Category: स्थानीय निर्वाचन–२०७९

  • कास्कीका बाँकी ४ गाउँपालिकामा भागबन्डा, सबैको अध्यक्ष कांग्रेसलाई

    कास्कीका बाँकी ४ गाउँपालिकामा भागबन्डा, सबैको अध्यक्ष कांग्रेसलाई

    पोखरा । सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष कांग्रेसले पाउने भएको छ ।

    आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको भागबन्डा मिलाएको हो । पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ । उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन् ।

    जिल्ला समन्वय समिति प्रमुखमा माओवादीले पाउने निर्णय भएको गठबन्धनमा सहभागी एक सदस्यले बताए । अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन् ।

    जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिएको छ । प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले मित्रवत् प्रतिस्पर्धा गरेर जान लागेको बताए । वडाहरूको समेत भागबन्डा लगभग टुंगिएको छ । तर सार्वजनिक भने गरिएको छैन ।

  • र्‍यापर बालेनले दिए काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी

    र्‍यापर बालेनले दिए काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर बालेन्द्र शाह (बालेन) ले मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समर्थक युवासहित पुगेका बालेनले पुरानो पुस्ताको क्रमभंगता गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

    बालेनले चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन् ।

    शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन् ।

    तस्बिरहरू : उमेश कार्की ।

  • ललितपुरमा १० पटक वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकारले दिए उम्मेदवारी

    ललितपुरमा १० पटक वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकारले दिए उम्मेदवारी

    ललितपुर । २०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका-१० को वडाध्यक्षमा स्वतन्त्रबाट ७६ वर्षीय नरसिंह व्यञ्जनकारले जितेका थिए । उनले वडाध्यक्ष जितेको त्यो एकमात्र समय थिएन । त्योसँगै उनको विजययात्रा १० पटक भइसकेको थियो ।

    त्यसबेला पनि स्वतन्त्रबाट निर्वाचन लडेका व्यञ्जनकारले ६९१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसले कर्मलाल व्यञ्जनकारले ५९४ मत ल्याएका थिए ।

    यसपटक उनी ८१ वर्षका भए । अहिलेपनि उनी स्वतन्त्रबाटै वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले जनताको आग्रहमा फेरि उम्मेदवारी दिएको बताए ।

    उनी २०२९ सालमा पहिलो पटक निर्दलीय उम्मेदवार भएर वडाध्यक्ष निर्वाचित भएका थिए । त्यसपटक दरबारनिकट उम्मेदवार देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता भएका हरेक निर्वाचनमा उनी वडाध्यक्ष जित्दै आएका छन् ।

  • पत्रकार चापागाईंले एमालेबाट पाए तिलोत्तमाकाे मेयर टिकट

    पत्रकार चापागाईंले एमालेबाट पाए तिलोत्तमाकाे मेयर टिकट

    रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा पूर्वकेन्द्रीय सदस्य मोहन चापागाईंले तिलोत्तमा नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको टिकट पाएका छन् । उनीसँगै वर्तमान उपमेयर जागेश्वरीदेवी चौधरीले दोहो¥यारिन पाउने भएकी छन् ।

    पत्रकारितासँगै राजनीतिमा जोडिएका चापागाईं अहिले पनि बुटवलबाट प्रकाशन हुने दैनिक लुम्बिनीको मुख्य जिम्मेवारीमा छन् । एमाले रुपन्देहीको जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख बनिसकेका चापागाईं अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।

    गत स्थानीय तहको निर्वाचनमा समेत मेयरको टिकट पाएका चापागाईंलाई पछि पार्टीले फिर्ता बोलाएर बासुदेव घिमिरेलाई मेयर उम्मेदवार बनाएको थियो । पार्टीको संस्थापन समूहमा रहेका उनी नेता विष्णु पौडेल नजिक मानिन्छन् ।

    गत स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरमा एमालेले २१,८६८, कांग्रेसले १९,०९४ र माओवादीले २,६५१ मत ल्याएका थिए । कांग्रेस र जनमुक्तिले गठबन्धन गरेका थिए । त्यो बेला यहाँ शक्ति जनमुक्तिको मत ३,५०० हिसाब रहेको थियो ।

    यहाँ जसपा र नेकपा एसले पनि केही मत ल्याउने भएकाले पाँचदलीय गठबन्धनविरुद्ध जीत निकाल्न चापगाईंले कडा मेहनत गर्नुपर्ने स्थानीय नेताहरुको अनुमान छ ।

    तिलोत्तमा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटव्युरो सदस्यहरु लीला गिरी, दधिराम न्यौपानेलगायतका नेताहरुको निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका हो ।

    त्यस्तै कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र राप्रपा नेता दीपक बोहोराको निर्वाचन क्षेत्र पनि हो तिलोत्तमा नगरपालिका ।

  • रूपन्देहीमा एमालेले टुंगो लगायो १६ पालिकाका उम्मेदवार (सूचीसहित)

    रूपन्देहीमा एमालेले टुंगो लगायो १६ पालिकाका उम्मेदवार (सूचीसहित)

    रूपन्देही । रुपन्देहीमा नेकपा एमालेका १६ पालिकाका प्रमुख उपप्रमुखहरुको टुंगो लगाएको छ ।

