Category: स्थानीय निर्वाचन–२०७९

  • गठबन्धनलाई क्लिनस्वीप गर्दै पाल्पाको पूर्वखोलामा एमाले विजयी

    गठबन्धनलाई क्लिनस्वीप गर्दै पाल्पाको पूर्वखोलामा एमाले विजयी

    पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा एमालेका नुनबहादुर थापा विजयी भएका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरे ।

    सो पालिकामा उपाध्यक्ष र ६ वटै वडामा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भागीरथी भट्टराई ५ हजार ८९४ मतका विजयी भइन् ।

    कांग्रेस माओवादी र समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका उम्मेदवारले १२५७ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेस उम्मेदवारले २२५० मत प्राप्त गरिन ।

  • बैतडीको डिलासैनीमा स्वतन्त्रले खाता खोल्यो, वडा नम्बर ४ मा प्यानल नै विजयी

    बैतडीको डिलासैनीमा स्वतन्त्रले खाता खोल्यो, वडा नम्बर ४ मा प्यानल नै विजयी

    बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार हरि दत्त पन्त विजयी भएका छन् ।

    गठबन्धन उम्मेदवार लालबहादुर नेगी (२७६) लाई पराजित गर्दै पन्त (४२८) मतसहित विजयी भएका हुन् ।

    यस्तै एमालेका उम्मेदवार हर्कबहादुर बोहराले २०३ मत प्राप्त गरे ।

    त्यहाँबाट पालिका अध्यक्षका उम्मेदवार सन्तोषप्रकाश जोशीले पनि राम्रो मत पाएका छन् । उनले ५४५ मत पाउँदा गठबन्धनका उम्मेदवार लोकेन्द्र बहादुर रानाले २२८ र एमालेका उम्मेदवार अक्कल बहादुर रानाले १३६ मत पाएका छन् ।

  • बुलिङटारमा एमाले विजयी, कांग्रेसको गढ तोड्दै २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

    बुलिङटारमा एमाले विजयी, कांग्रेसको गढ तोड्दै २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

    नवलपुर । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

    सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।

    पूर्व सांसद दामोदर बस्ताकोटीका छोरा उनलाई कांग्रेस नेता शशाङ्क कोइरालाको रुचिमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोर्‍याइएको थियो ।

    अध्यक्ष पदमा सुनारीले ४०५९ मत गरेका छन् भने बस्ताकोटीले ३९०० मत गरे । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४२३९ मत प्राप्त गर्दै विजयी भएकी छन् । एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भूमिका खण्डलुकले ३५१९ मत प्राप्त गरिन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेकानिकल इञ्जिनियरिङ्गमा स्नातकोत्तर गरेका छन् ।

  • बुढीनन्दा नगरपालिका ८ मा जेठ ३ गते पुन: मतदान हुने

    बुढीनन्दा नगरपालिका ८ मा जेठ ३ गते पुन: मतदान हुने

    कैलाली । दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेठ ३ गते पुन मतदान हुने भएको छ ।

    वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप भएको थियो ।

    झडप नियन्त्रणको लागि प्रहरीले हवाई फाएर समेत गरेको थियो ।

    निर्वाचन अधिकृतको कार्यालय बुढीनन्दा नगरपालिकाले आइतबार विज्ञप्ति निकालेर जेठ ३ गते बिहान ७ बजेबाट साँझ ५ बजेसम्म पुन मतदान हुने बताएको छ ।

  • मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला उम्मेदवार विजयी

    मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला उम्मेदवार विजयी

    हेटौँडा । मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला जनप्रतिनिध िनिर्वाचित भएकी छन् ।

    गत स्थानीय निर्वाचनमा पालिका उपाध्यक्षमा पराजित कमला वाइवा यो पटक मकवानपुरको बकैया १० को अध्यक्षमा कांग्रेसबाट निर्वाचित भएकी हुन् ।

