राजनीति समाज, देश र पृथ्वीका लागि मात्र नभएर समग्र ब्रह्माण्डकै लागि महत्वको विषय हो । किनकि, यसले ब्रह्माण्डका धेरै पक्षको अगुवाइ गर्दछ । वर्तमान विश्वमा राम्रो मानिएको राजनीतिक व्यवस्था लोकतान्त्रिक व्यवस्था हो । परन्तु, नेपालजस्तो विकासोन्मुख देशमा लोकतन्त्रको खास अभ्यास अहिलेसम्म हुन सकेको छैन ।
यसको मुख्य कारण हो, बहुदलीय व्यवस्थाका पहिलो ब्याचका नेताले नै लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरिरहनु । एउटै र उही पात्र र प्रवृत्तिले दशकौंसम्म नेतृत्व गरिरहनुले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको छ । एउटै पात्र र प्रवृत्ति निरन्तर नेतृत्वमा रहनुमा धेरै कारण होलान् । तर, अदृश्य कारणचाहिँ फेरि पनि लोकतन्त्र नै हो । झट्ट सुन्दा यो अप्रिय सुनिएला तर सत्य यही हो ।
कसरी ? प्रचलनमा रहेको लोकतन्त्रको मर्म हो, बहुसंख्यकवाद । बहुसंख्यकवादमा जसको पक्षमा बहुमत हुन्छ, त्यही नेता हुन जान्छ । लोकतन्त्रको खराबी के हो भने जति नै अक्षम किन नहोस्, बहुमत पुर्याए सधैँ नेता भइरहने र जति नै सक्षम/हकदार किन नहोस्, अल्पमत भए नेतृत्वको अवसर नै नपाउने हुन्छ । यसबाट खराब उत्साहित र असल निरुत्साहित हुने स्थिति बन्दछ । यसको प्रभाव यतिमा मात्र सीमित छैन, यसको नकारात्मक असर नागरिक र देशको भविष्यमा परिरहेको हुन्छ ।
भलै, यो दाबी गरिब देशको हकमा मात्र सान्दर्भिक हुन सक्छ । विकसित देशमा लोकतान्त्रिक व्यवस्था नै ठीक होला । किनकि, त्यहाँ नागरिकको अवस्था र चेतना उठिसकेको छ । सामाजिक न्याय र अधिकारको न्यायोचित वितरण पनि प्रायः सुनिश्चित भइसकेको छ । नागरिक अभिमतको स्वतन्त्र प्रयोगमातर्फत सक्षम नेता चुन्न सक्छन् । तर, नेपाल देश आज पनि गरिब छ । नागरिक अभिमत निर्बाध प्रयोगको स्थिति अझै बनिसकेको छैन ।
कहाँ पुग्ने ? कति समयमा पुग्ने ? विकासको गन्तव्य निर्धारण र समयमा गन्तव्यमा पुग्ने कुराको ग्यारेन्टी त राजनीतिले गर्ने होला नि ! तर, यसको विपरीत राजनीति गन्तव्य र गतिविहीन हुँदा नागरिक र देशको अवस्थामा परिवर्तन आउन सकेन । कहाँ पुग्ने पनि थाहा छैन, कहिले पुग्ने पनि पत्तो नभएपछि त जे जे गरेपनि भयो नि ?
अर्कातर्फ, नेपालमा सामाजिक-सांस्कृतिक विविधता छ । कतिपय जातिको जनसंख्या हजार पनि कट्दैन । अतः बहुसंख्यकवादी व्यवस्थाले विशिष्ट सामाजिक अवस्थाको वैज्ञानिक सम्बोधन गर्न सक्दैन । त्यसकारण, नेपालजस्तो विकासोन्मुख देशमा फगत लोकतन्त्र होइन ‘वैज्ञानिक लोकतन्त्र’ आवश्यक हुन्छ ।
जतिवेलासम्म पारिवारिक एकात्मक शासन व्यवस्थ थियो, त्यसबाट नागरिकलाई मुक्त गर्न प्रजातन्त्र/लोकतन्त्रलको ठूलो योगदान रह्यो । तर, आजको वैज्ञानिक युगलाई फगत लोकतन्त्रले बोक्न सक्दैन । किनकि, वैज्ञानिक युगमा संख्याको होइन, गुणको महत्व बढी हुन्छ । मानौँ, कुनै समाजमा सय जना बस्छन् । एकाउन्न जना खराब र उन्चास जना असल छन् । एकाउन्न जना खराब मिलेसम्म यो व्यवस्थामा असल मान्छेले समाजको नेतृत्व कहिल्यै गर्ने अवस्था आउँदैन । यसले के देखाउँछ भने लोकतन्त्र देख्दा सुन्दर र सुन्दा प्रिय लागे तापनि वैज्ञानिक व्यवस्था भने होइन । यसलाई थप पुष्टि गर्न इतिहासको सहारा लिनुपर्ने हुन्छ ।
१५/१६ औँ शताब्दीसम्म सिङ्गो समाजको मत थियो- सूर्यले पृथ्वी परिक्रमा गर्छ । तर, सन् १५४३ मा खगोल बैज्ञानिक निकोलस कोपर्नीकसले आफ्नो पुस्तकमार्फत ‘हेलियोसेन्ट्रीजम मोडल’ अगाडि सार्दै ब्रमाण्डको केन्द्रमा सुर्य भएको तथ्य म्याथमेटिकल्ली पुष्टि गरे । त्यस समयमा सत्य कुरा बताएवापत वैज्ञानिकले मारिनु, काटिनु, कुटिनु वा नजरबन्दमा पर्नु स्वाभाविकजस्तो हुन्थ्यो ।
