Category: स्थानीय निर्वाचन–२०७९

  • गृहमन्त्री खाण आचारसंहिताविपरीत भाइको चुनावी प्रचारमा सहभागी

    गृहमन्त्री खाण आचारसंहिताविपरीत भाइको चुनावी प्रचारमा सहभागी

    रूपन्देही । गृहमन्त्री बालकृष्ण खाण निर्वाचन आचारसंहिताविपरीत आफ्ना भाइको चुनावी प्रचारमा खटिएका छन् ।

    मंगलबार रुपन्देही आएका उनी बुधबार तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएका हुन् । तिलोत्तमा नगरपालिकामा उनका सहोदार भाइ रामकृष्ण खाण मेयर उम्मेदवार छन् । रामकृष्ण कांग्रेस र माओवादीकाे गठबन्धनका उम्मेदवार हुन् ।

    गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी उनी चुनाव प्रचार अभियानमा सहभागी भएका छन् । गृहमन्त्री खाणले बुधबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा आयोजित कांग्रेसको चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छन् । तर, उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ ।

    आचारसंहिताविपरीत गृहमन्त्री कांग्रेसको चुनावी कार्यक्रममा सरकारी गाडीसहित सहभागी भएका थिए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले सरकारका मन्त्री कुनै दल वा उम्मेदवारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिताविपरीत हुने बताए ।

    ‘मन्त्री वा कुनै पनि जनप्रतिनिधि आफ्नो पदीय मर्यादाविपरीत कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइँदैन । सहभागी भए आचारसंहिताविपरीत हुन्छ’, उनले भने ।

    यसअघि तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे आचारसंहिताविपरीत एमालेको चुनावी कार्यक्रममा सहभागी भएको भन्दै कांग्रेस कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उजुरीपछि घिमिरेसँग आयोगले स्पष्टीकरणसमेत सोधिसकेको छ । तर घिमिरेले पनि आफूले सरकारी सुविधा फिर्ता गरिसकेको भन्दै चुनावी कार्यक्रममा नगर प्रमुखको हैसियतमा सहभागी नभई दलीय हैसियतमा सहभागी भएको बताए । उनी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

  • बाबुराम भट्टराईको गृहनगरमा गठबन्धन टुट्यो

    बाबुराम भट्टराईको गृहनगरमा गठबन्धन टुट्यो

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा गठबन्धन टुटेको छ ।

    गोखराको पालुङटार नगरपालिकामा गठबन्धन टुटेको हो । त्यहाँ र गोरखा नगरपालिकामा कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने निर्णय भएको थियो ।

    तर दुबै दलको बैठकले वडा तहसम्म तालमेल गर्ने प्रयास गर्दा पनि सफल नभएपछि एक्ला एक्लै निर्वाचन लड्ने तयारी भएको कांग्रेसले जनाएको छ।

    कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले नेता कार्यकर्ताहरुको राय अनुसार दुबै दल स्वस्थ र मित्रवत् निर्वाचानमा जान तयार रहेको बताए ।

    एक परिपत्र जारी गर्दैै उनले कांग्रेसको तर्फबाट उम्मेदवार रहेका मेयर, उपमेयर लगायत सबै वडाका उम्मेदवारहरुलाई निर्वाचित गराउने गरी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

  • देउवा भरतपुर जाँदै, जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउन पहल गर्ने

    देउवा भरतपुर जाँदै, जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउन पहल गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन बास बस्ने भएका छन् ।

    चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा भोली भरतपुरमा हुने सभालाई सम्बोधन गर्न आजै साँझ चितवन पुग्न लागेका हुन् । प्रधानमन्त्री देउवा भरतपुरस्थित होटल सिराइँचुलीमा बस्नेछन् ।

    भरतपुरमा विहीबार गठबन्धनले चुनावी सभा गर्दैछ । सभामा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सभामा सहभागि हुनुअघि सभापति देउवाले भरपुरका असन्तुष्ट कांग्रेस नेताहरुसँग भेटवार्ता गर्ने सम्भावना छ ।

    ‘प्रधानमन्त्री चितवन आउँदा कांग्रेसका असन्तुष्ट नेताहरुलाई एकपटक भेट्ने र सहमतिका लागि अन्तिम प्रयास गर्ने सम्भावना छ’, चितवन कांग्रेसका एक नेताले भने ।

    ती नेताका अनुसार प्रधानमन्त्री देउवाले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेर ‘उम्मेदवारी निष्क्रिय बनाई गठबन्धनलाई साथ दिन’ आग्रह गर्ने सम्भावना छ ।

    ‘चुनावीसभा ११ बजे भनिएको छ । त्यसअघि नै असन्तुष्ट उम्मेदवार र नेतालाई मनाउन सभापतिले निर्णायक पहल लिनुहुनेछ’, ती नेताले भने ।

    यअसघि देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण तीन दिन दिचतवन बसेपनि स्वतन्त्र उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन असफल भएका थिए ।

  • गगनलाई भ्याइनभ्याइ: पाँच दिनमै ५० चुनावीसभालाई सम्बोधन गर्ने

    गगनलाई भ्याइनभ्याइ: पाँच दिनमै ५० चुनावीसभालाई सम्बोधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दिनमै ५० भन्दा बढी चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।

    प्रभावशाली वक्ता थापालाई ६० भन्दा बढी जिल्लामा सम्बोधन गर्न निम्तो आएको थियो । त्यसमध्ये सम्भव हुने जति स्थानमा पुग्ने तयारी थापाले गरेका छन् ।

    महामन्त्री थापाको सचिवालयका अनुसार वैशाख २३ गते रौतहटमा पाँचवटा सभामा थापा सहभागी हुनेछन् । वैशाख २४ गते रामेछाप, सोलुखुम्बु र भोजपुरका चुनावी सभालाई थापाले सम्बोधन गर्नेछन् ।

    वशाख २५ गते महोत्तरीका चारवटा चुनावी सभालाई महामन्त्री थापाले सम्बोधन गर्नेछन् भने वैशाख २६ गते उदयपुर, सप्तरी, सुनसरी र मोरङ पुग्नेछन् ।

    वैशाख २७ मा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहहरुमा आयोजना हुने चुनावीसभालाई महामन्त्री थापाले सम्बोधन गर्नेछन् । उपत्यकाका सबैजसो पालिकामा चुनावीसभाका लागि पुग्ने तयारी थापाको सचिवालयले गरिरहेको छ ।

    चुनावी प्रचारका लागि कम समय भएकोले निम्तो आएका अधिकांश जिल्ला पुग्न भने थापाले भ्याउने छैनन् । कांग्रेसले निर्धारण गरेको चुनावी सभाअन्तर्गत थापाले बुटवलमा आयोजना हुने सभालाई पनि सम्बोधन गर्नेछन् ।

    ‘६० भन्दा बढी जिल्लाबाट एकपटक भएपनि आइदिनुपर्यो भन्ने निम्तो छ । तर समय कम भएकाले मौन अवधि सुरु हुनुअगाडिसम्म भ्याउने जति जिल्ला पुगे ५०–६० वटासम्म सभालाई सम्बोधन गर्ने तयारी छ’, थापाको सचिवालयले जनायो ।

  • विराटनगरमा कांग्रेसको सभा, देउवा र शेखर एकै मञ्चमा

    विराटनगरमा कांग्रेसको सभा, देउवा र शेखर एकै मञ्चमा

    विराटनगर । स्थानीय निर्वाचनको प्रचारप्रसारअन्तर्गत विराटनगरमा बुधबार हुने सभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने भएका छन् ।

    पुष्पलाल चोकमा केहीबेरमा सुरु हुने सभालाई सम्बोधन गर्न सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल विराटनगर पुग्दैछन् । कोइराला भने विगत केही दिनदेखि विराटनगरमै रहेका छन् ।

    महामन्त्री विश्वप्रकाश शर्माले पनि आजको सभालाई सम्बोधन गर्नेछन् ।

    सभापति देउवा र वरिष्ठ नेता पौडेलसहितका नेताहरुले देशभर ६ वटा सभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

  • निर्वाचन आयोगमा दर्ता कायम ११२ दलको सूची सार्वजनिक (सूचीसहित)

    निर्वाचन आयोगमा दर्ता कायम ११२ दलको सूची सार्वजनिक (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म दर्ता कायम ११२ राजनीतिक दलको सूची सार्वजनिक गरेको छ ।

    आयोगले दलको नाम, दर्ता नम्बर, दर्ता मिति, दलको मुख्य कार्यालय र ठेगाना, सम्पर्क नम्बर, दलको प्रमुखको नाम, निर्वाचन चिन्ह र नाम तथा इमेल सार्वजनिक गरेको हो ।

    दर्ता सूचीअनुसार एक नम्बरमा नेपाल मजदुर किसान पार्टी रहेको छ । दोस्रोमा नेकपा मालेको दर्ता रहेको छ ।

    यस्तै नेकपा एमालेको क्रम संख्या २४ नम्बरमा रहे पनि दर्ता नम्बर भने ३२ रहेको छ । नेकपा माओवादी केन्द्रको क्रम संख्या २६ भए पनि दर्ता नम्बर भने ३७ रहेको छ । यस्तै नेपाली कांग्रेस क्रम संख्याको हिसाबले नेकपा माओवादी केन्द्रभन्दा पछि २७ नम्बरमा छ भने दर्ता नम्बर कांग्रेसको ३८ रहेको छ ।

    यस्तै विवेकशील साझा पार्टी क्रम संख्याका हिसाबले ७१ नम्बरमा छ भने दर्ता नम्बर १३८ मा छ । जनता समाजवादी पार्टी (जसपा) क्रम संख्या ८६ मा छ भने उसको दर्ता नम्बर १५९ छ । नेकपा एकीकतृ समाजवादी पार्टी क्रम संख्या ९२ मा छ भने दर्ता नम्बर १६६ रहेको छ । नेकपा एसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) क्रम संख्या ९३ मा छ भने दर्ता नम्बर १६७ रहेको छ ।

    हेर्नुस् सूची

  • आचारसंहिताविपरीत मत माग्दै रतुवामाईका मेयर राई

    आचारसंहिताविपरीत मत माग्दै रतुवामाईका मेयर राई

    विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा लागेका छन् ।

    उनले नगरपालिकाकाे स्रोतसाधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेका हुन् ।

    उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्नेमात्र नभई विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा भाषणसमेत गर्दै हिँडिरहेका छन् । मेयर राईले हालसम्म पदबाट राजीनामा दिएका छैनन् ।

    निर्वाचन आचारसंहिताबमोजिम बहालवाला मेयरले कुनै पनि दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउँदैनन् । तर, उनले निर्वाचन आयोगलाई नै चुनौती दिँदै पदको दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् ।

    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीको चुनावी प्रचारमा हिँड्नुपर्ने भएकाले नैतिकता देखाउँदै राजीनामा दिएका थिए । तर, रतुवामाईका मेयर राई भने आचारसंहिताविपरीतका गतिविधिमा सक्रिय रहेको स्थानीयको भनाइ छ । उनी २०७४ सालमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय रतुवामाईका प्रमुख निर्वाचन अधिकृत राजु अधिकारीले मेयरले कुनै पनि दल विशेषको चुनावी प्रचारमा सहभागी हुन नपाउने भएकाले त्यसो गरेको पाइएमा कारबाही हुने बताए ।

    यस्तै प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कस्यप अधिकारीले मेयर राईले आचारसंहिताविपरीतको कार्य गरेको खण्डमा कारबाहीको भागीदार बन्ने बताए ।

    आचारसंहिता उल्लंघन गरेको विषयमा मेयर राईले निजी गाडी लिएर चुनावमा हिंडेको प्रतिक्रिया दिएका छन् । आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको उनको दाबी छ ।

  • यसरी हेर्न सकिन्छ ७५३ पालिका र ६ हजार ७४३ वडाका उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

    यसरी हेर्न सकिन्छ ७५३ पालिका र ६ हजार ७४३ वडाका उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका वडा सदस्यदेखि पालिका प्रमुखसम्मका सबै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

    आयोगका अनुसार ७५३ पालिका र ६ हजार ७४३ वटा वडामा गरी जम्मा एक लाख ४५ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

    केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्या जस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ ।

    झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानूनअनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो ।

    आयोगले प्रकाशन गरेका उम्मेदवारहरुको अन्तिम नामावली तल हेर्न सकिन्छ ।

  • ढोरपाटनका मेयर उम्मेदवार अर्यालको प्रतिबद्धता– आफूले जिते किसानलाई दूध र मासुमा अनुदान

    ढोरपाटनका मेयर उम्मेदवार अर्यालको प्रतिबद्धता– आफूले जिते किसानलाई दूध र मासुमा अनुदान

    बागलुङ । ढोरपाटन नगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार चन्द्र अर्यालले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् ।

    यहाँ सत्ता गठबन्धनको लागि नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य अर्याल मेयर उम्मेदवार रहेका छन् । उनले आफू मेयर निर्वाचित भए स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गरेका हुन् ।

    ‘प्रवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर अर्याल चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

    ढोरपाटन नगरपालिका–२ मा २०३० सालमा जन्मेका अर्यालले व्यवस्थापनमा स्नातक गरेका छन् । उनले २०५६ सालसम्म माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए । २०५७ सालमा व्यवसाय र पेशा छोडेर अर्याल नेकपा (माओवादी केन्द्र) को राजनीतिमा सक्रिय भएका थिए । सशस्त्र जनयुद्धमा होमिएका उनी युद्धपछि बुटवलमा बसाइ सरे । उनले पार्टीको सम्पर्कमै रहेर बुटवललाई कार्य क्षेत्र बनाए । शान्ति सम्झौतापछि उनी ढोरपाटनमै फर्किएका थिए ।

    लामो समयदेखि पार्टीको मूल प्रवाहमा रहेकाले पार्टीले यसपटक आफूलाई मेयर उम्मेदवार बनाएको अर्यालको दाबी छ । पार्टीको विश्वासलाई सही सावित गर्दै उनले नगरवासीको जीवनस्तर उकास्न काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘२०५७ देखि पार्टीको मूल प्रवाहमा रहेर काम गरिरहेको छु,’ उनले भने, ‘पार्टीले गरेको विश्वासलाई यथार्थमा बदल्न विशेष योजनाका साथ मेयर लडेको छु ।’

