Category: साहित्य / ब्लग

  • नलेखिने प्रेमकथा- ४

    नलेखिने प्रेमकथा- ४

    विचारहरु आँधीहुरीपछिका समुन्द्री छाल जस्तै शान्त हुँदै थियाे । रात जति गहिरिँदै गयो, विचार पनि त्यत्ति नै सरल र सुसुप्त । कुनै विद्वानले भनेका छन्, ‘विचार नै मानव जीवनको ज्योति हो । यदि तिमीसँग विचार छैन भने तिमी जीवित पनि छैनौ । कतै म पनि निर्जीव हुँदै त छैन ? ‘सुत्नलाई ढुंगाको सिरानी र पल्टने जमिन भए पुग्छ, बस निन्द्रा हुनुपर्‍याे’, गाउँका बुढाबुढीले भनेको सुनेको थिएँ । साँच्ची हो रहेछ । मध्यरातमा कति खेर निदाएछु थाहै भएन ।

    भोलिपल्ट अन्दाजी साढे दशतिर समा आइपुगी एउटा वकिल लिएर । उनीहरुले इन्स्पेक्टरसँग केहीबेर कुरा गरे र वकिलले एउटा लिखत तयार गरे । प्रहरी हवल्दार म भएको ठाउँमा निमन्त्रणा लिएर आए । इन्स्पेक्टरले मलाई कुर्सीमा बस्न इसारा गर्दै भने, रमणजी एक पटक पढेर यो कागजमा दस्तखत गरी दिनुहोला । मैले लिखत पढ्ने कोसिस गरें, तर दिमागले के लेखेको थियो, टिप्न सकिरहेको थिएन । एक पटक बीचतिर मेरा आँखा अड्किएका थिए । देखें, ‘रमन मेरो ब्वाइफ्रेन्ड हो, उसले मलाई एक्कासि सार्वजनिक ठाउँमै किस गर्‍याे । मलाई लाज र रिस एकै पटक चढ्यो, फेरि म निकै हतारिएको मूडमा पनि थिएँ । त्यसैले मैले उत्तेजित हुँदै उसलाई चड्कन हानें, तर त्यसलाई भीडले गलत अर्थले बुझ्यो र रमणलाई सबैले आक्रमण गरे ।’

    समाले मलाई प्रहरीबाट बचाउन त्यसो भनेकी थिई वा साँच्चै उसको मनमा मप्रति केही थियो पनि । हिजो अस्तिसम्म यो मेरो ठूलै चासोको विषय हुन सक्थ्यो, तर अब मलाई यस विषयमा धेरै बुझ्न मन थिएन । यो वसियतनामापछि कुनै कानूनी कारबाहीविना नै मलाई छाडिदिए १२ बजेतिर ।

    समा सरी भन्दै थिई । ऊ मेरो शरीरको अवस्था देखेर रुँला झैं गर्दै थिई । किनकि शरीरभरि चोटपटक त थियो नै कपडामा पनि रगतका खाटा र दाग निकै थियो । म केही बोल्न सक्ने अवस्थामा थिइनँ र न मलाई केही बोल्ने चाहना नै थियो । थ्याङ्स फर कमिङ, यही नै मैले बोलेको पहिलो र अन्तिम वाक्य थियो । म बाहिर निस्किएँ र ट्याक्सी रोकें । समा मेरो पछि पछि आएकी हुँदी हो सायद, तर मैले वास्ता गरिनँ । मैले ट्याक्सी चढ्नुअघि अब कहिले डिउटी जोइन गर्छौ भनेर समा चिच्याई । पाँचदश सेकेन्डसम्म पनि उत्तर नपाएपछि, फेरि चिच्याई, म फोन गरौंला है । उसका आँखा रसाएका कुरा र गला अवरुद्ध हुन खोजेको कुरा सहजै अनुमान लगाउन सकिन्थ्यो ।

    समालाई थाहै थिएन, मसँग हिजैबाट फोन छैन भन्ने कुरा र अब म सायद फोन बोक्ने पनि छैन होला । म ट्याक्सी चढें र हात हल्लाएँ समातिर । मलाई थाहा थियो म अन्तिम पटक बाई गर्दै थिएँ समासँग, तर मलाई किन हो कुन्नि कुनै नरमाइलो वा रमाइलो केही लागेको थिएन । म भावनात्मक रुपमा शून्य नै थिएँ भन्नुपर्छ ।

    खाना नखाएको झन्डै २४ घण्टा भैसकेको थियो । आरामको सख्त महसुस हुनुपर्ने थियो मलाई, तर त्यस्तो भएको थिएन । शरीर त बिजुली झैं फुर्तिलो छ झैं लाग्दै थियो । मामालाई तुरुन्तै मेरो घरमा आउनु भनें । मामा आधा घण्टाभित्रैमा आइपुग्नु भयो । मैले मामालाई अनौठो बहाना बनाइदिएँ- ‘मामा, पुलिस लागेको छ मेरो पछाडि । त्यसैले अब मैले तुरुन्तै यो ठाउँ छोड्नुपर्छ । त्यसैले मेरो हरहिसाब गरिदिनु होस् । म तपाईंलाई भोलिसम्मको समय दिन्छु, तबसम्म म कतै लुकेर बस्छु र पर्सि बिहानै म यो शहर छोड्नेछु ।’

    ‘अरे भाञ्जा के भयो त्यस्तो ? मलाई सब भन, मैले डीएसपी चिनेको छु, मन्त्री चिनेको …… ।’ मैले मामाको कुरा काट्दै भनें, ‘मामा मसँग यो सब सुन्न र सुनाउन समय छैन । यदि तपाईंलाई अप्ठेरो छ भने हिसाब नगरे पनि हुन्छ ।’

    ‘त्यस्तो कुरा नगर भाञ्जा, मलाई भाञ्जाको धन खाएर पापी बन्नु छैन ।’

    मामाले आधा घण्टामै हिसाब निकाले । मैले त उनको हिसाबमा ध्यान पनि दिएको थिइनँ ।

    ‘भाञ्जा, बैंकमा ऋण ३१ लाख जति छ र हाम्रा तीन वटा गाडीको मूल्य जोडेर ऋण घटाउँदा तिम्रो भागमा २० लाख जति पर्न जान्छ ।’

    ‘मामा मलाई १५ लाखमात्रै दिनू किनकि ५ लाख त तपाईंले मेरो कवाडी जीवनमा आर्थिक टेवा दिएर र विश्वास गरेर भनौं वा बाटो देखाइदिएर, (मनमनै रिपुसँग भेटाइदिएर भन्ने पनि लाग्यो) जुन गुण लगाउनु भएको छ, त्यसको मूल्य करोडौंको छ, फेरि तपाईंका बच्चाबच्चीलाई पनि पढाउन धेरै पैसा चाहिने बेला आएको छ नि ! यदि भाञ्जाको साँच्चै माया लाग्छ भने जानुहोस् नाङ्लेभारे भन्ने गाउँमा र ल्याउनुहोस् एक वृद्धलाई वृद्धाश्रममा, तर तपाईंलाई पाल्न मन छ भने आफैं पाल्दा पनि हुन्छ ।’

    बालखकालमा नै बाआमा गुमाएका मामाको मुख उज्यालो देखियो ।

    ‘भाञ्जा ती वृद्धलाई म आफैं ल्याएर पाल्छु । ठेगाना राम्रोसँग लेखिदिनुहोस् ।’

    मामाले पूरै पैसा नै दिन्छु भनेर जिद्दी गर्दै थिए, तर मसँग धेरै कुरा गर्ने समय छैन मलाई पैसा भोलिसम्म चाहिन्छ, बरु भोलिको पहिलो सत्रमै सम्पत्ति हस्तान्तरण गर्ने कानूनी प्रक्रिया पूरा गरौं भन्ने प्रस्ताव गरें । अनि अहिलेलाई भने मलाई एक्लै छोडिदिन अनुरोध गरें ।

    भोलिपल्ट मामालाई भेटेर सबै काम गरिसकेपछि मामाले एउटा पैसाको थैली मेरो हातमा थमाइदिए । मैले त्यस थैलीबाट हजारका दुइटा बिटा निकालें र समाको मोबाइल नम्बर तथा नाम भएको चिट हातमा राखिदिँदै भनें मामा यो केटीलाई फोन गरेर उसको सामाजिक काम गर्ने कोषलाई यो दान दिनुहोला है ! अनि मेरो नाम चाहिँ कुनै हालतमा नभन्न मामालाई बाचा गराएँ । मामा छुट्टिने बेलामा आँसु झार्न खोज्दै थिए, तर मैले त्यसको पर्वाह गरिनँ । त्यसपछि म सीधै किष्ट बैंकमा गएँ र बाँकी पैसा बाबाको बैंक एकाउन्टमा जम्मा गरें । घरमा पनि केही पैसा थियो नै जुन घरभाडा तिर्न, सपिङ गर्न, बाटा खर्चको लागि पर्याप्त थियो ।

    त्यसपछि मैले आमाबाबालाई एउटा चिठी लेखें ।

    मेरा प्यारा आमाबाबा,
    सादर ढोग नमस्कार,

    तपाईंहरुले दिएको जन्म, माया, प्रेम, शिक्षा र ज्ञानप्रति म सधैँ कृतज्ञ छु । मेरो जीवन तपाईंहरुकै देन हो वा अंश हो भनेर यहाँ भनिराख्नु परेन, तर के चाहिँ भन्न जरुरी छ भने तपाईंहरुले मप्रति जुन आशा र भरोषा राख्नुभएको थियो, जुन राम्रो भविष्यको कल्पना गरेर आफूले खाइ नखाइ गरेर मलाई शहर पढ्न पठाउनुभएको थियो, आजबाट म त्यसलाई लत्याउँदै तपाईंहरुको जीवनबाट टाढा जाँदैछु । त्यसो त अब हाम्रो भेटै हुँदैन भन्ने होइन, तर म हाललाई कुनै टाढाको देश जाँदैछु । त्यस देशमा म पैसा कमाउन, पढ्न, सुखभोग गर्न वा नाम कमाउन, केही पनि गर्न जाँदै छैन । म त जीवनलाई जिउने कला सिक्न जाँदैछु, जसबाट म सन्तुष्ट चाहिँ हुनसक्छु, तर कुनै निश्चितता भने छैन । मैले बाबाको बैंक एकाउन्टमा केही पैसा राखिदिएको छु, फारो गरेर अप्ठेरोमा मात्र चलाउनु होला । किनकि मैले अघि नै भनिसकें म पैसा कमाउने देशमा जाँदै छैन । मलाई के थाहा छ भने म हरेक दिन तपाईंहरुलाई सम्झनेछु ।

    उही छोरा

    रमण

    ● ● ● ● ●

    रमण निस्केपछि केही राहत मिलेको महसुस त भयो, तर उसको शरीर र मुखमण्डलमा देखिएका चोटपटक र रगतका टाटाहरु देख्दा समा विह्वल हुन पुगी । रमणका शरीरका घाउहरु आफ्नै शरीरका घाउ दुखे झैं महसुस हुँदा कतै यो प्रेमको लक्षण त होइन ? उसले पीडाको बीचैमा एउटा सानो झड्का रोमाञ्चकता देखी आफैंभित्र । मानिस कति असंवेदनशील र क्षणिक विचारमा बाँच्दोरहेछ, आफैंलाई गाली गरी र आफ्नो रोमाञ्चकतासँग रिसाइ पनि । हुन त पीडा र रोमाञ्चकताको प्रवाह एकै पटक हुनु संवेदनशीलता हो कि संवेदनहीनता ? यसमा पनि ऊ अन्योल नै देखिई । रमणको अवस्थाले ऊ दुखित त देखिएकै थिई, त्यसमा पनि रमण बोल्न नसकेर हो वा बोल्न नचाहेर हो थ्याङस् फर कमिङबाहेक एक शब्द पनि नबोली हिँडेकोमा ऊ निकै प्रताडित भई । रमणलाई बोलाउन नै अब डिउटी कहिले जोइन गर्छौ भनेर सोधी र फेरि पनि रमण बोलेन ।

    समा गह्राैं खुट्टा लिएर घर पुगी । उसलाई आज पहिलो पटक संसार यतिबिध्न नरमाइलो लागेको थियो कि यो क्षण त हिजोको रातभन्दा पनि निर्दयी थियो । हिजो दिउँसोबाट आज २ बजिसक्दा पनि उसले केही खाएकी थिइन, तर भोकको कुनै गुञ्जायस थिएन । उसको दिमागमा पछिल्ला २०-२२ घण्टाका घटनामात्र दोहोर्‍याएर हेरेको चलचित्र झैं छाइरहेका थिए, मानौं उसलाई छोटो स्मरणशक्तिको कुनै रोग लागेको होस् । दिदीले खाना खान तारन्तार बोलाइरहनु भएको थियो, तर उसको छुद्यले खाना रुच्ने क्षमता दिएको थिएन । दिदीको किचकिचले विश्राम नलिने थाहा पाएपछि ४ बजेतिर पसी भान्छातिर र केही दालभात पेटतिर पठाएपछि लागी वीरअस्पतालतिर, सायद मनमा केही शान्ति मिल्ला कि भनेर ।

    घर पुग्दा बेलुकाको आठ बजिसकेको थियो । शरीर थकान र भोकले लथ्रक्क भैसकेको थियो भने मनलाई रमण र अस्पतालको केसले बिछिप्त बनाइराखेका थिए । दिमागले केही सोच्न नसके पनि शरीरले खाना र आराम खोजेको बुझ्न कठिन थिएन । आज पनि उसले खाना पकाउने छाँट नबुझेको भेनाले खाना पकाइसकेका थिए र जानासाथ निमन्त्रणा पनि आइहाल्यो । आज खाना खान र छिटो धन्दा सक्न ऊसँग पर्याप्त कारण थियो । किनकि ऊ फोन गर्न चाहन्थी रमणलाई सब कुरा गर्न । धन्दा सक्नासाथ चिसै हात ऊ आफ्नो ओछ्यानमा पसी र थाली रमणलाई फोन लगाउन । रमणसँग स्वास्थ्य र दुखाइको बारेमा पहिला कुरा शुरु गर्ने जुन उसलाई कतिखेर थाहा पाऔं जस्तो भएको थियो, त्यसपछि अस्पतालमा आएको समस्याको कुरा गर्ने र बिस्तारै प्रेमसम्बन्धी कुरामा प्रवेश गर्ने अनि आफूले प्रेमको नजरले नहेरेको तर अत्यन्त असल र भरोसायोग्य साथीको रुपमा पाएको भनेर बताउने उसको योजना थियो । किन किन उसको मनले रमणलाई साथीको रुपबाट समेत गुमाउने कुरा कसैगरी पनि मानिरहेको थिएन ।

    तर, पहिलो घण्टी जान नपाइ उताबाट एउटी केटीको आवाज आउँछ, माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ । बीसौं पटकसम्म फोन गर्दा पनि सोही उत्तर आएपछि भने उसलाई त्यो ध्वनि यति धेरै कर्कश लाग्न लाग्यो कि थप डायल गर्ने आँट आएन । अब भने उसलाई रमणभन्दा पनि अस्पतालको समस्या कसरी सुल्झाउने भन्ने कुराले बढी सताउन लाग्यो र यही कुराले आधा रात चट पारिदियो, पृष्ठभूमिमा रमण त छँदै थियो । आधारातपछि दिमागले निदाउने यौटा जुक्ति निकाल्यो, आज रमणको फोनमा कुनै प्राविधिक गडबडी (ब्याट्री डाउन भएर पनि हुनसक्छ) भएर फोन नलागेको हुनसक्छ, भोलि रमणलाई पनि फोन गर्ने र अरु साथीलाई पनि फोन गर्ने, भेट्ने अनि सबै समस्याको समाधान निकाल्ने ।

    बिहान ७ बज्दासमाको निद्रा खुलेकै थिएन, फोनको घण्टी भने बज्न लागिसकेको थियो । रमणको फोन हो कि भनेर फोन सेटतिर झम्टेर जाइलागी, तर नम्बर भने अपरिचित थियो । निद्रा पुगेकै थिएन, फोन उठाउने कि नउठाउने असमञ्जस्यमा पर्दै हरियो बटन थिची र भनी, ‘हेलो ।’

    ‘हेल्लो हेल्लो, तपाईं हस्पिटलमा काम गर्ने समा नानी हो ?’

