Category: स्थानीय निर्वाचन–२०७९

  • इटहरी उपमहानगर- यी हुन् एमालेबाट २० वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित)

    इटहरी उपमहानगर- यी हुन् एमालेबाट २० वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित)

    इटहरी । नेकपा एमालेले इटहरी उपमहानगरपालिकामा मेयर-उपमेयरसहित २० वटै वडाध्यक्षका उम्मेदवार टुंग्याइसकेको छ । सत्ता गठबन्धनभन्दा एक कदम अगाडि बढेर एमालेले इटहरीमा उम्मेदवार टुंग्याएको हो ।

    २०७४ मा एक महिला अध्यक्ष उमेदवार बनाएको एमालेले योपटक भने सबै ठाउँमा पुरुषलाई मात्रै अघि सारेको छ ।

    यी हुन् इटहरीका २० वटा वडामा एमालेबाट अध्यक्षका उम्मेदवार :

    वडा नम्वर १- विजय राई

    वडा नम्वर २- माधव कोइराला

    वडा नम्वर ३- उमेश सुवेदी

    वडा नम्वर ४- भक्त लामा

    वडा नम्वर ५- भिष्म घिमिरे

    वडा नम्वर ६- उमेश पौडेल

    वडा नम्वर ७- देवनारायण चौधरी

    वडा नम्वर ८- अरुण चौधरी

    वडा नम्वर ९- जितेन्द्र थापा

    वडा नम्वर १०- अवधेश चौधरी

    वडा नम्वर ११- केशवप्रसाद कोइराला

    वडा नम्वर १२- भुवनराज पोख्रेल

    वडा नम्वर १३- शिवनारायण चौधरी

    वडा नम्वर १४- दुखीलाल चौधरी

    वडा नम्वर १५- जयनारायण चौधरी

    वडा नम्वर १६- तेजनारायण चौधरी

    वडा नम्वर १७- प्रभात आर्चाय

    वडा नम्वर १८- राम कुमार चौधरी

    वडा नम्वर १९- श्रीनारायण चौधरी

    वडा नम्वर २०- राजकुमार राई

  • विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्र यादव उम्मेदवार

    विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्र यादव उम्मेदवार

    विराटनगर । जनता समाजवादी पार्टीले गठबन्धनबाट पाएको विराटनगरको उपमेयरमा कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

    विराटनगरको मेयरमा नागेश कोइरालालाई कांग्रेसले अघि सारेको छ ।

    जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुंगिएको बताए ।

  • गठबन्धनबाट कांग्रेस उम्मेदवार- ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

    गठबन्धनबाट कांग्रेस उम्मेदवार- ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

    काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । २०७४ सालको निर्वाचनमा करिब दुई सय मतान्तरले जितेका मेयर महर्जन यसपटक पनि दोहोरिन लागेका हुन् ।

    सभापति शेरबहादुर देउवाले महर्जनलाई उम्मेदवारीको तयारी गर्न भनिसकेको बताइएको छ । प्रेमकृष्ण महर्जन र भरतलाल न्याछ्यो पनि उम्मेदवारीको दाबेदार थिए ।

    त्यस्तै कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा शेखर कोइरालानिकट नागेश कोइरालाले टिकट पाएका छन् । विराटनगरको मेयरमा वर्तमान मेयर भीम पराजुलीदेखि सांसद डिला संग्रौला, अमृत अर्याललगायतका केन्द्रीय नेताहरूको पनि दाबी थियो ।

  • स्थानीय निर्वाचन : बिहान १० बजेसम्म १३ हजार ३८६ जनाको उम्मेदवारी दर्ता (प्रदेश र जिल्लाको सूचीसहित)

    स्थानीय निर्वाचन : बिहान १० बजेसम्म १३ हजार ३८६ जनाको उम्मेदवारी दर्ता (प्रदेश र जिल्लाको सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको छ ।

    आयोगले आज बिहानसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको हो । बिहान १० बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा ४ हजार ५४ जनाले मनोनयन दर्ता गराइसकेका छन् । सबैभन्दा कम कर्णालीमा ४५२ जनाको उम्मेदवारी परेको छ । मधेसमा मेयरमा १९२, उपमेयरमा ६९, अध्यक्षमा ११७ र उपाध्यक्षमा ८५ जनाले उम्मेदवारी दिएका छन् ।

    आयोगका अनुसार बिहान १० बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यसमेत गरी सातैवटा प्रदेशमा १३३८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    आयोगले उम्मेदवारी दर्ताको म्याद आज साँझसम्म तोकेको छ । मुख्य दलका उम्मेदवारहरूले आज मनोनयन दर्ता गराउँदैछन् । कतिपय स्थानीय तहमा भने अझै उम्मेदवारी टुंगिसकेको छैन ।

    हेर्नुस् जिल्ला र प्रदेशअनुसार कहाँ कतिले दिए उम्मेदवारी

  • एमालेबाट उम्मेदवारी दिने यी हुन् लमजुङका सबै पालिकाका उम्मेदवार (सूचीसहित)

    एमालेबाट उम्मेदवारी दिने यी हुन् लमजुङका सबै पालिकाका उम्मेदवार (सूचीसहित)

    पोखरा । नेकपा एमालेले लमजुङका आठवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएर उम्मेदवारी मनोनयनका लागि पठाएको छ ।

    उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकामा हालकै मेयर गुमानसिंह अर्याल दोहोरिएका छन् । विगतमा केही पालिकामा माओवादीसँग तालमेल गरेको एमाले यसपटक लमजुङमा एक्लै प्रतिस्पर्धा गर्दैछ ।

    यी हुन् लमजुङमा एमाले उम्मेदवार

    १. बेसीशहर नगरपालिका

    प्रमुखः गुमानसिंह अर्याल
    उपप्रमुखः पद्मा गुरुङ

    २. मध्यनेपाल नगरपालिका

    प्रमुखः राजकुमार श्रेष्ठ
    उपप्रमुखः सीता गुरुङ

    ३. सुन्दरबजर नगरपालिका

    प्रमुखः भिमबहादुर गुरुङ
    उपप्रमुखः भवनी केसी

    ४. राईनस नगरपालिका

    प्रमुखः सिंहबहादुर थापा
    उपप्रमुखः शोभा पन्थी चिलुवाल

    ५. दोर्दी गाउँपालिका

    अध्यक्षः युवराज अधिकारी
    उपाध्यक्षः उषा गुरुङ

    ६. मर्स्याङ्दी गाउँपालिका

    अध्यक्षः अर्जुन गुरुङ
    उपाध्यक्षः जुना थापा

    ७. क्व्होलासोथर गाउँपालिका

    अध्यक्षः सूर्य गुरूङ
    उपाध्यक्षः गमी गुरुङ

    ८. दुधपोखरी गाउँपालिका

    अध्यक्षः तेजबहादुर गुरुङ
    उपाध्यक्षः कृष्णमाया गुरुङ

  • पोखरा महानगर- मेयर परिवर्तनसँगै टुंगिए एमालेका ३३ वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित)

    पोखरा महानगर- मेयर परिवर्तनसँगै टुंगिए एमालेका ३३ वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित)

    पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर उम्मेदवार परिवर्तन गरेसँगै ३३ वटै वडाका वडाध्यक्ष उम्मेदवारहरू पनि टुंगो लगाएको छ । मेयरमा यसअघि प्रस्तावित दिपक पौडेलको ठाउँमा प्रदेशसभा सदस्य कृष्ण थापा उम्मेदवार बनेका छन् ।

    थापा पोखराका पूर्वमेयर पनि हुन् । त्यस्तै उपमेयरमा हालकै मञ्जु गुरुङलाई एमालेले निरन्तरता दिएको छ । एमालेका वडाध्यक्ष उम्मेदवारहरूको नाम टुंगो लागे पनि केही वडामा उम्मेदवारी दर्खास्तको बेलासम्म तलमाथि हुन सक्ने नेताहरूले बताएका छन् ।

    ३३ मध्ये ३ वटा वडामा एमालेले महिलालाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।

  • गाउँपालिका उपाध्यक्ष लड्न पत्रकार महासंघको केन्द्रीय सदस्यबाट शान्ताले दिइन् राजीनामा

