Category: स्थानीय निर्वाचन–२०७९

  • कोरसिटी अपडेट : ५०० मत गन्दा बालेन साहको जम्मा ६७ मत

    कोरसिटी अपडेट : ५०० मत गन्दा बालेन साहको जम्मा ६७ मत

    काठमाडौं । काठमाडौं महानगरको मतगणना सुरु भएदेखि नै अग्रता बनाइरहेका बालेन साह कोरसिटीमा पुग्दा केही धिमा गतिमा अगाडि बढीरहेका छन् ।

    अहिले कोर सिटी मानिने महानगरको २७ नम्बर वडामा ५ सय मत गणना हुँदा साहले जम्मा ६७ मत पाएका छन् ।

    त्यहाँ एमालेका केशव स्थापितले २०० मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १४६ मत पाएकी छन् ।

  • अजय थापाको संयोग : कांग्रेसले टिकट नदिएपछि राप्रपा प्रवेश, एक महिनामै शिवराजको मेयर

    अजय थापाको संयोग : कांग्रेसले टिकट नदिएपछि राप्रपा प्रवेश, एक महिनामै शिवराजको मेयर

    रुपन्देही । उम्मेदवारी दर्ता गराउने अघिल्लो दिनसम्म नेपाली कांग्रेसमा रहेका कपिलवस्तुको शिवराज नगरपालिकाका अजय थापा टिक पाउने सर्तमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका थिए । प्रवेश गरेसँगै उनी राप्रपाको तर्फबाट उम्मेदवारी दर्ता गराए र चुनाव प्रचारमा लागे ।

    एक महिना नपुग्दै उनले सो पार्टीबाट मेयरमा आफ्नो जित दर्ता गराए । यसअघि नेकपा एमालेले मेयर उपमेयरसहित बहुमत वडाध्यक्ष जितेको नगरपालिकामा थापाको उम्मेदवारीलाई धेरैले जित्ने विश्वासै गरेका थिएनन् ।

    बल्ल ३३ वर्ष पुगेका उनले मेयरमा जिते पनि पालिकामा रहेका कुनै वडा राप्रपाले जित्न नसकेकाले उनको व्यक्तिगत प्रभावकै कारण जितेको प्रस्ट हुने स्थानीयको विश्लेषण छ ।

    थापाले नगरपालिकामा खसेको कुल ३३ हजार ६ सय २९ मतमध्ये ७ हजार ६ सय २ मत प्राप्त गरेका छन् ।

    उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महादेव पोख्रेलले ७ हजार १ सय २८ मत प्राप्त गरे।

    ०७४ सालको स्थानीय तहको निर्वाचन थापा स्वयम राप्रपाबाट उम्मेदवार थिए ।

    मेयरमा पराजित थापा मंसिरमा सम्पन्न संघीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए । त्यहाँ पनि पराजित भएका थापा मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमा सक्रिय थिए ।

    पार्टीले मेयरमा टिकट नदिएपछि पार्टीबाट विद्रोह गर्दै राप्रपा लागेका थापा अन्ततः मेयरमा निर्वाचित भए । शिवराजमा कांग्रेसका मेयरका उम्मेदवार हुमकान्त खनाल तेस्रो स्थानमा पुगेका छन् ।

    नगरको उपप्रमुख पदमा भने नेकपा एमालेकी शिवकुमारी थारु निर्वाचित भएकी छन् । थारुले ७ हजार ९सय ५५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी नेपाली कांंग्रेसकी उम्मेदवार शारदा कार्कीले ६ हजार १ सय ८५ मत प्राप्त गरिन्। एमाले उम्मेदवार थारुले २०७४ मा पनि नगर उपप्रमुख जितेकी थिइन् ।

    शिवराज नगरपालिकामा राप्रपाले नगर प्रमुख मात्रै जितेको छ। एमालेले नगर उपप्रमुखसहित ३ वटा वडा, कांग्रेसले ३ वडा, नेकपा माओवादी केन्द्रले २ वडा, लोकतान्त्रिक समाजवादी पार्टीले २ वटा वडा र जनता समाजवादी पार्टीले १ वटा वडा जितेका छन् ।

    ११ वडा रहेको शिवराजमा सुरुवातदेखि अग्रता बढाउँदै गएका थापा बिहीबार अन्तिम मत परिणाम आउँदासम्म अग्रस्थानमै रहेका थिए ।

    स्नातक पढेका सामान्य परिवारका थापाले एकाएक नगरपालिकाको मेयर बनेर सबैलाई आश्चर्यमा पारेका छन् ।

  • काठमाडौं महानगरमा कांग्रेसको पहिलो जित, गगन थापाको वडामा कांग्रेसको क्लिनस्वीप

    काठमाडौं महानगरमा कांग्रेसको पहिलो जित, गगन थापाको वडामा कांग्रेसको क्लिनस्वीप

    काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका वडाहरूको वडाध्यक्षमा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ ।

    महानगरको ३० नम्बर वडामा कांग्रेसले पहिलो जित निकालेको हो । वडामा वडाध्यक्षसहित कांग्रेसको पुरै प्यानल विजयी भएको छ ।

    कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९१६ मत प्राप्त गरेका छन् ।

    यो वडामा मेयरमा भने बालेन शाहले नै फराकिलो अग्रता पाएका छन् । उनले एक हजार ६२३ मत प्राप्त गरे । कांग्रेसकी सिर्जना सिंहले ९७५ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ७२१ मत प्राप्त गरेका छन् ।

    यसअघि सम्पन्न वडाहरूको मतगणना अनुसार १, २, ३, ४ र ५ नम्बर वडामा एमाले जितेको छ ।

  • शिवराजमा राप्रपाको सरप्राइज : मेयर बने अजय थापा, उपमेयरमा एमालेकी शिवकुमारी

    शिवराजमा राप्रपाको सरप्राइज : मेयर बने अजय थापा, उपमेयरमा एमालेकी शिवकुमारी

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर जितेर राप्रपाले सरप्राइज दिएको छ । यसअघि नेकपा एमालेले जितेको यो नगरपालिकामा यो पटक उपमेयर शिवकुमारी थारु सोही पदमा दोहोरिएकी छन् ।

    मेयरमा राप्रपाका उम्मेदवार अजय थापाले ७,६०२ मत ल्याएर विजयी भए ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार महादेव पोख्रेललाई ४७४ मतान्तरले पराजित गरे । पराजित महादेव पोख्रेलले ७,१२८ मत ल्याएका छन् ।

    यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार शिवकुमारी चौधरी ७,९५५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शारदा कार्कीले ६,१८५ मत ल्याएकी छन् ।

  • उर्लाबारीमा एमालेले लियो कांग्रेससँग बदला, मेयर-उपमेयर दुबै पदमा विजय

    उर्लाबारीमा एमालेले लियो कांग्रेससँग बदला, मेयर-उपमेयर दुबै पदमा विजय

    विराटनगर । नेकपा एमालेले मोरङको उर्लाबारी नगरपालिकामा विजय हासिल गरेको छ । यसअघि भोगेको पराजयको बदला लिँदै एमाले मेयर र उपमेयर दुवै पदमा जित निकालेको हो ।

    करिब २ सय मत गन्न बाँकी रहँदा एमालेका गंगा खरेलले १० हजार ९४९ मतले अग्रता लिएपछि निवर्तमान मेयर खड्गा फागोले हार स्वीकार गरेका छन् । उनले ८ हजार ९४१ मत पाएका छन् ।

    ९ नम्बर वडाका २ सय मत गन्न बाँकी रहँदा उपमेयरमा पनि एमालेकै मिना पौडेल विजयी भएकी छन् ।

  • सभागृहको दृष्य : बालेनका समर्थक उमंगमा, एमालेका कार्यकर्ता विरहमा (तस्बिरहरू)

    सभागृहको दृष्य : बालेनका समर्थक उमंगमा, एमालेका कार्यकर्ता विरहमा (तस्बिरहरू)

    बिहान सवा दश बजेतिर काठमाडौं महानगर ४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष दिनेश महर्जन १५० को हाराहारीमा आफ्ना समर्थक लिएर राष्ट्रिय सभागृह आइपुगे । २३ सय बढी मतान्तरले निकटतम प्रतिस्पर्धीलाई पछि पारेका महर्जनको अनुहारमा भने त्यस्तो उमंग थिएन ।

    महर्जनले ४६०० मत प्राप्त गरेर जीत सुनिश्चित गर्दा उनकै पार्टीबाट मेयरको उम्मेदवार रहेका केशव स्थापितले सो वडाबाट १९२४ मात्र पाए । स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३९५६ मत पाए । आफू निर्वाचित भए पनि आफ्नो पार्टीको मेयर उम्मेदवारले आफूभन्दा आधा कम मत पाएको असन्तुष्टि महर्जनमा प्रष्टै देखिन्थ्यो ।

    हामीले मेयरलाई कम र वडाध्यक्षलाई दोब्बरभन्दा बढी मत आउनुको कारणबारे बुझ्दा खोज्दा उनले भने, ‘वडामा मेयरलाई कम मत आउनुको कारण अलिकति गहिरो गरी बुझ्नुपर्नेछ । अहिले मतदाताले नयाँ युवालाई पो खोजेको हो कि लागेको छ ।’

