Category: स्थानीय निर्वाचन–२०७९

  • निर्वाचनको हप्ता दिनपछि कांग्रेसले भन्यो- बुढीगंगामा पुनः मतदान हुनुपर्छ

    निर्वाचनको हप्ता दिनपछि कांग्रेसले भन्यो- बुढीगंगामा पुनः मतदान हुनुपर्छ

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन सकिएको १ सातापछि बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गराउन माग गरेको छ ।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सो नगरपालिकाका विभिन्न मतदान केन्द्रहरूमा नेकपा एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरी फर्जी मत हालेको आरोप लगाएका छन् ।

    कांग्रेसले बुढीगंगा नगरपालिकामा भयरहित र निष्पक्ष निर्वाचन हुन नसकेकोले पुनः मतदान गराउन माग गरेको हो ।

    ‘निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिँदै यस किसिमको जघन्य घटनामा संलग्न उपर कानुन बमोजिम कडा कारबाहीको माग गर्दै नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

    विवादका कारण हालसम्म सो पालिकाको मतगणना सुरु भएको छैन ।

  • महानगरको छायाँमा ललितपुरको महालक्ष्मी, गठबन्धनलाई पछि पार्दै एमालेको फराकिलो अग्रता

    महानगरको छायाँमा ललितपुरको महालक्ष्मी, गठबन्धनलाई पछि पार्दै एमालेको फराकिलो अग्रता

    ललितपुर । महानगरपालिकाको मतगणनाको छायाँमा परेको ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

    गठबन्धनको सुरूवाती अग्रतालाई तोड्दै मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार अगाडि बढेका हुन् ।

    मेयरमा एमालेका हरिगोविन्द श्रेष्ठ ८ हजार ४५ मतसहित अग्रस्थानमा रहँदा गठबन्धनबाट माओवादीका उम्मेदवार शिवप्रसाद कट्टेल ४४६७ मतले पछ्याइरहेका छन् ।

    यहाँ गठबन्धनबाट पेलिएपछि एक्लै प्रतिस्पर्धा गरिरहेको नेकपा एसका नकुल थापाले ३६५८ मत पाएका छन । उपमेयरमा पनि एमालेकै विणा सुवेदीले ८३४६ मतसहित अग्रता लिइरहँदा कांग्रेसकी लक्ष्मी महर्थनले ७६७० मतका साथ पछ्याइरहेकी छन् ।

    ललितपुर महानगरबाहेक जिल्लाका अन्य सबै स्थानीय तहको मतगणना भइसकेको छ ।

  • रौतहटमा मतपेटिका लुटेर भाग्ने‍ बैठा पक्राउ

    रौतहटमा मतपेटिका लुटेर भाग्ने‍ बैठा पक्राउ

    काठमाडौं । रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेको आरोपमा एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-२ का ४६ वर्षीय चन्देश्वर बैठा रहेका  छन् । उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको हो।

    वैशाखमा ३० मा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका- २ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेकाे थियाे ।

     

  • लहान नगरपालिकामा गठबन्धनका मेयर र उपमेयर विजयी

    लहान नगरपालिकामा गठबन्धनका मेयर र उपमेयर विजयी

    जनकपुरधाम । सिरहाको लहान नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार तथा निवर्तमान मेयर मुनी साहलाई ८ हजार बढी मतान्तरले हराउँदै गठबन्धनका उम्मेदवार महेश चौधरी विजयी भएका छन् ।

    नेपाली कांग्रेसका चौधरी २० हजार १०५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका साह ११ हजार ९६६ मत पाएका छन् ।

    लहानमा कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । सहमती अनुसार जसपाले उपमेयर पाएको थियो । सो बमोजिम उपमेयरमा जसपाका रामचलितर महतो विजयी भएका छन् ।

    महतोले १२ हजार ५६९ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी एमालेकी सरियार कुमारी चौधरी ११ हजार ७९० मत पाइन् । चौधरी निवर्तमान उपमेयर हुन् ।

    गठबन्धन गर्दा माओवादीलाई वडा २० र २१ को वडाध्यक्षमा सहयोग गर्ने सहमती बनेको थियो । गठबन्धन गर्दापनि वडा २१ मा माओवादीका वडाध्यक्ष उम्मेदवार हेमन्त यादवलाई हराउदै नेकपा एमालेका राजकुमार यादव विजयी भएका छन् ।

    यहाँ नेकपा एकिकृत समाजवादी भने गठबन्धन गरेको थिएन । ०७४ को निर्वाचनमा एमाले मेयर र उपमेयर जितेका कारण एकिकृत समाजवादी मेयरमा दावी गरेपछि कांग्रेस, जसपा र माओवादी मात्र गठबन्धन गरेको थियो ।v

  • जेब्रालाई पछि पार्दै धुलिखेलको मेयरमा अशोक निर्वाचित, गठबन्धनका उम्मेदवारको जमानत जफत

    जेब्रालाई पछि पार्दै धुलिखेलको मेयरमा अशोक निर्वाचित, गठबन्धनका उम्मेदवारको जमानत जफत

    काभ्रे । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु दोस्रो कार्यकालका लागि धुलिखेल नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

    एमाले काभ्रे जिल्ला अध्यक्षसमेत रहेका ब्यान्जु ८ हजार ३४९ मतसहित मेयरमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले ७ हजार ४०९ मत प्राप्त गरेका छन् ।

    यहाँ गठबन्धनविरुद्ध कांग्रेसका नेता बस्नेतले जेब्रा चुनाव चिन्ह लिएर बागी उम्मेदवारी दिएका थिए । गठबन्धनबाट नेकपा एसका दयासागर श्रेष्ठले भने जम्मा १७८३ मत पाएका छन् ।

    उपमेयरमा भने गठबन्धनबाट कांग्रेस उम्मेदवार निराजन जंगमले ७ हजार ९१० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लालतारा अधिकारी ७ हजार ७९० मत पाएकी छन् ।

  • कलैया उपमहानगरमा एमालेको सरप्राइज, बलियो गठबन्धनलाई छिचोल्दै मेयर उपमेयर दुवै जित नजिक

    कलैया उपमहानगरमा एमालेको सरप्राइज, बलियो गठबन्धनलाई छिचोल्दै मेयर उपमेयर दुवै जित नजिक

    बारा । देशका ६ महानगरपालिका र १० वटा उपमहानगरपालिकाका उम्मेदवारको मतगणनाको छिनछिनमा अपडेट भइहरेका बेला मधेस प्रदेशको ठूलो जनघनत्व ओगट्ने कलैया उपमहानगरपालिकाको चर्चा भने कमै चल्यो ।

    मतगणनाको चर्चामा समेत लोप्रोफाइलमा परेको यो उपमहानगरपालिकामा एमालेले सत्ता गठबन्धनविरुद्ध आश्चर्यजनक नतिजा निकालेको छ । मतगणना नसकिँदै उपमहानगरपालिकाको मेयरमा एमालेका विनोद साह कांग्रेसका राजेश रायलाई ७ हजार मतान्तरले पछि पार्दै विजय नजिक पुगिसकेका छन् ।

    अघिल्लो निर्वाचनमा राजेशसँगै १८४ मतान्तरले पराजित साहले यसपटक क्षतिपूर्तिसहित जित निकाल्ने भएका छन् । उनी आफूमात्र जित्दै छैनन्, उपमेयरमा पनि एमालेकै रौशन पर्विन पनि जित नजिक छिन् । केहीबेरमा विजयको औपचारिक घोषणा हुँदैछ ।

    विनोदका लागि यो चुनाव पहिलेको भन्दै धेरै चुनौतीपूर्ण थियो । अघिल्लो निर्वाचनमा एक्लाएक्लै लड्दा पराजित साहसँग यसपटक विजेता कांग्रेस र करिब एमालेकै हाराहारी मत पाएको जसपासहित माओवादी र नेकपा एसको समेत गठबन्धन मिलेर प्रतिस्पर्धामा आएको थियो ।

