Category: स्थानीय निर्वाचन–२०७९

  • हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार प्यारीलाल विजयी

    हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार प्यारीलाल विजयी

    हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्।

    अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए ।

    उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन् ।

  • गठबन्धनले तोड्यो बर्दघाटको एमाले विरासत, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

    गठबन्धनले तोड्यो बर्दघाटको एमाले विरासत, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

    रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकामा कांग्रेस–माओवादीको गठबन्धनले एमालेको विरासत तोडेको छ ।

    सम्पन्न मतगणनाबाट नेपाली कांंग्रेसले मेयर र नेकपा माओवादीका उम्मेदवार विजयी भएका हुन् । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय विजयी भएका छन् । एमालेबाट यसअघि मेयर रहेका धिरज शर्मा बस्याल पुनः उम्मेदवार बनेका थिए ।

    यसअघि दुवै पद एमालेले जितेको नगरपालिकामा अहिले एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेर चुनाव लडेको थियो । निर्वाचित मेयर श्रेष्ठले एमालेका मेयर पदका उमेदवार धीरज शर्मा बस्याललाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गरे । श्रेष्ठले १८ हजार ४८९ मत ल्याउँदा शर्माले १३ हजार ३२७ मत ल्याएका छन् ।

    उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै उपाध्याय विजयी भए । उपाध्यायको १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत छ ।

    १६ वडा रहेको नगरपालिकामा २ वडा एमालेबाहेक सबै वडामा गठबन्धनले जितेको छ । जसमा नेपाली कांग्रेसले ११, र नेकपा एस, माओवादी केन्द्र र स्वतन्त्रले १–१ वडा जितेका छन् ।

  • एमालेले कागेश्वरी मनोहरा पनि गुमायो, मेयरमा कांग्रेसका कार्की निर्वाचित

    एमालेले कागेश्वरी मनोहरा पनि गुमायो, मेयरमा कांग्रेसका कार्की निर्वाचित

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन् । उपमेयरमा भने एमालेकी शान्ति थापा विजयी भएकी छन् ।

    मेयरमा कार्कीले ११ हजार ३२२ पाए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे।

    उपमेयरमा एमालेकी थापाले ९ हजार ८७५ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईं ५ हजार ४२२ मत मात्र प्राप्त गरे ।

  • गठबन्धनलाई हराउँदै फेरि एमालेले जित्यो सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा, टासी अध्यक्षमा दोहोरिए

    गठबन्धनलाई हराउँदै फेरि एमालेले जित्यो सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा, टासी अध्यक्षमा दोहोरिए

    काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिका एमालेले जितेको छ ।  गठबन्धनलाई हराउँदै अध्यक्षमा टासी लामा दोहोरिएका छन् भने उपाध्यक्षमा पनि एमालेकै सुनिता अधिकारी निर्वाचित भएकी छन् ।

    टासीले ५, ६०८ मत पाए भने गठबन्धनबाट अध्यक्षमा उम्मेदवार बनेका माओवादी केन्द्रका दोर्जे तामाङले ४ हजार ४५ मत ल्याए । त्यस्तै राप्रपाबाट उम्मेदवार बनेका उदय सापकोटाले १६९६ मत ल्याए भने स्वतन्त्र उम्मेदवार माया गुरुङले ४१० मत ल्याएकी छन् ।

    उपाध्यक्षमा विजयी अधिकारीले ५, ७२२ ल्याउँदा उनकी प्रतिस्पर्धी कांग्रेसीकी गंगाकुमारी चौलागाइँले ४, ३९३ मत पाइन् ।

  • सप्तरीको खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी

    सप्तरीको खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी

    सप्तरी । सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् ।

    उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे ।

    उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २ सय ३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यासमिन सुल्तान खातुनले तीन हजार २ सय १० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयर समेत हुन् ।

    नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । तर, गठबन्धन तर्फबाट उपमेयरका उम्मेदवार शत्रुधन प्रसाद साह भने पराजित भएका छन् । उनले मत दुई हजार ८ सय ४३ मात्र प्राप्त गर्न सके ।

