Category: स्थानीय निर्वाचन–२०७९

  • सुदूरपश्चिममा नेकपा एसले खाता खोल्यो, घोडाघोडी प्रमुखमा रावत विजयी

    सुदूरपश्चिममा नेकपा एसले खाता खोल्यो, घोडाघोडी प्रमुखमा रावत विजयी

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा एमालेका उम्मेदवारलाई हराउँदै एकीकृत समाजवादीका नेता खडक रावत विजयी भएका छन् ।

    रावतले एमाले उम्मेदवार ममता प्रसाद चौधरीलाई फराकिलो मतान्तरले जित हासिल गरेका हुन् । रावतले १३ हजार १२८ मत पाउँदा चौधरीले ८ हजार २४१ मत पाए ।

    यहाँ प्रमुख र उपप्रमुखमा तीन दलीय तालमेल भएको थियो । वडामा भने मित्रवत प्रतिस्पर्धा भएको थियो ।

    गठबन्धनबाट उम्मेदवार बनेका रावत प्रमुखमा विजयी हुँदा गठबन्धनबाटै उम्मेदवार बनेकी काङ्ग्रेसकि गुलिया चौधरी उपप्रमुखमा विजयी भएकी थिइन्। उनले एमाले उम्मेदवार करुणा बम बटालालाई पराजित गरिन् ।

  • सीके राउतको पार्टीले जित्यो दोस्रो गाउँपालिका, बलान बिहुलको अध्यक्षमा यादव निर्वाचित

    सीके राउतको पार्टीले जित्यो दोस्रो गाउँपालिका, बलान बिहुलको अध्यक्षमा यादव निर्वाचित

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।

    यहाँको अध्यक्षमा जनमतका खेमचन्द्र यादव विजयी भएका छन् । उनले २ हजार ९९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादव पूर्वमाओवादी हुन् ।

    उनका निकटम प्रतिस्पर्धी नविन कुमार झा २ हजार २५७ मतमा समेटिए ।

    माओवादी अध्यक्षका उम्मेदवार पविता कुमारी यादवले मात्र २८८ मत ल्याइन् ।

    यस्तै उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २ हजार ६९० मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशा देवी मण्डलले २ हजार ३०४ मत ल्याइन् ।

  • काठमाडौं- ४ मा दोब्बर मतले एमाले वडाध्यक्ष विजयी

    काठमाडौं- ४ मा दोब्बर मतले एमाले वडाध्यक्ष विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा नेकपा एमालेको उम्मेदवार दिनेश महर्जन विजयी भएका छन् । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् ।

    महर्जनले ४६०० मत पाए भने प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२९२ मत प्राप्त गरे ।

    यहाँ एमाले वडाध्यक्षले जित हात पारिरहँदा एमालेबाटै मेयरमा उठेका केशव स्थापितले भने वडा अध्यक्षको भन्दा करिब आधा मत पाएका छन् ।

    यहाँ स्थापितले २०२५ मत पाए भने प्रतिस्पर्धी बालेन साहले ३९५६ मत पाएका छन् ।

  • गठबन्धनलाई पराजित गर्दै सुर्खेत भेरिगंगामा एमालेका ढकाल विजयी

    गठबन्धनलाई पराजित गर्दै सुर्खेत भेरिगंगामा एमालेका ढकाल विजयी

    सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिकामा नेकपा एमालेले गठबन्धनलाई पराजित गरेको छ । गठबन्धनलाई एमालेका यज्ञप्रसाद ढकालले २२५ मतले नेपाली काँग्रेसका रामबहादुर सिंहलाई पराजित गरेका हुन् ।

    उपप्रमुखमा पनि एमालेका धनसरा बोहरा विजयी भएकी छिन् भने नेकपा माओवादीका नन्दबहादुर कार्की पराजित भएका छन् ।

  • एमाले र जोशी समूह मिलेको व्यासमा कांग्रेस पछाडि

    एमाले र जोशी समूह मिलेको व्यासमा कांग्रेस पछाडि

    काठमाडौं । नेकपा एमाले र नेपाली गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार पछाडि परेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार व्यासमा एमाले र जोशी समूहको प्यानलबाट कैची चिह्नमा चुनाव लडेका मेयर उम्मेदवार दीपकराज जोशीले १०२२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ६५३ मत पाएका छन् ।

