Category: स्थानीय निर्वाचन–२०७९

  • मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा एमाले विजयी

    मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा एमाले विजयी

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका राममति राजमति इङ्घनाम विजयी भएकी छन् ।

    उनले ८९७५ मत ल्याएर विजयी भएकी हुन। कांग्रेसका संजय भट्टईले ५८४० मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा पनि एमालेका भोला प्रसाद अधिकारीले ९५७० मत ल्याएर विजयी भएका छन ।

    कांग्रेसका मनकुमारी गुरुगले ७१८० मत प्राप्त गरेका छन् ।

  • सुर्खेतको बराहतालमा कांग्रेसका भिमबहादुर भण्डारी विजयी

    सुर्खेतको बराहतालमा कांग्रेसका भिमबहादुर भण्डारी विजयी

    सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका अध्यक्षमा कांग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।

    भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेले ३५५५ मत प्राप्त गरेका छन् ।

    यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पुन मगर विजयी भएकी छन् । पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पराजित गरेकी हुन् ।

    विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।

  • सुर्खेतको पञ्चपुरीमा कांग्रेस विजयी

    सुर्खेतको पञ्चपुरीमा कांग्रेस विजयी

    सुर्खेत । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

    कांग्रेसका उम्मेदवार लालवीर भण्डारीले ५९०९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याए भने नेकपा माओवादीका केशबहादुर शाहीले २७८३ मत ल्याए ।

    उपप्रमुखमा कांग्रेसकै मुक्तिदेवी रेग्मी विजयी भइन् ।

    उनले ६०९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी दुर्गा कुमारी जैसीले ५१६८ तथा माओवादीका नेकपा एसका कविता सोडारीले १७५२ मत ल्याइन ।

  • पुतलीबजारमा भत्कियो एमालेको गढ, मेयर उपमेयर दुवै पदमा कांग्रेस विजयी

    पुतलीबजारमा भत्कियो एमालेको गढ, मेयर उपमेयर दुवै पदमा कांग्रेस विजयी

    काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिकामा एमालेको परम्परागत गढ भत्काउँदै पहिलो पटक कांग्रेस विजयी भएको छ ।

    मेयरमा कांग्रेसका तुलसीराम रेग्मी १२,४९४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सीमाकुमारी क्षेत्रीलाई २,४०४ मतान्तरले पराजित गरेका हुन् ।

    पराजित सीमाकुमारी क्षेत्रीले १०,०९० मत ल्याएकी छन् । पराजित क्षेत्री यसअघि २०७४ मा मेयर निर्वाचित भएकी छिन् ।

    उपमेयरमा पनि कांग्रेसकै देवी अर्याल ११ हजार ७४८ मतसहित विजयी भएकी छन् । एमालेका महेश पुरी १० हजार ७६१ मतमा रोकिएका छन् ।

  • कांग्रेसबाट जसपाले खोस्यो नवराजपुर गाउँपालिका, शिवा बने अध्यक्ष

    कांग्रेसबाट जसपाले खोस्यो नवराजपुर गाउँपालिका, शिवा बने अध्यक्ष

    जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

    अध्यक्षमा जसपाका शिव उदगार यादव ‘शिवा’ दुई हजार बढी मतान्तरले विजयी भएका छन् । उनले ४५५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व मोहन यादव मात्र २ हजार ५२५ मतमा समेटिए ।

    कांग्रेस नेतृ एवं पूर्व उपसभामुख समेत रहेकी चित्रलेखाका भाइ विश्व मोहन निवर्तमान अध्यक्ष हुन् ।

    यस्तै उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३१८ मत ल्याएर विजयी भएकी छन् ।

    उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै शोभा कुमारी यादव २ हजार ३८५ मत ल्याएकी छन् ।

  • प्युठानको नौबहिनीमा गठबन्धन पराजित गर्दै एमालेका उम्मेदवार विजयी

    प्युठानको नौबहिनीमा गठबन्धन पराजित गर्दै एमालेका उम्मेदवार विजयी

    काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिकामा गठबन्धन पराजित गर्दै एमालेले जितेको छ ।

    अध्यक्षमा नेकपा एमालेका डिलाराम थापा विजयी ६ हजार ५ सय ३७ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका शिवराज रिजालले ५ हजार ६६२ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा एमालेकी बिष्णा थापा विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका धनबहादुर बुढालाई पराजित गरिन ।

