Category: स्थानीय निर्वाचन–२०७९

  • बरहथवामा कल्पनालाई दोब्बर मतको अग्रता, मधेसी बाहुल्य नगरमा पहाडी महिलाको जित निश्चित

    बरहथवामा कल्पनालाई दोब्बर मतको अग्रता, मधेसी बाहुल्य नगरमा पहाडी महिलाको जित निश्चित

    सर्लाही । मधेसी जनघनत्व रहेको सर्लाहीको बरहथवा नगरपालिकामा यसपटक पहाडे महिला कल्पना कटुवालले जित सुनिश्चित गरेकी छन् । मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा कटुवालले १० हजार ४३६ मतका साथ अग्रता लिइरहेकी छन् ।

    दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ५ हजार ५४९ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै रामबाबुप्रसाद साह ८ हजार ८३५ मतसहित अग्रस्थानमा छन् ।

    दोस्रो स्थानमा कांग्रेसकी गंगा दाहालले ६ हजार २८४ मत पाएकी छन् । माओवादीकी सीतादेवी माझीले ५ हजार ३३९ मत प्राप्त गरेकी छन् । बरहथवामा कांग्रेसका बिुग चौधरी ५ हजार ४५६ मतसहित तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् भने जसपाका जयप्रकाश यादवले २९८८ मत पाएका छन् ।

    ५ वर्षअघिको निर्वाचनमा पनि कल्पना र देवानन्द महतोबीच नै मेयरका लागि प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा ७ हजार ३०८ मत पाएर माओवादीका महतो विजयी हुँदा एमालेकी कटुवालले ५ हजार ८०७ मतमात्र प्राप्त गरेकी थिइन् ।

    तर, यसपटक जनताले उनलाई पहिले पाएकोभन्दा दोब्बर बढी मत दिएका छन् । उनको विजय घोषणा हुनमात्र बाँकी रहेको छ ।

  • कन्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी, मेयरमा हेमराज र उपमेयरमा द्रोपदी

    कन्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी, मेयरमा हेमराज र उपमेयरमा द्रोपदी

    महेन्द्रनगर । कन्चनपुरको कृष्णपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

    मेयरमा नेपाली कांग्रेसका हेमराज ओझा १० हजार ४३४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत पाएका छन् ।

    उपमेयरमा पनि कांग्रेसकै द्रौपदी राना विजयी भएकी छन् । उनले ९ हजार ६७५ मत पाउँदा एमालेकी रमिता रानाले ७ हजार ३१६ मत पाएकी छन् ।

  • छिन्नमस्ताकाे अध्यक्षमा २५ वर्षीय चौधरी निर्वाचित

    छिन्नमस्ताकाे अध्यक्षमा २५ वर्षीय चौधरी निर्वाचित

    सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

    निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उहाँले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याए । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याए ।

    लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का राजुदेवी यादवले दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले एक हजार ५९५ मत ल्याइन्। एमालेकी ललितादेवी मेहताले एक हजार ५१३ मत ल्याउँदा लोसपाका उषाकुमारी मण्डल र जसपाका आशा साहले समान एक हजार ३८४ मत ल्याइन् ।

    मण्डल गत स्थानीय तह २०७४ को स्थानीय तहको निर्वाचनमा एक हजार ७१० मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएको थियो । कूल १७ हजार ७५७ मत रहेको छिन्नमस्तामा १३ हजार ७४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको गाउँपालिकामा एमाले र माओवादीले दुई–दुई, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमतले एक÷एक वडाध्यक्षमा जित हासिल गरेको छ ।

    वडा नं १ बाट ६८३ मत ल्याएर माओवादी केन्द्रका ललनप्रसाद यादव, २ बाट ३४० मत ल्याएर जनमतका सिकेन्द्रकुमार साह, ३ बाट ८९२ मत ल्याएर जसपाका विजयकुमार यादव, ४ बाट ३९९ मत ल्याएर एकीकृत समाजवादीका सूर्यनारायण यादव, ५ बाट ७२८ मत ल्याएर एमालेका जयप्रकाश ठाकुर, ६ बाट २९४ मत ल्याएर माओवादीका कपिलेश्वर साह, ७ बाट ७१४ मत ल्याएर एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।

