Category: स्थानीय निर्वाचन–२०७९

  • बेनीमा गुमेको विरासत फर्काउँदै एमालेका सुरज केसी मेयर निर्वाचित

    बेनीमा गुमेको विरासत फर्काउँदै एमालेका सुरज केसी मेयर निर्वाचित

    पोखरा । म्याग्दीको बेनी नगरपालिकामा नेकपा एमालेका सुरज कुमार केसी विजयी भएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरन्जिवी शर्मालाई १३६३ मतान्तरले पराजित गर्दै सुरज मेयर बनेका हुन् ।

    केसीले ७ हजार ६०३ मत पाएका छन् भने शर्माले ६२४० मत पाएका छन् । उपमेयरमा भने गठबन्धबाट माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेल विजयी भएकी छन् ।

    अघिल्लो निर्वाचनमा एमालेले झिनो मतले मेयर गुमाएको थियो । यसपटक केसीले पार्टीको विरसात फिर्ता ल्याएका छन् ।

  • मोरङको मिक्लाजुङमा गठबन्धन विजयी- अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी निर्वाचित

    मोरङको मिक्लाजुङमा गठबन्धन विजयी- अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी निर्वाचित

    विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बवीकुमार रार्इ र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् ।

    राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत प्राप्त गरेर विजयी भए ।

    यहाँ एमालेका उम्मेदवार नरेन्द्र प्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए । उनले ४९१६ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन् ।

    अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

    ९ वडा रहेको मिक्लाजुङ्गमा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २–२ वडा जितेको छ ।

  • पोखरामा गठबन्धनका आचार्य करिब एक हजार मतले अगाडि, उपमेयरमा मतान्तर कम

    पोखरामा गठबन्धनका आचार्य करिब एक हजार मतले अगाडि, उपमेयरमा मतान्तर कम

    पोखरा । पोखरा महानगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्यले ८०७९ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६९४३ मत पाएका छन् ।

    त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८३७६ र एमालेकी मन्जुदेवी गुरुङले ७८९६ प्राप्त गरेका छन् ।

    यहाँ अहिलेसम्म १९५६० मत गणना भएको छ ।

  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा गठबन्धन

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा गठबन्धन

    काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गठबन्धन पराजित गर्दै अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्।

    उनका निकटतम् प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रदिप राईले २ हजार ३ सय ८२ मत ल्याएका छन् ।

    उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया १ मतान्तरले बिजयी भएकी छन् ।

    कडरियाले २ हजार ३ सय ७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले २ हजार ३ सय ७५ मत ल्याएका छन् । माओवादी केन्द्रबाट अघिल्लो पटक सोहि पालिकाको उपाध्यक्षमा निर्वाचित भएका ताम्लिङ यसपटक स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए।

  • जाजरकोटको जुनीचाँदेमा गठबन्धनलाई हराएँदै एमाले विजयी

    जाजरकोटको जुनीचाँदेमा गठबन्धनलाई हराएँदै एमाले विजयी

    सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा कांग्रेस माओवादीसहितको गठबन्धनलाई हराउँदै नेकपा एमालेका वेदबहादुर शाही विजय भएका छन् । माओवादीबाट अध्यक्षमा निर्वतमान उपाध्यक्ष शिवा आचार्य उम्मेदवार रहेकी थिइन् ।

    उपाध्यक्षमा भने नेपाली कांग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । एमालेबाट उपाध्यक्षमा अम्बा कुमारी शाही पराजित भएका छन् ।

  • काठमाडौंको तारकेश्वर कांग्रेसले जित्यो, मेयरमा महर्जन निर्वाचित

    काठमाडौंको तारकेश्वर कांग्रेसले जित्यो, मेयरमा महर्जन निर्वाचित

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णहरि महर्जन निर्वाचित भएका छन् । प्रतिस्पर्धी एमालेका रामेश्वर बोहोरालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

    त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकी सिर्जना बुर्लाकोटी विजयी भएकी छन् । उनले एमालेकी उम्मेदवार भवानी डोटेललाई पराजित गरेकी हुन् ।

    कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो ।

  • बझाङको तलकोटमा गठबन्धन हराउँदै एमालेको एकल जित, अध्यक्षमा रोकाया

    बझाङको तलकोटमा गठबन्धन हराउँदै एमालेको एकल जित, अध्यक्षमा रोकाया

    काठमाडौं। बझाङको तलकोट गाउँपालिकामा सत्तागठबन्धनलाई पराजित गर्दै एमालेले अध्यक्ष, उपाध्यक्षसहित ७ मध्ये ६ वटा वडामा जित निकालेको छ ।
    अध्यक्षमा एमालेका कलकबहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन् ।

    अध्यक्ष रोकायाले दुई हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले दुई हजार २२९ मत ल्याए । राप्रपाका ललितप्रसाद जोशीले ३५ मत पाए ।

    यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी दुई हजार ६२१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याए । स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् ।

  • २४७ स्थानीय तहको परिणाम : ४६ प्रतिशत पालिका जित्दै कांग्रेसको अग्रता (सूचीसहित)

    २४७ स्थानीय तहको परिणाम : ४६ प्रतिशत पालिका जित्दै कांग्रेसको अग्रता (सूचीसहित)

    काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । मंगलबार बिहान ७ बजेसम्म २४७ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।

    जसमध्ये ११५ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । कांग्रेसले परिणाम आएकामध्ये ४६ दशमलव ५ प्रतिशत पालिकाको नेतृत्व जितेको हो । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ६४ स्थानीय तहमा नेतृत्व जितेको छ । एमालेले परिणाम आएका मध्ये २५ प्रतिशत पालिकाको नेतृत्व जितेको छ ।

    तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ५३ स्थानीय तहको नेतृत्व जित्दा नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा नेतृत्व लिएको छ । त्यस्तै पाँच स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले नेतृत्व जितेका छन् । जसपाले ३ पालिका जित्दा नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ पालिकाको नेतृत्व जितेका छन् ।

    नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

    १ः नार्पाभूमी गाउँपालिका, मनाङ
    २ः घरपोझोङ गाउँपालिका, मुस्ताङ
    ३ः नासो गाउँपालिका, मनाङ
    ४ः गुल्मी दरबार गाउँपालिका, गुल्मी
    ५ः गन्यापधुरा गाउँपालिका, डडेलधुरा
    ६ः रेसुंगा नगरपालिका, गुल्मी
    ७ः खार्पुनाथ गाउँपालिका, हुम्ला
    ८ः बडिकेदार गाउँपालिका, डोटी
    ९ः तमानखोला गाउँपालिका, बागलुङ
    १०ः स्वामीकार्तिक गाउँपालिका, बाजुरा
    ११ः लिखुपिके गाउँपालिका, सोलुखुम्बु
    १२ः भैरवी गाउँपालिका, दैलेख
    १३ः सभापोखरी गाउँपालिका, संखुवासभा
    १४ः कुमाख गाउँपालिका, सल्यान
    १५ः शिवनाथ गाउँपालिका, बैतडी
    १६ः कुम्मायक गाउँपालिका, पाँचथर
    १७ः फेदाप गाउँपालिका, तेह्रथुम
    १८ः माछापुछ्रे गाउँपालिका, कास्की
    १९ः गल्कोट नगरपालिका, बागलुङ
    २०ः दुधपोखरी गाउँपालिका, लमजुङ
    २१ः सोताङ गाउँपालिका, सोलुुखुम्बु
    २२ः हेलम्बु गाउँपालिका, सिन्धपाल्चोक
    २३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा
    २४ः ढाकरी गाउँपालिका, अछाम
    २५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
    २६ः आमाछोदिङ गाउँपालिका, रसुवा
    २७ः मास्टा गाउँपालिका, बझाङ
    २८ः त्रिवेणी गाउँपालिका, सल्यान
    २९ः आदर्श गाउँपालिका, डोटी
    ३०ः ऐरावती गाउँपालिका, प्यूठान
    ३१ः सागुरीगढी गाउँपालिका, धनकुटा
    ३२ः कमलबजार नगरपालिका, अछाम
    ३३ः रघुगंगा गाउँपालिका, म्याग्दी
    ३४ः धनकौल गाउँपालिका, सर्लाही
    ३५ः अरुण गाउँपालिका, भोजपुर
    ३६ः आरुघाट गाउँपालिका, गोरखा
    ३७ः आठराई गाउँपालिका, तेर्हथुम
    ३८ः बराहपोखरी गाउँपालिका, खोटाङ
    ३९ः केपिलासगढी गाउँपालिका, खोटाङ
    ४०ः गंगादेव गाउँपालिका, रोल्पा
    ४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा
    ४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
    ४३ः कैलाश गाउँपालिका, मकवानपुर
    ४४ः दक्षिणकाली नगरपालिका, काठमाडौं
    ४५ः महाबु गाउँपालिका, दैलेख
