Category: स्थानीय निर्वाचन–२०७९

  • लुम्बिनीमा कहाँ कहाँ भत्कियो सत्ता गठबन्धन ?

    लुम्बिनीमा कहाँ कहाँ भत्कियो सत्ता गठबन्धन ?

    रुपन्देही । नेकपा एमालेविरुद्ध लुम्बिनीका १०९ पालिकाका सबै वडा तहसम्म गठबन्धन गर्ने प्रतिबद्धता जनाएका सत्तारुढ पाँच दलबीच भागबन्डा नमिल्दा सबै स्थानमा सहमति हुन सकेन । सहमति गरेका केही पालिकामा समेत एक दलले अर्को दलको नेतृत्व स्वीकार्न नसक्दा गठबन्धन भत्किएको छ ।

    तराईका पालिकामा जसपाले छाड्नै नखोजेपछि गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । केही पहाडी जिल्लामा समेत पाँच दलको अलग–अलग टिम बनेको छ ।

    रोल्पामा नेकपा माओवादी केन्द्रले एकल रुपमा १० वटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको छ । गठबन्धनभित्र भागबन्डा नमिलेपछि माओवादीले एकल उम्मेदवारी घोषणा गरेको हो । माओवादीले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले बताए ।
    बाँकेको नेपालगञ्जमा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको छ । चुनावी भागबन्डामा कांग्रेस र जसपाले सम्मानजनक अवसर नदिएको भन्दै माओवादी गठबन्धनबाट बाहिरिएको हो ।

    माओवादी नगर अध्यक्ष रतन शाहीले पत्रकार सम्मेलन गरी नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको सार्वजनिक गरेका छन् । केन्द्रीय गठबन्धनको मूल मर्मविपरीत नेपालगञ्जमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रमुख र उपप्रमुख आफूहरुलाई राखेपछि वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावपछि माओवादीले गठबन्धनको औचित्य समाप्त भएको घोषणा गरेको हो ।

    गुल्मीको धुर्कोट गाउँपालिका भागबन्डामा कांग्रेसलाई परे पनि माओवादीले नछाडेपछि विवाद केन्द्रसम्म पुगेको थियो । गाउँपालिकाको प्रमुखमा दुवै पार्टीले दाबी गरेपछि विवाद केन्द्रसम्म पुगेको हो । सो गाउँपालिकामा माओवादी केन्द्रका नेता भुपाल पोखरेलले दाबी गर्दै आएकोमा कांग्रेसका नेता महेन्द्र भण्डारीले टिकट पाउने भएका छन् । अहिले गाउँपालिका अध्यक्ष भएका पोखरेलले गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    अर्घाखाँचीमा जसपा सत्ता गठबन्धनमा बसेको छैन । यहाँ सत्तारुढ चार दलले भागबन्डा गरेपछि जसपा बिच्किएको हो ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा जसपा र नेपाली कांग्रेसले अलग–अलग उम्मेदवार तय गरेका छन् । जनमोर्चाले एक्लै जित्नसक्ने प्यूठानको झिमरुक गाउँपालिकामा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले उसलाई एक्लो बनाएका छन् ।

    भागबन्डामा माओवादीलाई परेपछि पाल्पाको तिनाउ गाउँपालिकामा कांग्रेसका ६ वटै वडा सभापति तथा गाउँ सभापतिले सामूहिक राजीनामा दिएका छन् । गाउँ सभापति प्रेम पाण्डेले सबै वडा सभापति तथा आफ्नोसमेत हस्ताक्षरमा कुनै हालतमा माओवादीलाई नेतृत्व बुझाउन नसकिने जानकारी जिल्ला नेतृत्वलाई दिएका बताए । उनले कांग्रेस कार्यकर्ताका हात समातेर माओवादीलाई जिताउन नसकिने र जे जति मत आउँछ सबै ठाउँमा उम्मेदवारी दिने दावी गरे ।

    दाङका गढवा, राप्ती गाउँपालिकामा पनि सत्ता गठबन्धन दुई अलग समूहमा विभाजित भएको छ ।

    स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका १३ पालिकामा गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा हुने भएको छ । भागबन्डा नमिलेपछि सत्ता गठबन्धनका दलहरुले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने नयाँ भाष्य निर्माण गरेका छन्  ।

    एमाले तेस्रो र चौथो शक्तिका रूपमा रहेका पालिका र जिल्लामा गठबन्धन दलभित्र छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति बनेको नेताहरूले बताएका छन् । सत्ता साझेदार दलका अनुसार बर्दियामा कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा हुनेछ ।

    लुम्बिनीमा भारतसँग सीमा जोडिएका २५ स्थानीय तह छन् । सीमा जोडिएका क्षेत्रमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र कांग्रेसको प्रभाव बढी छ । धेरै स्थानमा एमाले तेस्रो र चौथो स्थानमा छ । अहिलेको गठबन्धन एमालेविरुद्ध भएको र एमालेसँग प्रतिस्पर्धा नै नभएका स्थानीय तहमा गठबन्धनभित्र भागबन्डा नगरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको जसपा लुम्बिनीका महासचिव यज्ञ पोखरेलले बताए ।

    कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले रूपन्देहीका मर्चबारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको जानकारी दिए ।

    बाँके र बर्दियामा सत्ता गठबन्धनबीच नै मित्रवत प्रतिस्पर्धा गर्ने तयारी छ । लुम्बिनीका पहाडी ६ जिल्लामा कमजोर संगठन रहेको जसपाले सम्मानजनक स्थान माग गर्दै आएको थियो । त्यसमा कांग्रेस र माओवादी सहमत नभएपछि जसपा छुट्टै जाने भएको हो ।

    गठबन्धनको दलीय संयन्त्रले सबै पालिकामा भागबन्डा मिलाउन नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा हुने कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाले बताए ।

  • गठबन्धन तोड्दै बुटवलमा जसपाले दियो मेयर र उपमेयरमा उम्मेदवारी

    गठबन्धन तोड्दै बुटवलमा जसपाले दियो मेयर र उपमेयरमा उम्मेदवारी

    रुपन्देही । बुटवलमा सत्तारुढ ५ दलीय गठबन्धन टुटेको छ । जनता समाजवादी पार्टी (जसपा) ले मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएसँगै यहाँ औपचारिकरूपमा गठबन्धन भाँडिएको हो ।

    मेयर पदका लागि सुरज हिताङ र उपमेयरमा सम्झना पौडेलले उम्मेदवार दर्ता गराएका हुन् । आइतबार बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा गएर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

