Category: स्थानीय निर्वाचन–२०७९

  • स्थापितको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता

    स्थापितको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितले भोट खसाएको वडा हो ।

    प्रारम्भिक मतगणनामा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् । ८७ मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ७३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहको ४७ मत छ ।

    समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ । स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् ।

    काठमाडाैंकाे वडा नं २८ पुरानाे बसपार्क र बागबजार आसपासकाे क्षेत्र हाे । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान गरेका थिए ।

  • बूढानीलकण्ठमा एमाले विजयी, मेयर-उपमेयरसहित १३ मध्ये १० वडामा जित

    बूढानीलकण्ठमा एमाले विजयी, मेयर-उपमेयरसहित १३ मध्ये १० वडामा जित

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वार्ड नेकपा एमालेले जितेको छ ।

    मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २७३८ छ ।

    त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी भइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११९७२ मत ल्याइन् ।

    नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्रले जितेका छन् । काठमाडौंका महानगरबाहेक १० नगरपालिकामध्ये अहिलेसम्म कांग्रेसले दक्षिणकाली,तारकेश्वर र किर्तिपुर जितिसकेको छ ।

    एमालेले बूढानीलकण्ठ र टोखा नगरपालिका जितेको छ भने राप्रपाले शंखरापुरमा जित निकालेको छ । गणना भइरहेका चन्द्रागिरी, नागार्जुन, गोकर्णेश्वर र कागेश्वरी मनहरामा कांग्रेसको अग्रता छ ।

  • बैतडीको पुर्चौडी नगरपालिकाका कांग्रेस विजयी

    बैतडीको पुर्चौडी नगरपालिकाका कांग्रेस विजयी

    काठमाडाैं । बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार ‍विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका हुन् ।

    बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ९६५ मत पाएका छन् ।

    माओवादी केन्द्रका विक्रम कुँवर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् ।

  • कर्णालीका ६० स्थानीय तहको नतिजा आयो, एमाले तेस्रो (सूचीसहित)

    कर्णालीका ६० स्थानीय तहको नतिजा आयो, एमाले तेस्रो (सूचीसहित)

    सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । १९ पालिकाको भने मतगणना जारी छ ।

    ६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा एकीकृत समाजवादीले तीन पालिका जितेको छ । प्रदेशका तीन पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

    कांग्रेसले जितेका पालिका 

    १) खार्पुनाथ गाउँपालिका (हुम्ला)– कर्णबहादुर रावल
    २) कुमाख गाउँपालिका (सल्यान)– मानबहादुर बुढाथोकी
    ३) त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत
    ४) भैरवी गाउँपालिका ( दैलेख)– रिताकुमारी शाही
    ५) कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य
    ६) महाबु गाउँपालिका(दैलेख) – लक्ष्मण गुरुङ
    ७) ठूलोभेरी नगरपालिका(डोल्पा) – स्वर्णबहादुर बुढा
    ८) हिमा गाउँपालिका(जुम्ला) – लक्ष्मण शाही
    ९) तिलागुफा नगरपालिका(कालिकोट)– शंकरप्रसाद उपाध्याय
    १०) मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा
    ११) सिद्धकुमाख गाउँपालिका (सल्यान)– भरत गिरी
    १२) ठाटीकाँध गाउँपालिका(दैलेख)– रक्षबहादुर शाह
    १३) कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत
    १४) बाँफिकोट गाउँपालिका(रुकुम पश्चिम) – जनककुमार बाँठामगर
    १५) चामुण्डा विन्द्रासैनी नगरपालिका(दैलेख) – गणेशकुमार शाही
    १६) शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी
    १७) शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही
    १८) पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा
    १९) छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम
    २०) पञ्चपुरी नगरपालिका (सुर्खेत) – लालविर भण्डारी
    २१) बराहताल गाउँपालिका (सुर्खेत) –भीम बहादुर भण्डारी
    २२) लेकबेशी नगरपालिका (सुर्खेत) –उमेश कुमार पौडेल
    २३) नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट
    २४) गुर्भाकोट नगरपालिका ( सुर्खेत) – हस्त पुन
    २५) छेडागाड नगरपालिका (जाजारकोट) – रत्नबहादुर खड्का