    त्यस्तै उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमालेकी बशुन्धारा घर्ती अगाडि छन् । धर्तीले ७८९ मत पाएकी छन् भने कांग्रेसकी इन्दिरा दरैले ७६१ मत प्राप्त गरेकी छन् ।

    यहाँ अहिलेसम्म १९७५ मत गणना भयो ।

  • ललितपुर र विराटनगरमा अग्रता बढाउँदै कांग्रेस, दुवैतिर उपमेयरमा एमाले अगाडि

    ललितपुर र विराटनगरमा अग्रता बढाउँदै कांग्रेस, दुवैतिर उपमेयरमा एमाले अगाडि

    काठमाडौं । ललितपुर र विराटगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाएका छन् । ललितपुरमा ३१०१९ मत गणना गर्दा कांग्रेसका चिरिबाबु महर्जनले नेपाली १६४०९ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ८९३७ मत प्राप्त गरेका छन् । राप्रपाका अस्ठ महर्जनले भने १३४१ मत पाएका छन् ।

    उपप्रमुखमा भने एमालेकी मन्जली शाक्य अगाडि छिन् । उनले ८८४० मत पाउँदा प्रतिस्पर्धी माओवादीका बाबुराज बज्राचार्यले ६५८३ मत पाएका छन् ।

    त्यस्तै विराटनगरको मेयरमा पनि कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । विराटनगर महानगरपालिका ५५२१९ मत गन्दा कांग्रेसका कोइराला १७५९८ मतसहित अगाडि छन् । यहाँ एमालेका सागर थापाले १२९७४ मत पाएका छन् ।

    उपमेयरमा एमालेकी शिल्पा कार्की १५०४० मत पाएका अगाडि छिन् भने जसपाका अमरेन्द्र यादव ९१७७ मत पाएका छन् ।

  • विष्णुपुर गाउँपालिकाका अध्यक्षमा जसपाका यादव विजयी

    विष्णुपुर गाउँपालिकाका अध्यक्षमा जसपाका यादव विजयी

    सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उमेशप्रसाद यादव निर्वाचित भएका छन् । उनले ३ हजार १ सय ६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर यादवलाई पराजित गरेका हुन्।

    कांग्रेसका यादवले २ हजार ८ सय ११ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरेकी छिन् ।

  • जनताले रुचाएनन् पुराना प्रतिनिधि, खोटाङमा तीन निवर्तमान प्रमुख र ६ उपप्रमुख पराजित

    जनताले रुचाएनन् पुराना प्रतिनिधि, खोटाङमा तीन निवर्तमान प्रमुख र ६ उपप्रमुख पराजित

    खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङमा तीन निवर्तमान प्रमुख र ६ उपप्रमुख पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट प्रमुख, उपप्रमुखमा निर्वाचित भएका जनप्रतिनिधि पुनः यथास्थानमा दोहोरिने र कतिपयको माथिल्लो पदमा फड्को मार्ने प्रयास असफल भएको हो ।

    यथास्थानमा दोहोरिनका लागि चुनावी मैदानमा उत्रिएका केपिलासगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखरबहादुर राई र साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का पराजित भएका छन् ।

    एमालेका शंखरबहादुर गठबन्धनबाट उठेका माओवादी केन्द्रकी अरुणादेवी राईबाट पराजित भएका छन् । माओवादी केन्द्रका अर्जुनकुमार कांग्रेसका रविप्रकाश राईभन्दा पछि परेका हुन् । एमालेका कृष्णकुमार राई कांग्रेसबाट बिजयी भएका समिर राईका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका माइतीराज राईभन्दा पछि परेका छन् ।

    एमालेकी विणादेवी राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा दोहोरिने प्रयास असफल भएको छ । उनी गठबन्धन (माओवादी केन्द्र) का विसन राईसँग पराजित भएकी हुन् ।

    खोटेहाङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष गोमा मगर अध्यक्षमा पराजित भएकी छन् । कविता गठबन्धन (माओवादी केन्द्र)का उदिमबहादुर राई र गोमा गठबन्धन (कांग्रेस)का शालिकराम बञ्जराभन्दा पछि परेका हुन् ।

    साकेला गाउँपालिकाको निवर्तमान उपाध्यक्ष सरिता खड्का र ऐसेलुखर्क गाउँपालिकाका निवर्तमान उपाध्यक्ष पुष्पकला भुजेलको यथास्थानमा दोहोरिने प्रयास विफल भएको छ । सरिता माओवादी केन्द्रकी बिर्सिका राई र पुष्पकला गठबन्धन (कांग्रेस(का राजेश राजभण्डारीभन्दा पछि परेका हुन् ।

