Category: स्थानीय निर्वाचन–२०७९

  • भीमफेदीमा एमालेका हिदम लामा विजयी, उपाध्यक्षमा गठबन्धनका श्रेष्ठ

    भीमफेदीमा एमालेका हिदम लामा विजयी, उपाध्यक्षमा गठबन्धनका श्रेष्ठ

    हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट माओवादीका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् ।

    लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरे । उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे ।

    उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५३१५ मत प्राप्त गरे । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन् । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।

  • प्रेम आलेको गाउँपालिकामा एमाले विजयी

    प्रेम आलेको गाउँपालिकामा एमाले विजयी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

    त्यहाँ एमालेका दुर्गादत्त ओझा ३४४९ मतका साथ विजयी भएका छन् । कांग्रेसका दीपक विष्टले ३४१२ मत ल्याए ।

    यस्तै उपाध्यक्षमा जमुना बोहराले ३५९९ मत ल्याएर विजयी भइन् । चन्द्रा कुमारी साउँले ३५१७ मत ल्याइन् ।

  • बाग्लुङको गल्कोटमा कांग्रेसका भरत शर्मा निर्वाचित

    बाग्लुङको गल्कोटमा कांग्रेसका भरत शर्मा निर्वाचित

    बाग्लुङ । बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन् ।

    आइतबार मध्यरातमा सकिएको मत गणनाअनुसार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शर्माले ५ हजार ४१४ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५१९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मन्जु शर्माले ३ हजार २६२ मत पाएकी छन् ।

    उपमेयरमा भने माओवादी केन्द्रका फमलाल निउरे निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नीउरले ६ हजार ३९ मत पाउँदा एमालेकी रुपा विकले २०५७ मत पाएकी छन् । स्वतन्त्र तिलबहादुर उप्रेती केसीले १ हजार ९८९ मत पाएकी छन् ।

  • गोसाईंकुण्डमा एमाले विजयी, कांग्रेसका जिल्ला सभापति गाउँपालिका अध्यक्षमा पराजित

    गोसाईंकुण्डमा एमाले विजयी, कांग्रेसका जिल्ला सभापति गाउँपालिका अध्यक्षमा पराजित

    काठमाडौं । रसुवा जिल्ला गोसाईंकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कैसाङनुर्पु तामाङ निर्वाचित भएका छन् । ४ सय ८३ को मतान्तरसहित उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी सोही गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    उनले २ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाएका छन् ।
    तामाङ एमाले जिल्ला कमिटीको उपसचिव हुन् भने पराजित हुने पेम्बा छिरिङ तामाङ कांग्रेसको पार्टी सभापति हुन् ।

    उपाध्यक्षमा विजयी एमालेकी प्रतिमा तामाङले २ हजार ५ सय ४५ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको देकी तामाङले २ हजार ८८ मत पाइन् ।

  • गठबन्धनलाई हराउँदै माङ्सेबुङमा एमालेका हेमन्त राई विजयी

    गठबन्धनलाई हराउँदै माङ्सेबुङमा एमालेका हेमन्त राई विजयी

    काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

    सत्ता गठबन्धनलाई एमालेले पराजित गर्दै एमालेका हेमनत राई विजयी भएका हुन् । उनले ३८१८ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार डिकेन्द्र इधिङ्गोले ३४१५ मत पाए

    उपाध्यक्ष भने गठबन्धनबाट जसपाका बिनोद नेम्वाङ ३७२९ मतसहित निर्वाचित भएका छन् । उनकी प्रतिद्वन्द्वीएमालेकी सुनिता सुब्बा ३०४६ मतमा रोकिएकी छन् ।

  • कास्कीको माछापुच्छ्रेमा कांग्रेसको जित

    कास्कीको माछापुच्छ्रेमा कांग्रेसको जित

    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

    अध्यक्षमा कांग्रेस उम्मेदवार मिनबहादुर गुरुङले एमाले उम्मेदवार विक्रम गुरुङलाई ४८२ मतान्तरले पराजित गरे ।

    मिनबहादुरले ७ हजार ९९ मत ल्याउँदा एमालेका विक्रमले ६६१७ मत ल्याए ।

    त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारी ६३७६ मतका साथ विजयी भइन् ।

    एमालेकी सीता तिवारी ५९५१ मत ल्याइन् ।

  • घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीको गठबन्धनलाई अनपेक्षित दबाब

    घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीको गठबन्धनलाई अनपेक्षित दबाब

    दाङ । देशभर सबै उपमहानगरपालिकामा पछाडि परेको नेकपा एमालेले घोराही उपमहानगरपालिकामा गठबन्धनलाई उछिनेको छ ।

    कांग्रेस र माओवादी मात्रै मिल्दा पनि एमालेलाई निकै पछि पार्ने अनुमान नगरिएको उपमहानगरमा आइतबार साँझको मतगणनापछि एमालेका चौधरीले अग्रता बढाउँदै लगेका छन् ।