वर्तमान नेपाली राजनीतिको एन्टिथेसिस भनेको नकारात्मकताबाट सकारात्मकतामा, यथास्थितिवादबाट गतिशीलतामा, अवैज्ञानिकताबाट वैज्ञानिकता, परिणामविहीनबाट परिणामको सुनिश्चितामा रूपान्तरण गर्नु हो ।
यो परिघटनालाई लोकतान्त्रिक व्यवस्थाका कोणबाट हेरौँ त ! यदि, यी दुई विश्वासमाथि मतदान हुन्थ्यो भने कसले जित्थ्यो होला ? स्वाभाविक छ, सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ भन्ने पक्षले भारी बहुमत ल्याउने थियो । के यो ठीक हुन्थ्यो त, हुँदैनथ्यो नि ! सत्य त बहुमतको विपरीत थियो ।
त्यसकारण, गरिब र विविधतायुक्त देशको विकास र समृद्धिका लागि फगत लोकतन्त्र होइन, वैज्ञानिक लोकतन्त्र आवश्यक हुन्छ । देश विकासको कुरा गर्दा पहिले देश विकास गर्ने स्तरमा राजनीति विकास हुनुपर्दछ । तर, नेपालमा त्यस्तो राजनीति विकास नै भएन । के भयो भने राजनीति विकास भएको मान्ने ?
राजनीतिक विकास हुनु भनेको विचारको विकास, नयाँ सोच र प्रयोगको विकास, नयाँ पुस्ताको नेतृत्व विकास, वैज्ञानिक राजनीतिक संस्कारको विकास, वैज्ञानिक राजनीतिक प्रणालीको विकास आदि हुनु हो । यसलाई राजनीतिको भर्टिकल प्रोग्रेस (ठाडो विकास) पनि भन्न सकिन्छ । तर, यसको ठीक विपरीत नेपाली राजनीतिको होरिजेन्टल प्रोग्रेस (तेर्सो विकास) मात्र भयो । यो भनेको उच्चाइ होइन, गोलाइ मात्र बढेको स्थिति हो ।
हिजो राणा र राजासँग लड्दा नेताले उनीहरूलाई लगाएको आरोप आज नागरिकले नेतालाई लगाउने ठाउँमा पुगेको छ, नेपाली राजनीति । नेतालाई राजा भन्नुको कारण तिमी पनि राजाजस्तै आसेपासे र परिवारवादका प्रवद्र्धक भयौ भनेको हो नि ! भ्रष्टाचारमा लिप्त भयौ, दलालीमा फस्यौ, गुण्डागर्दी, तस्करी, कालोबजारी र विकृतिको संरक्षक भयौ । तामझाम र सलामी खाँदा होस् वा चाकरीका गीत सुन्दा, शक्तिशाली भएको आत्मरतिमा रमायौ । व्यक्तिवादको मलजल गर्यौं । नीति, प्रणाली र परिणाम बदलेर सामाजिक न्यायको प्रात्याभूति र देश विकास गर्न सकेनौ । यही त भनेको हो नि !
यसले के देखाउँछ भने राजनीतिमा व्यवस्था मात्र होइन नेता पनि उत्तिकै महत्वपूर्ण हो । नेता ठीक हुँदा व्यवस्था ठीकजस्तो देखिने र नेता बेठीक हुँदा व्यवस्था नै खराबजस्तो देखिने हुन्छ । भलै, जति नै खराब किन नदेखियोस्, लोकतन्त्रसँग राजा-महाराजाको खराब एकात्मक सामन्ती व्यवस्था तुलना भने हुनै सक्दैन । जति नै अपारदर्शी भए तापनि, जति नै भ्रष्ट र बेथितिको हिमायती रहे तापनि लोकतान्त्रिक व्यवस्थामा नेता नागरिकमा जानुपर्ने हुन्छ ।
नेताका गलत हर्कतका विरुद्ध अपिलको ठाउँ रहन्छ । राजा-महाराजाका सन्तानजस्तो जन्मँदै युवराज र युवराज्ञीको पद पाइँदैन । परन्तु, खराबका बदलामा कम खराब ठीक हो त ? पटक्कै होइन । २१ औँ शताब्दीमा जवाफदेही र उत्कृष्ट राजनीतिको आकांक्षा राख्नुपर्दछ । आजको युगमा खराब राजनीति भोग्न त के, सोच्न पनि सकिँदैन ।
परन्तु, सोच्न पनि नसक्ने राजनीति व्यहोर्न बाध्य छन् नागरिक । नेपालमा लोकतान्त्रिक गणतन्त्र आएसँगै न्याय, सुशासन र समृद्धिको तीव्र आकांक्षा अभिव्यक्त भएको थियो । किनकि, सामन्ती राजतन्त्रले यावत् कुरा दिन सकेको थिएन । उल्टै दमन गर्दथ्यो । तर, गणतन्त्र आएको पन्ध्र वर्ष भइसक्दा पनि विकासको मेलै नसर्नुले नागरिकमा निराशा पैदा भएको छ । के देश बन्नका लागि पन्ध्र वर्ष थोरै समय हो ? बिल्कुल होइन । पन्ध्र वर्षमा विकासमा गुणात्मक फड्को मारेका देश हाम्रै सामु खडा छन् । नेपालको उतरी छिमेकी चीन, एसियाकै कुरा गर्दा मलेसिया, दक्षिण कोरिया, हङकङ, सिंगापुर आदि देश करिब पन्ध्र-बीस वर्षमै सम्पन्न बनेका हुन् । उसोभए, पन्ध्र वर्षमा पनि नेपाल किन बनेन त ?