    ‘हो, कसलाई के भयो र ? हजुर को बोल्नुभाको ?’

    ‘कसैलाई केही भएको छैन, तपाई‌ले अस्पतालमा खुब राम्रो काम गर्नु भा’छ रे ! मलाई पनि तपाईंको अभियानलाई केही रकम सहयोग गर्न मन लागेको थियो । कसरी हात लाउन सकिन्छ होला ?’

    ‘कति राम्रो विचार ! तर, तपाईंलाई हाम्रो अभियानको बारेमा कसले भन्यो अनि मेरो नम्बर कसले दियो ?’

    ‘अस्पतालतिरबाटै थाहा पाएको हो । नम्बर पनि त्यतैबाट मिलेको हो ।’

    ‘त्यसो भए ठिकै छ । हामीलाई पनि यतिखेर निकै पैसा चाहिएको छ । तपाईं अस्पतालमा नै आएर पनि मलाई दिन सक्नुहुन्छ । कि त हाम्रो बैंक एकाउन्टमा जम्मा गरिदिए पनि हुन्छ ।’

    ‘हुन्छ नानी, म बैंकमै जम्मा गरिदिन्छु । मलाई यै नम्बरमा बैंक एकाउन्ट पठाइदिनु है, म आजै पैसा जम्मा गरिदिन्छु ।’

    ‘हस हजुर म पठाइदिन्छु । धन्यवाद !’

    यसरी नै धेरै मनकारी मिलेको भए सायद त्यो मानिसको जीवन बचाउन सकिन्थ्यो होला, उसले मनमनै भनी । त्यो फोनले समामा एक प्रकारले शक्तिको सञ्चार नै गराइदियो । किनकि यो राम्रो दिनको शुरुवात थियो । त्यसपछि उसले आफ्ना साथीहरुलाई भटाभट फोन गर्न लागी । दीया र शिला त उसका जिग्री नै भैहाले, दुबैले आफ्ना परिवार तथा आफन्तहरुमा आर्थिक सहयोगको लागि अभियान नै चलाउने बचन दिए । यसो हेर्दा राम्रै रकम जम्मा गर्न सकिन्छ भन्ने उसलाई आभाष भयो, तर जति राम्रो संकलन भए पनि त्यो ४०-५० हजारभन्दा माथि हुन सक्दैनथ्यो भन्नेमा ऊ प्रष्ट थिई । यसैले उसले अन्तमा तासमा मास्टर कार्ड झैं जोगाएर राखेको व्यक्ति रमणलाई फोन गर्ने विचार गरी ।

    फोन लगाई, तर आज पनि फोन स्वीच अफ नै थियो । अब भने उसको मुटुमा एकखाले डरले ढ्याङ्ग्रो ठोक्न थाल्यो । कतै रमण पिटाइको कारणले निकै बिमार त परेन वा शहरका स्वार्थी मानिसहरुसँग व्यवहार गर्दा दिक्क भएर आफ्नै गाउँ त गएन वा उसँग रिसाएर फोन अफ वा फोन नम्बर नै परिवर्तन गरेर बसेको त छैन ? यस्तै तर्कना गर्दागर्दै ओछ्यानमै ११ बजिसकेछ । दिदीले खान बोलाउँदा पो झसंग भई । दिदीले कोठामै आएर सोधिन्, ‘के भो हो तलाई हिजोआज ? चाला निको छैन त ? कि कसैले चोर्‍याे तेरो मन ?’

    ‘त्यस्तो केही होइन दि (ऊ दिदीलाई दि मात्रै भन्थी), अस्पतालमा एउटा नयाँ बिरामी आएको छ, तुरुन्तै अपरेशन गर्नुपर्ने, पैसा धेरै चाहिने, सहयोग जुटाउन डाक्टरले अनुरोध गरेकाले त्यसैमा लागिराखेकी छु ।’

    ‘ए, त्यसो भए ठिकै छ, १-२ हजारले हुने भए म पनि दिउँला’, दिदीले थपिन् ।

    ‘एकदुई हजार रे ! एकदुई रुपैयाँ भए पनि ठूलो सहयोग हुन्छ दि’, समाको उत्तर थियो ।

    ‘ल ल खान हिंड, मेरी प्यारी समाजसेवी बहिनी ।’

    समाले दिलाई अगालो मारी र भान्छातिर लागी ।

    दिउँसो १ बजेतिर ऊ अस्पतालमा सोही बिरामीलाई भेटेर कुरा गर्दै थिई, त्यतिकैमा त्यही बिहान फोन गर्ने मानिसको फोन आयो ।

    ‘समा नानी मैले २ लाख रुपैयाँ जम्मा गरिदिएको छु । पैसाको अभाव भयो भने मलाई पछि पनि फोन गर्नु है यही नम्बरमा । म सकेसम्म अवश्यै सहयोग गर्नेछु ।’

    ऊ त यति खुसी भइछ कि धन्यवाद पनि सहजै फर्काउन सकिन, त्यत्तिकैमा उताबाट फोन काटियो ।

    दिदीले दिएको ५ हजार, दीया र शिलाको अभियानबाट जुटेको ४० हजार, अन्य साथीबाट जम्मा भएको ९ हजार र संस्थाको अकाउन्टमा भएको २२-२३ हजारसहित २ लाख ७७ हजार पर्सिपल्ट वीर अस्पतालको काउन्टरमा सोही बिरामीको नाममा जम्मा गरिदिई । थप २३ हजार पनि सर्जनको सामाजिक कोषबाट दिन अस्पताल व्यवस्थापन तयार भयो र सोही दिन बेलुका अपरेशन शुरु भयो । समालाई लाग्यो आज जीवनमा उसले सबैभन्दा महत्वपूर्ण काम गरेकी छे । त्यसमाथि डाक्टरको टीम नै आएर उसको तारिफ गर्दा खुट्टाले भुईं नटेक्लान् झैं गरे । मान्छे कति छिट्टै बिछट्ट खुसी र कति छिट्टै बिछट्ट दुःखी हुनसक्छ भन्ने कुरा कसैले पनि बुझ्न सक्थ्यो यदि उसले पछिल्ला ३ दिन लगातार समालाई निहारेको छ भने ।

    याे पनि पढ्नुस् : नलेखिने प्रेम कथा-३

    थप याे पनि पढ्नुस् : नलेखिने प्रेमकथा

  • भागबन्डाको राजनीतिमा जनताको भाग चाहिँ कहिले ?

    भागबन्डाको राजनीतिमा जनताको भाग चाहिँ कहिले ?

    नेपालमा गणतन्त्र शुरु भएको डेढ दशक बढी भइसकेको छ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा निरंकुश राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भएको थियो । ‘रिपब्लिक’ अर्थात् गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो, जहाँ राजारानी नभइकन जनताद्वारा चुनिएका प्रतिनिधिहरुले शासन गर्छन् । नेपालमा गणतन्त्र आउनुअघि मुलुकमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे । राजतन्त्रमा राजाकै छोराछोरीमात्र राष्ट्र प्रमुख हुन पाउँथे ।

    तर, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिक भविष्यको राष्ट्रपति हुन सक्छन् । विसं. २०६५ जेठ १५ गते ऐतिहासिक संविधानसभाको बैठकले २४७ वर्षदेखिको लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । सोही संविधानसभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति निर्वाचित गरेको थियो ।

    २०७३ साल कात्तिक १२ गते विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति निर्वाचित भइन् । उनी दुई कार्यकाल राष्ट्रपति हुँदा तेस्रो राष्ट्रपतिको रूपमा २०७९ साल फागुन २९ रामचन्द्र पौडेललाई प्रतिनिधिसभाले निर्वाचित गर्‍यो । नेपालमा गणतन्त्र त्यसै आएको होइन, गणतन्त्र नेपाली जनताको दशकौं लामो संघर्ष र अथक बलिदानबाट स्थापना भएको हो ।

    ‘हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
    बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।’

    नेपालमा गणतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलन र संघर्षमा धेरैले आफ्नो जीवनको आहुति दिएका थिए । उहाँहरूको बलिदानका कारण नै आज हामी गणतान्त्रिक नेपाल भन्दै टाउको उठाउन पाएका छौं, तर हिजोको संघर्षको उपलब्धि जनताले पाएको खै ? नेपालीहरुले देशमै बसेर जीविकोपार्जन गर्नसक्ने अवस्था कहिले आउँछ ?

    तिम्रा मुलुकमा विधिको शासन कहिले आउँछ ?
    तिम्रा भागबन्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ?
    शहीदले हेरी बसेका छन् है, होसियार !

    मुलुकले अझसम्म राजनीतिक, सामाजिक, आर्थिक स्थिरता पाउन सकेको छैन । गणतन्त्र आए पनि हिमाल, पहाड र तराईले समान अवसर पाउन सकेको छैन । जनताको तहमा गणतन्त्र पुग्न सकेको छैन । सबै नेपालीले नेपाल गणतान्त्रिक मुलुक भएको गर्व गर्न सकिने अवस्था ल्याउनु सत्तामा पुग्ने दल तथा त्यसका नेतृत्वको दायित्व र जिम्मेवारी हो । अब त सत्तालिप्सा र भागबन्डा भुलेर नेतृत्वले जनतालाई हेर्ने बेला आयो कि !

  • रोल्पाले कर्म फेर्छ कि भाग्य ?

    रोल्पाले कर्म फेर्छ कि भाग्य ?

    रोल्पालीको लागि रोल्पा जन्मस्थल हो, तर समग्र नेपालीको लागि रोल्पा भावना हो । रोल्पा भन्नेबित्तिकै कसैलाई डर, कसैलाई दुःख र कसैलाई खुसी लाग्छ होला । भौगोलिक कारणले डराउनु स्वाभाविकै हो, विकासको हिसाबले यसै पनि पछाडि परेको ठाउँ । पर्यटकीय स्थल प्रशस्त हुँदा पनि संरक्षण र सम्बर्द्धन हुन नसकेको जिल्ला हो रोल्पा ।

    रोल्पा दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो हो । जहाँ दोहोरो भिडन्त पनि भयो । भिडन्तहरूमा हजारौं रोल्पालीले ज्यान गुमाए । उनीहरूले ज्यान गुमाउँदा विभिन्न आश्वासन दिएर परिवारलाई थमथमाइएको थियो । परिवारको जीवनस्तर सँगै रोल्पाको पनि विकास हुन्छ भनिएको थियो, तर ती ठाउँको त के कुरा, जनताको जीवनस्तर पनि जस्ताको तस्तै छ ।

    रगतका भेल परेका केही ठाउँ सुख्खा मैदानमा परिणत भएका छन्, केही ठाउँले आफ्नो अस्तित्व गुमाएका छन् । युद्ध पर्यटनको अवधारणा, जलजलामा केवलकार, सुन छहारीको रिसर्च भोटको एजेन्डामै सीमित रह्यो । हिजो द्वन्द्वका चपेटामा परेर त अहिले कुशल नेता नपाएर रोल्पा ओझेलमा परेको छ ।

    रगतका भेल परेका केही ठाउँ सुख्खा मैदानमा परिणत भएका छन्, केही ठाउँले आफ्नो अस्तित्व गुमाएका छन् । युद्ध पर्यटनको अवधारणा, जलजलामा केवलकार, सुन छहारीको रिसर्च भोटको एजेन्डामै सीमित रह्यो ।

    ऐतिहासिक दृष्टिकोण र सम्भावना बोकेको हिसाबले हेर्ने हो भने त जलजला रोल्पाको प्रतिविम्ब हो । रोल्पामा रहेको जलजला हिमाल जनयुद्धको केन्द्र हुनुले पनि थप आकर्षण ठाउँ हो । जलजलासँग सशस्त्र युद्ध र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास गाँसिएको छ । यसको बहु-आयामिक मिश्रणले पर्यटकका लागि आकर्षक गन्तव्य बन्नुपर्ने हो, तर यस्तो स्थलमा पनि आधारभूत आवश्यकता नहुनु लज्जास्पद यथार्थ हो ।

    रोल्पाले धेरै नेता जन्मायो । भूगोल परिवेश नबुझेका नेता जन्माएको भए त मन बुझाउन हुन्थ्यो । युद्धमा नहोमिएका नेता भएको भए इतिहास नै महसुस नगरेको भनेर सहन सकिन्थ्यो, तर त्यही माटोमा खेलेर, त्यही धाङ्सी, लरी र माडीमा नुहाएर हुर्किएका नेताको ध्यान अझै जनतामा गएको छैन । यसरी आफ्नै जरालाई कमजोर बनाउनु कायरताको छनक हो । सत्तामा उही अनुहार दोहोरिरहँदा रोल्पाको विकास र रोल्पालीको जीवनस्तरमा ध्यान नजानु हेपाइको पराकाष्ठा हो ।

    उनीहरूले सम्झिनु पर्दैन !
    सुन बग्ने झरनामा खुन बगेको ?
    के बिर्सिएकै हुन उनीहरूले ?
    जलेका बस्ती
    मारिएका शिक्षक
    रित्तिएका काख
    पुछिएका सिन्दूर
    दिएका आश्वासन

    उहिले अन्याय नसहने भनेर पाठ सिकाउने रोल्पा अहिले आफैं अन्यायमा परेको छ । रोल्पालीसँग युद्धमा आफन्त गुमाउँदाको पीडा छ । रोल्पालीको द्वन्द्वले बनाएको घाउ न केही गरी पुरिनेवाला छैन न त त्यहीबाट स्थापित भएका नेताले त्यसको परिपूर्ति गर्न सक्नेछन् ।

    सिङ्गो परिवारको सपना साकार पार्न छानिएका र मानिएका नेताले खोइ विकास गरेको ? प्राकृतिक सुन्दरताको खोइ प्रचारप्रसार गरेको ? २५ वटाभन्दा धेरै खोला यही जिल्ला भएर बग्छन् । मगरहरूको बाहुल्य रहेको यो क्षेत्रमा सारङ्गी, सोरठी जस्ता विभिन्न संस्कृति झल्काउने नाचहरू नाचिन्छ । यहाँ आआफ्नो मौलिकता, विशिष्टता बोकेका पालिकाहरू एक-अर्कोसँग गुनासो पोख्दैछन् ।

    रोल्पाको कुरा गर्दा थबाङ नसम्झिनु अन्याय हुन्छ । सशस्त्र द्वन्द्वको बेला क्रान्तिको लाल किल्ला मानिन्थ्यो । त्यहीबाट दिएको आश्रय लिँदै रोल्पालाई थिचेर आज सुनका महलमा बस्ने भए । यसो हेर्दा त रोल्पा अहिले शान्त लाग्छ, तर ठाउँ शान्त हुनु र मन अशान्त हुनु झन् पीडादायी हुँदो रहेछ । ‘माया गर्नेले ठाउँ पाउँदैनन् र ठाउँ पाउनेले दाउँ नै छाड्दैनन्’, अचेल प्रायः रोल्पाली यस्तै भन्छन् । यसरी रोल्पाले दशकौं सहेको पीडा कुन रूपमा बाहिर निस्किन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

    उहिले अन्याय नसहने भनेर पाठ सिकाउने रोल्पा अहिले आफैं अन्यायमा परेको छ । रोल्पालीसँग युद्धमा आफन्त गुमाउँदाको पीडा छ । रोल्पालीको द्वन्द्वले बनाएको घाउ न केही गरी पुरिनेवाला छैन न त त्यहीबाट स्थापित भएका नेताले त्यसको परिपूर्ति गर्न सक्नेछन् । सहन सक्ने सामर्थ्य हर कोहीको तकदिरमा हुँदैन । यसरी सहेको पीडा कोबाट र कुन रूपमा बाहिर निस्किन्छ, त्यो भने हेर्न बाँकी नै छ । अर्काे परिवर्तनको लागि रोल्पाले कर्म फेर्छ कि भाग्यमा विश्वस्त रहन्छ चासोको विषय छ ।

  • ‘युगद्रष्टा’ दिवाकर ज्ञवाली, जसलाई आफू बाँचेको समाजले नै चिन्न सकेन

    ‘युगद्रष्टा’ दिवाकर ज्ञवाली, जसलाई आफू बाँचेको समाजले नै चिन्न सकेन

    विसं १९९२ मा गुल्मीमा उदय भएर २०४१ सालमा देहान्तरण गर्नुभएका दिवाकर ज्ञवालीको जीवन र व्यक्तित्व समेटिएको स्मृतिग्रन्थको लोकार्पण गएको वैशाख १५ गते बुटवलमा भयो । स्मृतिग्रन्थमा दिवाकर ज्ञवालीलाई युगद्रष्टाको उपाधि दिइएको छ । ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ को लोकार्पण गुल्मी जिल्लाको क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र सोही क्षेत्रका पूर्वसांसद् एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त रुपमा गर्नुभयो ।

    को हुन् दिवाकर ज्ञवाली ?