    माओवादी केन्द्र ढोरपाटन नगर कमिटीले मेयरको लागि अर्यालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । नगरमा सर्वसम्मत भएपछि प्रदेश कमिटी सदस्यसमेत रहेका उनको एकल नाम सिफारिस गरिएको थियो । दुई दर्जनभन्दा बढी सामाजिक संस्थामा विगत १५ वर्षदेखि काम गर्दै आएकाले ढोरपाटनवासीले आफूलाई नै चयन गर्ने अर्यालले विश्वास व्यक्त गरे ।

    उनले अन्य प्रतिस्पर्धीको तुलनामा आफ्नो भिजन उत्कृष्ट भएको बताउँदै भावी योजना र खाकाले ढोरपाटन नगरको मुहार फेरिने दाबी गरेका छन् ।

    प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । देशकै एकमात्र सिकार आरक्ष भएकाले पनि यहाँ स्थानीय र बाह्य पर्यटकहरू सिकार गर्न आउने गर्छन् । पर्यटनबाट नगरले ठूलो प्रगति गर्न सक्ने सम्भावना भएकाले ढोरपाटनलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन आफूले काम गर्ने अर्याल बताउँछन् ।

    मेयर उम्मेदवार अर्यालले नगरभित्र रहेका उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीयका लागि दातृ निकायसँगको समन्वयमा सोलार हिटर प्लान्ट स्थापना गर्ने आफ्नो योजना रहेको सुनाए । ‘धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकासका लागि म गुरुयोजनाको साथ आएको छु’, उनले भने, ‘उक्त गुरुयोजनाअनुसार नगरभित्र जडिबुटी, आलु र दुग्ध प्रशोधन उद्योग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छु ।

    त्यस्तै ढोरपाटन वनभित्रको काठ व्यवस्थापन गर्न चारवटा काष्ठ उद्योग स्थापना गर्न सकिन्छ । त्यसमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुई हजार जनाले रोजगारी पाउनेछन् ।’

    आफू मेयर निर्वाचित भए नगरका ९ वटै वडाका १० देखि १२ जना गरी १०० जनालाई रोजगारी उपलब्ध गराउने उनको योजना छ । अघिल्लो सरकारले गर्न नसकेको नगरपालिकाको प्रशासकीय भवन पनि आफूले निर्माण गर्ने उनले बताए ।

    १० जनालाई इञ्जिनियरिङ्ग र ५ जनालाई एमीबीबीएस अध्यापन

    मेयर उम्मेदवार अर्यालले आफ्नो घोषणापत्रमा स्नातक तहसम्मको अध्ययन निःशुल्क गर्ने घोषणासमेत गरेका छन् । नगरभित्रै रहेको निसीभुजी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्नेलाई निःशुल्क पठनपाठन गराउने योजना आफूले बनाएको उनले बताए ।

    ‘विद्यालय तहमा निःशुल्क अध्ययन भनिए पनि त्यो पूर्ण रुपमा पालना नभएकाले हामी त्यसलाई पूर्ण कार्यान्वयन गर्छाैं’, उनले भने, ‘परीक्षा शुल्क, अतिरिक्त शुल्कको नाममा लिइने शुल्क पूर्णतः हटाउँछाैं । प्राविधिक शिक्षालाई जोड दिन्छाैं । विद्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिन्छाैं ।’

    उनले हरेक वर्ष गरिब, विपन्न, जेहेनदार, दलित र असहाय १० विद्यार्थीलाई इञ्जिनियर र ५ विद्यार्थीलाई एमबीबीएस पढाइनेसमेत घोषणा गरेका छन् ।

    नगरमै सुविधा सम्पन्न अस्पताल

    अर्यालले हरेक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य इकाई स्थापना गर्ने योजनासमेत सार्वजनिक गरेका छन् । भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने, नगरपालिकाका स्थानीयलाई थप उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्य गर्न नगरमै उच्चस्तरको अस्पताल स्थापना गर्ने आफ्नो योजना रहेको उनले जानकारी दिए ।

    किसानलाई दूधमा प्रतिलिटर २० र मासुमा प्रतिकेजी १० रुपैयाँ अनुदान

    मेयर उम्मेदवार अर्यालले कृषि क्षेत्रमा आफूले नयाँ क्रान्ति गर्ने गरी योजना बनाएको दाबी गरेका छन् । किसानलाई यान्त्रीकरण गर्दै व्यावसायिक कृषिका लागि आधुनिक र उच्चस्तरको प्रविधि भित्र्याएर उत्पादन र लागत बढाउने उनको प्रतिबद्धता छ ।

    नगरभित्रका कुनै किसानले दूध उत्पादन गरेर बेचेमा उनलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने उनले जानकारी दिए । त्यस्तै नगरभित्रै उत्पादन गरे मासु बेच्नेलाई नगरपालिकाको तर्फबाट प्रतिकेजी १० रुपैयाँ अनुदान दिने उनको भनाइ छ । ‘कृषिलाई जीविकोपार्जनबाट व्यावसायिकतर्फ रुपान्तरण गर्न नसकेसम्म नगरवासीको जीवनस्तर माथि उठाउन सकिँदैन’, अर्यालले भने ।

    २०७४ को निर्वाचन र वर्तमान अवस्था

    २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका देवकुमार नेपाली नगर प्रमुखमा विजयी भएका थिए । नेपालीले कुल मतदाताको २२.४५ प्रतिशत मत प्राप्त गरेका थिए । कूल ११ हजार ९९० मतदाता रहेकोमा नेपालीले २ हजार ६९२ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन शेरचनले १ हजार ९४६ मत पाएका थिए ।

    त्यसैगरी राष्ट्रिय जनमोर्चाले १ हजार ९०० मत ल्याउँदा नेकपा (माओवादी केन्द्र) ले १ हजार ४०० मत ल्याएको थियो । गत स्थानीय तह निर्वाचनको तुलनामा यस वर्ष ५ हजार ६४० नयाँ मतदाता थपिएका छन् ।

    नगरको प्रमुखमा सत्ता गठबन्धनबाट अर्याल र एमालेबाट निवर्तमान मेयर नेपाली चुनावी मैदानमा छन् । अर्याललाई सत्ता गठबन्धनको साथ रहँदा नेपालीलाई राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले समर्थन गरेको छ ।

  • गठबन्धनका ‘बागी’ उम्मेदवार: जिते पार्टीको सम्मान, हारे कारबाही !

    गठबन्धनका ‘बागी’ उम्मेदवार: जिते पार्टीको सम्मान, हारे कारबाही !

    कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट रामसमझ चौधरी र माओवादीको तर्फबाट अघिल्ला अध्यक्ष लाजुराम चौधरी उम्मेदवार छन् । उनीहरू दुवैजनाले उम्मेदवारी दर्ता गराउनु अघिल्लो रात गठबन्धनमा रहेका तीन दलबीच उक्त गाउँपालिकाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष कांग्रेसले लिने गरी भागबण्डा गरेका थिए ।

    त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रबाट लक्ष्मी सत्गौवा थारुले पनि उम्मेदवारी दिइन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षमै निर्वाचित भएकी थिइन् । उनी फेरि गठबन्धनको उम्मेदवारलाई पराजित गरेर आफू निर्वाचित हुने दाबी गर्छिन् ।

    कैलालीको कैलारी गाउँपालिका त एउटा उदाहरण मात्रै हो । चुरे, गाउँपालिका, जोशीपुर गाउँपालिका र गोदावरी नगरपालिकामा पनि पार्टीकै आधिकारी उम्मेदवार गठबन्धनका उम्मेदवारको बागी भएका छन् । उनीहरूले पार्टीको निर्वाचन चिह्नमै मत मागिरहेका छन् ।

    चुरे गाउँपालिकाको अध्यक्ष एकीकृत समाजवादीको भागमा र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको थियो । अहिले समाजवादीको आधिकारी टिकट लिएर उपाध्यक्ष र अध्यक्ष दुवैमा उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका डिजा सिजापतिको पनि उम्मेदवारी छ ।

    कैलालीमा प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धनविरुद्ध ८ जनाले बागी उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचन ऐन दफा २३ को पाँचमा दलले आफ्नो आधिकारिक उम्मेदवारलाई दिएको मनोनयन पनि फिर्ता दिनसक्ने उल्लेख गरिएको छ । त्यही ऐनमा टेकेर १६ गते ४ः४४ मा टेकेर टिकाराम ढुङ्गानाको उम्मेदवारी कांग्रेस केन्द्रीय कार्यालयले नै खारेज गरेको थियो । उनले कांग्रेसको तर्फबाट आधिकारी उम्मेदवार भएर मनोनयन दर्ता गराएका थिए ।

    १६ गते सम्म उम्मेदवार वा पार्टीले फिर्ता नलिएका उम्मेदवार आधिकारिक भएको चुरे गाउँपालिकाका निर्वाचन अधिकृत राइभान कुन्जेडाले जानकारी दिए ।

    ‘उम्मेदवार फिर्ता लिने समयसम्म फिर्ता नभएका उम्मेदवारहरुनै आधिकारिक हुन्छन्’, उनले भने ‘त्यसपछि पार्टीले हाम्रा उम्मेदवार होइनन् भने पनि निर्वाचन आयोगले त्यसलाई मान्यता दिँदैन ।’

    उम्मेदवारी फिर्ता लिने समयसम्म पनि कारबाही नगरेको गठबन्धनले उनीहरूलाई त्यसको तीन दिनपछि नसियत दिएको छ । गठबन्धनविरुद्ध उत्रिएका आठजनाको नाम सार्वजनिक गर्दै उनीहरू गठबन्धनको आधिकारिक उम्मेदवार नभएको भन्दै आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन जारी गरिएको छ । त्यस्तो नगरेको पाइए कारबाही गर्ने तीनै दलले समझदारी गरेका छन् ।

    तर, पार्टीको टिकट पाएर उम्मेदवारी दर्ता गराएकाहरू अहिले मैदानबाट पछि हट्ने मुडमा छैनन् । उनीहरू तीव्र चुनावी प्रचारप्रसारमा छन् ।

    ‘हामीलाई पार्टीले गरेको कारबाहीले केही फरक पर्दैन’ कैलाली गाउँपालिकामा गठबन्धनविरुद्ध उम्मेदवारी बनेको माओवादी नेता लक्ष्मी सत्गौवाले भनिन् , ‘हेरौँ कारबाही कहिलेसम्म हुन्छ ?’

    जिते सम्मान, हारे कारबाही !

    १९ वैशाखमा कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’, एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्चार्ज दीर्घ सोडारीले हस्ताक्षर गरेको विज्ञप्तिमा उनीहरू आठैजना पार्टीको आधिकारिक उम्मेदवार नभएको बताइएको छ ।

    तर, पार्टीका टिकट लिएर मनोनयन दर्ता गरेकाहरू अहिले पार्टीको चुनाव चिह्नमा मत मागिरहेका छन् । उनीहरूलाई गठबन्धनको बैठकले के फरक पर्छ त ? नेपाली कांग्रेसका एक नेताले भने, ‘उहाँहरू पराजित भए पार्टीबाटै कडा कारबाही हुन्छ, जित्नु भएको अवस्थमा पार्टीमा फर्किनुहुन्छ ।’

    कांग्रेसको मात्रै, होइन एकीकृत समाजवादी र माओवादीका नेताहरू पनि उनीहरूको कारबाहीको विषयमा यस्तै टिप्पणी गर्छन् ।

    वडामा मित्रवत् प्रतिस्पर्धा

    १३ स्थानीय तह रहेको कैलालीमा अधिकांश स्थानीय तहमा १० गते राति गठबन्धनका दलहबीच प्रमुख र उपप्रमुखमा सहमति भएको थियो । तर, यहाँका १२६ वडाहरूमा भने गठबन्धन भद्रगोल छ ।

    गठबन्धनका दलहरूबीच २०७४ सालको चुनावमा माओवादीले जितेका वडामा माओवादीले उम्मेदवार बनाउने, कांग्रेसले जितेका वडामा कांग्रेसले उम्मेदवार बनाउने र एकीकृत समाजवादीमा सनाखत गरेका वडामा एकीकृत समाजवादीले उम्मेदवार बनाउने सहमति भएको थियो । बाँकी एमाले रहेको २४ वडाहरू तीन भागमा बाँड्ने सहमति भएको हो । तर, वडाहरूमा योअनुसारको तालमेल भएन ।

    तीनै दलहरूले सबैजसो वडामा उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता गर्ने समयसम्म पनि उम्मेदवारी फिर्ता नभएपछि अहिले कैलालीको सबै वडाहरूमा तीन दलबीच मित्रवत् प्रतिस्पर्धा भइरहेको हो ।

    ‘सुरुमा सहमति गर्ने सहमति भएको थियो तर, पछि सबैले वडाहरूमा उम्मेदवारी दिन लगाए’ कांग्रेसका एक नेताले भने, ‘सबै आफ्नो अडानमा रहेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने अवस्था आयो ।’

  • नेकपा एसको निर्णय- गठबन्धन नभएका र आफ्ना उम्मेदवार पनि नउठेका स्थानमा एमालेविरुद्ध मतदान गर्ने

    नेकपा एसको निर्णय- गठबन्धन नभएका र आफ्ना उम्मेदवार पनि नउठेका स्थानमा एमालेविरुद्ध मतदान गर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

    अध्यक्ष माधवकुमा नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको सचिवालय बैठकले नेकपा एससँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले विज्ञप्तिमार्फत जनाएका छन् ।

    नेकपा एसले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा पनि उसका विरुद्ध मतदान नगर्न भनेको हो । बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझै पनि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ ।

    महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको भुसालले बताएका छन् ।

  • मेलम्चीका वडाध्यक्षलाई निर्वाचन आयोगको २४ घण्टे अल्टिमेटम

    मेलम्चीका वडाध्यक्षलाई निर्वाचन आयोगको २४ घण्टे अल्टिमेटम

    काठमाडौं । मतदाताको पाउमा हजारको नोट राख्दै ढोगेर भोट मागेको तस्बिर सार्वजनिक भएपछि निर्वाचन आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० को वडाध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

    दुई दिनअघि चुनावी प्रचारका क्रममा खनालले मतदाताको पाउमा पैसा राखेर ढोग्दै भोट मागेको तस्बिर सार्वजनिक भएको थियो ।

    निर्वाचन आयोगले सोधेको स्पष्टिकरणमा भनिएको छ ‘तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य भएको हो होइन ? निर्वाचन आचारसंहिता, २०७८ मा मतदातालाई प्रभाव पार्ने गरी कुनै किसिमको गतिविधि गर्न नपाइने भन्ने व्यवस्था रहेकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।’

    आयोगले वडाध्यक्षका उम्मेदवार खनाललाई आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।

  • २७ गतेसम्म कांग्रेसको चुनावीसभा: कहिले, कहाँ ?

