Category: स्थानीय निर्वाचन–२०७९

  • ताप्लेजुङको पाथिभरा याङवरकमा गठबन्धनलाई पछि पार्दै दुवै पदमा एमाले विजयी

    ताप्लेजुङको पाथिभरा याङवरकमा गठबन्धनलाई पछि पार्दै दुवै पदमा एमाले विजयी

    विराटनगर । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा केशरकुमार सुब्बा २,८९८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार थेबेलाई २४ मतान्तरले पराजित गरेका हुन् । पराजित थेबेले २,८७४ मत ल्याएका छन् ।

    उपाध्यक्षमा रनमाया गुरुङ ३१८६ मतसहित विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रका कुमाार सुब्बा १७९१ मतमा रोकिएका छन् ।

  • जिम्मेवारी पूरा गर्न नसकेको भन्दै माओवादी प्रदेश सदस्य पाण्डेले दिए राजीनामा

    जिम्मेवारी पूरा गर्न नसकेको भन्दै माओवादी प्रदेश सदस्य पाण्डेले दिए राजीनामा

    सुर्खेत । पार्टीले दिएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे भन्दै नैतिकताकाे आधारमा नेकपा माओवादी केन्द्रका एक प्रदेश सदस्यले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत पार्टीले रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका केही वडामा जिताउन दिएकाे जिम्मा पूरा गर्न असफल भएको भन्दै प्रदेश कमिटी सदस्य जयबहादुर पाण्डे ‘पहाड’ले राजीनामा दिएका हुन् ।

    उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीलाई थप क्रान्तिकारी बनाउन र आगामी दिनमा जिताउन निरन्तर लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनलाई नेकपा माओवादीले पार्टीलाई मुसिकोट नगरपालिकाको वडा नं ६, ७ र ८ मा जिताउन जिम्मा दिएको थियो ।

    ‘वडा नं ८ मा माओवादीलाई चुनाव जिताउन सकिएन’, नेपालप्रेससँग कुरा गर्दै उनले भने, ‘त्यसैले नैतिकताको आधारमा मैले राजीनामा दिएको हो ।’

    मुसीकोट ६ मा माओवादीका भानु मल्ल वडा अध्यक्षमा विजयी भएका छन् । वडा नं ७ मा एक्कबहादुर पाण्डे निर्वाचित भएका छन् । वडा नं ८ मा नेपाली कांग्रेसका जयबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भए । यहाँ माओवादीका उम्मेदवार १८ मतले पराजित भएका थिए ।

  • कांग्रेस पूर्वसभातिलाई हराउँदै एमालेका नेपालले जिते इन्द्रावतीकाे अध्यक्ष

    कांग्रेस पूर्वसभातिलाई हराउँदै एमालेका नेपालले जिते इन्द्रावतीकाे अध्यक्ष

    सिन्धुपाल्चोक । इन्द्रवती गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । यहाँ अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा अध्यक्षमा पराजित झम्क नेपाल यसपटकले यसपटक भने चुनाव जितेका छन् ।

    सिन्धुपाल्चोक एमालेका पूर्वअध्यक्ष समेत रहेका नेपालले नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    नेपालले ६ हजार ५१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी कांग्रेसका लामाले ६ हजार ४७० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा एमालेकै शोभाना तामाङले ६ हजार ५१३ मत ल्याउँदा प्रत्यासी कांग्रेसकी दया मिश्रले ६ हजार ४७० मत ल्याएकी छन् ।

    माओवादी अध्यक्षका उम्मेदवार ठुलोबाबु श्रेष्ठले ४ हजार १६३ मत ल्याएका छन् । १२ वडा रहेको इन्द्रावतीमा एमालेले ५, कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडामा जितेको छ ।

    पहिला अरुलाई जिताएर आफू हारेका थिए नेपाल

    २०७४ सालको चुनावमा नेकपा एमालेले सिन्धुपाल्चोमा दुई नगरपालिकासहित पाँच गाउँपालिका जितेको थियो । त्यसको कमाण्डर थिए, एमाले सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल । पार्टी जिताउने कमाण्डर आफैं पनि इन्द्रावती गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए ।