    मध्यरात १ बजेको गणना अनुसार एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ६१३ मतको अग्रता लिएका छन् ।

    शुरुदेखिनै अग्रता लिएका गठबन्धनका उम्मेदवार हेमराज शर्मा८ हजार ६९ मतसहित दोस्रो स्थानमा रहँदा एमालेका चौधरीले ८ हजार ६८२ मतका साथ अग्रता लिएका छन् ।

    एमालेको गढमा प्रवेश गर्नुअघि नै नरुलालले अग्रता लिएपछि गठबन्धनलाई सङ्कट हुने देखिएको छ ।

  • खसेको भन्दा बढी मत भेटिएपछि रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

    खसेको भन्दा बढी मत भेटिएपछि रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

    पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।

    रम्भा–५ तनहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यालयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो ।

    पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको बताए ।

    उनले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाई आग्रह गरे ।

    रासस

  • तेह्रथुमको फेदापमा गठबन्धन विजयी, अध्यक्षमा कांग्रेस

    तेह्रथुमको फेदापमा गठबन्धन विजयी, अध्यक्षमा कांग्रेस

    काठमाडौं । तेह्रथुमको फेदापमा कांग्रेस विजयी भएको छ ।

    कांग्रेसका उम्मेदवार केशवप्रसाद भेटवाल ४०४१ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिप्रसाद चोङवाङलाई ३८७९ मतले पराजित गरे ।

    उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार सुनीता पाहिम ३ हजार ९ सय ८५ मत प्राप्त गरी विजयी भएकी छिन् ।

  • बुटवलमा एमालेले खाता खोल्यो

    बुटवलमा एमालेले खाता खोल्यो

    रुपन्देही । नेकपा एमालेले बुटवल उपमहानगरपालिका वार्ड नं. १९को वडाध्यक्षमा जितेर खाता खोलेको छ ।

    यसअघिको निर्वाचनमा जितेका वडा नं. १ र २ मा पराजित भएको एमालेले कांग्रेसको बलियो क्षेत्र मानिएको वडा नं. १९ मा जित निकालेको हो ।

    आइतबार राति सकिएको मतगणनामा एमालेका चन्द्रसिंह थापाले ४० मत बढी ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका उम्मेदवार मीनप्रसाद श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् ।

    गणना सकिएका वार्ड नं.१ र २ मा पराजित भएको र प्रमुखमा पनि धेरै मतान्तरले पछि परेको एमालेलाई १९ को जीतले ठूलो राहत दिलाएको छ ।

    गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा पर्ने यो वडा नेपाली कांग्रेसले बलियो क्षेत्र मान्दै आएको थियो ।

    यसअघिको निर्वाचनमा बुटवलमा यो सहित ३ वटा वडाध्यक्ष कांग्रेसले जितेको थियो ।

  • पाँचथरको कुम्मायकमा गठबन्धनका उम्मेदवार विजयी

    पाँचथरको कुम्मायकमा गठबन्धनका उम्मेदवार विजयी

    फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी भएका हुन् ।

    अध्यक्ष पदमा लावतीले नेकपा (एमाले)का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्काले एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गरेका हुन् । निर्वाचनको विस्तृत मतपरिणाम आउन बाँकी छ ।

    यहाँ एमाले एक्लै चुनावी मैदानमा थियो भने गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गरेका थिए ।

    कुम्मायकको वडा नं. १ मा जसपा र वडा नं. २ मा एकीकृत समाजवादीले वडाध्यक्ष जितेका छन् ।

    बाँकी तीन वटा वडामा एमालेले वडाध्यक्ष सहित प्यानलमै विजय हासिल गरेको छ ।

  • यी हुन नेकपा एसबाट निर्वाचित प्रमुख र उपप्रमुख (नामसहित)

    यी हुन नेकपा एसबाट निर्वाचित प्रमुख र उपप्रमुख (नामसहित)

    काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत अहिलेसम्म नेकपा (एकीकृत समाजवादी)बाट प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा गरेर ४ जना निर्वाचित भएका छन् ।

    जसमा दुई जना नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका हुन् भने दुई जना नगरपालिकाको उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

  • यी हुन् कांग्रेसबाट निर्वाचित प्रमुख र उपप्रमुखहरु (नामसहित)

    यी हुन् कांग्रेसबाट निर्वाचित प्रमुख र उपप्रमुखहरु (नामसहित)

    काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानमा जित हात पारेको छ ।

    प्रमुख र उपप्रमुख गरी कांग्रेसबाट ३८ जना निर्वाचित भएका छन् ।

    जसमा १६ जना प्रमुख र २२ जना उपप्रमुख रहेका छन् ।

  • यी हुन् माओवादीबाट विजयी पालिका प्रमुख र उपप्रमुखहरु (नामसहित)

