Category: स्थानीय निर्वाचन–२०७९

  • माओवादीले छान्यो रुकुम पश्चिममा उम्मेदवार, गठबन्धन भए फिर्ता बोलाइने

    माओवादीले छान्यो रुकुम पश्चिममा उम्मेदवार, गठबन्धन भए फिर्ता बोलाइने

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रुकुम पश्चिमका स्थानीय तहका लागि उम्मेदवार छानेको छ ।

    स्थानीय तह निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनोट तथा सिफारिस समितिले पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई प्रदेश समितिमा सिफारिस गरेको हो ।

    जसमा चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरीकुमारी शर्मा विएम, आठबीसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही तथा मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का उम्मेदवार बन्ने भएका छन् ।

    यस्तै सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले तथा बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसी चयन भएका छन् ।

    सोमबार बसेको बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले बताए । उनका अनुसार गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परे जोकोहीको उम्मेदवारी पनि फिर्ता हुन सक्नेछ ।

  • एमालेले टुंग्यायो कालिकोटको शुभकालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

    एमालेले टुंग्यायो कालिकोटको शुभकालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

    सुर्खेत । नेकपा एमालेले कालिकोटको शुभकालिका गाउँपालिका अध्यक्षमा भरतराज धिताललाई उम्मेदवार बनाउने भएको छ ।

    सोमबार बसेको पालिका कमिटीको बैठकले धिताललाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यस्तै उपाध्यक्षमा लक्ष्मी चौलागाईंलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले कालिकोटका नेता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

  • निर्वाचन अधिकृत कार्यालयका साइनबोर्ड, लेटरप्याड र छापमा एकरुपता दिइने

    निर्वाचन अधिकृत कार्यालयका साइनबोर्ड, लेटरप्याड र छापमा एकरुपता दिइने

    काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग गरिने साइनबोर्ड, लेटरप्याड र छापमा एकरुपता ल्याउने भएको छ ।

    आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरप्याड र छापमा एकरुपता कायम गर्न निर्देशन दिएको हो ।

    आयोगले ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ६७६ वटा निर्वाचन अधिकृत कार्यालयलाई प्रयोग गर्ने साइनबोर्ड, लेटरप्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

  • कांग्रेस कास्की सभापति बराल भन्छन्– गठबन्धन टुटेको छैन, म बैठकमै छु

    कांग्रेस कास्की सभापति बराल भन्छन्– गठबन्धन टुटेको छैन, म बैठकमै छु

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँछन् ।

    उनी अहिले पनि गठबन्धनकै बैठकमा छन् । ‘म बैठकमै छु । गठबन्धन टुटेको कुरा साँचो होइन’, उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो, मैले बुझ्न पाएको छैन । विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन ।’

    अहिले जिल्लाका पालिकामा बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताए । कांग्रेसकै सभापतिको नेतृत्वमा बैठक बसिरहेको बेला बाहिरिएको विज्ञप्तिले खासै असर नगर्ने उनको भनाइ छ ।

    ‘गठबन्धनको बैठक चलिरहेको छ । सभापतिज्यू यहीँ हामीसँगै हुनुहुन्छ’, उनले भने, ‘गठबन्धन टुटेको भए बैठक किन चलिरहन्थ्यो, टुटेको छैन । यो कायम रहन्छ ।’

    एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ । तर, कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ । दुई सचिवले एकीकृत समाजवादीको माग अस्वाभाविक भएकोले उसँग गठबन्धन नहुने विज्ञप्तिसहित जिल्लाका नेता-कार्यकर्तालाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन् ।

  • सोलुखुम्बु पुगेर ओलीले भने: बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन

    सोलुखुम्बु पुगेर ओलीले भने: बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न नसक्ने’ टिप्पणी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक बसिरहेका बेला सोलुखुम्बुको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

    चुनावीसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– एमालेविरुद्ध बालुवाटारमा ओथारो बसिरहेका छन् रे, तर फुल पार्न सकेका छैनन् भन्ने सुन्छु ।

    एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उनले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेकोसमेत बताए । सत्तागठबन्धन अझै चुनावसँग भाग्न खोजेको उनको बुझाइ थियो । उनले भने– अझै संविधानविरोधी केही तत्व चुनाव सार्न खोज्दैछन्, एमाले तिनीहरुविरुद्ध एक्लै प्रतिकार गर्न तयार छ ।

    उक्त कार्यक्रममा सञ्चारउद्यमी आङकाजी शेर्पा एमालेमा प्रवेश गरेका छन् । शेर्पालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

  • पोखराको मेयर दाबी गरेको नेकपा एससँग कास्की कांग्रेसले गठबन्धन नगर्ने

    पोखराको मेयर दाबी गरेको नेकपा एससँग कास्की कांग्रेसले गठबन्धन नगर्ने

    काठमाडौं । मेयर दाबी गरेको पोखरा महानगरमा नेपाली कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमिति कास्कीले एक विज्ञप्ति जारी गर्दै नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

    सहमतिका लागि भरपुर प्रयत्न गर्दा पनि सम्भव नभएपछि नेकपा एससँग गठबन्धन गरेर चुनावमा जान नसकिने निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

    चुनावी तालमेलका लागि अन्य दलसँग छलफल गर्न सकिए पनि नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुको विकल्प नभएको कास्की कांग्रेसको ठहर छ ।

    नेकपा एसले गठबन्धन हुँदा पोखरा महानगरपालिकामा मेयरको दाबी गर्दै आएको छ ।

  • भागबण्डा मिलाउन गठबन्धन बैठक फेरि सुरु

    भागबण्डा मिलाउन गठबन्धन बैठक फेरि सुरु

    काठमाडौं । केही समयका लागि स्थागित भएको पाँच दलीय सत्ता गठबन्धनको बैठक फेरि सुरु भएको छ । चुनावी तालमेलका लागि भागबण्डा मिलाउन प्रधानमन्त्रीनिवास बालुवाटारमा फेरि पाँचै दलका शीर्ष नेतासँगै तालमेल संयन्त्रका नेताहरु भेला भएका हुन् ।

    बैठक स्थगित हुनुअघि पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचै दलबीच सहमति नभए कुरा मिल्ने दलबीच चुनावी तालमेल हुने बताएका छन् । उनले कुनै पनि दलबीच सहमति नभए माओवादी एक्लै चुनाव लड्न पनि तयार भएको बताएका छन् ।

    पत्रकार सम्मेलन सकेर प्रचण्ड बालुवाटार फर्किसकेका छन् । गठबन्धनमा आवद्ध दलबीच महानगर र उपमहानगरको भागबण्डामा छलफल भइरहेको बताइएको छ । बैठकमा सम्भावित खाका प्रस्तुत भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

  • एमालेले होलीवाइन र राजामहाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड (भिडिओ)

    एमालेले होलीवाइन र राजामहाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् ।

    पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजामहाराजाहरूको गठबन्धन’ बीच प्रतिस्पर्धा हुने बताए ।

    ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होली वाइन, हिन्दूवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ’, प्रचण्डले भने ।

    राष्ट्रको आवश्यकताअनुसार नै ५ दलीय गठबन्धनमा चुनावी तालमेल हुन लागेको भन्दै प्रचण्डले महानगर र उपमहानगरको नेतृत्वबारे गठबन्धन सहमतिनजिक पुगेको बताए ।

  • वडाध्यक्ष जसको हुन्छ, त्यहीं पार्टीको चुनाव चिह्न लिनेबारे छलफल हुँदैछ: प्रचण्ड (भिडिओ)

    वडाध्यक्ष जसको हुन्छ, त्यहीं पार्टीको चुनाव चिह्न लिनेबारे छलफल हुँदैछ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनमा एउटै चिह्नबाट चुनाव लड्नेबारे छलफल चलिरहे पनि प्राविधिक समस्या रहेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कमसेकम वडाध्यक्ष जसको भागमा पर्छ त्यहीं पार्टीको चुनाव चिह्नमा जानेबारे छलफल भइरहेको बताए ।

    तर निर्वाचन आयोगले मतपत्र छपाइको काम गरिसकेकाले ‘प्राविधिक रुपमा पनि त्यो सम्भव नहुने हो कि जस्तो देखियो’ भन्दै प्रचण्डले गठबन्धनमा यसबारे छलफल भइरहेको बताए ।

  • इटहरीको मेयर समाजवादीलाई दिए कांग्रेसमा विद्रोह हुने

    इटहरीको मेयर समाजवादीलाई दिए कांग्रेसमा विद्रोह हुने

    सुनसरी । नेपाली कांग्रेस सुनसरीका नेताहरूले इटहरी उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई मेयर नछाड्न पार्टी नेतृत्वसँग माग गरेका छन् । इटहरी उपमहानगरको प्रमुख कांग्रेसले नै पाउनुपर्ने भन्दै उनीहरुले विद्रोहको चेतावनी समेत दिएका छन् ।

    इटहरीको मेयरमा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीले सुनसरीमा आफ्नो संगठन सुदृढ रहेको भन्दै मेयरमा दावी गरेको छ । सत्तारुढ दलहरुबीच आइतबार अबेर तयार भएको सम्भावित सहमतिको ड्राफ्टमा इटहरीको मेयर समाजवादी र उपमेयर कांग्रेसले पाउने उल्लेख छ ।

    सुनसरी कांग्रेसका नेताहरूले भने इटहरीमा कांग्रेसले मेयर नपाए गठबन्धन टुट्ने चेतावनी दिएका छन् । कांग्रेसका स्थानीय नेता धनबहादुर पुरीले गठबन्धन गर्दा कांग्रेसले इटहरीको मेयर नपाए स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    ‘इटहरीमा कांग्रेसको भोट थपेर अर्को पार्टीको उम्मेदवारलाई मेयर बनाउन गार्हो छ । यतिबेला कांग्रेसले एक्लैपनि जित्ने अवस्था रहेकोले अरुलाई छाड्ने निर्णय केन्द्रले गरेपनि हामीलाई मान्य हुँदैन’, पुरीले नेपाल प्रेससँग भने ।

    उनल इटहरीमा मेयर नपाए कांग्रेसबाट सशक्त विद्रोह हुने चेतावनी पनि दिए ।

  • स्थानीय तह निर्वाचन : घोडाघोडीमा राप्रपाका यी हुन् उम्मेदवार

    स्थानीय तह निर्वाचन : घोडाघोडीमा राप्रपाका यी हुन् उम्मेदवार

    कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा कैलालीको घोडाघोडी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ ।

    राप्रपाबाट घोडाघोडी नगरपालिका प्रमुखमा निराज मल्ल सर्वसम्मत भएका छन् । मल्लकै नेतृत्वमा सोमबार वडाध्यक्षहरुको पनि उम्मेदवारी सार्वजनिक गरिएको हो ।

    १२ वडामध्ये केही वडामा उम्मेदवार घोषणा गरिएको छैन । बाँकी रहेका वडाध्यक्ष र वडा सदस्यहरुको नाम वैशाख ८ गतेसम्म टुङ्गो लगाउने राप्रपा कैलालीले बताएको छ ।

    घोषणा गरिएअनुसार वडा नम्बर ३ मा रामनाथ चौधरी अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । अन्यमा सहमति हुन सकेको छैन । ४ नम्बरको अध्यक्षमा बमबहादुर बुढा, महिला सदस्यमा गौरा कठायत, दलित सदस्यमा सीता बिक र सदस्यहरुमा गणेश रतौकी, देवराज बुढा रहेका छन् ।

