Category: स्थानीय निर्वाचन–२०७९

  • एमालेको मेयरका उम्मेदवारले आफ्नै वडामा स्वतन्त्र जिताए

    एमालेको मेयरका उम्मेदवारले आफ्नै वडामा स्वतन्त्र जिताए

    बझाङ । जयपृथ्वी नगरपालिका-१ मा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार रहेका व्यक्तिको सहयोगमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    मेयर पदका उम्मेदवार सुरतबहादुर सिंहले आफ्नो वडामा पार्टीको आधिकारीक उम्मेदवारलाई हराउनका लागि खुला प्रचार गरेका थिए ।
    एमालेले वडा अध्यक्ष पदमा अस्मिता शाहीलाई टिकट दिए पछि रुष्ट बनेका सिंहले नेपाली कांग्रेसका बागि उम्मेदवार डम्मर बहादुर सिंहलाई जिताउन लागि परेका थिए ।

    पार्टीको टिकट आफ्नो गाउँ भन्दा बाहिर गएको भन्दै उनले अर्को गाउँको उम्मेदवारलाई नजिताउन प्रचार गरेका थिए । टिकट प्रति असन्तुष्ट बनेका उनले आफ्ना निकट सहयोगी समेत रहेका नेकपा एमालेका जिल्ला कमिटी सदस्य डबल खड्कालाई समर्थक बनाएर स्वतन्त्र उम्मेदवार खडा गरेका थिए ।

    मेयरको उम्मेदवारको सहयोगमा स्वतन्त्र उम्मेदवार डम्मरले ३०२ मत पाएर विजयी भएका छन । एमालेका उम्मेदवार शाहीले जम्मा १२८ मत मात्रै प्राप्त गरेकी छन । वडा अध्यक्ष पदमा निकटत प्रतिद्धन्द्धी एकिकृत समाजबादीका देविजंङ सिंहले २५० मत प्राप्त गरेका छन । जबकी सोही वडाबाट मेयरका उम्मेदवार रहेका सुरतले ४९७ मत पाएका छन ।

    आफ्नै दलको आधिकारी उम्मेदवारलाई अन्र्तघात गरेको भन्दै उनको पार्टी भित्रै विरोध हुन थालेको छ । उनले स्वतन्त्र उम्मेदवारलाई मत मागेको टेलिफोन रेर्कडहरु पनि अहिले सामाजिक संजालमा सार्वजनिक हुन थालेका छन् ।

    आधिकारीक उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै पार्टीमा उजुरी दिने तयारीमा रहेको पराजित उम्मेदवार अस्मिता शाहीले बताइन् । एमालेको जिल्ला कमिटी उपसचिव समेत रहेका सिहंले भने आफुले अन्र्तघात नगरेको बताउदै आएका छन् ।

  • अर्घाखाँचीका ३ तह र ४७ वडामा कहाँ कसले मार्‍याे बाजी ?

    अर्घाखाँचीका ३ तह र ४७ वडामा कहाँ कसले मार्‍याे बाजी ?

    रुपन्देही । अर्घाखाँचीका ६ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३ वटाको मत परिणाम सार्वजनिक भएको छ । यस्तै जिल्लाका ६१ वडामध्ये ४७ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

    पाणिनि गाउँपालिका
    अध्यक्षः टेकराज न्यौपाने – एमाले
    उपाध्यक्षः नर्मदा गौतम – एमाले

    छत्रदेव गाउँपालिका
    अध्यक्षः चन्द्रमान श्रेष्ठ – नेपाली कांग्रेस
    उपाध्यक्षः मनी पन्थी – एमाले

    मालारानी गाउँपालिका
    अध्यक्षः दलबहादुर भट्टराई – एमाले
    उपाध्यक्षः दीपा पोखरेल – एमाले

