Category: मल्टिमिडिया

  • तिहार र निर्वाचनको रौनकबीच किसानलाई धान काट्ने चटारो (फोटो/भिडिओ)

    तिहार र निर्वाचनको रौनकबीच किसानलाई धान काट्ने चटारो (फोटो/भिडिओ)

    काठमाडौं । नेपालीहरुको ठूलो पर्व दसैं सकिएलगत्तै तिहारको रौनकले छोएको छ । त्यस्तै, देशमा आम निर्वाचनको सरगर्मी चौतर्फीरुपमा बढेको छ । देशभरका गाउँ शहरमा चुनावको बहस, चर्चा एवम् परिचर्चा हुन थालेको छ ।

    तर आफ्नो दुःख आफैंसँग भनेझैं किसानलाई भने वर्ष दिनलाई पुग्ने आफ्नो खाद्यन्न थन्क्याउने कार्यले व्यस्त बनाएको छ । देशका विभिन्न क्षेत्रमा पाकेको धानबाली काट्न थालिएको छ । यसैबीच ललितपुरमा पनि धान काट्न थालिएको छ ।

    किसानहरुले दसैं मनाएपछि धानबाली उठाउन थालेका हुन् । दसैंबीचमै भएको वर्षाले धानबारीमा पानी जमेर समस्या पारेको थियो । तर अहिले मौसम फेरिएसँगै किसानहरुले मौका छोपेका हुन् ।

  • देउडाको सुगन्धमा चक्र र अनिताले ल्याए– खेल मेरी दर्कादरी -(भिडियाे)

    देउडाको सुगन्धमा चक्र र अनिताले ल्याए– खेल मेरी दर्कादरी -(भिडियाे)

    काठमाडौं । ‘ओइ काजल…’ गीतबाट नाम कमाएका सुदुरपश्चिमेली गायक चक्र बमले दर्शक-स्रोतालाई अर्को मिठो सौगात दिएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा भाकामा गाएको गीत ‘खेल मेरी दर्कादरी’ भर्खरै युट्यूवमा रिलिज गरिएको छ ।

    यो गीतमा चक्र बमकै रचना र संगीत रहेको छ । भोकलमा चक्र र अनितालाई केही कोरस गायक–गायिकाले सहयोग गरेका छन् ।

    डोटेली भाषा नबुझ्ने पनि गीतको कर्णप्रिय संगीत र मिठासपूर्ण स्वरबाट मोहित बन्न सक्छन् । यद्यपि, दर्शक-स्रोताको सहजताका लागि युट्यूवमा गीतको पुरा लिरिक्स पनि राखिएको छ ।

    देउडा भाका रुचाउनेले यो गीत रिपिट गरिगरी सुन्नेछन् । गीतको भिडियोमा पनि चक्र र अनिता नै फिचर्ड छन् । भिडियोको निर्देशन शिव बिकेले गरेका छन् ।

    चक्र बमको आफ्नै युट्यूव च्यानलबाट अपलोड गरिएको यो गीतलाई २४ घन्टाभित्र ८० हजारभन्दा बढी भ्यूज प्राप्त भएको छ । गीतमा आएका प्रतिक्रिया अत्यधिक सकारात्मक रहेका छन् ।

  • इँटाको चाङमा थिचिएका जिन्दगीहरु (तस्बिर/भिडिओ)

    इँटाको चाङमा थिचिएका जिन्दगीहरु (तस्बिर/भिडिओ)

    भक्तपुर । काठमाडौं उपत्यकाका इँटाभट्टामा काम गर्नेहरुको जीवन जर्जर छ । बिहान झिसमिसेदेखि राति अबेरसम्म काम गर्दा पनि दैनिकी गुजार्न उनीहरुलाई हम्मेहम्मे पर्छ ।

    इँटा पोल्नका लागि माटो खन्नेदेखि ब्लक बनाउने, पोल्ने, झिक्ने, चाङ लगाउनेलगायत काम गर्नेहरुले श्रमको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका छन् ।

    यहाँ इँटाभट्टामा काम गर्न विभिन्न जिल्लासँगै भारतबाट समेत कामदार आउने गरेका छन् । भक्तपुरमा मात्रै सानाठूला गरी ६२ इँटाभट्टा सञ्चालनमा छन्। जहाँ ३० हजारभन्दा बढी कामदार छन् ।

