Category: स्थानीय निर्वाचन–२०७९

  • बेसीशहरको मेयरमा कांग्रेसका ६ नेताको आकांक्षा

    बेसीशहरको मेयरमा कांग्रेसका ६ नेताको आकांक्षा

    लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका प्रमुख उम्मेदारका लागि नेपाली कांग्रेसका ६ जनाले दाबी गरेका छन् । स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदार छनोटमा लागेको नेपाली कांग्रेसले स्थानीय तहबाट उम्मेदार सिफारिस गर्ने क्रममा कार्यकर्ता भेला गरी आकांक्षीहरुको आवदेन संकलन गरेको हो । सो क्रममा बेंसीशहर नगरपालिका प्रमुखका लागि पार्टीको जिल्ला पदाधिकारीसहितका ६ जनाले आवेदन दिएका छन् ।

    नगरप्रमुखमा नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख एवं निवर्तमान जिल्ला सचिव हरि बराल, जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचिव कृष्णबहादुर अधिकारी रहेका छन् । त्यसै गरी, नगरप्रमुखको उम्मेदार आकांक्षीहरुमा महाधिवेशन प्रतिनिधिहरु जीवनकुमार श्रेष्ठ र वृषराज गुरुङ र बेसीशहर–११ की सुप्रिया जोशीले पनि कांग्रेसका तर्फबाट मेयरमा उम्मेदार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस बेंसीशहर नगर सभापति शरणहरि जोशीले बताए । नगरस्तरीय भेलामा प्रमुखसहित उपप्रमुख उम्मेदारीका लागि भने पाँच जनाले आकांक्षा राखेका छन् ।

    उपप्रमुख आकांक्षा राख्नेहरुमा नेपाली कांग्रेस महासमिति सदस्य टीका बस्याल, जिल्ला कार्यसमिति सदस्य सरस्वती धिताल, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष तिरकाशी गुरुङ, नेपाल शिक्षक संघ गण्डकी प्रदेश प्रतिनिधि विष्णुमाया भण्डारी, नेका गण्डकी प्रदेश प्रतिनिधि सुस्मिता अधिकारी लगायतले आकांक्षा व्यक्त गरेका हुन् ।

  • मोरङ कांग्रेसलाई कार्यकर्ता मान्ने कि नेता भन्ने चिन्ता, ‘मिनी गठबन्धन’को मुडमा माओवादी र नेकपा एस

    मोरङ कांग्रेसलाई कार्यकर्ता मान्ने कि नेता भन्ने चिन्ता, ‘मिनी गठबन्धन’को मुडमा माओवादी र नेकपा एस

    विराटनगर । आगामी स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा पनि मोरङमा गठबन्धनमा रहेका दलहरूबीच उम्मेदवारको भागबण्डा मिलाउन सकस भएको छ ।
    केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि मोरङमा मूलतः चार दलीय गठबन्धन हुने देखिएको छ । तर, उनीहरूबीच पनि भागबन्डामा कुरा मिलेको छैन ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले मोरङका १७ स्थानीय तहमध्ये १० स्थानीय तहमा दाबी गरेको छ ।

    ‘हामीले १० स्थानीय तहमा दाबी गरेका छौँ । अन्तिममा आठसम्ममा सहमति हुन सक्छ’ नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले भने, ‘त्योभन्दा कमजोर अवस्थामा त कसरी गठबन्धन गर्ने त ?’ उनले कार्यकर्ताको भावना बुझनुपर्ने एकातर्फको बाध्यता र अर्कोतर्फ केन्द्रको निर्णय मान्नुपर्ने अवस्थाले समस्या भएको बताए ।

    नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्नो हैसियतभन्दा बढी दाबी गरिरहेको कांग्रेसको आरोप छ । कमजोर संगठन र फुटबाट भर्खरै निर्माण भएको एकीकृत समाजवादीले त १७ वटा पालिका रहेको मोरङमा ४ वटा पालिका माग गरेको बताइएको छ ।

    कांग्रेसले आफूले विगतमा जितेका स्थानीय तहमा दाबी गरिरहँदा नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले विगतमा एमालेले जितेका पालिकामा गठबन्धनभित्र दाबी गरेको छ । यद्यपि, एमाले पार्टी विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले अघिल्लो निर्वाचनमा एमालेले हासिल गरेको सफलताको प्रतिफल गठबन्धनभित्रबाट खोज्नु उचित नहुने अन्य घटकको भनाइ छ ।

    यस्तै माओवादी केन्द्रले ६ वटा पालिका माग गरेको छ । जसपाले पनि विराटनगरसहित ४ वटा पालिका माग गरेको छ ।

    मोरङमा भने कांग्रेसले विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, सुन्दरहरैचा नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, कटहरी गाउँपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा जितेको थियो ।

    सत्ता साझेदार दलहरुमा मात्र होइन, प्रमुख प्रतिपक्षी एमालेमा पनि एक्लै प्रतिस्पर्धामा जाने कि विपक्षी अरु दलसँग गठबन्धन बनाउने भन्ने निश्चित भइसकेको छैन । सत्ता पक्षीय पाँच दलले गठबन्धन गर्ने भए आफ्नो विरासत जोगाउन गठबन्धन गर्नैपर्ने बाध्यतामा एमाले देखिन्छ । केन्द्रमा राप्रपासंग चुनावी तालमेल गरेपनि जिल्लातहमा भने तालमेलमा विषयले प्रवेश पाएको छैन ।

    सत्ता गठबन्धनलाई सबैभन्दा ठूलो सकस विराटनगर महानगरपालिकामा देखिन्छ । महानगरमा कांग्रेस र जनता समाजबादी पार्टीले नेतृत्वमा दाबी गदै आएका छन् ।
    केन्द्रीय तहबाटै महानगरको प्रमुखको बिषय टुंग्याउने भनेपनि स्थानीयस्तरमा केन्द्रले गरेको निर्णयलाई कांग्रेस र जनता समाजवादी पार्टीले नमान्ने अवस्था देखिएको छ ।
    समाजवादी पार्टी, संघीय परिषद् सदस्य उमेश यादवले विराटनगर महानगर आफ्नो पार्टीले एक्लौटी रुपमा जित्न हासिल गर्ने भएकाले महानगरको नेतृत्वमा आफनो दाबी रहने बताए ।

    उनले कांग्रेसले नेतृत्व दाबी नछाडे माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मिनी गठबन्धन हुने बताए ।

    कांग्रेसभित्र स्थानीय तहको चुनावमा एक्लै जानुपर्ने मत पनि उतिकै रहेको छ । विराटनगरमा कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गठबन्धन अस्वीकार्य भनिरहँदा सत्ता साझेदारबीच केन्द्रमा बनेको सहमति नै धरापमा पर्ने देखिन्छ ।

    माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रतीले मोरङ जिल्लामा गएको स्थानीय तहको मत परिणमले माओवादी केन्द्रको बलियो उपस्थिति रहेकाले अबको स्थानीय तहमा पनि मोओवादीले कम्तिमा पाँच वटा स्थानीय तह पाउनुपर्ने बताए ।

    ‘गठबन्धन भित्र छलफलकै चरणमा छौं’सचिव उप्रेतीले भने, ‘कम्तिमा पाँच स्थानीय तह माओवादी केन्द्रको भागमा पर्नुपर्छ, यो बटमलाइन हो ।’
    एकीकृत समाजवादी पार्टीले भने एमालेले जितेका स्थानीय तहमा आफनो दाबी गरे पनि यी सबै बिषयमा सत्ता गठबन्धन दलबीचको छलफलबाट टुंगोमा पुग्ने सकिने बताउँदै आएको छ ।

    एकीकृत समाजवादीका नेता महेश रेग्मीले गठबन्धनभित्रका दलहरुको पनि आ–आफनो दाबी विरोध भए पनि छलफलका माध्यमबाट निकास खोजिने बताए ।
    विराटनगर महानगरपालिकामा सत्ता साझेदारमध्ये कस्ले उम्मेदवारी दिन पाउने भन्ने अहिलेसम्म अन्योल छ ।

    माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दाबी गरेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता विपक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्ष पनि गठबन्धन बनाएरै भए पनि विरासत जोगाउने कसरतमा छ ।

  • कांग्रेसकाे प्रचार समितिमा परे माओवादीका मेयर दावेदार (सूचीसहित)

    कांग्रेसकाे प्रचार समितिमा परे माओवादीका मेयर दावेदार (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति अन्तरगत प्रदेश समन्वय तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

    उपसमिति अन्तरगत वरिष्ठ पत्रकार विष्णु निष्ठुरी, किरण पोखरेल, अनिता बिन्दु र गोपाल झाको संयोजकत्वमा गठित उपसमितिहरु गरिएको हो ।

    उनीहरुलाई क्रमशः अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति, छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति, टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति र रेडियो एफएम समन्वय तथा प्रचार–प्रसार उपसमिति संयोजकको जिम्मेवारी दिइएको छ ।

    यस्तै टेलिभिजन समन्वय तथा प्रचार प्रसार उपसमिति अन्तरगत प्रदेश २ को समिति सदस्यमा माओवादीमा प्रवेश गरेका कमलेश मण्डल पनि रहेका छन् । उनी पत्रकार महासंघ महोत्तरीका अध्यक्ष हुन् । उनलाई केही दिनअघि मात्रै प्रचण्डले माओवादीमा स्वागत गरेका थिए ।

    मण्डल महोत्तरीको मटिहानी नगरपालिकामा माओवादीबाट मेयरको उम्मेदवार बन्दैछन् । उनी एभिन्युज टेलिभिजनमा कार्यरत रही आएका थिए ।

