Category: स्थानीय निर्वाचन–२०७९

  • भोजपुर एमालेले भन्यो- चुनावी लहड मात्र होइन, विकास र समृद्धिको स्पष्ट खाका ल्याएका छौं

    भोजपुर एमालेले भन्यो- चुनावी लहड मात्र होइन, विकास र समृद्धिको स्पष्ट खाका ल्याएका छौं

    भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै त्यसका अभियन्ता आफ्ना स्थानीय तहका जनप्रतिनिधि हुने प्रतिबद्धता जनाएको छ ।

    जिल्ला अध्यक्ष शरणकुमार राईले एक अपिल जारी गर्दै एमाले ‘समृद्ध भोजपुर : सुखी भोजपुरे’ को संकल्पसहित स्थानीय चुनावको अभियानमा होमिएको उल्लेख गरेका छन् ।

    ‘भोजपुर र भोजपुरेहरूको गौरवमय इतिहासको विरासतमा उभिएर हाम्रो सुदूर भविष्यलाई सुन्दर बनाउने अभिभारा हाम्रै काँधमा छ । राजनीतिक परिवर्तन अर्थात् व्यवस्था बदल्नका निम्ति नेकपा (एमाले) भोजपुरका नेताहरूले निर्वाह गरेको भूमिका असाध्यै गौरवमय छ’, अपिलमा राईले भनेका छन्, ‘हाम्रासामु प्रश्न छ, ‘परिर्वतनको नेतृत्व गर्ने नेकपा (एमाले) भोजपुरले विकास र समृद्धिको नेतृत्व गर्न सक्छ त ?’ हाम्रो सहज उत्तर छ, ‘अब भोजपुरको विकास र समृद्धिको नेतृत्व पनि नेकपा (एमाले) ले नै गर्नेछ ।’ हामीले यो चुनावी नारा वा लहडको भरमा भनिरहेका छैनौं । यसका निम्ति हामीसँग स्पष्ट योजना र मार्गचित्र छ ।’

    एमालेले अपिलमा सबै पालिका र जिल्लास्तरका गौरवका योजना बनाएर आफ्ना उम्मेदवारलाई अघि सारिएकाले जनाएको छ ।

    अपिलमा भनिएको छ, ‘भोजपुरमा गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत, समतामूलक र समृद्ध भोजपुर निर्माण गर्न चाहन्छौं ।’

    एमाले र गठबन्धनबीचको यो चुनाव नियमित निर्वाचन मात्रै नभएर ‘मुलुकलाई समाजवादी बाटोमा लैजाने कि नवउदारवादी बाटोमा लैजाने ? दक्षिणपन्थी अवसरवादीले जित्ने कि देशभक्त क्रान्तिकारीहरूले जित्ने ? त्यसका निम्ति जनमतसंग्रह’ पनि भएको एमालेले उल्लेख गरेको छ ।

    अपिलको पूर्णपाठ

    आदरणीय भोजपुरवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू ।
    अभिवादन !
    स्थानीय तह निर्वाचन २०७९ को पूर्वसन्ध्यामा नेकपा (एमाले) भोजपुर हार्दिक अभिवादन व्यक्त गर्दछ । यो ऐतिहासिक क्षणमा राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना एवं समाजवादी ध्येयका आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने आदरणीय अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, महान् सहिदहरू, आन्दोलनका अग्रजहरू, आन्दोलन र संघर्षका योद्धाहरू एवं आमजनसमुदायको सपना, अपेक्षा र आकांक्षा पूरा गर्ने दृढसंकल्प नेकपा (एमाले) भोजपुरको तर्फबाट गर्दछु ।
    नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र नेपाली हित रक्षाको नेतृत्व जनताको प्रिय पार्टी नेकपा (एमाले) ले गर्दै आएको छ । जनअधिकार र देशभक्तिको पर्याय बनेको नेकपा (एमाले) ले देशभक्तिपूर्ण आन्दोलनसँगै सामाजिक–आर्थिक रूपान्तरणको नेतृत्व गर्दै आएको छ । यहाँहरूलाई थाहा छ, ‘राजनीतिक क्रान्ति र आर्थिक क्रान्तिको नेतृत्वकर्ता हाम्रो पार्टीविरुद्ध परिर्वतन विरोधी, समृद्धि विरोधी, दक्षिणपन्थी अवसरवादीहरूले चौतर्फी घेराबन्दीको असफल प्रयास गरेका छन् ।’ जनताको प्रिय पार्टी नेकपा (एमाले) लाई कमजोर बनाएर ‘समृद्ध नेपाल : सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुन नदिने षडयन्त्रमा सत्ता स्वार्थका निम्ति बनेको ५ दलीय गठबन्धन लागिपरेको छ । यही अवस्थामा आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ ।
    यहाँहरूलाई थाहा छ, अधिकारसम्पन्न स्थानीय सरकार नेकपा (एमाले) को निरन्तरको संघर्ष र अडानको प्रतिफल हो । जनताको घर–आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने हाम्रो पार्टीको दृढ मान्यता रहिआएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५४ हाम्रो पार्टीको अवधारणा हो । समावेशी प्रतिनिधित्व र विकास निर्माण एवं साधन–स्रोतमा जनताको स्वामित्वले मात्रै लोकतन्त्रलाई सुदृढ गर्न सक्ने विश्वासका साथ हाम्रो पार्टीले ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम अगाडि सारेको थियो । यसपालि ‘सुशासन, समृद्धि र समाजवादको आधार : पालिका–पालिकामा एमालेको सरकार’ लाई मूल नारा बनाएर हाम्रा उम्मेदवार तपाईंहरूका घरदैलोमा आइरहनुभएको छ । तपाईंहरूले मनले स्वागत गरिरहनु भएको छ ।
    हामीलाई थाहा छ, नेकपा (एमाले) मात्रै होइन, तपार्इंहरूका घरआँगनमा अन्य विभिन्न राजनीतिक दलका उम्मेदवार पनि मत माग्न आइरहेका छन् । आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । तर, यो निर्वाचन पूर्वसन्ध्यामा हामी बढो स्पष्ट हुनुपर्छ, अब हाम्रोसामु मात्रै दुइटा बाटा छन् । पहिलो, समाजवादी बाटो हो, जुन नेकपा (एमाले) ले हिँडेको बाटो हो । एमालेको बाटो हो । हाम्रो बाटो त्यो बाटो हो, ‘हामी पुँजीवादविरुद्ध लड्दै राष्ट्रिय पुँजीको विकास गरेर समाजवादको आधार निर्माण गर्न चाहन्छौं ।’ हाम्रो उज्यालो त्यो हो, ‘जहाँबाट हामी ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्दै वर्तमान र भावी पुस्ताका लागि समृद्ध, सबल र विकसित भोजपुर एवं न्यायपूर्ण र समतामूलक समाज हस्तान्तरण गर्न चाहन्छौं ।’ हाम्रो बाटो त्यो हो, ‘त्यो बाटोबाट हामी भोजपुरमा गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत, समतामूलक र समृद्ध भोजपुर निर्माण गर्न चाहन्छौं ।’
    दोस्रो, नवउदारवादी बाटो । जसको नेतृत्व नेपाली कांग्रेसले गर्छ । कांग्रेसको बाटो त्यो हो, जुन बाटोमार्फत कांग्रेस उसका सहयोगी गठबन्धन दलहरू उदारवादी अर्थव्यवस्थाबाट नेपाललाई साम्राज्यवादीको बजार बनाउँदै मुलुकलाई परनिर्भरतामा धकेल्न चाहन्छ । राज्य नागरिकका सबै प्रकारको उत्तरदायित्वबाट भागेर मुठ्ठीभरका दलाल पुँजीपतिहरूको सेवा गर्न चाहन्छ । आफ्नो स्वार्थका निम्ति राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय स्वाभिमान विदेशीको पाउमा बुझाउन चाहन्छ । सम्पूर्ण रूपले हामीलाई परनिर्भरतामा धकेलेर सुन्दर मुलुक नेपाललाई विदेशीको क्रिडास्थल बनाउन चाहन्छ ।
    यो निर्वाचन केवल नियमित निर्वाचन मात्रै होइन । मुलुकलाई समाजवादी बाटोमा लैजाने कि नवउदारवादी बाटोमा लैजाने ? दक्षिणपन्थी अवसरवादीले जित्ने कि देशभक्त क्रान्तिकारीहरूले जित्ने ? त्यसका निम्ति जनमतसंग्रह पनि हो । हाम्रासामु प्रश्न छ, ‘स्वाधीनताले जित्ने कि पराधिनताले ? हामीलाई गहिरो विश्वास र भरोसा छ, ‘समृद्ध नेपाल : सुखी नेपाली’ को हाम्रो साझा सपना र संकल्पको पक्षमा नेपाली जनता उभिनेछन् । यो चुनाव विकास र समृद्धिले जित्नेछ । राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानले जित्नेछ । अर्थात्, नेकपा (एमाले) ले जित्नेछ ।
    आदरणीय भोजपुरे दिदीबहिनी तथा दाजुभाइहरू !
    हामीलाई थाहा छ, ‘भोजपुर र भोजपुरेहरूको इतिहास गौरवमय छ ।’ यो गौरवमय इतिहासको विरासतमा उभिएर हाम्रो सुदूर भविष्यलाई सुन्दर बनाउने अभिभारा हाम्रै काँधमा छ । राजनीतिक परिवर्तन अर्थात् व्यवस्था बदल्नका निम्ति नेकपा (एमाले) भोजपुरका नेताहरूले निर्वाह गरेको भूमिका असाध्यै गौरवमय छ । हाम्रासामु प्रश्न छ, ‘परिर्वतनको नेतृत्व गर्ने नेकपा (एमाले) भोजपुरले विकास र समृद्धिको नेतृत्व गर्न सक्छ त ?’ हाम्रो सहज उत्तर छ, ‘अब भोजपुरको विकास र समृद्धिको नेतृत्व पनि नेकपा (एमाले) ले नै गर्नेछ ।’ हामीले यो चुनावी नारा वा लहडको भरमा भनिरहेका छैनौं । यसका निम्ति हामीसँग स्पष्ट योजना र मार्गचित्र छ ।
    यहाँहरूलाई थाहा छ, क्रान्तिको सन्दर्भमा पढिरहुँ लाग्ने इतिहास निर्माण गरेका भोजपुरेहरूलाई समृद्धिको सन्दर्भमा हेरिरहुँ लाग्ने बनाउनुपर्ने अभिभारा छ । यही युगीन अभिभारालाई केन्द्रमा राखेर नेकपा (एमाले) भोजपुरको प्रस्ताव, पहलकदमी र अगुवाइमा ‘भोजपुरको विकास र समृद्धिको रणनीति गुरुयोजना–२०७९’ निर्माण भएको छ । विकास र समृद्धिको हिसाबले भोजपुर कहाँ आइपुग्यो ? अबको समृद्धिको हाम्रो दिशा कस्तो हुनेछ ? तिनका चरणहरू के–के हुनेछन् ? कति समयमा कुन–कुन क्षेत्रको विकास हुनेछ ? समृद्धिको हाम्रो मानक के हो ? कस्ता हुनेछन् ? यी तमाम प्रश्नको एकमुष्ट उत्तरको रूपमा नेकपा (एमाले) भोजपुरले ‘भोजपुरको विकास र समृद्धिको रणनीति गुरुयोजना–२०७९’ तयार पारेको हो । तसर्थ, भोजपुरको विकास र समृद्धिको प्रश्नमा नेकपा (एमाले) अबको निर्विकल्प शक्ति र नेतृत्वकर्ता हो ।
    माथि सिलिछो चुचुरोदेखि पर टेम्केसम्म, माथि इरखुवादेखि, पिखुवा र तल अरुणको गढतिरसम्मका जनतालाई कसरी सुखी र खुसी बनाउने ? नेकपा (एमाले) भोजपुरसँग स्पष्ट खाका र मार्गचित्र छ । हाम्रो भोजपुरको छाती भएर बगी जाने इरखुवा, पिखुवा, चिर्खुवा, ककुवा, छिन्तालु, अखुवा, वुवा, जुके, सिक्देल, कावा, नेवासुखे, सिसुवाहरूले भोजपुरे जनताको जीवनमा कसरी उज्यालो ल्याउन सक्छन् ? त्यो हामीलाई थाहा छ । भोजपुरलाई छोएर बग्ने अरुण र दूधकोसीलाई हाम्रो समृद्धिको आधार कसरी बनाउन सकिन्छ ? त्यसको पहदकदमी हामी लिन सक्छौं । साल्पा पोखरी, पाँचकन्या पोखरी, हाँस पोखरी, भविष्यवक्ता पोखरी र च्यांग्रे पोखरी, साउनेडाँडा पोखरीलाई कसरी जनताको समृद्धिसँग जोड्न सकिन्छ ? यसको योजना हामीसँग छ ।
    भोजपुर बजार, दिङ्ला बजार, घोरेटार, दाँवा बजार, कुलुङ बजार, च्यांग्रे बजार, तिवारी भन्ज्याङ, चौकीडाँडा बजार, बालुवानी बेंसी, फेदी, मानेडाँडा, चम्पे बजार, पाल्पाले बजार, प्याउली बजार, चरम्बी बजार, वोया बिहीबारे बजार, झ्याउँपोखरी बजारलाई कस्तो सहर बनाउने ? कसको सहर बनाउने ? हामीसँग स्पष्ट मार्गचित्र छ । कस्तो सडक हुने ? शिक्षा, स्वास्थ्य, खानेपानीदेखि रोजगारीका अवसर कसरी सिर्जना गर्ने ? त्यो हामीसँग तथ्यपूर्ण योजना छ । माथि तेन्जिङ हिलारी पदमार्गदेखि मुन्धुम पदमार्गमा कसरी पर्यटक ल्याउने ? त्यो योजना हामीसँग छ । चिर्खुवा झरना, छरछरे झरना, याङ्वा झरना, महभीर झरना, सावा झरना, तमाखे झरनालाई पर्यटनसँग कसरी जोड्ने ? हामीलाई थाहा छ । नागझागा, गोल्माराजा–गोल्मारानी, धिन्ताङ, साम्खाचुलीहरूको महत्व हामीलाई थाहा छ ।
    भोजपुरमा रहेका ऐतिहासिक गढी हतुवागढी (घोरोटार), चेवाङ गढी (याकु), याङपाङ गढी ( याङपाङ), देउराली गढी (देउराली), दिङ्ला गढी (दिङ्ला), कुलुङ गढी (कुलुङ), पौवा गढी (तिवारी भन्ज्याङ), सिद्धि गढी (भोजपुर), खिखाम्छा गढी (टक्सार), सिक्देलद्धिपुर गढी (कोट), गढीटार गढी (अन्नपूर्ण), सम्सोहाङ गढी (तिम्मा), पाप्पामाखाम गढी (ओख्रे), आमचोक गढी (युँ), हिमाङ गढी (माने भन्ज्याङ), सानोदुम्मा गढी (सानोदुम्मा) रदीर्घे गढी (सानोदुम्मा) को महत्वबारेमा हामीलाई थाहा छ । यी ऐतिहासिक सम्पदा हाम्रा गौरव मात्रै होइनन्, समृद्धिका आधार पनि हुन्, हामीलाई थाहा छ ।
    भोजपुरको शिरमा रहेको सिद्धकाली, सन्तानेश्वर महादेवस्थान (सानोदुम्मा), कालिकादेवी, टक्सार गणेशस्थान, षडेश्वर शिवालय (दिङ्ला), योगमाया शक्तिपीठ (मझुवाबेंसी, नेपालेडाँडा), पखुवा (बोया भीरथाप्ला), गोरुकाटे डाँडा (कुलुङ), डेलीढुंगा (ताल, चौकीडाँडा), डेलीखर्क गुम्बा (खाटाम्मा), टाँसी छोलिङ् गुम्बा (बोया पात्ताल), असंख्य साकेला थानहरूको महत्व र सम्भावनाबारे हामी जानकार छौं । भोजपुरे खुकुरीदेखि टक्सारको करुवाको गाथा र महिमा हामीलाई थाहा छ ।
    पालिका स्तरका गौरव योजना, जिल्लास्तरीय गौरव आयोजना र भोजपुरलाई केन्द्र बनाएर बनाउने सकिने राष्ट्रिय गौरवका योजनाबारेमा हाम्रो प्रस्ट खाका छ । हामीले केवल सडक बनाउने योजना मात्रै बनाएका छैनौं । त्यो सडक बन्दै गर्दा त्यहाँ गुड्ने गाडीसँग स्थानीय जनताको समृद्धि कसरी जोडिनेछ ? त्यसको खाका पनि बनाएका छौं । हामीले प्रस्ट भन्छौं, ‘हाम्रा जनप्रतिनिधि शासक होइनन्, सेवक हुनेछन् । हाम्रा जनप्रतिनिधि सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन् ।’ हाम्रा जनप्रतिनिधि जहाँ हुनेछन्, त्यहाँ सुशासनको ग्यारेन्टी हुनेछ । हाम्रा प्रतिनिधिहरूले भ्रष्टाचार गर्ने छैनन् । उनीहरूले सदाचारका दृष्टान्त स्थापित गर्नेछन् ।
    तसर्थ, भोजपुरे जनतालाई हाम्रो अपिल छ, ‘सूर्य चिह्नमा मतदान गरेर नेकपा (एमाले) का उम्मेदवारहरूलाई विजयी गराउनुहोस् । हामी ‘समृद्ध भोजपुर : सुखी भोजपुरे’ को प्रतिबद्धता पूरा गर्नेछौं ।’ तपाईँहरुले आफ्नो अमूल्य मत सूर्य चिह्नमा दिएर नेकपा (एमाले) का सबै उम्मेदवारहरूलाई विजयी गराउनुहुनेछ, त्यो हाम्रो सिलिछो–टेम्केजस्तै अग्लो विश्वास हो, साल्पाजस्तै गहिरो भरोसा हो । हामी ‘समृद्ध भोजपुर : सुखी भोजपुरे’ बनाउनेछौं’ । यो हाम्रो प्रतिबद्धता, संकल्प र दृढता हो ।
    हार्दिक अभिवादनसहित !
    …………………….
    क. शरणकुमार राई
    अध्यक्ष

