद्यार्थी सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध नारावाजी गरे । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गरे पनि विद्यार्थी पछि हट्न मानेनन् । उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरीले केहीबेर लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियूका एक कार्यकर्ता घाइते भएका छन् ।

    घाइते कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर तीनकुनेमा रहेकाे प्रहरी चौकीमा लगिएको थियो ।

              
  • धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (फोटो फिचर)

    धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । सिफलचौरस्थित शहीद धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थानमा नागरिक समाजले प्रदर्शन गरेको छ ।
    शहीद धर्मभक्तलाई सम्झँदै प्रतिगमनविरुद्ध नागरिक समाजले रचनात्मक कार्यक्रमार्फत् प्रदर्शन गरेको हो । कार्यक्रममा कविता, सांगीतिक प्रस्तुतिसहित नागरिक अगुवा केदारभक्त माथेमा, तुलनारायण शाह र नागरिक अभियन्ता रीता परिवार लगायतले बोलेका थिए ।
    धर्मभक्तलाई विसं १९९७ माघ १२ गते सिफलमा फाँसी दिइएको थियो ।
    नागरिक समाजले यसअघि गत शुक्रबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा टेकुस्थित खरिबोटमा नाटक प्रस्तुत समेत गरेको थियो ।

             
  • माइतीघरको सडकमा प्रचण्ड र माधव नेपालको पलेटी कसेर धर्ना

    माइतीघरको सडकमा प्रचण्ड र माधव नेपालको पलेटी कसेर धर्ना

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव पक्षले माइतीघर मण्डलामा ४ दिनदेखिको धर्ना आइतबार पनि जारी राखेको छ ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेता पलेटी कसेर सडकमा धर्ना बसेका छन् ।धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरू सहभागी छन् ।

    २८ गतेको काठमाडौंका वृहत शक्ति प्रदर्शनअघि प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी धर्नाको तय गरेको थियो ।सो पक्षले यसबीचमा प्रादेशिक जनसभाहरू समेत गरेको छ ।