     

  • जंगी अड्डाले गर्यो प्रधानसेनापति थापाको बिदाइ (तस्बिरहरू)

    जंगी अड्डाले गर्यो प्रधानसेनापति थापाको बिदाइ (तस्बिरहरू)

    काठमाडौं । यही भदौ २४ देखि अनिवार्य अवकाशमा जान लागेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको जंगी अड्डाले औपचारिक रूपमा बिदाइ गरेको छ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मालगायत सेनाको उच्च अधिकारीको उपस्थितिमा आइतबार नेपाली सेनाले प्रधानसेनापति थापाको बिदाइ गरेको हो ।

    प्रधानसेनापति थापाले ४२ वर्ष लामो सैनिक जीवनको दौरान सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न अतुलनीय योगदान पुर्याएको रक्षा सचिव पौड्यालले बताए । आगामी दिनमा रक्षा मन्त्रालय र नेपाली सेनाबिच साझा लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सहकार्य हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

    प्रधानसेनापति थापाको तीन वर्षे कार्यकालमा नेपाली सेनामा साङ्गठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा परिवर्तन आएको कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले बताए । २४ भदौदेखि नेपाली सेनाको नेतृत्व सम्हाल्ने शर्माले थापाले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको पनि उल्लेख गरे ।

    पद्धति र प्रणालीलाई आत्मसात् गर्ने आधारभूत चरित्र निर्माणले नेपाली सेना आधुनिक र व्यावसायिक सेनाको रूपमा कायम हुने प्रधानसेनापति थापाले विश्वास व्यक्त गरे । प्रधानसेनापति थापाले कायम मुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए ।

     

  • काबुल टु काठमाडौंः अफगानिस्तानबाट फर्केका मलिन अनुहारहरू

    काबुल टु काठमाडौंः अफगानिस्तानबाट फर्केका मलिन अनुहारहरू

    काठमाडौं । अफगानिस्तानमा तालिवानको कब्जापछि त्यहाँ कार्यरत नेपालीहरू फर्किने क्रम शुरू भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा काम गर्ने ११८ नेपाली आज अमेरिकी दूतावासकै पहलमा स्वदेश फर्किए ।
    त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा अधिकांश मलिन र त्रसित अनुहारमा देखिएका थिए । उनीहरूले आफूहरू सुरक्षित फर्केको र अरु नेपालीलाई पनि छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
    हेर्नुस् विमानस्थलका दृष्यः
  • एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

    एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

    ललितपुर । नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुरू हुँदैछ । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला शुरू भएको छ ।

    बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि गएका छन् । अध्यक्ष केपी शर्मा अ‍ोली पुगेपछि बैठक शुरू हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    एमाले बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित । शनिबारको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा रोकिएको थियो ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
     
    

     

  • स्मार्ट लकडाउनबारे तीनै सीडीओ छलफलमा, हाइटेक पुस्ता नै मान्दैन मास्क र दूरी (तस्वीरहरु)

    स्मार्ट लकडाउनबारे तीनै सीडीओ छलफलमा, हाइटेक पुस्ता नै मान्दैन मास्क र दूरी (तस्वीरहरु)

    काठमाडौं । भाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)लाई स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ । स्वास्थ्य क्षेत्र हेर्ने तालुक मन्त्रालयबाटै यस्तो सुझाव आएपछि प्रधानमन्त्री अध्यक्ष रहेको सीसीएमसीले संक्रमणको जोखिमको आधारमा मुलुकलाई वर्गीकृत गरेर स्मार्ट लकडाउन गर्नेबारे छलफल थालेको छ ।

    पछिल्लो साता काठमाडौं लगायत मुलुकको दैनिक संक्रमणदर २४ प्रतिशतभन्दा माथि छ । मृत्युदर र संक्रमण उकालो लागेको छ भने, सक्रिय संक्रमित संख्या पनि ४० हजारभन्दा माथि पुगेको छ ।

    काठमाडौं उपत्यकामा निषेधाज्ञामा खुकुलो बनाएसँगै बजार, कार्यालय र पसलमा चहलपहल बढेको छ । मानिसहरु मास्क र सामाजिक दूरी बिनै भीडभाड गरिरहेको देख्न सकिन्छ । मुख्य बजारमा मानिसहरुको भीड देखिएपनि प्रशासनले भने अनुगमन गर्न सकेको छैन ।

