Category: स्थानीय निर्वाचन–२०७९

  • जनकपुरधाममा दलित महिला सदस्यमा कांग्रेसकी रिपुकुमारी निर्विरोध

    जनकपुरधाममा दलित महिला सदस्यमा कांग्रेसकी रिपुकुमारी निर्विरोध

    जनकपुरधाम । स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छन् ।

    जनकपुरधाम वडा नम्बर ५ मा उनले नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् । उक्त पदमा अन्य कसैले उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम उनी निर्विरोध निर्वाचित भए पनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

  • स्थापितलाई मतदाताको सुझाव– चुनाव जितेपछि पनि आउँदै गर्नुहोला

    स्थापितलाई मतदाताको सुझाव– चुनाव जितेपछि पनि आउँदै गर्नुहोला

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घरदैलोमा भेटिँदा मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले उम्मेदवारलाई विजयी भएपछि पनि घरदैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बीचमा रहन सुझाव दिए ।

    घरदैलो कार्यक्रमको सिलसिलामा काठमाडौँ महानगरपालिकामा  एमालेका मेयर–उपमेयरका उम्मेदवार वडाध्यक्ष र सदस्यसहित वडा–४ धुम्बाराही पुग्दा त्यहाँका मतदाता निकै उत्साहित देखिए । झण्डै २० वर्षअघि एमालेकै तर्फबाट काठमाडौंको मेयर चलाएका केशव स्थापित आफ्नाे घरदैलोमा पुग्दा धेरै मतदाताले उनीसँग काठमाडौंमा थप विकासको अपेक्षा गरेको बताए ।

    निर्भिक स्वभावकका स्थापित पूर्वकायममुकायम प्रधानन्यायशीध दीपकराज जोशीको निवासमा पुग्दा अवकाश जीवन बिताइरहेका जोशीले उनलाई न्यानो स्वागतमात्रै गरेनन्, जीतको शुभकामनासमेत दिए ।

    ‘केशव मेरो पुरानो साथी हो, मत माग्दै मेरो घरदैलोमा आइपुग्दा म खुसी छु’, उनले भने, ‘केशव विकासप्रेमी नेता हो । काठमाडौं थप समृद्ध बनाउन केशवलाई जीतको शुभकामना छ ।’

    जोशीले त्यसो भन्दै गर्दा स्थापितले पनि आफ्नै शैलीमा जोशीलाई अँगालोमा बाँधे र भने, ‘फोन गर्न भ्याएको थिइनँ, आज आफै आए ।’

    स्थापितले आफ्नै छेउमा उभिएकी उपमेयर उम्मेदवार सुनिता डंगोललाई देखाउँदै थपे, ‘एमालेले अनुभवी र युवा पुस्ताको मिश्रित टिम उठाएको छ । मसँग अनुभव छ, सुनितासँग युवा पुस्ताको साथ । काठमाडौं थप व्यवस्थित र आहा भन्ने बनाउने योबाहेक अर्को टिम छ त ?’

    हाउभाउसहितको स्थापितको अभिव्यक्तिपछि जोशीले आफ्नै पाराको मुस्कानसहित डंगोल र वडाका टीमलाई पनि शुभकामना भने । जोशीमात्रै होइन धुम्बाराहीको महालक्ष्मी टोलका मतदाता पनि उत्साहित बने । महालक्ष्मी टोल सुधार समितिका अध्यक्ष शिव बस्नेतले स्थापितसहितको टोली आफ्नो घरदैलोमा आइपुग्दा विकास पनि आफ्नै टोलमा आएको अनुभूति भएको प्रतिक्रिया दिए । उनले २० वर्ष पहिलाको स्थापितको विकासप्रतिको मोहको व्याख्या यसरी गरे, ‘पहिला पनि तपाईंको मेयरको कार्यकाल एक दिनमात्रै बाँकी हुँदा यहाँको बाटो खोलिदिनु भएको थियो । तपाईंबाट हामीले अझै पनि यस्ता विकासका कामको अपेक्षा गरेका छौं । तपाईंबाट विकास निर्माणको काम थप अघि बढ्नेमा आशावादी छौं ।’

    बस्नेत जस्ता युवाको अपेक्षालाई पूरा गर्ने बाचा गर्दै स्थापितसहितको टोलीले झण्डै तीन घण्टा घरदैलो गर्दा मतदाताले उनीलाई मिश्रित सुझाव दिए । धुम्वाराहीकै मतदाता प्रोफेसर दुर्वेस रेग्मीले निर्वाचन जितेपछि पनि जनतासँगको सहकार्यलाई बेवास्ता नगर्न सुझाव दिए । ‘विजयी भएपछि पनि तपाईंले यहाँको विकासका लागि अनुभवी र चाहिने व्यक्तिसँग सल्लाह लिन नबिर्सिनू’, उनले भने, ‘तपाईंसँग मेरो पुरानो चिनजान हो । विकासका लागि धेरै अपेक्षा गरेका छौं । विजयीको शुभकामना छ ।’

    धुम्बाराहीकै मतदाता प्राध्यापक विजय खरेलले स्थापित बहुप्रतिभाशाली व्यक्ति भएकै कारण अघिल्लो कार्यकाल सफल भएको स्मरण गराउँदै भने,  ‘उहाँले पहिलो कार्यकालमा बाटो निर्माणलगायतका सन्दर्भमा निकै राम्रो गर्नुभएको थियो । उहाँ काठमाडौं महानगरपालिकाका लागि चाहिने मेयर हो ।’

    घरदैलो कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालसहित धुम्बाराही पुगेका स्थापितले विकास भएको ठाउँमा भन्दा पनि विकास हुन बाँकी रहेको ठाउँमा घरदैलो गर्ने भन्दै आफ्नै पारामा भने, ‘केशव भनेको बिग्रेको ठाउँ बनाउने मान्छे हो । म घरदैलोमा मात्रै यहाँ आएको होइन । मेयर निर्वाचित भएपछि मैले कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ भनेर हेर्न आएको हुँ । मलाई विकास भएको होइन, विकास गर्न बाँकी ठाउँ देखाउनुस् ।’

    बाजागाजासहितको टोली मतदातासँग मत माग्दै हिँड्दा धेरैले स्थापित र डंगोलसँग सेल्फी खिचेका दृष्यहरु पनि देखियाे । कतिपय मतदाताले केशव स्थापितलाई नजिकबाट नदेखे पनि उनको विकासबारे प्रशस्तै सुनेको बताए । प्रज्वल खड्काले काठमाडौं महानगरपालिकाको वडा–४ मा अन्य वडाको तुलनामा विकास भएको भन्दै थप विकासका लागि विकासप्रेमी नेता नै आवश्यक हुने बताए ।

    ‘जितेर आउने जनप्रतिनिधिले बाटो, पानी, ढल जस्ता विषयमा बढी ध्यान दिनुपर्छ’, उनले भने, ‘अहिले घरदैलोमा आउने मत माग्ने अनि हामीले मत दिने भनेको उहाँहरुले विजयी भएपछि हामीलाई विकास दिने हो । हामी मत दिन्छौँ । उहाँहरुले विकास दिनुहोला भन्ने सुझाव छ ।’

    जनतासँग प्रत्यक्ष जोडिएको पार्टी भएकाले एमाले काठमाडौं महानगर कमिटीले दैनिक बिहान–बेलुका घरदैलो कार्यक्रम गर्ने महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए । ‘हामी मतदाताका बीचमा जान्छौं’, उनले भने, ‘जीत हाम्रो पक्षमा पार्छौं ।’

  • बर्दिबासमा चुनावी समीकरण फेरियो, कांग्रेसका बागीले एमालेलाई फाइदा

    बर्दिबासमा चुनावी समीकरण फेरियो, कांग्रेसका बागीले एमालेलाई फाइदा

    महोत्तरी । महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पार्टीकै नगरप्रमुख, उपप्रमुख छन् ।

    बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित बनेको छ । पार्टीभित्रैबाट राम्रो जनधार भएका नेताले बागी उम्मेदवार दिएपछि सोहीअनुसार तयारी गरेका दल नयाँ रणनीतिमा जुटेका थिए ।

