Category: स्थानीय निर्वाचन–२०७९

  • बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदारहरु निर्वाचित भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र चौधरी विजयी भएका छन् ।

    चौधरी ६ हजार २ सय ७२ मतसहित विजयी भएका हुन्। जसपाका भण्डारीलाल यादवले ५ हजार १ सय २५ मत प्राप्त गरे भने नेकपा एमालेका सरोजकुमारी यादवले ३ हजार ७११ मत ल्याइन् ।

    डुडुवामा अध्यक्ष र उपाध्यक्ष दोस्रो कार्यकालका लागि विजयी भएका हुन्। उपप्रमुखमा पनि कांग्रेसका शाहिदा बानो ५ हजार ८ सय ८४ मतसहित विजयी भइन् । जसपाका तरन्नुम बानोले ५ हजार ७ सय ५४ र एमालेका शकिल अहमद खानले ४ हजार १ सय ५८ मत पाएका छन् ।

  • २२ घण्टादेखि रोकिएको पाँचपोखरी थाङपाल गाउँपालिकाको मतगणना अझै सुरु हुन सकेन

    २२ घण्टादेखि रोकिएको पाँचपोखरी थाङपाल गाउँपालिकाको मतगणना अझै सुरु हुन सकेन

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा २२ घण्टादेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । वडा नम्बर ५ गुन्सामा मतगणनाका क्रममा विवाद भएपछि मतगणना कार्य रोकिएको हो ।

    निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसक्दा त्यहाँ मतगणना सुरु हुन सकेको छैन । मतगणना सकिँदा एमाले ९ मतले अगाडि देखियो । १२ सय ३ मत अर्धकट्टी छ भने ढ्वाङमा १२ सय मात्र मत देखिएपछि त्यहाँ विवाद भएको हो । ३ मतपत्र हराएपछि कांग्रेसको विरोधमा रोकिएको मतगणना सुरु हुन सकेको छैन । वडा नं। ४ सम्म भने मतगणना सम्पन्न भइसकेको छ ।

    वडा नं। १ , ३ नेकपा कम्युनिष्ट पार्टी एमाले ,वडा नं। २ मा नेपाली काग्रेस , वडा नं। ४ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै छ । माओवादी र काग्रेस गठबन्धनका उम्मेदवार दोस्रो क्रममा छन् । जिल्लामा ८ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने मेलम्ची, लिसंखु र सुनकोसीको गणना अन्तिम चरणमा पुगेको छ ।

    मेलम्ची नगरपालिकामा कांग्रेसले जितेको छ भने सुनकोसीमा कांग्रेसको अग्रता कायमै छ भने लिसंखुपाखरमा माओवादीको अग्रता देखिन्छ । यसअघि कांग्रेसले हेलम्बु, भोटेकोशी, त्रिपुरासुन्दरी, बाह्रविसेमा , एमालेले इन्द्रावती र माओवादीले बलेफी, चौतारा र जुगमा पालिका प्रमुख जितिसकेको छ ।

     

     

  • प्रदेशमन्त्रीका छोरालाई हराएर जनमत पार्टीका माझी बने हनुमाननगर कंकालिनीको मेयर

    प्रदेशमन्त्रीका छोरालाई हराएर जनमत पार्टीका माझी बने हनुमाननगर कंकालिनीको मेयर

    जनकपुरधाम । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको अध्यक्ष जितेर मधेसमा जनमत पार्टीले खाता खोलेको छ ।

    जनमतका वीरेन्द्र माझीले निवर्तमान मेयर तथा जसपाका शैलेश साहलाई पराजित गरेका छन् ।

    माझीले ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी साहले ६ हजार २४६ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मेयरमा पराजित साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् । उनी ०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा जितेका थिए ।

  • भक्तपुरको मध्यपुर थिमिमा जेठानसँग ज्वाइँ पराजित (अन्तिम नतिजासहित)

    भक्तपुरको मध्यपुर थिमिमा जेठानसँग ज्वाइँ पराजित (अन्तिम नतिजासहित)

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जेठानले ज्वाइँलाई हराएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका जेठान सुरेन्द्र श्रेष्ठले एमालेबाट उम्मेदवारी दिएका बहिनी ज्वाइँ मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतान्तरले हराएका हुन् ।

    प्रमुख निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । पराजित निवर्तमान प्रमुख मदनसुन्दरले ११ हजार ३५ मत ल्याए ।

    उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगको चुनावी तालमेलमा विजयी माओवादी केन्द्रका विजयकृष्णले १२ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८९६३ मत ल्याइन् ।

