Category: स्थानीय निर्वाचन–२०७९

  • भरतपुरमा रेणु ३ हजारभन्दा बढी मतले अगाडि, कसको कति ?

    भरतपुरमा रेणु ३ हजारभन्दा बढी मतले अगाडि, कसको कति ?

    चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । अहिले वडा नम्बर ९ र १० को भणना भइरहँदा गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ३१२८ मतले अगाडि छिन् ।

    ४१४१४ मत गणना सकिँदा रेणुले १५७४७ मत ल्याएकी छन् । नेकपा एमालेका विजय सुवेदीले १२६१९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६५१३ मत ल्याएका छन् ।

    त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १८२४० मतका साथ अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले १०१३६ मत प्राप्त गरेकी छन् ।

  • रेशम चौधरीको पार्टीले कैलालीमा जित्यो तीन पालिका, भजनीकाे प्रमुखमा चौधरी र उपप्रमुखमा तिरुवा

    रेशम चौधरीको पार्टीले कैलालीमा जित्यो तीन पालिका, भजनीकाे प्रमुखमा चौधरी र उपप्रमुखमा तिरुवा

    कैलाली । कैलालीको भजनी नगरपालिकामा पनि रेशम चौधरीको पार्टीले विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट केवल चौधरीले प्रमुख र उपप्रमुखमा राजु तिरुवा विजयी भएका हुन् ।

    उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हराएका हुन् । अन्तिम परिणाम आधिकारिक रुपमा घोषणा गरिएको छैन ।

    चाैधरीकाे पार्टीले यसअघि कैलालीको टीकापुरमा प्रमुख र जोशीपुरकाे प्रमुख र उपप्रमुख दुवै नागरिक उन्मुक्ति पार्टीले जितिसकेको छ ।

  • सुनसरीको गढी गाउँपालिकामा एमाले विजयी

    सुनसरीको गढी गाउँपालिकामा एमाले विजयी

    सुनसरी । सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्षामा नेकपा एमालेका उम्मेदवार आशनारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन् ।

    चौधरीले ८ हजार ९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३५० मत ल्याएर पराजित भए । उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ ।

    एमालेकी उम्मेदवार अनिता साहले ७ हजार ८१५ मत प्राप्त गरिन् भने कांग्रेसकी राजकुमारी चौधरीले ५ हजार ८३८ मत प्राप्त गरेर पराजय व्यहोरेकी छन् ।

    गढी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा एमालेले प्यानल नै जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

    योसँगै सुनसरीका १२ स्थानीय तहमध्ये ३ स्थानको मत परिणाम आइसकेको छ । हालसम्म देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यता भोक्राहा नरसिंह गाउँपालिकामा भने नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।

     

  • अघिल्लो पटक गठबन्धनसँग हारेकी विमला दोस्रो प्रयासमा गठबन्धन हराएर सुनवलको मेयर बन्न सफल

    अघिल्लो पटक गठबन्धनसँग हारेकी विमला दोस्रो प्रयासमा गठबन्धन हराएर सुनवलको मेयर बन्न सफल

    काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेले गठबन्धनलाई पराजित गरेको छ । अघिल्लो निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनसँगै पराजित विमला अर्याल दोस्रो प्रयासमा मेयर निर्वाचित भएकी छन् ।

    निर्वाचन आयोगका अनुसार स्था विमला अर्याल १४,८३८ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३,२१८ मतान्तरले पराजित गरेकी हुन् । पराजित अर्जुनकुमार पोखरेलले ११,६२० मत ल्याएका छन् ।

    यस्तै उपप्रमुखमा पनि एमालेकै सूर्यप्रसाद दुवे १३,७९८ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकेन्द्रका उम्मेदवार लेखनाथ खरेलले ८,८९० मत ल्याएका छन् ।

  • जनस्वास्थ्यमा स्नातकाेत्तर बम वडा सदस्यमा निर्वाचित,  भन्छन्- राजनीतिलाई ट्रयाकमा ल्याउन शिक्षित युवा अघि बढ्नु पर्छ

    जनस्वास्थ्यमा स्नातकाेत्तर बम वडा सदस्यमा निर्वाचित,  भन्छन्- राजनीतिलाई ट्रयाकमा ल्याउन शिक्षित युवा अघि बढ्नु पर्छ

    कैलाली । राजनीति गर्न शैक्षिक योग्यता आवश्यक पर्छ र ? सबैको उत्तर हुन्छ, पर्दैन । तर, कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं १० मा जनस्वास्थ्यमा स्नातकाेत्तर गरेका राेहित बमले वडा सदस्यमा उम्मेदवारी दिएका छन् । मत परिणाममा उनी विजयी पनि भए । एसएलसीसमेत पास नगर्ने व्यक्ति प्रधानमन्त्री हुने नेपालमा स्नातकाेत्तर गरेका बमले वडा सदस्य निर्वाचित भएपछि राजनीति गर्न शैक्षिक योग्यता आवश्यक पर्नेमा जाेड दिन्छन् । शिक्षित व्यक्ति राजनीतिमा नहुँदा नेपालकाे राजनीति सही बाटोमा नगइरहेको उनको बुझाइ छ ।

    घोडाघोडी नगरपालिका वडा नम्बर १० को वडा सदस्यमा निर्वाचित भएपछि बमलाई अहिले सबैले प्राज्ञिक जनप्रतिनिधि भन्न थालेका छन् । उनले भारतको गुजरातस्थित पारुल विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेका छन् । वडामा खसेको क्ल २ हजार ९१४ मतमध्ये उनले खुला सदस्य दोस्रोतर्फ ९०२ मत पाएका थिए ।

    निर्वाचन प्रचारका क्रममा पनि उनलाई प्राज्ञिक उम्मेदवारको रूपमा सबैले लिने गरेका थिए । उनले धनगढीस्थित शैल्यश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स एन्ड टेक्नोलोजीमा अध्यापन गर्दै आएका थिए । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने भएपछि उनले विद्यालयबाट राजीनामा दिएका थिए ।