    माओवादीले जितेका पालिका

    १) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
    २) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही
    ३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
    ४) ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी
    ५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट
    ६) नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा
    ७) पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया
    ८) भगवतिमाई गाउँपालिका(दैलेख) – गणेश थापा
    ९) शुभकालिका गाउँपालिका(कालिकोट)– गोविन्दप्रसाद आचार्य
    १०) सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी
    ११) सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल
    १२) नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत
    १३) बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी
    १४) त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी
    १५) महाबै गाउँपालिका (कालीकोट) – खेमबहादुर सिंह
    १६) चौरजहारी नगरपालिका (रुकुम पश्चिम) – पुष्प बादी
    १७) आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) – रबि के.सी.
    १८) दार्मा गाउँपालिका (सल्यान) –निम बहादुर केसी

    एमालेले जितेका पालिका 

    १) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)
    २) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
    ३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी
    ४) नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा
    ५) जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही
    ६) चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी
    ७) भेरी नगरपालिका (जाजरकोट) – सिपी घर्ती
    ८) त्रिपुरासुन्दरी नगरपालिका (डोल्पा) – जुनचन्द्र रोकाय
    ९) कालिमाटी गाउँपालिका (सल्यान) – दानबहादुर केसी
    १०) छत्रेश्वरी गाउँपालिका (सल्यान) – ओज बहादुर बुढाथोकी
    ११) आठविस नगरपालिका (दैलेख) – तर्क बहादुर बडुवाल

    एकीकृत समाजवादीले जितेका पालिका

    १) काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)
    २) छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)
    ३) कपुरकोट गाउँपालिका(सल्यान)– दुर्गा पुन

    स्वतन्त्र उम्मेदवार

    १) खाँडाचक्र नगरपालिका (कालीकोट)– कमलबहादुर शाही
    २) सान्नी त्रिवेणी गाउँपालिका (कालीकोट)– मोहनबहादुर केसी
    ३) चन्दननाथ नगरपालिका (जुम्ला)– राजुसिंह कठायत

  • पाँचथरको याङवरक गाउँपालिकामा एमाले विजयी

    पाँचथरको याङवरक गाउँपालिकामा एमाले विजयी

    फिदिम । पाँचथरको याङवरक गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले जित निकालेको छ ।

    अध्यक्ष पदमा एमालेका भिमबहादुर योङया ४ हजार १ सय १८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतमप्रतिद्धन्द्धी गठबन्धनतर्फका नेपाली कांग्रेसका मविन्द्र योङयाले ४ हजार ३८ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा एमालेकै बाबा मेयाङ्बो विजयी भएकी छन् । मेयाङ्बो ३ हजार ९ सय ९८ मत सहित विजयी हुँदा गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका अर्जुन बेघाले ३ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् ।

    ६ वटा वडा रहेको याङवरकमा वडा नम्बर १, ३, ५ मा एमाले तथा २, ४, ६ मा गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् ।

  • बुटवलका १२ वटा वडाकाे अन्तिम नतिजा, कसले कति जित्याे ?

    बुटवलका १२ वटा वडाकाे अन्तिम नतिजा, कसले कति जित्याे ?

    रुपन्देही । बुटवल उपमहानगरपालिकाका १९ वटा वडामध्ये १२ वटाको मत परिणाम सार्वजनिक भएको छ । बुटवलमा अहिलेसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, १५, १६, १७, १८ र १९ नंं वडाको मत परिणाम सार्वजनिक भैसकेको छ ।

    जसमध्ये सत्ता गठबन्धनले १० वडा जित्दा नेकपा एमालेले २ वडामात्रै जितेको छ । बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनका खेलराज पाण्डेयले अग्रता लिएका छन् भने उपमेयरमा एमालेकी साबित्रा अर्यालले अग्रता लिएकी छिन् ।

    कहाँ कसले जिते ?