    उपाध्यक्षमा विजयी थापाले ६ हजार ३०४ मत प्राप्त गरिन । उनका प्रतिद्वन्द्वी माओवादीका बुढाले ५ हजार ६०७ मत लिएर पराजित भए ।

  • लिखु गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्की विजयी, उपाध्यक्षमा एमालेकी अस्मिता

    लिखु गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्की विजयी, उपाध्यक्षमा एमालेकी अस्मिता

    काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कुमार कार्की विजयी भएका छन् ।

    कार्कीले ३७७६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मिलन कुमार विष्टले ३४९२ मत पाएका छन् ।

    उपाध्यक्षमा भने नेकपा एमालेकी अस्मिता थापा कांग्रेसको भन्दा ११ सय बढी मत ल्याएर विजयी भएकी छन् । थापाले ४११६ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसकी प्रेमकुमारी दाहालले ३ हजार ९३ मत प्राप्त गरेकी छन् ।

    ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी अस्मिता थापा प्रदेश १ कै कम उमेरकी पालिका उपप्रमुख भएकी छन् ।

  • धुनिबेसी नगरपालिका मेयरमा गठबन्धनबाट नेकपा एसका बालकृष्ण आचार्य विजयी

    धुनिबेसी नगरपालिका मेयरमा गठबन्धनबाट नेकपा एसका बालकृष्ण आचार्य विजयी

    काठमाडौं । धादिङको धुनबेंसी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य निर्वाचित भएका छन् ।

    २०७४ सालको निर्वाचनमा पनि विजयी भएका आचार्य ८ हजार ७०६ मत पाउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५९२ मत ल्याए ।

    यसै गरी धुनीबेंसीको उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् ।

    उनले ८ हजार ३८७ मत पाउँदा प्रत्याशी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाइन् ।

    यो नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

    २०७४ सालको निर्वाचनमा धुनीबेंसीको मेयर र उपमेयर दुवै पदमा एमालेले विजयी भएको थियो

  • प्रकाशमान सिंहको क्षेत्रमा पनि बालेन र सुनिताकै प्रारम्भिक अग्रता

    प्रकाशमान सिंहको क्षेत्रमा पनि बालेन र सुनिताकै प्रारम्भिक अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को मतगणना सुरु भएको छ । यो वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यो वडा कांग्रेस नेता तथा मेयर उम्मेदवार सिर्जना सिंहका श्रीमान् प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छ ।

    प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा सिर्जना सिंह दाेस्राेमा छिन् । उनले बालेनलाइ पछ्याउँदै ६२ मत पाएकी छन् । एमालेका केशव स्थापितले ३२ मत पाएका छन् ।

    उपमेयरको प्रतिस्पर्धामा पनि एमालेकी सुनिता डंगोल नै अगाडि छन् । उनले ५१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ३२ भोट आएको छ ।

    अहिलेसम्म मेयर उम्मेदवार बालेनले १२५५३ मत ल्याएर अग्रता कायम राखेका छन् ।

    यस्तै एमाले उम्मेदवार केशव स्थापितले ६७०६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५९५७ मत ल्याएकी छन् ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनसाथ बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति (सूचीसहित)

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनसाथ बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति (सूचीसहित)

    काठमाडौं । केही दिन अघि मात्रै डिजेल र पेट्रोलको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि भएको थियो ।

    अब सार्वजनिक यातायातको भाडा पनि त्यसरी नै वृद्धि हुने भएको छ । सरकारले भोलिबाट राष्ट्रिय स्तरका रुटमा भाडा वृद्धि गर्ने भएको हो ।

    स्वचालित भाडा समायोजन अनुसार सार्वजनिक सवारीको भाडा वृद्धि हुन लागेको यातायात व्यवस्था कार्यालयले बताएको छ । पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ ।

    आज यातायात व्यवस्था विभागले भोलिदेखि भाडा वृद्धि हुने गरेर नयाँ भाडा दर निकालेको छ । मालवाहक सवारीमा ५.१ प्रतिशत, अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा ३.५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा वृद्धि भएको हो ।

    सकारले भने सर्वसाधारण स्थानीय तहको मत परिणाममा केन्द्रित भएको बेला एकै पटक पेट्रोल र डिजेलको मूल्य प्रतिशत वृद्धि गरेको थियो ।

