Category: स्थानीय निर्वाचन–२०७९

  • जसपा धनुषा अध्यक्षलाई हराउँदै कमला नगरपालिकाको मेयरमा कांग्रेसका विशेश्वर विजयी

    जसपा धनुषा अध्यक्षलाई हराउँदै कमला नगरपालिकाको मेयरमा कांग्रेसका विशेश्वर विजयी

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) धनुषा अध्यक्षलाई हराउँदै कमला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विशेश्वर यादव विजयी भएका छन् ।

    उनले ३ हजार ८८७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार पशुपति यादवले २ हजार ८५९ मत पाएका छन् ।

    यस्तै उपमेयरमा पनि कांग्रेसकै शिलादेवी मण्डल विजयी भएकी छन् । उनी ३ हजार ८८७ मत ल्याएकी छन् ।

    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत पाइन् ।

  • भक्तपुरको सूर्यविनायकमा पनि गठबन्धन हार्‍याे, मेयरमा एमालेका वासुदेव र उपमेयरमा सरिता निर्वाचित

    भक्तपुरको सूर्यविनायकमा पनि गठबन्धन हार्‍याे, मेयरमा एमालेका वासुदेव र उपमेयरमा सरिता निर्वाचित

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका निशान ढुंगेलले १३, २३२ मत पाए ।

    त्यस्तै उपमेयरकी एमाले उम्मेदवार सरिता भट्टराई तिमल्सिनाले १४, ४९० मत पाइन् भने नेकपा एसका श्याम सुन्दर बस्नेतले ६, ६६१ ल्याए ।

  • घोराहीमा गठबन्धनलाई हराउँदै फराकिलो मतान्तरले एमालेका चौधरी निर्वाचित

    घोराहीमा गठबन्धनलाई हराउँदै फराकिलो मतान्तरले एमालेका चौधरी निर्वाचित

    काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका छन् ।

    चौधरी ३१, ७२८ मत ल्याएर निर्वाचित भएका हु । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६, ३६८ मत प्राप्त गरे ।

    उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसी ३०, ४०३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुपबहादुर डागीले ३०, ३५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रितेन्द् थापाले जानकारी दिए ।

    घोराही उपमहानगरपालिकामा १९ वडा छन् ।

  • एमालेका तिमल्सिना बने सिन्धुपाल्चोक सुनकोशीको अध्यक्ष

    एमालेका तिमल्सिना बने सिन्धुपाल्चोक सुनकोशीको अध्यक्ष

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई पराजित गर्दै तिमल्सिना निर्वाचित भएका हुन् ।

    तिमल्सिनाले ५, ९३२ मत पाए भने जिसीको ५, ७९१ मत आयो ।

    उपाध्यक्षमा भने नेपाली कांग्रसकी उम्मेदवार कान्छी लामा ५, ९०४ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले ४, ९७४ मत पाइन् ।

    यहाँ एमाले र माओवादीबीच चुनावी तालमेल भएको थियो ।

  • आफ्नै वडामा पछि परे स्थापित, बालेनको भोट २० हजार बढी

    काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् । ५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोटमा सीमित भएका छन् ।

    त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् ।

    मतगणना जारी काठमाडौंको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । जुन वडा स्थापितको हो । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितको ३४५ मात्रै आयो ।

  • एउटै वडामा श्रीमान् एमाले र श्रीमती कांग्रेसबाट निर्वाचित, दिएनन् एकअर्कालाई भोट

    एउटै वडामा श्रीमान् एमाले र श्रीमती कांग्रेसबाट निर्वाचित, दिएनन् एकअर्कालाई भोट

    काठमाडौं । सुन्दा अचम्म लाग्छ एक दम्पती फरक फरक राजनीतिक दलबाट स्थानीय निर्वाचनमा निर्वाचित भएका छन् ।

    सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा पतिपत्नी नै वडा सदस्यमा निर्वाचित भएका हुन् ।