    ३० वर्ष उमेर नपुगेका उनी समाजसेवा गर्ने रहरका कारण आफू उम्मेदवार बनेको बताउँछन् । ‘अहिले नेता बन्न शैक्षिक योग्यता चाहिँदैन । प्रायः शिक्षित व्यक्तिहरु जागिरमा र अशिक्षितहरू जति राजनीतिमा लागिरहेका छन् । यो अवस्थामा परिवर्तन गर्न मैले उम्मेदवारी दिएको हुँ’, उनले भने, ‘शिक्षित व्यक्तिहरू पनि राजनीतिमा आउनु पर्छ । अनिमात्रै राजनीतिले सही दिशा लिन्छ ।’

    राजनीतिलाई सही ट्रयाकमा ल्याउन शिक्षित युवाहरु राजनीतिमा आउनैपर्ने उनी बताउँछन् । यस पटक वडा सदस्यमा निर्वाचित भएका बमले अर्को पटक वडाध्यक्षमा उम्मेदवारी दिने बताए ।

  • विहादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

    विहादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

    पर्वत । पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रविण गुरुङ विजयी भएका छन् ।

    गुरुङले ३ हजार ४ सय ६९ मत ल्याउँदै नेकपा एमालेका निकटमत प्रतिस्पर्धी ओमप्रसाद कुँवरलाई ५ सय ३२ मतले पराजित गरेका हुन् । एमालेका कुँवरले २ हजार ९ सय ३७ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित गुरुङ पर्वतको प्रदेश ‘ख’ कार्यसमितिका सभापतिसमेत हुन् ।

    उपाध्यक्षमा भने नेकपा एमालेकी मिना तिवारी विजयी भइन् । उनले ३ हजार २ सय २७ मत ल्याउँदा नेकपा माओवादीका सन्तबहादुर गुरुङले ३ हजार ५० मत पाए । सो पालिकाका ६ वडा मध्ये ३ मा एमाले, २ मा कांग्रेस र १ मा माओवादी विजयी भएका छन् ।

  • लुम्बिनीका ८१ तहको नतिजा आयो, कहाँ कसले जिते ? (मतसहित)

    लुम्बिनीका ८१ तहको नतिजा आयो, कहाँ कसले जिते ? (मतसहित)

    रुपन्देही । लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखमा ३४ स्थान जितेर नेपाली कांग्रेस पहिलो स्थानमा छ भने २२ स्थानमा जितेर माओवादी दोस्रो स्थानमा छ । त्यस्तै २१ पालिकामा जितेर एमाले तेस्रोमा छ ।

    त्यस्तै दुई पालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । दुई पालिकामा जसपाले जितेको छ । यहाँ अहिलेसम्म नेकपा एसले अहिलेसम्म खाता खोल्न सकेको छैन र अग्रता पनि कुनैमा छैन ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा ४३ स्थानमा जितेर नेकपा एमाले पहिलो भएको थियो ।

    नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तहहरु

    गुल्मी दरबार गाउँपालिका, गुल्मी
    सरोज कुमार थापा (६१६६) विजयी, एमालेका कृष्ण बहादुर भुसाल (५६०२)
    रेसुंगा नगरपालिका, गुल्मी
    खिलध्वज पन्थी (८६१४) विजयी, एमालेका राजेन्द्र पाण्डे (७३२०)
    मदाने गाउँपालिका, गुल्मी
    महेन्द्र बहादुर कुँवर (४७०७) विजयी, एमालेका प्रेम बहादुर केसी (४६९७)
    ईस्मा गाउँपालिका, गुल्मी
    भरतसिंह खड्का (५५८९) विजयी, एमालेका हिरा बहादुर अर्याल (५४६४)
    कालिगण्डकी गाउँपालिका, गुल्मी
    बेद बहादुर थापा (४८१०) विजयी, एमालेका रामजी ढकाल (४६७७)
    ऐरावती गाउँपालिका, प्यूठान
    नविल विक्रम शाह (४६६९) विजयी, माओवादीका बुद्ध बस्नेत (२६५०)
    स्वर्गद्धारी गाउँपालिका, प्युठान
    टंकप्रसाद भण्डारी, (७७२६) विजयी, एमालेका राम प्रसाद श्रेष्ठ (५१५२)
    गौमुखी गाउँपालिका, प्युठान
    विष्णु गिरी (३६४९) विजयी, एमालेका जुमान सिंह घर्ती (२६८७)
    राजपुर गाउँपालिका, दाङ
    शरद कुमार बुढाथोकी (३९८०) विजयी, एमालेका चक्र खड्का (३१६७)
    बबई गाउँपालिका, दाङ
    कुल बहादुर खत्री (६६१५) विजयी, एमालेका भुवनेश्वर पौडेल (५५२९)
    राजपुर गाउँपालिका, दाङ
    शरद कुमार बुढाथोकी (३९८०) विजयी, माओवादीका चन्द्रबहादुर खड्का (३१६७)
    दंगीशरण गाउँपालिका, दाङ
    सम्भु गिरी (५४६७) विजयी, एमालेका मेघनाथ शाह (४०४९)
    लमही नगरपालिका, दाङ
    जोगराज चौधरी (९३१७) विजयी, माओवादीका बसन्तराज शर्मा (७२८५)
    शान्तिनगर गाउँपालिका, दाङ
    प्रमोद बस्नेत (५७१६) विजयी, एमालेका विष्णु केसी (४५२४)
    डुडुवा गाउँपालिका, बाँके
    नरेन्द्र कुमार चौधरी (६२७२) विजयी, जसपाका भण्डारीलाल अहिर (५१२५)
    राप्ती सोनारी गाउँपालिका, बाँके
    तप्त बहादुर पौडेल (१०११२) विजयी, माओवादीका पट्टु थारु (९२९२)
    बारबर्दिया नगरपालिका, बर्दिया
    छविलाल थारु (१३००६) विजयी, एमालेका पदम प्रसाद ढकाल (१०३५१)
    गुलरिया नगरपालिका, बर्दिया
    मुक्तिनाथ यादव (७०८९) विजयी, एमालेका अमर खड्का (७८११)
    गेरुवा गाउँपालिका, बर्दिया
    जमान केसी (७६९८) विजयी, माओवादीका विश्वबहादुर थारु (६६२०)
    ठाकुरबाबा नगरपालिका, बर्दिया
    तिलकराम लम्साल (९०४२) विजयी, माओवादीका नेत्रराज आचार्य (६८१८)
    बारबर्दिया गाँउपालिका, बर्दिया
    छविलाल थारु (१३००६) विजयी, एमालेका पदम ढकाल (१०३५१)
    मधुवन नगरपालिका, बर्दिया
    तेज बहादुर भाट (८७७५) विजयी, माओवादीका लक्ष्मी शर्मा (७९३१)
    रैनादेवी छहरा गाउँपालिका, पाल्पा
    रुक्मागत भटट्राई (६६४३) विजयी, राम बहादुर राउत (६१४५)
    रामपुर नगरपालिका, पाल्पा
    रमण बहादुर थापा (१०४५६) विजयी, एमालेका शिव अर्याल (१००८३)
    तानसेन नगरपालिका, पाल्पा
    सन्तोषलाल श्रेष्ठ (११२७३) विजयी, एमालेका घनेन्द्रराज घिमिरे (१०३९४)
    रामपुर नगरापालिका, पाल्पा
    रमण बहादुर थापा (९३०९) विजयी, एमालेका शिव अर्याल (९२४२)
    रैनादेवी छहरा गाउँपालिका, पाल्पा
    रुक्मागत भटट्राई (६६४३) विजयी, एमालेका रामबहादुर राउत (६१४५)
    गंगादेव गाउँपालिका, रोल्पा
    हरि बहादुर पुन (२५५७) विजयी, एमालेका रोशन कुमार वली (२४९९)
    रुन्टीगढी गाउँपालिका, रोल्पा
    जनक पुन (४३९१) विजयी, माओवादीका गोविन्द पुन मगर (३७०८)
    सिद्धार्थनगर नगरपालिका, रुपन्देही
    ईश्तियाक अहमद खान (९१३४) विजयी, राप्रपाका सागरप्रताप राणा (८१३७
    शुद्धोधन गाउँपालिका, रुपन्देही
    विष्णु प्रसाद बस्याल (७९८३) विजयी, एमालेका किशुनचन्द चौधरी (६२७०)
    कञ्चन गाउँपालिका, रुपन्देही
    नवराज ढकाल (९०८५) विजयी, एमालेका दिनानाथ आचार्य (७८५४)
    छत्रदेव गाउँपालिका, अर्घाखाँची
    चन्द्रमान श्रेष्ठ (७४०७) विजयी, एमालेका दिपक पन्थी (७२२४)
    मायादेवी गाउँपालिका रुपन्देही
    धु्रवनारायण चौधरी ५३८६ विजयी, लोसपा रामअघारे अहिर ४९८८
    सितगंगा नगरपालिका, अर्घाखाँची
    छविलाल पौडेल (१००७८) विजयी, एमालेका बसन्त कुमार श्रेष्ठ )९८९२)

    नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

    पूर्वखोला गाउँपालिका, पाल्पा
    नुनबहादुर थापा (६०३९) विजयी, नेकपा एसका मिन प्रसाद गिरी (१२५७)
    तिनाउ गाउँपालिका, पाल्पा
    प्रेम श्रेष्ठ (५०९०) विजयी, माओवादीका राजेश श्रेष्ठ (४४६६)
    माथागढी गाउँपालिका, पाल्पा
    यमबहादुर चिदी (६१०९) विजयी, कांग्रेसका सन्तोष थापा (५५४५)
    निस्दी गाउँपालिका, पाल्पा
    मुक्त बहादुर सारु (६६५२) विजयी, कांग्रेसका गोविन्द अर्याल (३४६६)
    बगनासकाली गाउँपालिका, पाल्पा
    सरास्वती दर्लामी चिदी (६४६६) विजयी, कांग्रेसकी सुनिता अधिकारी ५६३३
    छत्रकोट गाउँपालिका, गुल्मी
    रामप्रसाद पाण्डेय (६५८६) विजयी, कांग्रेसका अनन्तराम पौडेल (५९४८)
    सत्यवती गाउँपालिका, गुल्मी
    टिकाराम पाण्डे (६२६७) विजयी, कांग्रेसका पारिश्वर ढकाल (५६११)
    मुसिकोट नगरपालिका, गुल्मी
    जीवलाल खरेल (५४२७) विजयी, कांग्रेसका हरि नारायण सापकोटा (५२६५)
    सरुमारानी गाउँपालिका, प्यूठान
    झगबहादुर विश्वकर्मा (४२८०) विजयी, कांग्रेसका मुकुन्दराज शर्मा (४१९४)
    नौबहिनी गाउँपालिका, प्युठान
    दिल बहादुर थापा (६५३७) विजयी, कांग्रेसका शिवराज रिजाल (५६६२)
    मालारानी गाउँपालिका, अर्घाखाँची
    दल बहादुर भटट्राई (८२८३) विजयी, माओवादीका पदम क्षेत्री (६७२७)
    पाणिनी गाउँपालिका, अर्घाखाँची
    टेकराज न्यौपाने (७७४९) विजयी, कांग्रेसका अच्युत गौतम (७०२८)
    सन्धिखर्क नगरपालिका, अर्घाखाँची
    कृष्णप्रसाद श्रेष्ठ (१११३५) विजयी, कांग्रेसकी शान्ती भण्डारी (९३३४)
    त्रिवेणी गाउँपालिका, रोल्पा
    कर्णबहादुर बाठा मगर (५०८५) विजयी, माओवादीका रेशम पुन (४४६३)
    बासगढी नगरपालिका, बर्दिया
    खड्ग बहादुर खड्का (१०९४७) विजयी, माओवादीका भवन थारु (९७६३)
    सरावल गाउँपालिका, नवलपरासी पश्चिम
    सुखाडि चौधरी (७०५९) विजयी, कांग्रेसका अनिल कुमार गौड (४०८९)
    घोराही उपमहानगरपालिका, दाङ
    नरुलाल चौधरी (३१७२८) विजयी, माओवादीका हेमराज शर्मा (२६३६८)
    देवदह नगरपालिका, रुपन्देही
    धुब्र खरेल (१२९४३) विजयी, कांग्रेसका हिरा खत्री (११३२३)
    ओमसतिया गाउँपालिका, रुपन्देही
    मञ्जितकुमार यादव (४८३२) विजयी, राप्रपाका तिलकसिंह बोहोरा (३१३९)
    रामग्राम नगरपालिका पश्चिमनवलपरासी
    धनपत यादव (७८२४) कांग्रेस नरेन्द्र गुप्ता (६२६७)
    वाणगंगा नगरपालिका
    चक्रमपाणि अर्याल (१८९९९) विजयी, कांग्रेस रविराज आचार्य (१८३६०)

    माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह

    थवाङ गाउँपालिका, रोल्पा
    क्रृषि केशव बुढामगर (२१२२) विजयी, स्वतन्त्र दलजित रोका (१५०६)
    रोल्पा नगरपालिका, रोल्पा
    सुरेन्द्र थापा (७६०३) विजयी, कांग्रेस शेरबहादुर थापा (३६५८)
    परिवर्तन गाउँपालिका, रोल्पा
    सुकबहादुर बुढामगर (३३११) विजयी, कांग्रेसका विश्व कुमार चन्द (३१२९)
    सुनिल स्मृति गाउँपालिका, रोल्पा
    मणिराम बुढाथोकी (६०६२) विजयी, कांग्रेसका गन्ज बहादुर क्षेत्री (३८९३)
    लुङ्ग्री गाउँपालिका, रोल्पा
    भरत कुमार थापा (४९६४) विजयी, कांग्रेसका जनक खड्का (४२९९)
    माडि गाउँपालिका, रोल्पा
    अमरसिंह घर्तीमगर (३८३०) विजयी, एमालेका विजय घर्ती (३३८१)
    सुनछहारी गाउँपालिका, रोल्पा
    धनबहादुर पुन (३४३९) विजयी, स्वतन्त्रका पुस्तमन घर्ती (१५२३)
    चन्द्रकोट गाउँपालिका, गुल्मी
    युवराज खत्री क्षेत्री (५७००) विजयी, एमालेका चेतन बहादुर बस्नेत (३२४७)
    धुर्कोट गाउँपालिका, गुल्मी
    भुपाल पोखरेल (६०८९) विजयी, कांग्रेसका महेन्द्र भण्डारी (४२६१)
    रुरुक्षेत्र गाउँपालिका, गुल्मी
    यदु ज्ञवाली (५८१६) विजयी, एमालेका हिमाल कुमार श्रेष्ठ (४५४०)
    मालिका गाउँपालिका, गुल्मी
    देविराम अर्याल (६१७६) विजयी, एमालेका रित बहादुर थापा (४६१७)
    पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
    पुनिराज घर्ती (३९१३) विजयी, कांग्रेसका तेजेन्द्र खाम मगर (२११३)
    सिस्ने गाउँपालिका, रुकुम पूर्व
    कृष्ण रेग्मी (३७७९) विजयी, कांग्रेसका दत्त बहादुर बस्नेत (३७००)
    भुमे गाउँपालिका, रुकुम पुर्व
    होम प्रकाश श्रेष्ठ (३९७५) विजयी, मंगल अग्रनाईजेशनका रतन (५०३)
    बंगलाचुली गाउँपालिका, दाङ
    तुल्सीराम पुन मगर (५७४९) विजयी, एमालेका भेषराज खत्री (३६७८)
    राप्ती गाउँपालिका, दाङ
    प्रकाश विष्ट (६८९८), एमालेका जगत पोखरेल (५७००)
    गढवा गाउँपालिका, दाङ
    यम नारायण शर्मा पोखरेल (६९०९) विजयी, कांग्रेसका सर्वजित डिसी (६१६७)
    प्यूठान नगरपालिका, प्यूठान
    विष्णु बहादुर योगी (९३२३) विजयी, एमालेका विजय विष्ट (७८१६)
    माण्डवी गाउँपालिका, प्यूठान
    नमराज अधिकारी (३६७६) विजयी, एमालेका श्रीधर रोका (३४१९)
    झिमरुक गाउँपालिका, प्युठान
    पित बहादुर महतरा (५९२९) विजयी, जनमोर्चाका टिका जिसी (५६९६)
    रिब्दीकोट गाउँपालिका, पाल्पा
    नारायण बहादुर कार्की, (५७०४) विजयी, एमालेका नारायण बहादुर जिसी (४७२६)
    राजापुर गाउँपालिका बर्दिया
    दिपेश थारु (९८०७) विजयी, कांग्रेसका दिपक शाह (९७६०)

    राष्ट्रिय जनमोर्चाले जितेको पालिका

    मल्लरानी गाउँपालिका, प्युठान
    कृष्ण बहादुर खडका (३५७६) विजयी, एमालेका शिवराज श्रेष्ठ (३०८९)
    भुमिकास्थान नगरपालिका, अर्घाखाँची
    झविलाल थापा (८३२४) विजयी,एमालेका रेशम थापा (७५२४)

    जनता समाजबादीले जितेको पालिका

    रोहिणी गाउँपालिका, रुपन्देही
    विद्या प्रसाद यादव (७४९६) विजयी, राप्रपाका ताहिर अली (६४५८)
    कपिलबस्तु नगरपालिका, कपिलबस्तु
    सुदीप पौडेल (११९०६) विजयी, एमालेका राजकुमार गुप्ता (८७८२)

  • सुरूङगा नगरपालिकाको मेयरमा कांग्रेसकी गीता चौधरी निर्वाचित

    सुरूङगा नगरपालिकाको मेयरमा कांग्रेसकी गीता चौधरी निर्वाचित

    राजविराज । सप्तरीको सुरूङगा नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेस जितेको छ ।