    जिल्लामा हालसम्म घोषित १६ स्थानीय तहको परिणामअनुसार कांग्रेसले सर्वाधिक पाँच नगरप्रमुखमा जित हासिल गरेको छ । यसैगरी जसपाले तीन, एमाले, लोसपा र जनमत पार्टीले दुई–दुई, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । बाँकी जारी रहेको मतगणनामा रुपनी गाउँपालिकामा लोसपा र डाक्नेश्वरी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । रुपनीमा जसपा र डाक्नेश्वरीमा कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।
    –––

  • कोर एरियामा त्रिपक्षीय भिडन्त, थोरै मतान्तरले बालेन तेस्रो

    कोर एरियामा त्रिपक्षीय भिडन्त, थोरै मतान्तरले बालेन तेस्रो

    काठमाडौं । कांग्रेस र एमालेका उम्मेदवारले आशा राखेको काठमाडौंका महानगरका कोर एरियाले पनि उनीहरूलाई उकास्न कठिन देखिएको छ । कोर एरियाभित्र पर्ने वडाहरूमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन पछाडि परेका छन्, तर थोरै मतान्तरले ।

    अहिले कोर एरियाअन्तर्गत पर्ने वडाहरू ११, १२, २३, २४, २५, २६ र २७ को मतगणना जारी रहेको छ । यी वडामा कुल मिलाएर १९ हजार २०१ भोट गणना भएका छन् । त्यसमध्ये सबैभन्दा बढी एमाले उम्मेदवार केशव स्थापितको पक्षमा आएको छ । उनले ४ हजार ४ सय २५ भोट ल्याउँदा कांग्रेसकी सिर्जना सिंह पनि ४४१२ भोट ल्याएकी छन् । समग्र मतगणनामा भने सिर्जनाले स्थापितलाई उछिनिसकेकी छन् ।

    स्वतन्त्र उम्मेदवार बालेन साहले कोर एरियाबाट अहिलेसम्म ४१५१ भोट ल्याउँदै तेस्रो स्थानमा छन् । तर, बाहिरी क्षेत्रहरुबाटै विशाल अग्रता लिइसकेकाले कोर एरियामा अलिकति पछाडि पर्दा उनलाई धेरै असर नगर्ने देखिएको छ ।

    कोर एरियामा मतगणना जारी रहेका ८ वडाहरूमध्ये चारवटामा स्थापितले लिड गरिरहेका छन् । दुईवटामा सिर्जना र एउटामा बालेनको अग्रता छ ।

    समग्र मतगणनामा भने बालेन अरु उम्मेदवारभन्दा निकै अगाडि छन् । उनको अहिलेसम्म ३८ हजारभन्दा बढी भोट आउँदा स्थापित र सिर्जनाको २१ हजार हाराहारीमा छ ।

  • बाराको महागढीमाई नगरपालिकामा पुनः कांग्रेस विजयी, यादव बने मेयर

    बाराको महागढीमाई नगरपालिकामा पुनः कांग्रेस विजयी, यादव बने मेयर

    बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनः नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु पुनः विजयी भएका हुन् ।

    यादवले १ हजार २ सय ९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७, ३७६ मत ल्याएका छन् ।

    उपमेयरमा पुनः दोहोरिएकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७,०१० मत पाइन् । कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

  • गोपाल हमाललाई बधाई दिँदै रवीन्द्र मिश्रले लेखे – धनगढी देशकै लागि नमूना बनोस्

    गोपाल हमाललाई बधाई दिँदै रवीन्द्र मिश्रले लेखे – धनगढी देशकै लागि नमूना बनोस्

    कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका गोपाल हमाललाई रवीन्द्र मिश्रले पाँच वर्षको सहयात्रा सम्झिएका छन् ।

    उनले समाजिक संजाल फेसबुकमा हमाललाई बधाई दिँदै धनगढी देशकै लागि नमूना बनोस् भन्ने कामना गरेका छन् । विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक रहेका हमालले उक्त पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    पुरानो दिन सम्झदै मिश्र लेख्छन्- झण्डै ५ वर्ष सहयात्रा गर्यौं। तपाईंकै नेतृत्वमा सुदूरपश्चिमका सबै जिल्लामा भ्रष्टाचारविरोधी यात्रा गर्यौं। पार्टीहरूप्रतिको वितृष्णाले स्वतन्त्र उठ्न चाहनुभयो। शानदार जित हासिल गर्नुभयो। तपाईंलाई बधाई अनि सफल कार्यकालको शुभकामना ।