    २७ गतेसम्म कांग्रेसको चुनावीसभा: कहिले, कहाँ ?

    काठमाडौं । सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आजदेखि २७ गतेसम्म देशका विभिन्न सहरमा चुनावीसभा गर्दैछ ।

    चुनावी सभालाई कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ?

    वैशाख २२ गते– चितवनको भरतपुरमा

    वैशाख २३ गते– काठमाडौंमा

    वैशाख २४ गते– रुपन्देहीको बुटवलमा

    वैशाख २४ गते– तनहुँको दमौली र धनुषाको जनकपुरमा

    वैशाख २५ गते– कास्कीको पोखरा र दाङको तुलसीपुरमा

    वैशाख २६ गते– कैलालको धनगढीमा

    वैशाख २७ गते– डडेल्धुरामा

    चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विराटनगर जाँदैछन् ।

  • उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन: कारोबार बैंक खाताबाट मात्रै गर्नू

    उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन: कारोबार बैंक खाताबाट मात्रै गर्नू

    काठमाडौं । निर्वाचन आयोगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो ।

    आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेका छन् ।

    यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्चगर्नु पर्ने, २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने भनिएको छ ।

    त्यस्तै, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।

    निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्‍न भएपछि सार्वजनिक गरी आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

  • कांग्रेसले थप दुई बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्‍यो

    कांग्रेसले थप दुई बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्‍यो

    खोटाङ । नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ ।

    आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिमपानीको वडाध्यक्षको पदमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई कारबाही गरेको हो ।

    दुवै स्वतन्त्र उम्मेदवारलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को दफा ३४ को उपदफा ४ ९क० बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासन गरिएको नेपाली कांग्रेस खोटाङका अनुशासन समितिका संयोजक एवं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिएका छन् ।

    कांग्रेसले स्वतन्त्र उम्मेदवार राई र थापाका प्रस्तावक र समर्थकलाई सोही बराबरको कारबाही गरेको छ । कारबाहीमा परेका राई पूर्वगाबिस अध्यक्ष र थापा निवर्तमान वडाध्यक्ष हुन् ।

    यसअघि १७ वैशाखमा कांग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्तवीर तामाङलाई पनि कारबाही गरेको थियो । पाँच वर्षका लागि पार्टीबाट निष्कासनमा परेका तामाङ कांग्रेसका पालिका सभापति हुन् ।

    ऐसेलु खर्कमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका श्रीबहादुर राई उठेका छन् । कांग्रेसबाट उपाध्यक्षमा राजेश राज भण्डारी उम्मेदवार छन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा ऐसेलुखर्क गाउँपालिकामा कांग्रेसका विश्वनाथ निरौला विजयी भएका थिए ।

    यसअघि जितेका दललाई सम्बन्धित पालिकाको प्रमुख दिने केन्द्रीय सहमति विपरीत जिल्लामा अन्य दललाई गाउँपालिकाको नेतृत्व दिने निर्णय गरेको विरोधमा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

  • उम्मेदवारको निर्वाचन खर्च बैक खाताबाट सञ्चालन गर्न निर्वाचन आयोगको निर्देशन

    उम्मेदवारको निर्वाचन खर्च बैक खाताबाट सञ्चालन गर्न निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका उम्मेदवारले खर्च गर्दा बैक खाताबाट सञ्चालन गर्नुपर्ने भएको छ ।

    आयोगले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने व्यवस्था व्यवस्था अनुसार यस्तो निर्देशन दिएको हो ।

    निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

    उनका अनुसार उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यस्तै पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा उक्त रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नु पर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने आयोगले जनाएको छ ।

    आयोगका अनुसार आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नु पर्ने, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात् सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ ।

    यी व्यवस्था विपरीत हुने गरी कतिपय स्थानमा कार्य भइरहेको भन्ने जानकारी प्राप्त भएकाले निर्वाचनमा खर्च गर्दा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्था बमोजिम गर्न राजनीतिक दल तथा उम्मेदवारको ध्यानाकर्षण गराउँदै त्यस बमोजिम गर्न गराउन पनि सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।

  • अखिल (क्रान्तिकारी) ले ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ परिचालन गर्ने

    अखिल (क्रान्तिकारी) ले ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ परिचालन गर्ने

    काठमाडौं । अखिल (क्रान्तिकारी) ले स्थानीय चुनावमा ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ परिचालन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) को दोस्रो पूर्ण बैठकको निर्णय अनुसार प्रत्येक बुथमा १०० जना क्रान्तिकारी युवा परिचालन गर्ने भएको हो ।

    बैठकको निर्णय अनुसार यही वैशाख ३० गते सम्पन्न हुन् गइरहेका स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बुथ सुरक्षा सहित नेकपा (माओवादी केन्द्र) र गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउने उद्देश्यले ‘एक बुथ एक सय क्रान्तिकारी युवा परिचालन गर्ने निर्णयलाई कार्यान्वयन भएको क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए ।

    साथै बैठकले संगठनका केन्द्रीय पदाधिकारीद्वारा सम्बन्धित प्रदेशको पालिकाहरूको परिचालनको लागि आवश्यक समन्वय गर्ने गरी ७५३ पालिकामा निर्वाचन परिचालन कमान्डरको जिम्मेवारी तय गरेको छ ।

    यस्तो छ कार्य विभाजन

  • आचारसंहिता उल्लंघन गर्दै मन्त्री झाँक्री चुनाव प्रचारमा

    आचारसंहिता उल्लंघन गर्दै मन्त्री झाँक्री चुनाव प्रचारमा

    रुपन्देही । सहरी विकास मन्त्री रामकुमारी झाँक्री आचारसंहिता उल्लंघन गर्दै गुल्मीको चुनावी सभामा पुगेकी छन् ।

    मङ्गलवार गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ देउरालीमा उनले चुनावी सभामा भाग लिएकी हुन् ।

    कांग्रेस नेता चन्द्र भण्डारीसहित उनी गठबन्धन दलले आयोजना गरेको चुनावी सभामा सम्बोधन गरेकी थिइन् ।

    बुधवार पनि यो पालिकाका विभिन्न वडामा कार्यक्रम आयोजना गरिएको र उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    नेकपा एसले उपमेयर पाएको यो नगरपालिकाका उम्मेदवारको चुनावी कार्यक्रम तस्बीरमा प्रस्ट देख्न सकिन्छ ।

    गठबन्धनबाट मुसिकोटमा मेयरमा नेपाली कांग्रेसका हरिनारायण सापकोटा र उपमेयरमा नेकपा एसका श्रीराम महत चुनावी मैदानमा छन् ।

    झाँक्री यो कार्यक्रममा उनीहरूलाई सँगै राखेर जसरी पनि जिताउने प्रतिबद्धता गरेकी थिइन् ।

    जिल्लामा ५ दलीय गठबन्धन भए पनि सबै पालिकामा नेपाली कांग्रेस र माओवादीले प्रमुख पद राखेपछि झाँक्री असन्तुष्ट छन् ।

     

  • चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले

    चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले

    काठमाडौं । नेकपा एमालेको विभाजनमा तटस्थ देखिएका नेता वामदेव गौतम चुनावी माहौलमा बेग्लै तरिकाले नेकपा एसको पक्षमा खुलेका छन् ।

    अहिलेसम्म नेकपा एसमा लागेको औपचारिक घोषणा नगरेका उनले सो पार्टीका लागि चुनावी गीत लेख्दै आफूलाई खुलाएका हुन् ।

    वामदेवको लिरिक्स रहेको नेकपा एसको चुनावी गीत आज सार्वजनिक भएको छ ।

    गीतको बोल छ:

    एकीकृत समाजवादी हाम्रो पार्टी हो
    क्रान्तिकारी विकास गर्न जन्मिएको हो

    वामदेवले एउटा सर्जकको हिसाबले मात्रै यो गीत लेखिदिएका हुन् कि भन्ने पनि लाग्न सक्छ । तर, गीतको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेका छन् । यसले वामदेवको झुकाव स्पष्ट देखिएको छ ।

    वामदेवद्वारा लिखित चुनावी गीत भने राजनीतिक भाषण जस्तो छ ।

    गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् । संगीत कृष्ण केसीको रहेको छ ।

  • गोलबजारमा नेकपा एसले जसपालाई सहयोग गर्ने

    गोलबजारमा नेकपा एसले जसपालाई सहयोग गर्ने

    सिरहा । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सिरहाको गोल बजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल भएको छ ।

    एकीकृत समाजवादीको तर्फबाट गोल बजार नगरपालिकामा कुनै पनि उम्मेदवार नरहेकोले उक्त पार्टीले जसपालाई सहयोग गर्ने भएको हो ।

    जसपाका नगर अध्यक्ष हरि नारायण यादव र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा एकीकृत समाजवादीले जसपालाई सहयोग गर्ने जनाइएको छ ।

  • दलतन्त्रविरुद्ध शक्तिशाली स्वतन्त्र, जसले चुनावी नतिजा नै उलटफेर पार्नसक्छन्

    दलतन्त्रविरुद्ध शक्तिशाली स्वतन्त्र, जसले चुनावी नतिजा नै उलटफेर पार्नसक्छन्

    काठमाडौं । बहुदलीय राज्य व्यवस्थामा ‘स्वतन्त्र’ उम्मेदवारको प्रभाव फितलो हुन्छ । यो व्यवस्थामा हरेक समुदायमा बसोबास गर्ने नागरिकहरू नै दलीयरूपमा कोही न कोही दलमा आवद्ध हुन्छन् । त्यसैले उनीहरू आफू आवद्ध दलमा मतदान गर्न र गराउन सक्रिय रहन्छन् ।

    नेपाली समाज झन् भिन्न छ । यहाँ आम नागरिकसमेत परम्परागत रूपमा निश्चित चुनाव चिन्हका स्थायी मतदाता छन् । उनीहरू व्यक्ति हेरेरभन्दा चुनाव चिन्ह हेरेर नै मतदान गर्छन् ।

    यस्तोमा स्वतन्त्र उम्मेदवारसँग यही ठूलै चुनौती हुन्छ । त्यसकारण धेरैजसो राजनीतिक चाहना बोकेका नेताहरू स्वतन्त्र लड्ने आँट गर्दैनन् र आफू आवद्ध दलले गरेका अप्रिय निर्णय पनि सहेरै बस्न बाध्य हुन्छन् ।

    तर बेलाबेला केही यस्ता पात्र देखिन्छन्, जसले आफूलाई स्वतन्त्र वा आवद्ध दलमा विद्रोह गरेर ‘बागी’ रूपमा जनतासमक्ष प्रस्तुत गर्छन् । यसरी प्रस्तुत गर्नेहरू कोही निकै प्रभावशाली हुन्छन् । जसमध्ये केही निर्वाचित हुन्छन् भने केहीले उल्लेख्य मत बटुल्छन् र जितहारको दिशा नै बदलिदिन्छन् ।

    यस्तै प्रभावशाली स्वतन्त्र÷बागी उम्मेदवार आसन्न स्थानीय तह निर्वाचनमा पनि देखिएका छन्, जसले आम जनमानसमा आफूप्रति आकर्षण बढाएका त छन् नै राष्ट्रिय राजनीति नै तरंगित पारेका छन् । यसबाहेक प्रमुख दलका उम्मेदवारहरूलाई समेत तर्साउनुसम्म तर्साएका छन् ।

    भरतपुरमा गठबन्धनविरुद्ध बागी जगन्नाथ

    २०७४ को स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसभित्रको चरम असन्तुष्टिका बीच पनि माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको थियो । त्यसमा कांग्रेस सभापति शेरबहादुर देउवाले बढी भूमिका खेलेका थिए । सभापति देउवाको पत्रबाट कांग्रेस उम्मेदवार दिनेश कोइरालाको टिकट खोसिएको थियो ।

    त्यतिबेला माओवादी र कांग्रेसको गठबन्धन सरकार थियो । त्यहीकारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा देउवाले भरतपुरमा गठबन्धन गराएका थिए । जहाँ माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल उम्मेदवार थिइन् । कांग्रेसभित्रको चरम असन्तुष्टिबीच विवादको सिलसिलासहित रेनुले चुनाव जितिन् ।

    यसपटक पनि स्थानीय तह निर्वाचन हुँदा संयोगले उतिबेलाकै दलहरूबीच गठबन्धन सरकार छ । माओवादी केन्द्रले फेरि चुनावी तालमेलकै लागि कांग्रेसलाई दबाब बढाउँदै लैजान थाल्यो । त्यसपछि भरतपुर कांग्रेसका नेताहरूले केन्द्रीय नेतृत्वलाई खबरदारी गर्न थाले । यसका लागि जिल्लाको प्रतिनिधिमण्डलले केन्द्रसम्म पुगेर शीर्ष नेताहरूलाई पटक–पटक माओवादी केन्द्रलाई भोट दिन नसक्ने भन्दै दबाब दिन थाले ।

    दबाबकै बीचमा पनि भरतपुर महानगरपालिका माओवादी केन्द्रकै भागमा पर्‍यो । उसले प्रचण्डपुत्री रेनुलाई पुनः मेयरको उम्मेदवार बनायो ।
    त्यसपछि रिसाएका कांग्रेस नेताहरूले पूर्वसांसद जगन्नाथ पौडेललाई ‘बागी’ उठाए । उनी बागी उठेपछि गठबन्धन दलको टाउको दुखाइ सुरू भयो । बहुसंख्यक मतदाता कांग्रेसकै रहेको भरतपुरमा माओवादी केन्द्रका लागि एक्लै चुनाव जित्न असम्भव थियो । यसकारण कांग्रेसकै मतको सहायतामा चुनाव जित्ने योजनामा पौडेलको बागी उम्मेदवारीले जोखिम पैदा गरेको छ ।

    पौडेल बागी उठेपछि माओवादी केन्द्रको दबाब बढ्न थालेपछि कांग्रेस केन्द्रीय समितिबाट पौडेलमाथि प्रभाव र दबाब पारेर उम्मेदवारी फिर्ता लिने प्रयास थालियो । त्यसका लागि प्रधानमन्त्री देउवाको आग्रहमा गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायतका नेताहरूले घरमै पुगेर उम्मेदवारी फिर्ता लिन पौडेलसँग आग्रह गरे । तर, उनी रत्तीभर झुकेनन् । पौडेललाई मनाउन नसकेपछि उनको उम्मेदवारीमा समर्थक र प्रस्तावक बनेका क्रमशः महासमिति सदस्य मीना खरेल र पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालाई समेत आग्रह गर्दा पनि केही पार लागेन ।