    बकैया गाउँपालिका वडा नम्बर १० मा गठवन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ वाईवाले ८ सय १६ मत ल्याएकी छन् । एमाले उम्मेदवार कमलबहादुर घलानले ४ सय ६६ मत प्राप्त गरे ।

  • नवनिर्वाचित वडाध्यक्षमाथि गठबन्धनकै कार्यकर्ताद्वारा मुक्का प्रहार, अन्तर्घात गरेको आरोप

    नवनिर्वाचित वडाध्यक्षमाथि गठबन्धनकै कार्यकर्ताद्वारा मुक्का प्रहार, अन्तर्घात गरेको आरोप

    हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ७ मा गठबन्धनको तर्फबाट विजयी भएका वडाध्यक्ष मित्रबन्धु सिंजालीमाथि आक्रमण भएको छ ।

    गठबन्धन केही कार्यकर्ताहरूले अन्तर्घात गरेको भन्दै उनीमाथि मुक्का प्रहार गरेका छन् ।

    नेपाली कांग्रेस र माओवादीको गठबन्धन रहेको भीमफेदीमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए ।

    वडामा विजयी भए पनि गाउँपालिका अध्यक्षमा भने माओवादीलाई मत कम आएको भन्दै माओवादी कार्यकर्ताले सिंजालीमाथि हातपात गरेका हुन् ।

    सिंजालीले अन्तर्घात गरेको, धोखा दिएको आरोप उनीहरूको छ ।

    इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले नवनिर्वाचित वडाध्यक्षमाथि धक्कामुक्की भएको जानकारी पाउनसाथ आफूहरूले प्रहरी कार्यालय परिसरमा ल्याएको बताइन् ।

    उनले भनिन् ‘उहाँहरू अन्तरघातको विषयलाई लिएर रुष्ट हुनुहुँदो रहेछ, वडाध्यक्षमा सहयोग गरेको तर गाउँपालिका अध्यक्षमा असहयोग गरेको भन्ने उहाँहरूको बुझाई रहेको पाइयो ।’

  • दैलेखको गुराँसमा एमाले विजयी

    दैलेखको गुराँसमा एमाले विजयी

    सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेबाट टोप बहादुर बिसी विजयी भएका छन् । उनले ४१२० मत प्राप्त गरे ।

    उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज वलीले ३३७५ मत प्राप्त गरेका छन् । नेकपा माओवादीका कृष्ण पाण्डेले ७६ मत पाए ।

    यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार शिवा कुमारी खड्काले ४१२५ मत पाइन् ।

    निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपा बिसीले ३५४७ मत प्राप्त गर्दा माओवादीका कुसुम शाहीले ९३ मत प्राप्त गरिन् ।

  • गुल्मीको चन्द्रकोटमा गठबन्धनको जित, अध्यक्षमा माओवादीका केसी निर्वाचित

    गुल्मीको चन्द्रकोटमा गठबन्धनको जित, अध्यक्षमा माओवादीका केसी निर्वाचित

    गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ । सो गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज केसी र उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका हुन् ।

    अध्यक्षमा निर्वाचित केसीले ५ हजार ७ सय मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार ३ सय ४७ मत ल्याए ।

    उपाध्यक्षमा निर्वाचित भण्डारीले ५ हजार १६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेकी राधिका अर्यालले ३ हजार ८ सय १६ मत ल्याइन् ।

    चन्द्रकोट गाउँपालिकामा रहेका ८ वटा वडाहरु मध्ये ४ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एमाले १ वटा वडामा नेकपा माओवादी केन्द्र र १ वटा वडामा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।

  • कुमाख गाउँपालिकामा माओवादीविरुद्ध कांग्रेस-एमाले गठबन्धनको जित

    कुमाख गाउँपालिकामा माओवादीविरुद्ध कांग्रेस-एमाले गठबन्धनको जित

    सल्यान । सल्यानको कुमाख गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी विजयी भएका छन् ।

