Category: स्थानीय निर्वाचन–२०७९

  • काठमाडौं महानगरपालिका- वडा नम्बर १ बाट एमालेको विजयी सुरुआत

    काठमाडौं महानगरपालिका- वडा नम्बर १ बाट एमालेको विजयी सुरुआत

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले वडाध्यक्ष जितेर विजयी सुरुआत गरेको छ ।

    मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् ।

    निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् । भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

    यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवरा बालेन साहले ७८३ मत ल्याएका छन् ।

    एमालेले यहाँबाट मेयरमा ३६५ र कांग्रेसले ४५१ मत पाएको छ । राप्रपाले १ सय मत पाएको छ ।

  • भरतपुरमा रेणुलाई उछिन्दै विजयले लिए अग्रता

    भरतपुरमा रेणुलाई उछिन्दै विजयले लिए अग्रता

    चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

    वडा नम्बर २ को मतगणना जारी रहँदा सुवेदीले गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग ३ मतको अग्रता हासिल गरेका हुन् ।

    सुवेदीले २ हजार ४ सय ६८ र दाहालले २ हजार ४ सय ६५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ सय ५ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ९ सय ७५ मत ल्याएकी छिन् ।

  • पोखरा महानगर : धनराजको ७८ मत बढी, अरुको कति ?

    पोखरा महानगर : धनराजको ७८ मत बढी, अरुको कति ?

    पोखरा । पोखरा महानगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार ७८ मतान्तरका साथ अग्रस्थानमा छन् । यहाँ नेकपा एसका धनराज आचार्यले १५५८ मत ल्याउँदा एमालेका कृष्ण थापा १४८० मत ल्याएर पछ्याइरहेका छन् ।

    त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १४५० र एमालेकी मन्जुदेवी गुरुङले १४०६ प्राप्त गरेका छन् ।

  • हेटौँडामा राप्रपाले लियो अग्रता

    हेटौँडामा राप्रपाले लियो अग्रता

    हेटौँडा । स्थानीय तह निर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ ।

    ९०२९ मतगणना हुँदा राप्रपाका दीपकबहादुर सिंह २७१० मतसहित पहिलो स्थानमा छन् ।

    यस्तै गठबन्धन उम्मेदवार मिना लामा २६६९मतसहित दोस्रोमा छिन् ।

    नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने २४३४ मत प्राप्त गरेका छन् ।

  • भरतपुर रोचक बन्दै : विजयभन्दा रेणु २ मतले अगाडि

    भरतपुर रोचक बन्दै : विजयभन्दा रेणु २ मतले अगाडि

    चितवन । भरतपुर महनगरपालिकाको मेयर पदमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

    वडा नम्बर २ को मतगणना जारी रहदाँ रेणुले जम्मा २ मतको अग्रता लिएकी छिन् । सो वडाको ३ हजार ४ सयसहित कुल ६ हजार ६ सय ७७ मत गनिएको छ ।

    पछिल्लो परिणाममा रेणुले २ हजार ४ सय २५ मत ल्याउँदा सुवेदीेले २ हजार ४ सय २३ मत ल्याएका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ सय ९५ मत प्राप्त गरेका छन् ।

  • काठमाडौं महानगरपालिका : बालेनको अग्रता दोब्बर

    काठमाडौं महानगरपालिका : बालेनको अग्रता दोब्बर

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले करिब दोब्बर मतको अग्रता हासिल गरेका छन् ।

    जारी मतगणनामा बालेनले ३ हजार ८ सय ३४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १ हजार ९ सय ९६ मत ल्याएका छन् ।

    मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका बालेनले क्रमशः अन्तर बढाइरहेका छन् । तेस्रो स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १ हजार ८ सय २ मत प्राप्त गरेकी छिन् ।