    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । संक्रमण दरमा वृद्धि भएपनि र स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव गरेपनि निषेधाज्ञा लागू गर्ने अधिकार पाएका प्रमुख जिल्ला अधिकारीहरु भने मास्क र सामाजिक दूरीको अनुगमनलाई कडा तुल्याउँदै साविककै आदेशलाई कायम राखी निषेधाज्ञा थप गर्ने तयारीमा छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले संक्रमण वृद्धि भएको परिस्थितीबारे समीक्षा गर्दै केही दिनको संक्रमण दर हेरेर अघि बढ्ने तयारीमा रहेको बताए । सीसीएमसीको शुक्रबारको बैठकमा काठमाडौं सीडीओ पराजुली पनि सहभागि थिए ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सीसीएमसीमा सिफारिस भएको स्मार्ट लकडाउनबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा पनि छलफल हुने बताए । ‘संक्रमण बढेको छ र उपत्यकाका हामी तीनैजना सीडीओको बैठक बसेर स्मार्ट लकडाउनको अवधारणाबारे छलफल चलाउँछौं’ निरौलाले नेपाल प्रेसलाई भने ।

    आगामी साता काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठक बस्ने तयारी छ । शनिबार काठमाडौं उपत्यकामा ७७५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । कतिपय जिल्लामा निषेधाज्ञामा कडाइ हुन थालेको छ ।

  • खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

    खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । थापाथलीस्थित पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा माधव नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् ।

    पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सबैलाई कार्यक्रममा निम्तो गरिएको बताएका थिए । तर, माधव नेपाल पक्षका नेताहरूले भने कार्यक्रम अघोषित बहिष्कार गरेका छन् । त्यसो त पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं अनुपस्थित बनेका छन् ।

    कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेललगायत नेताहरू सहभागी थिए ।

    हेर्नुस् खीर खाने कार्यक्रमका केही तस्बिर :

    तस्बिरहरू : सरोज बैजु ।

  • आज पनि यातायात व्यवसायीको प्रदर्शन, सरकारलाई चावी बुझाउने

    आज पनि यातायात व्यवसायीको प्रदर्शन, सरकारलाई चावी बुझाउने

    काठमाडौं । विभिन्न माग राखेर संघर्षरत यातायात व्यवसायीहरूले आज पनि प्रदर्शन गरेका छन् । उपत्यकाको माइतीघरमा प्रदर्शनसँगै उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाउने बताएका छन् ।

    सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखिएको छ ।

    ७ बुँदे मागमा यीबाहेक यातायातको भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि उनीहरूको छ ।

    आफूहरूको माग पूरा नगरे सार्वजनिक सवारी ठप्प पार्ने व्यवसायीले चेतावनीसमेत दिएका छन् ।

    
    
     

    तस्बिरहरू : सरोज बैजु

  • तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक

    तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको आधारमा एमालेले २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी छैन ।

    नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।

    यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

    दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमालेले जनाएको छ ।




    
    
    
    तस्बिरहरू : सरोज बैजु
  • तस्बिरमा पुन:स्थापित संसदको पहिलो बैठक

    तस्बिरमा पुन:स्थापित संसदको पहिलो बैठक

    काठमाडौं । दोस्रोपटक पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रयोजनका १५ मिनेटपछि दोस्रो बैठक शुरू भएको छ ।

    पहिलो बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने उपस्थित छैनन् ।

  • तस्बिरमा प्रतिनिधिसभा बैठकको चहलपहल

    तस्बिरमा प्रतिनिधिसभा बैठकको चहलपहल

    काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको बैठक केहीबेरमा शुरू हुँदैछ । सांसदहरू बैठकस्थल छिर्ने क्रम जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २७ मा संसद विघटन बदर गरेपछिको अदालतकै आदेशबमोजिम यो पहिलो बैठक हो ।

    आजको दोस्रो बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् ।

    आजको पहिलो बैठकमा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने, सदस्यहरुको सभामुखले मनोनयन गर्नेलगायतको कार्यसूची छ ।

  • घरमा थुप्रिएको लेदो डोजरले पन्छाउँदै मेलम्चीबासी (तस्बिरहरू)