  • सर्लाही हरिवनको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

    सर्लाही हरिवनको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

    सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

    हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् ।

    उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छिन् । घलानले कुल ६८५५ मतसहित विजयी हासिल गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् ।

    हरिवन वडाध्यक्षमा एमालेका ५ जना, कांग्रेसका ४ जना र एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् ।

  • रामेछापको खाँडादेवीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी, श्रेष्ठ बने अध्यक्ष

    रामेछापको खाँडादेवीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी, श्रेष्ठ बने अध्यक्ष

    रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज थोकर (तमाङ)लाई पराजित गर्दै एमालेका ज्ञानकुमार श्रेष्ठ विजयी भएका हुन् ।

    श्रेष्ठले ७ हजार ३५९ मत पाए भने थोकरले ४ हजार ९०९ मत प्राप्त गरे।

    यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मानबहादुर लामालाई पराजित गर्दै एमालेकी रमा घिसिङ निर्वाचित भएकी छन्। घिसिङले ७ हजार ४५८ मत प्राप्त गर्दा लामाले ४ हजार १११ मत प्राप्त गरे।

    यहँ ७ वडाध्यक्षमा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले १–१ वडा जितेका छन्।

  • विष्णु पौडेलको वडा कांग्रेसले जित्यो, एमालेको ३० वर्षे विरासत तोडियो

    विष्णु पौडेलको वडा कांग्रेसले जित्यो, एमालेको ३० वर्षे विरासत तोडियो

    रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मतदान गरेको वडा कांग्रेसले जितेको छ ।

    पौडेलले मतदान गरेको बुटवल उपमहानगरपालिकामा एमालेका उम्मेदवार ज्ञानप्रसाद अर्याललाई ३५ मतले पराजित गर्दै नेपाली कांग्रेसमा यज्ञप्रसाद पंगेनीले जित निकालेका छन् ।

    तीन दशकयता एमालेबाहेक कसैले जित्न नसकेको यो वडामा यसपालिका कांग्रेसले जित निकालेको हो । वडाध्यक्ष कांग्रेसले जितेको यो वडामा दुई सदस्य एमाले, एक सदस्य जनमुक्ति र एक सदस्य माअ‍ोवादीका उम्मेदारले जितेका छन् ।

    वडा सदस्यमा एमालेका सीता खनाल, सबिता विक, माओवादीका हरि ज्ञवाली, जनमुक्तिका तुलबहादुर थापाले जितेका हुन् ।

  • सप्तरीको राजविराजमा जसपाले जित्यो

    सप्तरीको राजविराजमा जसपाले जित्यो

    सप्तरी । सप्तरीको राजविराज नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् ।

    यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे ।

    उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् ।इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् ।

  • तिलोत्तमाको मेयरमा एमालेको अग्रता, उपमेयरमा फराकिलो मतान्तर

    तिलोत्तमाको मेयरमा एमालेको अग्रता, उपमेयरमा फराकिलो मतान्तर

    रुपन्देही । मतगणनाको सुरुवाती चरणबाटै प्रतिस्पर्धामा रहेको रुपन्देहीको तिलोत्तमामा जारी मतगणनामा अहिले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले अग्रता लिएका छन् ।

    गठबन्धन दल र नेकपा एमालेबीच कडा टक्कर देखिएको यो पालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार मोहन चापागाईंले अग्रता लिएका हुन् ।

    शुक्रबार बिहानसम्म १५ हजार २६१ मत गणना गर्दा चापागाईंले ५ हजार ९९३ मत प्राप्त गरेका छन् । गठबन्धन दलका तर्फबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाँणले ५ हजार ८५६ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा १३७ मतले पछि परेका छन् ।

    यसैगरी उपप्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । उनी २ हजार ९९५ मतले अघि रहेकी छन् ।

    पछिल्लो मत परिणाम अनुसार चौधरीले ५ हजार ७४३ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा २ हजार ७४८ मत प्राप्त भएको छ ।

  • अछामको पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस विजयी, नगरप्रमुखमा अम्बिका