    पूर्वसांसदसमेत रहेका जसपाका नेता प्रमोदप्रसाद गुप्ता गठबन्धनबाट उपमेयर उम्मेदवार भएकाले मुस्लिम महिला रौशन पर्वितको लागि जित झनै कठिन थियो । तर कतै चर्चामै नरहेका लो–प्रोफाइल उम्मेदवारहरुले कलैयाबाट एमालेका लागि सरप्राइज नतिजा निकालेका छन् भने गठबन्धनलाई धक्का लागेको छ ।

    हालसम्म मतगणना सकिएका उपमहानगरपालिकामध्ये घोराहीमा एमाले र जितपुर सिमरामा गठबन्धनले जितेका छन् । हेटौंडामा गठबन्धन जित नजिक पुगेका बेला कलैयाबाट एमालेले जित निकाल्न लागेको हो ।

  • काठमाडौंका ५ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ (भिडिओ)

    काठमाडौंका ५ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ (भिडिओ)

    काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मतगणनाको अन्तिम परिणाम घोषणा भएका काठमाडौंका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको सपथग्रहण भएको छ ।

    शुक्रबार काठमाडौंका मुख्य निर्वाचन अधिकृतले दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिकालगायतका स्थानीत तहका जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

    निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ ।

    नयाँ निर्वाचनसँगै कार्यपालिकाका पदाधिकारीको पनि कार्यकाल स्वतः समाप्त भएको छ । सपथपछि चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित प्रमुख घनश्याम गिरीले उत्पादन रोजगारमार्फत नगरलाई विकासको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाए ।

    नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् ।

  • अफताव आलमको छोरा राजपुर मेयरमा विजयी

    अफताव आलमको छोरा राजपुर मेयरमा विजयी

    रौतहट । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर मेयरमा विजयी भएका छन् । रौैतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।

    उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७५१ मत पाए ।

    उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २६८ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत मात्र ल्याइन् ।

    बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा राजिक मेयरमा निर्वाचित भएका हुन् ।

  • पाँच पालिका जितेर एमाले बन्यो पर्साको ठूलो दल, दोस्रोमा कांग्रेस र जसपा

    पाँच पालिका जितेर एमाले बन्यो पर्साको ठूलो दल, दोस्रोमा कांग्रेस र जसपा

    वीरगञ्ज । मधेस आन्दोलनको कारण अघिल्लो स्थानीय निर्वाचनमा दयनीय अवस्थामा रहेको नेकपा एमाले यसपटक पर्सामा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ ।

    वीरगञ्ज महानगरपालिकाको मतगणना जारी रहँदा जिल्लाका १४ मध्ये १३ वटा पालिकाको परिणाम आइसकेको छ । पछिल्लो परिणामअनुसार ४ स्थानीय तहका प्रमुख र सात उपप्रमुख जितेर एमाले पहिलो दल बनेको हो ।

    एमालेले वीरगञ्जपछिको ठूलो नगरपालिका पोखरिया र पर्सागढी नगरपालिकासहित ठोरी, छिपहरमाई र सखुवा प्रसौनी गाउँपालिकाको प्रमुख जितेको छ ।

    त्यस्तै नेपाली कांग्रेस ४ स्थानीय तहको प्रमुख जितेर दोस्रो दल बनेको छ । कांग्रेसले पटेर्वासुगौली,जगरनाथपुर, पकहामैनपुर र जिराभवानी गाउँपालिकामा प्रमुख जितेको छ ।

    वीरगञ्जको मेयर जित्दै गरेको जनता समाजवादी पार्टीले हालसम्म धोविनी गाउँपालिका,कालिकामाइ गाउँपालिका र बहुदरमाई नगरपालिकाको प्रमुख जितेर तेस्रो दल बनेको छ ।

    विन्दबासनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टील जितेको छ । रोचक त के छ भने जसपा र लोसपाले कुनै पनि पालिकामा उपप्रमुख पद जित्न सकेका छैनन् । जिल्लामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने निल भएका छन् । वीरगञ्ज जितेपछि जसपा र कांग्रेस बराबर हुनेछन् ।

  • हेटौंडा उपमहानगरको मेयरमा गठबन्धनकी लामा जित नजिक

    हेटौंडा उपमहानगरको मेयरमा गठबन्धनकी लामा जित नजिक

    हेटौंडा । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामा बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको मेयरमा जित नजिक पुगेकी छन् ।

    हालसम्म हेटौंडामा ६७ हजार ४४३ मत गणना भएको छ । जसमध्ये लामाले २१ हजार २०३ मतसहित अग्रस्थानमा छिन् । दोस्रो स्थानमा रहेका एमाले अनन्तप्रसाद पौडेलले १९ हजार १२५ मत पाएका छन् । राप्रपाका दीपकबहादुर सिंहले १८ हजार ६२६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    कूल ७३ हजार ४४३ मत खसेको हेटौंडामा यो पटक कम मत बदर भएको छ । हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८ र १९ को मत परिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले ८ वटा वडामा जित हासिल गर्दा एमालेले ६ वटा वडा जितेको छ ।

    हाल वडा नम्बर ९ मा नेकपा समाजवादी अगाडि छ भने वडा नम्बर १०, ११ तथा १३ मा एमाले र वडा नम्बर १२ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

  • तुलसीपुर उपमहानगरकाे मेयर र उपमेयरमा एमाले अगाडि

    तुलसीपुर उपमहानगरकाे मेयर र उपमेयरमा एमाले अगाडि

    दाङ । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई पछाडि पार्दै एमाले अगाडि बढेको छ ।

    १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको करिब २० हजार मत गणना हुँदा एमालेका टीकाराम खड्काले ८ हजार ७७२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका गेहेन्द्र गिरीले ८ हजार ७१५ मत ल्याएका छन् । नेपाली कांग्रेसका गिरीभन्दा एमालेका खड्का ५७ मतले अगाडि छन् ।

    यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरी गठबन्धनका उम्मेदवारभन्दा फराकिलो मतले अगाडि छन् । चौधरीले ८ हजार १६० मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका जोगबहादुर रानाले ६ हजार ७३३ मत ल्याएका छन् । चौधरी रानाभन्दा एक हजार ४२७ मतले अगाडि छन् ।

    अहिलेसम्म कांग्रेसको गढ मानिने वडामा मतगणना भइरहेको छ ।

  • पहिलो दल बन्न कांग्रेसले एक्लै ६० जित्दा गठबन्धनको ४० प्रतिशत सहयोग (सूचीसहित)

    पहिलो दल बन्न कांग्रेसले एक्लै ६० जित्दा गठबन्धनको ४० प्रतिशत सहयोग (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले हालसम्म जितेका स्थानीय तहको नेतृत्व (मेयर/अध्यक्ष) मा झण्डै ६० प्रतिशतमा एक्लै जित हासिल गरेको देखिएको छ । बाँकी ४० प्रतिशतमा तालमेलमा जितेको छ ।

    कांग्रेसले हालसम्म जारी मतगणना अनुसार २८५ सिट जितेर अग्रता लिइरहेको छ । जसमध्ये १७१ सिट एक्लै जितेको छ । बाँकी ११४ सिटमा तालमेल गरेर जित निकालेको छ ।

    प्रदेशहरूमा सबैभन्दा बढी १ नम्बर प्रदेशमा कांग्रेसले ६१ सिट जितेको छ । जसमा ३३ तहमा तालमेलबाट जित निकाल्दा २८ मा एक्लै जितेको छ । तालमेलबाट जितेकाहरूमध्ये एउटामा नेकपा एमालेसँग तालमेल गरेर जितेको छ भने, बाँकी सबैमा सत्तारूढ गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एससँग तालमेल गरेर जितेको छ ।

    कांग्रेसले वागमती प्रदेशमा दोस्रो धेरै जित निकालेको छ । जहाँ ५३ तहको नेतृत्वमा जित्दा ३२ तहमा तालमेल र २१ तहमा एक्लै जित निकालेको छ ।

    मधेस प्रदेशमा जित निकालेका सबै ३१ स्थानीय तहमा बिना तालमेल जित निकालेको छ । यस्तै गण्डकी प्रदेशमा ३५ तहमा जित निकालेको कांग्रेसले १७ तहमा तालमेल र १८ तहमा एक्लै लडेर प्रमुख/अध्यक्ष जितेको छ ।