    घरमा थुप्रिएको लेदो डोजरले पन्छाउँदै मेलम्चीबासी (तस्बिरहरू)

    सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले मेलम्ची बजार डुबानमा परेको थियो । स्थानीयको घरमा माटोको लेदो पसेर बस्नसमेत असहज थियो ।

    बाढी आएको महिना दिनपछि स्थानीयले डोजर र मेसिनको सहायताले घरभित्र थुप्रिएको माटो, बालुवा निकाल्न थालेका छन् ।

    मेलम्ची बजारका डेढ सयभन्दा बढी घरका वासिन्दाले सरोकार समिति नै बनाएर लेदोसहित पुरिएको घरलाई बस्नयोग्य बनाउन लागिपरेका छन् ।

    हेर्नुस् तस्बिरहरू :

           
        

     

    तस्बिर सौजन्य : मनोज खतिवडा

     

  • मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।

    काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।

    कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।

  • ६६ दिनपछि काठमाडौंमा सवारी चाप (तस्बिर/भिडियो)

    ६६ दिनपछि काठमाडौंमा सवारी चाप (तस्बिर/भिडियो)

    काठमाडौं । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो भएपछि ६६ दिनपछि सबै सवारीसाधन चलेका छन् । सवारी चापले जडिबुटी, कोटेश्वर, बानेश्वर, कलंकी, जमल क्षेत्रमा जाम बढेको छ ।

    केही नियम फेरबदल गर्दै असार मसान्तसम्मलाई थपिएको निषेधाज्ञा आजदेखि लागू भएको हो ।

    जोरबिजोर हटाएर निजी तथा सबै खालका सार्वजनिक सवारीसाधन खुलेसँगै सवारी चाप बढेको छ । अघिल्लो साता जोरबिजोर प्रणालीमा सवारीसाधन खुला गरिएको थियो । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक सवारी खुलाइएकोमा यातायात व्यवसायीले सबै सवारी खुला गर्न पाउनुपर्ने माग राखेका थिए ।

    कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजर व्यवस्था हुनुपर्ने र सवारीसाधनलाई अनिवार्य रूपमा दैनिक निसंक्रमित गर्नुपर्ने सर्त छ । तर, उपत्यकाबाट लामो दूरीमा सञ्चालन हुने सवारी संचालनमा भने अहिले अनुमति दिइएको छैन ।

    उपत्यकामा छिर्ने मुख्य नाकामा भने सुरक्षा जाँच बढाइएको छ । अतिआवश्यक कामले आउनुपर्ने भए सम्बन्धित जिल्लाको सीडीओको अनुमतिमा प्रवेश गर्न दिइने नियम भने कायमै छ ।

  • आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा (तस्बिरहरू)

    आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा (तस्बिरहरू)

    काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’को पहिलो मात्रा खोप लगाएकालाई मंगलबारदेखि दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको छ। कोभिड- १९ विरूद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत भेरोसेलको दोस्रो मात्रा खोप आज गतेदेखि २४ गतेसम्म लगाइँदैछ ।

    भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० वर्ष माथिका नागरिकहरुलाई मंगलबारदेखि बिहीबार सम्म दोस्रो मात्राको खोप लगाउन लागेको हो । गत जेठ २५ देखि देशैभरमा ६० वर्ष माथिका नागरिकहरुलाई भेरोसेलको पहिलो डोजको खोप लगाएको थिए ।

    भेरोसेल खोपको दोस्रो मात्रा बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी लगाईने निर्देशनालय स्वास्थ्य कार्यालयले जनाएको छ । चीनले १० लाख डोज खोप उपलब्ध गराएलगतै प्राथमिकताको आधारमा खोप वितरण गरेको हो ।

    खोप लगाउनको लागि काठमाडौं महानगरपालिकामा १३ वटा खोप केन्द्र तोकेको छ ।

  • सरकारविरुद्ध विपक्षी विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

    सरकारविरुद्ध विपक्षी विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा प्रदर्शनकारीले विद्यालय खोलेर सबै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्ने, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने दबाबसहितको प्लेकार्ड बोकेका थिए ।

    राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न सुझावसहित संविधान अतिक्रमणको विरोध गर्दै उनीहरूले संविधानको प्रति पनि प्रदर्शन गरे ।

