Category: स्थानीय निर्वाचन–२०७९

  • भरतपुर ३ मा भुइँकटहरले मत बढाउँदा रेणु पछि परिन्

    भरतपुर ३ मा भुइँकटहरले मत बढाउँदा रेणु पछि परिन्

    चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर ३ मा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत अनुपात बढाएपछि मेयरमा गठबन्धन उम्मेदवार रेणु दाहाल पछि परेकी छिन् ।

    १ र २ को गणनामा ३ मतले अग्रता लिएकी रेणु वडा नम्बर ३ को गणना जारी रहँदा ३३ मतले पछि परेकी छिन् । एमालेका विजय सुवेदीले ३ हजार ८ सय ३८ मतसहित अग्रता लिएका छन् । रेणुले ३ हजार ८ सय ५ मत पाएकी छिन् ।

    स्वतन्त्र उम्मेदवार पौडेलले अहिलेसम्म १ हजार ५ सय ११ मत ल्याएका छन् । वडा नम्बर ३ मा मात्रै उनले ५ सय ८७ मत ल्याइसकेका छन् । सो वडा पौडेलका प्रस्तावक कृष्णलाल सापकोटाको समेत वडा हो ।

    नेपाली कांग्रेसको गढ मानिने सो वडाको अध्यक्षमा भने एमालेले फराकिलो अग्रता लिएको छ । एमालेका विकास थापाले वडा अध्यक्षमा १ हजार ४ सय ९५ मत ल्याउँदा कांग्रेसका भरत लामिछानेले ९ सय ५२ मत पाएका छन् ।

    उपमेयरमा भने कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले ४ हजार ३ सय ५२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २ हजार ९ सय ९८ मत ल्याएकी छिन् ।

  • सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेसको जित

    सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेसको जित

    सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी भएका छन् । उनले ४ हजार ४ सय ७७ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३ सय ७८ मत ल्याए ।

    उपाध्यक्षमा कांग्रेसकै अकली सहनी विजयी भएकी छिन् । उनले ४ हजार ५ सय ४ मत ल्याउँदा माओवादीकी निलम कुमारीदेवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गरिन् ।

  • खोटाङ बराहपोखरीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एस

    खोटाङ बराहपोखरीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एस

    दिक्तेल । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा गठबन्धनको जित भएको छ ।

    गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शालिकराम बन्जरा ८५१ मतान्तरका साथ विजयी भएका छन् । उनले ३१८१ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेकी गोमा मगरले २३३० ल्याइन् ।

    उपाध्यक्षमा गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा एसका भुवलराज राई २६९४ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी नेकपा एमालेका जिवनकुमार राईले २२९५ मत ल्याए ।

  • पराजित भएको भन्दै घर गएका जोगीले जितेको खबर सुनेपछि (भिडिओ)

    पराजित भएको भन्दै घर गएका जोगीले जितेको खबर सुनेपछि (भिडिओ)

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ११ मा जसपाका दान सिंह जोगी विजयी भएका छन् । नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् ।

    कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका थिए ।

    भएको के थियो ?

    मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच टक्कर थियो । अन्तिम मतपरिणाममा काङ्ग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए ।

    मतगणना सकिँदासम्म काङ्ग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए । यता काङ्ग्रेसका नेता कार्यकर्ताहरु विजय उत्सब मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेब जोशीले बताए ।

    उता पराजित भएको भन्दै घर पुगेका जोगिले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म त हारेको भन्दै घर गएको थिएँ । जितेको कुरा फेसबुकबाट थाहा पाएँ’, उत्साहित हुँदै उनले भने, ‘अचम्म मानेर आएँ ।’

    निर्वाचन समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताएको छ ।

  • ऐसेलुखर्कमा गठबन्धनविरुद्ध एमाले विजयी, कांग्रेसका बागी उठ्दा गिरेन्द्रले मारे बाजी

    ऐसेलुखर्कमा गठबन्धनविरुद्ध एमाले विजयी, कांग्रेसका बागी उठ्दा गिरेन्द्रले मारे बाजी