    वडाध्यक्षहरुमा कसले कहाँ जिते ?
    नेकपा एमाले
    १) मालारानी–१, दधिराम आचार्य
    २) मालारानी–३, दण्डपाणि पोख्रेल
    ३) मालारानी–८, नरेन्द्रकुमार बस्नेत
    ४) मालारानी–७, खड्कप्रसाद भुसाल
    ५) सन्धिखर्क–२, मोतीजंग रायमाझी
    ६) छत्रदेव–१, काजीबाबु ज्ञवाली
    ७) छत्रदेव–२, शंकरप्रसाद पाण्डे
    ८) छत्रदेव–४, भीमलाल खनाल
    ९) छत्रदेव–८, भीष्म कुँवर
    १०) भूमिकास्थान–९, खेमराज चुँदाली
    ११) भुमिकास्थान–१०, खगेश्वर पन्थी
    १२) पाणिनी–४, हरिप्रसाद घिमिरे
    १३) पाणिनी–५, इन्द्रमणि घिमिरे
    १४) पाणिनी–७, गुनाखर अधिकारी
    १५) पाणिनी–८, रोमबहादुर पाण्डे क्षेत्री
    १६) शितगंगा–१३, दुर्गाबहादुर बिसी
    १७) मालारानी–६, नारायण अर्याल
    १८) मालारानी–४, विष्णु पोख्रेल
    १९) मालारानी–५, तिलक मिश्र
    २०) छत्रदेव–३, तेजप्रसाद खनाल
    २१) सन्धिखर्क–९, पदमबहादुर भुसाल
    २२) भूमिकास्थान–७, रामचन्द्र ढुङ्गाना

    नेपाली कांग्रेस
    १) सन्धिखर्क–१, माधव श्रेष्ठ
    २) सन्धिखर्क–१२, नारायण खड्का
    ३) सन्धिखर्क–३, जम्शेर मियाँ
    ४) सन्धिखर्क–११, चेत रायण आचार्य
    ५) छत्रदेव–५, बालकृष्ण पोखरेल
    ६) भूमिकास्थान–१, गोपालप्रसाद खनाल
    ७) सितगंगा–१, मानबहादुर सिंजापती
    ८) पाणिनी–१, कमलप्रसाद पोखरेल
    ९) पाणिनी २, चन्द्रकान्त पौडेल
    १०) पाणिनी–३, युवराज ज्ञवाली
    ११) पाणिनी–६, कृष्णप्रसाद पौडेल
    १२) शितगङ्गा–१४, दामोदर न्यौपाने
    १३) भुमिकास्थान–८, राजकुमार श्रेष्ठ
    १४) छत्रदेव–६, कमल पौडेल
    १५) छत्रदेव–७, नारायणप्रसाद पाण्डे
    १६) सन्धिखर्क–४, कृष्णप्रसाद श्रेष्ठ
    १७) सन्धिखर्क–५, ऋषव अधिकारी
    १८) सितगंगा–३, चिन्तराज अधिकारी
    १९) सितगंगा–२, रामबहादुर गोर्खा क्षेत्री
    २०) भूमिकास्थान–५, जयगोपाल श्रेष्ठ

    माओवादी केन्द्र
    १) मालारानी–२, योगेन्द्रनाथ भुसाल
    २) मालारानी–९, महेन्द्रबाबु खनाल
    ३) सन्धिखर्क–१०, मोहन ठकुरी

    राष्ट्रिय जनमोर्चा
    १) भूमिकास्थान–२, बुद्धिबहादुर थापा क्षेत्री
    २) भूमिकास्थान–३, कृष्णप्रसाद बन्जाडे
    ३) भूमिकास्थान–४, बाबुराम सुनार

  • कालीगण्डकीमा कांग्रेस अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    कालीगण्डकीमा कांग्रेस अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    रुपन्देही । गुल्मीको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा ४ हजार ८१० मतले विजयी भएका छन् ।
    उपाध्यक्षमा नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी ४ हजार ४८४ मत ल्याएर विजयी भएकी छन् ।

    गाउँपालिका अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३८४ मत ल्याइन् ।

    गाउँपालिकामा रहेका ७ वटा वडाहरुमध्ये एमाले र कांग्रेसले ३-३ तथा एउटा वडामा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

    जिल्लाका १२ वटा स्थानीय तहमध्ये ११ वटाको मतगणना सकिएको छ ।

  • त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका बोहोरा निर्वाचित

    त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका बोहोरा निर्वाचित

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेले अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