    नगरको मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेपछि यी दल समस्यामा परेका थिए । तर, माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका रुद्र सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता लिए भने कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्रीले फिर्ता लिएनन् ।

    कांग्रेसभित्रै चिरञ्जीवी हमाल पार्टीको आधिकारिक उम्मेदवार र प्रल्हाद क्षेत्री बागी उम्मेदवार बनेपछि कांग्रेस कमजोर बनेको छ । बरु अब माओवादी र एमालेबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

    मगरले उम्मेदवार फिर्ता लिएको केही समय नबित्दै लोसपाले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीसँग गठबन्धन गर्ने निर्णय गरेको छ । यसैका लागि लोसपाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका चेतकुमार थापा र उपप्रमुखका लागि उम्मेदवारी दिएका रामगुनकुमारी महतोले फिर्ता गरेका छन् ।

    निर्वाचन आयोगवाट घोडा छाप पाएका क्षेत्रीले प्रचारप्रसार गर्ने र सम्भावना रहेका दलसँग गठबन्धन प्रक्रियालाई अगाडि बढाएका छन् ।

    अघिल्लो निर्वाचनमा पनि क्षेत्री नै उम्मेदवार बनेका थिए । झण्डै ११ सय मतले उनी माओवादी केन्द्रसँग पराजित बनेका थिए ।

    प्रदेशको चुनावमा पनि क्षेत्री पराजित उम्मेदवार बनेका थिए । प्रदेशमा एमालेबाट सारदादेवी थापाले जित हासिल गरेकी थिइन् ।

    जिल्लामा ७२० पदका लागि ४२ सयभन्दा बढी प्रतिस्पर्धामा छन् ।

  • निर्वाचनबारे टिकटकमा ५० लाख भ्यूज पुर्‍याए ५० हजार पुरस्कार

    निर्वाचनबारे टिकटकमा ५० लाख भ्यूज पुर्‍याए ५० हजार पुरस्कार

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्यूज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।

    ३० लाख भ्यूज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्यूज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।

    टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।

    आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।

    यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने जनाएको थियो ।

  • रेनुले मेयरबाट राजीनामा दिनुअघि महानगरको लाखौं रकम व्यक्तिलाई बाँडिन् (माइन्यूटसहित)

    रेनुले मेयरबाट राजीनामा दिनुअघि महानगरको लाखौं रकम व्यक्तिलाई बाँडिन् (माइन्यूटसहित)

    भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदबाट रेनु दाहालले राजीनामा दिएर फेरि उम्मेदवार बन्नुअघि महानगरबाट विभिन्न व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरिएको पाइएको छ ।

    चैत १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँड्ने निर्णय भएको हो ।

    महानगरको नगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ । उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ ।

    २१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ । २१ जनाको विवरणमध्ये भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ।

    त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । ३० हजार रुपैयाँ रकम पाएका केदारमान आङ्दम्बेको रोग उल्लेख गरिएको छैन ।

    त्यसैगरी भरतपुर महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ । जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।

    बैठकको निर्णय नम्बर १८ मा उल्लेख गरिएको रकम वितरण विवरणमा वडास्तरीय वार्षिक बजेटबाट विनियोजन भएको विपन्न परिवारलाई सहयोग शीर्षकमा वडाबाट नै सिफारिस भएअनुसार बाँड्ने उल्लेख गरिएको छ ।

     

  • रुपन्देही राप्रपाका क्षेत्रीय अध्यक्ष खानसहित ६० जना एमालेमा प्रवेश

    रुपन्देही राप्रपाका क्षेत्रीय अध्यक्ष खानसहित ६० जना एमालेमा प्रवेश

    रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाका मुस्लिम अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खान एमालेमा प्रवेश गरेका छन् । पञ्चायतकालमा बर्सौली प्रधानपञ्च स्व.काशिम खानका छोरा उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिइ ५ सय ८० मात्र मतले पराजित भएका थिए ।

    उनको नेतृत्वमा मोहम्मद मुस्ताफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाई, समिम खान लगायत करिब ६० जनाको संख्यामा पार्टी प्रवेश गरेको पार्टीको गाउँपालिकाका सचिव लाला लोधले बताए ।

    मायादेवी गाउँपालिका वडानम्बर ५ निवासी खानसहितको टीमलाई पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित जिल्ला अध्यक्ष तेजेन्द्र केसी तथा केन्द्रीय नेताहरुले स्वागत गरेका हुन् ।

    मुस्लिम समुदायको हक अधिकारको लागि अन्य पार्टीको तुलनामा एमालेको भूमिका महत्वपूर्ण रहेकाले आफुले नेकपा एमाले रोजेको रियाजुद्धिन खानले बताए ।

    एमाले सचिव छविलाल विश्वकर्माले मायादेवी गाउँपालिकामा खानको पार्टी प्रवेशले एमाले थप बलियो भएको बताए । तराईमा एमालेको जनलहरले सबैतिर उत्साह आएको उनको भनाइ थियो ।

    गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लाला लोधले यसअघि यहाँको स्थानीय सरकारले सम्झनलायक एउटा पनि काम नगरेको बताउँदै आफुले निर्वाचन जिते जनताले अनुभव पाउनेगरी काम गर्ने दावी गरे ।

    यसअघि एमाले अध्यक्ष केपी ओली आफै रुपन्देहीको लुम्बिनीमा आएर ठूलो संख्यामा एमाले प्रवेश गराएका थिए भने एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा प्रवेश गराएका थिए ।

  • कुन जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)

    कुन जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)

    काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।

    आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो ।

    आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन ।

    यस्तै, विराटनगर, वीरगन्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

    ६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ ।

    अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

    नमूना मतपत्रका लागि यहाँ क्लिक गर्नुस्

  • सल्यान : वनगाडमा उपमेयरको उम्मेदवार एमालेले बोलायो फिर्ता, कांग्रेसका बागीलाई समर्थन

    सल्यान : वनगाडमा उपमेयरको उम्मेदवार एमालेले बोलायो फिर्ता, कांग्रेसका बागीलाई समर्थन

    सुर्खेत । नेकपा एमालेले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयरको उम्मेदवार फिर्ता बोलाएर कांग्रेसका बागीलाई समर्थन गरेको छ ।

    एमालेबाट उपमेयरमा चम्फा पुरीको मनोनयन दर्ता भए पनि एमालेले उनलाई फिर्ता बोलाएको हो । एमालेले नेपाली कांग्रेस परित्याग गरी बागी उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।

    पार्टीको यो निर्णयप्रति उपमेयर उम्मेदवार पुरीले भने असन्तुष्टि जनाएकी छन् । उनले एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह र नगरप्रमुखका उम्मेदवार गोविन्द बहादुर पुनले आफ्नो उम्मेदवारी खोसेको आरोप लगाइन् ।

    उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘१२ गते मेरो उम्मेदवारी दर्ता भई, छानबिन समेतको प्रक्रिया भइसकेका सन्दर्भमा मेरो सहमति बिनै विनोद शाहको निर्देशनमा अलोकतान्त्रिक स्वेच्छाचारी र अराजनीतिक तरिकाले मेरो उम्मेदवारी मेयर पदका उम्मेदवार गोविन्दकुमार पुनद्वारा फिर्ता लिइएको छ । यो कदमप्रति मेरो गम्भीर असहमति रहेको जानकारी गराउँदै एमाले सल्यानका अध्यक्ष र नगरप्रमुख पदका उम्मेदवार पुनलाई कारबाही गर्न माग गर्दछु ।’

  • स्थानीय चुनावमा २० लाख स्वयंसेवक परिचालन गर्ने एमालेको तयारी

    स्थानीय चुनावमा २० लाख स्वयंसेवक परिचालन गर्ने एमालेको तयारी

    काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा देशभर २० लाख स्वयंसेवक परिचालन गर्ने भएको छ ।

    एमालेका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता शनिवार बसेको बैठकले चुनावमा स्वयंसेवक परिचालनको निर्णय गरेको हो ।