    ५ को अध्यक्षमा देवबहादुर नेगी र दलित महिलामा भजना पार्की रहेका छन् । ८ को अध्यक्षमा खडकबहादुर बम, महिला सदस्यमा पवित्रा ओली र सदस्यहरुमा गङ्गाराम जैसी र गोविन्द बम रहेका छन् ।

    वडा नं १० को अध्यक्षमा सुरेशकुमार कठायत, सदस्यमा चेतराम चौधरी र दीपक बमले उम्मेदवारी घोषणा गरेका छन् । ११ को वडा अध्यक्षमा नवीनप्रकाश उपाध्याय र १२ को अध्यक्षमा डेबिट कठरिया, सदस्य राजेश बखरिया, कालीचरण चौधरी र महिला सदस्यमा फागुनीदेवी चौधरी हुने भएका छन् ।

    नगर प्रमुखको उम्मेदवारी घोषणा गर्दै मल्लले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने बताए । स्वास्थ्यतर्फ निःशुल्क एम्बुलेन्स र नगर बसको व्यवस्था गर्ने उनले जानकारी दिए । किसानका लागि मलको सहज व्यवस्थापन, बजारीकरण र कृषि समस्या समाधान गर्ने मेयरका प्रत्यासी मल्लले बताए ।

  • नेपालगञ्ज उपमहानगर नपाए गठबन्धनबाट जसपा बाहिरिने, कांग्रेसले पनि झमेला नगर्ने

    नेपालगञ्ज उपमहानगर नपाए गठबन्धनबाट जसपा बाहिरिने, कांग्रेसले पनि झमेला नगर्ने

    रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका जसपालाई दिन नेपाली कांग्रेस तयार नभएपछि असन्तुष्ट बनेको जसपा जिल्लाभर नै गठबन्धन गर्न तयार भएन ।
    दक्षिण पूर्वी बाँकेमा बलियो मानिएको जसपाले गठबन्धनका सुरुका दिनमै नेपालगन्जसहित कम्तिमा चार पालिकामा दाबी गरिरहेको थियो । जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राई नेपालगन्जको प्रमुखमै उम्मेदवार भएर भोट मागिसकेको अवस्थामा नेपाली कांग्रेसले कुनै पनि हालतमा नेपालगन्ज छाड्न नसक्ने अडान राखेका कारण यस्तो अवस्था आएको जसपाका नेताको भनाइ छ । तर नेपाली कांग्रेसका नेताहरुले अघिल्लो चुनावी अवस्थालाई हेर्दा पनि जसपाले नेपालगन्जमा माग्ने अधिकार नभएको दाबी गरेका छन् ।

    उनले नेपालगन्ज, डुडुवा, नरेरापुर, जानकीमा उम्मेदार तयार गरिसकेको, अन्यत्र पनि तयारी भइरहेको र एकल चुनाव लड्ने नेपाल प्रेसलाई बताए ।

    नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पनि अब गठबन्धनमा अल्झिएर नबस्ने प्रतिक्रिया दिएका छन् । गठबन्धन संयन्त्रका संयोजकसमेत रहेका गौडेलले भने, ‘गठबन्धनको झमेला सकियो, अब निर्वाचन तयारीमा सबैतिरबाट जुट्ने निर्णय भएको छ । यहींअनुसार हामी अगाडि बढ्छौं । ’

    केन्द्रले पठाएको परिपत्रअनुसार भागबण्डामा कुरा नमिलेपछि आवश्यकता र अवस्था अनुसार स्थानीय तहमै मिल्नसक्ने गरी वडा वा पालिकास्तरमा जानुपर्ने सुझाव केन्द्रमा पठाइएको छ । अब केन्द्रले अर्को परिपत्र नगरे बाँकेमा पाँचदलीय गठबन्धनबाट निर्वाचनामा जाने सम्भावना सकिएको छ ।

    जसपाले सशर्त गठबन्धनमा जाने भनेपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी एकीकृतलगायतका दल पछिल्लो तीन दिनदेखि निरन्तर छलफलमा थिए । कांग्रेस–जसपाले नेपालगन्ज नछाड्ने, कांग्रेस–माओवादी कोहलपुरलाई नछाड्ने अडानले बाँकेमा गठबन्धनको समस्या भएको हो । माओवादी र नेकपा एसलाई बलियो बनाउन कांग्रेस आफ्नो घर भत्काउन नहुने कांग्रेसका अधिकांश नेताहरुको सुझाव आएको छ ।

    माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर विक तुफानले भने गठबन्धन टुटिसकेको नभइ स्थानीय तहमा छलफल परामर्शका लागि समय दिइएको बताउँछन् । उनी गठबन्धन हुनेमा ढुक्क छन् । नेकपा एसका केन्द्रीय सदस्य अशोक कोइरालाले पनि गठबन्धन टुट्नै नहुने बताए । ‘यो आवश्यकता र बाध्यताको गठबन्धन हो,’ कोइरालाले भने, ‘जिल्लामा सबै ठाउँ गठबन्धन हुन्छ, यहाँबाट मिल्न नसके प्रदेशले निर्णय गर्छ ।’

    २०७४ सालमा जुन पार्टीले जितेको छ, त्यहाँ त्यहीं पार्टीलाई दिने गठबन्धनको मापदण्ड छ । एमाले वा अरु पार्टीले जितेको ठाउँमा निकटतम प्रतिस्पर्धी पार्टीलाई दिने मापदण्ड बनाइएको छ । बाँकेमा माओवादीले एउटै पालिका जित्न सकेन । बाँकेमा चार पालिकामा एमालेले जितेको छ भने दुई वटा गाउँपालिकामा कांग्रेस, नेपालगन्जमा राप्रपाले प्रमुख जितेको हो ।

    जसपामा रहेको तत्कालीन फोरमले नरैनापुर जितेको थियो । मापदण्डमै जाउँ भन्दा पनि माओवादी र जसपाले नमानेको कांग्रेस नेताको भनाइ छ । कांग्रेसले नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा कुनै हालतमा नछाड्ने बताएपछि अरु पार्टी सशंकित बनेका हुन् ।

    जिल्लामा गठबन्धनमा खटपट भएपछि एमाले नेताहरु आफ्नो रणनीतिमा लागेका छन् । नेपालगन्जमा केही समयअघि एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रलाई सर्वसम्मत मेयरमा प्रस्ताव गरेपछि यहाँको माहोल तातेको छ । एमालेले बिगतमा आफूले जितेका पालिकालाई कायम राख्दै जसरी पनि नेपालगन्जमा विजयी हुनेगरी योजना बनाएको छ ।

    राप्रपाका नेता धवलशमशेर राणा नदोहोरिने, मिश्रसहितको ठूलो समूह एमालेमा आएको, नेकपा एसको प्रभाव धेरै कम रहेको र गठबन्धनमा बढेको खटपटका कारण मिश्रले नेपालगन्जमा जित्ने आधार बलियो भएको एमाले निकट नेताहरुको बुझाइ छ ।

    जिल्लामा एमालेको अवस्था विगतको भन्दा धेरै राम्रो बनेको र स्थानीय चुनावमा धेरै स्थानमा जित्ने जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

    बाँकेमा गत निर्वाचनको परिणाम

    १. कोहलपुर नगरपालिका– एमाले(९००७), कांग्रेस (८९२४), माओवादी (६२२१)
    २. खजुरा गाउँपालिका– एमाले (८०७०), कांग्रेस (४९५४), माओवादी (६८९२)
    ३ जानकी गाउँपालिका– एमाले (३०८३), कांग्रेस (३००९), संघीय समाजवादी (२१५८), माओवादी (१९३४)
    ४. डुडुवा गाउँपालिका–कांग्रेस (४६९१), संघीय समाजवादी (४१९२), एमाल े(१४६६), माओवादी (९३७)
    ५–नरैनापुर गाउँपालिका– संघीय समाजवादी(४०८०), कांग्रेस(३३८८), एमाले(१८७२), माओवादी(५७८)
    ६.नेपालगंज उपमहानगरपालिक, राप्रपा(१२५१५), कांग्रेस(८७३०), माओवादी(७१९८), एमाले(६९६५)
    ७. बैजनाथ गाउँपालिका, एमाले (९७७२), कांग्रेस(६५७६), माओवादी (५३६३)
    ८. राप्ति रोनारी गाउँपालिका, कांग्रेस (८२३६), एमाले(६९००), माओवादी(६६६४)

  • भागबन्डा नटुंगिदा गठबन्धनलाई संयुक्त सभा गर्नै सकस

    भागबन्डा नटुंगिदा गठबन्धनलाई संयुक्त सभा गर्नै सकस

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न ६ दिन बाँकी छ । तर, साझा उम्मेदवार उठाउने सहमति गरेका गठबन्धनले कहिँ पनि संयुक्त चुनावी सभा गर्न सकेका छैनन् ।

    गठबन्धनले संयुक्त अपिल भने २०७८ चैत २९ मा जारी गरे । तर, तालमेलको खाका तयार हुन नसक्दा चुनावी सभा अनिश्चित भएको हो ।

    मतदातामाझ पुग्न सभा अनिवार्य मानिन्छ । चुनावी माहौलका लागि गरिने सभा अहिले दलहरू एक्लाएक्लै गरिरहेका छन् ।

    तालमेलको व्यावहारिक निर्णय गर्न बाँकी रहेकाले गठबन्धन दलहरूले संयुक्त चुनावी सभा गर्न नसकेको नेकपा (एकीकृत समाजवादी) का उप महासचिव डा. बेदुराम भुसालले बताए ।

    ‘तालमेलबारे नीतिगत निर्णय मात्र भएको तर, व्यावहारिक निर्णयपछि भने संयुक्त चुनावी सभा गरेर जनताकहाँ पुगिने छ ’, उनले भने ।

    १७ चैतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जाने सहमति गरेका थिए । तालमेलको प्रक्रिया अघि बढाउन भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समितिसमेत गठन भएको छ ।

    गठबन्धन दलहरूले तालमेल टुङ्ग्याएर छिट्टै संयुक्त चुनावी सभा गर्ने कांग्रेस सह महामन्त्री भीष्मराज आङ्देम्बेले बताए ।

    पेचिलो बन्दै गठबन्धन

    अर्कोतिर, गठबन्धन दलहरूबिच चुनावी तालमेल पेचिलो बन्दै गएको छ । मधेस प्रदेशमा तालमेलको सम्भावना कम हुँदै गएको माओवादी केन्द्रका मधेस इन्चार्ज गणेश साहले बताए ।

    प्रदेश १ का केही जिल्लाबाहेकमा तालमेल हुने सम्भावना कम हुँदै गएको छ । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धब थापाले साङ्गठनिक हैसियतभन्दा बढी स्थानीय तहमा गठबन्धनका अन्य दलहरूले दाबी गर्दा समस्या पैदा भएको बताए ।

    थापाले भने, ‘अन्य दलहरूले आफ्नो सांगठानिक हैसियत भन्दा माथि गएर अन्य दलहरूले दाबी गरिरहेका कारणले पनि समस्या भएको छ ।’

    संखुवासभामा कांग्रेस आफैंले गठबन्धन नहुने घोषणा गरेको थियो । कांग्रेसले ७४ को स्थानीय तह निर्वाचनमा जितेको स्थानको डेढगुणा बढी स्थानमा दाबी गरिरहेको कारणले पनि गठबन्धनको सम्भावना न्यून रहेको नेकपा माओवादी केन्द्र प्रदेश १ कार्यालय सचिव मुक्ति बरालले बताए ।