    ४६ः सिलिचोङ गाउँपालिका, संखुवासभा
    ४७ः बुङगल गाउँपालिका, बझाङ
    ४८ः हरिपुर नगरपालिका, सर्लाही
    ४९ः कनकासुन्दरी नगरपालिका, जुम्ला
    ५०ः खाँदबारी नगरपालिका, संखुवासभा
    ५१ः भीरकोट नगरपालिका, स्याङजा
    ५२ः ठूलीभेरी नगरपालिका, रोल्पा
    ५३ः हिमा गाउँपालिका, जुम्ला
    ५४ः राजपुर गाउँपालिका, दाङ
    ५५ः बेलडाडी गाउँपालिका, कञ्चनपुर
    ५६ः कालिका गाउँपालिका, रसुवा
    ५७ः पूर्वीचौकी गाउँपालिका, डोटी
    ५८ः मदाने गाउँपालिका, गुल्मी
    ५९ः सन्दकपुर गाउँपालिका, इलाम
    ६०ः सायल गाउँपालिका, डोटी
    ६१ः ईश्मा गाउँपालिका, गुल्मी
    ६२ः रामारोसन गाउँपालिका, अछाम
    ६३ः चम्पादेवी गाउँपालिका, ओखलढुंगा
    ६४ः तिलागुफा नगरपालिका, कालीकोट
    ६५ः छत्रदेव गाउँपालिका, अर्घाखाँची
    ६६ः मुगुम कार्मारोंग गाउँपालिका, मुगु
    ६७ः मकालु गाउँपालिका, संखुवासभा
    ६८ः तादी गाउँपालिका, नुवाकोट
    ६९ः देवघाट गाउँपालिका, तनहुँ
    ७०ः गल्याङ नगरपालिका, स्याङ्जा
    ७१ः सिगास गाउँपालिका, बैतडी
    ७२ः बारबर्दिया नगरपालिका, बर्दिया
    ७३ः बान्नीगढी जयगढ गाउँपालिका, अछाम
    ७४ः फालेलुङ गाउँपालिका, पाँचथर
    ७५ः घ्याङलेख गाउँपालिका, सिन्धुली
    ७६ः गोकुलगंगा गाउँपालिका, रामेछाप
    ७७ः पैयुँ गाउँपालिका, पर्वत
    ७८ः तारकेश्वर गाउँपालिका, नुवाकोट
    ७९ः सिद्ध कुमाख गाउँपालिका, सल्यान
    ८०ः हिलिहाङ गाउँपालिका, पाँचथर
    ८१ः ब्रह्मपुरी गाउँपालिका, सर्लाही
    ८२ः कीर्तिपुर नगरपालिका, काठमाडौं
    ८३ः म्यागङ गाउँपालिका, नुवाकोट
    ८४ः भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक
    ८५ः पाख्रिवास नगरापालिका, धनकुटा
    ८६ः महालक्ष्मी नगरपालिका, धनकुटा
    ८७ः रैनादेवी छहरा गाउँपालिका, पाल्पा
    ८८. अमरगढी नगरपालिका, डडेल्धुरा
    ८९ः निसीखोला गाउँपालिका, बागलुङ
    ९०ः लालीगुराँस गाउँपालिका, तेर्हथुम
    ९१ः तीनपाटन गाँउपालिका, सिन्धुली
    ९२ः साकेला गाउँपालिका, खोटाङ
    ९३ः बा¥हबिसे नगरपालिका, सिन्धुपाल्चोक
    ९४ः खनियाँबास गाउँपालिका, धादिङ
    ९५ः चौरपाटी गाउँपालिका, अछाम
    ९६ः फाल्गुनन्द गाउँपालिका, पाँचथर
    ९७ः कुशे गाउँपालिका, जाजरकोट
    ९८ः दंगीशरण गाउँपालिका, दाङ
    ९९ः सुन्दरबजार नगरपालिका, लमजुङ
    १००ः भागेश्वर गाउँपालिका, डडेल्धुरा
    १०१ः शारदा नगरपालिका, सल्यान
    १०२ः हुप्सेकोट गाउँपालिका, नवलपुर
    १०३ः पाँचखपन गाउँपालिका, संखुवासभा
    १०४. चुलाचुली गाउँपालिका, इलाम
    १०५. फलेवास नगरपालिका, पर्वत
    १०६. चामुण्डा विन्द्रासैनी नगरपालिका, दैलेख
    १०७. रुन्टीगढी गाउँपालिका, रोल्पा
    १०८. धवलागिरी गाउँपालिका, म्याग्दी
    १०९. पाटन नगरपालिका, बैतडी
    ११०. नौकुण्ड गाउँपालिका, रसुवा
    १११. राप्तीसोनारी गाउँपालिका, बाँके
    ११२. बाफिकोट गाउँपालिका, रुकुम
    ११३. रामपुर नगरापालिका, पाल्पा
    ११४. सिद्धिचरण नगरपालिका, ओखलढुंगा
    ११५. तारकेश्वर नगरपालिका, काठमाडौं

    नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

    १ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा
    २ः चामे गाउँपालिका, मनाङ
    ३ः ङिस्याङ गाउँपालिका, मनाङ
    ४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
    ५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ
    ६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
    ७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
    ८ः साइपाल गाउँपालिका, बझाङ
    ९ः बौदीकाली गाउँपालिका, नवलपुर
    १०ः थलारा गाउँपालिका, बझाङ
    ११ः थासाङ गाउँपालिका, मुस्ताङ
    १२ः मालिका गाउँपालिका, म्याग्दी
    १३ः हरिनास गाउँपालिका, स्याङ्जा
    १४ः महाकाली नगरपालिका, दार्चुला
    १५ः मेन्छेयाम गाउँपालिका, तेह्रथुम
    १६ः गुराँस गाउँपालिका, दैलेख
    १७ः बुलिङटार गाउँपालिका, नवलपुर
    १८ः पुर्वखोला गाउँपालिका, पाल्पा
    १९ः पन्चेश्वर गाउँपालिका, बैतडी
    २०ः माछापुछ्रे गाउँपालिका, कास्की
    २१ः माङ्सेबुङ गाउँपालिका, इलाम
    २२ः गोसाइँकुण्ड गाउँपालिका, रसुवा
    २३ः भीमफेदी गाउँपालिका, मकवानपुर
    २४ः जोरायल गाउँपालिका, डोटी
    २५ः तिनाउ गाउँपालिका, पाल्पा
    २६ः म्याङलुङ नगरपालिका, तेह्रथुम
    २७ः छथर गाउँपालिका, तेह्रथुम
    २८ः हतुवागढी गाउँपालिका, भोजपुर
    २९ः इन्द्रसरोबर गाउँपालिका, मकवानपुर
    ३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ
    ३१ः दुहु गाउँपालिका, दार्चुला
    ३२ः शैल्यशिखर नगरपालिका, दार्चुला
    ३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर
    ३४ः माप्य दूधकोसी गाउँपालिका, सोलुखुम्बु
    ३५ः पौवादुङ गाउँपालिका, भोजपुर
    ३६ः चौविसे गाउँपालिका, धनकुटा
    ३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची
    ३८ः डुङेश्वर गाउँपालिका, दैलेख
    ३९ः चुरे गाउँपालिका, कैलाली
    ४०ः छत्रकोट गाउँपालिका, गुल्मी
    ४१ः सत्यवती गाउँपालिका, गुल्मी
    ४२ः सरुमारानी गाउँपालिका, प्यूठान
    ४३ः म्याग्दे गाउँपालिका, तनहुँ
    ४४ः गौमुल गाउँपालिका, बाजुरा
    ४५ः मालिकार्जुन गाउँपालिका, दार्चुला
    ४६ः रुपा गाउँपालिका, कास्की
    ४७ः भगवानपुर गाउँपालिका, सिरहा
    ४८ः कोञ्ज्योसोम गाउँपालिका, ललितपुर
    ४९ः उत्तरगया गाउँपालिका, रसुवा
    ५०ः माथागढी गाउँपालिका, पाल्पा
    ५१ः घिरिङ गाउँपालिका, तनहुँ
    ५२ः सुर्नया गाउँपालिका, बैतडी
    ५३ः निस्दी गाउँपालिका, पाल्पा
    ५४ः फेदीखोला गाउँपालिका, स्याङ्जा
    ५५ः आँधीखोला गाउँपालिका, स्याङ्जा
    ५६ः खप्तड छेडेदह गाउँपालिका, बाजुरा
    ५७ः किस्पाङ गाउँपालिका, नुवाकोट
    ५८ः आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ
    ५९ः दशरथ चन्द नगरपालिका, बैतडी
    ६०ः परवानीपुर गाउँपालिका, बारा
    ६१ः भीमाद नगरपालिका, तनहुँ
    ६२ः मंगला गाउँपालिका, म्याग्दी
    ६३ः व्याँस गाउँपालिका, दार्चुला
    ६४ः तलकोट गाउँपालिका, बझाङ
    ६५. मोलुङ गाउँपालिका, ओखलढुंगा

    माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह

    १ः जगदुल्ला गाउँपालिका, डोल्पा
    २ः नौमुले गाउँपालिका, दैलेख
    ३ः ताराखोला गाउँपालिका, बागलुङ
    ४ः अपि हिमाल गाउँपालिका, दार्चुला
    ५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ
    ६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर
    ७ः नौगाड गाउँपालिका, दार्चुला
    ८ः थवाङ गाउँपालिका, रोल्पा
    ९ः ताँजाकोट गाउँपालिका, हुम्ला
    १०ः अजिरकोट गाउँपालिका, गोरखा
    ११ः थुलुङ दुधकोशी गाउँपालिका, गोरखा
    १२ः मार्मा गाउँपालिका, दार्चुला
    १३: चन्द्रकोट गाउँपालिका, गुल्मी
    १४ः आमचोक गाउँपालिका, भोजपुर
    १५ः लेकम गाउँपालिका, दार्चुला
    १६ः आलिताल गाउँपालिका, डडेलधुरा
    १७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा
    १८ः मुड्केचुला गाउँपालिका, डोल्पा
    १९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
    २०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व
    २१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ
    २२ः रोल्पा नगरपालिका, रोल्पा
    २३ः बंगलाचुली गाउँपालिका, दाङ
    २४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी
    २५ः दुर्गाथली गाउँपालिका, बझाङ
    २६ः सानीभेरी गाउँपालिका, सुर्खेत
    २७ः रामप्रसाद गाउँपालिका, भोजपुर
    २८ः नाम्खा गाउँपालिका, हुम्ला
    २९ः रामनगर गाउँपालिका, सर्लाही
    ३०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
    ३१. पलाता गाउँपालिका, कालीकोट
    ३२. मेलौली नगरपालिका, बैतडी
    ३३. परिवर्तन गाउँपालिका, रोल्पा
    ३४. भगवतीमाई गाउँपालिका, दैलेख
    ३५. धुर्कोट गाउँपालिका, गुल्मी
    ३६. शहीद लखन थापा गाउँपालिका, गोरखा
    ३७. ताप्ली गाउँपालिका, उदयपुर
    ३८. रौतामाई गाउँपालिका, उदयपुर
    ३९. सुनिल स्मृति गाउँपालिका, रोल्पा
    ४०. आँबुखैरहनी गाउँपालिका, तनहुँ
    ४१. मरिण गाउँपालिका, सिन्धुली
    ४२. भीमसेन थापा गाउँपालिका, गोरखा
    ४३. प्यूठान नगरपालिका, प्यूठान
    ४४. बलेफी गाउँपालिका, सिन्धुपाल्चोक
    ४५. शुभकालिका गाउँपालिका, कालीकोट
    ४६. हरिपुरगढी गाउँपालिका, सिन्धुली
    ४७. लुङ्ग्री गाउँपालिका, रोल्पा
    ४८. माण्डवी गाउँपालिका, प्यूठान
    ४९. अजयमेरु गाउँपालिका, डडेल्धुरा
    ५०. रुबिभ्याली गाउँपालिका, धादिङ
    ५१. रिब्दीकोट गाउँपालिका, पाल्पा
    ५२. रुरुक्षेत्र गाउँपालिका, गुल्मी
    ५३. मालिका गाउँपालिका, गुल्मी

    नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

    १ः काइके गाउँपालिका, डोल्पा
    २ः छार्का साङतोङ गाउँपालिका, डोल्पा
    ३ः उदयपुरगढी गाउँपालिका, उदयपुर
    ४. कपुरकोट गाउँपालिका, सल्यान

    स्वतन्त्रले प्रमुख जितेका स्थानीय तह 

    १ः साल्पासिलिछो गाउँपालिका, भोजपुर
    २ः मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा
    ३. खाडाचक्र नगरपालिका, कालीकोट
    ४. सान्नी त्रिवेणी गाउँपालिका, कालीकोट
    ५. डिलासैनी गाउँपालिका, बैतडी
    जसपाले प्रमुख जितेको स्थानीय तह
    १.खिजिदेम्बा गाउँपालिका, ओखलढुंगा
    २. करैयामाई गाउँपालिका, बारा
    ३. जनकनन्दनी गाउँपालिका, धनुषा

    नेमकिपाले प्रमुख जितेको स्थानीय तह

    १ः भक्तपुर नगरपालिका, भक्तपुर

    राष्ट्रिय जनमोर्चाले प्रमुख जितेको स्थानीय तह

    १. बरेङ गाउँपालिका, राष्ट्रिय जनमोर्चा

     

  • ओखलढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

    ओखलढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

    काठमाडौं । ओलखढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उत्तम राई ४,०५२ मतसहित विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार राजनकुमार दाहाललाई ५९० मतान्तरले पराजित गरेका हुन् । पराजित राजनकुमार दाहालले ३,४६२ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडा ४२०० मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी उम्मेदवार कुलबहादुर खत्रीले २०९६ मत पाएका छन् । यसअघि यो पालिकामा एमालेले उपाध्यक्ष गुमाएको थियो ।

  • बलेफीमा उपाध्यक्षसहित ६ वडाध्यक्ष जित्यो कांग्रेसले, अध्यक्षमा माओवादीका प्रवेश निर्वाचित

    बलेफीमा उपाध्यक्षसहित ६ वडाध्यक्ष जित्यो कांग्रेसले, अध्यक्षमा माओवादीका प्रवेश निर्वाचित

    काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा माओवादीका गंगा तामाङ ‘प्रवेश’ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुवास तिमल्सिनालाई पराजित गर्दै प्रवेशले पालिका अध्यक्ष जितेका हुन् ।

    तर उपाध्यक्षसहित ६ वडामा कांग्रेसले जितेको छ । एमाले र माओवादीले एक–एक वडामा चित्त बुझाएका छन् ।

    उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरु तामाङ निर्वाचित भएकी हुन् । यहाँ कांग्रेसले वडा नम्बर ६ र ८ मात्रै गुमाएको छ । ६ मा एमाले र ८ को वडाध्यक्षमा क्रमशः एमाले र माओवादीका उम्मेदवार विजयी भएका हुन् ।

    यसअघि बलेफीमा अध्यक्ष, उपाध्यक्षसहित धेरै वडा एमालेले जितेको थियो । पहिला एमालेबाट अध्यक्ष जितेका केदार क्षेत्री चुनावको मुखैमा कांग्रेस छिरेका थिए ।

  • देउवाको प्रतिष्ठा जोडिएको अमरगढीमा कांग्रेसको जित

    देउवाको प्रतिष्ठा जोडिएको अमरगढीमा कांग्रेसको जित

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा कांग्रेसले जितेको छ । अमरगढीको मेयरमा कांग्रेसका डिल्लीराज जोशी र उपमेयरमा कांग्रेसकै पार्वती झुकाल विजयी भएकी छन् ।

    मेयरमा निर्वाचित जोशीले ३ हजार ६ सय १९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस (वीपी)का हरि भट्टले ३ हजार ४ सय २६ मत प्राप्त गरे ।

    उपमेयरमा विजयी झुकालले एमालेका यज्ञराम अवस्थीलाई पराजित गरिन् ।

    सो नगरपालिकामा एमाले र कांग्रेस (वीपी)बीच तालमेल भएको थियो । नगरपालिकाका ८ नम्बर वडामा कांग्रेस (वीपी) र बाँकी सबैमा कांग्रेस विजयी भएको छ ।

  • बुटवलमा कांग्रेसका पाण्डेय करिब तीन हजार मतले अगाडि

    बुटवलमा कांग्रेसका पाण्डेय करिब तीन हजार मतले अगाडि

    रुपन्देही । बुटवल उपमहानगरपालिकाको नगरप्रमुखमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेयले झन्डै तीन हजार मतको अग्रता लिएका छन्।