विकासोन्मुख देशको राजनीतिकको आफ्नै खालको संस्कार हुन्छ । संस्कार रुढिवाद, लोभ, कमजोर दृष्टिकोण र क्षमताबाट निर्मित हुन्छ । यो त्यस्तो संस्कार हो, जुन कुराले नेपाललाई विगतमा विकास हुन दिएन । गलत राजनीतिक संस्कारले देश बनाउने स्तरको पार्टी र राजनीति निर्माण हुनै दिएन । गलत राजनीतिले राम्रो र क्षमतालाई होइन हाम्रालाई संरक्षण गर्दछ । गतिशीलता र रूपान्तरणको होइन रुढी र यथास्थितिको सम्वर्धन गर्दछ ।
सुशासन र न्याय होइन, विकृति र विसंगतिलाई ओत दिन पुग्छ । यस्तो संस्कारमा गर्नेलाई रोक्ने र नगर्नेले ओगट्ने हुन्छ । गलत राजनीतिक संस्कारमा जिम्मेवारी र लाभको हकदार क्षमता होइन, सिनियारिटी बन्न पुग्छ । युवालाई निषेध र पाकाको हालिमुहाली यो संस्कारको मुख्य विशेषता हो । यो भनेको गाडी चालकले हेन्ड ब्रेक लगाएर एक्सिलेटर थिचेजस्तै हो । ह्वाह्वा आवाज आउँछ, धुवाको मुस्लो निस्किन्छ तर गाडी अगाडि बढ्न सक्दैन ।
गलत संस्कारको उपज नेपाली राजनीति खराब भनिएको कर्मचारीतन्त्रभन्दा पनि अझ खराब छ । कर्मचारीतन्त्रमा बरु क्षमता हुनेले परीक्षा दिएर माथिल्लो तहमा जान पाउँछ । तर, नेपालको राजनीतिमा क्षमतालाई कुनै स्पेश नै छैन । आफू नसक्ने र नगर्ने सक्ने र गर्नेलाई गर्न नदिने । योभन्दा विडम्वना अरू के हुन्छ ? परिवार र आसेपासेवादको मलजल गर्नु खराब राजनीतिक संस्कारको ध्येय हो । हामी होइन म र चर्को सुशासनको कुराभित्र चरम भ्रष्टाचार, यसको अभिष्ट हो ।
यतिसम्म कि परिवर्तनकारी राजनीति दलहरूसमेत रक्षात्मक अवस्थामा पुग्नुमा आफू नवासी उज्यालो नहुने भाले प्रवृत्ति, बाचुन्जेल आफू र आफ्नाले मात्र खाइरहनु पर्ने, त्यो पनि काम नगरी खानुपर्ने, पार्टीभित्रका सम्भावना र प्रतिभालाई निषेध गर्ने एवं नयाँ र क्रान्तिकारी पहलकदमी थोपो नलिदाको परिणाम हो ।
आन्दोलनका बखत नागरिक जगाउन कमर कसेर लाग्ने दलहरू सत्तामा पुगेपछि सिंहदरबारमा हराउने स्थिति बन्यो । जनस्तरमा निरन्तर ज्ञान निर्माणमा लाग्नुपर्ने राजनीतिक पार्टीहरू सिंहदरबारमा हराउँदा नागरिक पुरानै चेतनातिर फर्किन स्थिति बन्यो । बहुदल आएसँगै धार्मिक-सांस्कृतिक रूपान्तरणमार्फत नयाँ सभ्यता निर्माणमा लाग्नुपर्ने राजनीतिक पार्टीहरू त्यसको ठीक उल्टो भोटका लागि धार्मिक चाँडपर्व केन्द्रित राजनीतिक कार्यक्रम बनाउन अग्रसर भए ।