    यसपछि महर्जनलाई कार्यकर्ताहरुले अबिरले रंगाइदिए । अनि नारा लगाउँदै सभागृहबाट बाहिरिए । पाँचै वडामा वडाध्यक्ष एमालेले जितेको छ । पाँचै वडाका वडाध्यक्षहरु १५० जति कार्यकर्ता सहित आएर महर्जन जसरी नै अबिर लगाएर नारा घन्काउँदै गएका छन् ।

    राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मतगणना भइरहेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले झण्डै दोब्बर मतले अग्रता लिइरहेका छन् । कांग्रेसका सृजना सिंह र एमालेका केशव स्थापित साहभन्दा धेरै पछि छन् ।

    सुरुवातमा सभागृहमा तामझाम सहित पुगेका एमाले र कांग्रेसका कार्यकर्ता जति–जति साहले मतान्तर बढाउँदै लगे, उतिउति सुस्त हुँदै गए । अहिले त दिउँसोतिर एमाले र कांग्रेसका कार्यकर्ता भेटिनै हम्मेहम्मे पर्छ । भृकुटीमण्डपका चियापसलमा दुईचार कार्यकर्ताहरु उदासिन मुद्रामा गफ गरिरहेका भेटिन्छन् ।

    मतगणनाको छैटौं दिन २ बजेतिर पहिलोपटक सभागृहमा पाइला टेकेकी कांग्रेसकी मेयर उम्मेदवार सिंह पनि आफूले जित्नेमा उस्तो ढुक्क देखिइनन् । आफ्ना छोरा र दुईचार जना नजिकका मान्छेसित आइपुगेकी थिइन् उनी । श्रेष्ठ आइपुग्दा सभागृह अगाडि कांग्रेसका कार्यकर्ता कोही थिएनन् । सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘मत परिणामलाई सहजै रुपमा लिएका छौं । अहिले बोलिहाल्दा छिटो हुन्छ । अब हामी छलफल गरेर निष्कर्षमा पुग्छौं । अझैं राम्रो होला कि भनेर विस्वस्त छौं । अहिले त्यति नराम्रो पनि भएको छैन । जित्ने आशा अझैं काँकी छ ।’

    श्रेष्ठ महानगरको वडा नम्बर ८ को मतगणनामा अग्रता लिएकै वेला सभागृह आइपुगेकी थिइन् । सभागृह प्रवेश गर्ने वेला म्यादी प्रहरीले ब्याग लैजान नपाउने बताएपछि ब्यागलाई बाहिरै छाडेर भित्र छिरेकी थिइन् ।

    अर्का प्रत्याशी स्थापित पहिलो दिन साँझमा झुलुक्क पुगेका थिए । त्यसपछि उनले अहिलेसम्म सभागृह टेकेका छैनन् । श्रेष्ठले भने छैटौं दिन सभागृह टेकिन् ।

    राज्यको मर्यादाक्रममा दशौं स्थानमा आइपुग्ने एक्लो महानगर काठमाडौंको मतगणना क्षेत्र सुनसान प्राय छ । एमाले र कांग्रेसका कार्यकर्ता छैनन् । बरु सभागृह अगाडि म्यादी र नेपाल प्रहरीहरुले ढाकेका छन् । पाँच वडा जितेका एमालेका उम्मेदवार आउने, अबिर जात्रा गर्ने र बागाजागा सहित आफ्नो वडा फर्कने वेला बाहेक ठूलो संख्याका कार्यकर्ताहरु देखिँदैनन् ।

    उता साहका प्रतिनिधिहरुलाई मतगणना गर्न भ्याइनभ्याइ छ । उनीहरु हातमा कापी र कलम लिएर हरेक मतको टिपोट गरिरहेका हुन्छन् । उनीहरु जति उत्साही भएर एक एक मत टिपोट गरिरहेका हुन्छन्, उत्ति नै निराश भेटिन्छन् कांग्रेसका प्रतिनिधिहरु । हामी उभिएको छेवैमा कांग्रेसका दुई प्रतिनिधि कुरा गरिरहेका थिए । एकले भनिरहेका थिए, ‘एउटा वडा पनि जित्न सकिएको छैन । अब हाम्रो राम्रो पकड भएका वडाहरुमा चाहिँ जितिन्छ कि !’ अर्काले थप्दै थिए, ‘देशभर जिते पनि काठमाडौंमा फेरि हारियो ।’

    एमालेका प्रतिनिधिहरु वडा जिते पनि, उपमेयर जित्ने पक्का भए पनि उस्तो उत्साहित छैनन् । उनीहरुको एउटै भनाइ छ, ‘मेयरमा सन्तोषजनक मत आएन । यसपटक ठूलो अन्तर्घात भयो ।’

    तर, उनीहरुले आशा मारिसकेका छैनन् । एमालेका एक प्रतिनिधि भन्दै थिए, ‘अब कोर सिटीको आशा छ । तर, अहिलेजस्तै अवस्था भयो भने खत्तम हुन्छ ।’

    एमाले र कांग्रेसका प्रतिनिधिहरु एउटा कुरामा चाहिँ विस्वस्त रहेछन्, ‘मान्छेले परिवर्तन चाहिरहेका छन् । त्यसैले कोर सिटीमा पनि फरक नतिजा नआउन सक्छ ।’

    मगतणनाको सुरुवाति अवस्थामा एमाले र कांग्रेसका कार्यकर्ता पंक्तिमा यस्तो सन्नाटा थिएन । उनीहरु आफ्नो पार्टीले विस्तारै लिड लिने कुरामा विस्वस्त थिए । तर, जसै साहले लगातार अग्रताको ग्राफ बढाउँदै लगे, उनीहरुमा निराशाको ग्राफ पनि उकालो चढ्यो ।

    सुरुवाती चरणमा अग्रता लिँदै गएपछि साहका समर्थकहरु उत्साहित भएर रातरातभर त्यहाँ बसे । नारा लगाउने, गीत गाउने नियमित कर्म भइदिएको थियो । तर, सार्वजनिक बिदा सकिएपछि भने उनीहरु कलेज जाने, अफिस जाने भएकाले दिउँसो चार पाँच बजेपछि केही संख्यामा जम्मा हुन्छन् । माइकिङ गर्छन् र नारा लगाउँछन् । पहिलाजस्तो ठूलो भिड नभए पनि उनीहरु नियमित आइरहेका छन् ।

    बीचमा उपमेयरकी उम्मेदवार सुनिता डंगोल आए पनि मिडियासित कुराकानी गरेकी थिइनन् । भित्र गणनस्थलमा नेकपा एसका उपमेयर रामेश्वर श्रेष्ठको प्रतिनिधि मात्रै छन् । न बाहिर उनका समर्थक भेटिन्छन्, न रामेश्वर श्रेष्ठ नै भेटिन्छन् । साह, सिंह, स्थापितका प्रतिनिधिले पनि मेयरका शीर्ष ३ जनाको मात्रै मत संख्या टिप्छन् । उपमेयरको प्रायले मत संख्या नै टिप्दैनन् ।

    एमाले, कांग्रेसका प्रतिनिधि भन्छन्, ‘वडाध्यक्षदेखि सदस्यसम्म प्यानलै कांग्रेस अथवा एमालेको उम्मेदवारमा आउँछ, तर अन्तमा मेयरमा भने लौरोमा छाप हुन्छ ।’

    सभागृहमै भेटिएका वडा नम्बर १ का एमालेका एक प्रतिनिधिले भने, ‘हामीले कोसिस गरेकै हौं, मतदातालाई कन्भिन्स गरेकै हौं । राम्रो बोलिचाली भएन भने मान्छेले राम्रो मान्दैन । हाम्रो मत नआउनुमा हाम्रो उम्मेदवारको बोलिचाली पनि हो ।’

     

  • बुटवल उपमहानगर : मतान्तर फराकिलो बनाउँदै कांग्रेस

    बुटवल उपमहानगर : मतान्तर फराकिलो बनाउँदै कांग्रेस

    रूपन्देही । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ ।

    जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेले मतान्तरलाई फराकिलो बनाएका हुन् ।

    बिहीबार बेलुकासम्ममा कांग्रेसका खेलराज पाण्डेयले २२ हजार ७७२ र नेकपा एमालेका बाबुराम भट्टराई १६ हजार ५२० पाएका छन् । कांग्रेस एमालेको मतान्तर मतान्तर ६ हजार २५२ पुगेको छ । उपप्रमुखमा एमालेकी सावित्रा अर्यालको अग्रता छ ।

    अहिलेसम्म गणना भएका वडामध्ये १०, १४, १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो ।

    त्यस्तैगरी २ मा समाजवादी, ३ मा माओवादी केन्द्र ४, ५, ६, ७, १५, १६ र १७ मा काँग्रेसले जितेको छ ।

    १९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७,१०,१४ १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं ८,९,११ र १२ को मतगणना जारी छ ।

  • वडा नम्बर ८ मा सिर्जनाको अग्रता बालेनले तोडे, काठमाडौंका कुन वडामा के छ अवस्था ? (सूचीसहित)

    वडा नम्बर ८ मा सिर्जनाको अग्रता बालेनले तोडे, काठमाडौंका कुन वडामा के छ अवस्था ? (सूचीसहित)