    दिवाकर ज्ञवालीको भौतिक शरीर यतिखेर हामीबीच छैन । उहाँको महान व्यक्तित्वका बारेमा अहिलेका धेरैजसो युवाहरुले त्यति धेरै बुझेका पनि छैनन् । हुने विरुवाको चिल्लो पात भने झैं दिवाकर ज्ञवाली सानै उमेरदेखि नै कुशाग्र बुद्धि, विवेकी र महान हुनुहुन्थ्यो । उहाँ आदर्शवादी शिक्षक, राजनीतिक चिन्तक, विकासप्रेमी र समाज परिवर्तनका स्वप्नद्रष्टा हुनुहुन्थ्यो ।

    दिवाकर ज्ञवाली पूर्वीय एवम् पाश्चात्य सांस्कृतिक सभ्यताका ज्ञाता एवम् व्याख्याता हुनुहुन्थ्यो । अध्यात्मवाद र भौतिकवादका सम्यक द्रष्टा हुनुहुन्यो । उहाँका दर्शन र चिन्तन मानव समाजका बृहत्तर हितमा समर्पित रहेका छन् ।

    बाल्यकाल र शिक्षादीक्षा

    दिवाकर ज्ञवालीको जन्म विसं १९९२ सालमा तत्कालीन लुम्बिनी अञ्चल, गुल्मी जिल्लाको ग्वादी कोलौदीमा भएको हो । बुबा पुरुषोत्तम र आमा नर्मदा ज्ञवालीका ५ सन्तानमध्ये उहाँ तेस्रो सन्तान हुनुहुन्थ्यो । उमेरले पुरुषोत्तम ज्ञवाली जेठो भए पनि करिब ७-८ वर्षको उमेरमा बर्माबाट बसाइँ सरी आएकी कन्या नर्मदा ज्ञवालीसँग कान्छी श्रीमतीको रूपमा विवाह भएको थियो । नर्मदा ज्ञवालीको कोखबाट दिवाकर ज्ञवालीको जन्म भएको थियो ।

    दिवाकर ज्ञवालीले घरमै सामान्य अक्षर आरम्भ गरे पनि भञ्जिपोखराका गुरु होमनाथसँग केही संस्कृतका कुरा सिकी उहाँ अर्घाखाँची खिदिममा प्रारम्भिक शिक्षा लिन जानुभएको थियो । करिब ११ वर्षको उमेरमा दिवाकर ज्ञवालीले कर्मकाण्ड, रुद्री, चण्डी अमरकोष र वेदको सार जानिसक्नु भएको थियो । आमा नर्मदासँग अर्घाखाँची खिदिममा पढ्न नसक्ने बताएपछि दिवाकर ज्ञवालीलाई अध्ययनका लागि भारतको गोरखपुर, हरिद्वार र बनारस पठाइएको थियो ।

    बनारसबाट शास्त्री एवम् आईए परीक्षा दुवै एकैसाथ उत्तीर्ण भएपछि उहाँले हंसपुरस्थित गोरखपुर विश्वविद्यालयमा संस्कृतमा आचार्य प्रथम वर्ष र अङ्ग्रेजीतर्फको ब्याचलर प्रथम वर्षको अध्ययन गर्नुभएको थियो ।

    पढाइमा अब्बल भएकै कारण उहाँले भारतीय कलेजमा प्रथम श्रेणी हासिल गरी तक्मा र छात्रवृत्तिसमेत प्राप्त गर्नुभयो । तर, विदेशी विद्यार्थीलाई गोल्ड मेडल दिन नमिल्ने भनी प्रत्येक कलेजले प्रत्येक पटक निर्णय गर्दा उहाँले निकै अप्ठेरो महसुस गर्नुपरेको थियो । उहाँले संस्कृतमा आचार्यसम्म र अङ्ग्रेजीबाट बीए बीएड गर्नुभएको थियो । विदेशी विद्यार्थीलाई गोल्ड मेडल दिन नमिल्ने भनेपछि उहाँमा भारतप्रति वितृष्णा जाग्यो र नेपालमै केही गर्ने अठोटले स्वदेश फर्किनुभयो ।

    शैक्षिक र सामाजिक व्यक्तित्व

    दिवाकर ज्ञवालीले विसं २०२१ साल वैशाखदेखि रुरुक्षेत्र रिडीमा अवस्थित हाइस्कुलको प्रधानाध्यापकको जिम्मेवारी लिई शैक्षिक सेवा प्रारम्भ गर्नुभयो । विषयगत रुपमा उहाँ अङ्ग्रेजी विषयको शिक्षक हुनुहुन्थ्यो । तर, सबै विषयमा उहाँको विशेष दख्खल थियो । रिडी हाइस्कुलमा रहँदा दिवाकर ज्ञवालीले आफूलाई एक वैचारिक, शैक्षिक र सामाजिक अभियन्ताको रुपमा स्थापित गरिसक्नु भएको थियो ।

    सानै उमेरमा बाबु गुमाएका दिवाकर ज्ञवालीमा शारीरिक रूपले तन्दुरुस्ती, मानसिक रूपमा परिपक्वता थियो । उहाँ बौद्धिक रूपमा तीक्ष्ण, मिलनसार, असल, चरित्रवान, शैक्षिक व्यक्तित्व, दृढ विश्वासी, आँट र साहस भएको व्यक्ति हुनुहुन्थ्यो ।

    राजनीतिक चिन्तक र परिवर्तनका स्वप्नद्रष्टा

    दिवाकर ज्ञवाली रिडी हाइस्कुलको प्रधानाध्यापक र समाज सुधारकको रूपमा आफ्नो गाउँ, समाज, विद्यार्थी र अभिभावकहरूका बीच आदर्श र सम्मानित हुनुहुन्थ्यो । तर, तत्कालीन राज्य व्यवस्था र प्रहरी प्रशासनको बक्रदृष्टिमा भने उहाँ व्यवस्थाविरोधी र विद्रोहीको रुपमा चिनिनुहुन्थ्यो ।

    उहाँले संस्कृतमा आचार्यसम्म र अङ्ग्रेजीबाट बीए बीएड गर्नुभएको थियो । विदेशी विद्यार्थीलाई गोल्ड मेडल दिन नमिल्ने भनेपछि उहाँमा भारतप्रति वितृष्णा जाग्यो र नेपालमै केही गर्ने अठोटले स्वदेश फर्किनुभयो ।

    समाजमा रहेका असमानता, वर्ग, अन्याय र अत्याचारको अन्त्य गरी समाजलाई अगाडि बढाउनुपर्छ भन्ने दृढ सोच उहाँमा थियो । उहाँ आफ्नो प्रगतिशील सोचाइ राख्दै समाज परिवर्तनका लागि निरन्तर लागिरहनु भएको थियो । तर, उहाँले कुनै राजनीतिक पार्टीको सदस्यता लिएर प्रत्यक्ष रुपमा दलको गतिविधिमा संलग्न भएको भने पाइँदैन । उहाँ द्वन्द्वात्मक भौतिकवाद र पश्चिमी सभ्यताका सवल पक्षहरूलाई सकारात्मक रूपमा लिनुहुन्थ्यो । वैचारिक प्रष्टता, समन्वयकारी क्षमता र सम्मानजनक व्यवहारका कारण प्रशासनिक र अन्य जिम्मेवारीका काम सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुन्थ्यो । तत्कालीन परिस्थितिलाई सूक्ष्म मूल्याङ्कन गर्ने र कसरी स्थानीय साधन र स्रोतलाई गाउँ र समाजको विकासमा लगाउने भनी प्रभावकारी उपायहरूको खोजीमा उहाँ सदैव लागिरहनुहुन्थ्यो ।

    विकास निर्माण र समाज सुधारका काम गर्न उहाँ तत्कालीन ग्वादी गाउँ पञ्चायतको प्रधानपञ्च पनि हुनुभयो । सीमित स्रोत, साधन र बजेटबाट गर्न सकिने कार्य इमानदारी र कर्तव्यनिष्ठका साथ गर्नुभयो । ग्रामीण परिवारमा जन्मिएर सादा जीवन, उच्च विचारलाई आफ्नो जीवनको आदर्श बनाएका दिवाकर ज्ञवाली सबैका प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँका उच्च आदर्श, नैतिकता, सदाचार र कर्तव्यपरायणता सबैका लागि मार्गदर्शक बन्न सक्छन् ।

    जन्म र मृत्युको अनौठो संयोग

    जन्ममिति वा तिथिका आधारमा जन्म र मृत्युको संयोग हुने विश्वका महान व्यक्तित्वहरुमध्ये दिवाकर ज्ञवालीको जन्म र मृत्युको अनौठो संयोग देखिन्छ । दिवाकर ज्ञवाली करिब ४९ वर्ष यस धर्तीमा रहनुभयो । उहाँले करिब २२ वर्षसम्म विद्यालयको नेतृत्व गर्नुभयो । उहाँले राजनीतिक र सामाजिक चेतना बढाउँदै विकास निर्माणका कार्यमा अगुवाइ पनि गर्नुभयो ।

    शैक्षिक, राजनीतिक, सामाजिक र विकास निर्माणका कार्यमा अगुवाइ गर्दागर्दै दिवाकर ज्ञवाली विसं २०४१ साउन महिनामा अचानक बिरामी पर्नुभयो । उपचारका लागि गुल्मीबाट पाल्पा अस्पतालमा लैजाँदै गर्दा बाटैमा ४८ वर्ष पूरा भएर ४९ वर्ष प्रवेश गरेकै दिनमा उहाँको निधन भयो ।

    विसं १९९२ साउन १९ गते जन्मेका दिवाकर ज्ञवालीको देहावसान २०४१ साउन १९ गते नै भयो । उहाँको जन्म र मृत्युको यो अनौठो संयोग उल्लेखनीय मानिन्छ ।

    स्मृतिग्रन्थमा दिवाकर ज्ञवाली

    दिवाकर ज्ञवाली बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको बहुआयामिक व्यक्तित्व, सामाजिक र शैक्षिक तथा राजनीतिक योगदानलाई जीवन्त राख्ने उद्देश्यले दिवाकर स्मृति प्रतिष्ठानले उहाँको जीवन र व्यक्तित्वका बारेको स्मृतिग्रन्थ प्रकाशन गरेको छ ।

    प्रतिष्ठानले स्व.दिवाकर ज्ञवालीको स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णयपछि प्रा.डा.हिरण्यलाल ज्ञवालीको संयोजकत्वमा रुद्र ज्ञवाली र कलाधर अर्याल सदस्य रहेको सम्पादन समिति गठन भएको थियो । पछि सम्पादन समितिमा गुरुदत्त ज्ञवाली र यो पङ्क्तिकारलाई थप गरिएपछि दिवाकर ज्ञवालीको स्मृतिग्रन्थ तयार भयो ।

    समीक्षात्मक दृष्टिमा स्मृतिग्रन्थ

    ‘युगद्रष्टा दिवाकर ज्ञवाली’ नामक यो स्मृतिग्रन्थ जम्माजम्मी ४५६ पेजको छ । फास्ट पिन्टर्स बुटवलमा मुद्रण गरिएको यस ग्रन्थको व्यक्तिगत मूल्य ५०० र संस्थागत मूल्य १ हजार रुपैयाँ राखिएको छ । यस ग्रन्थमा नेपाल सरकारका पूर्वविशिष्ट व्यक्तिहरु, राजनीतिक, शैक्षिक तथा सामाजिक व्यक्तिहरु, उहाँका समकालीन र व्यक्तिहरु, साथीभाइहरु, उहाँका विद्यार्थीहरु र इस्टमित्र र पारिवारिक सदस्यहरु गरी १०३ जनाका विचार, स्मरण र भावना समेटिएका छन् ।

    स्मृतिग्रन्थमा प्रधानमन्त्री पुष्पकमल दाहालको शुभकामना सन्देश छ । त्यसैगरी गुल्मी जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, रुरु गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र दिवाकार ज्ञवालीको जन्म भएको वडाका अध्यक्ष घनश्याम अर्यालको शुभकामना सन्देश पनि छापिएको छ ।

    दिवाकर ज्ञवाली रिडी हाइस्कुलको प्रधानाध्यापक र समाज सुधारकको रूपमा आफ्नो गाउँ, समाज, विद्यार्थी र अभिभावकहरूका बीच आदर्श र सम्मानित हुनुहुन्थ्यो । तर, तत्कालीन राज्य व्यवस्था र प्रहरी प्रशासनको बक्रदृष्टिमा भने उहाँ व्यवस्थाविरोधी र विद्रोहीको रुपमा चिनिनुहुन्थ्यो ।

    स्मृतिग्रन्थमा ज्ञवालीका छात्र एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको लेख पनि छ । यस स्मृतिग्रन्थमा दिवाकर ज्ञवालीका समकालीन, शिक्षक, विद्यार्थी, राजनीतिक तथा सामाजिक अभियन्ता र नागरिक अगुवाहरूका विचार, स्मरण र अनुभूतिका आलेखहरू समेटिएका छन् ।

    स्मृतिग्रन्थका आठ खण्ड

    यस स्मृतिग्रन्थमा परिशिष्टसमेत गरी आठ खण्ड छन् । हार्डकभर पेजको पछाडि दिवाकर ज्ञवालीद्वारा रचित ‘मेरो रेडियो बजेन’ शीर्षकको अत्यन्तै महत्वपूर्ण कविता छापिएको छ । जुन कविता रिडी हाइस्कुलको मुखपत्र रुरु पत्रिकामा विसं २०२५ सालमा छापिएको थियो । जसका सम्पादक स्वयम् दिवाकर ज्ञवाली नै हुनुहुन्थ्यो ।