    उपसमितिमा निम्नअनुसार सदस्य रहेका छन् ।

    क) अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार समिति अन्तरगत :
    प्रदेश १
    १ कुमार लुइँटेल –संयोजक
    २ आत्माराम राजवंशी–उपसंयोजक
    मधेश प्रदेश
    १ गुरु गौतम–संयोजक
    २ श्रमन देव–उपसंयोजक
    बागमती प्रदेश
    १ पद्म राज जोशी–संयोजक
    २ कुमार राउत–उपसंयोजक
    गण्डकी प्रदेश
    १ टंक अधिकारी–संयोजक
    २ सोनी शर्मा–उपसंयोजक
    लुम्बिनी प्रदेश
    १ रेखा भुसाल –संयोजक
    २ नारायण खड्का–उपसंयोजक
    कर्णाली प्रदेश
    १ सुशील शर्मा– संयोजक
    २ राजन राउत– उपसंयोजक
    सुदूरपश्चिम प्रदेश
    १. दीर्घराज उपाध्याय–संयोजक
    २. बरुण पनेरु–उपसंयोजक
    ख) संयोजक किरण पोखरेल र सदस्य सचिव दामोदरप्रसाद दवाडीसहितको २१ सदस्यीय
    छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति अन्तरगत
    प्रदेश नं. १
    क्र सं नामथर पद÷जिल्ला
    १ गोविन्द चन्द्र छेत्री संयोजक,झापा
    २ रेजिना रोदन (गौतम) सदस्य, झापा
    ३ विजयशेखर भट्टराइ ईलाम
    ४ भीम बाँस्कोटा पाँचथर
    ५ धर्म पोखरेल ताप्लेजुङ्ग
    ६ हरिबहादुर रम्जेल, धनकुटा
    ७ दिपेन्द्र पराजुली, सोलुखुम्बु
    ८ जीवन शर्मा, ओखलढुङ्गा
    ९ उत्तम चापागाईं, खोटाङ
    १० अर्जुन बस्नेत भोजपुर
    ११ कृष्णराज शाक्य संखुवासभा
    १२ कुमार लुईटेल, मोरङ्ग
    १३ पर्शुराम थापा उदयपुर
    १४ धनबहादुर पुरी, सुनसरी
    १५ टी.आर. लिम्बु, तेह्रथुम
    मधेश प्रदेश
    क्रसं नामथर पद÷ जिल्ला
    १ दीपेन्द्र चौहान संयोजक
    २ क्रान्ति साह पर्सा
    ३ श्यामप्रसाद यादव बारा
    ४ प्रभात झा रौतहत
    ५ टंक क्षेत्री सर्लाही
    ६ रवीन्द्र उप्रेती महोत्तरी
    ७ राहुल सिंह धनुषा
    ८ शम्भु यादव सिरहा
    ९ ललितब साह सप्तरी
    बागमती प्रदेश
    क्र.सं नामथर पद÷जिल्ला
    १ परशु घिमिरे प्रदेश संयोजक
    २ खगेन्द्र भण्डारी काठमाडौं
    ३ कौशल कुमार भट्टराई काठमाडौं
    ४ केदारप्रसाद बास्कोटा
    ५ रोशन शिल्पाकार
    ६ माधवप्रसाद घिमिरे ललितपुर
    ७ मधुसुधन तिमिल्सिना काभ्रेपलाञ्चोक
    ८ नवराज शिवाकोटी दोलखा
    ९ टीका भट्ट रामेछाप
    १० गणेश अधिकारी मकवानपुर
    ११ लेखराम सापकोटा चितवन
    १२ ध्रुव दंगाल सिन्धुपाल्चोक
    १३ अनु आचार्य रसुवा
    १४ मनिष दुवाडी धादिङ्
    १५ सुकदेव दाहाल नुवाकोट
    १६ राधा खनाल काठमाडौं
    १७ भुवन शर्मा काठमाडौं
    गण्डकी प्रदेश
    क्र.सं नामथर पदाधिकार÷जिल्ला
    १ गंगाधर पराजुली संयोजक÷कास्की
    २ बासु मिश्र कास्की
    ३ सन्तोष पोखरेल कास्की
    ४ राधाकृष्ण डुम्रे स्याङ्जा
    ५ नरेश ढकाल गोरखा
    ६ मिला दरै तनहुँ
    ७ संगम घर्ती मगर बाग्लुङ्
    ८ राकेश शर्मा म्याग्दी
    ९ साजन परियार पर्वत
    १० साधना स्याङ्जा
    ११ शान्ता कमली लमजुङ्
    १२ नवीन लामिछाने मनाङ्
    लुम्बिनी प्रदेश
    क्र. सं नामथर पद÷जिल्ला
    १ हेमन्त कर्माचार्य संयोजक÷बाँके
    २ यादव आचार्य बर्दिया
    ३ कमल खत्री बाँके
    ४ लिलाधर ओली दाड.
    ५ कविता उपाध्यय रोल्पा
    ६ चेतकुमारी बिसी रुकुमपूर्व
    ७ सम्शेर जीसी प्यूठान
    ८ नारद कोहार कपिलवस्तु
    ९ तेजेन्द्र के.सी. रुपन्देही
    १० रमेश विश्वकर्मा गुल्मी
    ११ हरि शर्मा परासी
    १२ प्रेमनारायण आचार्य अर्घाखाँची
    १३ मुक्तिप्रसाद न्यौपाने पाल्पा
    सुदूरपश्चिम प्रदेश
    क्र.सं नामथर पद ÷जिल्ला
    १ मनमोहन स्वार
    संयोजक÷कैलाली
    २ भोजराज जोशी दार्चुला
    ३ डि.बी. बिष्ट, बझाङ
    ४ जनक ऐडी डडेल्धुरा
    ५ प्रेम रौले, बाजुरा
    ६ सुशील भण्डारी अछाम
    ७ प्रेम चौधरी कैलाली
    ८ मनोज भट्ट
    कञ्चनपुर
    ९ पवन महरा डोटी
    १० विरा गडाल बैतडी
    कर्णाली प्रदेश
    क्र सं नामथर पद÷जिल्ला
    १ ललित बसेल संयोजक÷ संयोजक
    २ नवीन शर्मा दैलेख
    ३ पुष्पराज भट्टराई कालिकोट
    ४ लीला पौडेल जाजरकोट
    ५ एलपी देवकोटा जुम्ला
    ६ राजु लामिछाने रुकुम पश्चिम
    ७ राजबहादुर शाही मुगु
    ८ राजन रावत हुम्ला
    ग) टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति अन्तरगत
    प्रदेश १
    संयोजक ः मिनकुमार नवोदित
    क्रस नाम जिल्ला
    १ कुमार खड्का झापा
    २ सुरेन्द्र भण्डारि झापा
    ३ यज्ञ अधिकारी मोरङ
    ४ बिरेन्द्र शाह मोरङ
    ५ निरज कोईराला भोजपुर
    ६ विदुर खवास धनकुटा
    ७ टिका खतिवडा ईलाम
    ८ दिनराज कार्की खोटाङ
    ९ पदम सरदार मोरङग
    १० नवराज कार्की ओखलढुंगा
    ११ जितेन्द्र भण्डारी पाचथर
    १२ दिपेन्द्र शाक्य संखुवासभा
    १३ सन्तोष राउत सोलुखुम्बु
    १४ विनोद आचार्य सुनसरी
    १५ माला पालुङवा ताप्लेजुङ
    १६ प्रकाश लिम्बु तेह्थुम
    १७ विश्वराज तामाङ उदयपुर
    १८ सुरेन्द्र भण्डारी झापा
    मधेश प्रदेश
    संयोजक ः बसन्त खतिवडा
    क्र स नाम जिल्ला
    १ ईमरान खान पर्सा
    २ बसन्त खतिवडा वारा
    ३ घनश्याम मिश्र धनुषा
    ४ कमलेश मण्डल महोतरी
    ५ ललिता साह सप्तरी
    ६ सागर हुमागाई रौतहट
    ७ रोशन न्युपाने सर्लाही
    ७ ओमप्रकाश ठाकुर सर्लाही
    ८ दिलिप सहनी सिराहा
    वाग्मती प्रदेश
    संयोजक ः हिमाल ढुंगेल
    क्रस नाम जिल्ला
    १ सन्तोष ढुंगेल रामेछाप
    २ हिमाल ढुंगेल रामेछाप
    ३ दीपशंकर चौलागाई दोलखा
    ४ धनु भुषाल नवलपरासी
    ५ कल्पना कुँवर नवलपरासी
    ६ अनिल ढकाल चितवन
    ९ शुशिल कोईराला रसुवा
    १० दिपक भट्ट रामेछाप
    ११ टिकाजंग थापा सिन्धुली
    १२ गोमा थापा धादिङ
    १३ कमला तामाङ सिन्धुपाल्चोक
    १४ सुजन काफ्ले दोलखा
    १५ नमराज सुवेदी नुवाकोट
    १६ ईश्वर जोशी चितवन
    १७ युवराज श्रेष्ठ रामेछाप
    गण्डकी प्रदेश
    संयोजक ः प्रदीप पौडेल
    क्रस नाम जिल्ला
    १ राधाकृष्ण पौडेल कास्की
    २ अनिशा श्रेष्ठ कास्की
    ३ प्रकाश ढकाल कास्की
    ४ प्रदीप पौडेल कास्की
    ५ विमला भण्डारी कास्की
    ६ परमेश्वर अधिकारी लम्जुङ
    ७ प्रदिप पन्त बाग्लुङ
    ८ मोहसिन अलिमिया गोरखा
    ९ प्रताप राना तनहुँ,
    १० भवानी अधिकारी स्याङजा
    ११ राकेश शर्मा म्याग्दी
    १२ निरज अधिकारी लम्जुङ
    १३ रामकृष्ण लामिछाने पर्वत
    १४ साजन परियार पर्वत
    १५ पवन पौडेल तनहु
    १६ श्रीकृष्ण सिग्देल
    १७ नवीन लामिछाने मनाङ,
    लुम्बिनी प्रदेश
    संयोजक ः विष्णु भुषाल
    क्रस नाम जिल्ला
    १ प्रेम नारायण आचार्य अर्घाखाची
    २ गौरव गिरि बाके
    ३ दुर्गा आचार्य वर्दिया
    ४ शिवराज खनाल दाङ लमही
    ५ सन्तोष महतारा गुल्मि
    ६ खग प्रसाद चापागाई कपिलवस्तु
    ७ अहमद हुसेन राज्य टिभि
    ८ भरत शर्मा पाल्पा
    ९ शमशेर बहादुर जिसि प्युठान
    १० सन्तोष शर्मा रोल्पा
    ११ हरिश ढकाल रुपन्देही
    १२ विष्णु भूषाल रुपन्देही
    १३ विक्रम खड्का रुपन्देही
    १४ भुवन जिसि रुपन्देही
    १५ जनार्दन घिमिरे गुल्मी
    कर्णाली
    संयोजक ः रमेश कुमार पाण्डे
    क्रस नाम जिल्ला
    १ भक्त शाही दैलेख
    २ रतन भण्डारी हुम्ला
    ३ मोहन विक्रम शाही जुम्ला
    ४ बद्रि पन्त जाजरकोट
    ६ पुस्प भटराई कालिकोट
    ७ आशिस केसी सल्यान
    ८ सुदीप पुरी सुर्खेत
    ९ वुद्धिसिंह ठकुरी सुर्खेत
    १० वसन्त भण्डारी सुर्खेत
    ११ मान वहादुर वली सुर्खेत
    १२ कमल पन्त सुर्खेत
    सुदुरपश्चिम प्रदेश
    संयोजक ः श्रवण देउवा
    क्रस नाम जिल्ला
    १ श्रवण देउवा कैलाली
    २ शंकर बोहरा कैलाली
    ३ महादेव अबस्थी कञ्चनपुर
    ४ धनबहादुर भण्डारी डडेल्धुरा
    ५ केशब चन्द्र भण्डारी डोटी
    ६ खम्म खत्री अछाम
    ७ ईश्वर बोहार बैतडी
    ८ रुपक खड्का बझाङ
    ९ बासुदेब बडु दार्चुला
    १० राजेन्द्रबहादुर रोकाय बाजुरा
    घ) रेडियो एफ एम समन्वय तथा प्रचार–प्रसार उपसमिति
    क्र.सं. नामथर पद जिल्ला
    १ गोपाल कुमार झा संयोजक महोत्तरी
    २ रमेश जोशी सहसंयोजक डँडेल्धुरा
    ३ दीर्घराज उपाध्याय सदस्य धनगढी
    ४ अर्जुन अधिकारी सदस्य चितवन
    ५ सोम सुशेली सदस्य इलाम
    ६ साजिर मन्सूर सदस्य बारा
    ७ ओमकार आचार्य सदस्य तनहुँ
    ८ नवीन गिरी सदस्य बाँके
    ९ जनक शाही सदस्य हुम्ला
    १० अमृत अधिकारी सदस्य काठमाडौं
    ११ कल्पना तिवारी सदस्य रुपन्देही
    १२ प्रकाश मैनाली सदस्य सर्लाही
    १३ कमल पौडेल सदस्य कास्की
    १४ के.पी.घिमिरे सदस्य दाङ्
    १५ पुरुषोत्तम बस्नेत सदस्य नुवाकोट
    १६ गिरिराज भट्टराई सदस्य झापा
    १७ चेतन धमला सदस्य सुनसरी
    १८ सरोज शर्मा सदस्य पाँचथर
    १९ चिरञ्जीवी अर्याल सदस्य सुर्खेत
    २० कर्ण कुँवर सदस्य बर्दिया
    २१ जगदीश भट्टराई सदस्य पाल्पा
    २२ रोशन तिवारी सदस्य पर्वत
    २३ रीता भट्टराई सदस्य चितवन
    २४ केशव कोइराला सदस्य सुर्खेत
    २५ रमेश वस्ताकोटी सदस्य चितवन
    २६ जगत खड्का सदस्य बझाङ
    २७ पदम सुवेदी सदस्य प्यूठान
    २८ शरद् रेग्मी सदस्य दाङ
    २९ युवराज न्यौपाने सदस्य कैलाली
    ३० के.पी.घिमिरे सदस्य दाङ
    ३१ चैतन्य सापकोटा सदस्य मोरङ
    ३२ अरविन्द मेहता सदस्य मोरङ
    ३३ गंगा दाहाल सदस्य काठमाडौं
    ३४ नवराज खनाल सदस्य कैलाली
    ३५ सन्तोष शर्मा सदस्य रोल्पा
    ३६ पुष्प भट्टराई सदस्य कालिकोट
  • बेनीको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेदवार

    बेनीको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेदवार

    बेनी । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयर पदमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

    बिहिबार नेपाली कांग्रेस बेनी नगरसमितिको बैठकले मेयरको आकांक्षी १० जनाको नाम सिफारिस गरेकोमा जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी ९ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले जानकारी दिए ।

    नगरसमितिले मेयरमा १० जना र उपमेयरमा ३ जना आकांक्षीहरुको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको थियो । कांग्रेसबाट मेयरको उम्मेदवार बन्न लागेका बेनी नगरपालिका-१० पात्लेखेत निवासी शर्मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र अधिबक्ता समेत हुन् ।

    शर्मालाई कांग्रेस भित्र वैचारिक नेतृत्वका रुपमा लिने गरिन्छ । कांग्रेसे उपमेयर भने टुंगो लगाएको छैन । गठबन्धनलाई मध्यनजर गरेर कांग्रेसले उपमेयरको पद टुंगो नलगाएको जनाइएको छ ।

  • तालमेलको खाका बनाउन चितवनमा गठबन्धनको नयाँ कार्यदल बनाइयो

    तालमेलको खाका बनाउन चितवनमा गठबन्धनको नयाँ कार्यदल बनाइयो

    भरतपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हुने तालमेलको खाका तय गर्न चितवनमा सत्ता गठबन्धनले नयाँ संयन्त्र गठन गरेको छ ।

    नेपाली कांग्रेस चितवनको कार्यालयमा बसेको गठबन्धन दलहरूको जिल्लास्तरीय बैठकले १० सदस्यीय कार्यदल बनाएको हो ।

    बैठकले शनिबार १२ बजेसम्म सबै दलले तालमेलका लागि आ-आफ्नो खाका बनाएर बैठकमा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ ।

    बैठकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र चितवनका सयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरीको उपस्थिति रहेको थियो ।

  • सिद्धार्थनगरमा गठबन्धनबाट अलग्गियो जसपा

    सिद्धार्थनगरमा गठबन्धनबाट अलग्गियो जसपा

    रुपन्देही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिले पाँच दलीय गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

    सिद्धार्थनगर नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा पार्टीलाई बाहेस गरिएको र कार्यकर्तामा निरासा भइ भविष्यमा पार्टीलाई घातक हुने संकेत देखिएकाले उक्त निर्णय गरिएको जसपा सिद्धार्थनगर अध्यक्ष अर्जुनप्रसाद जैसवालले बताए ।

    जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको जैसवालले जानकारी दिए ।

    गठबन्धनबाट अलग्गिएको जानकारी जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयमा समेत गराएको छ ।

  • तालमेलबारे पार्टी निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने

    तालमेलबारे पार्टी निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनबारे पार्टीले गरेको निर्णय उल्लंघन गर्नेलाई अनुशासन कारबाही गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टीले गरेको निर्णयविरुद्ध नलाग्न मातहत सबै समितिहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

    कांग्रेस उपसभापति एवं परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पार्टी निर्णयको पालना नहुनुलाई विधान र अनुशासन उल्लघंनको रुपमा लिने स्मरण गराएको हो ।

    कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठकले चुनावी तालमेलबारे पार्टीको केन्द्रीय समितिले गरेको निर्णय सबैले मान्नुपर्ने बताए ।

    ‘आजको बैठकमा पार्टीको केन्द्रीय समितिले गठबन्धनका सन्दर्भमा गरेको निर्णय पालना गर्नु सबैको नैतिक दायित्वको विषय हो । यसको उल्लघंन गर्नु पार्टीको अनुशासन जोडिने विषय हो । त्यसैले पार्टीको निर्णय सबैले मान्नुपर्छ भन्ने छलफल बैठकमा भएको छ’, महरले पत्रकारहरूसँग भने ।

    बैठकले विभिन्न ७ वटा समितिहरू गठन गरेको छ । जुन यसप्रकार छन्-

    १. भ्रातृ संघ समन्वय एवं परिचालन समिति

    २. शुभेच्छुक संस्था समन्वय एवं परिचालन समिति

    ३. जिल्ला सम्पर्क समन्वय एवं परिचालन समिति

    ४. विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति

    ५. अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति

    ६. निर्वाचन सुरक्षा निकाय उपसमिति

    ७. आचार सहिंता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति

  • ‘नो भोट’ को ऐतिहासिक सफलता बोकेर १० वर्षपछि चुनावमा फर्किँदैछ तिङ्ला

    ‘नो भोट’ को ऐतिहासिक सफलता बोकेर १० वर्षपछि चुनावमा फर्किँदैछ तिङ्ला

    काठमाडौं । अघिल्लो पटकको स्थानीय निर्वाचानमा सोलुखुम्बुको तिङ्लामा एक मत पनि खसेन । कुनै पार्टीको बहिष्कार वा दबाबबाट होइन, स्वस्फूर्त रूपमा तिङ्लाबासीले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा ‘नो भोट’ गरेका थिए ।

    आफूहरूलाई नेचासल्यान गाउँपालिका होइन सोलु दुधकुण्ड नगरपालिकामा पारियोस् भनेर उनीहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराए । सदरमुकाममा आन्दोलन गरे । अनि एक हप्तासम्म सोताङ बन्द नै गरे । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. ६ मा स्थानीय निर्वाचनमा एक मत पनि नखस्दा देश भर चर्चा भयो ।

    किन बहिष्कार भयो तिङलामा चुनाव?