    वडा नं १ – नरेन्द्र बस्नेत (स्वतन्त्र)
    वडा नं २ – सुनिल शाक्य (नेकपा एस)
    वडा नं ३ – विष्णु ढकाल (नेकपा माओवादी केन्द्र)
    वडा नं ४ – नरिश्वर शर्मा पौडेल (नेपाली कांग्रेस)
    वडा नं ५ – हरिप्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)
    वडा नं ६ – लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)
    वडा नं ७ – पदम गाहा (नेपाली कांग्रेस)
    वडा नं १५ – शिव राना (नेपाली कांग्रेस)
    वडा नं १६ – कृष्णप्रसाद पौडेल (नेपाली कांग्रेस)
    वडा नं १७ – ज्ञानबहादुर रेस्मी (नेपाली कांग्रेस)
    वडा नं १८ – गुरुप्रसाद पंगेनी (नेकपा एमाले)
    वडा नं १९ – चन्द्रसिंह थापा (नेकपा एमाले)

  • जगन्नाथको वडामा मतगणना सुरू, रेणुले कटाइन् १० हजार मत

    जगन्नाथको वडामा मतगणना सुरू, रेणुले कटाइन् १० हजार मत

    चितवन । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको वडामा मतगणना सुरू भएको छ ।

    अहिलेसम्म २८६४३ मत गनिसकिएको छ । १ देखि ६ सम्म सकेर अहिले पौडेलको वडामा गन्न सुरू गरिएको छ ।

    जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । उनले १० हजार मतको आँकडा पार गरेकी छिन् । रेणुले १० हजार ४ सय ४९ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पौडेलले ४ हजार ६ सय ९६ मत पाएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४ सय ९६ र राप्रपाकी हिमला गुरुङले ६ हजार ९ सय ९२ मत प्राप्त गरेकी छिन् । सो वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।

    नेकपा एसका उम्मेदवारले वडा अध्यक्षमा ४ सय ९३ मत ल्याउँदा एमालेका उम्मेदवारले ४ सय मत ल्याएका छन् ।

  • भरतपुरका ६ वडाको परिणाम, ५ मा कांग्रेसको जित

    भरतपुरका ६ वडाको परिणाम, ५ मा कांग्रेसको जित

    चितवन । भरतपुर महानगरपालिकाका ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म ६ वटा वडाको परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ५ वटामा अध्यक्ष जितेको छ । त्यस्तै नेकपा एमालेले एउटा वडामा अध्यक्ष जितेको छ ।

    पछिल्लो परिणाम आएको वडा नम्बर ६ मा कांग्रेसका कृष्णलाल श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका डोलनाथ अधिकारीलाई पराजित गरे । अध्यक्षमा श्रेष्ठले २ हजार ७३५ मत ल्याउँदा अधिकारीले २ हजार ११७ मत पाए ।

    कांग्रेसबाट यसअघि वडा नम्बर १ मा केशव महर्जन, २ मा मनोज रानाभाट, ४ मा अर्पण पोखरेल, ५ मा युद्ध श्रेष्ठ अध्यक्षमा निर्वाचित भइसकेका छन् ।

    एमालेबाट वडा नम्बर ३ मा विकास थापा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेले विगतमा जितेको २, ४ र ५ नम्बर वडामा कांग्रेसले जितेको छ भने कांग्रेसले विगतमा जितेको ३ नम्बर वडा एमालेले खोसेको छ ।

  • सिन्धुलीको फिक्कल गाउँपालिकामा गठबन्धनसँग एमालेको कठिन प्रतिस्पर्धा, ४५ मतले पार्वतीको विजय

    सिन्धुलीको फिक्कल गाउँपालिकामा गठबन्धनसँग एमालेको कठिन प्रतिस्पर्धा, ४५ मतले पार्वतीको विजय

    काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा गठबन्धनसँगको कठिन प्रतिस्पर्धामा नेकपा एमालेले जित निकालेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जितेको छ ।

    अध्यक्षमा एमालेकी पार्वती सुनुवार ४,०६२ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर भुजेललाई ४५ मतान्तरले पराजित गरेका हुन् । पराजित भुजेलले ४,०१७ मत ल्याएका छन् ।

    त्यस्तै उपाध्यक्षमा एमालेकं राजु बराल ४,२५६ मतसहित विजयी भएका छन् । गठबन्धनबाट माओवादीका लोकेन्द्रबहादुर कार्कीले ३,४२६ मत पाएका छन् ।

