Category: स्थानीय निर्वाचन–२०७९

  • गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित

    गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित

    चितवन । पाँच दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन् ।

    २०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै आएका एमालेका लालमणि चौधरीलाई खनियाँले ८५० मतान्तरले पराजित गरेका हुन् । खनियाले १४ हजार ५४५ मत ल्याउँदा चौधरील १३ हजार ६९५ मत प्राप्त गरे ।

    पूर्व सांसदसमेत रहेका चौधरीलाई मेयरमा गठबन्धनले हराउन सके पनि उपमेयरमा भने हराउन सकेन । उपमेयरमा एमालेकी कविता उप्रेती चार हजार ४९४ मतान्तरले निर्वाचित भइन् ।

    उप्रेतीले १४ हजार १६४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी लक्ष्मी ढकालले नौ हजार ६७० मत प्राप्त गरिन् ।खैरहनीमा गठबन्धनको सहारामा कांग्रेसले छ वडा जित्न सफल भयो । एमालेले सात वडामा जित हात पारेको छ ।

     

  • इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित

    इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित

    इलाम । इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।

    पोख्रेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गरेका हुन् । पोख्रेलले आठ हजार ६९५ मत प्राप्त गरेका छन् । उनका दुलालले सात हजार ६२२ मत प्राप्त गरेका छन् ।

    २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा पनि दुलाल पोख्रेलसँगै पराजित भएका थिए । उपप्रमुख पविमाया राईले आठ हजार ५६३ मत ल्याएर विजयी भएकी छन् ।

    उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम राईले पाँच हजार हजार ७६५ मत प्राप्त गरेका छन् । पविमाया राईले अघिल्लो निर्वाचनमा कांग्रेसकी सूर्यमाया राईलाई पराजित गर्दै उपप्रमुख निर्वाचित भएकी थिइन् ।

     

  • पोखरामा लाैरो ‘फ्लप’, हार्ने निश्चित भएपछि गनेसले गरे नयाँ पार्टी खोल्ने संकेत

    पोखरामा लाैरो ‘फ्लप’, हार्ने निश्चित भएपछि गनेसले गरे नयाँ पार्टी खोल्ने संकेत

    काठमाडौं । पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका लेखक गनेस पौडेलले लौरो चुनाव चिह्न पाए पनि अपेक्षित मत पाएनन् ।

    काठमाडौं महानगरमा बालेन्द्र साहले अग्रता लिइरहँदा पौडेलले भने निराशाजनक मत पाए । पछिल्लो अपडेट अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १६ ४१९ मत प्राप्त गर्दा उनलाई एमालेका कृष्ण बहादुर थापाले १४३८४ मतसहित पछ्याइरहेका छन् । सँगै पौडेलले भने अहिलेसम्म ८९६ मत मात्रै ल्याएका छन् ।

    हार निश्चित भएपछि पौडेलले समीक्षा गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्दै चुनावी अभियानका क्रममा कैयन गल्ती भएको र ढंग नपुगेको बताएका छन् । साथै अनुकूल भएको जनमतलाई सम्हाल्न नसकेको पनि उल्लेख गरेका छन् ।

    उनले थप लेखेका छन्, ‘यो चुनावले भरपुर आत्मावलोकन र समीक्षाको अवसर दियो । पोखराको हकमा जेजस्तो परीक्षा र प्राप्ति हुँदै छ त्यसले हामी रत्तीभर निराश छैनौँ । देशभरका स्वतन्त्र उम्मेदवार र तिनले ल्याएको राजनीतिक बहसले नयाँ प्रकारको वैकल्पिक राजनीतिको गोरेटो देखाएको छ । हामी त्यो गोरेटो पछ्याउन उत्साही छौँ ।’

    पौडेलले अबका दिनमा संगठित हुँदै जाने बताउँदै राजनीतिक दल निर्माण गरेर अगाडि बढ्ने संकेत गरेका छन् ।

    उनले लेखेका छन्, ‘निकट भविष्यमा कुनै सामूहिक निष्कर्षमा पुग्नेछौँ । स्थानीय तहको चुनावी अभियानबाट सिकेको पाठ आउँदो प्रादेशिक र संघीय चुनावमा प्रयोग गर्नेछौँ ।’

