Category: स्थानीय निर्वाचन–२०७९

  • धनगढीमा स्वतन्त्र उम्मेदवारलाई गठबन्धनको भन्दा दुई गुणा बढी मत

    धनगढीमा स्वतन्त्र उम्मेदवारलाई गठबन्धनको भन्दा दुई गुणा बढी मत

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर अग्रता कायम गरिरहेका छन् । २३, २२३ मत गणना गर्दा हमालले १०, ८२५ मत पाएका छन् छ।

    गठबन्धनका तर्फ बाट उम्मेदवार बनेका कांग्रेसका नृपबहादुर वड ५, १६६ मत पाएका छन् । गठबन्धनको उम्मेदवारभन्दा दुई गुणा मतसहित हमाल अगाडि छन् ।

    यसअघिको स्थानीय तह निर्वाचनमा वडसँग हमाल झिनो मतले पराजित भएका छन् । यस्तै एमाले उम्मेदवार रणबहादुर चन्दले २, ४६२ मत पाएका छन् ।
    उपमेयरमा भने गठबन्धनका उम्मेदवार अघि छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीले ४, ६८८ मत पाएकी छन् ।

    उनलाई एमाले उम्मेदवार कन्दकला रानाले पच्छइरहेकी छन् । उनको ४, २४७ मत छ । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३, ६४२ मत पाएका छन् ।

  • निधिको वडामा लोसपा र महासेठको वडामा माओवादी विजयी

    निधिको वडामा लोसपा र महासेठको वडामा माओवादी विजयी

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको वडामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका नेता रघुवीर महासेठको वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

    निधिको घर रहेको धनुषाको नगराइन नगरपालिका– २ मा लोसपाका उम्मेदवार बुलन यादव वडाध्यक्षमा विजयी भएका हुन् । उनले ८ भोटको मतान्तरले कांग्रेसका देवनारयाण यादवलाई पराजित गरेका हुन् । उनी निवर्तमान वडाध्यक्ष थिए ।

    पटक–पटक मन्त्री र पार्टीका उपसभापति समेत भइसकेका निधिले आफ्नै वडा बचाउन सकेनन् । उनले सोही वडामा मतदान गरेका थिए ।

    यता एमालेका सचिव रघुवीर महासेठको वडामा नेकपा माओवादी केन्द्रले जितेको छ । उनको घर रहेको धनुषाको मिथिला बिहारी नगरपालिका– ३ मा माओवादीका कृष्णकुमार मण्डल विजयी भएका हुन् ।

    एमालेका अमर महासेठ ५२ भोटको अन्तरमा पराजित भएका हुन् । वडाध्यक्ष समेत जिताउन नसकेपछि पार्टीभित्र महासेठको आलोचना सुरु भएको छ ।

  • काठमाडौं- ३ मा एमालेको प्यानलै विजयी, वडाध्यक्षले ल्याए स्थापितको भन्दा ९३४ भोट बढी

    काठमाडौं- ३ मा एमालेको प्यानलै विजयी, वडाध्यक्षले ल्याए स्थापितको भन्दा ९३४ भोट बढी

    काठमाडौं । काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।

    थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।

    यो वडाबाट मेयरमा बालेन शाहलाई २३१९ भोट गयो भने एमालेका स्थापितले १२४१ भोट पाए । त्यस्तै कांग्रेसकी सिर्जनासिंहले ११४२ भोट पाइन् ।

    काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका चारवटै वडामा एमालेले जित निकालेको छ ।

    अहिले काठमाडौंका ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

     

  • महोत्तरीको मनरासिस्वा नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर विजयी, निवर्तमान मेयर तेस्रोमा सीमित

    महोत्तरीको मनरासिस्वा नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर विजयी, निवर्तमान मेयर तेस्रोमा सीमित

    जनकपुरधाम । महोतरीको मनरासिस्वा नगरपालिकामा मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको छ ।

    मेयरमा कांग्रेसका मोहन पाण्डेयले ९६४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५ हमार ८८४ मत ल्याएका छन् ।

    उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का महेन्द्र यादव ४ हजार ९२० मत ल्याए छन् ।

    यस्तै निवर्तमान मेयर समेत रहेका लोसपाका संजय कुमार सिंह मात्र २ हजार ७७२ मत पाए । ७४ सालको निर्वाचनमा उनी तत्कालिन राजपाबाट मेयरमा जितेका थिए ।