    समय अभावका कारण वडा अध्यक्ष तथा सदस्यहरुको उमेद्वारी भोलि दर्ता गराइने जसपा नगर इन्चार्ज हिताङले बताए । जसपाले गठबन्धनभित्र आफूहरुको सम्मानजनक उपस्थिति नभएको भन्दै लुम्बिनी प्रदेशभरी नै एकल रुपमा निर्वाचनमा जाने तयारी गरेको छ ।

    लामो समय सहमतिका लागि छलफल तथा प्रयास गर्दा पनि कुरा नमिलेपछि अन्तिममा आएर उमेद्वारी दर्ता गराइएको जसपा लुम्बिनीका महासचिव यज्ञ पोखरेलले बताए ।

    गठबन्धनको नेतृत्व गरेको दल नेपाली कांग्रेस जिम्मेवार नभएको बताउँदै उनले आफ्नो पार्टीको अस्तित्व नै।नरहने गरी गठबन्धन अघि बढेपछि एकलरूपमा जान लागेको उल्लेख गरे ।

  • जसपाको घोषणापत्र : हरेक वडामा ५० र नगरपालिकामा ५०० जनालाई रोजगारी (भिडिओ)

    जसपाको घोषणापत्र : हरेक वडामा ५० र नगरपालिकामा ५०० जनालाई रोजगारी (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऔँ, विकास र समृद्धिको अभियान अघि बढाऔँ भन्ने नारा दिएर स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवा सुविधा प्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ ।

    जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कारबाही गरिने जनाएको छ ।

    त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने र माध्यमिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिए । त्यस्तै स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए ।

    पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाउँ गाउँमा स्वस्थकर पिउने पानी, फोहर मैला व्यवस्थापनका विषय र विपत व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए ।

    त्यस्तै जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलेले मास्टरप्लान बनाएर नै विकासको योजनालाई अघि बढाउने प्रतिबद्धता जनाए । लोकतन्त्रलाई जनताको घरदैलोमा पुराउने र तल्लो तहबाटै विकास गर्ने योजना आफूहरूको रहेको उनको भनाई छ ।

    जसपाले मधेसी, तारु, मुस्लिम, आदिबासी जनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी÷दलित, दुर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता जनाएको छ ।

    आधुनिक शौचालय सुविधा नपुगेका घर–परिवारलाई शौचालय निर्माण गर्न रु १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ ।

  • अर्जुननरसिंहले देउवालाई बुझाए ५ बुँदे ‘नोट अफ डिसेन्ट’

    अर्जुननरसिंहले देउवालाई बुझाए ५ बुँदे ‘नोट अफ डिसेन्ट’

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र ५ बुँदे लिखित असहमति दर्ज गराएका छन् । आजको कार्यसम्पादन समिति बैठकमा लिखित असहमति पेस गर्दै नेता केसीले केन्द्रीय समितिले स्थानीय निर्वाचनको तालमेलबारे गरेको निर्णयविरुद्ध हस्तक्षेप भएकोमा असन्तुष्टि जनाएका छन् ।

    उनले महानगर र उपमहानगरमा तालमेल गर्नेबारे गठबन्धनमा भएको सहमति पार्टीमा प्रस्तुत नगरिएको, टिकट वितरणमा वैधानिक प्रक्रिया अवलम्बन नगरिएको र विधानका विभिन्न व्यवस्था उल्लंघन गरिएको लगातयका विषयमा असहमति जनाएका हुन् । कांग्रेसमा आफ्ना असहमति भएका विषयमा ‘नोट अफ डिसेन्ट’ वा फरक मत राख्ने चलन रही आएको छ ।

    सभापति शेरबहादुर देउवालाई नै सम्बोधन गरेर केसीले बुझाएको असहमति पत्र यस्तो छ-

  • सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

    सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशस्तरीय गठबन्धनले सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाको भागबन्डा पनि टुंग्याएको छ ।

    सहमतिअनुसार सिन्धुलीमा नेपाली कांग्रेसले पाँच र माओवादीले ४ स्थानीय तहको नेतृत्व बाँडेका छन् ।

    त्यस्तै मकवानपुरमा एकीकृत समाजवादीलाई २, माओवादीलाई ३ र नेपाली कांग्रेसलाई ५ वटा स्थानीय तहको नेतृत्व दिइएको छ ।

    काभ्रेमा १३ स्थानीय तहमध्ये नेकपा एसलाई २, माओवादीलाई ४ र कांग्रेस वटाको नेतृत्व भाग लगाइएको छ ।

    यस्तो छ तीन जिल्लाको गठबन्धनमा भएको भागबन्डा

     

  • महानगरका उम्मेदवार छान्ने जिम्मा देउवालाई

    महानगरका उम्मेदवार छान्ने जिम्मा देउवालाई

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिले महानगरपालिकाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गठित संसदीय समितिको बैठकले महानगरमा पार्टीको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्नेको नाम टुंगो लगाउने जिम्मेवारी दिएको हो ।

    कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकामा प्रमुख तथा पोखरा,भरतपुर र वीरगन्ज महानगरपालिकामा उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

    कांग्रेस शीर्ष नेताहरूको निरन्तरको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम टुंगो लगाए पनि अन्य उम्मेदवारहरू टुंग्याउन सकेको छैन ।

  • एमालेबाट दैलेखकाे आठबीस मेयरका लागि केन्द्रमा नाम सिफारिस

    एमालेबाट दैलेखकाे आठबीस मेयरका लागि केन्द्रमा नाम सिफारिस

    सुर्खेत । नेकपा एमालेले आठबीस नगरपालिकाको मेयरमा दाबेदारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।

    नगर कमिटीले नगर प्रमुखमा तर्क बडुवाल र वर्तमान नगर प्रमुख खड्गराज उपाध्यायको नाम सिफारिस गरेको थियो । उपप्रमुखको बारेमा नगर कमिटीमा सर्वाधिक मत ल्याउने कल्पना थापा र सिफारिस नै नभएकी गोमता विकको नाममाथि छलफल भइरहेको एमाले स्रोतले बताएको छ । विक २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएकी थिइन ।

  • रोल्पामा माओवादीका एकल उम्मेदवार तय (सूचीसहित)

    रोल्पामा माओवादीका एकल उम्मेदवार तय (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले रोल्पाका सबै स्थानीय तहमा वडाध्यक्षदेखि पालिका प्रमुख र उपप्रमुखसमेत उम्मेदवार टुंगो लगाएको छ । गंगादेव गाउँपालिका उपाध्यक्षबाहेक अन्य पालिकामा उम्मेदवार टुंगो लगाइएको हो ।