चाँडपर्वका आवसरमा पार्टीहरूले चियापान कार्यक्रम आयोजना गर्नु, पार्टीको व्यानरमा देउसीभैलो खेल्नु, दशैमा लाइन लगाएर नेताले टिका लगाइदिनु आदिबाट धर्मले राजनीतिक समर्थन प्राप्त गर्योयो । यस्ता क्रियाकलापबाट राजनीतिको धार्मिकीकरण मात्र भएन अन्धकारमा डुबेको समाजलाई झनै अन्धकारतर्फ धकेल्न सहयोगी बन्यो । जसको परिणाम, प्रतिक्रान्ति प्रकट हुने परिस्थिती निर्माण भयो ।
पानी सधैँ स्वच्छ, कल्कलाउँदो र पिउनलायक भइरहन निर्वाध बग्न दिनुपर्दछ । तर, यसको ठीक उल्टो नेपाली राजनीति आहालमा जमेको पानीजस्तो हुन पुग्यो । पार्टीभित्रका प्रतिभालाई प्रोत्सहान गरेको भए राजनीतिक सुगन्ध फैलिन्थ्यो । तर, गर्न खोज्ने र सक्नेलाई रोक्दा-छेक्दा पार्टीहरू सिस्डोल झै दुर्गन्धित हुन पुगे । पार्टीहरू गन्हाउने अवस्थामा पुग्नुको मुख्य जिम्मेवार त्यसको मूल नेतृत्व र नेतृत्व पंक्ति नै हो ।
नेपालको राजनीतिमा एकले अर्कालाई नेतृत्व नस्वीकार्नु, एकले अर्कालाई विश्वास नगर्नु र हुँदाहुँदा आफ्नै पार्टीका नेताकार्यकर्ताले आफ्नै पार्टीको नेतृत्वको बद्ख्वाई गर्ने ठाउँमा पुग्नु नै पार्टीहरू थलापरेको दर्विल्लो प्रमाण हो । आज एउटा समस्या आउँछ टालटुल गर्योयो, भोलि अर्को आउँछ, त्यसलाई पनि तुनतान गर्योयो । यसरी टाल्टुल र तुनतानबाट राम्रो पार्टी र समृद्ध देश कसरी बन्छ ?
मैले नेपालको राजनीतिमा यतिधेरै फोहोर जमेको होला भन्नेचाहिँ योभन्दा अगाडि दुइवटा पुस्तक लेख्दासम्म पनि भेउँ पाएको रहेनछु । जब म मूलधारको एक पार्टीको केन्द्रीय जिम्मेवारीसहित शीर्ष नेतासँग नजिक रहेर राजनीतिमा अग्रसर भए बल्ल थाहा भयो पार्टीहरू भित्रको विकृतिको ढङ्गुर । सबैभन्दा बढी रुढी, यथास्थितिवाद र अन्याय काही छ भने त्यो नेपालका राजनीतिक पार्टीहरूमा छ । त्यहाँभित्र हुने लुछ्छाचुँडि, आफ्नो रानीतिक इतिहासप्रतिको घमण्ड, आसेपासेको फुर्ती, लोभ र स्वार्थ ।
हैट ! परन्तु, तपाईं कार्यकर्ता अर्को पार्टीलाई गाली गरेर आफ्नो पार्टी र नेताको जयजयकार गाउनुहुन्छ । मानौँ, सबै विगारेको अर्काको पार्टी र नेताले हो । यो अज्ञानताको पराकाण्ठ हो । एकपटक आफ्नो पार्टीको भित्री कहानी बुझ्नोस् त, कति कहाली लाग्दो छ ? तपाईंले आफ्ना खराब नेताको पक्षमा गाएको गीत र फलिएको राजतन्त्र फर्काउन केही झुण्डले राजाका पक्षमा गाएको गीतको लय एउटै भएन र ! खराबी र यथास्थितिको पक्षमा उभिनु कदापी परिवर्तनकारी चेतना होइन, यो त राजावादी चेतना हो । तपाईं परिवर्तनकारी पार्टीका कार्यकर्ताले यति त बुझ्न परो होला नि !