    दिक्तेल । खोटाङको ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गिरेन्द्रबहादुर राई विजयी भएका छन् । उनले गठबन्धनतर्फका माओवादी उम्मेदवार श्रीबहादुर राईलाई १२६ मतले पराजित गरे ।

    गिरेन्द्रले २६०६ मत ल्याउँदा माओवादीका श्रीबहादुरले २४८० मत प्राप्त गरेको निर्वाचन अधिकृत रमाकान्त यादवले जानकारी दिए ।

    कांग्रेसका ‘बागी’ उम्मेदवार सन्तवीर तामाङले १००७ मत प्राप्त गरेका छन् । गाउँपालिका सभापतिसमेत रहेका तामाङ बागी उठ्दा एमालेलाई सहज भएको हो ।

    उपाध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश राजभण्डारी विजयी भए । उनले ३१४६ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी पुष्पकला भुजेलले २५९५ मत प्राप्त गरेकी छन् । भुजेल निवर्तमान उपाध्यक्ष हुन् ।

  • डोटीको बोगटान फुड्सिलको अध्यक्षमा माओवादीका गड्सिला दोहरिए, उपाध्यक्षमा कांग्रेसकी बम विजयी

    डोटीको बोगटान फुड्सिलको अध्यक्षमा माओवादीका गड्सिला दोहरिए, उपाध्यक्षमा कांग्रेसकी बम विजयी

    कैलाली । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार कमलबहादुर गड्सिला विजयी भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार हस्तबहादुर बुढालाई ३४ मतान्तरले पछि पार्दै २ हजार ५४ मत ल्याएर गड्सिला दोस्रोपटक विजयी भएका हुन् ।

    गड्सिलाका निकटतम प्रतिद्वन्द्वी बुढाले २ हजार २४ मत ल्याए । तेस्रो भएका नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर बमले १ हजार ९ सय ३४ मत ल्याए ।

    उपाध्यक्षमा भने २ हजार ६३ मत ल्याएर नेपाली कांग्रेसकी उम्मेदवार विस्ना देउवा बम विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेद वर ज्ञानु मल्ल बमले १ हजार ९ सय ९१ मत ल्याइन् ।

  • ललितपुरका कोन्ज्यसोम र महालक्ष्मीबाहेक सबै तहमा कांग्रेसको अग्रता

    ललितपुरका कोन्ज्यसोम र महालक्ष्मीबाहेक सबै तहमा कांग्रेसको अग्रता

    काठमाडौं । ललितपुरका छ स्थानीय तहमध्ये महानगरपालिकासहित चारवटाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।

    महालक्ष्मी नगरपालिका र कोन्ज्यसोम गाउँपालिकाको प्रमुखमा भने नेकपा एमालेले अग्रता लिएको छ ।

    ललितपुर महानगरपालिकामा ४ हजार ९ सय २६ मत गणना हुँदा मेयरका प्रत्यासी चिरिबाबु महर्जन २ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् ।

    नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले एक हजार ८६ मत प्राप्त गरेका छन् । अहिले २,३ र ४ नम्बर वडाको मतगणना भइरहेको छ । एक नम्बरको वडाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार ६ सय ६१ मतसहित निर्वाचित भएका छन् ।

    गोदावारी नगरपालिकामा १४ हजार २ सय ५५ मत गणना हुँदा नेपाली कांग्रेसका गजेन्द्र महर्जनले ५ हजार ९ सय ५० र एमालेका गम्भीरबहादुर रानाले ५ हजार ३ सय २५ मत ल्याएका छन् । उक्त नगरपालिकामा वडा १, २, ३, ४ र ५ को मत गणना भइसकेको छ भने अहिले वडा ६ र ७ को मत गणना भइरहेको छ ।

    वडाध्यक्षतर्फ १ मा नेपाली कांग्रेसका श्रीराज थापा, २ मा नेपाली कांग्रेसका मनोहर सिल्वाल, ३ मा माओवादी केन्द्रका सानुराजा घिमिरे, ४ मा नेपाली कांग्रेसका सानुभाई नगरकोटी र ५ मा नेपाली कांग्रेसका मिलन सिलवाल निर्वाचित भएका छन् ।