    गाउँपालिकामा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४ हजार २२९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले ३ हजार २ सय ६७ मत ल्याएका छन् ।

    त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै गीता नेपाल निर्वाचित भएकी छन् । उनले ४ हजार १५६ मत ल्याउदा एमालेकी सविता श्रेष्ठले ३ हजार ८८९ मत ल्याइन् ।

    गाउँपालिकामा रहेको ६ वडामध्ये कांग्रेस एक्लैले पाँच वडामा अध्यक्ष जितेको छ ।

    स्थानीय निर्वाचन २०७४ मा पनि नेपाली कांग्रेसको तर्फबाट बोहरा उम्मेदवार थिए । उनले त्यतिबेला २ हजार ७०७ मत ल्याएर एमाले उम्मेदवार भुपेन्द्र श्रेष्ठसँग पारजित भएका थिए ।

    श्रेष्ठले २ हजार ९०८ मत ल्याएका थिए । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिक यात्रा तय गरेका अध्यक्षमा निर्वाचित बोहरा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिवसमेत हुन् ।

     

  • रामेछापको सुनापतिमा माओवादी विजयी, ठुलोकान्छा बने गाउँपालिका अध्यक्ष

    रामेछापको सुनापतिमा माओवादी विजयी, ठुलोकान्छा बने गाउँपालिका अध्यक्ष

    काठमाडौं । रामेछापको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

    अध्यक्षमा माओवादीका उम्मेदवार ठुलोकान्छा तामाङ ५,३९८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार कमान खड्कालाई ५४७ मतान्तरले पराजित गरेका हुन् । पराजित कमान खड्काले ४,८५१ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि माओवादीकै गीता विष्ट चौलागाई ५३६० मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी शान्ति मोक्तानले ४८५१ मत पाएकी छन् ।

    यो पालिकामा विष्ट उपाध्यक्षमा दोस्रोपटक विजयी भएकी हुन् ।

  • कांग्रेस नेता प्रदीप पौडेलको वडामा एमाले विजयी

    कांग्रेस नेता प्रदीप पौडेलको वडामा एमाले विजयी

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको वडामा नेकपा एमाले विजयी भएको छ । पौडेलको गृहवडा शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षमा एमालेका नारायणसिंह थापा विजयी भएका छन् ।

    उनी एक हजार १८३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रकला भट्टराईले एक हजार ४४ मत प्राप्त गरेकी छन् ।

    वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा सदस्य नेपाली काङ्ग्रेसले जितेको छ । एमालेबाट खुल्ला सदस्यमा अशोक महत एक हजार १६८ र मानबहादुर क्षेत्री एक हजार ८२ मत प्राप्त गरी विजयी भएका छन् ।

    महिला सदस्यमा कांग्रेसकी डम्बरकुमारी सिग्देल एक हजार ९२ र दलित महिला सदस्यमा सिर्जना विक एक हजार ८४ मत प्राप्त गरी विजयी भएका छन् ।

  • सर्लाही बलराको मेयर, उपमेयर नै माओवादीले जित्यो

    सर्लाही बलराको मेयर, उपमेयर नै माओवादीले जित्यो

    जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिएको मतपरिणाम अनुसार मेयरमा रामशंकर प्रसाद कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका अभयकुमार सिंहले ३ हजार ६३१ मत पाए ।

    यस्तै उपमेयरमा कोशीला देवी निर्वाचित भएकी छन् । ४ हजार ३५१ मत ल्याएर उनी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी राग्नी देवी ३ हजार ७४० मत ल्याइन्।

  • दोलखाको मेलुङमा एमाले विजयी, हिरा थोकर बने गाउँपालिका अध्यक्ष

    दोलखाको मेलुङमा एमाले विजयी, हिरा थोकर बने गाउँपालिका अध्यक्ष

    दोलखा । सत्ता गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै दोलखाको मेलुङ गाउँपालिकामा एमालेले जित निकालेको छ ।

    पालिका अध्यक्षमा एमालेका जिल्ला सचिव हिरा कुमार थोकर ५,०७५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार रविन्द्रकुमार कार्कीलाई १,१७२ मतान्तरले पराजित गरेका हुन् ।