    नेकपा एमालेको तर्फबाट दोधारा चाँदनी नगरपालिका-७ बाट खुला सदस्यमा उम्मेदवार बनेका सन्दीप उपाध्याय विजयी भएका छन् । यस्तै उनकी श्रीमती कमला उपाध्याय नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी छन्।

    सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत प्राप्त गरेका छन् ।

    दुई अलग पार्टीबाट उम्मेदवारी दिए पनि दुवै जना जनप्रतिनिधिको रूपमा चुनिएको स्थानीय निर्वाचन २०७९ मा यो नै पहिलो घटना हो ।

    फरक दल भएका कारण उनीहरूले एक अर्कालाई भोट समेत नहालेको बताएका छन् ।

    राजनीतिक धोका हुने भन्दै उनीहरूले एक अर्कालाई भोट नहालेको हामीसँग बताए ।

  • पहिलो उपमहानगरको परिणाम आयो- जीतपुरसिमरामा माओवादीका पौडेल विजयी

    पहिलो उपमहानगरको परिणाम आयो- जीतपुरसिमरामा माओवादीका पौडेल विजयी

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत ११ उपमहानगरमध्ये जीतपुरसिमरा उपमहानगरको परिणाम आएको छ ।

    निर्वाचन आयोगका अनुसार त्यहाँ नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् । उनले १८७४३ मत ल्याए । नेकपा एमालेकी सरस्वती देवी चौधरीले १७७९ मत पाइन् ।

    यस्तै लोसपाका संजय कुमार साहले ५३८२ मत पाए ।

    उपमेयर तर्फ नेकपा एमालेका भोला प्रसाद अधिकारी विजयी भए । उनले १७४९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका मेघा शाहीले ५८४२ मत पाइन् ।

  • हेटौँडा अपडेट : ४५ हजार मत गन्दा गठबन्धन पहिलो, एमाले दोस्रो स्थानमा उक्लियो

    हेटौँडा अपडेट : ४५ हजार मत गन्दा गठबन्धन पहिलो, एमाले दोस्रो स्थानमा उक्लियो

    हेटौँडा । स्थानीय तह निर्वाचन अन्तर्गत सबैको चासो रहेको हेटौँडा उपमहानगरपालिकाको करिब ४५ हजार मत गणना भएको छ ।

    हालसम्म ४४ हजार ९ सय ७५ मत गणना हुँदा मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मिना लामाले अग्रता कायम राखेकी छिन् । जारी मतपरिणाम अन्तर्गत लामाले १३ हजार ९ सय ११ मत प्राप्त गर्दा नेकपा एमाले दोस्रो स्थानमा उक्लिएको छ ।

    एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ८ सय ९६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानको राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ८ सय ६७ मत प्राप्त गरेका छन् ।

    उपमेयर तर्फ पनि गठबन्धनकै राजेश बानियाँको अग्रता कायम छ । बानियाँले २० हजार १ सय २४ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले १४ हजार ४ सय १८ मत प्राप्त गरेकी छिन् ।

    राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार १ सय ९६ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

  • सिनपाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    सिनपाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन् ।

    मतगणना सुरुदेखि नै अग्रता लिएका खानले ९ हजार १ सय ३४ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत र नेकपा एमालेका डाक्टर रामप्रसाद बस्यालले ७ हजार ३ सय ५ मत र जसपाका मातृकाप्रसाद यादवले १ हजार ९ सय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    यस्तै उप प्रमुखमा नेकपा एमालेकी उमा अधिकारी ८ हजार ८सय १३ मत प्राप्त गरी विजयी भएकी छन् ।

    उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विनीता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५ सय ९२ मत र जसपाकी आश्मा खातुनले २ हजार ४ सय ४२ मत प्राप्त गरिन् ।

  • रुपन्देहीको मायादेवीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा लोसपा विजयी

    रुपन्देहीको मायादेवीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा लोसपा विजयी

    रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी निर्वाचित भएका छन् ।

    चौधरीले अध्यक्ष पदमा ५ हजार ३ सय ८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे ।

    उपाध्यक्षमा लोसपाकी नर्वदा देवि उपाध्याय ४ हजार ९ सय ४२ मत ल्याइ विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन् ।

  • गृहमन्त्रीको नगरमै मतगणनामा अशान्ति, प्रहरीमाथि ढुंगा प्रहार

    गृहमन्त्रीको नगरमै मतगणनामा अशान्ति, प्रहरीमाथि ढुंगा प्रहार

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना स्थलमा विवाद भएपछि मतगणना कार्य पुनः अनिश्चित बनेको छ। सोमबार रातीदेखि अवरुद्ध मतगणना सहमतिपछि बुधवार रातीबाट सुरु गर्न लागिएको थियो ।

    सर्वदलीय सहमति बमोजिम राती ९ बजेबाट मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला मतगणनाका लागि पुगेका दलका प्रतिनिधिबिच कुटाकुटको विवाद भएपछि मतगणना अनिश्चित भएको हो।

    शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने मतगणना स्थलमा दलको प्रतिनिधि बनेर गएपछि विवाद उत्पन्न भएको एमालेले जनाएको छ। उनी कांग्रेसको अधिवेशन प्रतिनिधि हुन् ।

    एउटा विद्यालयको प्रधानाध्यापक दलको प्रतिनिधिको रूपमा मतगणना स्थलमा जान आचारसंहिताले समेत नदिने भनेर एमाले प्रतिनिधि मनिष अधिकारीले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो।

    लामिछानेले यस अघि पनि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतगणना स्थलमा समेत विवाद गर्दा कांग्रेसकै सचिव पदका उम्मेदवार कुटिएका थिए।

    मतगणना स्थलबाट प्रहरीले १ जनालाई नियन्त्रणमा लिएर गए पनि प्रहरी बाहिर निस्कने क्रममा भिडले ढुंगा प्रहार गरेको थियो।

    नेकपा एमालेका प्रतिनिधिहरूले नेपाली सेनाको सुरक्षा बाहेकको अवस्थामा मतगणना गर्न सकिने अवस्था नभएको बताएपछि मतगणना रोकिएको छ।

    मतगणना स्थलमा गणक र दलका प्रतिनिधिको सुरक्षा प्रहरीबाट हुनसक्ने अवस्था नभएकोले सेनाको सुरक्षा व्यवस्थामा मात्रै मतगणना गरिनुपर्ने एमाले प्रतिनिधि लक्ष्मण ज्ञवालीले बताए।

  • मकवानपुरका ८ स्थानीय तहको परिणाम सार्वजनिक- ६ मा गठबन्धन, २ मा एमाले

    मकवानपुरका ८ स्थानीय तहको परिणाम सार्वजनिक- ६ मा गठबन्धन, २ मा एमाले

    हेटौँडा । मकवानपुर जिल्लाको १० स्थानीय तहमध्ये ८ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको छ भने दुई स्थानीय तहमा एमाले विजयी भएको छ ।

    पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी हुँदा उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका छन् ।

    मकवानपुरगढी गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका दोर्जे लामा स्याङ्तान अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा पनि गठबन्धनकै माओवादी उम्मेदवार मानकुमारी नेपाली पाख्रिनले जित हासिल गरेकी छिन् ।

    मकवानपुरकै इन्द्रसरोबरमा नेकपा एमालेले गठबन्धनलाई पराजित गरेको छ । एमालेका डि.के पुडासैनी अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा पनि एमालेकै उमा लामा विजयी भएकी छिन् ।

    मकवानपुरको भीमफेदीमा नेकपा एमालेका हिदम लामा अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् ।

    मकवानपुरको कैलाश गाउँपालिकामा पनि गठबन्धनबाट नेपाली कांग्रेसका लोकबहादुर मोक्तान अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भए ।

    मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका भरत गोपाली विजयी भए ।

    राक्सिराङ गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुँदा उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका बनस्तम थिङ विजयी भए ।

    मकवानपुरको मनहरी गाउँपालिकामा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका रञ्जन कालाखेती विजयी हुँदा उपाध्यक्ष गठबन्धनबाट माओवादी केन्द्रकी सिता पुलामी मगर (रेखा) विजयी भएकी छिन् ।

    हाल मकवानपुरको बागमती गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा मतगणना जारी छ ।

  • मकवानपुरको मनहरीमा गठबन्धनको जित

    मकवानपुरको मनहरीमा गठबन्धनको जित

    हेटौँडा । मनहरी गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ । गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३६६ मत प्राप्त गरेका छन् ।

    उनको प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका प्रत्याशी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९७० मत प्राप्त गरेका छन् । नेकपा (एस) ले १ हजार ६१४ मत प्राप्त गरेको छ ।

    उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) विजयी भएकी छिन् । रेखाले ७ हजार ४७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गरेकी छिन् ।

    उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १४१ मत प्राप्त गरेकी छिन् ।

    २०७४ को स्थानीय तहको निर्वाचनमा मनहरीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी बनेको एमालेले यो पटक एउटा वडामा समेत विजय हासिल गर्न सकेन ।

  • विवेकशील साझाका दोस्रो वडाध्यक्ष निर्वाचित

    विवेकशील साझाका दोस्रो वडाध्यक्ष निर्वाचित

    बारा । विवेकशील साझा पार्टीका दोस्रो वडाध्यक्ष निर्वाचित भएका छन् ।

    बाराको फेटा गाउँपालिका वडा नम्बर ३ मा विवेकशील साझाबाट प्रह्लाद साह तेली निर्वाचित भएका हुन् । यसअघि सोही पालिकाका वडा नम्बर ६ मा अध्यक्षसहितको प्यानल निर्वाचित भएका थिए ।

    गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विवेकशीलका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

  • मधेसकी प्रथम महिला मेयर रीना साह पुनः निर्वाचित, गठबन्धन उम्मेदवार झण्डै दोब्बरले मतले पराजित

    मधेसकी प्रथम महिला मेयर रीना साह पुनः निर्वाचित, गठबन्धन उम्मेदवार झण्डै दोब्बरले मतले पराजित

    गौर। रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार रीना कुमारी साह निर्वाचित भएकी छन् । उनले गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।

    अन्तिम मतपरिणामका अनुसार एमालेकी उम्मेदवार साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

    गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेस प्रदेशमा एक मात्र महिला मेयरको रूपमा निर्वाचित भएकी थिइन् ।

    त्यस्तै, मौलापुर नगरपालिकाको उपमेयर पदमा पनि गठबन्धन उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार नागेन्द्र राय यादव निर्वाचित भएका हुन् ।

    उनले माओवादी केन्द्रकी उम्मेदवार रीना कुमारी साहलाई १ हजार ५ सय १० मतले पराजित गरेका हुन् ।

    यादवले ४ हजार ९ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साहले ३ हजार ४ सय ४ मत हासिल गरेका छन् ।

    मौलापुर नगरपालिकाको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

  • काठमाडौंका १६ मेयर उम्मेदवारले अहिलेसम्म एक भोट पनि ल्याएनन् (सूचीसहित)

    काठमाडौंका १६ मेयर उम्मेदवारले अहिलेसम्म एक भोट पनि ल्याएनन् (सूचीसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म एक चौथार्ई मतगणना भइसकेको छ ।

    ११ वटा वडाका ४३,८४७ मत गणना भइसक्दा मेयर पदका १६ जना उम्मेदवारले भने एक भोट पनि प्राप्त गर्न सकेका छैनन् ।