    अहिले काठमाडौंको १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

  • हुम्लाको ताँजकोटमा गठबन्धन विजयी, माओवादीका लालकेश बने अध्यक्ष

    हुम्लाको ताँजकोटमा गठबन्धन विजयी, माओवादीका लालकेश बने अध्यक्ष

    काठमाडौं । हुम्लाको ताँजकोट गाउँपालिकामा गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका छन् । बुढा ९९५ मतमा रोकिए ।

    यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतका साथ विजयी भएका छन् । उनले एमालेका रुपचन्द्रा ऐडीलाई पाराजित गरेका हुन् । ऐडीले ४७७ मत ल्याइन् ।

  • माडीमा विवादका कारण मतगणना प्रभावित

    माडीमा विवादका कारण मतगणना प्रभावित

    चितवन । माडी नगरपालिकाको मतगणना विवादका कारण रोकिएको छ ।

    नेकपा एमाले र राप्रपाका प्रतिनिधिहरुले मतगणना पारदर्शी नभएको आरोप लगाएपछि मतगणना प्रभावित भएको हो ।

    माडी नगरपालिकाको वडा नम्बर २ को मतगणनाका क्रममा २ सय ४० मत लगातार हसियाँ हथौडामा परेपछि एमाले र राप्रपाले धाँधलीको आरोप लगाएका छन् । साथै मतपेटिकमा खसेको भन्दा ४ मत कम समेत भेटिएको एमालेको आरोप छ ।

    अहिले सर्वदलीय बैठक बसेर समस्या समाधानको पहल गरिदैछ ।

  • एमालेलाई सहयोग गरेको आरोपमा कांग्रेस ६ नेतालाई कारबाही गर्न सिफारिस

    एमालेलाई सहयोग गरेको आरोपमा कांग्रेस ६ नेतालाई कारबाही गर्न सिफारिस

    घोराही । निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसले जन आन्दोलनका घाइतेसहित ६ जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।

    इकाई कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने ६ जनालाई कारबाहीका लागि सिफारिस गरेको सो पार्टीका सहसचिव सन्तोष अधिकारीले जानकारी दिए ।

    इकाई कमिटीका सभापति विष्णुमणि दाहालको अध्यक्षतामा बसेको बैठकले जन आन्दोलनका घाइते कृष्ण गिरी, नेताहरू मनोज केसी, मोहन केसी, होमलाल केसी, थम्मन खत्री केसी, दुर्गा डाँगीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

     

  • ३६ पालिकाको नतिजा आउँदा कुन दलको कति सिट ? (सूचीसहित)

    ३६ पालिकाको नतिजा आउँदा कुन दलको कति सिट ? (सूचीसहित)

    काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ३६ स्थानीय तहको मत गणना सकिँदा नेकपा एमालेले अग्रता कायम गरेको छ । हालसम्म एमालेले १५ र नेपाली कांग्रसले ११ पालिका जितेका छन् ।

    ८ पालिका प्रमुख जितेर माओवादी केन्द्र तेस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथोमा छ ।

    एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।

    नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

    १. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

    २. चामे गाउँपालिका – मनाङ

    ३. ङिस्याङ गाउँपालिका- मनाङ

    ४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

    ५. लोमन्थाङ गाउँपालिका-मुस्ताङ

    ६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ

    ७. खुम्बु पासाङल्हामु गाउँपालिका-सोलुखुम्बु

    ८. साइपाल गाउँपालिका-बझाङ

    ९. बौदीकाली गाउँपालिका- नवलपुर

    १०. थलारा गाउँपालिका- बझाङ

    ११. थासाङ गाउँपालिका- मुस्ताङ

    १२. मालिका गाउँपालिका- म्याग्दी

    १३. राइनास गाउँपालिका- स्याङ्जा

    १४. महाकाली नगरपालिका- दार्चुला

    १५. मेन्छेयाम गाउँपालिका- तेह्रथुम

    नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

    १. नार्पाभूमी गाउँपालिका – मनाङ

    २. घरपोझोङ गाउँपालिका – मुस्ताङ

    ३. नासो गाउँपालिका- मनाङ

    ४. गुल्मी दरबार गाउँपालिका- गुल्मी

    ५. गन्यापधुरा गाउँपालिका- डडेलधुरा

    ६. मुसिकोट नगरपालिका- गुल्मी

    ७. खार्पुनाथ गाउँपालिका- हुम्ला

    ८. बडिकेदार गाउँपालिका- डोटी

    ९. तमानखोला गाउँपालिका- बागलुङ

    १०. स्वामीकार्तिक गाउँपालिका- बाजुरा

    ११. लिखुपिके गाउँपालिका- सोलुखुम्बु

    माओवादी केन्द्रले जितेका स्थानीय तह

    १. जगदुल्ला गाउँपालिका-डोल्पा

    २. नौमुले गाउँपालिका-दैलेख

    ३. ताराखोला गाउँपालिका- बागलुङ

    ४. अपि हिमाल गाउँपालिका- दार्चुला

    ५. जन्तेढुंगा गाउँपालिका- खोटाङ

    ६. लिम्चुङ्बुम गाउँपालिका- उदयपुर

    ७. नौगाड गाउँपालिका- दार्चुला

    ८. थवाङ गाउँपालिका- रोल्पा

    नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

    १. काइके गाउँपालिका – डोल्पा

    २. छार्का साङतोङ गाउँपालिका – डोल्पा

  • सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेस विजयी, मिना बनिन् कांग्रेसबाट पहिलो महिला अध्यक्ष

    सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेस विजयी, मिना बनिन् कांग्रेसबाट पहिलो महिला अध्यक्ष

    काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की विजयी भएकी छिन् । उपाध्यक्षमा पनि कांग्रेसकै ङवाङल्हाक्पा शेर्पा विजयी भए ।

    अध्यक्षका विजयी मिनाले १२६० मत र उपाध्यक्षमा विजयी शेर्पाले १४११ मत ल्याए ।

    निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर बस्नेतले १११३ र उपाध्यक्ष उम्मेदवार प्रमिला बस्नेत कार्कीले ८६७ मत ल्याउन सफल भएका छन् ।

    अहिलेसम्म गणना सकिएका स्थानीय तहको परिणामअनुसार प्रमुखमा कांग्रेसबाट विजयी हुने मिना एकमात्र महिला उम्मेदवार हुन् ।

  • भरतपुर : करिब ६५ सय मत गनिसक्दा रेणु-विजय १४ भोटको अन्तर

    भरतपुर : करिब ६५ सय मत गनिसक्दा रेणु-विजय १४ भोटको अन्तर

    काठमाडौं । भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् ।

    ६ हजार ४७६ मतगणना हुँदा सुवेदीले २३०३ मत पाएका छन् । अगाडि रहेकी गठबन्धन उम्मेदवार रेनु दाहालले २३१७ मत पाएकी छन् ।

    यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।

  • बाजुराको स्वामीकार्तिक गाउँपालिकामा कांग्रेस विजयी

    बाजुराको स्वामीकार्तिक गाउँपालिकामा कांग्रेस विजयी

    काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका छन् । रोकायाले एमालेका चतुर्भूज शाहीलाई पराजित गरेका हुन् ।

    रोकायाले दुई हजार ११ मत प्राप्त गरेका छन् भने एमालेका शाहीले एक हजार ७५७ मत पाए । माओवादी र नेकपा एस गठबन्धनका उम्मेदवार नेकपा एसका चिरन्जीवी शाही भने तेस्रो भए । शाहीले एक हजार २८२ मत मात्र पाए ।

    उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी छिन् । उनले एक हजार ६३७ मत ल्याएर एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई पराजित गरेकी हुन् ।

    गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका सुरेशबहादुर रोकाया तेस्रो भए । उनले एक हजार २१३ मत मात्र पाएका छन् ।