    आन्दोलनरत विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं छन् । उनीहरूले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी संघर्ष घोषणा गरेका छन् ।

     

     

  • काठमाडौं महानगरले ‘कलाको हत्या’ गरेको भन्दै चित्रकारले गरे प्रदर्शन

    काठमाडौं महानगरले ‘कलाको हत्या’ गरेको भन्दै चित्रकारले गरे प्रदर्शन

    कोभिड १९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाको सम्मानमा कोरिएका चित्र काठमाडौं महानगरपालिकाले मेटाएको विरोधमा चित्रकारहरूले प्रदर्शन गरेका छन् । आज महानगरपालिका अगाडि उनीहरूले प्रदर्शन गरे । सम्बन्धित वडा कार्यालयसँग अनुमति लिएरै चित्र बनाएको भएपनि सो चित्र मेटाइदिएर फ्रन्टलाइनर र कलाको अवमुल्यन गरिएको भन्दै पुन: चित्र बनाउन दिन ज्ञापन पत्रसमेत बुझाइएको छ ।

    दुजाङ शेर्पाको परिकल्पनामा रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना संक्रमण, उपचार तथा रोकथामविरुद्धका फ्रन्टलाइनरको सम्मानमा चित्र कोरिएको थियो । प्रदर्शनकारीले ‘कलाको शहरमा कलाकै हत्या’ गरिएको भन्दै महानगरको कदमको टिप्पणीसहितका ब्यानर बोकेका थिए ।

  • आन्तरिक उडान खुलेपछि काठमाडौं एयरपोर्ट परिसरको चहलपहल

    आन्तरिक उडान खुलेपछि काठमाडौं एयरपोर्ट परिसरको चहलपहल

    काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ । वायुसेवा संचालक संघका अनुसार शुरूआतमा दैनिक ६४ उडान हुनेछन् ।

    आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट यात्रुलाई काठमाडौं हवाई मार्गबाट आवतजावतमा सहज भएको छ । यात्रुहरूका लागि फेसशिल्ड, मास्क र स्यानिटाइजरल एवं विमान संचालकहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य गरिएको छ ।

    उडान शुरू भएसँगै विमानस्थलमा पनि चहलपहल बढेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यात्रुका आफन्तलाई स्वागत वा बिदाईमा एयरपोर्ट परिसर नआइदिन विमानस्थल प्रशासनले अनुरोध गरेको छ । आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा देखिएको दृष्य कैद गरेका छौं ।

     
     
     
     
     
      
  • दुई महिनापछि काठमाडौंमा गुड्न थाले सार्वजनिक बस

    दुई महिनापछि काठमाडौंमा गुड्न थाले सार्वजनिक बस

    काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएको छ ।

    संक्रमण दर घट्न थालेपछि केही क्षेत्र खुल्ला गर्दै निषेधाज्ञा सहज बनाइएको छ । सो क्रममा दुई महिनापछि काठमाडौंका सडकमा सार्वजनिक बस चल्न थालेका छन् । आजदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा संचालन गरिएको छ ।

    हाललाई उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र खुल्ला गरिएको सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड भने पालन गर्नुपर्नेछ । गाडीको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरेर सिटमा बस्नुपर्ने लगायतका सर्तसहित सवारी संचालन शुरू गरिएको हो । तर, आज पहिलो दिन सडकमा फाट्टफुट्ट मात्र गाडी देखिएका छन् । लामो समय थन्काइएका गाडी सर्भिसिङ गरेर चलाउनुपर्ने तथा कोरोना त्रास कायमै रहेकोले पनि धेरै गाडी संचालनमा नआएको बताइएको छ ।

     
     
     
     
     
     
  • काठमाडौं भित्रिने सवारीको चाप, नौबिसेसम्म जाम

    काठमाडौं भित्रिने सवारीको चाप, नौबिसेसम्म जाम

    काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणको लागि लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै संघीय राजधानी काठमाडौं भित्रिने सवारीको चाप पनि बढेको छ ।

    काठमाडौं छिर्ने मुख्य नाका थानकोट, साँगा, बालाजु बाइपास, बल्खुलगायतको क्षेत्रमा सवारी चेकजाँच बढाइएको छ ।

    प्रशासनको अनुमति लिएर अत्यावश्यक कामका लागि आउनेहरूलाई मात्र काठमाडौं छिर्न दिइने नियमका कारण ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचमा कडाइ गरेको हो ।