  • सप्तरीको शम्भुनाथ नगरपालिकामा एमाले छैटौं, नेकपा एसले जित्यो मेयर

    सप्तरीको शम्भुनाथ नगरपालिकामा एमाले छैटौं, नेकपा एसले जित्यो मेयर

    काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा एमाले छैटौं भएको छ । यहाँको मेयरमा नेकपा एसका उम्मेदवारले जित निकालेका छन् ।

    ५, ३९२ मत ल्याएर नेकपा एसका जितेन्द्र प्रसाद गुप्ता कलवार मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका दिपेन्द्र कुमार चौधरीले ४, १४१ मत पाए भने छैटौं स्थानमा पुगेको एमालेका उम्मेदवार इनरदेव साहले ९७१ मत मात्रै ल्याए ।

    यहाँ जसपाका उम्मेदवारले २, ८३५, राप्रपाले १, ६३७ र लोसपाले १, २८२ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपमेयरमा पनि नेकपा एसकै अनिता कुमारी चौधरी ४, ९९८ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी जलपना कुमारी सरदारले ४, २७१ मत प्राप्त गरिन् ।

  • कैलालीमा रेशम चौधरीको पार्टीले दुई पालिका जित्यो, दुईमा अग्रता

    कैलालीमा रेशम चौधरीको पार्टीले दुई पालिका जित्यो, दुईमा अग्रता

    कैलाली । कैलालीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले दुई स्थानीय तह जितेको छ । टीकापुर नगरपालिका र जोशिपुर गाउँपालिका जितेको नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म भजनी नगरपालिका र जानकी गाउँपालिकामा अग्रता कायम राखेको छ ।।

    टीकापुरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु विजयी भएका छन् । नेपाली कांग्रेसका नवराज रावललाई ३ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनी मेयरमा विजयी भएका हुन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खड्क शाह विजयी भएका छन् । उनले नागरिक उन्मुक्तिका उल्कादेवी विकलाई १५० मतले पछाडि पारेका थिए ।

    मेयरमा विजयी रामलाल यसअघि टीकापुर ७ को वडाध्यक्ष थिए ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट टीकापुर-७ को वडाध्यक्षमा निर्वाचित भएका चौधरी अहिले नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुख बने ।

    त्यस्तै जोशीपुर गाउँपालिकामा चित्रबहादुर चौधरी विजयी भएका छन् । उनी पनि नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका हुन् । चौधरीले ४ हजार ९०३ मत प्राप्त प्राप्त गरेका थिए । नेपाली कांग्रेसका वंशराम बडायकलाई पछि पार्दै उनी विजयी भएका हुन् ।

    उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी भइन् ।

  • सिरहाको कर्जन्हा मेयरमा एमाले र उपमेयरमा जसपा विजयी

    सिरहाको कर्जन्हा मेयरमा एमाले र उपमेयरमा जसपा विजयी

    जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

    मेयरमा एमालेका भोलाप्रसाद पोखरेल विजयी भएका हुन् । उनले ३ हजर ८३९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उनका निकटतम प्रतिस्पर्धी जसपाका केशवप्रसाद साहले ३ हजर २२३ मत ल्याएका छन् । निवर्तमान मेयर समेत रहेका नेकपा माओवादीका उम्मेदवार गंगा पासवानले २ हजार ४८२ मत पाएर तेस्रो स्थानमै सीमित बने ।

    यस्तै उपमेयरमा जसपाकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । उनी ३ हजार ४८७ मत ल्याउदा निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी निर्मला पासवानले ३ हजार ९५ मत पाएकी छन् ।

  • बाबुरामको गृहनगरमा जसपा-एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

    बाबुरामको गृहनगरमा जसपा-एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

    काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादीका उम्मेदवार विजयी भएका छन् । जसपा-एमाले गठबन्धन र कांग्रेसलाई हराउँदै पालुङटारको मेयरमा माओवादीका विवश निन्तन विजयी भएका हुन् ।

    चिन्तनले ६,०७२ मत पाए भने प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५,७१७ मत ल्याए ।

    यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५,५७९ मत ल्याइन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५,०७७ मत पाएकी छन् ।