  • भरतपुर महानगर: मेयरमा रेणुलाई २ हजार मतको स्पष्ट अग्रता

    भरतपुर महानगर: मेयरमा रेणुलाई २ हजार मतको स्पष्ट अग्रता

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहालले २ हजार मतको अन्तर कायम गरेकी छिन् ।

    जारी मतगणनामा दाहालले ११ हजार ९० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार ९० मत ल्याएका छन् । अहिले वडा नम्बर ७ र ८ को एकैसाथ गणना भइरहेको छ ।

    मेयरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९ सय ५८ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २ सय ४५ र राप्रपाकी हिमला गुरुङले ७ हजार ३ सय ७१ मत ल्याएकी छिन् ।

    ७ नम्बर वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादी र ८ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएका छन् । अहिलेसम्म ३० हजार २ सय ५२ मत गणना भएको छ ।

  • धरानको मतगणनास्थलमा सेना परिचालन, गणना रोकियो

    धरानको मतगणनास्थलमा सेना परिचालन, गणना रोकियो

    इटहरी । धरान उपमहानगरपालिकाको मतगणनाको क्रममा विवाद बढेपछि गणनास्थलमा नेपाली सेना परिचालन गरिएको छ । वडा नम्बर २० को गणना गर्ने क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको थियो ।

    नेकपा माओवादी केन्द्रले जनताको मतको अवमूल्यन गरेको भन्दै मतदान अधिकृतले नियतवस लापरवाही गरेको आरोप लगाएको छ । ती मतलाई सदर गर्नुपर्ने भनेर माओवादी कार्यकर्ताले मतगणनास्थल पब्लिक माविमा आन्दोलन थालेका छन् ।

    इलाका प्रहरी कार्यालयका निरीक्षक गजेन्द्र रायले विवाद भएपछि अहिले गणना स्थगित भएको नेपाल प्रेसलाई बताए । मतदान अधिकृतको हस्ताक्षरबिनाका ती १८ मतपत्रमा ११ माओवादी, ४ कांग्रेस र ३ एमालेको मत देखिएको थियो ।

  • काठमाडौंका ८ वटा वडाको ताजा स्थितिः २८ मा स्थापित अगाडि, अरुमा बालेनको एकछत्र

    काठमाडौंका ८ वटा वडाको ताजा स्थितिः २८ मा स्थापित अगाडि, अरुमा बालेनको एकछत्र

    काठमाडौं । काठमाडौं महानगरको ८ वटा वडाको मतगणना अहिले जारी छ । यीमध्ये ७ वटा वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले एकछत्र अग्रता लिइरहेका छन् ।

    हाल मतगणना भइरहेका वडामा ४, ६, ७, २७, २९, ३०, ३१ र ३२ छन् । सबैभन्दा पछाडि गणना सुरु भएको वडा नम्बर २८ मा एमालेका केशव स्थापितको अग्रता छ । अरु सबैमा बालेन अगाडि छन् ।

    वडा नम्बर २८ मा अहिलेसम्म स्थापितले १०९ मत ल्याएका छन् भने बालेनले १०५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । तेस्रोमा रहेकी सिर्जना सिंहलाई १०५ भोट आएको छ । हालसम्म यस वडामा ४०० भोटको मतगणना सकिएको छ ।