    काठमाडौं । काठमाडौंको वडा नम्बर ८ मा कांग्रेसकी सिर्जना सिंहले कायम गरेको अग्रता स्वतन्त्र उम्मेदवार बालेन साहले तोडेका छन् । ७०० भोट गणना हुँदा बालेनले सिर्जनालाई उछिन्दै अग्रता लिएका हुन् ।

    अहिलेसम्म बालेनको चुनावचिन्ह लौरोमा २४२ भोट आएको छ । दोस्रोमा धकेलिएकी सिर्जनाले २१६ भोट ल्याएकी छन् । तेस्रोमा केशव स्थापितको १६५ भोट आएको छ ।

    समग्र मतगणनामा भने बालेनले फराकिलो अग्रता कायम गरिरहेका छन् । अहिलेसम्म ६१ हजार ३१५ भोट गणना सकिएकोमा बालेनको चुनावचिन्ह लौरोमा २४ हजार ३२४ भोट आएको छ ।

    आफ्ना निकट प्रतिस्पर्धी एमालेका केशव स्थापितभन्दा ११ हजार ९४९ भोटले अगाडि छन् । स्थापितको अहिलेसम्म १२ हजार ५७३ भोट आएको छ । यस्तै, तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले १२०९३ भोट ल्याएकी छन् ।

    अहिलेसम्म काठमाडौंका ५ वडाको मतगणना सम्पन्न भइसकेको छ । १ देखि ५ वडासम्मको गणना सकिँदा सबै वडामा बालेनको फराकिलो अग्रता छ ।

    अहिले गणना भइरहेका वडाहरु ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ हुन् । यीमध्ये वडा नम्बर ८ मा सिर्जना सिंह र वडा नम्बर २७ मा केशव स्थापित अगाडि छन् । वडा नम्बर २७ काठमाडौंको कोर एरियाभित्र पर्छ ।

    कुन वडामा कसले कति भोट ल्याएका छन् ? हेर्नुस तथ्यांक

    वडा नम्बर १ (सम्पन्न)

    लौरोः ७८३
    सुर्यः ३६५
    रुखः ४५१

    वडा नम्बर २ (सम्पन्न)

    लौरोः १२१५
    सुर्यः ७२८
    रुखः ४९७

    वडा नम्बर ३ (सम्पन्न)

    लौरोः २४०६
    सुर्यः १२०३
    रुखः ११७०

    वडा नम्बर ४ (सम्पन्न)

    लौरोः ३९५६
    सुर्यः १९२४
    रुखः १५२२

    वडा नम्बर ५ (सम्पन्न)

    लौरोः १५०१
    सुर्यः १०६६
    रुखः १५२२

    वडा नम्बर ६ (सम्पन्न)

    लौरोः २४२८
    सुर्यः १२६०
    रुखः १६४१

    वडा नम्बर ७

    लौरोः १२०५
    सुर्यः ४४७
    रुखः ४३३

    वडा नम्बर ८

    लौरोः २४२
    सुर्यः २१६
    रुखः १६५

    वडा नम्बर २७

    लौरोः ४३
    सुर्यः १४५
    रुखः ४१

    वडा नम्बर २८

    लौरोः ५७१
    सुर्यः ५३९
    रुखः ५०७

    वडा नम्बर २९

    लौरोः १०३५
    सुर्यः ५८४
    रुखः ७५२

    वडा नम्बर ३०

    लौरोः १५३१
    सुर्यः ५८६
    रुखः ७७९

    वडा नम्बर ३१

    लौरोः २६५०
    सुर्यः १४३५
    रुखः १५४१

    वडा नम्बर ३२

    लौरोः ४८६२
    सुर्यः २२७८
    रुखः १७६१

  • मतगणना स्थलमा मापसे गरेका व्यक्ति प्रवेश गर्न खोजेपछि…

    मतगणना स्थलमा मापसे गरेका व्यक्ति प्रवेश गर्न खोजेपछि…

    दाङ । मदिरा सेवन गरेर मतगणना स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले एकजनालाई गेटबाटै फर्काइदिएको छ ।

    तुलसीपुर उपमहानगरपालिकाको मतगणना भइरहेको सरकारी वकिलको कार्यालयमा प्रवेश गर्न खाेजेका हिराबहादुर केसीलाई प्रहरीले गेट बाहिरबाटै फर्काएकाे हाे ।

    गेटमा ब्रेथलाइजरले मापसे चेक गर्दा मदिरा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई केही बेर अघि भित्र प्रवेश गर्न नदिएको हो ।

    तुलसीपुरको मतगणना स्थलमा प्रहरीले मापसे चेकजाँच गरिरहेको छ ।

  • स्थानीय चुनावमा विवेकशील साझाको पहिलो जित- रूस्तम बने फेटा गाउँपालिका अध्यक्ष

    स्थानीय चुनावमा विवेकशील साझाको पहिलो जित- रूस्तम बने फेटा गाउँपालिका अध्यक्ष

    काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो पालिका अध्यक्ष पाएको छ ।

    मधेस प्रदेशको बारा जिल्ला फेटा गाउँपालिका अध्यक्षमा विवेकशील विजयी भएको हो ।

    अध्यक्षका उम्मेदवार रुस्तम अंसारी ४४८५ मत ल्याएर विजयी भए । नेकपा एमालेका अमिरीलाल प्रसादले २३९९ मत पाए

    यस्तै उपाध्यक्षमा पनि विवेकशीलकै निलम शाह विजयी भएकी छन् । उनले ३५७० मत पाइन् । एमालेका कमरुन खातुनको २३३३ मत रह्यो ।

    पालिकामा रहेका सात मध्ये विवेकशीलले दुई वडामा आफ्नो जित दर्ता गराएको छ ।

  • ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाका अध्यक्षले लिए शेर्पा भाषामा शपथ

    ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाका अध्यक्षले लिए शेर्पा भाषामा शपथ

    काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले आफ्नै मातृभाषामा शपथ ग्रहण गरेका छन् ।

    बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दलबहादुर केसीबाट शेर्पाले मातृभाषा ‘शेर्पा’ मा शपथ ग्रहण गरेका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले आज दिउँसो नगरपालिकाका मेयर, उपमेयर लगायत निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरणपछि शपथ ग्रहण कार्यक्रम आयोजना गरेको थियो ।

    उक्त समारोहमा शेर्पाले मातृभाषामा शपथ लिएको जनता समाजवादी पार्टीका प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले जानकारी दिए ।

    आफ्नै मातृभाषामा शपथ लिने बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अगाडि नै जानकारी गराएर तयारी गरेको रुम्दालीले जानकारी दिए । ओखलढुंगामा मातृभाषामा शपथ लिएको यो नै पहिलो घटना हो ।

    निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालन ऐन २०७३ अनुसार शपथ ग्रहण गराउने व्यवस्था छ । शपथ ग्रहणको ढाँचालाई शेर्पा भाषामा उल्था गरेर शेर्पाले वाचन गरेका थिए । मुख्य निर्वाचन अधिकृतले भने नेपाली सम्पर्क भाषामै शपथ गराएका थिए ।

    अध्यक्ष शेर्पाले आफ्नै भाषामा शपथ लिने भएपछि सोही अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि तयारी गरेको थियो ।

    जसपा प्रदेश नं. १ का सदस्य समेत रहेका शेर्पाले कांग्रेसका भूपेन्द्र बहादुर बस्नेतलाई १ सय ३० मतान्तरले पराजित गर्दै खिजीदेम्बाका अध्यक्ष निर्वाचित भएको थियो ।

  • अछामको पञ्चदेवल विनायकमा कांग्रेसकी अम्बिका चलाउने विजयी

    अछामको पञ्चदेवल विनायकमा कांग्रेसकी अम्बिका चलाउने विजयी

    अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । मेयर र उपमेयर पदमा कांग्रेसले जित निकालेको हो ।

    कांग्रेसका तर्फबाट मेयरमा अम्बिका चलाउने निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामबहादुर विकलाई पराजित गर्दै जित निकालेकी छन् ।

    यस्तै उपमेयरमा पनि कांग्रेसकै हर्कबहादुर रावल निर्वाचित भएका छन् ।

    यद्यपि मत परिणामको अन्तिम घोषणा हुन भने बाँकी छ ।

  • धनगढीमा हमालले कटाए १६ हजार मत

    धनगढीमा हमालले कटाए १६ हजार मत

    धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६ हजार मत कटाएका छन् ।

    हालसम्म ३५ हजार ८९४ मत गणनामा हमालले १६ हजार ४ सय १६ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ८ हजार १२३ मत मात्रै प्राप्त गरेका छन भने, नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ७७४ मतमात्रै पाएका छन् ।

    उपमेयरतर्फ सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४५७ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् ।

    उनलाई नेकपा एमालेकी नन्दकला रानाले ६ हजार ६१७ मतसहित पछ्याइरहेकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत प्राप्त गरेका छन् ।

  • काठमाडौंको उपमेयरमा सुनिताको २४ हजार मत कट्यो

    काठमाडौंको उपमेयरमा सुनिताको २४ हजार मत कट्यो

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोले २४ हजार मत कटाएकी छन् ।

    हालसम्म ६३ हजार ८७८ मतको गणनामा उनले २४ हजार १०१ मत प्राप्त गरेकी छन् ।

    उपमेयरमै सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ६ सय ७० मत प्राप्त गरेका छन् ।