    उपमेयरमा नेपाली कांग्रेसकी सकुन्तला देवीले ५ हजार ७४५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाकी निर्माला देवी सिंह ४ हजार ८४२ मत ल्याएकी छन् ।

  • रुपन्देही शुद्धोधनको अध्यक्षमा कांग्रेसका बस्याल निर्वाचित

    रुपन्देही शुद्धोधनको अध्यक्षमा कांग्रेसका बस्याल निर्वाचित

    रूपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका किशुनचन्द्र चौधरीलाई हराउँदै कांग्रेसका विष्णुप्रसाद बस्यालले अध्यक्ष जितेका हुन् ।

    विजयी बस्यालले ७ हजार २ सय ४७ मत पाए । पराजित चौधरीले ५ हजार ६ सय ३५ मत पाए ।

    उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भइन् । उनले ६ हजार २८ मत पाइन् । माओवादी केन्द्रकी सारदा भुसालले ३ हजार १ सय १ मत पाइन् ।

  • गठबन्धनलाई हराउँदै पाल्पाको बगनासकाली एमालेले जित्यो, अध्यक्षमा सरस्वती निर्वाचित

    गठबन्धनलाई हराउँदै पाल्पाको बगनासकाली एमालेले जित्यो, अध्यक्षमा सरस्वती निर्वाचित

    रूपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा पनि एमालेकै हरि पाठक विजयी भएका छन्।

    गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र एमाले दुवैले बगनासकालीमा अध्यक्षमा महिला उम्मेदवार उठाएका थिए । दर्लामीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजित गरेकी हुन्। दर्लामीले ६ हजार ४ सय ६६ मत प्राप्त गर्दा कांग्रेसकी अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन्।

    यसैगरी उपाध्यक्षमा एमालेकै पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गर्दा गठबन्धनका नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल)ले ४ हजार ७ सय ७८ मत प्राप्त गरेका छन्।

  • माओवादीले जित्यो जुम्लाको तिला गाउँपालिका, अध्यक्षमा रोकाया र उपाध्यक्षमा बुढा विजयी

    माओवादीले जित्यो जुम्लाको तिला गाउँपालिका, अध्यक्षमा रोकाया र उपाध्यक्षमा बुढा विजयी

    जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन् ।

    रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले १९३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका एकराज उपाध्यायले १९१५ मत प्राप्त गरेका हुन् ।

    यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनले २००४ मत पाइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सुस्मा श्रेष्ठले १८०७ मत प्राप्त गरेकी छन् ।

  • दोलखा तामाकोशीमा गठबन्धनका उम्मेदवार विजयी, नेकपा एसले जित्यो अध्यक्ष

    दोलखा तामाकोशीमा गठबन्धनका उम्मेदवार विजयी, नेकपा एसले जित्यो अध्यक्ष

    दोलखा । दोलखाका तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    गाउँपालिकाको अध्यक्षमा गठबनधनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् ।

    उनीहरु नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्ष र उपाध्यक्ष बनेका छन् । अध्यक्षमा निर्वाचित केसीले ५ हजार ४ सय ९० मत प्राप्त गर्दा एमालेका अभिषेक सुवेदीले ३ हजार ४ सय ६६ र उपाध्यक्षमा निर्वाचित भएकी सुवेदीले ५ हजार ४ सय ४१ मत ल्याउँदा एमालेकी पोखरेलले ३ हजार ३ सय ५१ मत मात्रै ल्याएकी छन् ।

    अध्यक्षमा २ हजार २४ मत बढी ल्याएर गठबन्धनका उम्मेदवार विजयी हुँदा उपाध्यक्षमा पनि २ हजार ९० को अन्तरालमा सुदेवीले जित हात पारिन् ।

  • झापाको कनकाई नगरपालिकाको मेयरमा फेरि एमालेका पोखरेल निर्वाचित

    झापाको कनकाई नगरपालिकाको मेयरमा फेरि एमालेका पोखरेल निर्वाचित

    झापा । झापाको कनकाई नगरपालिकाको नगरप्रमुखमा पुनः राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । पोखरेल नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

    पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याए भने नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याएका छन् । २ हजार १२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन् ।

    कनकाईमा जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि थापा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    उपमेयरमा भने नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटीले १० हजार ७१३ मत ल्याइन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईलाई १ हजार ८ सय ६८ मतान्तरले पराजित गरेकी हुन् । नगरपालिकाकी वर्तमान उपमेयर रहेकी प्रसाईले ८ हजार ८ सय ४५ मत ल्याएकी छिन् ।

  • गैंडाकोटको मेयर, उपमेयर दुवै कांग्रेसले जित्यो

    गैंडाकोटको मेयर, उपमेयर दुवै कांग्रेसले जित्यो

    चितवन । नवलपरासी (वर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।

    मेयरका उमेदवार अधिकारीले निकतटम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतअन्तरले पराजित गरेका हुन् ।

    अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतअन्तरले निर्वाचित भएका थिए ।

    उपमेयरकी उमेदवार कांग्रेसकी कोइराला सात हजार ४७४ मतअन्तरले निर्वाचित भइन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उमेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरे ।

    गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा कांग्रेसका उमेदवार निर्वाचित भए भने छ वडामा एमालेका उमेदवार निर्वाचित भए । एउटा वडामा माओवादी केन्द्रका उमेदवार निर्वाचित भए ।

  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै सल्यानको छत्रेश्वरीमा एमालेका बुढाथोकी विजयी

    कांग्रेस जिल्ला सभापतिलाई हराउँदै सल्यानको छत्रेश्वरीमा एमालेका बुढाथोकी विजयी

    दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकीले हजार ८ सय ९२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ पाए । अध्यक्षमा पराजित विष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुन् । माओवादी केन्द्रका प्रेम खड्काले २ हजार ५ सय ९ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी भएकी छन् । उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याएकी भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ मत पाएकी छन् ।

    त्यसैगरी नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत ल्याएका छन् ।

  • रामेछापको उमाकुण्ड पनि जित्यो एमालेले, अध्यक्षमा सुनुवार

    रामेछापको उमाकुण्ड पनि जित्यो एमालेले, अध्यक्षमा सुनुवार

    रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार विजयी भएका छन् ।

    सुनुवार ३ हजार ७ सय २८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरे । राप्रपाका हिक्मत सुनुवारले २ हजार १ सय ४१ मत ल्याएका छन् ।

    उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी भएकी छन् । सुनुवारले २ हजार ९ सय २२ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाइन् ।

  • टोखाको मेयरमा पुनः एमालेका अधिकारी

    टोखाको मेयरमा पुनः एमालेका अधिकारी

    काठमाडौं । टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी पुनः विजयी भएका छन् । उनी १० हजार ३ सय ४० मत ल्याएर विजयी भएका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले १० हजार १ सय ६६ मत ल्याएकी छिन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका छन् ।

    १० हजार १ सय ३२ मत प्राप्त उपमेयरमा तामाङ विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी छिन् ।

  • मेयरमा स्थापित पछाडि, तर काठमाडौं- ५ सहित तीनै वडा जित्यो एमालेले

    मेयरमा स्थापित पछाडि, तर काठमाडौं- ५ सहित तीनै वडा जित्यो एमालेले

    काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका तीनवटै वडामा एमालेले जित निकालेको छ । पछिल्लोपटक काठमाडौं– ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती विजयी भएसँगै काठमाडौंका तीनै वडा एमालेले जितेको हो ।

    १, ८१८ मत ल्याएर प्रजापती विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश डंगोलले १, ५७५ मत पाए ।

    अहिले काठमाडौंका ३, ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

  • काठमाडौं अपडेट: बालेनले कटाए १५ हजार भोट, स्थापित आठ हजारमा सीमित

    काठमाडौं अपडेट: बालेनले कटाए १५ हजार भोट, स्थापित आठ हजारमा सीमित

    काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले १५ हजार भोट कटाएका छन् । ३९,५२० भोट गणना हुँदा बालेनले १५,४०२ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित ८, २८८ भोटमा सीमित भएका छन् ।

    त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७, २९० भोट ल्याएकी छन् ।

    काठमाडौंमा वडा नम्बर पाँचको मतगणना सकिएको छ ।

  • भरतपुरमा हजारभन्दा बढी भोटले पछि परे विजय, रेनुले ल्याइन् ९०११

    भरतपुरमा हजारभन्दा बढी भोटले पछि परे विजय, रेनुले ल्याइन् ९०११

    काठमाडौं । चितवनको भरतपुर नगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीलाई एक हजारभन्दा बढी भोटले पछि पारेकी छन् । २५, ३५८ भोट गणना हुँदा रेनुले ९०११ भोट पाएकी छन् भने विजयले ७८९२ भोट प्राप्त गरेका छन् ।

    उनीहरुबीच १११९ भोटको अन्तर छ ।

    त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४११२ भोट ल्याएका छन् ।

    अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ । वडाको ३५०२ भोट गन्दा गठबन्धनका वडाध्यक्ष उम्मेदवारले १५८९ भोट पाएका छन् भने एमालेका उम्मेदवारले १४५४ भोट ल्याएका छन् ।

     

  • झापाको हल्दिबारीमा राप्रपाका रविन्द्र लिङदेन विजयी

    झापाको हल्दिबारीमा राप्रपाका रविन्द्र लिङदेन विजयी

    काठमाडौं । झापाको हल्दिबारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जित हासिल गरेको छ ।

    पालिका अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङदेन ६८५६ मतका साथ विजयी भएका हुन् ।

    उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४६६६ मत पाए । यस्तै नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २७५८ मत पाए भने, माओवादी केन्द्रका भवानी प्रसाद दंगालले ११४९ मत पाए ।

    यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली ५०७८ मतका साथ विजयी भइन् ।

    एमालेकी शान्तादेवि गौतमले ४१०६ मत पाइन् ।

    स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत पाए ।

  • स्थानीय तह निर्वाचन : सार्वजनिक परिणामअनुसार कुन पार्टीको अवस्था कस्तो ? (सूचीसहित)

    स्थानीय तह निर्वाचन : सार्वजनिक परिणामअनुसार कुन पार्टीको अवस्था कस्तो ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणनाको परिणाम आउने क्रम जारी छ । मङ्गलवार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार तीन सय ३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ४० स्थानमा जित हासिल गरेको छ भने ७१ स्थानमा अग्रता कायम गरेको छ । प्रमुख पदमा नै नेकपा (एमाले) ले २३ स्थानमा जित हासिल गरी ५१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा ८ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीले प्रमुख पदमा एक स्थानमा मात्र जित र नौ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजीतिक दल तथा स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।

    गाउँपालिकाको अध्यक्ष पदमा भने नेपाली कांग्रेसले एक सय २९ स्थानमा जित हासिल गरी ५६ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष पदमानै नेकपा (एमाले) ले ८१ स्थानमा जित हासिल गरी ३७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा ६७ स्थानमा जित र २० स्थानमा अग्रता कायम गरेको छ ।

    जनता समाजवादी पार्टी चार स्थानमा जित हालिस गरेको छ भने १६ स्थानमा अग्रता लिइरहेको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले चार स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्यले ८ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।

    मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा नेपाली कांग्रेसले ३४ स्थानमा जित हासिल गरी ५७ स्थानमा अग्रता कायम गरेको छ । उपप्रमुख पदमा नेकपा (एमाले) ले २६ स्थानमा जित हासिल गरी ७२ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा ११ स्थानमा जित र १९ स्थानमा अग्रता कायम गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपप्रमुख पदमा तीन स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले दुई स्थानमा विजय हासिल गरी २१ स्थानमा अग्रता कायम गरेका छन् ।

    गाउँपालिकाको उपाध्यक्ष पदमा भने नेपाली काँग्रेसले एक सय २७ स्थानमा जित हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ । उपाध्यक्ष पदमा नै नेकपा (एमाले)ले ७८ स्थानमा जित हासिल गरी ४१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ६९ स्थानमा जित र १८ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले नौ स्थानमा जित र एक स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले आठ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।

    यस्तै मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली काँग्रेसले एक हजार सात सय ९८ मा जित हासिल गरी एक सय एक स्थानमा अग्रता कायम गरेको छ । वडा अध्यक्ष पदमा नै नेकपा ९एमाले०ले एक हजार तीन सय ९३ मा जित हासिल गरी एक सय १८ स्थानमा अग्रता कायम गरेको छ ।

    नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष पदमा सात सय ५९ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले वडा अध्यक्ष पदमा नै एक सय २७ स्थानमा जित र १२ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन सय ७४ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।

