Category: स्थानीय निर्वाचन–२०७९

  • घोडाघोडीमा मेयर नपाए माओवादीले गठबन्धन नगर्ने, आज साँझसम्मको अल्टिमेटम

    घोडाघोडीमा मेयर नपाए माओवादीले गठबन्धन नगर्ने, आज साँझसम्मको अल्टिमेटम

    कैलाली । नेकपा माओवादी केन्द्रले कैलालीको घोडाघोडी नगरपालिकामा नगर प्रमुख नपाए गठबन्धन नहुने बताएको छ । आज बसेको घोडाघोडी नगर कमिटी बैठकले प्रमुख सहित केही वडाध्यक्ष नपाए गठबन्धन स्वीकार गर्न नसकिने निर्णय गरेको हो ।

    ‘विगतमा हामी थोरै मतान्तरले उपबिजेता भएका थियौँ । अहिले हामीले प्रमुखसहित केही वडाध्यक्ष पाउनु पर्छ’ नगर अध्यक्ष खगेन्द्र हमालले भने, ‘ गठबन्धन हामीलाई प्रमुख पदमा स्वीकार्न तयार भएन भने हामी गठबन्धन स्वीकार गर्दैनौँ ।’

    उनले आज साँझ छ बजेसम्म यस विषयमा निर्णय लिन नेतृत्वलाई दबाब दिइरहेको समेत जानकारी दिए ।

    ‘हाम्रो पार्टीको नेतृत्वलाई दबाब दिइरहेका छौँ ’उनले भने , ‘आज ६ बजे सम्म यस विषयमा टुङ्गो नलागे भोलि १२ वटै वडा अध्यक्षसहित प्रमुख र उपप्रमुखमा हामी एक्लै उम्मेदवारी दर्ता गर्छौं ।’

    घोडाघोडी नगरपालिकामा यसअघिको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार सुयोग चौधरी एमालेका ममताप्रसाद चौधरीसँग पराजित भएका थिए । उपप्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार दुर्गा चलाउने एमालेकी उम्मेदवार प्रेमकुमारी थापासँग पराजित भएकी थिइन् । थापा अहिले एकीकृत समाजवादीमा छिन् ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख दुबैमा माओवादी दोस्रो भएको हुँदा यस पटक प्रमुख पद माओवादीलाई चाहिने हमालले दाबी गरेका थिए ।

    शनिबार गठबन्धनका दलहरू बिच भएको छलफलमा नेपाली कांग्रेसले उक्त पालिका एकीकृत समाजवादीले पाउने प्रस्ताव गरेपछि माओवादी केन्द्रका नेता कार्यकर्ता चिढिएका थिए ।

  • कर्णालीकाे गठबन्धनमा सुर्खेत, कालिकोट र रुकुममा मिलेन भागबन्डा

    कर्णालीकाे गठबन्धनमा सुर्खेत, कालिकोट र रुकुममा मिलेन भागबन्डा

    सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ पाँच दलबीच कर्णालीका ७९ पालिका अहिलेसम्म भागबन्डा मिल्न सकेको छैन । २०७४ सालमा जसले जहाँ जितेको हो, त्यहाँ लिने र एमालेले जितेका २२ पालिकामा भागबन्डा गर्ने भन्ने केन्द्रको निर्देशन भए पनि कर्णालीमा सुर्खेत र दैलेखमा माओवादी शून्य हुने अवस्था र रुकुम, कालिकोटलगायतका जिल्लामा कांग्रेस शून्य हुने अवस्थाले दलहरुबीच भागबन्डामा कुरा नमिलेकाे हाे ।

    कांग्रेस स्रोतका अनुसार कर्णालीका रुकुम, पश्चिम, सुर्खेत र कालिकोटमा भागबन्डा कसरी गर्ने भन्ने विवाद कायमै रहेको छ।

    नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सचिव धनजीत शाहीले सहमतिको प्रयास जारी रहेको बताए । उनले कालिकोटमा १८ मध्ये ७ पद अर्थात तीन पालिका प्रमुख र ४ उपप्रमुख कांग्रेसले माग गरेको बताए । यहाँ समाजवादीले पनि ४ पद माग गरेको उनको भनाइ छ । तर, नेकपा माओवादीले भने आफूसँग बहुमत प्रमुख पद राख्न खोजेको छ । यहाँ नौ पालिका छन् ।

    उनका अनुसार रुकुम पश्चिममा कांग्रेसले एक नगरपालिका, एक गाउँपालिकालगायत चार पद माग गरेको छ । रुकुममा रहेका ६ पालिकामा २०७४ सालको निर्वाचनमा माओवादीले जीत हात पारेको थियो ।