    यसैगरी लुम्बिनी प्रदेशका ३८ स्थानीय तहमा अहिलेसम्म कांग्रेसले जित निकालेको छ । जसमध्ये २७ तहमा एक्लै र ११ तहमा तालमेलबाट जित निकालेको छ । कर्णाली प्रदेशका २० तहमा एक्लै लडेर जित निकाल्दा १२ तहमा तालमेलबाट जित निकालेर समग्रमा ३२ तहमा हालसम्म कांग्रेसका प्रमुख/अध्यक्ष जितेका छन् ।

    यस्तै सुदूरपश्चिम प्रदेशमा हालसम्म ३५ स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरू मेयर र अध्यक्ष पद जित्न सफल भएका छन् । जसमध्ये २६ तहमा एक्लै र ९ तहमा तालमेलबाट जितेका छन् ।

    प्रदेश र जिल्ला अनुसार जितेका तह एवं एकल र तालमेलको अवस्था

    प्रदेश १: ६१ तहमा जित

    ३२ मा तालमेल, २९ तहमा एक्लै

    ताप्लेजुङ

    १) फुङलिङ नगरपालिका, अमिर मादेन (तालमेल) ।
    २) मिक्वाखोला गाउँपालिका, भक्तबहादुर कार्की(तालमेल) ।
    ३) मेरिङदेन गाउँपालिका, युक हांवीर हांगाम (तालमेल) ।
    ४) सिरिजंगा गाउँपालिका, लालकृष्ण चौहान (तालमेल) ।

    पाँचथर

    १) कुम्मायक गाउँपालिका, वंमप्रसाद लावती (तालमेल) ।
    २) तुम्वेवा गाउँपालिका, बाबुराम खड्का (तालमेल) ।
    ३) फालेलुङ गाउँपालिका, वीरविक्रम थाम्सुहाङ (तालमेल) ।
    ४) फाल्गुनन्द गाउँपालिका, वृजहाङ आङदेम्बे (तालमेल) ।
    ५) फिदिम नगरपालिका, मित्रप्रसाद काफ्ले (तालमेल) ।
    ६) हिलिहाङ गाउँपालिका, समरबहादुर अधिकारी (तालमेल) ।

    इलाम

    १) इलाम नगरपालिका, केदार थापा (एक्लै) ।
    २) चुलाचुली गाउँपालिका, राजेन्द्र केरुङ्ग (तालमेल) ।
    ३) रोङ गाउँपालिका, मनिकुमार स्याबो (एक्लै) ।
    ४) सन्दकपुर गाउँपालिका, तुलाराम गुरुङ (तालमेल) ।

    झापा

    १) कचनकवल गाउँपालिका, कालेन्द्रप्रसादसिंह राजवंशी (तालमेल) ।
    २) झापा गाउँपालिका, जयनारायण शाह (एक्लै) ।
    ३) बुद्धशान्ति गाउँपालिका, मनोज प्रसाई (तालमेल) ।
    ४) भद्रपुर नगरपालिका, गणेश पोखरेल (तालमेल) ।

    मोरङ

    १) कटहरी गाउँपालिका, देवराज चौधरी (एक्लै) ।
    २) ग्रामथान गाउँपालिका, जयप्रकाश गच्छदार थारु (एक्लै) ।
    ३) जहदा गाउँपालिका, जितेन्द्रप्रसाद साह (एक्लै) ।
    ४) धनपालथान गाउँपालिका, जिवछप्रसाद गच्छदार (एक्लै) ।
    ५) बुढीगंगा गाउँपालिका, जितनारायण थापा मगर (एक्लै) ।
    ६) मिक्लाजुङ गाउँपालिका, बवीकुमार राई ( तालमेल) ।
    ७) रतुवामाई नगरपालिका, नागेश्वरप्रसाद सिंह गंगाई (तालमेल) ।

    सुनसरी

    १) इनरुवा नगरपालिका, केदार भण्डारी (एक्लै) ।
    २) दुहवी नगरपालिका, वेदनारायण गच्छदार (एक्लै) ।
    ३) भोक्राहा नरसिँह गाउँपालिका, अजमल अख्तर मिया (एक्लै) ।
    ४) कोशी गाउँपालिका, ऐयुव अन्सारी (एक्लै)

    धनकुटा

    १) छथर जोरपाटी गाउँपालिका, छत्रबहादुर सुव्वा (तालमेल) ।
    २) पाख्रिबास नगरपालिका, ज्ञानबहादुर गुरुङ (तालमेल) ।
    ३) महालक्ष्मी नगरपालिका, ध्रुवराज राया (तालमेल) ।
    ४) साँगुरीगढी गाउँपालिका, जितेन्द्र राई (तालमेल) ।

    संखुवासभा

    १) खाँदबारी नगरपालिका, महेश थपलिया (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
    २) चिचिला गाउँपालिका, पासाङ नुर्वु शेर्पा (एक्लै) ।
    ३) पाँचखपन गाउँपालिका, विपीन राई (तालमेल) ।
    ४) मकालु गाउँपालिका, ओङदी छिरीङ शेर्पा (तालमेल) ।
    ५) सभापोखरी गाउँपालिका, भीमबहादुर लिम्बु (तालमेल) ।
    ६) सिलिचोङ गाउँपालिका, भूपालराज राई (एक्लै) ।

    भोजपुर

    १) अरुण गाउँपालिका, शालिकराम खत्री (एक्लै) ।
    २) टेम्केमैयुङ गाउँपालिका, सरोज बस्नेत (तालमेल) ।
    ३) भोजपुर नगरपालिका, कैलाशकुमार आले (तालमेल) ।

    तेह्रथुम

    १) आठराई गाउँपालिका, दिलकुमार पाहीम (तालमेल) ।
    २) फेदाप गाउँपालिका, केशवप्रसाद भेटवाल (एक्लै) ।
    ३) लालीगुराँस नगरपालिका, अर्जुन मावोहाङ (एक्लै) ।

    ओखलढुंगा

    १) चम्पादेवी गाउँपालिका, नवराज केसी (खत्री) (एक्लै) ।
    २) लिखु गाउँपालिका, अशोककुमार कार्की (एक्लै) ।
    ३) सिद्धिचरण नगरपालिका, तेजन खनाल (तालमेल) ।
    ४) सुनकोशी गाउँपालिका, कमल तामाङ (एक्लै) ।

    खोटाङ

    १) केपिलासगढी गाउँपालिका, समिर राई (एक्लै) ।
    २) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, तीर्थराज भट्टराई (तालमेल) ।
    ३) बराहपोखरी गाउँपालिका, शालिकराम बन्जरा (तालमेल) ।
    ४) रावा बेसी गाउँपालिका, फटिककुमार श्रेष्ठ (तालमेल) ।
    ५) साकेला गाउँपालिका, रविप्रकाश राई (एक्लै) ।
    ६) हलेसी तुवाचुङ नगरपालिका, विमला राई (एक्लै) ।

    सोलुखुम्बु

    १) नेचासल्यान गाउँपालिका, धन जन राई (एक्लै) ।
    २) माहाकुलुङ, सूर्यबहादुर राई (एक्लै) ।
    ३) लिखु पिके गाउँपालिका, मिनादेवी कार्की (एक्लै) ।
    ४) सोताङ गाउँपालिका, खिलराज बस्नेत (एक्लै) ।
    ५) सोलुदूधकुण्ड नगरपालिका, नाम्गेल जाङबु शेर्पा (एक्लै) ।

    उदयपुर

    १) बेलका नगरपालिका, अशोक कार्की (तालमेल) ।

    मधेस प्रदेशः ३१ तहमा जित, सबैमा एक्लै

    सप्तरी

    १) कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता (एक्लै) ।
    २) तिरहुत गाउँपालिका, विजयकुमार यादव (एक्लै) ।
    ३) तिलाठी कोइलाडी गाउँपालिका, अरुणकुमार मण्डल (एक्लै) ।
    ४) सप्तकोशी नगरपालिका, कृष्णप्रसाद ढकाल (एक्लै) ।
    ५) सुरुङ्गा नगरपालिका, गीता चौधरी (एक्लै) ।