  • यसकारण धनगढीमा गठबन्धनलाई हराउन सफल भए स्वतन्त्र ‘गोपी दाइ’

    यसकारण धनगढीमा गठबन्धनलाई हराउन सफल भए स्वतन्त्र ‘गोपी दाइ’

    कैलाली । ‘दलीय व्यवस्थामा तपाईँ निर्वाचित भए पनि अल्पमतमा पर्न सक्नु हुन्छ ! कसरी काम गर्नहुन्छ ?’ मौन अवधि सुरु हुनुभन्दा अघिल्लो दिन धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले गोपाल हमाललाई प्रश्न गरेका थिए ।

    ‘विकास सबैलाई चाहिन्छ । विकासको विषयमा कसैले पनि विरोध गर्नु हुने छैन । मलाई झन् आफ्ना कार्यकर्ता पाल्नु छैन’, उनले भनेका थिए, ‘त्यसैले प्राथमिकताको आधारमा विकास गर्छु । त्यसो गर्दा कसैले विरोध गर्ने आँट गर्नहुन्न जस्तो लाग्छ ।’

    पत्रकार सम्मेलनमा उनको ‘कन्फिडेन्सले’ धेरैले हमालको तयारी आन्तरिकरूपमा निकै बलियो रहेको बुझे । तर, निर्वाचन जित्न उनलाई सहज भने थिएन ।

    २०७४ सालमा कांग्रेसबाट निर्वाचित नृपबहादुर वडले १४ हजार ३२४ मत पाएका थिए । त्यो बेला दोस्रो भएका माओवादी केन्द्रका उम्मेदवारले १० हजार २०९ मत ल्याएका थिए । यसपटक कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्दा २४ हजारभन्दा बढी गठबन्धनलाई जाने आँकलन गरिएको थियो ।

    गठबन्धनका तर्फबाट मेयरमा अघिल्लोपटक विजयी भएका वड र उपमेयरमा अघिल्लोपटक माओवादी केन्द्रबाट उपप्रमुखमा पराजित भएकी शान्ति अधिकारी उम्मेदवार बनेका थिए ।

    एमालेबाट भने रणबहादुर चन्द र कन्दकला राना उम्मेदवार थिए । सुरुबाटै प्रमुखमा अग्रता बनाएर हमाल मत गणना भरि कुनै पनि बेलामा पछि परेनन् ।

    गठबन्धनकै गढमा पनि वडाध्यक्षमा कांग्रेस र माओवादीलाई मत गएर प्रमुखमा हमाललाई मत गइरहेको थियो ।

    १, २, ३, ४, १५, १७ र १९ नम्बर वडा कांग्रेसको गढ र १६, १८ र १९ नेकपा एमालेको गढ मानिन्छ । तर यी वडाहरूमा मेयरका उम्मेदवार वड र चन्दले आशा गरेअनुसार मत पाउन सकेनन् ।

    ‘धनगढीका नागरिकले मलाई विश्वास गर्नुहुनेछ, म फराकिलो मतान्तरले विजयी हुनेछु’ हमालले चुनाव प्रचारप्रसारमा भन्दै आइरहेका थिए । हमालले सुरुबाटै भनेको जस्तै मत परिणाम आयो ।

    हमालले २६ हजार ८६५ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत पाए । एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् ।
    अघिल्लोपटक आफूलाई झिनो मतले हराएको उम्मेदवारलाई हमालले यसपटक फराकिलो मतान्तरले हराए ।

    यी हुन्, हमालले बाजी मार्नुको कारण

    गोपाल हमाल अर्थात् ‘गोपी दाइ’ । धनगढीमा धेरैले गोपाल हमाललाई ‘गोपी दाइ’को नामबाट सम्बोधन गर्ने गरेका छन् । उनको लोकप्रियता, सामाजिक गतिविधिमा देखाउने सक्रियता, सुन्दर सुदूरपश्चिमको परिकल्पना, कैलाली उद्योग वाणिज्य संघमा पुर्याएको भूमिकालगायतका कामले गोपाल हमाल दोस्रो इनिङमा मेयर बन्न सफल भएका हुन् ।