    यस्तै सुर्खेतमा माओवादीले कम्तिमा पनि तीन पालिका पाउनुपर्ने अडान कायम राखेको छ भने समाजवादीले पनि एक पालिकामा दाबी गरेको छ । तर, कांग्रेसले एक्लै चुनाव लड्दा आफूले नौमध्ये ६ पालिका जितेको भन्दै एमालेले जितेका पालिकाबोहक अन्यत्र दिन नसकिने अडान लिएको छ ।

    २०७४ सालको निर्वाचनमा एमालेले सुर्खेतको सिम्ता, चौकुने गाउँपालिका र लेकवेसी नगरपालिका जितेको थियो । ‘आज सहमति हुन्छ र हुनुपर्छ भनेर हामी लागिरहेका छौं’, सचिव शाहीले भने, ‘सहमति हुन्छ । अहिलेलाई यतिमात्रै भनौं ।’

  • दैलेखको नौमुलेमा कांग्रेसविरुद्ध माओवादी र एसको मात्रै गठबन्धन

    दैलेखको नौमुलेमा कांग्रेसविरुद्ध माओवादी र एसको मात्रै गठबन्धन

    सुर्खेत । दैलेखकाे नाैमुलेमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसको हैकम नमान्ने भन्दै दुईदलीय गठबन्धन बनाएका छन् ।

    उनीहरुले दुई दलबीच तालमेल गरेर स्थानीय तह निर्वाचनमा हाेमिने निर्णयसमेत गरेका हुन् ।

    ‘स्थानीय निर्वाचन बैशाख ३० गते हुन गइरहेको सन्दर्भमा सत्ता गठबन्धनको केन्द्रीय संयन्त्र र प्रदेश संयन्त्रको नीति निर्देशनअनुसार स्थानीय तहमा उम्मेदवारको भागबन्डा गर्ने क्रममा दैलेख जिल्ला नौमुले गाउँपालिकामा वर्तमान जनमतको बेवास्ता गरी नेपाली कांग्रेस पार्टीको विगतको हैकमवाद कायम हुने गरी नीति निर्देशन भएकोमा सो सत्ता गठबन्धनभित्रको हामी दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नौमुले गाउँपालिका पार्टी कमिटी पूर्ण रुपमा असहमत रहेको छ’, शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस नौमुलेसँग स्वस्थ रुपमा मित्रवत ढङ्गले प्रतिस्पर्धा गर्ने गरी दुई दलीय गठबन्धनको तर्फबाट छुट्टै उम्मेदवार दर्ता गर्ने जानकारीसहित यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

    विज्ञप्तिमा माओवादीका तर्फबाट अध्यक्ष छवि सुवेदी र नेकपा एसबाट अध्यक्ष कृष्णबहादुर सलामीले हस्ताक्षर गरेका छन् ।

  • भागबण्डालाई निष्कर्षमा पुर्‍याउन सत्तागठबन्धन बैठक आज पनि बस्दै

    भागबण्डालाई निष्कर्षमा पुर्‍याउन सत्तागठबन्धन बैठक आज पनि बस्दै

    काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक आज पनि बस्दैछ । महानगर र उपमहानगरमा भागबण्डा मिले पनि नगरपालिका तथा गाउँपालिकामा अझै व्यापक किचलो भएपछि सत्तागठबन्धनको बैठक बस्न लागेको हो ।

    कतिपय स्थानीय तलमले आपसमा कुरा मिल्न नसकेपछि केन्द्रकै हस्तक्षेप खोजेका छन् । उम्मेदवार मनोनयन गर्ने दिन आइसक्दा पनि गठबन्धनमा भागबण्डा मिलेको छैन ।

    बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।

  • हुम्लामा गठबन्धनले टुंग्यायो भागबण्डा: माओवादीको भागमा चार, कांग्रेसलाई तीन तह प्रमुख

    हुम्लामा गठबन्धनले टुंग्यायो भागबण्डा: माओवादीको भागमा चार, कांग्रेसलाई तीन तह प्रमुख

    काठमाडौं । सत्ता गठबन्धनले आसन्‍न स्थानीय तहको निर्वाचनका लागि हुम्लाका पालिकामा सिट भागवण्डा गरेको छ । सहमतिअनुसार माओवादी केन्द्रले चार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले तीन गाउँपालिका अध्यक्षको उम्मेदवार पाउने भएको छ ।

    नेकपा एकीकृत समाजवादीले भने तीन गाउँपालिकामा उपाध्यक्षको भाग पाएको छ ।

    ताजाकोट, चंखेली, सिमकोट र नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ । अदानुचली, खार्पुनाथ र सर्केगाड कांग्रेसले अध्यक्षको भाग पाएको छ । ताजाकोट,चंखेली र खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा भने समाजवादीले उपाध्यक्ष लिने भएको छ ।