    स्वयंसेवक परिचालनका लागि युवा संघ, अनेरास्ववियु, जि फन्ट, खेलकुद महासंघ, भूपू सैनिक संघ र युथफोर्सका कार्यकर्ता खटिनेछन् ।

    ‘वान बुथ हन्ड्रेड यूथ’को परिकल्पना अनुसार २० लाख स्वयंसेवक दस्ता खडा गर्ने निर्णय भएको युवा संघका नेता क्षितिज थेबेले बताए ।

  • जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार साहले पाए ‘घण्टाघर’ चुनाव चिन्ह

    जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार साहले पाए ‘घण्टाघर’ चुनाव चिन्ह

    जनकपुरधाम । नेपाली कांग्रेसबाट विद्रोह गरी जनकपुरधामको मेयरमा बागी उम्मेदवार बनेका मनोज साहले चुनाव चिन्ह ‘घण्टाघर’ पाएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले आज स्वतन्त्र मेयरका उम्मेदवार साहलाई ‘घण्टाघर ‘चुनाव चिन्ह प्रदान गरेको हो ।

    साहलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसका नेताहरू दबाब दिएका थिए । तर उनले उम्मेदवारी फिर्ता नलिई प्रतिस्पर्धामा उत्रेका छन् ।

    सत्ता गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) र उपमेयर नेपाली कांग्रेस लिएका छन् । जसपाबाट मेयरमा निवर्तमान मेयर लाल किशोर साह उम्मेदवार छन् ।

    यस्तै स्वतन्त्र मेयरका उम्मेदवारद्वय जानकीराम साहले लालटिन र बलराम महतो आँप चुनाव चिन्ह पाएका छन् ।

    साह जनकपुरधाम उपमहानगरपालिका ७ का निवर्तमान वडा अध्यक्ष छन् । लोसपाबाट मेयरको टिकट पाउने सम्भावना नदेखेपछि उनी एमालेमा प्रवेश गरेका थिए । तर एमालेले शिवशंकर साहुहिराुलाई उम्मेदवार बनाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

    महतो भने निर्माण व्यवसायी हुन् । रमन कन्स्ट्रक्सन प्रालिका मालिक रहेका महतोले कन्स्ट्रक्सन छोरालाई हस्तान्तरण गरेर नगरवासीको सेवा गर्न उम्मेदवार बनेको बत्ताउँछन् ।

  • भरतपुरका बागी पौडेलले भने- सानो रुख भुइँकटहर लिएर आयौं, चारतारे झण्डा खोस्न पाउँदैनन्

    भरतपुरका बागी पौडेलले भने- सानो रुख भुइँकटहर लिएर आयौं, चारतारे झण्डा खोस्न पाउँदैनन्

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसबाट निष्कासित नेता जगन्नाथ पौडेलले आफूहरु परम्परागत रुख चिन्हको साटो सानो रुख लिएर जनताबीच मत माग्न जाने बताएका छन् ।

    निर्वाचन कार्यालयबाट भुइँकटहर चुनाव चिन्ह पाएपछि वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेर चुनावी अभियान सुरु गरेका पूर्व सांसद पौडेलले २९ वटै वडामा ब्रिगेड खडा गरेर घरदैलो अभियान चलाउन कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

    पौडेलले भने–रुखको साटो सानो रुख भुइँकटहर लिएर जनतामा जाने हो। चारतारे झण्डा हाम्रो कसैले खोस्न सक्दैन। रसिलो र सबै रोगको औषधी पनि हो भुइँकटहर । अब जनताको घर घरमा यसलाई लिएर जानुपर्छ ।

    पौडेलसँगै ८४ वर्षीय बयोबृद्ध नेता कृष्णलाल सापकोटासहित चितवनका कांग्रेस नेता कार्यकर्ता चुनावी अभियानमा सहभागी थिए । सहभागीले कांग्रेसको चारतारे झण्डा नै प्रयोग गरेका छन् ।

  • हुम्लाकी रंगमती शाही बनिन् यो चुनावको पहिलो निर्विरोध महिला वडाध्यक्ष

    हुम्लाकी रंगमती शाही बनिन् यो चुनावको पहिलो निर्विरोध महिला वडाध्यक्ष

    हुम्ला । हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । उनी जिल्लाबाटै पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी हुन् ।

    अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएको खार्पुनाथ गाउँपालिका निर्वाचन अधिकृत कमल कुमार आचार्यले बताए । उनका अनुसार दुुई जनाले शनिबार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन् ।

    निर्वाचन कार्यतालिका अनुसार सबै पक्रिया पूरा भएपछि आज शाहीलाई निर्विरोध वडाअध्यक्ष घोषणा गरिएको हो । शाही नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी थिईन् ।

    खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए ।

    माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो भने एमालेका उम्मेदवारले आफै फिर्ता लिएका थिए ।

  • भीम रावलको गृहजिल्लामा एमाले र नेकपा एसको तालमेल, साँफेमा माओवादी सूर्य चिन्हबाट लड्दै

    भीम रावलको गृहजिल्लामा एमाले र नेकपा एसको तालमेल, साँफेमा माओवादी सूर्य चिन्हबाट लड्दै

    कैलाली । पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले अछाममा एमालेसँग तालमेल गरेको छ।

    एमाले नेता भीम रावलकै गृह जिल्लामा एमाले र एकीकृत समाजवादीबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल भएको हो । अछामको मेल्लेख गाउँपालिकामा दुई दलबीच तालमेल भएको एमाले नेता कृष्ण प्रसाद जैशीले जानकारी दिए ।

    दुई पार्टीबीच भएको सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएका छन् । एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महरा उपाध्यक्ष उठेका छन् ।

    उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रवार दुई पार्टीबिच सहमति भएको हो ।

    सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

    उनका अनुसार वडा स्तरमा पनि तालमेलको सहमति भएको छ । सात वडाको नेतृत्व एमालेले गर्ने र एक वडामा समाजवादीलाई दिने सहमति भएको थियो । तर, एमालेले एउटा वडा पनि छोड्न नचाहेपछि त्यहाँ मित्रवत् प्रतिस्पर्धाको सम्भावना बढेको जैसी बताउँछन् ।

    साँफेबगरमा माओवादी एमालेको तालमेल

    अछामकै साँफेबगर नगरपालिकामा पनि एमाले र माओवादीको तालमेल भएको छ । त्यहाँ माओवादीका उम्मेदवारहरू सूर्य चुनाव चिन्हबाटै लड्ने गरी सहमति गरेका हुन् ।

    पशुपति कुँवरलाई एमाले प्रमुखको उम्मेदवार बनाइको छ भने माओवादीको तर्फबाट रणबहादुर थापाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । उनीहरू दुवै सूर्य चुनाव चिन्हमा लड्ने गरी सहमति भएको एमाले नेता जैशीले बताए । साँफेबगरमा माओवादीले वडासम्मै सूर्यबाट लड्ने गरी तालमेल भएको छ ।

  • ४९ जिल्लामा पुग्यो मतपत्र

    ४९ जिल्लामा पुग्यो मतपत्र

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ ।

    कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

    काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

    निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।

  • देशभरीका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान (भिडिओ)

    देशभरीका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

    शुक्रवार साँझ प्रकाशित अन्तिम नामावलीअनुसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको उनको भनाई छ ।

    राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिएको छ ।

    यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ भने स्वतन्त्र उम्मेदवारका लागि भ्यागुतो, गुलाबको फूल, भूइँकटहरदेखि खसीको टाउको लौरी जस्ता निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

    निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी परेकोमा ८ हजार उम्मेदवारले नाम फिर्ता लिएको पनि आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

    ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ ।

  • कांग्रेस धनुषा पूर्व सह-सचिव यादव लोसपामा प्रवेश

    कांग्रेस धनुषा पूर्व सह-सचिव यादव लोसपामा प्रवेश

    जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको पूर्व जिल्ला सह-सचिव नरेश यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