देशलाई तीव्र गतिमा समृद्ध र आधुनिक बनाउन पहिले आधुनिक राजनीतिको प्रारम्भ हुनुपर्दछ । यसको सुरूवात हुन्छ, वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरणबाट । राजनीतिक रूपान्तरणका लागि अर्को पार्टी र नेतालाई होइन आफ्नै पार्टी र नेताका कमजोरी र खराबी विरुद्ध चर्को स्वरमा आवाज उठाउनुस् ।
किनकि, तपाईंलाई अर्काको पार्टी र नेताकोभन्दा आफ्नै पार्टी र नेताका कमजोरी र खराबी बढी थाहा छ । नेताको समर्थक बन्न खासै बुद्धिको जरुरत पर्दैन, महामुर्ख पनि समर्थक बन्न सक्छ । तर, आलोचनाका लागि चाहिँ जागरुकता र बुद्धिको आवश्यकता पर्दछ । त्यसकारण, तपाईं मुर्ख होइन, बुद्धिमान बन्दा उन्नत राजनीतिक संस्कार निर्माणमा योगदान पुग्छ ।
एक अध्ययनका अनुसार विगत १८ सय वर्षमा विश्वमा जति विकास भयो त्यसको डब्बल विकास पछिल्लो २ सय वर्षमा भयो र पछिल्लो दुई सय वर्षमा जति विकास भयो त्यसको डब्बल विकास पछिल्लो ५ वर्षमा भयो । विज्ञान-प्रविधिको तीव्र विकासले आज सय वर्षको एक युग होइन, दुई तीन वर्षको एक युग हुन पुगेको छ । भविष्यमा यो पनि छोटिएर वर्ष र महिनाको एक युग हुने दिन टाढा छैन ।
यसको अर्थ, हिजोको जस्तो एउटा पार्टी, एउटा नेता वा एउटा सरकार असफल हुँदा केवल एक पार्टी, एक नेता र एउटा सरकार मात्र असफल हुँदैन देश एक युग पछाडि धकेलिन्छ । यसको ठीक विपरीत एउटा पार्टी, एउटा नेता र एउटा सरकार सफल हुँदा देश एक युग अगाडि नै बन्छ । अतः समयको तीव्रता बुझ्न नसक्ने नेता-कार्यकर्ताले कसरी २१ औँ शताब्दीको राजनीतिक हाक्न सक्दछ ? समयको गति बुझ्न नसक्ने नेता-कार्यकर्तालाई विकसित र आधुनिक नागरिक चेतनाले कसरी नेता-कार्यकर्ता मान्न सक्छ ? यो कुरा बुझ्न विलम्ब गर्नु समय, नागरिक र देशकाप्रतिको भद्दा मजाक हो ।
विज्ञान र सूचना प्रविधिको विकासले भूमण्डलीकरणलाई मात्र बढवा दिएको छैन, विश्वका मान्छेलाई केवल एउटा ‘मोबाइल समाज‘मा रूपान्तरण गरिसकेको छ । विश्वमा अहिले एउटै मात्र समाज छ, त्यसको नाम हो, मोबाइल समाज । मोबाइल समाजका मान्छे बस्ने साझा घरको नाम हो ‘स्मार्ट फोन’ । मोबाइल समाजको पहुँचबाहिर अहिले सायदै केही होला !
परन्तु, विज्ञान तथा सूचना प्रविधिको विकास अनदेखा गरेर अगाडि बढ्न खोज्नु लज्जाको विषय हो । जबकि, आज मिनेटमिनेटका समाचार वासी हुने ठाउँमा मान्छे पुगिसेको छ । आजको युग भनेको गोरखापत्रको त हुँदैहोइन न त ब्रेकिङ न्युजको हो । यो त लाईभस्ट्रिमिङको युग हो । समय यतिमा अडिनेवाला छैन । मलाई लाग्छ, एआईको तीव्र विकासले अबको समय लाईभस्ट्रिमिङबाट पनि अगाडि बढेर भोलिपर्सि हुन सक्ने घटना आजै प्रक्षेपण गरी प्रसारण हुने छ ।
त्रिशूली नदीमा बालुवा निकाल्ने एक गरिब महिलाको निथ्रुक्क भिजेको कारुणिक जीवन देख्दा, सात वर्षका बालबालिका मान्छेका पेटीमा बसेर जीवन पाल्न सारङ्गीमा विरहको गीत गाएको सुन्दा, अरबको भिजा लागे बापत युवाले ऋण काढेको पैसाले साथीभाइलाई पार्टी दिएको थाहा पाउँदा, महाकालीमा तुइन चुटिएर नागरिक खोलामा बागेको सुन्दा, गरिबले उपचार नपाएर हस्पिटको छतबाट हामफालेर मृत्यु रोजेको देख्दा पक्कै तपाईंलाई पनि नराम्रो लाग्दो होला ! यो सबै तपाईंले गर्दा भएको भन्न खोजेको होइन, यी राजामहाराजाले नै उत्पादन गरेका समस्या हुन् । तर, यावत् समस्या आजसम्म ज्यूँका तिहुँ रहिरहनुमा तपाईं नेताले गर्न नसकेरचाहिँ पक्कै हो ।