    हामीलाई प्राप्त विवरण अनुसार ५ जना उम्मेदवारले काठमाडौंमा एक हजारभन्दा बढी भोट ल्याएका छन् ।

    स्वतन्त्र उम्मेदवार बालेन साह, एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह, राप्रपाका मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले चार अंकमा भोट बटुलेका हुन् । श्रेष्ठले १४४७ र आँखिझ्याल चुनावचिन्ह लिएका सायमीले १०२१ भोट ल्याएका छन् ।

    विवेकशील साझाकी उम्मेदवार समिक्षा बास्कोटालाई १५४ मत मात्र आएको छ । तीन अंकमा भोट ल्याउने उनी मात्र हुन् । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले ३० भोट ल्याएका छन् ।

    उनीसहित ७ जना उम्मेदवारले दुई अंकमा भोट बटुलेका छन् । यस्तै, सिंगल डिजिटमा भोट ल्याउने उम्मेदवारको संख्या २७ छ । बाँकी १५ उम्मेदवारले अहिलेसम्म भोटको खाता नै खोल्न सकेका छैनन् । काठमाडौंमा ५५ उम्मेदवार मेयरको प्रतिस्पर्धामा थिए ।

    शून्य भोट ल्याउने उम्मेदवारहरुका चुनावचिन्ह यस्ता छन् ः

    १. ब्याडमिन्टन कर्क

    २. सेफ्टीपिन

    ३. बिरालो

    ४. भ्यागुतो

    ५. कप प्लेट

    ६. ठेकी

    ७. जोडी गमबुट

    ८. भालु

    ९. घन्टाघर

    १०. कंगारु

    ११. फ्रक

    १२. चौबन्दी चोलो

    १३. ग्यास सिलिन्डर

    १४. प्रेसर कुकर

    १५. खसीको टाउको

    १६. बँदेल

  • झापाका चार पालिकाको मत परिणाम सार्वजनिक, कुन पालिकामा को निर्वाचित ?

    झापाका चार पालिकाको मत परिणाम सार्वजनिक, कुन पालिकामा को निर्वाचित ?

    झापा । पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झापाको बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जीत हासिल गरेको छ भने कनकाई नगरपालिकामा प्रमुख पद जीत हासिल गरेको छ ।

    बाह्रदशी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का तर्फबाट अध्यक्षमा देविन्द्र चम्लागाईं र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेलले जीत हासिल गरेका छन् । कनकाई नगर पालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट प्रमुखमा राजेन्द्रकुमार पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट आशा शर्मा शिवाकोटीले जीत हासिल गरेका छन् ।

    त्यस्तै हल्दीबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद राष्ट्रिय प्रजातन्त्र पार्टीले जीत हासिल गरेको छ ।

    अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी देवी मैनालीले जीत हासिल गरे । यता बाह्रदशी गाउँपालिकाकामा अध्यक्षमा देविन्द्रप्रसाद चम्लागाईं र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेलले जीत हासिल गरे ।

    को कहाँ निर्वाचित भए ?

    कनकाई नगरपालिका

    पराजेन्द्रकुमार पोखरेल– प्रमुख, नेपाल कम्युनिस्ट पार्टी (एमाले)

    आशा शर्मा शिवाकोटी– उपप्रमुख, नेपाली कांग्रेस

    बाह्रदशी गाउँपालिका

    देविन्द्रप्रसाद चम्लगाईं– अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (एमाले)

    शान्ता देवी शिवाकोटी खरेल– उपाध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (एमाले)

    कचनकवल गाउँपालिका

    कालेन्द्रप्रसाद सिंह राजवंशी–अध्यक्ष, नेपाली कांग्रेस

    नवराज भट्टराई– उपाध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (एमाले)

    हल्दीबारी गाउँपालिका

    रवीन्द्रप्रसाद लिङ्देन– अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

    लक्ष्मी देवी मैनाली– उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

  • महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

    महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

    जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

    अध्यक्षमा जसपाका रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अमित कुमार पाण्डेय २ हजार ९७७ मत पाएका छन् ।