    आफूहरूको इच्छाविपरीत अपायक पर्ने गरी साबिकको तिङ्ला गाविसलाई नेचासल्यान गाउपालिकामा समावेश गरिएपछि उनीहरूले सुरूदेखि नै विरोध गरिरहेका थिए । यही कारण तिङलामा गत निर्वाचनमा न त मत खस्यो न यहाँको जनप्रतिनिधि नै भए ।

    नेचा सल्यान गाउँपालिकामा अपायक पर्ने भन्दै उनीहरूले साविकको तिङला गाविसलाई सोलु दुधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग गरेका थिए । मागविपरीत तिङलालाई नेचासल्यान गाउँपालिको वडा नं. ६ बनाएपछि स्थानीय आन्दोलित भए ।

    नेपाली कांग्रेसका सांसद बलबहादुर केसीको षड्यन्त्रका कारण आफूहरूलाई अपायक पर्ने गाउँपालिकामा समावेश गरिएको नेचाबासीको आरोप थियो । तर, तिङ्लाको नो भोटको असर भने कांग्रेसलाई नै पर्‍यो । कांग्रेसको गढ मानिने तिङ्लाले नो भोट गर्दा नेचासल्यान गाउँपालिका पनि एमालेले जित्यो र बलबहादुर सांसदमा पराजित भए ।

    गाउँपालिकाको केन्द्र तिङला र केरुङको बीचमा राखेको भए तिङ्लावासी गाउँपलिकामै बस्न पनि तयार थिए । तर, त्यो माग पनि सुनुवाइ नभएपछि नेपालमै सम्भवतः पहिलोपटक जनताले नो भोट सफल बनाए ।

    उनीहरूले मतदान बहिष्कार गरेका मात्र होइनन्, सो वडामा कुनै पनि उम्मेदवारलाई उम्मेदवारी दिन समेत दिएनन् । ज्ञानबहादुर राई र बलबहादुर विश्वकर्माले स्वतन्त्र रूपमा उम्मेदवारी दिने प्रयास गरे पनि स्थानीयको दबाब र उम्मेदवारी दिए सामाजिक बहिष्कार गर्नेसम्मको चेतावनीपछि उनीहरूले उम्मेदवारी दिने आँट गरेनन् ।

    हरेक गाउँ, नगर र वडामा निर्वाचनपछि जनप्रतिनिधि आए । उनीहरू नै योजना ल्याउने, बजेट तर्जुमा र कार्यान्वयनमा तल्लिन भए बितेका पाँच वर्षसम्म । तर, सोलुखुम्बुको तिङ्लामा न वडाध्यक्ष रहे न वडासदस्य नै । नयाँ संविधानसँगै देशभरि स्थानीय सरकार क्रियाशील हुँदा तिङ्लाको प्रशासन अहिलेसम्म पनि कर्मचारीकै हातमा रहेको छ ।

    तिङला चुनावमा सहभागी हुँदै

    विभिन्न चरणका आन्दोलनका कारण अहिले भने तिङ्लालीको माग पूरा भएको छ । उनीहरू अब नेचासल्यान वडा नम्बर ६ बाट सोलु दुघकुण्ड वडा नम्बर ११ का बासिन्दा भएका छन् ।

    २०७४ फागुन १४ गतेको राजपत्रमा तिङला सोलु दुधकुण्ड नगरपालिकामा समेटिएको कुरा प्रकाशित भएको थियो । यसपछि भने तिङलाको प्रसाशकीय कामहरू नगरपालिकाबाट हुन थालेका हुन् ।

    अहिले तिङ्लामा चुनावी सरगर्मी बढेको छ । यहाँ हरेक राजनीतिक दलहरू यतिबेला चुनावी अभियानमा लागेका छन् । यो पटक भने तिङ्लाबासीले मतदान गर्ने राजनीतिक दलका स्थानीय नेताहरू बताउँछन् ।

    तिङ्लामा दलहरू चुनावी चहलपहलमा लागेको भए पनि एमाले बाहेकका दलहरूमा भने विवाद देखिएको छ । यतिबेला एमालेले वडा अध्यक्षसहितका उमेद्वार तय गरेको भए पनि कांग्रेस-माओवादीले भने गठबन्धनको मोडाललिटी कस्तो भन्ने अन्योल भएका कारण उम्मदवार घोषणा गर्न सकेका छैनन् ।

    गाउँमा उम्मेदवार छनोट नभए पनि माओवादी र कांग्रेसका कार्याकर्ता भने चुनावी अभियानमा जुटेका स्थानीय बताउँछन् । २०७० सालको दोस्रो संविधानसभापछि पहिलोपटक उनीहरू यसपाली चुनावमा फर्किँदैछन् ।

    २५ वर्षसम्म जननिर्वाचित जनप्रतिनिधि नपाएको तिङलामा यो पटक जनप्रतिनिधि आउने भएपछि स्थानीयमा खुसी जागेको नेकपा एमाले तिङ्लाका वडा अध्यक्ष नरबहादुर कटुवालले बताए ।

    कटुवालले यसपटक पनि चुनाव होइन सहमतिमा तिङ्लाको जनप्रतिनिधि चयन गरौं भन्दै अन्य दलले नमानेपछि चुनावमै जानुपरेको बताए । उनले नो भोटको सफल उदाहरण यसपटक सहमतिबाट जनप्रतिनिधि छानेर निरन्तरता दिन खोज्दा सफल नभएको बताए ।

    एमालेले तिङ्लामा मानबहादुर कटुवाललाई उमेदवार बनाउने घोषणा गरि सकेको छ । गठबन्धनले उम्मेदवार तय गरेको छैन ।

    यो पटकको चुनावमा भाग लिने र तिङ्लाले जनप्रतिनिधि पाउने भएपछि तिङलावासी खुसी भएको नेपाली कांग्रेस तिङ्लाका सभापति बलराम कार्कीले बताए ।

    उनले भने, ‘हामीलाई स्थानीय तह पनःसंरचना गर्दा अपायक पर्ने गाउँपालिकामा समावेश गरेका कारण अघिल्लो चुनावमा मतदान गरेनौं । तर, अहिले हामी सबै स्वच्छ प्रतिस्पर्धामा चुनाव लड्ने तयारीमा लागेका छौं । वडाबाट गाउँपालिका केन्द्र पुग्न पाँच घण्टा हिड्नु पथ्र्यो तर सोलुदुधकुण्ड नगरपालिका दुई घण्टामा पुगिन्छ ।’

    स्थानीय तह निर्वाचनको मिति नजिकीँदै गर्दा तिङ्लावासीमा खुसी छाएको नेकपा माओवादी केन्द्र तिङ्लाका अध्यक्ष ललित कार्कीले बताए ।

    ‘अन्य स्थानमा चुनावपछि जनप्रतिनिधि आएपनि तिङलामा संभावना भएन । जनप्रतिनिधि नभएकै कारण तिङला विकासमा पछि परेको छ । तर, अहिलेको चुनावमा मतदान हुने भए पछि सर्वसाधरण जनप्रतिनिधि आउने भए पछि खुसी भएका छन्’ उनले भने ।

    २०७४ को स्थानीय तह निर्वाचनमा तिङ्लामा २ हजार ३७६ मतदाता थिए । ५ हजार ९ सय २४ जनसंख्या रहेको तिङलामा अहिलेको स्थानीय चुनावमा २ हजार ८३३ मतदाता रहेका छन् ।

  • कैलालीमा तालमेल गर्न गठबन्धनका दलहरूलाई सकस : तीन दलका तीन थरी ‘मोडालिटि’

    कैलालीमा तालमेल गर्न गठबन्धनका दलहरूलाई सकस : तीन दलका तीन थरी ‘मोडालिटि’

    कैलाली । आगामी स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा पनि कैलालीमा गठबन्धनमा रहेका दलहरूबिच चुनावी तालमेलको मोडालिटिबारे सहमति हुन सकेको छैन ।

    केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि कैलालीमा मूलतः तीन दलीय गठबन्धन हुने देखिएको छ । तर, उनीहरूबिच पनि भागबन्डामा कुरा मिलेको छैन ।

    नेपाली कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादी दलले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तह मध्ये १० स्थानीय तहमा दाबी गरेको छ ।

    ‘हामीले १० स्थानीय तहमा दाबी गरेका छौँ । अन्तिममा सात सम्ममा सहमति हुन सक्छ’ नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले सोधे ‘त्यो भन्दा कमजोर अवस्थामा त कसरी गठबन्धन गर्ने त ?’

    अहिले नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलाली गाउँपालिका,चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा दाबी गरेको छ ।

    अहिले कांग्रेसले दाबी गरेको मध्ये कैलारी गाउँपालिका र भजनी नगरपालिका अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।

    अहिले उक्त क्षेत्रमा नेपाली कांग्रेसको नगर कमिटीले गठबन्धन गर्न नहुने भन्दै निर्णय नै गरिसकेका छन् । यसरी निर्णय गर्नेमा यस अघि माओवादी विजयी भएको कैलारी गाउँपालिका र भजनी नगरपालिका, एमाले विजयी भएको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको छ । ती क्षेत्रमा कांग्रेस बलियो रहेको र एक्लै निर्वाचन लड्दा पनि जित सुनिश्चित भएको भन्दै गठबन्धन नगर्न दबाब आइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

    कांग्रेस बाहेक माओवादी केन्द्र र एकीकृत साजवादीले पनि कैलालीका १३ स्थानीय तह मध्ये करिब आधा दर्जन स्थानीय तहमा दाबी गरेका छन् । एकीकृत समाजवादीको तर्फबाट घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका लम्की चुहा नगरपालिका गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ ।

    अहिले कैलालीका १३ स्थानीय तह मध्ये कुनै पनि स्थानीय तहका प्रमुखहरू एकीकृत समाजवादीमा छैनन् ।

    गोदावरी र घोडाघोडीका उपप्रमुखले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका छन् । तर, एकीकृत समाजवादीका नेता भने अहिले कैलालीका आधा भन्दा धेरै ठाउँमा आफ्नो पार्टी बलियो रहेको दाबी गर्छन् ।

    ‘यी क्षेत्रमा साङ्गठनिक रूपमा हाम्रो उपस्थिति राम्रो छ । अर्को कुरा ती क्षेत्रमा पहिले एमालेले जितेको हो । एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले भने, हामी एमालेबाट विद्रोह गरेको आएको हुँदा पनि हामीले ती क्षेत्र पाउनु पर्छ भन्ने मान्यता राखेका छौँ ।’

    पाँच वा छ स्थानीय तहमा एकीकृत समाजवादी पार्टीले दाबी गरे पनि अन्तिममा चार स्थानीय तह सम्ममा सम्झौता हुन सक्ने उनको बुझाइ छ ।

    ‘यहाँ १३ वटा स्थानीय तह छन् । धनगढी उपमहानगरपालिका कांग्रेसलाई दिएर अन्य १२ वटामा सबैलाई तीन भाग गर्दा पनि हुन सक्छ’ उनले भने ‘यी सबै कुरामा हामी छलफलमा छौँ ।’

    माओवादी केन्द्रले पनि आधा भन्दा धेरै क्षेत्रमा दाबी गरेको छ । कैलालीमा माओवादीले यस अघि निर्वाचनमा विजयी भएको क्षेत्र र दोस्रो भएको क्षेत्रमा दाबी गरेको हो । यस अघिको निर्वाचनमा कैलारी गाउँपालिका र भजनी नगरपालिकामा विजयी भएको थियो ।

    घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरीगा गाउँपालिका र जानकी गाउँपालिका माओवादी केन्द्र उपविजेता भएको थियो ।

    तर, माओवादी नेताहरू भने अझै मोडालिटिबारे छलफल सुरु नभएको बताउँछन् । ‘हामी आन्तरिक छलफलमा छौँ माओवादी प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले भने ‘यस विषयमा हामी भोलि थप छलफल गर्छौ ।’

    नेपाली कांग्रेसकै कारण तालमेलका विषयमा ढिलाइ भइरहेको माओवादी नेताहरूको बुझाइ छ । यता नेपाली कांग्रेसले भने कैलालीमा भागबन्डामा सकस भएको भन्दै केन्द्रबाट टुङ्ग्याउनु पर्ने बताएको छ ।

  • उम्मेदवारका आकांक्षीहरुसँग काठमाडौं एमालेले गर्‍याे छलफल, भद्रगोल सिफारिस फिर्ता