    थानकोटमा सवारी जाँच बढेकाले नौबिसेसम्म जाम बढेको छ ।

     

     

  • सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिए पुनर्निर्माणमा खटिएका प्राविधिक (तस्बिरहरू)

    सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिए पुनर्निर्माणमा खटिएका प्राविधिक (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरू राजीनामा दिएर आन्दोलनमा उत्रिएका छन् ।

    भूकम्पपश्चात् विभिन्न जिल्लामा पुनर्निर्माणमा खटिएका उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्रधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् ।

    असार मसान्तदेखि करार अवधि सकिने ती प्राविधिकहरूले आगामी आर्थिक वर्षदेखि करार नवीकरण नगर्ने सरकारको तयारी रहेको र आफूहरूले विगतदेखि राखेका माग पूरा नगरिएको भन्दै आन्दोलन थालेका हुन् । दुर्गम भत्ता, सञ्चार, यातायातलगायतको भत्ता कटौती भएको उनीहरूको गुनासो छ ।

     
     
     
     
     
     
     
     
  • काठमाडौंमा ५४ दिनपछि देखिएको चहलपहल

    काठमाडौंमा ५४ दिनपछि देखिएको चहलपहल

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो बनाइएको छ ।

    स्थानीय प्रशासनले आर्थिक गतिविधि चलायमान बनाउन बार र समय तोकेर केही व्यवसायिक क्षेत्र खुल्ला गरेको छ । केही सहज गरेर असार १४ सम्म थप गरिएको निषेधाज्ञामा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

    डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, हार्डवेयर्स पसल, खेलकुद सामाग्री पसल, कपडा पसल, विद्युतीयलगायतका पसल खुल्ला गर्न पनि बार र समय तोकिएको छ ।

    निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सवारी चापले मुख्य सडकमा जाम समेत भएको छ ।

     
     
     
     
     
     
     
     
     
     
  • बुङ्‍मतीका व्यस्त किसान

    बुङ्‍मतीका व्यस्त किसान

    काठमाडौं । मनसुन भित्रिएसँगै खेतबारीमा किसानको व्यस्तता पनि बढेको छ ।

    मानो रोपेर मुरी उब्जाउने यो बेला कोरोना संक्रमणको जोखिमकै बीच बिहानदेखि साँझसम्म कृषकलाई चटारो छ । केहीदिन लगातार पानी परेपछि उपत्यका आसपासका क्षेत्रमा कृषकहरूको खटाइको दृष्यले मन्त्रमुग्ध बनाउँछ ।

    ललितपुर बुङ्‍मतीका किसानहरू झरीमा रुझ्दै बीउ गोड्ने, काढ्ने, हिलोआली र रोपाइँमा व्यस्त देखिएका छन् ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • झरीले रुझ्यो काठमाडौं

    झरीले रुझ्यो काठमाडौं

    काठमाडौं । शुक्रबारदेखि भित्रिएको मनसुनका कारण देशका विभिन्न ठाउँमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भन्दै साना तथा मझौला नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

    आज बिहानदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा झरी पर्‍यो । मनसुनसँगै मौसम फेरबदल भइरहँदा पानीले उपत्यकाको जनजीवन प्रभावित पार्‍यो ।

    आजदेखि केही खुकुलो बनाइएको निषेधाज्ञासँगै सडकमा चहलपहल बढेपनि वर्षात‍ले किनमेल, अत्यावश्यक कामका लागि हिँडेका सर्वसाधारणलाई असहज भयो ।

    काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका वागमती, हनुमन्ते, विष्णुमती, धोबीखोलामा पानीको बहाव बढेको छ ।

  • नेविसंघले जलायो ओलीको पुत्ला, प्रहरी हस्तक्षेपमा एक घाइते

    नेविसंघले जलायो ओलीको पुत्ला, प्रहरी हस्तक्षेपमा एक घाइते

    काठमाडौं । कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आज पनि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । त्यस क्रममा प्रहरीले हस्तक्षप गर्दा एक घाइते भएका छन् भने दुईजना पक्राउ परेका छन् ।