     

  • वामगठबन्धन भएको सुनकोशीमा कसरी भइरहेछ चुनावी प्रचार ?

    वामगठबन्धन भएको सुनकोशीमा कसरी भइरहेछ चुनावी प्रचार ?

    सिन्धुपाल्चोक । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभर नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ । पाँच दलगठबन्धन गरेर निर्वाचनमा सहभागी भएका छन् । तर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा भने केन्द्रीय गठबन्धनभन्दा फरक गठबन्धन छ ।

    नेकपा एमाले र माओवादी केन्द्रले सुनकोशीमा गठबन्धन गरेका छन् । दुई दल मात्रै होइन, एउटा वडामा त समाजवादीलाई समेत समावेश गरेर तीन दलीय गठबन्धन भएको छ ।

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकामा मात्रै एमाले र माओवादीले गठबन्धन गरेको हो । देशभर औंलामा गन्न सकिने स्थानीय तहमा मात्रै दुई पार्टीले गठबन्धन गरेका छन् ।

    गाउँपालिकामा एमालेले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिएर केही वडामा सयुक्त गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन् । चुनाव प्रचार प्रसारमा समेत संयुक्त निर्वाचन परिचालन समिति बनाएर कार्यक्रमहरु भइरहेको नेकपा एमाले सुनकोशी गाउँपालिका कमिटीका अध्यक्ष प्रेमलाल लामाले जानकारी दिए । अध्यक्ष, उपाध्यक्षका उम्मेदवार र दुवै पार्टीका पालिका कमिटीका अध्यक्ष रहेको निर्वाचन परिचालन समिति बनाइएको लामाले जानकारी दिए ।

    निर्वाचन परिचालनमा दुवै दलका नेता कार्यकर्ताहरु सहभागी छन्, दुवै दलका चुनाव चिह्न भएको झण्डा र चुनावी ब्यानरसमेत संयुक्त बनाएर उमेदवारहरु अहिले घरदैलो कार्यक्रममा सहभागी भइरहेको नेकपा माओवादी केन्द्र सुनकोशी पालिका कमिटीका अध्यक्ष अमर लामाले जानकारी दिए ।

    चुनावी प्रचारमा प्रयोग गरिएका सवारीसाधनमा चुनावी गीतसमेत दुवै पार्टीका मिलाएर बजाइने गरिएको छ । गाउँपालिकामा अध्यक्ष टपिन्द्र तिमिल्सिना एमालेबाट उम्मेदवार भएका छन् भने दुर्गा थापा माओवादी केन्द्रबाट उपाध्यक्षको उमेदवार भएकी छन् ।

    सात वडा मध्ये वडा नम्बर १ र २ मा माओवादी केन्द्रले वडाध्यक्ष पाएको छ भने १ नम्बर वडामा समाजवादीलाई समेत एक सदस्य पाएको छ । त्यस्तै ५, ६ र ७ मा एमाले वडाध्यक्ष पाएको छ । वडा नम्बर ३ र ४ मा भने सहमती नभएपछि दुवै दल नै प्रतिष्पर्धामा सहभागी भएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य भगवान न्यौपानेले जानकारी दिए ।

    स्थानीय आवश्यकता अनुसार पालिका कमिटीलाई नै तालमेलको अधिकार दिएकाले,त्यहीको आवश्यकता अनुसार सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्र बिच तालेमल भएको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध पनि स्थानीय आवश्यकता र तल्लो तहका कार्यकर्ताहरुको चाहाना अनुसार तालमेल भएको बताउँछन् ।

  • पाँच वर्षमा फेरिएको कैलालीको गणित, को-कता लागे ?

    पाँच वर्षमा फेरिएको कैलालीको गणित, को-कता लागे ?

    कैलाली । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गइरहेको छ । शनिवार उम्मेदवारहरूले चुनाव चिन्ह पाएसँगै निर्वाचनको सरगर्मी थप बढेको छ ।

    अहिले कैलालीमा गठबन्धन भर्सेस एमाले हुने सङ्केत देखिएको छ । गठबन्धनका तीन दलहरूले १३ पालिकाको प्रमुख उपप्रमुखमा तालमेल गरे पनि १२६ वडाहरूमा भने तालमेल हुन सकेन । यहाँका अधिकांश वडामा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।

    कैलालीमा अघिल्लो स्थानीय तहमा नेकपा एमाले १३ मध्ये सात पालिकामा विजयी भएको थियो । नेपाली कांग्रेसले तीन र माओवादी केन्द्रले दुई पालिकामा विजयी भएको थियो । एक पालिकामा फोरम लोकतान्त्रिक विजयी भएको थियो ।

    आगामी स्थानीय तह निर्वाचनको तयारी भइरहेको बेला अघिल्लो स्थानीय तह निर्वाचनलाई फर्केर हेर्दा कैलालीमा यस्तो थियो विभिन्न दलको मत परिणाम