    अझै पनि नेपाल आयल निगमको घाटा काम गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनसक्ने अवस्था रहेको छ ।

  • विदेह नगरपालिका जितेर एमालेको शतक पूरा, यी हुन एमाले विजयी भएका पालिका (सूचीसहित)

    विदेह नगरपालिका जितेर एमालेको शतक पूरा, यी हुन एमाले विजयी भएका पालिका (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत नेकपा एमालेले एक सय एक स्थानीय तहमा आफ्नो जित दर्ता गराएको छ ।

    नेपाली कांग्रेसपछि धेरै स्थानीय तहमा जित दर्ता गर्ने क्रममा एमालेले धनुषाको विदेह नगरपालिकामा जित दर्ता गरेसँगै एमालेले शतक पुर्याएको हो ।

    यी हुन् एमालेले जितेका स्थानीय तह

    १ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा

    २ः चामे गाउँपालिका, मनाङ

    ३ः ङिस्याङ गाउँपालिका, मनाङ

    ४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ

    ५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ

    ६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ

    ७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु

    ८ः साइपाल गाउँपालिका, बझाङ

    ९ः बौदीकाली गाउँपालिका, नवलपुर

    १०ः थलारा गाउँपालिका, बझाङ

    ११ः थासाङ गाउँपालिका, मुस्ताङ

    १२ः मालिका गाउँपालिका, म्याग्दी

    १३ः हरिनास गाउँपालिका, स्याङ्जा

    १४ः महाकाली नगरपालिका, दार्चुला

    १५ः मेन्छेयाम गाउँपालिका, तेह्रथुम

    १६ः गुराँस गाउँपालिका, दैलेख

    १७ः बुलिङटार गाउँपालिका, नवलपुर

    १८ः पुर्वखोला गाउँपालिका, पाल्पा

    १९ः पन्चेश्वर गाउँपालिका, बैतडी

    २०ः माछापुछ्रे गाउँपालिका, कास्की

    २१ः माङ्सेबुङ गाउँपालिका, इलाम

    २२ः गोसाइँकुण्ड गाउँपालिका, रसुवा

    २३ः भीमफेदी गाउँपालिका, मकवानपुर

    २४ः जोरायल गाउँपालिका, डोटी

    २५ः तिनाउ गाउँपालिका, पाल्पा

    २६ः म्याङलुङ नगरपालिका, तेह्रथुम

    २७ः छथर गाउँपालिका, तेह्रथुम

    २८ः हतुवागढी गाउँपालिका, भोजपुर

    २९ः इन्द्रसरोबर गाउँपालिका, मकवानपुर

    ३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ

    ३१ः दुहु गाउँपालिका, दार्चुला

    ३२ः शैल्यशिखर नगरपालिका, दार्चुला

    ३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर

    ३४ः माप्य दूधकोसी गाउँपालिका, सोलुखुम्बु

    ३५ः पौवादुङ गाउँपालिका, भोजपुर

    ३६ः चौविसे गाउँपालिका, धनकुटा

    ३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची

    ३८ः डुङेश्वर गाउँपालिका, दैलेख

    ३९ः चुरे गाउँपालिका, कैलाली

    ४०ः छत्रकोट गाउँपालिका, गुल्मी

    ४१ः सत्यवती गाउँपालिका, गुल्मी

    ४२ः सरुमारानी गाउँपालिका, प्यूठान

    ४३ः म्याग्दे गाउँपालिका, तनहुँ

    ४४ः गौमुल गाउँपालिका, बाजुरा

    ४५ः मालिकार्जुन गाउँपालिका, दार्चुला

    ४६ः रुपा गाउँपालिका, कास्की

    ४७ः भगवानपुर गाउँपालिका, सिरहा

    ४८ः कोञ्ज्योसोम गाउँपालिका, ललितपुर

    ४९ः उत्तरगया गाउँपालिका, रसुवा

    ५०ः माथागढी गाउँपालिका, पाल्पा

    ५१ः घिरिङ गाउँपालिका, तनहुँ

    ५२ः सुर्नया गाउँपालिका, बैतडी

    ५३ः निस्दी गाउँपालिका, पाल्पा

    ५४ः फेदीखोला गाउँपालिका, स्याङ्जा