    बुढाथोकीले ४ हजार ५८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैसीले ४ हजार १२ मत ल्याए ।

    उपाध्यक्षमा भने नेकपा एमालेका लालबहादुर रावतले जित हासिल गरेका छन् । रावतले ४ हजार १ सय ४२ मत ल्याउँदा माओवादीकी धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याइन् ।

    कुमाख गाँउपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लको गृहपालिका हो ।

    त्यहाँ माओवादीविरुद्ध कांग्रेस र एमालेले तालमेल गरेका थिए ।

  • सभापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसको जित, उपाध्यक्षमा नेकपा एस

    सभापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसको जित, उपाध्यक्षमा नेकपा एस

    संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बु विजयी भएका छन् ।

    उनले ३ हजार ७ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्नबहादुर सुब्बाले २ हजार ३ सय ५ मत ल्याए । सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मी चापागाईँ विजयी भइन् ।

    उनले २ हजार ४ सय ३९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सविता बरालले २ हजार ३ सय ७६ प्राप्त गरिन् । कांग्रेस र एमालेले ३–३ वडामा नेतृत्व जितेका छन् ।

  • बैतडीको पञ्चेश्वरमा एमालेका गोरख चन्द विजयतर्फ अग्रसर

    बैतडीको पञ्चेश्वरमा एमालेका गोरख चन्द विजयतर्फ अग्रसर

    कैलाली । बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा बिना भट्ट विजय तर्फ अग्रसर भएका छन् ।

    २५० भोट गणना गर्न बाकी रहँदा अध्यक्षमा चन्दले १२०० र उपाध्यक्षमा भट्टले अग्रता लिएकी छन् ।

    अध्यक्षमा चन्दले ३ हजार ५८४ मत ल्याउँदा गठबन्धनबाट काङ्ग्रेसका रमेश भण्डारीले २ हजार ३७९ मत ल्याएका छन् ।

    उपाध्यक्षमा भट्टले २ हजार ८८९ मत ल्याउँदा नेकपा एसका राजेन्द्र चन्दले २ हजार ३८७ म ल्याएका छन् ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा पनि उनीहरू दुवै जना निर्वाचित भएका थिए ।

  • ४२ पालिकाको आयो अन्तिम परिणाम- कसकाे कति सिट ? (सूचीसहित)

    ४२ पालिकाको आयो अन्तिम परिणाम- कसकाे कति सिट ? (सूचीसहित)

    काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ४२ स्थानीय तहको मत गणना सकिँदा नेकपा एमालेले अग्रता कायम गरेको छ । कांग्रेसको १३ र माओवादीले १२ पालिकामा प्रमुख जितेका छन् ।

    नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर तेस्रो छ ।

    एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।

    नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

    १. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

    २. चामे गाउँपालिका – मनाङ

    ३. ङिस्याङ गाउँपालिका– मनाङ

    ४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

    ५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ

    ६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ

    ७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

    ८. साइपाल गाउँपालिका– बझाङ

    ९. बौदीकाली गाउँपालिका – नवलपुर

    १०. थलारा गाउँपालिका- बझाङ

    ११. थासाङ गाउँपालिका- मुस्ताङ

    १२. मालिका गाउँपालिका- म्याग्दी

    १३. राइनास गाउँपालिका- स्यांजा

    १४. महाकाली नगरपालिका- दार्चुला

    १५. मेन्छेयाम गाउँपालिका- तेह्रथुम

    नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

    १. नार्पाभूमी – मनाङ

    २. घरपोझोङ – मुस्ताङ

    ३. नासो गाउँपालिका– मनाङ

    ४. गुल्मी दरबार गाउँपालिका- गुल्मी

    ५. गन्यापधुरा गाउँपालिका- डडेलधुरा

    ६. रेसुङ्गा नगरपालिका- गुल्मी

    ७. खार्पुनाथ गाउँपालिका- हुम्ला

    ८. बडिकेदार गाउँपालिका- डोटी

    ९. तमानखोला गाउँपालिका- बागलुङ

    १०. स्वामीकार्तिक गाउँपालिका- बाजुरा

    ११. लिखुपिके गाउँपालिका- सोलुखुम्बु

    १२. भैरवी गाउँपालिका- दैलेख

    १३. सभापोखारी गाउँपालिका- संखुवासभा

    माओवादी केन्द्रले जितेका स्थानीय तह

    १.  जगदुल्ला गाउँपालिका–डोल्पा

    २. नौमुले गाउँपालिका–दैलेख

    ३. ताराखोला गाउँपालिका,बागलुङ

    ४. अपि हिमाल गाउँपालिका- दार्चुला

    ५. जन्तेढुंगा गाउँपालिका- खोटाङ

    ६. लिम्चुङ्बुम गाउँपालिका-  उयपुर

    ७. नौगाड गाउँपालिका- दार्चुला

    ८. थवाङ गाउँपालिका- रोल्पा

    ९. ताँजाकोट गाउँपालिका- हुम्ला

    १०. अजिरकोट गाउँपालिका- गोरखा

    ११. थुलुङ दुधकोशी गाउँपालिका- गोरखा

    १२. मार्मा गाउँपालिका- दार्चुला

    नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

    १. काइके गाउँपालिका – डोल्पा

    २. छार्का साङतोङ गाउँपालिका – डोल्पा

  • भरतपुर अपडेट: एमालेले लियो १४ मतको अग्रता

    भरतपुर अपडेट: एमालेले लियो १४ मतको अग्रता

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १४ मतको अग्रता लिएका छन् ।

    जारी मतगणनामा सुवेदीले २६९३ मत ल्याँउदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले २६७९ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ सय ६२ मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २१६२ मत ल्याएकी छिन् ।

    अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ । वडा नम्बर २ को अध्यक्षमा कांग्रेस उम्मेदवारले १८३० मत ल्याउँदा एमालेका उम्मेदवारले १७९५ मत ल्याएका छन् ।

  • दार्चुलाको मार्मा गाउँपालिकामा गठबन्धन विजयी- अध्यक्षमा माओवादी, उपाध्यक्ष कांग्रेस

    दार्चुलाको मार्मा गाउँपालिकामा गठबन्धन विजयी- अध्यक्षमा माओवादी, उपाध्यक्ष कांग्रेस

    काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जमनसिंह धामी विजयी भएका छन् ।उपाध्यक्षमा सर्मीला सिंह विजयी भएकी हुन् ।

    माओवादी केन्द्रका धामीले ३८१३ मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका देवसिंह महरले ३०८४ मत ल्याए ।

    यस्तै उपाध्यक्षमा कांग्रेसकी सिंहले ३२२३ मत ल्याइन् । एमालेबाट उपाध्यक्ष की उम्मेदवार राजु धामी २८५३ मत ल्याइन् ।

    मार्माको वडा नम्बर १ मा माओवादी केन्द्रका कालुसिंह ठगुन्ना, वडा नम्बर २ मा माओवादीकै अमरसिंह विष्ट, वडा नम्बर ३ मा माओवादी के धिरेन्द्र धामी, वडा नम्बर ४ मा नेपाली कांग्रेसका वीरसिंह धामी विजयी भएका छन् ।

    वडा नम्बर ५ र ६ मा भने एमाले उम्मेदवारले गठबन्धनलाई पराजित गरेका छन् । ५ मा सुरेन्द्र महता र वडा नम्बर ६ मा सन्तोषसिंह कोट्टारी विजयी भएका छन् ।

    मार्मामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।

  • एमालेले मतदाताको अभिमतको अवमूल्यन गर्‍यो : महामन्त्री थापा

    एमालेले मतदाताको अभिमतको अवमूल्यन गर्‍यो : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएर मतदाताको अवमूल्यन गरेको बताएका छन् ।

    एमालेले मतगणनाको प्रारम्भिक विवरण आउन थालेपनि निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाउनुले मतदाताको अपमान भएको धारणा थापाले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका हुन् ।