    नेता यादवलाई आज लोसपा कार्यकारिणी सदस्य एवं पूर्व मन्त्री उमाशंकर अरगरियाले पार्टीमा प्रवेश गराएका हुन् । यादवसँगै कांग्रेसका दर्जनौँ नेता लोसपामा प्रवेश गरेका छन् ।

    सत्ता गठबन्धनले गरेको भागबन्डामा जनकपुरधाम जसपाको भागमा परेपछि नेपाली कांग्रेसका धेरै नेता विद्रोह गरेका छन् ।

    जनकपुरधाम नगर सभापतिबाट राजीनामा दिएर मनोज साह स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

  • उदयपुरका ६ स्थानीय तहमा पुरानै अनुहार चुनावी मैदानमा

    उदयपुरका ६ स्थानीय तहमा पुरानै अनुहार चुनावी मैदानमा

    काठमाडौं । नेपाली राजनीतिमा सत्ता मोह केन्द्रदेखि स्थानीय तह सम्म देखिएको छ । एकपटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्ति केन्द्रीय सरकारमा हुँदै गर्दा यही रोग उदयपुरका स्थानीय तहमामा देखिएको छ ।

    अघिल्लो कार्यकालमा राम्रो काम गर्ने मात्र होइनन्, पटक–पटक विभिन्न काममा विवादित भएका जनप्रतिनिधिसम्म यस पटकको स्थानीय तह निर्वाचनमा जिल्लाका ८ स्थानीय तहमध्ये ६ स्थानीय तहका प्रमुख तथा अध्यक्ष र एकजना उपप्रमुख तथा उपाध्यक्षले सोही पदमा चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

    सत्ता मोह छर्लङ्ग उदाहरण जिल्लाको चौदण्डी गढी नगरपालिकामा प्रस्ट देखिएको छ । यस नगरपालिकामा त प्रमुख र उपप्रमुख दुवैले त्यही पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन् ।

    चौदण्डी गढी नगरपालिकाका प्रमुखमा खगेन्द्र राई र रिता कुमारी चौधरी गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए र यो पटक पनि सोही पदमा मैदानमा उत्रेका हुन् ।

    नेकपा एमालेबाट त्रियुगा नगरपालिकाको प्रमुखमा निर्वाचित बलदेव चौधरी यो पटक पनि नगरप्रमुखमा लड्दै छन् ।

    नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष समेत रहेका उनी फूले थालेका दीर्घकालीन योजनाहरू पूरा गर्न नपाएकाले तिनलाई पूरा गर्न पुनः नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा आएको बताउँछन् ।

    यस्तै गरी जिल्लाको व्यापारिक केन्द्रका रूपमा परिचित कटारी नगरपालिकामा प्रमुखको लागि पुनः ज्ञानेन्द्र श्रेष्ठ दोहोरिएका छन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित उनी यो पटक पनि एमालेबाट नै चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । कटारी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख भिमकुमारी राउतले नगर प्रमुखमा बागी उम्मेदवारी दिएकी छन् ।

    यता बेलका नगरपालिकामा नेकपा एमालेले पुनः दुर्गा कुमार थापालाई टिकट दिएको छ । उनी उदयपुरमा राम्रा नराम्रा काम गरेर बेलाबेलामा चर्चामा आई रहने स्थानीय तहका प्रमुख मध्ये एक हुन् ।

    उनीविरुद्ध उपमेयर रामकुमारी चौधरीले नै भ्रष्टाचारीको आरोप लगाएपछि बेलकाबासी आन्दोलितसमेत भएका थिए ।

    उदयपुर गढी गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर क्याप्छाकी मगर ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    पार्टी विभाजन पछि उनी एकीकृत समाजवादीमा रहेका छन् । मगरले यो पटक पनि सोही पदमा उम्मेदवारी दिएका छन् । उनी तीन दलीय गठबन्धनबाट अध्यक्षमा उम्मेदवार बनेका हुन् ।

    यस्तै लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षमा मेजर कुमार राई पुनः दोहोरिएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट ०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    लिम्चुङबुङ गाउँपालिकामा निवर्तमान उपाध्यक्ष रमिला राईले पनि गाउँपालिकाको उपाध्यक्षमा पुनः उम्मेदवार दिएका छन् । उनी ०७४ मा नेपाली कांग्रेसबाट विजयी भएकी थिइन् । तर यो पटक भने उनलाई पार्टीले टिकट दिएर लडेकी हैनन् । गाउँपालिकामा गठबन्धनमा नेपाली कांग्रेसका पुष्प राई उम्मेदवार रहेका छन् ।

    पार्टीले अर्को उम्मेदवार बनाएको भए पनि उनी गठबन्धनका विरुद्ध गाउँपालिका उपाध्यक्षमा लड्न लागेकी हुन् ।

    उनीहरू आफूले गरेका राम्रा काममा गति लिन र यसअघि गर्न नसकेका कामलाई पूर्णता दिन पुनः सोही पद दोहोर्‍याएको दाबी गर्दै मतदाताहरूलाई आफ्नो पक्षमा पार्ने कसरतमा रहेका छन् ।

  • बनेपाको मेयर बन्न अधिकृतको जागिर छाडेका गिरीले पाए ‘पुतली’ चुनाव चिह्न

    बनेपाको मेयर बन्न अधिकृतको जागिर छाडेका गिरीले पाए ‘पुतली’ चुनाव चिह्न

    काठमाडौं ।  मेयरको उम्मेदवार बन्न अधिकृतबाट राजीनामा दिएका कञ्चनराज गिरीले पुतली चुनाव चिह्न पाएका छन् ।

    उनी बनेपा नगरमा मेयरको स्वतन्त्र उम्मेदवार हुन् ।

    निर्वाचन आयोगले शनिवार चुनाव चिह्न दिएको हो ।

    गिरीले बनेपाको मेयर बन्न काली गण्डकी ‘ए’को प्रशासन प्रमुखबाट राजीनामा दिएका थिए ।

    उनले २२ औँ पटकमा लोकसेवामा नाम निकालेका थिए । जागिर खाएको ५ महिना पनि नबित्दै गिरीले राजीनामा दिएका थिए ।

  • माओवादी केन्द्रका प्रदेश इन्चार्ज भट्टको हस्ताक्षर निर्वाचन प्रयोजनमा अब ‘नचल्ने’

    माओवादी केन्द्रका प्रदेश इन्चार्ज भट्टको हस्ताक्षर निर्वाचन प्रयोजनमा अब ‘नचल्ने’

    काठमाडौं । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टको हस्ताक्षर अब निर्वाचन प्रयोजनमा ‘नचल्ने’ भएको छ । ‘जथाभाबी’ निर्णय गर्न थालेपछि उनको अधिकार केन्द्रले खोसेको पार्टी स्रोतले जनाएको छ ।

    अब प्रदेश समितिका अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर नै आधिकारिक हुने भनेर पार्टी केन्द्रले निर्वाचन अधिकृतको कार्यालयहरूलाई पत्राचार गरिसकेको छ । सो कुरालाई केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि पुष्टि गरे ।

    भट्टले मुख्य गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा प्रदेश समितिलाई हस्तक्षेप गरेर मेयरको टिकट दिएपछि विवाद बढेको हो ।

    नगर कमिटीबाट पहिलो नम्बरमा सिफारिस भएर आएका लोकबहादुर ऐरलाई जिल्ला कमिटीले पनि सदर गरेर पठाउँदा प्रदेश समितिले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    तर भट्टले हस्तक्षेप गरेर नवराज ऐरलाई उम्मेदवार बनाउनुपर्ने अडान राखे । सोहीअनुसार आफै पहल गरेर नवराजलाई उम्मेदवार बनाई छाडे । जसमा उनले आफ्नो हस्ताक्षरको अधिकार प्रयोग गरेका थिए ।

    त्यसपछि असन्तुष्ट बनेका लोकबहादुरले पनि उम्मेदवारी दर्ता गरे ।

    यसरी माओवादी केन्द्रबाटै २ जना उम्मेदवार भएपछि प्रदेश इन्चार्ज भट्टले निर्वाचन अधिकृतको कार्यालयबाट नवराजलाई आधिकारिक उम्मेदवार घोषणा गराइछाडे ।