    वागमती प्रदेशका पनि कतिपय स्थानका कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरी रहेको कारण अधिकांश स्थानमा चुनावी गठबन्धन धरमराएको छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन दलहरूबीच तालमेलको विषयलाई लिएर मतभेद चुलिँदो छ ।

    कतिपय स्थानमा दलहरूले आफ्नै उम्मेदवार घोषण गरेका छन् । ठाउँठाउँमा गठबन्धन दलहरूबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

    निर्वाचन कार्य तालिकाअनुसार मनोनयन दर्ता ११ र १२ वैशाखमा हुने भएको छ । ३० वैशाखमा भने मतदान नै हुनेछ ।

  • म्याग्दीमा उम्मेदवार छनोटमा सकस, एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत

    म्याग्दीमा उम्मेदवार छनोटमा सकस, एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत

    म्याग्दी । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् ।

    गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।

    सहमतिपछि दुईपटक बसेको बैठकमा वडा र पालिका बाँडफाँटमा विवाद उत्पन्न भएपछि ती दलहरुले एकल उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    बेनी नगरप्रमुखमा कांग्रेसले चिरञ्जीवी शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय शुक्रबार गरेको थियो । माओवादी केन्द्रले आइतबार नै नगरप्रमुखमा शेरबहादुर केसी र धनलाल जैशी तथा उपमेयरमा ज्योति लामिछाने पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

    माओवादीका बेनी नगर इञ्चार्ज विनोद केसीले गठबन्धनभित्र समय घर्किदासम्म पनि सहमति नभएपछि एकल उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएको बताए । ‘सहमतिको अन्तिम प्रयत्न अझै पनि छ’, उनले भने, ‘समय घर्किसकेकाले आफ्नै तयारी गर्नुपर्छ भनेर उम्मेदवार घोषणा गरिएको हो ।’

    कांग्रेसले मालिका गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहो¥याउने घोषणा गरेको छ ।

    कांग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल अड्किएको बताए । कांग्रेसले अघिल्लो चुनावमा आफूले जितेका पालिका आफूसँगै राखेर एमालेले जितेको थप ५० प्रतिशत वडा र पालिका छोडेर बाँडफाँट गर्ने प्रस्ताव गरेका थिए ।

    माओवादी केन्द्रले कम्तीमा दुई स्थानीय तह र १८ वडाध्यक्षमा दाबी गरेका थिए । नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक÷एक पालिकाको नेतृत्व दाबी गरेका थिए ।

    अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र धौलागिरी गाउँपालिकामा सिफारिस भएका उम्मेदवार छनोट र सार्वजनिक गर्ने चरणमा कांग्रेस छ । माओवादी केन्द्रका नेताहरुले बेनीसँगै अन्य पालिकामा एकल उम्मेदवार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।

    गठबन्धनका प्रमुख दलले संवाद अन्त्य र सहमति भङ्ग भएको घोषणा गरिनसकेकाले एकले अर्कालाई गलाउन खोजेको देखिन्छ । पछिल्लो तीन दिनयता छलफल नगरेका उनीहरु केन्द्रको निर्णयको प्रतीक्षामा छन् ।

    एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत

    एमालेले म्याग्दीका चार गाउँपालिकाको अध्यक्ष र दुई पालिकाका उपाध्यक्षका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मङ्गलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगङ्गाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा भरत पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिए ।

    अन्नपूर्णको उपाध्यक्षमा दिवा पुन र रघुगङ्गाको उपाध्यक्षको उम्मेदवारमा यामकुमारी गर्बुजाको नाम सर्वसम्मत सिफारिस भएको छ । बेनी नगरप्रमुख मेयरको उम्मेदवारमा एमालेबाट प्रमोद श्रेष्ठ, सुरत केसी, सन्तोष रावल र नारायण जिसीको नाम सिफारिस भएको छ । उपमेयरमा पशुपति शाही, गौरी थापामगर, विष्णु गुरुङ र भावना पौडेलको नाम सिफारिस भएको छ ।

    धौलागिरीको अध्यक्षको उम्मेदवारमा वर्तमान अध्यक्ष थमसरा पुन, प्रदेश कमिटी सदस्य रेशम भण्डारी, गाउँपालिका कमिटीका अध्यक्ष होमबहादुर थापा र गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले दाबी गरेका छन् । मङ्गलाको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सिर्जना केसी र पेमा अधिकारीले दाबी गरेका छन् ।

  • भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार

    भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार

    भोजपुर । सत्ता गठबन्धनबाट भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई अघि सारेको छ ।

    यस गाउँपालिकामा उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमतिसहित तालमेल भएको हो । कांग्रेसले भने उपाध्यक्षको उम्मेदवार टुंग्याइसकेको छैन ।

    रामप्रसादराई गाउँपालिका माओवादी नेता सांसद सुदन किरातीको गृहपालिका हो ।

    निर्माण माओवादी प्रदेश १ का सदस्यसमेत हुन् । गोपाल खम्बु नेतृत्वको तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चा हुँदै पछि किरात वर्कस पार्टी हुँदै माओवादी प्रवेश गरेका राई जनमुक्ति सेनाको सेक्सन कमाण्डरसमेत भए । २०६२ मा माओवादीले गठन गरेको जिल्ला जनसरकार प्रमुखको जिम्मेवारी पनि उनले लिएका थिए ।

    ७४ को चुनावमा पनि अध्यक्ष उठेका निर्माण ८ मतले एमालेसँग पराजित भएका थिए । एमालेका उम्मेदवार विजय राईले २३५६ मत ल्याउँदा निर्माणले २३४८ मत प्राप्त गरेका थिए । कांग्रेसबाट अध्यक्ष उठेका दिनेशकुमार कार्कीले १३२३ मत प्राप्त गरी तेस्रो भएका थिए ।

    यस गाउँपालिकामा माओवादीबाट सम्झना राईले २५३२ मत ल्याएर उपाध्यक्ष जितेकी थिइन् ।

  • बालुवाटारमा सहमतिको ड्राफ्टलाई अन्तिम रूप दिइँदै, गठबन्धनको बैठकमा को को छन् ?(तस्बिरहरु)

    बालुवाटारमा सहमतिको ड्राफ्टलाई अन्तिम रूप दिइँदै, गठबन्धनको बैठकमा को को छन् ?(तस्बिरहरु)

    काठमाडौं । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसिरहेको छ ।

    एक नेताका अनुसार महानगर र उपमहानगरको भागबण्डामा केन्द्रित बैठकमा नेताहरू लगभग सहमतिनजिक पुगेका छन् । हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्टमाथि अहिले छलफल जारी रहेको बताइएको छ ।

    एक नेताका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने सहमति भइसकेको छ । ‘गठबन्धनबीच साझा चुनाव चिन्हमा लड्ने सहमति भएको छ’, ती नेताले भने ।

    यो पनि पढ्नुस् : यस्तो छ गठबन्धनको प्रस्तावित भागबन्डा, साझा चुनाव चिन्हबाट लड्ने तयारी

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं अनुगमन समितिका संयोजक पौडेल, उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्ण सिटौलालगायत सहभागी छन् ।

    नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन र देव गुरुङ छन् । नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, उपमहासचिव विजय पौडेल छन् ।

    जसपाबाट बाबुराम भट्टराई, अशोक राई र जनमोर्चाबाट दुर्गा पौडेललगायत सहभागी छन् ।

  • मनकारी मोहनः भत्ताको रकमबाट अक्षयकोष निर्माण

    मनकारी मोहनः भत्ताको रकमबाट अक्षयकोष निर्माण

    रुपन्देही । पत्रकारितामा तीन दशकदेखि क्रियाशील रुपन्देहीका मोहन चापागाईले भत्ता र पुरस्कारको रकमबाट अक्षयकोष स्थापना गरेका छन् ।

    लामो समयको पत्रकारितापछि सञ्चार उद्यमी र व्यवसायीसँगै अहिले राजनीतिमा जोडिएका चापागाईंले आफूले पाएको भत्ता र पुरस्कारमा अतिरिक्त आम्दानी थपेर ७ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ शंकरनगर निवासी चापागाईंले विभिन्न क्षेत्रमा अतुलनीय योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार दिने घोषणासहित उक्त अक्षयकोष स्थापना गरेका छन् ।

    उनले आफ्ना दिवंगत आमा र बुवाको सम्मानमा ज्ञानकाशी स्मृति प्रतिष्ठानसमेत स्थापना गरेका छन् । सोही प्रतिष्ठानको नाममा उक्त अक्षयकोष राखिएको छ । अक्षयकोषको ब्याज रकमबाट प्रारम्भिक चरणमा ३ विधामा वार्षिक ७५ हजार पुरस्कार दिने चापागाईंले घोषणा गरिसकेका छन् । उक्त घोषणाअनुसार चापागाईंले स्थापना गरेको अक्षयकोषको रकमबाट तिलोत्तमा मिडिया क्लबले ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

    फरक क्षमताका पत्रकार टीकाराम घिमिरेलाई २५ हजार राशीको पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार वितरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चापागाईंले स्थापना गरेको अक्षयकोषले समाजमा राम्रो गर्नेलाई उत्प्रेरणा दिने भन्दै प्रशंसा गरेका थिए ।

    चापागाईं नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष, पश्चिमाञ्चल संयोजक तथा केन्द्रीय सदस्यसमेत भइसकेका छन् । त्यस्तै प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष, सामुदायिक रेडियो प्रसारक सघ (अकोराब) को केन्द्रीय अध्यक्षसमेत रहिसकेका उनी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवलका सञ्चालक हुन् ।

    उनले पत्रकार महासंघको केन्द्रीय सदस्य र अकोरावको केन्द्रीय अध्यक्ष हुँदा बैठक भत्ताबापत पाएको रकम र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट पाएको बैठक भत्ताबापतको रकमबाट अक्षयकोष स्थापना गरेका हुन् । ‘अतिरिक्त कमाई कल्याणकारी काममा खर्च गर्नुपर्छ भन्ने ठानेर अक्षयकोष स्थापना गरेको हुँ’, उनले भने ।

    हरेक वर्ष विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई पुरस्कार प्रदान गर्ने सोच रहेको चापागाईंले बताए । ‘मैले अब पाउने भत्ताको रकम पनि यहीं अक्षयकोषमै जम्मा हुनेछ । कोषको रकम बढेसँगै पुरस्कारको राशी र विधा पनि थपिन्छन्’, उनले भने ।

    चापागाईं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । यसअघि रुपन्देही जिल्ला कमिटीमा रहँदा प्रचार विभाग प्रमुख रहेका उनले एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा सञ्चार विज्ञका रुपमा काम गरेका थिए । चापागाईंलाई वैशाख ३० गते हुने निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरका लागि एमाले नगर कमिटीले माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।

  • यस्तो छ गठबन्धनको प्रस्तावित भागबन्डा, साझा चुनाव चिन्हबाट लड्ने तयारी

    यस्तो छ गठबन्धनको प्रस्तावित भागबन्डा, साझा चुनाव चिन्हबाट लड्ने तयारी

    काठमाडौं । सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

    हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो ।

    जसअनुसार घोराहीका लागि माओवादीको दाबी भने जारी छ । इटहरीमा कांग्रेसले समाजवादीलाई छोड्न लचिलो भएको समाजवादीका एक नेताले नेपाल प्रेसलाई जानकारी दिए । राप्रपासँग तालमेल भयो भने उसलाई नेपालगञ्ज दिने कुरा पनि गठबन्धनबीचमा चलेको छ ।

    गठबन्धनमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको छ । एक नेताका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको छ ।