    अदानचुली गाउँपालिकामा कांग्रेसका मोहनविक्रम सिंह अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रबाट हरिदल पुन तथा चंखेली गाउँपालिकामा माओवादी केन्द्रका गोविन्दबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा समाजवादीका प्रेमकला शाही उम्मेदवार बन्‍ने देखिएको छ।

    खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्ण रावल अध्यक्ष र समाजवादीबाट शतिसिहं ऐडी उपाध्यक्षको चुनाव लड्ने भएका छन् ।

    सिमकोट गाउँपालिकामा विजय भण्डारीलाई उम्मेदवार बनाउन खोजिए पनि माओवादी कार्यकताको विरोध गरेका छन् । कांग्रेसले उपाध्यक्ष टुंगाएको छैन ।

     

  • सुरु भयो निर्वाचन प्रक्रिया, आज उम्मेदवारी दर्ता

    सुरु भयो निर्वाचन प्रक्रिया, आज उम्मेदवारी दर्ता

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज देशभरका स्थानीय तहमा विभिन्न राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्दैछन् । मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।

    १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए ।

    १५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६  १६ वैशाखमा  उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

    निर्वाचन आयोगले मनोनय दर्ताका लागि दुई दिन तोकेका कारण अधिकांश स्थानमा ठूलो राजनीतिक दलले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । उम्मेदवार टुंग्याउन विवाद भएका कारण पनि ठूला दलले भोलि मात्रै मनोनयन दर्ता गर्नेछन् । यद्यपि, विवाद नभएका स्थानीय तहमा आजै मनोनयन दर्ता हुनेछ ।

    मनोनय दर्ता गर्नुपर्ने दिन आइसकेपछि सत्तागठबन्धन दललाई उम्मेदवार टुंग्याउनै सकस परिरहेको छ ।

  • हाई प्रोफाइल पोखराको मेयरमा टिकट पाएका लो प्रोफाइल एमाले उम्मेदवार

    हाई प्रोफाइल पोखराको मेयरमा टिकट पाएका लो प्रोफाइल एमाले उम्मेदवार

    पोखरा । नेकपा एमालेले देशका ६ मध्ये विराटनगर बाहेक सबै महानगरपालिकाका उम्मेदवारको टुंगो लगाउँदै गर्दा पोखराको मेयर उम्मेदवार बनेका दीपक पौडेलको बारेमा धेरैले चासो राखे ।

    राष्ट्रिय राजनीतिको चर्चा बाहिर रहेका पौडेल एकाएक पोखराको मेयरमा कसरी प्रस्तावित भए । उनको बारेमा धेरैले सोधी खोजी गरिरहेका छन् । पोखराकै मतदाता रहेका युवा संघका पूर्व उपाध्यक्ष माधव बास्तोला भने राष्ट्रिय राजनीतिमा चर्चित नभए पनि पौडेल पोखराको स्थापित र प्राज्ञिक व्यक्ति हुन् भन्छन् ।

    एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल शिक्षक आन्दोलनबाट स्थापित नेता हुन् । उनी शिक्षक संगठनको पूर्व उपाध्यक्ष हुन् । पौडेल लामो समयदेखि शिक्षक आन्दोलनमा आबद्ध थिए ।

    पोखरा महानरपालिका १९ पुर चौरका पौडेल पछिल्लो समय पोखरामा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी गुटको लडाइमा कम सहभागी भए पनि केपी ओलीसँग निकट नेता हुन् । त्यसैले मुख्य प्रतिस्पर्धीलाई पाखा लाएर उनी मेयर उम्मेदवार बने ।

    एमालेले पोखरा महानगरपालिकाको उपमेयरमा मञ्जु गुरुङलाई नै फेरि अघि सारेको छ । गुटविहीन उम्मेदवार खोज्ने क्रममा पौडेलको नाम एकाएक अघि आयो । चर्चामा कम रहेका पौडेलले गठबन्धनको सामना कसरी गर्छन् रु त्यो भने हेर्न बाँकी छ ।

  • तुलसीपुरका टिकाराम- जमिनदारको ‘हली’ हुँदै मेयरको चुनावी मैदानमा

    तुलसीपुरका टिकाराम- जमिनदारको ‘हली’ हुँदै मेयरको चुनावी मैदानमा

    दाङ । डेढ वर्ष हुँदा आमा गुमाएको विद्रोही स्वभावको एउटा ‘ख्याउटे केटो’ नेतृ मेनका पोखरेलको नजरमा पर्‍यो । हाडेमीको मजगैँया परिवारकी छोरी मेनका २०३५/०३६ सालतिर पञ्चायत विरुद्ध विद्यार्थी आन्दोलनमा होमिएकी थिइन् । उनको नजरमा परेको ख्याउटे केटो टिकाराम खड्का थिए ।