    केही समयअघि उनले सुरु गरेको निःशुल्क शव वाहनले उनलाई अझै गाउँ गाउँसम्म परिचित गरायो । दुखमा पनि उनको साथ पाएकाहरू उनीसँगै उभिए ।

    कपडा बैंक खोलेर धेरै हुनेहरूले दिने र नभएकाहरुले लिने व्यवस्था मिलाएर त्यसले पनि उनलाई अहिले निर्वाचनमा सहज भयो । उनी निर्वाचनकै लागि त्यसको नगरेको बताउँछन् । तर, हमालको ती कामहरूले जनतामाझ लोकप्रिय बन्न सहज गरेको छ ।

    अघिल्लोपटक एक्लै निर्वाचनमा होमिएका हमाल यसपटक केही वडाहरूमा पनि स्वतन्त्र उम्मेदवार उठाउन सफल भए । त्यसले पनि उनको मत बढेको अनुमान गर्न सकिन्छ । धनगढीमा मात्रै सयौंलाई रोजगारी दिएका हमाललाई यसपटक जनताले विश्वास गर्नुपर्नेमा सबैभन्दा ठूलो कुरा उनले विगतमा गरेको असल काम नै हो भन्छन्, अधिकांश ।

    गठबन्धन हुँदा पनि नेपाली कांग्रेसबाट नृप वड नै प्रमुखका उम्मेदवार बन्नु, धनगढीमा कांग्रेस भित्र पकड राख्न सक्ने नेता पुस्कर नाथ ओझाको कारबाही फुकुवा नहुनु र कृष्णबहादुर महरा पनि निर्वाचनकै मुखमा चिढिनुले हमाललाई अझै बल पुर्याएको थियो ।

    अघिल्लो पटकको निर्वाचनमा करिब २ हजार ७ सय मतले पराजित भएपछि उनी विवेकशील साझा पार्टीतर्फ लागेका थिए । उनी विवेकशील साझाको सुदूरपश्चिम प्रदेश संयोजक पनि भए । तर, कुनै दलमा रहेरभन्दा स्वतन्त्र भएर निर्वाचनमा होमिन सुझाव दिएको भन्दै उनले विवेकशील साझा छोडेका थिए ।

    धनगढीको मेयरमा निर्वाचित भएमा राज्यबाट पाइने सेवा सुविधासमेत नलिने उनले घोषणा गरिसकेका छन् । ‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि लिन्नँ, धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दिनँ । मेयरले पाउने कुनै लाभ लिदिनँ । निःस्वार्थरूपमा काम गर्छु,’ हमालले सार्वजनिकरूपमै भन्दै आइरहेका थिए ।

    आफू निर्वाचित भए कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हमालले भ्रष्टाचार नगर्ने भन्दै बेहेडावावा मन्दिरमा पुगेर कसमसमेत खाएका थिए । भ्रष्टाचारले आक्रान्त भएका नागरिकहरूका लागि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमै पुगेर कसम खाएपछि मतदातालाई थप प्रभाव प¥यो ।

    भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गरेर प्रणालीको विकास गर्ने, डुबानको समस्या समाधान गर्ने र धनगढीलाई व्यवस्थित सहरको रूपमा विकास गर्ने उनले प्राथमिकता दिने बताएका थिए ।

    हमालले भनेका थिए, ‘अहिले धनगढीमा सार्वजनिक शौचालय छैन, पार्किङ क्षेत्रको अभाव छ, पर्यावरण हराभरा छैन, फोहर मैला व्यवस्थापन राम्रोसँग भएको छैन । सडकहरू व्यवस्थित छैन । हामी सबै क्षेत्रमा काम गर्न चाहन्छौँ ।’

    वड पराजित हुनुका कारण

    गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस सभापति शेरबहादुर देउवा र उनकीपत्नी आरजु राणा देउवाले भने ठूलै भूमिका खेल्नु परेको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा कांग्रेसभित्रको किचलो मिलाउन एक रात धनगढीमै बसेका थिए भने आरजु चुनाव प्रचार प्रसारको लागि गाउँ गाउँ पुगिरहेकी थिइन् ।