    उम्मेदवारका आकांक्षीहरुसँग काठमाडौं एमालेले गर्‍याे छलफल, भद्रगोल सिफारिस फिर्ता

    काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले महानगरपालिकासहित काठमाडौंका कुनै पनि नगरपालिकाबाट मेयर तथा उपमेयरका उम्मेदवार सिफारिस नभएको जनाएको छ ।

    एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले तोकेको मापदण्डअनुसार एक महिलासहित ३ जनाको मात्र नाम सिफारिस हुनुपर्छ । तर सबै नगरपालिका कमिटीबाट ३ जनाभन्दा बढीको दावी परेकाले ती नामहरु फिर्ता पठाएर सहमतिमा वा प्रक्रियाबाट ३ जनाको मात्र नाम सिफारिस गर्न भनिएको निरौलाले बताए ।

    स्थानीय कमिटीले तीनजनाको नाम पठाएपछि मात्र जिल्लाले त्यसमा छलफल गरेर सकेसम्म आकांक्षीहरुबीचमा सहमति जुटाएर एकजनाको मात्र नाम प्रदेशमा पठाइने अध्यक्ष निरौलाले बताए ।

    उनले भने, ‘अहिले जुन नामहरु सिफारिस भए भनिएको छ, त्यो आकांक्षीहरुको नाममात्र हो । जिल्लाले एक महिलासहित ३ जनाको मात्र नाम पठाउनुपर्छ भनेका छौं । दावी गर्ने सबैको नाम पठाउने होइन ।’

    यसैबीच एमाले काठमाडौंले उम्मेदवारका आकांक्षीहरुलाई एकै ठाउँमा राखेर छलफल गरेको छ । विशेषगरी उम्मेदवार उठ्नेहरुको पेश्की फर्छ्योट भए नभएको, कानुनी तथा अन्य विषयबारे छलफल भएको निरौलाले बताए ।

    छलफलमा स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य नारायण सिलवाल, सरिता न्यौपाने, विद्यासुन्दर शाक्यलगायत थिए । काठमाडौं महानगरपालिकाको मेयरमा हालका मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापितसहित सांसद रामवीर मानन्धर, महानगर अध्यक्ष सुन्दर पुर्कुटी र इन्दिरा पन्तको नाम सिफारिस भएको भनिएकोमा तीनजनाको मात्र पठाउन जिल्लाले महानगरलाई निर्देशन दिएको छ ।

    महानगरपालिकाको टिकट भने केन्द्रले तय गर्नेछ ।

  • खुमलटारको बैठकमा प्रचण्डले भने- गठबन्धन सहज छैन, कांग्रेससँगै पनि प्रतिस्पर्धा हुनसक्छ

    खुमलटारको बैठकमा प्रचण्डले भने- गठबन्धन सहज छैन, कांग्रेससँगै पनि प्रतिस्पर्धा हुनसक्छ

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा बसेको छ ।

    केन्द्रीय कार्यालयको विस्तारित सो बैठकमा उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरू उपस्थित थिए ।

    बैठकमा अध्यक्ष प्रचण्डले तालमेलको विषय निकै पेचिलो र असहज रहेको स्वीकार गरेका छन् । स्रोतकाअनुसार सकेसम्म सबै ठाउँमा कांग्रेससँग बार्गेनिङ गरेर तालमेलको प्रयास भइरहेको प्रचण्डले ब्रिफिङ गरेका छन् ।

    नेकपा एस, जसपालाई लक्षित गर्दै प्रचण्डले ‘अन्य दल’ ले आफ्नो हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेकाले तालमेलको विषय कठिन भएको बबताएका छन् ।

    ‘अध्यक्ष कमरेडले सकेसम्म बार्गेनिङ गरेर तालमेल गर्ने । सहमति नभएको अवस्थामा कांग्रेससँग स्वस्थ प्रतिस्पर्धा गर्न सकिने उहाँले बताउँनुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही स्थानमा गठबन्धनका अन्य दल मिलेर पनि प्रतिस्पर्धा गर्न सकिने उहाँको धारणा रह्यो । सोहीअनुसार छलफल भयो ।’

  • खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक, निर्वाचनबारे छलफल

    खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक, निर्वाचनबारे छलफल

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ ।

    गठबन्धनका आबद्ध दलका बीचमा केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

  • ललितपुरको मेयरका लागि कांग्रेसबाट सातजना सिफारिस

    ललितपुरको मेयरका लागि कांग्रेसबाट सातजना सिफारिस

    ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सातजनाको नाम सिफारिस गरेको छ।

    कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । कांग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।

    महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

  • पोखरा महानगर: महागठबन्धनमाथि एमाले हाबी, मेयरमा कांग्रेस र नेकपा एसको तथ्यांकसहित यस्तो दाबी

    पोखरा महानगर: महागठबन्धनमाथि एमाले हाबी, मेयरमा कांग्रेस र नेकपा एसको तथ्यांकसहित यस्तो दाबी

    काठमाडौं । भागबण्डाका क्रममा पोखरा महानगरपालिकाको नेतृत्व नछाड्न आग्रह गर्दै बुधबार कास्की कांग्रेसका नेताहरूको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत केन्द्रीय पदाधिकारीहरूलाई भेट्यो । कास्की सभापति किशोरदत्त बरालको नेतृत्व गएको टोलीले ठूलै मेहनतपछि सभापति देउवालाई भेट्न पाएको थियो ।

    भेटमा प्रधानमन्त्री देउवाले उल्टै कास्की कांग्रेसको टोलीको ‘झाँको’ लिए । टोलीले पोखरा महानगरको नेतृत्व एकीकृत समाजवादीलाई दिन लागेको र त्यसो हुँदा एमालेलाई जित्न पनि नसकिने र कांग्रेसलाई नै क्षति हुने बताएको थियो ।

    त्यत्ति सुन्दा नै प्रधानमन्त्री देउवाले महानगर भागबण्डाबारे कुरै नचलेको भन्दै रिस निकाले । उनले झोक्किँदै जवाफमा भने, ‘कुरै चल्या छैन । कसरी दिने भन्ने ? त्यसै कुरा लिएर आउने ?’

    त्यसपछि पोखराको अंकगणितका विषयमा टोलीले जानकारी गराउने प्रयास गरेको थियो । त्यसमा पनि प्रधानमन्त्री देउवाले ‘सब थाहा छ, सब थाहा छ’ भनेर कुरै सुन्न चाहेनन् । अन्तिममा टोलीले कांग्रेस एक्लै पनि चुनाव जित्न सक्ने अवस्थामा रहेको बताएको थियो ।

    त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसबाट साझा उम्मेदवार बनाएर ल्याउन चुनौती दिए । ‘साझा उम्मेदवार बनाएर ल्याउन सक्छौं ?’ भनेर चुनौतीपूर्ण प्रश्न तेस्र्याएपछि टोली नाजवाफ भयो । जिल्ला सभापतिले ‘सक्छौं’ भन्ने जवाफ दिन सकेनन् ।

    प्रधानमन्त्री देउवा झोक्किएजस्तै पोखराको अवस्था पनि उस्तै देखिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा नेकपा माओवादी केन्द्रले मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई समर्थन गरेको थियो । माओवादी केन्द्रको समर्थन पाउँदा पनि कांग्रेस उम्मेदवार कुँवर नेकपा एमालेका उम्मेदवार मानबहादुर जीसीसँग झण्डै १४ हजारको मतान्तरले पराजित हुनपुगे ।

    त्यतिबेला एमालेबाट उम्मेदवार जीसीले ६० हजार एकसय १८ मत पाउँदा कांग्रेसका कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए । तेस्रो भएका संघीय समाजवादी फोरमका उम्मेदवार हुमबहादुर गुरुङले ३ हजार एक सय ७० मत ल्याउँदा राप्रपाका उम्मेदवार गिता गुरुङले २ हजार २ सय ७२ मत ल्याएकी थिइन् । अहिले हुमबहादुरसहित जसपाको सिंगो टिम नै एमालेमा प्रवेश गरिसकेको छ ।

    विगतको यो नतिजा हेर्दा त्यहाँ एमाले एक्लै निकै बलियो छ । त्यहीँ कारण सत्तारूढ गठबन्धनका दलहरू एक्ला–एक्लै लड्दा अवस्था सुरक्षित छैनन् । प्रधानमन्त्री देउवाले पनि सोही गणितको आँकलन गरेर नै पोखरामा गठबन्धनको विकल्प देखेका छैनन् ।

    यद्यपि सत्तारूढ दलहरूबीचको भागबण्डामा महानगरको नेतृत्व कहाँ कसले लिने ? भन्ने विषयमा रस्साकस्सी चलिरहेको छ । सोही रस्साकस्सीको उदाहरण हो– कास्की कांग्रेसको हिजोको डेलिगेसन ।

    चुनावी गणितमा एमाले हाबी, दोस्रोमा कांग्रेस

    सत्तारूढ दलहरूले प्रक्षेपण गरेको तथ्यांकअनुसार नै पोखरामा एक्ला–एक्लै तुलना गर्दा एमाले हावी देखिन्छ । निर्वाचन आयोगका अनुसार यसपटक महानगरमा २ लाख ७ हजार ७ सय १२ जना मतदाता छन् । कास्की कांग्रेसले गरेको प्रक्षेपणअनुसार यसमा झण्डै २५ देखि ३० प्रतिशत मत नखस्ने मतदाताको छ । जुन नेपालका पछिल्ला निर्वाचनहरूको औसत दर हो ।

    बाँकी मतमा ७० देखि ७२ हजार मतदाता एमालेले होल्ड गर्नसक्ने रिपोर्ट कांग्रेसको छ, जुन देउवालाई सुनाउन ल्याइएको थियो । कांग्रेससँग ६० हजारको हाराहारीमा मत छ भने ८ हजार माओवादी केन्द्र र ५ हजार नेकपा एससँग रहेको कांग्रेसको दाबी छ ।

    अघिल्लो निर्वाचनमा तीनहजार बढी मत पाएको संघीय समाजवादी फोरम (हालको जसपा) का मेयरका उम्मेदवार गुरुङ नै एमाले प्रवेश गरेपछि सो मत उतै गएको कांग्रेसको दाबी छ ।

    हुमबहादुरमात्र होइनन्, कास्कीका प्रभावशाली नेता तथा प्रदेश अध्यक्ष गणेशमान गुरुङसहित यहाँको ३ हजार मत होल्ड गर्ने समूहलाई केपी ओलीले एमालेमा स्वागत गरिसके । नेकपा एसले एमालेबाट काट्ने मत एमालेले जसपाबाट कभर गर्ने दाबी छ ।

    यता नेकपा एसले भने झण्डै १८ हजार मत नेकपा एमालेको तान्ने प्रक्षेपण गरेको छ । त्यसका लागि सो पार्टीले ८३ पेजको प्रतिवेदन नै तयार पारेको स्रोतले बतायो । तर कास्की कांग्रेसले भने नेकपा एसको त्यो अनुमान आधारहीन रहेको दाबी गरिरहेको छ ।

    कांग्रेसका मेयर दाबेदार बाबुराम आचार्य तीनपटक गन्दा पनि नेकपा एसको मत १८ हजार नपुग्ने दाबी गर्छन् । नेकपा एसका मेयरका दाबेदार धनराज आचार्यकै वडामा सो पार्टीले २ सय मत कटाउने अवस्था नरहेको र अन्य वडामा त्यति मत पनि नरहेको कांग्रेस र माओवादी दुवै पक्षको आँकलन छ ।

    गठबन्धनभित्र मेयरमा तीनै दलको दाबी

    सत्तारूढ पाँच दलबीचमा स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णयपछि अहिले सिट भागबण्डाको बहस चलिरहेको छ । देशभरका ६ महानगरमध्ये कांग्रेसबाहेकका दलहरूले ३–३ को अवधारण अघि सारेका छन् । जसमा ३ महानगर कांग्रेस र ३ आफूहरूले पाउनुपर्ने उनीहरूको दाबी छ ।

    कांग्रेसले पाउने तीन महानगरमा पहिल्यै जितेको ललितपुर र विराटनगरका साथै देशको राजधानी काठमाडौंको चर्चा भइरहेको छ ।

    भरतपुरमा माओवादी केन्द्रबाट फेरि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाललाई नै लडाउने लगभग तय भइसकेको स्रोत बताउँछ । वीरगञ्जमा जसपाले दाबी गरिरहेको छ भने नेकपा एसले बाँकी रहेको पोखरा त हरहालतमा लिइछाड्ने अड्डी कसेको छ ।

    केहीदिनअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले कम्तिमा एक महानगर र एक उपहानगर आफूहरुले पाउनुपर्ने बताएका थिए ।

    त्यसैअनुसार उसले पोखरा रोजेको चाल पाएपछि कास्की कांग्रेसका नेताले सक्रियता बढाएका छन् । एमालेपछि दोस्रो शक्तिशाली दल कांग्रेस नै भएकाले एमाले हराउन कांग्रेसबाहेक अन्य दलले नसक्ने उनीहरूको तर्क छ ।

    ‘गठबन्धन बनाएर चुनावमा जानेमा दुईमत छैन । तर, समाजवादीलाई अगाडि बढाएर चुनाव चाहिँ जितिँदैन । मुस्किलले पाँच हजार मत हो– समाजवादीको,’ हिजो प्रधामन्त्रीलगायत कांग्रेसका शीर्ष पदाधिकारीहरूसँगको भेटमा कास्की कांग्रेसका सभापति बरालले भनेका थिए, ‘पोखराको नेतृत्व चाहिँ कांग्रेसले पाउनेगरी गठबन्धनबाट चुनावमा जानुपर्यो ।’