    महालक्ष्मीमा २ हजार एक सय ९८ मत गणना हुँदा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले ९ सय ६२ र माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ९ सय ३३ मत ल्याएका छन् । एक नम्बर वडाको मतगणना सकिएको छ भने अहिले २ र ९ नम्बर वडाको मत गणना भइरहेको छ । महालक्ष्मी–१ को वडाध्यक्षमा नेकपा एमालेका छिरिङ लामा निर्वाचित भएका छन् ।

    महाकांल गाउँपालिकामा नेपाली कांग्रेसका गणेश केसीले २ हजार २ सय १० मत ल्याएका छन् भने एमालेकी कमला लामा तामाङले एक हजार ८ सय ८४ मत प्राप्त गरेकी छिन् । हालसम्म ३ हजार २ सय १२ मत गणना भइसकेको छ ।

    वडाध्यक्षतर्फ महाकाल–६ मा नेपाली कांग्रेसका बिनोद चौरेल, ५ मा कांग्रेसकै भुमिनन्द घिमिरे र ४ मा कांग्रेसकै कृष्णप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । अहिले तीन नम्बर वडाको मत गणना भइरहेको छ ।

    वाग्मतीमा ४ हजार ६६ मत गणना हुँदा नेपाली कांग्रेसका वीरबहादुर लोप्चनले २ हजार २ सय ७० र एमालेका नवराज सन्जेलले १ हजार ५ सय ३ मत ल्याएका छन् । वडाध्यक्षतर्फ १ मा नेपाली कांग्रेसका ज्ञानबहादुर, २ मा नेपाली कांग्रेसका रामबहादुर भोलुन तामाङ र ३ नम्बरमा कांग्रेसकै नवराज खड्का निर्वाचित भएका छन् । अहिले ४ नम्बर वडाको मत गणना भइरहेको छ ।

    कोन्ज्यसोममा ५ हजार १ सय ७९ मत गणना हुँदा नेकपा एमालेका कृष्णमान लामाले २ हजार ६ सय ६७ र माओवादी केन्द्रका गोपिलाल सिन्तानले एक हजार ८ सय ६ मत ल्याएका छन् । वडाध्यक्षतर्फ १ मा माओवादीका सन्तलाल महर्जन, २ मा एमालेका रोहन घलान लामा, ३ मा कांग्रेसका तिलकबहादुर भोम्जन र ४ मा कांग्रेसकै तीर्थबहादुर घलान निर्वाचित भएका छन्। अहिले वडा ५ को गणना भइरहेको छ ।

  • विराटनगरमा नागेशको अग्रता कायम, उपमेयरमा एमालेकी शिल्पा अगाडि

    विराटनगरमा नागेशको अग्रता कायम, उपमेयरमा एमालेकी शिल्पा अगाडि

    विराटनगर । विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुादा कांग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् ।

    एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।

  • भक्तपुरका ८ वडामा नेमकिपा, कांग्रेस ६ र एमाले २ वडामा विजयी

    भक्तपुरका ८ वडामा नेमकिपा, कांग्रेस ६ र एमाले २ वडामा विजयी

    भक्तपुर । भक्तपुरका चार नगरपालिकाका ३८ वडामध्ये सोमबार बिहानसम्म १६ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाल मजदुर किसान पार्टीले ८ वटा वडामा जित दर्ता गर्दा कांग्रेसले ६ र एमालेले २ वडा आफ्नो पक्षमा पारेका छन् ।

    नेमकिपाले भक्तपुर नपा वडा नं १, २, ३, ४, ५, ६, ७ र ८ वडा जितेको हो । नेमकिपाबाट यी वडाहरुमा क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद बासुकला, राजकृष्ण गोरा, उपेन्द्र सुवाल, योगेन्द्रमान बिजुक्छे, हरिराम सुवाल, उकेश कवां र कृष्णप्रसाद कोजू वडा अध्यक्षमा विजयी भएका हुन् ।