    त्यसपछि पौडेलसहित प्रस्तावक र समर्थनलाई पार्टीले कारबाही ग¥यो । उनको उम्मेदवारी कायमै रह्यो । उनलाई कांग्रेस वृत्तले जबरदस्त साथ दिएको छ । भरतपुरमा एक्लै कांग्रेस बाहुल्य रहेको महानगरमा पौडेलको विद्रोहले असन्तुष्ट पक्षमा ठूलो तरंग ल्याएको छ । उनी कांग्रेसकै झण्डा बोकेर चुनाव प्रचारमा जुटेका छन् । आयोगले भुइँकटहर चुनाव चिन्ह दिएको छ ।

    उनको बागी उम्मेदवारीले भरतपुरको समीकरण नै फेरिने सम्भावना बढेको छ । जानकारहरूका अनुसार उनले उल्लेख्य मत बटुल्ने निश्चित देखिएको छ ।

    काठमाडौंमा बालेनको बलियो चर्चा

    सधैँका निर्वाचनमा पृथक मत प्रवाह दर्शाउने काठमाडौं महानगरपालिका यसपटक कस्तो मत दिन्छ ? त्यो सबैले चासोका साथ हेरेका छन् । अघिल्लोपटक प्रमुख दलभन्दा बाहिर ४१ हजार बढी मतदाताले मतदान गरेका थिए ।

    यसपटक त्यस्तै केही आश्चर्यजनक मत तान्न सक्ने गरी स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’को चर्चा छ । चर्चित ¥यापर तथा इञ्जिनियर उनको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक छ । सामाजिक सञ्जालका बहुसंख्यक युवा प्रयोगकर्ताहरूले उनको नाम उछालिरहेका छन् ।
    महानगरमा नेकपा एमालेका तर्फबाट चर्चा र विवादमा आइरहने केशव स्थापित र कांग्रेसबाट मूलधारको राजनीतिभन्दा केही पर बसेकी सिर्जना सिंह उम्मेदवार छन् । जसका कारण पनि बालेनको ऊर्जा बढेको छ ।

    यद्यपि उनमा बढेको त्यो ऊर्जाले कति निर्णायक रुप लिन्छ त्यो भने हेर्न बाँकी छ । जानकारहरूका अनुसार उनले पाउने मतले जित–हारको दिशा भने अदल–बदल गर्न सक्ने सम्भावना उत्तिकै बढी छ ।

    उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह लौरो दिएको छ । जसलाई उनले ‘ज्येष्ठ नागरिकलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ भन्दै प्रचार गरिरहेका छन् ।

    पोखरामा ‘अटेरी’ गनेश

    राज्यका गलत प्रवृत्तिविरुद्ध पोखराका युवाहरूले केही समयदेखि ‘अटेरी अभियान’ चलाउँदै आएका छन् । त्यही अभियानका एक सदस्य हुन् चर्चित लेख गनेश पौडेल ।

    उनै पौडेलले यसपटक पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीलाई पोखरावासी, अन्य उम्मेदवार र दलले समेत सामान्य रूपमा लिएका छैनन् ।

    उनले लिएका एजेण्डा र सामाजिक सञ्जालमा भइरहेको उनको चर्चा पनि कम फितलो छैन । प्रमुख दलहरूको सिण्डिकेट र दलहरूले गरिरहेका संस्थागत शासकीय कमजोरीहरूविरुद्ध अटेरीस्वरुप आफ्नो उम्मेदवारी रहेको उनले बताउँदै आएका छन् ।

    पोखरा महानगरको मेयरमा एमालेबाट कृष्ण थापा र सत्ता गठबन्धनबाट नेकपा एसका धनराज आचार्य मुख्य प्रतिस्पर्धामा छन् । उनीहरूको जित–हारमा अटेरी गनेशले कति अड्को थाप्छन्, त्यो धेरैले चासोका साथ हेरिरहेका छन् । उनीबाहेक कांग्रेसकै बागी उम्मेदवार विमल कार्कीको पनि उम्मेदवारी कायमै छ । उनको चर्चा भने खासै छैन ।

    विराटनगरमा बागी जोडी

    विराटनगर महानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । तालमेलअनुसार फोरमबाट मेयरमा उमेशकुमार यादव लडेका थिए भने उपमेयरमा माओवादी केन्द्रका नमिता न्यौपाने लडेकी थिइन् । यद्यपि मेयर र उपमेयर दुबै कांग्रेस जित्यो ।

    यसपटक सत्ता गठबन्धनमा चुनावी तालमेल भएपछि मेयर कांग्रेसले पायो । जसमा उम्मेदवार नागेश कोइराला भिड्दैछन् । उपमेयर भाग पाएको संघीय समाजवादी फोरमले पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव लड्दैछन् ।

    अघिल्लो पटक दलका आधिकारिक उम्मेदवारहरू यसपटक दलहरुबाट असन्तुष्ट उमेश र नमिताले क्रमशः मेयर र उपमेयरमा बागी उम्मेदवारी दिएका छन् । उनीहरूले आफ्ना पार्टीका मतलाई प्रभावित पार्ने कोसिस पनि गरिरहेका छन् । संयोगवस दुबैले चुनाव चिन्ह लाल्टिन पाएका छन् । तर, उनीहरूको उम्मेदवारी कति प्रभावकारी हुन्छ त्यो भने नतिजाले देखाउने छ ।

    एमाले र गठबन्धनका दुवै उम्मेदवार पहाडे भएकाले उमेश यादवले विराटनगरको मधेसी भोटमा आफ्नो पकड देखाउने सम्भावना छ ।

    पार्टी उम्मेदवार पछि पार्ने धनगढीका हमाल

    अघिल्लो पटक धनगढी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका नृपबहादुर बड जित्दैगर्दा उनको नजिक कहीकतैं अन्य दलीय उम्मेदवारहरू थिएनन् । बरू उनको पछिपछि स्वतन्त्र उम्मेदवार गोपाल हमाल थिए । प्रमुख दलहरू एमाले र माओवादी केन्द्रका उम्मेदवारहरू तेस्रो र चौथो भए ।

    चुनावपछि हमाल विवेकशील साझा पार्टी प्रवेश गरेर सो पार्टीको सुदूरपश्चिम संयोजक बने । धनगढीको मेयरमा फेरि प्रतिस्पर्धा गर्ने चाहना भएका उनले केही समयअघि सो पार्टीबाट लडे जित्ने सम्भावना नदेखिएकाले स्वतन्त्र लड्ने उद्घोष गरेर पार्टी छाडे । यद्यपि विवेकशील साझाले मेयरमा उनैलाई समर्थन गरेको छ ।

    उनी यसपटक पनि स्वतन्त्रबाट मेयरको प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धा पनि पुरानै प्रतिद्वन्द्वीसँग हुने भएको छ । अघिल्लो पटक एक्लै चुनाव जितेका बडलाई अहिले सत्ता गठबन्धनको साथ छ । जसले हमाललाई जित्न चुनौती थपिएको छ । तर, उनको हौसला घटेको छैन ।

    भिन्नभिन्न समुदायको बसोबास रहेको धनगढीमा भिन्न समुदायबीचको अन्तरविरोधको फाइदा उठाउने हमालको रणनीति छ । अघिल्लो पटक पनि प्रतिस्पर्धी कांग्रेसभित्रकै असन्तोषको फाइदा उठाएर राम्रो मत बटुलेका हमाल यसपटक पनि सोही रणनीतिसाथ अघि बढेका छन् ।
    एमालेले रणबहादुर चन्दलाई अगाडि सारेको छ । तर उनीभन्दा बड र हमालकै बीच प्रतिस्पर्धाको सम्भावना छ । हमाल एमाले मतसमेत आफूतर्फ तान्ने रणनीतिमा जोडतोडका साथ लागिपरेका छन् ।

    हमाल सुदूरपश्चिमका धनाढ्य व्यवसायी हुन् । यसकारण उनलाई चुनाव लड्न पैसाको समस्या छैन । अर्को उनको शक्ति भनेको कैलाली उद्योग वाणिज्य संघमा रहँदा गरेका केही राम्रा कामहरू हुन् । उनी ‘सुन्दर सुदूरपश्चिम’ अभियान चलाएर बढी चर्चामा आएका हुन् ।

    जनकपुरमा स्वतन्त्रकै रस्साकस्सी

    जनकपुर उपमहानगरमा दलीयभन्दा जातीय प्रभावमा ज्यादा मत प्रभावित हुने गरेको स्थानीय जानकारहरूको बुझाइ छ । यहाँ बढी संख्यामा साह, झा र महतो थरका बासिन्दाहरूको बसोबास छ । यी थरका उम्मेदवारसँग अर्को थरको उम्मेदवार हुँदा जुनसुकै पार्टी भए पनि आफ्नै थरका उम्मेदवारलाई मतदान गर्ने परिपाटी रहेको स्थानीय जानकारहरू बताउँछन् ।

    अघिल्लो निर्वाचनमा राष्ट्रिय जनता पार्टीले साह र झाको कम्बिनेसन मिलाएर यहाँ चुनाव जितेको थियो । जसमा मेयरमा लालकिशोर साह र उपमेयरमा रीताकुमारी मिश्र झा निर्वाचित भएका थिए ।

    यस्तो जातीय मत भएको ठाउँ भएकाले निर्वाचनको नतिजा दलीय रूपमा आँकलन गर्न नसकिने जानकारहरूको कथन छ ।
    यस्तोमा अहिले यहाँ प्रतिस्पर्धा झन् रोचक बनेको छ । जसमा स्वतन्त्र उम्मेदवारहरूले थप ‘क्लाइमेक्स’ प्रदान गरेका छन् । उनीहरूको पृष्ठभूमि हेर्दा पनि चुनाव निकै रोचक बन्ने देखिएको छ ।

    यहाँ स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी, बलराम महतो, जानकीराम साह र बैजनाथ झाको उम्मेदवारीले प्रतिस्पर्धालाई निकै रोचक बनाउने देखिएको हो । यहाँ सत्ता गठबन्धनबाट मेयरमा जसपाका लालकिशोर साह र उपमेयरमा कांग्रेसकी किशोरी साहको उम्मेदवारी परेको छ । दुबै साह समुदायका भएकाले अन्य समुदाय गठबन्धनसँग चिढिएको देखिएको छ ।

    यस्तै अघिल्लो पटक जितको विरासत बोकेको राजपाबाट जसपा हुँदै रुपान्तरित लोसपाले मेयरमा मनोज चौधरी र उपमेयरमा अघिल्लो पटककी उपमेयर मिश्रलाई नै अगाडि सारेको छ । एमालेले मेयरमा शिवशंकर साह हीरालाई उम्मेदवार बनाएको छ ।

    जनकपुरमा सत्ता गठबन्धनको तालमेलमार्फत शक्ति आर्जन गर्ने प्रयास, लोसपाको जातीय सन्तुलन मिलाउने रणनीति, एमालेको मधेसमा शक्ति बढाउने रणनीतिमामा स्वतन्त्र उम्मेदवारले खलल पु¥याउने खतरा देखिन्छ ।

    दलहरुलाई खतरा पर्नेमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह सुडी पहिलो नम्बरमा छन् । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि निकट उनी जनकपुर उपमहानगर समितिमा दुई पटक सभापति भइसकेका व्यक्ति हुन् । उनी जनकपुर उपमहानगर जसपालाई दिएपछि असन्तुष्ट थिए । उनले बागी उम्मेदवारी दिएपछि निधिले समेत आन्तरिक सहयोग गरिरहेको स्रोत बताउँछ । यसबाहेक कांग्रेसका अधिकांश कार्यकर्तासमेत उनको पक्षमा खुलेका छन् ।

    यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो पनि शक्तिशाली नै मानिन्छन् । उनी रमण कन्ट्रक्सनका मालिक हुन् । जुन आधुनिक धरहरा बनाउने कम्पनी हो । धनाढ्य र समाजसेवी पनि भएकाले महतोको चर्चा व्यापक छ ।

    उनीमाथि भ्रष्टाचार मुद्दा पनि छ, जुन विशेष अदालतमा विचाराधीन छ । अहिले कम्पनी छोराका नाममा हालेर आफू राजनीतिमा होमिएका महतो यसपटक अधिकांश उम्मेदवार साह थरबाट आएपछि हौसिएका छन् । यद्यपि महतोको संख्या साह र झाको तुलनामा कम छ ।

    यस्तै अर्का स्वतन्त्र जानकीराम साह पनि प्रभावशाली उम्मेदवार मानिन्छन् । उनी उपमहानगरपालिकाको ७ नम्बर वडामा अघिल्लो पटक निर्वाचित वडाध्यक्ष हुन् । तत्कालीन राजपाबाट जितेका उनी मेयरका आंकाक्षी थिए । त्यसैका लागि उनले जसपा, लोसपा हुँदै एमालेसम्म धाए । एमालेले पनि टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    यस्तै अर्का स्वतन्त्र उम्मेदवार वैजनाथ झा पनि शक्तिशाली मानिन्छन् । व्यवसायी झाले मधेसमा जानकी टेलिभिजन सञ्चालन गरेका छन् । झा समुदायबाट एक्ला मेयरका उम्मेदवार भएकाले उनी पनि प्रतिस्पर्धामै देखिन्छन् ।

  • भोजपुरका मेयर उम्मेदवार भरत तामाङ भन्छन्- मसँग जनजीविकाका एजेण्डा छन्

    भोजपुरका मेयर उम्मेदवार भरत तामाङ भन्छन्- मसँग जनजीविकाका एजेण्डा छन्

    भोजपुर सदरमुकामस्थित भोजपुर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार छन् भरत तामाङ । यसअघि २०५४ को स्थानीय निर्वाचनमा उनी साबिक भोजपुर गाविसका अध्यक्षमा निर्वाचित भएका थिए । १० कक्षा पढ्दै विद्यार्थी राजनीति सुरू गरेका २०३४ सालबाट शिक्षक भएर कम्युनिष्ट आन्दोलनमा होमिए । मालेमा आबद्ध हुँदै अघि बढेका तामाङ २०४६ को जनआन्दोलनमा ५६ दिन जेल परेका थिए ।

    नेकपा एमाले इलाका कमिटी सदस्य हुँदै उनले एमालेको जिल्ला कमिटीमा लामो समय जिम्मेवारी सम्हाले । हाल उनी एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य एवं भोजपुर ‘ख’ इन्चार्जसमेत छन् ।

    हिले-भोजपुर नारदमुनी थुलुङ राजमार्ग निर्माणको सहजीकरणमा तामाङको योगदान जिल्लामा प्रशंसनीय छ । तत्कालीन समयमा बेलायतको सहयोगमा लेगुवा-भोजपुर सडक निर्माणका लागि जिल्लास्तरीय सडक समन्वय समितिको संयोजक भएर तामाङले प्रभावकारी भूमिका खेलेका थिए । त्यस्तै सार्वजनिक बसहरू जिल्ला भित्र्याउने नेतृत्वदायी भूमिकामा तामाङ रहे ।

    मेयरको दौडमा रहेका तामाङले विशेषगरी ७ वटा एजेण्डा अघि सारेका छन् । सुशासन तथा दिगो विकास, प्रविधि र सेवाग्राहीमैत्री नगर, पर्यटन विकास, स्वास्थ्य, शिक्षा तथा खानेपानीको सहज पहुँच, सिपमूलक तालिम/रोजगारमुखी कार्यक्रमलाई उनले प्राथमिकतामा राखेका छन् ।

    चुनावी एजेण्डा, निर्वाचन प्रचार प्रसारलगायतका विषयमा उम्मेदवार तामाङसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा

    – तपाईंका मुख्य एजेण्डा के छन् ?