    अहिलेसम्म प्राप्त मत परिणाममा पाण्डेयले ८९२६ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईले ५९८० मत पाएका छन्।

    उपनगरप्रमुखमा भने सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चिनबहादुर गुरूङपछि परेका छन्।

    एमाले उम्मेदवार सावित्रादेवी अर्यालले ६६२८ मत ल्याउँदा गुरूङले ५०४८ मत पाएका छन्।

  • भरतपुरका २५ वडाको मत गन्नै बाँकी, रेणु ३० मतले अगाडि

    भरतपुरका २५ वडाको मत गन्नै बाँकी, रेणु ३० मतले अगाडि

    चितवन । भरतपुर महानगरपालिकाका ४ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३० मतको अग्रता कायम गरेकी छिन् ।

    हालसम्म १७ हजार ३४ मत गणना हुँदा दाहालले ५ हजार ७ सय १८ मत प्राप्त गरेकी छिन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मतसहित पछ्याइरहेका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत ल्याएका छन् । अब वडा नम्बर ५ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
    भरतपुरमा २९ वटा वडा रहेका छन् । अब २५ वटा वडाको मत गन्न बाँकी छ ।

  • भरतपुरका ४ वडाको नतिजा : तीनमा कांग्रेस, एकवटामा एमाले विजयी

    भरतपुरका ४ वडाको नतिजा : तीनमा कांग्रेस, एकवटामा एमाले विजयी

    चितवन । भरतपुर महानगरपालिकाको चार वटा वडाहरुको अन्तिम परिणाम सार्वजनिक भएको छ । चारमध्ये ३ वडामा नेपाली कांग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन् । कांग्रेसले वडा नम्बर १, २ र ४ मा अध्यक्ष जितेको हो । एमालेले वडा नम्बर ३ मा अध्यक्ष जितेको छ ।

    पछिल्लो परिणाम आएको वडा नम्बर ४ मा कांग्रेसका अर्पण पोखरेल वडा अध्यक्षसहित प्यानल नै विजयी भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा एमालेले जितेको थियो ।

    गएराती विवादका कारण दुइपटकसम्म मतगणना प्रभावित भएको थियो । सर्वदलीय सहमति गरी केहीबेरमा वडा नम्बर ५ को मतगणना गर्ने तयारी सुरु भइरहेको छ ।

  • गुल्मीको मालिकामा एमालेलाई क्लीनस्वीप, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

    गुल्मीको मालिकामा एमालेलाई क्लीनस्वीप, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

    रूपन्देही । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा निर्वाचित भएका छन् । उनले ६१७६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रीतबहादुर थापाले ४६१७ मतमा रोकिए

    उपाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६३३४ मत ल्याएर निर्वाचित भए भने प्रतिद्वन्द्वी एमालेकी रनमाया पुनले ४६९२ मत ल्याइन् ।

    गाउँपालिकामा रहेका वडाहरुमा एमालेले सदस्य समेत जित्न सकेको छैन् । मालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो ।

  • माओवादीको गढमा कांग्रेसको जित, रुकुम पश्चिमको बाँफिकोट अध्यक्षमा जनक विजयी

    माओवादीको गढमा कांग्रेसको जित, रुकुम पश्चिमको बाँफिकोट अध्यक्षमा जनक विजयी

    सुर्खेत । नेकपा मओवादीको गढ मानिएको रुकुमको बाँफिकोटमा गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । यहाँ गाउँपालिका अध्यक्षमा कांग्रेसका कुमार बाँठा मगर विजयी भएका छन् ।

    जनकले प्रतिस्पर्धी माओवादीका उम्मेदवार चन्द्रबहादुर केसीलाई हराएका हुन् ।

  • बालेन १० हजार नजिक, स्थापितले बल्ल ५ हजार कटाए

    बालेन १० हजार नजिक, स्थापितले बल्ल ५ हजार कटाए

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार मत कटाएका छन् ।

    मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ९ हजार ६ सय ५ मतसहित अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका स्थापितले ५ हजार १ सय ४ मत ल्याएका छन् । बालेनले स्थापितविरुद्ध ४ हजार ५ सय १ मतको अन्तर बनाएका छन् ।

    तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।

  • स्थानीय तहको नेतृत्वमा कांग्रेसको शतक, यी हुन् जितेका सय पालिका (सूचीसहित)

    स्थानीय तहको नेतृत्वमा कांग्रेसको शतक, यी हुन् जितेका सय पालिका (सूचीसहित)

    काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले स्थानीय तहको नेतृत्वमा शतक पूरा गरेको छ । कांग्रेसले यो समाचार तयार पार्दासम्म १ सय स्थानीय तहको प्रमुख जितेको छ ।