    ५५ः आँधीखोला गाउँपालिका, स्याङ्जा

    ५६ः खप्तड छेडेदह गाउँपालिका, बाजुरा

    ५७ः किस्पाङ गाउँपालिका, नुवाकोट

    ५८ः आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ

    ५९ः दशरथ चन्द नगरपालिका, बैतडी

    ६०ः परवानीपुर गाउँपालिका, बारा

    ६१ः भीमाद नगरपालिका, तनहुँ

    ६२ः मंगला गाउँपालिका, म्याग्दी

    ६३ः व्याँस गाउँपालिका, दार्चुला

    ६४ः तलकोट गाउँपालिका, बझाङ

    ६५. मोलुङ गाउँपालिका, ओखलढुंगा

    ६६. चैनपुर नगरपालिका, संखुवासभा

    ६७. जुनीचाँदे गाउँपालिका, जाजरकोट

    ६८. सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ

    ६९. बेनी नगरपालिका, म्याग्दी

    ७०. अन्नपूर्ण गाउँपालिका, कास्की

    ७१. दिप्रुङ चुइचम्पा गाउँपालिका, खोटाङ

    ७२. ढोरपाटन नगरपालिका, बाग्लुङ

    ७३. नारायण नगरपालिका, दैलेख

    ७४. मेलुङ गाउँपालिका, दोलखा

    ७५. भोटखोला गाउँपालिका, संखुवासभा

    ७६. मालारानी गाउँपालिका, अर्घाखाँची

    ७७. इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक

    ७८. बेंसीसहर नगरपालिका, लमजुङ

    ७९. बन्दीपुर गाउँपालिका, तनहुँ

    ८०. बर्दगोरिया गाउँपालिका, बर्दिया

    ८१. विष्णुपुर गाउँपालिका, सिराहा

    ८२. चिङ्गाद गाउँपालिका, सुर्खेत

    ८३. अग्निसाइर कृष्णसावरण गाउँपालिका, सप्तरी

    ८४. दोर्दी गाउँपालिका, लमजुङ

    ८५. विरुवा गाउँपालिका, स्याङजा

    ८६. गल्छी गाउँपालिका, धादिङ

    ८७. पाथिभरा याङवरक गाउँपालिका, ताप्लेजुङ

    ८८. तुर्माखाँड गाउँपालिका, अछाम

    ८९. बडिमालिका नगरपालिका, बाजुरा

    ९०. औरही गाउँपालिका, धनुषा

    ९१. षडानन्द नगरपालिका, भोजपुर

    ९२. जिरी नगरपालिका, दोलखा

    ९३. माडी नगरपालिका, चितवन

    ९४. गोलन्जर गाउँपालिका, सिन्धुली

    ९५. मस्र्याङ्दी गाउँपालिका, लमजुङ

    ९६. महाशिला गाउँपालिका, पर्वत

    ९७. भेरी नगरपालिका, जाजरकोट

    ९८. धनकुटा नगरपालिका, धनकुटा

    ९९. भिमाद नगरपालिका, तनहुँ

    १००. विदेह नगरपालिका, धनुषा

    १०१. मादी नगरपालिका, संखुवासभा

  • अर्घाखाँचीको भूमिकास्थानमा गठबन्धनबाट जनमोर्चाका झबिलाल थापा विजयी

    अर्घाखाँचीको भूमिकास्थानमा गठबन्धनबाट जनमोर्चाका झबिलाल थापा विजयी

    रूपन्देही । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका झबिलाल थापा विजयी भएका छन् ।

    यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी भएका छन् ।

    थापाले नेकपा एमालेका नेता रेशम थापालाई पराजित गदै प्रमुखमा विजयी भएका हुन् । उप प्रमुखमा नेकपा माओवादी केन्द्रका उप प्रमुख बालकृष्ण बन्जाडेले एमाले महिला नेतृ वसन्ता पौडेललाई पराजित गदै विजयी भएका हुन् ।

    थापाले ८३२४ र बन्जाडेले ७५५८ ले मत ल्याएका थिए ।

  • धनुषाको विदेह नगरपालिकामा एमालेको विजय, वेचन दास बने मेयर

    धनुषाको विदेह नगरपालिकामा एमालेको विजय, वेचन दास बने मेयर

    धनुषा । धनुषाको विदेह नगरपालिकामा माओवादीको विरासत भत्काउँदै एमाले विजयी भएको छ ।

    नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार वेचन दास तत्मा र उपमेयरमा आशादेवी झा निर्वाचित भएका छन् ।

    यहाँ निकटतम प्रतिद्वन्द्वी माओवादी नभएर नेकपा एकीकृत समाजवादी बनेको छ । एमालेका तत्माले ४ हजार ४१२ मत ल्याउँदा समाजवादीका यादवले ३ हजार ४२६ मत मात्र पाए ।

    नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी आशादेवी झाले ४ हजार ६५९ मत ल्याइन भने एकीकृत समाजवादीकी सञ्‍जना अधिकारीले २ हजार ८७० मत ल्याइन् ।

  • धनुषाको क्षिरेश्वरनाथमा एमाले र कांग्रेस प्रतिनिबिीच विवाद, मतगणना स्थगित

    धनुषाको क्षिरेश्वरनाथमा एमाले र कांग्रेस प्रतिनिबिीच विवाद, मतगणना स्थगित

    जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएपछि नेपाली कांग्रेसले विवाद गरेको छ ।

    वडा नम्बर ५ को मतगणना भइरहेका बेला कांग्रेसका प्रतिनिधि विवाद सुरु गरेका हुन् । कांग्रेस र एमाले प्रतिनिधिबीच भएको भनाभनले उग्र रूप लिएपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेको छ ।

    दलका प्रतिनिधिहरुको विवादका कारण सहज ढंगले मतगणना गर्ने स्थिति नरहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतगणना कार्य स्थगित भएको सूचना निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको छ ।

    कांग्रेसका मेयर उम्मेदवार योगेन्द्र पंजियारभन्दा एमालेका सुखदेव यादव अगाडि आएका छन् । यादवले २१९० र पंजियारले १८९० मत पाएका छन् ।

    पंजियार कांग्रेस जिल्ला सभापति एवं निवर्तमान मेयरसमेत हुन् ।

  • धनकुटामा कठिन प्रतिस्पर्धामा गठबन्धन पराजित, १६ मतको अन्तरमा एमालेका मेयर निर्वाचित

    धनकुटामा कठिन प्रतिस्पर्धामा गठबन्धन पराजित, १६ मतको अन्तरमा एमालेका मेयर निर्वाचित

    काठमाडौं । धनकुटा नगरपालिकामा एमालेले गठबन्धनलाई कठिनसँग पराजित गरेको छ ।

    मेयरमा एमालेका चिन्तन तामाङ १६ मतको फरकमा निर्वाचित भएका छन् ।

    उनले ७ हजार ६ सय ६६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दिनेश राईले ७ हजार ६ सय ५० मत प्राप्त गरेका छन् ।

    उपमेयरमा पनि एमालेकै भिमादेवी खनालले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर विष्टलाई पराजित गरेकी छन् ।

    उनले ७ हजार १ सय ९६ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । चिन्तन यसअघि पनि मेयर थिए ।

  • हेटौँडामा मतदाताले लेखे मतपत्रमा ‘नो भोट’

    हेटौँडामा मतदाताले लेखे मतपत्रमा ‘नो भोट’

    हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को मतगणना भैरहेको समयमा एक मतपत्रमा ‘नो भोट’ लेखिएको पाइएको छ ।

    वडा नंबर ४ को १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र पाइएको हो । मतदाताले मत पत्रलाई ‘क्रस’ चिन्ह प्रयोग गरि अंग्रेजीमा ‘नो भोट’ लेखेको पाइएको छ ।

    पछिल्लो समयमा ‘नो भोट’को माग बढिरहेको अवस्थामा हेटौँडामा भेटिएको उक्त मतपत्रले आगामी निर्वाचनमा ‘नो भोट्स राईड्स’बारे सोच्न बाध्य बनाएको मतगणनामा सहभागि रहेको प्रतिनिधिहरुको भनाई रहेको छ ।

  • मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा गठबन्धनको जित

    मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा गठबन्धनको जित

    हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा गठबन्धन गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा विजयी भएको छ ।
    गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मत सहित विजयी भए ।

    मल्ल यस अघि पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरे ।

    उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित भएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गरिन् ।

     

  • यी हुन् अहिलेसम्म माओवादी केन्द्रले जितेका स्थानीय तह (सूचीसहित)

    यी हुन् अहिलेसम्म माओवादी केन्द्रले जितेका स्थानीय तह (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

    देशका विभिन्न स्थानीय तहमा अझै गणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने, एमाले दोस्रोमा रहेको छ ।

    यी हुन् माओवादी केन्द्रले जितेका स्थानीय तह

    १ः जगदुल्ला गाउँपालिका, डोल्पा

    २ः नौमुले गाउँपालिका, दैलेख

    ३ः ताराखोला गाउँपालिका, बागलुङ

    ४ः अपि हिमाल गाउँपालिका, दार्चुला

    ५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ

    ६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर

    ७ः नौगाड गाउँपालिका, दार्चुला

    ८ः थवाङ गाउँपालिका, रोल्पा

    ९ः ताँजाकोट गाउँपालिका, हुम्ला

    १०ः अजिरकोट गाउँपालिका, गोरखा

    ११ः थुलुङ दुधकोशी गाउँपालिका, गोरखा

    १२ः मार्मा गाउँपालिका, दार्चुला

    १३ : चन्द्रकोट गाउँपालिका, गुल्मी

    १४ः आमचोक गाउँपालिका, भोजपुर

    १५ः लेकम गाउँपालिका, दार्चुला

    १६ः आलिताल गाउँपालिका, डडेलधुरा

    १७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा

    १८ः मुड्केचुला गाउँपालिका, डोल्पा

    १९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व

    २०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व

    २१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ

    २२ः रोल्पा नगरपालिका, रोल्पा

    २३ः बंगलाचुली गाउँपालिका, दाङ

    २४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी

    २५ः दुर्गाथली गाउँपालिका, बझाङ

    २६ः सानीभेरी गाउँपालिका, सुर्खेत

    २७ः रामप्रसाद गाउँपालिका, भोजपुर

    २८ः नाम्खा गाउँपालिका, हुम्ला

    २९ः रामनगर गाउँपालिका, सर्लाही

    ३०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ

    ३१. पलाता गाउँपालिका, कालीकोट

    ३२. मेलौली नगरपालिका, बैतडी

    ३३. परिवर्तन गाउँपालिका, रोल्पा

    ३४. भगवतीमाई गाउँपालिका, दैलेख

    ३५. धुर्कोट गाउँपालिका, गुल्मी

    ३६. शहीद लखन थापा गाउँपालिका, गोरखा

    ३७. ताप्ली गाउँपालिका, उदयपुर

    ३८. रौतामाई गाउँपालिका, उदयपुर

    ३९. सुनिल स्मृति गाउँपालिका, रोल्पा

    ४०. आँबुखैरहनी गाउँपालिका, तनहुँ

    ४१. मरिण गाउँपालिका, सिन्धुली

    ४२. भीमसेन थापा गाउँपालिका, गोरखा

    ४३. प्यूठान नगरपालिका, प्यूठान

    ४४. बलेफी गाउँपालिका, सिन्धुपाल्चोक

    ४५. शुभकालिका गाउँपालिका, कालीकोट

    ४६. हरिपुरगढी गाउँपालिका, सिन्धुली

    ४७. लुङ्ग्री गाउँपालिका, रोल्पा

    ४८. माण्डवी गाउँपालिका, प्यूठान

    ४९. अजयमेरु गाउँपालिका, डडेल्धुरा

    ५०. रुबिभ्याली गाउँपालिका, धादिङ

    ५१. रिब्दीकोट गाउँपालिका, पाल्पा

    ५२. रुरुक्षेत्र गाउँपालिका, गुल्मी

    ५३. मालिका गाउँपालिका, गुल्मी

    ५४. खोटेहाङ गाउँपालिका, खोटाङ

    ५५. बलरा नगरपालिका, सर्लाही

    ५६. सुनापति गाउँपालिका, रामेछाप

    ५७. बेलौरी नगरपालिका, कञ्चनपुर

    ५८. मिक्लाजुङ गाउँपालिका, पाँचथर

    ५९. गजुरी गाउँपालिका, धादिङ

    ६०. चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक

    ६१. बनगाड कुपिण्डे नगरपालिका, सल्यान

    ६२ धार्चे गाउँपालिका, गोर्खा

  • प्रदेश १ का १४ जिल्लामा कसले कति जिते स्थानीय तह ? (सूचीसहित)

    प्रदेश १ का १४ जिल्लामा कसले कति जिते स्थानीय तह ? (सूचीसहित)

    विराटनगर। हालसम्म मत गणना सकिएका प्रदेश नम्बर १ का १४ जिल्लाका स्थानीय तहमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ३३ तहमा जित हासिल गरेको छ । काग्रेसले ३३ वटै स्थानीय तहमा अग्रता लिइरहेको छ ।