  • काठमाडौं महानगरपालिकामा बालेनको २४ हजार बढी मत, स्थापित र सिंहले १२ हजार कटाए

    काठमाडौं महानगरपालिकामा बालेनको २४ हजार बढी मत, स्थापित र सिंहले १२ हजार कटाए

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा हालसम्म कुल ६१ हजार ३१५ मत गणना भएको छ ।

    यसमध्ये बालेन शाहले २४ हजार ३२४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले १२ हजार ५७३ मतका साथ पछ्याइरहेका छन् ।

    यस्तै सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मतसहित तेस्रो स्थानमा छिन ।

  • माओवादी केन्द्रले जितेका ६० प्रतिशत तहमा गठबन्धनकै सहारा

    माओवादी केन्द्रले जितेका ६० प्रतिशत तहमा गठबन्धनकै सहारा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले यस पटकको स्थानीय तह निर्वाचनमा २०७४ को निर्वाचनको नतिजामा आफ्नै हैसियत सुधार गर्ने देखिएको छ ।

    उति बेला माओवादी केन्द्रले १०६ वटा स्थानीय तहमा मेयर/अध्यक्ष (नेतृत्व) जितेको थियो ।

    यस पटक यो समाचार तयार पार्दासम्म १०६ तहमा नेतृत्व जितिसकेको छ । १४ तहमा अग्रता लिइरहेको छ । यद्यपि विगतभन्दा यस पटकको जितमा भने विशेषता भने केही भिन्न छ ।

    उति बेला लगभग अधिकांश ठाउँमा माओवादी केन्द्रले एक्लै जित हासिल गरेको थियो । तर यस पटक लगभग ६० प्रतिशत स्थानमा उसले गठबन्धनको सहाराले जित निकालेको छ ।

    देशभर जित निकालेका १०६ सिटमध्ये ६३ स्थानमा उसले कोही न कोही दलसँग तालमेल गरेको छ । बाँकी ४३ सिटमा मात्रै एक्लै लडेर जित निकालेको छ ।

    तालमेल गरेकाहरूमा अधिकांश सिटमा नेपाली कांग्रेस र नेकपा एससँग गरेको छ भने केहीमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेल गरेको छ । यसबाहेक तीन स्थानीय तहमा नेकपा एमालेसँग पनि तालमेल गरेर जित निकालेको छ ।

    प्रदेशअनुसार तालमेलको विवरण

    प्रदेश नम्बर १ मा मेयर/अध्यक्ष जितेको १२ तह

    तालमेल १० मा, २ मा एक्लै

    १) ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका, राजन लिम्बु (कांग्रेससँग तालमेल)।

    २) ताप्लेजुङ, मैवाखोला गाउँपालिका, विजयप्रकाश वलेम (कांग्रेस र नेकपा एससँग तालमेल)।

    ३) पाँचथर, मिक्लाजुङ गाउँपालिका, अमरराज माखिम (कांग्रेससँगको तालमेल) ।

    ४) भोजपुर, आमचोक गाउँपालिका, अशोक राई (एक्लै) ।

    ५) भोजपुर, रामप्रसाद राई गाउँपालिका, थामबहादुर राई (कांग्रेससँग तालमेल) ।

    ६) ओखलढुंगा, चिशंखुगढी गाउँपालिका, निशान्त शर्मा बास्तोला (कांग्रेससँग तालमेल) ।

    ७) खोटाङ, खोटेहाङ गाउँपालिका, उदिमबहादुर राई (कांग्रेससँग तालमेल)

    ८) खोटाङ, जन्तेढुंगा गाउँपालिका, अरूणादेवी राई (कांग्रेस र नेकपा एससँगको तालमेल) ।

    ९) सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका (एक्लै) ।

    १०) उदयपुर, ताप्ली गाउँपालिका, ढुंगराज विश्वकर्मा (कांग्रेससँग तालमेल) ।

    ११) उदयपुर, रौतामाई गाउँपालिका, विरेन्द्रकुमार मगर (कांग्रेससँग तालमेल) ।

    १२) उदयपुर, लिम्चुङबुङ गाउँपालिका, मेजरकुमार राई (कांग्रेस र जसपासँगको तालमेल)

    मधेस प्रदेश मेयर/अध्यक्ष जितेको ५ तह

    ४ मा एक्लै, १ मा तालमेल

    १) सर्लाही, बलरा नगरपालिका, रामाशंकरप्रसाद कुशवाहा (एक्लै) ।

    २) सर्लाही, रामनगर गाउँपाकिला, राजाबाबू यादव (एक्लै) ।

    ३) सर्लाही, बागमती नगरपालिका, भरतकुमार थापा (एक्लै) ।

    ४) रौतहट, दुर्गा भगवती गाउँपालिका, सम्भुकुमार सिंह (एक्लै) ।

    ५) बारा, जितपुर सिमरा, राजन पौडेल (पाँचदलीय गठबन्धन) ।

    बागमती प्रदेश मेयर/अध्यक्ष जितेको २१ तह

    १६ मा तालमेल, ५ मा एक्लै

    १) सिन्धुली, दुधौली नगलालिका, दिनेश अधिकारी (कांग्रेससँग तालमेल) ।

    २) सिन्धुली, मरिण गाउँपालिका, विमर्श मुक्तान (कांग्रेससँग तालमेल) ।

    ३) सिन्धुली, सुनकोशी गाउँपालिका, दीपा बोहोरा दाहाल (कांग्रेससँग तालमेल) ।

    ४) सिन्धुली, हरिहरपरगढी गाउँपालिका, बज्रध्वज वाइबा (कांग्रेससँग तालमेल) ।

    ५) रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका, मैनकुमार मोक्तान(कांग्रेससँग तालमेल) ।

    ६) रामेछाप, सुनपाती गाउँपालिका, ठूलोकान्छा तामाङ (एक्लै) ।

    ७) दोलखा, गौरिशंकर गाउँपालिका, विश्वास कार्की (कांग्रेससँग तालमेल) ।

    ८) सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका, कृष्णप्रसाद सापकोटा(नेकपा एससँग तालमेल) ।

    ९) सिन्धुपाल्चोक, जुगल गाउँपालिका, रेशम स्याङ्बो (कांग्रेस र नेकपा एससँग तालमेल ) ।

    १०) सिन्धुपाल्चोक, बलेफी गाउँपालिका, गंगाबहादुर तामाङ(नेकपा एससँग तालमेल) ।

    ११) सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका, राजु लामा (एक्लै) ।

    १२) काभ्रेपलान्चोक, खानीखोला गाउँपालिका, ईन्द्रबहादुर थिङ (कांग्रेससँग तालमेल ) ।

    १३) काभ्रेपलान्चोक, चौरीदेउराली गाउँपालिका, रेणुका चौलागाई (कांग्रेससँग तालमेल) ।

    १४) काभ्रेपलान्चोक, भुम्लु गाउँपालिका, प्रेमबहादुर भुजेल (कांग्रेससँग तालमेल) ।

    १५) नुवाकोट, ककनी गाउँपालिका, सुमन तामाङ (एक्लै) ।

    १६) नुवाकोट, दुप्चेश्वर गाउँपालिका, शंकरबहादुर थापा (एक्लै) ।

    १७) नुवाकोट, पञ्चकन्या गाउँपालिका, तेजबहादुर तामाङ (एक्लै) ।

    १८) धादिङ, गजुरी गाउँपालिका, गणेशलाल श्रेष्ठ(कांग्रेससँगको तालमेल) ।

    १९) धादिङ, बेनीघाट रोराङ गाउँपालिका, कृष्णबहादुर थपलिया (नेकपा एससँगकौ तालमेल) ।

    २०) धादिङ, रुबीभ्याली गाउँपालिका, रामसिँह तामाङ (कांग्रेस र नेकपा एससँगको तालमेल) ।

    २१) मकवानपुर, थाहा नगरपालिका, विष्णुबहादुर विष्ट (कांग्रेस र नेकपा एससँगको तालमेल) ।

    गण्डकी प्रदेश मेयर/अध्यक्ष जितेको १० तह

    १ मा तालमेल, ९ मा एक्लै

    १) गोरखा, अजिरकोट गाउँपालिका, दीपक देवकोटा (एक्लै) ।

    २) गोरखा, गण्डकी गाउँपालिका, दिपक तिमिल्सिना (एक्लै) ।

    ३) गोरखा, गोरखा नगरपालिका, कृष्णबहादुर राना (एक्लै) ।

    ४) गोरखा, धार्चे गाउँपालिका, लक्ष्मण गुरुङ(एक्लै) ।

    ५) गोरखा, पालुङटार नगरपालिका, विवश चिन्तन (एक्लै) ।

    ६) गोरखा, वारपाक सुलिकोट गाउँपालिका, विष्णुप्रसाद भट्ट (एक्लै) ।

    ७) गोरखा, भीमसेन थापा गाउँपालिका, विष्णुकुमार श्रेष्ठ (एक्लै) ।

    ८) गोरखा, सहिद लखन गाउँपालिका, रमेशबाबू थापा मगर (एक्लै ।

    ९) तनहुँ, आँबुखैरेनी गाउँपालिका, शुक्र चुमान (एक्लै)