    नेताहरू सहमतिमा पुगेअनुसार गठबन्धनबीचको ड्राफ्ट यस्तो छ:-

  • कांग्रेसको कोही पनि तालमेलको पक्षमा छैनन्, हारे हारौंला : महामन्त्री थापा (भिडिओ)

    कांग्रेसको कोही पनि तालमेलको पक्षमा छैनन्, हारे हारौंला : महामन्त्री थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।

    सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।

    ‘नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले कार्यकर्तालाई निर्देशन दिए ।

    आफू विभिन्न जिल्लाका नेता-कार्यकर्तासँग सम्पर्कमा रहेको थापाले सुनाए ।

    ‘ ५० भन्दा बढी जिल्लाका साथी तालमेलको पक्षमा छैनन् । मतदातादेखि नेतासम्म विरोधमा छन् । विचार प्रमुख भन्ने कुरामा उनीहरू अडिग छन् । जबरजस्ती लाद्ने हो भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्नसक्छन् भन्ने उनीहरूको भनाइ छ’, उनले भने ।

    थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने बताए ।

    उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए ।

    केन्द्रको घोषणा पत्र नकुर्न भन्दै थापाले भने, ‘विस्तृत कार्ययोजनासहित कार्यतालिका बनाएर अघि बढ्नुस् । सक्नुहुन्छ उम्मेदवार टुंगो गरिहाल्नुस् ।’

    उनले आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न पनि निर्देशन दिएका छन् ।

  • माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

    माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

    सुर्खेत । नेपाली कांग्रेस दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा यही ९ गते उम्मेदवार टुंग्याउने भएको छ । कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले वैशाख ८ गते संसदीय दलको वैठक बोलाइएको जानकारी दिए ।

    ‘हामीले ११ वटै पालिकाका उम्मेदवारका आकांक्षीको सिफारिस प्राप्त गरिसकेका छौं । गठबन्धनमा सहमति नभएका कारण अहिले पनि वार्ताहरू चलिरहेका छन् ’, रेग्मीले नेपाल प्रेससँग भने, ‘तर सहमति हुन सकेको छैन । हामीले संसदीय दलको वैठक वैशाख ८ गते बोलाएका छौं । ९ गते हामी टिकट बाँडेर उम्मेदवारलाई गाउँमा पठाइदिन्छौं । ८ गतेसम्म सहमतिको प्रयास भने जारी रहनेछ ।’

    उनले माओवादी र समाजवादीले बढी नै पालिका माग गरेको कारण समस्या भएको बताए ।

    ‘उहाँहरूले कांग्रेस ६ र आफूहरू ५ पालिकाको नेतृत्व पाउनुपर्ने माग गर्दै आउनुभएको छ । यो कुरामा कांग्रेस सहमत हुन सक्दैन । यो अडानले सहमति हुने सम्भावना कम भएको छ । यद्यपि प्रयास भने जारी नै छ ।’

    उनले कांग्रेसले जितेको स्थानमा सम्मानजनक स्थान खोज्ने तर माओवादीले जितेको स्थानमा कांग्रेसले भाग नपाउने अवस्था आउनु राम्रो नहुने बताए ।

    ‘आफूले जितेको स्थानमा भागबन्डा नगर्ने तर कांग्रेसले जितेको स्थानमा उहाँहरूलाई भाग दिने भन्ने कुरा अस्वाभाविक नै हो’, रेग्मी भन्छन् ।

    दैलेखका ९० वडामा ७४ चुनवमा माओवादीले एक वडा पनि जितेको थिएन । महाबु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नारायण नपा उपप्रमुख, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष भने नेकपा एसमा प्रवेश गरेका छन् ।

  • धरान मेयरको स्वतन्त्र उम्मेदवारमा हर्क साम्पाङको चर्चा : कांग्रेस र एमालेमा कसलाई घाटा ?

    धरान मेयरको स्वतन्त्र उम्मेदवारमा हर्क साम्पाङको चर्चा : कांग्रेस र एमालेमा कसलाई घाटा ?

    इटहरी । पछिल्ला चार वर्षमा धरानमा कसैले कुनै ठूलो नागरिक मुद्दा उठाउँछ भने त्यो हर्क साम्पाङले नै उठाउँछन् । चाहे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेतिथिको मुद्दामा होस् या काकाकुल धरानको खानेपानी संकटको बारेमा होस् । सबै मुद्दाको अग्रमोर्चामा दरिलो आवाजसहित हर्क साम्पाङ नै उभिन्छन् ।

    धरानमा ढुंगा, गिटी र बालुवा उत्खननमा व्यापक आलोचना भयो । उक्त उत्खननको विरोध गरेकै कारण सबैभन्दा धेरै कसैले पेलान खाएको छ भने त्यो हर्क साम्पाङले नै हो । सूचनाको हकदेखि भ्रस्टाचारविरोधी मुद्दा त उनका सदाबहार मुद्दा हुन् ।

    साम्पाङको विरोध गर्ने शैलीमा मान्छेको एकै मत छैन । उनका समर्थकहरूमात्रै होइन आलोचकहरू पनि छन् । तर, साम्पाङले उठाएका मुद्दा अलोकप्रिय छैनन् । धरानमा क्रियाशील दलहरूले उठाउन नसकेको वा उठाउन नचाहेका मुद्दा साम्पाङले जोडदार रूपमा उठाउँदै आएका छन् । आम जनताका जल्दाबल्दा मुद्दा बोक्ने भएकाले साम्पाङको अभियानको आयतन बढेको छ । उनको सामाजिक सञ्जालको लोकप्रियता बढेको छ । उनले नेतृत्व गर्ने जुलुसमा संख्या थपिएको छ, चर्चा बढेको छ ।

    साम्पाङ भने दलहरूसँग रुस्ट छन् । लोकतन्त्रमा दलतन्त्र हाबी भएकोमा उनी आक्रोश पोख्छन् । साम्पाङ भन्छन्, ‘कुनै दिन यस्तो आउला कि दल मिल्दामात्रै मान्छेहरू सँगै चिया खालान् । दल मिलाएरमात्रै बसमा यात्रा गर्लान् ।’

    देशका सबै निकायमा दलहरूको दलदलले स्वतन्त्र नागरिकको कुनै ठाउँ नभएकोमा उनको ठूलो विरोध छ । अस्पतालमा नागरिकले बेड नपाउने तर दलका नेताको फोन आउँदा पाइने राजनीतिक दाउपेच हेरेर आजित भएको साम्पाङले सुनाए । डेंगुको विषादी छर्दासमेत पार्टी समर्थकहरूको क्षेत्रमा मात्रै ध्यान दिने स्थिति आएको साम्पाङ बताउँछन् ।

    मिडियासँग पनि उनको दुःखेसो छ । स्वतन्त्र अभियानमा मिडियाले चासो नदिएकोमा उनले असन्तुष्टि पोखे । केही अगाडि उनी धरानमा दिउँसै मोबाइलको लाइट अन गरेर हिँडे । प्रश्नकर्ताहरूले कारण सोधे । उनले उत्तर दिए, ‘धरानमा स्वतन्त्र पत्रकारहरू भेटिन्छन् कि भनेर बत्ती बालेर खोज्न हिँडेको ।’

    दलदेखि मिडियासँग आजित साम्पाङ भुइँ तहका नागरिकसँगको संवादमा भने उत्साही हुन्छन् । उनको खटाइ लोभलाग्दो छ । नेपाल प्रेससँग कुरा गर्ने टुंगो लाग्दा उनी धरानको भानु चोकमा थिए । एक घन्टापछि कुराकानीको स्थानबारे सोध्दा उनी श्याम चोक नजिकैको मिलन चोकमा थिए । उनले मिलन चोकमा धराने जनताको चासो र चिन्ताको विषय सर्भे गर्दै हिँडेको भन्दै थिए ।

    हातमा डायरी र डायरीभरि अक्षर देखाउँदै साम्पाङले भने, ‘जनताका मुख्य मुद्दाहरू के के छन् भनेर संकलन गर्दै हिँडेको छु ।’

    शत प्रतिशत साबिक धरानेको माग खानेपानी पाएको उनले बताए । तर, धरानमा पछि गाभिएका पाँचकन्या र विष्णुपादुकावासीको माग फरक फरक भएको उनले सुनाए ।

    उनले भने, ‘विष्णुपादुकाको समस्या खानेपानी होइन । त्यहाँ सडक छ तर सार्वजनिक सवारी सजिलो छैन । त्यहाँ सटल बस आवश्यक छ । सामाजिक सुरक्षाभत्ता लिन धरान बजारको बैंकमा दिनै बिताएर आउनुपर्ने बाध्यता विष्णुपादुकावासीको छ ।’

    पाँचकन्याको धेरै क्षेत्रको माग धरान बजारको भन्दा भिन्न भएको साम्पाङले बताए । उनले भने, ‘मैले भेटेका धेरै नागरिकहरूले मोबाइलको नेटवर्क राम्रो नटिपेको गुनासो गरे ।’

    मेयर उम्मेदवारीको विषयमा साम्पाङ सहज उत्तर दिन्छन् । उनी भन्छन्, ‘लोकतन्त्रको अधिकार चुन्ने र चुनिने हुन् । मैले दोस्रो छानेँ ।’

    मुख्य दलहरू सबै सत्ताधारी भएपछि उदाएका साम्पाङ

    एक कोणमा धरानका मूलधारका सबै दल सत्ताधारी छन् । सत्तापक्ष र प्रतिपक्षको कल्पना नगरिएको स्थानीय सरकारको काममा मात्रै हैन सडकमा पनि दलीय प्रतिपक्षीको अभाव छ ।

    मेयरसहित ६ वडा अध्यक्ष जितेको कांग्रेस स्थानीय सरकारको नेतृत्वमा छ । उपमेयरसहित १३ वडा अध्यक्ष जितेको एमाले सत्ताकै बलियो अंग छ । नेकपा माओवादी केन्द्रको एक वडा अध्यक्ष छन् । नेकपा विभाजन अगाडिको एक पार्टीको लिगेसी र अहिले नेपाली कांग्रेससँग गठबन्धनको लय मिलेको माओवादी पनि सत्ताधारी छ । केन्द्रीय सत्तामा रहेका जसपा र नेकपा एकीकृत समाजवादीको धरानमा प्रभावशाली उपस्थिति छैन ।

    सबै दल कुनै न कुनै सार र कोणबाट सत्ता पक्ष भएपछि साम्पाङले प्रतिपक्षीको स्पेस भरपुर प्रयोग गरेका छन् । दलहरूले मिलेमतोमा देश बर्बाद गरेको मुद्दा उठाएर उनी दलहरूको दलदले दृश्यविरुद्ध रहेको जनमत आफूतिर तान्ने प्रयासमा छन् ।

    गत उपनिर्वाचनमा मेयर जितेको कांग्रेसले धरानलाई कायाँपलट गर्ने आश्वासन पूरा नगरेको अवस्थाले साम्पाङको प्रतिपक्षी नागरिकस्तरको अभियानले भाउ पाएको छ । अभियानले भाउ पाउनुमा उनको दुःखको पनि उत्तिकै योगदान छ ।

    २०७८ साल जेठ २६ गते गिटी र बालुवा उत्खननको विरोध गर्दा उनीमाथि कुटपिट भयो । गुन्डा लगाएर आफूमाथि कुटपिट गरिएको उनको भनाइ छ ।

    साम्पाङ भन्छन्, ‘स्थानीयको धेरै आग्रहपछि बोल्दा कुटपिट भयो । नगर प्रहरीले उत्खनन रोक्न आएका वनका कर्मचारीहरूलाई कुटपिट गरे ।’

    आफूले जायज मुद्दा उठाउँदा प्रहरी लगाएर दमन गर्ने, थुन्ने र झूटा मुद्दा लाउने काम भएको साम्पाङको आरोप छ । उनको प्रश्न छ, ‘खानेपानीको मुद्दा लिएर मेयर तथा उपमेयरकहाँ जाँदा उहाँहरू आफ्नो कुर्सीमा नबस्ने, गाडीका गाडी पुलिस राख्ने, दमन हुने र त्यसको विरोध गर्दा गुन्डा लगाउने यो कस्तो खाले लोकतन्त्र हो ?’