    स्मृतिग्रन्थको पहिलो खण्डमा जीवनीमूलक लेखरचना समावेश छन् । यो खण्डले दिवाकर ज्ञवालीको समग्र जीवनका विविध आयाम उजागर गरेको छ । यस खण्डमा उहाँकै ज्येष्ठ सुपुत्र डा. मेघराज ज्ञवालीले आफ्ना बुबा दिवाकर ज्ञवालीको समग्र जीवनका बारेमा अत्यन्तै सारगर्भित लेख लेख्नुभएको छ । संस्कृत श्लोकबाट सुरु गरिएको यो लेखको शीर्षक नै ‘युगद्रष्टा दिवाकार ज्ञवाली’ रहेको छ । आफ्नो अनुभव र अनुभूतिसहित अत्यन्तै सूक्ष्म अध्ययन र विश्लेषण गरी लेखिएको यो जीवनीमूलक लेखको शीर्षक ‘युगद्रष्टा दिवाकार ज्ञवाली’ लाई नै स्मृतिग्रन्थको मूल नाम दिइएको छ ।

    यस खण्डमा स्मृतिग्रन्थकै सम्पादक रुद्र ज्ञवालीको ‘कर्मयोगी दिवाकर ज्ञवाली’ शीर्षकको लेख अत्यन्तै ओजपूर्ण र स्तरीय रहेको पाइन्छ । अत्यन्तै सूक्ष्म अध्ययन र विश्लेषण गरी लेखिएको यस लेखले दिवाकर ज्ञवालीको बहुआयामिक र प्रतिभाशाली व्यक्तित्वलाई सटिक रुपमा उजागर गरेको छ ।

    यसै खण्डमा दिवाकर ज्ञवालीका माइला छोरा वेदराज ज्ञवाली, नेपाल सरकारका पूर्व विशिष्ट व्यक्तिहरु प्रेमनिधि ज्ञवाली, तीर्थराज शर्मा ज्ञवालीलगायत १० जनाका जीवनीमूलक लेख रहेका छन् । ती लेखहरुमा दिवाकर ज्ञवालीको समग्र जीवनका विविध पक्षका बारेमा उल्लेख गरिएका छन् ।

    दोस्रो खण्डको शीर्षक ‘अनुभूतिमा दिवाकर ज्ञवाली’ राखिएको छ । यस खण्डमा उहाँका बारेमा लेखिएका अनुभूतिमूलक लेख-रचनाहरु समावेश छन् । यसै ग्रन्थका सम्पादक एवम् वरिष्ठ साहित्यकार गुरुदत्त ज्ञवाली, पशुपति ज्ञवाली, कृष्ण ज्ञवाली, साहित्यकार भागीरथी श्रेष्ठलगायत ३९ जनाका अनुभूति यसमा समावेश छन् ।

    तेस्रो खण्डलाई ‘राजनीतिज्ञका दृष्टिमा दिवाकर ज्ञवाली’ शीर्षक दिइएको छ । यसै खण्डमा दिवाकर ज्ञवालीका छात्र एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको लेख पनि छापिएको छ । यो लेख अत्यन्तै महत्वपूर्ण र उत्कृष्ट छ । प्रदीप ज्ञवालीले आफू दिवाकर ज्ञवालीको विद्यार्थी रहेको र उहाँको व्यक्तित्वको अमिट छाप परेको कुरा लेख्नुभएको छ । दिवाकर ज्ञवाली नेपालको समग्र राजनीति र समाजका लागि प्रेरणाको स्रोत भएको उल्लेख पूर्वमन्त्री प्रदीप ज्ञवालीले यस लेखमा गर्नुभएको छ ।

    यसै खण्डमा दिवाकर ज्ञवालीका सहोदर भाइ स्व. केशव ज्ञवालीको पूर्वप्रकाशित लेख पनि छापिएको छ । यो लेख अत्यन्तै गहकिलो छ । राजनीतिज्ञ युवराज ज्ञवाली, कमल श्रेष्ठ, टङ्क पोखरेल, सञ्जीव गौतम, तेजप्रसाद कँडेल, लीलाबहादुर केसीलगायत ११ जनाले दिवाकर ज्ञवालीको राजनीतिक दृष्टिकोण र योगदानका बारेमा चर्चा गर्नुभएको छ ।

    चौथो खण्डलाई ‘पारिवारिक स्मृतिमा दिवाकर ज्ञवाली’ शीर्षक दिएर उहाँको परिवारका सदस्यहरुका स्मृतिलाई स्थान दिइएको छ । यस खण्डमा उहाँका परिवारका सदस्यहरुले आआफ्ना स्मरण, भावना र अनुभूति लेखेका छन् । यो पारिवारिक खण्डले पाठकलाई अत्यन्त भावुक बनाइदिन्छ । खास गरी कान्छो छोरा शिव ज्ञवालीले लेखेको ‘टोपी झिकिएको त्यो दिन’ भन्ने आलेखले धेरैजसोको हृदयलाई छुन्छ । आफ्ना बाबाको मृत्यु भएको समेत अवगत नभएको अबोध बालकको टोपी अचानक कसैले झिकिदिँदाको हृदयविदारक अनुभूति उनले यस लेखमा उल्लेख गरेका छन् ।

    यस खण्डमा विष्णु ज्ञवालीको स्मरण, प्रमिना भट्टराई ज्ञवालीको स्मृति र शर्मिला घिमिरे ज्ञवालीका अनुभूति, डा.मञ्जु ज्ञवालीका स्मरण र शान्ता ज्ञवाली गौतमको बुबालाई सम्झिँदा भन्ने लेखहरु अत्यन्तै मार्मिक र हदयस्पर्शी छन् । वेदराज ज्ञवाली, भोजराज ज्ञवाली, दिव्यराज ज्ञवाली र रुन्दता नेपाललगायत परिवारका सबैजसोका भावनात्मक लेखले पाठकको मन-मस्तिष्कलाई पगालिदिन्छ ।

    परिवारका सबैजसो व्यक्तिमा उत्कृष्ट लेखनशैली रहेको, रचनात्मक क्षमता भएको र विद्वता रहेको उनीहरुले लेखेका लेखहरुमा पाउन सकिन्छ । यो गुण र क्षमता उनीहरुमा देखिनु सायद दिवाकर ज्ञवालीकै व्यक्तित्वको प्रभाव हो कि भन्ने प्रमाण प्रशस्त मात्रामा भेटिन्छ ।

    कलाधर अर्याल, विजय सापकोटा, कोपिला ज्ञवाली र शान्तिदेवी घिमिरेका स्मरण लेखहरु अत्यन्तै भावुक, हदयस्पशी र स्तरीय छन् । डा.अनुपा ज्ञवालीको अङ्ग्रेजी भाषामा लेखिएको कविताले अत्यन्तै गहन भाव व्यक्त गरेको छ । युवा पुस्ता सन्देश ज्ञवाली र सुजित ज्ञवालीद्वारा अङ्ग्रेजी भाषामा लेखिएका भावनात्मक अनुभूति र स्मरण नयाँ पुस्ताका लागि अनुकरणीय छन् ।

    परिवारका सबैजसो व्यक्तिमा उत्कृष्ट लेखनशैली रहेको, रचनात्मक क्षमता भएको र विद्वता रहेको उनीहरुले लेखेका लेखहरुमा पाउन सकिन्छ । यो गुण र क्षमता उनीहरुमा देखिनु सायद दिवाकर ज्ञवालीकै व्यक्तित्वको प्रभाव हो कि भन्ने प्रमाण प्रशस्त मात्रामा भेटिन्छ ।
    पाँचौं खण्डलाई ‘शैक्षिक/सामाजिक जागरणमा दिवाकर ज्ञवाली’ शीर्षक दिइ उहाँले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानसँग सम्बद्ध सामग्री राखिएको छ ।

    ‘गीत-कवितामा दिवाकर ज्ञवाली’ शीर्षक राखिएको छैटौं खण्डअन्तर्गत उहाँका बारेमा सिर्जित गीत-कविता जस्ता पद्य लयात्मक सामग्री राखिएको छ । यसै खण्डमा स्मृतिग्रन्थका प्रधान सम्पादक प्रा.डा. हिरण्यलाल ज्ञवालीको कविता समावेश छ । अनुष्टुप छन्दमा लेखिएको यो कविताले दिवाकर ज्ञवालीको बहुमुखी प्रतिभाको वर्णन गर्दै उहाँ साँच्चिकै गगनको उज्ज्वल भास्कर वा सूर्य नै भएको पुष्टि गरेको छ । यसै खण्डमा ग्रन्थका सम्पादक गुरुदत्त ज्ञवालीको गीतले दिवाकर ज्ञवालीको महानता र व्यक्तित्व झल्काएको छ ।

    सातौं खण्डमा उहाँका बारेमा अंग्रेजी भाषामा लेखिएका सामग्री समावेश छन् । प्रोफेसर के.एस. गैरै, देवीराम ज्ञवालीलगायत ४ जनाका अंग्रेजी भाषामा लेखिएका विविध लेखमा उहाँको बहुमुखी व्यक्तित्वलाई प्रस्तुत गरिएको छ ।

    आठौं खण्डका रुपमा परिशिष्टअन्तर्गत उहाँका तस्बिरहरुका साथै अन्य उपलब्ध सामग्रीहरु राखिएका छन् । यसै खण्डको परिशिष्टाङ्कमा उहाँका पारिवारिक फोटाहरु र उहाँ सम्बद्ध उपलब्ध सामग्रीहरु पनि समावेश छन् । दिवाकर ज्ञवाली आफू बाहिर रहँदा घरमा पठाएको एउटा चिठी, शिक्षकको पहिलो नियुक्तिपत्र, उहाँको हस्ताक्षरसहितको हाजिरीपुस्तिका र उहाँको निधनमा रिडी माविले छपाएको हार्दिक श्रद्धाञ्जली र समवेदनालाई स्क्यान गरी राखिएको छ ।

    यस स्मृतिग्रन्थमा कतै-कतै भाषिक त्रुटि भने भेटिन्छन् । तथापि यस ग्रन्थमा अन्य पुस्तकहरुभन्दा तुलनात्मक रुपमा भाषिक शुद्धाशुद्धीलाई बढी महत्व दिइएको पाइन्छ ।

    सम्पादकीयको ओज र गहनता

    स्मृतिग्रन्थको सम्पादकीय अत्यन्तै गहन र ओजपूर्ण लाग्छ । सम्पादकीय अत्यन्तै सूक्ष्म अध्ययन, गहन विश्लेषण र कडा मेहनत गरी लेखिएको प्रतीत हुन्छ । गहकिला र सुन्दर शब्दहरुको संयोजनमा लेखिएको सम्पादकीय समग्र ग्रन्थको एकमुष्ट सार खिच्न सफल भएको छ ।

    सम्पादकीयमा युगद्रष्टा भनिएका दिवाकर ज्ञवालीको बारेमा लेखिएको छ, ‘दिवाकर ज्ञवालीका व्यक्तित्वका बहुआयामिक पक्षहरू छन् । दिवाकर ज्ञवाली यथास्थितिका विरोधी र सकारात्मक परिवर्तनका पक्षपाती हुनुहुन्थ्यो । उहाँले प्रत्यक्षतः कुनै राजनीतिक दलको सदस्यता लिएको नदेखिए पनि राजनीतिक विचारका हिसाबले उहाँ वाम पक्षधर हुनुहुन्थ्यो भन्ने कुरा केही आलेखहरूमा दाबी गरिएको छ ।’

    तत्कालीन समाजले दिवाकर ज्ञवालीलाई चिन्न नसकेको दाबीसहित सम्पादकीयमा लेखिएको छ, ‘दिवाकर ज्ञवाली निर्भीक, निडर र यथास्थितिवादको विपक्षमा हुनुहुन्थ्यो । उहाँ अत्यन्तै प्रतिभाशाली दार्शनिक र कुशल सामाजिक अभियन्ता हुनुहुन्थ्यो । उहाँ पूर्वीय एवम् पाश्चात्य सांस्कृतिक सभ्यताका ज्ञाता एवम् व्याख्याता हुनुहुन्थ्यो । अध्यात्मवाद र भौतिकवादका सम्यक द्रष्टा हुनुहुन्यो । उहाँका दर्शन र चिन्तन मानव र समाजका बृहत्तर हितमा समर्पित थिए । उहाँमा अन्तरनिहित बहुआयामिक प्रतिभालाई तत्कालीन राजनीतिक परिवेशले चिनेन । उहाँ बाँचेको आफ्नै समाजले पनि उहाँको विलक्षण प्रतिभा र महान व्यक्तित्वलाई चिन्न सकेन ।’

    युग परिवर्तित समयको द्योतक हो भने द्रष्टा त्यस युगको मार्गदर्शन गर्न अग्रसर व्यक्ति हो । समाज, समय र सिङ्गो युगलाई उचित मार्गमा हाँक्ने र मार्गदर्शन गर्नसक्ने प्रतिभा नै युगद्रष्टा हो । त्यो विराट प्रतिभा दिवाकर ज्ञवालीमा नै रहेको सप्रमाण पुष्टि हुन्छ ।

    सम्पादकीयमा अगाडि लेखिएको छ, ‘तत्कालीन सत्ताका तावेदार, दरबारिया र उनका भरौटेहरूबाट दिएका प्रलोभनमा परेको भए दिवाकर ज्ञवाली पञ्चायती शासनकालमा कम्तीमा पनि अञ्चालाधीश अथवा मन्त्री बन्न सक्नुहुन्थ्यो । अथवा तत्कालीन प्रशासकले विभिन्न माध्यमले दिएका मानसिक यातना या धम्की-त्रासमा परेको भए एउटा औसत शिक्षकको भूमिकामा खुम्चिएर रहनुहुन्थ्यो । तर, स्वाभीमानी उहाँलाई यी दुबै कुरा मान्य थिएन । गाउँको समूल परिवर्तनविना समाज रुपान्तरण हुन सक्दैन भन्ने आफ्नो धारणामा उहाँ सतिसाल बनेर उभिनुभयो । ग्रामीण क्षेत्रका बासिन्दाको सामाजिक, आर्थिक र राजनीतिक चेतनाको स्तर उकास्ने अभियानमा उहाँ जीवनपर्यन्त लागिरहनु भयो ।’

    ‘दिवाकर ज्ञवालीका जीवनका थुप्रै अध्याय कालीगण्डकीको प्रवाहसँगै बगेर गएका छन् । समाजले उहाँका दार्शनिक तथा बौद्धिक प्रवाहलाई भण्डारण गर्न सकेन । साँच्चै भन्ने हो भने उहाँको बौद्धिक कुशाग्रतालाई चिन्ने क्षमता हामीसँग रहेन । उहाँले यो धराधाम छोड्नुभएको चार दशकपछि बल्ल हामी उहाँको स्मृतिग्रन्थ निकाल्ने सुरसारमा छौं । उहाँका स्मृतिहरू धूमिल हुँदै गएको अवस्थामा हामीले उहाँको स्मृतिका धूमिल दृश्यहरूलाई पुछपाछ गरेर समाजका अगाडि राखिदिने सानो प्रयत्नमात्र गरेका छौं ।’

    प्रतिष्ठानका अध्यक्ष भोजराज ज्ञवालीद्वरा लिखित ‘अध्यक्षको कलमबाट’ भन्ने स्तम्भ अत्यन्त स्तरीय छ । प्रतिष्ठानले हालसम्म गरेका काम, स्मृतिग्रन्थ प्रकाशनका लागि भएका प्रयास र भावी योजना यसमा उल्लेख छन् ।

    ‘युगद्रष्टा’ उपाधिको सार्थकता

    यस स्मृतिग्रन्थमा दिवाकर ज्ञवालीलाई युगद्रष्टाको उपाधि दिइएको छ । यो अत्यन्तै ओजिलो, गहन र महान उपाधि हो । यस्तो उपाधि जो-कोही व्यक्तिलाई दिन मिल्दैन । गहन अर्थ दिने युगद्रष्टाको उपाधि दिवाकर ज्ञवालीलाई नै किन दिइयो ? प्रश्न र जिज्ञासा दुबै उठेका छन् ।

    युगद्रष्टा युग र द्रष्टाको संयोजनबाट मिलेर बनेको शब्द हो । युग परिवर्तित समयको द्योतक हो भने द्रष्टा त्यस युगको मार्गदर्शन गर्न अग्रसर व्यक्ति हो । समाज, समय र सिङ्गो युगलाई उचित मार्गमा हाँक्ने र मार्गदर्शन गर्नसक्ने प्रतिभा नै युगद्रष्टा हो । त्यो विराट प्रतिभा दिवाकर ज्ञवालीमा नै रहेको सप्रमाण पुष्टि हुन्छ ।

    दिवाकर ज्ञवाली अत्यन्तै प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको व्यक्तित्वका बहुआयामिक पक्षहरू छन् । उहाँ बहुमुखी प्रतिभाका धनी व्यक्तित्वमात्रै होइन, समग्र नैपालकै एउटा अनुकरणीय शैक्षिक व्यक्तित्व र कुशल सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो ।

    दिवाकर ज्ञवाली गाउँको अवस्थामा सुधार ल्याउनुपर्छ भनेर निरन्तर केही न केही गरिरहनुहुन्थ्यो । चिन्तन गरिरहनुहुन्थ्यो । गाउँमा खानेपानी, कुवा-पँधेराको निर्माण, बाटो गोरेटो र पुल निर्माणलगायत समग्र विकासका विषयमा दूरगामी दृष्टि राख्नुहुन्थ्यो । परिवर्तन, विकास र समृद्धिको सपना देखाउनुहुन्थ्यो । राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रमा अति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बहु-आयामिक व्यक्तित्व, विलक्षण प्रतिभाका धनी दिवाकर ज्ञवाली चेतनाको संवाहक हुनुहुन्थ्यो ।

    राजनीतिक र दार्शनिक ज्ञान, दूरदर्शिता, समस्याको पहिचान र समाधानका सूत्र पत्ता ल्याउने क्षमता भएका, नेतृत्व गर्ने कलाकौशल र समाज समयलाई मार्गदर्शन गर्ने क्षमता भएका कारण दिवाकर ज्ञवालीलाई स्मृतिग्रन्थमा दिइएको युगद्रष्टाको उपाधि अत्यन्त उपयुक्त, जायज र सार्थक मान्न सकिन्छ । दिवाकर ज्ञवाली समकालीन समाज र समयको युगद्रष्टा नै हुनुहुन्छ ।

    अन्त्यमा

    दिवाकर ज्ञवालीको भौतिक शरीर हामीबीच छैन । तर, नेपालको शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा गरेका योगदानका कारण उहाँ जनजनका मनमा जीवित हुनुहुन्छ । उहाँको सत्चरित्र, परोपकारी, निर्भीक, सेवा, विलक्षण प्रतिभायुक्त व्यक्तित्व र कृतित्वले उहाँलाई अमर बनाएका छन् । दिवाकर ज्ञवाली आकाशमा सधैं चम्किने साँच्चिकै दिवाकर (सूर्य) झैं हुनुभएको छ ।

    युगद्रष्टा दिवाकर ज्ञवाली र स्मृतिग्रन्थबारे विद्वतवर्ग, समीक्षक र पाठकहरुको यथोचित प्रतिक्रियाको अपेक्षासहित युगद्रष्टा दिवाकर ज्ञवालीप्रति भावपूर्ण श्रद्धासुमन !

  • नेपाल-कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्

    नेपाल-कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्

    ५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो । त्यतिबेला हामीले भोगेका अनेकौँ पिडादायी क्षणहरूभन्दा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ । कूटनीतिक सम्बन्ध स्थापित भएका हामी दूरीका हिसाबले चार हजार किलोमिटर टाढा रहेका छौँ । आज हामी दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध, सांस्कृतिक समन्वय, विकास साझेदारी कार्यक्रम, रोजगारी समन्वय आदिले नयाँ उचाइ चुमेको छ । कूटनीतिक सम्बन्ध स्थापना भएका अन्य मुलुकहरूभन्दा नितान्त फरक किसिमको आत्मीयता, सम्मान, विकास साझेदारी कार्यक्रमले यत्तिको फड्को मार्ने सम्बन्धमा बहुसङ्ख्यकले कल्पना गरेका थिएनौँ भन्ने लाग्छ ।

    कोरिया र नेपाल हवाई उडानका माध्यमबाट करिब सात घण्टाको दूरीमा रहेका छन्, तथापि एसियाली मुलुक गणतन्त्र कोरिया र नेपालबीच सामाजिक एवं सांस्कृतिक, धार्मिक मूल्य मान्यता, भोजन आदि धेरै पक्षहरूमा समानता पाइन्छ । नेपालको लुम्बिनीमा जन्मनु भएका गौतमबुद्धबाट शुरुआत भएको बौद्ध संस्कृति, परिवारलाई महत्त्व दिने संस्कार तथा ठूलालाई सम्मान गर्ने संस्कार आदि हामी दुई देशबीचमा समानता रहेका छन् । त्यसै गरी खानामा चामलको प्रयोग, मःम, गुन्द्रुकलगायतका परिकार पनि समानता रहेका छन् । नेपालमा मैले भेट्ने नेपालीहरू र मेरो अनुहार पनि मिल्दोजुल्दो पाउँछु । दुई देशबीच परापूर्वदेखि नै समान रहेका संस्कार, संस्कृति, आचरण, भोजन, अनुहार आदि पक्षहरू निकै सुन्दर पक्षहरू हुन् भन्ने लाग्छ । दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । विगत ५० वर्षको मित्रतालाई मूल्याङ्कन गर्दै आगामी ५० वर्षका लागि विकास साझेदारी कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने बारेमा दिशा निर्धारण गर्ने गोरेटो तय गर्ने चरणमा आइपुगेका छौँ । दुई देशको सम्बन्धलाई ‘तीन पी’ पिस (शान्ति) पिपुल (जनता) र प्रोस्पेरिटी (समृद्धि) का रूपमा हेर्न सकिन्छ ।

    शान्ति

    कोरिया र नेपालले क्षेत्रीय मामिलामा पनि दुई देशबीचको सहकार्यले निरन्तरता पाएको छ । हामीले आफ्नो स्वार्थमा मात्र ध्यान केन्द्रित नगरी बहुपक्षीय हितका लागि साझा मञ्चको उपयोग गर्दै आएका छौँ । हामी दुवै मुलुकले मैत्रीपूर्ण तथा शान्तिप्रिय सम्बन्ध स्थापित गरेका छौँ । संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय क्षेत्रहरूमा सहभागिता जनाउँदा हामी विश्वभर शान्ति र स्थायित्व प्रवर्द्धन गर्न एउटै स्थानमा रहेर आफ्नो समान धारणा सार्वजनिक गरिरहेका छौँ ।

    कोरियाली युद्धको समयमा हामीले भोगेको अनुभव जस्तै आधुनिक इतिहासमा नेपालले भोगेको समान अनुभव तथा शान्ति प्रक्रियाको व्यवस्थापनसम्बन्धी महत्त्व राम्रोसँग बुझ्ने देशहरूमध्ये नेपाल एक हो । दुई देशबीचको कूटनीतिक सम्बन्धमा कुनै पनि राजनीतिक मुद्दा उठेका छैनन् र हामीले एक अर्कालाई बुझेका छौँ र राम्रो सहयोगी सम्बन्ध राखेका छौँ र भविष्यमा पनि यसले निरन्तरता पाउनेछ ।

    जनता

    कूटनीतिक सम्बन्धमा जनस्तरको सम्बन्ध तथा सहकार्य निकै महत्त्वपूर्ण सम्पत्तिको रूपमा लिइन्छ । कोरिया र नेपालबीच सक्रिय रूपमा विकसित जनस्तरको सम्बन्धले दुई देशबीचको मैत्रीपूर्ण समन्वयले महत्त्वपूर्ण स्थान लिएको छ । सन् २००८ देखि नेपाली युवाले रोजगारीका लागि सबैभन्दा बढी रुचाएको देशमा कोरियाले स्थान लिएको छ । कोरियाको इतिहास फर्किएर हेर्दा देश विकास र उत्पादन वृद्धि प्रक्रियामा वैदेशिक रोजगारीले उल्लेख्य भूमिका निभाएको थियो । विगतमा हाम्रो देशबाट जर्मनी र मध्यपूर्वी देशहरूमा धेरै कामदारले पसिना बगाएका थिए । नेपालको हालको अवस्थासँग मिल्दोजुल्दो छ । हाल नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत सरकारी पक्षबाट श्रम सहकार्य गरी नेपाली कामदारलाई न्यून शुल्कमा सरल तथा निष्पक्ष रूपमा रोजगारीको अवसर प्रदान गरेका छौँ । सन् २००८ पश्चात् हालसम्म एक लाखभन्दा बढी नेपाली युवालाई कोरियामा रोजगारीको अवसर प्रदान गरिएको छ र हाल ४४ हजारभन्दा बढी व्यक्ति कोरियामा कार्यरत छन् ।

    इपिएसमार्फत कोरियामा कार्यरत नेपालीलाई स्वदेशी कामदार सरह समान न्यूनतम पारिश्रमिक, स्वास्थ्य बीमा, औद्योगिक दुर्घटना बीमा तथा कोरियाली सरह श्रम अधिकारको संरक्षण प्रदान गरिएको छ । नेपालको श्रम शक्तिले कोरियाली अर्थतन्त्रमा गरेको योगदानका लागि हामी सदा आभारी छौ । इपिएस कार्यान्वयनमा दुई देशका सरकारी पक्ष संलग्न भएकोले कामदारको अन्तिम छनोट प्रक्रियामा रोजगारदाताको मुख्य भूमिका हुन्छ । कोरियाली रोजगारदाताले १६ इपीएस साझेदार देशका कामदारमध्ये नेपाली कामदारलाई सबैभन्दा बढी रुचाउँछन् । त्यसको फलस्वरुप गतवर्ष कोरियामा करिब २० हजार नेपाली कामदारले काम गर्ने अवसर पाएका थिए । यो संख्या भनेको कामदार भित्र्याउने १६ देशमध्ये सबैभन्दा बढी हो । नेपालीहरू इमान्दार, मेहनती तथा अनुशासित छन् भन्ने बारेमा कोरियाली रोजगारदाता र समाजमा विश्वास छ । हाम्रो दूतावासले इपिएस प्रणालीमार्फत निरन्तर नेपालीलाई कामको अवसर उपलब्ध गराउन नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ ।

    कोरियाबाट धेरै पर्यटकहरू नेपाल आउने गरेका छन् । कोरियाली पर्यटकले नेपालको सुन्दर हिमाल तथा शानदार सांस्कृतिक सम्पदाको आनन्द लिने गरेका छन् । कोरियामा पनि नेपालमा जस्तै धेरै पहाडहरू छन्, कोरियाको ६३५ भाग वन क्षेत्रले ओगटेको छ । कोरियालीहरू पहाडहरू मन पराउँछन्, र पैदल यात्रा सबैभन्दा लोकप्रिय मनोरञ्जन गतिविधि हो । कोरियाली पर्वतारोहणीहरुका लागि आफ्नो जीवनमा एक पटक भने पनि हिमालय आरोहण गर्ने सपना रहेको हुन्छ । गत वर्ष २४ हजार हाराहारी कोरियालीले नेपालमा यो सपना पूरा गरेका थिए । कोरियामा एक करोड ८० लाख पर्वतारोही छन्, जसले हिमालय आरोहणलाई ‘बकेट लिस्ट’ वस्तु मान्छन् । हामी निकट भविष्यमा कोरोना महामारी हुनुभन्दा अगाडि झण्डै ४० हजार कोरियाली पर्यटकहरूले नेपाल भ्रमण गरेको संख्या हाराहारीमा उक्त संख्या पुग्नेछ भन्ने लाग्दछ । नेपालमा प्राकृतिक सौन्दर्यको आनन्द लिने कोरियालीहरू नेपाल र नेपाली संस्कृतीप्रति माया र सद्भाव राख्ने शक्ति बनेका छन् । प्रख्यात कोरियाली पर्वतारोही क्याप्टेन अम होङ गिलले नेपालमा सहयोग गर्नका लागि संस्था स्थापना गरी कमजोर शैक्षिक अवस्था भएका दुर्गम क्षेत्रमा १९ वटा विद्यालय निर्माण गरिसकेका छन् । अर्को शब्दमा भन्नुपर्दा, कोरिया र नेपालले सक्रिय द्विपक्षीय जनस्तरको आदान–प्रदानबाट पारस्परिक सकारात्मक चेतनाको विकास गरेका छन् र निजी स्तरमा पनि सहयोग विस्तार गर्दै आएका छन् ।

    नेपालका काठमाडौँ, ललितपुर, पोखरालगायतका महानगरपालिकाले कोरियाका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् । दुई देशका स्थानीय सरकार, महानगरपालिका तथा नगरपालिकाबीचको समन्वयले सहरी पूर्वाधार, निर्माण, कृषि, पर्यटनको विकासमा सहयोग पुग्नेछ भन्ने लागेको छ । कोरिया नेपालको असल मित्रराष्ट्र मात्र नभएर विकास साझेदार देश पनि भएकाले त्यहाँबाट सिक्ने ज्ञान तथा सीप अन्ततः नेपालको समग्र विकासका लागि सुनौला उपहार हुनेछन् । आगामी दिनमा दुवै देशमा उच्चस्तरको राजनीतिक भ्रमण, सरकारी नेतृत्वबीच निरन्तर सम्पर्क तथा संवाद हुन त्यत्तिकै आवश्यक देखिन्छ ।

    समृद्धि

    कोरिया र नेपालबीचको आर्थिक समृद्धि र विकाससम्बन्धी सहकार्य पनि निरन्तर विस्तार हुँदै गएको छ । कोरिया सरकारले नेपाललाई विगत १५ वर्षदेखि प्रमुख विकास साझेदार देशको रूपमा निर्धारण गरेर स्वास्थ्य, शिक्षा, कृषि जस्ता क्षेत्रमा विकास सहयोग परियोजनालाई प्रवर्द्धन गर्दै आएको छ । कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि सन् २०२३को अन्त्यसम्म नेपालका विभिन्न परियोजनाका लागि कुल २० करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराइसकेको छ । कोरिया सरकारले नेपालको आवश्यकताअनुसार स्वास्थ्य क्षेत्रमा कुल सहयोग रकममध्ये ३२ प्रतिशत, कृषि क्षेत्रमा १९ प्रतिशत, सञ्चार ९आइटी० क्षेत्रमा १७ प्रतिशत, सार्वजनिक प्रशासन सुधार क्षेत्रमा १३ प्रतिशत तथा शिक्षा क्षेत्रमा १० प्रतिशत रकम विनियोजन गरेर साझेदारी कार्यक्रम अगाडि बढाएको छ । त्यसै गरी सन् १९९१ बाट सन् २०२३ सम्म नेपाल सरकारका विभिन्न तहका दुई हजार २११ जना कर्मचारीलाई क्षणिक तथा विश्वविद्यालयमा अध्ययन गर्ने अवसर प्रदान गरेका छौँ । क्षणिक भ्रमणका क्रममा कर्मचारीको व्यवस्थापकीय कुशलताका लागि ध्यान केन्द्रित गरेका छौँ । सोही अवधिमा कोरियाबाट स्वयंसेवकका रूपमा जम्मा तीन हजार २३६ जना स्वयंसेवकले नेपालको आवश्यकताअनुसार विभिन्न क्षेत्रमा सहयोगी भूमिका खेलिसकेका छन् ।

    कोरियाले छोटो समयमा गरेको द्रुत विकासको अनुभव साट्नका लागि तथा विकासको क्रममा हामीले भोगेका कठिनाइहरू नेपालले भोग्न नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारसँग हातेमालो गरिरहेका छौँ । हाल कोरिया सरकारमार्फत नेपालमा ४८ वटा परियोजना सञ्चालनमा रहेका छन् । त्यसै गरी पाँच वर्षको अवधिभित्र केही सम्पन्न भएका र केही सञ्चालनमा रहेका परियोजनाको संख्या ११४ वटा रहेको छ । हाम्रो उद्देश्य नेपालको समृद्धिका लागि आवश्यक आधार तय होस् भन्ने रहेको छ । हामी निकट भविष्यमा समृद्ध नेपाल हेर्न आतुर छौँ र त्यो सम्भव छ भन्ने हाम्रो बुझाई रहेको छ । कोरियामा काम गरेर नेपाल फर्केका व्यक्तिले नेपालको समृद्धिमा योगदान गर्न सक्ने वातावरण निर्माणका खातिर प्रयत्नरत छौँ । यसै अन्तर्गत कोरिया फिर्ती अनुभवी व्यक्तिहरूलाई उद्यमशील तालिम प्रदान गरेर नेपालमा नै व्यवसाय सञ्चालन गर्न पुनः एकीकरण कार्यक्रम सञ्चालनमा ल्याएका छौँ ।

    त्यसै गरी दुई देशबीच आर्थिक गतिविधि पनि सक्रिय रूपमा अगाडि बढेको छ । कोरियाली कम्पनीले नेपालको विभिन्न क्षेत्रमा लगानीको सम्भावनालाई नियाली रहेका छन् । नेपाल सरकारको योजनामा रहेको नेपालको उत्पादनलाई महत्त्व दिँदै (मेड इन नेपाल) लेखिएका सामान उत्पादनले स्थान पाएको छ । विभिन्न कोरियाली कम्पनीले नेपालमा नै उत्पादन शुरुआत गरिसकेका छन् । नेपालमा रोजगार सिर्जना गर्न तथा वैदेशिक लगानीका उत्कृष्ट उदाहरणका रूपमा उदाएका छन्, जसले अन्य मुलुकका लगानीकर्ताको पनि नेपालमा ध्यान केन्द्रित गर्छ भन्ने लागेको छ । कोरियाको विश्व प्रसिद्ध कम्पनीले नेपालमा लगानी थालनी गरिसकेको छ । गत वर्ष अप्रिलदेखि कोरियाली ग्लोबल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले नेपाली कम्पनीसँगको संयुक्त लगानीमा नवलपरासी जिल्लामा अत्याधुनिक टिभी एसेम्बली प्लान्टमार्फत आधुनिक टिभीको व्यावसायिक उत्पादन गरिरहेको छ ।

    यसैगरी हुन्डाई मोटर कम्पनीले पनि नेपालको स्थानीय कम्पनीसँगको साझेदारीमा यही मे १० तारिखदेखि नवलपरासी जिल्लामा अटोमोबाइल एसेम्बली प्लान्ट स्थापना गरी व्यावसायिक रूपमा गाडी उत्पादन शुरु गरेको छ । नेपालमा जलविद्युत् उत्पादनको क्षेत्रमा कोरियाको साउथ–इस्ट पावर कम्पनीले विश्वव्यापी वित्तीय संस्थालगायतको संयुक्त लगानीमा ६५० मिलियन अमेरिकी डलरको स्रोत जुटाएर रसुवा जिल्लामा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सन् २०२७ मा आयोजना सम्पन्न भएर विद्युत् उत्पादनको लक्ष रहेको छ । जलविद्युत् क्षेत्रमा कोरियाली कम्पनीको लगानी रहेको यो तेस्रो आयोजना हुनेछ । कोरियाली कम्पनीको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशमध्ये शीर्ष पाँच स्थानमा रहेको छ । यही वर्ष अप्रिल २८ र २९ मा भएको तेस्रो लगानी सम्मेलनमार्फत कोरियाली लगानीकर्तालाई नेपालको लगानी सम्भावना, लगानीयोग्य परियोजनाका बारेमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो र नेपालमा थप कोरियाली लगानीले स्थान पाउने छ भन्ने मेरो बुझाइ रहेको छ ।

    सदाबहार साथी

    साथी बनाइँदैन, आपसेआफ बन्छ । साथी भनेको स्वार्थको सीमाभन्दा धेरै पर रहेको हुन्छ । असल साथीमा बार–बन्देज, स्तर र ओहोदा हुँदैन, केवल मित्रवत् मन हुन्छ, दुखः सुख आपसमा साटन सक्ने हार्दिकता हुन्छ । हार्दिकताले साथीत्वको मुहान ९जरुवा० फुटाउँछ । त्यसैले साथी पाउनु, साथी बन्नु अनुपम आनन्द पाउनु हो, अलौकिक शक्ति भेट्टाउनु हो । गणतन्त्र कोरियाले असल साथीको रूपमा नेपाललाई लिएको छ । साथी स्वर्गीय हुन्छ, प्रत्येक साथी अलौकिक हुन्छ ।

    मलाई एउटा कोरियाली उखान सम्झना आउँछ, यदि तपाईँसँग असल साथी छन् भने लामो बाटोको यात्रा पनि नजिक हुनेछ । विगत ५० वर्षदेखिको दुई देशबीचको मित्रता आगामी ५० वर्षको लागि पनि साझेदारीको महत्त्वपूर्ण आधार हो भन्ने लाग्छ । माथि उल्लेख गरिएको ‘तीन पी’को अवधारणा तथा समन्वय आगामी वर्षमा थप विस्तार हुने कुरामा म विश्वस्त छु । व्यक्तिगत रूपमा, म तेस्रो ‘पी’ अर्थात् प्रोस्पेरिटी (समृद्धी)को थप विस्तारका लागि ठूलो स्थान रहेको छ भन्ने लाग्छ । नेपालको असल मित्र कोरियासँग रहेको आर्थिक समृद्धिको अनुभव नेपालसँग साट्नका लागि हामी तत्पर रहका छौँ । कोरिया र नेपाल मिलेर सँगै गर्नु पर्ने लामो यात्रा यात्रा बाँकी छ । नेपालको विकास र समृद्धिको प्रक्रियामा कोरिया सधैँभर भरपर्दो र विश्वसनीय सहयोगी हुनेछ । पचासौँ वार्षिकोत्सवको स्वर्ण जयन्तीमा नाराको रूपमा ‘एभरेष्टिङ फ्रेन्डसिप’ राखिएको छ । हाम्रो सम्बन्ध सगरमाथा जत्तिकै उच्च रहोस् भन्ने कामना गर्दछु । हामी साथै जाऊँ ।

    (नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङसँग गरिएको कुराकानीमा आधारित)

  • रोबोटको धर्मपुत्र

    रोबोटको धर्मपुत्र

    उसका आँखा खुल्दा पहिलो पटक उसको आसपासमा ठूलो खुशीयाली छाएको थियो अरे ! विज्ञानको सफलताका बीचमा ईश्वरीय चमत्कार जस्तै भएको थियो सायद । सन् २५२४ मे ३ तारिख करिब ५ बजेर ७ मिनेटमा जन्म भएको उसको नाडीमा बाँधिएको डिजिटल वाचमा स्क्यान गर्नेबित्तिकै उसकाे जन्म कुण्डली हेर्न मिल्छ । प्रविधिले संसारलाई फनफनी घुमाइदिएको छ, पृथ्वीले सूर्यलाई घुमेको स्वाभाविक तरिकाभन्दा भिन्नै । उसले पनि जब यो सबै थाहा पायो, उसको पनि दिमाग तिर्मिराएको थियो, रन्थनिएको थियो । उसको सारा रोमरोम चक्करले सायद अकस्मात पृथ्वी रोकिएको छ, सूर्य बेजोडले आफ्ना राँकोहरु फ्याकेर फन्फनिएको आफ्नो अक्ष छाडेर, कुनै पनि बेला युनिभर्सलमा ग्रहहरुको ट्राफिक जाममात्र हैन, राम्रै दुर्घटना अनि आगलागी हुनसक्ने छ, जुन हिसाबले सूर्यलाई समेत ज्वरो आएको छ या उसले पेटसम्म डाह हुने गरी भगवान शिवले पिएको कालकुट विषभन्दा कैयौं गुना खतरनाक विष सहन गरिरहेको छ ।

    उसको नाम ह्यु म्यान हो । ऊ पुरुष हो, उसको उमेर लगभग २१ वर्ष भयो, ऊ चिनियाँ र अमेरिकी जिनको मिक्स हाइब्रिड केटा हो । सम्भवतः ५०० वर्षअघि जन्मिएका मार्क जुगरबर्क र उनका एसियन श्रीमतीले जन्माएका सन्तान जस्तै । ह्यु म्यान जन्मँदा पार्टी भएको थियो रे उसको ल्याबमै !, उसका टेस्टट्युव ल्याब टेक्निसियन र ह्यु म्यानको प्रतीक्षा गर्ने साराले त्यो रातभर डान्स पार्टी गरेका थिए रे ! समय पुगेपछि ह्युमन इन्क्युबेटरबाट उसलाई निकालियो, टेस्टट्युबभित्रको रक्तिम पानीले भरिएको सिलिकनको थैलो फोडेर निस्कियो ह्यु म्यान ।

    ‘यस, हि इज म्यान विथ पेनिस ।’

    सबै गलल हासे । त्यो ठूलो मेसिनले भरिएको टुँडिखेल जत्रै हल एलियन जस्ता स्वास्थ्यकर्मी, वैज्ञानिक र अन्य ठूलावडाहरुको हाँसोले गुञ्जायमान भयो ।

    ह्यु म्यानको नाम शहरका मेयरले राखे । किनकि ऊ चाइनिज अमेरिकन मूलको मान्छे भएर जन्मिएको थियो र पछिल्लो वर्षमा शुक्रकिट उत्पादन गर्नसक्ने छोरा मान्छे नभेटिएपछि ५०० वर्षदेखि जम्मा पारेर राखिएको शुक्रकिट र डिम्ब मिसाएर आमाको पेट जस्तो कतैबाट नदेखिने ट्युबमा विशेष परीक्षण र निगरानीको साथमा ह्यु म्यानको जन्म भएको थियो ।

    ह्यु म्यानका आमाबुवा थिएनन् । सायद सामान्य तरिकाले ऊ जन्मिएको भए उसका बाआमाले ५०० वर्षअघि नै यौन सम्पर्क गरेर उसलाई जन्माइसकेका हुने थिए ! सायद अरु नै कोही उसका दाजुभाइ वा दिदीबहिनी पनि जन्मिएका हुन्थे । उसको जायजन्म नहुन सक्थ्यो या ऊ यतिखेर बुढो भएर मरिसकेको पनि वर्षौं भैसकेको हुने थियो या ऊ पनि अरु जस्तै एआई र रोबोटहरुको आक्रमणमा परेर ज्यान गुमाइसकेको हुन सक्थ्यो अथवा रोबोटलाई आफ्नो शरीरमा प्रत्यारोपण गर्न असाध्यै मनपर्ने उसको मुटु, कलेजो, दिमाग या लिंग काटकुट पारेर परीक्षण गरिसकिएको हुन सक्थ्यो । रोबोटको शहरमा बचेखुचेका मान्छेहरु मुस्किलले सास फेरिरहेका थिए । उनीहरु उनीहरुले बनाएको विज्ञानको चपेटामा आफैं पीडित भएका थिए, मान्छेहरुको अस्तित्व दोस्रो दर्जाको थियो ।

    निरंकुश शासन, राजतन्त्र, लोकतन्त्र हुँदै रोबोतन्त्रमा विश्व आइपुगेको थियो । यस्तो अवस्थामा मान्छेहरुले एकजुट भएर आफ्नो अस्तित्वको लागि लड्नुपर्छ भन्ने चेतना त सबैसँग थियो, तर हिम्मत थिएन । ५०० वर्षको बीचमा मान्छेहरुको हातबाट राज्य सत्तामात्र गैसकेको थिएन, उनीहरुको सयौं वर्षको मेहनत विज्ञानको चमत्कार स्वयं वैज्ञानिक आविष्कार मानिसहरुको सर्वोत्कृष्ट उत्पादन रोबोट मानिसको नियन्त्रणबाट बाहिर मात्र गएन रोबोट आफैंले आफू जस्तै रोबोट बनाउने ल्याकत राख्न थाल्यो । मान्छेले झैं सोच्ने र मान्छेले झैं मीठो हाँस्ने र मौका मिलाएर आँखाभित्रको विशेष थैलोमा राखिएको पानी चुहाउँदै रुन सक्नेसमेत भैसकेको थियो । एआईले मान्छेको नैतिकताविहीनतासमेत सकिसकेकाे थियाे । आफ्नै हिसाबले चल्न सक्ने दिमाग मान्छेले एआईमा हालिदिएकाे थियो । मान्छेले एआईकाे मस्तिष्कमा रिस, ईर्ष्या, जलन, झूट जस्ता मानवीय फिचरसमेत खाँदिएर भरिदिएको थियो ।

    त्यतिमात्र हैन अत्याधुनिक रोबोटमा आफ्ना र अर्कालाई गर्ने विभेद, जातीयता र नश्लवादसमेत छुट्याउने क्षमता प्रदान गरिएको थियो । रोबोट आफैं उठेर आफूलाई चार्ज गर्थ्यो, ल्याबमा भएका मजदुरहरुको जागिर हडप्थ्यो र त्यस ठाउँमा आफ्नै जातका अत्याधुनिक रोबोटलाई सिफारिस गर्दथ्यो । रोबोटको योजना ‘विश्वका रोबोट एक हौं’ मात्र थिएन, एक दिन रोबोट साम्राज्यवादको स्थापना उनीहरुको नारा पनि थियो । तर, त्यो नाराविना आवाज र झण्डा प्रत्येक रोबोटको मेमोरीमा गोप्य रुपमा फरवार्ड भैसकेको हुन्थ्यो । यसरी मान्छेले बनाएको सामान्य मेसिनले मान्छेबाट विस्तारै स्वतन्त्र हुँदै मान्छेलाई नै भोकमरीको अवस्थामा ल्याउने बनाइदियो करिब करिब केही दशकमै ।

    एआईमान्डुका मेयर पनि रोबोट नै थिए । करिब दुईतीन दशकअघि रोबोटको सङ्ख्या त्यति सारो थिएन, चुनावताका रातारात रोबोटहरु निर्माण गरिए र जन्मजात भोटिङ राइट पाएका रोबोटहरुले रोबो एक्सलाई मेयरका रुपमा चुनेरै छोडे । मान्छेहरुको हाहाकार फैलियो, मान्छेहरुले बच्चा जन्माउने, स्पर्म डोनेसन गर्ने, ब्रोइलर फार्म जस्तै मान्छेहरुलाई जन्माउने फ्याक्ट्रीमा मात्र मान्छेको काम सीमित हुन थाल्यो, केही नाम कहलिएका वैज्ञानिकहरु एआईसँग समान हैसियतमा काम गर्थे ।

    महिला रोबोटहरु आफूसँग पाठेघर नभएको र बच्चा जन्माउन नसकेकोमा अफसोच मान्थे र देवताहरुसँग आफूलाई मान्छे बनाइदिन मान्छेहरुले जस्तै प्राथना गर्थे । पुरुषहरु मान्छेको यौन सम्पर्क गर्ने कला, शुक्रकिट उत्पादन र सन्तानोत्पादन प्रक्रियासँग जल्थे र विस्तारै मान्छेहरु रोबोट जस्तै बिल्कुल मेसिन जस्तो देख्न पाउँदा सन्तोषले आफूलाई चार्ज गर्थे । कति पटक उनीहरुले लिंगको आकार र उस्तै प्रकृतिको कार्य गर्ने डिभाइस इन्सर्ट गराए । त्यो पेन ड्राइभ जस्तो त भयो, तर पेनिसको फिल उनीहरुले गरेनन् न उनीहरुको लिंगको परीक्षणमा सहभागी भएका महिला (मान्छे)हरुले नै गरे । आफूसँग सबै एप्लिकेसन हुँदाहुँदै पनि प्राकृतिक लिंगको जस्तै आनन्द उनीहरुले उठाउन सकेका थिएनन् ।

    अझ मेल रोबोटहरु फिमेल रोबोटभन्दा बढी चिन्तित हुन्थे र फिमेल रोबोटको अनावश्यक दबाबको कारण उनीहरुले अघोषित रुपमा महिला रोबोट बनाउनै बन्द गरे लगभग । मान्छे जत्तिकै आफूलाई विकसित बनाइरहँदा रोबोट मान्छे जस्तै दाउपेचले भरिइसकेको थियो । स्पर्म बैंकमा शुक्रकिट सकिँदै थियो । यता मान्छे प्राकृतिक रुपमा यौन सम्पर्कबाट शुक्रकिट उत्पादन गरेर बच्चा जन्माउन असमर्थ भैसकेको अवस्थामा रोबोटहरुलाई ठूलो चिन्ता थपिदिएको थियो, जतिखेर ऊ जन्मिएको थियो ।

    एआईमान्डुभरि सनसनी फैलियो, ‘एआईको मान्छेमाथिको अर्को विजय, शुक्रकिट उत्पादन गर्न सक्ने ह्युमन किड जन्माउन सफल ।’ यो खबर विभिन्न ल्याबमा परीक्षणका दौरानमा पल्टिरहेका मानिसहरुले पनि थाहा पाए । उनीहरु बिल्कुलकर्मी माहुरी जस्ता देखिन्थे । लामा औंला, धस्सिएको पेट, बाहिर अस्वाभाविक रुपमा बाहिर निस्किएका आँखा, कुप्रिएको ढाढ, नांगो तालु, मान्छेको स्वरुप ! सायद ५०० वर्षमा बदलिइसकेको थियो ।

    रोबोटहरुमा तँछाडमछाड मच्चियो, यसलाई कसरी हुर्काउने भनेर । यो बालकलाई मान्छेहरुको बीउ जोगाउन सक्ने क्षमताका साथ जन्माइएको थियो । अन्ततः कैयौं परीक्षणपछि रोबोटले मान्छे जन्माएको थियो । उसले आफ्नो तर्फबाट सन्तानोत्पादन गरिदिने वारेस पाएकोले होला, एआईमान्डुभरि रौनक थियो ।

    ‘ह्यु म्यानलाई कसले पाल्ने त ?’

    छलफल चल्यो । अन्ततः बल्लतल्ल जन्मिएको ह्यु म्यान नामको मान्छेको बच्चालाई एक रोबोट फ्यामेलीले धर्मपुत्रको रुपमा पाल्ने निधो गर्‍यो । रोबोट दम्पतीले धर्मपुत्रलाई कोक्रोदेखि दूध पिलाउने धाई आमासम्मको व्यवस्था गर्‍यो । भाषा, संस्कृति तथा कृत्रिम रुपमा समुदायको स्थापना गरियाे । उसको सहज हुर्काइको लागि कोही पनि रोबोटलाई ह्यु म्यानको आसपास देखापर्न नदिने निधो गर्‍यो रोबोट दम्पतीले ।

    यो दृश्य उनीहरुका लागि सामान्य झैं थियो, जुन दृश्य ५०० वर्षअघि मान्छेहरुका घरघरमा मोबाइल, ल्यापटप, ट्याबलेटका बीचमा आफ्नै सन्तानलाई रोबोटको बच्चालाई धर्मपुत्रपुत्री पालेझैं सामान्य तवरले हुर्काइरहेका भेटिन्थे ।

    (दुलाल विभिन्न सामाजिक सवालमा स्वतन्त्र रुपमा कलम चलाउँछन् ।)

  • ‘बोरा’: आमालाई त्याज्य बनाउने नेपाली एलिटहरुको कथा

    ‘बोरा’: आमालाई त्याज्य बनाउने नेपाली एलिटहरुको कथा

    काठमाडौं । झापामा आमाले सिमेन्टका बोरा बोकेर पढाएर डाक्टर भएका असल शर्माले बिहे गरेपछि ६८ वर्षकी आमालाई बोरामै हालेर चाबहिल गोपीकृष्ण हल अगाडिको पुलमा छोडिदिन्छन् । काठमाडौंकी रैथाने परिवारमा जन्मेर डाक्टर भएकी निर्जला अधिकारी आफैं भने रुढीवादी छिन्, सासूआमा यमुनालाई बोक्सी उपमा दिन्छिन् । आफ्नी आमा जमुनाको ठाउँमा सौता भएर कमलीकान्त शर्मा अर्ज्यालकी कान्छी श्रीमती भएकी मुनाले सौताकी छोरीलाई सौताको व्यवहार गर्दिनन् । बरु सँगै विद्रोह गरेर देउनिया किनारमा दुःखजिलो गर्छिन् । छोरी यमुनाको कन्यादान गरिन्छिन् ।

    धनकुटा, झापाको सुरुङ्गा, महारानी झोडा, चद्रगढी, देउनिया, इटहरी, विराटनगर हुँदै काठमाडौंसम्म फिँचारिएको लेखक तथा सम्पादक अखण्ड भण्डारीको उपन्यासका पात्रको चरित्र परस्पर विरोधी छ, रोचक छ । आज मातातीर्थ औँसीको दिन पढ्न भनेर सिफारिस गर्न लायक छ उपन्यास ‘बोरा’ ।

    दशक अगाडि ‘मलाया एक्सप्रेस’बाट आख्यान बजारमा प्रवेश गरेका भण्डारीको आफ्नो ताजा उपन्यासमा पनि पहिलो जस्तै केही समान कुरा गरेका छन् । जस्तैः पहिलो उपन्यासको कथाको क्षेत्रफल कोशी किनारमा फैलिएको थियो । भोजपुरको जरायोटार, इटहरी तथा विराटनगरसम्म फैलिएको कथा थियो ‘मलाया एक्सप्रेस’ । बोराको क्षेत्रफललाई पनि उनले पूर्वी नेपालमै केन्द्रमा राखेका छन् । लेखकले कोशीदेखि मेची क्षेत्रसम्म ‘बोरा’को कथा क्षेत्रफल तन्काएका छन् । ‘मलाया एक्सप्रेस’मा जस्तै उनको उपन्यासको सुखान्त गरेका छन् । निराशालाई आशामा चुलाएर मैजारो गरेका छन् ।

    नेपालीहरुको आप्रवासी कामदार भएसँगै जोडिएका दुःखसुखको उपन्यास थियो ‘मलाया एक्सप्रेस’ । ‘बोरा’ भने फरक छ । आप्रवासन त यहाँ पनि छ । तर, त्यो एक पात्र रश्मि नेपालीमै सकिन्छ । उनी अमेरिका काममा होइन, पढ्न जान्छिन् । आप्रवासन उनको फरक छ ।

    ‘बोरा’ उपन्यास नेपाली एलिटहरुले आमालाई त्याज्य बनाएको मार्मिक कथाहरुको सुन्दर श्रृङ्खला हो । गाउँदेखि शहरसम्मका आमाहरुलाई भिन्नभिन्न कारणले कसरी छोराबुहारीहरुले त्याज्य बनाए भन्ने कथा ‘बोरा’मा छ । जस्तैः धनकुटा जीतपुर क्षेत्रको हुनेखाने परिवारको रुद्रप्रसाद दाहालले प्रेमपत्र लेखेर बिहे गरेको थियो यमुनालाई । पछि चनौटी नामकी विद्याथीसँग बिहे गरेर आमा रुक्मिणीलाई हेप्छ रुद्रप्रसाद ।

    नेपाली आमाहरुका दर्दनाक कथाहरुको संग्रह हो ‘बोरा’ । कथा काल्पनिक पनि होइन, सत्य भएको किताबमै लेखिएको छ । भनिएको छ, ‘यो सत्य घटनामा आधारित उपन्यास हो ।’ तर, उपन्यास बनाउने क्रममा पात्र तथा परिवेशमा भने हल्का काल्पनिकता जोडिएको छ ।

    यमुनाकै आमा जमुना पनि झापा सुरुङ्गाका धानचामल बेच्नी घराना साहु कमलिकान्त शर्मा अर्ज्यालले सुत्केरी समयमै घर निकालामा परेकी हुन्छिन् । स्वयं आमा भएपछि यमुनाले छोरा असलबाट असल बानी पाउँदिनन् । उनलाई बुहारीको अरनखटनमा लागेर छोराले बोरामा हालेर मिल्काउँछ । बुहारी निर्जलाले पाहुनालाई सासू नभनेर घरेलु कामदारको रुपमा चिनाउँछिन् । यस्ता चित्रण र चित्कार ‘बोरा’मा यत्रतत्र छन् ।

    नेपाली आमाहरुका दर्दनाक कथाहरुको संग्रह हो ‘बोरा’ । कथा काल्पनिक पनि होइन, सत्य भएको किताबमै लेखिएको छ । भनिएको छ, ‘यो सत्य घटनामा आधारित उपन्यास हो ।’ तर, उपन्यास बनाउने क्रममा पात्र तथा परिवेशमा भने हल्का काल्पनिकता जोडिएको छ । त्यसबारेमा पनि किताबमै भनिएको छ, ‘पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ ।’

    नेपालमा वर्गीय खाडल हुँदा देखापर्ने सकस र त्यसमा पारानोइड पर्सन्यालिटी डिसअर्डर (पीपीडी) भएकाबाट अरनखटन हुँदाका समस्या सामाजिक, वर्गीयदेखि चिकित्सकीय कोणमा देखाइएको छ । मूल उपन्यासको कथाको मियो आमा जमुना र छोरी यमुनाको पीडाका पहाडहरुमा डुल्छ । त्यसमा अरु कथाका मिठासहरु पनि आएका छन् ।

    जस्तैः प्रेम राई र ठूलीमाया राईसँग जमुना र उनका पिता मुरलीधर पाध्याको दुई सभ्यताको सेतु रोचक रुपमा देखाइएको छ । वैदिक सनातनी जमुना तथा मुरलीधर पण्डितको परिवार र किराँत सभ्यताका प्रेम तथा ठूलीमायाको पारिवारिक तथा भावनात्मक अनि सांस्कृतिक सहकार्यका रोचक कुरा लेखकले कथाको बीचमा राख्न सफल भएका छन् ।

    उपन्यासको सुखद अन्त्य गर्न नाति निर्जलले बोल्ड कदम चालेकाे देखाएर लेखकले उपन्यासलाई चित्ताकर्षक बनाएका छन् । निर्जलको त्यो बोल्ड कदम के थियो ?

    उपन्यासको सुखद अन्त्य गर्न नाति निर्जलले बोल्ड कदम चालेकाे देखाएर लेखकले उपन्यासलाई चित्ताकर्षक बनाएका छन् । निर्जलको त्यो बोल्ड कदम के थियो ? ‘बोरा’मा फालिएकी हजुरआमा यमुनालाई ससम्मान घरमा ल्याएर उद्धार गर्दै आमा निर्जला र बाबु असललाई सबक कसरी सिकाए भन्ने पूरा बुझ्न भने यहाँ भन्नु भन्दा उपन्यास पढ्दा नै मज्जा आउँछ ।

    उपन्यास कमजोरीरहित भने छैन । जस्तैः पेज १६ र १७ मा चिया खाइरहेको पात्रलाई लेखकले बिर्से जस्तो गरेर अर्को सवालमा कफी भनेका छन् । एक ठाउँमा ‘चियामा सरावरी आँसु मिसाइ’ भनेका लेखकले त्यही सवालमा अर्कोतिर भनेका छन्, ‘कफीले लतपत्याएको लिपिस्टिक सम्याई ।’ २०२० सालको दशक अर्थात आजभन्दा आधा शताब्दी अगाडिको संवादमा नआउने जस्ता शब्द उनले ठाउँ ठाउँमा राखेका छन् । जस्तैः पेज १३४ मा राधिका आन्टी भनिएको छ । काकी भन्ने युगमा आन्टी भनेको सुहाउँदो छैन ।

    यस्तै पेज १५२ मा ‘फिल्म हेरे जस्तै लागे’ भनिएको छ । २०२६ ताकाको कथामा फिल्मभन्दा बिजुली पनि गाउँमा नभएर कुपी देखाइएको युगमा त्यति सुहाउँदो देखिँदैन । यस्तै पेज २०० मा २०२० सालको दशकको प्रेमीले ‘प्लिज तेसो नभन’ भनेको होस् वा ‘ओके’ भनेको होस्, त्यति पत्यारलाग्दो देखिँदैन । २३७ पेजमा २०२० सालको दशकमा झापामा कक्षा ९ पढेकी यमुनाले धनकुटाको जीतपुरमा विद्यालय पठाउन नपाएको तर उनका श्रीमानले दश पढेर नजिता नआउँदै पनि शिक्षकको जागिर पाएको पनि बलियो कथन देखिँदैन ।

    यी र यस्ता केही प्राविधिक तथा युगअनुसारको प्रसंग नमिलेर केही घच्याघुचुक देखिएको उपन्यास ‘बोरा’को बगाई बाँकी कथामा सलल भएको छ । यसले उठाएको मुद्दा, दिएको सन्देश, जगाएको विद्रोह र मिलाएको एकता सबै सुन्दर छन् । ४७१ पेजको ७०० दामको ‘बोरा’ किन्दा आख्यानका पाठकले खासै पछुताउने ठाउँ छैन । आज मातातीर्थ औँसीको दिन पढ्दा झन रोचक संयोग हुनसक्छ ।

  • चिनो

    चिनो

    कीराहरू किरिरी कराउँदै थिए । घरछेउको खेतका गरामा पानीको समाह चलिरहेको थियो स्वाँवाँवाँ…। त्यससँगै भ्यागुताहरू ठूलोसानो स्वरमा ट्वारट्वार कराइरहेका थिए । पूर्णिमालाई आधा रात बितिसक्दा पनि निद्रा लागेको थिएन । धेरै पटक कोल्टे फेरिसकेकी थिइन् । खटपट लाग्थ्यो । घरी सिरकले मुख छोप्थिन् । फेरि निसास्सिए जस्तो हुन्थ्यो, सिरक फ्याँकेर घोप्टो पर्थिन् । तर त्यही रात पो थाहा पाइन्- शरीर घोप्टो परेर सुत्न नहुने भइसकेको रहेछ । दायाँ कोल्टे पर्थिन् । बायाँ कोल्टे पर्थिन् । दुवै हात नमस्ते बनाएर चल्नीनेर सिरानी लगाउँथिन् । आँखाको डिल भत्काएर बगेका आँसु गाला भिजाउँदै हातको बाटो बगेर झर्थे र सिरानी भिजाउँथे । पहाडको छातीमा जताततै बगेको वर्षे भेल जस्तै कुनै लय थिएन त्यसको ।

    ननिदाएरै बित्न लाग्यो रात । बत्ती बाल्न सिरानीमुनि राखेको सलाई समाइन् पूर्णिमाले । तर, पल्लो कोठामा सुतेका आमाबाले थाहा पाउलान् भन्ने लागेर सलाई कोर्न पनि सकिनन् । बा दमको रोगी छन् । रातमा साह्रै धेरै निदाउन सक्दैनन्, खोकिरहन्छन् । पूर्णिमाले यति सोच्दासोच्दै बा त खोक्न थालिहाले- ख्याँक् ख्याँक् ख्याँक् ख्याँक् ख्याँक् ।

    घरको आँखीझ्यालबाट जूनको थोरै उज्यालो कोठामा छिरेको थियो । त्यही किरिङमिरिङ उज्यालोमा घडीमा समय हेर्न खोजिन् पूर्णिमाले, तर देखिनन् । पोहोर साल सोल्टी पल्टनबाट पहिलो छुट्टीमा घर आउँदा उनलाई उपहार ल्याइदिएका हुन् साइकोफाइभ घडी । सोल्टी उमेशले घडी दिँदै भनेका थिए- ‘सोल्टीनी !, तपाईंलाई मेरो सानो चिनो है ।’ समाउन सकेकी थिइनन् शरमले । मुख बटारेर सोल्टीलाई घुर्क्याउँदै भनेकी थिइन्- ‘चाहिएको छैन कसैको घडीसडी !’

