Category: स्थानीय निर्वाचन–२०७९

  • महोत्तरीको गौशाला नगरपालिकामा जसपा विजयी

    महोत्तरीको गौशाला नगरपालिकामा जसपा विजयी

    महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । आज सम्पन्न मतगणना परिणामअनुसार प्रमुखमा आठ हजार ७९९ मतका साथ डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा आठ हजार ४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

    प्रमुखमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णु योञ्जन लामाले ५ हजार ६२७ र उपप्रमुखमा जनकदुलारी साहले ५ हजार ४९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताए ।

    गौशालासँगै अब परिणाम घोषणा भएका स्थानीयतहको संख्या जिल्लामा १३ पुगेको छ । जिल्लामा अब जलेश्वर र भङ्गाहा नगरपालिकाको मात्र परिणाम घोषणा हुन बाँकी रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचन भएपछि आज एक सातापछि गौशालाको परिणाम घोषणा भएको हो ।

  • काठमाडौं- २७ मा बालेनभन्दा स्थापित दोब्बर मतले अघि, २५ मा आँखिझ्यालको अग्रता

    काठमाडौं- २७ मा बालेनभन्दा स्थापित दोब्बर मतले अघि, २५ मा आँखिझ्यालको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिका- २७ मा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहभन्दा एमाले उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता बनाएका छन् । ‘कोर एरिया’ भनेर चिनिनेमध्येको यो पनि एक वडा हो ।

    यहाँ अहिलेसम्म २ हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसकी सिर्जना सिंहले ६९५ मतका साथ पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार शाहले ४३८ मत प्राप्त गरेका छन् । यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको आँखिझ्यालले ३१७ मत बटुेको छ ।

    कोर एरियाभित्रकै अर्को वडा नम्बर २५ मा पनि स्वतन्त्र उम्मेदवार बालेन तेस्रो नम्बरमा छन् । जहाँ अर्का स्वतन्त्र उम्मेदवार सायमीको आँखिझ्यालले अग्रता लिइरहेको छ ।

    हालसम्म १ हजार ९६५ मतको गणनामा आँखिझ्यालमा ४७३ मत परेको छ भने उनलाई एमाले उम्मेदवार स्थापितले ४५२ मतका साथ पछ्याइरहेका छन् । यहाँ बालेनको २९४ मत पर्दा कांग्रेसकी सिर्जना सिंहले २६७ मत प्राप्त गरेकी छन् ।

  • काभ्रेको महाभारतमा गठबन्धन जित, अध्यक्षमा माओवादीका जिम्वा विजयी

    काभ्रेको महाभारतमा गठबन्धन जित, अध्यक्षमा माओवादीका जिम्वा विजयी

    काठमाडौं । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा विजयी भएका छन् । जिम्वा गाउँपालिकाको अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

    उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन्। परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी हुँदा एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरेका छन् ।

  • काठमाडौंको नागार्जुन नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    काठमाडौंको नागार्जुन नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    अघिल्लो पटकका मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १८६ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दन हरि गौतमले ८ हजार ३६८ मत पाएका छन् ।

    यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २ हजार ४६९ मत पाएका छन्।

    उपमेयरमा एमालेकी उम्मेदवरा सुशिला अधिकारी ९ हजार ४७४ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना नेपालीले २ हजार ७५३ मत पाइन् । कांग्रेससँग गठबन्धन गरेको नेकपा एकीकृत समाजवादीका कृष्णहरि खत्रीले २ हजार १२६ मत मात्रै प्राप्त गरे ।

  • काठमाडौंमा एक लाखभन्दा कम गन्न बाँकी

    काठमाडौंमा एक लाखभन्दा कम गन्न बाँकी

    काठमाडौं । काठमाडौं महानगरपालिकामा अब गणना हुन एक लाखभन्दा कम मत बाँकी रहेका छन् । अहिलेसम्म काठमाडौंमा खसेको कुल मतमध्ये ९० हजार २९२ मत गणना भइसकेको छ ।

    अब ९९ हजार १२८ मतमात्रै गणना हुन बाँकी रहेका छन् । महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

    अहिलेसम्म काठमाडौंका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्र वडाको गणना सम्पन्न भइसकेको छ भने ६, ७, ८, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको गणना भइरहेको छ ।

    खसेको मतमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ३३ हजार २६० मतका साथ अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित १७ हजार ६९२ मतका साथ उनलाई पछ्याइरहँदा सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह १७ हजार ५७९ मतसहित तेस्रो स्थानमा छन् ।