    टिकारामको गतिविधि हेर्दा मेनकालाई लाग्यो,‘यसले केही गर्न सक्छ ।’ अनि उनले टिकारामलाई पञ्चायत विरुद्धको विद्यार्थी आन्दोलनमा लाग्न प्रेरित गरिन् । टिकाराम के कम मेनकाले हिम्मत दिएपछि आन्दोलनमा हेलिए । नेकपा मालेको अनेरास्ववियुका सदस्य रहेको उनी त्यति बेला ७ कक्षमा पढ्थे । २०३७ सालको माघमा नारायणपुरमा विद्यार्थीहरूको सभा थियो । त्यो सभामा भाग लिन उनी पनि पुगेका थिए । प्रहरी दमन ग¥यो । उनले पनि प्रहरीको लाठी खाए ।

    पञ्चायत विरुद्धको आन्दोलन चलिरह्यो, उनी पनि आन्दोलनमा लागिरहे ।

    सात कक्षा पास गरेपछि उनी काकासँग रुकुम गए । मुरु माविमा ८ कक्षामा भर्ना भए । त्यति बेला उनलाई राजनीतिको नशा लागिसकेको थियो । उनले आफू कम्युनिस्ट भएको बताउँदै त्यहाँ अखिल छैटौँमा आबद्ध भए । उनी त्यति बेला अखिल छैटौँको एरिया कमिटी सदस्य भए ।

    ६ महिनापछि उनले थाहा पाए कि अखिल छैटौँ त मसालको संगठन रहेछ । पछि उनी पुनः माले निकट अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा अघि बढाए । २०३९ जेठमा उनका बुवाको निधन भयो । अनि दाङ फर्के । डेढ वर्षमा आमा गुमाएका उनले १४ वर्षमा बुवा गुमाएपछि टुहुरो बने । दिदीको बिहे भर्खरै भएको थियो । उनका बुवाको निधन भएपछि बाबुको नाममा रहेको २० हजारको ऋणको भारीले उनको टाउको थिच्यो । उनले चाहेर पनि पढ्न पाएनन् । उनी ऋणबाट मुक्त हुन भारत पसे ।

    ३ वर्ष भारतमा मजदुरी गरेका उनले ३ हजार रुपैयाँ मात्रै कमाउन सके । अनि नेपाल फर्के त्यति बेला उनलाई थप १७ हजार रुपैयाँ आवश्यक प¥यो । आम्दानी केही थिएन । न जग्गा जमिन नै थियो । त्यसपछि उनी जमिनदार मोहनसिंह केसीको घरमा ऋण कटाउन ‘हली’ बसे । हली बसेरै उनले बिरौजीमा पढ्न थाले ।

    यो पनि पढ्नुहोस्- यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

    प्रारम्भिक शिक्षा प्रावि भित्री संक्राम र कक्षा १० सम्मको अध्ययन जनता संस्कृत मावि बिरौजीमा लिए । त्यसपछि उनले भारतको गोरखपुर भारतबाट एसएलसी पास गरे । जब राजनीतिमा लागे, त्यसपछि पढाई पनि थाँती राखेर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए ।

    २०४१ सालमा तत्कालीन पार्टी मालेको भातृ संगठन अखिल नेपाल किसान संघको विजौरी स्तरीय सङ्गठित सदस्य बनेका उनी, २०४२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४३ सालमा अनेरास्ववियुको सहसचिव भए । पार्टी निकट भातृ संगठनमा सक्रिय रहेका उनी पार्टीमा पनि उत्तिकै क्रियाशील थिए । राजनीति गर्ने सिलसिलामै उनी २०४४ सालमा जेल समेत परेका थिए ।

    खड्का ०४५ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य हुँदा देखि नै पूर्ण कालिन कार्यकर्ताको रुपमा भूमिगत भए । त्यही क्रममा उनी २०४६ सालमा देउखुरी उपत्यका इलाका सचिव हुनुका साथै नेकपा माले जनआन्दोलन संघर्ष समिति दाङ जिल्ला सदस्य भएका थिए ।

    त्यसपछि उनलाई पार्टीको संगठन बिस्तार गर्न रोल्पा पठाइयो । २०४६ सालको जनआन्दोलन सफल भएपछि टिकाराम २०४७ वैशाख ९ गते मालेको रोल्पा जिल्ला कमिटी उपसचिव भए । अनि २०४८ साल जेठ १ मा भएको प्रजातान्त्रिक राष्ट्रिय युवासंघको पहिलो महाधिवेशनले केपी ओली लाई अध्यक्ष चयन गर्‍यो खड्का केन्द्रीय सदस्य बने ।