    पराजित रविन्द्रकुमार कार्कीले ३,९०३ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै गायत्री आचार्य ४६१३ मतसहित विजयी भएकी छन् । निकटम प्रतिद्धन्दी गठबन्धनका कांग्रेस उम्मेदवार भक्तबहादुर तामाङ ३२४१ मतमा रोकिएका छन् ।

  • बैतडीको डिलासैनीमा स्वतन्त्रबाट सन्तोषप्रकाश जोशी विजयी

    बैतडीको डिलासैनीमा स्वतन्त्रबाट सन्तोषप्रकाश जोशी विजयी

    बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा गठबन्धन र एमाले उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् ।

    जोशीले ३ हजार १ सय ८९ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत ल्याए । उनी गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

    एमालेबाट टिकट नपाएपछि जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    पालिका उपाध्यक्षमा गठबन्धनका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८ सय ७३ मत पाए । एमालेकी लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाइन् ।

    यस्तै पालिकामा तीन वडामा स्वतन्त्र उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ४ मा हरिश पन्त, वडा नम्बर ५ मा यज्ञराज भट्ट र वडा नम्बर ७ मा प्रकाशमणि भट्ट विजयी भएका हुन् ।

    गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका कृष्णकुमार धामीले जित हासिल गरेका छन् । वडा नम्बर २ मा एमालेका उम्मेदवार नवराज घरडी निर्वाचित भए । यस्तै वडा नम्बर ३ एमालेका रघुवीर बोहराले जिते । वडा नम्बर ६ मा नेपाली कांग्रेसका उत्तरबहादुर बोहरा विजयी भए ।

  • खोटाङको खोटेहाङमा गठबन्धनका उम्मेदवार विजयी

    खोटाङको खोटेहाङमा गठबन्धनका उम्मेदवार विजयी

    दिक्तेल । खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् ।

    एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् ।

    उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।

  • बराहतालका पूर्वअध्यक्ष बस्नेत वडा सदस्यमै पराजित

    बराहतालका पूर्वअध्यक्ष बस्नेत वडा सदस्यमै पराजित

    सुर्खेत । बराहताल गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । जिल्ला समन्वय समिति प्रमुखमा आउन खोजेका बस्नेतलाई वडा नम्बर ८ का मतदाताले वडामै पराजित गरिदिए ।

    उनले वडा सदस्यमा ५३९ मत ल्याएका छन् । खुल्ला सदस्यमा नेकपा एमालेका प्रेमराज लिम्बुले ५९१ मत तथा छविलाल शर्मा जैसीले ५७८ मत ल्याए वस्नेतलाई हराएका हुन् ।

  • दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

    दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

    सुर्खेत । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरु विजयी भएका छन् । नगरप्रमुखमा एमालेका लोमन शर्मा विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै तप्ता कुमारी थापा विजयी भएका हुन् ।

    एमालेका लोमन शर्माले ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मला खड्का (थापा)ले ५ हजार ३ सय ५७ मत प्राप्त गरिन्।

    यस्तै उपप्रमुखमा नेकपा एमालेका तप्ताकुमारी थापा विजयी भइन् । थापाले ५ हजार ६ सय ७३ मत प्राप्त गरिन् । उनका प्रत्यासी नेकपा एकीकृत समाजवादीका सावित्री मल्लले ३ हजार ८ सय ३८ मत प्राप्त गरिन् ।

  • ढोरपाटनमा पनि एमालेले गठबन्धनलाई हरायो, मेयरमा नेपाली निर्वाचित

    ढोरपाटनमा पनि एमालेले गठबन्धनलाई हरायो, मेयरमा नेपाली निर्वाचित

    पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा सत्तागठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका देवकुमार नेपाली मेयरमा निर्वाचित भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि निर्वाचित भएका हुन् ।

    नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गरेका छन् ।

    नगरपालिकाको उपमेयरमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् । नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहकी ताराकुमारी पुनले ४ हजार ४८४ मत प्राप्त गगरेकी छन् । उनलाई एमालेले समर्थन जनाएको थियो ।

     