    धरानमा राजनीतिक दलहरू स्वार्थमा सबै मिल्ने भन्दै साम्पाङ समाजका सचेत नागरिकले मुद्धा उठाउँदा चरम दमन हुँदै आएको सुनाउँछन् ।

    साम्पाङको चुनावी अभियान – ‘घरमै बसेर सहयोग गर्नू, खर्च गर्न सक्दिनँ’

    साम्पाङको अभियानले धरानको मेयरमा उम्मेदवारी दिने निश्चित छ । मेयरका उम्मेदवार साम्पाङ नै हुने तय भएको छ । मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनले केही वडामा स्वतन्त्रहरूकै सेट बन्ने जानकारी दिए । उनको चुनावी मुद्दामा धरानलाई स्मार्ट सिटी बनाउने कुरा छैन । उनको मूल मुद्दा छ, धरानेलाई पानी खुवाउने । उनको दोस्रो मुद्दा धरानलाई उपभोक्ताको सहरमात्रै नबनाइ उत्पादकको सहर बनाउने र निर्यात गर्ने रहेको छ ।

    विष्णुपादुकामा उत्पादन हुने बेसार धरानमा प्रशोधन गरी निर्यात गर्नेसम्मका सामान्य काम गर्न सकिने उनी बताउँछन् । धरानलाई कंक्रिटको जंगलबाट सहर बनाउने उनको अर्को योजना छ । सुकुम्बासी उठाउने विपक्षमा छन् उनी । धरानमा बन्दै गरेको ६ लेन सडक बाइपास गरेर लाने कि बजारबाटै लाने भन्ने मुद्दामा पनि उनको फरक मत छ ।

    साम्पाङले खानेपानी समितिको नाममा हरेक वडा र हरेक टोलमा समिति बनाएका छन् । समितिमा दलहरूसँग असन्तुष्ट मतदाताको बाहुल्य छ । ती मतदाताको मत साम्पाङले पाउँछन् या पाउँदैनन्, त्यो वैशाख ३० को चुनावले देखाउने नै छ ।

    साम्पाङ भन्छन्, ‘अहिलेको मूल मुद्दा ६ लेन सडक हैन, खाँचो सार्वजनिक यातायात सुधार हो । ६ लेनमा हतारो आवश्यक छैन ।’

    धरानमा अनधिकृत खोला उत्खनन् र बीपीको बेथिति अन्त्य जस्ता उनको चुनावी मुद्दाको फेहरिस्त लामो छ । सूचनाको सहज पहुँच र भ्रष्टाचार निवारण आफ्ना प्राथमिक मुद्दा भएको साम्पाङ सुनाउँछन् ।

    धरान १८ का ४२ वर्षे साम्पाङ दुई सन्तानका पिता हुन् । धरानमा अघि बढेको खानेपानी आन्दोलनको आफू दोस्रो पुस्ता भएको बताउने उनी आफू स्थानीय सत्तामा नपुगे तेस्रो पुस्ता आउनुपर्नेमा जोड दिन्छन् ।

    ‘धरानको खानेपानी आन्दोलनको पहिलो पुस्ता कृष्णनारायण पलिखे हुन् । दोस्रो म हुँ । अब तेस्रो पुस्तासम्म पुग्ने डर भयो’, उनले भने । धरानको खानेपानी सरोकारको टोलस्तरीय कमिटीका सदस्य हाल एकहजार ३६५ पुगेको साम्पाङले जानकारी दिए ।

    उनी चुनावी अभियानमा घरमै बसेर आफूलाई समर्थन गर्न आग्रह गर्छन् । ‘घरमै बसेर समर्थन गर्नुहोस् । खर्च गर्न सक्दिनँ’, साम्पाङले भने, ‘चुनावमा खर्च गरेपछि उठाउन मैले भ्रष्टाचार गर्नुपर्छ ।’

    साम्पाङमा ओइरिएला त स्वतन्त्र धरानेको मत ?

    स्थानीय चुनाव बैशाख ३० गते तोकिएको छ । धरानमा एक लाख बढी मतदाता छन् । २०७४ को चुनावमा ७९ हजार २८२ मतदाता थिए । यस वर्ष एक लाख ३२४ मतदाता पुगेका छन् । जसमा ४७ हजार ४०८ पुरुष र ५२ हजार ९१६ महिला छन् । मतदातामा युवाहरूको बाहुल्यता छ । दलहरूको सम्पर्कमा नगएका युवाहरूको मत साम्पाङले पाउलान् कि नपाउलान् त्यो प्रतीक्षाको विषय छ ।

    साम्पाङले खानेपानी समितिको नाममा हरेक वडा र हरेक टोलमा समिति बनाएका छन् । समितिमा दलहरूसँग असन्तुष्ट मतदाताको बाहुल्य छ । ती मतदाताको मत साम्पाङले पाउँछन् या पाउँदैनन्, त्यो वैशाख ३० को चुनावले देखाउने नै छ ।

    धरान सहर ।

    २०७४ को चुनावमा एमालेका एमालेका तारा सुब्बाले ४ हजार ७७३ मतान्तरले मेयर जितेका थिए । कांग्रेसका तिलक राई १६ हजार २०२ मत ल्याई दोस्रो स्थानमा रहे । उपनिर्वाचनमा तिलक राई एमालेका प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित मेयर निर्वाचित भए । तिलकले अघिल्लो चुनावभन्दा साढे दश हजारभन्दा बढी २६ हजार ७०१ मत ल्याए ।

    २०७४ को चुनावमा एमाले एक्लै लडेको थियो । उपनिर्वाचनमा एमाले र माओवादी मिलेर नेकपा (नेकपा) बनेको थियो । २०७४ को चुनावमा माओवादीका मेयर उम्मेदवारले पाएको ११ हजार १८० मत जोड्दा नेकपा (नेकपा) का प्रकाश राई झन्डै १६ हजार मतले अगाडि देखिन्थ्यो । तर, त्यो अंक गणितले उपनिर्वाचनमा काम गरेन । एमाले उम्मेदवार प्रकाश राई पराजितमात्रै भएनन्, पहिलोपल्ट धरानको स्थानीय नेतृत्व कांग्रेसको पोल्टामा गयो ।

    कसलाई हो साम्पाङको ‘चेक’ ?

    उपनिर्वाचनमा कांग्रेसले अत्यधिक लोकप्रिय मत पायो । अब त्यहींस्तरको लोकप्रिय मत आउने सम्भावना देखिन्न । कांग्रेससँग बिच्किएको मत साम्पाङले पाउँछन् वा पाउँदैनन् त्यो पनि प्रतीक्षाकै विषय छ ।

    कम्युनिस्टसँग बिच्किएका धरानेले उपनिर्वाचनमा कांग्रेसलाई जिताए । यसपटक कांग्रेससँग बिच्किएको मत कम्युनिस्टले पाउँछ कि साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारले पाउँछन् त्यो हेर्न चुनावी परिणाम नै कुर्नुपर्ने हुन्छ ।

    तर, एउटा आधार के देखिन्छ भने मुख्य दलहरूबाट असन्तुष्ट एवं स्वतन्त्र धराने मतदाताको रोजाइ साम्पाङजस्ता स्वतन्त्र एवं प्रभावशाली उम्मेदवार हुनेछन् ।

  • बालुवाटारमा आज पनि महानगर-उपमहानगर भागबण्डाबारे छलफल, सहमतिको सम्भावना क्षीण

    बालुवाटारमा आज पनि महानगर-उपमहानगर भागबण्डाबारे छलफल, सहमतिको सम्भावना क्षीण

    काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्दैछ ।

    समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक तय गरिएको बताए । उनका अनुसार आजको बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुन सक्नेछ ।

    महानगर र उपमहानगरपालिकामा भागबण्डा गर्ने गरी गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिमा भइरहेको छलफल निष्कर्षमा पुगेको छैन । गठबन्धन घटक दलका आ-आफ्नै अडानले तालमेल थप पेचिलो बन्दै गएको बताइएको छ ।

    गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्व समितिको हिजोको बैठकमा माओवादी, समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दाबी गरेका छन् ।

    माओवादीले भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका, जितपुर सिमरा उपमहानरपालिका, घोराही उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर पदको दाबी गरेको छ ।

    एकीकृत समाजवादीले पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहानरपालिका आफूलाई चाहिने बताएको छ । बुटवलमा पनि नेकपा एसको दावी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा उपमेयर मागेको छ ।

    त्यस्तै वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जसपाको दाबी छ । धरान उपमहानगरपालिकामा पनि जसपाले दाबी कायमै राखेको छ ।

    गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्वबारे केन्द्रबाटै टुंगो लगाउने सहमति यसअघि नै भइसकेको छ । जसअनुसार ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रित छ ।

    १७ मध्ये १३ वटा स्थानीय तह अर्थात ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा माओवादी, समाजवादी र जसपाले दाबी गरेका छन् ।

    गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सबै तहको नेतृत्वमा कांग्रेसको दावी स्वतः रहने बताउँछन् ।

  • ओली सल्लेरी जाँदै, कांग्रेसबाट सोलु दुधकुण्ड मेयरका दाबेदार एमाले प्रवेश गर्ने

    ओली सल्लेरी जाँदै, कांग्रेसबाट सोलु दुधकुण्ड मेयरका दाबेदार एमाले प्रवेश गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सोलुखुम्बु जाँदैछन् ।

    सोलुखुम्बुको सल्लेरीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्न ओली एमालेका शीर्ष नेतासहित सोलु जान लागेका हुन् ।

    त्यहाँ योहो टेलिभिजनका कार्यकारी अध्यक्षसमेत रहेका कांग्रेस महासमिति सदस्य काजी शेर्पासहित कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    शेर्पा कांग्रेसबाट सोलु दुधकुण्ड नगरपालिकाका मेयरका दाबेदार हुन् ।

    ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संगठन विभाग खगराज अधिकारी, प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलगायतको टोली सोलुखुम्बु जाने एमालेले जनाएको छ ।

  • चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी

    चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी

    रुपन्देही । आफ्नो आधार इलाकाका रुपमा मान्दै आएका रुकुम, रोल्पा, दाङलगायतका जिल्लामा समेत सत्तागठबन्धनको मुख्य शक्ति नेपाली कांग्रेसले ठूलो भाग खोजेपछि माओवादीका स्थानीय नेता कार्यकर्ता बिच्किएका छन् ।

    स्थानीय तहको निर्वाचनका लागि केन्द्रमा नेताहरू बसेर देशभर वडातहसम्म एमालेविरुद्ध गठबन्धन गरेर जाने निर्णय कार्यान्वयनमा यी क्षेत्रमा समस्या देखिएको हो ।

    पहिलेको रुकुम अहिले पूर्व र पश्चिम गरी दुई जिल्लामा मात्रै होइन दुई प्रदेशमा बाँडिएको छ । माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको नेतृत्व गर्छन् भने रुकुमपूर्व र रोल्पाको नेतृत्वमा अर्का प्रभावशाली नेता वर्षमान पुन छन् ।