    १०) बागलुङ, ताराखोला गाउँपालिका, धनबहादुर बिक (कांग्रेससँग तालमेल) ।

    लुम्बिनी प्रदेश मेयर/अध्यक्ष जितेको २४ तह

    १३ मा तालमेल, ११ मा एक्लै

    १) गुल्मी,चन्द्रकोट गाउँपालिका, युवराज खत्री क्षेत्री (कांग्रेससँग तालमेल) ।

    २) गुल्मी, धुर्कोट गाउँपालिका, भुपाल पोखरेल (एमालेसँग तालमेल) ।

    ३) गुल्मी, मालिका गाउँपालिका, देवीराम अर्याल(कांग्रेससँग तालमेल) ।

    ४) गुल्मी, रुरुक्षेत्र गाउँपालिका, यदु ज्ञवाली (कांग्रेससँग तालमेल) ।

    ५) पाल्पा, रिब्दिकोट गाउँपालिका, नारायणबहादुर कार्की (कांग्रेस र राजमोसँग तालमेल) ।

    ६) प्यूठान, झिमरुक गाउँपालिका, पितबहादुर महतरा क्षेत्री (एमालेसँग तालमेल) ।

    ७) प्यूठान, प्यूठान नगरपालिका, विष्णुबहादुर योगी (कांग्रेस र राजमोसँग) ।

    ८) प्यूठान, माण्डवी गाउँपालिका, नमराज अधिकारी (कांग्रेस र राजमोसँग) ।

    ९) रोल्पा, थवाङ गाउँपालिका, ऋषिकेशव बुढामगर (एक्लै) ।

    १०) रोल्पा, परिवर्तन गाउँपालिका, सुकबहादुर बुढामगर (एक्लै) ।

    ११) रोल्पा, माडी गाउँपालिका, अमरसिँह घर्तीमगर (एक्लै) ।

    १२) रोल्पा, रोल्पा नगरपालिका, सुरेन्द्र थापा(एक्लै) ।

    १३) रोल्पा, लुंग्री गाउँपालिका, भरतकुमार थापा (एक्लै) ।

    १४) रोल्पा, सुनछहारी गाउँपालिका, धनबहादुर पुनमगर (एक्लै) ।

    १५) रोल्पा, सुनिलस्मृति गाउँपालिका, मणिराम बुढाथोकी (एक्लै) ।

    १६) दाङ, गढवा गाउँपालिका, यमनारायण शर्मा पोख्रेल (नेकपा एस र राजमोसँग तालमेल) ।

    १७) दाङ, बंगलाचुली गाउँपालिका, तुलसीराम पुनमगर (कांग्रेससँग तालमेल)

    १८) दाङ, राप्ती गाउँपालिका, प्रकाश विष्ट (राजमोसँग तालमेल) ।

    १९) बर्दिया, बढैयाताल गाउँपालिका, हिमालय त्रिपाठी (नेकपा एससँग तालमेल) ।

    २०) बर्दिया, राजापुर नगरपालिका, दिपेश थारु ( एक्लै) ।

    २१) बाँके, खजुरा गाउँपालिका, डम्बरबहादुर बिक(कांग्रेससँग तालमेल) ।

    २२) पूर्वी रुकुम, पुथा उत्तरगंगा गाउँपालिका, पुनिराज घर्ति(एक्लै) ।

    २३) पूर्वी रुकुम, भुमे गाउँपालिका, होमप्रकाश श्रेष्ठ (एक्लै) ।

    २४) पूर्वी रुकुम, सिस्ने गाउँपालिका, कृष्ण रेग्मी (एक्लै) ।

    कर्णाली प्रदेश मेयर/अध्यक्ष जितेको २० तह

    ११ तालमेल ९ मा एक्लै 

    १) पश्चिम रुकुम, आठबिसकोट नगरपालिका, रवि केसी (एक्लै) ।

    २) पश्चिम रुकुम, चौरजहारी नगरपालिका, पुष्प वादी (एक्लै) ।

    ३) पश्चिम रुकुम, त्रिवेणी गाउँपालिका, गणेश केसी (एक्लै) ।

    ४) पश्चिम रुकुम, सानीभेरी गाउँपालिका, विर्खबहादुर विष्ट (एक्लै) ।

    ५)सल्यान, दार्मा गाउँपालिका, निमबहादुर केसी (एक्लै) ।

    ६) सल्यान, बनगाड कुपिण्डे नगरपालिका, कर्णबहादुर बुढाथोकी (कांग्रेससँग तालमेल) ।

    ७) सुर्खेत, चौकुने गाउँपालिका, खड्क विक(कांग्रेससँग तालमेल) ।

    ८) दैलेख, नौमुले गाउँपालिका, छविराम सुवेदी (नेकपा एससँग तालमेल) ।

    ९) दैलेख, भगवतीमाई गाउँपालिका, गणेशबहादुर थापा (नेकपा एससँग तालमेल) ।

    १०) जाजरकोट, नलगाड नगरपालिका, डम्मरबहादुर रावत (कांग्रेससँग तालमेल) ।

    ११) डोल्पा, जगदुल्ला गाउँपालिका, नालासिँह रोकाया (एक्लै) ।

    १२) डोल्पा, मुड्ेकचुला गाउँपालिका, दत्तबहादुर शाही (एक्लै) ।

    १३) हुम्ला, ताजाकोट गाउँपालिका, लालकेश जैसी (कांग्रेससँग तालमेल) ।

    १४) हुम्ला, नाम्खा गाउँपालिका, प्रेमबहादुर लामा (कांग्रेससँग तालमेल) ।

    १५) हुम्ला, सिमकोट गाउँपालिका, विजय भण्डारी (कांग्रेससँग तालमेल) ।

    १६) कालिकोट, पाताला गाउँपालिका, विष्णुबहादुर रोकाया (एक्लै) ।

    १७) कालीकोट, महाबै गाउँपालिका, खेमबहादुर सिँह (एमालेसँग तालमेल) ।

    १८) कालिकोट, शुभकालिका गाउँपालिका, गोविन्दप्रसाद आचार्य (कांग्रेससँग तालमेल) ।

    १९) मुगु, खत्याड गाउँपालिका, अजबहादुर शाही (कांग्रेससँग तालमेल) ।

    २०) जुम्ला, सिंजा गाउँपालिका, पूर्णप्रसाद धिताल (एक्लै) ।

    सुदूरपश्चिम प्रदेश मेयर/अध्यक्ष जितेको १३ तह

    ११ मा तालमेल, २ मा एक्लै

    १) बझाङ, छविसपाथिभेरा गाउँपालिका, बसन्तबहादुर चलाउने (कांग्रेस र नेकपा एससँग तालमेल)।

    २) बझाङ, दुर्गाथली गाउँपालिका, दिलबहादुर थापा (कांग्रेस र नेकपा एससँग तालमेल)।

    ३) अछाम, मेल्लेक गाउँपालिका, ज्वालासिँह साउँद (कांग्रेस र नेकपा एससँग तालमेल)।

    ४) डोटी, बोगटान फुड्सिल गाउँपालिका, कमल गड्सिला (नेकपा एससँग तालमेल) ।

    ५) कैलाली, महोन्याल गाउँपालिका, देवीदत्त उपाध्याय (कांग्रेस र नेकपा एससँग तालमेल) ।

    ६) कञ्चनपुर, बेलौरी नगरपालिका, पोतीलाल चौधरी (एक्लै) ।

    ७) डडेलधुरा, आलिताल गाउँपालिका, शेरसिँह पार्की (नेकपा एससँग तालमेल) ।

    ८) डडेलधुरा, अजयमेरु गाउँपालिका, शेरसिँह पार्की (नेकपा एससँग तालमेल) ।

    ९) बैतडी, मेलौली नगरपालिका, भीमबहादुर चन्द (एक्लै) ।

    १०) दार्चुला, अपिहिमाल गाउँपालिका, भक्तसिँह ठेकरे बोहरा (कांग्रेससँग तालमेल) ।

    ११) दार्चुला, नौगाड गाउँपालिका, दलजीतसिँह धामी (कांग्रेससँग तालमेल) ।

    १२) दार्चुला, मार्मा गाउँपालिका, जमनसिँह धामी (कांग्रेससँग तालमेल) ।

    १३) दार्चुला, लेकम गाउँपालिका, रामदत्त जोशी (कांग्रेससँग तालमेल) ।

  • धरान उपमहानगरपालिका- गठबन्धनलाई चुट्दै अघि बढ्यो लौरो, अग्रता बढाउँदै

    धरान उपमहानगरपालिका- गठबन्धनलाई चुट्दै अघि बढ्यो लौरो, अग्रता बढाउँदै

    काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता बढाउँदै लगेका छन् ।

    आजबाट अग्रता लिनथालेका उनले सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई निरन्तर पछाडि पार्दै लगेका छन् ।

    लौरो चुनाव चिन्ह पाएका उनले पछिल्लो मत परिणाम अनुसार अग्रता फराकिलो बनाएका छन् । पछिल्लो ३२ हजार ७३५ मतगणनाको परिणाम अनुसार साङपाङको लौरोले ९ हजार ५४६ मत प्राप्त गरेको छ । उनलाई पछ्याइरहेका कांग्रेसका राईले मत ९ हजार २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले ७ हजार ४०६ मत प्राप्त गरेकी छन् ।