    सत्ता गठबन्धन टुंगो नलागेपछि दुई गाउँपालिका उपाध्यक्षबाहेक अरु उम्मेदवार तय गरिएकाे हाे ।

    यी हुन् रोल्पामा माओवादीका उम्मेदवार:

    १. रोल्पा नगरपालिका
    प्रमुख : सुरेन्द्र थापा घर्ती
    उपप्रमुख : गीता आचार्य

    २. सुनिलस्मृति गाउँपालिका
    अध्यक्ष : मनिराम बुढाथोकी
    उपाध्यक्ष : कुमारी थापा

    ३. लुंग्री गाउँपालिका
    अध्यक्ष : भरत थापा
    उपाध्यक्ष :

    ४. लुंग्री गाउँपालिका
    अध्यक्ष : भरत थापा
    उपाध्यक्ष :

    ५. थबाङ गाउँपालिका
    अध्यक्ष : ऋषिकेशव बुढामगर
    उपाध्यक्ष : शर्मिला बुढा

    ६. परिवर्तन गाउँपालिका
    अध्यक्ष : शुकबहादुर बुढामगर
    उपाध्यक्ष : कलादेवी खत्रेनी

    ७. माडी गाउँपालिका
    अध्यक्ष : अमरसिंह घर्तीमगर
    उपाध्यक्ष : जयपुरी घर्ती

    ८. गंगादेव गाउँपालिका
    अध्यक्ष : वीरबहादुर खत्री
    उपाध्यक्ष :

    ९. त्रिवेणी गाउँपालिका
    अध्यक्ष : रेशम पुन
    उपाध्यक्ष : भागीसरा खत्री

    १०. रुन्टीगढी गाउँपालिका
    अध्यक्ष : गोविन्द पुनमर
    उपाध्यक्ष : कौसिला जिसी घर्ती क्षेत्रीनी

  • कांग्रेसको स्वास्थ्य संकल्प : नि:शुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म

    कांग्रेसको स्वास्थ्य संकल्प : नि:शुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो नेतृत्व आए नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प गरेको छ ।

    आज सार्वजनिक भएको संकल्प पत्रमार्फत कांग्रेसले स्वास्थ्य सुविधामा विद्यमा विभेदपूर्ण अवस्था हटाउने उद्घोष गरेको छ ।

    ‘संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेका स्वास्थ्यको अधिकार कार्यान्वयन गर्दै निशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरी सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्न नेपाली कांग्रेसले संकल्प गर्दछ’,
    कांग्रेसले भनेको छ ।

    कांग्रेसको संकल्पमा समेटिएका स्वास्थ्य क्षेत्रका महत्वपूर्ण विषयहरु निम्नलिखित छन् ।

  • महानगरका मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै एमालेको आपत्ति

    महानगरका मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै एमालेको आपत्ति

    काठमाडाैं । प्रमुखी विपक्षी दल नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेकाबाहेक पदमा चुनाव चिन्ह हटाउने भनी आएको समाचारप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

    एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले आइतबार निर्वाचन आयोगलाई पत्र लेखेर अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको मतपत्र गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आसयबाट प्रेरित रहेको भन्दै आयोगलाई यसबारे प्रस्ट पार्न आग्रह गरेका छन् ।

    एमालेले भनेको छ, ‘निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं ।’

    एमालेले निर्वाचन आयोगलाई कसैको दबाब र प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो, सोहीबमोजिम नै मिलाउन आग्रह गरेको छ ।

  • ट्याक्सी व्यवसायीले बायोडाटामा प्राध्यापक लेखेपछि पोखरा कांग्रेसमा विवाद

    ट्याक्सी व्यवसायीले बायोडाटामा प्राध्यापक लेखेपछि पोखरा कांग्रेसमा विवाद

    पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष बन्न एकजना उम्मेदवारका प्रत्यासीले झूटो विवरण पेश गरेपछि विवाद भएको छ ।

    ट्याक्सी व्यवसायी वडा कार्य समितिका सभापति अमृत शर्मा तिमिल्सिनाले वडाबाट जिल्लामा नाम सिफारिस गर्दा आफूलाई प्राध्यापक भनेर लेखेको कागज बाहिरिएसँगै अन्य प्रत्यासीले विरोध गरेका हुन् ।

    सो वडाबाट अध्यक्षका लागि प्रदेशसभा उपसभापति होमबहादुर बानियाँ, महाधिवेशन प्रतिनिधि तथा सामाजिक अभियन्ता मदन बस्नेतसहित ५ जनाको नाम आकांक्षीका रुपमा सिफारिस भएको थियो ।

    झूटो विवरण पेश गरेर टिकट हत्याउन खोजेको भन्दै अन्य आकांक्षीले नगर सभापति सुरेन्द्र बिजुक्छेसमक्ष विरोध जनाएपछि उनले झूटा विवरण पठाउनु गलत भएकाले तत्काल एक्सन लिने बताएका छन् ।

  • बझाङका १२ पालिकामा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

    बझाङका १२ पालिकामा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

    बझाङ । नेकपा एमालेले बझाङका १२ वटै पालिकामा उम्मेदवार टुंगो लगाएको छ ।

    आइतवार सार्वजनिक गरिएको उम्मेदवारको सूचीमा प्रदेश कार्यालयबाट जिल्लामा पुगेको छ ।

    यी हुन् बझाङका एमाले उम्मेदवार

    गाउँपालिका

    सैपाल

    अध्यक्ष- पुरण बोहोरा
    उपाध्यक्ष- डोल्मा तामाङ्ग

    तलकोट

    अध्यक्ष- कलक रोकाया

    उपाध्यक्ष- पार्वती भण्डारी

    खप्तडछान्ना

    अध्यक्ष- लोकेन्द्र सिङ

    उपाध्यक्ष- देवकी जोशी

    मस्टा

    अध्यक्ष- दिपक रोकाय

    उपाध्यक्ष- शर्मिला रोकाया

    छबिसपाथिभेरा

    अध्यक्ष- राम प्रसाद भट्ट

    उपाध्यक्ष -देबकी बुढा बोहोरा

    सूर्मा

    अध्यक्ष- दिलिप बोहोरा
    उपाध्यक्ष- माता बोहोरा

    थलारा

    अध्यक्ष- प्रकाश रोकाया
    उपाध्यक्ष- मिरा रावल

    विथ्थड चिर

    अध्यक्ष- लोकेन्द्र बोहोरा
    उपाध्यक्ष- जयन्ती भण्डारी

    दुर्गाथली

    अध्यक्ष- दलबहादुर धामी
    उपाध्यक्ष- सारदा बि क

    केदारस्युँ

    अध्यक्ष- लोकेस भण्डारी
    उपाध्यक्ष- नारा कुमारी गुर्धामी

    नगरपालिका

    बुङल

    प्रमुख- धनदेबी कुँवर

    उपप्रमुख अम्मराज जोशी

    जयपृथ्वी

    प्रमुख- शुरत बहादुर सिंह

    उपप्रमुख- जमुना चन्द सिङ

  • कांग्रेसले अबदेखि यी सात काम गर्दै नगर्ने (सूचीसहित)