    प्रधानमन्त्रीले गरेको संसद विघठन, मन्त्रीपरिषद विस्तार लगायतको विरोध गर्दै नेविसंघले पुत्लादहन गरेको हो । सो प्रदर्शनमा करिब एक दर्जन कार्यकर्ता सहभागी थिए ।

            
  • बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अगुवाहरू पक्राउ

    बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अगुवाहरू पक्राउ

    काठमाडौं । वृहत नागरिक आन्दोलनमा सहभागी नागरिक अगुवाहरूले आज बालुवाटारमा प्रदर्शन गरेका छन् ।

    चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा उनीहरूले विरोध जनाएका हुन् । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै गरिएको प्रदर्शनमा सञ्जिव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत सहभागी थिए ।

    केहीलाई प्रहरीले पक्राउ गरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

    प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरू बोकिएको थियो ।

  • बानेश्वरमा यसरी राखियो आकाशे पुल

    बानेश्वरमा यसरी राखियो आकाशे पुल

    नयाँ बानेश्वर चोकमा आकाशेपुल जडान गरिएको छ । यो पुल एक स्थानबाट अर्को स्थानमा खोलेर लैजान सकिने ‘मुभेबल’ खालको छ ।

    भुइँमा बनाइएको फलामको ट्रष्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । पुल निर्माणको लागत ३ करोड १० लाख रहेको छ । मान्छे हिँड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटरमाथि रहेको छ ।

    चोकबाट पश्चिमतर्फ क्रेनको सहायताले पुल राखिएको छ । सवारी र मानिसको चापले सधैँ व्यस्त हुने बानेश्वर चोकमा आकाशे पुल राखिएसँगै पैदल यात्रुहरूलाई सडक पार गर्न सहज हुनेछ । यसले सवारी जाम कम हुन गर्न मद्दत पुग्ने विभागले जनाएको छ ।

  • आज ६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइँदै (तस्विरहरु)

    आज ६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइँदै (तस्विरहरु)

    काठमाडौं । आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने अभियान सुरु भएको छ ।

    काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा विहान १० बजेदेखि खोप लगाउन सुरु भएको छ । काठमाडौंमा विभिन्न वडाहरुमा खोप केन्द्र स्थापना गरिएको छ ।

    मंगलबार ६४ वर्ष उमेरका नागरिकलाई मात्र खोप लगाउने कार्यक्रम छ । खोप केन्द्रमा भीडभाड कम गर्न एउटा उमेरकालाई एकदिनमा मात्र लगाउने तालिका बनाइएको हो ।

    जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।

    यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

  • कांग्रेस र माओवादीका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

    कांग्रेस र माओवादीका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा छुट्टाछुट्टै ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । पेप्सीकोलामा नेविसंघले र मिनभवनमा क्रान्तिकारीले पुत्ला दहन गरेका हुन् ।

    नेविसंघले पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ गरेको थियो । बानेश्वरमा भने प्रहरीले कुनै हस्तक्षेप गरेन । आन्दोलनकारी विद्यार्थीले ओलीले हालै गरेको मन्त्रीमण्डल पुनर्गठन तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

  • ‘अनौपचारिक क्षेत्र’ मा काम गर्ने महिलालाई माइती नेपालको राहत (तस्बिरहरू)

    ‘अनौपचारिक क्षेत्र’ मा काम गर्ने महिलालाई माइती नेपालको राहत (तस्बिरहरू)

    काठमाडौं । निषेधाज्ञाका कारण समस्यामा परेका ‘अनौपचारिक क्षेत्र’ मा कार्यरत् राजधानीका महिलालाई माइती नेपालले खाद्यान्नलगायत दैनिक अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको छ ।

    यूएन पार्क क्षेत्रमा बिहीबार राहत वितरण गरिएको हो । कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाका कारण साँझ-बिहान खान समेत समस्या परेको गुनासो आएपछि राहत प्रदान गरिएको माइती नेपालले जनाएको छ ।

    हालसम्म माइती नेपालले राजधानीका ३५ सयभन्दा बढी त्यस्ता महिलालाई खाद्यान्न राहत वितरण गरेको छ ।

     

    
    
  • जोखिम बढाउने खाद्यान्न पसलको भीड (तस्बिरहरू)

    जोखिम बढाउने खाद्यान्न पसलको भीड (तस्बिरहरू)

    काठमाडौं । उपत्यकामा थपिएको सात दिनको निषेधाज्ञामा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरिएको छ ।