    काठमाडौंका वडाहरुको अवस्था यस्तो छः

    वडा नम्बर ४

    गणना भएको मतः ७८०३

    बालेन साह (लौरो)- ३२३८

    केशव स्थापित (सूर्य)- १५९३

    सिर्जना सिंह (रुख)- १२१६

    वडा नम्बर ६

    गणना भएको मतः ४२५२

    बालेन साह (लौरो)- १५०६

    केशव स्थापित (सूर्य)- ७७४

    सिर्जना सिंह (रुख)- १०३५

    वडा नम्बर ७

    गणना भएको मतः ८००

    बालेन साह (लौरो)- ३७४

    केशव स्थापित (सूर्य)- १२७

    सिर्जना सिंह (रुख)- १३१

    वडा नम्बर २८

    गणना भएको मतः ४००

    बालेन साह (लौरो)- १०५

    केशव स्थापित (सूर्य)- १०९

    सिर्जना सिंह (रुख)- ७१

    वडा नम्बर २९

    गणना भएको मतः १७०५

    बालेन साह (लौरो)- ५५०

    केशव स्थापित (सूर्य)- ३२८

    सिर्जना सिंह (रुख)- ४०३

    वडा नम्बर ३०

    गणना भएको मतः १९४७

    बालेन साह (लौरो)- ६९६

    केशव स्थापित (सूर्य)- २८६

    सिर्जना सिंह (रुख)- २५२

    वडा नम्बर ३१

    गणना भएको मत: ५१६७

    बालेन साह (लौरो)- १९८६

    केशव स्थापित (सूर्य)- १०७०

    सिर्जना सिंह (रुख)- १०७३

    वडा नम्बर ३२

    गणना भएको मतः ८१५५

    बालेन साह (लौरो)- ३५७६

    केशव स्थापित (सूर्य)- १६६१

    सिर्जना सिंह (रुख)- १२८७

  • माधव नेपालकाे गृहनगर गौरमा नेकपा एस विजयी

    माधव नेपालकाे गृहनगर गौरमा नेकपा एस विजयी

    जनकपुरधाम । रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । गाैर नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकाे गृहनगर हाे ।

    मेयरमा शम्भु साहले ६ हजार ३८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अजयकुमार गुप्ताले ३ हजार ७५५ मत ल्याए ।

    यस्तै उपमेयरमा एकीकृत समाजवादीकै शैलकुमारी साह ४ हजार ८०९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी शाहजान खातुन ३ हजार ६८५ मतमै सीमित भए ।

    यसअघि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका केदारनाथ यादव विजयी भएका थिए ।

  • पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

    पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

    पोखरा । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

    कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।

    त्यही घटनालाई लिएर एमालेका उम्मेदवार र नेताहरुले नाराबाजी गरेका हुन् ।

  • गठबन्धनलाई पराजित गर्दै रुपन्देहीको देवदहमा एमाले विजयी

    गठबन्धनलाई पराजित गर्दै रुपन्देहीको देवदहमा एमाले विजयी

    रुपन्देही । नेपाली कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गर्दै रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन् ।

    खरेलले गठबन्धनबाट नेपाली कांग्रेसका रुपन्देही जिल्ला सचिव हीरा खत्रीलाई १६२० मतान्तरले पराजित गरेका हुन् । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईंलाई पराजित गरी प्रमुख निर्वाचित भएका थिए । खरेलले १२ हजार ९४३ मत पाउँदा केसीले ११ हजार ३२३ मत प्राप्त गरे ।

    त्यसैगरी उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ फराकिलो मतान्तरले निर्वाचित भएकी छन् । गुरुङ यसअघि पनि उपप्रमुख निर्वाचित भएकी थिइन् । गुरुङले गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी हुन् । ४८ हजार २९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउँदा गिरीले ७ हजार २९० मत पाएकी छन् ।

    एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माको निर्वाचन क्षेत्र रहेको देवदहमा अघिल्लाेपटक कांग्रेसले जितेको थियाे ।

  • कांगेसकाे गढ भत्काउँदै मोरङको सुनवर्षीको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी

    कांगेसकाे गढ भत्काउँदै मोरङको सुनवर्षीको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी

    विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी भएकाे छ । मेयरमा एमालेका श्‍याम प्रसाद राजवंशीले ८ हजार ६३९ मत प्राप्त गदै निर्वाचित भएका छन्।

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञ बहादुर कार्कीले ६ हजार९५३ मत प्राप्त गरेका छन् । उपप्रमुखमापनि एमालेकै मिरा देवी दास केवरतले ८हजार३८३ मत ल्याउदै निर्वाचित भएकी छिन्।

    कांग्रेसकी विमला देवी केवरतले ७ हजार ४२७ मत ल्याएकी छन् ।कांग्रेसको गढका रुपमा चिनिएको सुनवर्षी नगरपालिकामा सेटैले जितेको छ। पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र हालकांग्रेस नेता मिनेन्द्र रिजालको क्षेत्र रहेको मोरङ क्षेत्र नं २ मा पहिलो पटक एमालेले ऐतिहासिक जित निकालेको हो ।

    यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर दुबैमा जितेको थियो ।

  • निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन

    निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले विभिन्न कारण स्थगन भई मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना पाँच दिन सम्पन्न गर्न निर्देशन दिएको छ ।

    ‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न—गराउन आयोग निर्देश गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

    गत बैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा मतदान स्थगन भएको थियो । यस्ता मतदान केन्द्रहरुमा मतदान भइरहेको छ ।

    निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भई आज मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ ।

    परिणाम आउन बाँकी पालिकाहरुमा मतगणना कार्य जेठ ५ गतेसम्म सम्पन्न गर्न अधिकतम् प्रयास भइरहेको आयोगले बताएको छ ।

    विज्ञप्तिमा धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराएको छ ।

    ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा सम्पन्न गराउने आयोगको संवैधानिक दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरिहार्य रहन्छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    विद्यमान कानूनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको छ । तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधि विहिन हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी नयाँ जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न पनि आयोगले निर्देशन दिएको छ ।

     

     

     

  • पर्साका वशिष्ट कुमार बने सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष

    पर्साका वशिष्ट कुमार बने सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष

    काठमाडौं । पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा २१ वर्षीय युवा विजयी भएका छन् । जनता समाजवादी पार्टीबाट वशिष्ट कुमार ३७१९ मत ल्याएर विजयी भई देशकै कान्छाे गाउँपालिका अध्यक्ष बन्न सफल भएका हुन् ।

    हालसम्मको मत परिणामअनुसार वशिष्ट देशकै सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमार ३६०५ मत ल्याएर दोस्रो भएका छन् ।

    उक्त गाउँपालिकाकाे उपाध्यक्षमा कांग्रेसकी राजमती बैरेनी विजयी भएकी छन् । उनले ३९६१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जसपाकी सहानी खातुनले ३८३४ मत ल्याएका छन् ।

    गाउँपालिकाका पाँचवटा वडामध्ये १ र ४ मा कांग्रेस, ३ र ५ मा जसपा तथा २ वडामा एमालेले जीत हासिल गरेका छन् ।

  • लमजुङको मध्यनेपाल नगरपालिका मेयरमा कांग्रेसका पाण्डे र उपमेयरमा एमालेकी गुरुङ विजयी

    लमजुङको मध्यनेपाल नगरपालिका मेयरमा कांग्रेसका पाण्डे र उपमेयरमा एमालेकी गुरुङ विजयी

    लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मध्यनेपाल मेयरमा एमालेलाई पराजित गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छिन् ।

    मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले ६ हजार ५५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेका छन्।

    यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ विजयी भएकी छिन्। उनले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकि छन्। गठबन्धनबाट माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५ मत प्राप्त गरे । यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका पाण्डे पुनः दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

    मध्यनेपालमा २०७४ को स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। २०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

     

  • प्यूठानको झिमरुकमा भत्कियो जनमोर्चाको किल्ला, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसकाे जित

    प्यूठानको झिमरुकमा भत्कियो जनमोर्चाको किल्ला, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसकाे जित

    रूपन्देही । अहिलेसम्म राष्ट्रिय जनमोर्चाबाहेक कसैले जित निकाल्न नसकेको प्यूठानको झिमरुक गाउँपालिकामा नेकपा एमालेसँगको गठबन्धनमा माओवादी केन्द्रले जितेको छ ।

    तर गठबन्धनमा उपाध्यक्ष पाएको एमालेका उम्मेदवारलाई साथ नदिएर कांग्रेसलाई साथ दिएको एमालेको आरोप छ । जनमोर्चालाई हराउन पाँच दलको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गरेको माओवादीले उपाध्यक्षमा साथ नदिएको एमाले कार्यकर्ताको गुनासो छ ।

    झिमरुक गाउँपालिका अध्यक्षमा माओवादीका पितबहादुर एम्सी विजयी भएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा र कांग्रेसबीचको गठबनधनबाट कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् ।

    बहुदलीय व्यवस्थापछि यहाँ जनमाेर्चालाई कुनै दलले जित्न नसकेको अवस्थामा अहिले माओवादीले जितेको स्थानीय बताउँछन् ।