    प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार एमालेले १६ स्थानीय तह जितेको छ । २८ स्थानीय तहमा उसले अग्रता लिएको छ । माओवादी केन्द्रले ८ स्थानीय तह जितेको छ भने १ स्थानमा अगाडि रहेको छ ।

    नेकपा एकीकृत समाजवादीले एक स्थानीय तह जित्दा २ वटामा अग्र स्थानमा रहेको छ । जनता समाजवादी पार्टीले एक स्थानीय तह जितेको छ ।

    एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

    मोरङका १७ स्थानीय तहमध्ये मिक्लाजुङ गाउँपालिका प्रमुखमा कांग्रेसले जित निकालेको छ । अन्य १६ स्थानीय तहमध्ये एमालेले १० स्थानमा अग्रता लिएको छ । ६ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ । झापाका ६ स्थानीय तहमा कांग्रेस अगाडि छ । एमाले ७ स्थानीय तहमा अगाडि छ । २ स्थानीय तहमा राप्रपाले अग्रता लिएको छ ।

    तेह्रथुममा कांग्रेसले ३ स्थानीय तह जित्दा एमालेले पनि ३ स्थानीय तह जितेको छ । भोजपुरमा ३ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने १ स्थानीय तह जितेको छ । एमाले र माओवादी केन्द्रले २-२ स्थानीय तह जितेको छ ।

    संखुवासभाका ५ स्थानीय तहमा कांग्रेस विजयी भएको छ । एमालेले २ स्थानीय तह जित्दा २ तहमा अग्रता लिएको छ ।

    धनकुटामा ३ स्थानीय तहमा कांग्रेसले जितेको छ भने २ वटामा अग्रता लिएको छ । यस्तै एमालेले एउटा पालिका जितेको छ भने एउटामा अग्रता लिएको छ ।

    ओखलढुङ्गामा २ स्थानीय तह कांग्रेसले जितेको छ । उसले एउटा स्थानीय तहमा अग्रता लिएको छ । एमालेले एक स्थानीय तह जित्दा अर्काे एउटा तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्र, जनता समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानीय तह जितेका छन् ।

    उदयपुरमा कांग्रेसले एक स्थानीय तहमा अग्रता लिएको छ । एमालेले ३ स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले ३ स्थानीय तह जितेको छ भने नेकपा एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ ।

    ताप्लेजुङमा ४ स्थानीय तह कांग्रेसले जितेको छ । एमालेले ३ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।

    पाँचथरमा कांग्रेसले ४ स्थानीय तह जितेको छ भने ३ मा अग्रता लिएको छ । माओवादी केन्द्रले एक स्थानीय तहमा अग्रता लिएको छ । इलाममा २ स्थानीय तह कांग्रेसले जितेको छ भने ३ तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने २ मा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा अग्रता लिएको छ ।

    खोटाङमा कांग्रेसले ४ स्थानीय तह जितेको छ भने २ वटामा अग्रता लिएको छ । एमाले र माओवादी केन्द्रले दुई-दुई स्थानीय तह जितेका छन् ।

    सोलुखुम्बुमा कांग्रेसले ३ स्थानीय तह जितेको छ । एमालेले २ स्थानीय तह जित्दा एउटामा अग्रता लिएको छ । माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ ।

    सुनसरीका ६ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ । एमालेले ५ स्थानीय तहमा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले एक तहमा अग्रता लिएको छ ।

    हालसम्मको मत गणनाको परिणामअनुसार एकमात्र महानगर विराटनगर र दुई उपमहानगर इटहरी र धरानमा कांग्रेसले अग्रता दिएको छ ।

  • जाजरकोटको भेरी नगरपालिकामा एमालेका घर्ती विजयी

    जाजरकोटको भेरी नगरपालिकामा एमालेका घर्ती विजयी

    सुर्खेत । जाजरकोटको सदरमुकाम रहेको भेरी नगरपालिकामा नेकपा एमालेका चन्द्र प्रकाश घर्ती विजयी भएका छन् । उनले नेकपा एसका गगन कुमार खड्कालाई पराजित गरेका हुन ।

    यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका सीता जैसी विजयी भएकी हुन् । यहाँ नेकपा एमालेका सावित्री चन्द उपप्रमुखमा पराजित भएकी हुन् ।