  • ६ महानगरमा एमाले : मेयरमा अग्रता शून्य, उपमेयरमा वर्चश्व

    ६ महानगरमा एमाले : मेयरमा अग्रता शून्य, उपमेयरमा वर्चश्व

    काठमाडौं । देशका ६ वटै महानगरको मतगणनामा प्रमुख प्रतिपक्षी दल एमाले पछाडि परेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित दुई महानगरपालिकाको मेयर जितेको एमालेले अहिलेसम्म जारी मतगणनामा कतै पनि अग्रता लिन सकेको छैन ।

    सबैको चासो रहेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ठूला दलहरूलाई उछिन्दै अगाडि बढिरहेका छन् । एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको दोस्रो स्थानमा संघर्ष छ ।

    एमालेको गढका रूपमा रहेका ४ वडाको मतगणना चलिरहँदा स्थापितले अग्रता लिन नसकेपछि एमाले पंति अहिल्यै निराश बन्न थालेको छ ।

    देशको राजधानीसमेत रहेको महानगरमा पछि पर्नु एमालेका लागि ठूलो धक्का हो । काठमाडौंको चुनावलाई एमालेले प्रतिष्ठाको विषयका रूपमा लिएको थियो । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहलाई मुख्य चुनौती मानेको भए पनि बालेनको पक्षमा उर्लिएको जनमतले एमाले स्तब्ध बनेको छ । अहिलेको मतान्तर हेर्दा स्थापितले बालेनलाई उछिनेर अघि बढ्न सक्ने सम्भावना न्यून देखिन्छ । यद्यपि, धेरै वडाको मतगणना सुरु नै भएको छैन ।

    २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट काठमाडौंमा विद्यासुन्दर शाक्य सहज रूपमा विजयी बनेका थिए । उनले ६४ हजार ९१३ मत ल्याउँदै १९ हजार मतको फराकिलो अन्तरले कांग्रेसका उम्मेदवार जोशीलाई हराएका थिए । एमालेको उक्त जनमतलाई बालेनको खहरले बगाइदिने संकेत देखिएको छ ।

    उपमेयरको प्रतिस्पर्धामा भने एमालेको विशाल अग्रता छ । एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा चार गुणा बढी मत पाइरहेकी छन् । यसबाट काठमाडौंमा एमालेको जनाधार भने कमजोर नभएको बुझिन्छ । मेयरमा भने काठमाडौंका मतदाताले एउटा राजनीतिबाहिरको एउटा युवालाई टेस्ट गर्न चाहेका छन् ।

    पहिले जितेको अर्को महानगर पोखरामा पनि पनि यसपालि एमालेले प्रारम्भिक मतगणनामा अग्रता लिन सकेको छैन । २०७४ सालको चुनावमा एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई १४ हजार भोटको अन्तरले हराएका थिए । तर, यसपालि सत्तारुढ पाँच दलीय गठबन्धनका कारण एमालेलाई सकस परिरहेको छ ।

    पोखरामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले एमालेका कृष्ण थापालाई पछि पारिरहेका छन् । उनीहरुबीच ठूलो अन्तरा भने छैन । पछिल्लो रिपोर्टअनुसार ३ हजार मत गणना हुँदा आचार्यले एक हजार १२१ र थापाले एक हजार ४० मत ल्याएका छन् ।

    एमाले र गठबन्धनबिच सबैभन्दा टक्कर चाहिँ भरतपुरमा देखिएको छ । सुरुदेखि नै भरतपुरको मतगणनामा गठबन्धन उम्मेदवार प्रचण्डपुत्री रेनु दाहाल र एमालेका विजय सुबेदीले उछिनपाछिन गरिरहेका छन् । पछिल्लो केही समयदेखि झिनो अन्तरले रेनु अगाडि छन् । यस महानगरमा एमालेको थोरै आशा बाँकी छ ।
    अघिल्लो स्थानीय चुनावमा पनि भरतपुरमा एमाले र माओवादीको यस्तै कडा टक्कर परेको थियो । रेनुले हार्ने खतरा देखेपछि माओवादी कार्यकर्ताले मतपत्र नै चपाएर निलिदिएको घटना अहिले पनि चर्चा हुने गर्छ ।