    २०४९ सालदेखि पार्टीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए । रोल्पा जिल्ला सेक्रेटरीको जिम्मा २०५७ सम्म सम्हाले । रोल्पामा पार्टी निर्माणमा खड्काको भूमिकाका अझैँ पनि प्रशंसा हुने गर्छ ।

    २०५८ सालदेखि दाङमा जिल्ला कमिटी रहेर काम गरे । २०६४ सालमा अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य बने भने २०६७ मा संघको स्थायी कमिटी सदस्य भए । उनले २०७२ देखि २०७८ सम्म नेकपा एमाले दाङको नेतृत्व गर्ने अवसर समेत प्राप्त गरे । उनी तत्कालीन एमाले र माओवादी एकीकरण पश्चात् बनेको नेकपा दाङको अध्यक्ष समेत बन्ने अवसर पाएका थिए । त्यसपछि खड्का एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य छन् ।

    सादगी र निम्न वर्गीय धरातलमा रहेका खड्काले आफ्नो जीवन राजनीतिमा नै सुम्पिएका छन् । कम्युनिस्ट पार्टीका नेतामा उनी उदाहरण बन्ने गरेका छन् । किनकि, उनी जस्ता वर्गीय नेता तथा कार्यकर्ताहरूले नै अहिलेको कम्युनिस्ट आन्दोलनलाई सार्थक बनाएको छ ।

    यो पनि पढ्नुहोस्– काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

    कम्युनिस्ट पार्टीभित्र वर्ग उत्थान भएका नेता तथा कार्यकर्ताले विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्ने, प्रलोभनमा पर्ने, उनीहरूकै एजेन्ट भएर आफ्नो वर्गलाई धोका दिने प्रवृत्ति हाबी भएको अवस्थामा टिकाराम खड्का जस्ता व्यक्ती पार्टीमा विरलै भेटिन्छन् ।

    यस्तै व्यक्तिहरूले नै अहिले कम्युनिस्ट आन्दोलन पतन हुनबाट जोगाएका छन् । उनी तुलसीपुर–१८ स्थित अक्कासी गाउँको ऐलानी जग्गामा बस्छन् । उनको परिवारको नाममा अहिलेसम्म जग्गा छैन । उनका बुबाले जोत भोग गरेको ५÷७ कट्ठा ऐलानी जग्गा छ, त्यही जग्गामा उनीहरूले जोत भोग गर्दै आएका छन् ।

    उनलाई २०७४ सालमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट समानुपातिक एमालेले उम्मेदवार बनाएको थियो । तर, समानुपातिक सांसदमा महिला, जनजातिलाई प्राथमिकता दिनुपर्ने भएपछि उनी परेनन् ।

    यो पनि पढ्नुहोस्- पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

    २०७२ सालमा उनी सुकुम्वासी समस्या समाधान आयोग दाङको अध्यक्ष समेत भएका छन् । तर, त्यसमा लामो समय काम गर्न पाएनन् । ३ महिना मात्रै काम गर्ने अवसर पाए । त्यति बेला केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा उनले राजनीतिक नियुक्ति पाएका थिए । तर, तीन महिनामै आयोगका सन्दर्भमा मुद्दा परेपछि अदालतले कामकाज अगाडी नबढाउन भनेपछि त्यतिकै रोकियो ।

    पार्टी भित्र होस्, वा राजनीतिक एजेण्डामा नियमित संघर्ष गर्दै आएका खड्काले घर–परिवार भित्र पनि निकै संघर्ष गर्नुपर्‍यो ।

  • बाबुराम भट्टराई एमालेबाट बुटवल उपमहानगरको मेयरमा लड्ने

    बाबुराम भट्टराई एमालेबाट बुटवल उपमहानगरको मेयरमा लड्ने

    रुपन्देही । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरका लागि बाबुराम भट्टराईलाई सिफारिस गरेको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    उपमेयरमा सावित्रा अर्याललाई सिफारिस गरेको छ ।

  • धनगढीको मेयरमा एमालेबाट चन्द र उपमेयरमा राना

    धनगढीको मेयरमा एमालेबाट चन्द र उपमेयरमा राना

    कैलाली । धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना उम्मेदवार बन्ने भएका छन् ।

    केन्द्रीय निर्वाचन विभागका सदस्य समेत रहेका चन्दलाई आजको नेकपा एमाले सचिवालय बैठकले चन्द र रानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    करिब तीन वर्षदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय चन्द कैलाली पार्टी सचिव हुँदै उपाध्यक्ष समेत भइसकेका छन् ।

    गत पुसमा भएको जिल्ला अधिवेशनमा रतनबहादुर थापासँग जिल्ला अध्यक्षमा चार मतले पराजित भएका थिए ।

    चन्द र राना दुवैले धनगढीमा लोकप्रिय नेताको छवि बनाएका छन् ।

  • यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

    यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । केही ठाउँबाहेक अन्यको टुंगो लागेको हो ।

    केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका हुन् ।
    यी हुन् उम्मेदवार

    उपमहानगरपालिका

    धनगढी

    मेयर – रणवहादुर चन्द
    उपमेयर- चन्द्रकला राना थारु

    नेपालगन्ज

    मेयर– पशुपति दयाल मिश्र,
    उपमेयर– शान्ति ढकाल

    तुलसीपुर

    मेयर– टिकाराम खडका,
    उपमेयर– स्यानी चौधरी

    घोराही

    मेयर– नरुलाल चौधी

    उपमेयर- हुमा डिसी

    बुटवल

    मेयर– बाबुराम भट्टराई
    उपमेयर– साबित्रा अर्याल

    हेटौंडा

    मेयर–अनन्त पौडेल
    उपमेयर–सुमित्रा काफ्ले

    धरान

    मेयर– मन्जु भण्डारी
    उपमेयर–पदम लिम्बु

    इटहरी

    मेयर– यामकुमार सुब्बा
    उपमेयर– संगीता चौधरी

    कलैया 

    मेयर- बिनोद शाह

  • मोरङका १२ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    मोरङका १२ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    विराटनगर । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका १२ स्थानीय पालिकाहरूमा उम्मेदवार टुंगो लगाएको छ ।

    एमाले मोरङका अनुसार केही पालिकामा पुरानै जनप्रतिनिधि दोहरिएका छन् भने केहीमा नयाँ अनुहारले प्रवेश पाएका छन् ।

    एमालेले कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट, लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, बेलबारीको मेयरमा ज्ञानेन्द्र सुवेदी, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनको नाम टुङ्ग्याएको छ ।

    उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेल र उपमेयरमा मिना पौडेलको नाम टुङ्ग्याएको छ ।

    सुनवर्षी नगरपालिकाको प्रमुखमा श्याम गनगाई र उपप्रमुखमा मीराकुमारी दासको नाम टुङ्ग्याइएको छ ।

    यस्तै रतुवामाई नगरपालिकाको प्रमुखमा दुर्गा विष्ट, उपप्रमुख दमयन्ता चुँडाल, रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल र उपप्रमुखमा भूमा पराजुली निरौलाको नाम टुंगो लगाइएको छ ।

    यस्तै धनपालथान गाउँपालिकाको अध्यक्षमा मसहरु मण्डल, जहदा गाउँपालिकाको उपाध्यक्षमा अनिता सोरेनको टुंगो लागेको छ ।रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल, लेटाङ नगरपालिका र बेलबारीको मेयरमा ज्ञानेन्द्र सुवेदी दोहरिएका छन् ।

    रंगेलीका मेयर अग्रवाल हालै मात्र माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए ।

    एमाले मोरङका अध्यक्ष ऋषि केश पोखरेलले आइतबार र सोमबार उम्मेदवारी दर्ता हुने भएकाले बाँकी पालिकाका प्रमुख र उपप्रमुखको नाम आइतबार बिहान सम्म टुङ्ग्याउने बताए ।

    कुल १७ स्थानीय तह रहेको मोरङमा विराटनगर महानगरपालिकासहित पथरी शनिश्चरे,सुन्दरहरैचा नगरपालिका सहित कानेपोखरी र मिक्लाजुङ्ग् गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम टुंग्याउन बाँकी छ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मोरङमा ५ वटा पालिकाको प्रमुख÷अध्यक्ष जितेको थियो । भने ५ वटा पालिकाको उपप्रमुख र उपाध्यक्षमा विजयी भएको थियो ।

  • पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

    पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

    काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।

    केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।

  • एमाले बैठक– काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

    एमाले बैठक– काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

    काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यो पनि पढ्नुहोस्- अहिले एमालेमा हल्लाखल्ला चल्दैन, टिकट दिए जित्छु, नदिए जिताउन हिँड्छु

    यस्तै एमालेले काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।

    पूर्व मिस नेवा डंगोलले  यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गरेकी थिइन् ।

    यो पनि पढ्नुहाेस्- पूर्वमिस नेवाः सुनिताको घोषणा- काठमाडौंको मेयरमा उठ्छु, मसँग सहर विकास गर्ने योजना छन्

     

  • कैलालीमा गठबन्धन : ‘सहमतिको खाकामा’ सहमति हुन सकेन, हस्ताक्षर नगरी निस्किए तीनै दल

    कैलालीमा गठबन्धन : ‘सहमतिको खाकामा’ सहमति हुन सकेन, हस्ताक्षर नगरी निस्किए तीनै दल

    कैलाली । कैलालीमा तालमेललाई अन्तिम रूप दिन बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकले आज पनि सहमति जुटाउन सकेन ।