    पालिका अध्यक्ष निर्वाचित सुनुवार यसअघि उपाध्यक्ष थिइन् । सिन्धुलीका सबै स्थानीय तहमा कांग्रेस र माओवादीको गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा छ । यसअघि गठबन्धनलाई पराजित गरेर गोलन्जोर गाउँपालिका एमालेले जितिसकेको छ ।

  • विजय जुलुसमा हिँडेको मिनी ट्रक दुर्घटना, ६ जना गम्भीर घाइते

    विजय जुलुसमा हिँडेको मिनी ट्रक दुर्घटना, ६ जना गम्भीर घाइते

    भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

    मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

    घटनाको यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर(१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।

     

  • काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी

    काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी

    काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ पालिका अध्यक्षमा माओवादी केन्द्र इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन् ।

    अध्यक्ष विजयी थिङले ४,४८५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेखर लामाले ३,१५५ मत पाएका छन् ।

    उपाध्यक्ष विजयी जिम्बाले ४,३२८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुक्मणी गुरुङले २,९८७ मत पाइन् ।

  • रुपन्देहीको देवदहमा एमालेका मेयर, उपमेयरका उम्मेदवारले जित्ने निश्चित

    रुपन्देहीको देवदहमा एमालेका मेयर, उपमेयरका उम्मेदवारले जित्ने निश्चित

    रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी हुने निश्चित भएको छ ।

    एमालेका उम्मेदवार ध्रुव खरेल मेयर र विद्यालक्ष्मी गुरुङ उपमेयरमा निर्वाचित हुने निश्चित भएको हो ।

    चार सय मत गन्द बाँकी हुँदा उनीहरु दुवैजना एक हजारभन्दा बढी मतसहित अगाडी भएपछि जित सुनिश्चित भएको हो ।

    रुपन्देहीका १६ पालिकाहरुमध्ये एमालेले करिब जितेको यो पहिलो पालिका हो ।

  • दमकमा २५ हजार मत गन्दा एमालेकी गीता १२३ मतले अगाडि

    दमकमा २५ हजार मत गन्दा एमालेकी गीता १२३ मतले अगाडि

    दमक। दमक नगरपालिकाको कुल २५ हजार १४ मत गणना सकिँदा एमालेकी मेयर उम्मेदवार गीता अधिकारी पौडेलले १२३ मतले अग्रता लिएकी छन् । अधिकारीले १० हजार ७ सय ९३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राप्रपाका राम थापाले १० हजार ६ सय ७० मत पाएका छन् ।

    उपप्रमुखमा पनि नेकपा एमलेका उम्मेदवार अम्बिका प्रसाद खनाल अगाडि छन् । उनले १० हजार ५ सय ४३ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेगनी भट्टराईले १० हजार ३ सय ६२ मत प्राप्त गरेकी छिन्।

    अहिले सम्म दमकमा वडा नम्बर १, २, ३ ,४ ८ , ९ र १० को मत गणना सकिएको छ ।

  • चौरजहारीको मेयर-उपमेयरमा माओवादी विजयी

    चौरजहारीको मेयर-उपमेयरमा माओवादी विजयी

    सुर्खेत । रुकुमपश्चिमको चौरजहारी नगरपालिका प्रमुख-उपप्रमुख नेकपा माओवादी केन्द्रले जितेको छ ।

    मेयरमा माओवादीका पुष्प वादी ६८८२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमबहादुर वली ६३११ मतमा रोकिए । उपप्रमुखमा माओवादीकै इश्वरीकुमारी शर्मा ७००२ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार टंकप्रसाद ओलीले ५७४४ मत प्राप्त गरे ।

    १४ वटा वडा रहेको यस नगरपालिकामा ११ वडाध्यक्ष माओवादी केन्द्र र ३ वटामा कांग्रेस (एमाले-कांग्रेस गठबन्धन) का उम्मेदवार विजयी भएका छन् ।