  • रुपन्देहीको ओमसतिया अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

    रुपन्देहीको ओमसतिया अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

    लुम्बिनी । रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याएका छन् ।

    उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् ।

    २३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए ।

    ६ वटा वडा रहेको ओमसतियामा १ मा राप्रपाका बेल बराल, २, ३, ४ र ५ बाट क्रमशः कांग्रेसका सितल जिटी, प्रकाश सिंह, अखिलेश्वर कुमार पाण्डे र मदन प्रसाद पोखरेल विजयी बनेका छन् । ६ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार धवल निर्वाचित भएका छन् ।

  • रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपा विजयी, उपाध्यक्षमा राप्रपा

    रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपा विजयी, उपाध्यक्षमा राप्रपा

    बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा जसपाका विद्याप्रसाद यादव विजयी भएका हुन् । उनी ७ हजार ४९६ मतसहित विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले ६ हजार ४५८ मत प्राप्त गरे ।

    उपाध्यक्षमा राप्रपाकी शिवकान्ती चमार दोहोरिएकी छन् । उनी ६ हजार १५४ मत ल्याउदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । जसपाको रिमा मिश्रा ५ हजार ९०२ मत ल्याइ दोश्रो भएकी छन् । नेकपा एमालेकी वसन्ती पाण्डेले तीन हजार ३८ मत प्राप्त गरिन् ।

  • पृथ्वीसुब्बा गुरुङको गृहपालिकामा एमालेको ‘क्लिनस्वीप’

    पृथ्वीसुब्बा गुरुङको गृहपालिकामा एमालेको ‘क्लिनस्वीप’

    लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ ।

    गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङको गाउँपालिकाका जनप्रतिनिधिमा एकजना पनि अन्य दल निर्वाचित भएका छैनन् ।

    गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । उनले तीन हजार ८५६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत ल्याएका छन् । एक हजार ३ सय ६७ मत अन्तरले सूर्यप्रसाद गुरुङले चुनाव जितेका हुन् ।

    मंगोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ तीन हजार ९८९ मतका साथ निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत ल्याएकी छन् ।

    एक हजार ६४९ मतान्तरले गमिमायाले चुनाव जितेकी हुन् ।

    ९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा कुनै पनि वडामा अरु दलले जितेको छैन ।

  • तीन दिनदेखि रोकिएको तिलोत्तमाको मतगणना सुरु, गणनास्थलमा सेना राखियो

    तीन दिनदेखि रोकिएको तिलोत्तमाको मतगणना सुरु, गणनास्थलमा सेना राखियो

    रुपन्देही । विवादका कारण तीन दिनदेखि रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली सेनाको उपस्थितिमा मतगणना सुरु भएको छ । सोमबार रातिदेखि रोकिएको मतगणना बुधबार राति ९ बजेदेखि सुरु गर्ने भनिए पनि पुनः विवाद भएपछि रोकिएको थियो ।

    यसअघि वडानम्बर २ र १६ को मतगणना गर्ने क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसले मतगणना अगाडि बढाउन दिएको थिएन ।

    बुधबार निर्वाचन आयोगले दुईवटै वडाको पुनः मतगणना गर्न निर्देशन दिएपछि सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना सुचारु गर्ने सहमति गरेको थियो । तर शान्ति नमूना माविका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणनास्थलमा गएको भन्दै एमालेका वडा सदस्यका उम्मेदवार मनिष अधिकारिले प्रश्न उठाएपछि झनै विवाद उत्पन्न भएको थियो ।

    यसअघि तिलोत्तमा नगरपालिकाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले मतगणना स्थलमा अराजक समुहले फौजदारी कार्य गर्दा पनि सुरक्षा निकायबाट कुनै सहयोग नभएको बताएका थिए ।

    नेकपा एमालेले पनि प्रहरीको सुरक्षा भरपर्दो नभएको भन्दै नेपाली सेनाको उपस्थितिमा मात्रै मतगणना अघि बढाउन माग गरेको थियो । सोहीअनुरुप सेनाको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयले रोकिएको मतगणना मध्यरातिदेखि सुचारु गरेको हो ।

    निर्वाचन अधिकृत लोहनीले सुरक्षा सहजताका लागि सेनाको उपस्थिति भएपछि गणना सुचारु भएको बताए ।

    मतगणनाको पछिल्लो विवरणअनुसार नगर प्रमुख पदमा नेपाली कांग्रेस र माओवादी गठबन्धनका रामकृष्ण खाणले तीन हजार ८२८ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईंले तीनहजार ६२१ मतका साथ पछ्याइरहेका छन् ।