    लम्की चुहा नगरपालिका

    प्रमुख

    महादेश बजगाईँ (एमाले) ७१८८

    भक्त बहादुर थापा ( कांग्रेस ) ६५२१

    दलबहादुर बिष्ट (माओवादी केन्द्र) ४७०१

    उपप्रमुख

    टीका थापा (एमाले ) ७९०७

    धनादेबी थापा (कांग्रेस) ५४०९

    सुवित्रा चौधरी (माओवादी केन्द्र) ३९७०

    गोदावरी नगरपालिका

    प्रमुख

    हरिसिंह साउद (एमाले) ९८७०

    बिरेन्द्र भट्ट(कांग्रेस) ८४५७

    गोकर्ण भट्ट(माओवादी केन्द्र) ६४८१

    उपप्रमुख

    रत्ना कडायत (एमाले) १००२५

    भगवती ओझा (कांग्रेस) ८९७२

    शोभा थारु (माओवादी ) ५२७८

    घोडाघोडी नगरपालिका

    प्रमुख

    ममता प्रसाद चौधरी (एमाले) ८१६४

    रिता कुमारी चौधरी(कांग्रेस) ६२१०

    लक्ष्मण चौधरी (माओवादी ) ७२३७

    उपप्रमुख

    प्रेम कुमारी थापा (एमाले) ७२३४

    हेम बहादुर बम (कांग्रेस) ५७९४

    दुर्गा चलाउने (माओवादी ) ७०१९

    जानकी गाउँपालिका

    अध्यक्ष

    जगत बहादुर चौधरी (एमाले) ३३९२

    गङ्गा देवी चौधरी (कांग्रेस) ४२२१

    फुलराम चौधरी (माओवादी) ३६९९

    प्रदीप कुमार चौधरी (फोरम) ५०६७

    उपप्रमुख

    गङ्गादेवी थापा (एमाले) ३६६५

    सूर्य बहादुर बटाला (कांग्रेस) ४०३०

    अमृता देवी भण्डारी (माओवादी) ३६७८

    जोशीपुर गाउँपालिका

    अध्यक्ष

    प्रेमलाल चौधरी (एमाले) १३७२

    रामकृष्ण चौधरी (कांग्रेस) ३४३२

    भक्त थारु (माओवादी) १५४६

    उपप्रमुख

    गोमा देवी आचार्य (एमाले) १५५३

    गीता कठरिया (कांग्रेस) ३७६८

    इन्द्रादेबी कुँवर(माओवादी) १६८६

    धनगढी उपमहानगरपालिका प्रमुख

    दुर्गा प्रसाद जोशी (एमाले) ९९४६

    नृव बहादुर वड (कांग्रेस) १४३२४

    राम समझ राना ( माओवादी ) १०२०९

    गोपाल हमाल ( स्वतन्त्र) ११५२७

    उपप्रमुख

    रुकमणी देवकोटा ( एमाले ) १२७६३

    सुशीला मिश्र (कांग्रेस) १७४०८

    शान्ति कुमारी क्षेत्री (माओवादी) १०२५२

    बर्दगोरीया गाउँपालिका

    अध्यक्ष

    कर्ण बहादुर कुँवर (एमाले) ३५४७

    बलिराम डगौरा थारु (कांग्रेस) ३७४१

    गणेशमान गिरी (माओवादी) ३३०३

    उपाध्यक्ष

    साबित्रा देवी सापकोटा (एमाले) ३०९०

    ललिता जोशी (कांग्रेस) ३२६६

    भगवती देवी चौधरी (माओवादी) ३३०३

    भजनी नगरपालिका प्रमुख

    प्रदीप मल्ल ( एमाले) २१०४

    वीर बहादुर हमाल (कांग्रेस) ३१५३

    शेरबहादुर चौधरी (माओवादी) ५२२८

    उपप्रमुख

    मधुमती चौधरी (एमाले) २१४४

    भारती कुमारी चौधरी (कांग्रेस) २९३४

    छाया देव देवकोटा (माओवादी) ५००८

    मोहन्याल गाउँपालिका

    अध्यक्ष

    नवलसिंह रावल (एमाले) १९९८

    लोकेन्द्र बहादुर बडूवाल (कांग्रेस) १५२०

    धरम बहादुर थापा (माओवादी) १८२२

    उपप्रमुख

    पूजादेवी बुढामगर (एमाले) २०३३

    रबी कुमारी राना मगर (कांग्रेस) १७५३

    जानकी देवी भण्डारी (माओवादी) १४६८

    गौरीगङ्गा नगरपालिका

    प्रमुख

    भीम बहादुर देउवा (एमाले) ५८९१

    दिनेश राज जोशी (कांग्रेस) ५२९२

    देवीदत्त जोशी ( माओवादी ) ५८३०

    उपप्रमुख

    अन्चला चौधरी (एमाले) ६१४३

    मेनुका जोशी (कांग्रेस) ५३४९

    करुणा चौधरी ( माओवादी) ५३७३

    चुरे गाउँपालिका

    अध्यक्ष

    धनबहादुर रोकामगर (एमाले) २५६१

    टिकाराम ढुंगाना कांग्रेस (कांग्रेस) २३६६

    किसनसिंह साउद (माओवादी) १३५१

    उपप्रमुख

    दिपा देवी साउद (एमाले) २६१६

    धनादेबी थापा ( कांग्रेस ) २३६६

    डिलादेबी सिजापति मगर १२५३

    टीकापुर नगरपालिका

    प्रमुख

    तपेन्द्र रावल (एमाले )५९५९

    जगबहादुर साउद (कांग्रेस) ५५१४

    ललित बहादुर थापा (माओवादी) ५५१०

    उपप्रमुख

    कमला केसी (एमाले) ५३९३

    केशरी कुमारी रावत (कांग्रेस) ६२२६

    आसा कुमारी चौधरी (माओवादी ) ५५५३

    पाँच वर्षका को कता ?

    अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएका गोकर्ण भट्ट अहिले सोही नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका छन् ।

    कैलालीको मोहन्याल गाउँपालिको अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदको उम्मेदवार बनेका धरम थापा अहिले एमालेको तर्फबाट सोही गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका छन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेकै उम्मेदवारसँग पराजित भएका थिए ।

    अघिल्लो स्थानीय तहमा माओवादी केन्द्रबाट भजनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित छाया देवकोटा अहिले एमालेमा सक्रिय छिन् । उनी मेयर पदको आकांक्षी भए पनि उक्त नगरपालिकामा नगर प्रमुखमा हर्क बुढा उम्मेदवार भएका छन् ।

    लम्की चुहा नगरपालिका अघिल्लो स्थानीय तहमा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखमा लडेका दलबहादुर बिष्ट पनि अहिले एमाले मा सक्रिय छन् । उनी अहिले पनि एमालेबाट आकंक्षी थिए । तर, पुरानै नगर प्रमुख महादेश बजगाईँले टिकट पाए । त्यो बेला बिष्ट बजगाईँसँगै पराजित भएका थिए ।

    उसो त एमालेबाट निर्वाचित भएका तीन उपप्रमुखहरू अहिले एमालेमा छैनन् । घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेम कुमारी थापा, गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत र मोहन्याल गाउँपालिका उपप्रमुख पूजादेवी बुढामगर अहिले एमालेमा छैनन् ।

    कडायत एकीकृत समाजवादीबाट गोदावरी नगरपालिकाकै उपप्रमुखमा उम्मेदवारी दिएकी छिन् भने बुढामगर एकीकृत समाजवादीमा सनाखत गरिसकेपछि माओवादी केन्द्रमा लागेकी छन् । थापा भने अहिले एमालेबाट एकीकृत समाजवादीमा सक्रिय छिन् ।

    धनगढी उपमहानगरपालिकामा अघिल्लो स्थानीय तहमा माओवादीबाट उम्मेदवारी दिएका राम समझ राना अहिले कांग्रेसमा छन् । उनी आफू पराजित भएको केही महिना पछि कांग्रेसमा सक्रिय भएका हुन् । अहिले उनी कांग्रेसका जिल्ला सह सचिव छन् ।

    जानकी गाउँपालिकाको अध्यक्षमा फोरमबाट निर्वाचित प्रदीप कुमार चौधरी अहिले कांग्रेसमा छन् ।

  • भोजपुरमा कांग्रेसका उम्मेदवारले विज्ञप्ति जारी गरेर एमाले उम्मेदवारलाई भोट मागे

    भोजपुरमा कांग्रेसका उम्मेदवारले विज्ञप्ति जारी गरेर एमाले उम्मेदवारलाई भोट मागे

    भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेतृ भगवती राईले नेकपा एमालेका उम्मेदवारलाई समर्थन जनाएका छन् ।

    कांग्रेसबाट उम्मेदवार बनेका राईले उम्मेदवारी फिर्ता लिन खोज्दा कांग्रेस र माओवादीका नेताहरूले ‘बन्धक बनाई’ फिर्ता लिन नदिएको आरोप लगाउँदै आफू निर्वाचन प्रचार र घरदैलोमा उपस्थित नहुने समेत जनाए ।

    विज्ञप्ति जारी गर्दै राईले आफू उम्मेदवारका रूपमा मत माग्न असमर्थ भए पनि आफ्नो गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार वसन्त राईलाई मतदान गर्न आग्रह गरेका छन् ।

    ‘नेकपा एमाले आमचोकसँग पार्टीको सहमति भए अनुसार अध्यक्ष पदका उम्मेदवार वसन्त राईलाई चुनाव चिन्ह सूर्यमा र उपाध्यक्ष पदको उम्मेदवार छिरिङ शेर्पालाई चुनाव चिन्ह रूपमा मतदान गरी अत्यधिक मतले विजयी गराउनुहुन सबै मतदाता समक्ष हार्दिक अपिल गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

    आमचोक गाउँपालिकामा स्थानीय कांग्रेस नेताहरूले एमालेसँग तालमेल गरेका थिए ।

    कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँगको तालमेल तोड्न निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

    कांग्रेसभित्रको आन्तरिक विवादका कारण सो पालिकामा गठबन्धनको तालमेलमा समस्या उत्पन्न भएको हो ।

  • सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी

    सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिता विपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

    आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोस्ट गरेमा कडा कारबाही गर्ने बताए ।

    निर्वाचन आचारसंहिता विपरीतका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रस्ट पारे ।

    चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारबाही गरिने उल्लेख गरे ।

  • लौरो चिन्ह माग्दै प्रदर्शन गरिरहेका अटेरी अभियानका खड्का पोखराबाट पक्राउ

    लौरो चिन्ह माग्दै प्रदर्शन गरिरहेका अटेरी अभियानका खड्का पोखराबाट पक्राउ

    पोखरा । अटेरी अभियानका अभियन्ता अशोक खड्का पक्राउ परेका छन् । अटेरी अभियानका उम्मेदवारलाई रोजेको चिन्ह दिनुपर्ने मागसहित प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

    शनिवार खड्कासहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर आफूहरूलाई लौरो चिन्ह नदिएकोमा विरोध जनाएका थिए ।

    प्रहरीले सोही आधारमा पक्राउ गरेको हो । पोखरामा सात जना मेयरका स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन कानुन अनुसार उम्मेदवार संख्या र चिन्हको पहिलो संख्याबाटै रोज्नुपर्ने प्रावधान छ । तर, खड्का लगायत मेयरका उम्मेदवारहरूले आठौँ नम्बरमा रहेको लौरो चिन्ह पाउनुपर्ने बताएका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले कानुन विपरीत चिन्ह दिन नमिल्ने बताएपछि उनीहरू आक्रोशित भएका हुन् । तर लामो गन्जागोलपछि निर्वाचन आयोगले नै पोखराको मतपत्र छाप्न बाँकी रहेकोले लौरो दिन सकिने बताएको थियो । त्यसपछि सहमति भएर फर्किएका टोलीका एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

    उनले निर्वाचनमा लौरो चिन्ह पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्ने बताएका थिए । उनको भिडियो अहिले पनि फेसबुकमा छ ।

    ‘स्वतन्त्र भनेर हेप्न मिल्छ ? टेक्निकल समस्या भनेर दलका नेताहरूलाई भन्न सक्दैनन्, स्वतन्त्रलाई मात्रै किन ? सूर्य र रुखमा निकाल्नुस् त समस्या,’ उनले भनेका थिए, ‘हामीले लौरो चिन्ह पायौँ भने पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ ।’

    डीएसपी सुन्दर तिवारीले खड्का पक्राउ परेको पुष्टि गरे । ‘हिजोको अभिव्यक्तिले उहाँलाई पक्राउ गरेका हौँ ।

    उहाँले निर्वाचनमा आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । हुल हुज्जत गर्नुभएको छ,’ उनले भने, ‘निर्वाचनको शान्तिलाई खलल पुर्‍याएकोले पक्राउ गरेका हौँ ।’ उनको पक्राउमा पोखराका अटेरी अभियन्ताहरूले विरोध जनाएका छन् ।

  • सिर्जना सिंहबारे स्थापितको टिप्पणी : इन्टरभ्यू दिने पनि तागत छैन, गगन थापाले सिकाएको बोलेर हुन्छ ? (भिडिओ)

    सिर्जना सिंहबारे स्थापितको टिप्पणी : इन्टरभ्यू दिने पनि तागत छैन, गगन थापाले सिकाएको बोलेर हुन्छ ? (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरमा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले नेपाली कांग्रेसकी प्रत्याशी सिर्जना सिंहसँग काठमाडौंको नेतृत्व गर्न योग्यता नभएको टिप्पणी गरेका छन् ।

    सार्वजनिक मञ्चमा बोल्न समेत अरूको सहारा लिनुपर्ने व्यक्तिले काठमाडौं हाँक्न नसक्ने उनले बताए ।

    आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै स्थापितले कांग्रेस उम्मेदवार सिंहसँग कुनै नीति र दर्शन नभएको टिप्पणी गरे ।

    उनले भने, ‘नीति–कार्यक्रम केही पनि छैन । काठमाडौं कस्तो छ, यसलाई कसरी रूपान्तरण गर्ने भुतिभाङ केही थाहा छैन । अनि भन्छ भने पहिले भान्सा सम्हालेँ, अब काठमाडौं सम्हाल्छु । यस्तो पनि नारा हुन्छ रु यस्तो पनि कार्यक्रम हुन्छ ?’