  • काठमाडौं अपडेट : साढे ४२ हजार मत गनिसक्दा बालेन ८०४० मतले अगाडि

    काठमाडौं अपडेट : साढे ४२ हजार मत गनिसक्दा बालेन ८०४० मतले अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाअन्तर्गत अहिलेसम्म ४ वडाको गणना सकिएको छ । ७ वटा वडाको गणना जारी छ । ४२५६९ मत गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निरन्तर अगाडि छन् ।

    उनले १६६४७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ८६०७ मत प्राप्त गरेका छन् । दुईजनाबीचको मतान्तर ८०४० छ ।

    तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७७६७ मत ल्याएकी छन् ।

    अहिलेसम्म १, २, ३ र ५ नम्बर वडाको गणना सकिएको छ । वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ । यी वडाहरूमा बालुवाटार, बौद्ध महाकांल, चावहिल-मित्रपार्क, डिल्लीबजार, ज्ञानेश्वर, भीमसेनगोला-शान्तिनगर, कोटेश्वर-जडिबुटी क्षेत्र पर्छन् ।

  • ललितपुरमा मतगणना प्रतिनिधि बस्न बालेनलाई दिइएन अनुमति

    ललितपुरमा मतगणना प्रतिनिधि बस्न बालेनलाई दिइएन अनुमति

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह आज ललितपुरको मतगणनास्थल पुगे । एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा मतगणनामा बस्न गएका बालेन त्यसका लागि अनुमति नपाएपछि फर्किएका छन् ।

    ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए ।

    ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् । व्यञ्जनकारले पञ्चायतकालदेखि निरन्तर हरेक चुनावमा भाग लिएर वडाध्यक्ष जित्दै आएका छन् । उनका छोरा कुमार बालेनका निकट सहयोगी हुन् । उनले यो चुनावमा आफ्नो पितालाई भन्दा बालेनलाई बढी समय खर्चिरहेका छन् ।

    प्रतिष्ठानको भवनमा बालेनको प्रवेश हुँदा सञ्चारकर्मी उनीतिर झुम्मिएका थिए । केही सञ्चारकर्मीले उनीसँग कुरा गर्न खोजे पनि उनले बोल्न मानेनन् । बालेनको आग्रहमा सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोकेका थिए ।

  • सिरहामा नेकपा एसले खाता खोल्यो, जित्यो सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष

    सिरहामा नेकपा एसले खाता खोल्यो, जित्यो सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष

    जनकपुरधाम । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष जितेर नेकपा एकीकृत समाजवादीले सिरहामा खाता खोलेको छ ।

    अध्यक्षमा एकीकृत समाजवादीका केदारनाथ यादव २६ भोटको अन्तरले विजयी भएका हुन् । निवर्तमान अध्यक्षसमेत रहेका उनले ३ हजार ४०७ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

    उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सत्रुधनप्रसाद साहले ३ हजार ३८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उपाध्यक्षमा भने नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी प्रमिला यादवले ३ हजार २२६ मत पाइन् ।

  • गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

    गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् ।

    वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा उनको प्रतिस्पर्धामा नेकपा एमालेका उद्धव विष्टले सात हजार ५३६ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामाले सात हजार ५९० मत प्राप्त गरे छ भने उनका निकटतम नेपाली कांग्रसकी शान्ति नेपालले सात हजार ५५२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । नेपाल यसअघि पनि नगर उपप्रमुख थिए ।

    नौवटा वडा रहेको गोकर्णेश्वरमा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा एमाले, ५ मा कांग्रेस र ४ को वडाध्यक्षमा कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत विजयी भएका छन् । पछिल्लो परिणाम अनुसार वडा नं ७ मा एमालेका केशव गुरुङ विजयी भए । नगरपालिकामा अहिले वडा नं ८ को मतगणना भइरहेको छ । वडा नं ९ को मतगणना बाँकी छ ।

    नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कुल मतदाता सङ्ख्याको ७१।३२ प्रतिशत हो । नगरपालिकामा यसअघि कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छवटा वडामा विजयी हासिल गरेको थियो ।