    आरजु राणा देउवाले कैलाली गाउँपालिका गएर निर्वाचन जिते ५–६ जनालाई मलेसिया पठाइदिन्छु भनेपछि माहौल झन् बिग्रिएको थियो ।
    आरजुको निर्वाचन क्षेत्र यहीं हो । आफू बलियो बन्नका लागि नेपाली कांग्रेस जिल्ला अधिवेशनमा उनको भूमिकाले पनि कांग्रेस भित्र किचलो ल्याएको थियो । कांग्रेस उपसभापति प्रकाश बमलाई हराउन उनले भूमिका खेलेको भन्दै अहिले कांग्रेस चित्रै चर्चा भइरहेको छ । यही कारणले गर्दा पनि अहिले गठबन्धनका उम्मेदवारलाई धक्का पुगेको हो ।

    सँगै, अघिल्लोपटक निर्वाचित भएर पनि लोकप्रिय काम गर्न नसकेको आरोप वडमाथि लाग्दै आइरहेको थियो । उनले पहिलो निर्णय नै कार्यान्वयन गर्न सकेनन् । धनगढीको खोलानाला अतिक्रमित क्षेत्र हटाउने निर्णय गरेका वडले पाँच वर्षसम्म त्यो काम गर्न सकेनन् ।

  • सुनसरी बराहक्षेत्रको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    सुनसरी बराहक्षेत्रको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।

    उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।

    उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।

  • बाराको महागढीमाई नगरपालिकामा कांग्रेसका यादव विजयी

    बाराको महागढीमाई नगरपालिकामा कांग्रेसका यादव विजयी

    बारा । बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् ।

    यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवले ७ हजार ३ सय ७६ मत ल्याए ।

    उपमेयरमा निर्वाचित कानुले ७ हजार ९ सय ९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पुष्पान्जली देवीले ७ हजार १० मत ल्याएकी छन् ।

  • धनगढीको मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले

    धनगढीको मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले

    कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।

    प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाएका छन् ।

    उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

    मतगणना सकिएको छ । आधिकारिक घोषणा केही समयपछि गरिने बताइएको छ ।

  • इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

    इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

    काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएका छन् ।

    मेयरमा एमालेका यामकुमार सुब्बालाई पराजित गर्दै गठबन्धनबाट उम्मेदवार बनेका पौडेल निर्वाचित भएका हुन् । पौडेलले ३३०४९ मत पाए भने सुब्बाले २८०३१ मत पाए ।

    उपमेयरमा विजयी चौधरीले ३२४३६ मत ल्याइन् भने नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८०३१ मत पाए ।

  • काठमाडौं अपडेट: बालेन ३८ हजार, स्थापित र सिंह २१-२१ हजार

    काठमाडौं अपडेट: बालेन ३८ हजार, स्थापित र सिंह २१-२१ हजार

    काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ । पछिल्लो परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३८, ३३३ मत पाएका छन् ।

    नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ ।

    पछिल्लो समय सिंहले स्थापितलाई उछिनेकी छन् । साह सुरुदेखि नै अगाडि छन् ।

    काठमाडौंमा अहिलेसम्म १३ वडाको मतगणना सकिएको छ ।

  • करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक- वडाध्यक्षदेखि प्रमुखसम्म कसले कति जिते ? (सूचीसहित)

    करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक- वडाध्यक्षदेखि प्रमुखसम्म कसले कति जिते ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना विवरण आउने क्रम जारी छ । शनिबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    ५ महानगरपालिकासहित केही पालिकाको परिणाम आउन बाँकी छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि कांग्रेसकै अग्रता कायम छ ।

    हेर्नुस् सूची :
    प्रमुख/अध्यक्ष
    नेपाली कांग्रेस ३०७
    नेकपा (एमाले) १८८
    नेकपा (माओवादी केन्द्र) १२०
    जनता समाजवादी पार्टी १९
    नेकपा (एकिकृत समाजवादी) १३
    अन्य राजनीतिक दल तथा स्वतन्त्र ५२

    उपप्रमुख/उपाध्यक्ष
    नेपाली कांग्रेस २८१
    नेकपा (एमाले) २१३
    नेकपा (माओवादी केन्द्र) १२५

    नेकपा (एकिकृत समाजवादी) १८
    जनता समाजवादी पार्टी २९
    अन्य राजनीतिक दल तथा स्वतन्त्र ४७

    वडा अध्यक्ष
    नेपाली कांग्रेस २५२३
    नेकपा (एमाले) २०२२
    नेकपा (माओवादी केन्द्र) १०२६
    जनता समाजवादी पार्टी २६७
    अन्य राजनीतिक दल तथा स्वतन्त्र ५५५