  • बाँकेको नरैनापुर गाउँपालिकामा जसपा विजयी

    बाँकेको नरैनापुर गाउँपालिकामा जसपा विजयी

    नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भएका हुन् ।

    अध्यक्षमा शाहले ५ हजार ३७ मत प्राप्त गरेका छन् भने, उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामचन्द्र मौर्यले ३ हजार ६८५ मत पाएका छन् ।

    त्यस्तै उपाध्यक्षमा निर्वाचित श्रीवास्तवले ३ हजार ८७९ मतका साथ निर्वाचित हुँदा र कांग्रेसकी अतिकुन निशा खाँले ३ हजार ६७२ मत पाइन् । ६ वटा वडा रहेको नरैनापुरमा ४ वटा वडा कांग्रेस र २ वडा जसपाले जितेका छन् ।

    निर्वाचित अध्यक्ष शाह र उपाध्यक्ष श्रीवास्तव अघिल्लो पटकका पनि अध्यक्ष उपाध्यक्ष हुन् ।

  • कैलाली लम्की चुहाको मेयर, उपमेयर दुवैमा महिला निर्वाचित

    कैलाली लम्की चुहाको मेयर, उपमेयर दुवैमा महिला निर्वाचित

    कैलाली । तालमेल गरेर निर्वाचनमा होमिएका दलहरूका कारण प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित हुनेहरूको संख्या बढिरहेका बेला कैलालीको लुम्की चुहा नगरपालिकामा भने दुवै पदमा महिला निर्वाचित भएका छन् ।

    यहाँ प्रमुख पदमा गठबनधनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी शुशीला शाही र उपप्रमुखमा नेकपा एमालेकी जुना चौधरी विजयी भएका छ्न्।

    शाहिले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महादेव बजगाइँलाई २२९० फराकिलो मतले पछाडि पर्दै नगरप्रमुख पदमा विजयी बनेकी हुन।

    विजयी शाहीले १२ हजार ७१३ मत प्राप्त गरेकी छ्न् भने बजगाइँले १० हजार ४३५ मत पाए ।

    त्यस्तै उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादीकी जानकी सिंहलाई ३३९९ फराकिलो मतले पछि पार्दै विजयी भएकी हुन् ।

    विजयी चौधरीले ११ हजार ७०७ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी जानकी सिंहले ८ हजार ३०८ मत ल्याएकी छन्।

  • महालक्ष्मी नगरपालिकाको पनि नतिजा आयो, मेयरमा एमालेका श्रेष्ठ निर्वाचित

    महालक्ष्मी नगरपालिकाको पनि नतिजा आयो, मेयरमा एमालेका श्रेष्ठ निर्वाचित

    काठमाडौं । चासोका हिसाबले महानगरपालिकाको ओझेलमा परेको ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको पनि अन्तिम परिणाम आएको छ । परिणामअनुसार मेयरमा एमालेका गरि गोविन्द श्रेष्ठ निर्वाचित भएका छन् ।

    श्रेष्ठ ९, ३५० मत ल्याएर मेयरमा निर्वाचित भए भने उनका प्रतिस्पर्धी माओवादीका शिवप्रसाद कट्टेलले ५, ६५८ मत ल्याए ।

    त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जन ९, ५९१ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी एमालेकी विणा सुवेदीले ८, ६८३ मत ल्याइन् ।

  • बाजुरा बूढीनन्दाको मेयरमा एमालेका बोहरा विजयी

    बाजुरा बूढीनन्दाको मेयरमा एमालेका बोहरा विजयी

    बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार जनककुमार बोहरा विजयी भएका छन् ।

    बोहराले पाँच हजार ११५ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पदमकुमार गिरीले तीन हजार २७१ मत पाए । गिरी निर्वमान मेयर हुन् । २०७४ सालको चुनावमा बोहरा गिरीसितै पराजित भएका थिए ।

    उपमेयमा पनि एमालेले नै सहयोग गरेका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । उनले चार हजार ७७ र निकटतम प्रतिद्वन्द्वी रीतादेवी सिंहले तीन हजार ६७७ मत पाइन् ।

  • जानकी गाउँपालिकामा रेशम चौधरीको पार्टीको जित, पत्रकार बने अध्यक्ष

    जानकी गाउँपालिकामा रेशम चौधरीको पार्टीको जित, पत्रकार बने अध्यक्ष

    कैलाली । लामो समय सक्रिय पत्रकारितामा रहेका गणेश चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

    कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी भएका हुन् । उनी विगत २४ वर्षदेखि पत्रकारिता थिए ।

    चौधरीले कांग्रेस–माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतोलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै जितेका हुन् ।कांग्रेसका महतोले पाँच हजार २४२ मत पाए ।

    यसैगरी उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी भइन्। कठरियाले छ हजार ५६२ मत पाएकी छन् ।

    जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले पाँच वडा र नेकपा एमालेले चार वडा जितेको छ । नेपाली कांग्रेसले छ वडा सदस्य मात्र जितेको छ ।

  • सूर्योदयमा सांसदबाट राजीनामा दिएर मेयर लडेका कागते पराजित, नेकपा एसका राई पुनः विजयी

    सूर्योदयमा सांसदबाट राजीनामा दिएर मेयर लडेका कागते पराजित, नेकपा एसका राई पुनः विजयी

    काठमाडौं । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी भएका छन्।

    उनका प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित भएका हुन्।

    राईले १२ हजार ४३१ मत ल्याए भने कागतेले १० हजार ५७९ मत प्राप्त गरे।

    कागते प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा होमिएका थिए।

    राई यसअघि पनि सूर्योदय नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। यो उनको दोस्रो कार्यकाल हो।

    उपमेयरमा कांग्रेसका दुर्गाकुमार बरालले ११ हजार ८५४ मत ल्याएर विजयी भएका छन् भने एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत ल्याएका छन्।

  • सिर्जनाले स्थापितलाई भेट्न लागिन्, बालेन धेरै अगाडि

    सिर्जनाले स्थापितलाई भेट्न लागिन्, बालेन धेरै अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भेट्न लागेकी छन् भने स्वतन्त्र उम्मेदवार बालेन साह निकै अगाडि छन् ।

    अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन साहले ३३२६०, एमालेका केशव स्थापितले १७६९२ र कांग्रेसकी सिर्जना सिंहले १७५७९ मत पाएका छन् ।

    सिर्जना र स्थापितबीच ११३ मतको अन्तर छ ।

    अहिलेसम्म काठमाडौंका १० वटा वडाको अन्तिम परिणाम आइसकेको छ ।

  • धनगढी उपमहानगरपालिकामा गठबन्धनभन्दा दोब्बर मतले स्वतन्त्र उम्मेदवार अगाडि

    धनगढी उपमहानगरपालिकामा गठबन्धनभन्दा दोब्बर मतले स्वतन्त्र उम्मेदवार अगाडि

    कैलाली । सुदूरपश्चिम प्रदेशका एक मात्र उपमहानगरपालिका धनगढीमा मतगणना जारी छ । ६३ हजार ७१५ मतमध्ये ५१ हजार ६५ मत गणना भइसकेको छ ।

    १२ हजार ६५० मत गणना गर्न बाकी रहँदासम्म प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निकै अगाडी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेको नृपबहादुर वड भन्दा दोब्बर मतले हमालले अग्रता बनाइरहेका छन् ।

    हमालले २२ हजार ५२१ मत पाउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका वडले ११ हजार ५४४ मत मात्रै पाएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा हमाल वडसँग पराजित भएका थिए । अघिल्लो पटक पनि स्वतन्त्र उम्मेदवारी दिएका हमाल २ हजार ७९७ ले पारिजात भएका थिए । तर, अहिले हमालले आफू अघिल्लो निर्वाचनमा पाएको मत भन्दा दोब्बर मत ल्याइसकेका छन् ।

    एमाले उम्मेदवार रणबहादुर चन्दले अहिले ६ हजार ४२३ मत पाएका छन् ।

    उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनकी उम्मेदवार शान्ति अधिकारीलाई उछिनेकी छन् । मतगणना सुरु भए सँगैबाट अग्रता बनाइरहेकी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी अधिकारी अहिले पछि परेकी छन् । ५१ हजार ६५ मत गणना हुँदा सम्म १७८ मतले पछि परेकी हुन् ।

    अधिकारीले १० हजार ७०२ मत पाउँदा रानाले १० हजार ८८० मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत ल्याएका छन् ।

  • काठमाडौं-८ को वडाध्यक्षमा आशामान दोब्बर मतले विजयी, कांग्रेसको प्यानलै आयो

    काठमाडौं-८ को वडाध्यक्षमा आशामान दोब्बर मतले विजयी, कांग्रेसको प्यानलै आयो

    काठमाडौं । काठमाडौं महानगरपालिका– ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका आशामान संगत दोब्बर मतले विजयी भएका छन् ।

    संगतले १५७५ मत पाए भने प्रतिस्पर्धी एमालेका उमेश कुइँकेल ७३३ मा सीमित भए ।

    यो वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।

  • ‘कोरसिटी’ अपडेटः २४ नम्बर वडामा बालेन तेस्रो

    ‘कोरसिटी’ अपडेटः २४ नम्बर वडामा बालेन तेस्रो

    काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ नम्बर वडाको मतगणना भइरहेको छ । अहिलेसम्म उक्त वडाको ६ सय मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले ११६, एमालेका केशव स्थापितले १५३ र कांग्रेसकी सिर्जना सिंहले ११८ मत पाए का छन् ।

    वडा नम्बर २४ ‘कोरसिट’ अन्तरगत पर्छ । कोरसिटी भनिएका वडाहरुमा बालेन र केशव स्थापितबीच प्रतिस्पर्धा छ ।

  • प्रगतिशील पार्टीले जित्यो रुपन्देहीको मर्चवारी, अध्यक्षमा गया र उपाध्यक्षमा आशा निर्वाचित

    प्रगतिशील पार्टीले जित्यो रुपन्देहीको मर्चवारी, अध्यक्षमा गया र उपाध्यक्षमा आशा निर्वाचित

    भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन् ।

    ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे ।

    एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने चर्चा थियो, अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि गया जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।

    यस्तै, पालिका उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन् ।

  • काठमाडौं-८ मा कांग्रेसको प्यानलै विजय नजिक, आशमान बन्ने भए वडाध्यक्ष

    काठमाडौं-८ मा कांग्रेसको प्यानलै विजय नजिक, आशमान बन्ने भए वडाध्यक्ष

    काठमाडौं । काठमाडौं महानगरपालिका-८ मा नेपाली कांग्रेसका आशमान संगत वडाध्यक्षमा निर्वाचित हुने निश्चित भएको छ । करिब सय मत गन्न बाँकी हुँदा उनले १५२७ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका उमेश कुइँकेलले ७१५ मत मात्रै पाएका छन् ।

    यहाँ मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १३२३ एमालेका केशव स्थापितले ८४९ र कांग्रेसकी सिर्जना सिंहले ८०६ मत पाएका छन् ।

  • पोखरा अपडेटः आधा मतगणना सकियो, तीन हजार मतले आचार्य अगाडि

    पोखरा अपडेटः आधा मतगणना सकियो, तीन हजार मतले आचार्य अगाडि

    पोखरा । पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ ।

    जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ ।

    अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि १७, ३० र ३१ को मतगणना गर्न लागिएको छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् ।

    ५० प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेदवारको अग्रता कायम छ । नेकपा एसका धनराज आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । ७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन् ।

    मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ३ हजार १ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत पाएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगाडि छिन् । उनले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन् ।

  • मकवानपुरको बागमती गाउँपालिका माओवादीले जित्यो, अध्यक्षमा फेरि घलान विजयी

    मकवानपुरको बागमती गाउँपालिका माओवादीले जित्यो, अध्यक्षमा फेरि घलान विजयी

    हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् ।

    घलानले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २१८ मतान्तरले पराजित गरेका हुन् । मगरले ६ हजार १६६ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, गाउँपालिका उपाध्यक्ष पदमा नेपाली कांग्रेसका फणिन्द्र कुमार तिमल्सिना विजयी भएका छन् । उनले ७ हजार ९३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी छिन् ।

  • हेटौंडा उपमहानरमा गठबन्धनको जित, नेकपा एसकी मीना बनिन् मेयर

    हेटौंडा उपमहानरमा गठबन्धनको जित, नेकपा एसकी मीना बनिन् मेयर

    हेटौँडा । वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका मकवानपुरको हेटौंडामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी नेकपा एसकी मीना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।

    विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मतसहित तेस्रो बने ।

    उपमेयरमा बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानियाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा २३ हजार ९ सय ६ काफ्लेले मत ल्याउँदा तेस्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत प्राप्त गरिन् ।

    १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले सबैभन्दा धेरै ९ वडामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ८ वटा वडामा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले एक–एक वडामा जित हात परेका छन् ।