    मेयरमा गीता चौधरी तीन हजार मतान्तरले विजयी भएकी छन् । उनी ७ हजार २९२ मत ल्याएकी हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका रामनारायण चौधरी ४ हजार ११७ मत पाए ।

    उपमेयरमा नेपाली कांग्रेसकै रुद्रबहादुर कार्की निर्वाचित भएका छन् । उनले ६ हजार २७५ मत ल्याउँदा निकटम प्रतिस्पर्धी नेकपा एमालेकी सलीम कुमारी पासवानले २ हजार १०३ ल्याइन् ।

  • धरानको मेयरमा लौरोलाई पछ्याउँदै गठबन्धन, उपमेयरमा गठबन्धनको अग्रता घटाउँदै एमाले

    धरानको मेयरमा लौरोलाई पछ्याउँदै गठबन्धन, उपमेयरमा गठबन्धनको अग्रता घटाउँदै एमाले

    धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुचारु भएको छ । निर्वाचन आयोगले हस्ताक्षर नगरिएको मतपत्र बदर गर्ने र हस्ताक्षरविनाका फेला परेको स्थानका मतदान अधिकारीलाई विभागीय कारबाही गर्ने निर्णयभएसँगै रोकिएको मतगणना सुचारु भएको हो ।

    धरान उपमहानगरपालिकामा हस्ताक्षर नगरिएको मतपत्र भेटिएपछि त्यसलाई सदर मान्ने अथवा बदर गर्ने भन्ने विवादका कारण बुधबार दिउँसो २ बजेदेखि मतगणना नै स्थगित भएको थियो ।

    जारी मतगणनाका क्रममा वडा नम्बर २० का १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाउँदै मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गरेका थिए ।

    धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा शुरुदेखि नै अग्रता लिइरहेको सत्ता गठबन्धनमाथि स्वतन्त्र उम्मेदवार लौरो चिन्हवाहक हर्क साङपाङ हाबी हुँदै गएका छन् ।

    पछिल्लो गणना अनुसार लौरो ८ हजार ६६ मतसहित अग्रस्थानमा छ । गठबन्धनका किशोर राई ८ हजार ४१५ मतसहित लौरोलाई पछ्याउँदै छन् भने एमालेकी मन्जु भडारी ६ हजार ८९५ मतका साथ निकै तल छिन् ।

    उपमेयरमा भने गठबन्धन र एमालेको प्रतिस्पर्धा देखिन्छ । गठबन्धनका उम्मेदवारले ९ हजार ५२० मत पाउँदा एमालेका उम्मेदवारले ९ हजार १६२ मतसहित पछ्याइरहेका छन् ।

    अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना जारी रहेको छ ।

  • खाँडादेवी गाउँपालिकामा एमालेको फराकिलो अग्रता,गठबन्धनले पछ्याउँदै

    खाँडादेवी गाउँपालिकामा एमालेको फराकिलो अग्रता,गठबन्धनले पछ्याउँदै

    मन्थली । रामेछापका ८ स्थानीय तहमध्ये सातवटाको नतिजा आइसक्दा अब खाँडादेवी गाउँपालिका बाँकी रहेको छ । वडा नम्बर १ राकाथुममा पुनः मतदान भएका कारण खाँडादेवीको गणना ढिला भएको हो ।

    पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेका ज्ञानकुमार श्रेष्ठले ४६९८ मतका साथ अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा कांग्रेस–माओवादी गठबन्धनका अध्यक्ष उम्मेदवार नवराज थोकर ३०२८ मतका साथ पछाडि परेका छन् ।

    यहाँ नेकपा एसका श्याकृष्ण श्रेष्ठले ४५१ मत पाएका छन् । उपाध्यक्षमा पनि नेकपा एमालेकी रमा घिसिङ ४६१४ मतसहित अग्रता लिइरहेकी छन् भने तीन दलीय गठबन्धनका साझा उम्मेदवार मानवहादुर लामाले २६८३ मतबाट पछ्याइरहेका छन् ।

    हालसम्म दुईवटा वडामा एमालेले जित निकालिसकेको छ भने गणना भइरहेका प्रायः सबै वडामा एमालेको अग्रता छ ।

  • गगनको चुनाव क्षेत्रमा कांग्रेस निल, बुनपासहित गणना सकिएका सबै वडामा एमालेकाे जित

    गगनको चुनाव क्षेत्रमा कांग्रेस निल, बुनपासहित गणना सकिएका सबै वडामा एमालेकाे जित

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुईपटक प्रत्यक्ष र एकपटक समानुपातिक निर्वाचन जितेको काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत एक नगरपालिकाको मतगणना सकिँदा मेयर उपमेयरसहित सो क्षेत्रमा पर्ने सबै वडामा कांग्रेसले पराजय भोग्नुपरेको छ ।

    बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेका मिठाराम अधिकारी तथा अनिता लामा फराकिलो मतान्तरले विजयी भएका छन् । गगनको क्षेत्रमा पर्ने बुनपाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्षसहित प्रायः सबै सदस्यसमेत एमालेले नै जितेको छ ।

    वडा नम्बर १ बाट एमालेका सुरेन्द्र लामा वडाध्यक्ष जितेका छन् । त्यस्तै २ बाट राजेन्द्र श्रेष्ठ, ८ बाट सुमन तामाङ, ९ बाट सुमित्रा त्रिपाठी पाण्डे १० बाट नवराज भट्टराई, ११ बाट राजु अधिकारी, १२ बाट शम्भु भट्टराई र १३ बाट टिकेशनारायण श्रेष्ठ जितेका छन् ।

    त्यस्तै गगनको क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भइसकेका छन् । अब गणना भइरहेका ७, ८ र ३० को परिणाम आउन बाँकी छ । ३० नम्बर वडा गगन आफै मतदाता रहेको ठाउँ हो ।

    वडा नम्बर ८ यसअघि कांग्रेसले नै जितेको वडा हो भने ७ नम्बर वडा एमालेले जितेको थियो । एमालेबाट जितेका वडाध्यक्ष शुद्ध डंगोल अहिले नेकपा एसबाट उम्मेदवार छन् ।