    नौवटा वडा रहेको मध्यपुर थिमिमा बहुमत ६ वटा जितेको छ । उसले वडा नं १, २, ३, ५, ६ र ९ वडामा अध्यक्ष जितेको हो । जसअनुसार १ मा बाबसकाजी डंगोल, २ मा श्रीकृष्ण श्रेष्ठ, ३ मा कृष्णहरि आचार्य, ५ मा बालकृष्ण श्रेष्ठ, ६ मा ज्ञानदास प्रजापति र ९ मा सानु राजबाहक रहेका छन् ।

    एमालेले ४ र ७ वडा जित्दा वडा नं ८ मा नेमकिपाले जितेको छ । एमालेबाट ४ मा बालकृष्ण पात्या श्रेष्ठ र ७ वडामा कृष्णकुमार प्रजापति निर्वाचित भए । प्रजापति अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । ८ वडामा नेमकिपाबाट रमेश थापा श्रेष्ठ विजयी भए ।

    मध्यपुर थिमि नगरपालिका
    प्रमुखः सुरेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस
    उपप्रमुखः विजयकृष्ण श्रेष्ठ (माओवादी केन्द्र)
    वडा नं १ः बाबुकाजी डंगोल (कांग्रेस)
    वडा नं २ः श्रीकृष्ण श्रेष्ठ (कांग्रेस)
    वडा नं ३ः कृष्णहरि आचार्य (कांग्रेस)
    वडा नं ४ः बालकृष्ण पात्या श्रेष्ठ (एमाले)
    वडा नं ५ः बालकृष्ण श्रेष्ठ (कांग्रेस)
    वडा नं ६ः ज्ञानदास प्रजापति (कांग्रेस)
    वडा नं ७ः कृष्णकुमार प्रजापति (एमाले)
    वडा नं ८ः रमेश थापा श्रेष्ठ (नेमकिपा)
    वडा नं ९ः सानु राजबाहक (कांग्रेस)

  • अछामको मंगलसेन नगरपालिकामा एमाले विजयी

    अछामको मंगलसेन नगरपालिकामा एमाले विजयी

    अछाम । अछामको मंगलसेन नगरपालिकाकाे प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ । प्रमुखमा पदम बोहरा ५७३७ मतसहित विजयी भएका हुन् ।

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नमबहादुर शाहीले ५२०२ मत पाएका थिए ।

    उपमेयरमा संगीता रावल सोडारी विजयी भइन । उनले ५७१९ मत पाउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादीक बमबहादुर रावलले ३०७५ मत पाएका थिए ।

    १४ वटा वडामध्ये एमालेले १, २, ३, ५, ६, ७, ८, ९, १० र १४ गरी १० वटा र ४, ११, १२ र १३ गरी ४ वटा कांग्रेसले जितेको छ ।

  • बर्दियाकाे बाँसगढी नगरपालिकामा एमाले विजयी

    बर्दियाकाे बाँसगढी नगरपालिकामा एमाले विजयी

    काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई तोड्दै बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेकाे छ । मेयरमा एमालेका केन्द्रीय सदस्य खडकबहादुर खड्का १० हजार ९४७ मत ल्याएर विजयी भएका छन् ।

    खड्काले माओवादी केन्द्रका भुवनकुमार थारुलाई एक हजार १८४ मतान्तरले पराजित गरेका हुन् । प्रतिस्पर्धी थारुले ९ हजार ७६३ मत पाएका छन् ।

    त्यस्तै उपमेयर विजयी इन्दिरा चौधरीले नेपाली कांग्रेसकी सोमती थारु खड्कालाई २ हजार ५२३ मतान्तरले पराजित गरेकी हुन् । चौधरीले ११ हजार ३५ मत ल्याउँदा थारुले ८ हजार ५१२ मत ल्याइन् ।

    ९ वटा वडा रहेको नगरपालिकाको ३-३ वटामा एमाले र माओवादी केन्द्र तथा २ वटामा कांग्रेस वियजी भएको छ ।

  • बुटवल उपमहानगरमा गठबन्धनका खेलराज एमालेका भट्टराईभन्दा साढे ४ हजार मतले अगाडि

    बुटवल उपमहानगरमा गठबन्धनका खेलराज एमालेका भट्टराईभन्दा साढे ४ हजार मतले अगाडि

    रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गठबन्धनका उम्मेदवार उनले १३ हजार ४१८ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।

    नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले ८ हजार ९७२ मत प्राप्त गरेका छन् । पछिल्लो मत गणनाअनुसार भट्टराई पाण्डेभन्दा ४ हजार ४४६ मतले पछि छन् । यसैगी राप्रपाका मृगेन्द्र शेरचनले २३७४ मत प्राप्त गरेका छन् ।

    उपमेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चीनबहादुर गुरुङलाई २७०१ मतले पछि पारेकी छन् । अर्यालले ९ हजार ९७८ मत प्राप्त गर्दा गठबन्धनका गुरुङले ७ हजार २७७ मत प्राप्त गरेका छन् ।

    यसैगरी राप्रपाकी भगवती पाण्डे सैंजुले ३३०७ मत प्राप्त गरेकी छन् । बुटवलमा हालसम्म २७३४४ मत गणना भएको छ ।

    यसअघि एमालेले जितेका वडाहरुमा पनि कांग्रेसले फराकिलो अन्तरले जितेकाले यहाँबाट पाण्डेको जित निश्चित जस्तै बनेको छ । तर, उपमेयरमा भने गठबन्धनभन्दा एमालेका उम्मेदवार अगाडि छन् । यो अन्तरलाई हेर्दा उपमेयरमा एमालेले जित्ने सम्भावना बलियो भएको छ ।

  • बर्दियाको ठाकुरबाबामा कांग्रेसका मेयर, एमालेकी उपमेयर निर्वाचित

    बर्दियाको ठाकुरबाबामा कांग्रेसका मेयर, एमालेकी उपमेयर निर्वाचित

    रुपन्देही । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका घननारायण श्रेष्ठले ६ हजार ५ सय ८१ मत ल्याएका छन् ।

    उपमेयरमा नेकपा एमालेका विना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी भइन् भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याएकी छन् ।

  • पश्चिमनवलपरासीको सरावल गाउँपालिका पनि एमालेले जित्यो, चौधरी बने अध्यक्ष

    पश्चिमनवलपरासीको सरावल गाउँपालिका पनि एमालेले जित्यो, चौधरी बने अध्यक्ष

    रुपन्देही । पश्चिमनवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी निकटम प्रतिद्वन्द्वीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

    चौधरीले सात हजार ५९ मत ल्याएर नेपाली कांग्रेसका अनिलकुमार गौडलाई पराजित गरेका हुन्। गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमति हरिजन विजयी भएकी छिन् । विजयी हरिजनले पाँच हजार ७४३ मत ल्याइन् भने उनकी निकटम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष समेत रहेकी नेपाली काङ्ग्रेसकी उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गरेकी छन् ।

    ७ वडा रहेको यस गाउँपालिकामा दुई वटा वडामा एमाले, तीन वटा वडामा काङ्ग्रेस र एक–एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् । यसअघि गाउँपालिका अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक (पछि कांग्रेसमा समाहित) र उपाध्यक्षमा काङ्ग्रेसले जितेको थियो ।

  • मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी, प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस

    मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी, प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस

    मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    मतगणनाअनुसार गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका विष्‍णुबहादुर विष्‍ट ९७१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७७७१ मत ल्याए ।

    यसैगरी उपमेयरमा गठबन्धनबाटै नेपाली कांगेसका भरत गोपाली ८६०७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकै कल्‍पना बलामीले ८५२२ मत ल्याइन् ।

  • एमालेले जित्यो मोरङको लेटाङ नगरपालिका, लावती अध्यक्ष र पोखरेल उपाध्यक्षमा निर्वाचित

    एमालेले जित्यो मोरङको लेटाङ नगरपालिका, लावती अध्यक्ष र पोखरेल उपाध्यक्षमा निर्वाचित

    काठमाडौं । मोरङको लेटाङ नगरपालिकामा एमालेले जित निकालेको छ । मेयरमा भुपेन्द्र लावती १०२२७ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै कृष्णकुमारी पोखरेल ९४६० मत ल्याएर निर्वाचित भएकी छन् ।

    मेयरका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८१०५ मत पाए भने उपमेयरका प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४९०५ मत प्राप्त गरे ।

  • काठमाडौं वडा नम्बर ७ को मतगणना सुरु, बालेनलाई ४८ भोट आउँदा स्थापितको ८

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ७ को पनि मतगणना सुरु भएको छ । प्रारम्भिक गणना अन्य उम्मेदवारभन्दा बालेन साह निकै अगाडि छन् ।

    यस वडाका १०० वटा मत गनिएकोमा स्वतन्त्र उम्मेदवार साहले मात्रै ४८ भोट ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले अहिलेसम्म ८ भोट मात्र ल्याएका छन् ।