    स्थापितले सिर्जनालाई सार्वजनिक मञ्चमा उभिएर बोल्न चुनौती दिए ।

    ‘सिर्जना सिंह उम्मेदवार हो भने एउटा मञ्चमा आउने तागत देखाउनु परेन ? त्यति तागत नभएको महिलाले सहर हाँक्छु भन्ने ? सिंगै बहिष्कार गर्नुपर्छ । एक भोट पनि हाल्नु हुँदैन ।’

    आफूले १०० वटा इन्टरभ्यू दिइसक्दा सिंहले एउटा पनि दिन नसकेको स्थापितको भनाइ थियो ।

    ‘उसले बोल्न सक्दैन अनि कसले बोल्छ भन्दा गगन थापा बोल्न आउँछ । त्यसो भए उ आफैँ उम्मेदवार भएर आउनुपर्थ्यो नि मेयर हुन । मैले खसी खोइ भनेपछि सकियो । हिसाब बुझाउन आउँदैन,’ स्थापितले भने ।
    उनले सिर्जनालाई भाषण गर्न समेत गगनले सिकाउने गरेको आरोप लगाए ।

    ‘पछाडि बस्ने सिर्जना सिंह, यता बस्ने उ । नाटकमा नाटकमा डाइलग बिर्सिन्छ कि भनेर यताबाट कराइरहेको हुन्छ नि । हो, त्यस्तै । यस्तो मान्छेले कसरी मुलुक बनाउँछ ?’

  • राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’ को विवरण आयोगमा बुझाउनुपर्ने

    राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’ को विवरण आयोगमा बुझाउनुपर्ने

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।

    उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको अकाउन्टबारे जानकारी दिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचार प्रसार गर्न सामाजिक सञ्जालको प्रयोगबारे जानकारी गराउनुपर्ने भएको हो ।

    सामाजिक सञ्जालको प्रयोग गर्दा हुने आचारसंहिता विपरीतका कार्य गरेको पाइएको कारबाही गरिने उनले बताए ।

    सामाजिक सञ्जालमार्फत प्रचार प्रसारको क्रममा हुनसक्ने मिथ्या सूचना नियन्त्रण गर्न एकाउन्टबारे जानकारी दिनुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

  • स्थापितले भने- बालेन शाह भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग, मधेसको मान्छे भन्ने आँट छैन (भिडिओ)

    स्थापितले भने- बालेन शाह भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग, मधेसको मान्छे भन्ने आँट छैन (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्क्याइरहेको उनले दाबी गरे ।

    आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले सो टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’

    बलेनले जनतासँग आँखा जुधाउन नसकेर सधैँ चस्मा लगाउने गरेको दाबीसमेत स्थापितले गरे ।

    उनले भने, ‘कहिले पनि चस्मा किन खोल्दैन भनेको त जनतासँग आँखा जुधाएर हेर्ने आँट रहेनछ । यस्तो मान्छेको पछि लागेर हुन्छ ? युवाहरूसँग फेस टु फेस हेरेर कुरा गर्नुपर्‍यो नि ।’

    बलेनसँग काठमाडौंका जनताको विवरण समेत नभएको उनले बताए ।

    ‘काठमाडौँमा महानगरको उम्मेदवारले काठमाडौंमा ८० लाख जनसंख्या छ भन्छ । कति जना मान्छे भन्ने पनि थाहा छैन उसलाई । सिंगो उपत्यकामा बनेपासम्म ४० लाख मान्छे छन् । उसले पहिल्यै ८० लाख भनेपछि योजना भताभुङ्ग भएन रु कहाँ पुर्‍याउँछन् यस्तोले ?’

  • ‘डिठ्ठासाब’ पनि चुनावी मैदानमा

    ‘डिठ्ठासाब’ पनि चुनावी मैदानमा

    काठमाडौं । चर्चित हास्य टेलि शृङ्खला ‘डिठ्ठासाब’का प्रमुख पात्र ‘डिठ्ठासाब’ अर्थात् किशोर भण्डारी पनि स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन् ।

    भण्डारीले वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

    काठमाडौंको काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले तारकेश्वर नगरपालिका-२ को वडा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    शिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसुलभ पहुँच र सुधार आफ्नो प्रमुख एजेन्डा रहेको भण्डारीले बताए । उनी नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

  • गोरखाको पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल, कँडेलले फिर्ता लिए मनोनयन

    गोरखाको पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल, कँडेलले फिर्ता लिए मनोनयन

    काठमाडाै‌ं। गोरखाको पालुङटार नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेसका दिपकबाबु कँडेलले मनोनयन फिर्ता लिएका छन् ।

    आइतबार विज्ञप्ती जारी गर्दै उनले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति पूर्णरुपमा इमान्दार रहेको भन्दै मनोनयन फिर्ता लिएको जानकारी दिएका हुन् ।

    जारी विज्ञप्तीमा भनिएको छ,सरकारमा सहभागी पाँच दलका विचमा भएको सहमती र निर्णय अनुसार गठवन्धनमा रहेका दलहरुका बीचमा स्थानीय तहमा चुनावी तालमेल र सिटको बाँडफाँड गर्ने निर्णय भए अनुसार, नेपाली कांग्रेस पार्टीले पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली काँग्रेस केन्द्रले गरेको निर्णयलाइ स्वीकार गरी सम्पूर्ण नगरवासी दाजुभाइ दिदिबहिनीहरु समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछु।

    पालुङटारमा जसपालाई सहयोग गर्ने पाँँच दलीय गठबन्धनको निर्णय भएकाले  गठबन्धनलाई सहयोग गर्ने उनले बताए ।

     

  • मतपत्र चपाउन, च्यात्न सकिँदैन भनेर थपलियाले ओलीको भाषा बोले : वर्षमान पुन

    मतपत्र चपाउन, च्यात्न सकिँदैन भनेर थपलियाले ओलीको भाषा बोले : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

    मे दिवसका अवसरमा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने विषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।

    कुनै स्थानमा रातिसम्म पनि उम्मेद्वारी फिर्ता लिन दिएको र कुनै स्थानमा पाँच बजेपछि उम्मेद्वारी फिर्ता लिन आयोगले नदिएको उनको गुनासो छ ।

    देशभरका निर्वाचन कार्यालयहरू निष्पक्ष र व्यवसायिक रूपमा सञ्चालन हुनुपर्ने पुनले जोड दिए । कार्यक्रममा पुनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पछिल्लो समय केपी ओलीको बोली बोलेको आरोप लगाउनुभयो ।

    थपलियाको ‘मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन’ भन्ने अभिव्यक्ति र केपी ओलीको बोली समान रहेको भन्दै पुनले आपत्ति जनाए ।

    ‘निर्वाचन आयोग रेफ्री हो यसले रेफ्रीकै भूमिकामा रहनुपर्छ आफैं मैदानमा ओर्लेर खेल खेल्न हुँदैन’, पुनको भनाइ थियो ।

    स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको र यसले देशलाई निकास दिने उनको दाबी थियो । नेता पुनले अबको निर्वाचनमा एमाले पराजित हुनु भनेको संविधान र लोकतन्त्रको रक्षा हुनु रहेको तर्क गरे ।

  • कांग्रेसका ३० हजार ६२८ जना चुनावी मैदानमा

    कांग्रेसका ३० हजार ६२८ जना चुनावी मैदानमा

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ३० हजार ६ सय २८ जना आधिकारिक उम्मेदवार रहेको कांग्रेसले जनाएको छ ।
    आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले यो जानकारी दिएका हुन् ।

    देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार दुई सय २१ पदका लागि वैशाख ३० गते निर्वाचन हुँदैछ । त्यसमा कांग्रेसका तर्फबाट देशरभका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ जना नगरपालिकाका मेयरमध्ये २ सय ६५ जना उम्मेदवार रहेको कांग्रेसले जनाएको छ । यस्तै २ सय ९३ उपमेयर पदमध्ये एकसय ९४ जना उपमेयर उम्मेदवारी परेको छ ।

    यस्तै ४ सय ६० गाउँपालिका अध्यक्ष पदमध्ये ३ सय ७२ मा कांग्रेसको उम्मेदवारी पर्दा ३ सय ४० गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी कायम रहेको प्रवक्ता महतले बताए ।

    यस्तै देशभरका ६ हजार ७ सय ४३ वडाध्यक्ष पदमध्ये ६ हजार ४३ मा, ६ हजार ७ सय ४३ कै संख्यामा हुने क्रमसः महिला वडासदस्य पदमा ५ हजार ९ सय ३८, दलित महिला वडासदस्यमा ५ हजार ६ सय ९१ जना उम्मेदवारी कायम भएको कांग्रेसले जनायो ।

    यस्तै १३ हजार ४ सय ८६ को संख्यामा हुने अन्य वडासदस्य पदमा ११ हजार ७ सय ८८ जना उम्मेदवार कायम भएका छन् ।

  • उदयपुरका बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो निष्कासन, को को परे ?

    उदयपुरका बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो निष्कासन, को को परे ?

    उदयपुर । स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढीलाई उम्मेदवारलाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । बागीको प्रस्ताव तथा सर्मथक समेतलाई साधारण सदस्य नरहने गरी कारवाही गरेको हो ।

    पार्टीले आइतबार जारी गरेको विज्ञप्तीमा पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त १६ वैशाखको पत्र र जिल्ला पार्टीको १४ वैशाखको विज्ञप्तीअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिनेलाई कारबाही गरिएको उल्लेख छ ।

    कारवाहीमा पर्नेमा दुई प्रमुख र चार उपप्रमुखका प्रत्यासी छन् । ‘केन्द्रीय समितिको १६ वैशाखमा प्राप्त पत्र र जिल्ला पार्टीले गत १४ वैशाखमा जारी गरेको अनुरोध प्रेस विज्ञप्तीअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका विभिन्न पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

    पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिने नेता कार्यकर्तालाई तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा नमानेर असहयोग गरेको भन्दै नेपाली कांग्रेसको विधान २०१७ ९संशोधनसहित० को धारा ४९१३० ग बमोजिम कारवाही गरिएको जनाइएको छ ।

    पार्टी सभापति हिमाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीअनुसार कारबाहीमा पर्नेहरू चौदण्डीगढी नगर प्रमुखका उम्मेदवार प्रशान्त राई, कटारी नगर उपप्रमुख प्रत्यासी कृष्ण थापा, ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार माधव रास्कोटी तथा उपाध्यक्ष सुशीला मगर, लिमचुङबुङ गाउँ उपाध्यक्षकी प्रत्यासी रमिला राई र उदयपुरगढी उपाध्यक्ष उम्मेदवार तिलक खपाङ्गी मगर रहेका छन् ।

    गठबन्धन गरेर उम्मेदवार उठाइएका ती पालिकाहरुमा कांग्रेसका असन्तुष्ट पक्षले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