    कांग्रेसले अबदेखि यी सात काम गर्दै नगर्ने (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले जनताको करबाट उठेको रकमलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय निर्वाचनका लागि सार्वजनिक संकल्प पत्रमार्फत कांग्रेसले विभिन्न ७ वटा ‘नगर्ने कामहरू’ को सूची सार्वजनिक गरेको छ । जसमा भ्यूटावर र स्वागतद्वारा लगानी नगर्नेदेखि नातेदार वा परिवारका सदस्यलाई नियुक्ति नदिने लगायतका विषय उल्लेख छौं ।

    कांग्रेसले नगर्ने घोषणा गरेका कामहरू-

    १. जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं ।

    २. सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन गर्दैनौं, गर्न दिने छैनौं, ३. कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौं ।

    ४. नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं ।

    ५. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गइ अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौं, गर्न दिने छैनौं ।

    ६. कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन गर्दैनौं ।

    ७. महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्षरूपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौं ।

  • भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

    भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

    भरतपुर । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

    गठबन्धन र तालमेलका क्रममा भरतपुर महानगरको मेयर पुनः माओवादीलाई नै दिने निर्णयमा असन्तुष्ट रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरूको भेलाले पौडेललाई स्वतन्त्ररूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यसअघि बागी उठ्ने घोषणा गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालगायतले पौडेलको उम्मेदवारीमा समर्थन जनाएका छन् । उनीहरूले सोमबार चौबीसकोठी चोकमा जम्मा भएर जुलुससहित निर्वाचन कार्यालयमा गई उम्मेदवारी दर्ता गर्ने जनाएको छ ।

    पौडेल २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।
  • राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी बने वीरेन्द्रनगरको मेयर उम्मेदवार

    राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी बने वीरेन्द्रनगरको मेयर उम्मेदवार

    काठमाडौं । राप्रपाले हेबिवेट नेतालाई स्थानीय चुनावमा उम्मेदवार बनाउने तयारी स्वरूप केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा अघि सारेको छ ।

    प्रवक्ता मोहन श्रेष्ठका अनुसार जनताको चाहना र राप्रपाप्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उम्मेदवार छनौटमा छलफल भइरहेको छ र सकेसम्म प्रभावशाली नेतालाई चुनावी मैदानमा पठाउँदै छ ।

    श्रेष्ठले भने– अधिकांश उम्मेदवार छनौट भइसकेका छन्, आज साँझसम्म सबै तहको उम्मेदवारी टुंगोमा लगाउँछौँ, वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उम्मेदवारी टुंगो लागेको छ ।

    नेपालगन्ज उपमहानगरका मेयर रहेका महामन्त्री डा. धवल शमशेर राणा सोही नगरमा पुनः उम्मेदवार नबन्ने भएपछि चार दिनअघि मात्रै नेकपा माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई मेयरमा उम्मेदवार बनाउने राप्रपाले टुंगो लगाएको छ ।

  • ताप्लेजुङका ९ वटै पालिकामा एमालेले तोक्यो उम्मेदवार (सूचीसहित)

    ताप्लेजुङका ९ वटै पालिकामा एमालेले तोक्यो उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले ताप्लेजुङका ९ वटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । आइतवार सार्वजनिक गरिएको उम्मेदवारको सूचीमा फुङलिङ नगरपालिकाको मेयरमा हालकै छत्रपति प्याकुरेल दोहोरिएका छन् ।

    त्यस्तै पत्रकार शान्ता आङबुहाङ आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।

    यी हुन् ताप्लेजुङका एमाले उम्मेदवार :

    1. फुङलिङ नगरपालिका

    क) मेयर :- कमरेड छत्रपति प्याकुरेल
    ख) उपमेयर :- कमरेड भिमा ओझा

    2. आठराई त्रवेणी

    क) अध्यक्ष :- दीपेन्द्र पोमू
    ख) उपाध्यक्ष:- शान्ता आङबुहाङ

    3. फक्ताङलुङ

    क) अध्यक्ष :- सरोज एभेङ लिम्बु
    ख) उपाध्यक्ष:- शान्ती लिम्बु पौडेल

    4. मिक्वाखोला

    क) अध्यक्ष :- दिवस लुङखिम्बा लिम्बु
    ख) उपाध्यक्ष:- मिना केदेम

    5. मेरिङदेन

    क) अध्यक्ष :- केदार चोङबाङ
    ख) उपाध्यक्ष:- टिका चोङवाङ केदेम

    6. मैवाखोला

    क) अध्यक्ष :- राजनकुमार थत्लुङ
    ख) उपाध्यक्ष:- कौसिला थत्लुङ

    7. पाथीभरा याङवरक

    क) अध्यक्ष :- केशर कुमार सुब्बा
    ख) उपाध्यक्ष:- रनमाया गुरुङ

    8. सिदिङबा

    क) अध्यक्ष :- मानबहादुर राई
    ख) उपाध्यक्ष:- भुमिका गौतम

    9. श्रीजँघा

    क) अध्यक्ष :- सन्तोष चाम्लिङ राई
    ख) उपाध्यक्ष :- तुलासा बस्नेत

  • जसपाको घोषणापत्र सार्वजनिक

    जसपाको घोषणापत्र सार्वजनिक

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा एक समारोहकाबीचमा आज घोषणापत्र सार्वजनिक गरेको हो ।

    केन्द्रीय प्रचार प्रसार समितिका तर्फबाट पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा समावेश विषय प्रस्तुत गरेका थिए ।

    घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरूले घोषणापत्रका विषयमा आफ्ना धारणा राखेका थिए ।