    हालसम्म काठमाडौंका २ वडाको मतगणना सकिएको छ भने ९ वटा वडाको मतगणना जारी छ । बालेनले १५,९०६ भोट सहित अग्रता लिइरहेका छन् । दोस्रो र तेस्रोमा रहेका स्थापित र सिंहको क्रमशः ८,४२७ र ७,५२ भोट छ । मतगणना काठमाडौंको कोर एरियामा प्रवेश गरिसकेको छैन ।

  • देवदहको मेयरमा एमालेका खरेल जित नजिक

    देवदहको मेयरमा एमालेका खरेल जित नजिक

    रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेस माओवादी गठबन्धनका विरुद्ध नेकपा एमालेले जित निकाल्ने अवस्थामा पुगेको छ।

    पछिल्लो मत परिणाम अनुसार एमालेका नगर प्रमुख उम्मेदवार ध्रुवप्रसाद खरेलले १ हजार २ सय मतान्तरले अग्रता लिइरहेका छन्।

    गणना भएको ३३ हजार मतमध्ये नेकपा एमालेका उम्मेदवार ध्रुव खरेलले ११ हजार ३ सय ८८ मत पाएर अग्रता लिइरहेका छन भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका हिराबहादुर खत्रीले १० हजार १ सय ८८ मत पाएका छन्। खत्री यसअघि देवदह नगरपालिकाका प्रमुख हुन्।

    त्यसैगरी नगर उप–प्रमुख पदमा नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङ गठबन्धनबाट उम्मेदवार बनेकी सुन्दरी गिरी भन्दा ५ हजार ६ सय ३३ मतले अगाडि छन्।

    विद्यालक्ष्मी गुरुङले १२ हजार १ सय ८ मत पाउँदा गिरीले ६ हजार ४ सय ७५ मत पाएकी छन्। गुरुङ यसअघि समेत उपप्रमुखमा निर्वाचित भएकी थिईन्।

    ४८ हजार २ सय ९१ मत खसेको देवदह नगरपालिकाको ३३ हजार मतगणना भइसकेको छ। बाँकी रहेका वडामा नेकपा एमालेको बलियो गढकोरुपमा रहेकोले आफूले जित निकाल्ने दाबी एमालेको छ।

  • मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन विजयी

    मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन विजयी

    हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    आज बिहान सम्पन्न मतगणना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने ११ हजार २९२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत ल्याइन् ।

    यसैगरी उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका भक्तबहादुर खत्री ९ हजार ५२२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६५२ मत ल्याए ।

  • विराटनगर: जिततर्फ लम्किँदै नागेश र शिल्पा, उपमेयर उम्मेदवार नै नभएको रुखमा खस्यो ४, ८३७ मत

    विराटनगर: जिततर्फ लम्किँदै नागेश र शिल्पा, उपमेयर उम्मेदवार नै नभएको रुखमा खस्यो ४, ८३७ मत

    विराटनगर । विराटनगर महानगरको मतगणना जारी रहँदा गठबन्धन मेयर नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनकै उपमेयरका उम्मेदवार अमरेन्द्र यादव भने एमालेकी शिल्पा कार्कीभन्दा पछि परेका छन् ।

    हालसम्म ४० हजार २७२ मत गणना भएकोमा नागेशले ३ हजार १०१ मतको अग्रता लिएका हुन् । उनले १२,६७२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका सागर थापाले भने ९५७१ मत मात्र प्राप्त गरेका छन् ।

    गठबन्धनका उपमेयर अमरेन्द्र भने एमालेका उम्मेदवार शिल्पा कार्कीभन्दा ४३२५ मतले पछाडि छन् । शिल्पाले ११,०११ मत ल्याउँदा अमरेन्द्रको ६६८७ मत छ । रोचक के भने उपमेयरमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसको मतदान चिह्न रुखमा ४,८३७ मत खसेको छ ।

    गठबन्धन हुँदा जसपाले उपमेयर पाएपछि कांग्रेसकै नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । मेयरको दौडमा रहेका जसपाका नेता उमेश यादवले पार्टी नै परित्याग गरे । उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले ४,०५० मत प्राप्त गरेका छन् ।

    महानगरका ६ वटा वडाको मतमणना सम्पन्न भएको छ । सबैका नागेशले अग्रता लिएका छन् । वडा नम्बर १ वडामा नागेशले १८८० मत प्राप्त गर्दा सागरले १६७४ मत ल्याएका छन् । वडा नम्ब २ मा नागेशलाई १३३९ मत र सागरलाई १३३९ मत मिलेको छ ।

    त्यस्तै, १६ नम्बर वडामा नागेशले ८०८ मत प्राप्त गर्दा सागरले ५२३ प्राप्त गरेका छन् । १७ नम्बर वडामा नागेशको ११७७ मत छ भने सागरले ६८१ मत ल्याएका छन् ।