  • रामचन्द्र पौडेलको दाबी- २३ सिटमा खुम्चिएको कांग्रेसले गठबन्धनका कारण ९३ सिट ल्याउँदैछ

    रामचन्द्र पौडेलको दाबी- २३ सिटमा खुम्चिएको कांग्रेसले गठबन्धनका कारण ९३ सिट ल्याउँदैछ

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आइतबार गृहजिल्ला तनहुँमा नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।

    ‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्धन गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने ।

    गठबन्धनविरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउँन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्धन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

    ‘देशलाई स्थायित्वमा लैजान आवश्यक छ । नेपाली कांग्रेस नेतृत्वमा संविधानको रक्षा भएको छ,’ उनको जिकिर छ । रोजगारी र आम्दानीलाई सार्थक बनाउन तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए ।

    यद्यपि, तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन सकेन । आ–आफ्नै तरिकाले दलहरूले गठबन्धन गरेर निर्वाचनको तयारी गरिरहेका छन् ।

  • आचारसंहिता विपरीतका निर्वाचन सामग्री आयोगको अनुगमन टोलीले गर्‍यो जफत

    आचारसंहिता विपरीतका निर्वाचन सामग्री आयोगको अनुगमन टोलीले गर्‍यो जफत

    काठमाडौं । काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता विपरीत हुने सामग्री निर्वाचन आयोगको अनुगमन टोलीले जफत गरेको छ ।

    आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा शनिवार गएको टोलीले चुनावी सामग्री जफत गरेको हो ।

    आयोगको अनुगमन टोलीले काठमाडौंको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, शहिदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिवार स्थलगत अनुगमनका क्रममा उक्त सामग्री जफत गरेको आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

    अनुगमनका क्रममा सार्वजनिक स्थलमा रहेका राजनीतिक दलका झण्डा तीन सय थान, सोही क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप दुई सय थान, झोला करिब एक सय थान, टीसर्ट १० थान, दलको ब्यानर ३ थान जफत गरेको छ ।

    राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि त्यस क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाएको छ ।

  • देशभर ८ हजारभन्दा बढीले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)

    देशभर ८ हजारभन्दा बढीले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)

    काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि उम्मेदवारी दिएकामध्ये ८ हजार बढीले उम्मेदवारी फिर्ता लिएका छन् ।

    निर्वाचन आयोगका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    निर्वाचन आयोगको कार्य तालिका अनुसार वैशाख १६ गते बिहान १० बजेदेखि पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने कार्य तालिका थियो ।

    कतिपयले राजनीतिक दलको दबाबमा परेर उम्मेदवारी फिर्ता लिएका हुन् भने कतिपयले राजनीतिक दलको अनुरोधमा उम्मेदवारी फिर्ता लिएका हुन् ।

    उम्मेदवारी फिर्ता लिएसँगै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह पनि प्रदान गरिसकेको छ ।

    सूची

     

  • एमालेबाट १० पालिका प्रमुख र उपप्रमुखमा विद्यार्थी उम्मेदवार, वडाध्यक्ष कति ? (सूचीसहित)

    एमालेबाट १० पालिका प्रमुख र उपप्रमुखमा विद्यार्थी उम्मेदवार, वडाध्यक्ष कति ? (सूचीसहित)

    काठमाडाैं । नेकपा एमालेले विद्यार्थी राजनीति गरिरहेका ३० वर्षमुनिका २८ जना युवालाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाएको छ ।

    अनेरास्ववियुको जिल्लादेखि केन्द्रीय कमिटीमा क्रियाशील रहेका २८ जनालाई पालिका प्रमुखदेखि वडाध्यक्षसम्मको उम्मेदवार बनाएको हो ।

    तीमध्ये चारजना पालिका प्रमुख र ६ जना उपप्रमुखका उम्मेदवार छन् भने २८ जना वडाध्यक्षका उम्मेदवार छन् । अखिल अध्यक्ष सुनिता बरालसहितको टोलीले केही दिनअघि अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर युवा-विद्यार्थीलाई उम्मेदवारीमा प्राथमिकता दिन आग्रह गरेको थियो ।

    अनेरास्ववियुका महासचिव समिक बडालले संगठनको विभिन्न जिम्मेवारीमा रहेकाहरु नै उम्मेदवार बनेको बताए । अखिलका केन्द्रीय सचिव एलबी सिंह बझाङको खप्तड छान्न गाउँपालिका अध्यक्षको उम्मेदवार छन् ।

    त्यस्तै स्थायी कमिटी सदस्य अविशेक सुवेदी दोलखाको तामाकोशी गाउँपालिका, डम्बर बिसी अछामको तुर्माखाद गाउँपालिका र समीमबाबु खान मलंगवा नगरपालिकाको प्रमुखका उम्मेदवार छन् ।

    सचिवालय सदस्य अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष उम्मेदवार छन् भने केन्द्रीय सदस्य रुपा कठायत डोटीको सिलगढी नगरपालिकाको उपमेयर र किरण कापर धनुषाको सबैला नगरपालिकाको उपमेयर उम्मेदवार छिन् ।

    यी हुन् अखिलबाट एमालेको उम्मेदवार बनेका विद्यार्थीहरु –

  • स्थानीय तह निर्वाचन: १७ जिल्लामा मतपत्र ढुवानी बाँकी

    स्थानीय तह निर्वाचन: १७ जिल्लामा मतपत्र ढुवानी बाँकी

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइनेछ ।

    वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ । बाँकी रहेका जिल्लामा मधेश प्रदेशका आठ, प्रदेश नं १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुर छन् ।

    कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ ।

    मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो । यसअघि छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकोमा आज भक्तपुर जिल्लाका लागि मतपत्र छपाइ सुरु भएको छ ।

    महानगर र भक्तपुरका लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको अन्तिम नामावलीका आधारमा पूर्ववत् डिजाइनमा निर्वाचन चिन्ह थपघट गरेर छपाइ हुँदैछ ।रासस

  • रुपन्देहीमा चुनाव प्रचारका सवारी तोडफोड गरिएको भन्दै एमालेले गर्‍यो विरोध

    रुपन्देहीमा चुनाव प्रचारका सवारी तोडफोड गरिएको भन्दै एमालेले गर्‍यो विरोध

    रुपन्देही । चुनावी प्रचारका आफ्ना सवारीमा तोडफोड भएको भन्दै नेकपा एमाले रुपन्देहीले आपत्ति जनाएको छ । एमालेका अनुसार सैनामैना नगरपालिकामा शनिबार बिहान र देवदह नगरपालिकामा राति तोडफोड भएको थियो ।

    जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले निर्वाचनको माहोल भाँड्ने गरी कुटपिट र तोडफोडका घटनाले गम्भीर बनाएको बताउँदै तत्काल यस्ता घटनामा माफी माग्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

    ‘यस्ता घटनाले गठबन्धन दलले हार स्वीकार गरेको प्रष्ट हुन्छ, गृहमन्त्रीको जिल्लामा यस्ता घटना हुनु र उनीहरुमाथि कुनै कारबाहीसमेत नगरिनुले थप सुरक्षा चुनौती थपेको छ, एमालेले यसलाई सहज ढंगले लिनेछैन, तत्काल माफी मागेर दोषीमाथि कारबाही गरिनुपर्दछ’, उनले भने ।

    शनिबार राती रुपन्देहीको देवदहमा वडा नं. १० मा एमाले चुनावी प्रचारमा प्रयोग गरिएका दुई वटा विद्युतीय रिक्सामाथि कांग्रेस कार्यकर्ताले तोडफोड गरेको एमालेको आरोप छ । देवदह वडा नं. १० का एमाले कार्यकर्ता सोमबहादुर खड्काले घरअगाडि राखेको लु. १ ह २५५६ नं. को अटो र घरभित्रै राखिएको बुद्धबहादुर गोलेको ना. २ ह ६७२ नं. अटोमा कांग्रेस कार्यकर्ताले तोडफोड गरेको स्थानीय बुद्धिमाया गोलेले बताइन् । उनका अनुसार सडकको लाइट फुटाएर अँध्यारो बनाइ अटोमाथि तोडफोड भएको हो ।

    एमालेका तर्फबाट वडा नं. १० मा वडाअध्यक्षका उम्मेदवार मनकुमार कनौजे मगरले एमालेको लोकप्रियताबाट आत्तिएर आक्रमण गरेको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरे ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले घटनाबारे जानकारी पाउन साथ घटनास्थलमा गई मुचुल्का उठाउने काम भएको बताए ।

    उनले घटनाको थप अनुसन्धान भइरहेको बताए । एमालेबाट अर्घाखाँची छत्रदेव वडा ८ का वडा सदस्यका उम्मेदवार हुमा श्रेष्ठलाई गत बिहीबार मात्र माओवादी कार्यकर्ता विष्णु पौडेलसहितको टोलीले आक्रमण गरेको थियो ।

  • लुम्बिनीका २ तहमा माओवादी र एमालेबीच चुनावी तालमेल, गुल्मीकाे धुर्काेटमा माओवादीले धाेखा दिएकाे कांग्रेसकाे आराेप

    लुम्बिनीका २ तहमा माओवादी र एमालेबीच चुनावी तालमेल, गुल्मीकाे धुर्काेटमा माओवादीले धाेखा दिएकाे कांग्रेसकाे आराेप

    रुपन्देही । सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्देशनविपरीत लुम्बिनी प्रदेशका दुई स्थानीय तहमा नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग गठबन्धन गरेको छ ।

    केन्द्र तथा प्रदेश तहका नेताहरुले पाँच दलबाहेकसँग गठबन्धन गर्न नपाइने कडा निर्देशन पटक–पटक जारी गरे पनि गुल्मीको धुर्कोट र प्यूठानको झिमरुक गाउँपालिकामा माओवादीले एमालेसँग गठबन्धन गरेको हो ।

    गुल्मीको धुर्कोटको अध्यक्षमा माओवादीका भुपाल पोख्रेल र उपाध्यक्षमा एमालेकी सीता गिरीले उम्मेदवारी दिएका छन् । धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीले पनि तालमेल गरेका छन् । सो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाध्यक्षमा एकीकृत समाजवादीकी कमला सुनारले उम्मेदवारी दिएका छन् ।

    प्यूठानको झिमरुक गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णु जीएमले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीले तीनवटा र एमालेले पाँचवटा वडा भागबन्डा लगाएका छन् ।

    यी दुवै पालिकाको विवाद मिलाउन प्रदेश तथा केन्द्रका शीर्ष नेताहरुले पहल गरे पनि सफलता हात लागेन । गुल्मीको धुर्कोटमा यसअघि माओवादी र कांग्रेसको गठबन्धनबाट माओवादीका भुपाल पोखरेलले अध्यक्ष जितेका थिए । त्यो गठबन्धनको समयमा माओवादीले अर्कोपटक कांग्रेसलाई अध्यक्षमा सहयोग गर्ने सहमति गरे पनि अहिले पालना नगरेर घात गरेको कांग्रेस नेता महेन्द्र भण्डारीले आराेप लगाएका छन् ।

    प्यूठानको झिमरुकमा जनमोर्चाको बलियो संगठन रहेकाले उसले नेतृत्व नछाडेपछि माओवादी एमालेसँग मिलेको हो । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले प्रदेशका केही पालिकामा सत्ता गठबन्धनका दलसँग सहकार्य भएको बताएका छन् ।

    रुकुमपूर्व र रोल्पाका केही स्थानमा नेपाली कांग्रेस तथा तराईका केही पालिकामा अन्य दलसँग सहकार्य गरेको उनले बताए ।

    लुम्बिनीमा १०९ स्थानीय तह रहेका छन् ।

  • स्थापितको प्रतिबद्धताः कांग्रेसका एजेण्डा मागेरै पूरा गर्छु अनि ढुक्कले काम गर्छु (भिडिओ)

    स्थापितको प्रतिबद्धताः कांग्रेसका एजेण्डा मागेरै पूरा गर्छु अनि ढुक्कले काम गर्छु (भिडिओ)