    सात स्थानीय तह जिते पनि कमाण्डरले नै पराजय व्यहोरोपछि नेपालले धेरै अपजस पनि पाए । योपटक निर्वाचनका लागि मनोनयनको केही दिनअघि बुवाको मृत्यु भएपछि नेपाल काजकिरिया मा नै थिए ।

    नेपाल योपटक पुनः अध्यक्षमा नउठ्ने मनस्थितिमा थिए । २०७४ को निर्वाचनमा नेपाल कांग्रेसका वंशलाल तामाङसँग पराजित भएका थिए । त्यतिबेला नेपाल दुई सय मतान्तरमा पराजित भएका थिए । नेपालले पाँच हजार १६५ मत ल्याएका थिए भने तामाङले पाँच हजार ३६५ मत ल्याएका थिए । तर योपटक नेपाल त्योभन्दा बढी मतान्तरमा जित हासिल गर्न सफल भएका छन् ।

    इन्द्रावतीका कार्यकर्ताहरुको प्रेसर थेग्न नसकेपछि उनी सेतै पहिरनमा चुनावी अभियानमा होमिए । उनका प्रतिद्वन्द्वी थिए, कांग्रेसका पूर्व जिल्ला सभापति विकास लामा । उम्मेदवारको हिसाबले नेपाल र लामा दुवै हेभीवेटका थिए । नेपाल एमाले जिल्ला अध्यक्ष हुँदैगर्दा लामा कांग्रेस जिल्ला सभापति थिए । अर्काे संयोग– दुवैको वडासमेत एकै ।

  • लमजुङको दोर्दी गाउँपालिकामा पूर्वसांसदलाई हराउँदै एमालेका युवराज विजयी

    लमजुङको दोर्दी गाउँपालिकामा पूर्वसांसदलाई हराउँदै एमालेका युवराज विजयी

    लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा नेकपा एमालेले गठबन्धनलाई पराजित गरेको छ । अध्यक्षमा एमालेका युवराज अधिकारी ४,७३८ मत ल्याई विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लालबहादुर गुरुङलाई ८७ मतान्तरले पराजित गरेका हुन् । पराजित गुरुङले ४,६५१ मत ल्याएका छन् । अध्यक्षमा पराजित गुरु संविधानसभा सदस्य हुन् ।

    उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका बिच्छबहादुर घले ४९५८ मतसहित विजयी भएका छन् । घलेका निकटतम प्रतिद्वन्द्वी एमालेकी उषा गुरुङले ४१९० मत पाएकी छन् ।

     

  • सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका अध्यक्षमा एमालेका चौधरी निर्वाचित

    सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका अध्यक्षमा एमालेका चौधरी निर्वाचित

    काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिनानाथ चौधरी विजयी भएका छन् ।

    निर्वाचित अध्यक्ष दिनानाथले ४ हजार ८७४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी परशुराम चौधरीले ले ३ हजार ८८८ मत प्राप्त गरे ।

    उपाध्यक्षमा नेपाली कांग्रेसकी कल्पनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ४ हजार २१६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शैलेन्द्री लेखी थरुनीले ३ हजार ४५९ मत प्राप्त गरिन् ।

    ६ वटा वडा रहेको सो पालिकामा ३ वटाका अध्यक्षमा कांग्रेस, २ वडाध्यक्षमा एमाले र एउटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् ।

  • गजुरीमा गठबन्धनको जित, अध्यक्षमा माओवादीका गणेशलाल

    गजुरीमा गठबन्धनको जित, अध्यक्षमा माओवादीका गणेशलाल

    धादिङ । गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले निवर्तमान अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार राजेन्द्रविक्रम बस्नेतलाई पराजित गरेका छन् ।

    श्रेष्ठले ६ हजार ३०८ मत ल्याउँदा बस्नेतले ४ हजार ५१ मत पाए । उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी शर्मिला बिसुराल ५ हजार ६९९ मतसहित विजयी भएकी छन् ।

  • ललितपुर महानगरमा फराकिलो बन्दै चिरीबाबुको अग्रता, उपमेयर उम्मेदवार नभएको कांग्रेसको चिन्हमा २१३६ मत

    ललितपुर महानगरमा फराकिलो बन्दै चिरीबाबुको अग्रता, उपमेयर उम्मेदवार नभएको कांग्रेसको चिन्हमा २१३६ मत

    ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता फराकिलो बन्दै आएको छ । उनले ७९२० मतसहित अग्रतालाई कायमै राखेका हुन् ।

    महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३४७६ मतसहित पछ्याइरहेका छन् । महर्जनसँग व्यञ्जनकारको मतान्तर ४४४४ रहेको छ । जुन दोब्बरभन्दा बढी हो ।

    उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ४०४५ मतसहित अग्रता लिइरहेकी छन् । गठबन्धनबाट माओवादीका बाबुराज बज्राचार्यले २५१७ मत प्राप्त गरेका छन् ।

    कांग्रेस र माओवादीले चुनावी तालमेल गरेको ललितपुरमा उपमेयर उम्मेदवार नभएको कांग्रेसको चुनाव चिन्हमा २१३६ मत परेको छ । कांग्रेसले गठबन्धनका उपमेयर उम्मेदवारलाई मत दिन आनाकानी गर्दा एमालेभन्दा पछाडि परेको माओवादी नेताहरु बताउँछन् ।

    ललितपुर महानगरमा हालसम्म १४२१६ मत गणना भइसकेको छ ।गर्दा

  • मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई धक्का, गल्छीमा गठबन्धन हराउँदै एमालेका खतिवडा विजयी

    मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई धक्का, गल्छीमा गठबन्धन हराउँदै एमालेका खतिवडा विजयी

    काठमाडौं । नेकपा एसका उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रतिष्ठा जोडिएको धादिङको गल्छी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेले जित निकालेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा निवर्तमान अध्यक्ष तथा नेकपा एसका नेता कृष्णराज श्रेष्ठलाई २५२ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

    खतिवडा ७,३०९ मत ल्याइ विजयी भएका छन् । पराजित कृष्ण हरी श्रेष्ठले ७,०५७ मत ल्याएका छन् ।

    अध्यक्षमा विजयी खतिवडा एमालेका शालीन नेता हुन् । उपाध्यक्षमा भने गठनबन्धनबाट कांग्रेसका भाइराजा तिवारी विजयी भएका छन् । तिवारी ७ हजार ४९४ मतसहित विजयी हुँदा दोस्रो कार्यकालका लागि उपाध्यक्षका प्रत्यासी बनेकी एमालेकी राधा तिमल्सिनाले ७ हजार ४८ मत प्राप्त गरिन् ।

     

  • सुर्खेतको चिङ्गाडमा एमालेले भत्कायो कांग्रेसको गढ, अध्यक्षमा जिसी विजयी

    सुर्खेतको चिङ्गाडमा एमालेले भत्कायो कांग्रेसको गढ, अध्यक्षमा जिसी विजयी

    सुर्खेत । नेपाली कांग्रेसको गढ मानिने सुर्खेतको चिंगाड गाउँपालिकामा एमालेले जितेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका छन् ।

    मतदान अधिकृतको कार्यालयले गरेको घोषणाअनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् ।

    यहाँ जिसीले ३५९१ मत पाए भने शर्माले ३५५० मत प्राप्त गरे ।

    यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित भइन् ।

    यहाँ वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।

  • पत्रकारिता छाडेर निर्वाचनमा हाेमिएका दुई महिला पत्रकार बने गाउँपालिका उपाध्यक्ष

    पत्रकारिता छाडेर निर्वाचनमा हाेमिएका दुई महिला पत्रकार बने गाउँपालिका उपाध्यक्ष

    काठमाडौं । स्थानीय तह निर्वाचनअघि सम्म सक्रिय पत्रकारितामा रहेका दुई जना महिला स्थानीय तहमा उपाध्यक्ष निर्वाचित भएका छन् ।
    नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य ताप्लेजुङकी शान्ता आङबुहाङ र सोलुखुम्बुकी उपाध्यक्ष वीना राई गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

    आङबुहाङ एमालेबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी छन् । उनले २८१९ मत ल्याई गाउँपालिका उपाध्यक्ष जितेकी हुन् । उनका प्रतिस्पर्धी माओवादीका प्रजिन हाङवाङले २४१४ मत ल्याएका थिए ।

    यस्तै राईले कांग्रेसबाट सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका उपाध्यक्षमा विजयी भएकी छन् । उनले २९०६ मत ल्याएर जीत दर्ता गरिन् ।उनका प्रतिस्पर्धी एमालेकी सिर्जना राईले १७१८ मत ल्याइन् ।

    निर्वाचनअघि सक्रिय पत्रकारितामा रहेका आङवुङ र राईले उम्मेदवारी दर्ता गर्नुअघि पत्रकार महासङ्घको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

  • पाँचथरको मिक्लाजुङकाे अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    पाँचथरको मिक्लाजुङकाे अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा माओवादी कांग्रेसको गठबन्धन विजयी भएको छ । गाउँपालिकामा एमालेलाई दोस्रो बनाउँदै गठबन्धन विजयी भएको हो ।

    गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम र उपाध्यक्षमा कांग्रेसका सन्तकुमार शेर्मा ‘सन्तोष’ विजयी भएका हुन् ।

    मिक्लाजुङ गाउँपालिका अध्यक्षमा माखिमले ६०६५ र उनका प्रतिस्पर्धी एमालेका नरेन्द्रकुमार बस्नेतले ४०२६ मत पाएका छन् ।

    उपाध्यक्षमा कांग्रेसका सन्तकुमार शेर्माले ५५४२ मत ल्याई गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी धनमाया सारुले ३३७२ मत ल्याई दोस्रो भएकी छन् ।

    मिक्लाजुङ गाउँपालिकाकाे वडामा मिश्रित परिणाम आएको छ । वडा नम्बर १ मा स्वतन्त्र, २ र ३ मा कांग्रेस, ५, ६ र ७ मा माओवादी केन्द्र र ८ मा एमाले विजयी भएका छन् ।

  • सप्तरीमा सिके राउतको पार्टीले जित्यो ४ वडाध्यक्ष, नगरपालिकाको मेयरमा अग्रता

    सप्तरीमा सिके राउतको पार्टीले जित्यो ४ वडाध्यक्ष, नगरपालिकाको मेयरमा अग्रता

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा हालसम्म मतगणना सम्पन्न भएका वडामध्ये चारवटामा वडाध्यक्ष जितेको छ।
    महादेव गाउँपालिका-२ मा जनमतका जागेश्वरप्रसाद इसरले ९ सय ६६ मतसहित वडाध्यक्ष जितेका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका अमरलाल मन्डलले ६ सय ९ मत प्राप्त गरे। वलान-विहुल गाउँपालिका-१ मा जनमतका रामकुमार यादब ३ सय ९५ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन्।

    उनको निकटतम प्रतिद्धन्द्धी रहेका स्वतन्त्र उम्मेदवार प्रमोदकुमार यादबले ३ सय २६ मत ल्याए। हनुमाननगर कङ्कालिनी नगरपालिका-१ र ४ नम्बर वडामा पनि जनमतले वडाध्यक्ष जितेको छ।

    वडा-१ मा सुरेन्द्र मन्डल एक हजार ६ सय ७० मतसहित वडाध्यक्ष निर्वाचित भए। निकटतम प्रतिद्धन्द्धी जसपाका गजेन्द्रप्रसाद माझीले ४ सय ८४ मत मात्र ल्याए।

    वडा नम्बर ४ मा जनमतका मौलिकुमार मन्डल ७ सय ५७ मतसहित अध्यक्ष निर्वाचित भए। जसपाका योगेन्द्रप्रसाद शाहले ६ सय ५० ल्याएका छन्। १४ वटा वडा रहेको उक्त नगरपालिकामा चार वटा वडाको मतगणना सम्पन्न हुन बाँकी छ।

    उक्त नगरपालिकाको मेयरमा पनि जनमतकै विरेन्द्र माझी अगाडि छन्। उनले ५ हजार ५ सय ८२ मत ल्याएका छन्। जसपाका शैलेशकुमार शाहले ४ हजार ८ सय ८२ मत प्राप्त गरेका छन्।

  • कांग्रेसले जित्यो दाङको शान्तिनगर

    कांग्रेसले जित्यो दाङको शान्तिनगर

    दाङ । दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित भएकी छ्न् ।

    बस्नेतले पाँच हजार ७१६ मत प्राप्त गरी विजयी भएका हुन् । बस्नेत पाँच हजार ७१६ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका विष्णु केसीले चार हजार ५२४ मत प्राप्त गरेका छन् ।

    माओवादी केन्द्रका मोहनलाल ओलीले दुई हजार ७९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पौडेलले १०८ प्राप्त गरेका छन् ।

    अध्यक्षमा बस्नेतले केसीलाई एक हजार १९२ मतान्तरले पराजित गरेका हुन् । त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमा बुढाथोकीले पाँच हजार ७५० मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

    उनका प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले चार हजार २८ मत, राधिका परियारले तीन हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी लता बस्नेतले २८ मत प्राप्त गरेकी थिइन्।

  • जाजरकोटको शिवालय अध्यक्षमा कांग्रेसका शेरबहादुर शाही निर्वाचित

    जाजरकोटको शिवालय अध्यक्षमा कांग्रेसका शेरबहादुर शाही निर्वाचित

    जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का गीता कुमारी शाही निर्वाचित भएका छन् ।

    मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याएका छन् । उनीहरूबीच ५८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    त्यसैगरी उपप्रमुखमा सत्तागठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतको फराकिलो अन्तरले उछिनेकी छन् । माओवादी केन्द्रका शाहीले दुई हजार ६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले दुई हजार ४२९ मत मात्रै प्राप्त गरेकी हुन् ।

  • वीरगञ्ज महानगरमा एमालेका सरावगीभन्दा दोब्बर मतले गठबन्धनका सिंह अगाडि

    वीरगञ्ज महानगरमा एमालेका सरावगीभन्दा दोब्बर मतले गठबन्धनका सिंह अगाडि

    वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायमै राखेका छन् । सिंहले ८ हजार २०७ मतसहित अग्रता कायमै राखेका हुन् ।

    उनलाई एमालेका विजयकुमार सरावगीले ३ हजार ६६५ मतसहित पछ्याइरहेका छन् । निवर्तमान मेयर सराबगी गठबन्धनभन्दा ४ हजार ५४२ ले पछाडि छन् ।

    उपमेयरमा कांग्रेसका इम्तियाज आलम ५ हजार ९९६ मतसहित पहिलो स्थानमा रहेका छन् । उपमेयरमै लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९१४ मात्रै ल्याएका छन् ।

    यहाँ सत्ता गठबन्धनविरुद्ध एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए । एमालेका उम्मेदवार सराबगी निर्वाचनअघि मात्रै जसपा परित्याग त्यागेका थिए ।

    वीरगञ्ज महानगरका वडा नं १, २, ३, ४, ३०, ३१ र ३२ को मतगणना हुँदा ९ हजार ८८ मत बदर भएको छ । हालसम्म १६ हजार ६४७ मत गणना भइसकेको छ ।

  • बेलौरीको मेयरमा माओवादी र उपमेयरमा एमाले

    बेलौरीको मेयरमा माओवादी र उपमेयरमा एमाले

    कैलाली । कंचनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गठबन्धनको तर्फबाट उमेदवार बनेका पोतिलाल चौधरी ८७८७ मत ल्याएर विजयी भए । एमालेका उम्मेदवार कमला बोहराले ६८०३ मत पाइन् । अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार चौधरीले एमालेका उम्मेदवार बोहराभन्दा १९८४ मत बढी ल्याएर विजयी भएका हुन् ।