    कृषिको आधुनिकीकरण र यान्त्रिकरण हाम्रो प्राथमिकतामा छ । युवा शक्तिलाई स्वरोजगार र सीप विकाससम्बन्धी तालिममार्फत जनशक्ति तयार पार्ने र त्यस जनशक्तिलाई कृषिमा परिचालन गर्दै जनतालाई समृद्धि बनाउने ।

    चुनावी प्रचारको क्रममा मतदातामाझ मेयर उम्मेदवार भरत तामाङ र उपमेयरकी उम्मेदवार निर्मला शेर्पा ।

    – त्यसका लागि स्रोत साधन के हुन्, कसरी परिचालन गर्नुहुन्छ ?

    जनशक्ति, जमिन, जंगल र जलस्रोत हो । यसको परिचालनको लागि योजनाबद्ध ढंगले अघि बढाउँछौं । बाहिरिएको जनशक्तिलाई फर्किनका लागि आकर्षित प्याकेज ल्याउँछौं ।

    – गठबन्धन एकातिर तपाईं एकातिर हुनुन्छ, चुनौतीका सामु जित्ने आधार के ?

    हामीसँग जनता र जनजीविकासँग जोडिएका एजेण्डा छ । गठबन्धनको एकमात्र एजेण्डा एमालेको लोकप्रियताको इगो देखिन्छ । उनीहरूको उद्देश्य नागरिकको सेवा सुविधा विकासभन्दा पनि स्वार्थपूर्ण हिसाबले आएको छ ।

    – तपाईं नै भोजपुर नगरपालिकाको मेयर किन भनेर कुनै मतदाताले सोधे भने के जवाफ दिनुहुन्छ ?

    जनताको सरोकारमा कटिबद्ध छु । पद र जिम्मेवारीमा नहुँदा पनि अनवरत् रूपमा खटिएको छर्लङ्ग छ । व्यक्तिगत लाभ र कुनै स्वार्थमा नलागी राजनीति गरेको छु । हिजो पनि जनतासँगै थिए आज सँगै छु भोलि पनि साथमै हुनेछु ।

  • कांग्रेसको केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा सदस्यहरू मनाेनीत (सूची)

    कांग्रेसको केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा सदस्यहरू मनाेनीत (सूची)

    काठमाडौं ।  नेपाली कांग्रेसले केन्द्रीय सूचना संकलन तथा अनुगमन उपसमितिमा सदस्यहरु मनोनयन गरेको छ ।

    उर्मिला नेपाल केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा आज सदस्यहरु मनोनयन गरिएको हो ।

    यी हुन मनोनयन हुने सदस्यहरु

    १ मंगल सिंह थारु बर्दिया

    २ मनोहर नारायण श्रेष्ठ धनकुटा

    ३ रामचन्द्र पोख्रेल तनहु

    ४ शोभियत बहादुर अधिकारि कास्की

    ५ माणिक कुमार ढकाल सिन्धुली

    ६ नन्दमणि राई भोजपुर

    ७ भरत बहादुर स्वार अछाम

    ८ प्रदिप देउबा डोटी

    ९ जयपति रोकाया हुम्ला

    १० राजेश आचार्य कपिलबस्तु

    ११ हर्क जंग बहादुर सिंह बझांग

    १२ दिक्पाल शाही दैलेख

    १३ सालिग्राम पण्डीत प्युठान

    १४ बुद्दी बहादुर राना (कुमार) स्याङ्जा

    १५ गीता यादब सप्तरी

    १६ तिलक राई सुनसरी

    १७ राम बहादुर बस्नेत सोलुखुम्बु

    १८ रामकृष्ण चित्रकार ललितपुर

    १९ माधव अर्याल चितवन

    २० मिनकृष्ण महर्जन ललितपुर

    २१ महेन्द्र श्रेष्ठ चितवन

    २२ देबी प्रसाद चौधरी रुपन्देही

    २३ दिनेश उपाध्याय मकवानपुर

    २४ नेत्र बहादुर महत म्याग्दी

    २५ जानकीलाल बस्नेत दाङ

    २६ सुबाश पोख्रेल बर्दिया

    २७ तिलक बहादुर मल्ल मुगु

    २८ रत्न कार्की रामेछाप

    २९ पदम बहादुर पौडेल झापा

    ३० राजेन्द्र शर्मा इलाम

    ३१ माधब राम खत्री बाके

    ३२ अस्मित लाल चौधरी सिरहा

    ३३ जीवन श्रेष्ठ कैलाली

    ३४ जनक धामी बर्दिया

    ३५ उद्दब बिष्ट कैलाली

    ३६ रबि प्रकाश राई खोटांग

    ३७ गोपाल बहादुर थापा मोरङ

    ३८ सिंहराज श्रेष्ठ काठमाडौँ

    ३९ उमा सिवाकोटी झापा

    ४० मुक्ति सिंह राई संखुवासभा

    ४१ सरस्वती तिमिल्सेना नवलपुर

    ४२ अरुण चौधरी कैलाली

    ४३ मान प्रकाश खेवाङ पाँचथर

    ४४ दिनेश राई खोटांग

    ४५ सुशिला कुमारी सिग्देल भक्तपुर

    ४६ उमेश श्रेष्ठ ललितपुर

    ४७ भैरब सापकोटा काठमाडौँ

    ४८ डा तुल बहादुर साउद कैलाली

    ४९ भानु भट्टराई बाके

    ५० मनिषा भण्डारी रुकुम पश्चिम

    ५१ भोला पंजियार धनुषा

    ५२ केदार नेपालि मोरङ

    ५३ राम दयाल यादब महोत्तरी

    ५४ कृष्ण देब यादब सर्लाही

    ५५ फुलाराम चौधरी बाके

    ५६ रन्धिर सिंह रौतहट

    ५७ अस्मिता गुरुङ लमजुङ

    ५८ किरण सरकार पर्सा

    ५९ लक्ष्मण जयसवाल बारा

    ६० मोहन शर्मा परासी

    ६१ सरोज थापा(रोज राणा) प्युठान

    ६२ रमेश पाण्डेय बैतडी

    ६३ राज कुमार बर्मा बाके

    ६४ छोहाङ लंडुक सेर्पा ताप्लेजुंग

    ६५ मान प्रकाश खेवाङ पाँचथर

    ६६ मुक्ति प्रसाद सुबेदी स्याङ्जा

    ६७ निम बहादुर ओली सल्यान

    ६८ उमेश खड्का भक्तपुर

    ६९ रमेश न्यौपाने रसुवा

    ७० मुरारी प्रसाद आचार्य भक्तपुर

    ७१ गोपाल राज भण्डारी रुपन्देही

    ७२ अमर रेग्मी सिरहा

    ७३ प्रकाश उपाध्याय पर्सा

    ७४ मो.इद्रिस रुपन्देही

    ७५ प्रबिण जोशी मोरङ

    ७६ प्रकाश थापा काभ्रे

    ७७ मनिष जोशी काठमाडौँ

    ७८ दिलिप राई झापा

    ७९ रमेश लिङदेन इलाम

    ८० कमल ढुंगाना तेर्हथुम

    ८१ खेम राज पौडेल धनकुटा

    ८२ सर्वधन तामाङ ओखलढुंगा

    ८३ गणेश राज भट्ट दार्चुला

    ८४ धन राज पण्डित बाजुरा

    ८५ कलमबहादुर खत्री सुर्खेत

    ८६ गंगाधर पौडेल बर्दिया

    ८७ गणेश उपाध्याय जुम्ला

    ८८ राधिका हमाल रोल्पा

    ८९ नन्द बहादुर बिष्ट रुकुम पुर्व

    ९० गौरी शंकर उपाध्याय डोल्पा

    ९१ देबी प्रसाद बर्मा कपिलबस्तु

    ९२ सुदिप नरसिंह राणा बाके

    ९३ साधना मल्ल भक्तपुर

    ९४ गीता सिवाकोटी दोलखा

    ९५ भक्त राज जोशी बझांग

    ९६ टेकराज शाही कालिकोट

    ९७ देब बहादुर खत्री बाके

    ९८ भूगोल थापा गोरखा

    ९९ छिरिंङ ह्याल्पो मनाङ

    १०० हरि बहादुर केसी गुल्मी

    १०१ कृष्ण कुमार तामाङ (समिर) सिन्धुपाल्चोक

    १०२ नन्दकिशोर शाही (खड्गी) ललितपुर

    १०३ बिनिता अधिकारी दोलखा

    १०४ खडानन्द तिवारी बर्दिया

    १०५ उषा रावत सिरहा

    १०६ हरि आचार्य बाग्लुंग

    १०७ राजेन्द्र प्रसाद ढकाल मोरङ

    १०८ सुरेश राज जोशी डडेल्धुरा

    १०९ होम बहादुर हमाल बाग्लुङ

    ११० बसन्ती गुरुङ तेर्हथुम

    १११ समिता खड्गी काठमाडौँ

    ११२ खड्ग बहादुर कार्की भोजपुर

    ११३ लाल बहादुर महत रुकुम पश्चिम

    ११४ भेष राज दुवाडी चितवन

    ११५ राजेन्द्र गोपाल सिंह पाल्पा

    ११६ राकेश यादब पर्सा

    ११७ अरुण न्यौपाने मोरङ

    ११८ शंकर चन्द कंचनपुर

    ११९ चन्द्रेश्वर शर्मा खत्वे सुनसरी

    १२० लेखनाथ पोख्रेल अर्घाखाची

    १२१ बसन्त बहादुर सिके पर्वत

    १२२ योगेश गौचन थकाली मुस्ताङ

    १२३ गीता अमात्य नुवाकोट

    १२४ रबिन्द्र यादब बर्दिया

    १२५ विजय देवकोटा बर्दिया

    १२६ उल्का घिमिरे धादिङ

    १२७ काली बहादुर खत्री जाजरकोट

    १२८ कृष्ण श्रेष्ठ उदयपुर

    १२९ पुष्पलता लामा धनुषा

    १३० कौशल किशोर राय सर्लाही

    १३१ धर्मा बिष्ट कंचनपुर

    १३२ भगवती शाही ललितपुर

    १३३ जीवन मल्ल बर्दिया

    १३४ रोशन लामा काभ्रे

  • कस्तो हुनेछ केशव स्थापित र सुनिता डंगोलको रिबिल्ड काठमाडौं, रिभाइभ काठमाडौं ? (भिडिओ अन्तर्वार्ता)

    कस्तो हुनेछ केशव स्थापित र सुनिता डंगोलको रिबिल्ड काठमाडौं, रिभाइभ काठमाडौं ? (भिडिओ अन्तर्वार्ता)

    काठमाडौं । देशको राजधानी काठमाडौं महानगर चुनावका बेला चर्चाको शिखरमा हुनु स्वाभाविक हो । काठमाडौंको चुनावी चर्चामा केशव स्थापित र सुनिता डंगोल दिनहुँजसो ट्रेन्डिङमा छन् ।

    स्थापित र डंगोल एमालेबाट मेयर र उपमेयर उम्मेदवार बनेसँगै कहिले बोलीका कारण कहिले विपक्षीको प्रहारका कारण चर्चामा छन् । आ- आफ्नो स्वभाव र उमेर समूहका कारण पृथक चरित्र तथा चर्चामा रहेका स्थापित र डंगोल अहिले संयुक्त चुनावी अभियानमा छन् ।

    २०५४ सालमा मेयर भएका बेला स्थापितले गरेका कामको जस लिइरहेको एमालेले यसपटक उनलाई उम्मेदवार बनाउनुको कारण पनि गठबन्धनविरुद्ध हेबिवेट हुनसक्ने बुझाइले नै हो ।

    त्यस्तै सुनिता डंगोल भने युवा पुस्ताको प्रतिनिधि, काठमाडौंका सांस्कृतिक भाषिक अभियन्ता र निर्णायक मत बोक्ने ज्यापु समुदायको प्रतिनिधि हुन् । एमालेका यी दुई उम्मेदवारले गठबन्धनको सामना गरिरहँदा केशव स्थापितले आफूहरू जित्ने हिसाब सुनाए ।

    नेपाल प्रेससँगको भिडिओ अन्तर्वार्तामा स्थापित र डंगोलसँग हामीले उनीहरूका योजना र रणनीतिबारे विस्तृतमा कुराकानी गर्यौं । यस क्रममा स्थापितले माइतीघर मण्डल, रत्नपार्कको शान्ति बाटिका, कलंकी कुलेश्वर सडक विस्तार,धोबीखोला कोरिडोरजस्ता आफ्नो अघिल्लो कार्यकालका काम स्मरण गर्दै यसपटक पार्क,सार्वजनिक यातायात, मनोरन्जनस्थल र पूर्वाधारको नयाँ खाले विकासका खाका सुनाए ।

    उनी काठमाडौंको रिबिल्ड गर्न चाहान्छन् ।

    त्यस्तै लिपी क्वीनका रूपमा समेत चर्चित उपमेयर उम्मेदवार सुनिता डंगोलले भने काठमाडौंको कला,संस्कृति र सम्पदाको ‘रिभाइभ’ गरेर पुरानै काठमाडौं बनाउने आफ्नो योजना सुनाइन् ।

    लामो कुराकानीपछि काठमाडौंमा २०४३ सालदेखि लगातार चुनाव लड्दै आएका एमाले नेता स्थापितले यहाँको गणित सुनाए । उनका अनुसार काठमाडौं महानगरमा एमालेको संगठित मत ६० हजार छ । नेपाली कांग्रेसको ४५ हजार छ । त्यो भोट यसपटक घट्ने उनको दाबी छ ।

    त्यस्तै उनले माओवादीको ८ हजार र नेकपा एकीकृत समाजवादीको ५ हजार भोट अनुमान गरे । बाँकी स्वतन्त्र मतहरू कता जालान् ? यसको बारेमा उनले व्याख्या गर्न चाहेनन् तर तीमध्ये अधिकांश मत आफूहरूले तान्ने पुरानै ‘टेक्निक यूज’ गर्ने बताए । त्यो टेक्निक भने उनले सुनाउन चाहेनन् ।

    प्रस्तुत छ, स्थापित र डंगोलसँग प्रधान सम्पदक मात्रिका पौडेलले गरेको भिडिओ अन्तर्वार्ता:

  • ‘संविधान र चुनावी प्रक्रियाले नै गठबन्धन खोजेको छ, माओवादीले यसको नेतृत्व गर्‍यो’ (भिडिओ)

    ‘संविधान र चुनावी प्रक्रियाले नै गठबन्धन खोजेको छ, माओवादीले यसको नेतृत्व गर्‍यो’ (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  एवं  पूर्व प्रधाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताएका छन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही वैशाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टरसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताए ।

    गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाइ छ । माओवादीले ‘जसको नीति उसको नेतृत्व’ भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उनले बताए ।

    उनले यो गठबन्धन बचाउनको निम्ति रातदिन खटेर काम गरेको बताए । माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको, यी सबै प्रक्रियाको पनि नेतृत्वदायी भूमिका खेलिरहेको प्रचण्डको जिकिर छ ।

    अध्यक्ष प्रचण्डसँग स्थानीय तह निर्वाचनका केन्द्रित रहेर गरिएको कुराकानी

    – वैशाख ३० को निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ?