तपाईंको चेतना र राजनीतिक संस्कारले आफूलाई सिनियर ठान्दछ । हो, तपाईं सिनियर नै हो तर तपाईं अगाडि जन्मिएकै भरमा अबका नागरिकले तपाईंलाई नेता मान्ने छैन । अबको नेताको मानक उमेर होइन क्षमता हुनेवाला छ । तपाईंको बुझाइले टाईपराइटरलाई दुनियाँको सबैभन्दा सिनियर कम्प्युटर ठान्दछ । तर, सत्य त्यो होइन । टाईपराइटर सबैभन्दा सिनियर होइन, पुरानोचाहिँ हो ।
आज जेनेरेशन टेनबाट पनि अगाडि बढेर कम्प्युटरको दुनियाँमा ‘क्वान्टम कम्प्युटर’ आम प्रयोगमा आउँदैछ । लाग्न त नोकिया र भोडाफोनलाई पनि आफू सिनियर हो भन्ने लाग्दो हो । तर, आज आइफोन आइसक्यो । तपाईंले एउटा तथ्य मनन् गर्नैपर्दछ, त्यो के भने सन् १९५५ को उत्कृष्ट कम्प्युटर आजको स्मार्ट फोनभन्दा १० लाख गुणा कमसल थियो ।
मोबाइल समाजको युगमा एउटा समान्य मान्छेले गरेको खराब कुराको प्रभाव त दुनियाँमा परिरहेको हुन्छ भने तपाईं त नेता हो । मोबाइल समाज निर्माण नहुँदासम्म तपाईं नेताको खराबीको मूल्य केवल देशले मात्र चुकाउदै आएको थियो । तर, मोबाइल समाज निर्माणसँगै तपाईंको व्यवहार र तौरतरिकाको प्रभाव विश्वमा पर्दछ ।
जसरी कुनै एक देशको एउटा हवाईजहाज कुनै अर्को देशको एक एयरपोर्टबाट तोकिएको समयमा उड्न वा अवतरण गर्न सकेनभने त्यसको प्रभाव विश्वभरीको हवाईक्षेत्र (एभिएशन प्रणाली) मा पर्दछ । ठीक त्यस्तै हो, नेताको प्रभाव पनि । त्यसकारण, तपाईंले समयको गति बुझ्न ढिलो गर्नु देशका लागि मात्र होइन विश्वकै लागि बिडम्वना हुन जान्छ ।
आफ्नो महान् इतिहास र प्राप्त उपलब्धिको रक्षाका लागि पनि तपाईंले आफ्नो पार्टीभित्रका युवालाई नेतृत्व हस्तान्तरण गर्नु बुद्धिमता हुन्छ । तपाईंलाई लाग्दो हो, मैले गरेमात्र थप उपलब्धि हासिल हुन सक्छ । तर, बिल्कुल गलत । अब तपाईंले जतिजति वल गर्नुहुन्छ, त्यतित्यति ठूलो भ्यावाङ पर्नेवाला छ ! किनकि, राजनीतिक बजारमा ब्राण्डेड युवा आएसँगै तपाईंको राजनीति स्टकमा गैसक्यो ।
देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउने तपाईं नेताको जन्म जसरी राणा, पञ्चायती र राजतन्त्रका कारण भयो ठीक त्यसै गरी रबी लामिछाने, हर्क साङपाङ र बालेन शाह जस्ता युवाको राजनीतिमा उदय तपाईंकै कारण भएको हो । रबी, हर्क र बालेनहरू उदाउनु कति ठीक बेठीक हेर्न बाँकी छ । तर, अग्रगामी कितामा उभिए भने नेपालको राजनीतिमा कम्तीमा एक कदम थप योगदानचाहिँ पकै हो ।
उनीहरू समयको प्रतिनिधि पात्र होलन नहोलान, यसबाट देशलाई फाइदा पनि होला वा नहोला ! तर, उनीहरूको उदय पुराना पार्टी र पुराना नेताका लागि एउटा दर्विलो चुनौती हो । तपाईंले नेतृत्व गर्नु भएको पुरानो पार्टी कमजोर हुँदा विसौ वर्षदेखि तपाईंको झोला बोकेका पार्टीका युवा नेताको राजनीतिक भविष्य के होला ? कहिल्यै बाँच्नु भएको छ ? छैन भने भर्खरै सोच्नुस् र अग्रगामी निर्णयमा तत्काल पुग्नोस् । यसले तपाईंको मात्र हित गर्दैन, तपाईंको पार्टीका युवा नेता, नागरिक, देश र समग्रमा समयलाई नै न्याय गर्दछ ।
देश विकास नभएकोमा, देश भ्रष्टाचारले थला परेकोमा, देशमा आज पनि मान्छेले विभेद खेप्नु परेकोमा, सरदर दैनिक चरजना नेपाली युवाको लाश अन्तर्राष्ट्रिय एयरपोर्टमा आएको देख्दा, गर्बमा ८ महिनाको बच्चा बोकेर त्रिशूली नदीमा बालुवा निकाल्ने एक गरिब महिलाको निथ्रुक्क भिजेको कारुणिक जीवन देख्दा, सात वर्षका बालबालिका मान्छेका पेटीमा बसेर जीवन पाल्न सारङ्गीमा विरहको गीत गाएको सुन्दा, अरबको भिजा लागे बापत युवाले ऋण काढेको पैसाले साथीभाइलाई पार्टी दिएको थाहा पाउँदा, महाकालीमा तुइन चुटिएर नागरिक खोलामा बागेको सुन्दा, गरिबले उपचार नपाएर हस्पिटको छतबाट हामफालेर मृत्यु रोजेको देख्दा पक्कै तपाईंलाई पनि नराम्रो लाग्दो होला ! यो सबै तपाईंले गर्दा भएको भन्न खोजेको होइन, यी राजामहाराजाले नै उत्पादन गरेका समस्या हुन् । तर, यावत् समस्या आजसम्म ज्यूँका तिहुँ रहिरहनुमा तपाईं नेताले गर्न नसकेरचाहिँ पक्कै हो ।