    विराटनगर महानगरपालिकामा पनि गठबन्धन उम्मेदवारले लिड गरिरहेका छन् । यस महानगरमा गठबन्धनका उम्मेदवारका रूपमा कांग्रेसका नागेश कोइराला सुरुदेखि एमाले उम्मेदवार सागर थापाभन्दा अगाडि छन् । अघिल्लो स्थानीय चुनावमा पनि यो महानगरमा कांग्रेसले जित हासिल गरेको थियो ।

    वीरगञ्ज महानगरपालिकामा पनि गठबन्धनका तर्फबाट उठेका जनता समाजवादी पार्टीका राजेशमान सिंह एमालेका विजयकुमार सरावगीभन्दा निकै अगाडि छन् । सरावगी वीरगञ्ज महानगरका साबिक मेयर हुन् । यसअघिको चुनावमा उनी जनता समाजवादीबाट मेयर निर्वाचित भएका थिए । तर, पार्टीले दुर्व्यवहार गरेको भन्दै एमालेमा प्रवेश गरेका थिए । एमालेले उनैलाई मेयर उम्मेदवार बनाएको थियो । तर, प्रारम्भिक मतगणनामा उनी पछि परेका छन् ।

    अर्को, ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन पनि एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा दोब्बर मतले अगाडि छन् । चिरिबाबुले अघिल्लो चुनावमा पनि कांग्रेसबाट मेयर जितेका थिए । त्यसबेला कडा प्रतिस्पर्धामा जित हासिल गरेका उनी यसपालि भने सहज रूपमा अगाडि बढिरहेका छन् ।
    समग्रमा हेर्दा ६ वटा महानगरमध्ये दुई वटामा कांग्रेसको लिड छ भने माओवादी, नेकपा एस र जसपाले एक–एक वटामा अग्रता लिएका छन् । एउटामा बालेन शाह छन् ।

    उपमेयरमा एमालेको वर्चश्व

    उपमेयरको प्रतिस्पर्धा मेयरको भन्दा फरक देखिएको छ । मेयरमा कतै पनि अग्रता लिन नसकेको एमाले उपमेयरमा भने ३ वटा महानगरपालिकामा अगाडि छ ।चितवन र विरगञ्जमा एमालेले उपमेयर अन्य पार्टीलाई छाडेकाे थियाे । एउटा महानगरमा मात्रै एमालेकाे उपमेयर उम्मेदारले अगाडि छैनन् ।

    काठमाडौं उपमेयरमा एमालेकी सुनिता डंगोलको जित लगभग निश्चित देखिन्छ । उनको तुलनामा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठ निकै पछाडि परेका छन् ।

    ललितपुरमा पनि एमालेकी मञ्जली श्रेष्ठले विशाल अग्रता लिइरहेकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बाबुराज बज्राचार्य पनि कमजोर देखिएका छन् । मेयरमा कांग्रेसभन्दा निकै पछि रहेको एमाले उपमेयरमा भने प्रतिस्पर्धीभन्दा अघि छ।

    ललितपुरकै जस्तो अवस्था विराटनगरमा पनि छ । यहाँ पनि मेयरमा दोस्रो स्थानमा रहेको एमाले उपमेयरमा मतगणनामा अगाडि छ । एमालेकी शिल्पा कार्कीले जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई पछि पारिरहेकी छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

    अन्य तीन महानगरहरू भरतपुर, पोखरा र वीरगञ्जमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । जुन ठाउँमा कांग्रेसले अन्य दललाई उपमेयर छोडेको छ, त्यहाँ एमाले अगाडि छ भने जहाँ कांग्रेसले मेयर छोडेर उपमेयर लिएको छ, त्यहाँ कांग्रेस अगाडि छ ।

    यस्तो ट्रेन्डलाई लिएर सत्तारुढ गठबन्धनका अन्य दलहरूले कांग्रेसबाट घात भएको महसुस गर्न थालेका छन् ।