    त्यस्तै नेपाली कांग्रेसले मध्यपुर थिमि नपाको १, २ र ३, चाँगुनारायण नपाको १ र २ तथा सूर्यविनायक नपाको २ नम्बर वडामा अध्यक्ष जितेको हो ।

    मध्यपुर थिमि १ मा बाबुकाजी डंगोल, २ मा श्रीकृष्ण श्रेष्ठ र ३ वडामा कृष्णहरि आचार्य वडा अध्यक्ष निर्वाचित भए । चाँगुनारायण नपा १ मा सिजन कार्की र २ मा सोम प्रधान वडा अध्यक्ष विजयी भए । सूर्यविनायक नपा २ मा प्रदीप कार्की वडा अध्यक्षमा निर्वाचित भए ।

    एमालेले सूर्यविनायक १ र चाँगुनारायण ३ मा वडा अध्यक्ष जितेको हो । सूर्यविनायक १ मा सानुकाजी कायस्थ र चाँगुनारायण ३ मा श्यामसुन्दर धिमाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    भक्तपुरमा भक्तपुर र सूर्यविनायक नपामा १०–१० तथा मध्यपुर र चाँगुनारायणमा ९–९ वडा गरी ३८ वडा रहेका छन् ।

  • भोजपुरको अरुण गाउँपालिकामा कांग्रेस विजयी

    भोजपुरको अरुण गाउँपालिकामा कांग्रेस विजयी

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

    यहाँ ४०३ मतान्तरका साथ कांग्रेसका शालिकराम खत्री निर्वाचित भए । उनले २८८७ मत ल्याउँदा नेकपा एमालेका नारायणप्रसाद घिमिरे २४२४ मा रोकिए ।

    यस्तै उपाध्यक्षमा ३००० मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भइन् । २०७४ मा पनि ढकालले जितेकी थिइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी कविता राईले २५४४ मत ल्याइन् ।

    अघिल्लो चुनावमा पनि यहाँ अध्यक्ष-उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको थियो । अध्यक्षमा गजेन्द्रबहादुर कार्की विजयी भएका थिए ।

  • डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः शाही

    डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः शाही

    डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाही एक हजार ४०३ मतसहित पुनः विजयी भएका छन् । उनी निवर्तमान अध्यक्ष हुन् ।

    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लंकबहादुर रोकायाले एक हजार ३६७ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भइन भने एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत ल्याइन् ।

    यहाँ १, २,३,४,५,,७, ८, ९ नम्बर वडा माओवादीले जितेको छ ।

  • काठमाडौंमा बालेनले स्थापितलाई तीन हजार मतले पछि पारे

    काठमाडौंमा बालेनले स्थापितलाई तीन हजार मतले पछि पारे

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले करिब तीन हजार मतान्तरले एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पारेका छन् । पछिल्लो परिणाम अनुसार बानेन शाहले ६२०७ मत पाएका छन् भने स्थापितले ३२४३ मत पाए ।

    त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८५ मत पाइन् ।

    अहिलेसम्म काठमाडौंको वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ नम्बर वडाको मत गणना भयो ।

  • ललितपुरमा दोब्बर मतसहित चिरीबाबुको अग्रता, उपमेयरमा एमाले अगाडि

    ललितपुरमा दोब्बर मतसहित चिरीबाबुको अग्रता, उपमेयरमा एमाले अगाडि

    काठमाडौं । ललितपुर महानगरपालिकामा करिब ५ हजार मत गणना हुँदा मेयरका प्रत्यासी चिरीबाबु महर्जन २ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्।

    ४ हजार ९ सय २६ मत गणना हुँदा गठबन्धनका उम्मेदवार महर्जनले निकटतम् प्रतिद्वन्द्वीभन्दा करिब दोब्बर मत ल्याएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले एक हजार ८६ मत प्राप्त गरेका छन्।