  • बालेनले कटाए १० हजार भोट

    बालेनले कटाए १० हजार भोट

    काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार भोट कटाएका छन् । उनले अहिलेसम्म १०, २४१ भोट पाएका छन् भने निकटम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५,४५३ भोट पाएका छन् ।

    त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ४,७४२ भोट पाएकी छन् ।

    यहाँ अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको गणना भइरहेको छ ।

  • बाराको करैयामाई गाउँपालिकामा जसपा विजयी

    बाराको करैयामाई गाउँपालिकामा जसपा विजयी

    काठमाडौं । बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव निर्वाचित भएका छन् ।

    उनले पाँच हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका भुवनेश्वर धामीले तीन हजार ४०० र तेस्रो स्थनमा रहेका एमालेका कृष्णप्रसाद चौधरीले दुई हजार १८८ मत पाए ।

    उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका सुनैनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले पाँच हजार ४३९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले तीन हजार १७२ मत पाएकी छन् ।

  • ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कांग्रेसका मेयर, एमालेका उपमेयर विजयी

    ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कांग्रेसका मेयर, एमालेका उपमेयर विजयी

    ओखलढुंगा । सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमाले इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै जित निकालेका हुन् ।

    खनालले ६ हजार ७ सय ९१ मत पाए । निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याइन् । उपमेयरमा भने नेकपा एमालेका केदारबाबु बस्नेत विजयी भए ।

    उनले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पारे । वस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ५२ मत पाए ।

    यहाँ कांग्रेस–माओवादी गठबन्धन वडा तहसम्मै थियो । १२ वडामध्ये कांग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ । २०७४ सालमा प्रमुख उपप्रमुखसहित ७ वटा वडा जितेको थियो ।

  • ललितपुरमा मतान्तर बढाउँदै चिरिबाबु, उपमेयरमा एमालेकी शाक्यको लिड

    ललितपुरमा मतान्तर बढाउँदै चिरिबाबु, उपमेयरमा एमालेकी शाक्यको लिड

    काठमाडौं । ललितपुर महानगरमा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर बढाउँदै लिड गरिरहेका छन् । अहिलेसम्म १३, २१६ मत गणना गर्दा महर्जनले ७४१० मत पाएका छन् भने उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण ब्यन्जन्कारले ३१९२ मत ल्याएका छन् ।

    त्यस्तै उपमेयरमा एमालेकी मन्जली शाक्यले ३८०० मत ल्याएर लिड गरेकी छन् । माओवादीका उममेयर उम्मेदवार बाबुराज बज्राचार्यले २३२६ मत पाएका छन् ।

  • सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका कांग्रेसले जित्यो

    सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका कांग्रेसले जित्यो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका कांग्रेसले जितेको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार पासाङ नोर्बु शेर्पा दुई हजार ६०५ मत ल्याउँदै विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खडकाले २०४८ मत प्राप्त गरे ।

    त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै दिछेन शेर्पा दुई हजार ७१२ मत ल्याउँदै विजयी भएकी छन। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुन्तलीमाया तामाङले २ हजार ५५३ मत प्राप्त गरिन् ।

    पाँच वडा रहेको यो गाउँपालिकामा १, २ र ५ कांग्रेसले जितेको छ भने ३ मा स्वतन्त्र उमेदवार विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४ मा एमाले उमेदवार विजयी भएका छन्।

  • खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

    काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई २८२३ मत प्राप्त गरी िवजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईले २१६२ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा एमालेकै अरुणा थापा विजयी भएकी छन् । उनले २३३३ मत प्राप्त गर्दा कांग्रेसकी रमा कुटवालले २३१२ मत पाएकी छन् ।

  • कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी, विष्णु केसी बने अध्यक्ष

    कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी, विष्णु केसी बने अध्यक्ष

    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतले पछि पार्दै केसी विजयी भएका हुन् ।

    केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार युवराज कुवँरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । कुँवर निवर्तमान गाउँँपालिका अध्यक्ष हुन् ।

    त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् ।

    नेपाली कांग्रेसकी खीमकुमारी गुरुङले ६ हजार १ सय १४ मत प्राप्त गरिन् । अन्नपूर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।