  • भरतपुरमा रेणुले लिइन् ६६६६ मतान्तरको अग्रता

    भरतपुरमा रेणुले लिइन् ६६६६ मतान्तरको अग्रता

    चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेणुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् ।

    ८१ हजार १०९ मत गणना हुँदा रेणुले ३१ हजार ६७६ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मतका साथ पछ्याइरहेका छन् । भूइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनालई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मतका साथ पछ्याइरहेका छन् ।

    अहिले वडा नम्बर १७ को मतगणना भइरहेको छ ।

  • काठमाडौंमा १ लाख मतगणना : बालेन पहिलोमा, स्थापित तेस्रोमा, कसको मत कति ?

    काठमाडौंमा १ लाख मतगणना : बालेन पहिलोमा, स्थापित तेस्रोमा, कसको मत कति ?

    काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी रहेको छ ।

    १ लाख ३४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । उनले ३६२२६ मत ल्याएका छन् ।

    यस्तै कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९९१० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले १९८५० मत पाएका छन् ।

     

  • काठमाडौं-३१ मा एमाले विजयी, मेयरमा स्थापितभन्दा बालेनलाई दोब्बर मत

    काठमाडौं-३१ मा एमाले विजयी, मेयरमा स्थापितभन्दा बालेनलाई दोब्बर मत

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ ।

    एमालेका सरोज ढकाल ४७६७ मतका साथ विजयी हुँदा कांग्रेसका प्रकाश रानाले २९९१ मत पाए ।

    वडाको खुल्ला सदस्य एकजना भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    मेयरतर्फ भने एमाले उम्मेदवार केशव स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले सो वडामा दोब्बर मत पाएका छन् ।

    स्थापितले २०७९ मत पाउँदा बालेनले ४१७९ मत पाए । यस्तै कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २४३७ मत पाइन् ।

    महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ ।

    कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ ।

  • बिपी साह- जो पराजयमा पनि खुसी मनाइरहेका छन्

    बिपी साह- जो पराजयमा पनि खुसी मनाइरहेका छन्

    जनकपुरधाम । चुनाव जितेपछि जोसुकै उम्मेदवार खुसी हुन्छन् । विजयी भएका उम्मेदवारले विजयी जुलुस निकाल्ने परम्परा नै छ हाम्रो समाजमा । तर त्यो परम्परा तोडेर मेयरमा पराजित भएका बिपी साह यति बेला खुसीयाली मनाइरहेका छन् ।

    साह जनमत पार्टीबाट धनुषाको सबैला नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनी पराजित भए, दुःखी छैनन । पराजितलाई पनि उनले विजयी ठान्दै उनले सामाजिक संजाल मार्फत खुसीयाली मनाउन आफ्ना समर्थकलाई अपिल नै गरेका छन् ।

    उनले भनेका छन्, ‘हाम्रो जनमत पार्टी (जपा) र मेरो लागि पनि यो आम चुनाव पहिलो थियो । जनमत पार्टी वा मैले हार्ने कुनै सिट नै थिएन । १ मत भए पनि हामी जित्ने नै हौँ । र, उम्मेदवारी दिएको हरेक पालिकामा हामीले जित्यौँ । हामीले कुनै सिट गुमाएनौँ। भूमिका मात्र फरक भयौं ।’

    सबैलाको कुल सदर मत १९६९६ छ । त्यसको १० प्रतिशतभन्दा बढी मत अर्थात् १९८९ मत साहले पाए । ‘पहिलो प्रयास मै १० प्रतिशतभन्दा बढी मत ल्याउनु ठूलो उपलब्धि हो’, उनको दाबी छ, ‘आउँदो चुनावमा हाम्रा एक जना मतदाताले अर्को एक जना मतदाता मात्र थप्ने हो भने हामी प्रक्रियागत चुनाव सहजै जित्ने छौँ ।’

    जितेका उम्मेदवार वा गठबन्धनभन्दा आधा मत एक्लैसँग भएकोले हामी सशक्त प्रतिपक्षीको भूमिकामा उभिनुपर्छ र जसका लागि तयार रहेको उनले उल्लेख गरेका छन् । उनले आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहन पनि आग्रह गरेका छन् ।

    सबैलाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव विजयी भएका हुन् । उनी माओवादी नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवका भाइ हुन् ।

    पाँच दलीय गठबन्धनका अघोषित उम्मेदवार भए पनि यादव मात्र २१ प्रतिशत मत ल्याएर प्रक्रियागत विजयी भएको भन्दै पराजित उम्मेदवार साहले विजयी सबैमा बधाई ज्ञापन गरेका छन् ।

  • कलैयामा नवनिर्वाचित मेयरलाई तौल बराबरको लड्डुले स्वागत

    कलैयामा नवनिर्वाचित मेयरलाई तौल बराबरको लड्डुले स्वागत

    बारा । बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह, उपमेयर रौशन प्रवीणसहित १० नम्बर का वडाध्यक्ष मोहमद सबिरलाई समर्थकले उनीहरूको तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

    आज विजय र्‍याली गर्ने क्रममा वडा नम्बर १० मा पुगेका उनीहरूलाई स्थानीय महमद गजनी ठकुराईले जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

    स्वागतपछि मेयर साहले स्थानीयले आफूमा धेरै भरोसा गरेकाले आफ्नो कार्यकालमा कुनै जात तथा समूह नहेरी नगरवासीको निम्ति कार्य गर्ने बताए ।

    आफूलाई स्वतन्त्र बताउने ठकुराईले नवनिर्वाचित जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताएका छन् ।

    कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए ।

    २०७४ सालको निर्वाचनमा साहलाई हाल पराजित भएका नेपाली कांग्रेसका यादवले हराएका थिए ।

    उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी भएकी हुन् ।

    उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए ।

  • सुदूरपश्चिममा सात पालिकामा नतिजा आउन बाँकी, कसमा कसको अग्रता ? (सूची)

    सुदूरपश्चिममा सात पालिकामा नतिजा आउन बाँकी, कसमा कसको अग्रता ? (सूची)

    कैलाली । हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

    अझै पनि सात पालिकाको नतिजा आउन वाकी रहको छ । बाकी रहेका सात मध्ये चार पालिकामा नेपाली कांग्रेसले अग्रता बनाइरहेको छ ।

    एक पालिकामा मतगणना नै सुरु भएको छैन भने एकमा नेकपा एमाले र एक पालिकामा स्वतन्त्र उम्मेदवार अगाडी छन् ।

    सार्वजनिक भएको प्रदेशको ८१ पालिका मध्ये नेपाली काँग्रेसले पहिलो स्थानमा रहेको छ। उक्त पार्टीले ३६ स्थानीय तहमा जित निकालेको छ।

    यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २४ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख जितेको छ।

    प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ४, एकीकृत समाजवादीले २ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    अब प्रदेशका एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ।

    नतिजा आउन बाँकी पालिका

    १ कैलालीको धनगढी उपमहानगरपालिका– स्वतन्त्रको अग्रता

    २ कञ्चनपुरको पुनर्वास नगरपालिका– कांग्रेसको अग्रता

    ३ कञ्चनपुरको भीमदत्त नगरपालिका– कांग्रेसको अग्रता

    ४ कञ्चनपुरको कृष्णपुर नगरपालिका– कांग्रेसको अग्रता

    ५ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– एमालेको अग्रता

    ६ बाजुराको बुढीगंगा नगरपालिका– मतगणना सुरु गर्नै बाँकी

    ७ अछामको साँफेबगर नगरपालिका– कांग्रेसको अग्रता

  • धनगढीमा स्वतन्त्र उम्मेदवारको जित निश्चित- ७ हजार मत गन्न बाँकी, ११ हजारको अग्रता

    धनगढीमा स्वतन्त्र उम्मेदवारको जित निश्चित- ७ हजार मत गन्न बाँकी, ११ हजारको अग्रता

    कैलाली । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको अग्रता लिएका छन् । अब ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी रहेका छन् ।

    ६३ हजार ७१५ मत खसेको धनगढीमा ५६२२६ मत गन्दा हमालले २४५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२७७१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७३८६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

    यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबिच कडा प्रतिस्पर्धा भइरहेको छ ।

    अधिकारीले ११ हजार ९८९ मत पाएकी छन् । एमालेकी चन्द्रकला रानाले १२ हजार ५९४ मतका साथ लिड गरिरहेकी छिन् । र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् ।