    १. बुटवल उपमहानगरपालिका मेयर बाबुराम भट्टराई उपमेयर सावित्रा अर्याल

    २. देवदह नगरपालिकामेयर ध्रुवप्रसाद खरेल उपमेयर बिद्यालक्ष्मी गुरुङ्ग

    ३. तिलोत्तमा नगरपालिका मेयर मोहन चापागाई उपमेयर जागेश्वरीदेवी चौधरी

    ४. सैनामैना नगरपालिका मेयर चित्रवहादुर कार्की उपमेयर विना राना

    ५. ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव उपाध्यक्ष निर्मलाकुमारी निषाद

    ६. रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव उपाध्यक्ष बसन्ती पाण्डे

    ७. सिद्धार्थनगर नगरपालिका मेयर डा।रामप्रसाद बश्याल उपमेयर उमा अधिकारी

    ८. मायादेवी गाउँपालिका अध्यक्ष लाला लोध उपाध्यक्ष सन्नु चाई

    ९. मर्चवारीमाई गाउँपालिका अध्यक्ष कमलेस यादव उपाध्यक्ष बिन्द्रावती गौड

    १०. सम्मरीमाई गाउँपालिका अध्यक्ष मुस्लिम खान उपाध्यक्ष पिंकला लोध

    ११. कोटहीमाई गाउँपालिका अध्यक्ष श्यामसुन्दर यादव उपाध्यक्ष मायाँ साहनी

    १२. लुम्बिनी साँस्कृतिक नगरपालिका मेयर रमावती यादव उपमेयर कल्पना हरिजन

    १३. गैडहवा गाउँपालिका अध्यक्ष पशुपति यादव उपाध्यक्ष मन्जु रिजाल

    १४. कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णवहादुर क्षेत्री उपाध्यक्ष गोमा तरामु

    १५. शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी उपाध्यक्ष शान्तादेवी ज्ञवाली

    १६. सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु उपाध्यक्ष अमृता गुरुङ्ग

  • दलबलसहित काठमाडौं मेयर-उपमेयरमा विवेकशीलले गर्‍यो मनोनयन दर्ता (तस्बिरहरू)

    दलबलसहित काठमाडौं मेयर-उपमेयरमा विवेकशीलले गर्‍यो मनोनयन दर्ता (तस्बिरहरू)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर-उपमेयरसहित विवेकशील साझा पार्टीले अघि सारेका उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । सो पार्टीका तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन दर्ता गरेका छन् ।

    दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मध्यान्ह उनीहरूले मनोनयन दर्ता गराएका छन् ।

    ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा तय गर्दै विवेकशीलले आफ्ना उम्मेदवार अघि सारेको छ ।

    मेयरकी उम्मेदवार समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् ।

    उपमेयरमा अघि सारिएकी कीर्ति पार्टीकी केन्द्रीय सदस्य छिन् । उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षामा स्नातकोत्तर गरेकी ६२ वर्षीया कीर्ति अन्तर्राष्ट्रिय जेसीजको दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको विवेकशीलले जनाएको छ ।

    अघिल्लो निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा प्रचारित विवेकशील नेपाली दलबाट चुनाव लडेकी रन्जु न्यौपाने (दर्शना) ले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थान हासिल गर्दा, स्वतन्त्रबाट उम्मेदवार दिएका किशोर थापा १८ हजार ४ सय ९६ मत ल्याएर चौथो भएका थिए । उनलाई तत्काल निर्वाचन आयोगमा दर्ता हुन बाँकी रहेको रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीको सहयोग थियो ।

    तस्बिरहरू : उमेश कार्की । 

  • माओवादीलाई अध्यक्ष दिन नसकिने भन्दै पाल्पा तिनाउका कांग्रेस नेताको सामूहिक विरोध

    माओवादीलाई अध्यक्ष दिन नसकिने भन्दै पाल्पा तिनाउका कांग्रेस नेताको सामूहिक विरोध

    रूपन्देही । पाल्पाको तिनाउ गाउँपालिकामा नेपाली कांग्रेसका ६ वटै वडा सभापति तथा गाउँ सभापतिले माओवादीलाई पालिका नेतृत्व दिन असहमत भएको भन्दै सामूहिक निवेदन जिल्ला नेतृत्वमा बुझाएका छन् ।

    गाउँ सभापति प्रेम पाण्डेले सबै वडासभापति तथा आफ्नोसमेत हस्ताक्षरमा कुनै हालतमा माओवादीलाई नेतृत्व बुझाउन नसकिने जानकारी जिल्ला नेतृत्वलाई दिएको नेपाल प्रेसलाई बताए ।

    शनिबार पाल्पाका सबै पालिकामा गठबन्धन हुँदा तिनाउ माओवादीको भागवण्डामा परेपछि यहाँका कांग्रेस नेताकार्यकर्ता आन्दोलन सुरू गरेका छन् ।

    गाउँ सभापति पाण्डेले लोकतन्त्र र प्रजातन्त्र मान्ने कांग्रेसले माओवादीका लागि राजनीति गर्न नहुने सबैको मत रहेको बताए । उनले कांग्रेस कार्यकर्ताका हात समातेर माओवादीलाई जिताउन नसकिने र जे जति मत आउँछ सबै ठाउँमा उम्मेदवारी दिने दावी गरेका छन् ।

  • बाजुराका ९ स्थानीय तहमा यी हुन् एमालेका उम्मेदवार

    बाजुराका ९ स्थानीय तहमा यी हुन् एमालेका उम्मेदवार

    कैलाली । स्थानीय तह निर्वाचनको लागि बाजुराका ९ वटै पालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगिएको छ । एमालेका अनुसार उम्मेदवारको सूची यसप्रकार छ :

    १) जगन्नाथ गाउँपालिका

    अध्यक्ष : कालीबहादुर शाही
    उपाध्यक्ष : मरुकला विष्ट

    २) गौमुल गाउँपालिका

    अध्यक्ष : हरिबहादुर रोकाया
    उपाध्यक्ष : सीता थापा

    ३) हिमाली गाउँपालिका

    अध्यक्ष : अजबहादुर मल्ल
    उपाध्यक्ष : राजकला सार्की

    ४) स्वामिकार्तिक गाउँपालिका

    अध्यक्ष : चतुरभुज शाही
    उपाध्यक्ष : सुलोचना भण्डारी बुढा

    ५) खप्तड छेडेदह गाउँपालिका
    अध्यक्ष : दिल बहादुर रावत
    उपाध्यक्ष : मनदेवी ओली

    ६) बुढीनन्दा नगरपालिका

    नगर प्रमुख : जनककुमार बोहरा
    उपप्रमुख : मनु रोकाया बि सि

    ७) बडिमालिका नगरपालिका
    प्रमुख : अमर खड्का
    उपप्रमुख : नन्दा थापा

    ८) बुढीगङ्गा नगरपालिका

    प्रमुख : रामबहादुर बानिया
    उपप्रमुख : माया कुवर

    ९) त्रिवेणी नगरपालिका

    प्रमुख : मोतिसिह बुढा
    उपप्रमुख : पार्वतीदेवी विष्ट

  • झापादेखि दार्चुलासम्म- यी हुन् राप्रपाका नगर हाँक्न तम्सिएका उम्मेदवार (सूचीसहित)

    झापादेखि दार्चुलासम्म- यी हुन् राप्रपाका नगर हाँक्न तम्सिएका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । राजेन्द्र लिङ्देनको नेतृत्वमा देशव्यापी माहौल निर्माण गरिरहेको राप्रपाले विराटनगर र भरतपुरबाहेक चारवटै महानगरपालिकासहित प्रमुख नगरहरूमा उम्मेदवार तय गरेको छ ।

    विराटनगरमा महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने तयारी छ भने भरतपुरमा उपमेयर लिएर एमालेसँग तालमेलको तयारी भइरहेको राप्रपा स्रोतले जनाएको छ । यसपटक राप्रपाले अधिकांश स्थानीय तहमा एक्लै चुनाव लड्ने तयारी गरेको छ ।

    हालसम्म तय भएका राप्रपाका उम्मेदवार यसप्रकार छन् :

    महानगरपालिका

    १. काठमाडौं

    मेयरः मदनदास श्रेष्ठ

    उपमेयर : विनित मगैया

    २. ललितपुर

    मेयरः अष्ट महर्जन

    उपमेयरः स्वर्णिमा शाक्य

    ३. पोखरा

    मेयरः शंकर खराल

    उपमेयरः रञ्जु सेन

    ४. वीरगञ्ज

    मेयरः गिरिश गिरी

    उपमेयरः बिना जयसवाल

    उपमहानगरपालिका

    ५. बुटवल

    मेयरः मृगेन्द्र शेरचन

    ६. घोराही

    मेयरः सरिता देवकोटा

    नगरपालिका

    ७. शुक्लाफाँटा (कन्चनपुर)

    मेयरः जितबहादुर भण्डारी

    उपमेयरः लक्ष्मी चन्द

    ८. बिर्तामोड (झापा)

    मेयरः ध्रुव उप्रेती

    उपमेयरः रन्जु प्याकुरेल

    ९. सिद्धार्थनगर (रुपन्देही)

    मेयरः सागरप्रताप राणा

    १०. देवदह (रुपन्देही)

    मेयरः माधव रिमााल

    ११. तिलोत्तमा (रुपन्देही)

    मेयरः भुवन खनाल

    १२. सैनामैनामा (रुपन्देही)

    मेयरः मीनप्रसाद घिमिरे

    १३. तानसेन (पाल्पा)

    मेयरः सुदीप रेग्मी

    उपमेयरः बिर्जु खाती

    १४. दमक (झापा)

    मेयरः राम थापा

    १५. गौरादह (झापा)

    मेयरः गोपाल पौड्याल

    उपमेयरः भरिपूर्ण राई

    १६. जिरी (दोलखा)

    मेयरः किरण खड्का

    उपमेयरः श्रृष्टी न्यौपाने

    १७. गोदावरी (ललितपुर)

    मेयरः राजकुमार महर्जन

    उपमेयरः रञ्जिता श्रेष्ठ

    १८. मेचीनगर (झापा)

    मेयर :रमेश दाहाल

    उपमेयरः सबिना बजगाई

    १९. बाह्रदशी (झापा)

    मेयरः रामकुमार सिंह राजवंशी

    उपमेयरः निमसरी राजवंशी

    २०. भीमदत्त (कन्चनपुर)

    मेयरः गजेन्द्र चन्द

    उपमेयरः हेलेन श्रेष्ठ

    २१. बेलौरी (कन्चनपुर)

    मेयरः अभिशेक जोशी

    २२. गोकुलेश्वर (दार्चुला)

    मेयरः रामानन्द सरस्वती स्वामी

    २३. मधुवन (बर्दिया)

    मेयरः गिरिराज पुरुष

    २४. ब्यास (तनहु)

    मेयरः दौलत अधिकारी

    २५. भानु (तनहुँ)

    मेयरः शेरजंग अधिकारी

    २६. भिमाद (तनहु)

    मेयरः बिष्णुभक्त खनाल

    २७. शुक्लागण्डकी (तनहु)

    मेयरः बिष्णु थापा

    २८. निजगढ (बारा)

    मेयरः सावित्री देवी भारती

    उपमेयरः बासुदेव तिमल्सिना

    २९. चापाकोट (स्यांजा)

    मेयरः मुन शाह

    ३०. उपमेयरः जीवन पंगेनी

    पुतलीबजार (स्याङजा)

    मेयरः तुलसिंह ठकुरी

    ३१. गोरखा

    मेयरः रुद्रराज पाण्डे

    उपमेयरः सम्झना लामिछाने

    ३२. बूढानीलकण्ठ (काठमाडौं)

    मेयरः निनादेवी भेटवाल

    ३३. कोहलपुर (बाँके)

    मेयरः प्रदीप शाह

    उपमेयरः सावित्रा घिमिरे

    ३४. घोडाघोडी (कैलाली)

    मेयरः निरज मल्ल

  • काठमाडौंको मेयर बन्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

    काठमाडौंको मेयर बन्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

    हेटौंडा । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बन्न लागेका केशव स्थापितले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले वागती प्रदेशका सभाामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

    आजैदेखि लागू हुने गरी स्थापितले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    यसअघि भरतपुरको मेयर बन्न विजय सुवेदीले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । अब वागमतीमा एमालेका दुई सदस्य घटेका छन् ।

     

  • सप्तरी सुरुङ्गामा तालमेल : जसपालाई मेयर, उपमेयर माओवादीलाई

    सप्तरी सुरुङ्गामा तालमेल : जसपालाई मेयर, उपमेयर माओवादीलाई

    जनकपुरधाम । सप्तरीको सुरुङ्गा नगरपालिकामा जसपा र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति बनेको छ ।

    माओवादीका नगर अध्यक्ष यमबहादुर खपांगी मगर र जसपाका दिनेशकुमार यादवले चुनावी तालमेल गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार मेयर पाएका जसपाले साविर खान र उपमेयर पाएका माओवादीले शिवकुमार राम (देव) लाई उम्मेदवार बनाएका छन् ।

    उपमेयर उम्मेदवार राम जनयुद्धका घाइते हुन् । उनी तत्कालीन माओवादी जनमुक्ति सेनाका कम्पनी कमाण्डर थिए ।

    संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिहरुको चलखेल बढिरहेको बेला त्यसलाई परास्त गर्न पाँच दलीय गठबन्धनको मर्म र भावनाअनुसार तालमेल गरी चुनाव लड्ने सहमति भएको सम्झौता पत्रमा उल्लेख छ ।

  • काठमाडौं महानगर मेयरमा दुईजनाले गराए मनोनयन (तस्बिरहरू)

    काठमाडौं महानगर मेयरमा दुईजनाले गराए मनोनयन (तस्बिरहरू)

    काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको प्रमुखमा पहिलो उम्मेदवारी परेको छ ।

    राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गरेका छन् । उनी काठमाडौं महानगरपालिका-१९ का बासिन्दा हुन् । उनको उमेर ३७ वर्ष रहेको छ ।

    मनोनयन दर्तापछि पत्रकारसँग बोल्दै जोशीले जित्नभन्दा पनि नराम्रो उम्मेदवारलाई हराउन आफ्नो उम्मेदवारी रहेको बताए ।

    त्यस्तै स्वतन्त्रबाट राजन कार्कीले मनोनयन दर्ता गराएका छन् । उनी १० वर्षदेखि ट्राभल व्यवसायमा संलग्न छन् ।
  • एमालेले बाँकेमा पनि टुंग्यायो उम्मेदवार, यी हुन् आठै तहका प्रतिस्पर्धी

    एमालेले बाँकेमा पनि टुंग्यायो उम्मेदवार, यी हुन् आठै तहका प्रतिस्पर्धी

    रुपन्देही । नेकपा एमालेले बाँकेका आठवटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । जिल्ला तथा प्रदेशबाट सर्वसम्मत हुन नसकेको तीन स्थानीय तहमा नेकपा एमाले केन्द्रीय समितिमार्फत उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

    यसअघि सर्वसम्मत छनोट हुन नसकेका बाँके कोहलपुरको मेयरमा उम्मेदवार खिलप्रसाद भुसाल‚ उपमेयरमा अस्मिता थारु चयन भएका छन् भने बैजनाथ गाउँपालिकामा अध्यक्ष घननाथ खनाल‚ उपाध्यक्ष प्रेमपूर्ण योगी छनोट भएका छन् । त्यस्तै एमालेले राप्तीसोनारी गाउँपालिकामा अध्यक्षमा रामदास थारु र उपाध्यक्षमा चमेली वाकवलको उम्मेदवारी तय गरेको हो ।

    यसअघि एमाले बाँकेले अन्य पाँच स्थानीय तहमा सर्वसम्मत उम्मेदवारीको नामावली प्रकाशित गरिसकेको छ । सर्वसम्मतमा नरैनापुर गाउँपालिकाको अध्यक्षमा पदमावति यादव, उपाध्यक्षमा रामकमार दिक्षितस डुडुवा गाउँपालिका अध्यक्षमा सरोजकुमारी यादव, उपाध्यक्षमा सकिल खास नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्रा, उपमेयरमा शान्ति ढकालको उम्मेदवारी तय गरेको सार्वजनिक गरिसकेको थियो ।

    यसैगरी जानकी गाउँपालिका अध्यक्षमा हेमन्सु यादव, उपाध्यक्षमा भूमिसरा धिताललाई चयन गरेको छ भने खजुरा गाउँपालिका अध्यक्षमा सुमन मल्ल र उपाध्यक्षमा नजिरा बेगमको नाम टुंग्याएको हो ।

    नेकपा एमाले केन्द्रीय सदस्य सूर्य ढकालले सर्वसम्मत हुन नसकेका उम्मेदवारहरूको सवालमा प्रदेश कमिटीहुँदै केन्द्रीय कमिटीले अन्तिम निर्णय गरेको जानकारी दिएका छन् ।

     

  • बर्दियाका आठै तहमा एमालेले उम्मेदवार टुंग्यायो

    बर्दियाका आठै तहमा एमालेले उम्मेदवार टुंग्यायो

    रुपन्देही । बर्दियामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आठवटै पालिकामा उम्मेदवारको नाम टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ ।

    मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा र उपप्रमुखमा संगिता विक चयन भएका छन् भने बासगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा ईन्द्रा थारुलाई उम्मेदवार बनाउने टुंगो लगाएको पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । उनका अनुसार ठाकुरबाबा नगरपालिकाको प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा बिना भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

    राजापुर नगरपालिकाको प्रमुखमा पहाडी थारु र उपप्रमुखमा सावित्री शर्मा उम्मेदवार चयन गरेको छ । बारबर्दिया नगरपालिका प्रमुखमा पार्टी सचिव पदम ढकाल र उपप्रमुखमा नारायणी थारुको नाम उम्मेदवारका लागि टुंग्याएको छ ।

    त्यस्तै गेरुवा गाउँपालिका प्रमुखमा भरत धामी र उपप्रमुखमा मन्जु शर्मा र बढैयाताल गाउँपालिका प्रमुखमा पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी अधिकारीलाई चयन गरिएको छ ।

  • धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हमालद्वारा मनोनयन दर्ता

    धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हमालद्वारा मनोनयन दर्ता

    कैलाली । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।

    उनीसहित वडा नम्बर ४, ५, ९, १४, १५ र १६ का वडाध्यक्षले पनि मनोनयन दर्ता गरेका छन् । स्वतन्त्रतर्फ ४ मा सिद्धराज पनेरू, ५ मा पदमराज भट्ट, ९ मा रमेशबहादुर बिष्ट , १४ मा एम लामिछाने र १५ मा कमलबहादुर ढाट र १६ मा निर्मलकुमार ओझाले मनोनयन दर्ता गरेका हुन् ।

  • यी हुन् रुपन्दहीका उपमहानगर र नगरपालिकाका एमाले उम्मेदवार (सूचीसहित)

    यी हुन् रुपन्दहीका उपमहानगर र नगरपालिकाका एमाले उम्मेदवार (सूचीसहित)

    रूपन्देही । नेकपा एमालेले रूपन्देहीका उपमहानगर र नगरपालिकामा उम्मेदवार चयन गरेको छ । केही पालिकामा समस्या भएकाले १६ वटा पालिकाको नाम सार्वजनिक गरिएको छैन ।

    यी हुन् टुंगिएका उपमहानगर र नगरपालिकाका उम्मेदवार

    बुटवल उपमहानगर

    मेयरः बाबुराम भट्टराई
    उपमेयरः सावित्रा अर्याल

    तिलोत्तमा नगरपालिका

    मेयरः मोहन चापागाईं
    उपमेयरः जागेस्वरीदेवी चौधरी

    सैनामैना नगरपालिका

    मेयरः चित्र कार्की
    उपमेयरः बिना राना

    देवदह नगरपालिका

    मेयरः ध्रुव खरेल
    उपमेयरः विद्यालक्ष्मी गुरुङ्ग

    सिद्वार्थनगर नगरपालिका

    मेयरः डा. रामप्रसाद बस्याल
    उपमेयरः उमा अधिकारी

  • हेटौंडा उपमहानगरसहित यी हुन् मकवानपुरमा एमालेका उम्मेदवार (सूचीसहित)

    हेटौंडा उपमहानगरसहित यी हुन् मकवानपुरमा एमालेका उम्मेदवार (सूचीसहित)

    हेटौंडा । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकासहित जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ ।

    उपमहानगरपालिकाको मेयरमा पूर्व सांसद अनन्त पौडेलको टुंगो केन्द्रीय सचिवालय बैठकले लगाएको थियो । बाँकी उम्मेदवार प्रदेशले टुंगो लगाएर पठाएको छ ।

    मकवानपुरका एमाले उम्मेदवार यसप्रकार छन् :

    बागमति गाउँपालिका
    अध्यक्ष : खेमराज जर्गामगर
    उपाध्यक्ष : धनमाया स्याङ्तान

    बकैया गाउँपालिका
    अध्यक्ष : सरला बोलखे
    उपाध्यक्ष : लालबहादु स्याङ्तान

    मकवानपुरगढी गाउँपालिका
    अध्यक्ष : बिदुर हुँमगाई
    उपाध्यक्ष :सन्तु थिङ

    भीमफेदी गाउँपालिका
    अध्यक्ष : हिदम लामा
    उपाध्यक्ष : पार्वती राना

    इन्द्रसरोबर गाउँपालिका
    अध्यक्ष :देबकृष्ण पुडासैनी
    उपाध्यक्ष : उमा लामा

    थाहा नगरपालिका
    मेयर : अच्युतम ढकाल
    उपमेयर : कल्पना बलामी

    कैलाश गाउँपालिका
    अध्यक्ष : नरेन्द्रलाल रिजाल
    उपाध्यक्ष : सुकुमाया थिङ

    राक्सिराङ गाउँपालिका
    अध्यक्ष : बाबुलाल स्याङतान
    उपाध्यक्ष : सुन्तलीमाया प्रजा

    मनहरी गाउँपालिका
    अध्यक्ष : एकराज उप्रेती
    उपाध्यक्ष : सुजिता थिङ

    हेटौँडा उपमहानगरपालिका
    मेयर : अनन्तप्रसाद पौडेल
    उपमेयर : सुमित्रा काफ्ले

  • विराटनगर महानगरमा पहिलो मनोनयन, वडा नम्बर १० मा स्वतन्त्रले दिए उम्मेदवारी

    विराटनगर महानगरमा पहिलो मनोनयन, वडा नम्बर १० मा स्वतन्त्रले दिए उम्मेदवारी

    विराटनगर । विराटनगर महानगरपालिका १० को वडाअध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा महानगर वडा नम्बर १० को सदस्यमा मोहन शाह र अध्यक्षमा माधव वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    वाग्ले गएको स्थानीय तहको निर्वाचनमा ८८५ मत ल्याएर विजयी भएका थिए ।

    विराटनगरमा पाँच दलीय गठबन्धनले उम्मेदवार नटुंग्याएका कारण भोलिमात्र उम्मेदवारी मनोनयन गर्ने तयारी छ । महानगरको मेयर पद कांग्रेसको भागमा परेको छ भने उपमेयर जनता समाजवादी पार्टीको भागमा परेको छ। दुबै दलबाट मेयर र उपमेयरको अहिलेसम्म टुंगो लागेको छैन ।

    नेकपा एमालेले विराटनगर उपमहानगरका लागि मेयर उमपेयर टुंग्याइसकेको छैन ।

  • शब्दचित्रमा चिनौं धरान र इटहरी उपमहानगरपालिकाका एमाले उम्मेदवार

    शब्दचित्रमा चिनौं धरान र इटहरी उपमहानगरपालिकाका एमाले उम्मेदवार

    इटहरी । प्रदेश १ का दुई उपमहानगर छन् । यी दुइटै उपमहानगर सुनसरीमै छन् र एकापसमा जोडिएका छन् ।

    यी उपमहानगरको मेयर र उपमेयर उम्मेदवार सार्वजनिक गर्न गठबन्धनभन्दा अगाडि नेकपा एमाले आएको छ । एमालेले शनिबार साँझ यी दुई उपमहानगरको उम्मेदवार फाइनल गरेको हो । कांग्रेस नेतृत्वको गठबन्धनले भने दुइटै उपमहानगरको उम्मेदवार फाइनल गरेको छैन ।

    धरानमा एमालेका मेयर पूर्वउपमेयर, उपमेयरमा पूर्ववडा अध्यक्ष

    मेयर उम्मेदवार मञ्जु भण्डारी

    एमालेले धरानको मेयरमा मञ्जु भन्डारीलाई उम्मेदवार सिफारिस गरेको छ । भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा उपमेयर निर्वाचित भएकी थिइन् । मेयर तारा सुब्बाको निधनपछि २०७५ साउनदेखि २०७६ मंसिरसम्म उनले कार्यबाहक मेयर भएर धरान हाँकेकी थिइन् । भण्डारी धरान १५ आडालाइनकी स्थायी बासिन्दा हुन् । उनको जन्म २०३९ साउन २ गते इटहरी ८ मा भएको थियो । विद्यार्थी जीवनमै राजनीतिमा डेब्यु गरेकी भण्डारीले इटहरी केन्द्रित दोस्रो जनआन्दोलन सशक्त सहभागी भएकी थिइन् ।

    २०५३ सालमा इटहरी जनता माविमा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा उनी सदस्य भइन् । उनी दुई कार्यकाल अनेरास्ववियूको केन्द्रीय सदस्य भइन् । २०६२÷६३ को जनआन्दोलनमा लडाकु युवा नेताको छवि बनाएकी थिइन् भण्डारीले । २०६१ देखि २०६३ सम्म उनी पटकपटक थुनामा परिन् । २०६४ बाट उनले धरान केन्द्रित राजनीति गरिरहेकी छिन् । २०५८ सालमा राजाको संकटकालताका उनी एमालेको संगठित सदस्य भइन् । दुई पटक सुनसरी जिल्ला कमिटी सदस्य भएकी उनी एमालेको बुटवलमा भएको आठौं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

    दशौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य तथा सुनसरी जिल्लाको सहइन्चार्ज भएकी छिन् । भारत, चीन, कोरियालगायतका देशमा पुगेकी भण्डारी सुनसरीमा चिनिएकी विकासे कार्यकर्ता तथा सामाजिक अभियन्ता पनि हुन् ।

    उपमेयर उम्मेदवार पदम लिम्बू

    धरानको उपमेयरका उम्मेदवार पदम लिम्बू धरानको विकासे रेखाचित्र कोर्ने पूर्वमेयर मनोज मेन्याङ्बोका टिममेट हुन् । मनोज मेन्याङ्बो मेयर हुँदा लिम्बू धरान १९ का वडा अध्यक्ष थिए । राजनीति, खेलकुद, कानुनमा राम्रो जानकारी राख्ने लिम्बू जस्ता युवाहरुको साथ पाएरै २०५४ देखि २०५९ सम्म मनोज मेन्याङ्बोको कार्यकाल सफल रहेको बताइन्छ । आज धरानमा त्यो कार्यकालमा जनसहभागिताबाट बनेका चिल्ला सडकदेखि धरानको घन्टाघर जस्ता संरचनामा मनोज मेन्याङ्बोले पाउने क्रेडिटका एक सहयोगी लिम्बू पनि हुन् ।

    ५३ वर्ष अगाडि तेह्रथुमको खाम्लालुङमा जन्मिएका लिम्बूको साइनो धरानले २०७४ मा विजयी गराएका मेयर तारा सुब्बासँग पनि छ । सुब्बा लिम्बूका साइनोले भान्जा पर्छन् । २०४८ सालबाट २०५४ सम्म धरानको किरातेश्वर निमाविमा शिक्षक भएर काम गरेका लिम्बूले धरानको महेन्द्र बहुमुखी क्याम्पसमा लेक्चररको रुपमा समेत काम गरे । उनले महेन्द्र बहुमुखी क्याम्पसमा २०५१ देखि २०५२ सम्म पढाएका थिए । कानुन व्यवसायीको रुपमा २०५१ देखि अभ्यास गरेका उनले स्थानीय जनप्रतिनिधि भएपछि वकालत पेसालाई साइडमा राखेका थिए । २०५९ देखि उनी निरन्तर अधिवक्तामा सक्रिय छन् ।

    एमाले जिल्लाका प्रभावशाली नेता लिम्बू दोस्रो जनआन्दोलनपछि नेपाल सरकारले नियुक्त गर्ने जिल्ला खेलकुद विकास समिति सुनसरीको अध्यक्ष भएका थिए । साढे तीन वर्ष जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा धरानलाई खेलकुद नगरी बनाउने लिम्बूको देखिने पहल थियो । धरान रंगशाला, कभर्ड हल र अन्य खेलकुद क्षेत्रमा जग्गाको प्रबन्ध गर्न उनको योगदान र नेतृत्व छ ।

    इटहरीका मेयरमा जनआन्दोलनका सहायक कमान्डर, उपमेयरमा सामाजिक नेतृ

    मेयर उम्मेदवार याम सुब्बा

    २०७४ सालको चुनावमै मेयरको नाममा आएको एक नाम थियो याम सुब्बा । तर, सुब्बाले मेयर पाउन धेरै जोडबल गरेनन् । इटहरीका सञ्चारकर्मीको प्रश्नमा उनी भन्थे, ‘अग्रजहरुको दाबी भएकोले धेरै जोडबल गरेको छैन ।’ अहिलेको चुनावमा पनि सुब्बाको नाम मेयरमा सिफारिस भएर गयो । यसबारेमा पनि मेयर हुनेमा आशावादी थिएनन् । मेयरको टिकट पाएपछि नेपाल सुब्बाले प्रेससँग भने, ‘यो पालि पनि नाम गएकोमा खुसी थिएँ । तर, मेयरकै टिकट पाउनेमा ढुक्क भने थिइनँ ।’

    सुब्बा इटहरी एमालेमा टोल कमिटीबाट क्रमशः नगर कमिटी सदस्य, सचिव हुँदै अध्यक्ष भएका नेता हुन् । २०५७ सालमा तत्कालिन इटहरी १ वडाको तीन नम्बर टोल भनिने बीपी चौक एरियाको उनी टोल सचिव भए । वडा कमिटी सदस्य हुँदै वडा कमिटी सचिवबाट उनी नगर कमिटीमा प्रवेश गरेका थिए । उनलाई एमाले वृत्तमा कुशल संगठक मानिन्छ ।

    राजाको प्रत्यक्ष शासन कालदेखि एमाले विभाजनको समयमा उनी नेतृत्वमा आए । २० वडा भएको इटहरीमा विगतमा १५० टोल कमिटी थिए । अहिले बढेर २८० टोल कमिटी भएको इटहरीमा एमालेका १६ वटा जनसंगठनहरु सक्रिय छन् । यसको गठनमा सुब्बाकै सक्रियता देखिन्छ ।
    नेपाली कांग्रेस इटहरीका नेता अमरबहादुर गौरी जनआन्दोलनका बेला इटहरीको कमान्डर हुँदा सुब्बा सहायक कमान्डर थिए । जनआन्दोलन २०६२/६३ हुँदा उनी १४ दिन थुनामा परेका थिए । सुब्बाको टोली राज्यको आँखामा नपर्न गाडी गुडाएर त्यसैमा बसेर बैठक गर्थे ।

    आसपासका चार गाविस समेटेर २०७१ सालमा इटहरी उपमहानगरपालिका बाइएको थियो । जसअनुसार दुई कार्यकाल सचिव र अध्यक्ष भएका सुब्बा इटहरी उपमहानगरको संयोजक भए । पार्टी विभाजनपछि गएको फागुन १ र २ गते भएको एमाले इटहरीको छैटौं अधिवेशनबाट सुब्बा सर्वसम्मत अध्यक्ष चुनिए ।

    ६३ वर्ष अगाडि ताप्लेजुङ सान्थाक्राको तेल्लोकपामा जन्मेका सुब्बाको राजनीतिमा झुकाव २०३६ सालको विद्यार्थी आन्दोलनसँगै सुरु भएको थियो ।

    उपमेयर उम्मेदवार संगीता चौधरी

    इटहरी एमालेको भूगोलको राजनीतिमा धेरै लामो अनुभव छैन संगीता चौधरीसँग । तर, इटहरी १५ को एकम्बामा माइती र इटहरी १५ कै पडरिया घर भएकी चौधरीको सामाजिक कामको सक्रियता लामो छ । उनी इटहरी १५ को पडरियामा रहेको बाल आदर्श विद्यालयकी संस्थापक हुन् । त्यो क्षेत्रकै नामी विद्यालयमा उनको व्यवस्थापकीय नेतृत्व अहिलेसम्म जारी छ । उनका श्रीमान शिवनारायण चौधरी प्राचार्य भएको निजी विद्यालयको व्यवस्थापकीय र लेखाको नेतृत्व संगीता गर्छिन् ।

    इटहरी १६ को ऊर्जा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दुई कार्यकाल अध्यक्ष भएकी चौधरी स्नातक उत्तीर्ण थारु महिलामध्ये एकमा पर्छिन् । उनी राजनीतिक रुपमा नेकपा (एमाले) को महिला संगठनमा सक्रिय छिन् । उनी अखिल नेपाल महिला संघ इटहरीको सहसचिव हुन् । यस्तै वडा नम्बर १५ को उनी इन्चार्ज पनि हुन् ।

    ४५ वर्षकी चौधरी उपमेयर टिकट पाउनेमा ढुक्क थिइनन् । टिकट पाएपछि उनले नेपाल प्रेससँग भनिन्, ‘सिफारिस भएको त थियो । पाउँछु नै भन्ने विश्वास थिएन ।’

    एमालेले इटहरीको मेयर र उपमेयर उम्मेदवारको नाम घोषणा गर्दा मेयर र उपमेयरको टिकट पाएका सुब्बा र चौधरी इटहरीका मेयर द्वारिकलाल चौधरीको घरमा छलफलमा थिए । छलफलकै क्रममा टिकट पाएको सार्वजनिक भएसँगै द्वारिकलाल चौधरीले दुवै उम्मेदवारलाई बधाई दिएका थिए ।

  • काभ्रेका १३ वटै पालिकामा टुंगिए एमालेका उम्मेदवार (सूचीसहित)

    काभ्रेका १३ वटै पालिकामा टुंगिए एमालेका उम्मेदवार (सूचीसहित)

    काभ्रे । नेकपा एमालेले जिल्लाका सबै १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । यसअघि जितेकामध्ये धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र पनौतीका मेयर भीम न्यौपाने दोहोरिएका छन् ।

    धेरैजसो ठाउँमा नयाँ उम्मेदवार तय भएका छन् ।

    काभ्रेका एमाले उम्मेदवार यसप्रकार छन् :

    १. बनेपा नगरपालिका

    मेयरः रत्नकुश रञ्जितकार
    उपमेयरः विमला सापकोटा

    २. धुलिखेल नगरपालिका

    मेयरः अशोक ब्यान्जु
    उपमेयरःलालतारा अधिकाारी

    ३. पनौती नगरपालिका

    मेयरः भीम न्यौपाने
    उपमेयरः गीता बन्जारा

    ४. मण्डन देउपुर नगरपालिका
    मेयरः विदुर सापकोटा
    उपमेयरः सरिता ढकाल

    ५. पाँचखाल नगरपालिका
    मेयरःकन्चन अधिकारी

    ६. उपमेयरः सूर्यमाया दनुवार
    नमोबुद्ध नगरपालिका

    मेयरः राजन भुर्तेल
    उपमेयरः सम्झना लामा

    ७. भुम्लु गाउँपालिका

    अध्यक्षः प्रेम लामा
    उपाध्यक्षः कल्पना श्रेष्ठ

    ८. चौँरी देउराली गाउँपाालिका

    अध्यक्षः जितराम लामा
    उपाध्यक्षः बबिता खरेल

    ९. रोशी गाउँपालिका
    अध्यक्षः देबसागर लामा
    उपाध्यक्षः बबिता बोहोरा

    १०. बेथानचोक गाउँपालिका

    अध्यक्षः कमल तिमल्सिना
    उपाध्यक्षः सरला लामिछाने

    ११. तेमाल गाउँपालिका

    अध्यक्षः इन्द्र तामाङ
    उपाध्यक्षः सम्तेन लामा

    १२. खानीखोला गाउँपालिका

    अध्यक्षः डम्बर तिमल्सिना
    उपाध्यक्षःरुकमणी गुरुङ

    १३. महाभारत गाउँपालिका

    अध्यक्षः पुर्णवहादुर वाइबा
    उपाध्यक्षः शान्ति तितुङ