    यी हुन् माओवादीबाट विजयी पालिका प्रमुख र उपप्रमुखहरु (नामसहित)

    काठमाडौं । स्थानीय निर्वाचन मत परिणाम आउने क्रम जारी रहेको छ ।

    निर्वाचन आयोगको सिस्टममा समावेश भएअनुसार माओवादी केन्द्रबाट अहिलेसम्म विभिन्न पालिका प्रमुख उपप्रमुख गरी १९ जना निर्वाचित भएका छन् ।

    १२ जना प्रमुख तथा ७ जना उपप्रमुखमा निर्वाचित भएका छन् ।

    सूची

  • यी हुन् एमालेबाट विजयी भएका पालिका प्रमुख र उपप्रमुखहरू (नामसहित)

    यी हुन् एमालेबाट विजयी भएका पालिका प्रमुख र उपप्रमुखहरू (नामसहित)

    काठमाडौं । स्थानीय निर्वाचन अन्तरगत अहिलेसम्म नेकपा एमालेबाट पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी ३१ जना निर्वाचित भएका छन् ।

    १७ जना प्रमुख र १४ जना उपप्रमुखमा निर्वाचित भएका छन् ।

    यो निर्वाचन आयोगमा प्रविष्ट भएको आधिकारिक तथ्याङ्क हो । अन्य पालिकाको परिणाम आउने क्रम जारी रहेको छ ।

  • झापाको भद्रपुरमा गठबन्धन उम्मेदवार अगाडि

    झापाको भद्रपुरमा गठबन्धन उम्मेदवार अगाडि

    काठमाडौं । झापाको भद्रपुर नगरपालिकामा गठबन्धनका उम्मेदवार गणेश पोखरेलले अग्रता कायम राखेका छन् । उनले ३०६३ मत ल्याउँदा एमालेका असारु राजवंशीले २३७३ मत ल्याएका छन् । यस्तै राप्रपाका नवराज पनेरुले २२४२ मत ल्याएका छन् ।

    उपमेष्रमा गठबनधनका शिवकुमार राजभण्डारीले २७६७ मत,
    एमालेकी कौशिल्या अधिकारीले २२५७ र राप्रपाकी राधा कार्कीले २४०० मत ल्याएकी छन् ।

  • कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै भोजपुरको आमचोकमा माओवादी विजयी

    कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै भोजपुरको आमचोकमा माओवादी विजयी

    भोजपुर । भोजपुरको आमचोकमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अशोक राई विजयी भएका छन् ।

    कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार वसन्त राईलाई पराजित गर्दै माओवादी केन्द्रका अशोक विजयी भएका हुन् । उनले ३६८६ मत ल्याए ।
    वसन्त राईले ३२५८ मत ल्याए ।

    यस्तै उपाध्यक्षमा माओवादीकै सीता राईले ३५११ मत ल्याएर विजयी भएकी छन् ।

  • शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

    शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

    काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेस विजयी भएको छ ।

    अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार कर्णसिंह साउँद ३,१६५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार हजारीसिंह साउँदलाई ३१६ मतान्तरले पराजित गरेका हुन् । पराजित हजारीसिंह साउँदले २,८४९ मत ल्याएका छन् ।

    उपाध्यक्षमा नेकपा एमालेकी शकुन्तला साउँद २८१७ मतसहित विजयी हुँदा गठबन्धनका माओवादी उम्मेदवार नरेन्द्र साउँद २६१९ मतमा रोकिएका छन् ।

  • गठबन्धनलाई हराउँदै बैतडीको पञ्चेश्वरमा एमाले विजयी

    गठबन्धनलाई हराउँदै बैतडीको पञ्चेश्वरमा एमाले विजयी

    काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

    गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका गोरख बहादुर चन्द अध्यक्षमा विजयी भएका हुन् । उनले ३७८२ प्राप्त गरे ।

    गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश भण्डारीले २४८८ मत ल्याए ।

    उपाध्यक्षमा एमालेकै मिना भट्ट विजयी भएकी छन् । उनले ३०६४ मत प्राप्त गरिन् । गठबन्धनबाट नेकपा एसका उम्मेदवार राजेन्द्र बहादुर चन्द २५०० मत प्राप्त गरे ।

  • भरतपुरमा फेरि रेणुको अग्रता, कसको मत कति ?

    भरतपुरमा फेरि रेणुको अग्रता, कसको मत कति ?

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयरको भिडन्त रोचक बन्दै गएको छ ।

    महानगरमा गठबन्धन उम्मेदवार रेणु दाहालले फेरि ३ मतको अग्रता लिएकी छन् । ८ हजार ८५ मतगणना हुँदा उनले २९१८ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १९१५ मत पाएका छन् ।

    यस्तै जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।