    अछामको पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस विजयी, नगरप्रमुखमा अम्बिका

    काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा अम्बिका चलाउने विजयी भएकी छन् ।

    यसअघि नगर उपप्रमुख तथा कांग्रेस सुदुरपश्चिम सहमहामन्त्रीसमेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत सहित यसपटक नगर प्रमुखमा विजयी भएकी हुन् ।

    चलाउनेले निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका राम बहादुर बिकसँग ४ सय ८१ मतान्तरले विजयी हासिल गरिन् । बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका नन्दबहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।

    नगर उप प्रमुखमा समेत कांग्रेस नै विजयी भएको छ । कांग्रेसका उम्मेदवार हर्कबहादुर रावलले ४ हजार १ सय ८८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।

  • कांग्रेस नेता निधिले गृहनगर नगराइनमा मेयर जिताए, उपमेयरमा एमाले

    कांग्रेस नेता निधिले गृहनगर नगराइनमा मेयर जिताए, उपमेयरमा एमाले

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

    मेयरमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पंजियार ५ हजार ५१४ मत पाएका छन् ।

    यस्तै उपमेयरमा नेकपा एमालेकी राधादेवी यादव ५ हजार ७३० मत ल्याएर विजयी भएकी छन्। उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत ल्याइन् ।

  • काठमाडौं अपडेट: २७ नम्बर वडाले घटायो बालेन र स्थापितको मतान्तर

    काठमाडौं अपडेट: २७ नम्बर वडाले घटायो बालेन र स्थापितको मतान्तर

    काठमाडौं । जारी मतगणनामा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग भारी मतले पछाडि परेका एमालेका केशव स्थापितले मतान्तर घटाउन थालेका छन् ।

    दोब्बर मतले पछाडि पर्दै आएका स्थापितले काठमाडौं– २७ को मत गणना हुन थालेपछि मतान्तर घटाएका हुन् ।

    पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६६०१, एमालेका केशव स्थापितले १४३८६ र कांग्रेसकी सिर्जना सिंहले १३४०८ मत पाएकी छन् ।

    उपमेयरमा भने एमालेकी सुनिता डंगोल निकै अगाडि छन् । उनले २६५७५ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ८५९१ मात्रै मत पाएका छन् ।

  • केशव स्थापितले भोट हालेको वडा कांग्रेसले जित्यो, बालेनलाई भन्दा स्थापितलाई ३९ भोट बढी

    केशव स्थापितले भोट हालेको वडा कांग्रेसले जित्यो, बालेनलाई भन्दा स्थापितलाई ३९ भोट बढी

    काठमाडौं । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेको काठमाडौंकाे २८ नम्बर वडामा कांग्रेसको प्यानलै विजयी भएकाे छ ।

    कांग्रेसका वडाध्यक्ष उम्मेदवार भाइराम खड्गी १२८१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विपेन्द्र खड्गीले १०७२ मत ल्याए ।

    यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७३४, एमालेका केशव स्थापितले ७७३ र कांग्रेसकी सिर्जना सिंहले ७१० मत पाइन् ।

  • काठमाडौंस्थित माधव नेपालको वडामा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

    काठमाडौंस्थित माधव नेपालको वडामा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

    परजुलीले ५, ९५९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत ल्याइन् ।

    यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५, २९२, एमालेका केशव स्थापितले २, ४५८ र कांग्रेसकी सिर्जना सिंहले १, ९०० मत पाइन् ।

    यो कोटेश्वर–पेप्सीकोला क्षेत्र हो, जहाँबाट माधवकुमार नेपाल चुनाव लडेका थिए ।

     

  • एमालेले गुमायो रुपन्देहीको सियारी, अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

    एमालेले गुमायो रुपन्देहीको सियारी, अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

    रुपन्देही । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा नोपली कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी
    निर्वतमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् ।

    यस्तै उपाध्यक्षमा कांग्रेसका तारा थारु ८ हजार ९ सय ९० मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी अमृता गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन्।