    कांग्रेसले जितेका १ सय स्थानीय तहहरुको सूची –

    १ः नार्पाभूमी गाउँपालिका, मनाङ

    २ः घरपोझोङ गाउँपालिका, मुस्ताङ

    ३ः नासो गाउँपालिका, मनाङ

    ४ः गुल्मी दरबार गाउँपालिका, गुल्मी

    ५ः गन्यापधुरा गाउँपालिका, डडेलधुरा

    ६ः रेसुंगा नगरपालिका, गुल्मी

    ७ः खार्पुनाथ गाउँपालिका, हुम्ला

    ८ः बडिकेदार गाउँपालिका, डोटी

    ९ः तमानखोला गाउँपालिका, बागलुङ

    १०ः स्वामीकार्तिक गाउँपालिका, बाजुरा

    ११ः लिखुपिके गाउँपालिका, सोलुखुम्बु

    १२ः भैरवी गाउँपालिका, दैलेख

    १३ः सभापोखरी गाउँपालिका, संखुवासभा

    १४ः कुमाख गाउँपालिका, सल्यान

    १५ः शिवनाथ गाउँपालिका, बैतडी

    १६ः कुम्मायक गाउँपालिका, पाँचथर

    १७ः फेदाप गाउँपालिका, तेह्रथुम

    १८ः माछापुछ्रे गाउँपालिका, कास्की

    १९ः गल्कोट नगरपालिका, बागलुङ

    २०ः दुधपोखरी गाउँपालिका, लमजुङ

    २१ः सोताङ गाउँपालिका, सोलुुखुम्बु

    २२ः हेलम्बु गाउँपालिका, सिन्धपाल्चोक

    २३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा

    २४ः ढाकरी गाउँपालिका, अछाम

    २५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ

    २६ः आमाछोदिङ गाउँपालिका, रसुवा

    २७ः मास्टा गाउँपालिका, बझाङ

    २८ः त्रिवेणी गाउँपालिका, सल्यान

    २९ः आदर्श गाउँपालिका, डोटी

    ३०ः ऐरावती गाउँपालिका, प्यूठान

    ३१ः सागुरीगढी गाउँपालिका, धनकुटा

    ३२ः कमलबजार नगरपालिका, अछाम

    ३३ः रघुगंगा गाउँपालिका, म्याग्दी

    ३४ः धनकौल गाउँपालिका, सर्लाही

    ३५ः अरुण गाउँपालिका, भोजपुर

    ३६ः आरुघाट गाउँपालिका, गोरखा

    ३७ः आठराई गाउँपालिका, तेर्हथुम

    ३८ः बराहपोखरी गाउँपालिका, खोटाङ

    ३९ः केपिलासगढी गाउँपालिका, खोटाङ

    ४०ः गंगादेव गाउँपालिका, रोल्पा

    ४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा

    ४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

    ४३ः कैलाश गाउँपालिका, मकवानपुर

    ४४ः दक्षिणकाली नगरपालिका, काठमाडौं

    ४५ः महाबु गाउँपालिका, दैलेख

    ४६ः सिलिचोङ गाउँपालिका, संखुवासभा

    ४७ः बुङगल गाउँपालिका, बझाङ

    ४८ः हरिपुर नगरपालिका, सर्लाही

    ४९ः कनकासुन्दरी नगरपालिका, जुम्ला

    ५०ः खाँदबारी नगरपालिका, संखुवासभा

    ५१ः भीरकोट नगरपालिका, स्याङजा

    ५२ः ठूलीभेरी नगरपालिका, रोल्पा

    ५३ः हिमा गाउँपालिका, जुम्ला

    ५४ः राजपुर गाउँपालिका, दाङ

    ५५ः बेलडाडी गाउँपालिका, कञ्चनपुर

    ५६ः कालिका गाउँपालिका, रसुवा

    ५७ः पूर्वीचौकी गाउँपालिका, डोटी

    ५८ः मदाने गाउँपालिका, गुल्मी

    ५९ः सन्दकपुर गाउँपालिका, इलाम

    ६०ः सायल गाउँपालिका, डोटी

    ६१ः ईश्मा गाउँपालिका, गुल्मी

    ६२ः रामारोसन गाउँपालिका, अछाम

    ६३ः चम्पादेवी गाउँपालिका, ओखलढुंगा

    ६४ ः तिलागुफा नगरपालिका, कालिकोट

    ६५ः छत्रदेव गाउँपालिका, अर्घाखाँची

    ६६ः मुगु कार्मारोंग गाउँपालिका, मुगु

    ६७ः मकालु गाउँपालिका, संखुवासभा

    ६८ः तादी गाउँपालिका, नुवाकोट

    ६९ः देवघाट गाउँपालिका, तनहुँ

    ७०ः गल्याङ नगरपालिका, स्याङ्जा

    ७१ः सिगास गाउँपालिका, बैतडी

    ७२ः बारबर्दिया गाउँपालिका, बर्दिया

    ७३ः बान्नीगढी जयगढ गाउँपालिका, अछाम

    ७४ः फालेलुङ गाउँपालिका, पाँचथर

    ७५ः घ्याङलेख गाउँपालिका, सिन्धुली

    ७६ः गोकुलगंगा गाउँपालिका, रामेछाप

    ७७ः पैयूँ गाउँपालिका, पर्वत

    ७८ः तारकेश्वर गाउँपालिका, नुवाकोट

    ७९ः सिद्ध कुमाख गाउँपालिका, सल्यान

    ८०ः हिलिहाङ गाउँपालिका, कास्की

    ८१. ब्रम्हपुरी गाउँपालिका, सर्लाही

    ८२ः कीर्तिपुर नगरपालिका, काठमाडौं

    ८३ः भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक

    ८४ः म्यागङ गाउँपालिका, नुवाकोट

    ८५ः पाख्रिबास नगरपालिका, धनकुटा

    ८६ः महालक्ष्मी नगरपालिका, धनकुटा

    ८७ः अमरगढी नगरपालिका, डडेलधुरा

