Category: स्थानीय निर्वाचन–२०७९

  • काभ्रेको पाँचखालमा कडा सुरक्षाबीच मतदान जारी

    काभ्रेको पाँचखालमा कडा सुरक्षाबीच मतदान जारी

    काठमाडौं । ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो।

    गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको थियो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

    यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुईवटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन कार्यालयले जनाएको छ।

     

  • कैलालीकाे बर्दगोरियाकाे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी विजयी

    कैलालीकाे बर्दगोरियाकाे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी विजयी

    कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर विजयी भएका छन् । गठबन्धनका शेरबहादुर कठरियालाई १६५६ मतले हराउँदै कुँवर गाउँपालिका अध्यक्ष विजयी भएका हुन् ।

    कुँवरले ५८४२ मत पाउँदा कठरियाले ४१८६ मात्रै पाएका छन् । कठरिया गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन् ।

    उपाध्यक्षमा गठबन्धनबाट माओवादीका गणेशराज गिरि विजयी भएका छन् । गिरिले ४५६९ मत पाउँदा एमाले उम्मेदवार इन्दु कठरियाले ४२५५ मत पाइन् । ३१४ मतान्तरले गिरि विजयी भएका हुन् ।

  • यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ?

    यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ?

    काठमाडौं । राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ ।

    राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता लिइरहेको छ ।

    यी हुन् राप्रपाले जितेका स्थान:

    १। नवलपरासीको रामग्राम नगरपालिका–९ को वडा अध्यक्षमा भोजबहादुर यादवसहितको प्यानल निर्वाचित

    २। पाँचथरको फिदिम–४ मा उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित

    ३। धनुषा गणेशमान चारनाथ नगरपालिका–२ मा बेचूँ हमालको प्यानल विजयी

    ४। शंखरापुर नगरपालिका–३ मासूर्य तामाङ विजयी

    ५। धादिङको रुबिभ्याली–४ को अध्यक्षमा प्रशान्त तामाङसहित प्यानल विजयी

    ६। नेपालगञ्ज उपमहानगरपालिका–८ वडा अध्यक्षमा रजनीश वाजपेयी ९विवेक० प्यानलसहित विजयी

    ७। धादिङको खनियाबास–३ को वडा अध्यक्षमा कमानसिंह तामाङ प्यानल विजयी

    ८। सिद्धार्थनगर नगरपालिका– ३ को वडा अध्यक्षमा नारायणप्रसाद उपाध्याय सापकोटा प्यानलसहित विजयी

    ९। सिद्धार्थनगर नगरपालिका–४ को अध्यक्षमा मुक्तिनाथ यादव ९भोला० प्यानलसहित विजयी

    १०। धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा श्यामकुमार आले प्यानलसहित विजयी

    ११। लक्ष्मीनिया गाउँपालिका–३ को अध्यक्षमा तेजनारायण ९हिरा० प्यानलसहित विजयी

    १२। भद्रपुर नगरपालिका–३ को वडा अध्यक्षमा हेमबहादुर काकी प्यानलसहित विजयी

    १३। झापाको हल्दिबारी गाउँपालिका–१ मा देवी थापा प्यानलसहित विजयी

    १४। नेपालगन्ज उपमहानगर–२ को अध्यक्षमा मनोज श्रेष्ठ प्यानलसहित विजयी

    १५। सर्लाहीको कौडेना गाउँपालिका–७ अध्यक्षमा कुमार यादव प्यानलसहित विजयी

    १६। चितवनको माडी नगरपालिका–८ को वडा अध्यक्षमा वीरेन्द्र भण्डारी प्यानलसहित विजयी

    १७। नवलपरासीको रामग्राम–३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी

    १८। नवलपरासीकै प्रतापपुर–३ को वडा अध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी

    १९। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा अध्यक्ष केशव खत्री प्यानलसहित विजयी

    २०। कपिलवस्तुको कृष्णनगर–१ मा अध्यक्ष टुङ्गनाथ चौधरी प्यानलसहित विजयी

    २१। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा अध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी

    २२। रुपन्देहीको रोहिणी गाउँपालिका–१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित

    २३। चितवनको माडी नगरपालिका वडा न।१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित

    २४। सिद्धार्थनगर नगरपालिका वडा नं। २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित

    २५। नवलपरासी, रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित

    २६। डोटीको के।आई। सिंह गाउँपालिका वार्ड न। ७ को अध्यक्षमा दिलबहादुर बलायर प्यानलसहित विजयी

    २७। बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानलसहित विजयी

    २८। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी

    २९। धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी

    ३०। रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल प्यानलसहित विजयी

    ३१। कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द प्यानलसहित विजयी

    ३२। धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी

    ३३। रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी

    ३४। सल्यानको कपुरकोट गाउँपालिकाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी

    ३५। चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानलसहित विजयी

    ३६। रुपन्देहीको देवदह नगरपालिकाको वडा नम्बर ११ मा वडा अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी

    ३७। बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल प्यानलसहित विजयी

    ३८। शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाबाट वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित

    ३९। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं ५ मा हबिब मियाँ र सबै सदस्य निर्वाचित

    ४०। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट, वडा नं ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत
    ४१। नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित

    ४२। काभ्रेको धुलिखेल नगरपालिका –७ को वडा अध्यक्षमा रोमीप्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित

    ४३। झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका वीरबहादुर राजवंशी र प्यानल निर्वाचित ।

    राप्रपाका २३० भन्दा बढी वडा सदस्यहरु निर्वाचित भइसकेका सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न पालिकासहित वडामा राप्रपाका उम्मेदवारले अग्रता लिइरहेका र परिणाम आउने क्रम जारी छ ।

     

  • पार्टी अल्पमतमा परेको भन्दै रसुवामा माओवादी केन्द्रका पालिका इन्चार्जले दिए राजीनामा

    पार्टी अल्पमतमा परेको भन्दै रसुवामा माओवादी केन्द्रका पालिका इन्चार्जले दिए राजीनामा

    रसुवा । रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले राजीनामा दिएका छन् । उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताए ।