    यही विवादका कारण माओवादी केन्द्रको केन्द्रीय कार्यालयबाट लोकबहादुरको उम्मेदवारी फिर्ता लिन लगाएर भट्टसँग हस्ताक्षरको अधिकार छिनेको स्रोतले बतायो ।

  • पोखरा महानगरपालिकामा मेयरका बागी उम्मेदवारलाई लालटिन चिह्न

    पोखरा महानगरपालिकामा मेयरका बागी उम्मेदवारलाई लालटिन चिह्न

    पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिइएको छ ।

    कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    उनलाई उम्मेदवारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।

    गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेदवारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रवार नै उम्मेदवारी फिर्ता लिएका छन् ।

    यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेदवारहरुलाई लौरो चिन्ह दिइएको छ ।

    मेयरदेखि वडाध्यक्षसम्मका उम्मेदवारले अव लौरोबाट भोट माग्न पाउनेछन् ।

    पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्पर्धा छ ।

  • महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौँ

    महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौँ

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।

    देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीति दल भएको हो ।

    ३० वैशाखमा हुने निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रूपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

    यसै गरी, निर्वाचन आयोगका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र )ले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ ।

    माओवादी केन्द्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ ।

    राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा प्रमुखका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

    सोही पार्टीले गाउँपालिका अध्यक्षमा ४२ जना महिलालाई स्थान दिएको छ । राप्रपा महिला उम्मेदवार बढी बनाउनेमा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ ।

    उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एस०ले १ सय २८ जना प्रमुखमा उम्मेदवारी दिँदा २३ जना महिलालाई उम्मेदवार बनाएको छ ।

    १ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ ।

    नेकपा (एस) ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।

    सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।

    महिलालाई उम्मेदवार बनाउने दलमा कांग्रेस चौथौँ स्थानमा सीमित हुन पुगेको छ ।

    कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।

    मधेस केन्द्रित दल महिलाप्रति अनुदार

    उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन् ।

    माओवादी केन्द्र झैँ निरन्तर समावेशी र समानुपातिक प्रतिनिधित्वको माग राख्दै आन्दोलनरत राजनीतिक दल जसपा र लोसपा नेपाल पनि महिला उम्मेदवार छनौटमा अनुदार देखिएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

    जसपाले १ सय ४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा १५ जना महिलालाई मात्र उम्मेदवार बनाउने छ ।

    १ सय ८० जनालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउँदा महिला भने १० जना मात्रै उम्मेदवार बनेका छन् ।

    ठाकुर नेतृत्वको लोसपा नेपालले ८९ जना प्रमुखका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र प्रमुखमा उम्मेदवार बन्न अवसर पाएका छन् ।

    प्रमुखका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन् भने ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिन सफल भएका छन् ।

  • एमालेसँग तालमेल गरेका कांग्रेसको जोशी समूहका मेयरले पाए कैँची चुनाव चिन्ह

    एमालेसँग तालमेल गरेका कांग्रेसको जोशी समूहका मेयरले पाए कैँची चुनाव चिन्ह

    दमौली । नेकपा एमालेसँग चुनावी तालमेल गरेर ब्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका कांग्रेस नेता दीपकराज जोशीले कैँची चुनाव चिन्ह पाएका छन् ।

    कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले एमालेसँग गठबन्धन गरेका छन् ।

    कांग्रेस संस्थापन पक्षले उम्मेदवार बन्ने प्रक्रियाबाट समेत वञ्चित गर्न खोजेपछि गोविन्द जोशी समूहले तनहुँको ब्यास लगायतका स्थानीय तहमा एमालेसँग गठबन्धन गरेको छ ।

    ब्यासमा एमालेबाट वसुन्धरा घर्ती उपमेयर छन् । अब ब्यासमा एमालेले मेयरमा कैँची चिन्हमा मतदान गर्नेछन् भने जोशी समूहका कांग्रेसले उपमेयरमा सूर्य चिन्हमा मतदान गर्नेछन् ।

  • वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि स्थानीय तह निर्वाचन स्थगित

    वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि स्थानीय तह निर्वाचन स्थगित

    रुपन्देही । कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि स्थानीय तह निर्वाचन स्थगित भएको छ ।

    गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उनी नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवार रहेका थिए ।

  • सुर्खेतका पाँच स्थानीय तहमा कांग्रेस-माओवादीबीच तालमेल, चारमा सिंगल भिडन्त

    सुर्खेतका पाँच स्थानीय तहमा कांग्रेस-माओवादीबीच तालमेल, चारमा सिंगल भिडन्त

    सुर्खेत । सुर्खेतका नौ वटै स्थानीय तहमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुने भएको छ भने गठबन्धनबाट नेकपा एस आउट भएको छ । दुई पक्षबीच तीव्र विवाद भएको कांग्रेस निर्वाचनमा पराजय हुने स्थितिमा पुगेपछि माओवादीसँग तालमेल गर्न सहमत भएको हो ।

    शुक्रबार केन्द्रीय गठबन्धनको निर्देशनपछि दुई दलको बैठक बसेको थियो । बैठकमा माओवादीले एक पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाउने गरी सहमति भएको छ ।

    माओवादीले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको उपमेयर, बराहताल र सिम्ताको उपाध्यक्ष पाउने सहमति भएको छ भने चौकुने गाउँपालिकाको अध्यक्ष पाउनेछ ।

    नेपाली कांग्रेसले वीरेन्द्रनगर, भेरीगंगा, बराहताल, सिम्तामा प्रमुख पाउने भएको छ भने चौकुने गाउँपालिकामा उपाध्यक्ष पाउने भएको छ ।

    तर चार ओटा पालिकामा भने दुवै दलका उम्मेदवार कायमै रहेका छन् । जिल्लामा भएको सहमति अनुसार बराहताल गाउँपालिकामा नेकपा माओवादीका अध्यक्षका उम्मेदवार ईश्वरभक्त सुनारले मनोनयन फिर्ता गरेका छैनन् ।

    गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका, चिङ्गाड गाउँपालिका र पञ्चपुरी नगरपालिकामा प्रमुख र उपप्रमुखमा दुवै दलका उम्मेदवारहरु कायमै रहेका छन् ।

    माओवादी सुर्खेत इन्चार्ज झकबहादुर मल्लका अनुसार नेकपा एसलाई लेकबेशी नगरपालिकाको उपप्रमुख दिने दुई दलबीच सहमति भएको छ । तर नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालले भने दुई दलबीच के भयो भन्ने कुनै जानकारी नभएको बताए ।

    नेपाली कांग्रेस सुर्खेतका सहसचिव हरि विष्टले चिंगाड, गुर्भाकोट र पञ्चपुरीमा कांग्रेसले एक्लै चुनाव जित्नसक्ने भएका कारण गठबनधन नभएको दाबी गरे ।

    गठबन्धन भएका पालिकाका यी हुन् उम्मेदवार

    वीरेन्द्रनगर

    प्रमुख: उपेन्द्र खड्का (कांग्रेस)
    उपप्रमुखः शान्ति ढकाल (माओवादी)

    चौकुने गाउँपालिका

    अध्यक्षः खडक विक (माओवादी)
    उपाध्यक्षः नरबहादुर वान्तोला (कांग्रेस)

    सिम्ता गाउँपालिका

    अध्यक्षः वीरेन्द्र बहादुर रावत (कांग्रेस)
    उपाध्यक्षः चित्रबहादुर हमाल (माओवादी)

    बराहताल गाउँपालिका

    अध्यक्ष: भीम भण्डारी (कांग्रेस)
    उपाध्यक्षः भुमिसरा टमटा (माओवादी)

    भेरिगंगा नगरपालिका

    प्रमुख: रामबहादुर सिंह (कांग्रेस)
    उपप्रमुखः नन्दबहादुर कार्की (माओवादी)