    सहमतिको अन्तिम खाकामा माओवादी र एकीकृत समाजवादीले असहमति जनाएपछि आज सहमति जुट्न नसकेको हो ।

    नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तह मध्ये आफूले उपमहानगरपालिका सहित सात पालिकामा प्रमुख पाउने, माओवादी केन्द्रले चार पालिकामा प्रमुख पाउने र एकीकृत समाजवादीले दुई पालिकामा प्रमुख पाउने गरी खाका प्रस्तुत गरेको थियो ।

    तर, उक्त खाकामा माओवादी केन्द्र र एकीकृत साजवादीले असहमति जनाएपछि सहमति हुन नसकेको हो ।

    कैलालीमा १३ स्थानीय तह मध्ये अघिल्लो स्थानीय तहमा कांग्रेसले चार पालिका र माओवादी केन्द्र २ पालिकामा विजयी भएको थियो ।

    शनिवार नेपाली कांग्रेसले कांग्रेसले जितेको पालिका बाहेक तीन पालिका र माओवादीले जितेका पालिका बाहेक २ पालिका दिने र एकीकृत समाजवादीलाई दुई पालिका दिने गरी खाका प्रस्तुत गरेको थियो ।

    तर, माओवादी र एकीकृत समाजवादीले आफूहरूको भाग कम भएको भन्दै असहमति जनाए पनि आजको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

    ‘हामीले भन्दा कांग्रेसले झन्डै आधा बढी राख्ने गरी खाका प्रस्तुत भएको थियो’ माओवादी कैलालीका इन्चार्ज हरि ज्ञवालीले भने ‘हामीले त्यो खाका मान्ने कुरै भएन ।’

    माओवादीले अन्तिममा पाँच स्थानीय तह सम्ममा समझदारी गर्न सक्ने उनले व्यक्त गरे । ‘हामी पाँच सम्ममा समझदारी गर्न सक्ने कुरा हुन सक्छ । तर, चारमा हामी मान्दै मान्दैनौँ’ उनले भने ‘ हाम्रा लागि चार पालिकामा सीमित हुनु भन्दा मित्रवत् प्रतिस्पर्धा गर्न उपयुक्त छ ।’

    धनगढी उपमहानगरपालिका सहित टिकापुर लम्की चुहा, गोदावरी,बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले राख्ने र गौरीगङ्गा नगरपालिका ,भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्र लाई दिने गरी खाका प्रस्तुत गरेको थियो ।

    घोडाघोडी नगरपालिका र चुरे गाउँपालिमा सीमित गर्न खोजिएको भन्दै एकीकृत समाजवादीले पनि असहमति जनाएको थियो ।

    ‘हामीलाई कम्तीमा तीन पालिका चाहिन्छ’ वार्तामा बसेका एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सचिव दिनेशराज सुबेदीले भने ‘हाम्रो माग चार पालिका हो । सहमतिका लागि हामी तीन पालिका सम्ममा चित्त बुझाउन सक्छौँ । ’

    उनले कांग्रेस र माओवादीले पहिल्यै प्रारम्भिक खाका बनाएर एकीकृत समाजवादीलाई पेल्ने ढङ्गबाट प्रस्तुत भएको आरोप लगाए ।

    शनिवार कैलालीको विषयमा छलफल टुङ्गो नलागेपछि आइतबार पुनः निर्णायक छलफल गर्ने भनिएको छ ।

  • डोटीका नौ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    डोटीका नौ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    डोटी । नेकपा एमालेले डोटीका नौ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

    यसअघि पाँच वटा पालिकामा टुंगो लगाएको एमालेले शनिवार थप चारमा पनि निर्णय गरेको हो ।

    यसअघि नै जोरायलमा दुर्गा ओझा, सायलमा तेजबहादुर डुम्रेल, बोगटान फुड्सिलमा हस्त बहादुर बुढा, केआइसिंहमा तेज बहादुर माझी र आदर्श गाउँपालिकामा डम्बर ओलीको नाम टुंगो लागिसकेको थियो । ओली गाउँमा नै मतदानबाट उम्मेदवार चुनिएका थिए ।

    बाँकी रहेको चार पालिकामा प्रदेश समितिले आज टुंगो लगाएको हो । प्रदेश समितिले बडीकेदार गाउँपालिकामा चक्रबहादुर घर्तीमगर, शिखर नगरपालिकामा भीमबहादुर बलायर, दिपायल सिलगढी नगरपालिकामा लक्ष्मण मलासी र पूर्विचौकीमा कृष्णबहादुर खड्कालाई उम्मेदवार बनाएको स्रोतले बतायो ।

    अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन ।

  • मेयरमा उठ्न नपाउने भएपछि यादवले छाडे जसपा

    मेयरमा उठ्न नपाउने भएपछि यादवले छाडे जसपा

    विराटनगर । विराटनगर महानगरपालिको मेयरका आकांक्षी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् ।