    सबैभन्दा पहिलो कुरा निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु । सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् । वातावरण सकारात्मक नै बन्दै गएको महसुस गरेको छु । यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि पहिलो निर्वाचन सामान्यतः संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर, यसपटकको निर्वाचन महत्वपूर्ण छ । किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु समावेशी, समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक अधिकारहरु जसले आर्थिक समृद्धिको आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा पर्‍यो । हामी सबैलाई थाहा छ, प्रतिगमनविरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो ।

    ६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय लिइएको छ त्यसमा दायाँबायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध बागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन ।

    अहिले पनि दुईटा गठबन्धन जस्तो भएको छ, दुइटा मोर्चा जस्तो भएको छ यसपटकको निर्वाचनमा । एकातिर संविधानका मूलभूत विशेषता र मान्यतालाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र त्यस किसिमको मोर्चा अगाडि आएको छ भने अर्कोतिर प्रतिगमनविरोधी आन्दोलनको क्रममा लोकतन्त्रको रक्षा, संविधानको रक्षा र राष्ट्रको रक्षा गर्ने भनेर गठबन्धन बन्यो- वाम लोकतान्त्रिक गठबन्धन । यी दुई गठबन्धन आमनेसामने छन् । त्यसकारण यो पटकको निर्वाचनको मूलभूत विशेषता संविधानका उपलब्धिहरुलाई रक्षा गर्ने र अझ परिमार्जन गर्ने एउटा विचार, प्रवृत्ति । अर्कोतिर, यो संविधानलाई उल्ट्याउन खोज्ने र देशलाई कही न कही पछाडि धकेल्न खोज्ने प्रवृत्ति अर्कोतिर भएर चुनाव भइरहेको छ । बीचमा अरुहरु जो साना पार्टीहरु छन्, तिनीहरुको खासै यसमा तात्विक भूमिका हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण एउटा प्रतिगमनकारी र अर्को अग्रगमनकारी बीचको संघर्ष नै यसपटकको स्थानीय तहको निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनसम्म पुग्दा पनि यही दुईटा प्रवृत्ति र दुईटा मोर्चाकै बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ ।

    – निर्वाचन आउन १० दिन मात्रै बाँकी छ, सत्तारुढ गठबन्धनको प्रमुख नेताको हैसियतले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूले जित्ने सम्भावना कति देख्नुभएको छ ?

    हामीले जहाँ जहाँ सहमति गरेका छौं, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ । अर्को हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएको हुनाले मलाई लाग्छ, गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।

    – निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा माओवादीले जसको नीति उसको नेतृत्व भन्यो तर नेतृत्व त छोडियो भन्ने आलोचना छ नि ?

    यो विषय अलि गम्भीर र संवेदनशील विषय छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्दाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ । तपाईं हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ । मानिसहरु जसले यसको गहिराईमा गएर चीजलाई बुझेका छैनन् या बुझ्न चाहेका छैनन्, उनीहरुले लगाउने आरोप या प्रश्न त एउटा कुरा हो । तर, मेरो ठाउँबाट मैले हेर्दा यो समग्र प्रक्रियामा माओवादीले नै नेतृत्व गरिराखेको छ ।

    जहाँसम्म तपाईंले संख्या इत्यादिको कुरा गर्नुभयो भने त्यो तथ्याङ्क हिजो ०७४ को चुनावलाई पनि ध्यान दिने, अरु पनि ध्यान दिने धेरै धेरै कारणले काम गरेका छन् । त्यसकारण कहिलेकाँही हामीले नै प्रस्तावित गरेर तपाईं प्रधानमन्त्री हुनुपर्‍यो भनेर नेपाली कांग्रेसलाई भन्यौं । संख्यामा पनि हामीले भनेका छौं । त्यसकारण यो समग्र प्रक्रियाको नेतृत्व माओवादीले नै गरिराखेको छ । तपाईंले मलाई भन्नुभयो, म माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ । गठबन्धनलाई सुरूदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर, भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको र यी सबै प्रक्रियाको नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

    – यसपटक प्रमुख पदमा माओवादीको कति सिट आउला ?

    मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाइ के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं । सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएको छ, हिजो बेलुका मैले सबै हेरेँ, पहिलाको जति छ, त्यो भन्दा डबल हुन्छ । अब पालिकाको मोटामोटी रिपोर्ट हेर्दा पनि पहिलाको भन्दा हाम्रो गुणात्मक ढंगले बढ्छ । त्यो कुरा पक्का हो ।

    – अघिल्लो चुनावमा माओवादी एमालेसँग मिलेर वाम एकता भनेर आयो र अहिले फेरि कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन भनेर आयो । माओवादी एक्लैले आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने अवस्थामा पुगेको हो ?

    त्यस्तो होइन । त्यसो भन्यो भने त कोही पनि नसक्ने भयो । हिजो कांग्रेस हामीसँग किन मिल्यौं ? एमाले हामीसँग फेरि किन मिल्न परेको हो ? तपाईंको प्रश्नअनुसार त कोही पनि एक्लै लड्न सकेनन् नि । अहिले हाम्रो गठबन्धन छ, एमाले सुरूसुरूमा भन्ने गर्थ्यो, हामी त एक्लै लड्छौं । अहिले त झन् ८/९ वटा पार्टी/समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । कांग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न पर्‍यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।

    अर्को कुरा, गठबन्धन फेरि कुन विचारको आधारमा, कुन राजनीतिक एजेण्डाको आधारमा भन्ने हो । अहिले मैले हेर्दा जो शान्ति सम्झौताका पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् । हिजो १२ बुँदे समझदारीदेखिका यात्रीहरु बीचको गठबन्धन वैज्ञानिक, स्वभाविक र गतिशील गठबन्धन हो । त्यसको विरुद्ध जाने गठबन्धन प्रतिगमनतिर जाने गठबन्धन हो । त्यसकारण यहाँ माओवादी मात्रै एक्लै आँट नगरेको भन्ने होइन । एक्लै त कसैले आँट गर्ने स्थिति छैन अहिले देशको । हामीले भनेका छौं यदि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुने हो भने यो स्थिति हुँदैन । सबै आ-आफ्नो शक्ति अनुसार लड्ने अनि त्यसपछि जति मत पाइन्छ, त्यहीँ मतभार अनुसार भागबण्डा हुन्थ्यो । त्यस्तो अहिले छैन । हाम्रो संविधान र निर्वाचन प्रणालीले नै पार्टीहरुलाई गठबन्धनमा जाने र गठबन्धनको आधारमा विचार र मुद्दा स्थापित गर्न प्रेरित गर्‍या छ । यसकारण यो सवाल माओवादी केन्द्रसँग मात्र होइन, सबै देशका राजनीतिक दलसँग हो ।

    – यो स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई थप सुदृढ गर्छ भन्ने विश्वास छ ?

    मलाई यो निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्छ भन्ने लागेको छ । यो निर्वाचनबाट पहिले भन्दा गुणात्मक रूपले प्रगतिमा हामी हुनेछौं भन्ने विश्वास छ ।

    – माओवादीका इमान्दार कार्यकर्ताले निर्वाचनमा अवसर नपाएको भनेर कतिपय स्थानमा बागी उमेदवारी पनि हालेको देखिन्छ । यसले निर्वाचनको परिणाममा कस्तो असर पुर्‍याउला ?

    पहिलो कुरा माओवादी केन्द्रबाट सबैभन्दा कम बागी उम्मेदवार उठेका छन् । एकाध ठाउँमा त्यस्तो देखियो । यदाकदा कुनै ठाउँमा उठेका छन्, जति उठेका थिए अधिकांशले त पार्टीले भनेपछि उमेदवारी फिर्ता पनि गरिसक्नुभएको छ । जति बाँकी हुनुहुन्छ ती साथीहरु पनि पार्टीको नीतिभन्दा बाहिर जाने देखिँदैन । त्यसमा पनि पार्टीले फेरि आग्रह गरेको छ, नभए विधानबमोजिम कारबाही गर्छ ।

    अर्को कुरा सिस्टमभित्र छिरेपछि अलि अलि त्यसको विकृतिको रंग लाग्ने त हुँदो रहेछ । यन्त्रभित्र छिरेपछि त्यही अनुसार हुने, त्यस्तो हुने त देखियो । तर, माओवादी केन्द्र नै अहिलेसम्म त्यस्तो पार्टी हो जो सबैभन्दा बढी अनुशासित छ । सबैभन्दा बढी पार्टीको नीति, विचार, योजना र कार्यक्रमप्रति प्रतिबद्ध छ ।

    – माओवादी केन्द्रले केन्द्रीय स्तरबाट घोषणापत्र जारी नगरी स्थानीय चुनावमा गयो भनेर केही आलोचना र टिप्पणीहरु भएका छन्, किन त्यसो गर्नुभयो, के भन्नुहुन्छ ?

    घोषणापत्र भने पनि, प्रतिबद्धता पत्र भने पनि अपिल भने पनि पहिलो पटक प्रकाशित गर्ने पार्टी माओवादी केन्द्र नै हो । हामीले के गर्‍यौं भने केन्द्रीय समितिबाट चुनावी घोषणापत्र पालिकास्तरमा बनाउने र केन्द्रबाट अपिल प्रकाशित गर्ने निर्णय गर्‍यौं । केन्द्रबाट जारी अपिल नै स्थानीय तवरमा घोषणापत्र बनाउनको लागि निर्देशिका हुन्छ भनियो । त्यही अपिल अनुसार नै घोषणापत्र बन्छन् भनेर भनेको हो । सबैले बनाएका पनि छन् र बनाउँदै गएका पनि छन् । त्यसकारण जनताको नाममा केन्द्रीय स्तरबाट अपिल गर्ने, प्रतिबद्धता व्यक्त गर्ने पार्टी माओवादी केन्द्र नै हो यसमा कुनै द्विविधा हुनुपर्ने वा भ्रमित हुनुपर्ने कुनै कारण छैन ।

    घोषणापत्र बनाउन कुन ठूलो कुरा थियो र हामीलाई । अरु पार्टीहरु घोषणापत्र बनाउने जनतालाई झुक्याउन अनेक हावा कुरा लेख्ने गरेका छन् । हामी त्यसो गर्न चाहँदैनौं । हामी स्थानीय तहको निर्वाचन भएको कारणले स्थानीय मुद्दाहरू नै घोषणापत्रमा समावेश गर्नुपर्छ र स्थानीय समस्या र अन्तरविरोधहरु हल गर्ने घोषणापत्र बनाउनुपर्छ भन्ने मान्यतामा छौं । जनताका आवश्यकता, समस्या र भावना समेटिएका यथार्थवादी घोषणापत्र सबै पालिकाले निकालुन् र केन्द्रबाट मार्गनिर्देशन गरोस् भनेर जानीबुझीकन नै अपिल प्रकाशित गरिएको हो ।

    – गठबन्धनको कारणले गर्दा संविधानमा व्यवस्था गरिएको महिला प्रतिनिधित्व घट्यो भन्ने कुरा आइरहेको छ, के भन्नुहुन्छ ?

    प्राविधिक रुपले तपाईले भन्नुभएको कुरा र आएका टिप्पणी साँचो कुरा हो । किनभने निर्वाचन सम्बन्धी कानुनमा उम्मेदवारी दिँदा एउटै पार्टीबाट भएमा एक पदमा महिला अनिवार्य भन्नेछ तर गठबन्धन गर्दा वा फरक पार्टीको हकमा पनि एउटा पदमा महिला अनिवार्य भन्ने व्यवस्था गरेको छैन । गठबन्धनको कारणले कानुनतः महिलाको प्रतिनिधित्व कम हुने खतरा भएकै हो । हुँदो रहेछ । हामीले गठबन्धनमा छलफल गर्दा सकेसम्म महिलाको संख्या घट्न दिनु हुँदैन भनेर भनियो । अलग–अलग पार्टीबाट उम्मेदवारी दिँदा पनि एउटा पार्टीबाट पुरुष र अर्को पार्टीबाट महिला दिने व्यवस्था गरौं भनेर छलफल गरियो, मिलाउन कोशिस पनि गरियो तर गर्दा गर्दै पनि भनेजस्तो हुन सकेन । अझै भएको जस्तो लागेन ।

    अहिले हाम्रो गठबन्धन छ, एमाले सुरूसुरूमा भन्ने गर्थ्यो, हामी त एक्लै लड्छौं । अहिले त झन् ८/९ वटा पार्टी/समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । कांग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न पर्‍यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।

    हाम्रो पार्टीको हकमा त केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर नै गरेर निर्देशन गरियो कि सबैतिर महिलालाई प्राथमिकता दिनुपर्‍यो, पालिकाको हकमा जिल्लामा कम्तीमा एउटा पालिका प्रमुख बनाउनु पर्‍यो र प्रत्येक पालिकामा कम्तीमा एउटा वडामा महिलाको नेतृत्व दिनुपर्‍यो भनिएको थियो । हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ ।

    – देशका ६ वटा महानगर र ११ उपमहानगर र विशेष गरी भरतपुर जहाँ नेपाली कांग्रेसका पुराना नेता बागीको रुपमा उठेको पनि देखिएको छ । यस्तो अवस्थामा उम्मेदवारहरूको विजयको सुनिश्चितता कसरी गर्न सक्नुहुन्छ ?