यतिमात्र कहाँ होर, तपाईंले चलाएको देश भ्रष्टाचारमा विश्वको ११० औँ देशमा पर्दछ । बौद्धिक सर्वेक्षणमा तपाईंको देशका नागरिक विश्वकै सबैभन्दा कमजोर छन् । सन् २०२२ मा मानव विकास सूचकाङ्कमा तपाईंले नेतृत्व गर्नुभएको देश नेपाल विश्वको १४३ औँ स्थानमा छ । के यो सबै देख्दा तपाईंलाई घोच्दैन-पोल्दैन ? तपाईंलाई लज्जाबोध हुँदैन ? तपाईंलाई ग्लानी हुँदैन ? यदि, हुन्छ भने तत्काल नेतृत्वबाट विश्राम लिनुस् । यसले नै तपाईंको इतिहास, परिवर्तन र देशको रक्षा हुन्छ ।
राजनीतिक विकास हुनु भनेको विचारको विकास, नयाँ सोच र प्रयोगको विकास, नयाँ पुस्ताको नेतृत्व विकास, वैज्ञानिक राजनीतिक संस्कारको विकास, वैज्ञानिक राजनीतिक प्रणालीको विकास आदि हुनु हो । यसलाई राजनीतिको भर्टिकल प्रोग्रेस (ठाडो विकास) पनि भन्न सकिन्छ । तर, यसको ठीक विपरीत नेपाली राजनीतिको होरिजेन्टल प्रोग्रेस (तेर्सो विकास) मात्र भयो । यो भनेको उच्चाइ होइन, गोलाइ मात्र बढेको स्थिति हो ।
अकारण कुनै पनि सकारात्मक वा नकारात्मक घटना/दुर्घटना हुँदैन । सकारात्मक घटनाका लागि सकारात्मक कारण र नकारात्मक घटनाका लागि नकारात्मक नै कारण अनिवार्य हुन्छ । यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने मान्छेले घटना हुनुभन्दा ठीक अगाडि देखेको, सुनेको वा अनुभूति गरेको कुरालाई मात्र घटनाको कारण मान्दछ । तर, सत्य त्यति मात्र होइन । त्यो त केवल घटनाका लागि जिम्मेवार अन्तिम कारण मात्र हो । उसोभए कुनै पनि घटनाको पहिलो र त्यसपछिका कारण के हुनत ?
हो, कुनै पनि घटनाका लागि शृंखलाबद्ध कारण जिम्मेवार हुन्छ । भलै, तपाईंलाई त्यो थाहा नहुन सक्छ । सफलता, असफलता, गरिबी, समृद्धि आदिइत्यादि कुनै पनि घटनाका पछाडि कारणहरूको पारिस्थितिक प्रणाली (इकोसिस्टम) पहिलेदेखि बनिरहेको हुन्छ । घटना आकस्मिक रूपमा घट्न सक्छ तर कारण आकस्मिक हुनै सक्दैन । जस्तो कि तपाईंले मान्छे ट्वाइलेटमा चिप्लिएर मरेको सुन्नु भएको होला । मान्छे ट्वाइलेट्मा चिप्लिएर मर्नुको अन्तिम कारण ट्वाइलेटको भुइँमा पानी हुनु, मार्वल र चप्पल चिप्लो हुनु र मान्छेको ध्यान नपुग्नु होला तर फ्याक्ट्रीमा चिप्लो मार्वल र चप्पल बनाउँदैदेखि ट्वाइलेटमा मान्छे लडेर मर्नुको कारण बनिसकेको हुन्छ ।
घटना/दुर्घटनाको कसीमा देश र राजनीतिलाई हालेर हेर्दा यो सत्य हो कि हामीले खराब राजनीति र गरिब देश बन्नका लागि आवश्यक पारिस्थितिक प्रणाली (इकोसिस्टम) जानेर वा नजानेर तयार गयौँ र आज खराब राजनीति भएको गरिब देशका मान्छे भएर बाँच्न विवश छौँ । तर, अब असल राजनीति र समृद्ध देशका लागि आवश्यक कारण (पारिस्थितिक प्रणाली) निर्माणमा अग्रसर हुनुपर्दछ ।
ठीक कारण तयार गरेपछि ठीक परिणाम आउने र गलत कारण तयार गरेपछि गलत नै परिणाम आउने कुरा पुर्वबाट घाम उदाएर पश्चिममा अस्ताउने जतिकै ध्रुवसत्य हो । जसरी एउटा कालजयी गीतका लागि शब्द, सङ्गीत, लय, सुर र तालको उत्कृष्ट संयोजन जरुरी हुन्छ, ठीक त्यस्तै हो, उत्कृष्ट राजनीति र देश विकासको कुरा पनि । परन्तु, आज नेपालको राजनीति र देश सुर, ताल र लयविहीन भएको छ ।