    धनुषा

    १) कमला नगरपालिका, विश्वेश्वर यादव (एक्लै) ।
    २) धनुषाधाम नगरपालिका, बालेश्वर मण्डल (एक्लै) ।
    ३) धनौजी गाउँपालिका, राजकुमार साह (एक्लै) ।
    ४) बटेश्वर गाउँपालिका, रामआशिष महतो (एक्लै) ।
    ५) लक्ष्मीनिया गाउँपालिका, भोगेन्द्र मिश्र (एक्लै) ।
    ६) नगराइन नगरपालिका, विनयकुमार यादव (एक्लै) ।

    महोत्तरी

    १) मनरा शिसवा नगरपालिका, मोहन पाण्डेय (एक्लै) ।
    २) लोहारपट्टी नगरपालिका, शैलेन्द्रकुमार यादव (एक्लै) ।

    सर्लाही

    १) कौडेना गाउँपालिका, रुपेशकुमार (एक्लै) ।
    २) चन्द्रनगर गाउँपालिका, राजकुमार महतो (एक्लै) ।
    ३) धनकौल गाउँपालिका, रामआश्रय साह (एक्लै) ।
    ४) पर्सा गाउँपालिका, धिरेन्द्र राय (एक्लै) ।
    ५) ब्रह्मपुरी गाउँपालिका, रामपदारथ साह तेली (एक्लै) ।
    ६) मलंगवा नगरपालिका, नागेन्द्रप्रसाद यादव (एक्लै) ।
    ७) लालबन्दी नगरपालिका, वासुदेव अधिकारी (एक्लै) ।
    ८) विष्णु गाउँपालिका, जवाहरलाल यादव (एक्लै) ।
    ९) हरिपुर नगरपालिका, गोपाल पजियार (एक्लै) ।
    १०) हरिपुर्वा गाउँपालिका, विनोदकुमार साह तेली (एक्लै) ।

    रौतहट

    १) चन्द्रपुर नगरपालिका, सञ्जयकुमार काफ्ले (एक्लै) ।
    २) परोहा नगरपालिका, शेख वकिल (एक्लै) ।

    बारा

    १) कोल्हवी नगरपालिका, रामप्रसाद चौधरी (एक्लै) ।
    २) सुवर्ण गाउँपालिका, राजेशप्रसाद यादव (एक्लै) ।

    पर्सा

    १) जिराभवानी गाउँपालिका, अनोज चौधरी (एक्लै) ।
    २) पकाहा मैनपुर गाउँपालिका, सुरेश प्रसाद (एक्लै) ।
    ३) पटेर्वा सुगौली गाउँपालिका, दिनेशकुमार चौधरी (एक्लै) ।
    ४) जगरनाथपुर गाउँपालिका, श्रीकान्तप्रसाद यादव (एक्लै)

    वागगमती प्रदेशः ५३ तहमा जित

    ३२ मा तालमेल, २१ मा एक्लै

    सिन्धुली

    १) घ्याङलेख गाउँपालिका, जगत बहादुर भोलन (तालमेल) ।
    २) कमलामाई नगरपालिका, उपेन्द्रकुमार पोखरेल (तालमेल) ।
    ३) तीनपाटन गाउँपालिका, कर्ण बहादुर मगर (तालमेल) ।

    रामेछाप

    १) गोकुलगंगा गाउँपालिका, काजीबहादुर खड्का (एक्लै) ।
    २) रामेछाप नगरपालिका, लवश्री न्यौपाने (एक्लै) ।
    ३) लिखु तामाकोशी गाउँपालिका, केशव महत (एक्लै) ।

    दोलखा

    १) कालिञ्चोक गाउँपालिका, अर्जुनप्रसाद सिवाकोटी (तालमेल) ।
    २) वैत्यश्वर गाउँपालिका, छवी लामा (एक्लै) ।
    ३) भिमेश्वर नगरपालिका, ईश्वरनारायण मानन्धर (तालमेल) ।

    सिन्धुपाल्चोक

    १) त्रिपुरासुन्दरी गाउँपालिका, भक्तध्वज बोहरा (एक्लै) ।
    २) बाह्रबिसे नगरपालिका, बालकृष्ण बस्नेत (एक्लै) ।
    ३) भोटेकोशी गाउँपालिका, पासाङ नोर्पु शेर्पा (एक्लै) ।
    ४) मेलम्ची नगरपालिका, आइतमान तामाङ (तालमेल) ।
    ५) हेलम्बु गाउँपालिका, निमा ग्याजेन शेर्पा (एक्लै) ।

    काभ्रेपलान्चोक

    १) तेमाल गाउँपालिका, चन्द्रबहादुर तामाङ (तालमेल) ।
    २) नमोबुद्ध नगरपालिका, कुन्साङ लामा (तालमेल) ।
    ३) पनौती नगरपालिका, रामशरण भण्डारी (तालमेल) ।
    ४) बनेपा नगरपालिका, शान्तिरत्न शाक्य (तालमेल) ।
    ५) बेथानचोक गाउँपालिका, भगवान अधिकारी (तालमेल) ।
    ६) रोशी गाउँपालिका, दिनेश लामा (तालमेल) ।

    ललितपुर

    १) गोदावरी नगरपालिका, गजेन्द्र महर्जन (सहयोग) ।
    २) महांकाल गाउँपालिका, गणेश केसी (तालमेल) ।
    ३) बागमती गाउँपालिका, वीरबहादुर लोप्चन (तालमेल) ।

    भक्तपुर

    १) चाँगुनारायण नगरपालिका, जीवन खत्री (एक्लै) ।
    २) मध्यपुर थिमी नगरपालिका, सुरेन्द्र श्रेष्ठ (तालमेल) ।

    काठमाडौं

    १) कागेश्वरी मनोहरा नगरपालिका, उपेन्द्र कार्की (तालमेल) ।
    २) कीर्तीपुर नगरपालिका, राजकुमार नकर्मी (एक्लै) ।
    ३) गोकर्णेश्वर नगरपालिका, दिपककुमार रिसाल (एक्लै) ।
    ४) चन्द्रागिरी नगरपालिका, घनश्याम गिरी (तालमेल)
    ५) तारकेश्वर नगरपालिका, कृष्णहरि महर्जन (एक्लै) ।
    ६) दक्षिणकाली नगरपालिका, मोहन बस्नेत (एक्लै) ।

    नुवाकोट

    १) तादी गाउँपालिका, सन्तमान तामाङ (एक्लै) ।
    २) तारकेश्वर गाउँपालिका, शिव अधिकारी (तालमेल) ।
    ३) म्यागङ गाउँपालिका, आशा तामाङ (एक्लै) ।
    ४) लिखु गाउँपालिका, ध्रुव श्रेष्ठ (एक्लै) ।
    ५) शिवपुरी गाउँपालिका, गोविन्दप्रसाद थपलिया (एक्लै) ।
    ६) सूर्यगढी गाउँपालिका, सन्तबहादुर तामाङ (एक्लै) ।

    रसुवा

    १) आमाछोदिङमो गाउँपालिका, बुचुङ तामाङ (एक्लै) ।
    २) कालिका गाउँपालिका, हरीकृष्ण देवकोटा (एक्लै) ।
    ३) नौकुण्ड गाउँपालिका, नुर्वु स्याङवो घले (तालमेल) ।

    धादिङ

    १) खनियाबास गाउँपालिका, रणबहादुर तामाङ (तालमेल) ।
    २) गंगाजमुना गाउँपालिका, भक्तबहादुर लामा (तालमेल) ।
    ३) ज्वालामुखी गाउँपालिका, यामनाथ दनै (तालमेल) ।
    ४) त्रिपुरासुन्दरी गाउँपालिका, राजु उप्रेती (तालमेल) ।
    ५) निलकण्ठ नगरपालिका, भीमप्रसाद ढुंगाना ( तालमेल) ।
    ६) नेत्रावती डबजोङ गाउँपालिका, मेघ नाथ रिजाल (एक्लै) ।
    ७) सिद्धलेक गाउँपालिका, परशुराम खतिवडा (तालमेल) ।

    मकवानपुर

    १) कैलाश गाउँपालिका, लोकबहादुर मुक्तान ( तालमेल) ।
    २) बकैया गाउँपालिका, धर्मराज लामिछाने ( तालमेल) ।
    ३) मकवानपुरगढी गाउँपालिका, दोर्जे लामा स्याङतान ( तालमेल) ।
    ४) मनहरी गाउँपालिका, रन्जन कालाखेती ( तालमेल) ।
    ५) राक्सिराङ गाउँपालिका, राजकुमार मल्ल ( तालमेल) ।

    चितवन

    १) खैरहनी नगरपालिका, शशिकुमार खनियाँ (तालमेल) ।

    गण्डकी प्रदेशः ३५ तहमा जित
    १७ तहमा तालमेल, १८ तहमा एक्लै

    गोरखा

    १) आरुघाट गाउँपालिका, राजु गुरुङ (एक्लै) ।
    २) शिरानचोक गाउँपालिका, ज्ञानेन्द्र गुरुङ (एक्लै) ।

    लमजुङ

    १) दूधपोखरी गाउँपालिका, धनप्रसाद गुरुङ (तालमेल) ।
    २) मध्यनेपाल नगरपालिका, रमेशकुमार पाण्डे (तालमेल) ।
    ३) राइनास नगरपालिका, खड्ग बहादुर गुरुङ (तालमेल) ।
    ४) सुन्दरबजार नगरपालिका, कृष्णप्रसाद कोईराला (तालमेल) ।

    तनहुँ

    १) ऋषिंग गाउँपालिका, राजेन्द्रकृष्ण श्रेष्ठ (एक्लै) ।
    २) देवघाट गाउँपालिका, तिलबहादुर थापा (तालमेल) ।
    ३) शुक्लागण्डकी नगरपालिका, कृष्णराज पण्डित (तालमेल) ।
    ४) भानु नगरपालिका, आनन्दराज त्रिपाठी (एक्लै) ।

    स्याङ्जा

    १) अर्जुन चौपारी गाउँपालिका, प्रकाश तिवारी (एक्लै) ।
    २) गल्याङ नगरपालिका, गुरुप्रसाद भट्टराई (एक्लै) ।
    ३) चापाकोट नगरपालिका, देवबहादुर खाण (एक्लै) ।
    ४) पुतलीबजार नगरपालिका, तुलसीराम रेग्मी (एक्लै) ।
    ५) भिरकोट नगरपालिका, गोविन्दकुमार कर्माचार्य (एक्लै) ।

    कास्की

    १) माछापुच्छ्रे गाउँपालिका, मिनबहादुर गुरुङ (एक्लै) ।
    २) मादी गाउँपालिका, देवीजंग गुरुङ (तालमेल) ।

    मनाङ

    १) नार्पाभूमि गाउँपालिका, कोन्जो तेन्जीङ लामा (एक्लै) ।
    २) नासो गाउँपालिका, धनबहादुर गुरुङ (तालमेल) ।

    मुस्ताङ

    १) घरपझोङ गाउँपालिका, मोहनसिँह लालचन (एक्लै) ।

    पर्वत

    १) कुश्मा नगरपालिका, रामचन्द्र जोशी (तालमेल) ।
    २) जलजला गाउँपालिका, राजुप्रसाद आचार्य (तालमेल) ।
    ३)पैयूँ गाउँपालिका, तोरण मल्ल ठकुरी (एक्लै) ।
    ४) फलेवास नगरपालिका, गंगाधर तिवारी (तालमेल) ।
    ५) विहादी गाउँपालिका, परविन गुरुङ (तालमेल) ।

    म्याग्दी

    १) धवलागिरी गाउँपालिका, प्रेमप्रसाद पुन (तालमेल) ।
    २) रघुगंगा गाउँपालिका, भवबहादुर भण्डारी (एक्लै) ।

    बागलुङ

    १) काठेखोला गाउँपालिका, राजु थापा (तालमेल)
    २) गलकोट नगरपालिका, भरत शर्मा (तालमेल) ।
    ३) तमानखोला गाउँपालिका, जोकलाल बुढा (एक्लै) ।
    ४) निसीखोला गाउँपालिका, सूर्यबहादुर घर्ती (तालमेल) ।
    ५) बाग्लुङ नगरपालिका, बसन्तकुमार श्रेष्ठ (तालमेल) ।
    ६) वडिगाड गाउँपालिका, गण्डकी थापा अधिकारी (एक्लै) ।

    नवलपरासीपूर्व

    १) गैँडाकोट नगरपालिका, मदनभक्त अधिकारी (एक्लै) ।
    २) हुप्सेकोट गाउँपालिका, लक्ष्मीदेवी पाण्डे (एक्लै) ।

    लुम्बिनी प्रदेशः ३८ तहमा जित

    एक्लै २७ तहमा, तालमेल ११ तहमा

    गुल्मी

    १) इस्मा गाउँपालिका, भगतसिंह खड्का (एक्लै) ।
    २) कालीगण्डकी गाउँपालिका, बेदबहादुर थापा (तालमेल) ।
    ३) गुल्मीदरबार गाउँपालिका, सरोजकुमार थापा (एक्लै) ।
    ४) मदाने गाउँपालिका, महेन्द्रबहादुर कुँवर (तालमेल) ।
    ५) रेसुङ्गा गाउँपालिका, खिलध्वज पन्थी (एक्लै) ।

    पाल्पा

    १) तानसेन नगरपालिका, सन्तोषलाल श्रेष्ठ (तालमेल) ।
    २) रामपुर नगरपालिका, रमणबहादुर थापा (एक्लै) ।
    ३) रैनादेवी छहरा गाउँपालिका, रुक्मांगत भट्टराई (तालमेल) ।

    रुपन्देही

    १) कञ्चन गाउँपालिका, नवराज ढकाल (एक्लै) ।
    २) मायादेवी गाउँपालिका, ध्रुवनारायण चौधरी (एक्लै) ।
    ३) शुद्धोधन गाउँपालिका, विष्णुप्रसाद बस्याल (तालमेल) ।
    ४) सिद्धार्थनगर नगरपालिका, इश्तियाक अहमद खान (तालमेल) ।
    ५) सियारी गाउँपालिका, थानेश्वर घिमिरे (एक्लै) ।

    अर्घाखाँची

    १) छत्रदेव गाउँपालिका, चन्द्रमान श्रेष्ठ (एक्लै) ।
    २) सितगंगा नगरपालिका, छविलाल पौडेल (तालमेल) ।

    कपिलवस्तु

    १) मायादेवी गाउँपालिका, बलिउद्दीन मुसलमान (एक्लै) ।
    २) कृष्णनगर नगरपालिका, रजतप्रताप शाह (एक्लै) ।

    प्यूठान

    १) ऐरावती गाउँपालिका, नवीलविक्रम शाह (तालमेल) ।
    २) गौमुखी गाउँपालिका, विष्णुकुमार गिरी (तालमेल) ।
    ३) स्वर्गद्वारी नगरपालिका, टेकप्रसाद भण्डारी (तालमेल) ।

    रोल्पा

    १) गंगादेव गाउँपालिका, हरिबहादुर पुन (एक्लै) ।
    २) रुन्टीगढी गाउँपालिका, जनक पुन (एक्लै) ।

    दाङ

    १) दंगीशरण गाउँपालिका, शम्भु गिरी (एक्लै) ।
    २) बबई गाउँपालिका, कुलबहादुर खत्री क्षेत्री (एक्लै) ।
    ३) राजपुर गाउँपालिका, शरदकुमार बुढाथोकी (एक्लै) ।
    ४) लमही नगरपालिका, जोगराज चौधरी (एक्लै) ।
    ५) शान्तिनगर गाउँपालिका, प्रमोद बस्नेत (एक्लै) ।

    बर्दिया

    १) गुलरिया नगरपालिका, मुक्तिनाथ यादब (एक्लै) ।
    २) गेरुवा गाउँपालिका, जमानसिँह केसी (एक्लै) ।
    ३) ठाकुरबाबा नगरपालिका, तिलकराम लम्साल (एक्लै) ।
    ४) बारबर्दिया नगरपालिका, छविलाल थारु (एक्लै) ।
    ५) मधुवन नगरपालिका, तेजबहादुर भाट (एक्लै) ।

    बाँके

    १) डुडुवा गाउँपालिका, नरेन्द्रकुमार चौधरी (एक्लै) ।
    २) नेपालगञ्ज उपमहानगरपालिका, प्रशान्त विष्ट (तालमेल) ।
    ३) राप्ती सोनारी गाउँपालिका, तप्तबहादुर पौडेल (एक्लै) ।

    नवलपरासीपश्चिम

    १) प्रतापपुर गाउँपालिका, उमेशचन्द्र यादव (एक्लै) ।
    २) वर्दघाट नगरपालिका, सम्भुलाल श्रेष्ठ (तालमेल) ।
    ३) सुस्ता गाउँपालिका, टेकनारायण उपाध्याय (एक्लै) ।

    कर्णाली प्रदेशः ३२ तहमा जित

    २० तहमा एक्लै, १२ मा तालमेल

    पश्चिमीरुकुम

    १) बाँफिकोट गाउँपालिका, जनकुमार बाँठामगर (एक्लै) ।
    २) मुसिकोट नगरपालिका, महेन्द्र केसी (तालमेल)

    सल्यान

    १) कुमाख गाउँपालिका, मानबहादुर बुढाथोकी (तालमेल)
    २) त्रिवेणी गाउँपालिका, खिमबहादुर रावत (एक्लै) ।
    ३) बागचौर नगरपालिका, जनकराज गौतम (एक्लै) ।
    ४) शारदा नरपालिका, प्रकाश भण्डारी (एक्लै) ।
    ५) सिद्ध कुमाख गाउँपालिका, भरत गिरी (एक्लै) ।

    सुर्खेत

    १) गुर्भाकोट नगरपालिका, हस्त पुन (एक्लै) ।
    २) पञ्चपुरी नगरपालिका, लालवीर भण्डारी (एक्लै) ।
    ३) बराहताल गाउँपालिका, भीमबहादुर भण्डारी (एक्लै) ।
    ४) लेकबेशी गाउँपालिका, उमेशकुमार पौडेल (तालमेल) ।

    दैलेख

    १) चामुण्डा बिन्द्रासैनी नगरपालिका, गणेशकुमार शाही (एक्लै) ।
    २) ठाटीकाँध गाउँपालिका, रक्षबहादुर शाह (एक्लै) ।
    ३) दुल्लु नगरपालिका, भरतप्रसाद रिजाल (तालमेल) ।
    ४) भैरवी गाउँपालिका, रीताकुमारी शाही (एक्लै) ।
    ५) महाबु गाउँपालिका, लछुमन गुरुङ (एक्लै) ।

    जाजरकोट

    १) कुसे गाउँपालिका, हरिचन्द्र बस्नेत (एक्लै) ।
    २) छेडागाड नगरपालिका, रत्नबहादुर खड्का (तालमेल) ।
    ३) शिवालय गाउँपालिका, शेरबहादुर शाही (तालमेल) ।

    डोल्पा

    १) ठूलीभेरी नगरपालिका, स्वर्णबहादुर बुढा (एक्लै) ।

    हुम्ला

    १) अदानचुली गाउँपालिका, मोहनविक्रम सिंह (तालमेल) ।
    २) खार्पूनाथ गाउँपालिका, कर्णबहादुर रावल (तालमेल) ।
    ३) सर्केगाड गाउँपालिका, ठान बाहादुर रोकाया (तालमेल) ।

    कालीकोट

    १) तिलागुफा नगरपालिका, शंकरप्रसाद उपाध्याय (तालमेल) ।
    २) नरहरिनाथ गाउँपालिका, नगेन्द्रबहादुर विष्ट (एक्लै) ।

    मुगू

    १) छायाँनाथ रारा नगरपालिका, विष्णुकुमार भाम (एक्लै) ।
    २) मुगुम कार्मारोङ्ग गाउँपालिका, छिरिङ क्याप्ने लामा (तालमेल) ।

    जुम्ला

    १) कनकासुन्दरी गाउँपालिका, दामोदरप्रसाद आचार्य (एक्लै) ।
    २) गुठिचौर गाउँपालिका, दानबहादुर बुढा (तालमेल) ।
    ३) तातोपानी गाउँपालिका, नन्दप्रसाद चौलागाईं (एक्लै) ।
    ४) पातारासी गाउँपालिका, पूर्ण सिंगे बोहोरा (एक्लै) ।
    ५) हिमा गाउँपालिका, लक्ष्मणबहादुर शाही (एक्लै) ।

    सुदूरपश्चिम प्रदेशः ३५ स्थानीय तहमा जित

    २६ तहमा एक्लै, ९ मा तालमेल

    बाजुरा

    १) त्रिवेणी नगरपालिका, कर्णबहादुर थापा (एक्लै) ।
    २) स्वामीकार्तिक खापर गाउँपालिका, भरतबहादुर रोकाया (एक्लै) ।
    ३) हिमाली गाउँपालिका, गोविन्दबहादुर मल्ल (एक्लै) ।

    बझाङ

    १) खप्तडछान्ना गाउँपालिका, उत्तम बहादुर रोकाया (तालमेल) ।
    २) जयपृथ्वी नगरपालिका, चेतराज बजाल (तालमेल) ।
    ३) बित्थडचिर गाउँपालिका, अम्मरसिंह महर (एक्लै) ।
    ४) बुङ्गल गाउँपालिका, जय बहादुर धामी (तालमेल) ।
    ५) मष्टा गाउँपालिका, ज्ञानबहादुर बोहरा (तालमेल) ।
    ६ सूर्मा गाउँपालिका, खडकबहादुर बोहरा (एक्लै) ।

    अछाम

    १) कमलबजार नगरपालिका, यज्ञप्रसाद ढकाल (एक्लै) ।
    २) चौरपाटी गाउँपालिका, भीमबहादुर साउद (एक्लै) ।
    ३) ढकारी गाउँपालिका, प्रकाशबहादुर साउद (एक्लै) ।
    ४) बान्नीगढी जयगढ गाउँपाकिला, टेकबहादुर साउद (तालमेल) ।
    ५) रामारोशन गाउँपालिका, मानबहादुर साउद (तालमेल) ।
    ६) पञ्चदेवल विनायक नगरपालिका, अम्बिका चलाउने (एक्लै) ।

    डोटी

    १) आदर्श गाउँपालिका, गणेशबहादुर खड्का (एक्लै) ।
    २) केआई सिंह गाउँपालिका, लोकेन्द्रबहादुर शाही (एक्लै) ।
    ३) दिपायल सिलगढी नगरपालिका, बाजीसिंह खड्का (एक्लै) ।
    ४) पूर्वीचौकी गाउँपालिका, रामप्रसाद उपाध्याय (एक्लै) ।
    ५) बडीकेदार गाउँपालिका, भैरवबहादुर साउद (एक्लै) ।
    ६) शिखर नगरपालिका, दीर्घबहादुर बलायर (एक्लै) ।
    ७) सायल गाउँपालिका, धर्मराज जोशी (एक्लै) ।

    कैलाली

    १) कैलारी गाउँपालिका, राजसमझ चौधरी (एक्लै) ।
    २) गोदावरी नगरपाकिला, वीरेन्द्र भट्ट (तालमेल) ।

    कञ्चनपुर

    १) बेलडाँडी नगरपालिका, हरिशचन्द्र राना (एक्लै) ।
    २) बेदकोट नगरपालिका, भोजराज बोहरा (एक्लै) ।

    डडेलधुरा

    १) अमरगढी नगरपालिका, डिल्लीराज जोशी (एक्लै) ।
    २) गन्यापधुरा गाउँपालिका, ईन्द्रबहादुर कार्की (एक्लै) ।
    ३) नवदुर्गा गाउँपालिका, लक्ष्मीप्रसाद अवस्थी (एक्लै) ।
    ४) परशुराम नगरपालिका, भरत बडायर जोशी (एक्लै) ।
    ५) भागेश्वर गाउँपालिका, हेमराज चटौत (एक्लै) ।

    बैतडी

    १) पाटन नगरपालिका, गौरीसिंह रावल (तालमेल) ।
    २) पुर्चौडी नगरपालिका, दीपकबहादुर बम (एक्लै) ।
    ३) शिवनाथ गाउँपालिका, कर्णसिंह साउँद (तालमेल) ।
    ४) सिगास गाउँपालिका, हरिसिंह धामी (एक्लै) ।

  • विजय जुलुसमा झडप हुँदा मन्थलीमा पाँच एमाले कार्यकर्ता घाइते

    विजय जुलुसमा झडप हुँदा मन्थलीमा पाँच एमाले कार्यकर्ता घाइते

    काठमाडौं । रामेछापको मन्थली नगरपालिका- ९ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । हिजो साँझ एमालेको विजय जुलुस सकिएपछि कार्यकर्ता घर फर्किने क्रममा कांग्रेस कार्यकताले विवाद गर्न थालेपछि झडप भएको बताइएको छ ।

    पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी (भरत) र उनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट एमालेका पाँच जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा एमाले कार्यकर्ताहरू गौतम आरण, उत्तम आरण, ओमप्रकाश आरण, नारयण आरण र खड्गराज आरण समान्य घाइते भएका प्रहरीले जनाएको छ ।

    उनीहरूले एमाले कार्यकर्ता तथा एमालेबाट निर्वाचित वडाध्यक्ष गोकर्णराज आरणका परिवारका सदस्यलाई पार्टीको कार्यालयमै पसेर आक्रमण गरी घाइते बनाएको नेकपा एमाले रामेछापले जनाएको छ ।

    घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट साँझ प्रहरी टोली पुरानागाउँ गएको भए पनि आक्रमणकारी भागेका कारण प्रहरीले कसैलाई नियन्त्रणमा लिन नसकेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

  • तीन पालिकासहित २५ वटा वडा जितेर एमाले बन्यो रामेछापको ठूलो दल, कांग्रेस दोस्रो (सूचीसहित)

    तीन पालिकासहित २५ वटा वडा जितेर एमाले बन्यो रामेछापको ठूलो दल, कांग्रेस दोस्रो (सूचीसहित)

    मन्थली । रामेछापका आठ वटै स्थानीय तहको अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएको छ । खाँडादेवी गाउँपालिकाको मतगणना सकिएसँगै जिल्लाका आठवटै पालिका र ६४ वटा वडाको परिणाम सार्वजनिक भएको हो ।

    घोषित परिणामअनुसार एमालेले तीन पालिका प्रमुख, तीन उपप्रमुखसहित २५ वडाध्यक्ष जितेर जिल्लाको ठूलो पार्टी बनेको छ । कांग्रेसले पनि तीनवटा प्रमुख र चार उपप्रमुखसहित २३ वडाध्यक्ष जितेर दोस्रो पार्टी बनेको छ ।

    माओवादी केन्द्रले दुई पालिका प्रमुख र एक उपप्रमुखसहित १५ वटा वडा जितेर तेस्रो पार्टी बनेको छ । नेकपा एकीकृत समाजवादीले भने एउटा वडाध्यक्षमात्र जितेको छ ।

    जिल्लामा खाँडादेवी र दोरम्बा गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धन भएको थियो भने अन्यत्र माओवादी र नेकपा एसको गठबन्धन हुँदा कांग्रेस र एमाले एक्लाएक्लै लडेका थिए

    कतिपय वडामा भने सत्ता गठबन्धन बनेको थियो । जिल्लाका दुई नगरपालिकामध्ये मन्थलीमा एमाले र रामेछापमा कांग्रेसले जितेका छन् । यसअघिको चुनावमा ५ पालिका प्रमुख जितेको एमालेले यसपटक गोकुलगंगा र लिखु तामाकोशीको अध्यक्ष गुमाएको छ ।

    यी हुन् रामेछापबाट निर्वाचित जनप्रतिनिधि
    १) उमाकुण्ड गाउँपालिका
    शेरबहादुर सुनुवार, अध्यक्ष (एमाले)
    सावित्री सुनुवार, उपाध्यक्ष (कांग्रेस)

    २) गोकुलगंगा गाउँपालिका
    काजीबहादुर खड्का दिनेश, अध्यक्ष (कांग्रेस)
    उषा बस्नेत कार्की, उपाध्यक्ष (कांग्रेस)

    ३) लिखु तामाकोसी गाउँपालिका
    केशव महत, अध्यक्ष )कांग्रेस)
    दीपा पाख्रिन, उपाध्यक्ष (एमाले)

    ४) सुनापती गाउँपालिका
    ठूलोकान्छा तामाङ, अध्यक्ष (माओवादी)
    गीता विष्ट, उपाध्यक्ष (माओवादी)

    ५) रामेछाप नगरपालिका
    लवश्री न्यौपाने, प्रमुख (कांग्रेस)
    बालाकुमारी कार्की, उपप्रमुख (कांग्रेस)

    ६) मन्थली नगरपालिका
    लव श्रेष्ठ, प्रमुख (एमाले)
    ईश्वरी बस्नेत, उपप्रमुख (एमाले)

    ७) दोरम्बा शैलुङ गाउँपालिका
    मैनकुमार मोक्तान, अध्यक्ष (माओवादी)
    खमला थापामगर, उपाध्यक्ष (कांग्रेस)

    ८) खांडादेवी गाउंपालिका
    ज्ञानकुमार श्रेष्ठ, अध्यक्ष (एमाले)
    रमा घिसिङ, उपाध्यक्ष (एमाले)

    निर्वाचित ६४ वडा अध्यक्ष
    मन्थली नगरपालिका
    वडा नं १ – रामहरि पौडेल, (कांग्रेस)
    वडा नं २ – सुरेन्द्र कार्की, (एमाले)
    वडा नं ३ – कृष्णगोपाल थापा, (एमाले)
    वडा नं ४ – राजन घिमिरे, (कांग्रेस)
    वडा नं ५ – रविन कार्की नवीन, (एकीकृत समाजवादी)
    वडा नं ६ – अशोककुमार तामाङ (कांग्रेस)
    वडा नं ७ – भुवनहरि प्रसाईं (कांग्रेस)
    वडा न ८ – गोपाल श्रेष्ठ (एमाले)
    वडा नं ९ – गोकर्णराज आराण (एमाले)
    वडा नं १० – गोपीलाल तामाङ (एमाले)
    वडा नं ११ – भीमबहादुर थापामगर, (माओवादी)
    वडा नं १२ – खिलेन्द्र खत्री (कांग्रेस)
    वडा नं १३ – नवराज थापामगर (एमाले)
    वडा नं १४ – मोतीलाल तामाङ (एमाले)

    रामेछाप नगरपालिका
    वडा नं १ – रेखबहादुर कार्की (काग्रेस)
    वडा नं २ – निरकुमार श्रेष्ठ (माओवादी)
    वडा नं ३ – दलबहादुर प्रधान (कांग्रेस)
    वडा नं ४ – कृपा थापामगर (कांग्रेस)
    वडा नं ५ – हरिशचन्द्र श्रेष्ठ (कांग्रेस)
    वडा नं ६ – राजेश तामाङ (कांग्रेस)
    वडा नं ७ – समीर कार्की (कांग्रेस)
    वडा नं ८ – सन्तोष तामाङ (कांग्रेस)
    वडा नं ९ – चन्द्रबहादुर श्रेष्ठ (माओवादी)

    सुनापती गाउँपालिका
    वडा नं १ – ध्रुव चौलागाईं (कांग्रेस)
    वडा नं २ – पदम थापामगर (माओवादी)
    वडा नं ३ – कुलबहादुर थिङ (माओवादी)
    वडा नं ४ – दण्डुप लामा (माओवादी)
    वडा नं ५ – चित्रबहादुर मानन्धर (माओवादी)