    त्यसो त पार्टीभित्र पनि उनीहरू दुवैजनाबीच प्रतिस्पर्धा छ । यही टकराबका कारण महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले महासचिव टुंग्याउन सकेको छैन । पूर्वीरुकुम र रोल्पामा पुनसँगै नेता कृष्णबहादुर महरा, ओनसरी घर्तीलगायत शीर्ष नेताहरूको क्षेत्र रहेको छ ।

    तर, यी ठाउँमा कांग्रेसले माओवादीको भन्दा धेरै भाग खोजेको छ । यदि मागेजति सिट नपाए गठबन्धन नगर्ने कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ ।

    रुकुमपश्चिम माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहेको माओवादीको विरासत बलियो छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँको सबै स्थानीय तहमा २०७४ मा माओवादीले जितेको थियो ।

    रुकुमपश्चिममा माओवादीको प्रतिस्पर्धी नेपाली कांग्रेस हो । ७४ मा माओवादीले ५८ वटा वडा जित्दा कांग्रेसले १३ र एमाले २ वडामा सीमित थियो । यहाँ अन्य दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादीलाई जित्न नसक्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ । ७४ मा बाँफीकोट गाउँपालिकामा विप्लव, राप्रपा, कांग्रेस र एमालेले गठबन्धन गर्दा पनि माओवादीलाई पराजित गर्न सकेका थिएनन् ।

    स्थानीय तहको निर्वाचनलाई लिएर अहिले राजनीतिक दलहरु आ-आफ्नो गृहकार्यमा छन् । यहाँ सत्ता गठबन्धन दलहरूको बैठक बसेर जिल्लामा कुन दलको जनाधार कस्तो छ भन्ने रिपोर्ट केन्द्रमा पठाउने काम भएको नेताहरु बताउँछन् । तर, गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भन्नेमा ठोस निर्णय भने हुन सकिरहेको छैन ।

    माओवादी केन्द्रका पूर्वजिल्ला अध्यक्षसमेत रहेका कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री गोपाल शर्मा गठबन्धनमा भागबण्डा लगाउँदा माओवादीलाई घाटा हुने बताउँदै आएका छन् । रुकुममा माओवादी र अन्य दलबीच मुसीकोट नगरपालिकामा मात्रै प्रतिस्पर्धा हुने गरेको उनको भनाइ छ ।

    नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले गठबन्धन बनाएर चुनावमा जाने-नजाने भन्ने कुरा माओवादीमा निर्भर रहने बताउँदै आएका छन् । माओवादीले ०७४ मा जितेको ठाउँमा अहिले नेतृत्व नछाड्ने भन्ने अहंकार देखाए अन्य दलहरूसँग तालमेल गरेर पनि जान सकिने भनाइ ओलीले बताएपछि विवाद अझै बढेको हो ।

    एमालेले पनि काँग्रेससँग तालमेलका लागि प्रस्ताव गरेको र माओवादीले अहंकार देखाए आफूहरु त्यसतर्फ पनि सोच्न बाध्य हुने कांग्रेस नेताहरुले सार्वजनिकरूपमै व्यक्त गरेका छन् ।

    ओलीले ०७४ मा मुसीकोट नगरपालिकामा राम्रो जनमत हुँदाहुँदै पनि आफ्नै आन्तरिक कारणले पराजित भएको बताए । अहिले अन्य दुई पालिकामा पनि काँग्रेसको राम्रो जनमत भएकाले काँग्रेसले विगतको भन्दा फराकिलो जनमत ल्याउन सक्ने उनको आंकलन छ ।

    रोल्पामा माओवादी एक्लै लड्ने पक्षमा

    रोल्पा जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रलाई ठेस पुग्नेगरी नेपाली कांग्रेसले आधा हिस्सा मागेको भन्दै माओवादी एक्लै लड्ने पक्षमा पुगिसकेको छ । यहाँ गठबन्धन दलहरू बैठक बस्ने र छलफल गर्ने गरिरहेकै समयमा एकाएक कांग्रेसको विज्ञप्ति आएपछि मनमुटाव सुरू भएको हो ।

    गठबन्धन हुने विषयमा छलफल चलिरहेका बेला कांग्रेस रोल्पाले विज्ञप्तिमार्फत नयाँ सर्त अघि सारेपछि थप अन्योल उत्पन्न भएको हो । कांग्रेसले आधा हिस्सा मागेपछि गठबन्धनभित्रका दलहरूमा झन् अविश्वास मात्रै जगाएको छैन माओवादीले दबाबका लागि कांग्रेसले चालेको कूटनीतिक चाल भनेर एक्लै अगाडि जानेसम्मको तयारी गरेको छ ।

    गत चैत २० गते माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्ती मगरको संयोजकत्वमा कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका प्रतिनिधि रहेको गठबन्धन कार्यदल बनाइएको छ । चारपटक संयुक्त बैठक बसिसकेको कार्यदलले कुनै ठोस योजना र निर्णय गर्नसकेको छैन । गठबन्धनका संयोजक माओवादी केन्द्रका जिल्ला अध्यक्ष घर्तीमगरले कांग्रेसको विज्ञप्तीले विश्वासको वातावरणमा आशंका ल्याएको बताए । गठबन्धनमा छलफल भइरहेका बेला विज्ञप्ति निकालेर भिन्न परिस्थिति ननिम्त्याएको भए राम्रो हुने उनको भनाइ छ ।

    के छ माओवादीको आन्तरिक रणनीति ?

    माओवादीले आफ्नो शक्ति जाँच्नका लागि प्रारम्भिक सर्वेक्षण पनि गराएको छ । यो सर्वेक्षणमा सबै तहमा प्रमुख र उपप्रमुखसहित ५८ वटा वडामा एक्लै निर्वाचनमा जित हासिल गर्ने निष्कर्ष निकालिएको सूचना कांग्रेस नेताको कानमा परेपछि नै कांग्रेसले त्यो खालको विज्ञप्ति निकालेको बुझिएको छ । स्थानीय नेताहरू सकेसम्म यो जिल्लामा गठबन्धन नभए नै पार्टीलाई फाइदा हुने माथिल्लो तहका नेताहरूलाई सर्वेक्षणका आधारमा सुनाएका छन् ।

    यहाँ कांग्रेसले २०४९ र २०५४ को स्थानीय निर्वाचनमा बहुमत ल्याएको सम्झेर अहिले गठबन्धनमार्फत पुरानै शक्ति आर्जन गर्ने गरी तयारी गरेको माओवादी बुझाइ छ । यही सूचना पाएका माओवादीका स्थानीय नेताहरू यस्तो अवस्थामा कांग्रेसलाई बोक्न नहुने सुझाव नेताहरूलाई गरेका छन् । माओवादी र कांग्रेसको यही आन्तरिक विवादमा खेलेर नेकपा एमालेले केही पालिकामा जित निकाल्ने रणनीति बनाएको छ । १० पालिका रहेको जिल्लामा गठबन्धनमा नरहेका दलको साथ लिएर आफ्नो उपस्थिति देखाउने रणनीतिमा छ एमाले ।

    कांग्रेसले १० वटा तहमध्ये ५ वटामा अध्यक्ष र बाँकी ५ वटा तहमा उपाध्यक्षसहित ३६ वटा वडामा वडाध्यक्षलाई उम्मेदवार सुनिश्चित गर्न सार्वजनिक माग गरेको हो । कांग्रेसले सबैमा आधा हिस्सा खोजेपछि जिल्लामा ठूलो मानिएको माओवादी केन्द्रका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

    अघिल्लो निर्वाचनमा कांग्रेसले एक स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने १२ वटा वडा अध्यक्ष विजयी भएका थिए । ७२ वटा वडामध्ये माओवादी केन्द्र एक्लैले ४८ वडामा जितेको थियो । रोल्पाका ९ मध्ये रोल्पा नगरपालिकासहित माओवादी केन्द्रले ७ तहमा प्रमुख र उपप्रमुख जितेको थियो । जिल्ला समन्वय समितिमा उक्त दलको एकलौटी प्रतिनिधित्व भएको थियो ।

    अघिल्लो निर्वाचनमा एमालेले भने दुई वटा तहमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको थियो । एमालेले अन्य १० वटा वडामा वडाध्यक्ष जितेको थियो ।

    माओवादीको आधार इलाका रुकुम पूर्वमा रहेका तीनै पालिका गत स्थानीय तहमा माओवादीले सबै जितेको थियो । तर, यहाँ पनि कांग्रेसले बराबरी भाग खोजेपछि माओवादी असन्तुष्ट भएको हो ।

    दलहरूबीच आ-आफ्नो दाबी कायमै राखेपछि जिल्लास्तरबाट सबै पालिकामा गर्न खोजिएको गठबन्धन प्रयास सफल हुन नसकेको र तालमेलको सम्भावना पनि क्षीण हुँदै गएको एक नेता बताउँछन् ।

    माओवादीको बलियो क्षेत्र मानिएको यो जिल्लामा नेपाली कांग्रेसले गठबन्धनमा जाँदा समान हैसियत खोजेपछि माओवादी केन्द्रले अस्वीकार गरेपछि यस्तो अवस्था आएको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पनि आफ्नो अस्तित्वसहितको समानजनक भागबन्डा हुनुपर्ने बैठकमा राखिरहेका छन् ।

    यद्यपि दलहरूले पालिका र वडामा गठबन्धन गर्न चाहेमा उनीहरूले नै निर्णय गर्ने अधिकार भने दिएको र पालिका तथा वडालाई तालमेलका लागि जिम्मा दिइएको नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले नेपाल प्रेसलाई बताए ।

    वडामा मात्रै वा कुनै एक पालिकामा गठबन्धन हुन सकेको खण्डमा त्यतिमा मात्रै भए पनि गठबन्धन गर्ने कुरामा सबै दल सहमत भएको उनले बताए । तीन पालिका रहेको यो जिल्लामा गत स्थानीय तहको निर्वाचनमा तीनै पालिका माओवादीले जितेको थियो भने दुई स्थानमा मात्रै कांग्रे प्रतिस्पर्धामा थियो ।

    यस्तो थियो अघिल्लोपटक रोल्पा, रुकुमपूर्वको चुनावी अवस्था

    रोल्पा

    १. त्रिवेणी गाउँपालिका- एमाले (३३३३), माओवादी(३११२), कांग्रेस(९८४)

    २. थवाङ गाउँपालिका- माओवादी (१९९०), कांग्रेस(९६५), एमाले( १२०)

    ३. दुईखोली गाउँपालिका- माओवादी (४६०८), कांग्रेस (१९८९), एमाले (६५९)

    ४. माडी गाउँपालिका- माओवादी (३१८२), कांग्रेस(२६२१)

    ५. रुन्टीगढी गाउँपालिका- एमाले (३४०२), कांग्रेस (३२७९), माओवादी (३१०८)

    ६. लुङग्री गाउँपालिका- कांग्रेस (३१२५), माओवादी (२९१०), राप्रपा (१०११), एमाले (७०९)

    ७. सुकिदह गाउँपालिका- माओवादी (२४१४), एमाले (२२९०), कांग्रेस (२२६१)

    ८. सुनछहरी गाउँपालिका, माओवादी (२५६१), कांग्रेस (११३६), एमाले (९४७)

    ९. सुवार्णवती गाउँपालिका- माओवादी (४१५५), कांग्रेस (३०६०), एमाले (१०१९)

    १०. रोल्पा नगरपालिका- माओवादी (५६३४), कांग्रेस (३८२७), एमाले (४७८)