    ६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय लिइएको छ त्यसमा दायाँबायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध बागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध बागीले त्यसको मुलभूत परिणाममा कुनै असर पार्दैन ।

    – देशभर स्थानीय तहको निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारहरुलाई के भन्न चाहनुहुन्छ ?

    म फेरि पनि के भन्न चाहन्छु भने देश यति लामो राजनीतिक प्रक्रियाबाट गुज्रिएर संविधान कार्यान्वयनको क्रममा दोस्रोपटक स्थानीय निर्वाचनमा हेलिएको छ । होमिएको छ । हामी सबैको उद्धेश्य हुनुपर्छ यो निर्वाचनबाट राष्ट्रको एकतालाई खँदिलो र मजबुत बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने, संविधानका सकारात्मक सबै परिवर्तनको उपलब्धिको रक्षा गर्ने र यसलाई अझ परिमार्जन र परिस्कृतको लागि वातावरण बनाउने । त्यसैगरी स्थानीय तहमा प्राकृतिक साधन श्रोत र मानवीय श्रोत सबैको सदुपयोग गरेर स्थानीय तहलाई नै भावी समाजवादको राज्यको भ्रुणको रुपमा विकास गर्ने । यो उद्धेश्य सबै दलको हुनुपर्छ ।

    हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन ।

    हामी संविधान मान्छौं भनेर प्रतिबद्धता गरेरका र हस्ताक्षर गरेका सबै पार्टीको दायित्व हुन आउँछ, स्थानीय तहको निर्वाचनमा संविधानले निर्दिष्ट गरेअनुसार समाजवादउन्मुख राज्यका भ्रुणहरु स्थानीय तहबाटै बन्ने हो । संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रुपमा परिभाषित गरेको छ र त्यसलाई त्यसरी नै अधिकारहरुको प्रत्यायोजन पनि गरिएको छ । त्यसकारण प्राकृतिक साधन श्रोतको सदुपयोगदेखि त्यसको सञ्चालन, संरक्षण र विकास साथै समुदायको हक अधिकारलाई अझ बढी सुदृढ गर्ने र विकासको एउटा नयाँ गति जगैदेखि पैदा गर्ने, जनताको आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी सबै विषयमा ध्यान केन्द्रीत गर्ने र अघि भनेजस्तै भावी समाजवादको भ्रुणको रुपमा एउटा आधारशीला निर्माणको रुपमा यो निर्वाचनलाई लिनुपर्दछ त्यसैले म सबै उमेदवार साथीहरुलाई यहि भूमिका पूरा गर्न दृढतापुर्वक उत्साहको साथ अघि बढ्न र निर्वाचन सफल बनाउन अपिल गर्दछु ।

  • स्थापितले भने- मेयर जितेपछि तिलगंगामा गणेशमान पार्क बनाउँछु,उहाँको नाममा राजनीति नगरौँ (भिडिओ)

    स्थापितले भने- मेयर जितेपछि तिलगंगामा गणेशमान पार्क बनाउँछु,उहाँको नाममा राजनीति नगरौँ (भिडिओ)

    काठमाडौँ । नेकपा (एमाले) का तर्फका काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले गणेशमानको नाम लिएर राजनीति नगर्न विपक्षीलाई आग्रह गरेका छन् ।

    काठमाडौँ महानगरपालिका वडा–१० का मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले भने- ‘गणेशमानजीको लामो इतिहास छ । उहाँको नाम लिएर राजनीति गरेर हुँदैन । उहाँप्रति सम्मान प्रकट गर्नुपर्छ ।’

    स्थापितले अहिले नेपाली काँग्रेसले गणेशमानको नाममा राजनीति गरेको तर सम्मान गर्न नसकेको बताए ।

    उनले भने- ‘सिर्जना (नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाकी मेयर पदकी उम्मेदवार) जी अझ गणेशमान सिंहको परिवारका लागि जे गर्नु पर्ने हो लेखेर दिनुहोस् म पूरा गर्न तयार छु,’ तर गणेशमानको नाममा राजनीति गर्ने सम्मान भने नगर्ने कुरा हुन्न ।

    आफू मेयर हुँदा गणेशमानप्रति सम्मान गरेको भन्दै स्थापितले आफू निर्वाचित भएपछि तिलगंगा नजिक रहेको र अहिले स्वीजरल्याण्ड पार्कले परिचित स्थानमा गणेशमान सिहंको सम्झनामा गणेशमान पार्क निर्माण गर्ने बताए ।

    उनले भने–ग णेशमानसिंहका युवापनदेखि जेल परेको सम्मको इतिहास समेटेर संग्राहलय बनाउने कामको जिम्मा महानगरपालिकाले लिन्छ । यो प्रस्ताव लिएर आउनु पर्‍यो नि ।

  • कैलालीका चार पालिकाका आठ बागीलाई गठबन्धनले भन्यो- यी हाम्रा उम्मेदवार होइनन्

    कैलालीका चार पालिकाका आठ बागीलाई गठबन्धनले भन्यो- यी हाम्रा उम्मेदवार होइनन्

    कैलाली । आगामी स्थानीय तह निर्वाचनका लागि कैलालीका १३ पालिका मध्ये चार पालिकामा गठबन्धन भित्रैबाट बागी बनेका छन् ।

    उनीहरूलाई गठबन्धनमा रहेका दलहरूले आफूहरूको आधिकारिक उम्मेदवार नभएको बताएको छ ।

    सोमबार धनगढीमा बसेको तीन दलीय गठबन्धनको बैठकले उनीहरूलाई नसियत दिएको छ । गठबन्धनमा आधिकारिक उम्मेदवारलाई सहयोग गर्नु पर्ने र नगरे कारबाही गर्ने जनाएको छ ।

    गठबन्धन भित्रै प्रमुख र उपप्रमुखमा सबै भन्दा धेरै माओवादीका तर्फबाट बागी उम्मेदवार परेका छन् ।

    माओवादी केन्द्रका पाँच, , काँग्रेसका दुई र एकीकृत समाजवादीका एक जनाले बागी उम्मेदवारी दिएका छन् ।

    यस अघिको स्थानीय तह निर्वाचनमा कैलालीको कैलारी गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित लक्ष्मी सत्गौवा थारु पनि कारबाहीमा परेकी छन् ।

    पार्टीको नीति विपरीत उम्मेदवार बनेको उनीहरू माथि कारबाही हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

    यी हुन् गठबन्धनको कारबाहीमा परेका बागी उम्मेदवारहरू

  • भोजपुरमा बागी उठेका दुईजनालाई एमालेले गर्‍यो निष्कासन

    भोजपुरमा बागी उठेका दुईजनालाई एमालेले गर्‍यो निष्कासन

    भोजपुर । नेकपा एमाले भोजपुरले २ जना बागी उम्मेदवारलाई कारबाही गरेको छ ।

    वैशाख ३० को निर्वाचनका लागि पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुर नगर वडा कमिटी १२ टक्सारका कुमार श्रेष्ठलाई पार्टीको सदस्यतासमेत नरहने गरी कारबाही गरिएको हो ।

    दौलथ साल्पासिलिछो गाउँपालिका अध्यक्ष र श्रेष्ठ भोजपुर नगरपालिका-१२ को वडाध्यक्षमा बागी उठेका छन् । श्रेष्ठ निवर्तमान वडाध्यक्षसमेत हुन् ।

    विज्ञप्ति निकाल्दै एमाले जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले पार्टीका आधिकारिक उम्मेदवारबाहेकको प्रचारप्रसार लागे कारबाही गर्ने चेतावानीसमेत दिएका छन् ।

  • मध्यपुर थिमि मेयरका लागि ज्वाइँ-जेठानको प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?

    मध्यपुर थिमि मेयरका लागि ज्वाइँ-जेठानको प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा ज्वाइँ–जेठान एउटै पदमा चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरक फरक पार्टीबाट मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन् भने नेपाली कांग्रेसका सत्ता गठबन्धनको साझा प्रमुख उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् । सुरेन्द्र मदनसुन्दरका माइलो जेठान हुन् भने मदनसुन्दर सुरेन्द्रकी बहिनी ज्वाइँ । सुरेन्द्रकी बहिनी एवं मदनसुन्दरकी श्रीमती हुन् सुजाता श्रेष्ठ ।

    मदनसुन्दर मध्यपुर थिमि नपाका निवर्तमान प्रमुख हुन् । पार्टीबाट पुनः प्रमुखको टिकट पाइने भएपछि उनले राजीनामा दिएका थिए ।

    कसले मार्ला बाजी ?

    २०७४ सालमा भएको निर्वाचनमा मध्यपुर थिमिमा एमाले र नेपाल मजदुर किसान पार्टीले तालमेल गरेका थिए । चुनावी तालमेलबाट एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर निर्वाचित भए तर नेमकिपाका उपप्रमुख उम्मेदवार केदार खड्का पराजित भए । तालमेलबीच उपप्रमुखमा आफ्नो उम्मेदवार हारेपछि नेमकिपाले चुनावी गठबन्धन गर्ने केही नेताहरुलाई कारबाहीसमेत गरेको थियो ।

    यसपटक एमाले एक्लै चुनावमा होमिएको छ । मध्यपुरमा राप्रपा नेपालले आफ्नो उम्मेदवारी नदिएकाले उसले एमालेलाई नै सघाउने सम्भावना छ । तर, यहाँ राप्रपा नेपालभन्दा बलियो राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको छ ।

    एमालेसँग तालमेल गरेको नेमकिपाले आफ्नो छुट्टै उम्मेदवारी दिएको छ । यसले गर्दा कांग्रेसभन्दा कमजोर एमालेका उम्मेदवार मदनसुन्दरले दोस्रोपटक बाजी मार्ने सम्भावना कम रहेको मध्यपुर थिमिका कांग्रेस नेताहरु बताउँछन् ।

    ‘त्यसमाथि एमाले विभाजितसमेत भएको छ’, ती नेताले भने, ‘मध्यपुरमा एमालेका प्रभावशाली नेता एवं प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । यस पनि हिजोको जीत दोहोर्‍याउन मदनसुन्दरलाई सजिलो छैन ।’

    २०७४ सालमा मदनसुन्दरले नेपाली कांग्रेसका अष्टकुमार कवेलाई पराजित गरेका थिए । अष्टकुमारले १०,८४६ मत ल्याउँदा मदनसुन्दरले १४,००० मत पाएका थिए ।

    कांग्रेसको अन्तरघातले गर्दा अष्टकुमारले पराजय भोग्नुपरेको थियो । प्रमुखमा पराजित कांग्रेसले यहाँ उपप्रमुखसहित ६ जना वडा अध्यक्ष जितेको थियो । जबकि एमालेले नेमकिपासँगको साँठगाँठमै एकजनामात्र वडा अध्यक्ष जितेको थियो ।

    कांग्रेस एकजुट र गठबन्धनको साथ

    यसपटक मध्यपुरमा कांग्रेस एकजुट भएको दावी गरिएको छ । त्यसमाथि सत्ता गठबन्धनको साथ रहेको छ कांग्रेसलाई । यहाँ कांग्रेसले प्रमुखसहित नौवटै वडाको अध्यक्ष आफूलाई राखेको छ । उपप्रमुख र केही वडा सदस्य माओवादीको भागमा परेको छ । एकीकृत समाजवादी र जसपाले भने केही वडा सदस्य पाएका छन् ।

    पार्टीले सुरेन्द्र श्रेष्ठलाई प्रमुखको टिकट दिएपछि भएको कार्यक्रममा मध्यपुर थिमिमा क्रियाशील कांग्रेसको गुट र गुटिकाका सम्पूर्णजसो नेताहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा सहभागी सबै गुट र गुटिकाका नेताहरुले एक भएर यसपटक कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउने प्रतिबद्धता जनाएका थिए ।

    यहाँ कांग्रेसभित्र सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा गगन थापाको छुट्टाछुट्टै गुट सक्रिय रहेका छन् । यहीं गुटका कारण कांग्रेसको दुईतिहाइभन्दा बढी कार्यपालिका सदस्य रहेको मध्यपुर थिमि नगरपालिकामा कांग्रेसको भूमिका कमजोर भएको थियो । कांग्रेसभित्रको गुट र विभाजनकै कारण नगर प्रमुख मदनसुन्दरले कहिले अष्टकुमार पक्षीय त कहिले तत्कालीन नगर सभापति एवं अहिले नगर प्रमुख उम्मेदवार सुरेन्द्र पक्षीय कार्यपालिका सदस्यहरुलाई साथमा लिएर आफ्नो एकलौटी निर्णय र योजना कार्यान्वयन गरेका थिए ।

    कांग्रेसका प्रमुख उम्मेदवार सुरेन्द्र संस्थापन पक्षका हुन् । उनी भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाको रोजाइका व्यक्ति पनि हुन् । यसअघिका मेयर उम्मेदवार अष्टकुमार प्रकाशमान सिंह पक्षधर हुन् । यसपटक पनि अष्टकुमार नै मध्यपुर थिमिको प्रमुख उम्मेदवार हुने धेरैको अनुमान थियो । उनले उम्मेदवार हुने आकांक्षा पनि देखाएका थिए । तर, काठमाडौँ महानगरपालिकामा प्रकाशमानकै श्रीमती सिर्जना सिंहले प्रमुखको टिकट पाएपछि मध्यपुरमा अष्टकुमारको भाग खोसिएको बताइन्छ ।

    कांग्रेस बलियाे, तर…….