    बुढानिलकण्ठ नगरपालिका नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्कीको पनि पालिका हो । तर उनी आफै मतदाता रहेको वडा नम्बर ९ मा पनि एमालेले जितेको छ । एमालेबाट सुमित्रा त्रिपाठीले वडाध्यक्ष जित्दा नेकपा एस २०० मतमा सीमित भएको छ ।

  • कपिलवस्तुको बाणगंगामा गठबन्धनलाई हराउँदै एमाले विजयी

    कपिलवस्तुको बाणगंगामा गठबन्धनलाई हराउँदै एमाले विजयी

    रुपन्देही । गठबन्धनलाई हराउँदै कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख जितेकाे छ ।

    एमालेका चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरेका थिए । अर्यालले ६३९ मतान्तरले निर्वाचन जितेका हुन् । अघिल्लो निर्वाचनमा उपमेयर जितेका अर्याल अहिले मेयरमा विजयी भएका हुन् ।

    उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई जितिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन् ।

    वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ ।

    मेयरः चक्रपाणी अर्याल (नेकपा एमाले)
    उपमेयरः रीता चौधरी (नेकपा एमाले)
    वडा १ अध्यक्षः सन्जु सारु (नेपाली कांग्रेस)
    वडा २ अध्यक्षः विष्णु पौडेल (नेकपा एमाले)
    वडा ३ अध्यक्षः टेकबहादुर झेडी (माओवादी केन्द्र)
    वडा ४ अध्यक्षः छवि रेश्मी मगर (नेकपा एमाले)
    वडा ५ अध्यक्षः दुनिका भुसाल (नेपाली कांग्रेस)
    वडा ६ अध्यक्षः करूण टन्डन (नेपाली कांग्रेस)
    वडा ७ अध्यक्षः विष्णु गिरी (नेकपा एमाले)
    वडा ८ अध्यक्षः बाबुराम अर्याल (नेकपा एमाले)
    वडा ९ अध्यक्षः कमल पौडेल (नेकपा एमाले)
    वडा १० अध्यक्षः यमप्रसाद पोख्रेल (नेकपा एमाले)
    वडा ११ अध्यक्षः नगेन्द्र थारु (नेपाली कांग्रेस)

  • गठबन्धनको विरोधपछि पुन: गणना गर्दा झन् बढी मत ल्याएर एमाले उम्मेदवार विजयी

    गठबन्धनको विरोधपछि पुन: गणना गर्दा झन् बढी मत ल्याएर एमाले उम्मेदवार विजयी

    काठमाडौं । विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्साका वडा अध्यक्षमा एमालेका काले गोले विजयी भएका छन् ।

    पहिलोपटक गरिएको गणनामा ४ मतले जितेका गोलेले दोस्रोपटक गणना गर्दा १४ मत बढी पाएका छन् । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादी र कांग्रेसको गठबन्धनले आपत्ति जनाएपछि विवाद भएको थियो । मत गणना गर्दा ४ मतले गोले विजयी भएपछि गठबन्धनले धाँधली गरेको आरोप लगाएपछि २४ घण्टासम्म मत गणना हुन सकेको थिएन । गठबन्धनले राखेको माग अनुसार पुन: दोस्रोपटक गणना गरिएको थियो ।
    गुन्सामा १ हजार २ सय मत खसेकोमा सुरूमा गन्दा एमालेका उम्मेदवार काले गोले ४ सय ६० र कांग्रेस रवि थिङ ४५६ मत ल्याएका थिए । ४ मतले काले गोलेले जितेपनि गठबन्धनले गोलेलाई विजयी मान्न तयार भएको थिएन ।

    दोस्रोपटक गन्दा गोलेको ४७१ र थिङको ४५७ मत आएको छ । १४ मतले एमालेका गोले विजयी भए ।

    पाँचपोखरी थाङपालगाउँपालिकामा ७ वटा वडाको मत गनिसक्दा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार टासी लामाले ३१७३ मत ल्याएर अग्रता बढाएको छ भने अध्यक्षमा पदमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका दोर्जे तामाङले २४सय ५१ मत ल्याएका छन् ।

    राप्रपाबाट उम्मेदवार बनेका उदय सापकोटाले ९७२ मत ल्याएका छन् । यस्तै उपाध्यक्ष पदमा पनि एमालेका उम्मेदवार सुनिता अधिकारीले ३१९२ मत ल्याएर अगाडि छिन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी गंंगा चापागाई २५ सय ८४ मत ल्याएकी छन् । राप्रपाकी उपाध्यक्षको उम्मेदवार कमला चापागाईले ८३९ मत ल्याएकी छन् । गाउँपालिकाको २ वटा वडाको मत गन्न बाँकी छ ।

  • गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी, नेकपा एसका टोकबहादुर बने मण्डनदेउपुरको मेयर

    गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी, नेकपा एसका टोकबहादुर बने मण्डनदेउपुरको मेयर

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा गठबन्धनले जितेको छ ।

    गठबन्धनबाट नेकपा एसका मेयर उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन् ।

    उनी नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले ८३५१ मत पाएका छन् ।

    उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत पाएकी छन् ।

  • शिल तोडिएको मतपेटिका भेटिएपछि बुटवलमा राेकियाे गणना

    शिल तोडिएको मतपेटिका भेटिएपछि बुटवलमा राेकियाे गणना

    रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बाक्सा पहिले खोलिएको र शिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ ।

    च बुथको दोस्रो बाक्साको ४१३५३८ को बाक्सा लक तोडिएको अवस्थामा भेटिएको र बाक्सा शिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमालेको सो वडाका अध्यक्ष दिननाथ भट्टराईले बताए ।

    १६ हजार मतदाता रहेको यो वडामा साढे १० हजार मत खसेको छ । सबैको चासो र ध्यान केन्द्रित रहेको बुटवल –११ को मतगणना अहिले रोकिएको छ । मतपेटिका खोल्ने क्रममा शिल चुँडिएको भेटिएपछि मतगणना रोकिएको र शिल चुँडिएको भए पनि शिल मतपेटिकाको कपडामा भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