    काठमाडौं उपत्यकाका तीन सीडीओको संयुक्त बैठकले एक साताका लागि खाद्यान्न जोहो गर्न भनेर दिएको २ दिनको समय सीमाका कारण त्यस्ता पसलमा झन भीड बढेको छ ।

    आज बिहानैदेखि परिरहेको पानीको पर्वाह नगरी सेवाग्राहीहरू खाद्यान्न मौज्दातमा लागेका छन् । एक्कासी बढेको भीडभाडले कोरोना जोखिम झन् बढ्ने भन्दै टिप्पणी पनि भएका छन् ।

  • सुनसान बौद्धनाथ स्तुपा

    सुनसान बौद्धनाथ स्तुपा

    काठमाडौं । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्धजयन्ती आज देशभर मनाइँदैछ । बुद्धको जन्म , ज्ञान प्राप्ती र मृत्यु महापरिनिर्माण वैशाख शुक्ल पूर्णिमाको दिन भएको मानिन्छ ।

    नेपाललगायत विश्वभरी रहेका बौद्धमार्गीहरूले कोरोना संक्रमणको जोखिमका बीच बुद्धजयन्ती अनौपचारिक रूपमै मनाइरहेका छन् ।

    महामारी नियन्त्रणका लागि लागू निषेधाज्ञाका कारण स्वयम्भु, बौद्ध क्षेत्र आज सुनसान छन् । यसअघिका बुद्धजयन्तीहरूमा यी क्षेत्रमा बौद्धधर्मावलम्वी र पर्यटकहरू खचाखच हुन्थे ।

    काठमाडौंको बौद्धनाथ स्तुपामा आज रंगरोगन गरेर सिंगारिएको छ ।

    हेर्नुस् बुद्धजयन्तीमा स्तुपा क्षेत्रको तस्बिरहरू :

     
     
     
     
     
     
     
     
     
     

     

  • सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेता (तस्बिरहरू)

    सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेता (तस्बिरहरू)

    काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् ।

    रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।

    रिट निवेदनमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको छ भने अन्तरिम आदेशद्वारा निर्वाचन बदर र एमालेलगायत जसपाका सांसदलाई कारवाहीबाट जोगाउन समेत माग गरिएको छ ।

     

  • जसले ३२ बेवारिसे कुकुर घरमै पालिरहेका छन्

    जसले ३२ बेवारिसे कुकुर घरमै पालिरहेका छन्

    ललितपुर । २७ वर्षीया राइना व्यन्जनकार अक्सा नेपालको फाउण्डर हुन् । उनले ८ कक्षामा पढ्दा जर्मन सेफर्ड कुकुर घरमा ल्याएर पालिन् । उनले बुबालाई कुकुर पाल्छु भनेर आग्रह गरेकी थिइन् । उनलाई साथी चाहिएको थियो, खेल्ने र समय बिताउने । आग्रह गरेको एकवर्षपछि घरमा कुकुर ल्याइन् ।

    उनी कुकुरसँग खेल्थिन्, समय बिताउँथिन् । कुकुरको नाम थियो अक्सा । अक्सा सधैं गाडीको पहिलो सिटमा बस्थ्यो । ऊ भइन्जेल पहिलो सिटमा अरु कोही बस्दैन थिए । उसका रोजाइ पनि भेराइटिका हुन्थे ।

    त्यसबखत अक्सा मात्र नभई बाहिर देखिएका कुकुर देख्दा पनि उनालाई माया लाग्न थाल्यो ।

    घरमा भएको कुकुरलाई खुवाउने क्रममा उनी र उनका बा आमाले बाहिरका कुकुरलाई पनि खाना खुवाउन थाले । त्यसलाई निरन्तरता दिएका थिए ।

    पछि घरलाई सेल्टर बनाएर उनीहरूले बेवारिसे कुकुरलाई पनि पाल्न थाले । बेवारिसे कुकुरलाई उनीहरूले घरमा सेल्टर दिएर राख्न थाले । अहिले राइनाको घरका ३२ वटा कुकुर छन् । त्यसमा उमेर पुगेका र साना कुकुरहरू उनीहरूसँग छन् । त्यसमध्ये बाँकी बलिया कुकुरलाई भने बाटोमै राखेर खाना खुवाइरहेका छन् ।