    पोखरामा पाँच दलीय गठबन्धनभन्दा एमाले एक्लै बलियो देखिन्छ । पछिल्लो समय जसपाको समेत मत थपिएको अवस्थामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बन्दा जुन तहको प्रतिस्पर्धा हुन्छ, नेकपा एस वा माओवादीबाट मेयर उम्मेदवार बन्दा एमालेको जित अझ सहज हुने ठम्याइ छ । त्यसैले कांग्रेस पोखरा छाड्न चाहँदैन तर केन्द्रबाट नेकपा एसलाई दिनैपर्ने अवस्थामा पोखराबाहेक अरु महानगर छैन ।

  • ७४ वर्षमा नौपटक स्थानीय निर्वाचन, यस्तो छ इतिहास

    ७४ वर्षमा नौपटक स्थानीय निर्वाचन, यस्तो छ इतिहास

    काठमाडौं । मुलुकमा गणतन्त्र स्थापना भएपछि दोस्रोपटक स्थानीय तहको चुनाव हुँदैछ । तर नेपालमा स्थानीय चुनावको इतिहास ७४ वर्ष पुरानो छ ।

    नेपालमा पहिलोपटक २००४ सालमा संविधान जारी भएपछि गाउँ तथा नगर पञ्चायतको चुनाव भएको थियो । त्यसको सात वर्षपछि अर्थात् २०१० सालमा दोस्रोपटक र २०१४ सालमा तेस्रोपटक स्थानीय निकायको चुनाव भएको थियो । २०१४ सालमा गाउँ पञ्चायतको चुनाव भएको थियो भने नगर पञ्चायतको चुनाव २०१८ सालमा भएको थियो ।

    २०१० सालको चुनावमा काठमाडौं– ८ बाट साधना प्रधान जनप्रतिनिधि चुनिएकी थिइन् । उनी नै नेपालको पहिलो निर्वाचित महिला जनप्रतिनिधि हुन् ।

    निर्वाचन आयोगका अनुसार नगरपञ्चायत निर्वाचन २०१९ साल जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन २०१९ सालदेखि विभिन्न मितिमा, अञ्चालसभा र अञ्चल पञ्चायत निर्वाचन २०२० सालदेखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।

    २०३९ साल वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँ पञ्चायत तथा नगर पञ्चायत, २०३९ साल असार २ गते जिल्ला पञ्चायत, २०४३ साल चैत ७ र १० गते गाउँ पञ्चायत तथा नगरपञ्चायत एवं २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको निर्वाचन भएको इतिहास छ ।

    मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछि स्थानीय निकायको निर्वाचनकारूपमा २०४९ जेठ १५ र १८ गते गाउँविकास समिति तथा नगरपालिका निर्वाचन, २०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा २०५४ असार २७ गते जिल्ला विकास समितिको निर्वाचन भएको थियो । २०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन भयो । जुन समय राजाको प्रत्यक्ष शासन थियो ।

    देशमा संविधानसभाबाट संविधान बनेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । २०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा भएको थियो ।

    सिंहदरबारको अधिकार स्थानीय सरकारमार्फत जनताकै घरदैलोमा पुर्याउने उद्देश्यसहित भएको निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएका थिए जसमध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रह्यो ।

    स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए । त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ ले मतदान गरेका थिए । ७४ दशमलव ५३ प्रतिशत मतदान भएको आयोगकोको तथ्यांकमा उल्लेख छ ।

    २०७४ को निर्वाचनमा राजनीतिक दलबाट ८३ हजार ८३६ पुरुष, ५६ हजार ४२७ महिला, २ तेस्रो लिङ्गी तथा स्वतन्त्रतर्फ ६ हजार ६८२ पुरुष, एक हजार ४१५ महिलासहित एक लाख ४८ हजार ३६४ उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले उल्लेख गरेको छ ।

    उक्त स्थानीय तह निर्वाचनमा सबैभन्दा सानो १८ लहर र सबैभन्दा ठूलो ६८ लहरको मतपत्र कायम गरिएको थियो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिने भएको छ ।

    आयोगले ०७४को स्थानीय तह निर्वाचनका लागि १७ स्थानीय भाषामा निर्वाचन सूचना सामग्री बनाइएको थियो । मुलकमा हाल छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तह र छ हजार ७४३ वडा कायम रहेका छन् ।
    आसन्न निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । आयोगका अनुसार कुल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५३० र अन्य १८३ जना छन् ।

    यो निर्वाचानमा २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको निवाचन आयोले जनाएको छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंका हुने बताइएको छ ।

  • पोखरामा एमालेले मतदानबाट मेयर-उपमेयरका उम्मेदवार छान्दै, आजै मतदान

    पोखरामा एमालेले मतदानबाट मेयर-उपमेयरका उम्मेदवार छान्दै, आजै मतदान

    पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो । मनोनयन समेत शुक्रबार नै हुनेछ ।

    यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।

    मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।

    उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी ९त्रिपाठी०, बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।

    आकांक्षीहरुले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएकाभन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने छन् । एमालेको आन्तरिक बैठकमा बहालवाला सांसदलाई मेयर उपमेयरमा छेक्ने प्रयास भएको छ । बैठकका सहभागीहरुले कडा रुपमा उनीहरुको विरोध गरेको एक नेताले बताए ।

    २०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिस्पर्धाबाटै मेयर र उपमेयरको नाम टुंग्याइएको थियो ।

  • दाङको बंगलाचुली र राजपुरमा एमाले उम्मेदवार सर्वसम्मत

    दाङको बंगलाचुली र राजपुरमा एमाले उम्मेदवार सर्वसम्मत

    रूपन्देही । आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दाङले बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा सर्वसमतरुपमा नाम छनोट गरेको छ ।

    एमाले दाङ पदाधिकारी बैठकले बंगलाचुलीमा अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वती घर्तीलाई सर्वसम्मतरुपमा चयन गरेको छ । पछिल्ला दिनहरुमा बंगलाचुलीमा कांग्रेस, माओवादीलगायतका दलहरुका नाम चलेका सयौं नेताहरु एमालेमा प्रवेश गरेपछि निर्वाचन सजिलै जित्ने अनुमान लगाउँदै उनीहरुलाई सर्वसम्मत उमेदवार बनाइएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।

    यसैगरी राजपुरमा कुलराज गिरी र सिता यादवको नाम सर्वसम्मतरुपमा चयन गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए ।

    राजपुरमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन केन्द्रीय सरकार र महासचिव शंकर पोख्रेल मुख्यमन्त्री रहेको तत्कालीन लुम्बिनी प्रदेश सरकारले सो क्षेत्रको विकासमा धेरै काम गरेको र पार्टीको सांगठनिक काम पनि पछिल्ला दिनहरुमा अत्यन्तै उत्साहजनक तरिकाले अगाडि बढेकाले दुबै उम्मेदवारलाई सर्वसम्मत नाम चयन गरिएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

    अन्य पालिकाको सन्दर्भमा पनि एमाले दाङको पदाधिकारीले पालिका तहबाट आएका नामहरु माथि छलफल गर्ने काम गरिरहेको उनले बताए । एमाले दाङको जिल्ला बैठकले पदाधिकारीलाई अन्तिम नाम टुंगो लगाएर माथिल्लो कमिटीमा सिफारिस गर्न जिम्मेवारी प्रदान गरेको छ । प्रदेश कमिटीले जिल्लाबाट आएका नामहरु माथि व्यापक छलफल गरी केन्द्रमा पठाउने छ ।

  • तिलोत्तमाका सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सार्वजनिक

    तिलोत्तमाका सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सार्वजनिक

    रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले एकल रुपमा वडाअध्यक्षको उम्मेदवार सार्वजनिक गरेपछि सत्तागठन्धनमा रहेको दलहरुबीच आशंका थपिएको छ ।

    १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा १७ वटै वडा समितिले सर्वसम्मत निर्णय गरी उम्मेदवारको नाम नगर समितिमा सिफारिस गरिसकेका छन् । वडाअध्यक्षको नाम सिफारिस गरेपनि वडा सदस्यहरुको भने उम्मेदवार टुङ्गिएको छैन । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसँग अन्तिम चरणमा गठबन्धन भत्केको थियो । कांग्रेसले पेलेर लैजाने गरेको भन्दै जिल्लाका अन्य पालिमा गठबन्धन भएपनि तिलोत्तमामा भत्किएको थियो ।

    आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समेतको चुनावी तालमेल भएकाले वडा सदस्यको उम्मेदवारपछि टुङ्ग्याउने गरी वडा अध्यक्षको उम्मेदवार मात्रै नगर समितिमा सिफारिस गरिएको हो ।

    जसअनुसार तिलोत्तमा नगरपालिका वडा नं. १ मा जवानसिंह ठकुरी, २ मा दिलबहादुर भट्टराई, ३ मा कल्याण पौडेल, ४ मा गोविन्द भुसाल र वडा नं. ५ मा रमेश डुम्रेलाई वडा अध्यक्षमा सिफारिस गरिएको छ । त्यस्तैगरी वडा नं. ६ मा गणेश पाठक, वडा नं. ७ मा दिनमणी पंगेनी, ८ मा केशव अर्याल, वडा नं. ९ मा ध्रुव न्यौपाने, १० मा मानबहादुर गुरुङ र वडा नं. ११ मा तेजबहादुर कुवँरलाई सिफारिस गरिएको छ ।

    त्यस्तै वडा अध्यक्षको लागि वडा नं. १२ मा छविलाल खरेल, वडा नं. १३ मा नारायण ढकाल, १४ मा अस्विन पौडेल, १५ मा शेरबहादुर थापा, १६ मा झवी भुसाल र वडा नं. १७ मा दानबहादुर चौधरीको नाम सिफारिस गरिएको हो ।

    नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माले पार्टीको अस्तित्व स्वीकार नगरी गठबन्धनमा नजाने बताएका छन् । उनले एकातिर गठबन्धनमा सहमति गर्ने भनेर भन्ने एकातिर सबै वडाध्यक्ष सार्वजनिक गरेर के गर्न खोजिएको हो प्रष्ट नभएको बताए ।

  • देउवाका विश्वासपात्र नै भन्छन्- मधेसमा फोर्सफुल गठबन्धन हुँदैन, फ्रेण्ड्ली कम्पिटिसन हुन्छ

    देउवाका विश्वासपात्र नै भन्छन्- मधेसमा फोर्सफुल गठबन्धन हुँदैन, फ्रेण्ड्ली कम्पिटिसन हुन्छ

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामि संसदीय निर्वाचनसम्म नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँगको तालमेल निरन्तर होस् भन्ने चाहन्छन् ।

    यहीकारण कांग्रेसको तल्लो तहसम्म असन्तुष्टि हुँदासमेत देउवाले केन्द्रीय समितिबाट ‘स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्ने’ निर्णय गराएका छन् । केन्द्रीय समितिमा भारी बहुमत भएपनि चुनावी तालमेलको निर्णयले व्यवहारमा लागू गराउन सभापति देउवालाई सकस परिरहेको छ । किनकी पार्टीभित्र संस्थापनइतर समूहमात्रै होइन संस्थापन समूहकै नेताहरू पनि तालमेलको प्रस्तावित मोडालिटीप्रति असन्तुष्ट छन् ।

    कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल सभपाति देउवाका विश्वासपात्र मानिन्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन रिजालले मधेस प्रदेशको कमाण्ड सम्हालेका थिए । यतिबेला उनै रिजाल चुनावी तालमेलको निर्णयप्रति सन्तुष्ट छैनन् ।

    खासगरी मधेस प्रदेशमा प्रस्तावित ढाँचाअनुसारको चुनावी तालमेल हुनै नसक्ने रिजालको दाबी छ । मधेसमा कांग्रेसमात्रै नभएर जसपापनि तालमेलको पक्षमा उभिन कठीन देखिएको रिजाल बताउँछन् ।

    मधेस प्रदेशमा १ महानगरपालिका, ३ उपमहनगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी जम्मा १ सय ३६ वटा स्थानीय तह रहेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले ४०, एमालेले १८, माओवादीले २१, संघीय समाजवादी (हाल जसपा) ले २६, राष्ट्रिय जनता पार्टी (हाल लोसपा) ले २५ स्थानीय तहको प्रमुख जितेका थिए । नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहको प्रमुख जितेका थिए ।

    अघिल्लो निर्वाचनको नतिजा अनुसार मधेसमा कांग्रेस पहिलो र एमाले पाँचौ स्थानमा रहेका थिए । एमालेसँग मुख्य प्रतिस्पर्धा नभएकै कारण मधेसका कांग्रेस नेताहरू गठबन्धनको विपक्षमा उभिएका हुन् ।

    ‘एमाले बलियो भएको भए गठबन्धनको कुरा हुन्थ्यो तर मुख्य प्रतिस्पर्धा नै गठबन्धनका दलहरुबीच भएकोले गठबन्धन गर्न गार्हो छ’, केन्द्रीय सदस्य रिजालले नेपाल प्रेससँग भने । उनका पार्टीहरुको ताजा आँकलनमा कांग्रेस पहिलो र जसपा दोस्रो स्थानमा रहेको छ । वीरगञ्ज महानगरमा कांग्रेसले नेतृत्व छाड्न नहुने तल्लो तहबाट आइरहेको छ । त्यसैले गठबन्धनका शीर्ष नेताहरुले गरेको निर्णय मधेसमा हुबहु लागू नहुने रिजालको भनाइ छ । शीर्ष तहमा वीरगञ्जको मेयर जसपालाई छाड्नेगरी सहमति हुन लागेको चर्चा भइरहँदा पर्साका कांग्रेस नेताहरुले केन्द्रबाट थोपर्ने निर्णय नमान्ने निर्णय गरिसकेका छन् ।

    ‘पर्साका सबैजसो साथीहरू चुनावी तालमेलको विपक्षमा हुनुहुन्छ । कांग्रेसको मात्रै होइन जसपाका नेताहरुपनि तालमेलको पक्षमा हुनुहुन्न । तालमेल हुनेबित्तिकै कांग्रेसले पाउने ठाउँमा जसपाका नेताहरु एमाले प्रवेश गरेर चुनाव लड्ने सम्भावना छ । यस्तो गठबन्धन हुँदा उल्टै हामीलाई घाटा हुन्छ । त्यसैले मधेसमा एमाले हराउन गठबन्धन गर्नैपर्दैन, हामी हामी फ्रेण्ड्ली चुनाव लडे पुग्छ’, रिजालले भने ।