    यस्तै उपाध्यक्षमा जसपाकी बन्दना पाण्डेय ५ हजार ४० मत ल्याएर विजयी भएकी छन् ।

    उनका निकटम प्रतिस्पर्धी रविता कुमारी २ हजार ६२३ मत पाइन् ।

  • ४३ हजार मत गन्दा हेटौँडामा गठबन्धनकी मिना लामाको अग्रता, मतान्तर घटाउँदै एमाले

    ४३ हजार मत गन्दा हेटौँडामा गठबन्धनकी मिना लामाको अग्रता, मतान्तर घटाउँदै एमाले

    हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मेयर पदको मतगणना जारी रहेको छ । मतगणना सुरु भएबाट ठूलो मतान्तरको सामना गर्दै आएको नेकपा एमालेले वडा नम्बर १४ र १५ बाट आफ्नो मतान्तर घटाउँदै लगेको छ ।

    हालसम्म ४३ हजार ३ सय ७० मत गणना भएको छ । जारी मतगणना अनुसार गठबन्धनकी तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले अग्रता कायम गरेकी छिन् । लामाले १३ हजार ३ सय ५८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् ।

    मेयर पदका प्रत्याशी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ३ सय ३५ मत प्राप्त गर्न सफल भएका छन् ।

    उपमेयर तर्फ गठबन्धनका कांग्रेस उम्मेदवार राजेश बानियाँले १९ हजार ४ सय ५१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १३ हजार ८ सय ७४ तथा राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार १ सय ५३ मत प्राप्त गरेकी छिन् ।

    हालसम्म वडा नम्बर १,२,३,६,१६,१७,१८ तथा १९ नम्बरको नतिजा सार्वजनिक भैसकेको छ । नतिजा अनुसार १,२,३,६,१६ तथा १७ मा नेपाली कांग्रेसले जीत हासिल गरेको छ भने १८ र १९ मा नेकपा एमालेले जित हासिल गरेको छ ।

    वडा नम्बर ५,१४ तथा १५ मा अन्तिम नतिजा सार्वजनिक नभए पनि गन्न बाँकी भोट भन्दा धेरै एमालेको लिड भएको कारण एमाले विजयी भएको छ । समग्रमा हालसम्म कांग्रेसले ६ तथा एमालेले ५ वडामा जित हासिल गरेको छ ।

  • वडा नम्बर २८ : स्थापितको वडामा सूर्यलाई लौरोले भेट्टायो

    वडा नम्बर २८ : स्थापितको वडामा सूर्यलाई लौरोले भेट्टायो

    काठमाडौं । काठमाडौैं महानगरको २८ नम्बर वडामा एमालेका उम्मेदवार केशव स्थापितले लिएको अग्रता समाप्त भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले उनलाई भेट्टाएका छन् ।

    यस वडामा अहिलेसम्म ७ सय मतको गणना सकिएको छ । प्राप्त विवरण अनुसार स्थापित र बालेनले समान १८१/१८१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी सिर्जना सिंहको १४२ भोट छ ।

    वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो । पुरानो बसपार्क–बागबजार क्षेत्रमा यो वडा पर्छ । स्थापितले बागबजारमा रहेको पद्मकन्या क्याम्पसबाट भोट हालेका थिए । वडा नम्बर २८ को मतगणना सुरुभएपछि स्थापितले प्रारम्भिक अग्रता लिएका थिए ।

    अहिलेसम्म काठमाडौं महानगरको ४८३०१ भोट गणना भएको छ । जसमा बालेनले १८७९५ भोट ल्याएर अग्रस्थानमा छन् । दोस्रो र तेस्रो स्थानमा रहेका स्थापित र सिर्जनाले क्रमशः ९५९६ र ८८०६ भोट ल्याएका छन् ।