    गोकुलगंगा गाउँपालिका
    वडा नं १ – छत्रबहादुर बस्नेत (कांग्रेस)
    वडा नं २ – सुरेन्द्र कार्की (कांग्रेस)
    वडा नं ३ – नरविक्रम कार्की (एमाले)
    वडा नं ४ – रामचन्द्र बस्नेत (कांग्रेस)
    वडा नं ५ – दीपक कार्की (एमाले)
    वडा नं ६ – चन्द्रबहादुर सुनुवार (कांग्रेस)

    उमाकुण्ड गाउँपालिका
    वडा नं १ – ङावातिन्डु शेपा (एमाले)
    वडा नं २ – खम्बाध्वज बस्नेत (माओवादी)
    वडा नं ३ – गुणकुमार थापा (एमाले)
    वडा नं ४ – मानबहादुर सुनुवार (माओवादी)
    वडा नं ५ – कुलबहादुर बस्नेत (एमाले)
    वडा नं ६ – भरतराज खड्का (कांग्रेस)
    वडा नं ७ – रुद्रमणि नेवार (एमाले)

    लिखुतामाकोसी गाउँपालिका
    वडा नं १ – प्रदीप तामाङ (एमाले)
    वडा नं २ – सन्तोष पौडेल (एमाले)
    वडा नं ३ – गोपालराज तामाङ (माओवादी)
    वडा नं ४ – दीपककुमार मगर (कांग्रेस)
    वडा नं ५ – रोमबहादुर तामाङ (कांग्रेस)
    वडा नं ६ – शिवप्रसाद न्यौपाने (एमाले)
    वडा नं ७ – कैलाशकुमार दर्लामी (माओवादी)

    दोरम्बा शैलुङ गाउँपालिका
    वडा नं १ – प्रेम लामा (एमाले)
    वडा नं २ – मेचमान योञ्जन (माओवादी)
    वडा नं ३ – सन्तलाल थापामगर (कांग्रेस)
    वडा नं ४ – श्यामलाल घिसिङ (कांग्रेस)
    वडा नं ५ – गंगालाल तामाङ (कमान) (माओवादी)
    वडा नं ६ – टीकाप्रसाद गौतम (एमाले)
    वडा नं ७ – प्रवीण मोक्तान (माओवादी)

    खाँडादेवी गाउँपालिका
    वडा नं १ – रामकुमार श्रेष्ठ (माओवादी)
    वडा नं २ – केशवकुमार प्रधान (एमाले)
    वडा नं ३ – पुष्करकुमार कार्की (एमाले)
    वडा नं ४ – कृष्णप्रसाद पौडेल (एमाले)
    वडा नं ५ – मनोज पौडेल (एमाले)
    वडा नं ६ – नारायण कार्की (कांग्रेस)
    वडा नं ७ – सिरे तामाङ (एमाले)
    वडा नं ८ – जंगलाल तामाङ (एमाले)
    वडा नं ९ – अकलबहादुर भण्डारी (एमाले)

  • झापाको बिर्तामोडमा गठबन्धन पराजित, एमालेकी पवित्रा महतरा बनिन् मेयर

    झापाको बिर्तामोडमा गठबन्धन पराजित, एमालेकी पवित्रा महतरा बनिन् मेयर

    झापा । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले गठबन्धनविरुद्ध सहज जित निकालेको छ । नेकपा एमालेले विर्तामोडमा मेयर, उपमेयरसहित बहुमत वडा जितेको हो ।

    मेयरमा एमालेकी पवित्रादेवी महतारा १६,५२० मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भोजराज सिटौलालाई ३,७५८ मतान्तरले पराजित गरेकी हुन् । पराजित भोजराज सिटौलाले १२,७६२ मत ल्याएका छन् ।

    उपमेयरमा पनि एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला १५,५८६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रप्रसाद कडरियाले ८,४५१ मत ल्याएका छन् ।

    बिर्तामोडमा यसअघि पनि एमालेले मेयर र उपमेयर जितेको थियो ।

  • अछामको साँफेबगर १३ मा पुनः मतदान

    अछामको साँफेबगर १३ मा पुनः मतदान

    कैलाली । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा शुक्रबार पुनः मतदान भएको छ ।

    बैशाख ३० गते एकापसमा झडप भई विवाद भएका कारण स्थगित मतदान कार्य शुक्रबार पुनः भएको हो ।

    बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । राष्ट्रिय मावि बाब्लाको मतदान केन्द्र (क) र (ख) मा बैशाख ३० गते ३४४ मत खसेपछि विवाद हुँदा स्थगित भएको थियो । उक्त मतदान केन्द्रमा १ हजार ९६९ मतदाता रहेका छन् ।

  • पोखरामा प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थल छिरेका दुईजना पक्राउ

    पोखरामा प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थल छिरेका दुईजना पक्राउ

    पोखरा । मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन ।

    उनीहरू राजनीतिक दलको नभई अनाधिकृत रुपमा छिरेको बताइएको छ । अहिले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन ।

    पोखरा महानगरमा अहिलेसम्म ६५ हजार ४६२ मत गणना सकिएको छ । अहिलेसम्म गठबन्धन उम्मेद्वारले अग्रता लिइरहेका छन् ।

    नतिजा आएका १५ वडामध्ये ४ वटामा एमाले र ११ वटामा कांग्रेस विजयी भइसकेको छ । यसअघिको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाध्यक्ष एमालेले जितेको थियो भने ११ वडाध्यक्ष मात्र कांग्रेसले जितेको थियो ।

  • मोरङको पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी

    मोरङको पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी

    मोरङ । मोरङको पथरीशचिश्चरे नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    प्रमुखमा मोहन तुम्वापो १२ हजार ६६३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्रबहादुर सुब्बाले १० हजार ९०० मत ल्याएका छन् । त्यस्तै माओवादीका दिननाथ तिम्सिनाले ३ हजार १०३ मत ल्याएका छन् ।

    नपाको उपमेयरमा एमालेकै देवीमाया काफ्ले ११ हजार ५०२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कविता पराजुलीले ११ हजार १६६ मत ल्याएकी छन् ।

  • धनगढीमाईको मेयरमा एमालेका शिवशंकर निर्वाचित, कांग्रेस जिल्ला सभापति पराजित

    धनगढीमाईको मेयरमा एमालेका शिवशंकर निर्वाचित, कांग्रेस जिल्ला सभापति पराजित

    सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।

    महतो नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत ल्याउँदा निवर्तमान मेयर तथा माओवादी केन्द्रका उम्मेद्वारहरिनारायण चौधरीले ४ हजार ३६९ मत प्राप्त गरे । चौधरी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

    उपमेयरमा कांग्रेसकी संगीताकुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेका शोभा कुमारी बरालले ६ हजार ३७८ र निवर्तमान उपमेयर तथा नेकपा माओदी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गरे।

    जम्मा १४ वडा रहेको यस पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एमालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन्।

  • बेथानचोक अध्यक्षमा कांग्रेसका भगवान विजयी

    बेथानचोक अध्यक्षमा कांग्रेसका भगवान विजयी

    काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान् अधिकारी करिब दोब्बर मतसहित अध्यक्षमा विजयी भएका छन्। खसेको १० हजार ७ सय ३४ मतमध्ये अधिकारीले ६ हजार ०१९ मत ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए।

    उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४४९८ मतसहित विजयी भइन्। एमालेकी सरला केसीले ३५७३ मत ल्याइन्।

    यो गाउँपालिका काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्छ, जहाँबाट २०७४ सालको निर्वाचनमा गोकुल बाँस्कोटा निर्वाचित भएका थिए। तर, यस गाउँपालिकामा ३२ सदस्यमध्ये एमालेले एउटामात्रै सदस्य जित्यो। वडा नम्बर ३ मा एमालेले एउटा सदस्य जितेपनि वडाध्यक्ष र तीन सदस्य कांग्रेसले जित्यो। १, २, ४ र ६ मा कांग्रेसको प्यानलै विजयी भयो।

    त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए। यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भए।