  • जसपाले टिकट नदिएपछि गणेशमान चारनाथका मेयर यादव लोसपा प्रवेश

    जसपाले टिकट नदिएपछि गणेशमान चारनाथका मेयर यादव लोसपा प्रवेश

    जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी-लोसपामा प्रवेश गरेका छन् ।

    जनता समाजवादी पार्टी-जसपाबाट मेयरमा पुन: टिकट नपाएपछि रुष्ट बनेका यादव आइतबार लोसपा प्रवेश गरेका हुन् ।

    उनलाई लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र मधेसका संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले पार्टी प्रवेश गराएका छन् ।

    यादवले लोसपाबाट पुन: मेयरमा उम्मेदवारी दिने बताइएको छ । उनी गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

  • काठमाडाैंकाे गोकर्णेश्वरमा कांग्रेसविरुद्ध नेकपा एस र माओवादीको तालमेल

    काठमाडाैंकाे गोकर्णेश्वरमा कांग्रेसविरुद्ध नेकपा एस र माओवादीको तालमेल

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।  मेयरमा नेकपा एस र उपमेयरमा माओवादी केन्द्र लड्ने गरी तालमेल भएको हो ।

    महानगरपालिकाबाहेक काठमाडौं जिल्लाका अन्य स्थानीय तहहरूमा एक्लै निर्वाचन लड्ने घोषणा गरेको नेकपा एसले गोकर्णेश्वरमा माओवादीबाट नेतृत्व पाएपछि तालमेल गरेको छ । दुबै पार्टीले आज सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

    सहमतिपत्रमा मेयर र उपमेयरका उम्मेदवारका नाम नै उल्लेख छन् । मेयरमा नेकपा एसका तर्फबाट गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट पेमा छिरी शेर्पाको नाम उल्लेख भएकाे हाे ।

    यस्तै वडातर्फ ६ अध्यक्ष माओवादी केन्द्रले लिएको छ । जसमा १, २, ३, ५, ७ र ९ छन । नेकपा एसले ४, ६ र ८ गरी ३ वटा वडा लिएको छ ।
    यसअघि यो नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । यही कारण यहाँ कांग्रेसले छाड्न मानेको थिएन ।

  • प्युठानमा एमालेले टुंगो लगायो ८ पालिकाका उम्मेदवार (सूचीसहित)

    प्युठानमा एमालेले टुंगो लगायो ८ पालिकाका उम्मेदवार (सूचीसहित)

    रुपन्देही । नेकपा एमाले प्युठानले जिल्लाका ९ मध्ये आठ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

    प्युठान नगरपालिकाको प्रमुखमा
    विजयविराज बिस्ट र उपप्रमुखमा पवित्रा जिसी

    स्वर्गद्वारी नगरपालिका
    रामप्रसाद श्रेष्ठ प्रमुख र गौरी वरापातिलाई उपप्रमुख

    सरुमारानी गाउँपालिका
    अध्यक्षमा झगबहादुर बिश्वकर्मा र उपाध्यक्षमा बसन्ता खड्का

    माण्डवी गाउँपालिका
    अध्यक्ष श्रीधर रोका र उपाध्यक्ष संझना घर्ति

    मल्लरानी गाउँपालिका
    अध्यक्ष सुनिल शाही र उपाध्यक्षमा इश्वरा आचार्य

    नौबहिनी गाउँपालिका
    अध्यक्ष डिलबहादुर थापा र उपाध्यक्ष बिष्णु थापा केसी

    गौमुखि गाउँपालिका
    अध्यक्षमा जुमानसिंह जिसी र उपाध्यक्षमा ज्ञानुमाया केसी

    ऐरावती गाउँपालि
    अध्यक्ष श्यामबहादुर थापा र उपाध्यक्ष कमलाकुमारी ज्ञवाली

    झिमरुक गाउँपालिका
    अध्यक्ष बाँकी उपाध्यक्ष विष्णु घर्ती

  • जनमतका अरुणकुमार मण्डलले विराटनगर महानगरकाे मेयरमा दिए उम्मेदवारी

    जनमतका अरुणकुमार मण्डलले विराटनगर महानगरकाे मेयरमा दिए उम्मेदवारी

    विराटनगर । सीके राउत नेतृत्वको जनमत पार्टीकाे तर्फबाट अरुणकुमार मण्डलले विराटनगर महानगरको मेयरमा मनोनयन दर्ता गराएका छन्।

    रितिका दूध डेरीका सञ्चालकसमेत रहेका मण्डलले मेयरमा मनोनयन दर्ता गरेका हुन्। मण्डल जनमत पार्टीका महानगर अध्यक्ष हुन्।

    उनीसहित सो पार्टीले १२ वटा वडा अध्यक्षमा पनि मनोनयन दर्ता गराएको छ। मण्डलका अनुसार आइतबार १२ वडामा मनोनयन दर्ता गरिएको छ । साेमबार उपमेयरसहित अन्य वडा अध्यक्षहरुको मनोनयन दर्ता गराउने उनले बताए।

    विराटनगरमा कूल १९ वडा रहेका छन्। महानगरको मेयरमा आइतबार थप दुई स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। उपमेयर पदमा भने अहिलेसम्म कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  • धादिङमा कांग्रेस-माओवादी-एसबीच भागबन्डा, कसलाई कहाँ ?

    धादिङमा कांग्रेस-माओवादी-एसबीच भागबन्डा, कसलाई कहाँ ?

    काठमाडौं । १३ स्थानीय तह रहेको धादिङमा सत्तारूढ तीन दलबीच भागबन्डा भएको छ ।

    वागमती प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले सिट बाँडफाँट गरेको हो । जसअनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको नेतृत्व पाएको छ भने, नेकपा माओवादी केन्द्रले ३ स्थानीय तह र नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तहको नेतृत्व लिएका छन् ।

    कांग्रेसले नीलकण्ठ नगरपालिका, खनियाँबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धिलेक गाउँपालिका र थाक्रे गाउँपालिकाको नेतृत्व पाएको छ ।

    यस्तै माओवादी केन्द्रले रुवीभ्याली गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाको नेतृत्व पाएको छ भने, धुनीवेँशी नगरपालिका र गल्छी गाउँपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिइएको छ ।