    यसपटक भने काँग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३, ६ मा हारेको छ । तीनै वडामा एमाले प्यानलसहित विजयी भएको छ । यसअघि राप्रपा निर्वाचित भएको वडा नं २ को अध्यक्षमा पनि यसपटक एमाले विजयी भएको छ । नगरपालिकाका नौ वटा वडामध्ये सात वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।

  • भक्तपुरको चाँगुनारायण नपाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी (अन्तिम नतिजासहित)

    भक्तपुरको चाँगुनारायण नपाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी (अन्तिम नतिजासहित)

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।

    गठबन्धनलाई छाडेर एक्लै अघि बढेको कांग्रेसले यहाँ उपमेयर गुमाउनुपर्‍यो । त्यस्तै कांग्रेस २०७४ सालको मंसिरमा भएको प्रदेशसभाको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गरिएको लिखित सम्झौतालाई लत्याएर अघि बढेको थियो ।

    प्रमुख निर्वाचित कांग्रेसका जीवन खत्रीले ९ हजार ५५० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी वीणा बास्तोलाले ९१६० मत ल्याइन् । उनी निवर्तमान उपमेयर थिइन् ।

    प्रमुखमा राप्रपाका रवीन्द्रप्रताप शाहले ८ हजार ६७ मत ल्याउँदा नेमकिपा केशवप्रसाद तिमिल्सिनाले ३ हजार २६७ मत पाए ।

    उपप्रमुखमा एमालेका रमेश बुढाथोकी ११ हजार १०७ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत ल्याइन् । उपमेयरमा राप्रपाकी मञ्जु कार्कीले ६०८६ र नेमकिपाकी कल्पना लामाले ३३७४ मत ल्याएका छन् ।

    वडामा पनि मिश्रित

    चाँगुनारायण नपाका नौ वटा वडामा यसपटक पनि मिश्रित परिणाम आएको छ । अघिल्लो निर्वाचनमा कांग्रेस, एमाले र नेमकिपाको उपस्थिति रहेको वडामा यसपटक राप्रपाले इन्ट्री गरेको छ । राप्रपाले एमालेका दुइटा वडा खोसेको छ ।

    कांग्रेसले ४ वडाको अध्यक्ष जित्दा राप्रपा र एमालेले समान २–२ वटा र नेमकिपाले एक वडा जितेका छन् ।

    चाँगुनारायण नगरपालिका
    प्रमुखः जीवन खत्री (नेपाली कांग्रेस
    उपप्रमुखः रमेश बुढाथोकी (एमाले)
    वडा नं १ः सिजन कार्की (कांग्रेस)
    वडा नं २ः सोम प्रधान (कांग्रेस)
    वडा नं ३ः श्यामसुन्दर धिमाल (एमाले)
    वडा नं ४ः रोजबहादुर लामा (एमाले)
    वडा नं ५ः जयन्द्र खड्का (कांग्रेस)
    वडा नं ६ः धनबहादुर लामा (राप्रपा)
    वडा नं ७ः श्याम नायजू श्रेष्ठ (राप्रपा)
    वडा नं ८ः जनक खत्री (कांग्रेस)
    वडा नं ९ः गणेश त्यात (नेमकिपा)

  • दैलेख आठबीसका कांग्रेस उम्मेदवारले मतगणना नसकिँदै एमालेलाई दिए बधाई

    दैलेख आठबीसका कांग्रेस उम्मेदवारले मतगणना नसकिँदै एमालेलाई दिए बधाई

    सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा उम्मेदवार बनेका प्रेमप्रकाश शाहीले पराजय स्वीकार गर्दै आफ्ना प्रतिस्पर्धी एमालेका तर्कबहादुर बडुवाललाई बधाई दिएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लैख्दै बडुवाललाई बधाई दिएका हुन् । उनले आफ्नो लडाइँ जातसँग नभइ विचारसँग भएका कारण पराजय भोग्नुपरेको बताएका छन् ।

    उनले लेखेका छन्– मेरो लडाइँ विचारको थियो, जातसँग थिएन तर भोगियो । अग्रिम बधाई आदरणीय मामा तर्क बडुवाललाई ।’

    आठबीस नगरपालिकाका क्षेत्री समूदाय एक भएका कारण चुनाव हार्नुपरेको उनको बुझाइ छ ।