    उपमेयर तर्फ सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अइन्द्र बेघाले १० हजार ४०७ मत प्राप्त गर्दा नेकपा एमालेका पदम लिम्बुले ९ हजार ९२८ मतसहित पछ्याइरहेका छन् ।

  • कोर एरिया अपडेट- बालेनभन्दा झण्डै चारगुणा बढी मतले स्थापित अगाडि, सिर्जना र सुमन पछिपछि

    कोर एरिया अपडेट- बालेनभन्दा झण्डै चारगुणा बढी मतले स्थापित अगाडि, सिर्जना र सुमन पछिपछि

    काठमाडौं । काठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।

    प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।

    यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।

    वडा नम्बर ८ मा सिर्जना अगाडि

    यस्तै काठमाडौंको वडा नम्बर ८ को पनि मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदो १९५ भोट ल्याएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।

  • जुम्लाका ८ वटै पालिकाको मतगणना सकियो : एमाले क्लिन स्वीप

    जुम्लाका ८ वटै पालिकाको मतगणना सकियो : एमाले क्लिन स्वीप

    जुम्ला । जुम्लाको आठ वटै स्थानीयतहको मत गणना सकिएको छ । जसमध्ये ५ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई स्थानीय तहमा नेकपा माओवादी केद्रले तिजेको छ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत विजयी भएका हुन् । कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदम बहादुर शाहीले दुई हजार ३ सय ४१ मत ल्याए ।

    कांग्रेसले तीन पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले एक उपप्रमुख जितेको छ ।

    चन्दननाथ नगरपालिकामा उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुई हजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् । त्यस्तै नगरउप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् ।

    जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष प्रमुखमा कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्याशी एकीकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा एकीकृत समाजवादीकी शान्तिकुमारी मल्ल भण्डारी विजयी भएकी छन् । उनले १५०३ मत प्राप्त गरी उपप्रमुख भण्डारी विजयी भएकी हुन् । उनका प्रत्याशी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गरेकी छन् ।

    जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतीलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन् ।

    रोकाया कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यायले एक हजार ९ सय १५ मत मात्र प्राप्त गरे ।

    त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा ९कल्पना० विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुष्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन् ।

    त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन् । उनले २ हजार ३ सय २० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन् ।

    त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजयी भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन् ।

    त्यस्तै सिजागाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । धितालले नेपाली कांग्रेसका नन्दराम बुढा १ सय १८ मतअन्तरले पछि पार्दै विजय हासिल गरेका हुन । उनी १ हजार ९सय ४९ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८ सय ३१ मत ल्याएर पराजित भएका हुन् ।

    त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया १ हजार ९ सय ५६ मतले विजयी भएकी हुन् । भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रजनकली शाहीले १ हजार ६९ मत ल्याएर पराजित भएकी हुन् ।

    त्यस्तै जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् । अध्यक्ष बोहराले दुई हजार सात सय ६८ मत प्राप्त गरेका छन् । अध्यक्षमा प्रत्याशी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएकी छन् । उपाध्यक्षमा माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त ल्याएकी हुन् । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बुढा दुई हजार चार सय ६३ मत ल्याएर पराजित भएकी हुन् ।

    त्यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा विजयी भएकी हुन् । अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष बुढाले दुई हजार तीन सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रत्याशी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँच सय ६२ र उपाध्यक्ष रिता खत्रीले एक हजार नौ सय ४५ मत प्राप्त गरेकी छन् । २०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र ५ उपाध्यक्ष जितेको थियो । कांग्रेसले ५ अध्यक्ष दुई उपाध्यक्ष जितेको थियो ।

    त्यस्तै हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन् । लक्ष्मण शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मरराज शाहीले एक हजार ४ सय २३ मत ल्याएर पराजित भएका हुन् ।

    उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी हुन् ।

  • प्रदेश १ : १०७ तहको नतिजा आउँदा ५५ तह जित्दै कांग्रेस पहिलो

    प्रदेश १ : १०७ तहको नतिजा आउँदा ५५ तह जित्दै कांग्रेस पहिलो

    विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये १०७ तहको मतगणना सम्पन्न भएको छ । हिमाली तथा पहाडीको मतगणना सकिँदा कांग्रेस हिमाली तथा पहाडी जिल्लामा बलियो देखिएको छ ।

    २०७४ सालको स्थानीय तहमा जितको धरै स्थानीय तह एमालेले गुमाएको छ भने कांग्रेसले एमालेले जितेका स्थानीय तहमा समेत जित निकालेको छ ।

    १०७ स्थानीय तहको मतगणना सकिँदासम्म नेपाली कांग्रेस ५५ तह जित्दै पहिलो पार्टी बनेको छ । एमालेले अहिलेसम्म ३४ स्थानीय तह जितेको छ ।

    नेकपा र एमालेको विभाजन तथा सत्तारुढ दलको चुनावी गठबन्धनको कारण कांग्रेसले स्थानीय चुनावमा प्रदेश १ राम्रो फाइदा उठाएको छ ।

    पछिल्लो नतिजा अनुसार कांग्रेस ५५ स्थानीय तह प्रमुख र अध्यक्ष र ३६ वटा उपप्रमुख/उपाध्यक्ष पद जितेको छ ।

    २०७४ मा कांग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो ।

    २०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यस पटक दोस्रो स्थानमा खुम्चिने देखिएको छ । एमालेले हालसम्म ३४ वटा प्रमुख र अध्यक्ष र ४२ उपप्रमुख/उपाध्यक्ष पद जितेको छ ।

    नेकपा माओवादी केन्द्रले प्रमुख/अध्यक्षमा १२ र उपप्रमुख/उपाध्यक्षमा २० वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यस पटक थप ३ स्थानीय तह जितिसकेको छ ।

    अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले अहिलेसम्म १ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।
    अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले यस पटक २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।

    प्रदेश १ मा अहिलेसम्म २ जना स्वतन्त्र उम्मेदवारले प्रमुख/अध्यक्ष पदमा जीत हासिल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीले १ प्रमुख र अध्यक्ष र ५ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितेको छ ।

    अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय तहको परिणाम आउन बाँकी छ ।

    १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ६९, नेपाली काँग्रेसले ५४ फोरम लोकतान्त्रिकबाट जितेका सहित माओवादी केन्द्रले ९, राप्रपाले ३ र जसपाले २ पालिकामा जित हासिल गरेका थिए ।

    उक्त निर्वाचनमा करिब आधा जसो स्थानीय तहमा ५ सयभन्दा कम मतान्तरले जित हारको फैसला भएको थियो । एमालेले जितेका ३५, काँग्रेसले जितेका २५, माओवादी केन्द्रले जितका ८ र राप्रपा नेपालले जितेका ३ स्थानीय तहमा विजयी उम्मेदवार र निकटतम प्रतिस्पर्धीको मत ५ सयभन्दा कम अन्तरमा थियो ।

    सत्तारुढ पाँच दलीय गठबन्धन कायम भएर गएको अवस्थामा एमालेले जितेका ३५ भन्दा धेरै स्थानीय तहमा गठबन्धन घटकको वर्चस्व हुने देखिन्छ ।

    किनकि ५०० भन्दा कम मतान्तर रहेका ती तहमा विपक्षमा रहेका दल मिल्नासाथ ठूलो मतान्तरले एमाले पछि परेको छ ।

    अर्कोतिर एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका कारण पनि एमालेको मतमा क्षति पुगेको छ ।