    जनमोर्चाले भने माओवादीको दोहोरो रणनीतिका कारण पाँच दलको गठबन्धन नभएको आराेप लगाउँदै आएको छ । यहाँको गठबन्धन मिलाउन पाँच दलका शीर्ष नेताहरूकै बैठक बसेकाे थियाे । तर, मिलाउन सहमति जुट्न सकेन ।

    झिमरुक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहपालिका हो ।

  • धरानमा पनि लौरो अघि बढ्यो, कांग्रेसका किशोरलाई रोक्दै लौरोछाप हर्क साङपाङको अग्रता

    धरानमा पनि लौरो अघि बढ्यो, कांग्रेसका किशोरलाई रोक्दै लौरोछाप हर्क साङपाङको अग्रता

    काठमाडौं । काठमाडौंमा ठूला दलका हेबिवेट उम्मेदवारलाई हायलकायल पारिरहेको लौरोले धरान उपमहानगरपालिकामा समेत रुखलाई हान्न थालेको छ ।

    कांग्रेसका मेयर उम्मेदवार किशोर राईको शुरुदेखिकै फराकिलो अग्रतालाई लौरोधारी स्वतन्त्र उम्मेदवार हर्क साङपाङले रोकेर अघि बढेका छन् । पछिल्लो गणना अनुसार रुखको ८१२६ मत छ भने लौरोको ८१४० मत छ । एमालेकी मञ्जु भण्डारी भने ६७१३ मतसहित निकै पछाडि छन् । उपमेयरमा भने एमाले र कांग्रेसका उम्मेदवारको टक्कर छ ।

    हर्क साङपाङको लौरोले धरानमा अधिकांश एमालेको मत लिएको छ । कांग्रेसको पनि उल्लेख्य मत लौरोमा गएको देखिएको छ । उनी लो प्रोफाइलका लोकप्रिय उम्मेदवार भनेर नेपाल प्रेसले सबैभन्दा पहिले उनको उम्मेदवारीबारे सार्वजनिक बहस गराएको थियो ।

    यो पनि पढ्नुस् : धरान मेयरको स्वतन्त्र उम्मेदवारमा हर्क साम्पाङको चर्चा : कांग्रेस र एमालेमा कसलाई घाटा ?

  • कैलालीकाे गोदावरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    कैलालीकाे गोदावरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    कैलाली । कैलालीको गोदावरी नगरपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट तथा उपप्रमुखमा नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएका छन् ।

    कांग्रेसका भट्टले नेकपा एमालेका गोकर्ण भट्टलाई ४ हजार २७७ मतले पछि पार्दै विजयी भएका हुन् । भट्टले १५ हजार ५०१ मत पाउँदा एमालेका भट्टले ११ हजार २२४ मत पाएका थिए ।

    त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी रोकायाले एकीकृत समाजवादीकी रत्ना कडायतलाई ६८७ मतले पछि पार्दै विजयी भएकी हुन् । रोकायाले १० हजार ६७० मत पाउँदा समाजवादीकी कडायतले ९ हजार ९८३ मत पाएकी छिन् ।

    यस्तै नगरभित्रका १२ वटा वडामध्ये ७ वटामा कांग्रेस विजयी भएको छ । एमालेले ४ वटामा जित हात पारेको छ ।

  • भत्कियो कांग्रेसको ऐतिहासिक गढ, दोधारा चाँदनीको मेयरमा एमालेका किशोर लिम्बू विजयी

    भत्कियो कांग्रेसको ऐतिहासिक गढ, दोधारा चाँदनीको मेयरमा एमालेका किशोर लिम्बू विजयी

    धनगढी । प्रदेश १ का केही जिल्लामा मात्र उल्लेख्य बसोबास रहेको लिम्बू समुदायको व्यक्तिले सुदूरपश्चिमको तराईमा पुगेर मेयर जित्न सम्भव छ ? कन्चनपुरको दोधारा चाँदनीका जनताले यसलाई सम्भव बनाइदिएका छन् ।

    स्थानीय तह निर्वाचनको पछिल्लो परिणाम अनुसार दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार किशोरकुमार लिम्बू निर्वाचित भएका छन् ।