    कालिकामा एउटा वडामा माओवादी केन्द्रले प्यानलै जितेको थियो । बाँकी ४ वटा वडामा नेपाली कांग्रेस विजयी भयो । माओवादी केन्द्रले पालिकामा नेकपा एससँग गठबन्धन गरेको भए पनि पालिका अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पराजय भोग्न पर्‍यो।

    कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २६२२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २२८३ मत पाए ।

    माओवादीका उम्मेदवार सोमबहादुर तामाङले १५२२ मतसहित तेस्रो भए । उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले २८१० मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले २००२ मत पाइन् । यस्तै, नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत सहित तेस्रो नै भए ।

     

  • ताप्लेजुङकाे सिरिजङ्गा गाउँपालिकामा कांग्रेसका लालकृष्ण चौहान विजयी

    ताप्लेजुङकाे सिरिजङ्गा गाउँपालिकामा कांग्रेसका लालकृष्ण चौहान विजयी

    ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन् ।

    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । चौहानले तीन हाजार ३४३ र चाम्लिङले तीन हजार २७५ मत प्राप्त गरेका हुन् ।

    यस्तै गाउँपालिकाका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चित्र माबो निर्वाचित भएका छन्। उनले नेकपा एमालेका तुलसा बस्नेतलाई एक हजारभन्दा बढी मतान्तरले पराजित गरे ।

    यहाँका आठमध्ये चार वडामा कांग्रेस, दुईमा एमाले, एकमा माओवादी केन्द्र र एक स्वतन्त्रले वडाध्यक्षमा निर्वाचित भएका छ्न ।

     

  • २६८ स्थानीय तहको परिणाम: ४५ प्रतिशत पालिका जित्दै कांग्रेसको अग्रता (सूचीसहित)

    २६८ स्थानीय तहको परिणाम: ४५ प्रतिशत पालिका जित्दै कांग्रेसको अग्रता (सूचीसहित)

    काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । मंगलबार मध्यान्ह १२ः३० बजेसम्म २६८ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।

    जसमध्ये १२० स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । कांग्रेसले परिणाम आएकामध्ये करिब ४५ प्रतिशत पालिकाको नेतृत्व जितेको हो । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ७७ स्थानीय तहमा नेतृत्व जितेको छ । एमालेले परिणाम आएकामध्ये करिब २९ प्रतिशत पालिकाको नेतृत्व जितेको छ ।

    तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ५६ स्थानीय तह अर्थात करिब २१ प्रतिशत स्थानीय तहमा नेतृत्व जितेको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान ४ स्थानीय तहमा नेतृत्व लिएका छन् ।

    त्यस्तै पाँच स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले नेतृत्व जितेका छन् । नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ पालिकाको नेतृत्व जितेका छन् ।
    हेर्नुस् सूची

    नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
    १ः नार्पाभूमी गाउँपालिका, मनाङ
    २ः घरपोझोङ गाउँपालिका, मुस्ताङ
    ३ः नासो गाउँपालिका, मनाङ
    ४ः गुल्मी दरबार गाउँपालिका, गुल्मी
    ५ः गन्यापधुरा गाउँपालिका, डडेलधुरा
    ६ः रेसुंगा नगरपालिका, गुल्मी
    ७ः खार्पुनाथ गाउँपालिका, हुम्ला
    ८ः बडिकेदार गाउँपालिका, डोटी
    ९ः तमानखोला गाउँपालिका, बागलुङ
    १०ः स्वामीकार्तिक गाउँपालिका, बाजुरा
    ११ः लिखुपिके गाउँपालिका, सोलुखुम्बु
    १२ः भैरवी गाउँपालिका, दैलेख
    १३ः सभापोखरी गाउँपालिका, संखुवासभा
    १४ः कुमाख गाउँपालिका, सल्यान
    १५ः शिवनाथ गाउँपालिका, बैतडी
    १६ः कुम्मायक गाउँपालिका, पाँचथर
    १७ः फेदाप गाउँपालिका, तेह्रथुम
    १८ः माछापुछ्रे गाउँपालिका, कास्की
    १९ः गल्कोट नगरपालिका, बागलुङ
    २०ः दुधपोखरी गाउँपालिका, लमजुङ
    २१ः सोताङ गाउँपालिका, सोलुुखुम्बु
    २२ः हेलम्बु गाउँपालिका, सिन्धपाल्चोक
    २३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा
    २४ः ढाकरी गाउँपालिका, अछाम
    २५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
    २६ः आमाछोदिङ गाउँपालिका, रसुवा
    २७ः मास्टा गाउँपालिका, बझाङ
    २८ः त्रिवेणी गाउँपालिका, सल्यान
    २९ः आदर्श गाउँपालिका, डोटी
    ३०ः ऐरावती गाउँपालिका, प्यूठान
    ३१ः सागुरीगढी गाउँपालिका, धनकुटा
    ३२ः कमलबजार नगरपालिका, अछाम
    ३३ः रघुगंगा गाउँपालिका, म्याग्दी
    ३४ः धनकौल गाउँपालिका, सर्लाही
    ३५ः अरुण गाउँपालिका, भोजपुर
    ३६ः आरुघाट गाउँपालिका, गोरखा
    ३७ः आठराई गाउँपालिका, तेर्हथुम
    ३८ः बराहपोखरी गाउँपालिका, खोटाङ
    ३९ः केपिलासगढी गाउँपालिका, खोटाङ
    ४०ः गंगादेव गाउँपालिका, रोल्पा
    ४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा
    ४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
    ४३ः कैलाश गाउँपालिका, मकवानपुर
    ४४ः दक्षिणकाली नगरपालिका, काठमाडौं
    ४५ः महाबु गाउँपालिका, दैलेख
    ४६ः सिलिचोङ गाउँपालिका, संखुवासभा
    ४७ः बुङगल गाउँपालिका, बझाङ
    ४८ः हरिपुर नगरपालिका, सर्लाही
    ४९ः कनकासुन्दरी नगरपालिका, जुम्ला
    ५०ः खाँदबारी नगरपालिका, संखुवासभा
    ५१ः भीरकोट नगरपालिका, स्याङजा
    ५२ः ठूलीभेरी नगरपालिका, रोल्पा
    ५३ः हिमा गाउँपालिका, जुम्ला
    ५४ः राजपुर गाउँपालिका, दाङ
    ५५ः बेलडाडी गाउँपालिका, कञ्चनपुर
    ५६ः कालिका गाउँपालिका, रसुवा
    ५७ः पूर्वीचौकी गाउँपालिका, डोटी
    ५८ः मदाने गाउँपालिका, गुल्मी
    ५९ः सन्दकपुर गाउँपालिका, इलाम
    ६०ः सायल गाउँपालिका, डोटी
    ६१ः ईश्मा गाउँपालिका, गुल्मी
    ६२ः रामारोसन गाउँपालिका, अछाम
    ६३ः चम्पादेवी गाउँपालिका, ओखलढुंगा
    ६४ः तिलागुफा नगरपालिका, कालीकोट
    ६५ः छत्रदेव गाउँपालिका, अर्घाखाँची
    ६६ः मुगुम कार्मारोंग गाउँपालिका, मुगु
    ६७ः मकालु गाउँपालिका, संखुवासभा
    ६८ः तादी गाउँपालिका, नुवाकोट
    ६९ः देवघाट गाउँपालिका, तनहुँ
    ७०ः गल्याङ नगरपालिका, स्याङ्जा
    ७१ः सिगास गाउँपालिका, बैतडी
    ७२ः बारबर्दिया नगरपालिका, बर्दिया
    ७३ः बान्नीगढी जयगढ गाउँपालिका, अछाम
    ७४ः फालेलुङ गाउँपालिका, पाँचथर
    ७५ः घ्याङलेख गाउँपालिका, सिन्धुली
    ७६ः गोकुलगंगा गाउँपालिका, रामेछाप
    ७७ः पैयुँ गाउँपालिका, पर्वत
    ७८ः तारकेश्वर गाउँपालिका, नुवाकोट
    ७९ः सिद्ध कुमाख गाउँपालिका, सल्यान
    ८०ः हिलिहाङ गाउँपालिका, पाँचथर
    ८१ः ब्रह्मपुरी गाउँपालिका, सर्लाही
    ८२ः कीर्तिपुर नगरपालिका, काठमाडौं
    ८३ः म्यागङ गाउँपालिका, नुवाकोट
    ८४ः भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक
    ८५ः पाख्रिवास नगरापालिका, धनकुटा
    ८६ः महालक्ष्मी नगरपालिका, धनकुटा
    ८७ः रैनादेवी छहरा गाउँपालिका, पाल्पा
    ८८. अमरगढी नगरपालिका, डडेल्धुरा
    ८९ः निसीखोला गाउँपालिका, बागलुङ
    ९०ः लालीगुराँस गाउँपालिका, तेर्हथुम
    ९१ः तीनपाटन गाँउपालिका, सिन्धुली
    ९२ः साकेला गाउँपालिका, खोटाङ
    ९३ः बार्‍हबिसे नगरपालिका, सिन्धुपाल्चोक
    ९४ः खनियाँबास गाउँपालिका, धादिङ
    ९५ः चौरपाटी गाउँपालिका, अछाम
    ९६ः फाल्गुनन्द गाउँपालिका, पाँचथर
    ९७ः कुशे गाउँपालिका, जाजरकोट
    ९८ः दंगीशरण गाउँपालिका, दाङ
    ९९ः सुन्दरबजार नगरपालिका, लमजुङ
    १००ः भागेश्वर गाउँपालिका, डडेल्धुरा
    १०१ः शारदा नगरपालिका, सल्यान
    १०२ः हुप्सेकोट गाउँपालिका, नवलपुर
    १०३ः पाँचखपन गाउँपालिका, संखुवासभा
    १०४. चुलाचुली गाउँपालिका, इलाम
    १०५. फलेवास नगरपालिका, पर्वत
    १०६. चामुण्डा विन्द्रासैनी नगरपालिका, दैलेख
    १०७. रुन्टीगढी गाउँपालिका, रोल्पा
    १०८. धवलागिरी गाउँपालिका, म्याग्दी
    १०९. पाटन नगरपालिका, बैतडी
    ११०. नौकुण्ड गाउँपालिका, रसुवा
    १११. राप्तीसोनारी गाउँपालिका, बाँके
    ११२. बाफिकोट गाउँपालिका, रुकुम
    ११३. रामपुर नगरापालिका, पाल्पा
    ११४. सिद्धिचरण नगरपालिका, ओखलढुंगा
    ११५. तारकेश्वर नगरपालिका, काठमाडौं
    ११६. मिक्लाजुङ गाउँपालिका, मोरङ
    ११७. धनौजी गाउँपालिका, धनुषा
    ११८. महाँकाल गाउँपालिका, ललितपुर
    ११९. कालीगण्डकी गाउँपालिका, गुल्मी
    १२०. त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोक

    नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

    १ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा
    २ः चामे गाउँपालिका, मनाङ
    ३ः ङिस्याङ गाउँपालिका, मनाङ
    ४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
    ५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ
    ६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
    ७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
    ८ः साइपाल गाउँपालिका, बझाङ
    ९ः बौदीकाली गाउँपालिका, नवलपुर
    १०ः थलारा गाउँपालिका, बझाङ
    ११ः थासाङ गाउँपालिका, मुस्ताङ
    १२ः मालिका गाउँपालिका, म्याग्दी
    १३ः हरिनास गाउँपालिका, स्याङ्जा
    १४ः महाकाली नगरपालिका, दार्चुला
    १५ः मेन्छेयाम गाउँपालिका, तेह्रथुम
    १६ः गुराँस गाउँपालिका, दैलेख
    १७ः बुलिङटार गाउँपालिका, नवलपुर
    १८ः पुर्वखोला गाउँपालिका, पाल्पा
    १९ः पन्चेश्वर गाउँपालिका, बैतडी
    २०ः माछापुछ्रे गाउँपालिका, कास्की
    २१ः माङ्सेबुङ गाउँपालिका, इलाम
    २२ः गोसाइँकुण्ड गाउँपालिका, रसुवा
    २३ः भीमफेदी गाउँपालिका, मकवानपुर
    २४ः जोरायल गाउँपालिका, डोटी
    २५ः तिनाउ गाउँपालिका, पाल्पा
    २६ः म्याङलुङ नगरपालिका, तेह्रथुम
    २७ः छथर गाउँपालिका, तेह्रथुम
    २८ः हतुवागढी गाउँपालिका, भोजपुर
    २९ः इन्द्रसरोबर गाउँपालिका, मकवानपुर
    ३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ
    ३१ः दुहु गाउँपालिका, दार्चुला
    ३२ः शैल्यशिखर नगरपालिका, दार्चुला
    ३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर
    ३४ः माप्य दूधकोसी गाउँपालिका, सोलुखुम्बु
    ३५ः पौवादुङ गाउँपालिका, भोजपुर
    ३६ः चौविसे गाउँपालिका, धनकुटा
    ३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची
    ३८ः डुङेश्वर गाउँपालिका, दैलेख
    ३९ः चुरे गाउँपालिका, कैलाली
    ४०ः छत्रकोट गाउँपालिका, गुल्मी
    ४१ः सत्यवती गाउँपालिका, गुल्मी
    ४२ः सरुमारानी गाउँपालिका, प्यूठान
    ४३ः म्याग्दे गाउँपालिका, तनहुँ
    ४४ः गौमुल गाउँपालिका, बाजुरा
    ४५ः मालिकार्जुन गाउँपालिका, दार्चुला
    ४६ः रुपा गाउँपालिका, कास्की
    ४७ः भगवानपुर गाउँपालिका, सिरहा
    ४८ः कोञ्ज्योसोम गाउँपालिका, ललितपुर
    ४९ः उत्तरगया गाउँपालिका, रसुवा
    ५०ः माथागढी गाउँपालिका, पाल्पा
    ५१ः घिरिङ गाउँपालिका, तनहुँ
    ५२ः सुर्नया गाउँपालिका, बैतडी
    ५३ः निस्दी गाउँपालिका, पाल्पा
    ५४ः फेदीखोला गाउँपालिका, स्याङ्जा
    ५५ः आँधीखोला गाउँपालिका, स्याङ्जा
    ५६ः खप्तड छेडेदह गाउँपालिका, बाजुरा
    ५७ः किस्पाङ गाउँपालिका, नुवाकोट
    ५८ः आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ
    ५९ः दशरथ चन्द नगरपालिका, बैतडी
    ६०ः परवानीपुर गाउँपालिका, बारा
    ६१ः भीमाद नगरपालिका, तनहुँ
    ६२ः मंगला गाउँपालिका, म्याग्दी
    ६३ः व्याँस गाउँपालिका, दार्चुला
    ६४ः तलकोट गाउँपालिका, बझाङ
    ६५. मोलुङ गाउँपालिका, ओखलढुंगा
    ६६. तलकोट गाउँपालिका, बझाङ
    ६७. जुनीचाँदे गाउँपालिका, जाजरकोट
    ६८. सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ
    ६९. बेनी नगरपालिका, म्याग्दी
    ७०. अन्नपूर्ण गाउँपालिका, कास्की
    ७१. दिप्रुङ चुइचम्पा गाउँपालिका, खोटाङ
    ७२. ढोरपाटन नगरपालिका, बाग्लुङ
    ७३. नारायण नगरपालिका, दैलेख
    ७४. मेलुङ गाउँपालिका, दोलखा
    ७५. भोटखोला गाउँपालिका, संखुवासभा
    ७६. मालारानी गाउँपालिका, अर्घाखाँची
    ७७. इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक

    माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह

    १ः जगदुल्ला गाउँपालिका, डोल्पा
    २ः नौमुले गाउँपालिका, दैलेख
    ३ः ताराखोला गाउँपालिका, बागलुङ
    ४ः अपि हिमाल गाउँपालिका, दार्चुला
    ५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ
    ६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर
    ७ः नौगाड गाउँपालिका, दार्चुला
    ८ः थवाङ गाउँपालिका, रोल्पा
    ९ः ताँजाकोट गाउँपालिका, हुम्ला
    १०ः अजिरकोट गाउँपालिका, गोरखा
    ११ः थुलुङ दुधकोशी गाउँपालिका, गोरखा
    १२ः मार्मा गाउँपालिका, दार्चुला
    १३ ःचन्द्रकोट गाउँपालिका, गुल्मी
    १४ः आमचोक गाउँपालिका, भोजपुर
    १५ः लेकम गाउँपालिका, दार्चुला
    १६ः आलिताल गाउँपालिका, डडेलधुरा
    १७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा
    १८ः मुड्केचुला गाउँपालिका, डोल्पा
    १९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
    २०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व
    २१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ
    २२ः रोल्पा नगरपालिका, रोल्पा
    २३ः बंगलाचुली गाउँपालिका, दाङ
    २४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी
    २५ः दुर्गाथली गाउँपालिका, बझाङ
    २६ः सानीभेरी गाउँपालिका, सुर्खेत
    २७ः रामप्रसाद गाउँपालिका, भोजपुर
    २८ः नाम्खा गाउँपालिका, हुम्ला
    २९ः रामनगर गाउँपालिका, सर्लाही
    ३०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
    ३१. पलाता गाउँपालिका, कालीकोट
    ३२. मेलौली नगरपालिका, बैतडी
    ३३. परिवर्तन गाउँपालिका, रोल्पा
    ३४. भगवतीमाई गाउँपालिका, दैलेख
    ३५. धुर्कोट गाउँपालिका, गुल्मी
    ३६. शहीद लखन थापा गाउँपालिका, गोरखा
    ३७. ताप्ली गाउँपालिका, उदयपुर
    ३८. रौतामाई गाउँपालिका, उदयपुर
    ३९. सुनिल स्मृति गाउँपालिका, रोल्पा
    ४०. आँबुखैरहनी गाउँपालिका, तनहुँ
    ४१. मरिण गाउँपालिका, सिन्धुली
    ४२. भीमसेन थापा गाउँपालिका, गोरखा
    ४३. प्यूठान नगरपालिका, प्यूठान
    ४४. बलेफी गाउँपालिका, सिन्धुपाल्चोक
    ४५. शुभकालिका गाउँपालिका, कालीकोट
    ४६. हरिपुरगढी गाउँपालिका, सिन्धुली
    ४७. लुङ्ग्री गाउँपालिका, रोल्पा
    ४८. माण्डवी गाउँपालिका, प्यूठान
    ४९. अजयमेरु गाउँपालिका, डडेल्धुरा
    ५०. रुबिभ्याली गाउँपालिका, धादिङ
    ५१. रिब्दीकोट गाउँपालिका, पाल्पा
    ५२. रुरुक्षेत्र गाउँपालिका, गुल्मी
    ५३. मालिका गाउँपालिका, गुल्मी
    ५४. खोटेहाङ गाउँपालिका, खोटाङ
    ५५. बलरा नगरपालिका, सर्लाही
    ५६. सुनापति गाउँपालिका, रामेछाप

    नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

    १ः काइके गाउँपालिका, डोल्पा
    २ः छार्का साङतोङ गाउँपालिका, डोल्पा
    ३ः उदयपुरगढी गाउँपालिका, उदयपुर
    ४. कपुरकोट गाउँपालिका, सल्यान

    स्वतन्त्रले प्रमुख जितेका स्थानीय तह

    १ः साल्पासिलिछो गाउँपालिका, भोजपुर
    २ः मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा
    ३. खाडाचक्र नगरपालिका, कालीकोट
    ४. सान्नी त्रिवेणी गाउँपालिका, कालीकोट
    ५. डिलासैनी गाउँपालिका, बैतडी

    जसपाले प्रमुख जितेको स्थानीय तह

    १.खिजिदेम्बा गाउँपालिका, ओखलढुंगा
    २. करैयामाई गाउँपालिका, बारा
    ३. जनकनन्दनी गाउँपालिका, धनुषा
    ४. करैयामाइ गाउँपालिका, बारा

    नेमकिपाले प्रमुख जितेको स्थानीय तह

    १ः भक्तपुर नगरपालिका, भक्तपुर

    राष्ट्रिय जनमोर्चाले प्रमुख जितेको स्थानीय तह

    १. बरेङ गाउँपालिका, राष्ट्रिय जनमोर्चा

     

  • सुनिता डंगोललाई प्रश्नः बालेनले जिते महानगरमा तपाईंसँग ट्युनिङ मिल्ला ?

    सुनिता डंगोललाई प्रश्नः बालेनले जिते महानगरमा तपाईंसँग ट्युनिङ मिल्ला ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भए पनि उपमेयर उम्मेदवार सुनिता डंगोललाई बधाईको ओइरो लाग्न थालिसकेको छ । प्रतिस्पर्धी उम्मेदवारसँग भीमकाय अन्तराल कायम हुँदा उनको जित निश्चितप्रायः देखिन्छ ।

    एमालेबाट उम्मेदवार बनेकी सुनिताले सुरुदेखि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा चारगुणा बढी मत ल्याइरहेकी छन् । पूर्ण रुपमा एकतर्फी देखिएको यो प्रतिस्पर्धामा खासै उत्सुकता बाँकी छैन ।

    सुनिता चाहिँ कत्तिको निर्धक्क छिन् ? उनैलाई सोधियो ।

    ‘अझै बाँकी छ कति काउन्टिङ, तर अहिलेसम्म राम्रो भइरहेको छ । हेर्दै जाउँ’, सुनिताले जवाफ दिइन् ।

    जति भोट बढ्दै जान्छ, त्यति जिम्मेवारी थपिएको महसुस हुँदै गएको उनको अनुभव छ । ‘मेरो लागि प्रत्येक भोटले जिम्मेवारी थपिरहेको छ, ममाथि गरिएको आशा र भरोसालाई खेर जान दिनु हुँदैन भन्ने भावना प्रगाढ बनिरहेको छ’, उनले भनिन् ।

    सुनिताले सुरुमा काठमाडौंको मेयरमै उम्मेदवारी दिने सोच बनाएकी थिइन् । तर, एमालेले उपमेयर अफर गरेपछि उनले स्वीकारेकी हुन् । यो निर्णय उनका निम्ति निकै फाइदाजनक देखिएको छ । सुनिता आफैले नसोचेको भोट ल्याइरहेकी छिन् ।

    उनलाई यति धेरै भोट किन ओइरियो ?

    उनको आफ्नै विश्लेषण यस्तो छः

    ‘यो जनताको माया र आशीर्वाद हो । एमालेजस्तो जनतामाझ स्थापित पार्टीको उम्मेदवार हुन पाउनु नै मेरो लागि सबैभन्दा ठूलो कुरा थियो । यसका अतिरिक्त मैले विगतदेखि गर्दै आएको कामलाई समेत हेरेर मेरो क्षमतामाथि विश्वास गरेर भोट दिनुभएको जस्तो लाग्छ । यो माया र विश्वासप्रति म अत्यन्त अनुगृहीत छु । मलाई प्राप्त भएको प्रत्येक मतको जतन गर्नेछु ।’

    यता, मेयरको प्रतिस्पर्धामा भने ठूला दलहरुलाई स्तब्ध तुल्याउँदै स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् । उनी पनि निकट प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर अन्तरले अगाडि छन् । यसर्थ, काठमाडौं महानगरवासीले बालेन र सुनितालाई मेयर र उपमेयरको कुर्सीमा देख्न थालिसके ।

    सुनिता भने अहिले त्यसरी अनुमान गरिहाल्नु हतार हुने बताउँछिन् ।

    ‘मत गणना अहिले पनि सुरुवाती अवस्थामै छ र धेरै मतहरु गन्न बाँकी रहेकाले परिणाम यस्तै होला भनेर ठोकुवा गर्न सकिन्न । अरु सबैलाई जस्तै मलाई पनि उत्सुकता बढिरहेको छ । तर, जे परिणाम आउँछ, त्यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ किनकि जनता नै अन्तिम निर्णयकर्ता हुनुहुन्छ’, सुनिताले भनिन् ।

    चुनावी अभियानका क्रममा सुनिताले बालेन साहको विषयमा गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । उनले एउटा भाषणमा आफूले चुनाव जितेपछि काठमाडौंमा एमफी थियटर बनाउने र बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् । अब बालेन नै मेयर बन्ने सम्भावना बढेपछि सुनिता के भन्छिन् ?

    उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै भनिन्, ‘मेरो भनाइलाई कसले कसरी बुझ्नु भयो, तर मैले त्यस्तो गलत त बोलेको थिइनँ । र्‍याप भनेको नराम्रो कुरा होइन । यो पनि संगीतको एउटा विधा हो । उहाँले यदि मेयर जित्नुभयो भने पनि र्‍याप गाउन छोड्नुपर्छ जस्तो लाग्दैन । भोलि मेयरकै पदमा बसेर पनि एमफी थिएटरमा गाउन सक्नुहुन्छ । अरु देशमा पनि हामीले विभिन्न उच्च ओहदामा रहनुभएका व्यक्तिहरुले आफ्नो विशेष कलाहरु स्टेजमा देखाउनुभएको पाउँछौं । त्यसैले यो नराम्रो हुँदै होइन ।’

    उनी थप्छिन्, ‘काठमाडौंमा युवाहरुलाई यस्तो प्लेटफर्म होस्, जहाँ उनीहरुले आफ्नो विभिन्न प्रतिभा प्रष्फुटन गर्न सकून् भन्ने अवधारणा हो । त्यसैले एमफी थिएटरको कुरा गरेको थिएँ । बालेनजीले जिते पनि नजिते पनि त्यहाँ पफर्म गर्न सक्नुहुन्छ । लिडरसिपमा भएको मान्छेले आफ्नो प्रतिभालाई स्टेजमा प्रस्तुत गर्नु भनेको त राम्रो हो । यसले अरुलाई पनि प्रोत्साहन मिल्छ नि होइन र ? यो कुरालाई लिएर कसैले मन दुखाउनु पर्दैन जस्तो लाग्छ । यदि म उपमेयर भएँ पनि आफै पनि स्टेजमा पफर्म गर्नलाई धक मान्ने छैन ।’

    यदि बालेन मेयरमा निर्वाचित भएमा उनले यो नतिजालाई कसरी लिनेछिन् ?

    सुनिता भन्छिन्, ‘सबैभन्दा पहिले त कुनै पनि निर्णय आफैमा सकारात्मक वा नकारात्मक हुँदैन । त्यसलाई हामीले सकारात्मक बनाउने हो । यो चुनावको रिजल्ट जे आए पनि मैले सही वा गलत भन्न मिल्दैन । यो रिजल्टलाई सही सावित गर्ने हाम्रै हातमा हुन्छ । हामीले टिमवर्क गरेर काठमाडौं बासिन्दाको हितमा काम गर्न प्रयास गर्ने हो ।’

    अन्तिममा सुनितालाई सोधियो, ‘बालेन एउटा स्वतन्त्र उम्मेदवार, तर तपाईं एउटा पार्टीको प्रतिनिधि । तपाईंहरुको ट्युनिङ कत्तिको मिल्ला ?’

    उनले जवाफ दिइन्, ‘यो विषयमा चाहिँ अहिले नै बोल्नु अलि हतारो हुन्छ जस्तो लाग्छ । हामी सबैले समयलाई नै प्रतीक्षा गर्नुपर्ला । तर, यति चाहिँ भन्छु कि जेसुकै रिजल्ट आए पनि काठमाडौं महानगरवासीले गर्नुभएको विश्वासलाई कदर गर्दै सामूहिक भावनाका साथ काम गर्न म आफ्नोतर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’

  • नेपालगन्ज उपमहानगरको मेयरमा गठबन्धन दोब्बर मतले अगाडि

    नेपालगन्ज उपमहानगरको मेयरमा गठबन्धन दोब्बर मतले अगाडि

    रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारभन्दा झन्डै दोब्बर मतले अगाडि रहेका छन् ।

    कांग्रेसका विष्टले ८३४० मत पाउँदा एमालेका पशुपतिदयाल मिश्रले ४३७७ मतमात्रै पाएका छन् । उनी विष्टभन्दा ३९६३ मतले पछाडि छन् । मेयरमै राप्रपाका नन्दलाल वैश्यले ३३६१ मत ल्याएका छन्।

    उपप्रमुखमा गठबन्धनबाट जसपाका कमरुद्दिन राईले ६७८८ मत पाएका छन् । राईलाई राप्रपाकी विन्दु चर्ती मगरले ४३६१ मतका साथ पछ्याइरहेकी छन्। त्यस्तै नेकपा एमालेकी शान्तिदेवी ढकाल ४२०० मत पाएकी छन् ।

    हालसम्म नेपालगञ्जमा वडा नम्बर १, २, ३, ४, २०, २१, २२ र २३ को मतगणना सकिएको छ ।

  • बबई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    बबई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    दाङ ।बबई गाउँपालिकामा नेपाली कांग्रेसले जिते छ । अध्यक्षमा कांग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६१५ मत प्राप्त गरेका थिए ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुवनेश्वर पौडेलले पाँच हजार ५३८ मत प्राप्त गरे । पौडेलले २०७४ सालमा गाउँपालिका अध्यक्ष जितेका थिए । यसपटक पनि पार्टीले उनैलाई उम्मेदवार बनाएको थियो ।

    गाउँपालिका अध्यक्षमा नेकपा माओवादीका केन्द्रका भिमबहादुर वलीले दुई हजार १८ मत मात्र प्राप्त गरे । यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसकी बमकुमारी खड्काले ६ हजार ४०० मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रा विश्वकर्माले पाँच हजार ४१४ मत प्राप्त गरिन् । उनी पनि यसअघि सोही गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

    माओवादीकी उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले दुई हजार २५६ मत प्राप्त गरिन् । बबईका सात वटा वडामध्ये चार वडामा नेपाली कांग्रेस र तीन वडामा नेकपा एमाले विजयी भएको छ ।

  • बन्दीपुर गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

    बन्दीपुर गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएका हुन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर छ ।

    अध्यक्षमा विजयी थापाले तीन हजार दुई सय २९ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा (माओवादी) केन्द्रका पूर्णसिं थापाले तीन हजार एक सय ६६ मत प्राप्त गरे ।

    उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (माओवादी) केन्द्रका करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन् ।

    छ वटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली काङ्ग्रेसले एक वडा जितेको छ । एमालेले वडा नम्बर १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५, काङ्ग्रेसले ३ नम्बर वडा जितेको छ ।

    १५ हजार छ सय ३८ मतदातामध्ये निर्वाचनमा दश हजार दुई सय पाँच मत खसेको थियो ।

  • गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

    गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

    महोत्तरी । नेकपा माओवादीका शिर्षनेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् ।

    पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो ।

    अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो ।

    निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ ।

    बर्दिबास-३ नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन वटा गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ ।