    गाउँपालिका उपाध्यक्ष लड्न पत्रकार महासंघको केन्द्रीय सदस्यबाट शान्ताले दिइन् राजीनामा

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न ताप्लेजुङकी पत्रकार शान्ता आङबुहाङले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएकी छन् ।

    शान्ता ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेकी छन् । उनी महिला आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

    केन्द्रीय अध्यक्षलाई पेस गरेको पत्रमा शान्ताले प्रेस स्वतन्त्रताको मर्मलाई मध्यनजर गर्दै राजीनामा दिएको उल्लेख गरेकी छन् ।

    नेपाल पत्रकार महासंघले गत ८ गते महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको थियो ।

  • रुपन्देहीमा तोडियो गठबन्धन, कांंग्रेसले एकलौटी गरेको साना दलको आरोप

    रुपन्देहीमा तोडियो गठबन्धन, कांंग्रेसले एकलौटी गरेको साना दलको आरोप

    रुपन्देही । अन्तत: भागबन्डा नमिलेपछि रुपन्देहीमा पाँच दलीय चुनावी गठबन्धन तोडिएको छ । जसअनुसार सत्तापक्षीय गठबन्धनले आआफ्ना उमेदवार सिफारिस गरेका छन् ।

    १६ पालिका रहेको रुपन्देहीकाे बुटवलमा जसपाले आइतबार गठबन्धनविरुद्ध मेयर र उपमेयरमा उम्मेदवारी दिएको थियाे । नेकपा एकीकृत समाजवादीले साेमबार बुटवलबाहेक सबै पालिकामा उम्मेदवारी घोषणा गरेको छ ।  नेपाली कांग्रेसले १५ वटा पालिकामा एकल उम्मेदवारी घोषणा गरेपछि साना दलले असन्तुष्टि जनाएका थिए । जसले विवादकाे रुप लियाे ।

    गठबन्धन दलले लुम्बिनी सांस्कृतिक नगरपालिकासहित मर्चवारी, सम्मरीमाइ, गैडहवा, मायादेवी र कोटहीमाइमा अगल–अगल उम्मेदवार उठाउने सहमति गरेका थिए । बाँकी नौवटा स्थानीय तहमा कांग्रेसले प्रमुख नछोड्ने र माओवादी केन्द्रले उपप्रमुख दाबी गरेपछि नेकपा एकीकृत समाजवादी एक्लिएको छ ।

    बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा गठबन्धन तोडिएको नेता सिद्धिचरण भट्टराईले बताए । ‘बुटवलबाहेक सबैमा हाम्रो उम्मेदवारी दर्ता हुन्छ । अस्तित्व नस्वीकार्ने भएपछि किन गठबन्धन आवश्यक पर्यो ?’, उनले भने ।

    बुटवलमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र उपप्रमुखमा नेकपा एसका चीनबहादुर गुरुङलाई सिफारिस गरिए पनि जसपाले गठबन्धन नमानी अलग्गै उम्मेदवारी दिएको छ ।

    नेकपा एसले देवदहकाे प्रमुखमा छविलाल भट्टराई र उपप्रमुखमा सरस्वती पोखरेललाई उम्मेदवार बनाएको छ । अन्यमा तयारी भइरहेकाे उसले जनाएको छ ।

    कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणका अनुसार कांग्रेसले १६ वटा स्थानीय तहमध्ये १५ वटाकाे प्रमुख पदमा उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डे, तिलोत्तमा नगपालिकामा रामकृष्ण खाँण, देवदह नगरपालिकामा हीराबहादुर केसी, सैनामैना नगरपालिकामा फणिन्द्र शर्मालाई सिफारिस गरेको छ । उनीहरुमध्ये हीराबहादुर देवदहका बहालवाला प्रमुख हुन् ।

    सैनामैना नगरपालिकासहित ५ पालिका प्रमुख मागेको माओवादी केन्द्र पनि गठबन्धनमा अलपत्र परेको छ । कांग्रेसले ओमसतियाबाहेक अन्त माओवादीलाई नेतृत्व दिन नचाहेपछि ऊ अलपत्र परेको हो । सैनामैनामा मेयरको प्रचार गरेका नेता नारायण महत कांग्रेस नेता फणिन्द्र शर्मा मेयर र उनी उपमेयरमा लड्ने गरी सहमति गरेका छन् । माओवादीले ओमसतिया गाउँपालिकामा मात्रै प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।

  • डडेल्धुरामा माओवादीले टुंग्यायो उम्मेदवार, कुन पालिकामा को ?

    डडेल्धुरामा माओवादीले टुंग्यायो उम्मेदवार, कुन पालिकामा को ?

    डडेल्धुरा । सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र डडेल्धुराले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

    माओवादी केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको हो ।

    कुन पालिकामा को उम्मेदवार ?

    माओवादीले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल ‘डायमण्ड’ र उपमेयरमा विमला महतालाई उम्मेदवार बनाएको छ ।

    माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग पराजित भएका थिए ।

    माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ ।

    भागेश्वर गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले जानकारी दिए ।

    जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा शशि अवस्थीलाई उम्मेदवार बनाइएको छ ।

    अयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ । माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको हाे ।

    यसैगरी माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्षमा धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुग्याएको छैन ।

  • वाग्मती कांग्रेसले आफ्नो भागमा परेका २१ मेयर र १३ उपमेयरका उम्मेदवार टुंग्यायो (नामावलीसहित)

    वाग्मती कांग्रेसले आफ्नो भागमा परेका २१ मेयर र १३ उपमेयरका उम्मेदवार टुंग्यायो (नामावलीसहित)

    काठमाडौं । चुनावी तालमेलमा वाग्मती प्रदेशको नौं जिल्लामा २१ वटा नगरपालिका प्रमुख कांग्रेसलाई परेको छ । १३ वटा नगरपालिकाको भने उपप्रमुख परेको छ ।

    प्रदेश सभापति इन्द्र बानियाँले प्रेस विज्ञप्तिमार्फत प्रदेश संसदीय समितिको बैठक बसेर उम्मेदवार नै टुङ्गो लगाएको जानकारी दिएका छन् ।

    विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकले सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा उपेन्द्रकुमार पोखरेल र दुधौली नगरपालिका उपप्रमुखमा चन्द्र किशोर दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा प्रल्हाद सापकोटा, खैरहनी नगरपालिका प्रमुखमा शशीकुमार खानियाँ, राप्ती नगरपालिका उपप्रमुखमा देबेन्द्र लामा, माडी नगरपालिका उपप्रमुखमा खेमप्रसाद महतो र कालिका नगरपालिका प्रमुखमा शिवराम केसी उम्मेदवार बन्ने भएका छन् ।

    धादिङको नीलकण्ठ नगरपालिका प्रमुखमा भीमप्रसाद ढुंगाना, धुनिबेंसी नगरपालिका उपप्रमुखमा सुरज उप्रेती, काभ्रेको बनेपा नगरपालिका प्रमुखमा शान्ति रत्न शाक्य, पनौती नगरपालिका प्रमुखमा रामशरण भण्डारी, पाँचखाल नगरपालिका प्रमुखमा महेश खरेल, नमोबुद्ध नगरपालिका प्रमुखमा कुन्साङ लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुखमा विष्णुमणि नेपाल उम्मेदवार छनोट भएका छन् ।

    दोलखाको जिरी नगरपालिका प्रमुखमा लाक्पा शेर्पा, भीमेश्वर नगरपालिका प्रमुखमा ईश्वरनारायण मानन्धर, भक्तपुरको भक्तपुर नगरपालिका प्रमुखमा रामप्रसाद कासुला, मध्यपुर थिमी नगरपालिका प्रमुखमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा निशान ढुंगेल, चाँगुनारायण नगरपालिका प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको छ ।

    सभापति बानियाँले ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा गजेन्द्र महर्जन, उपप्रमुखमा मुना अधिकारी र महालक्ष्मी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जन तथा रामेछापको रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपाने, उपप्रमुख सुशीला तामाङ, मन्थली नगरपालिका प्रमुख विनोद कार्की र उपप्रमुख यशोधा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको पनि बताए ।

    यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रमुखमा आइतमान तामाङ, उपप्रमुखमा सविता गुरुङ, बाह्रबिसे नगरपालिका प्रमुखमा बालकृष्ण बस्नेत, उपप्रमुखमा मञ्जु तामाङ र चौतारा सांगाचोकगढी नगरपालिका प्रमुख केशवराज गिरी र उपप्रमुख तुलसीकुमारी श्रेष्ठ उम्मेदवार छानिएका छन् ।

    उनीहरूले आजै मनोनयन दर्ता गराउने भएका छन् ।

  • कैलालीमा कांग्रेसबाट को-को भिड्दैछन् ? (सूचीसहित)

    कैलालीमा कांग्रेसबाट को-को भिड्दैछन् ? (सूचीसहित)

    कैलाली । नेपाली कांग्रेस कैलालीले जिल्लामा आफ्नो भागमा परेका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी तय गरेको छ ।

    कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार चुरे, कैलारी र मोहन्याल गाउँपालिकको उपाध्यक्ष टुंगिएको छैन तर अरु १० जना उम्मेदवार भने तय भएका छन् ।

    यस्तो छ टुंगिएका उम्मेदवारको सूची-

    धनगढी उपमहानगरपालिका

    मेयरः नृपबहादुर वड

    टीकापुर नगरपालिका

    मेयरः नवराज रावल

    लम्कीचुँहा नगरपालिका

    मेयरः भक्तबहादुर थापा

    गोदावरी नगरपालिका

    मेयरः वीरेन्द्र भट्ट

    जानकी गाउँपालिका

    अध्यक्षः पर्शु चौधरी

    जोशीपुर गाउँपालिका

    अध्यक्षः वंशराम चौधरी

    बर्दगोरिया गाउँपालिका

    अध्यक्षः रामनारायण कठरिया

    भजनी नगरपालिका

    उपमेयरः गोकेन्द्र भण्डारी

    घोडाघोडी नगरपालिका

    उपमेयरः रीता चौधरी

    गौरीगंगा नगरपालिका

    उपमेयरः भोजबहादुर वम

  • डोटीमा पनि माओवादी र नेकपा एसबीच मात्रै तालमेल, कांग्रेसले धोका दिएको आरोप

    डोटीमा पनि माओवादी र नेकपा एसबीच मात्रै तालमेल, कांग्रेसले धोका दिएको आरोप

    कैलाली । आगामी स्थानीय तह निर्वाचनको लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेसलाई बाहिर राखेर दुई दलबीच तालमेल गर्ने सहमति भएको हो ।

    ९ पालिका रहेको डोटीमा पाँच स्थानीय तह माओवादीले र चार स्थानीय तह एकीकृत समाजवादीले पाउने गरी सहमति भएको माओवादी केन्द्र डोटीका इन्चार्ज शिवसिंह ओलीले जानकारी दिए ।

    माओवादीको भागमा दिपायल सिलगढी नगरपालिका, बोगटान गाउँपालिका, केआइसिंह गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिका परेको छ ।

    त्यस्तै शिखर नगरपालिका, पूर्वीचौकि गाउँपालिका,बड्डिकेदार गाउँपालिका र जोरायल गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

    यसअघि हिजो नै तीन दलीय सहमति गर्ने अन्तिम तयारी भइरहेको थियो । ९ स्थानीय तहमध्ये, कांग्रेसले चार, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीलाई दुई स्थानीय तह दिने गरी सहमतिको अन्तिम तयारी भइरहेका बेला नेपाली कांग्रेसले धोका दिएको वलीले बताए ।

    ‘ड्राफ्ट फाइनल भएर कांग्रेसहरु हस्ताक्षर गर्न पनि तयार हुनु भएको थियो’ उनले भने, ‘पछि उहाँहरू १० मिनेटमा सल्लाह गरेर आउँछौँ भनेर जानुभयो आउँदै आउनु भएन ।’

    कांग्रेस नेताहरू नआएपछि माओवादी र एकीकृत समाजवादी तालमेल गर्ने सहमति भएको हो ।

  • स्थानीय चुनाव: रुपन्देही कांग्रेसमा अधिकांश पुरानै अनुहारलाई प्राथमिकता

    स्थानीय चुनाव: रुपन्देही कांग्रेसमा अधिकांश पुरानै अनुहारलाई प्राथमिकता

    रुपन्देही । रुपन्देहीमा कांग्रेसले अधिकांश पुरानै अनुहारलाई प्राथमिकतामा राखेको छ । उपमहानगर र नगरपालिकामा अधिकांश पुरानै उम्मेदार दोहोरिएका छन् ।

    गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लामा अधिकांश टिकट पाउने उनकै समूहका रहेका छन् । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले रुपन्देहीका मुख्य पालिकाको नेतृत्वको जिम्मेवारी आफैले लिएको छ । योसँगै नेपाली कांग्रेसले रुपन्देहीका सबै पालिकाहरुमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

    सबै पालिकामा सत्तागठबन्धनबाट पालिका प्रमुख पाउने अवसर पाएको कांग्रेसले बुटवल उपमहानगरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसंग पराजित भएका थिए ।

    त्यसैगरी तिलोत्तमा नगरपालिकामा रामकृष्ण खांणलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी गृहमन्त्री बालकृष्ण खांणका सहोदर भाई रामकृष्ण यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसंग पराजित भएका थिए । रामकृष्ण पार्टीको जिल्ला सभापति रहेका छन् ।

    कांग्रेसले देवदहमा बहालवाला नगरप्रमुख हिरा केसीलाई उठाउने भएको छ । उनले एमालेका टिकाराम चापागाईलाई पराजित गरेर नगर प्रमुख बनेका थिए ।

    सिद्धार्थनगरमा ईस्तियाक अहमद, सैनामैनामा फणिन्द्र शमालाई नगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस रुपन्देहीले जनाएको छ । फणिन्द्र शर्मा यसअघि एमालेका चित्र बहादुर कार्कीसंग पराजित भएका थिए ।

    सत्तागठबन्धनका बीचमा सहमति हुंदा यी नगरपालिकामा प्रमुख नेपाली कांग्रेसले र उप प्रमुख गठबन्धनका अन्य दललाई दिने निर्णय भएको थियो ।

  • पोखरामा दीपक पौडेलको टिकट खोसियो, कृष्ण थापा एमालेबाट मेयरका उम्मेदवार

    पोखरामा दीपक पौडेलको टिकट खोसियो, कृष्ण थापा एमालेबाट मेयरका उम्मेदवार

    काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ ।

    शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

    उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् ।

    थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।

  • जनकपुरको मेयरका लागि एमाले प्रवेश गरेका साह बागी उम्मेदवारीको तयारीमा

    जनकपुरको मेयरका लागि एमाले प्रवेश गरेका साह बागी उम्मेदवारीको तयारीमा

    जनकपुरधाम । टिकटको लोभमा जनकपुरधाम– ७ का वडाध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर केही समयअघि नेकपा एमालेमा प्रवेश गरे । दलबलसहित काठमाडौं पुगेर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका थापे ।

    ओलीबाट मेयरको टिकटको आश्वासन पाएपछि उनले अध्यक्ष ओली, नेता रघुवीर महासेठ, उनकी पत्नी एवम् नेतृ जुली महतोको फोटो सामाजिक सञ्जालमा राखेर मेयरको प्रत्यासीका रुपमा प्रचार गरे । तर एमाले जनकपुरले मेयरको टिकट शिवशंकर साह ‘हिरा’लाई दिने निर्णय गर्यो । त्यसपछि उनले आफ्ना सबै पुराना पोस्टहरु डिलेट गरेका छन् ।

    मेयरमा उठ्न सम्पर्क कार्यालय खोलिसकेका र घरदैलोसमेत सुरु गरिसकेकाले उनी ब्याक नहुने बताउँछन् । ‘अगाडि बढिसेकाका छौं’, उनले भने, ‘तर एमालेले पनि टिकट नदिएपछि साथीहरुसंग छलफल गरिरहेका छौं । केहिबेरमै बैठक बसेर आवश्यक निर्णय लिन्छु ।’ स्वतन्त्रबाटै भएपनि मेयरमा उम्मेदवारी दिने उनले संकेत गरे ।

    साह तत्कालीन राजपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले वडाध्यक्षबाट राजीनामा समेत दिइसकेका छन् । अहिलेको लोसपा (तत्कालीन राजपा)बाट टिकट पाउने अवस्था नदेखेपछि उनी एमालेमा प्रवेश गरेका थिए ।

    लोसपाले मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई टिकट दिएको छ । मिश्र तत्कालीन राजपाबाट गत निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । राजपाबाटै गत निर्वाचनमा मेयरमा निर्वाचित लालकिशोर साह योपटक उपेन्द्र यादव नेतृत्वको जसपाबाट सत्ता गठबन्धनको मेयर उम्मेदवार बनेका छन् ।

    यता, सत्ता गठबन्धनले गरेको भागबन्डामा जनकपुरधामको उपमेयर कांग्रेसले पाएको छ । तर कांग्रेसले अहिलेसम्म उपमेयर उम्मेदवार टुंगो लगाउन सकेका छैन । कांग्रेसबाट मेयर उम्मेदवारमा सिफारिस भएका मनोज साह भने गठबन्धनको भागबन्डामा असन्तुष्ट बनेर पार्टीमा विद्रोह गरी स्वतन्त्रबाटै उम्मेदवार बनेका छन् ।

  • सुर्खेतमा पनि तोडियो गठबन्धन, कर्णालीका अधिकांश तहमा बेमेल

    सुर्खेतमा पनि तोडियो गठबन्धन, कर्णालीका अधिकांश तहमा बेमेल

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा पाँच दलीय गठबन्धन तोडिएको छ । नेपाली कांग्रेसले आफूहरुले मागेअनुसारको भाग नदिएको आरोप लगाउँदै माओवादी केन्द्रले नौ ओटै पालिकामा एकल प्यानलसहित आज उम्मेदवारी दर्ता गर्ने भएको छ ।

    माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष कृष्ण जिसी जितेन्द्रले ‘अमुक नेताको दम्भ’का कारण गठबन्धनको सम्भावना सकिएको बताए । हिजो  नेकपा माओवादी सुर्खेतका इन्चार्जले झकबहादुर मल्लले पनि गठबन्धन नहुने सम्भावना बढेको उल्लेख गरेका थिए ।

    स्रोतका अनुसार नेपाली कांग्रेसले माओवादीलाई सुर्खेतमा एक पालिका पनि नदिने भनेका कारण गठबन्धन तोडिएको हो ।

    कहाँकहाँ भाँडियो गठबन्धन ?

    रुकुम पश्चिममा तीन पालिका माग गरेको कांग्रेसले सुर्खेतमा एक पालिका पनि नदिने भनेका कारण गठबन्धन हुने सम्भावना सकिएको छ । यस्तै, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा पनि गठबन्धन नहुने देखिएको छ । यहाँ समाजवादीलाई नगरप्रमुख दिएको भन्दै कांग्रेस कार्यकर्ता रुष्ट बनेका छन् । आज त्यहाँ कांग्रेसले नगरप्रमुख लगायत सबै पदमा उम्मेदवारी दिने बताइएको छ । दैलेखको नौमुलेमा नेकपा एस र समाजवादी मिलेर जाने निर्णय भइसकेको छ ।

    यस्तै, कालिकोटको तिलागुफा नगरपालिकामा पनि कांग्रेसले उम्मेदवारी दर्ता गरिसकेको छ भने सुर्खेतमा नेपाली कांग्रेस भित्रै गुटबन्दी चर्किएको छ । कांग्रेसको आन्तरिक विवादले सुर्खेत कंँग्रेस दुई चिरा भएको हो ।

    ‘हामीसँग संस्थापन पक्षले हालसम्म कुनै पनि छलफल गरेको छैन । हाम्रो माग चालिस प्रतिशत नेतृत्व नै हो’, काँग्रेस नेता नारायण कोइरालाले भने, ‘त्यो नभएसम्म सहमति हुँदैन ।’

    यता, नेकपा एसले पनि एक्लाएक्लै चुनावमा होमिने तयारी गरेको छ । र जिल्ला अध्यक्ष मोहन बडुवालले सुर्खेतमा गठबन्धन नबनेको बताउँदै आफूहरु एक्लै चुनावमा होमिन लागेको बताए । ‘गठबन्धन नै नबनेपछि के तोडियो भन्नु, के गठबनधन भयो भन्नु र ?’ उनी भन्छन्, ‘हामी एक्ला एक्लै चुनावमा होमिँदैछौं ।’

  • एमालेबाट विराटगरको मेयरमा सागर र उपमेयरमा शिल्पा उम्मेदवार

    एमालेबाट विराटगरको मेयरमा सागर र उपमेयरमा शिल्पा उम्मेदवार

    विराटनगर । महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्षसमेत रहेकी कार्कीको नाममा सहमति भएको बताए ।

    एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो ।

    विराटनगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ । पाँच दलीय गठबन्धनले विराटनगरको मेयर कांग्रेसको र उपमेयरमा जनता समाजवादी पार्टीको भागमा पारेको छ ।

  • यी हुन् खोटाङका दशैं पालिकाका एमाले उम्मेदवार, दुई पालिका प्रमुखमा महिला

    यी हुन् खोटाङका दशैं पालिकाका एमाले उम्मेदवार, दुई पालिका प्रमुखमा महिला

    काठमाडौं । खोटाङका सबै स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । एमाले जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले दुई नगरपालिका र आठ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार टुंगो लगाएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य, उपमेयरमा बिणादेबी राई र राजकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको एमालेले जनाएको छ ।

    यस्तै, साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा हरि पोखरेल र उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुण थापा मगर, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंखरबहादुर राई, उपाध्यक्षमा बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा उमा गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गृहेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेदवार बनाउने टुंगो लगाइएको एमालेले जनाएको छ ।

    एमालेले दुई स्थानीय तहमा महिलालाई प्रमुखमा अघि सारेको देखिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा मगर यसपल्ट अध्यक्षका उम्मेदवार बनाइएका हुन् ।

  • भागबण्डा मिलाउन पाँच दलका अध्यक्षबीच बैठक बस्दै, सहमतिका लागि अधिकतम प्रयास गर्ने

    भागबण्डा मिलाउन पाँच दलका अध्यक्षबीच बैठक बस्दै, सहमतिका लागि अधिकतम प्रयास गर्ने

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने बताइएको छ ।

    केन्द्रमा पाँच दलीय गठबन्धन जबरजस्त कायम राख्ने प्रयास भए पनि जिल्ला र स्थानीय तहमा फरक–फरक तरिकाले गठबन्धन भइरहेको छ । गठबन्धनको हिजो बसेको बैठकले सबै दलबीच चुनावी तालमेल नभए पनि गठबन्धन बाहिरका दलसँग नगर्ने निर्णय गरेको थियो ।

    निर्वाचनका लागि उम्मेदवार मनोनय गर्ने दिन आइसक्दा पनि भागबण्डा नमिलेपछि गठबन्धनमा तनाव छ ।

    निर्वाचन आयोगको कार्यतालिकाअनुसार हिजो र आज उम्मेदवारको मनोनयनको कार्यसूची छ । हिजो नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरुले उम्मेदवारी दर्ता गराए । तर सत्तागठबन्धन र एमालेमा उम्मेदवारबारे अझै लफडा छ ।

    एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाए पनि गठबन्धनमा आबद्ध दलबीच अझै भागबण्डामा कुरा मिलेको छैन ।

  • आज मनोनयको अन्तिम दिन, तर अझै दलहरुले टुंग्याउन सकेनन् उम्मेदवार

    आज मनोनयको अन्तिम दिन, तर अझै दलहरुले टुंग्याउन सकेनन् उम्मेदवार

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो । तर ठूला राजनीतिक दलहरुले अझैसम्म उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

    निर्वाचन आयोगको कार्यतालिकाअनुसार हिजो र आज उम्मेदवार मनोनयनको कार्यसूची छ । हिजो नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरुले उम्मेदवारी दर्ता गराए । तर सत्तागठबन्धन र एमालेमा उम्मेदवारबारे अझै लफडा छ ।

    एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाए पनि गठबन्धनमा आबद्ध दलबीच अझै भागबण्डामा कुरा मिलेको छैन । भागबण्डा मिलाउन पाँच दलीय गठबन्धनका अध्यक्षबीच आज ८ बजे बैठक बसेर अधिकतम सहमतिको प्रयास गर्ने सहमति भएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका आज १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।

    १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए ।

    १५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

    आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोकेबमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

  • विना मगरको जिल्ला कञ्चनपुरमा गठबन्धनबाट कांग्रेस आउट, नेकपा एस र माओवादीको बेग्लै सहमति

    विना मगरको जिल्ला कञ्चनपुरमा गठबन्धनबाट कांग्रेस आउट, नेकपा एस र माओवादीको बेग्लै सहमति

    कैलाली । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धनको सहमति भए पनि माओवादी नेतृ विना मगरको जिल्ला कञ्चनपुरमा भने दुई दलीय गठबन्धन हुने भएको छ । कञ्चनपुरमा नेपाली कांग्रेसलाई बाहिर राखेर एकीकृत समाजवादी र माओवादी केन्द्रले मात्रै गठबन्धन गर्ने सहमति गरेका हुन् ।

    ९ स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो । उनीहरूले वडासम्मै तालमेल गर्ने गरी सहमति गरेका छन् ।

    हेर्नुहोस् नेकपा एस र माओवादीको सहमति

  • भरतपुर कांग्रेसका बागी उम्मेदवार पौडेलको आक्रामक भाषण : कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन (भिडिओ)

    भरतपुर कांग्रेसका बागी उम्मेदवार पौडेलको आक्रामक भाषण : कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन (भिडिओ)

    काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने उनको भनाइ छ ।

    भोलि उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका पौडेलले आज कांग्रेस कार्यकर्तामाझ आक्रामक भाषण गरेका थिए । कांग्रेस सभापतिबाटै चितवन कांग्रेसको हुर्मत लिने काम भएको उनले गुनासो गरे । यस विरुद्ध आफू समर्थकहरूको आग्रहमा मैदानमा खडा भएको उनले बताए ।

    ‘म कुनै पनि बेला कारबाईमा पर्न सक्छु । धम्की आउन सक्छ । तर सतिसाल भएर उभिएको छु । म भेटिउँला तर झुक्दिन,’ पौडेलले भने ।

    पौडेलको भाषणको सम्पादित अंश :

    हामीले विगत ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टी दुई तिहाइबाट टुक्रा टुक्रा भएर, छरपस्ट भएर भत्किएको, मक्किएको देखेका छौँ । संयोगवश कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त ग¥यो । देउवा प्रधानमन्त्री हुनुभयो । तर, उहाँलाई प्रधानमन्त्रीत्व चलाउन सहज भएन । ८८ दिनसम्म सरकार विस्तार हुन सकेन । एउटा पार्टीको सानो अंशलाई सुरक्षा गर्न अध्यादेश ल्याउनुपर्‍यो । राजनीतिक दलदलमा हाम्रो नेता फस्न पुग्नुभयो ।

    कांग्रेसले आफ्नो झण्डा र चुनाव चिन्हलाई भरसक सबैतिर समान रूपमा प्रयोग गर्नुपर्थ्यो । तर, दुभाग्यवस त्यो स्थिति भएन । गठबन्धन गर्नुपरेको छ । हिजो कांग्रेसले अब ५० वर्ष सत्ताको अनुहार देख्न पाउने छैनन् भनेर भाषण गर्ने नेताहरू आज कांग्रेसको पछिपछि आएका छन् । यो उनीहरूको बाध्यता हो । कांग्रेससँग नमिले माधव नेपालको पार्टीको अस्तित्व रहँदैन । हिजो प्रचण्डले कांग्रेसविरुद्ध धेरै ठूला आरोपहरू लगाउनुभयो । केपी ओलीसँग गला जोडेर कांग्रेसलाई २३ सिटमा झार्न उहाँको योगदान छ । तर, आज हाम्रो पार्टीको सेरोफेरोमा चितवनलाई ५७÷५८ सालको रोल्पा रुकुम बनाउने अभियानमा हुनुहुन्छ ।

    आजको संस्थापनले स्वयम् प्रधानमन्त्रीजी, सभापतिजीले कांग्रेसको बचाउ गर्न सक्नुभएन । चितवन कांग्रेसको हुर्मत लिने काम भएको छ । एक पटक होइन, अनेक पटक एउटा चिन्हमा भोट हाल्न चितवन कांग्रेसलाई स्वीकार्य छैन । चितवनले आज जे देखेको छ बाँकी नेपालले भोलि देख्छ । आज चितवनले विरोध गरेको छ, भोलि देशैभर विरोधको लहर उत्पन्न हुनेछ । भोलि देशैभर रुखको पक्षमा एकतर्फी जनमत बन्ने देखिरहेको छु ।

     म उम्मेदवार हुने सोचेको थिइनँ । मलाई राजनीति गरेर खास पदमा उठ्ने लालसा छैन । अहिले मेयर हुने मेरो आकांक्षा हुँदै होइन । तर, आवश्यकता कांग्रेसजनलाई पर्‍यो । तैँले उभिएर केही गरिदिन्छस् कि भनेपछि म सही सलामत छु, तपाईँहरूको भरोसामाथि पानी फेर्न दिन्न भनेको हुँ । नत्र मैले अरू साथीहरूलाई अनुरोध गरेको थिएँ ।

    अगाडिको बाटो सहज छैन । ठूला–ठूला शक्तिसँग लड्नुपर्ने छ । आफ्नै पार्टीसँगको लडाइँ छ । प्रमुख प्रतिपक्षी भनेर सत्ताको सेरोफेरोमा हिँडेको माओवादी केन्द्र छ । त्यसपछि बाँकी अरू कुराहरू छन् ।

    यो कांग्रेसविरुद्धको अभियान होइन । कांग्रेसले हँसिया–हतौडामा भोट हाल्दैन । विकल्प चाहियो । विकल्प खोज्ने क्रममा मलाई उभ्याइएको हो । म निमित्त हुँ । तपाईँले घरघरमा, गाउँ गाउँमा प्रचार गरेर आँधिबेरी ल्याउनुस् ।

    एक प्रकारको जहानियाँ शासन जस्तो भएको छ अहिले । कहीँ छोरालाई, कहीँ श्रीमतीलाई कहीँ छोरीलाई दिनुपर्ने । नेताहरूको समीकरणका निम्ति आफ्नो झण्डा छोडेर अर्काको झण्डामा भोट हाल भनेर भन्न पनि हिचकिचाहट छैन । कांग्रेसको विधानले त हँसिया हतौडामा भोट हाल्नेलाई कारबाही गर्ने भन्छ । रुखबाहेक अन्यत्र भोट हालेको अवस्थामा विधानले प्रश्न वाचक चिन्ह खडा गर्छ । कांग्रेस हो भने किन रुखभन्दा बाहेक गयौ ? हँसिया हतौडालाई त झन् सय प्रतिशत निषेध गर्छ कुनै हालतमा मान्दैन ।

    आम मान्छेले संकल्प गरेमा परिणाम उल्टाउन सकिन्छ । ५० हजार, ६० हजार मत एक ठाउँमा आउन असम्भव देख्दिनँ । आज हामीले गल्ती गर्‍यौँ भने अनन्तकाल दुख पाउँछौँ । पानी र तेल मिल्न सक्दैन । कम्युनिस्टसँग मिलेर हाम्रो कल्याण छैन । केही नेताको चाँजोपाँजो मिलाउन यो सब गरिएको हो । उनीहरू १० जनाको समस्या समाधान गर्दा देशैभरि समस्या भयो ।

  • मनोनयन दर्तामा विभेद गरेको जनमत पार्टीको आरोप

    मनोनयन दर्तामा विभेद गरेको जनमत पार्टीको आरोप

    जनकपुरधाम । मनोनयन दर्तामा निर्वाचन अधिकृतहरूले विभेद गरेको जनमत पार्टीले आरोप लगाएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विज्ञप्ति जारी गरेर यस्तो आरोप लगाएका हुन् ।

    जनमत पार्टीका उम्मेदवारहरूलाई विभिन्न किसिमका अनावश्यक दुःख र झमेला दिने गरेको, कहिले हस्ताक्षर नमिलेको त कहिले फोटोकपी नमिलेको जस्तो अनेकाैँ अनावश्यक बखेडा खडा गरी उम्मेदवारी दर्ता गर्न नदिएको आरोप उनले लगाएका छन् ।

    विभिन्न अनुचित बहानामा उम्मेदवारी दर्ता गर्न नदिने र सत्ताधारी पार्टीलाई नै जिताउन सहयोग गर्ने खालका गतिविधिमा संलग्न भएको ठोस प्रमाणहरू पाएको डा. राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उम्मेदवारहरू विहान १० बजेदेखि नै निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा समेत ५ बजेसम्ममा पनि पालो नदिएको र भोलिको लागि टारेको जनमत पार्टीको आरोप छ ।

    यस्तै सत्ताधारी पार्टीहरूको गठबन्धनलाई अनुकूल हुने गरी मतपत्रको छपाइमा समेत चिन्हहरूको समेत हेरफेर गरेको र सत्ताधारी पार्टीहरूको गठबन्धनलाई अनुकूल हुने गरी निर्वाचन अधिकृतहरूको नियुक्ति गरिएकोमा सो पार्टीले आपत्ति जनाएको छ ।

    निर्वाचन अधिकृतहरूद्वारा जनमत पार्टीविरुद्ध गरिएको विभेद अविलम्ब नसच्चिए स्थानीय निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयहरूमा तालाबन्दी गर्न र आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

  • पाँच दलबाहिर तालमेल नगर्ने गठबन्धनको निर्णय, भोलि बाँडफाँड टुंग्याउने

    पाँच दलबाहिर तालमेल नगर्ने गठबन्धनको निर्णय, भोलि बाँडफाँड टुंग्याउने

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ । तालमेलका विषयमा विभिन्न जिल्लामा उत्पन्न विवादका बीच गठबन्धनले सो निर्णय गरेको हो ।

    आज बसेको गठबन्धनको बैठकले भोलि मनोनयनअघिसम्म बाँडफाँड मिलाउन अधिकतम कोशिष गर्ने पनि निर्णय गरेको छ । भोलि बिहान ८ बजे पाँच दलका प्रमुखहरु बसेर मिलाउन कोशिष गर्नेछन् । विगतका सहझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना गर्ने सहमति भएको छ ।

    सत्तारुढ गठबन्धनले केन्द्रमा आपसी तालमेलको निर्णय लिए पनि विभिन्न जिल्लामा विवाद कायम छ । चितवनमा आज माओवादी उम्मेदवार रेणु दाहाललाई चुनौति दिँदै कांग्रेस नेता जगन्नाथ पौडेले बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य जिल्लाहरुमा पनि कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् ।

  • माओवादीलाई अगाडि सारेको भन्दै बुटवलमा १ सय ५ जनाले कांग्रेस छाडे

    माओवादीलाई अगाडि सारेको भन्दै बुटवलमा १ सय ५ जनाले कांग्रेस छाडे

    रुपन्देही । गठबन्धनसँग असन्तुष्ट रहेका बुटवलका १ सय ५ जना कांग्रेसका युवाहरूले सामूहिक राजीनामा दिएका छन् ।

    बुटवल कांग्रेसको बलियो संगठन रहे पनि माओवादीलाई अनावश्यक स्थान दिएको भन्दै यसरी राजीनामा दिएको उनीहरूको भनाइ छ ।

    गठबन्धन गरेर मेयर आफै लिएको कांग्रेसले उपमेयर एकीकृत समाजवादीलाई दिएको छ ।

    उपमहानगरपालिकाको वडा नं ३ का युवाहरूले वडाध्यक्ष माओवादीलाई दिएको भन्दै यसरी सामूहिक राजीनामा दिएका हुन् ।

    यसअघि बुटवलकै मेयरको उम्मेदवारीका विषयमा असन्तुष्टि जनाउँदै क्षेत्रीय सभापति हरि लम्सालले कांग्रेसको साधारण सदस्य नरहने गरी राजीनामा दिएका छन् ।

  • काठमाडौंको मेयरका लागि पहिलो दिन १६ जनाको मनोनयन दर्ता

    काठमाडौंको मेयरका लागि पहिलो दिन १६ जनाको मनोनयन दर्ता

    काठमाडौं । काठमाडौं महानगरपालिको मेयरका लागि पहिलो दिन १६ जनाले मनोनयन दर्ता गरेका छन् ।

    राष्ट्रिय सभा गृहमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार जना महिला र १२ जना पुरुषसहित गरेर १६ जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ताको पहिलो दिन साँझसम्ममा पार्टीको प्रतिनिधित्व गर्दै सात जनाले र स्वतन्त्र रूपमा नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

    यसरी मनोनयन दर्ता गराउने पार्टीमा विवेकशील साझा पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेपाल समावेशी पार्टी, मौलिक जरो किलो पार्टी, सचेत नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी रहेका छन् ।

    यससँगै उपमेयर पदमा पनि १७ जनाले मनोनयन दर्ता गराएका छन् भने वडाध्यक्षमा २३ जना र वडा सदस्यमा सात जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

    निर्वाचन तालिकाअनुसार सोमबार साँझ पाँच बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न पाउनेछन् । वैशाख १३ गते बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय सीमा तोकिएको छ ।

    वैशाख १४ गतेदेखि १५ गते साँझ पाँच बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ । १५ गते साँझ पाँच बजेदेखि ६ बजेसम्ममा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

    १६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसै दिन साँझ पाँच बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ ।

  • कार्यकर्ताले नेता थुने, कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय (भिडिओ)

    कार्यकर्ताले नेता थुने, कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय (भिडिओ)

    पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

    दिनभर भागबण्डाका लागि छलफल भए पनि कुरा मिलेको छैन । अर्कोतिर कांग्रेस नेताहरूलाई गठबन्धन नगर्न भन्दै कार्यकर्ताले चार घण्टा भन्दा थुनेपछि अन्तिममा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय जिल्ला सभापति किशोरदत्त बरालले सुनाएका थिए ।

    जिल्ला कार्यालयमा ताला लगाएका कार्यकर्ताले नेताहरू बसिरहेकै ठाउँमा गएर घेराउ र नाराबाजी गरेका थिए ।

    सभापतिले वडाहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय सुनाएपछि कार्यकर्ताले खुसीयाली मनाएका छन् ।

    अब पोखरामा मेयर र उपमेयरमा मात्र तालमेल हुने बताइएको छ ।

  • विराटनगरकाे मेयरमा तीन जनाकाे उम्मेदवारी, रिक्साचालक वडाध्यक्षमा उठे

    विराटनगरकाे मेयरमा तीन जनाकाे उम्मेदवारी, रिक्साचालक वडाध्यक्षमा उठे

    विराटनगर । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयनको पहिलो दिन विराटनगर महानगरमा मेयरका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरको मेयरका लागि उमेश यादव र सक्रिय गौतमको स्वतन्त्र उम्मेदवारी परेको छ । सिके राउतको नेतृत्वको जनमत पार्टीको तर्फबाट मेयरमा अरुणकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आइतबार उपमेयरमा कसैको मनोनयन नपरेको बताए ।

    वडाध्यक्ष र सदस्यका लागि पहिलो दिन ५४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    स्वतन्त्र मेयरको उम्मेदवारी दिएका उमेश यादवले शनिवार मात्र जनता समाजवादी पार्टी परित्याग गरेका थिए ।

    गौतम युवा अभियन्ताको रूपमा परिचित छन् ।

    सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट अरुणकुमार मण्डलले भने दूग्घ डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी जनमत पार्टीको महानगर अध्यक्ष पनि हुन् ।

    गत स्थानीय तह निर्वाचनमा विजयी भएका वडा नम्बर १० अध्यक्ष माधव वाग्लेले फेरि पनि उम्मेदवारी दिएका छन् ।

    विराटनगर महानगरको वडा नं ६ को वडा अध्यक्षमा सिटी रिक्सा चालक ध्रुव विश्वकर्माले पनि मनोनयन दर्ता गरेका छन् ।

    विराटनगरमा ८ वर्षदेखि सिटी सफारी चलाउँदै आएका ४८ वर्षीय विश्वकर्माले वन रक्षकका रूपमा लामो समय सरकारी सेवामा काम गरिसकेका छन् ।

    पाँच दलीय गठबन्धनले प्रदेश नं १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकाको मेयर पद नेपाली कांग्रेसको भागमा परेको छ भने उपमेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । कांग्रेसले मेयर र जसपाले उपमेयरको नाम टुङ्ग्याउन नसक्दा आइतबार गठबन्धनको तर्फबाट उम्मेदवारको मनोनयन दर्ता हुन सकेन ।

    एमालेले पनि मेयर र उपमेयरको नाम टुङ्ग्याउन सकेको छैन ।

  • कर्णालीका ७५ पालिकामा एमालेका उम्मेदवार टुंगिए (सूचीसहित)

    कर्णालीका ७५ पालिकामा एमालेका उम्मेदवार टुंगिए (सूचीसहित)

    सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका ७९ मध्ये ७५ पालिकाको उम्मेदवार चयन गरेको छ ।

    एमालेले दैलेखको आठबीस नगरपालिका, भैरवी गाउँपालिका, डोल्पाको ठूली भेरी र त्रिपुरा सुन्दरी नगरपालिका बाहेकका पालिकाको उम्मेदवार टुंगो लगाएको हो ।

    एमालेले हुम्लाका सात ओटा पालिकाको प्रमुख तथा अध्यक्ष टुंग्याएपनि उपाध्यक्षहरु भने टुंग्याएको छैन ।

    सूची

  • जुम्लाका आठै स्थानीय तहमा एमालेका उम्मेदवार तय (सूचीसहित)

    जुम्लाका आठै स्थानीय तहमा एमालेका उम्मेदवार तय (सूचीसहित)

    जुम्ला । नेकपा एमालेले जुम्ला जिल्लाका सबै स्थानीय तहका लागि उम्मेदवार आइतबार साँझ टुंगो लगाएको छ ।

    कर्णाली प्रदेश कमिटीले चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाका उम्मेदवार तय गरेको केन्द्रीय सदस्य मेनका पछाइले जानकारी दिएकी छन् ।

    यी हुन् जुम्लाका एमाले उम्मेदवार

    चन्दननाथ नगरपालिका

    १) मेयर – धर्मेन्द्र रोकाया
    २) उप मेयर – मेनका रेग्मी

    पातारासी

    १) अध्यक्ष – सुकराम रावत
    २) उपाध्यक्ष – खम्मेनी महतारा

    गोठिचौर

    १) अध्यक्ष – झुनमाया जैशी
    २) उपाध्यक्ष- प्रेम बुढा

    तातोपानी

    १) अध्यक्ष – सुरत बहादुर शाही
    २) उपाध्यक्ष – ज्वाला चौलागाई

    तिला

    १) अध्यक्ष – रेशम बहादुर शाही
    २) उपाध्यक्ष – जुनमाया बोहोरा

    हिमा

    १) अध्यक्ष – जयबहादुर खत्री
    २) उपाध्यक्ष – भागिरती शाही

    सिंजा

    १) अध्यक्ष – सुमन आचार्य
    २) उपाध्यक्ष – कल्पना बुढा

    कनकासुन्दरी

    १) अध्यक्ष – मानबहादुर रोकाया
    २) उपाध्यक्ष – देविसिता बुढा (रावत)

  • ओखलढुंगाकी अस्मिता बनिन् प्रदेश १ मा एमालेबाट कान्छी उम्मेदवार, उपाध्यक्षमा मनोनयन

    ओखलढुंगाकी अस्मिता बनिन् प्रदेश १ मा एमालेबाट कान्छी उम्मेदवार, उपाध्यक्षमा मनोनयन

    ओखलढुंगा । नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा आइतबार उम्मेदवारी दर्ता गराएकी अस्मिता थापा सो प्रदेशकै कान्छी उम्मेदवार बनेकी छन् ।

    २६ वर्षीया थापाले यसमस्थित निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित गएर उम्मेदवारी दर्ता गराएकी छन् । लिखुमा एमालेले अध्यक्षमा मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाएको हो । एमालेका प्रदेश सचिव चिन्तन पाठकले पार्टीबाट पालिका प्रमुख र उपप्रमुखमा निर्णय भएकामध्ये थापा सबैभन्दा कम उमेरकी उम्मेदवार रहेको बताए ।

    गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष शान्ता ढुंगेललगायत नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरिएको थियो । प्रदेशकै कान्छी उम्मेदवार थापाको प्रस्ताव हालका गाउँपालिका अध्यक्षकी पत्नी यक्षकुमारी पौडेल र समर्थक प्रदेश कमिटी सदस्य लोचन बस्नेत रहेका छन् । आइतबार पहिलो दिन लिखु गाउँपालिकामा एमाले र स्वतन्त्र उम्मेदवारको मात्र उम्मेदवारी मनोनयन परेको छ ।

    अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहेकी थापा एमालेको ओखलढुंगा जिल्ला कमिटी सदस्य हुन् । पछिल्लो समय विद्यार्थी राजनीतिसँगै गाउँमा सामाजिक तथा राजनीतिक गतिबिधिमा सक्रिय रहेकी थापालाई एमालेको गाउँपालिका कमिटीले उपाध्यक्ष सिफारिस गरेको थियो ।

    उम्मेदवारी दर्ता गरेपछि थापाले स्थानीय तहको पहिलो कार्यकाल नीतिगत संरचना निर्माणमा सफल भएको र अग्रज जनप्रतिनिधिले थालेका कामलाई पूर्णता दिँदै गाउँपालिकालाई कृषि र पर्यटनमैत्री बनाएर आत्मनिर्भरतातर्फ लैजान आफूहरुले पहल गर्ने बताइन् ।

    त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिरहेकी थापा गाउँपालिकाका विभिन्न वडामा कोभिड महामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने तथा पुर्वाधार विकासमा बजेट पार्न विभिन्न मन्त्रालय र विभागमा लबिङ गर्न सक्रिय थिइन् ।

    थापाले युवा महिला हुनुको नाताले समावेशी विकासको साथै महिलालाई गाउँपालिकाकै सहयोग र समन्वयमा उत्पादन तथा रोजगारीमा जोडेर आर्थिक रुपमा आत्मनिर्भर बनाउने विशेष योजना आफूसँग रहेको बताइन् ।

    उनले गाउँमा अझै पनि महिलामाथि हुने विभेद र आर्थिक परनिर्भरताको अन्त्यका लागि स्थानीय सरकारले विशेष कार्यक्रम तथा उद्यमशीलताका साथै रोजगारीका अवसरमा प्राथमिकता दिन सकिने बताएकी छन् । थप विषय प्रतिबद्धतापत्रमा समेटिने उनको भनाइ छ ।

  • कांग्रेसबाट निर्वाचित मेयर साह जसपा प्रवेश

    कांग्रेसबाट निर्वाचित मेयर साह जसपा प्रवेश

    जनकपुरधाम । नेपाली कांग्रेसबाट निर्वाचित सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरसल साह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

    यो पटक फेरि निर्वाचन लड्ने तयारी गरेका साह कांग्रेसबाट टिकट नपाउने भएपछि जसपा प्रवेश गरेका हुन् ।

    उनलाई जसपाका संघीय सांसद प्रमोद साह, मधेस प्रदेश सांसद अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीलगायतले साहलाई पार्टीमा स्वागत गरेका छन् ।

    जसपाबाट मेयरमा साह भोली मनोनयन दर्ता गराउने बुझिएको छ ।

  • दैलेखका नौ स्थानीय तहमा एमालेले टुंगो लगायो उम्मेदवार (सूचीसहित)

    दैलेखका नौ स्थानीय तहमा एमालेले टुंगो लगायो उम्मेदवार (सूचीसहित)

    सुर्खेत । नेकपा एमालेले दैलेखका नौ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । आठबीस नगर र भैरवी गाउँपालिकामा भने बाँकी रहेको छ । यी दुई पालिकाका उम्मेदवार चयनका लागि नामहरू केन्द्रमा पठाइएकाे छ ।

    दैलेखको नारायण नगरपालिका प्रमुखमा लोम शर्मा र उपप्रमुखमा तप्ताकुमारी थापालाई उम्मेदवार बनाएको छ । यस्तै दुल्लु नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही र उपप्रमुखमा रेणुका भट्टराईलाई उम्मेदवार बनाएको छ ।

    चामुण्डाबिन्द्रासैन नगरमा प्रमुख सूर्यबहादुर शाही उपप्रमुखमा नन्दा विष्ट, ठाँटिकाँध गाउँपालिकामा लक्ष्मीदेवी शाह र उपाध्यषमा देवीराम बडुवाललाई चयन गरिएको छ ।

    यस्तै महाबु गाउँपालिकामा हरिप्रसाद उपाध्याय र र उपाध्यक्षमा दूर्गाकुमारी सिंह, नौमुले गाउँपालिकामा शशिराम विक, उपाध्यक्षमा गीता चन्द, डुंगेश्वर गाउँपालिका अध्यक्षमा सुन्दर केसी र उपाध्यक्षमा कलावती न्यौपानेलाई चयन गरिएको छ ।

    त्यसैगरी गुराँस गाउँपालिका अध्यक्षमा टोपबहाुर बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का, भगवतीमाई गाउँपालिका अध्यक्षमा शान्तिप्रसाद शर्मा र उपाध्यक्षमा बशन्ता शाहीलाई चयन गरिएको छ ।

  • भूमिगतकालमा ओलीका विश्वास पात्र बाबुराम एमालेबाट बुटवलको मेयर उम्मेदवार

    भूमिगतकालमा ओलीका विश्वास पात्र बाबुराम एमालेबाट बुटवलको मेयर उम्मेदवार

    रुपन्देही । एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार हुन् बाबुराम भट्टराई । २०३२ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध बुटवलका भट्टराई अघिल्लो निर्वाचनमा पनि बुटवल मेयरको अन्तिम दौडमा रहेका थिए ।

    उनले १३ वर्षको हुँदादेखि नै राजनीतिमा चासो राखेका थिए । पार्टीका नेताहरु भूमिगतकालमा आफू बसेकै भाडाको घरमा आउनेजाने क्रम चल्दा राजनीतिमा लगाब बढेको उनी बताउँछन् । लामो समय व्यवसायमा रहेका उनी पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका छन् ।

    भूमिगतकालमा केपी ओलीले आवश्यक खर्च राख्न र औषधिमूलोका लागि बाबुराम भट्टराईलाई सम्झन्थे । अहिले उनै ओली पार्टी अध्यक्ष भएपछि बुटवल उपमहानगरको मेयरमा भट्टराईले टिकट पाएका छन् ।

    केही दिनअघि केपी ओली बुटवल आएका थिए । त्यसबेला पार्टी अध्यक्ष ओलीले त्यो दिन सम्झेका होलान् कि नाई भनेर आफूलाई कौतुहल लागेको भट्टराई बताउँछन् । तर ओली आफैले त्यो समयमा बाबुराम र उनको श्रीमतीलाई रकमसहितको झोला राख्न दिने तथा आवश्यक पर्दा थोरैथोरै मागेर लैजाने गरेको भूमिगतकालको सम्झना रहेको सुनाएका उनले बताए । त्यसबेला आफूहरु आश्चर्यमा परेको भट्टराईको भनाइ छ । ओलीको त्यो सम्झना नवीकरणले आफूले टिकट पाउने सम्भावना बढेको भट्टराईले केही दिन पहिले सुनाएका थिए ।

    २०४६ सालको जनआन्दोलनमा सक्रिय भट्टराई २०६२÷६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचेको रकम केही समयअघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो ।

    त्यस्तै उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए । पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । भट्टराई तत्कालीन लुम्बिनी अञ्चल अस्पताल (हालको लुम्बिनी प्रादेशिक अस्पताल) को समेत अध्यक्ष भइसकेका छन् ।

    अघिल्लो निर्वाचनमा एमालेबाट नगर प्रमुखमा विजयी शिवराज सुवेदीले उनलाई पहिलो बैठकदेखि नै योजना निर्माणमा सामेल गराउँदै आएका थिए । मेयर टिकट नपाएपछि सुवेदीलाई भट्टराईले साथ नदिने धेरैले अनुमान गरेका थिए । त्यसको विपरीत उनलाई सुवेदीले पहिलो बैठकमै सहभागी बनाएर चुनावमा भट्टराईले गरेको योगदान नबिर्सेको बताएका थिए ।

    गत निर्वाचनमा सुवेदीले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले पराजित गरेका थिए । बुटवलमा २०७४ सालको निर्वाचनयता १३ हजारभन्दा बढी मतदाता थपिएका छन् । थपिएका मतदाता निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ ।

    गठबन्धनको तर्फबाट बुटवलका मेयर उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डे र भट्टराई दुवै स्याङजाबाट बुटवल झरेका हुन् ।

    उपमेयर उम्मेदवार सावित्रा अर्याल

    बुटवल ३ निवासी सावित्रा अर्याल पार्टीकी केन्द्रीय सदस्य हुन् । पार्टी राजनीतिसँगै सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी अर्याल बुटवलमा सञ्चालित आमाहरुको विद्यालय साधन महिला विद्यालयका संस्थापक अध्यक्ष हुन् । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनी राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषितसमेत भइसकेकी छन् ।

    २०३६ सालबाट पार्टीमा आवद्ध उनीसँग नेकपाकालमा प्रदेश कमिटी सदस्य, अनेमसंघको केन्द्रीय सदस्यलगायतको जिम्मेवारी संगालेको अनुभव छ ।

    २०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन् । उनी २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत भएकी थिइन् । २०५४ सालमा वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

    २०६२/६३ को जनआन्दोलनमा घाइतेसमेत भएकी अर्याल बुटवल महिला जेसिजबाट ‘लेडी अफ द इयर २००८’ बाट सम्मानित भएकी थिइन् ।
    अर्याल शिक्षासँगै सञ्चार क्षेत्रमा पनि निरन्तर क्रियाशील छन् । बुटवलमा महिलाहरूमात्रैले स्थापना गरेको रेडियो मुक्तिकी पूर्वअध्यक्ष रहेकी उनी रेडियो मदनपोखरा, लुम्बिनी टेलिभिजन, जीवन आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षय कोषकी संस्थापक सदस्यसमेत हुन् ।

    पाँचदलीय गठबन्धनबाट बुटवलमा नगर प्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेदवार घोषणा भएको अवस्थामा अर्याल उपप्रमुखमा महिला उम्मेदवार हुने भएकी छन् । नेत्रप्रसाद आचार्य र दिलकुमारी आचार्यकी छोरी अर्याल पाल्पाको कुशुमखोलामा जन्मिएकी हुन् । विष्णुप्रसाद अर्यालसँग बिहे भएपछि बुटवलमा बस्दै आएकी उनका एक छोरा र एक छोरी छन् ।

  • भरतपुरको मेयरमा ७ जनाको उम्मेदवारी, स्वतन्त्रबाटै ४ उम्मेदवार

    भरतपुरको मेयरमा ७ जनाको उम्मेदवारी, स्वतन्त्रबाटै ४ उम्मेदवार

    चितवन । स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको पहिलो दिन भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन अधिकृतका अनुसार ७ जनाले प्रमुख र १ जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ र उन्नत लोकतन्त्र पार्टीका दीपेन्द्र बास्तोलाले भरतपुर महानगरको प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

    भरतपुरको प्रमुखमा ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरूमा रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यामुकान्त शर्मा कँडेल र रामकृष्ण ओझा रहेका छन् ।

    जनमुक्ति पार्टीकी मिना थापा मगरले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

    वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि सोमबारसम्म उम्मेदवारी दर्ताको कार्य तालिका रहेको छ ।