    ८८ः रैनादेवी गाउँपालिका पाल्पा

    ८९ः निसिखोला गाउँपालिका, बागलुङ

    ९०ः लालिगुराँस गाउँपालिका, तेह्रथुम

    ९१ः तीनपाटन गाउँपालिका, सिन्धुली

    ९२ः साकेला गाउँपालिका, खोटाङ

    ९३ः बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक

    ९४ : खनियाबास गाउँपालिका, धादिङ

    ९५ः चौरपाटी गाउँपालिका, अछाम

    ९६: फाल्गुनन्द गाउँपालिका, पाँचथर

    ९७. कुशे गाउँपालिका, जाजरकोट

    ९८. दंगीशरण गाउँपालिका, दाङ

    ९९. सुन्दरबजार नगरपालिका, लमजुङ

    १००. भागेश्वर गाउँपालिका, डडेलधुरा

     

  • सुन्दरबजारको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    सुन्दरबजारको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    लमजुङ । नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला लमजुङको सुन्दरबजार नगरपालिकाको प्रमुखमा विजयी भएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी भवानी केसी विजयी भइन् ।

    प्रमुखमा कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याउँदा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत ल्याए ।

    उपप्रमुखमा एमालेकी भवानी केसीले ५ हजार १८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत ल्याए ।

  • २१० पालिकाको परिणाम आउँदा माओवादीले कुन-कुन ठाउँ जित्यो ? (सूचीसहित)

    २१० पालिकाको परिणाम आउँदा माओवादीले कुन-कुन ठाउँ जित्यो ? (सूचीसहित)

    काठमाडौं । सोमबार मध्यरातसम्म २१० स्थानीय तहको गणना सकिएको छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस ९६ पालिका जितेर पहिलो, एमाले ५९ पालिका जितेर दोस्रो र माओवादी ४५ मत जितेर तेस्रो स्थानमा रहेका छन् ।

    हेर्नुस् माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तहको सूची:

    १ः जगदुल्ला गाउँपालिका, डोल्पा

    २ः नौमुले गाउँपालिका, दैलेख

    ३ः ताराखोला गाउँपालिका, बागलुङ

    ४ः अपि हिमाल गाउँपालिका, दार्चुला

    ५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ

    ६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर

    ७ः नौगाड गाउँपालिका, दार्चुला

    ८ः थवाङ गाउँपालिका, रोल्पा

    ९ः ताँजाकोट गाउँपालिका, हुम्ला

    १०ः अजिरकोट गाउँपालिका, गोरखा

    ११ः थुलुङ दुधकोशी गाउँपालिका, गोरखा

    १२ः मार्मा गाउँपालिका, दार्चुला

    १३ ःचन्द्रकोट गाउँपालिका, गुल्मी

    १४ः आमचोक गाउँपालिका, भोजपुर

    १५ः लेकम गाउँपालिका, दार्चुला

    १६ः आलिताल गाउँपालिका, डडेलधुरा

    १७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा

    १८ः मुड्केचुला गाउँपालिका, डोल्पा

    १९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुमपूर्व

    २०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व

    २१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ

    २२ः रोल्पा नगरपालिका, रोल्पा

    २३ः बंगलाचुली गाउँपालिका, दाङ

    २४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी

    २५ः दुर्गाथली गाउँपालिका, बझाङ

    २६ः सानीभेरी गाउँपालिका, सुर्खेत

    २७ः रामप्रसाद गाउँपालिका, भोजपुर

    २८ः नाम्खा गाउँपालिका, हुम्ला

    २९ः रामनगर गाउँपालिका, सर्लाही

    ३०ः मैवाखोला गाउँपालिका ताप्लेजुङ

    ३१ः पलाँता गाउँपालिका, कालिकोट

    ३२ः मेलौरी नगरपालिका, बैतडी

    ३३ः परिवर्तन गाउँपालिका, रोल्पा

    ३४ः भगवतीमाई गाउँपालिका, दैलेख

    ३५ः धुर्कोट गाउँपालिका, गुल्मी

    ३६ः शहिद लगनथापा गाउँपालिका, गोरखा

    ३७ः ताप्ली गाउँपालिका, उदयपुर

    ३८ः रौतामाई गाउँपालिका, उदयपुर

    ३९. सुनिल स्मृति गाउँपालिका, रोल्पा

    ४०. आँबुखैरहनी गाउँपालिका, तनहुँ

    ४१. मरिण गाउँपालिका, सिन्धुली

    ४२. भीमसेन थापा गाउँपालिका, गोरखा

    ४३. प्यूठान नगरपालिका, प्यूठान

    ४४ः बलेफी गाउँपालिका, सिन्धुपाल्चोक

    ४५ः शुभकालिका गाउँपालिका, कालीकोट