  • रामकुमारी झाँक्रीको नगरपालिकामा एमालेले गठबन्धनलाई हरायो

    रामकुमारी झाँक्रीको नगरपालिकामा एमालेले गठबन्धनलाई हरायो

    रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एसका सचिव रामकुमारी झाँक्रीको क्षेत्रमा रहेको गुल्मीको मुसिकोट नगरपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदार विजयी भएका छन् । सत्तारुढ दलको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा एमालेका जीवलाल खरेल ७ हजार ३ सय ९९ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी उपप्रमुखमा एमालेका गंगा श्रेष्ठ ७ हजार ११ मत ल्याएर विजयी भएकी छन् ।

    नगरप्रमुखमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए भने उपप्रमुख एकीकृत सामाजवादीका श्रीराम महत ६ हजार ३ सय २३ मत ल्याएका छन् ।

    नगरमा रहेका रहेका ९ वटा वडाहरुमध्ये ५ नेकपा एमाले ४ वटा कांग्रेस जितेको छ । एमाले सचिव विष्ट र नेकपा एस सचिव झाँक्री आफ्ना उम्मेदारलाई जिताउन निकै मेहनतका साथ मुसिकोटमा लागेका थिए ।

  • लमजुङको बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    लमजुङको बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    काठमाडौं । लमजुङको सदरमुकाम बेंसीसहर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    नगरपालिकाको प्रमुखमा गुमानसिंह अर्याल पुनः निर्वाचित भएका हुन् । शिक्षक पेशा त्यागेर उम्मेदवारी दिएकी पद्मा गुरुङ उपप्रमुखमा चुनिइन्। दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् ।

    सत्ता गठबन्धनका मेयर उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई एमालेका अर्यालले २ हजार ८ मतान्तरले हराएका छन् ।

  • भक्तपुरका ३८ मध्ये २७ वटा वडाको आयो नतिजाः एमालेले गुमायो २ वटा वडा, एउटा कांग्रेस अर्कोमा राप्रपा (सूचीसहित)

    भक्तपुरका ३८ मध्ये २७ वटा वडाको आयो नतिजाः एमालेले गुमायो २ वटा वडा, एउटा कांग्रेस अर्कोमा राप्रपा (सूचीसहित)

    भक्तपुर । भक्तपुरका चार नपाका ३८ वटा वडामध्ये २७ वटाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ११, नेपाल मजदुर किसान पार्टीले १०, एमालेले ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडामा जीत निकालेको छ ।

    नेमकिपाले भक्तपुरका चार नपामध्ये भक्तपुर नपामा प्रमुख, उपप्रमुख र १० जनै वडा अध्यक्ष जितेर शत प्रतिशत नतिजा निकालेको छ । उसले अरु तीन नपाका वडामा भने खाता खोल्न सकेको छैन ।

    नेपाली कांग्रेसले मध्यपुर थिमि नपाका ५ र सूर्यविनायक तथा चाँगुनारायण नपाका ३–३ गरी ११ वटा वडा जितेको हो । एमाले चाँगुनारायण नपाका २ र मध्यपुर थिमि र सूर्यविनायक नपाका १–१ गरी ४ वटा वडामा अध्यक्ष जितेको छ ।

    भक्तपुरमा राप्रपाले पहिलोपटक चाँगुनारायण नपा ६ नम्बर वडामा खाता खोलेको छ । अघिल्लो निर्वाचनमा शून्य रहेको राप्रपाबाट यसवर्ष उक्त वडामा धनबहादुर लामा अध्यक्ष निर्वाचित भएका हुन् ।

    सार्वजनिक नतिजाअनुसार अघिल्लो निर्वाचनमा जितेका वडामध्ये एमालेले यसपटक २ वटा वडा गुमाएको छ । उसले सूर्यविनायक नपा ४ र चाँगुनारायण नपा ६ मा वडा अध्यक्ष गुमाउनुपरेको हो । यी दुई वडामध्ये सूर्यविनायक ६ मा कांग्रेसले बाजी मारेको छ भने चाँगुनारायण नपामा राप्रपाले नतिजा उल्टाएको छ । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित राप्रपाका धनबहादुर लामाले यसपटक एमालेकै उम्मेदवारलाई पछि पार्दै वडा अध्यक्ष जितेका हुन् ।

    मध्यपुर थिमि नपाको दुई वडामा भने अघिल्लो पटकको नतिजा उल्टिएको छ । अघिल्लो पटक कांग्रेसले जितेको वडा नं ४ मा यसपटक एमालेले जितेको छ । तर, अघिल्लोपटक एमालेले जितेको वडा नं ५ मा कांग्रेसले वडा अध्यक्ष जितेको छ ।

    को कहाँ जिते ?
    नेमकिपा
    भक्तपुर नगरपालिका
    प्रमुखः सुनिल प्रजापति
    उपप्रमुखः रजनी जोशी
    वडा नं १ः श्यामकृष्ण खत्री
    वडा नं २ः हरिप्रसाद बासुकला
    वडा नं ३ः राजकृष्ण गोरा
    वडा नं ४ः उपेन्द्र सुवाल
    वडा नं ५ः योगेन्द्रमान बिजुक्छे
    वडा नं ६ः हरिराम सुवाल
    वडा नं ७ः उकेश कवां
    वडा नं ८ः कृष्णप्रसाद कोजू
    वडा नं ९ः रवीन्द्र ज्याख्व
    वडा नं १०ः लक्ष्मीप्रसाद ह्यौमिखा

    नेपाली कांग्रेस
    मध्यपुर थिमि नपा १ः बाबुकाजी डंगोल
    मध्यपुर थिमि नपा २ः श्रीकृष्ण श्रेष्ठ
    मध्यपुर थिमि नपा ३ः कृष्णहरि आचार्य
    मध्यपुर थिमि नपा ५ः बालकृष्ण श्रेष्ठ
    मध्यपुर थिमि नपा ६ः ज्ञानदास प्रजापति
    चाँगुनारायण नपा १ः सिजन कार्की
    चाँगुनारायण नपा २ः सोम प्रधान
    चाँगुनारायण नपा ५ः जयन्द्र खड्का
    सूर्यविनायक नपा २ः प्रदीप कार्की
    सूर्यविनायक नपा ३ः दीपेन्द्र केसी
    सूर्यविनायक नपा ४ः लक्षुमन न्यौपाने