    ‘शिल चुँडिँदैमा मतपत्रमा असर नगर्ने भएकाले राजनीतिक दलहरुलाई मिलेर आउन आग्रह गरेको निर्वाचन अधिकृत पौडेलले बताए । ‘मत पेटिका खोल्ने क्रममा शिल चुँडिएको भेटिएपछि अहिले मतगणना रोकिएको छ । शिल चुँडिँदैमा मतपत्रमा कुनै असर हुँदैन । चुँडिएको शिल कपडामा भेटिएको छ’, उनले भने ।

    वडा नम्बर ११ को मतगणना रोकिए पनि अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

  • किरियापुत्री बसेकै बेला उम्मेदवार बनेका भिमलाल मध्यविन्दुको मेयरमा निर्वाचित, उपमेयर पनि एमालेकै

    किरियापुत्री बसेकै बेला उम्मेदवार बनेका भिमलाल मध्यविन्दुको मेयरमा निर्वाचित, उपमेयर पनि एमालेकै

    परासी । किरियापुत्री बसेकै बेला उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका भिमलाल अधिकारी नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

    मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा अधिकारीले १६ हजार २१२ मतका साथ मेयरमा बिजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६५ मत पाएका छन् ।

    मध्यविन्दुको उपमेयरमा पनि एमालेकै पूर्णकला चौधरी निर्वाचित भएकी छन् । उनले १५ हजार १०५ मत पाउँदा नेपाली कांग्रेसकी टिकाकुमारी महतो १४ हजार ५६४ मतमा रोकिएकी छन् ।

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी, सबै पालिकाको गणना सकियो

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी, सबै पालिकाको गणना सकियो

    काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । पालिका अध्यक्षमा एमालेका भारतकुमार पुन ३५१९ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर तिलिजा २९८६ मतमा रोकिएका छन् ।

    त्यस्तै उपाध्यक्षमा एमालेकै दिवाकुमारी तिलिजा ३५६० मतसहित निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ललिता तिलिजा २९५८ मतमा रोकिएकी छन् ।

    योसँगै म्याग्दीका सबै पालिकाको मतगणना सकिएको छ । एमालेले ६ मध्ये ४ पालिका जितेर पहिलो पार्टी बनेको छ ।

  • भरतपुर अपडेट: रेनु तीन हजार मतले अगाडि, वडामा एमालेको अग्रता

    भरतपुर अपडेट: रेनु तीन हजार मतले अगाडि, वडामा एमालेको अग्रता

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले तीन हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छन् । नेकपा (एमाले)का तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार दाहालले तीन हजार ५७ मतले अग्रता कायम गर्दै १५ हजार एक सय ३४ मत प्राप्त गरेकी छ्न ।

    अहिले महानगरपालिकाको वडा नम्बर ९ र १० को मतगणना भइरहेको छ । वडा नम्बर ९ का दुई हजार नौ सय ४१ र वडा नम्बर १० का ७ सय मत गन्दा यस्तो मतान्तर देखिएको हो ।

    प्रमुखमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २ सय ५३ मत ल्याएका छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार पाँच सय ४५ र राप्रपाकी हिमला गुरुङले ९ हजार ७ सय ३२ मत ल्याएकी छिन् ।

    ९ नम्बर वडा र १० नम्बर वडा गरेर दुवै वडामा नेकपा (एमाले)ले अग्रता लिएका छन् । अहिलेसम्म अहिलेसम्म ३९ हजार ९ सय ४१ मत गणना भइसकेको छ । जसमा वडा नम्बर एक, दुई तीन, चार, पाँच, छ, सात, आठ नम्बर वडाको मतगणना सकिसकिएको छ ।

  • ५४८ स्थानीय तहको नतिजा सार्वजनिकः कसले कति जिते ? (सूचीसहित)

    ५४८ स्थानीय तहको नतिजा सार्वजनिकः कसले कति जिते ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । बिहीबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५४८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली कांग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य सबै पदमा कांग्रेस नै अगाडि छ ।

    सार्वजनिक नतिजामात्र नभएर गणना भइरहेका पालिकामा समेत कांग्रेसकै अग्रता कायम छ । नगर उपप्रमुखमा भने नेकपा एमाले कांग्रेसभन्दा अगाडि बढेकाे छ ।

    नगर प्रमुखमा एमालेभन्दा कांग्रेस झण्डै दोब्बर

    मत गणना सम्पन्न भएका नगरपालिकाकाे प्रमुखमा कांग्रेसले सर्वाधिक ८३ स्थानमा जित हासिल गरेको छ । उसले ४५ स्थानमा अग्रता लिएकाे छ । प्रमुख पदम एमालेले ५१ स्थानमा जित हासिल गर्दा २६ स्थानमा अग्रता लिएकाे छ । नेकपा माओवादी केन्द्रले १६ नगरपालिकामा प्रमुख जितेकाे छ । गणना जारी रहेकामध्ये उसले १० स्थानमा अग्रता लिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले ६ स्थानीय तहकाे प्रमुख  जितकाे छ । उसले ५ स्थानमा अग्रता लिएको छ । अन्य राजीतिक दल तथा स्वतन्त्रले ९ स्थानमा जित हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।

    कांग्रेसले १६२ वटा गाउँपालिकामा अध्यक्ष जितेकाे छ । मतगणना जारीमध्ये २२ स्थानमा अग्रता लिएकाे छ । एमालेले १०६ वटा स्थानमा अध्यक्ष जित्दा १८ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ८६ वटा गाउँपालिकामा अध्यक्ष जित्दा ६ स्थानमा मात्रै अग्रता कायम गरेको छ ।

    जनता समाजवादी पार्टीले १४ स्थानमा जित हासिल गरेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ । अन्यले १७ स्थानमा विजय हासिल गरी १० स्थानमा अग्रता कायम गरेका छन् ।