    महानगरको उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्यले एक हजार २ सय ५५ र नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ सय ९२ मत ल्याएका छन् । अहिले २, ३ र ४ नम्बर वडाको मतगणना भइरहेको छ ।

  • कञ्चनपुरको लालझाडी अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

    कञ्चनपुरको लालझाडी अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

    कैलाली । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मत अन्तरले पराजित गर्दै राना अध्यक्षमा निर्वाचित भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिए ।

    निर्वाचित अध्यक्ष निर्मल रानाले ४ हजार ५ सय १६ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकले २ हजार ८ सय ५८, नेपाली काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८ मत प्राप्त गरे ।

    राप्रपाका जयबहादुर विष्ट ४८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका केशव वडायक १७ मत र जनता समाजवादी पार्टी, नेपालका बल राम राना (थारु) १३ मतमा सीमित रहेका छन् ।

    लालझाडी गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका सपना चौधरी राना निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राधा रानालाई ६८ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।

    गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मत प्राप्त गरेकी थिइन भने प्रतिद्वन्द्वीहरू नेपाली कांग्रेसका राधा रानाले ३ हजार ४ सय ९३, नेकपा माओवादी केन्द्रका सत्य देवी महराले २ हजार ७ सय ३२ र जनता समाजवादी पार्टी नेपालका इन्द्रावती बडायकले १३ मतमा सीमित रहेको बताइएको छ ।

    लालझाडी गाउँपालिका वडा नम्बर १, २ र ५ मा नेकपा एमाले, वडा नम्बर ३ र ४ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएका छन् ।

  • पूर्वरुकुमका चारमध्ये तीन तह माओवादीले जित्यो, रोल्पाको मेयरमा घर्ती विजयी

    पूर्वरुकुमका चारमध्ये तीन तह माओवादीले जित्यो, रोल्पाको मेयरमा घर्ती विजयी

    सुर्खेत । पूर्वीरुकुमको चार पालिकामध्ये तीन पालिकामा माओवादीले जित हात पारेको छ ।

    जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्ती ७६०३ मतसहित मेयर विजयी भएका छन् ।

    यहाँ कांग्रेसका शेरबहादुर थापाले ३६५८ र एमालेका घनश्याम आचार्यले ५२४ मत पाए ।

    उपमेयरमा माओवादीकै गीता आचार्य ७७४१ मत ल्याएर विजयी बन्दा कांग्रेसका पुष्पा श्रेष्ठ ३७१९ र एमालेका कृष्णी कुमारी गौतम ४१९ मत ल्याए ।

  • माओवादीका घर्तीले जिते रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष

    माओवादीका घर्तीले जिते रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष

    सुर्खेत । पूर्वीरुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा माओवादीले जितेको छ । यहाँ अध्यक्षमा माओवादीका पुनीराज घर्तीले ३९१३ मत ल्याए भने कांग्रेसका तेजेन्द्र खाम मगरले २११३ र एमालेका वागलाल बुढाले १८५२ मत ल्याए ।

    उपाध्यक्षमा माओवादीका भूपेन्द्रा बुढा ४०५९ मत ल्याएर विजयी भइन् भने कांग्रेसकी कमलाकुमारी मल्ले २०१० र एमालेका धर्म घर्ती बुढाले १८१२ मत ल्याए ।

  • एमाले-कांग्रेसबीच गठबन्धन भएको सिस्ने गाउँपालिका अध्यक्ष माओवादीले जित्यो

    एमाले-कांग्रेसबीच गठबन्धन भएको सिस्ने गाउँपालिका अध्यक्ष माओवादीले जित्यो

    सुर्खेत । रुकुमपूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा माओवादीका कृष्ण रेग्मी ३७७९ मत ल्याइ विजयी बने भने कांग्रेसका दत्तबहादुर बस्नेतले ३७०० मत ल्याए । उनीहरुबीच ७९ मत अन्तर छ ।

    यस्तै, उपाध्यक्षमा एमालेका गोपाल रेउले विजयी भएका छन् । उनले ३७६१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका आस्था विकले ३४७४ मत ल्याइन् । यहाँ एमाले र कांग्रेसको गठबन्धन थियो ।

  • सिन्धुपाल्चोक चौतारामा एमालेले जित्यो तीन वडाध्यक्ष

    सिन्धुपाल्चोक चौतारामा एमालेले जित्यो तीन वडाध्यक्ष

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा ८ वडाको मतगणना सकिएको छ । जसमा तीन वडाध्यक्ष एमालेले जितेको छ भने कांग्रेसले दुई वडामा जित निकालेको छ । त्यस्तै माओवादी र एक–एक वडा जितेको छ ।

    कसले कुन वडा जिते ?