    त्यसैगरी वडा नम्बर १ मा राप्रपाका अरुणकुमार शाही १ हजार ७९ मत ल्याई विजयी भएका छन् । वडानम्बर २ मा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याइ विजयी भएका छन् ।

    वडा नम्बर ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी भएका छनन् । उनले ८ सय ३२ मत पाए । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भएका छन् । वडा नम्बर ५ मा कांग्रेसकै धनपति खरेल ९ सय ७३ मत ल्याई विजयी भए ।

    वडा नम्बर ६ मा एमालेका शेर बहादुर गुरुङ्ग १ हजार ४ सय ६ मत ल्याई विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका दिपक बहादुर शाही २ हजार १ सय १२ मत प्राप्त गरि विजयी घोषित भएका छन् ।

  • पूर्वसांसद र निवर्तमान मेयरलाई हराउँदै धनगढीमाईको मेयरमा एमालेका महतो विजयी

    पूर्वसांसद र निवर्तमान मेयरलाई हराउँदै धनगढीमाईको मेयरमा एमालेका महतो विजयी

    जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा शिवशंकर महतो ७ हजार ५६ मत ल्याएर विजयी भएका छन् । उनले नेपाली कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादव र निवर्तमान मेयर हरिनारायण चौधरीलाई पराजित गरेका हुन् ।

    महतोको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका यादव ७ हजार ५६ मत पाए । यस्तै निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरी मात्र ४ हजार ३६९ ल्याए ।

    मेयरमा विजयी महतो नेकपा एमालेका जिल्ला सचिव हुन् । २०७४ को निर्वाचनमा उनी माओवादीका चौधरीबाट पराजित भएका थिए ।

    यस्तै उपमेयरमा कांग्रेसकी संगिता कुमारी चौधरी ६ हजार ६१३ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी शोभा कुमारी वराल ६ हजार ३७८ मत पाइन्।

  • कोरसिटी अपडेटः वडा नम्बर २७ मा अग्रता बढाउँदै सूर्य, पछ्याउँदै रुख

    कोरसिटी अपडेटः वडा नम्बर २७ मा अग्रता बढाउँदै सूर्य, पछ्याउँदै रुख

    काठमाडौं । काठमाडौं महानगरमा मतगणना जारी रहेको रहेहको छ । अहिले कोरसिटी भनिएका क्षेत्रकोहरुको गणना जारी छ ।

    वडा नम्बर २७ मा ७०० मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित अगाडि रहेका छन् ।

    उनले २१८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १६८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले ११५ मत पाएका छन् ।

  • स्थापितले मतदान गरेको वडामा ४०० मत गन्न बाँकी, सूर्य ६३२ र लौरो ६२३

    स्थापितले मतदान गरेको वडामा ४०० मत गन्न बाँकी, सूर्य ६३२ र लौरो ६२३

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ ।

    अहिले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका केशव स्थापितले मतदान गरेको वडा नम्बर २८ मा मतगणना जारी रहेको छ ।

    कुल २९९७ मत खसेको सो वडामा अहिलेसम्म २५२१ मतगणना भएको छ ।

    जसमा मेयरका उम्मेदवार स्थापितले अग्रता लिएका छन् । उनले ६३७ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार बालेन साहले पछ्याइरहेका छन् । साहको ६२३ मत छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ६०५ मत प्राप्त गरेकी छन् ।

    अहिलेसम्मको परिणाम अनुसार बालेन साह नै अगाडि छन् । साहले २५ हजार ६६२ मत प्राप्त गर्दा स्थापितले १३४७० मत पाएका छन् । यस्तै सिंहले १२८९० मत पाएकी छन् । जम्मा ६७०१७ मतगणना भएको छ ।

    वडामा भने नेपाली कांग्रेसले १०४५ मत पाएको छ । यस्तै एमालेले ९२६ मत पाएको छ ।

  • अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

    अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् ।

    निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन् ।

    यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित हुनुभएको छ । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन् ।

    तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट दुई दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् ।

    यसै गरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् । कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक÷एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।

    यस्तै महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित हुनुभएको आयोगले जनाएको छ । अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो ।