Category: स्थानीय निर्वाचन–२०७९

  • यी हुन् अहिलेसम्म कांग्रेसले जितेका १२५ स्थानीय तह (सूचीसहित)

    यी हुन् अहिलेसम्म कांग्रेसले जितेका १२५ स्थानीय तह (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

    अहिलेसम्म सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले १२५ स्थानमा जित दर्ता गरेको छ ।

    पछिल्लो विवरणअनुसार यी हुन् कांग्रेसले जितेका स्थानीय तह

    १ः नार्पाभूमी गाउँपालिका, मनाङ

    २ः घरपोझोङ गाउँपालिका, मुस्ताङ

    ३ः नासो गाउँपालिका, मनाङ

    ४ः गुल्मी दरबार गाउँपालिका, गुल्मी

    ५ः गन्यापधुरा गाउँपालिका, डडेलधुरा

    ६ः रेसुंगा नगरपालिका, गुल्मी

    ७ः खार्पुनाथ गाउँपालिका, हुम्ला

    ८ः बडिकेदार गाउँपालिका, डोटी

    ९ः तमानखोला गाउँपालिका, बागलुङ

    १०ः स्वामीकार्तिक गाउँपालिका, बाजुरा

    ११ः लिखुपिके गाउँपालिका, सोलुखुम्बु

    १२ः भैरवी गाउँपालिका, दैलेख

    १३ः सभापोखरी गाउँपालिका, संखुवासभा

    १४ः कुमाख गाउँपालिका, सल्यान

    १५ः शिवनाथ गाउँपालिका, बैतडी

    १६ः कुम्मायक गाउँपालिका, पाँचथर

    १७ः फेदाप गाउँपालिका, तेह्रथुम

    १८ः माछापुछ्रे गाउँपालिका, कास्की

    १९ः गल्कोट नगरपालिका, बागलुङ

    २०ः दुधपोखरी गाउँपालिका, लमजुङ

    २१ः सोताङ गाउँपालिका, सोलुुखुम्बु

    २२ः हेलम्बु गाउँपालिका, सिन्धपाल्चोक

    २३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा

    २४ः ढाकरी गाउँपालिका, अछाम

    २५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ

    २६ः आमाछोदिङ गाउँपालिका, रसुवा

    २७ः मास्टा गाउँपालिका, बझाङ

    २८ः त्रिवेणी गाउँपालिका, सल्यान

    २९ः आदर्श गाउँपालिका, डोटी

    ३०ः ऐरावती गाउँपालिका, प्यूठान

    ३१ः सागुरीगढी गाउँपालिका, धनकुटा

    ३२ः कमलबजार नगरपालिका, अछाम

    ३३ः रघुगंगा गाउँपालिका, म्याग्दी

    ३४ः धनकौल गाउँपालिका, सर्लाही

    ३५ः अरुण गाउँपालिका, भोजपुर

    ३६ः आरुघाट गाउँपालिका, गोरखा

    ३७ः आठराई गाउँपालिका, तेर्हथुम

    ३८ः बराहपोखरी गाउँपालिका, खोटाङ

    ३९ः केपिलासगढी गाउँपालिका, खोटाङ

    ४०ः गंगादेव गाउँपालिका, रोल्पा

    ४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा

    ४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

    ४३ः कैलाश गाउँपालिका, मकवानपुर

    ४४ः दक्षिणकाली नगरपालिका, काठमाडौं

    ४५ः महाबु गाउँपालिका, दैलेख

    ४६ः सिलिचोङ गाउँपालिका, संखुवासभा

    ४७ः बुङगल गाउँपालिका, बझाङ

    ४८ः हरिपुर नगरपालिका, सर्लाही

    ४९ः कनकासुन्दरी नगरपालिका, जुम्ला

    ५०ः खाँदबारी नगरपालिका, संखुवासभा

    ५१ः भीरकोट नगरपालिका, स्याङजा

    ५२ः ठूलीभेरी नगरपालिका, रोल्पा

    ५३ः हिमा गाउँपालिका, जुम्ला

    ५४ः राजपुर गाउँपालिका, दाङ

    ५५ः बेलडाडी गाउँपालिका, कञ्चनपुर

    ५६ः कालिका गाउँपालिका, रसुवा

    ५७ः पूर्वीचौकी गाउँपालिका, डोटी

    ५८ः मदाने गाउँपालिका, गुल्मी

    ५९ः सन्दकपुर गाउँपालिका, इलाम

    ६०ः सायल गाउँपालिका, डोटी

    ६१ः ईश्मा गाउँपालिका, गुल्मी

    ६२ः रामारोसन गाउँपालिका, अछाम

    ६३ः चम्पादेवी गाउँपालिका, ओखलढुंगा

    ६४ः तिलागुफा नगरपालिका, कालीकोट

    ६५ः छत्रदेव गाउँपालिका, अर्घाखाँची

    ६६ः मुगुम कार्मारोंग गाउँपालिका, मुगु

    ६७ः मकालु गाउँपालिका, संखुवासभा

    ६८ः तादी गाउँपालिका, नुवाकोट

    ६९ः देवघाट गाउँपालिका, तनहुँ

    ७०ः गल्याङ नगरपालिका, स्याङ्जा

    ७१ः सिगास गाउँपालिका, बैतडी

    ७२ः बारबर्दिया नगरपालिका, बर्दिया

    ७३ः बान्नीगढी जयगढ गाउँपालिका, अछाम

    ७४ः फालेलुङ गाउँपालिका, पाँचथर

    ७५ः घ्याङलेख गाउँपालिका, सिन्धुली

    ७६ः गोकुलगंगा गाउँपालिका, रामेछाप

    ७७ः पैयुँ गाउँपालिका, पर्वत

    ७८ः तारकेश्वर गाउँपालिका, नुवाकोट

    ७९ः सिद्ध कुमाख गाउँपालिका, सल्यान

    ८०ः हिलिहाङ गाउँपालिका, पाँचथर

    ८१ः ब्रह्मपुरी गाउँपालिका, सर्लाही

    ८२ः कीर्तिपुर नगरपालिका, काठमाडौं

    ८३ः म्यागङ गाउँपालिका, नुवाकोट

    ८४ः भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक

    ८५ः पाख्रिवास नगरापालिका, धनकुटा

    ८६ः महालक्ष्मी नगरपालिका, धनकुटा

    ८७ः रैनादेवी छहरा गाउँपालिका, पाल्पा

    ८८. अमरगढी नगरपालिका, डडेल्धुरा

    ८९ः निसीखोला गाउँपालिका, बागलुङ

    ९०ः लालीगुराँस गाउँपालिका, तेर्हथुम

    ९१ः तीनपाटन गाँउपालिका, सिन्धुली

    ९२ः साकेला गाउँपालिका, खोटाङ

    ९३ः बा¥हबिसे नगरपालिका, सिन्धुपाल्चोक

    ९४ः खनियाँबास गाउँपालिका, धादिङ

    ९५ः चौरपाटी गाउँपालिका, अछाम

    ९६ः फाल्गुनन्द गाउँपालिका, पाँचथर

    ९७ः कुशे गाउँपालिका, जाजरकोट

    ९८ः दंगीशरण गाउँपालिका, दाङ

    ९९ः सुन्दरबजार नगरपालिका, लमजुङ

    १००ः भागेश्वर गाउँपालिका, डडेल्धुरा

    १०१ः शारदा नगरपालिका, सल्यान

    १०२ः हुप्सेकोट गाउँपालिका, नवलपुर

    १०३ः पाँचखपन गाउँपालिका, संखुवासभा

    १०४. चुलाचुली गाउँपालिका, इलाम

    १०५. फलेवास नगरपालिका, पर्वत

    १०६. चामुण्डा विन्द्रासैनी नगरपालिका, दैलेख

    १०७. रुन्टीगढी गाउँपालिका, रोल्पा

    १०८. धवलागिरी गाउँपालिका, म्याग्दी

    १०९. पाटन नगरपालिका, बैतडी

    ११०. नौकुण्ड गाउँपालिका, रसुवा

    १११. राप्तीसोनारी गाउँपालिका, बाँके

    ११२. बाफिकोट गाउँपालिका, रुकुम

    ११३. रामपुर नगरापालिका, पाल्पा

    ११४. सिद्धिचरण नगरपालिका, ओखलढुंगा

    ११५. तारकेश्वर नगरपालिका, काठमाडौं

    ११६. मिक्लाजुङ गाउँपालिका, मोरङ

    ११७. धनौजी गाउँपालिका, धनुषा

    ११८. महाँकाल गाउँपालिका, ललितपुर

    ११९. कालीगण्डकी गाउँपालिका, गुल्मी

    १२०. त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोक

    १२१ः सिरिजङ्गा गाउँपालिका, ताप्लेजुङ

    १२२ः लक्ष्मिनिया गाउँपालिका, धनुषा

    १२३. टेम्केमैयुङ गाउँपालिका, भोजपुर

    १२४. नरहरिनाथ गाउँपालिका, कालीकोट

    १२५. सप्तकोसी नगरपालिका, सप्तरी

  • चुनावी परिणाम उत्साहजनक भएन, अब कसरी जाने छलफल गर्छौंः झलनाथ

    चुनावी परिणाम उत्साहजनक भएन, अब कसरी जाने छलफल गर्छौंः झलनाथ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टीका लागि चुनावी परिणाम सकारात्मक नबनेको विश्लेषण बनेका छन् ।

    गठबन्धनलाई निरन्तरता दिन विषयमा पार्टीका समिक्षा गरिने उनीहरुको भनाइ छ ।आज संसद बैठकबाट निस्किँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, (हाम्रा लागि) उत्साहजनक छैन ।’

    उनले गठवन्धन जुन उद्देश्यका लागि बनेको थियो, त्यो भने पूर्ति हुँदै गएको बताए । ‘कसरी अगाडि जान्छ भनेर हामी छलफ गर्नेछौं,’ उनले भने ।

    पार्टीका अर्का नेता जीवनराम श्रेष्ठले गठवन्धन आफ्नो पार्टीका लागि प्रभावकारी नबनेको प्रतिक्रिया दिए । उनले भने, ‘अहिले नै निचोडमा पुग्ने अवस्था त बनिसकेको छैन । तर, हाम्राे लागि गठबन्धन प्रभावकारी नभएको देखियो । सबै परिणाम आइसकेपछि समीक्षा गर्नेर्छौं ।’

  • चार हजार वडा अध्यक्षको अन्तिम नजिता, ४० प्रतिशत कांग्रेसकाे पाेल्टामा 

    चार हजार वडा अध्यक्षको अन्तिम नजिता, ४० प्रतिशत कांग्रेसकाे पाेल्टामा 

    काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ हजार वडा अध्यक्ष पदकाे नतिजा सार्वजनिक भएकाे छ । जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ४० प्रतिशत जित हात पारेको छ ।

    निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार मुलुकभरका ६ हजार ७४३ वटा वडामध्ये चार हजार ११० वटाको अन्तिम नतिजा सार्वजनिक भएकाे छ । जसमा कांग्रेसले १६६९ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै एक सय वटा वडामा अग्रता लिइरहेको छ ।

    नेकपा एमालेले १२७७ वटा वडा जित्दा १०९ वडामा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ७२२ वटा वडामा अध्यक्ष जितेको छ । २९ वटा वडामा उसले अग्रता लिइरहेको छ ।

    नेकपा एकीकृत समाजवादीले १०५ वटा वडामा अध्यक्ष जितेको छ भने १५ वडामा अग्रता लिइरहेको छ ।

    अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट ३३७ वटा वडा अध्यक्ष निर्वाचित भएका छन् । २० वटा वडामा अग्रता लिइरहेकाे आयाेगले जनाएकाे छ ।

  • काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ उम्मेदवारले एक मत पनि पाएनन्

    काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ उम्मेदवारले एक मत पनि पाएनन्

    काठमाडौं । काठमाडौं महानगरपालिको मेयर पदका लागि ५५ जना चुनावी मैदानमा छन् । मतगणना जारी रहँदा लौरो चुनाव चिन्हसहित बालेन साह सबैभन्दा अगाडि छन् । २६ हजार ३१९ मतगणना भइसक्दा साहले १००३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित पाँच हजार ४४५ मत पाएका छन् । मेयरमा उम्मेदवारी दिएका ५५ जनामध्ये १९ उम्मेदवारले एक मत पनि पाउन सकेका छैनन् ।

    एक मत पनि नपाउनेमा स्वतन्त्रसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार पनि छन् । राष्ट्रिय यथार्थवादी पार्टी, नेपालका आनन्दराज जोशी, नेपाल जनता पार्टीकी सरिता घिमिरेलगायतले एक मत पनि पाउन सकेका छैनन् ।

    त्यस्तै स्वतन्त्र उम्मेदवारहरू स्वइट थापा, बच्पनराज श्रेष्ठ, इन्द्रमणि कपाली, शैलेन्द्रमान श्रेष्ठ, उमेशकुमार सिंह, महेन्द्र प्रजापति, विपीनराज वैद्य, रजितमान शाक्य, न्हुज मानन्धर, प्रणेशबहादुर मल्ल, किरण रंजित, सूर्य थापा (श्रेष्ठ), रोशन शाही, मिनकान्त पाण्डे, जेठा महर्जन, मनिस श्रेष्ठ र सुनिल श्रेष्ठले एक मत पनि पाउन सकेका छैनन् ।

    उम्मेदवारी दिएकामध्ये नौजना उम्मेदवारले एक मत मात्र पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठले एक मत पाएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, स्वतन्त्र उम्मेदवार राजन कार्की, रविकान्त मानन्धर, कान्ति तुलाधार ९बज्राचार्य०, शैलेश ढुंगाना, दिपक सिलवाल र विनय स्थापितले एक मत मात्र पाएका छन् ।

    त्यस्तै उपमेयरतर्फ पनि पाँचजना उम्मेदवारले एक पनि पाउन सकेका छैनन् । तीनजनाले एक मत पाएका छन् । खाता पनि खोल्न नसक्नेमा स्वतन्त्र उम्मेदवारहरू नरेन्द्रमान डंगोल, रन्जन डंगोल, आशीषचन्द्र तुलाधर, रवि नापित र अम्बरबहादुर खत्री छन् । आशीष महर्जन, सानु महर्जन र कृष्ण तण्डुकारले एक मत पाएका छन् ।

     

  • सिरहामा मत ईन्ट्रीमा त्रुटी हुँदा तनाव: मतगणनास्थलमा तोडफोड, पुन: मतदानको माग

    सिरहामा मत ईन्ट्रीमा त्रुटी हुँदा तनाव: मतगणनास्थलमा तोडफोड, पुन: मतदानको माग

    जनकपुरधाम । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको मतगणनास्थलमा तोडफोड गरिएको छ । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ ।

    ६ वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकामा कुल २ हजार ३९२ मत खसेको थियो । तर कर्मचारीले ३ हजार १६२ मत खसेको भन्दै ईन्ट्री गरे । तर मतगणनाको अन्तिम अवस्थामा निर्वाचन अधिकृतको कार्यालयले २ हजार ३९२ मत मात्र खसेको तथ्यांक सार्वजनिक गरेपछि जसपाका नेता कार्यकर्ता तोडफोडमा उत्रेका छन् ।

    उनीहरुले मतगणनास्थलमा ढुंगामुडा गरेपछि प्रहरीसंग पटक पटक झडप भएको छ । स्थिति नियन्त्रणमा लिन समस्या भएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी समेत त्यहाँ पुगेका छन् ।

    निर्वाचन अधिकृत देवीप्रसाद सुवेदी भन्छन्, ‘डाटा ईन्ट्रीमा कर्मचारीबाट मिस्टेक भएको हो । तर धाधली भयो भनेर यहाँ तोडफोड गरिएको छ ।’ उनले सिडिओ आएपछि अहिले छलफल चलिरहेको बताए ।

    जसपाले धाधली भएको भन्दै पुन: मतदान गराउनुपर्ने माग गरेको छ । गाउँपालिकाको वडा १,२,३,४ र ५ को मतगणना सकिसकेको छ । वडा ६ को मत गणना गरिरहँदा तोडफोड सुरु गरेका कारण अहिले मतगणना रोकिएको छ ।

  • रोचक संयोग- बडिमालिकामा एमालेबाट मेयर र उपमेयरमा पत्रकार बिजयी, हार्ने पनि पूर्व पत्रकार

    रोचक संयोग- बडिमालिकामा एमालेबाट मेयर र उपमेयरमा पत्रकार बिजयी, हार्ने पनि पूर्व पत्रकार

    कैलाली । बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा पत्रकारिता गरेका एमालेका उम्मेदवार अमर खड्का प्रमुखमा निर्वाचित भएका छन् ।

    उनले ४०१८ मत पाएर विजयी भएका हुन् । खड्का केही वर्ष अघिसम्म काठमाडौंको दृष्टी साप्ताहिकमा काम गर्थे ।

    यस्तै उपमेयर जितेकी नन्दा थापा पनि पत्रकार हुन् । उनले ४१७४ मत पाइन् । उपमेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन् । उनि प्रेस चौतारी बाजुराकि अध्यक्ष पनि हुन् ।

    बडिमालिका नगरपालिकामा पराजित भएका कांग्रेसका उम्मेदवार धनराज पण्डित पनि पुर्व पत्रकार हुन् । उनी पत्रकार महासघ सदस्य समेत भइसकेका छन् । पन्डितले भन्दा खड्काले ३६६ मत बढी ल्याए विजयी भएका थिए । उप प्रमुखमा पनि थापा र राधिका सिंहको ८२३ मतको फरक छ ।

    खड्का र थापाको टीमले ०७४ सालको चुनावमा कांग्रेसले जितेको वडीमालिकामा एमालेलाई जिताएको हो ।

  • एमालेबाट फुत्कियो बन्गाड कुपिण्डे, माओवादीका कर्णबहादुर प्रमुख निर्वािचत

    एमालेबाट फुत्कियो बन्गाड कुपिण्डे, माओवादीका कर्णबहादुर प्रमुख निर्वािचत

    सुर्खेत । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनबाट नेकपा माओवादीका कर्णबहादुर बुढाथाेकी प्रमुख निर्वाचित भएका छन् ।

    एमालेकाे पकड रहेकाे बनगाड कुपिण्डे नगरपालिकाको मेयरमा माओवादी केन्द्रका बुढाथोकी ७४६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दकुमार पुनले ४७२० मात्रै मत ल्याए । प्रमुखमा पराजित पुन निवर्तमान प्रमुखसमेत हुन् । उनी नेकपा एमाले सल्यानका जिल्ला अध्यक्ष पनि हुन् ।

    यस्तै उपमेयरमा नेपाली कांग्रेसका पुरुषोत्तम आचार्यले ५७३५ ल्याएर विजयी भएका छन् । आचार्यले स्वतन्त्र उम्मेदवार दीपेन्द्र विष्टलाई पराजित गरेका हुन् । दीपेन्द्रले ४१८० मत ल्याएको निर्वाचन अधिकृत लक्ष्मीदेवी शर्माले बताइन् ।

  • सिन्धुलीको गोलन्जरमा गठबन्धन पराजित, एमालेका बराल अध्यक्षमा निर्वाचित

    सिन्धुलीको गोलन्जरमा गठबन्धन पराजित, एमालेका बराल अध्यक्षमा निर्वाचित

    सिन्धुली । नेपाली कांग्रेसको विरासत भत्काउँदै सिन्धुलीको गोलन्जोर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

    मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका शंकरराज बराल ४७४४ मतसहित अध्यक्षमा बिजयी हुँदा कांग्रेसका पुष्पवहादुर कार्की ४४६३ मतमा रोखिएका छन् ।

    उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपाने ४२४२ मतले बिजयी भएका छन् । एमालेकी ममता द देवकोटाले ३८३८ मत पाएको छन् ।

  • प्रचण्डको क्षेत्रमा गठबन्धन पराजित, माडीको मेयरमा एमालेकी ताराकुमारी विजयी

    प्रचण्डको क्षेत्रमा गठबन्धन पराजित, माडीको मेयरमा एमालेकी ताराकुमारी विजयी

    चितवन । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेले जित निकालेको छ । यसअघि माओवादीले जितेको माडीको मेयरमा यसपटक एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् ।

    निवर्तमान उपमेयरसमेत रहेकी ताराकुमारीले ९ हजार ९०१ मत प्राप्त गरेर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत पाएका छ्न् ।

    उपमेयरमा भने नेपाली कांग्रेसका खेमप्रसाद महतो ६ हजार ८३० मतले जितेका छन् ।

  • सुदूरपश्चिममा ५१ पालिकाको नतिजा: २१ मा कांग्रेस, १८ मा एमाले, ११ मा माओवादी

    सुदूरपश्चिममा ५१ पालिकाको नतिजा: २१ मा कांग्रेस, १८ मा एमाले, ११ मा माओवादी

    कैलाली । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ५१ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। ती मध्ये २१ मा काङ्ग्रेस, १८ मा एमाले, ११ मा माओवादी र स्वतन्त्र १ पालिकामा विजयी भएका छन् ।

    नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः
    १. डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
    २. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
    ३. बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
    ४.डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
    ५. अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
    ६. डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
    ७. डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
    ८. अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
    ९. अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
    १०. कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
    ११. बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
    १२. बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
    १३. बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
    १४. डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
    १५. अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
    १६. डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
    १७. बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
    १८.डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
    १९. अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
    २०. बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
    २१. बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर

    नेकपा एमाले विजयी भएका पालिकाहरूः
    १. बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
    २. बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
    ३. दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
    ४. बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
    ५. दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
    ६. डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
    ७. कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
    ८. बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
    ९. कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
    १०. दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
    ११. दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
    १२. बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ०
    १३. बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
    १४. बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
    १५. बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
    १६. दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
    १७. अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
    १८. कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुवर

    नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरूः
    १. दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
    २. दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
    ३. दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
    ४. डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
    ५. डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
    ६. दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
    ७. बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
    ८. बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
    ९. डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
    १०. अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
    ११. कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी

    स्वतन्त्र विजयी भएका पालिकाहरूः
    १. बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

  • कालीकोटको नरहरिनाथकाे अध्यक्षमा कांग्रेसका विष्ट विजयी

    कालीकोटको नरहरिनाथकाे अध्यक्षमा कांग्रेसका विष्ट विजयी

    सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र विष्ट निर्वाचित भएका छन् । उनी २६३६ मत प्राप्त गरी विजय भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले २४२५ मत ल्याएर पराजित भए ।

    उपाध्यक्षमा माओवादी केन्द्रका कमलकुमार शाह निर्वाचित भएका छन् । उनले २९१७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीता रावलले २२८३ मत ल्याइन् ।

  • भोजपुरको टेम्केमैयुङमा गठबन्धनको जित, उपाध्यक्षमा एमाले विजयी

    भोजपुरको टेम्केमैयुङमा गठबन्धनको जित, उपाध्यक्षमा एमाले विजयी

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका सरोज बस्नेत अध्यक्ष निर्वाचित भएका छन् । ७२५ मतले उछिन्दै सरोजले एमालेका ध्रुवराज राईलाई हराए । राई पालिकाका निवर्तमान अध्यक्ष हुन् । २०७४ को चुनावमा उनले गठबन्धनलाई हराएका थिए ।

    निर्वाचन आयोगका अनुसार अध्यक्षमा विजयी सरोजले ३९८० मत ल्याउँदा ध्रुव ३२५५ मा रोकिए ।

    यहाँ उपाध्यक्ष भने नेकपा एमालेले जितेको छ । एमालेकी रमा राई ९० मतान्तरका साथ विजय भइन् । उनले ३३८८ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एसकी इन्द्रावती राईले ३२९८ ल्याइन् । ७४ मा एमालेबाट उपाध्यक्ष जितेकी इन्द्रावती एमाले विभाजनसँगै एकीकृत समाजवादी प्रवेश गरेकी थिइन् ।

    टेम्केमैयुङ नेकपा एसकी केन्द्रीय उपाध्यक्ष जयन्ती राईको पालिका हो ।

  • दाेलखाकाे जिरी नगरपालिकामा एमाले विजयी, मेयरमा मित्र र उपमेयरमा कृष्णामाया निर्वाचित

    दाेलखाकाे जिरी नगरपालिकामा एमाले विजयी, मेयरमा मित्र र उपमेयरमा कृष्णामाया निर्वाचित

    दोलखा । जिरी नगरपालिकामा नेकपा एमालेले जितेको छ । कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै एमालेका मित्र जिरेल मेयरमा निर्वाचित भएका छन् ।

    उनी २९४९ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २६३२ र माओवादीको गेल्बु शेर्पाले २०३३ मत ल्याएर पराजित भएका छन् ।

    नगरपालिकाको उपमेयरमा पुनः कृष्णमाया बुढाथोकी निर्वाचित भएकी छन् । उनी नेकपा माओवादीका उम्मेदवार तेजबहादुर गोलेलाई पराजित गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

    बुढाथोकीले ३४३४ मत पाएकी छन् भने गोलेले ३१२० मत पाएका छन् । बुढाथोकी यसअघि पनि उपमेयर थिइन् ।

  • सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा सभामुख सापकोटाका भाइ विजयी

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा सभामुख सापकोटाका भाइ विजयी

    सिन्धुपाल्चोक । माओवादी केन्द्रीय सदस्य एवम् सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा “देशबन्धुले’ आफ्ना प्रत्यासीलाई फराकिलो मतान्तरमा हराउदै चौतारा साँगाचौकगढी नगरपालिकाको मेयरमा विजयी भएका छन् ।

    उपमेयरमा समाजवादीकी सीता थापाले एमालेकी बालकुमारी सापकोटालाई हराउदै जित हाँसिल गरेकी छन् ।

    सापकोटाले ११ हजार ७२ मत प्राप्त गरे भने उनका प्रत्यासी एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७११ मत ल्याए ।

    त्यसैगरी उपमेयरमा समाजवादीकी सीता थापाले ९ हजार ७२६ मत ल्याउदा उनका प्रत्यासी एमालेकी बालकुमारी सापकोटाले ७ हजार ५११ मत ल्याइन् ।

    उपमेयरमा निर्वाचीत थापा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपमेयरको प्रत्यासी थिइन भने एमालेकी बालकुमारी सापकोटा जिल्ला समन्वय समितिकी उपप्रमुख थिइन् ।

     

  • घोराही उपमहानगरमा एमाले गठबन्धनभन्दा साढे तीन हजार मतले अगाडि

    घोराही उपमहानगरमा एमाले गठबन्धनभन्दा साढे तीन हजार मतले अगाडि

    दाङ । घोराही उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनसँग एमालेले मतान्तर बढाउँदै गएको छ । सुरूवाती चरणमा अगाडि भएको गठबन्धन अहिले पछाडि पर्दै गएको छ ।

    पछिल्लो मतगणनाअनुसार एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले १७ हजार ८८४ मत ल्याएका छन् । गठबन्धनका हेमराज शर्माको मत १४ हजार ३७५ छ । शर्माभन्दा चौधरी तीन हजार ५०९ मतले अगाडि छन् ।

    यस्तै उपमेयरमा पनि एमालेले मतान्तर बढाउँदै लगेको छ । उपमेयरमा एमालेकी हुमा डीसीले १७ हजार ३४७ मत ल्याइएकी छन् । गठबन्धनका भुपबहादुर डाँगी क्षेत्रीको मत १६ हजार १६१ छ ।

  • सञ्चारमन्त्री र मुख्यमन्त्रीको नगरमा गठबन्धनलाई धक्का, भोजपुरको षडानन्दमा एमाले विजयी

    सञ्चारमन्त्री र मुख्यमन्त्रीको नगरमा गठबन्धनलाई धक्का, भोजपुरको षडानन्दमा एमाले विजयी

    भोजपुर । यहाँको षडानन्द नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका सुरेन्द्र उदास मेयरमा निर्वाचित भएका छन् । गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका वीरबल राईलाई १०१५ मतले पछि पार्दै उदासले अध्यक्ष जितेका हुन् ।

    उदासले ६७७२ मत ल्याउँदा राई ५७५७ मतमा रोकिए । उदास ७४ को चुनावमा वीरबलसँग २८२ मतान्तरले पराजित भएका थिए । उपमेयरमा भने माओवादीकी प्रमिला राई विजयी बनिन् । उनले ७२५७ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी मेरिका राईले ४३५८ मत ल्याइन् ।

    मेरिका निवर्तमान उपमेयर हुन् । यो नगरपालिका सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एसका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको गृहपालिका हो ।

    गत चुनावमा यहाँ कांग्रेस एक्लैले जितेको थियो । वीरबल मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमालेकी मेरिकाले जितेकी थिइन् । सिट बाँडफाँटको क्रममा उपमेयर बटमलाइनमा राखेको नेकपा एसले आफूलाई उपेक्षा गरेको भन्दै भागबण्डाप्रति असन्तुष्टि जनाएको थियो ।

  • डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

    डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भएका बाजीसिँह खड्का (विजय) र उपमेयरका उम्मेदवार रहेकी कलावती महर (साउँद) निर्वाचित भएका छन् ।

    मेयरमा खड्का निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई १ हजार ६२३ को मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । उनले कुल ५ हजार १३८ मत प्राप्त गर्दा एमालेका मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

    मेयरमै नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनमा लडेका नेकपा माओवादी केन्द्रका खगेन्द्रबहादुर साउँद ९केबी०ले १ हजार ९८३ मत मात्रै प्राप्त गरे ।

    मेयरकै उम्मेदवारहरू राप्रपाका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन् ।

    यस्तै उपमेयरका कांग्रेसकी महरले ४ हजार ७६८ मत प्राप्त गर्दै जित हात पारिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गर्दा माओवादी केन्द्रसँगको गठबन्धनमा लडेकी नेकपा एसकी ऐश्वर्या भण्डारी (विष्ट)ले ५७८ मत मात्रै प्राप्त गरिन् ।
    ९ वटा वडा रहेको नगरपालिकाका वडाध्यक्षहरूमा ५ मा कांग्रेस, २ मा एमाले, एकमा माओवादी केन्द्र र एकमा स्वतन्त्र९कांग्रेसका बागी० उम्मेदवार जितेका छन् ।

    कांग्रेसबाट वडा नम्बर १ मा कृष्णबहादुर साउँद, वडा नम्बर ३ मा नरायण साउँद, वडा नम्बर ५ मा गणेशबहादुर भण्डारी, वडा नम्बर ८ मा दशरथ बलायर र वडा नम्बर ९ मा हर्कबहादुर साउँद निर्वाचित भएका छन् ।

    यस्तै एमालेबाट वडा नम्बर ६ मा नरेश मलासी र वडा नम्बर ७ मा कर्णबहादुर विष्ट निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट वडा नम्बर ४ मा अशोक कुमार सोप निर्वाचित भएका छन् ।

    वडा नम्बर २ मा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर खड्का निर्वाचित भएका छन् । उनी अघिल्लो पटक पनि वडाध्यक्ष निर्वाचित भएका थिए । पार्टीले फेरी टिकट नदिएपछि उनी बागी उठेका थिए ।

    दिपायल सिलगढी नगरपालिकामा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ मा भएको निर्वाचनमा एमालेले कब्जा जमायो । जसमा एमालेका पूर्णराज जोशी जितेका थिए ।

    २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेकी उम्मेदवार मञ्जु मलासी विजयी भएकी थिइन् । जसमा कांग्रेसबाट अहिले निर्वाचित मेयर खड्का नै उनीसँग पराजित भएका थिए ।

  • अछामको तुर्माखाँदमा एमाले विजयी, विद्यार्थी नेता बिसी बने गाउँपालिका अध्यक्ष

    अछामको तुर्माखाँदमा एमाले विजयी, विद्यार्थी नेता बिसी बने गाउँपालिका अध्यक्ष

    धनगढी । अछामको तुर्माखाँदा गाउापालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा विद्यार्थी नेता एमाले निकट अनेरास्ववियुका स्थायी कमिटी सदस्य डम्बरवहादुर बिसी ३ हजार ५२३ मत ल्याई विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर बुढालाई ३० मतान्तरले पराजित गरेका हुन् । पराजित कर्णबहादुर बुढाले ३,४९३ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि एमालेकै बिमलाकुमारी शाही ३ हजार ५०१ मतसहित विजयी भएकी छन् ।

  • इलामको सुर्योदय नगरपालिकामा २४ वर्षीय युवक वडाध्यक्ष निर्वाचित

    इलामको सुर्योदय नगरपालिकामा २४ वर्षीय युवक वडाध्यक्ष निर्वाचित

    काठमाडौं । इलामको सुर्योदय नगरपालिकामा २४ वर्षीय युवक वडाध्यक्ष निर्वाचित भएका छन्।

    नेपाली कांग्रेसका उम्मेदवार उर्गेन बम्जन सुर्योदय-५ को वडाध्यक्ष निर्वाचित भएका हुन्। उनले ७ सय ५१ मत ल्याएका छन्।

    नेकपा एकिकृत समाजवादीका अनिल लिम्बुले ६ सय ६९ मत ल्याए। लिम्बुको उमेर पनि २७ वर्ष रहेको छ। नेकपा एमालेका उम्मेदवार नारायण चम्लागाईले ६ सय ४४ मत ल्याएका छन्।

    सुरुका पाँचवटा वडाको गणना हुँदासम्म कांग्रेसले तीन तथा एकिकृत समाजवादी र नेकपा एमलाले एकएक वडाध्यक्ष जितेका छन्।

    नगरपालिका प्रमुखमा एकिकृत समाजवादीका रनबहादुर राई ४ हजार ८ सय ८९ मतसहित अगाडि छन्। एमालेका काजीमान कागतेले ४ हजार ३२ मत प्राप्त गरेका छन्।

  • ताप्लेजुङको सिरिजंगामा गठबन्धन विजयी,अध्यक्षमा कांग्रेसका चौहान

    ताप्लेजुङको सिरिजंगामा गठबन्धन विजयी,अध्यक्षमा कांग्रेसका चौहान

    विराटनगर । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान ३,३४३ मत ल्याई विजयी भएका हुन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका सन्तोषकुमार चाम्लिङ्गलाई ६८ मतान्तरले पराजित गरेका हुन् । पराजित चाम्लिङ्गले ३,२७५ मत ल्याएका छन् ।

    उपाध्यक्षमा गठबन्धनबाटै माओवादीका चित्रकुमार लिम्बु ३४६९ मतसहित विजयी भएका छन् ।