    पार्टीले निर्णय गरिहाले कार्यान्वयनका लागि बाध्य हुने भएपनि मधेसमा गठबन्धन नहुने सम्भावना ९० प्रतिशतभन्दा बढी रहेको रिजालको दावी छ । कांग्रेसको निर्णय नै स्थानीय आवश्यकताको आधारमा तालमेल गर्ने रहेको भन्दै रिजाल पार्टी निर्णयअनुसार नै जानुपर्ने बताउँछन् ।

    ‘यदि मधेसमा तालमेल आवश्यक छैन भने किन गर्ने ?’, उनको प्रश्न छ । सभापति देउवालाई पार्टीको अवस्थाबारे सही ब्रिफिङ नभएको रिजालको दावी छ । आफूले छिट्टै देउवासँग भेटेर यथार्थ जानकारी गराउने उनले बताए ।

    ‘मलाई लाग्छ मधेसको मात्रै नभएर देशैभरीको एक्ज्याट ग्राउण्ड उहाँलाई थाहा छैन । कसैले मिसइन्फर्म वा मिस लिड गरेको हुनसक्छ । मधेसमा गठबन्धन गर्नु सबैका लागि हानिकार छ । म केहीदिनमै भेटेर कुरा राख्छु’, उनले भने ।

  • तल कुरा मिले तालमेल हुन्छ, नमिले हुँदैन : महामन्त्री थापा (भिडिओ)

    तल कुरा मिले तालमेल हुन्छ, नमिले हुँदैन : महामन्त्री थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमति जुट्न नसकेका स्थानीय तहमा केन्द्रबाट तालमेलको निर्णय लाद्न नसकिने बताएका छन् ।

    काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनको मर्म भनेकै स्थानीयको निर्णय लागू गर्ने पद्दति रहेको स्मरण गारउँदै स्थानीय तहमा कुरा मिले तालमेल हुने र नमिले तालमेल नहुने स्पष्ट पारे ।

    नेपाली राजनीतिमा फरक विचार राख्ने दलबीच चुनावका लागि तालमेल हुने विषय हितकर नहुने आफ्नो धारणा यथावत रहेको थापाले बताए । यद्यपि पार्टीले गरेको निर्णय आफ्ना लागि सदैव मान्य हुने थापाले प्रष्ट्याए ।

    ‘चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन भन्ने मेरो मत हो । मेरो मत मैले पार्टीमा राखे तर पार्टीका बहुमत साथीहरुले गठबन्धन जरुरी छ भनेपछि पार्टीको निर्णय मैले मानेको छु । मान्नुपनि पर्छ’, थापाले भने ।

    कुन स्थानीय तहमा कसरी तालमेल गर्ने वा नगर्ने भन्ने विषय पार्टीको सम्बन्धित तहको क्षेत्राधिकार हुने भन्दै थापाले सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने बताए ।

    गठबन्धनको संयन्त्रमा देशभैरी अहिले छलफल चलिरहेको छ । छलफल चल्छ, कुराकानी मिल्यो तालमेल हुन्छ । कुराकानी मिलेन तालमेल हुँदैन । कुराकानी मिलेन भने आफू–आफू लड्न मिल्छ, लड्न पाउनुपर्छ । तल कुरा नमिलेपनि केन्द्रबाट निर्णय थोपर्नु हुँदैन’ थापाले भने ।

  • विप्लव नेकपाले चुनावमा हुने पैसा दुरुपयोगविरुद्ध संघर्ष गर्ने

    विप्लव नेकपाले चुनावमा हुने पैसा दुरुपयोगविरुद्ध संघर्ष गर्ने

    खोटाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । २९ चैतमा बसेको नेकपाको १२औँ पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा शक्ति र पैसाको दुरुपयोग हुने निष्कर्षसहित सोविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

    नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको माहोल सिर्जना गर्ने, जनमत संग्रह र समाजवादको बारेका बहस छलफललाई तीव्रता दिने, एमसीसी पक्षधरको भण्डाफोर गर्ने, भ्रष्टाचारी, मिटरव्याजी, सामाजिक विभेद बिरुद्ध जनपरिचालन सहित संघर्ष चर्काउने निर्णय गरिएको विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।

    कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सञ्जिप थापाले जारी गरेको विज्ञाप्तीमा दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहको लागि जनमत सिर्जना गर्ने, अभियान सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ ।

    पार्टीले पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादनमा विशेष जोड दिने, जिल्लाको नगर कमिटि, गाउँ कमिटि, वडा कमिटि र सेल कमिटिको सुदृढीकरण तथा बैठक गर्ने, जनवर्गीय संगठन र मोर्चाको जिल्ला भेला तथा सम्मेलन गर्ने लगायतका निर्णय गरिएको जनाएको छ । १२ औं पूर्ण बैठक केन्द्रीय सदस्य सैलेसको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

  • लुम्बिनीको गठबन्धनमा गडबड, रोल्पादेखि रुपन्देहीसम्म विवादै विवाद

    लुम्बिनीको गठबन्धनमा गडबड, रोल्पादेखि रुपन्देहीसम्म विवादै विवाद

    रुपन्देही । लुम्बिनीका सबै पालिकामा गठबन्धन गर्ने सहमति गरेका पाँच दलबीच खटपट सुरु भएको छ । कांग्रेस प्रदेश सभापति रहेका अमरसिंह पुनको जिल्ला रोल्पाबाटै कांग्रेसले विद्रोह गर्ने भएपछि गठबन्धनमा समस्या देखिएको हो । माओवादीले आधार इलाका मान्दै आएको रोल्पामा कांग्रेस जिल्ला समितिले आधा सिट नदिए एक्लै चुनावमा जाने धम्की दिएपछि समस्या थपिएको हो ।

    कांग्रेसले रोल्पामा रहेका १० पालिकामामध्ये कम्तिमा पाँच पालिकाको नेतृत्व नपाए एक्लै चुनाव लड्ने निर्णय गरेको छ । कांग्रेसले ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ७२ वटा वडामध्ये ३६ वडाअध्यक्ष आफूले पाउनुपर्ने माग राखेको हो ।

    ३६ वडामा अध्यक्ष पाएको वडामा एक जना सदस्य र अन्य ३६ वडामा ३ जना सदस्य पाउनुपर्ने बटमलाइन रहेको नेपाली कांग्रेस रोल्पा जिल्ला सभापति किशोरकुमार आचार्यले जनाएका छन् । ‘त्यसो नभए मित्रवत रुपमा एकल चुनावमा जान सकिन्छ, जिल्लामा पार्टीको संगठन मजबुद बनेकोले आफूहरुले आधा सिट पाउनुपर्ने कार्यकर्ताको दवाव रहेकोले सोही अनुसार निर्णय गरिएको हो, नभए एक्लै चुनाव लड्ने तयारी छ’, उनले भने । २०७४ सालको स्थानीय चुनावमा रोल्पामा माओवादी सात, एमालेले दुई र नेपाली काँग्रेसले एउटा स्थानीय तह जितेको थियो ।

    पाँच दलीय गठबन्धन एक भएर चुनाव लड्ने निर्णय भएपनि भागबण्डा मिलाउने विषयलाई लिएर उनीहरुबीच तीव्र अविश्वास देखिएको यो विषयले प्रष्ट पारेको छ ।

    त्यसो त कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सुरुदेखि नै गठबन्धनको विपक्षमा भएकाले रोल्पाबाट यस्तो निर्णय भएको माओवादी नेताहरुको आंकलन छ । ‘रोल्पामा यस्तो निर्णय गराउनु कांग्रेस सभापतिकै गठबन्धनप्रतिको अनिच्छा भएको देखिन्छ’, माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, ‘माओवादीको आधार इलाकामा यसरी हलो अड्काउन खोज्नु गठबन्धनमा निहुँ खोज्नुसरह नै हो ।’

    प्रदेश सभापति पुनले पार्टीको केन्द्रीय तहको निर्णयसँगै गठबन्धनको पक्षमा उभिए पनि खुलेर चुनावी तालमेलको प्रक्रिया अगाडि बढाउन रुचि देखाएका छैनन् । केही दिनअघि पुनले अर्घाखाँचीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सबै पालिकामा गठबन्धन संभव नभएको र स्थानीय आवश्यकता अनुसार अगाडि बढिने बताएका थिए ।

    गठबन्धन गर्दा कांग्रेसले धेरै गुमाउनुपर्ने तर्क गर्दै आएका नेता पुन गठबन्धनको केन्द्रीय सहमतिले अप्ठेरोमा परेको उनीनिकट नेताहरु बताउँछन् ।

    कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले आफ्नो जनमत कति हो भन्ने आधार नभइ केही दलका नेताहरुले पालिका दाकी गरेको र केन्द्रको निर्णयले अफ्ठेरो परेको बताउँछन् । ‘अझै भागवण्डाको टुंगो लागेको छैन, हामी छलफलमै छौं । तर नेकपा एसले एमालेले जितेका पालिकामा आफ्नो दाबी गरेर कसरी संभव हुन्छ र ?’, रानाले भने ।

    कांग्रेस प्रदेश सभापति पुन व्यक्तिगत रुपमा अझै पनि गठबन्धनको पक्षमा नरहेको बताउँछन् । नीतिगत रुपमा पार्टीले निर्णय गरेपछि भने त्यसको विरोध गर्दै आफू नहिँडेको पुनले बताए । उनले भने, ‘गठबन्धनका नाममा गलपासो नगरौं भन्ने हो, त्यस विषयमा मैले आफ्नो फरक मत राखिसके ।’

    गठबन्धन गरेर अघि बढ्ने निर्णयसँगै पहिलो पटक सार्वजनिक विज्ञप्तिमा नेकपा एकीकृत समाजवादीको नाम नै समावेश नगर्दा त्यसको असर चुनावको अन्तिम दिनसम्म पनि पर्न सक्ने नेताहरु बताउँछन् । उक्त भूललाई सुधार गरी समाजवादीसहितको पाँचवटै दलका प्रतिनिधिको हस्ताक्षरसहित फेरि विज्ञप्ति निकालिए पनि पनि पहिलो विज्ञप्तिमै गठबन्धन दलकै नाम छुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यसैगरी चैत २७ गते बसेको गठबन्धन दलको बैठकले यस बाहेकका अन्य कुनै पनि दलसँग गठबन्धन नगर्न निर्देशन जारी गरेको छ । उक्त निर्णय कार्यान्वयन गराउनका लागि अनुगमन संयन्त्र नै निर्माण गरी अघि बढ्नुले उनीहरुबीच आपसी विश्वासको कमी भएको देखिएको छ । केन्द्र तथा प्रदेश तहमा दलीय गठबन्धन गरे पनि स्थानीय तहका नेता कार्यकर्ताले गठबन्धनलाई अस्वीकार गर्ने डर नेतृत्वलाई रहेको देखिन्छ ।

    गठबन्धन दलमा सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस भित्र नेता कार्यकर्ताहरुको चित्त बुझाउन थप सकस हुने देखिएको छ । कांग्रेसका केही नेताले अनौपचारिक रुपमा गरिने छलफलमा गठबन्धनका कारण आफूहरुले धेरै गुमाउनुपर्ने तथा पार्टीभित्रैबाट अन्तरघातको सम्भावना बढी रहने बताउने गरेका छन् ।

    गठबन्धनभित्र मतभेद हुँदा उम्मेदवारको नाम समेत सिफारिस गर्न नसक्नुले लुम्बिनीका चार उपमहानगर पहिलो चुनौतीका रुपमा देखिएको छ । बुटवल उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, तुल्सीपुर उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका कुन दललाई प्रमुख पदको उम्मेद्वार बनाउने विषय नै चुनौतीपूर्ण देखिएको हो ।

    चार उपमहानगरमध्ये नेकपा माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र नेपाली कांग्रेसले दुई वटा उपमहानगरपालिका पाउनुपर्छ भन्ने मत बलियो छ । यसरी भागबण्डा गर्दा आफ्नो राम्रो जनमत भएको उपमहानगर पनि अन्य दललाई सुम्पिनु पर्ने देखिएपछि काँग्रेसका स्थानीय नेताहरु बीच मत बाझिएको हो ।

    गठबन्धनमा गत निर्वाचनमा जित दर्ता गरेको आधार तथा मतभारको आधारमा ती दलहरुलाई पहिलो प्राथमिकता दिने यसअघि नै समझदारी भएको छ । यस्तो अवस्था रहेको खण्डमा बुटवलबाट मेयरको टिकट आफूहरुले पाउनु पर्ने एकीकृत समाजवादीको माग छ । पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईंले गठबन्धनमा आफूहरुलाई सम्मानजन व्यवहार गरिनुपर्ने बताए । लुम्बिनी प्रदेशका चार उपमहानगरमध्ये बुटवलमा आफूहरुले प्रमुख पद पाउनु पर्ने बटमलाइन रहेको उनले बताए ।

    यसैगरी नेपालगञ्ज उपमहानगरपालिका र तुल्सीपुर उपमहानगरपालिकामा कांग्रेसले प्रमुख पद पाउनुपर्ने दावी गरिरहेको छ । तर नेपालगञ्जमा जसपाले दावी गरिरहेको छ । माओवादी केन्द्रले घोराही उपमहानगरमा आफूले प्रमुख पद पाउनु पर्ने दावी गरेको छ । नेपालजञ्ज र तुलसीपुर उमहानगरमा गठबन्धनका दलहरुले दाबी नगरको हुँदा काँग्रेसले नै प्रमुख पद पाउने निश्चित भएपछि जसपा असन्तुष्ट बनेको छ ।