  • रामेछापमा कांग्रेस र एससँग माओवादीको ‘डबल रोल’-कांग्रेस बन्यो उम्मेदवारविहीन

    रामेछापमा कांग्रेस र एससँग माओवादीको ‘डबल रोल’-कांग्रेस बन्यो उम्मेदवारविहीन

    काठमाडौं । रामेछापमा नेकपा माओवादी केन्द्रको ‘द्वैध चरित्र’ले कांग्रेसलाई गम्भीर धोका भएको छ । सुरूमा नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी केन्द्रले ‘उम्मेदवारी फिर्ता’ लिने समयमा नाटकीयरूपमा कांग्रेससँग सहमति गरेको थियो ।

    सोही सहमति अनुसार कांग्रेसले आफूले छाड्नुपर्ने ठाउँमा उम्मेदवारी फिर्ता लिँदा माओवादी केन्द्रले फिर्ता लिएन । उल्टै पूर्वसहमतिअनुसार नेकपा एसतिरै फर्किएको छ । जसले कांग्रेसलाई ‘गम्भीर धोका’ भएको कांग्रेस नेताहरूले बताएका छन् ।

    मनोनयन दर्ताअघि जिल्लाका ८ वटा स्थानीय तहहरूमा कांग्रेस एक्लैले उम्मेदवारी दिएको थियो । सत्तारूढ गठबन्धनमा सहमति नजुटेपछि कांग्रेसले एक्लै उम्मेदवारी दर्तागर्दा माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका थिए ।

    जसमा मन्थली र रामेछाप नगरपालिकासहित सुनपाती, दोरम्बा शैलुङ र उमाकुण्ड गाउँपालिका गरी पाँच पालिकाको नेतृत्व माओवादी केन्द्रले लिने र लिखु तामाकोसी, गोकुलगंगा र खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नेकपा एसले उम्मेदवारी दिने सहमति भएको थियो । सोही अनुसार दुबै दलले उम्मेदवारी दर्ता गराएका थिए ।

    त्यसपछि माओवादीको हिस्सामा परेको दोरम्बा शैलुङ गाउँपालिका नेकपा एसको मात्रै सहयोगमा जित्ने अवस्था नदेखेपछि कांग्रेससँग पनि तालमेल गर्ने निष्कर्शमा माओवादी केन्द्र पुगेको थियो । जहाँ माओवादी केन्द्रका जिल्ला संयोजक मैनकुमार मोक्तान उम्मेदवार छन् ।

    २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले नै जितेको यो पालिकामा पछिल्लो समय माओवादीका प्रभावशाली नेता कार्यकर्ता एमालेतिर लागेका छन् । यसकारण यहाँ माओवादी केन्द्रले आफूलाई असुरक्षित ठानेर कांग्रेससँग सहमति गर्न खोजेको थियो ।

    कांग्रेससँग भएको सहमतीअनुसार दोरम्बा शैलुङको अध्यक्षमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्ने र उपाध्यक्षमा माओवादी केन्द्रले उपाध्यक्षमा कांग्रेसकी खमला थापालाई सहयोग गर्नुपर्ने थियो ।

    यस्तै बदलामा माओवादी केन्द्रले कांग्रेसलाई नेतृत्वमा खाँडादेवी गाउँपालिकामा सघाउनुपर्न सहमति भएको थियो । जहाँ अध्यक्षमा कांग्रेसका उम्मेदवार नवराज थोकर उम्मेदवार छन् । यहाँ माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार इन्द्रबहादुर लामालाई कांग्रेसले सहयोग गर्ने सहमति भएको थियो । यसअघि माओवादी केन्द्र र नेकपा एसबीचको सहमतिमा यहाँको अध्यक्षमा माओवादीले नेकपा एसका श्यामकृष्ण श्रेष्ठलाई सघाउनुपर्ने थियो ।

    यसपछि माओवादी केन्द्र र कांग्रेसको सहमतीअनुसार कांग्रेसका दोरम्बा शैलुङमा अध्यक्षका उम्मेदवार मानबहादुर तामाङ र खाँडादेवीमा उपाध्यक्षकी उम्मेदवार चण्डिका उप्रेतीले उम्मेदवारी फिर्ता लिए ।

    सहमतिअनुसार दोरम्बा शैलुङमा माओवादी केन्द्रकी उपाध्यक्ष पदकी उम्मेवार देउकुमारी थापामगरले उम्मेदवारी फिर्ता लिनुपर्ने थियो । तर उनले लिएकी छैनन् ।यसरी माओवादी केन्द्रले कांग्रेसलाई धोका दिएको छ ।

    धोकाको अर्को सिलसिला यत्तिमैं रोकिएन, माओवादी केन्द्र खाँडादेवी गाउँपालिकामा नेकपा एससँगकै पूर्व सहमतिमा फर्किएको छ । आज एक लिखित सहमति गरेर सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एसका उम्मेदवार श्यामकृष्ण श्रेष्ठलाई नै समर्थन गर्ने लिखित सहमति गरेको छ ।

    यसरी रामेछापमा माओवादी केन्द्रले कांग्रेस र नेकपा एसबिचमा फरक ‘रोल–प्ले’ गरेर द्वैध चरित्र प्रदर्शन गरेको छ भने, आफ्नो अध्यक्ष उम्मेदवार रहेको ठाउँमा रणनीतिक तवरले कांग्रेसको उम्मेदवारी फिर्ता लिन लगाएर धोका दिएको छ ।

  • स्थापितविरुद्ध ‘ओरेक प्रोजेक्ट’को विज्ञप्ति, के भन्छ निर्वाचन आयोग ?

    स्थापितविरुद्ध ‘ओरेक प्रोजेक्ट’को विज्ञप्ति, के भन्छ निर्वाचन आयोग ?

    काठमाडौं । महिला पुनःस्थापना केन्द्र (ओरेक) नामको गैरसरकारी संस्थाले आफ्नो सञ्जालमा आबद्ध देशभरका ३५ वटा संस्थाहरुको नामबाट शनिबार वक्तव्य जारी गर्दै काठमाडौं महानगरपालिकाको मेयरका एमाले उम्मेदवार केशव स्थापितको उम्मेदवारी रद्द गरिनुपर्ने माग गरेका छन् ।

    ओरेकअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजनाको नाम राखेर जारी भएको वक्तव्यमा स्थापितविरुद्ध विभिन्न आरोप लगाउँदै उनलाई पार्टीले तुरुन्त कारबाही गरी उम्मेदवारी रद्द गर्नुपर्ने माग गरिएको छ । वक्तव्यमा परियोजना र संस्थाको नाम भए पनि कुनै व्यक्तिको हस्ताक्षर छैन ।

    ओरेककी संस्थापक डा. रेनु अधिकारीसँग यसबारेमा जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहिनन् । एमालेका महानगर कमिटी अध्यक्ष निर्मल देउवाले निर्वाचन आचारसंहिता गैरसरकारी संस्थाहरुलाई पनि लाग्ने भन्दै आचारसंहिताविपरित विपक्षी पार्टीको पक्षबाट एमाले उम्मेदवारविरुद्ध वक्तव्य जारी गर्नेहरुमाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइने बताएका छन् ।

    ओरेक र त्यसमा आबद्ध परियोजनाले स्थापितमाथि पार्टी कारबाही र उम्मेदवारी रद्द गरिनुपर्ने माग गरेको छ । पार्टी कारवाही एमालेले गर्ने हो तर एमालेले सत्तागठबन्धनको योजना अनुसार स्थापितमाथि झुटा आरोप लगाइएको भनेर उल्टै यी गैरसरकारी संस्था (एनजिओ)विरुद्ध आयोजमा उजुरी गर्ने भनिसकेको छ ।

    रह्यो कुरा उम्मेदवारी रद्द गर्ने । केशव स्थापितको उम्मेदवार शुक्रबार निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरिसकेको छ । स्थापितको उम्मेदवारी रद्द गर्ने माग गर्दै जारी भएको विज्ञप्तिबारे नेपाल प्रेसले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग सोध्दा उनले एनजिओहरुले आफैंले खारेजीको घोषणा गर्न सक्ने तर कानूनबमोजिम नहुने बताए ।