    वडा नम्बर १ स्याउले समाजवादी युवलाल श्रेष्ठ
    वडा नम्बर २ बतासे एमाले सुदिप श्रेष्ठ
    वडा नम्बर ३ बतासे एमाले टेक बहादुर तामाङ
    वडा नम्बर ४ कुबिन्डे माओवादी कुमार शर्मा
    वडा नम्बर ५ चौतारा एमाले शिव श्रेष्ठ
    वडा नम्बर ६ पिपलडाडा माओवादी हेम बहादुर तामाङ
    वडा नम्बर ७ सानोसिरुवारी काङ्ग्रेस डम्बर बहादुर तामाङ
    वडा नम्बर ८ चौतारा काङ्ग्रेस अमृत दंगाल

  • शेरधनको पालिकामा बहुमत वडासहित माओवादी विजयी, अशोकले फेरि जिते

    शेरधनको पालिकामा बहुमत वडासहित माओवादी विजयी, अशोकले फेरि जिते

    भोजपुर । यहाँको आमचोक गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    माओवादीका अशोक राई ४२८ मतान्तरले अध्यक्षमा विजयी भए । उनले ३६८६ मत ल्याउँदा एमालेका वसन्त राई ३२५८ मा रोकिए ।

    यस्तै माओवादीकै सीता राई ३५११ मत ल्याएर उपाध्यक्षमा जित हासिल गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ शेर्पाले ३१०३ मत ल्याए ।

    यसअघि पनि यहाँ माओवादीका अशोक र सीताले नै जितेका थिए ।

    आमचोक एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको पालिका हो ।

    यहाँ एमालेले कांग्रेससँग अघोषित तालमेल गरेको थियो ।

    अध्यक्षमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ भगवती राईले नेकपा एमालेका उम्मेदवारलाई समर्थन जनाएकी थिइन् । राईले उम्मेदवारी फिर्ता लिन खोज्दा कांग्रेस र माओवादीका नेताहरूले ‘बन्धक बनाई’ फिर्ता लिन नदिएको आरोप लगाउँदै आफू निर्वाचन प्रचार र घरदैलोमा उपस्थित नहुने समेत जनाएर एमालेका उम्मेदवार वसन्त राईलाई मतदान गर्न सार्वजनिक रूपमै आग्रह गरेकी थिइन् ।

    एमालेसँग गठबन्धन गरेको भन्दै कांग्रेसले पालिका सभापतिसहित केही उम्मेदवारलाई कारबाही प्रक्रियासमेत थालेको छ ।

    यस पालिकाका १० वडामध्ये माओवादीले ६, कांग्रेस र एमालेले २-२ वडा जितेका छन् ।

  • अहिलेसम्म कुन दलले कति स्थानीय तह जिते ? (सूचीसहित)

    अहिलेसम्म कुन दलले कति स्थानीय तह जिते ? (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले बिहान ६ बजेसम्म अपडेट गरेको तथ्यांकअनुसार नेकपा एमाले ३१ स्थानमा प्रमुख एवम् अध्यक्ष जितेर पहिलो स्थानमा छ भने २६ स्थान जितेर कांग्रेस दोस्रो स्थानमा छ ।

    माओवादी केन्द्रले २० ठाउँमा प्रमुख जितेको छ भने नेकपा एसले दुई ठाउँमा जितेको छ ।

    कुन दलले कहाँ कहाँ जिते ? हेर्नुहोस् सूची :