  • भरतपुरमा मतान्तर घटाउँदै विजय, २३ मतले रेणु अगाडि

    भरतपुरमा मतान्तर घटाउँदै विजय, २३ मतले रेणु अगाडि

    काठमाडौं । स्थानीय निर्वाचनको सर्वत्र चासो र चर्चा रहेको भरतपुर महानगरपालिकामा अहिलेसम्म ६१८७ मत गनिसकिएको छ । वडा नम्बर १ को गणना सकेर अहिले वडा नम्बर २ को गणना भइरहेको छ ।

    ताजा परिणामअनुसार गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहाल २३ मतान्तरसहित अग्रस्थानमा छिन् । उनले २२१२ मत प्राप्त गरेकी छन् ।

    एमालेका विजय सुवेदीले २१८९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७१८ मत ल्याएका छन् ।

  • कांग्रेसका क्षेत्रीय सभापतिलाई हराउँदै वडाध्यक्षमा लोसपाका सिंह विजयी

    कांग्रेसका क्षेत्रीय सभापतिलाई हराउँदै वडाध्यक्षमा लोसपाका सिंह विजयी

    रुपन्देही । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति मुकेश यादवलाई वडाध्यक्षमा पराजित गर्दै लोसपाका कृष्णकुमार सिंह विजयी भएका छन् ।

    मर्चवारी गाउँपालिका वडा नम्बर १ मा यादवलाई पराजित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का कृष्ण कुमार सिंह विजयी भएका हुन् ।

    सिंहले २६ मत अन्तरले यादवलाई पराजित गरेका हुन् । सिंहले ७६३ मत ल्याएका छन् भने यादवले ७३७ मत ल्याएका छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा मुकेश यादव मर्चवारी–१ को अध्यक्षमा निर्वाचित भएका थिए ।

  • स्याङ्जाको हरिनास गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

    स्याङ्जाको हरिनास गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

    पोखरा । स्याङ्जा हरिनास गाउँपालिकामा गठबन्धनलाई पराजित गदै एमाले विजयी भएको छ ।

    अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिमनारायण मानन्धर ४७६९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार टोपबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गरेका हुन् । टोपबहादुरले ४७३२ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि एमालेकी इन्द्रकुमारी थापा राना बिजयी भएकी छन् । थापाले ४७४० त प्राप्त गर्दा माओवादीकी मिठु लम्साल ४७१६ मतमा रोकिएकी छन् ।

  • विराटनगर अपडेट : नागेश निरन्तर अगाडि, यस्तो छ पछिल्लो अवस्था

    विराटनगर अपडेट : नागेश निरन्तर अगाडि, यस्तो छ पछिल्लो अवस्था

    विराटनगर । ७९५३ मत गणना हुँदा मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला ३१३९ मतसहित अगाडि छन् । नेकपा एमालेका सागर थापाले २२६२ प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादव ८७१ मत ल्याए ।

    उपमेयरतर्फ एमालेकी शिल्पा कार्की २७६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट जसपाका अमरेन्द्र यादवले १६३२ मत प्राप्त गरेका छन् ।

    यहाँ बदर मत संख्या उच्च देखिएको छ ।

    महानगरको १, २, १६, १७, १८ र १९ वडाको कुल ७९५३ मत गणना गर्दा मेयर र उपमेयरमा परेको २४३३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    २०७४ सालको स्थानीय निर्वाचनमा महानगरमा ८० हजार ६८९ मतदान खसेको थियो । जसमा १९ हजार ४१९ मत बदर भएको थियो ।

  • भक्तपुर नपामा नेमकिपा एक्लो प्रतिस्पर्धी, कांग्रेस र एमाले धेरै पछाडि

    भक्तपुर नपामा नेमकिपा एक्लो प्रतिस्पर्धी, कांग्रेस र एमाले धेरै पछाडि

    भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी चुनावी दौडका एक्लो प्रतिस्पर्धी जस्तै देखिएको छ । यहाँको मेयर र उपमेयरमा नेमकिपाका उम्मेदवारहरु अन्य दलका प्रतिस्पर्धीलाई धेरै पछाडि पारेर अगाडि बढेका छन् ।