    ओरेक परियोजनाको विज्ञप्ति र त्यसमा गरिएको मागबारे प्रमुख आयुक्त थपलियाको भनाइ यस्तो छ–

    कसले के विज्ञप्ति निकाले आयोगलाई चासो हुने कुरा होइन तर निर्वाचन आचारसंहिता सरकारी मात्र होइन, गैरसरकारी संस्थाहरुलाई पनि लाग्छ । पत्रकारलाई पनि लाग्छ र हरेक नागरिकलाई लाग्छ । कुनै उम्मेदवारविरुद्ध वक्तव्यबाजी गर्ने, चरित्रहत्या गर्ने र अप्रमाणित कुरालाई लिएर उम्मेदवार रद्द गर भन्ने कुरा आचारसंहिताविपरित हो ।

    उम्मेदवारी सदर वा बदर निर्वाचन कानूनबमोजिम हुन्छ । यदि कसैलाई कानूनविपरीत उम्मेदवारी सदर भएको भन्ने लाग्छ भने उजुरी दिनुपर्छ र एक साताभित्र आयोगले निर्णय गर्छ । अथवा कोही अदालत जान सक्छ । कसैले केही आरोप लगायो, बाटो हिँड्दा हाइ भन्यो अथवा कसलाई के बोल्यो ? भन्ने आधारमा उम्मदेवार बन्न अयोग्य भनेर कानूनले भन्दैन ।

    निर्वाचन आयोग ऐनको दफा ९ अनुसार कसैलाई आपत्ति भए कानूनी प्रक्रिया छन् तर कुनै पनि उम्मेदवारविरुद्ध वक्तव्यबाजी गर्नु आचारसंहिताविपरीत हो । यदि पीडित पक्षले उजुरबाजुर गरेमा आयोगले त्यसमाथि छानबिन गर्छ ।

  • धनगढीमा गोपी हमालको चुनाव चिन्ह्र ‘आँप’

    धनगढीमा गोपी हमालको चुनाव चिन्ह्र ‘आँप’

    धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई चुनाव चिन्ह ‘आँप’ दिइएको छ ।

    शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो ।

    २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका उनी मेयर पदमा निर्वाचित नेपाली कांग्रेसका नृपबहादुर वडसँग निकटतम् प्रतिस्पर्धी रहेका थिए । उतिबेला हमालको चुनाव चिन्ह ‘मकैको घोगा’ थियो ।

  • काठमाडौं महानगरका  स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह्र : बालेनले पाए ‘लाैराे’

    काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह्र : बालेनले पाए ‘लाैराे’

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले ‘लाैराे’ चुनाव चिन्ह पाएका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लाैराे’ प्रदान गरेको हो।स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।

    यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय यर्थाथबादी पार्टीबाट उम्मेदवारी दिएका आनन्दराज जोशीले खसीको टाउको चुनाव चिन्ह्र पाएका छन्  ।

    महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अमोत महर्जनले पुतली, दिपक सिलवालले रिक्सा, निमकान्त पाण्डेले  घण्टाघर, सुमन सायमीले आखीझयाल चुनाव चिन्ह्र पाए । मेयरमा उम्मेदवारी पाएकी ज्ञानु लामाले लालटिन चिन्ह्र पाएकी छन् ।

  • भरतपुर कांग्रेसका बागी उम्मेदवार पौडेलकाे चुनाव चिह्न ‘भुइँकटहर’

    भरतपुर कांग्रेसका बागी उम्मेदवार पौडेलकाे चुनाव चिह्न ‘भुइँकटहर’

    चितवन । नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो ।

    कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् ।

    मेयरका स्वतन्त्र उमेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैँची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्धव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन् ।

    दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् । गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।

  • मिथिलामा बदलियो चुनावी समीकरण, माओवादी र जसपाबीच भयो तालमेल

    मिथिलामा बदलियो चुनावी समीकरण, माओवादी र जसपाबीच भयो तालमेल

    जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा चुनावी समीकरण बदलिएको छ । अन्तिम समयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले तालमेल गरेपछि चुनावी समीकरण बदलिएको हो ।

    गत निर्वाचनमा नेकपा एमालेका हरिनारायण महतोले मिथिला नगरपालिको मेयरमा जितेका थिए । एमालेले योपटक राजाराम महतोलाई मेयरको उम्मेदवार बनाएको छ । टिकट नपाएपछि रुष्ट बनेर बागी उम्मेदवार बनेका निवर्तमान मेयर हरिनारायणले शुक्रवार उम्मेदवारी फिर्ता लिए ।

    हरिनारायणले उम्मेदवारी फिर्ता लिने सुइको पाएलगत्तै नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरुले तालमेलको प्रयास गरे । तर कांग्रेससंग कुरा नमिलेपछि माओवादी र जसपाबीच तालमेल गरेको बुझिएको छ ।

    माओवादीले मेयर र जसपाले उपमेयर लिएर तालमेल गरेका छन् । मिथिला नगरपालिकामा ११ वडा छन् । जसमध्ये माओवादीले ६ वटा र जसपाले ५ वटा वडा पाएका छन् ।

    सहमतिअनुसार शुक्रबार जसपाबाट मेयरका उम्मेदवार चन्देश्वर महतो र माओवादीकी उपमेयरका उम्मेदवार विमला अधिकारीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

    अब माओवादीका मेयर उम्मेदवार रामकुमार महतो र जसपाकी उपमेयर उम्मेदवार मनुमाया मोक्तानले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने छन् ।

    एमालेबाट राजाराम महतो र कांग्रेसबाट महिन्द्र महतोले मेयरका प्रतिस्पर्धा गर्नेछन् । गत निर्वाचनमा राजाराम कांग्रेसका बागी उम्मेदवार थिए । निर्वाचनपछि उनी एमालेमा प्रवेश गरे र अहिले एमालेबाट टिकट पाउन सफल भए ।

    यो नगरपालिकामा एमाले र कांग्रेस अब्बल छन् । त्यसैले माओवादी र जसपा तालमेल गरेर प्रतिस्पर्धामा उत्रेका छन् । अब गठबन्धन, कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।

  • वाणगंगाको वडाध्यक्षमा भाइविरुद्ध दाइ बागी उम्मेदवार, एमालेलाई चुनौती

    वाणगंगाको वडाध्यक्षमा भाइविरुद्ध दाइ बागी उम्मेदवार, एमालेलाई चुनौती

    रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकामा सहोदर भाइका विरुद्ध दाइले एउटै पार्टीबाट प्यानलसहित बागी उम्मेदारी दिएर चर्चामा आएका छन् ।

    नेकपा एमालेबाहेक सबै दल एकातिर हुँदा पनि सजिलै जित्नसक्ने एकल बहुमत रहेको कपिलवस्तुको वाणगंगा नगरपालिका– ७ एमालेका उम्मेदवार भाइविरुद्ध दाइ बागी उठेपछि मतदाता आश्चर्यमा परेका छन् ।

    लामो समयदेखि पार्टीमा काम गरेका दाइ नेत्र गिरी र भाइ विष्णु गिरी एकले अर्कोलाई कुनै हालतमा छोड्न तयार नभएपछि पार्टीलाइ विवाद मिलाउन संकट परेको छ । पार्टीको आधिकारिक उम्मेदारमा भाइ विष्णु गिरीले टिकट पाएका छन् भने स्थानीय बहुसंख्यक कार्यकर्ताको साथमा दाइ नेत्र गिरी प्यानलसहित चुनावी मैदानमा पुगेका छन् । पार्टीबाट टिकट नपाएपछि दाइ नेत्र गिरीले स्वतन्त्र समूह बनाएर टिम दर्ता गरेका हुन् ।

    विष्णुले २०७४ सालको चुनावमा पनि वडाध्यक्ष जितेका हुन् । त्यतिबेला नेत्र वडाध्यक्षका दाबेदार थिए ।