    काठमाडौ । नेकपा एमालेका काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए कांग्रेसका एजेण्डा पनि पूरा गर्ने बताएका छन् ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिफन्टले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार स्थापितले यस्तो बताएका हुन् ।

    ‘दुई महिनापछि नेपाली कांग्रेसलाई यति लामो चिठ्ठी लेख्ने, त्यत्तिकै आउँदैन क्या, नेपाली कांग्रेसले त्यो थान्का पठाउँछ नि’, उनले भने, ‘नेपाली कांग्रेसले ल्याएको जम्मै एजेण्डा पास गरेपछि महानगरपालिकाको थप आलोचना हुँदैन । अनि सहज रुपमा काम गर्न पाइन्छ भन्ने मलाई लाग्छ ।’

    यसरी आधारभूत कुरा सकिएपछि प्रशासनिक सुधारको काम सुरू हुने उनले बताए । त्यसमा महानगरका कर्मचारीहरूलाई सँगै राखेर जनताका कुरा सुन्ने र त्यसअनुसार काम गर्ने उम्मेदवार स्थापितले बताए ।

    ‘मेरो पछाडि सबै अफिसर राख्ने, जुनियरलााई पनि राख्ने, सिनियरलाई पनि राख्ने’, उनले भने, ‘को-को आउने हो तपाईंहरू आएर मेरो कुनै अफिर र जुनियरले नक्सा पाास गर्दा कमिसन खाएको भन्ने आयो भने त्यहीनेर छाप लाउने, निलम्बन गर्ने, सक्यो ।’

  • वर्षमानको दाबी- गठबन्धन ओली हराउन हो, त्यसपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ

    वर्षमानको दाबी- गठबन्धन ओली हराउन हो, त्यसपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको सत्ता गठबन्धन केपी ओली प्रवृत्तिविरुद्ध रहेको भन्दै ओलीलाई चुनावमा हराइसकेपछि कांग्रेस र माओवादीबीचमा प्रतिस्पर्धा हुने दाबी गरेका छन् ।

    मे दिवसका अवसरमा माओवादी निकट मजदुर संगठनको कार्यक्रममा नेता पुनले ओलीलाई परास्त गरेपछि यो गठबन्धन सधैँ नरहने बताए । उनले एमालेभित्र पनि ओली प्रवृत्तिबाहेक अरु भोलिका दिनमा माओवादीसँगै मिल्ने दाबी गरे ।

    पुनले भने, ‘केपी ओली वामपन्थी होइनन्, अहिले लोकतन्त्रको रक्षका लागि भएको गठबन्धन सधै रहने भन्ने होइन । उपलब्धिको रक्षाप्रति हामी प्रतिस्पर्धा गर्छौं । तर, ओली प्रवृतिलाई परास्त गरेपछि मात्र ।’

    नेता पुनले एमाले एक्लै क्वीन्टल हो भन्ने ओली वेट नपुगेर कांग्रेसले कारबाही गरेका गोविन्दराज जोशीदेखि कमल थापासमेतलाई ढक थप्दै हिँडेको आरोप लगाए । पुनले रोल्पामा एमालेले माओवादी हराउन ६ वटा पालिकामा विप्लव समूहसँग गठबन्धन गरेको बताए ।

  • स्थापित र डंगोल समुदाय काठमाडौंका पुस्तैनी श्रमिक हुन्, त्यसैले एमालेका उम्मेदवार- ओली (भिडिओ)

    स्थापित र डंगोल समुदाय काठमाडौंका पुस्तैनी श्रमिक हुन्, त्यसैले एमालेका उम्मेदवार- ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका हाँक्न आफूले अनुभवी र सक्षम मेयर तथा युवा उपमेयरसहितको उत्कृष्ट टिम जनतामाझ पठाएको दाबी गरेको छन् ।

    मे दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित जिफन्टको कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौं बुझेको र विकासको अनुभव तथा भिजन भएको मेयर केशव स्थापित र महानगरको संस्कृति,सभ्यता बुझेकी भूमि पुत्री सुनिता डंगोल उपमेयर भएर काठमाडौं हाँक्ने बताए ।

    उनले भने–काठमाडौंका सडक चौडा बनाउने,माइतीघर मण्डल बनाउने, धोबिखाला कोरिडोर, बागमती कोरिडोर अघि बढाउने व्यक्तिलाई एमालेले अघि बढाएको छ ।

    केशव स्थापित काठमाडौं बुझेको र प्रशासन बुझेको, परिवर्तनको सोच र संकल्प भएको अनुभवी तथा नयाँ जोस जाँगरको सम्मिलन एमालेको टिम हो ।

    आफूले अन्य दलका उम्मेदवारबारे टिप्पणी नगर्ने भन्दै अध्यक्ष ओलीले प्रतिस्पर्धा गर्ने सबैप्रति सम्मान रहेको तर विजय एमालेको निश्चित भइसकेकाले दाबी ओलीले गरे ।

    ओलीले स्थापित र डंगोल समुदाय काठमाडौंका परम्परागत श्रमिक भएकाले श्रमिकको सम्मान गर्दै एमालेले उम्मेदवार बनाएको समेत बताए ।

     

    तस्बिरहरु : गौरव पौडेल ।

  • रुपन्देहीकाे मर्चवारीमा दलित महिला उम्मेदवारकाे मृत्यु

    रुपन्देहीकाे मर्चवारीमा दलित महिला उम्मेदवारकाे मृत्यु

    रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेकी दलित महिला सदस्य उम्मेदवार कुसुमी पासिनको मृत्यु भएको छ।

    मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले यसबारे निर्वाचन आयोगमा जानकारी गराइसकेको र अब अगाडिको प्रक्रिया थाल्ने जनाएका हुन् ।

    उनले सम्बन्धित वडाको सोही पदको लागि पुनः मनोनयन गरिए पनि निर्वाचनको मिति भने परिवर्तन नहुने जानकारी दिए ।

  • मेरो प्रतिस्पर्धा कांग्रेससँग हो तर, जितमा ढुक्क छु : कमला बोहरा

    मेरो प्रतिस्पर्धा कांग्रेससँग हो तर, जितमा ढुक्क छु : कमला बोहरा

    कैलाली । यस पटकको स्थानीय तह निर्वाचनमा पनि प्रमुख पदमा महिला प्रतिनिधित्व अपेक्षाकृत भएन । एउटै दलबाट प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले विभिन्न दलहरूबीच तालमेल भएपछि प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष हाबी भएको गुनासो बढेको छ ।

    सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको प्रमुखमा एमालेबाट चार जना महिलाको उम्मेदवारी परेको छ । तीमध्ये एक हुन् कञ्चनपुर बेलौरी नगरपालिकाकी प्रमुख उम्मेदवार कमला बोहरा । उनी यसअघि भूमिसम्बन्धी समस्या समाधान गर्न बनेको आयोग कञ्चनपुरकी अध्यक्ष थिइन् ।
    एमाले केन्द्रीय सदस्यसमेत रहेकी बोहरा कञ्चनपुर जिल्ला सहइन्चार्ज हुन् । बेलौरी नगरपालिका प्रमुखको उम्मेदवार बनेर प्रचारप्रसारमा जुटेकी बोहराले आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसलाई लिएकी छन् । बोहरा बेलौरी नगरपालिकालाई समृद्ध नगर बनाउने योजनासहित मतदातासमक्ष पुगिरहेकी छन् ।
    कस्ता छन् उनका योजनाहरू ? के छ जितको आधार ? प्रस्तुत छ मेयर उम्मेदवार कमला बोहरासँग गरिएको कुराकानी नेपाल टकमा ।

    – कस्ता एजेन्डामा मतदाताहरुलाई फकाइरहनुभएको छ ?

    स्थानीय तहको निर्वाचन भएको हुँदा स्थानीय एजेन्डाहरू लिएर जनताको घरदैलोमा पुगिरहेका छौं । उहाँहरूको दैनिकी जनजीविकाका कुराहरूलाई प्राथमिकता दिएर अघि बढेका छौं । उहाँहरूको समस्या बुझिरहेका छौं ।
    बेलौरी नगरपालिकालाई कसरी समृद्ध बनाउने, कसरी सुन्दर गराउने, यहाँको विकास निर्माणको कुरालाई कसरी अगाडि बढाउने भन्ने योजना लिएर घरदैलो अभियान सुरु गरेका छौं ।

    – घरदैलोमा गएका बेला मतदाताका माग के पाउनुभयो ?

    एकदमै सकारात्मक अपेक्षा पाइरहेको छु । बेलौरी नगरपालिकाको लागि म एउटा पहिलो महिला उम्मेदवार पनि हो । मुलुकमै धेरैभन्दा धेरै पुरुषहरूले नै प्रतिनिधित्व गरेको ठाउँमा मैले पहिलो पटक दाबी गरेको छु । उहाँहरू पनि हाम्रो प्रतिनिधित्व हुन थालेको भन्दै उत्साहित पनि हुनु भएको छ ।

    पढेलेखेको मान्छेले भोलि राम्रो काम गर्न सक्नुहुन्छ भन्दै हामीलाई थप ऊर्जा पनि दिइरहनुभएको छ । अर्काे कुरा, अहिलेसम्म भ्रष्टाचार, अनियमिततालगायत कुनै पनि दाग लागेको छैन । जनताको माझ यतिको मान्छे आउँदा बेलौरी नगरपालिकाको मुहार फेरिन्छ भन्ने विश्वास लागेको छ ।

    – गठबन्धनविरुद्ध तपाईं मैदानमा हुनुहुन्छ । उत्साह उमङ्गमात्रै छ कि चुनौती पनि ?

    त्यो गठबन्धनले बेलौरी नगरपालिकामा कुनै असर पर्दैन । हामी बलियो अवस्थामा छौं । नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवारी दिएको छ । माओवादी केन्द्रको पनि छुट्टै उम्मेदवार छन् । हामी सबै एक्लाएक्लै अगाडि बढिरहेका छौं । त्यसकारण यहाँ गठबन्धनको कुनै असर पर्दैन ।

    – योभन्दा पहिले पनि एमालेका उम्मेदवारहरू त्यही भन्दै आइरहनुभएको थियो । एक्लाएक्लै भिड्दा त एमाले पराजित भएको क्षेत्रमा अहिले गठबन्धनविरुद्ध जित्ने आधार के के हुन् ?

    अहिले म पूर्ण विश्वस्त छु । यहाँका जनताप्रति मलाई पूर्ण विश्वास छ । बेलौरी नगरपालिकाको जनताको आधारभूत समस्या समाधान गर्न म सक्छु भन्ने उहाँहरूलाई पनि थाहा छ ।

    सबै प्रकारका विभेदको अन्त्य गर्न सक्छु । यहाँका सबै प्रकारका समस्याहरू सम्बोधन गर्न म तयार छु । सबै वर्गलाई समेटेर उहाँहरूको प्रतिनिधित्व हुने गरी मैले काम गर्न सक्छु भन्ने कुरा पनि उहाँहरूलाई थाहा छ ।

    पहिले जितेको नगर प्रमुखले यहाँको बारेमा धेरै काम गर्न नसकेको कुरा सबैलाई थाहा छ । यहाँको विकासको सन्दर्भमा उहाँले काम गर्न नसकेको कारणले गर्दा र अर्काे उम्मेदवार पनि कमजोर भएको हुँदा मैले जित्ने कुरामा कुनै द्विविधा नै छैन । हाम्रो पार्टीका सङ्गठित सदस्यहरू पनि बढिरहेका छन् । त्यो कारणले पनि विजयी हुन्छु भन्ने छ ।

    – अन्य पार्टीहरूसँग त चुनाव लड्नैपर्ने छ । तर, आफ्नै पार्टीभित्रको आन्तरिक किचलो पनि छ । चुनाव जित्न समस्या हुँदैन ?