    भक्तपुर नपाको मेयरमा नेमकिपाका सुनिल प्रजापतिले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामप्रसाद कासुलाले भन्दा पाँचगुणा बढी मत ल्याएर अग्रता लिइरहेका छन् ।

    जारी मत गणनाअनुसार प्रजापतिले १२,३४८ मत ल्याएका छन् । कासुलाले भने २,१६५ मत पाएका छन् । एमालेका रवीन्द्र लाछिमस्यू १,४८९ मतसहित कासुलालाई पछ्याइरहेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार सत्य त्वायनाले १,४०८ मत ल्याएका छन् ।

    उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले अरु प्रतिस्पर्धीहरुलाई धेरै पछाडि पारेकी छन् । उनले हालसम्म १२,५७५ मत ल्याएर अग्रता कायम गर्दै आएकी छन् । उनलाई एमालेकी रञ्जना चापागाई खर्बुजाले १५८८ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १,१५५ मत ल्याएका छन् ।

    अग्रस्थानमा रहेका मेयर प्रजापति र उपमेयर जोशी अघिल्लो निर्वाचनमा समेत सोही पदमा अत्यधिक मतसहित निर्वाचित भएका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकामा अहिलेसम्म १८,५५६ मत गणना भइसकेको छ ।

    यहाँका वडा नं १,२ र ३ को अन्तिम नतिजासमेत सार्वजनिक भइसकेको छ । यी तीनवटै वडामा नेमकिपाले क्लिन स्वीप गरेको छ । मत गणना भइरहेको ४ र ५ नम्बर वडाका सबै पदमा नेमकिपाका उम्मेदवारहरु अग्रस्थानमा छन् ।

  • पश्चिम नवलपरासीका ७ स्थानीय तहमध्ये कहाँ कसको अग्रता ? (सूचीसहित)

    पश्चिम नवलपरासीका ७ स्थानीय तहमध्ये कहाँ कसको अग्रता ? (सूचीसहित)

    रुपन्देही । पश्चिम नवलपरासीका ७ वटा स्थानीय तहमध्ये ४ पालिकाको प्रमुख पदमा एमालेको अग्रता छ । ३ वटा पालिकाको प्रमुख पदमा कांग्रेसको अग्रता छ ।

    उपप्रमुखमा ३ पालिकामा एमाले र १ पालिकामा कांग्रेसको अग्रता छ । अन्य ३ पालिकाका उपप्रमुखमा २ पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र १ पालिकामा एमालेसँग गठबन्धनबाट उम्मेदवार दिएका राष्ट्रिय जनमुक्ति पार्टीले अग्रता लिएका छन् ।

    यसैबीच आइतबार मध्यान्हसम्म ९ वटा वडाको परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका ३, एमालेका २ र माओवादी केन्द्र, राप्रपाको २ र जसपाका १ जना उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् ।

    निर्वाचित हुनेमा रामग्राम नगरपालिकाको वडा नं. १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रुद्र प्रकाश उपाध्याय र सोही पार्टीका वडा नं। ३ का उम्मेदवार उज्ज्वल न्यौपाने (बेबी) वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नं. २ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार नीरज रौनियार निर्वाचित भएका छन् ।

    त्यस्तै सुनवल नगरपालिकाको वडा नं. १ मा एमालेका मनबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं. २ मा एमालेकै राजेन्द्र यादव वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    बर्दघाट नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका सन्दीप सापकोटा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    प्रतापपुर गाउँपालिकाको वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र बहादुर थारुसहितको प्यानल निर्वाचित भएको छ । जसअनुसार सरावल गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा माओवादी केन्द्रका ह्यात खाँ धुनियाँसहितको प्यानल निर्वाचित भएको छ ।

    पाल्हीनन्दन गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका चुल्हाई प्रसाद यादवसहितको प्यानल निर्वाचित भएको छ ।