    पार्टीको आधिकारिक उम्मेदवारी पाएका विष्णु पनि एमाले नेताको साथमा मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । २०४३ सालमै जनपक्षीय उम्मेदवार बनेका नेत्र गिरी एमाले कपिलवस्तुका पुराना नेता हुन् । २०५४ सालको साविक मोतिपुर गाविस अध्यक्ष निर्वाचित भएर उनले काम गरेका थिए ।

    लामो समय शिक्षण पेशापछि एमालेको राजनीति आएका विष्णु ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष भएका हुन् । जिल्ला समन्वय समितिको प्रमुख बन्ने गरी नेत्र वडा सदस्य बनेपनि समन्वय समितिको प्रमुखमा चुनाव लडेर पराजित भएका थिए ।

    नेत्रले वडामा आफूसहित पाँचै जनाको टिम बनाएका छन् । जसपाको छाता चुनाव चिह्न लिएर लडेका नेत्रलाई वाणगंगाका अन्य चार दलीय गठबन्धनले सघाउने घोषणा गरेका छन् । वडा नं. ७ मा दुई दाजुभाईसंगै कांग्रेसका कुमार खड्काको मुख्य प्रतिष्पर्धा छ । एमालेले भने पार्टी निर्णय विपरीत गएका नेत्र गिरीलाई कारबाही गर्ने तयारी गरेको छ ।

    एमालेका स्थानीय कार्यकर्ता पुस्कर आचार्यले दुई गिरी भाइको लडाइँले एमालेको बहुमत रहेको वडा पार्टीले गुमाउने अवस्था आएको बताउँछन् ।

    स्थानीय तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य वसन्तराज खनालले गिरी दाजुभाइको लडाइँले दुवैलाई र एमालेलाई घाटा हुने बताए ।

  • देउवाप्रति बागी उम्मेदवारको आक्रोश

    देउवाप्रति बागी उम्मेदवारको आक्रोश

    काठमाडौं । नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरूले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र विपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् ।

    यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी कांग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’

    देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए । तर, उनी फकिएनन् । बागी उम्मेदवारी फिर्ता लिएनन् । नलिएपछि उनलाई शुक्रबार नै कांग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।

    देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन्– विमल कार्की । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उनले देउवाले कांग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन् ।

    उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन् ।

    सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए । अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

    शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो । धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन् ।

  • चन्द्रागिरिमा एक प्रमुख र दुई उपप्रमुखसहित ३३ उम्मेदवारको मनोनयन फिर्ता

    चन्द्रागिरिमा एक प्रमुख र दुई उपप्रमुखसहित ३३ उम्मेदवारको मनोनयन फिर्ता

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौं प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।

    चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिइन् । उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)बाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रुपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ रहेकी छन् ।

    यस्तै, बाँकी ३० वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत थपलियाले जानकारी दिइन्। चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो । अब चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जना प्रतिस्पर्धामा छन्। काठमाडौं जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् ।

  • अन्तरघातको असर: यसरी गुम्यो जसपा नेता यादवको गाउँपालिका अध्यक्षको टिकट

    अन्तरघातको असर: यसरी गुम्यो जसपा नेता यादवको गाउँपालिका अध्यक्षको टिकट

    जनकपुरधाम । पार्टीभित्रकै अन्तरघातका कारण जनता समाजवादी पार्टी (जसपा) नेता दिपेश यादव गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न पाएनन् । पार्टी क्षेत्रीय अध्यक्ष प्रयाग यादवको छलकपटका कारण दिपेश सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षको उम्मेदवार हुनबाट बञ्चित भएका हुन् ।

    अध्यक्षको टिकटका लागि जसपा गाउँ कमिटीबाट दिपेश, प्रयाग र हरिदेव चौधरीको नाम सिफारिस भएको थियो । पार्टीले दिपेशलाई टिकट दिने निर्णय गर्यो । मनोनयन दर्ताको अन्तिम दिन वैशाख १२ मा उनको हातमा वडा सदस्यदेखि अध्यक्षसम्मको २७ वटा टिकट पनि पुग्यो ।
    तर उनले विश्वास गरेर वडा नम्बर ५ का लागि चार वटा सदस्य र वडा अध्यक्षको सादा (नाम नभरेको) टिकट क्षेत्रीय अध्यक्ष प्रयासलाई हस्तान्तरण गरे । प्रयागले भने वडा अध्यक्ष र तीनवटा वडा सदस्यका उम्मेदवारलाई मात्र टिकट बाँडे । दलित सदस्यको टिकटमा भने प्रयासले आफ्नो नाम भरेर अध्यक्षमा उम्मेदवारी दर्ता गराए ।

    निर्वाचन अधिकृतको कार्यालय खुलेलगत्तै प्रयागले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । उनी तामझामसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगे । तर निर्वाचन अधिकृतले जसपाबाट अध्यक्षमा अर्कैको उम्मेदवारी दर्ता भइसकेको बताएपछि उनी तीनछक परे ।

    दिपेश भन्छन्, ‘मैले विश्वास गरेर प्रयाग जीलाई सादा टिकट दिएको थिएँ । तर उहाँले विश्वासघात गर्नुभयो ।’ दलित वडा सदस्यका उम्मेदवारलाई टिकट नदिएर प्रयागले अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ ।

    क्षेत्रीय अध्यक्ष प्रयाग चलाखीपूर्ण तरिकाले पार्टीको निर्णयविपरीत अध्यक्षको उम्मेदवार बनेपछि दिपेश काठमाडौं पुगेका थिए । तर त्यहाँ पुगेर पनि उनी न्याय पाउन सकेनन् । पार्टीका केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले वरिष्ठ नेता अशोक राईबाट हस्ताक्षर गराएर प्रयागकै उम्मेदवारीलाई सदर गरेको दिपेश बताउँछन् ।

    स्रोतका अनुसार दिपेश र प्रकाश अधिकारीबीच पार्टीमा लामो समयदेखि आन्तरिक मनमुटाव छ ।

    स्रोतका अनुसार वरिष्ठ नेता राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको विषयमा छानबिन गर्ने र दोषी ठहरिए प्रकाश अधिकारीमाथि कारबाही गर्ने आश्वासन दिपेशलाई दिएका छन् । दिपेश भन्छन्, ‘ममाथि अन्याय त भयो नै । पार्टीका लागि पनि अन्तर्घात भएको छ । यो विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ ।’

    दिपेश जसपा मधेस प्रदेश सदस्य र समाजवादी विद्यार्थी यूनियनको मधेस प्रदेश अध्यक्ष हुन् ।

  • कहाँ-कहाँ भयो केन्द्रीय गठबन्धनभन्दा फरक दलबीच चुनावी तालमेल ?

    कहाँ-कहाँ भयो केन्द्रीय गठबन्धनभन्दा फरक दलबीच चुनावी तालमेल ?

    काठमाडौं । वैशाख १६ गते शुक्रबार बसेको पाँचदलीय बैठकले गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय सबै जिल्लाहरुमा निर्देशन गरेको थियो । तर स्थानीय पार्टी तथा कार्यकताको चाहनाअनुसार देशका विभिन्न स्थानमा केन्द्रीय गठबन्धनको निर्देशन अवज्ञा भएको छ ।

    बाजुराको बुढीनन्दा, प्युठानको झिमरुक, सिन्धुपाल्चोकको सुनकोशीलगायत केही पालिकामा एमाले–माओवादीबीच चुनावी तालमेल भएको छ । त्यस्तै झापाको कचनाकबल र रोल्पाको माडीमा एमाले–कांग्रेसबीच तालमेल हुने भएको छ ।

    केन्द्रको निर्देशनलाई नमान्दै स्थानीय पार्टी कमिटीले सन्धुपाल्चोकको मेलम्चीमा कांग्रेस–राप्रपा तालमेल गरेका छन् । झापाको दमकमा गठबन्धन र राप्रपाले तालमेल कायमै राखेका छन् ।

    त्यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालकामा एमाले र जसपाबीच गठबन्धन कायम रहेको छ । नुवाकोटको किस्पागं गाँउपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ भने सल्यानको कुमाखमा एमाले–काङ्ग्रेसको गठबन्धन बनेको छ ।