    यस्तै नेपाली कांग्रेसले धुनीवेशीको उपमेयर तथा रुबीभ्याली, गजुरी र गल्छीको उपाध्यक्ष पनि लिएको छ । भने माओवादी केन्द्रले नीलकण्ठ नगरपालिकाको उपमेयर तथा खनियाँबास, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी र थाक्रे गाउँपालिकाको उपाध्यक्ष पाउँदा एकीकृत समाजवादीले गंगाजमुना, ज्वालामुखी, सिद्धिलेक र वेनीघाट रोराङको उपाध्यक्ष पाएको छ ।

    यस्तै जिल्ला समन्वय समितिको संयोजक माओवादी केन्द्रले पाएको छ भने सहसंयोजक एकीकृत समाजवादीलाई दिइएको छ ।

  • पाल्पाका १० पालिकामा एमालेका उम्मेदवार फाइनल (सूचीसहित)

    पाल्पाका १० पालिकामा एमालेका उम्मेदवार फाइनल (सूचीसहित)

    रुपन्देही । नेकपा एमाले पाल्पाले १० स्थानीय तहमै उम्मेदवार टुंग्याएको छ । केही स्थानमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । कतिपय नयाँ अनुहारलाई एमालेले उम्मेदवार बनाएको छ ।

    १. तानसेन नगरपालिका
    मेयर : धनेन्द्रराज घिमिरे
    उपमेयर : शशि श्रेष्ठ

    २. रामपुर नगरपालिका
    मेयर : शिव अर्याल
    उपमेयर : दुर्गा राना

    ३. निस्दी गाउँपालिका
    अध्यक्ष : मुक्तबहादुर सारु
    उपाध्यक्ष : तीरण श्रेष्ठ

    ४. पूर्वखोला गाउँपालिका
    अध्यक्ष : नुनबहादुर थापा
    उपाध्यक्ष : भागीरथी भट्टराई

    ५. रम्भा गाउँपालिका
    अध्यक्ष : विष्णुप्रसाद भण्डारी
    उपाध्यक्ष : राधादेवी श्रेष्ठ

    ६. बगनासकाली गाउँपालिकामा
    अध्यक्ष : सरस्वती दर्लामी चिदी
    उपाध्यक्ष : हरि पाठक

    ७. तिनाउ गाउँपालिका
    अध्यक्ष : प्रेम श्रेष्ठ
    उपाध्यक्ष : सावित्रा राना

    ८. माथागढी गाउँपालिका
    अध्यक्ष : यम चिदी
    उपाध्यक्ष : विष्णु लुङ्चे

    ९. रिब्दीकोट गाउँपालिका
    अध्यक्ष : नारायणबहादुर जीसी
    उपाध्यक्ष : लक्ष्मी खनाल

    १०. रैनादेवी छहरा गाउँपालिका
    अध्यक्ष : रामबहादुर राउत
    उपाध्यक्ष : गीता भट्टराई घिमिरे

  • लिम्पियाधुरा र लिपुलेकबारे भारतसँग प्रष्ट अडान राखेको कांग्रेसको दाबी

    लिम्पियाधुरा र लिपुलेकबारे भारतसँग प्रष्ट अडान राखेको कांग्रेसको दाबी

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा स्पष्ट दृष्टिकोण र अडान भारतसामु राखेको जनाएको छ ।

    आसन्न स्थानीय निर्वाचनका लागि तयार पारिएको संकल्प पत्रमार्फत कांग्रेसले प्रधानमन्त्री देउवाको हालैको भारत भ्रमणका दौरान अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने र सीमा विवाद समाधान गर्ने विषयमा स्पष्ट अडान राखेको जनाएको हो ।

    ‘स्मरणीय छ, गत महिना सम्पन्न भारत भ्रमणको अवसरमा पनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा नेपालको स्पष्ट दृष्टिकोण र अडान भारत सरकारसँग राख्नु भएको छ । उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादमार्फत नेपाल-भारतबीच रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सुस्तालगायत सबै क्षेत्रका सीमा विवाद समाधान गरी नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र सीमा सुरक्षा गर्न नेपाली कांग्रेस कृतसंकल्पित छ’, संकल्प पत्रमा भनिएको छ ।

    कांग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार बनेयता अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सन्तुलनमा उल्लेखनीय उपलब्धी हासिल गरेको दाबीसमेत गरेको छ ।

  • एमालेबाट कञ्चनपुरका ९ वटै स्थानीय तहमा यी हुन् उम्मेदवार

    एमालेबाट कञ्चनपुरका ९ वटै स्थानीय तहमा यी हुन् उम्मेदवार

    कैलाली । एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

    भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुँवरलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    यस्तै दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुशिला खत्री तथा बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाइने एमालेले निर्णय गरेको छ ।

    यस्तै लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुमारी राना उम्मेदवार बन्ने भएकी छन् ।

    आजै कैलालीका १२ पालिकामा पनि उम्मेदवारको टुंगो लागिसकेको छ ।

  • कांग्रेसले भन्यो- एमाले र माओवादी दुवै सर्वोच्चको आदेशबाट जन्मिएका पार्टी हुन्

    कांग्रेसले भन्यो- एमाले र माओवादी दुवै सर्वोच्चको आदेशबाट जन्मिएका पार्टी हुन्

    काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतबाट जन्मिएको टिप्पणी गरेको छ ।

    स्थानीय निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई अवमूल्य, व्यंग्य र कटाक्ष गर्दै आएको सन्दर्भ उल्लेख गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख छ ।

    ‘नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् । सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ?’, कांग्रेसको प्रश्न छ ।

    संकल्प पत्रमा एमाले नेता भीमबहादुर रावल, उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा पूर्व उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरू नै संसद पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भनी अदालत गएको सन्दर्भ पनि कांग्रेसले उल्लेख गरेको छ ।

  • कांग्रेसले माग्यो जनतासँग माफी, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

    कांग्रेसले माग्यो जनतासँग माफी, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

    काठमाडौं । नेपाली कांग्रेसले जनतासँग माफी मागेको छ । स्थानीय निर्वाचनका लागि सार्वजनिक गरिएको संकल्प पत्रमार्फत कांग्रेसले जनतासँग माफी मागेको हो ।

    संकल्प पत्रको प्रतिबद्धता खण्डमा कांग्रेसले विगतमा जान अञ्जानमा भएका त्रुटि र कमजोरीप्रति क्षमा माग्दै गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाएको हो ।

    ‘नेपाली कांग्रेस विगतमा सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षको भूमिकामा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनतासमक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछ’, कांग्रेसको संकल्प पत्रमा भनिएको छ ।