    यसरी गठबन्धन मिलाउन काँग्रेसले महत्वपूर्ण मानिएको बुटवल उपमहानगर नेकपा एसले दावी गरेपछि र घोराही उपमहानगर माओवादीले दावी गरेपछि नेपाली कांग्रेसभित्र नै ठूलो असन्तुष्टि हुने देखिएको छ ।

    जसपा लुम्बिनीका महासचिव यज्ञ पोखरेलले सम्मानजनक सहभागिता नभए गठबन्धनको औचित्य नहुने बताए । ‘पहिले पहाडमा टुंगाउनुपर्दछ, हामीलाई तराईमा मात्रै सीमित गर्न खोजिएको छ, त्यो मान्य हुँदैन, पहाडका सबै जिल्लामा सहभागिता हुनुपर्दछ’, पोखरेलले भने ।

    नेकपा एसका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले गत निर्वाचनामा एमालेले जितेका पालिकामा दावी रहने बताए । एमालेले प्रदेशका ४३ पालिका जितेको थियो । तर एमालेबाट नेकपा एसमा कुनै पनि पालिका प्रमुख गएका छैनन् ।

    ‘गत निर्वाचनमा जितेको पार्टीलाई प्राथमिकता दिने गठबन्धनको निर्णय न्यायोचित छ, त्यो समयमा हामी एमाले थियौं र एमालेले जितेका स्थानमा हाम्रो दावी स्वभाविक हो, यसबाट कसैलाई अन्याय हुँदैन’, उनले भने, ‘अहिले ठ्याक्कै कति पाउने भन्ने टुंगो लागेको छैन, यसको बारेमा बसेर टुंगो लगाउँछौं’, उनले भने ।

    नेकपा माओवादी केन्द्रका नेता तुलाराम घर्तीले केन्द्रमा भएको भागवण्डाको आधारले भन्दा पनि जिल्ला तथा स्थानीय तहको जनमतका आधारमा टुंगो लाग्ने बताए । ‘एमाले हुँदाको भाग नेकपा एसले अहिले खोजेर हुँदैन, जनमत हेर्नुपर्दछ’, उनले भने ।

    गत स्थानीय तहको निर्वाचनमा लुम्बिनीका १०९ पालिकामध्ये एमालेले ४३, नेपाली कांग्रसले ३३, माओवादीले १९, हाल जसपा रहेको (समाजवादीले ६, फोरम लोकतान्त्रिकले २, स्वतन्त्र ३(राजपाको विद्रोही समूहसहित), जनमोर्चा २ र राप्रपाले १ पालिकामा एमालेले जितेका थिए ।

    जसमध्ये माओवादीबाट जितेका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका प्रमुख तथा रुपन्देहीको ओमसतिया गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन् भने सम्मरीमाईका माओवादीमा प्रवेश गरेका छन् ।

  • उम्मेदवार टुंगो लगाउन कांग्रेसले सात प्रदेशमा सात सह-महामन्त्री खटाउने

    उम्मेदवार टुंगो लगाउन कांग्रेसले सात प्रदेशमा सात सह-महामन्त्री खटाउने

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सह-महामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ ।

    आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउन वैशाख ३ गते सह महामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो ।

    उनीहरूलाई प्रदेशमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ ।

    प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ ।

    वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

  • माओवादीका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी साधारण सदस्यबाटै निष्कासित

    माओवादीका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी साधारण सदस्यबाटै निष्कासित

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका कमिटीका अध्यक्ष रहबर अन्सारी, उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट निष्कासन गरेको छ ।

    वीरगन्जबाट माओवादीको मेयर उम्मेदवार बनिसकेका र अहिले पनि मेयरका दाबेदार अन्सारीलाई पार्टी कार्यालय तोडफोड गरेको अभियोगमा पर्सा जिल्ला समन्वय समितिले बुधवार साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

    जिल्ला इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले संयुक्त वक्तव्यमार्फत अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने काममा संलग्न रहेको आरोप अन्सारीमाथि लगाएको छ ।

    विज्ञप्तिमा पार्टी कार्यालय तोडफोड गरि जिल्लाका नेताहरूलाई गालीगलौज गराउनुको साथै देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा पार्टीलाई बदनाम गराउन खोजेको आरोप लगाइएको छ ।

    यसअघि बुधवार अपरान्ह अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख जुवेर आलमसहितको टोलीले जिल्ला कार्यालय तोडफोड गरेका थिए ।

    स्थानीय चुनाव लक्षित संयन्त्र गठनप्रति असन्तुष्ट उनीहरू ज्ञापन पत्र बुझाउन जाँदा भनाभन भएपछि तोडफोडमा उत्रिएका थिए ।

    जिल्ला संयोजक र सचिवले चन्दा उठाएर पार्टीको बदनाम गरेको उनीहरूको आरोप छ ।

    जिल्ला संयोजक कुशबाहाले भने रहबर अन्सारीको निर्देशनमा सो घटना भएको आरोप लगाएका छन् ।

  • गठबन्धनमा महानगर बाँडफाँट- काठमाडौं वा पोखरा नेकपा एसको बटम लाइन, अन्यत्र सहमति

    गठबन्धनमा महानगर बाँडफाँट- काठमाडौं वा पोखरा नेकपा एसको बटम लाइन, अन्यत्र सहमति

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा मिलाउन अनौपचारिक छलफलमा जुटेका छन् ।

    महानगरपालिकाको भागबण्डा लगभग सहमति नजिक रहेपनि नेकपा एकीकृत समाजवादीले पोखरा वा काठमाडौंमध्ये एउटा दाबी गरेपछि थप छलफल आवश्यक भएको कांग्रेस स्रोतले जनाएको छ ।

    विगतमा एमालेले जितेकामध्ये एउटा महानगरपालिका आफूले पाउनुपर्ने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शीर्ष बैठकमै अडान राखेपछि कांग्रेसमा थप छलफल आवश्यक भएको हो ।

    गठबन्धन दलमध्ये माओवादीले भरतपुर र जसपाले वीरगन्ज महानगरपालिकाको मेयर पाउने निश्चित जस्तै छ । ती दुवै पालिकामा कांग्रेसले उपमेयरसहित बहुमत वडाध्यक्ष लिनेछ ।

    त्यस्तै कांग्रेसले जितिरहेका विराटनगर र ललितपुर महानगरपालिका पाउने निश्चित छ भने काठमाडौं महानगर कांग्रेसले नै लिनेछ । तर नेकपा एसले काठमाडौं नपाए पोखरा दाबी गरेको छ ।

    पोखरा नेकपा एसलाई दिन नहुने र कांग्रेस एक्लै जित्ने महानगर नेकपा एसलाई दिँदा एमालेको जित सहज हुने भन्दै स्थानीय नेताहरू काठमाडौंमा आएका छन् ।

    अघिल्लो चुनावमा कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि एमालेले करिब २० हजारको मतान्तर जितेको थियो ।

    कास्कीका कांग्रेस नेताहरूले जिल्लामा नेकपा एमाले विभाजनको असर न्यून रहेको र पोखरा महानगरपालिकामा नेकपा एसको मत २ हजार पनि नपुग्ने भन्दै कांग्रेसले आफ्नो ४५ हजार मत खसाउँदा पनि जित्न नसकिने रिपोर्ट गरेका छन् ।

    कांग्रेस नेता तथा मेयरका दाबेदार विश्वशंकर पालिखेले भने- पोखराको मेयर जित्न ६० हजार भन्दा बढी मत ल्याउनुपर्छ । त्यो भनेको कांग्रेस पार्टीबाटै उठ्दा पनि पार्टीको मात्र नभएर व्यक्तिगत लोकप्रियताको मत समेत चाहिन्छ । कांग्रेसलेबाहेक अरूले पाएर सबै भोट खन्याउन पनि सकिन्न र जिताउन पनि सम्भव छैन ।

    नेकपा एसले पोखरा पाउँदा मेयर उम्मेदवार धनराज आचार्य हुन् । कांग्रेसबाट भने पूर्व सचिव बाबुराम आचार्य,पार्टी सभापति कृष्ण केसी, विश्वशंकर पालिखे लगायत छन् ।

    नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पोखरा र काठमाडौंमध्ये एउटा महानगर आफूहरूले पाउने बताए । काठमाडौं पाएको अवस्थामा नेकपा एसले जीवनरामलाई मेयर उम्मेदवार बनाउने जिल्ला अध्यक्ष कुसुम कार्की बताउँछन् ।

    उपमहानगरको बाँडफाँटमा पनि नेकपा एसले इटहरी र हेटौँडा दाबी गरेको छ ।

  • एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने (भिडिओ)

    एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भोलि (विहीबार) घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ ।

    पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः भोलि नै अन्तिम रूप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रूपमा छलफल भएको उनले बताए ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल बनाएको थियो ।

    घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।

  • वीरगञ्ज मेयर उम्मेदवारमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

    वीरगञ्ज मेयर उम्मेदवारमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

    काठमाडौं । नेकपा एमालेले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

    वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले सरावगीलाई अघि सार्ने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई उम्मेदवारको लागि प्रस्ताव गरेका थिए । उपाध्यक्ष महेश दासले समर्थन गरेको पार्टीले जनाएको छ

    २०७४ को चुनावमा जसपाबाट निर्वाचित मेयर सरावगी फागुन २८ मा वडाध्यक्ष र समर्थकसहित एमाले प्रवेश गरेका थिए ।

  • एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने

    एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने सहमति भएको छ ।

    दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने छन् ।

    त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

    एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमति अनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ ।

  • निर्वाचन आयोग सर्वोच्च पुग्यो, जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग

    निर्वाचन आयोग सर्वोच्च पुग्यो, जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग

    काठमाडौं । जनप्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

    आयोगको आचारसंहिता जनप्रतिधिले पुनः स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेको थियो । तर, सर्वोच्चले उक्त प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

    उक्त अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्याधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदनमाथि सुनुवाइको पेसी न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अहिले निवेदनमाथि सुनुवाइ भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको उक्त व्यवस्था हटाउन माग गर्दे रिट हालेका थिए ।

    उक्त रिटमा सर्वोच्चले ८ चैतमा आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो ।

  • मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

    मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

    काठमाडौं । नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने भएको छ ।

    एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेको कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो ।

    कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरूमा अध्यक्षसहित १ जना सदस्य र ३६ वटा वडाहरूमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको छ ।

    यदि उक्त सर्त मान्य नहुने हो भने एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिन तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको छ ।

  • झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

    झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

    विर्तामोड । स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ पाँच दल मिलेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावको तयारी गरिरहेका छन् । तर भागबण्डाको विषय अझै मिलिसकेको छ । केन्द्रबाट भागबण्डाको मापदण्ड तय भए पनि स्थानीय स्तरमा दलका नेताबीच कुरा मिलेको छैन । र अहिले २०७४ सालमा आएको मतको आधारमा जोडघटाउ गर्दै उम्मेदवार टुंगो लगाउने प्रयास भइरहेको छ । यस्तै हिसाब भइरहेको छ, झापामा पनि ।

    अघिल्लो स्थानीय चुनावमा झापामा नेपाली कांग्रेसले प्रमुख पदमा कुल एक लाख १४ हजार ८ सय १ मत प्राप्त गरेको थियो । त्यतिबेला नेकपा एमालेभन्दा कांग्रेसले १५ हजार ७ सय ३९ मत कम पाएको थियो भने निकै कममात्रै मत पाएको थियो ।

    एमालेले जिल्लाभर प्रमुख र अध्यक्ष पदमा १ लाख ३० हजार ५ सय ४० मत प्राप्त गरेको थियो भने माओवादीले ४० हजार ६२९ मत पाएको थियो । राप्रपाले जिल्लाभर ३५ हजार २०२ मत प्राप्त गरेको थियो ।

    झापामा एमालेले ७ वटा पालिकामा प्रमुख पद जितेको थियो । यस्तै, नेपाली कांग्रेसले ५ पालिका र राप्रपाले ३ वटा पालिका प्रमुख जितेको थियो । सो निर्वाचनमा माओवादीले कुनै पनि पालिकामा प्रमुख पद जितेन ।

    गएको निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेसको मतभार अनुसार माओवादीले ३५.२२ प्रतिशत र राप्रपाले ३०.६६ मत प्राप्त गरेको देखिन्छ । एमालेको मतभारअनुसार झापामा कांग्रेसले ८७.९४, माओवादीले ३१.१२ र राप्रपाले २६.६९ प्रतिशत मत पाएको छ ।

    सो निर्वाचनमा माओवादीले मेचीनगर नगरपालिका, राप्रपाले झापा गाउँपालिका र बुद्धशान्तिमा उम्मेदवार उठाएका थिएनन् । सो आधारमा गठबन्धनभित्र माओवादीले ५ पालिका प्रमुख र ४६ वटा वडाध्यक्षमा दाबी गर्न सक्छ ।

    अर्जुनधारामा एमालेका हरि रानाले १३८७९ मत प्राप्त गरेका थिए । कांग्रेसका हेमराज खरेलले ४६४१, माओवादीका भुपेन्द्र न्यौपानेले २५०६ र राप्रपाका छविलाल ढकालले ७५४ मत प्राप्त गरेका थिए । कचनकवलमा राप्रपाका अन्जार आलमले ५८१६ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यहाँ एमालेका शेर बहादुर खत्रीले ३९७२, कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५३५३ र माओवादीका उम्मेद्वार हंशनारायण राजवंशीले १२५० मत ल्याएका थिए ।

    कनकाईमा एमालेका राजेन्द्र पोखरेलले ८४१६, कांग्रेसका एकराज उप्रेतीले १६९७, माओवादीका गोपाल प्रसाद चुडालले ६३६ र राप्रपाका उम्मेदवार केदार गिरीले ३०७ मत प्राप्त गरेका थिए । कमलमा एमालेबाट मेनका काफ्ले र कांग्रेसबाट हुकुमसिंह राईले बराबरी मत ८२५७ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादीका विमल संग्रौलाले १९०९ र राप्रपाका विष्णु प्रसाद पौडेलले ३९६ मत प्राप्त गरेका थिए ।

    गौरादहमा एमालेका मदन अधिकारीले ९८५४, कांग्रेसका रोहित कुमार शाहले १०३०८, माओवादीका पुष्पलाल ढकालले ३४२८, र राप्रपाका खेमराज तिम्सिनाले ६१४ मत प्राप्त गरेको तथ्याङकमा छ । यस्तै, गौरीगञ्जमा एमालेका श्याम ढकालले २७५७, कांग्रेसकी फुलवती राजवंशीले ३४५३, माओवादीका विधानन्द सिंह राजवंशीले ३३५३ र राप्रपाका बाबुराजा श्रेष्ठले ३७४० मत प्राप्त गरेका थिए ।

    झापा गाउँपालिकामा एमालेका गजेन्द्र ताम्लीले ३७८९, कांग्रेसका जयनारायण शाहले ४३९३ र माओवादीका रुद्र बजगाईले ३४९९ मत प्राप्त गरेका थिए । दमकमा एमालेका रोमनाथ ओलीले १०८०६, कांग्रेसका ढुण्डीराज भण्डारीले ५५३९, माओवादीका रेवतराज पुरीले ६८९८ र राप्रपाका राम कुमार थापाले ७६५५ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङकमा छ ।

    बाह्रदशीमा एमालेका लक्ष्मण पाठकले ५१११, कांग्रेसका खड्ग प्रसाद राजवंशीले ५५३९, माओवादीका १७९५ र राप्रपाका भिम राईले १४१४ मत प्राप्त गरेको देखिन्छ । यस्तै, बुद्धशान्तिमा एमालेका तिलचन भण्डारीले ७३५३, कांग्रेसका रमेश कुमार भुजेलले ७९९६, माओवादीका खड्ग बहादुर तिम्सिनाले २०६६ मत पाएका थिए । भद्रपुरमा एमालेका जीवन श्रेष्ठले ११०४२, कांग्रेसका गणेश पोखरेलले ७२१५, माओवादीका शिव कुमार राजभण्डारीले ४१३४ र राप्रपाका नवराज पनेरुले २८२२ मत ल्याएका थिए ।

    मेचीनगरमा एमालेका विष्णु प्रसाईले १९१९२, कांग्रेसका विमल आचार्यले २०७७६ र राप्रपाका रमेश दाहालले ८०६ मत ल्याएको देखिन्छ । बिर्तामोडमा एमालेका धु्रवकुमार शिवाकोटीले ९११२, कांग्रेसका जलकुमार गुरुङले ८२१७, माओवादीका सीपी कडरियाले ३७९७ र राप्रपाका भक्ति सिटौलाले ६१७० मत प्राप्त गरेका थिए ।

    यस्तै, शिवसताक्षीमा एमालेका चन्द्रकुमार शेर्माले १३४३९, कांग्रेसका पर्शुराम ढुङ्गानाले ८९८४ , माओवादीका महेन्द्र भट्टराईले ३२४१ र राप्रपाका उमानाथ दाहालले ७६५ मत पाएका थिए । हल्दिवारीमा एमालेकी मञ्जु सिटौलाले ३५४३, कांग्रेसका दिलिप कुमार लिम्बुले २९१५, माओवादीका तुलसी प्रसाद ओलीले २११७ र राप्रपाका रविन्द्र लिङ्देनले ३९४३ मत प्राप्त गरेका थिए ।

    जिल्लाको मत परिणाम अनुसार कांग्रेस–माओवादी गौरीगञ्जमा हाराहारी शक्ति भएको र दमकमा कांग्रेसभन्दा अघि रहेको तथ्याङ्कले देखाएको छ । माओवादीका नेताहरुले पाँच वर्षमा माओवादीको पार्टीगत संरचनामा धेरै नै सुधार आइसकेकोले विगतको परिणाम मात्रै भागबण्डाको मापदण्ड हुन नसक्ने बताइरहेका छन् । माओवादीका विर्तामोड इञ्चार्ज युवराज दाहालले गठबन्धनमा माओवादीले सम्मानजनक स्थान पाउनुपर्ने धारणा राख्दै आएका छन् ।

    यता, नेपाली कांग्रेसले विगतको मतभारलाई नै मापदण्ड बनाइने बताउँदै आएको छ । झापा कांग्रेसका सभापति देउमान थेवेले ०७४ मा जितेका पालिकामा कांग्रेसले नछोड्ने बताइरहेका छन् । जिल्लामा समाजवादी पहिलो पटक निर्वाचन लड्ने तयारी गरिरहेकोले यसको मतभार विश्लेषण गरिएको छैन ।

     

  • कपिलवस्तुका सबै ठाउँमा एमालेबाट वडासम्मको उम्मेदवार सिफारिस, विजयनगरमा सर्वसम्मत

    कपिलवस्तुका सबै ठाउँमा एमालेबाट वडासम्मको उम्मेदवार सिफारिस, विजयनगरमा सर्वसम्मत

    रुपन्देही । नेकपा एमाले कपिलवस्तुले जिल्लाका १० वटै पालिकाबाट मेयर उपमेयर र वडाका अध्यक्ष एवं सदस्यको उम्मेदवारी सिफारिस गरेको छ ।

    जिल्लामा एमालेको पकड मानिएका बाणगंगा, विजयनगर, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिकादेखि प्रभाव कम भएका अन्य पालिकासमेतबाट मेयर उपमेयरमा कम्तीमा ३ देखि बढीमा ११ जना सम्मको नाम सिफारिस भएको हो ।

    एमालेका केन्द्रीय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले धेरै आकांक्षी देखिनु राम्रो भएको र धेरै आफूले पाएपनि नपाएपनि सन्तुष्ट रहने बताएकाले सहज भएको दाबी गरे ।

    १० वटै पालिकाबाट सिफारिस भएका उम्मेदवारमध्ये वडाध्यक्षसम्मको जिल्ला कमिटीले बुधबारभित्र टुंगो लगाउने छ भने मेयर उपमेयरको जिल्लाले सिफारिस गरी प्रदेश कमिटीसमक्ष पठाउने छ ।

    को को परे सिफारिसमा ?

    बणगंगाबाट मेयरमा ६ जना सिफारिसमा परेकोमा पार्टीको प्रदेश कमिटीमा रहेका धेरै नेता रहेका छन् । जसअनुसार प्रदेश नेता एवं कपिलवस्तुका पूर्वअध्यक्ष झविलाल पोखरेल, कृष्ण पौडेल, चक्रपाणी अर्याल, जंजिर थारु, सूर्यकुमारी शाही सिफारिस भएका छन् । ती सबै प्रदेश कमिटीका सदस्य हुन् । जिल्ला स्तरको नेतामा विश्वको कार्की मात्र सिफारिसमा परेका छन् ।

    एमालेका अधिकांश केन्द्रीय र प्रदेश नेता बाणगंगामा रहेकाले यहाँको मेयरमा आन्तरिक प्रतिस्पर्धा गर्ने पनि जिल्लाभन्दा माथिल्लो कमिटीका नेता नै हुनु स्वभाविक रहेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताए ।

    शिवराज नगरपालिकामा मेयरमा अर्जुन केसी, महादेव पोख्रेल, र लोकेन्द्र पौडेलको नाम सिफारिस भएका छन् भने उपमेयरमा अहिलेकै उपमेयर शिवकुमारी थारु सिफारिस भएकी छन् ।

    विजयनगरमा सर्वसम्मत

    विजयनगर गाउँपालिकाको अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

    थापा नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा विजनगर इन्चार्ज र चौधरी जिल्ला कमिटी सदस्य हुन् । दुवैजना गत चुनावमा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

    बुद्धभूमि नगरपालिबाट ६ जना मेयरका लागि सिफारिस भएका छन् । टेकराज पौडेल, रुपेश श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, पिताम्बर खनाल, मिनराज बेल्वासे र राजेन्द्र सुवेदी मेयरका लागि सिफारिस भएका हुन् ।

  • माओवादीको पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

    माओवादीको पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो जानकारीबेगर माओवादीको चुनावी पोस्टरमा आफ्नो तस्बिर प्रयोग भएको बताएका छन् । तस्बिर हटाउनका लागि आफूले माओवादीलाई आग्रह गरिसकेको उनले जानकारी दिए ।

    नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै घिसिङले भने, ‘मलाई यो विषयमा सोधिएको थिएन । सञ्चारमाध्यममा आएपछि थाहा पाएको हुँ । मेरो फोटो हटाउन आग्रह गरिसकेको छु ।’ माओवादीले तत्काल आफ्नो तस्बिर हटाउने उनले विश्वास व्यक्त गरे ।

    आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पेजबाट माओवादीको नयाँ चुनावी पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै प्रचण्ड, जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ । पोस्टरमा माओवादीको चुनाव चिह्नसहित ह्यासट्यागमा ‘भोट फर सीपीएनमाओइस्ट’ लेखिएको छ ।

  • निर्वाचन आयोगप्रति प्रधानमन्त्रीपत्नी आरजुको आपत्ति, एक पदमा मात्रै महिलालाई सीमित गर्न नहुने तर्क

    निर्वाचन आयोगप्रति प्रधानमन्त्रीपत्नी आरजुको आपत्ति, एक पदमा मात्रै महिलालाई सीमित गर्न नहुने तर्क

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् ।

    निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् ।

    उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८ (४) पनि स्मरण गराएकी छन् । धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्लेख छ ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४)मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।

    देउवाले भनेकी छन्, ‘नेपालको संविधानको धारा ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

  • गठबन्धनमा भागबण्डा: कर्णालीमा नेकपा एसको भागमा पाँच स्थानीय तह पक्का

    गठबन्धनमा भागबण्डा: कर्णालीमा नेकपा एसको भागमा पाँच स्थानीय तह पक्का

    सुर्खेत । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्ड मापदण्डअनुसार नेकपा एसले कर्णालीका चार जिल्लाका पाँच पालिकामा प्रमुख पदको उम्मेदवार पाउने पक्का भएको छ ।

    एमालेबाट फुटेर नेकपा एसमा लागेका पालिका प्रमुख भएको स्थानीय तहमा नेकपा एसकै उम्मेदवार बनाउने गठबन्धनको भागबण्डा मापदण्ड छ । जसअनुसार कर्णालीका ६ जिल्लाको स्थानीय तहमा भने नेकपा एसले वडामै चित्त बुझाउनुपर्ने भएको छ ।

    मापदण्डअनुसार दैलेखको महावु गाउँपालिका अध्यक्ष र उपाध्याक्ष नेकपा एसमा लागेका छन्, जहाँ आगामी चुनावमा पनि नेकपा एसले नै उम्मेदवारी पाउनेछन् ।
    कालिकोटको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँ पनि नेकपा एसमा लागेका छन्, जहाँ गठबन्धनको तर्फबाट नेकपा एसले नै अध्यक्षको टिकट पाउनेछन् ।

    यहाँ उनीहरुसहित एक उपाध्यक्ष, एक नगर उपप्रमुख र १२ वडाअध्यक्ष नेकपा एसमा लागेका छन्, उनीहरुले सोहीअनुसार उम्मेदवारको भाग पाउनेछन् ।
    नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाको गृहजिल्ला सल्यानमा पनि एक पालिकामा अध्यक्ष, एक उपाध्यक्ष र १९ वडा अध्यक्षको उम्मेदवार नेकपा एसले पाउनेछ ।
    डोल्पाको ठूलीभेरी नगरपालिका पनि नेकपा एसको भागमा परेको छ । यो जिल्लामा ८ वडा अध्यक्ष समाजवादीमा गएका कारण नेकपा एसले टिकट पाउने सम्भावना बढी छ ।

    त्यस्तै नारायण नगरपालिकाको उपप्रमुख पनि नेकपा एसमा छन् । ठाँटीकाँध गाउँपालिकाको उपाध्यक्ष पनि समाजवादीले पाउने भएको छ । यस्तै सो पार्टीले ११ वडाको नेतृत्व गर्न पाउनेछ ।

    मुगुमा एक उपाध्यक्षमा मात्रै समाजवादीले चित्त बुझाउनुपर्नेछ भने यहाँ सात वडा अध्यक्षमा समाजवादीको दाबी रहनेछ । तर यो जिल्लामा समाजवादीले अध्यक्ष वा प्रमुखको टिकट पाउने स्थिति छैन ।

    जुम्लामा पनि एक गाउँपालिका उपाध्यक्ष र ११ वडाअध्यक्ष नेकपा एसमा लागेका छन् । यहाँ पनि उसले पालिको नेतृत्व गर्न नपाउने निश्चित भएको छ ।

    रुकुम पश्चिम, सुर्खेत, जाजरकोट र हुम्लामा समाजवादीका कुनै पनि प्रमुख वा अध्यक्ष, उपाध्यक्ष–उपप्रमुख समाजवादीमा छैनन् ।

    मंगलबारको सहमति कार्यान्वयन भएमा कर्णालीका ७९ पालिकामध्ये पाँच पालिकाको उम्मेदवार नेकपा एसले पाउने निश्चित भएको हो । यद्यपि, प्रदेश स्तरीय संयन्त्रले कसरी समाजवादीलाई मिलाएर लैजान्छ भन्ने हेर्न बाँकी नै छ ।

    नेकपा एमाले विभाजनको समयमा निर्वाचन आयोगमा नेकपा एसको पक्षमा सनाखत गर्न पुगेका ३५४ जनप्रतिनिधिमध्ये केही एमालेमै फर्किसकेका छन् । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष, सोही पालिकाका केही वडा अध्यक्ष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही वडाअध्यक्ष र वडासदस्यहरु एमालेमै फर्किसकेका छन् । यस्तो अवस्थामा नेकपा एसलाई कर्णालीका चार जिल्लामा मात्रै पालिकाको नेतृत्व गर्न पाउने अवसर आउने भएको हो ।

    २७ पालिका जितेको एमालेसँग अहिले २२ पालिका प्रमुख छन् ।