    गठबन्धनमा भएको सहमतिअनुसार मेयर नेपाली कांग्रेसको भागमा परेपछि उनले राजीनामा दिएका हुन् । पार्टीबाट टिकट नपाउने भएपछि असन्तुष्ट बनेका यादवले आज पत्रकार सम्मेलन गर्दै परित्यागको घोषणा गरेका हुन् ।

    महानगरको उपमेयर जसपाको भागमा परेको छ ।

    पत्रकार सम्मेलनमा उनले भने, ‘मेयरमा जसपा एक्लै लड्दा पनि जित्ने अवस्थामा गठबन्धन आवश्यक थिएन । कार्यकर्ताको भावना विपरीत गरिएको निर्णय मलाई स्वीकार्य नभएकाले पार्टी परित्याग गरेका हुँ ।’

    उनले निर्वाचनमा आफू स्वतन्त्र हैसियतमा मेयरमा लड्ने बताए ।

    गएको २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए ।

    सो निर्वाचनमा पराजुलीले २३ हजार ३१ मत ल्याएका थिए । एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए ।

    गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो ।

    उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीलाई एमालेले समर्थन गरेको थियो ।

    विराटनगरमा १९ वडा छन् । अहिले १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन् ।

    निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरमा मात्रै एक लाख ३३ हजार १४२ मतदाता छन् । २०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता थिए ।

    ०७४ सालको निर्वाचनमा एमाले र माओवादीको २४ हजार २१९ मत थियो । कांग्रेस र राप्रपाको २६ हजार १५१ थियो । यस्तै, जसपाको १० हजार ९३२ थियो ।

  • माओवादीले छान्यो वीरेन्द्रनगरमा मेयरको उम्मेदवार

    माओवादीले छान्यो वीरेन्द्रनगरमा मेयरको उम्मेदवार

    सुर्खेत । नेकपा माओवादी केन्द्रले सुर्खेतको वीरेन्द्रनगरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।

    शनिवार नेकपा माओवादी केन्द्र सुर्खेतले वीरेन्द्रनगर नगरप्रमुखका लागि राजेन्द्र गिरीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।

    गठबन्धनमा सहमति जुट्ने सम्भावना नभएपछि माओवादीले एक्लै चुनावमा भिड्ने निर्णय गरेको हो । यद्यपि उपप्रमुखका लागि भने हरिमाया शर्मा, रत्न गाहा मगर, शान्ति ढकाल र गीता तिमिल्सेनाले दाबी गरेका छन् ।

    माअ‍ोवादीले नगरप्रमुख सहित अन्य उम्मेदवारको टुंगो लगाउन प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

  • मेयरमा हारेका भूपबहादुर बने घोराहीमा गठबन्धनको उपमेयर उम्मेदवार

    मेयरमा हारेका भूपबहादुर बने घोराहीमा गठबन्धनको उपमेयर उम्मेदवार

    दाङ । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकामा भूपबहादुर डाँगीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

    मेयर माओवादीको भागमा परेपछि उपमेयर पाएको कांग्रेसले डाँगीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको दाङ काँग्रेसका सभापति शंकर डाँगीले जानकारी दिएका छन् ।

    डाँगी २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा चुनाव लडेर एमालेका नरूलाल चौधरीसँग पराजित भएका थिए ।

    घोराहीमा गठबन्धनका तर्फबाट हेमराज शर्मालाई माओवादीले मेयरको उम्मेदवार बनाएको छ ।

  • झापाका दुई नगरपालिकामा एमालेले उठायो मेयरमा महिला उम्मेदवार

    झापाका दुई नगरपालिकामा एमालेले उठायो मेयरमा महिला उम्मेदवार

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका १५ स्थानीय तहमध्ये मुख्य दुई नगरपालिकामा एमालेले महिलालाई मेयरको उम्मेदवार बनाएको छ ।

    एमालेले दमकको मेयरमा गीता अधिकारी र बिर्तामोडको मेयरमा पवित्रा महतरा प्रसाईँलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले बताए ।

    अधिकारी र महतरा हाल उपमेयर छन् । महिलाको प्रतिनिधित्व बढाउन हालका दुई उपमेयरलाई मेयरमा उम्मेदवार बनाइएको उनले बताए । दमक एमाले अध्यक्ष ओलीको गृह नगर हो ।

    गीता अधिकारी एमाले केन्द्रीय सदस्य समेत हुन् । प्राध्यापन पेसाबाट राजनीतिमा सक्रिय भएकी अधिकारी एमाले बाहिरसमेत लोकप्रिय रहेकाले उनलाई मेयरमा अघि सारिएको बताइएको छ ।