    संकल्प पत्रमार्फत कांग्रेसले संविधानको रक्षा र कार्यान्वयन र त्यसकै जगमा मुलुकलाई समुन्नतितर्फ डोर्‍याउनु नै आजको राष्ट्रिय जिम्मेवारी भएको भन्दै जिम्मेवारी बहन गर्ने अठोटसमेत व्यक्त गरेको छ ।

  • विराटनगरमा मनोनयन दर्ताको चहलपहल (तस्बिरहरू)

    विराटनगरमा मनोनयन दर्ताको चहलपहल (तस्बिरहरू)

    विराटनगर । स्थानीय चुनाव-२०७९ अन्तर्गत मनोनयनको पहिलो दिन विराटनगर महानगरपालिकाका लागि आज मेयरसहित केही पदमा उम्मेदवारी परेको छ ।

    मेयरमा उमेश यादव र सक्रिय गौतमले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै वडा अध्यक्ष र सदस्यमा अहिलेसम्म १४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

    उपमेयरमा भने कसैको उम्मेदवारी परेको छैन ।

    सत्तारुढ गठबन्धनबीच विराटनगर उपमहानगरमा कांग्रेसले मेयर र जसपाले उपमेयर पाएको छ । दुवै दलबाट अहिलेसम्म उम्मेदवार भने टुंगिएको छैन ।

  • ओली र प्रचण्डको गृहनगरमा लिङदेनको ‘क्रस कनेक्सन’

    ओली र प्रचण्डको गृहनगरमा लिङदेनको ‘क्रस कनेक्सन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहनगरमा राप्रपाले ‘क्रस तालमेल’ गर्ने भएको छ । दुवै नेताको गृहनगरमा राप्रपाको शक्ति बलियो मानिन्छ । यही शक्तिलाई उपयोग गरेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दुवै नेतालाई कमजोर पार्ने रणनीति लिएका छन् ।

    यसअन्तर्गत एमाले अध्यक्ष ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपाले पाँचदलीय सत्तागठबन्धनसँग तालमेल गरेको छ । यसअघि झापामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर १५ वटा पालिकामध्ये १४ मा कांग्रेस र दमकमा माओवादी लड्नेगरी सहमति गरेका थिए ।

    तर, यति गर्दा पनि जित निश्चित नदेखिएपछि सत्ता गठबन्धन दमकमा राप्रपालाई नेतृत्व छोड्न सहमत भइसकेको छ । सहमतिअनुसार अब राप्रपाले नगरप्रमुख पदमा एमालेसँग प्रतिस्पर्धा गर्नेछ भने सत्ता गठबन्धनले उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा एमाले जितेका थियो । एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याएर विजयी हुँदा दोस्रोमा राप्रपाका रामकुमार थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रमा रेवतराज पुरी ६ हजार ८ सय ९८ मतसहित तेस्रो हुँदा कांग्रेसका ढुण्डीराज भण्डारी ५ हजार ५ सय ३९ मतसहित चौथो भएका थिए ।

    यही कारण दमकमा एमाले हराउन सत्ता गठबन्धन पनि दोस्रो शक्ति राप्रपालाई मेयरमा सहयोग गर्न तम्सिएको छ । झापा राप्रपा अध्यक्ष लिङ्देनको पनि गृहजिल्ला हो ।

    राप्रपाबाट अघिल्लोपटक उम्मेदवार भएका थापा नै प्रमुखमा उम्मेदवार भएका छन भने, एमालेले उपमेयर जितेकी गीताकुमारी पौडेललाई उम्मेदवार बनाएको छ ।

    यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहनगर भरतपुर महानगरपालिकामा राप्रपाले एमालेलाई सहयोग गर्नेगरी छलफल अगाडि बढाइरहेको छ । यसबाहेक प्रचण्डकै निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा पनि एमालेसँग तालमेल गरेर जाने राप्रपाको प्रस्ताव छ । चितवन राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको जिल्ला हो । प्रचण्ड र उनी एउटै क्षेत्रबाट निर्वाचन लड्ने गर्दछन् ।

    यही कारण राप्रपाले दुवै नगरमा तत्काल प्रमुखमा एमाले उम्मेदवारलाई सघाउने र उपमेयर आफू पाउनुपर्ने र संसदीय निर्वाचनमा सो क्षेत्रमा आफूलाई सघाउनुपर्ने प्रस्ताव राखेको छ ।

    भरतपुरमा सत्तारूढ गठबन्धन दलबाट प्रचण्डपुत्री रेनु दाहाल नै उम्मेदवार बन्ने पक्कापक्की छ, भने एमालेले तर्फबाट विजय सुवेदी उम्मेदवार बनाएको छ ।

    यता राप्रपा अध्यक्ष लिङ्देनको गृहपालिका कचनकवल गाउँपालिकामा राप्रपा हराउन एमाले-कांग्रेस गठबन्धन भएको छ । यहाँ एमालेले अध्यक्षमा कांग्रेसलाई सघाउने भएको छ भने, उपाध्यक्षमा एमालेका उम्मेदवारलाई कांग्रेसले सघाउने भएको छ ।

    २०७४ निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो । राप्रपाका उम्मेदवार अन्जरा आलमले ५ हजार ८ सय १६ मत ल्याएर विजयी हुँदा कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी ५ हजार ३ सय ५३ मतसहित दोस्रो भएका थिए ।

    एमालेका शेरबहादुर खत्रीले ३ हजार ९ सय ७२ मत ल्याएर तेस्रो हुँदा माओवादी केन्द्रका हंसनारायण राजवंशीले एक हजार २ सय ७० मत पाएका थिए ।

  • एमालेले रोल्पाका १० स्थानीय तहमा टुंग्यायो उम्मेदवार

    एमालेले रोल्पाका १० स्थानीय तहमा टुंग्यायो उम्मेदवार

    काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश समितिले रोल्पाका १० स्थानीय तहमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ । प्रदेश अध्यक्ष रामकृष्ण कँडेलले रोल्पा जिल्ला कमिटीलाई उम्मेदवारहरूको टुंगो लगाएको पत्राचार गरेका हुन् ।

    सो पत्रअनुसार रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा बालाराम बुढा र उपाध्यक्षमा हस्तमाली बाँठामगर, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर बाँठा र उपाध्यक्षमा जानकी बुढा, माडी गाउँपालिकाको अध्यक्षमा विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृताकुमारी घर्तीमगर उम्मेदवार रहेका छन् ।

    त्यस्तै गंगादेवी गाउँपालिकाको अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मलाकुमारी वली, परिवर्तन गाउँपालिकाको अध्यक्षमा गंगाराम बुढा र उपाध्यक्षमा सपना रोक्का, थवाङ गाउँपालिकाको अध्यक्षमा रवीन्द्र रोका र उपाध्यक्षमा शान्ति रोकामगर, सुनछहारी गाउँपालिकाको अध्यक्षमा जयप्रकाश बुढामगर र उपाध्यक्षमा पूर्मला खत्रीकाे उम्मेदवार टुंगाे लागेकाे छ ।

    लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा वीरबहादुर खड्का र उपाध्यक्षमा जुकमती बस्नेत, सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेन उम्मेदवार बनाइएको छ ।

    यस्तै रोल्पा नगरपालिकाको मेयरमा घनश्याम आचार्य र उपमेयरमा कृष्णीकुमारी गौतमलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

  • महानगरबाहेक ललितपुरमा कांग्रेसले ३ पालिकमा नेतृत्व गर्ने, माओवादीको भागमा दुई पालिका

    महानगरबाहेक ललितपुरमा कांग्रेसले ३ पालिकमा नेतृत्व गर्ने, माओवादीको भागमा दुई पालिका

    ललितपुर । सत्तारुढ गठबन्धनबीच ललितपुरका स्थानीय तहमा हुने तालमेलबारे सहमति जुटेको छ ।

    सहमति अनुसार महानगर बाहेकका ५ स्थानीय तहमध्ये ३ मा कांग्रेसले प्रमुख र २ मा माओवादीले प्रमुख पाउने भएको छ ।

    कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीबीच भएको सहमति अनुसार कांग्रेसले गोदावरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पाएको छ ।

    त्यस्तै बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष पाएको छ । ती दुवै गाउँपालिकामा माओवादीले उपाध्यक्ष पाउने भएको छ ।

    सहमति अनुसार माओवादीले महालक्ष्मी नगरपालिकामा प्रमुख र कोञ्ज्योस्योम गाउँपालिकामा अध्यक्ष पाएको छ । ती दुवै पालिकामा कांग्रेसले उपप्रमुख र उपाध्यक्ष पाउनेछ ।

  • कैलालीमा एमालेले टुंग्यायो ११ पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार

    कैलालीमा एमालेले टुंग्यायो ११ पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार

    कैलाली । कैलाली ११ पालिकामा नेकपा एमालेले प्रमुख तथा उपप्रमुखमा आफ्नो उम्मेदवारहरू टुङ्गो लगाएको छ ।

    धनगढी उपमहानगरपालिकामा हिजो नै स्थानीय कमिटी बैठकले मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

    त्यस बाहेकका १२ स्थानीय तहमा प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो । टिकापुरमा श्याम खत्री र अनुपा केसी उम्मेदवार बन्ने भएका छन् ।

    लम्की चुहामा महादेव बजगाईँ, जुना चौधरी उम्मेदवार बन्ने भएका छन् । घोडाघोडीमा ममता प्रसाद चौधरी करुणा बम उम्मेदवार बन्ने भएका छन् । गौरीगङ्गामा पदम सिंगाल शान्ति सिंह उम्मेदवार बन्ने भएका छन् ।

    त्यस्तै गोदावरी नगरपालिकामा गोकर्ण भट्ट र शारदा रोकाया उम्मेदवार बन्ने भएका छन् ।

    त्यस्तै भजनी नगरपालिकामा हर्क बुढा र तुलसी चौधरी, जोशीपुर गाउँपालिकामा केशर बहादुर डगौरा र रमा देशी भुल, कैलारी गाउँपालिकामा झुमा चौधरी र जालुराम चौधरी, बर्दगोरी गाउँपालिकामा कर्ण कुवर र इन्दु चौधरी उम्मेदवार बन्ने भएका छन् ।

  • काठमाडौं उपमेयरकी उम्मेदवार सुनिताको प्रतिबद्धता- ममाथिको विश्वास र भरोसामा चोट पुर्‍याउँदिन

    काठमाडौं उपमेयरकी उम्मेदवार सुनिताको प्रतिबद्धता- ममाथिको विश्वास र भरोसामा चोट पुर्‍याउँदिन

    काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिका उपमेयरको उम्मेदवार सुनिता डंगोलले पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी बन्न लागेको प्रष्ट्याएकी छन् ।

    आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रूपमा साँच्चिकेको काठमाडौं बनाउने उद्देश्यले पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बन्ने निर्णय गरेको बताएकी हुन् ।

    उनले एमालेका पार्टी अध्यक्ष तथा शीर्ष नेतृत्व तहको आफूलाई विश्वास गरेको भन्दै आभार व्यक्त गरेकी छन् ।

    यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उठ्न लागेकी डंगोललाई एमालेले उपमेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेकपा (एमाले) जस्तो दर्बिलो संगठन भएको जनतालाई मनपर्ने सबैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिकसाँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरूको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरूलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरू, म जस्ता दक्ष महिलाहरु, सामाजिक (साँस्कृतिक अभियन्ताहरु सबैलाई गरेको सम्मान हो । ’

    अहिले उपमेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरूकै माया र आर्शीवादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईंहरूले ममाथि गरेको विश्वास र भरोसालाई कुठाराघाट नगर्ने उनले बताइन् । उनले मतदाताको शीर कहिल्यै पनि झुक्न नदिने प्रतिबद्धतासमेत गरेकी छन् ।

  • जसपा छाडेका यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी

    जसपा छाडेका यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी

    विराटनगर । विराटनगर महानगरको मेयरमा उमेश यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

    शनिवार मात्रै जनता समाजवादी पार्टी (जसपा) बाट बाहिरिएका यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    जसपाका केन्द्रीय सदस्य समेत रहेका यादवले गठबन्धनमा भएको सहमति अनुसार विराटनगर कांग्रेसको भागमा परेपछि असन्तुष्टि जनाएका थिए ।

    यादव अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित भएका थिए ।

  • काठमाडौंका २२ वर्षीय युवाले दिए वडाध्यक्षमा उम्मेदवारी

    काठमाडौंका २२ वर्षीय युवाले दिए वडाध्यक्षमा उम्मेदवारी

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा २२ वर्षीय युवा आवर्दन कर्माचार्यले उम्मेदवारी दिएका छन् ।

    स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत कर्माचार्यले नेकपा मालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

    उनी हाँडी गाउँका स्थानीय हुन् । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आज भइरहेको छ । भोलिसम्म दर्ताको क्रम जारी रहनेछ ।