    भोजपुर

    १. राप्रसाद राई- गाउँपालिका

    अध्यक्षः थामबहादुर राई माओवादी

    उपाध्यक्षः वीरेन्द्र राई काँग्रेस

    २. अरूण गाउँपालिका

    अध्यक्षः शालिकराम खत्री काँग्रेस

    उपाध्यक्षः बिनिता ढकाल काँग्रेस

    ३. साल्पासिलिछो गाउँपालिका

    अध्यक्षः दौलथकुमार कुलुङ राई स्वतन्त्र

    उपाध्यक्षः अस्मिता कुलुङ राईकाँग्रेस

    ४. आमचोक गाउँपालिका

    अध्यक्षः अशोक राई माओवादी

    उपाध्यक्षः सीता राई माओवादी

    ५. हतुवागढी गाउँपालिका

    अध्यक्षः प्रेमकुमार राई एमाले

    उपाध्यक्षः सुनिता राई माओवादी

    ६. पौवादुङ्मा गाउँपालिका

    अध्यक्षः किरण राई एमाले

    उपाध्यक्षः ज्योत्सना राई एमाले

    ७. षडानन्द नगरपालिका

    प्रमुखः सुरेन्द्रकुमार उदास एमाले

    उपप्रमुखः प्रमिला राई माओवादी

    ८. भोजपुर नगरपालिका

    प्रमुख कैलाशकुमार आले काँग्रेस

    उपप्रमुखः निर्मला शेर्पा एमाले

    ९. टेम्केमैयुङ गाउँपालिका

    अध्यक्षः सरोज बस्नेत काँग्रेस

    उपाध्यक्षः रमादेवी राई एमाले

    सोलुखुम्बु

    १० माप्य दूधकोशी गाउँपालिका

    अध्यक्षः बुद्धिकिरण राई एमाले

    उपाध्यक्षः गौरव राई माओवादी

    ११ महाकुलुङ गाउँपालिका

    अध्यक्षः सूर्यबहादुर राई काँग्रेस

    उपाध्यक्षः विपना कुलुङ काँग्रेस

    १२ सोताङ गाउँपालिका

    अध्यक्षः खिलराज बस्नेत काँग्रेस

    उपाध्यक्षः अञ्जु नाछिरिङ राई काँग्रेस

    १३थुलुङ दूधकोशी गाउँपालिका

    अध्यक्षः असिम राई माओवादी

    उपाध्यक्षः सविता राई माओवादी

    १४ लिखुपिके गाउँपालिका

    अध्यक्षः मिनादेवी कार्की काँग्रेस

    उपाध्यक्षः डावाङ लाक्पा शेर्पा काँग्रेस

    १५ खुम्वु पासाङल्हामु गाउँपालिका

    अध्यक्षः मिङ्मा छिरी शेर्पा एमाले

    उपाध्यक्षः टासी ल्हामु शेर्पा एमाले

    १६ नेचा सल्यान गाउँपालिका

    अध्यक्षः धनजन राई काँग्रेस

    उपाध्यक्षः बिना राई काँग्रेस

    १७ सोलु दूधकुण्ड नगरपालिका

    मेयरः नाम्गेल जाम्बु शेर्पा काँग्रेस

    उपमेयरः गान्धीमायाँ तामाङ

    तेह्रथुम

    १८ म्याङलुङ नगरपालिका

    मेयरः सञ्जयकुमार तुम्बाहाङफे एमाले

    उपमेयरः जमुनादेवी सुवेदी एमाले

    १९,फेदाप गाउँपालिका

    अध्यक्षः केशवप्रसाद भेटवाल काँग्रेस

    उपाध्यक्षः सुनिता पाहिम माओवादी

    २०,आठराई गाउँपालिका

    अध्यक्षः दिलकुमार पाहिम काँग्रेस

    उपाध्यक्षः बलिराज इङ्नाम माओवादी

    २१,छथर गाउँपालिका

    अध्यक्षः सन्तवीर लिम्बु एमाले

    उपाध्यक्षः टेकराज लिम्बु एमाले

    २२, मेन्छ्यायेम गाउँपालिका

    अध्यक्षः यादवबहादुर खापुङ एमाले

    उपाध्यक्षः गितादेवी तिम्सिना काँग्रेस

    २३ लालीगुराँस नगरपालिका

    मेयरः अर्जुन माबोहाङ कांग्रेस

    उपमेयरः जमुना मगर कार्की काँग्रेस

    खोटाङ

    २४ ऐसेलुखर्क गाउँपालिका

    अध्यक्षः गिरेन्द्रबहादुर राई एमाले

    उपाध्यक्षः राजेशकुमार भण्डारी काँग्रेस

    २५ केपिलासगढी गाउँपालिका

    अध्यक्षः समिर राई काँग्रेस

    उपाध्यक्षः गुरुराज राई एकीकृत समाजवादी

    २६ बराहापोखरी गाउँपालिका

    अध्यक्ष : शालिकराम बन्जरा काँग्रेस

    उपाध्यक्षः भुवलराज राई एकीकृत समाजवादी

    २७ जन्तेढुङ्गा गाउँपालिका

    अध्यक्षः अरूणादेवी राई माओवादी

    उपाध्यक्षः खेमबहादुर खड्का काँग्रेस

    २८ साकेला गाउँपालिका

    अध्यक्षः रविप्रकाश राई काँग्रेस

    उपाध्यक्षः बिर्सिका राई माओवादी

    २९ रावावेशी गाउँपालिका

    अध्यक्षः फटिककुमार श्रेष्ठ काँग्रेस

    उपाध्यक्षः कौशिलाकुमारी गुरुङ एमाले

    ३० खोटेहाङ गाउँपालिका

    अध्यक्षः उदिनबहादुर राई माओवादी

    उपाध्यक्ष रुपेश राई काँग्रेस

    ३१ दिप्रुङ चुईचुम्मा गाउँपालिका

    अध्यक्षः लोकेन्द्र राई एमाले

    उपाध्यक्षः अरुणा थापा एमाले

    ३२ हलेसी तुवाचुङ नगरपालिका

    मेयरः विमला राई कांग्रेस

    उपमेयरः रमेशकुमार राउत काँग्रेस

    ३३ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    मेयरः तिर्थराज भट्टराई काँग्रेस