२१ औँ शताब्दीको ज्ञान र चेतनाको सापेक्षित पार्टी आजको अनिवार्य आवश्यकता हो । विज्ञान तथा सूचना प्रविधिसँगै अगाडि बढेको समयको तीव्रता बुझ्न सक्ने नीति-कार्यनीति, नीति कार्यनीति बोक्न सक्ने चलायमान सङ्गठन र यी दुवै कुरालाई ठीक ढङ्गले अगुवाइ गर्न सक्ने गतिशील नेतृत्वको सुनिश्चितता अबको राजनीति र पार्टीले माग गर्दछ । प्रति किलोमिटर पाँच-सात सयको गतिमा उड्ने जेट प्लेन वा रकेटको जस्तो इन्जिनियरिङ गरिएको राजनीति पार्टी आजको आवश्यकता हो ।
रकेट वा प्लेनको इन्जिनियरिङ यसरी गरिएको हुन्छ, मानवीय अनुभव मात्र होइन सम्भावित सबै परिस्थितिको आंकलन र त्यसको सम्बोधन प्रणालीले गर्दछ । जस्तो कि, प्लेन उच्चाइमा जाँदैगर्दा वातावरणीय र मेकानिकल समस्या कस्तो आउँछ र त्यसलाई कसरी हेन्डल गर्ने । उच्चाइसँगै घट्दो तापक्रममा जहाजमा प्रयोग भएका विभिन्न वस्तुलाई कसरी अनुकूल बनाउने । उडिरहेको प्लेनमा आकाशमै केही खराब परिस्थिति उत्पन्न भए कसरी सम्बोधन गर्ने । आपतकालीन अवतरण गर्नुपर्दा के-के गर्ने इत्यादि । एउटा जहाजमा यस्ता हजारौँ पाटा र पक्षको वैज्ञानिक ढङ्गले संयोजन गरेर निर्माण गरिन्छ ।
गरिब र विविधतायुक्त देशको विकास र समृद्धिका लागि फगत लोकतन्त्र होइन, वैज्ञानिक लोकतन्त्र आवश्यक हुन्छ । देश विकासको कुरा गर्दा पहिले देश विकास गर्ने स्तरमा राजनीति विकास हुनुपर्दछ । तर, नेपालमा त्यस्तो राजनीति विकास नै भएन । के भयो भने राजनीति विकास भएको मान्ने ?
हो, २१ औँ शताब्दीको पार्टी पनि आकाशमा उड्ने हवाईजहाज जस्तै गरी इन्जिनियरिङ गरिनुपर्दछ र त्यसको चालक नेता पाइलट भन्दा हजारौँ गुणा जिम्मेवार हुनुपर्दछ, नत्र विश्वासिलो र भरपर्दो पार्टी बन्न सक्दैन । पार्टी र नेता विश्वासिलो भएन भने ग्राउन्डेड (थन्क्याएको) जहाज र पाइलटको स्थितिमा पुग्छ । ‘सेफ्टी मेजर’ अन्तर्गत, सुरक्षित यात्राको सुनिश्चितताका लागि फ्लाइट हुनुभन्दा अगाडि पाइलटको स्वास्थ्य परीक्षण गरिन्छ ।
बीस-तीसदेखि अधिकतम तीन-चार सय मान्छे बोक्ने पाइलटलाई त हरेक कुरा ठीक भएपछि मात्र फ्लाइटका लागि अनुमति दिइँन्छ भने करौडौँ नागरिकको भविष्य बोकेर हिड्ने नेताका लागि कुनै मापदण्ड हुनु नपर्ने ? राजनीति, पार्टी र त्यसको नेतृत्व यति असंवेदनशील विषय हो र ?
कहाँ पुग्ने ? कति समयमा पुग्ने ? विकासको गन्तव्य निर्धारण र समयमा गन्तव्यमा पुग्ने कुराको ग्यारेन्टी त राजनीतिले गर्ने होला नि ! तर, यसको विपरीत राजनीति गन्तव्य र गतिविहीन हुँदा नागरिक र देशको अवस्थामा परिवर्तन आउन सकेन । कहाँ पुग्ने पनि थाहा छैन, कहिले पुग्ने पनि पत्तो नभएपछि त जे जे गरेपनि भयो नि ?
त्यसकारण, नयाँ र ताजा जीवनका लागि जसरी सर्पले काचुल्ली फेर्दछ, जसरी मेसिनरी वस्तुको निश्चित समयमा सर्भिसिङ गरिन्छ र पार्टपुर्जा फेरिन्छ, जसरी शुद्धताका लागि पानीको फिल्टर गरिन्छ, जसरी खाने कुरा केलाएर-सफा गरेर मात्र खाइन्छ, ठीक त्यस्तै हो, पुराना पार्टीलाई नयाँ र क्रान्तिकारी पार्टी बनाउने तरिका पनि ।
अतः वर्तमान नेपाली राजनीतिको एन्टिथेसिस भनेको नकारात्मकताबाट सकारात्मकतामा, यथास्थितिवादबाट गतिशीलतामा, अवैज्ञानिकताबाट वैज्ञानिकता, परिणामविहीनबाट परिणामको सुनिश्चितामा रूपान्तरण गर्नु हो ।
(विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ दोस्रो संस्करणबाट)