    ‘अन्तिम परिणाम कुर्नेसमेत धैर्यता नराखी नेकपा एमालेले सिंगो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो’, थापाले भनेका छन् ।

    एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरेर निर्वाचनमा योजनावद्ध धाँधली भएको आरोप लगाएका थिए ।

  • कांग्रेसले जितेको अजिरकोट गाउँपालिकामा यसपटक माओवादी बिजयी

    कांग्रेसले जितेको अजिरकोट गाउँपालिकामा यसपटक माओवादी बिजयी

    गोरखा । गोरखाको अजिरकोट गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक देवकोटा विजयी भएका छन् । उनले ३७८७ मत ल्याए ।

    देवकोटाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार गोविन्दबहादुर गुरुङले ३२८९ मत ल्याए ।

    उपाध्यक्षमा माओवादी केन्द्रकै अनिता भुजेल ३५३२ मतसहित विजयी भएकी छन् । कांग्रेसकी इन्द्र गुरुङ ३३६१ मतसहित दोस्रो स्थानमा रहिन् । यो गाउँपालिका यसअघि कांग्रेसले जितेको थियो ।

  • सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्र विजयी

    सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्र विजयी

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

    राईले ४०४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ मत र नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १६०१ मत छ ।

    त्यस्तै उपाध्‍यक्षमा पनि नेकपा माओवादी केन्द्रकी सविता राई ३८०० मतसहित निर्वाचित भएकी छन् ।

    प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३५२३ मत र नेकपा एमालेकी कल्पना बस्नेतले १७४६ मत पाएकी छन् ।

  • दैलेखको भैरवी गाउँपालिकामा काँग्रेस विजयी

    दैलेखको भैरवी गाउँपालिकामा काँग्रेस विजयी

    सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा रिताकुमारी शाही विजयी भएकी छन् भने देवी भण्डारी उपाध्यक्षमा निर्वाचित भएकी हुन ।

    यहाँ एमालेबाट अध्यक्षमा सर्वराज महतारा र उपाध्यक्षमा एमालेकै पदमकुमारी विष्ट पराजित भएका हुन । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले घोषणा भने गरिसकेको छैन ।

  • घोराही उपमहानगरपालिकामा अग्रता लिँदै एमालेका नरुलाल चौधरी

    घोराही उपमहानगरपालिकामा अग्रता लिँदै एमालेका नरुलाल चौधरी

    दाङ । देशभर सबै उपमहानगरपालिकामा पछाडि परेको नेकपा एमालेले घोराही उपमहानगरपालिकामा गठबन्धनलाई उछिनेको छ ।

    आइतबार साँझको पछिल्लो मतगणना अनुसार एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७०४६ मतसहित अग्रता लिएका छन् । शुरुदेखिनै अग्रता लिएका गठबन्धनका उम्मेदवार हेमराज शर्मा ७०१० मतसहित दोस्रोमा पुगेका छन् ।

    उपमेयरमा भने गठबन्धनका कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीले ७४४१ मतसहित अग्रता लिइरहेका छन् । एमालेकी हुमा डिसी ६७८७ मतसहित दोस्रो स्थानमा छिन् ।

  • भरतपुरमा अग्रता बढाउँदै विजय

    भरतपुरमा अग्रता बढाउँदै विजय

    चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बढाउन थालेका छन् ।

    उनले २५४९ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले २५३० मत ल्याएकी छन् । विजयले समग्रमा १९ मतको अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेदवरा जगन्नाथ पौडेलले ८३० मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २७६९ र राप्रपाकी हिमला गुरुङले १९७५ मत ल्याएकी छिन् ।

    अहिले वडा नम्बर २ को मतगणना जारी छ । वडा अध्यक्षमा कांग्रेसले १३ मतले अग्रता लिइरहेको छ ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ९ सय ७५ मत ल्याएकी छिन् ।