  • झापा भद्रपुरको मेयरमा कांग्रेसका पोखरेल निर्वाचित, उपमेयर बनिन् राप्रपाकी राधा

    झापा भद्रपुरको मेयरमा कांग्रेसका पोखरेल निर्वाचित, उपमेयर बनिन् राप्रपाकी राधा

    काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । १२ हजार ५ सय २५ मतका साथ पोखरेल निर्वाचित भएका हुन् ।

    उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार असारु राजव‌ंशीले ९ हजार ७ सय ५९ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् ।

    उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाल कम्युनिष्ट पार्टी ।माओवादी केन्द्र०का उम्मेदवार शिव कुमार राजभण्‍डारीले ८ हजार ५ सय ३३ मत ल्याएका छन्।

  • प्रचण्ड आएर बागीलाई मत मागेको काम लागेन, गठबन्धनले कारबाही गरेका चौधरीले जिते गाउँपालिका अध्यक्ष

    प्रचण्ड आएर बागीलाई मत मागेको काम लागेन, गठबन्धनले कारबाही गरेका चौधरीले जिते गाउँपालिका अध्यक्ष

    कैलाली । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनको आधिकारिक उम्मेदवारलाई हराउँदै कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन्

    सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी कैलारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई चार हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन् ।

    राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् ।

    गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका माओवादीका चौधरी यसअघिको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसका बागी उम्मेदवारका कारण दोस्रोपटक अध्यक्ष बन्ने मौका उनले गुमाएका हुन् ।

    उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।

    चौधरी गठबन्धनको आधिकारिक उम्मेदवार हुन् । केही समयअघि कैलारी गाउँपालिका पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने बागी उम्मेदवारलाई जिताउन अपिल गरेका थिए । उनले अध्यक्ष र उपाध्यक्षमा लाजुराम र लक्ष्मीलाई जिताउन भोट मागेका थिए ।

    ‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन चाहन्छु’, २६ गते उनले भनेका थिए , ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

    उनीहरु दुवैजना पराजित भएका छन् । कैलारी गाउँपालिका १ देखि ९ वडासम्म कांग्रेसको प्यानलले नै जितेको छ ।

  • रामग्राममा मेयर एमाले र उपमेयर राप्रपा विजयी

    रामग्राममा मेयर एमाले र उपमेयर राप्रपा विजयी

    रुपन्देही । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको पश्चिमनवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका निवर्तमान मेयर नरेन्द्रकुमार गुप्तालाई पराजित गर्दै एमालेका धनपद यादव विजयी भएका हुन् ।

    निवर्तमान मेयर गुप्ता एमालेका धनपद यादवसँग १ हजार ५३८ मतान्तरले पराजित भएका हुन् । गुप्ताले ६ हजार १९१ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७ हजार ७२९ मत ल्याएर विजयी भए ।

    उपमेयरमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी छन् । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मतको झिनो मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् ।

    निर्वाचित चौधरीको ६ हजार ४७१ आउँदा र क्षेत्रीले ६ हजार ३८६ मत पाइन्। कांग्रेसकी उपमेयरकी उम्मेदवार आराधना भट्टले ५ हजार ३४१ मत ल्याएर तेस्रो भएकी छन् ।

  • बालेनका ‘राजनीतिक गुरु’ पराजित, ११ औंपटक वडाध्यक्ष बन्ने सपना अधुरै

    बालेनका ‘राजनीतिक गुरु’ पराजित, ११ औंपटक वडाध्यक्ष बन्ने सपना अधुरै

    काठमाडौं । ललितपुर महानगरपालिका– १० मा ११ औं पटक वडा अध्यक्ष बन्न उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बनेर लिड गरिरहेका बालेन साहले ‘राजनीतिक गुरु’ मानेका व्यञ्जनकार २८२ मतान्तरले पराजित भएका हुन् ।

    उनले ५४३ मत ल्याए भने प्रतिस्पर्धी कांग्रेसका रवीनमान व्यञ्जनकार निर्वाचित भए ।

    नरसिंह स्वतन्त्रबाट उम्मेदवारी दिएर यसअघि १० पटक यहाँको वडा अध्यक्ष भइसकेका छन् ।

    बालेन साह हिजो व्यञ्जनकारको मतगणनामा प्रतिनिधि बस्न ललितपुर गएका थिए । तर उनलाई निर्वाचन आयोगका कर्मचारीले प्रतिनिधि बस्न दिएनन् ।