    उपमेयरः विशन राई माओवादी

    धनकुटा

    ३४ चौबिसे गाउँपालिका

    अध्यक्षः राजकुमार लिम्बू एमाले

    उपाध्यक्षः टंकमाया पाङमी एमाले

    ३५ सागुरीगढी गाउँपालिका

    अध्यक्षः जितेन्द्र राई काँग्रेस

    उपाध्यक्षः मुना राई एमाले

    ३६ छथर जोरपाटी

    अध्यक्षः छत्रबहादुर लिम्बु काँग्रेस

    उपाध्यक्षः गीता गुरुङ माओवादी

    ३७ पाख्रिबास नगरपालिका

    मेयरः ज्ञानबहादुर गुरुङ काँग्रेस

    उपमेयरः नम्रता गौतम एमाले

    ३८ धनकुटा नगरपालिका

    मेयरः चिन्तन तामाङएमाले

    उपमेयरः भीमादेवी खनाल एमाले

    ३९महालक्ष्मी नगरपालिका

    मेयरः ध्रुवराज राया काँग्रेस

    उपमेयरः मन्जुकुमारी कार्की एमाले

    ४० सहिदभूमि गाउँपालिका

    अध्यक्षः मनोज राई एमाले

    उपाध्यक्षः रत्नेश्वरी राई एमाले

    ताप्लेजुङ

    ४१ मेरिङदेन गाउँपालिका

    अध्यक्षः युक हाङविर हाङ्गाम अध्यक्ष

    उपाध्यक्षः दुर्गाप्रसाद चोङबाङ एकीकृत समाजवादी

    ४२ फक्ताङलुङ गाउँपालिका

    अध्यक्षः मा राजन लिम्बूले माओवादी

    उपाध्यक्षः रबिन साम्रा लिम्बू काँग्रेस

    ४३ मैवाखोला गाउँपालिका

    अध्यक्षः विजयप्रकाश वनेम माओवादी

    उपाध्यक्षः कमलकुमारी लिम्बू काँग्रेस

    ४४ मिक्वाखोला गाउँपालिका

    अध्यक्षः भक्तबहादुर कार्की काँग्रेस

    उपाध्यक्षः डण्डु शेर्पा माओवादी

    ४५सिदिङ्वा गाउँपालिका

    अध्यक्षः मानबहादुर राई एमाले

    उपाध्यक्षः कृष्णकुमारी कडरिया माओवादी

    ४६ फुङलिङ नगरपालिका

    मेयरः अमिर मादेन काँग्रेस

    उपमेयरः भीमादेवी ओझा एमाले

    ४७आठराई त्रिवेणी गाउँपालिका

    अध्यक्षः दिपेन्द्र पोमु

    उपाध्यक्षः शान्ताकुमारी आङबुहाङ एमाले

    ४८ सिरिजंघा गाउँपालिका

    अध्यक्षः लालकृष्ण चौहान काँग्रेस

    उपाध्यक्षः चित्रकुमार लिम्बू माओवादी

    ४९ पाथिभरा याङवरक गाउँपालिका

    अध्यक्षः केशरकुमार सुब्बा एमाले

    उपाध्यक्षः रत्नमाया गुरुङ एमाले

    ओखलढुंगा

    ५०चिसंखुगढी गाउँपालिका

    अध्यक्षः निशान्त शर्मा माओवादी

    उपाध्यक्षः सन्तोषबाबु थापा काँग्रेस

    ५१ मानेभञ्ज्याङ गाउँपालिका

    अध्यक्षः ज्ञानेन्द्र रुम्दाली स्वतन्त्र

    उपाध्यक्षः आश्रचन राई काँग्रेस

    ५२०चम्पादेवी गाउँपालिका

    अध्यक्षः नवराज केसी काँग्रेस

    उपाध्यक्षः दिलमाया मगर एमाले

    ५३ मोलुङ गाउँपालिका

    अध्यक्षः उत्तम राई एमाले

    उपाध्यक्षः उर्मिला खतिवडा एमाले

    ५४खिजिदेम्बा गाउँपालिका

    अध्यक्षः गम्बु शेर्पा जसपा

    उपाध्यक्षः सुशिला तामाङ काँग्रेस

    ५५ सिद्धिचरण नगरपालिका

    मेयरः तेजन खनाल काँग्रेस

    उपमेयरः केदारबाबु बस्नेत एमाले

    ५६ लिखु गाउँपालिका

    अध्यक्षः अशोककुमार कार्की काँग्रेस

    उपाध्यक्षः अस्मिता थापा एमाले

    ५७ सुनकोशी गाउँपालिका

    अध्यक्षः कमल तामाङ काँग्रेस

    उपाध्यक्षः सुनिता अधिकारी काँग्रेस

    संखुवासभा

    ५८ खाँदवारी नगरपालिका

    मेयरः महेश थपलिया काँग्रेस

    उपमेयरः महेश्वरा श्रेष्ठ एमाले

    ५९ सभापोखरी गाउँपालिका

    अध्यक्षः भीमबहादुर लिम्बू काँग्रेस

    उपाध्यक्षः लक्ष्मी चापागाईं एकीकृत समाजवादी

    ६० सिलिचोङ गाउँपालिका

    अध्यक्षः भूपाल राई काँग्रेस

    उपाध्यक्षः देविता राई काँग्रेस

    ६१ मकालु गाउँपालिका

    अध्यक्षः वाङ्दिछिरिङ शेर्पा काँग्रेस

    उपाध्यक्षः मनकला राई माओवादी

    ६२ धर्मदेवी नगरपालिका

    मेयरः उदयचन्द्र पौडेल एमाले

    उपमेयरः तारा महत काँग्रेस

    ६३ मादी नगरपालिका

    मेयरः जीवन लिङ्थेप एमाले

    उपमेयरः सुनितादेवी भट्टराई एमाले

    ६४ पाँचखपन नगरपालिका

    मेयरः विपिन राई काँग्रेस

    उपमेयरः सुमुना श्रेष्ठ एकीकृत समाजवादी

    ६५भोटखोला गाउँपालिका

    अध्यक्षः वाङ्छेदर लामा एमाले

    उपाध्यक्षः सहाना लामा एमाले

    ६६ चिचिला गाउँपालिका

    अध्यक्षः पासाङ नोर्बु शेर्पा काँग्रेस

    उपाध्यक्षः मनकला राई काँग्रेस

    ६७ चैनपुर नगरपालिका

    मेयरः कृष्णकुमार तामाङ एमाले

    उपमेयरः एलिना श्रेष्ठ एमाले

    पाँचथर

    ६८कुम्मायक गाउँपालिका

    अध्यक्षः बमप्रसाद लावती काँग्रेस

    उपाध्यक्षः महेन्द्रबहादुर खड्का माओवादी

    ६९फालेलुङ गाउँपालिका

    अध्यक्षः वीरबिक्रम थाम्सुहाङ काँग्रेस

    उपाध्यक्षः महेन्द्रहाङ जबेगु माओवादी

    ७०हिलिहाङ गाउँपालिका

    अध्यक्षः समरबहादुर अधिकारी काँग्रेस

    उपाध्यक्षः सुमित्रा उप्रेती सेढाइँ एमाले

    ७१ फाल्गुनन्द गाउँपालिका

    अध्यक्षः वृजहाङ आङदेम्बे काँग्रेस

    उपाध्यक्षः ठाकुरसिंह नेम्वाङ माओवादी

    ७२ मिक्लाजुङ गाउँपालिका

    अध्यक्षः अमरराज माखिम माओवादी

    उपाध्यक्षः सन्तकुमार शेर्मा काँग्रेस

    ७३ तुम्बेवा गाउँपालिका

    अध्यक्षः बाबुराम खड्का काँग्रेस

    उपाध्यक्षः खड्गसुन्दर सम्बाहाम्फे माओवादी

    ७४ फिदिम नगरपालिका

    मेयरः मित्रप्रसाद काफ्ले काँग्रेस

    उपमेयरः राधाकृष्ण न्यौपाने माओवादी

    ७५ याङवरक गाउँपालिका

    अध्यक्षः भीमबहादुर योङ्या एमाले

    उपाध्यक्षः बाबा मेयाङ्बो एमाले

    इलाम

    ७६ माङसेबुङ गाउँपालिका

    अध्यक्षः हेमन्त राई एमाले

    उपाध्यक्षः विनोदकुमार नेम्बाङ जसपा

    ७७ सन्दकपुर गाउँपालिका

    अध्यक्षः तुलाराम गु्रुङकाँग्रेस

    उपाध्यक्षः हरिबहादुर लुंगेली एकीकृत समाजवादी

    ७८ चुलाचुली गाउँपालिका

    अध्यक्षः राजेन्द्र केरुङ काँग्रेस

    उपाध्यक्षः दिलकुमारी लिम्बू एमाले

    ७९ माई नगरपालिकाः

    मेयरः खम्बासिहं लिम्बू एमाले

    उपमेयरः हिमा भण्डारी एमाले

    ८० माईजोगमाई गाउँपालिका

    अध्यक्षः कुशबहादुर थेवेएमाले

    उपाध्यक्षः प्रविना राई काँग्रेस

    ८१ देउमाई नगरपलिका

    मेयरः सुर्यप्रसाद पोखरेल एमाले

    उपमेयरः पविमाया राई एमाले

    ८२ इलाम नगरपालिका

    मेयरः केदार थापा काँग्रेस

    उपमेयरः विष्णुकुमारी लिम्बू काँग्रेस

    ८३ रोङ गाउँपालिका

    अध्यक्षः मणिकुमार स्याङ्बो काँग्रेस

    उपाध्यक्षः विष्णुमाया भुजेल एमाले

    उदयपुर

    ८४ लिम्चुङबुङ गाउँपालिका

    अध्यक्षः मेजरकुमार राई माओवादी

    उपाध्यक्षः पुष्पलाल राई काँग्रेस

    ८५ ताप्ली गाउँपालिका

    अध्यक्षः ढुंगराज विश्वकर्मा माओवादी

    उपाध्यक्षः धनमाया मगर काँग्रेस

    ८६ उदयपुरगढी गाउँपालिका

    अध्यक्षः मानबहादुर क्याप्छाकी मगर एकीकृत समाजवादी

    उपाध्यक्षः जीतबहादुर खड्का काँग्रेस

    ८७ रौतामाई गाउँपालिका

    अध्यक्षः विरेन्द्रकुमार मगर माओवादी

    उपाध्यक्षः भूपिन्द्रबहादुर थापा काँग्रेस

    ८८ चौदण्डीगढी नगरपालिका

    मेयरः कालुमान लामा एमाले

    उपमेयरः मणिकादेवी दुलाल एमाले

    ८९ बेलका नगरपालिका

    मेयरः अशोक कार्की काँग्रेस

    उपमेयरः जिरा राई एमाले

    मोरङ

    ९० मिक्लाजुङ गाउँपालिका

    अध्यक्षः बबिकुमार राई काँग्रेस

    उपाध्यक्षः दिनेश पौडेल माओवादी

    ९१ कानेपोखरी गाउँपालिका

    अध्यक्षः राजमति इङ्नाम एमाले

    उपाध्यक्षः भोलाप्रसाद अधिकारी एमाले

    ९२ लेटाङ नगरपालिका

    मेयरः भूपेन्द्रकुमार लावती एमाले

    उपमेयरः कृष्णकुमारी निरौला एमाले

    ९३ सुनवर्षी नगरपालिका

    मेयरः श्यामप्रसाद राजवंशी एमाले

    उपमेयर मिरादेवी दास एमाले

    ९४ बुढिगंगा गाउँपालिका

    अध्यक्षः जीतनारायण थापा काँग्रेस

    उपाध्यक्षः अमृताकुमारी गच्छदार काँग्रेस

    ९५ जहदा गाउँपालिका

    अध्यक्षः जितेन्द्रप्रसाद साह काँग्रेस

    उपाध्यक्षः हन्ना सोरेन काँग्रेस

    ९६ कटहरी गाउँपालिका

    अध्यक्षः देवराज चौधरी काँग्रेस

    उपाध्यक्षः सितादेवी राजवंशी एमाले

    ९७ केराबारी गाउँपालिका

    अध्यक्षः सुमन मिरिङचिङ मगर एमाले

    उपाध्यक्षः मनमाया मगर एमाले

    ९८ रतुवामाई नगरपालिका

    मेयर नागेश्वर प्रसाद सिंह गंगाई काग्रेस

    उपमेयर दमयन्ता देवी चुडाल एमाले

    ९९ धनपालथा गाँउपालिका

    अध्यक्ष जिवछ प्रसाद गच्छदार काग्रेस

    उपाध्यक्ष नसीमा वानो काग्रेस

    सुनसरी

    १०० देवानगन्ज गाउँपालिका

    अध्यक्षः वेचनप्रसाद मेहता जसपा

    उपाध्यक्षः कुमारी विभा यादव काँग्रेस

    १०१ गढी गाउँपालिका

    अध्यक्षः आशनारायण चौधरी एमाले

    उपाध्यक्षः अनिताकुमारी साह एमाले

    १०२ भोक्राहा नरसिंह गाउँपालिका

    अध्यक्षः अजमल अख्तर मिया काँग्रेस

    उपाध्यक्षः सुनिताकुमारी उरावँ काँग्रेस

    झापा

    १०३ भद्रपुर नगरपालिका

    मेयरः गणेश पोखरेल काँग्रेस

    उपमेयरः राधा कार्की राप्रपा

    १०४ कनकाई नगरपालिका

    मेयरः राजेन्द्रकुमार पोखरेल एमाले

    उपमेयरः आशा शिवाकोटी काँग्रेस

    १०५ बाह्रदशी गाउँपालिका

    अध्यक्षः देविन्द्रप्रसाद चम्लागाइँ एमाले

    उपाध्यक्षः शान्तादेवी शिवाकोटी एमाले

    १०६,हल्दिबारी गाउँपालिका

    अध्यक्षः रविन्द्र लिङदेन राप्रपा

    उपाध्यक्षः लक्ष्मीदेवी मैनाली राप्रपा

    १०७,कचनकवल गाउँपालिका

    अध्यक्षः कालेन्द्रप्रसादसिंह राजवंशी काँग्रेस

    उपाध्यक्षः नवराज भट्टराई एमाले