    रुकूमपूर्व

    १. पुथाउत्तरगंगा गाउँपालिका- माओवादी (२५५१), एमाले (१२३६), कांग्रेस (१११४)

    २. भुमे गाउँपालिका- माओवादी (३४८२), कांग्रेस (१७१४), एमाले (४४२)

    ३. सिस्ने गाउँपालिका- माओवादी (३२९६), कांग्रेस (२४७१), एमाले (४६)

  • प्युठानका दुई स्थानीय तहमा वडासम्म यसरी गरियो भागबण्डा

    प्युठानका दुई स्थानीय तहमा वडासम्म यसरी गरियो भागबण्डा

    रूपन्देही । प्युठानको स्वर्गद्वारीमा सत्तारुढ गठबन्धनले भागबण्डा टुंग्याएका छन् ।

    भिङ्गीमा बसेको गठबन्धन दलको बैठकले स्वर्गद्वारी नगरपालिकाको प्रमुख उपप्रमुखसहित ९ वडाको सिट बाँडफाँट गरेको हो । गठबन्धनले जारी गरेको विज्ञप्तिअनुसार कांग्रेसको भागमा मेयरसहित ३ वटा वडा र राष्ट्रिय जनमोर्चालाई उपमेयरसहित ४ वटा वडा दिने सहमति भएको छ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले २ वटा वडा लिने सहमति भएको विज्ञप्तिमा उल्लेख छ। जिल्लाको सरुमारानी र माण्डवी गाउँपालिकामा पनि सिट बाँडफाँटबारे छलफल भइरहेको छ ।

    सरुमारानी गाउँपालिकामा सत्तासाझेदार तीन दलले चुनावी तालमेल मिलाएका छन् । त्यहाँ नेपाली कांग्रेस, माओवादी र नेकपा एसबीच भागबण्डा गरिएको छ ।

    सहमतिअनुसार अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले पाएका छन् ।

    पालिकाको ४ वटा वडा माओवादीलाई, १ वटा वडा कांग्रेस र १ वटा समाजवादीलाई दिने गरी सहमति भएको छ ।

    यसअघि नौबहिनी गाउँपालिकामा भने जनमोर्चाले सहमति नगर्दा कांग्रेस, माओवादी र समाजवादीले मात्रै छुट्टै गठबन्धन गरिसकेका छन् ।

     

  • एमाले सचिवालय बैठक बस्दै, घोषणापत्र र उम्मेदवारबारे छलफल हुने

    एमाले सचिवालय बैठक बस्दै, घोषणापत्र र उम्मेदवारबारे छलफल हुने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । साँझ ६ बजे तय गरिएको बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेपाल प्रेसलाई बताए ।

    आजको बैठकमा स्थानीय चुनावको लागि पार्टीले तयार पारेको घोषणापत्र, अहिलेसम्म भएका उम्मेदवार सिफारिस र बाँकी रणनीतिमा छलफल हुनेछ ।

    आजै बिहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पनि डाकिएको छ ।

    एमालेले महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल गर्दैछ ।

  • बैतडीमा गठबन्धनको सहमति : कांग्रेसलाई दोगडा र पञ्चेश्वर , माओवादीलाई डिलाशैनी (निर्णयसहित)

    बैतडीमा गठबन्धनको सहमति : कांग्रेसलाई दोगडा र पञ्चेश्वर , माओवादीलाई डिलाशैनी (निर्णयसहित)

    बैतडी । सत्ता गठबन्धनमा सामेल दलहरुले बैतडीका केही पालिकामा बाँडफाँड टुंग्याएका छन् । पहिलो चरणमा जिल्लाका ३ वटा स्थानीय तहमा भागबण्डा गरिएको हो । बाँकी ६ वटामा पनि सहमतिमा पुग्ने गरी छलफल जारी छ ।

    पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष कांग्रेसको भागमा परेको छ । त्यहाँ उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको छ । यो पालिकामा कांग्रेसले रमेशसिंह भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने हालका पालिका अध्यक्ष गोरखबहादुर चन्दलाई दोहोर्याउँदै छ ।

    दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति जुटेको छ । कांग्रेसले अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ । डिलाशैनी गाउँपालिकाको अध्यक्ष भने माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यहाँ उपाध्यक्ष काँग्रेसले लिने भएको छ ।

    अन्य पालिकाको बाँडफाँडका लागि छलफल जारी छ । सिगास र सुर्नया गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरिरहेको छ ।

    माओवादीले पुरचौंडी नगरपालिका दाबी गरेको छ । त्यसबाहेकका दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिकाको छिनोफानो हुन बाँकी छ । यी नगरपालिकामा कांग्रेसको दाबी छ । काङ्ग्रेसले दाबी गरेको मेलौलीमा माओवादीले पनि दाबी गरेपछि सहमति जुटाउन सकस भएको हो ।

  • रुकुम पूर्वमा पनि गठबन्धन नहुने संकेत

    रुकुम पूर्वमा पनि गठबन्धन नहुने संकेत

    रुपन्देही । बाँके, रोल्पा, प्युठान, रुपन्देहीमा खटपट भएको सत्तारुढ दलको चुनावी गठबन्धन रुकुम पूर्वमा पनि पुगेको छ ।

    भागबन्डाका लागि सत्ता गठबन्धनमा रहेका दलका बीचमा पटक–पटक सहमतिका लागि बैठक बसे पनि टुंगो लाग्न नसकेको हो ।

    गठबन्धन गर्ने विषयमा छलफल भए पनि दलहरूले आ–आफ्नो दाबी कायमै राखेपछि जिल्ला स्तरबाट सबै पालिकामा गर्न खोजिएको गठबन्धन प्रयास सफल हुन नसकेको हो र अब जिल्ला संयन्त्रले गठबन्धनको टुंगो लगाउने सम्भावना सकिएको एक नेताले बताए ।

    माओवादीको बलियो क्षेत्र मानिएको यो जिल्लामा नेपाली कांग्रेसले गठबन्धनमा जाँदा समान हैसियत खोजेपछि माओवादी केन्द्रले अस्वीकार गरेपछि यस्तो अवस्था आएको हो ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पनि आफ्नो अस्तित्वसहितको सम्मानजनक भागबन्डा हुनुपर्ने बैठकमा राखिरहेका छन् ।

    यद्यपि दलहरूले पालिका र वडामा गठबन्धन गर्न चाहेमा उनीहरूले नै निर्णय गर्ने अधिकार भने दिएको र पालिका तथा वडालाई तालमेलका लागि जिम्मा दिइएको नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले बताए ।

    वडामा मात्रै वा कुनै एक पालिकामा गठबन्धन हुन सकेको खण्डमा त्यतिमा मात्रै भए पनि गठबन्धन गर्ने कुरामा सबै दल सहमत भएको उनले बताए ।

    तीन पालिका रहेको यो जिल्लामा गत स्थानीय तहको निर्वाचनमा तीनै पालिका माओवादीले जितेको थियो भने दुई स्थानमा मात्रै कांग्रेस प्रतिस्पर्धामा थियो ।

    यस्तो थियो २०७४ काे अवस्था

    १. पुथा उत्तरगंगा गाउँपालिका, माओवादी (२५५१), एमाले (१२३६), कांग्रेस (१११४)

    २. भुमे गाउँपालिका, माओवादी (३४८२), कांग्रेस (१७१४), एमाले (४४२)

    ३. सिस्ने गाउँपालिका, माओवादी (३२९६), कांग्रेस (२४७१), एमाले (४६)

  • औरही गाउँपालिका अध्यक्षमा जनमत पार्टीले सञ्जय यादवलाई उम्मेदवार बनाउने

    औरही गाउँपालिका अध्यक्षमा जनमत पार्टीले सञ्जय यादवलाई उम्मेदवार बनाउने

    जनकपुरधाम । सिरहाको औरही गाउँपालिका अध्यक्षमा जनमत पार्टीले सञ्जय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    पार्टीको गाउँपालिका कमिटीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका नेता पंकज सिंह दनुवारले जानकारी दिए । यादव पार्टीका केन्द्रीय सचिव हुन् ।

    ०७४ सालको निर्वाचनमा औरहीमा नेकपा माओवादी केन्द्रका सिद्धार्थ यादव निर्वाचित भएका थिए । यो पालिकामा माओवादी, नेपाली कांग्रेस र जसपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

  • कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

    कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

    काठमाडौं । पार्टीभित्र चुनावी तालमेलबारे जति नै असन्तुष्टी भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको निरन्तरतामा प्रतिवद्ध देखिन्छन् । आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्मै देउवाले ‘आफूलाई प्रधानमन्त्री बनाउने दलहरुको साथ नछाड्ने’ वाचा गरेका छन् ।

    शनिबारमात्रै कांग्रेसको कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धन जोगाएर लैजाने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताएका थिए । उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दललाई अलपत्र नपार्ने बताएका छन् ।

    चुनावी गठबन्धनलाई राजनीतिक रुपमा पुष्टि गर्न देउवाले यस्ता धारणा राखेपनि उनको वचन उनैविरुद्ध ‘बार्गेनिङ’ को साधन बन्न थालेको छ । चुनावी तालमेल नगरे माओवादीले एमालेसँग गठबन्धन गर्नसक्ने भय देउवाले कांग्रेस कार्यकर्तालाई देखाउँदै आएका छन् । प्रचण्डसहित गठबन्धनका नेताहरुले भने त्यही डर देउवालाई देखाएर बढीभन्दा बढी शक्ति आर्जन गर्न खोजेका छन् ।

    माओवादी, एस र जसपा संगठित भाग खोज्दै

    चुनावी तालमेलबारे कांग्रेसमा किचलो जारी नै छ । अधिकांश जिल्लामा तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता उभिएका छन् । यद्यपि सभापति देउवाले भने गठबन्धन जसरीपनि जोगाउने प्रतिवद्धता जनाउँदै आएका छन् ।

    कांग्रेसभित्र बढ्दो किचलोबीच गठबन्धनमा रहेका अन्य दलहरुले पनि कांग्रेसमाथि नै दवाव बढाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले त आपसमै सल्लाह गरेर सामुहिक सौदाबाजीको अभ्यास थालेका छन् ।

    आइतबारको गठबन्धन बैठकमा यी तीन दलले ३ महानगरपालिकार १० उपमहानगरपालिकामा आफ्नो दावी प्रस्तुत गरे । हेटौडा उपमहानरमा माओवादी र नेकपा एस दुवैको दावी रह्यो ।

    त्यसबाहेक सबैतिर तीन दलले एकल दावी प्रस्तुत गरेका छन् । तीन दलको दावी हेर्दा नै कांग्रेसविरुद्ध संगठित सौदाबाजी भइरहेको पुष्टी हुने एक नेताले बताए । ‘प्रचण्ड, माधव र उपेन्द्रजी चै एउटै पार्टीको भएझै प्रस्तुति देखिन्छ । गठन्धनमा शक्ति बाँडफाँटमा उहाँहरुको सामुहिक सौदाबाजी देखिन्छ । कांग्रेस एक्लै परेको छ’, बैठकमा सहभागि कांग्रेस नेताको भनाई छ ।

    माओवादी अध्यक्ष प्रचण्डले आइतबारमात्रै गठबन्धन कार्यदल बैठकअघि जसपाका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच निरन्तर संवाद हुँदै आइरहेको छ । एक्लाएक्लै प्रस्तुत हुँदा कांग्रेसको बार्गेनिङ पावर बढ्ने भएकोले ती दलबीच ‘कार्यगत एकता’ भएको हो ।

    कांग्रेसले मान्ला त २४ प्रतिशत ?

    गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति छ । पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिमा आइतबार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको नेतृत्व बाँडफाँटबारे छलफल भयो ।

    बैठकमा माओवादी, समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दावी गरेका छन् । माओवादीले भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका, जितपुर सिमरा उपमहानरपालिका, घोराही उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर पदको दावी गरेको छ ।

    एकीकृत समाजवादीले पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहानरपालिकामा नेतृत्व दावी गरेको छ । बुटवलमा पनि नेकपा एसको दावी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा उपमेयर मागेको छ ।

    त्यस्तै जसपाले वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख दावी गरेको छ । तर धरान उपमहानगरपालिकामा पनि जसपाको झिनो दावी छ ।

    गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्वबारे केन्द्रबाटै टुंगो लगाउने सहमति यसअघि नै भइसकेको छ । जस अनुसार ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रीत छ । १७ मध्ये १३ वटा स्थानीय तह अर्थात ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा माओवादी, समाजवादी र जसपाले दावी गरेका छन् ।

    आइतबारको बैठकका आधारमा काठमाडौं, विराटनगर र ललितपुर महानगर तथा धनगढी उपमहानगरपालिकामा मात्रै तीन दलले दावी गरेनन् । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सबै तहको नेतृत्वमा कांग्रेसको दावी स्वतः रहने बताउँछन् ।

    ‘हामी त गठबन्धनको प्रमुख शक्ति हौं । अन्य दलहरुले आफ्नो दावी राखेका छन् । हाम्रो त सबैमा स्वतः दावी छ नि’, पौडेलले भने ।

    गठबन्धन बैठकमा तीन दलको सामूहिक सौदाबाजी सुरु भएपछि कांग्रेस भने दवावमा परेको छ ।

    आरजुको क्षेत्रमा तीन दलले गरेनन् दावी

    मुलुकका ११ वटा उपमहानगरपालिकामध्ये धनगढी उपमहानगरपालिकाको प्रमुखमा मात्रै माओवादी, समाजवादी र जसपाले दावी गरेनन् । सो उपमहानगरपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणाको निर्वाचन क्षेत्रमा पर्ने धनगढीमा चाहिँ अन्य दलहरुले दावी नगर्नुलाई चासोका साथ लिइएको छ ।

  • सुर्खेतमा एमालेले टुंग्यायो एक पालिका प्रमुखसहित ४१ वडाध्यक्षको उम्मेदवारी (सूचीसहित)

    सुर्खेतमा एमालेले टुंग्यायो एक पालिका प्रमुखसहित ४१ वडाध्यक्षको उम्मेदवारी (सूचीसहित)

    सुर्खेत । नौ ओटा पालिका र ९९ ओटा वडा रहेको सुर्खेतमा नेकपा एमालेले एक पालिका प्रमुखसहित ४१ ओटा वडाध्यक्षको उम्मेदवारको टुंगो लगाएको छ ।

    नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीका अनुसार गुर्भाकोट नगरपालिका प्रमुखमा तिलक खत्री सर्वसम्मत उम्मेदवार बनेका छन् ।

    यस्तै अहिलेसम्म जिल्लामा ४१ ओटा अध्यक्षहरू सर्वसम्मत चयन भएको छ ।

    वैशाख ६ गतेभित्र सबै उम्मेदवारको टुंगो लाग्ने अध्यक्ष बिसीले बताए ।

    हेर्नुहोस् सूची

    चिङ्गाड गाउँपालिका

    वडा नं. १ः टेकबहादुर रजाली

    वडा नं. २ः डिलबहादुर खत्री

    लेकबेशी नगरपालिका

    वडा नं. ३ः लोकबहादुर रावत

    वडा नं. ४ः कर्णबहादुर राना

    वडा नं. ५ः चक्रबहादुर शाही

    वडा नं. ९ः राजु पौडेल

    बराहताल गाउँपालिका

    वडा नं. १ः डम्मर बडुवाल

    वडा नं.२ः भीमबहादुर साउद

    वडा नं. ६ः जगत बहादुर विसी

    वडा नं. ७ः कुलबहादुर वुचा

    वडा नं. ८ केशरबहादुर कामी

    वडा नं. ९ः युवराज दुलाल

    वडा नं. १०ः हरिलाल सलामी

    चौकुने गाउँपालिका

    वडा नं. २ः घनश्याम बम

    पञ्चपुरी नगरपालिका

    वडा नं. १० युरेश प्रसाद शर्मा

    भेरीगंगा नगरपालिका

    वडा नं. ३ः विशाल पुन

    वडा नं. ४ः गंगबहादुर खत्री

    वडा नं. ५ः प्रेमबहादुर साउद

    वडा नं. ७ः दिलिप बडुवाल

    वडा नं. ८ः डिल्ली राज रेग्मी

    वडा नं. ९ः गंग सुनार

    गुर्भाकोट नगरपालिका

    वडा नं. ४ः प्रचण्ड शाह

    वडा नं. ६ः कुलबहादुर वली

    वडा नं. ८ः तुल्सी विक

    वडा नं. १०ः थमन बहादुर खत्री

    वडा नं. १२ः विनोद कुमार विक

    वडा नं. १३ः इन्द्रदेव गिरी

    वडा नं. १४ः चन्द्रबहादुर घर्ती

    वीरेन्द्रनगर नगरपालिका

    वडा नं. १ः गंगाराम सुनार

    वडा नं. २ः गजबहादुर बुढा

    वडा नं. ३ः विनोद विष्ट

    वडा नं. ७ः खड्क दर्लामी

    वडा नं. ८ः टिकाराम शर्मा

    वडा नं. ९ः ऋषि गिरी

    वडा नं. १०ः डिलबहादुर रखाल

    वडा नं. १२ः चुडामणि चपाई

    सिम्ता गाउँपालिका

    वडा नं. २ः खगेन्द्र सिंह ठकुरी

    वडा नं. ५ः मोहन कुमार चन्द

    वडा नं. ६ः राजेन्द्र सिंह ठकुरी

    वडा नं. ८ः पूर्णराम नेपाली

    वडा नं. ९ः केशबहादुर दर्लामी

  • गठबन्धनमा कांग्रेसले राखेन दाबी, रामचन्द्र भन्छन्- सबै ठाउँमा स्वतः दाबी छ

    गठबन्धनमा कांग्रेसले राखेन दाबी, रामचन्द्र भन्छन्- सबै ठाउँमा स्वतः दाबी छ

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भने पनि महानगर र उपमहानगरको नेतृत्व भागबण्डामा सकस देखिएको छ ।

    ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्वबारे टुंगो लगाउन आइतबार बसेको बैठक बिना निष्कर्ष टुंगियो । बैठकमा सबै दलका नेताहरूले आ–आफ्नो दाबी पेश गरेका छन् ।

    माओवादीले भरतपुर महानगर र ४ उपमहानगरमा नेतृत्व दाबी गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगर र ३ उपमहानगरको प्रमुख दाबी गरेको छ । जसपाले पनि वीरगञ्ज महानगर र ३ उपमहानगर आफूले पाउनुपर्ने अडान राखेको छ ।

    आइतबारको बैठकमा कांग्रेसले भने कुनै माग नराखेको गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘कांग्रेसको त सबैमा दाबी छ नि । आजको बैठकमा अन्य दलका साथीहरूले आ–आफ्नो दाबी राख्नुभयो । थप छलफल जरुरी देखिन्छ’, पौडेलले नेपाल प्रेससँग भने ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्म महानगर र उपमहानगरको शक्ति बाँडफाँट टुंगो लाग्ने दाबी गरेका थिए । गठबन्धनका संयोजक पौडेलले भने तत्कालै सबै विषय टुंगो नलाग्ने संकेत गरेका छन् । ‘गठबन्धन आजको आवश्यकता हो । गठबन्धन गर्नै पर्ने छ तर गाह्रो छ । अझै केही दिन समय लिन्छ’, पौडेलले भने ।

    पौडेलका अनुसार चुनावी तालमेलबारे नीतिगत निर्णय केन्द्रबाट भए पनि मुख्य निर्णय भने स्थानीय संयन्त्रले नै गर्नुपर्नेछ । ‘हामीले सबै ठाउँको निर्णय दिदैंनौ । समस्या देखिएका विषयमा गाँठो फुकाउने काम मात्रै गर्ने हो । तालमेललाई सफल बनाउने त तलैबाट हो’, पौडेलले भने ।

    नेकपा एमाले बलियो भएको स्थानमा गठबन्धनले स्पष्ट निर्णय लिने पौडेलले बताए । ‘गठबन्धन राजनीतिक आवश्यकता हो । एमाले बलियो भएको ठाउँमा तालमेल जरुर हुन्छ । जहाँ हाम्रै बीच प्रतिस्पर्धा छ त्यहाँ स्वस्थ प्रतिस्पर्धा पनि हुनसक्छ’, पौडेलले भने ।

    चासोका साथ हेरिएका महानगर र उपमहानगरको नेतृत्वमा सबैले आ–आफ्नो अडान कायम राखेकाले शीर्ष नेताहरूबिचको छलफलबाट मात्रै टुंगो लाग्ने सम्भावना छ ।

    गठबन्धनको आइतबारको बैठकमा सहभागी एक नेताका अनुसार सोमबार पनि शीर्ष नेताहरूको बैठक बसेर सहमति जुटाउने प्रयास हुनेछ ।

  • गठबन्धन बैठक- पोखरा महानगर र तीन उपमहानगरपालिकामा नेकपा एसको दाबी

    गठबन्धन बैठक- पोखरा महानगर र तीन उपमहानगरपालिकामा नेकपा एसको दाबी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका सहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदल बैठकमा नेकपा एसका महासचिव बेदुराम भुसालले पोखरा महानगरपालिकामा नेकपा एसको दाबी र जितको आधार पेश गरेका थिए ।

    त्यस्तै इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका नेकपा एसले दावी गरेको छ । हेटौंडामा नेकपा माओवादी केन्द्रको पनि दाबी छ । नेकपा एसले बुटवल उपमहानगरपालिकामा पनि दाबी रहने भनेको छ ।

    ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट केन्द्रबाटै हुने भएकाले गठबन्धनको कार्यदलमा छलफल चलिरहेको छ ।

    गठबन्धन बैठकमा सबै दलका तर्फबाट रिपोर्टिङ, आ-आफ्ना आधार र दाबी पेस भए पनि थप निर्णय हुन बाँकी रहेको र छलफलमै क्रममा रहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाल प्रेसलाई बताए ।

  • गठबन्धन बैठक- माओवादीले माग्यो भरतपुर महानगरसहित चार उपमहानगरपालिका

    गठबन्धन बैठक- माओवादीले माग्यो भरतपुर महानगरसहित चार उपमहानगरपालिका

    काठमाडौं । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ ।

    माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न सुझाव दिएको छ ।

  • सल्यानमा गठबन्धन भंग, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने लिखित सहमति

    सल्यानमा गठबन्धन भंग, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने लिखित सहमति

    सल्यान । सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेपछि सल्यानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

    नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट भागबण्डा नमिलेपछि एक्लाएक्लै लड्नेगर गठबन्धन भंग भएको घोषणा गरेका हुन् ।

    तीनै दलका जिल्लास्थित नेताहरूले लिखित सहमति गर्दै पालिकास्तरको बाँडफाँटको विषयमा सहमति कायम गर्न कठिनाइ भएकाले मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित निर्वाचनमा जाने निर्णय भएको जनाएका छन् ।