    त्यसैगरी वडा नम्बर १८ मा नागेशले ७४८ मत प्राप्त गर्दा सागरले ४१८ मत प्राप्त गरेका छन् भने १९ नम्बर वडामा नागेशले ९८९ मत ल्याउँदा सागरले ९८८ मत प्राप्त गरेका छन् ।

  • सिरहाको अर्नमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

    सिरहाको अर्नमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

    जनकपुरधाम । सिरहाको अर्नमा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार यादव विजयी भएका छन् ।

    यादवले ३ हजार २३३ मत ल्याएर विजयी भएका हुन् । उनी जसपाका जिल्ला अध्यक्ष समेत छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका चन्देश्वर मण्डल २ हजार ८१० मत पाएका छन् ।

    यस्तै उपाध्यक्षमा जसपाकै शोभा कुमारी साह ३ हजार १५९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी रामपुकारी देवी कोइरीन २ हजार ९५७ मत ल्याएकी छन् ।

    ७४ सालको निर्वाचनमा अर्नमा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ठकु महतो विजयी भएका थिए । तर यो निर्वाचनमा उनी तेस्रो स्थानमै सिमित रहे ।

  • ललितपुरको वागमतीमा गठबन्धन जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

    ललितपुरको वागमतीमा गठबन्धन जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

    ललितपुर । दक्षिण ललितपुरको वागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार वीरबहादुर लोप्चन विजयी भएका छन् । निर्वाचन अधिकृत नागेन्द्र केशोर पोखरेलका अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् ।

    उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले २ हजार ४३ मत ल्याए । उपाध्यक्षतर्फ गठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर ‘निसान’ विजयी भए ।

    उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मगरले ४ हजार ६ सय ९२ ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नमूना दोङले ३ हजार ७ सय मत ल्याइन् ।

    वागतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए भने उपाध्यक्षका उम्मेदवार अम्बिका न्योपाने घिमिरेले ३७ मत ल्याइन् ।

  • महोत्तरीको रामगोपालपुरका निवर्तमान मेयरलाई हराउँदै एमालेका साह विजयी

    महोत्तरीको रामगोपालपुरका निवर्तमान मेयरलाई हराउँदै एमालेका साह विजयी

    जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा राम दुलार साह १ हजार ७६३ मतान्तरले विजयी भएका हुन् । उनले निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार अशोककुमार मण्डललाई पराजित गरेका छन् ।

    साह ५ हजार ३४९ मत ल्याएर विजयी हुँदा मण्डलले ३ हजार ५८६ मत पाएका छन् ।

    यस्तै उपमेयरमा पनि एमालेकै रिनादेवी यादव ४ हजार २६३ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पादेवी कुशवाहाले ३ हजार ४०३ मत प्राप्त गरेकी छन् ।

    २०७४ को निर्वाचनमा १५ पालिका रहेको महोत्तरीमा नेकपा एमालेले एउटा पालिकासमेत जित्न सकेको थिएन ।

  • पोखरामा झण्डै दुई हजार मतले धनराजको लिड, उपमेयरमा थोरै मतान्तरले कोपिला अगाडि

    पोखरामा झण्डै दुई हजार मतले धनराजको लिड, उपमेयरमा थोरै मतान्तरले कोपिला अगाडि

    पोखरा । पोखराको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब दुई हजार मतले लिड गरेका छन् । आचार्यले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।

    उपमेयरमा गठबन्धनकी कोपिला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् ।

    कोपिलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ । हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • ललितपुरमा मतान्तर बढाउँदै महर्जन, उपमेयर उम्मेदवार नै नभएको रुखमा तीन हजार मत

    ललितपुरमा मतान्तर बढाउँदै महर्जन, उपमेयर उम्मेदवार नै नभएको रुखमा तीन हजार मत

    काठमाडौं । ललितपुर महानगरकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले निरन्तर मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । पछिल्लो परिणामअनुसार २१, ४२७ मत गणना हुँदा महर्जनले ११, ९२० मत पाएका छन् ।

    उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले महर्जनको भन्दा करिब आधा मात्रै मत पाएका छन् । व्यञ्जनकारले अहिलेसम्म ५, ५७० मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५, ९८३ मत पाएकी छन् भने माओवादीका बाबुराज बज्राचार्यले ४, ५६६ मत ल्याएका छन् ।

    यहाँ उपमेयरमा उमेदवार नै नभएको रुख चिह्नमा ३, २८० मत खसेको छ ।

    ललितपुर माहानगरपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १३१८ मतसहित विजयी भएका छन् ।