    लिम्बूले ७ हजार १०४ मत ल्याउँदै नेपाली कांग्रेसका रैथाने उम्मेदवार गोपालदत्त भट्टलाई पराजित पराजित गरेका हुन् । भट्टले ६ हजार १७१ मत पाएर लिम्बुसँग पराजित भए । जबकी उपमेयरमा भने कांग्रेसकी गंगादेवी जोशी विजयी भएकी छन् । जोशीले ६ हजार ३६५ मत पाउँदा उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याएकी छन् ।

    यसअघि दोधारा चाँदनी २०४८देखि नै कांग्रेसले जित्दै आएको पालिका हो ।

    संयोग नै मान्नुपर्छ अघिल्लो चुनावमा लिम्बु सोही पालिकाको मेयरमा हारेका थिए । यो नेपाली कांग्रेसका नेता रमेश लेखकको निर्वाचन क्षेत्र हो । भारतीय सेनाका छोरा उनी बुबाको जागिरकै सिलसिलामा ताप्लेजुङबाट भारत हुँदै कञ्चनपुर सरेका हुन् ।

  • कैलालीकाे माेहन्याल गाउँपालिकामा माओवादी विजयी

    कैलालीकाे माेहन्याल गाउँपालिकामा माओवादी विजयी

    कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

    पालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका देवीदत्त उपाध्याय (हिमशिखर) विजयी भएका हुन् । उनले ३,१३४ मत पाएका छन् ।

    उपाध्यायका प्रतिस्पर्धी  नेकपा एमालेका धरमबहादुर  थापाले २७१५ मत ल्याएका छन् ।

    यस्तै उपाध्यक्षमा पनि गठबन्धनकै कांग्रेसका कमलबहादुर साउँदले जित हात पारेका छन् । उनले ३३३९८ मतसहित जित हासिल गरेका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरस्वतीदेवी रावलले २३०३ मत ल्याएकी छन् ।

  • महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी

    महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी

    जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

    गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिपकुमार पाण्डे दुई हजार ३३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अजयजंग रायले दुई हजार २०८ मत ल्याएका छन् ।

    उपाध्यक्षमा भने जसपाकी दिपोदेवी पासवान दुई हजार ६४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत पाइन् ।

    गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।

  • समाजवादका लागि प्रगतिशील करप्रणाली अनिवार्य : झलनाथ (भिडिओ)

    समाजवादका लागि प्रगतिशील करप्रणाली अनिवार्य : झलनाथ (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रगतिशील कर लगाएर मात्रै समाजवादको लक्ष्य पूरा हुनसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै खनालले विद्यमान कर प्रणालीमा सुधार गर्न सरकारसँग माग गरे ।

    ‘समाजवाद उन्मुख हुने हो भने कर प्रणाली सुधार्नुपर्छ । प्रगतिशील कर प्रणाली लागू गर्नुपर्‍यो । बढी सम्पत्ति हुनेले बढी कर तिर्नुपर्‍यो, कम सम्पत्ति हुनेले कम तिर्नुपर्‍यो । प्रगतिशील कर प्रणाली भएन भने समाजवाद गफमात्रै हुन्छ’, खनालले भने ।’

    अर्थतन्त्र सुधारका लागि राज्यको भूमिकालाई बढोत्तरी गर्नुपर्ने भन्दै खनालले विदेशी अनुदान र कमिसनको भरमा मात्रै पर्न नहुने बताए । भूमी सुधार र कृषि क्रान्ति नै नेपाली अर्थतन्त्र सुधारको मुख्य आधार हुने खनालको भनाइ छ ।

    ‘वैज्ञानिक भूमिसुधार जरुरी छ । भूमिको वैज्ञानिकीकरण नभएका कारण हाम्रो उत्पादनमा समस्या छ । कृषिमा क्रान्ति गर्नको लागि कृषि अनुसन्धान केन्द्रहरू सबैतिर स्थापना गर्नुपर्छ’, खनालले भने ।

    उत्तर र दक्षिण दुवैतिरका छिमेकीसँग समान आर्थिक सम्बन्ध स्थापना गर्नुपर्ने भन्दै खनालले उत्तरी नाकाहरु जतिसक्दो धेरै खोल्न उपयुक्त हुने बताए । उनले यसपटकको बजेटमा संसदीय निर्वाचन गराउनुपर्ने विषय पनि मुख्य प्राथमिकतामा रहनुपर्ने बताए ।