    उपप्रमुखमा एमाले अगाडि बढ्दै

    मतगणना भइसकेका नगरपालिकाकाे उपप्रमुख पदमा पनि कांग्रेस अगाडि देखिन्छ । अग्रता लिएको आधारमा जित निकालेमात्रै एमालेले कांग्रेसलाई उछिन्ने देखिएको छ । कांग्रेसले ६१ स्थानमा जित हासिल गरी ३९ स्थानमा अग्रता कायम गर्दा एमालेले कांग्रेसभन्दा चार संख्यामात्रै कम अर्थात ५७ स्थानमा जित हासिल गरी ४९ स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले २४ स्थानमा उपप्रमुख पदमा जित र ९ स्थानमा अग्रता कायम गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले उपप्रमुख पदमा ६ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ७ स्थानमा विजय हासिल गरी १६ स्थानमा अग्रता कायम गरेका छन् ।

    गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै अग्रता

    गाउँपालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसले १६६ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गर्दा एमालेले १०१ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ८४ स्थानमा जित र ६ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टीले ११ स्थानामा जित र ६ स्थानमा अग्रता लिइरहँदा अन्य राजनीतिक दल तथा स्वतन्त्रले १९ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन् ।

    काँग्रेसले २२०० वडा अध्यक्ष जित्दा एमालेका १७१६

    यस्तै कांग्रेसले अहिलेसम्म २२०० वटा वडामा अध्यक्ष जितेकाे छ ।  ५५ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १७१६ मा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ ।

    माओवादी केन्द्रले ९१९ वडाध्यक्ष जित्दै र १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९२ वटा वडामा अध्यक्ष जितेर १२ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल र स्वतन्त्रले ४७० वटा वडामा विजय हासिल गरी १४ स्थानमा अग्रता कायम गरेका छन् ।

    कांग्रेसबाट २१६० र एमालेबाट १८६४ महिला सदस्य विजयी

    कांग्रेसले २१६० स्थानमा महिला सदस्य जितेकाे छ । ५६ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १८६४ जना महिला सदस्य जितेर ७२ स्थानमा अग्रता कायम गरेको छ ।

    माओवादी केन्द्रले ८५६ जना महिला सदस्य जितेर १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९२ जना महिला सदस्य जितेर १४ स्थानमा अग्रता लिएकाे छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट ४२० वडा सदस्य जितेर ८ स्थानमा अग्रता कायम गरेका छन् ।

    दलित महिला सदस्यतर्फ कांग्रेसले २१०० जना जितेर ६१ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १८४० जना दलित महिला सदस्य जितेकाे छ । उसले ६६ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ८६० जना जित्दा १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९० जना दलित महिला सदस्य जित्दा १४ स्थानमा अग्रता लिएकाे छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ४१० स्थानमा विजय हासिल गरी ५ स्थानमा अग्रता कायम गरेका छन् ।

    खुला सदस्यमा कांग्रेसका ४३४३ र एमालेका ३७७०

    वडा सदस्य पदमा पनि कांग्रेस नै अगाडि रहेकाे छ । उसले ४३४३ स्थानमा जित हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ३७७० स्थानमा जित्दा ७५ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले १५९० खुला सदस्य  जितेर १० स्थानमा अग्रता कायम गरेको छ । जसपाले ३८१ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ ।

    अन्य राजनीतिक दल तथा स्वतन्त्रले ८७३ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन् ।

  • सिरहा नगरपालिकामा एमालेको जित, मेयर बने सहिद हेमनारायणका छोरा डा. नविन

    सिरहा नगरपालिकामा एमालेको जित, मेयर बने सहिद हेमनारायणका छोरा डा. नविन

    जनकपुरधाम । सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

    मेयरमा सहिद हेमनारायण यादवका छोरा डा. नविन यादव विजयी भएका हुन् । उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याएका छन् । उपेन्द्र सिरहाका पूर्वउपमेयर हुन् ।

    सिरहाका निवर्तमान मेयर तथा जसपाका उम्मेदवार अशेश्वर यादव तेस्रो स्थानमा सीमित बने । उनले ७ हजार ७५२ मत पाए ।

    उपमेयरमा एमालेकै वविताकुमारी साह विजयी भएकी छन् । उनले १० हजार १२६ मत ल्याएकी छन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता यादव ८ हजार ५७७ मत ल्याइन् ।

    को हुन् डा. नविन ?

    २०६० साल माघ १९ गते मारिएका तत्कालीन एमालेका नेता हेमनारायण यादवका छोरा हुन् डा. नविन । हत्यापछि उनकी पत्नी पारोदेवी संविधानसभा सदस्य बनेकी थिइन् । एमाले पटक–पटक सरकारमा पुगे पनि हत्यारालाई कारबाही गर्न नसकेको भन्दै उनका छोरा डा. नविनले पार्टी परित्याग गरेका थिए ।

    उनी विजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट सिरहा क्षेत्र नम्बर ३ बाट सांसदमा चुनाव लडेपनि पराजित भए । त्यसपछि उनी सो पार्टीमा धेरै दिनसम्म टिकेनन् र केही दिन स्वतन्त्र बने ।

    उनको सिरहा सदरमुकाममा क्लिनिक पनि छ । राजनीतिसंगै उनी क्लिनिक पनि चलाउँछन् । उनी नयाा शक्ति पार्टी खुलेका बेला डा. बाबुराम भट्टराईसंग नजिक बने । तर अन्ततः पुनः नेकपा एमालेमै फर्किए ।

    २०७४ को निर्वाचनमा उनले नेकपा एमालेबाट मेयरको टिकट पाए । तर चुनाव जित्न सकेनन् । योपटक पनि उनलाई मेयरमा चुनाव जित्न चुनौती थियो । तर सबै चुनौती पार गरेर चुनाव जित्न सफल भएका छन् ।

    डा. नविनका काका प्रमोद यादव, जो नेकपा एमाले विभाजन हुंदा नेकपा एकीकृत समाजवादीमा लागेर प्रदेशमन्त्री छन् । उनले एकीकृत समाजवादीबाट पत्नी रीता कुमारीलाई मेयरमै चुनाव लड्न लगाए । जसका कारण डा. नविनलाई चुनाव जित्न गाह्रो हुने धेरैको अनुमान थियो ।