    त्यस्तो मलाई लाग्दैन । पार्टीभित्रको प्रतिस्पर्धा भन्ने कुरा क्षणिक हो । अहिले हामी एउटा सामूहिक मुद्दा लिएर अघि बढिरहेका छौं । पार्टीभित्रको किचलो पार्टीभित्रै होला । तर, यो जनताको मन जित्ने कुरा हो । जनतालाई जनताको मालिक बनाउने कुरा हो । हिजो टिकट नपाउँदासम्म पार्टीभित्र केही समस्या थियो होला । त्यो सामान्य हो । अब टिकट पाइसकेपछि हामी एक भएर अघि बढ्ने कुरामा लागिरहेका छौं । चुनाव जित्ने गरी हामी जनतासामु गइरहेका छौं । त्यसो भएको हुँदा सामान्य कुराले केही फरक पर्दैन ।

    – ८८ स्थानीय तहमध्ये सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहको प्रमुखमा मात्रै एमालेको तर्फबाट महिला उम्मेदवार हुनुहुन्छ । महिलालाई प्रमुख पदमा दाबी गर्न समस्या हो र ?

    चुनौतीका थुप्राहरू धेरै छन् । हामी सामाजिक चुनौतीसँग जुधिरहेका छौं । राजनैतिक चुनौती, पारिवारिक चुनौती पनि कायमै छ । क्षमतालाई बुझेर अब्बल रूपमा आफूलाई स्थापित गर्नु सबैभन्दा ठूलो चुनौती हो जस्तो लाग्छ ।

    चुनौतीहरूको बीचमा हामीले अवसर खोज्ने हो र त्यो अवसरलाई आफ्नो व्यक्तिगतभन्दा पनि जनताको हित सोचेर काम गर्दै अघि बढ्नु पर्छ । फेरि यो क्षेत्रमा मात्रै होइन सबै क्षेत्रमा चुनौती छन् । ती चुनौतीहरूलाई डटेर सामना गर्नुपर्छ ।
    हिजोको दिनमा पनि धेरै चुनौतीहरू थिए । पहिलो कुरा परिवारबाट बाहिर निस्किन नै ठूलो चुनौती थियो । अब चाहिँ हामी सशक्त ढङ्गबाट नेतृत्वमा स्थापित भइसकेका छौं । आएका चुनौतीहरूलाई चिर्ने कुरामा हामी प्रतिबद्ध छौं । चुनौतीसँग लडेर अघि बढ्ने कुरामा पनि हामी तयार छौं ।

    – बेलौरी नगरपालिकालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?

    सबैभन्दा पहिले बेलौरी नगरपालिकालाई एउटा आदर्श नगरपालिकाको रूपमा स्थापित गर्न म लागिपर्नेछु । समृद्ध नगरपालिका स्थापित गर्ने छु । नगर विकासको गुरुयोजना बनाएर दिगो विकासको थालनी गर्ने कुरामा मैले जोड दिने छु ।

    सामुदायिक विद्यालयमा आधारभूत तहसम्म अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने छु । माध्यमिक तहको शिक्षालाई निःशुल्क, जीवनोपयोगी र गुणस्तरीय बनाउने कुरामा मैले जोड दिने छु ।

    स्वास्थ्यको क्षेत्रमा प्रत्येक वडामा एउटा एम्बुलेन्स, प्रत्येक वडामा महिलामैत्री अस्पताल बनाउने सपना छ । बेलौरी नगरपालिका भौगोलिक रूपमा धनगढी र महेन्द्रनगरबाट टाढा रहेको छ । स्वास्थ्यसँग जोडिएका समस्याहरूमा धेरै मान्छेको अस्पताल नपुग्दै बाटोमै ज्यान जाने अवस्था छ । सबै सुविधायुक्त भएको ५० शय्याको राम्रो अस्पताल बनाउने सपना छ । ज्येष्ठ नागरिकहरुको सन्दर्भमा सुरक्षा बीमा गर्ने कुरालाई पनि मैले जोड दिनेछु । प्रत्येक घरपरिवारलाई सुरक्षा बीमासँग जोड्ने छु । भत्ता घरघरमा पुर्‍याउने छु ।

    – तपाईंको प्रतिस्पर्धी को हो ?

    अहिलेको अवस्थामा नेपाली कांग्रेससँग मेरो प्रतिस्पर्धा हुने आँकलन गरेको छु । नेकपा माओवादीको उम्मेदवार पुरानै हुनुहुन्छ । उहाँको काम सबैले हेरिसकेका छन् । त्यसैले उहाँको मूल्याङ्कन भइसकेको छ । त्यसैले अबको प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ ।

  • स्थापित भन्छन्– सगुनमा झोल पदार्थ नल्याउनुहाेस् (भिडिओ)

    स्थापित भन्छन्– सगुनमा झोल पदार्थ नल्याउनुहाेस् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि ‘सगुन’का नाममा समय बर्बाद नपार्ने बताएका छन् ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिफन्टले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उम्मेदवार स्थापितले अघिल्ला मेयर विद्यासुन्दर शाक्यतर्फ लक्षित गर्दै ‘केइकेई’ मान्छेले ६ महिनासम्म सगुनमा समय बर्बाद गरेको बताए ।

    ‘मैले केइकेई मान्छेलाई देख्या छु, ६ महिनासम्म कहाँ भन्या त ‘सगुन’ खान रैछ’, उनले भने, ‘सगुन खान भन्या छ, साँझ परेपछि चुस्स लाछ, फोन गरेको स्वीच अफ भन्छ । यस्तो पनि मेयर हुन्छ ?’

    सगुनका नाममा अण्डा र माछा खाएर ठूल्ठूला कुरा गरेर समय खर्च गरेको पनि उनले बताए । ‘जैले पनि सगुन भन्या छ, अण्डा खाछ, माछा खाछ । ठूल्ठूला कुरा गर्‍या छ’, उनले थपे ।

    तर आफू भने त्यस विषयमा सचेत रहेको स्थापितले बताए । आफू निर्वाचित भएपछि एकदिन सगुनका लागि छुट्याएको पनि उनले बताए । उनले भने, ‘हुँदैन जितेको भोलिपल्ट ६ देखि १२ बजेसम्म एकदिन हुन्छ । जति आउने हो, आउनुपर्‍यो । त्यसपछि अघिल्लो दिन मेरो आमाजस्तो दिदी हुनुहुन्छ उहाँलाई ढोग लाउनु, जान्छु र अनि यहाँ बस्ने ।’

    आफू उपहारको धेरै सौखिन नरहेको पनि उनले सुनाए । ‘मलाई अण्डा दियो भने अर्कोलाई दिइहाल्ने, फेरि खायो भने त मरिहाल्छ नि । अरु पनि खाने बानी लाग्छ नि, होस त पुर्‍याउनुपर्‍यो । खानेबानी ठीक हुँदैन क्या’, उनले भने, ‘उपहार लिएपछि त अरु पनि लिने बानी लाग्छ नि, उपहार नल्याउने खानेकुरा ल्याए हुन्छ, बिस्कुट ल्याए हुन्छ, झोल पदार्थ नल्याउनुहाेस् एकदम प्रस्ट ।’

    त्यो दिन १२ बजेपछि सगुन कार्यक्रम सिद्धिने र भोलिदेखि काम गर्ने उनले बताए ।

  • भैरहवामा माओवादी नेता भण्डारीसहित २ सय कार्यकर्ता एमालेमा प्रवेश

    भैरहवामा माओवादी नेता भण्डारीसहित २ सय कार्यकर्ता एमालेमा प्रवेश

    रुपन्देही । निर्वाचनको संघारमा रुपन्देहीको भैरहवामा नेकपा माओवादी पार्टी परित्याग केही नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

    सिद्धार्थनगर नगरपालिका वडा नं ९ का माओवादी पार्टीका पूर्व वडाध्यक्ष पुरन भण्डारी सहित २ सय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका जिल्ला उपसचिव हितराज पन्थीले दाबी गरे ।

    नेकपा एमालेको विचार र सिद्धान्तलाई अंगाल्ने प्रतिबद्धताका साथ भण्डारीले आफू एमालेमा प्रवेश गरेको बताए ।

    पार्टी प्रवेश गरेपछि आइतबार नै भण्डारी नेकपा एमालेका मेयरका उम्मेदवार डाक्टर रामप्रसाद बस्याल, उपमेयरका उम्मेदवार उमा अधिकारी, वडा नं ९ का अध्यक्ष शेषकान्त भण्डारीसहित घरदैलोमा समेत हिँडेका थिए ।

    पुरन भण्डारी गत स्थानीय निर्वाचनमा माओवादी पार्टीबाट वडा नम्बर ९ मा वडाध्यक्षका उम्मेदवार थिए, उनले निर्वाचन दोस्रो स्थानको मत प्राप्त गरेका थिए ।

  • बचनमा बाँधिएका निधि, भक्तपुरमा राप्रपाको लागि भोट माग्ने

    बचनमा बाँधिएका निधि, भक्तपुरमा राप्रपाको लागि भोट माग्ने

    भक्तपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भक्तपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि मत माग्ने भएका छन् ।

    नेता निधिले भक्तपुरको चाँगुनारायण नगरपालिका पुगेर कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई समेत राप्रपाका उम्मेदवारलाई मत दिन आह्वान गर्ने भएका हुन् ।

    यहाँ न राप्रपा र कांग्रेसबीच चुनावी तालमेल भएको छ न त गठबन्धन । धेरैलाई लागेको होला, कहीं कांग्रेस नेताले राप्रपाको लागि भोट माग्लान् ? तर, २०७६ साल मंसिर १४ गते भएको लिखित सहमतिले निधिलाई बाँधेको हो ।

    २०७६ साल मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ क प्रदेशमा उपनिर्वाचन भएको थियो । २०७४ सालमा भएको प्रदेश निर्वाचनमा विजयी हरिशरण लामिछानेको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको थियो । जुन उपनिर्वाचनको लागि मंसिर ८ गते नेपाली कांग्रेस र पशुपतिशमशेर राणा नेतृत्वको तत्कालीन राप्रपा संयुक्तबीच २ बुँदे लिखित सहमति भएको थियो । यसबीच राणाको राप्रपा संयुक्तसँग डा. प्रकाशचन्द्र नेतृत्वको राप्रपा र त्यसपछि कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकता भइसकेको छ । महाधिवेशनबाट राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष निर्वचित भएपछि पराजित कमल थापाले पुनः राप्रपा नेपाल व्युँताइसकेका छन् ।

    कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाको प्रत्यक्ष निर्देशनमा २०७६ साल मंसिर ८ गते तत्कालीन कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा उक्त सहमति भएको थियो । जुन सहमतिमा निधिसँगै, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका थिए ।

    त्यस्तै राप्रपाबाट उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यद्वय हरिबहादुर बस्नेत र दिनेश श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य रवीन्द्रप्रताप शाह र भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले हस्ताक्षर गरेका थिए ।

    उनले कांग्रेसको वर्तमान नेतृत्व, स्थानीय तह निर्वाचनका कमाण्डर उपसभापति पूर्णबहादुर खड्का, सत्ता गठबन्धनको निर्वाचन अनुगमनका प्रमुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मलाई विगतको लिखित सहमति पालना गर्न आग्रह र ध्यानाकर्षण गरे । तर, कसैले त्यसको सुनुवाइ गरेनन् । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा त नेता निधिको सम्पर्कमै आउन चाहेनन् ।

    जसले गर्दा स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने दिनसम्म कांग्रेसले भक्तपुरको चाँगुनारायणमा राप्रपासँग भएको लिखित सहमति कार्यान्वयन गर्नेतर्फ कुनै चासो दिएन । भक्तपुर कांग्रेसले एकतर्फी उक्त सहमति तोडेपछि हस्ताक्षरकर्ता नेता निधिमाथि राप्रपाका नेताहरुले नैतिक प्रश्न तेर्स्याएका थिए ।

    आफ्नो प्रयास विफल भएपछि उनी भक्तपुरको चाँगुनारायणमा राप्रपाका उम्मेदवारको लागि भोट भागिदिने बचन दिन बाध्य भएका हुन् । राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेका अनुसार कांग्रेस नेता निधिले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न आउने वचन दिइसकेका छन् ।