    महिला सदस्य पदमा नेपाली काँग्रेसले एक हजार सात सय ७२ मा जित हासिल गरी एक सय तीन स्थानमा अग्रता कायम गरेको छ । महिला सदस्य पदमा नै नेकपा (एमाले)ले एक हजार पाँच सय स्थानमा जित हासिल गरी एक सय २५ स्थानमा अग्रता कायम गरेको छ ।

    नेकपा (माओवादी केन्द्र)ले महिला सदस्य पदमा सात सय ६ स्थानमा जित र ३५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले महिला सदस्य पदमा नै एक सय ३२ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट तीन सय ३२ स्थानमा विजय हासिल गरी १८ स्थानमा अग्रता कायम गरेका छन् ।

    दलित महिला सदस्य पदमा नेपाली काँग्रेसले एक हजार सात सय १२ मा जित हासिल गरी एक सय पाँच स्थानमा अग्रता कायम गरेको छ । दलि महिला सदस्य पदमा नै नेकपा ९एमाले०ले एक हजार चार सय ४७ स्थानमा जित हासिल गरी एक सय २० स्थानमा अग्रता कायम गरेको छ ।

    नेकपा (माओवादी केन्द्र)ले दलित महिला सदस्य पदमा सात सय २३ स्थानमा जित र ३४ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले दलित महिला सदस्य पदमा नै एक सय ३२ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले तीन सय १९ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।

    वडा सदस्य पदमा नेपाली कांग्रेसले तीन हजार पाँच सय ३७ स्थानमा जित हासिल गरी एक सय सात स्थानमा अग्रता कायम गरेको छ । वडा सदस्य पदमा नै नेकपा ९एमाले० ले तीन हजार ४६ स्थानमा जित हासिल गरी एक सय २९ स्थानमा अग्रता कायम गरेको छ ।

    नेकपा (माओवादी केन्द्र)ले वडा सदस्य पदमा एक हजार तीन सय २२ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले पनि वडा सदस्य पदमा नै दुई सय ६७ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ६ सय ८४ स्थानमा विजय हासिल गरी २७ स्थानमा अग्रता कायम गरेका छन् ।

  • भरतपुर अपडेट : रेणु दाहाल ६७५ मतले अगाडि

    भरतपुर अपडेट : रेणु दाहाल ६७५ मतले अगाडि

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

    २२ हजार ९५३ मत गणना हुँदा दाहालले ७ हजार ९९५ मत पाएकी छन् ।

    यस्तै नेकपा एमालेका विजय सुवेदीले ७ हजार ३२० मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७८६ मत पाएका छन् ।

  • मतगणनामा अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

    मतगणनामा अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले मतदानमा अवरोध गर्नेलाई कानुन अनुसार कारबाही गर्न गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

    आयोगले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदान स्थलका मतदान केन्द्रमा विभिन्न राजनीतिक दल, दलका प्रतिनिधि, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि एवम् मतदान स्थलमा प्रवेश गरेका विभिन्न व्यक्तिलाई कारबाही गर्न यस्तो निर्देशन दिएको हो ।

    निर्वाचन सम्बन्धी कसूरजन्य जुनसुकै कार्यमा संलग्न भएका र मतगणना कार्यमा अवरोध गर्ने ती व्यक्तिलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न यस्तो निर्देशन दिइएको आयोगका प्रवक्तासमेत रहेको सहसचिव शालिग्राम शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    निर्वाचन आयोगका अनुसार मतदान तथा मतगणनाको समयमा अनावश्यक वादविवाद गर्ने, मतदानमा अवरोध सिर्जना गर्ने, मतपेटिका खोस्ने, मतपेटिका तथा मतपत्र नष्ट गर्ने, मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने लगायतका कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्नका लागि निर्देशन दिइएको हो ।

    यस्तै मतदान स्थल तथा मतगणना स्थलमा हुलदङ्गा सिर्जना गर्ने, ढुङ्गामुढा गरी असामान्य स्थिति सिर्जना गर्ने, हातहतियार सहित मतदान केन्द्रमा प्रवेश गर्ने, मतदान केन्द्रको अनधिकृत कब्जा गरी एक पक्षीय रूपमा मतदान गर्ने लगायतका कार्य गर्नेलाई पनि यस्तो निर्देशन दिइएको हो ।