    मध्यपुर थिमिका एक सञ्चारकर्मी यहाँ कांग्रेस नै पहिलो स्थानमा रहेको दावी गर्छन् । तर निर्वाचनको मत परिणाम नआएसम्म कसले जित्छ भन्न नसकिने उनको भनाइ छ ।

    ‘२०७४ सालको निर्वाचन ताका पनि कांग्रेस नै पहिलो थियो । एमाले र नेमकिपा मिल्दा पनि कांग्रेसलाई भेट्टाउन हम्मेहम्मेको स्थिति थियो’, उनले भने, ‘तर, परिणाम उल्टो आयो । यसपटक पनि केही भन्न सकिन्न ।’

    यता केही उम्मेदवारहरुले हाकाहाकी यति करोड र उति करोड खर्च गरेर जित्छु भनिरहेकाे मध्यपुर थिमिका मतदाताहरु बताउँछन् । अघिल्लो पटक घटनाले पनि यसपटक जसले बढी मत किन्नसक्छ, उसैले नतिजा आफ्नो पक्षमा पार्ने उनीहरु बताउँछन् ।

    तर, मध्यपुर थिमिकै मतदाता रमेश प्रजापति भने मतदाताहरु सचेत भइसकेकाले हिजोजस्तो पैसा खर्च गरेर, भोज खुवाएर चुनाव जित्ने दिन गएको बताउँछन् । उनले उम्मेदवारले प्रस्तुत गर्ने एजेन्डाका आधारमा मतदाताहरुले मत दिने बताउँछन् ।

    ‘जसले नगरवासीको आवश्यकता र माग सम्बोधन गर्छ, उसले मत पाउने हो । दलीय हिसाबले मत दिने र पाउने अलग्गै कुरा हो’, प्रजापतिले भने, ‘तर पैसा खर्च गरेरै मत किन्ने र त्यही मतले निर्वाचन जित्ने भए, जितेका उम्मेदवारले भोलि त्यो पैसा कसबाट र कसरी उठाउँछ भनेर मतदाताहरुले अहिल्यै ध्यान पो दिने हो कि ?’

    मध्यपुरमा ४१ हजार ८४२ जना मतदाता रहेका छन् । जसमा पुरुष २० हजार ५३०, महिला २१ हजार ३०८ र अन्य ३ जना रहेका छन् ।

  • बालेनलाई केशव स्थापितको प्रश्न : र्‍याप भन्दैमा मनपरी बोल्न पाइन्छ ?

    बालेनलाई केशव स्थापितको प्रश्न : र्‍याप भन्दैमा मनपरी बोल्न पाइन्छ ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि आफ्नो परिचय लुकाएको आरोप दोहोर्‍याएका छन् । बालेनले गाएका र्‍यापलाई लिएर पनि उनले प्रश्न उठाए ।

    काठमाडौंमा आयोजित मतदातासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थापितले बालेनको र्‍यापले महिला हिंसा गरेको बताए ।

    उनले भने, ‘ र्‍याप भन्दैमा जे पनि गर्न पाइन्छ ? उनको र्‍यापमा महिलामाथि के के बोलेको छ हेर्नुस् त ? हुनसम्मको अपराध गरेपछि र्‍याप भनेर छोपिन्छ ?’

    स्थापितले नयाँ युवा राजनीतिमा आउँदा आफूले स्वागत गर्ने बताए । तर, आफ्नो परिचय लुकाउन नहुने उनको भनाइ छ ।

    ‘आफ्नो परिचय नखुलाईकन भोट माग्न पाइन्छ ?’ बालेनलाई प्रश्न गरे ।
    बालेनले आफू विरुद्ध सामाजिक सञ्जालमा दुष्प्रचार गरेको आरोपसमेत स्थापितले लगाए ।

    ‘उसको शरीरमा मेरो टाउको जोडेर भ्रम फैलाउने काम गरिरहेका रहेछन्,’ उनले सुनाए, ‘मैले हातमा लट्ठी बोकेको तस्बिर बनाएर लौरोमा भोट हालौँ भनेर ठग काम गरिरहेका छन् । मैले पनि यसै गरी बालेनको फोटो राखेर लालटिनमा भोट हालौँ भन्दै प्रचार गरेँ भने उसलाई एक भोट पनि आउँदैन ।’

  • केशव स्थापितको स्पष्टिकरण- फल लागेको रुखमा गुलेली हान्नु स्वाभाविक हो, रश्मिला प्रकरणमा निर्दोष छु

    केशव स्थापितको स्पष्टिकरण- फल लागेको रुखमा गुलेली हान्नु स्वाभाविक हो, रश्मिला प्रकरणमा निर्दोष छु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणबारे सार्जजनिकरूपमा स्पष्टिकरण दिएका छन् । उनले यो प्रकरणमा आफू पूर्णरूपमा निर्दोष रहेको बताए ।

    आज मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले आफू सधैँ महिला हिंसाविरोधी भएको उल्लेख गरे । रश्मिलालाई कामबाट हटाइएको घटनामा आफ्नो कुनै हात नरहेको उनको प्रष्टोक्ति छ ।

    ‘विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधि बसेर हटाउने निर्णय गरे । मलाई त थाहा पनि छैन । मेरो कुनै सम्बन्ध नरहेको कुरामा आरोप लगाउन पाइन्छ ?’ उनले भने ।

    उनले रश्मिलालाई बोकेर आफूसँग प्रतिस्पर्धा नगर्न कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई चेतावनी दिए ।

    ठूलो रुखमा गुलेलीले प्रहार गर्दैमा रुखले फल दिन नछाड्ने स्थापितले बताए ।

    उनले भने, ‘ठूलो वृक्षमा सबैको आँखा लाग्छ । बाँदर सेनाले गुलेलीले हान्छन् । रुखले निहुरिनुपर्छ । अरुले ढुंगा हाने पनि रुखले फल नै दिने हो ।’

    आफ्नो अभिव्यक्तिबाट कसैको चित्त दुखाएको भए यही मञ्चबाट माफी माग्ने स्थापितले बताए ।

    रश्मिला प्रकरणमा यस्तो थियो स्थापितको भनाइ :-

    म मेयर हुँदा एक जना साथीले उहाँलाई लिएर आउनुभयो । मलाई सम्पदा विभागमा यो मान्छेले सघाउँछ भनेर मेरो एक्सपर्टले ल्याएको । उहाँको बुवालाई म चिन्थेँ । तर मैले उहाँसँग संगत कहिल्यै गर्नु परेन ।

    मैले यो अवधिमा अनुचित सम्बन्धको प्रयास गरेको भए र नमानेको भए एक मिनेटमै निकाल्थेँ होला । अस्थायी करारलाई आज नमाने आज, भोलि नमाने भोलि निकाल्न सकिन्छ नि । बदला त त्यसरी हुन्छ । तर, पाँच वर्ष केही भएन ।

    बीचमा म यो पार्टीमा अलि असजिलो भएपछि छाता चिन्ह लिएर चुनाव लडेँ । उहाँ मेरो प्रचारप्रसारमै हिँड्नुभयो । उ त्यति बोल्न जान्ने मान्छे होइन । त्यसैले मञ्चमा बोलेन । अनि म पछि फेरि मेयर भएँ राजाको पालामा । त्यो बेला मेयर बन्नु हुन्थ्यो कि हुँदैनथ्यो तर भएँ । तीन दिनमा फोहोर मैला उठाउन बन्द भयो । मैले कर्मचारीलाई डाकेँ । उनीहरूले फलानोलाई कारबाही गर्नुपर्छ भने । मलाई त्यो कर्मचारी त्यहीँ छ भन्ने पनि थाहा थिएन ।

    मैले उहाँको बारे थप भनेँ भने आत्महत्या गर्नेछन् । मैले यो कुरा अर्को ठाउँमा छपायो भने आत्महत्या गर्नेभन्दा अर्को उपाय छैन । तर हुँदै नभएको दोष पनि मैले बोक्नु भएन । मैले उहाँसँग के प्रस्ताव राखेको र त्यो नमानेर हटाएको भन्ने कहीँ पनि छैन । सफाइ कर्मचारीले कार्यकारी प्रमुखलाई र यो महिलालाई कर्मचारीले तानेर मञ्चमा ल्याएपछि मेरो भ्रष्टाचार छानबिन होस भनेको हो । यो संस्थामा बस्दिनँ भनेको हो । विभागीय प्रमुख र सबै मन्त्रालयका प्रतिनिधि बसेर उसलाई हटाउने निर्णय गरेको हो । मेरो कुनै हात छैन । मलाई थाहा पनि छैन ।

    यो महिला बीच–बीचमा देखा पर्दैन । अनि चुनावको बेला प्रयोग हुन्छ । फल लागेको बेला बाँदर उफ्रिन्छ भनेजस्तै हो । बाँदर परेन होला, बाँदरको श्रीमती पर्‍यो होला, यति न फरक हो । यति भन्दा पनि महिला हिंसा हुन्छ भने हिंसा नै हो ।

    महिलाको मामलामा ठूलो स्वरले कराएपछि महिला हिंसा भइहाल्छ । महिलाले चिथोरे पनि हुने । पछाडिबाट चढे पछि हुने । महिलाले ढुंगाले हाने पनि हुने । पुरुषले चाहिँ ठुलो आँखा पार्‍यो भने महिला हिंसा । दृष्टिले हरेर मलाई बलात्कार गर्‍यो भन्छन् के गर्ने । यस्तो समाज छ ।

    अस्ति पत्रकार सम्मेलनमा मलाई साह्रै उत्तेजित गरेको हो । मेरो छोरीको उमेरकाले बोलेको हेरौँ न । अमानवले बोलेको जस्तो । अमानवलाई मानवजस्तो व्यवहार गर्नु पर्दैन जस्तो लाग्छ । त्यसैले मैले भनेको हुँ । तिमी साह्रै राम्रो छौ तर थुतुनो ठिक छैन । मैले कालभैरव प्राक्टिस गरेको छु । अलिकति भैरवको रूप देखाएन भने हेप्छन् । त्यो जनतामाथि होइन ।

    अमानवमाथि देखाउने हो । फेरि मैले प्रहार गरेको होइन, छेकेको मात्र हो । छेक्दा यस्तो हुन्छ, हान्दा के होला ।

    यो उम्मेदवार तपाईँहरूको प्रतिनिधि पात्र योग्य छ । तर पनि हामीले खोजेको यस्तो होइन है भन्ने हो भने यही मञ्चबाट माफी माग्छु । तर महिलाको पनि समर्थन चाहिन्छ मलाई ।

  • चिङगाडमा गठबन्धनबाट बाहिरियो माओवादी, कांग्रेसले धोका दिएको आरोप

    चिङगाडमा गठबन्धनबाट बाहिरियो माओवादी, कांग्रेसले धोका दिएको आरोप

    सुर्खेत । नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले नेपाली कांग्रेसले धोका दिएको गठबन्धन तोडेको छ । सचिव महेश जिसि र अध्यक्ष समरबहादुर कामीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमतिविपरीत कांग्रेस लागेको टिप्पणी गरेको छ ।

    “चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीको तर्फबाट विजयी भएका वडासहित ३ वटा वडा ने.क.पा. (माओवादी केन्द्र) को नेत्तृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने अन्य ३ वटा वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने प्रदेश स्तरमा गरिएको सहमति लाई ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट इमान्दारीका साथ पालना भयो । उक्त सहमति कांग्रेसको तर्फबाट गठबन्धनको मर्मविपरीत एकलौटी उल्लंघन गरिएको कुरा अवगत गराउछौं’, विज्ञप्तिमा भनिएको छ ।

    माओवादीले विज्ञप्तिमा कांग्रेसलाई मतदान नगर्न सार्वजनिक आव्हानसमेत गरेको छ ।

    यहाँ नेकपा माओवादीले उपाध्यक्ष पदमा जितबहादुर रानाको उम्मेदवारी दर्ता गरेपनि पालिकाका ६ वडामध्ये ३, ५ र ६ नम्बर वडा माओवादीले उम्मेदवारी दिने र कांग्रेसले फिर्ता लिने सहमति भएको थियो ।

     

  • झापा आइपुगे ओली, चार ठाउँमा सम्बोधन गर्ने

    झापा आइपुगे ओली, चार ठाउँमा सम्बोधन गर्ने

    झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् ।

    अध्यक्ष ओलीले झापाको चार स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    नेकपा एमाले झापाका अनुसार आज भद्रपुरको ज्ञानुचोकमा ओलीले पहिलो सम्बोधन गर्नेछन् ।

    यस्तै, हल्दिबारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा साढे ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापा जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

    स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ।

    ओलीको गृहनगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले यसपटक एमालेलाई चुनौती थपिएको छ ।

    अघिल्लो पटक झापाको स्थानीय तहमा पनि एमाले पहिलो दल बनेको थियो ।

  • षड्यन्त्र गर्नेलाई कारबाही गर्न शेखरसमक्ष सुन्दरहरैँचाका उम्मेदवारको माग

    षड्यन्त्र गर्नेलाई कारबाही गर्न शेखरसमक्ष सुन्दरहरैँचाका उम्मेदवारको माग

    विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले गरेको निर्णयलाई स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

    मोरङको सुन्दरहरैँचा नगरपालिकाका उमेद्धारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि निर्णय मान्नुपर्ने बताए ।

    सहभागी उम्मेदवारहरूले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए । आफूहरूविरुद्ध कार्यकर्ताबाट षड्यन्त्र भइरहेको भन्दै त्यस्तालाई कारबाही गर्न उनीहरूले माग गरे ।

    सुन्दरहरैँचाका कतिपय वडामा कांग्रेसकै बागी उठेकालाई तीनीहरूलाई कारबाही गर्न कार्यक्रममा माग उठेको थियो । नेता कोइरालाले उम्मेदवारसहित प्रस्ताव र समर्थकलाई विधानअनुसार कारबाही गर्ने आश्वस्त पारे ।

    ‘टिकट कसले पायो के गर्‍यो छोड्नुस, यहाँ देवराजजीले पनि त मेयरमा पाउनुभएन । अब हामीले रुख चिन्हलाई विजयी गराउनतर्फ लाग्ने हो ।

  • बैतडी डिलाशैनीका माओवादी उम्मेदवार कुटिए, थप उपचारका लागि धनगढी पठाइयो

    बैतडी डिलाशैनीका माओवादी उम्मेदवार कुटिए, थप उपचारका लागि धनगढी पठाइयो

    कैलाली । बैतडीमा वडा सदस्यका उम्मेदवार कुटिएका छन् ।

    गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका- ५ का माओवादी केन्द्रका वडा सदस्य उम्मेदवार करिब ६० वर्षका हरिराम साउँदमाथि गएराति साढे १० बजे घर जाँदै गर्दा बाटोमा कुटपिट भएको बैतडी प्रहरीले जनाएको छ ।

    साउँदको टाउको, हात, मुखमा गहिरो चोट लागेको छ ।

    खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले नेपाल प्रेसलाई बताए ।

    घटनामा संलग्न भएको आरोपमा स्थानीय अजित साउँदलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।