    ‘हामीलाई उहाँ (विमलेन्द्र निधि) ले राप्रपाको चुनावी सभालाई सम्बोधन गरेर कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई समेत राप्रपाका उम्मेदवारको पक्षमा मत दिन आह्वान गर्ने वचन दिइसक्नुभएको छ’, उनले भने, ‘हामी चुनावीसभाको तयारीमा छौं । निश्चित भएपछि उहाँलाई आमन्त्रण गर्छौं ।’

    उनका अनुसार राप्रपासँग भएको लिखित सहमति कार्यान्वयन गर्न र गराउन नेता निधिले धेरै पहल र प्रयास गरेका थिए । तर, कांग्रेस भक्तपुरका जिल्ला सभापति थापा, राप्रपाको सहयोगमा प्रदेश उपनिर्वाचनमा विजयी भइ वागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुन सफल कृष्णलाल भँडेलको राजनीतिक बेइमानी र धोखाघडीले निधिको प्रयास विफल भयो ।

    उपनिर्वाचनका क्रममा उक्त सहमतिपत्र गोप्य राखियो । त्यस्तै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको विशेष आग्रहमा जिल्ला अधिवेशन तथा केन्द्रीय महाधिवेशनसम्म पनि उक्त सहमति सार्वजनिक गरिएन ।

    ‘जिल्ला अधिवेशन र महाधिवेशन भाँडिने डरले त्यसबेलासम्म पनि लिखित सहमति सार्वजनिक नगर्न जिल्ला सभापति थापाले विशेष आग्रह गर्नुभयो’, सहमतिपत्रमा हस्ताक्षरकर्ता राप्रपा नेता दिनेश श्रेष्ठले भने, ‘यसरी धोखा दिने थाहा भएको भए उहिल्यै सहमति सार्वजनिक गर्ने थियौं । विश्वासमा परियो अहिले धोखा खाइयो ।’

    दुई दलबीच भएको सहमतिपत्रमा २ बुँदा र बुँदा नम्बर २ भित्र थप ४ बुँदा छन् । सहमतिको पहिलो बुँदामा २०७६ साल मंसिर १४ गते हुने भक्तपुर जिल्ला क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने र भक्तपुरमा कांग्रेस र राप्रपाबीच जिल्लास्तरीय लोकतान्त्रिक गठबन्धन गठन गर्ने उल्लेख छ । उक्त गठबन्धन आगामी तीनवटै तहको निर्वाचनसम्म कायम रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

    त्यस्तै बुँदा नम्बर २ (क) मा स्थानीय तह निर्वाचनअन्तर्गत चाँगुनारायण नपामा राप्रपाले मेयरसहित अनुकूल ४ वटा वडामा अध्यक्षको उम्मेदवारी दिने र ती उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    बुँदा नं २ (ख) मा चाँगुनारायण नपाको स्थानीय निर्वाचनमा कांग्रेसले उपमेयरसहित पाँचवटा वडामा अध्यक्ष उम्मेदवारी दिने र ती उम्मेदवारहरुलाई राप्रपाले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    कांग्रेस र राप्रपाबीच पहिल्यै लिखित सहमति भएकाले यहाँ सत्ता गठबन्धनका अन्य दलले समय कांग्रेसलाई एकलौटी छाडेका थिए । जसअनुसार यहाँ सत्ता गठबन्धनबीच कुनै भागबन्डा गरिएन । तर, कांग्रेसले चाँगुनारायणमा राप्रपा देखाएर आफूहरुलाई पनि धोखा दिएको गठबन्धनका अन्य दलहरुले गुनासो गरेका छन् । यहाँ कांग्रेसले सत्ता गठबन्धनका दलहरुलाई एउटा वडा सदस्यसमेत भाग दिएन ।

    तर, राप्रपासँगको सहमति कार्यान्वयन नभएपछि वडा नं ६ नगरकोटमा पार्टीले टिकट पठाएर पनि कांग्रेसका कुनै पनि नेता कार्यकर्ताले पार्टीको तर्फबाट उम्मेदवारी दिएनन् । बरु कांग्रेसका दुई स्थानीय नेताले राप्रपाको हलो चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका छन् । अन्य वडाकाे तुलनामा यहाँ कांग्रेस धेरै कमजाेरसमेत रहेकाे छ ।

    कांग्रेसले एकतर्फी लिखित सहमति भंग गरेपछि शनिबार राप्रपा भक्तपुरले पत्रकार सम्मेलन गरी चाँगुनारायणमा कांग्रेसविरुद्ध आफूहरुले अभियान नै सञ्चालन गर्ने जानकारी दिएको छ ।

    राप्रपा भक्तपुर अध्यक्ष लामिछानेले आफूहरुसँग गरिएको लिखित सहमति पालना नगर्ने कांग्रेसले चुनावमा दिने आश्वासनमा विश्वास नगर्न मतदाताहरुलाई आह्वान गर्ने स्पष्ट पारे । ‘केही पदमा लोभ गर्ने कांग्रेसले भोलि स्थानीय तहको अर्बौं बजेटमा र्‍याल चुहाउँदैन, भ्रष्टाचार गर्दैन भनेर विश्वास गर्न सकिन्छ ?’, नेता भने, ‘हामी जनतालाई यहीं प्रश्न गर्नेछौं र हिजो राष्ट्रघात गर्ने, अहिले राप्रपालाई धोखा दिने कांग्रेसले भोलि चाँगुवासीलाई घात गर्दैन भन्ने के ग्यारेन्टी ?’

    राप्रपाले चाँगुनारायणमा पार्टीका सहायक महामन्त्री रवीन्द्रप्रताप शाहलाई प्रमुख र केन्द्रीय सदस्य मञ्जु कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । त्यस्तै यहाँका नौवटै वडामा अध्यक्षसहित सबै पदमा उम्मेदवारी दिएको छ ।

    पत्रकार सम्मेलनमा प्रमुख उम्मेदवार शाहले चाँगुनारायणमा जिल्लाका नेताहरुले घात गरे पनि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले राप्रपालाई नै मत दिने विश्वास व्यक्त गरे ।

    ‘नेताहरु विश्वासघाती र धोखेबाज निस्के पनि कांग्रेसका स्थानीय कार्यकर्ताहरु नैतिकवान, इमानदार र असल छन् भन्ने मलाई विश्वास छ’, उनले भने, ‘त्यसैले उहाँहरुले मलाई भोट दिएर गुणको बदला गुण तिरेर विजयीसमेत बनाउनुहुन्छ भन्नेमा पूर्ण आशावादी छु ।’

    सहायक महामन्त्री शाहले भक्तपुरको चाँगुनारायणमा कांग्रेसले दिएको धोखाले राप्रपालाई घाटा हुनुभन्दा कांग्रेसले भक्तपुरसँगै देशभर घाटा व्यहोर्नुपर्ने औंल्याए ।

  • महिलाहरूलाई कार्यस्थलमा सुरक्षित वातावरण बनाउनेछौं, महिनावारीमा बिदा दिलाउछौं : सुनिता डंगोल

    महिलाहरूलाई कार्यस्थलमा सुरक्षित वातावरण बनाउनेछौं, महिनावारीमा बिदा दिलाउछौं : सुनिता डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउने समेत बताइन् ।

    श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने पनि वाचा गरिन् ।

    उनले भनिन्, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति-कार्यक्रम अघि सार्नेछौं । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसुस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउने छौं ।’

    उनले युवाको आवाज बुझेर एमालेले आफूलाई उपमेयरको उम्मेदवार बनाएको बताइन् । फेरि एमालेका अध्यक्ष देशको प्रधानमन्त्री बन्नुपर्ने बताइन् ।

    डंगोलले कार्यक्रममा सांकेतिक भाषामा समेत आफ्ना कुरा राखेकी थिइन् ।

  • काठमाडौं महानगरपालिकामा एमालेका दुई सदस्य निर्विरोध निर्वाचित

    काठमाडौं महानगरपालिकामा एमालेका दुई सदस्य निर्विरोध निर्वाचित

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका का दुई जना सदस्य निर्वाचित भएका छन् ।

    निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ मा पनि दलित महिला सदस्य गीता परियारकोमात्र उम्मेदवारी परेकाले निर्विरोध भएका हुन् ।

    निर्विरोध भएका दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए ।

  • गठबन्धन पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय

    गठबन्धन पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले समझदारीअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेका छन् ।

    आज बिहान बसेको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

    निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप कार्य गर्न/गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरुलाई निर्देश गर्ने ।’

    साथै गठबन्धनको मर्म र भावना अनुरूप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने पनि निर्णय भएको छ ।

    गठबन्धनले सहमति पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

  • आफ्ना स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न विप्लवको अपिल

    आफ्ना स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न विप्लवको अपिल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नो पार्टीको समर्थनप्राप्त स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् ।

    आज एक अपिल सार्वजनिक गर्दै उनले ‘देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न’ अपिल गरेका हुन् ।

    सार्वजनिक भएको अपिलमा नेकपाले स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघातविरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको उल्लेख गरेको छ ।

    अपिलमा भनिएको छ, ‘यही नीति अनुसार २०७९ वैसाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनु भएका साथै अन्य कैयौं स्थानमा अन्य चिन्ह जस्तो कि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौं ।’

    यद्यपि अहिलेको संसदीय सत्ता र व्यवस्थाभित्रका कुनै पनि इकाइ र तहबाट राष्ट्र र जनताका पक्षमा आमूल परिवर्तन गर्न सम्भव नभएको कुरामा प्रष्ट रहेको विप्लवको जिकिर छ ।

    ‘देशको स्वाधीनता एवं जनताको पूर्णअधिकारका लागि वैज्ञानिक समाजवादी सत्ता अपरिहार्य छ,’ अपिलमा भनिएको छ । तर, स्थानीय चुनावलाई राष्ट्र र जनताका पक्षमा संघर्ष गर्ने कार्यनीतिक मोर्चाका रुपमा ग्रहण गरेको विप्लवले जनाएका छन् ।

     

  • सिर्जना जिताउन प्रकाशमानको दौडधुप (तस्बिरहरू)

    सिर्जना जिताउन प्रकाशमानको दौडधुप (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहले घरदैलो अभियान सुरू गरेकी छन् ।

    सिर्जनाका श्रीमान् एवं कांग्रेस नेता प्रकाशमान सिंह पनि भोट माग्न हिँडिरहेका छन् । आज बिहान महानगरको ३, ५, ७, ८, १०, ११, २९, ३० र ३१ मा घरदैलो गरेर नेता सिंह प्रचारप्रसारमा सहभागी भएका छन् ।

    काठमाडौं महानगरमा गठबन्धनले मेयरमा कांग्रेसकी सिर्जना र उपमेयरमा नेकपा एसका रामेश्वर श्रेष्ठलाई अघि सारेको छ ।

  • गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार

    गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार

    सुर्खेत । अघिल्लो चुनावमा नेकपा एमालेबाट जितेका दैलेखको भैरवी गाउँपालिका अध्यक्ष प्रेम बुढाले आसन्न स्थानीय निर्वाचनका लागि वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

    वडा नम्बर ७ माथिल्लो कुसापानीमा उनी एमालेबाट वडासदस्यको लागि मैदानमा छन् । बुढाले अध्यक्षबाट राजीनामा गरेर सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    पालिका अध्यक्षमा दोहोरिने आकांक्षा गरे पनि एमालेले यसपटक सर्वराज महतारालाई अघि सारेको छ । त्यसपछि जिल्ला समन्वय समिति प्रमुखको तयारीसहित आफू सदस्यको उम्मेदवार बनेको बुढाले बताए ।

    ‘जिल्ला समन्वय समितिमा जाने योजना बनाएर मैले अहिले वडा सदस्यमा उम्मेदवारी दर्ता गरेको हो ’ उनले नेपालप्रेससँग भने । उनले समन्वय प्रमुख भएर पनि धेरै काम गर्न सकिने बताउँदै त्यसैका लागि आफू निर्वाचनमा होमिएको बताए ।

    दैलेखमा ११ ओटा पालिका रहेका छन् । यसअघि एमालेकै प्रेम थापा समन्वय प्रमुख बनेका थिए भने हाल ठाँटीकाँध गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी लक्ष्मीदेवी शाह उपप्रमुख छिन् ।