    नेकपा एमाले
    सूर्यविनायक नपा १ः सानुकाजी कायस्थ
    मध्यपुर थिमि नपा ४ः बालकृष्ण श्रेष्ठ
    चाँगुनारायण नपा ३ः श्यामसुन्दर धिमाल
    चाँगुनारायण नपा ४ः रोजबहादुर लामा

    राप्रपा
    चाँगुनारायण नपा ६ः धनबहादुर लामा

     

  • संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

    संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

    संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा निर्वाचित भएका छन् ।

    लामाले १ हजार ८०३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४१६ मत ल्याए ।

    उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन् । उनले १ हजार ७९१ मत ल्याउँदा नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेले १ हजार ५३६ मत ल्यार दोस्रो भए । यसअघि भोटखोलाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितको थियो ।

     

  • ललितपुरको महाँकालमा कांग्रेसका केसी विजयी

    ललितपुरको महाँकालमा कांग्रेसका केसी विजयी

    ललितपुर । ललितपुरको महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी विजयी भएका छन् । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का डोल्मामाया गोले विजयी भएकी छन् ।

    गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल विजयी विजयी भए ।

  • विराटनगर: मेयरमा कांग्रेस अगाडि, वडा जित्नेमा एमाले पहिलो

    विराटनगर: मेयरमा कांग्रेस अगाडि, वडा जित्नेमा एमाले पहिलो

    विराटनगर । मेयरमा पछि परे पनि विराटनगर महानगरपालिकामा नेकपा एमालेले वडामा अग्रता लिएको छ ।

    मत गणना सम्पन्न भएका ६ वटा वडामध्ये तीन वडा अध्यक्षमा एमालेले जित निकालेको हो ।

    अहिलेसम्म मतगणना सम्पन्न भएका वडा १, २, १६, १७, १८, र १९ को सार्वजनिक मत परिणामअनुसार १, २ र १९ मा क्रमशः एमालेका काजी बस्नेत, कुमार पोखरेल, र श्याम घिमिरे विजयी भएका छन् । त्यसैगरी कांग्रेसले अहिलेसम्म १६ नम्बर वडामा जित निकालेको छ । कांग्रेसका उद्धव भुजेल विजयी भएका छन् ।

    १८ नम्बर वडामा स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार जितेन्द्र साह विजयी भएका छन् भने जनता समाजवादी पार्टीका समिम कमर १७ नम्बर वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

    यहाँ मेयरमा भने कांग्रेसका नागेश कोइराला ८४४७ मतसहित अगाडि छन् । एमालेका उममेदवार सागर थापाले ६२४७ मत प्राप्त गरेका छन् ।

    यसैगरी उपमेयरमा एमालेकी शिल्पा कार्कीले अग्रता लिएकी छिन् । शिल्पाले ७१११ मत प्राप्त गरेकी छिन् भने अमरेन्द्र यादवले ४६४५ मत मात्र ल्याएका छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा महानगरमा कांग्रेसले १९ वडामध्ये ८ वटा वडामा जित निकालेको थियो । जसपाले ६ वटा वडा र एमालेले ३ वटा वडामा जित निकालेको थियो ।

    माओवादी केन्द्रले एउटामा वडा अध्यक्ष जितेको थियो ।

  • तनहुँकाे भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    तनहुँकाे भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    काठमाडाैं । तनहुँकाे भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो ।

    नगर प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत प्राप्त गरे ।

    उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत प्राप्त गरे ।

    नगरपालिकाकाे २, ३, ७, ८ र ९ वडा एमालेले जित्दा १, ४, ५ र ६ कांग्रेसले जितेको छ । कूल २४ हजार ८८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो ।

  • अर्घाखाँचीको मालारानीमा एमालेले गठबन्धनलाई हरायो, अध्यक्षमा भट्टराई र उपाध्यक्षमा पोखरेल विजयी

    अर्घाखाँचीको मालारानीमा एमालेले गठबन्धनलाई हरायो, अध्यक्षमा भट्टराई र उपाध्यक्षमा पोखरेल विजयी

    रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले पाँच दलीय गठबन्धनका उम्मेदारलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।

    एमालेबाट अध्यक्षमा दलबहादुर भट्टराईले पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्रीलाई १ हजार ५ सय ५७ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले ८ हजार २ सय ८३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए भने क्षेत्रीले ६ हजार ७ सय २६ मत ल्याए ।

    उपाध्यक्षमा एमालेकी दीपा पोखरेलले गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनाललाई १ हजार ४ सय ९८ मतान्तरले पराजित गरिन् । पोखरेलले ८ हजार १ सय ५५ मत ल्याएर विजयी भइन् । खनालले ६ हजार ६ सय ५७ मत ल्याए ।

    २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गर्दै एमालेले जितेको थियो। ३ नगर र ३ गाउँपालिका रहेको जिल्लाका तीन गाउँपालिकाको सम्पन्न मतगणनामा दुई पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा एक पालिकाको उपाध्यक्ष एमालेले जितेको छ भने १ पालिका अध्यक्ष मात्र कांग्रेसले जितेको छ ।

    बाँकी ३ नगरमध्ये २ नगरमा एमाले र १ नगरमा जनमोर्चा अग्रस्थानमा रहेको छ ।

  • बुटवलको मेयर र उपमेयरमा मतान्तर फराकिलाे बनाउँदै कांग्रेसका पाण्डे र एमालेकी अर्याल

    बुटवलको मेयर र उपमेयरमा मतान्तर फराकिलाे बनाउँदै कांग्रेसका पाण्डे र एमालेकी अर्याल

    रुपन्देही । बुटवल उपमहानगरपालिकामा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । जारी मतगणनाअनुसार पाण्डेले १० हजार ६११ मत प्राप्त गर्दै अग्रता बढाउँदै लगेका हुन् ।

    नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले ७ हजार ८२ मत पाएका छन् । भट्टराई पाण्डेभन्दा ३ हजार ३२९ मतले पछि छन् । मेयरमै राप्रपाका मृगेन्द्र शेरचनले २०६४ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा नेकपा एमालेकी सबित्रा अर्यालले गठबन्धनका चीनबहादुर गुरुङलाई २२२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत पाउँदा गुरुङले ५ हजार ६८२ मत ल्याएका छन् । उपमेयरमै राप्रपाकी भगवती पाण्डे सैजुले २३६३ मत प्राप्त गरेकी छन् ।