    प्रमुखमा नेपाली कांग्रेसका हरेन्द्र सिंह विष्ट ६३१२ पाएर तेस्रो भएका छन् ।

    उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका जोगराम चौधरीले ७५८३ पाएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका मञ्जु शाहीले ६८३५ पाएर दोस्रो भइन्।

    एमालेका उम्मेदवार चौधरी माओवादी केन्द्रका शाहीभन्दा ७४८ मत बढी ल्याएर विजयी भएका हुन् ।

  • सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

    सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

    जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जसपा उम्मेदवारले बाजी मारेका छन् ।

    अध्यक्षमा एमालेका सत्यनारायण यादव विजयी भएका छन् । उनले २ हजार १५१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उनका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादव २ हजार ११७ मत ल्याएका छन् । जागेश्वर निवर्तमान अध्यक्ष हुन् ।

    यस्तै उपाध्यक्षमा जसपाकी गीता कुमारी सिंह २ हजार २७२ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकला कुमारी यादव १ हजार ९६९ मत पाएकी छन् ।
    व्

  • रमेश खरेलको पार्टीले जित्यो पर्सामा वडाध्यक्ष

    रमेश खरेलको पार्टीले जित्यो पर्सामा वडाध्यक्ष

    काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले नेतृत्व गरेको नेपाल शुसासन पार्टीले पर्साको पोखरिया नगरपालिकामा वडाध्यक्ष जितेको छ।
    पोखरिया नगरपालिका९ मा शुसासन पार्टीका नौसाद आलम ८ सय ७७ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्।

    नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ७८ र नेकपा एमालेका रामेश्वर महतो चाईले ५ सय ८ मत ल्याएका छन्। उक्त नगरपालिकाको मेयरमा पनि सुसासन पार्टीको उमेद्ध्वारी रहेको छ। उक्त पार्टीका शंकर राउत अहिर २ हजार २ सय १६ मतसहित दोस्रो स्थानमा छन्।

    शीर्षस्थानमा रहेका एमालेका प्रदुमन प्रसाद चौहानको नाममा २ हजार ९ सय ५७ मत रहेको छ। हालसम्म वडा(१,२,३,९ र १० नम्बरको मतगणना सम्पन्न भएको छ। १,२,३ नम्बर वडामा एमालेले वडाध्यक्ष जितेको छ भने १० नम्बरमा कांग्रेसले हात पारेको छ।

  • धनुषाको लक्ष्मीनिया गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    धनुषाको लक्ष्मीनिया गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    गाउँपालिका अध्यक्षमा भोगेन्द्र मिश्र ३ हजार ७६५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपाका शत्रुधन यादव तीन हजार ४९७ मत पाएका छन् ।

    यस्तै उपाध्यक्षमा कांग्रेसकी फुल कुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी जसपाकै विमला कुमारी यादव तीन ४६० मत ल्याएकी छन् ।

    ०७४ को निर्वाचनमा लक्ष्मीनिया गाउपालिका अध्यक्ष जसपाले जितेको थियो ।

  • पाल्पाकाे रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

    पाल्पाकाे रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

    पाल्पा । पाल्पाकाे रामपुर नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् ।

    नेकपा एमालेका प्रतिस्पर्धी शिव अर्याललाई ३७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी भएका हुन् । थापाले १० हजार ४५६ मत ल्याउँदा अर्यालले १० हजार ८३ मतमात्रै पाएकाे निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठले जानकारी दिए ।

    उपप्रमुखमा नेपाली कांग्रेसकै बालकुमारी थापा निर्वाचित भइन् । उनले एमालेकी दुर्गादेवी रानालाई ५७ मतले पराजित गरेकी हुन् । थापाले १० हजार ३०७ मत र रानाले १० हजार २५० मत ल्याएका छन् ।

    रामपुर नगरपालिकाको १० वडामध्ये १, २, ४, ५, ६, ,७, ९ र १० गरी ७ वटा कांग्रेस र ३, ८ र १० मा एमालेको प्यानल विजयी भएको छ ।