    पूर्णिमाले नलिएपछि सोल्टीले उनको देब्रेहात समाएर आफैंले बाँधिदिएका थिए त्यो घडी । सोल्टीका उबेलाका ती सुकोमल हातको स्पर्श सल्बलाए जस्तो लाग्यो उनलाई ।

    घडीले सोल्टीको याद झन ताजा बनायो । पूर्णिमाको आँखै अगाडि झलझली नाच्न थाले उनी । सोल्टी साँँच्चिकै मनपर्थ्यो पूर्णिमालाई । लरक्क परेको सुगठित जीउ, हिस्सी परेको अनुहार, ठूलो निधार, सधँै प्रेमले आफैंलाई हेरिरहने उनका जोर नयन ।

    सोल्टीसँग पूर्णिमाको पहिलो भेट तीन वर्ष अगाडि भएको थियो । फागुन महिना थियो । दाजुको बिहेमा पूर्णिमा खुब रमाएकी थिइन् । जन्ती जाने अघिल्लो दिन सबै गाउँले भेला भए पूर्णिमाको घरमा र टारबारीको भित्तामा भतेर बार्न लागे । बाँसको चोया बुनेर बनाएको चित्राले कोठा बनाए । तीनतीन वटा ढुङ्गा गाढेर चुला बनाए । बिहेमा चाहिने आवश्यक मासु, तरकारी, अचार, जाँड, रक्सी, फलफूल, रोटीलगायतका खानेकुरा तयार गरे । पाहुना आउने क्रम पनि उस्तै थियो । गाउँघर आफन्त सरय (सघाउनी)मा चामल, जाँड, रक्सी लिएर आउनेको पनि घुइँचो थियो ।

    भोलिपल्ट बेहुला लिएर गाउँका धेरै छोरामान्छे जन्ती गए । रहेका छोरीमान्छे भेला भएर रातभरि पूर्णिमाको घरमा रत्यौली खेले । छोरामान्छेको भेषमा लाटा बनेर आएकी पुछारघर माइलीले छोरीमान्छेलाई जिस्क्याएर दोहोलो काढिन् । हाँसेर कतिको त मुख आँऽऽ को आँऽऽ भयो भनेर भने कोही कोहीले । पूर्णिमाको बा जन्ती गए । आमालाई पनि गाउँलेले खुबै रत्यौली नचाए । पूर्णिमा पनि नाचिन् बेस्सरी ।

    राति ढिलो सुतेको भए पनि बिहान छिटो उठिन् पूर्णिमा । त्यो दिन घरमा नयाँ मान्छे भाउजूको आगमन हुने कुराले फुरुङ्ग थिइन् । आमालाई घर लिपपोत र सरसफाइ गर्न सघाइन् । सबेरै छरछिमेकी भेला भएर अरू काम पनि सघाउन थाले । भतेर पकाउन सुरु भयो । राँगाको, सुँगुरको, खसीको, कुखुराको छुट्टाछुट्टै भान्सा तयार भयो । शाकाहारी भान्सामा भात तरकारीसँगै दही, दूध, घ्यू र फलफूल पनि सबै तयार भयो ।

    जन्तीको पर्खाइमा आतुर थिए सबै । अपरान्ह साढे दुई बजेतिर धनसिङ्गे डाँडामा नरसिङ्गा बजेको सुनियो- धुतुरु धूउउउउउउ …। सबैको कान ठाडा भए– ‘लु जन्ती आयो है ।’ सबै आआफ्ना काममा तयार भए । सनई, दमाह, ट्याम्पुरो, नरसिङ्गा, झ्याम्टालगायतको पञ्चैबाजा घन्काउँदै जन्ती बेहुली लिएर घर नजिक नजिक आइपुग्यो । जति घर नजिक हुँदै गयो, उति जन्ती रमाउँदै नाच्न थाले । बाजा बजाउने दर्जीको समूह झन् कम्मर मर्काइमर्काइ नाच्दै थियो । अघिअघि बाजागाजा, पछाडि जन्ती, जन्तीको बीचमा जोर घोडामा बेहुला र बेहुली ।

    ‘जन्तीलाई भतेर माथिबाट ल्याउनु हुँदैन । तलबाट लेऊ’, कलिया मानबहादुर जन्तीलाई निर्देशन दिँदै थिए ।

    जन्ती आँगनमा पुग्यो । बाजागाजा र क्यासेटमा बजेको गीतले गुञ्जायमान भयो वातावरण । सबैको ध्यान बेहुलीमा नै थियो । बेहुलीको अनुहार हेर्न आतुर थिए घरगाउँले । बेहुला-बेहुलीलाई घोडाबाट ओरालियो । आँगनमा ओछ्याएको गुन्द्री र राडीमा राखेर रक्सी, रोटी र अचारको सगुन दिइयो । पूर्णिमाकी काकाकी छोरी मालसरीले माइतीको शीर उभाउनी माइत राखेकी थिइन् । मालसरीले माइतको लागि ल्याएको राँगा देवा (बेहुलाको बाबा)लाई जिम्मा लगाइन् । रोटी, रक्सी र अचारलगायतका सबै परिकार जन्ती र घरगाउँलेलाई बाँडिन् । बेहुलाले केही पैसाको मुठो मालसरीको हातमा लगाएर चेलीको खुट्टामा ढोगेपछि चेलीको पनि शीर उभियो ।

    जन्तीसँग बेहुलीकी आफ्नै बहिनी र काकाकी छोरी बहिनी लोकन्ती आएका थिए । बेहुलीका आफ्नै भाइ र फुपूको छोरा भाइ माइती बनेर आएका थिए । बेहुला-बेहुलीसँगै राखेर सगुन दिइयो उनीहरूलाई पनि । सगुन बाँड्न छिमेकी भाउजूहरूसँग खटिएकी थिइन् पूर्णिमा । उनले त्यही समय देखेकी हुन् अरूसँगै भाउजूको साख्खै भाइ उमेश सोल्टीलाई । सोल्टीले कतिखेरदेखि हेरिरहेका रहेछन् पूर्णिमालाई । सगुन दिने क्रममा एक झल्को आँखा जुधेका हुन् पूर्णिमाको पनि सोल्टीसँग ।

    जन्ती र घरगाउँलेलाई भतेर खुवाएपछि बेहुली भित्र्याउने कार्यक्रम भयो । पूर्णिमाले ढोकामा बर्की टाँगेर बाटो छेकिन् दाजुभाउजूलाई । दाजुभाउजूले केही पैसा हातमा राखिदिएर खुट्टा ढोगे पूर्णिमाको । अनि पूर्णिमाले पनि ढोका खुला गरिदिइन् । पूर्णिमाकी आमाले बुहारीको हात समातेर तान्दै घरभित्र हुलिन् । बेहुलीको नयाँ घरमा प्रवेश भयो । नाक्छोङले बेहुलीलाई रीतअनुसार चुलामा लगाएर परिवारको नयाँ सदस्य बनाए । बेहुली बाँच्दा-मर्दा सदाको लागि त्यही घरकी भइन् ।

    भोलिपल्ट बहुभतेरको दिन खाना दिने क्रममा केही बोलचाल भयो पूर्णिमाको सोल्टी-सोल्टिनीसँग । ‘थोरै खाना थपौं सोल्टी ?’

    ‘भयो सोल्टिनी ।’

    ‘थोरै तरकारी राखौ सोल्टिनी ?’

    ‘भयो सोल्टिनी …!’ यस्तै यस्तै ।

    यसैगरी खाजा दिँदा, जाँड दिँदा, ओछ्याउने दिँदा, सुत्ने बेलामा अलिअलि कुरा भए । उमेश सोल्टीले जाँड नखाएको पूर्णिमालाई राम्रो लाग्यो । चिया दिँदा असाध्यै नजिक हुनुप¥यो । सोल्टीले सास फेरेको समेत सुनिने गरी छेउमा जान धेरै लाज लागेको थियो उनलाई ।

    पूर्णिमा आमाबाकी एक्ली छोरी हुन् । आफू दुःख र परिश्रम गरेर भए पनि छोराछोरीलाई सुखमा राखेका हुन् उनका बाआमाले । किशोरावस्था पार गरेर यौवनावस्थामा प्रवेश गर्दै गरेकी गहुँगोरो वर्ण, ससाना रिमिक्क परेका आँखा, ठिक्कको चुच्चो नाक, ठिक्कको केश, सर्लक्क परेकी । त्यही साल एसएलसी परीक्षाको तयारी गरिरहेकी हाँसिरहने, बोलाइली पूर्णिमा घर गाउँकी प्यारी थिइन् । सोल्टी उमेशको नजर पनि पूर्णिमामाथि परेछ । पूर्णिमालाई सोल्टीहरूको छेउमा देख्दा गाउँलेहरूले पनि जिस्क्याउन थालेका थिए- ‘लौ है ज्वाइँहरू सोल्टिनीमाथि त हक पो लाग्छ । हाम्रो पूर्णिमा बहुत राम्री छ है फकाउनुुस् ।’ सोल्टीहरू झन् पूर्णिमालाई गढेर हेर्थे र मुस्कुराउँथे । पूर्णिमा लाजले भुतुक्क हुन्थिन् ।

    सोल्टीहरूसँग भन्दा सोल्टिनीहरूसँग निकै नजिक भइसकेकी थिइन् पूर्णिमा । दुरान फर्काउने दिन सोल्टिनीहरूले सँगै जान र दाजुभाउजूसँग फर्किन भनेर खूब ढिपी गरे । तर पूर्णिमालाई भाउजूको माइत जान निकै लाज भयो, मानिनन् । छ वटा थुन्चेमा रोटी, अचार, रक्सी र भातीजाँड कोसेली तयार भयो । बेहुलाका भाइभतिजाले ती कोसेलीका थुन्चेहरू बोके । पूर्णिमाको दाजुभाउजू दुरानमा माइत ससुराल गए । सोल्टी-सोल्टिनी पनि उनीहरूसँगै घर फर्किए ।

    दाजुभाउजू र सोल्टी-सोल्टिनी फर्केपछि पूर्णिमालाई घर निकै शून्य लाग्यो । घरका पाहुनाहरू पनि फर्किने क्रम जारी थियो । पूर्णिमालाई खोई कस्तो कस्तो भयो । त्यस्तो कहिल्यै भएको थिएन ।

    तीन चार दिनपछि दाजुभाउजू घर आए । कोसेलीपात टन्न बोकाएर लिएर आएका थिए । यस पटक भने दाजुभाउजूसँग सोल्टी सोल्टिनी थिएनन् । कोसेली बोक्ने मान्छेहरूमात्रै थिए । पूर्णिमालाई खल्लो लाग्यो ।

    गाउँघरका छरछिमेकी सबै जम्मा भए कोसेली खान । कोसेलीमा आएको रक्सीले रमरम मातेका एक जना छिमेकीले भने- ‘अब पूर्णिमाको पनि पालो आयो होइ ! उसको लागि म लेउँछु कुटुम्ब । कि कसो होइ कान्छा दाजै ?’ पूर्णिमाको बाको घुँडा समाउँदै आँखा झिमझिम पारेर उनले भने । ‘विचार गर्नुपर्छ काइँला’- पूर्णिमाको बाले जवाफ दिए । पूर्णिमाको मुटु ढुकढुक भयो, मानौं अहिले नै मगनी भएर बिहे भइहाल्छ ।

    बाँसघारी छेउमा टाँकीको रुख थियो । सानोतिनो रुख चढेर पूर्णिमा आफैं डाले घाँस काट्न सक्थिन् । त्यो दिन उनी घाँस काट्न गएकी हुन् । बाँसघारी मूलबाटो छेउमा थियो । माथ्लाघरे डिल्लीकाका बाँसको फेदमा खुब सायरी लेख्थे । उपद्रेहरूले सायरीको छेउतिर छाडा शब्दहरू लेखिदिन्थे । काका गनगनिँदै खुकुरीले ताछ्थे ती शब्दहरू । बटुवाहरू उभिएरै पढिरहेका हुन्थे कहिलेकाहीँ काकाको सायरी । भ्याएका बेला उनी पनि पढ्थिन् । गज्जब लाग्थ्यो । त्यो दिन उनी तिनै बाँसका फेदमा लेखिएका सायरी पढ्दै थिइन् । यसपालि हुर्किएको मोटो सलक्क परेको कलकलाउँदो छिप्पिँदै गरेको तामा बाँसको फेदमा उनले पढेको अक्षर र शब्द काकाको जस्तो लागेन पूर्णिमालाई । त्यसमा राम्रो अक्षरमा लेखिएको थियो- ‘सोल्टिनी, फेरि भेटौंला है !’

    अनेक कुरा खेले पूर्णिमाको मनमा- ‘कसले लेखेको होला ? उमेश सोल्टीले ? होइन, मसँग राम्ररी नबोली गएका उमेश सोल्टीले किन लेख्छन् र यसरी । अर्का सोल्टीले ? होइन, सोल्टिनीहरूसँग खुब जिस्केका तल्लाघर चक्रे दाइले हुनुपर्छ । होइन, ए… ए… अर्का सोल्टी र प्रतिमा खुब जिस्केका हुन्, तिनै सोल्टीले प्रतिमालाई लेखेको हुनुपर्छ …।’

    टाँकीको रुखमा चढिन् पूर्णिमा र घाँस झारिन् । घाँस त धेरै पो झरेछ । सकिनसकी घाँसको भारी उठाइन् । घर पुग्दा आमाले भनिन्- ‘आज किन ढिलो गरिस् ? लडिस् कि भनेर खोज्न आउनु लागेको थें ।’

    भात खाएर फेरि त्यही बाँसको फेदमा गइन् । सायरी पढिनन् । पढिन्- ‘सोल्टिनी फेरि भेटौंला है !’ हेरिरहिन् अक्षरहरूलाई ।

    एक दिन पूर्णिमा र भाउजू नुहाउन सँगै पँधेरा गए । सबै लुगा भाउजूले नै धोइन् । नन्दको सुकोमल यौवना ढाडको मयल माड्दै भाउजूले भनिन्- ‘मेरो भाइलाई तपाईं खुब मनपर्‍यो रे मैंया, मेरो भाइ तपाईंलाई कस्तो लाग्यो नि ?’

    ‘भाउजू पनि !’ पूर्णिमाले लजाएर जवाफ दिएकी थिइन् । तर, भित्रभित्र खुब खुसी लागेको थियो । ‘त्यो बाँसमा पक्कै उमेश सोल्टीले लेखेको हुनुपर्छ’- मनमनै भनिन् ।

    दिदीभेना भेट्न भनेर सोल्टी कहिलेकाहीं आइरहे । सोल्टीसँग बोलचाल राम्ररी नै हुन थाल्यो । ख्यालठट्टा पनि गर्न थालेका थिए । दाजु, भाउजू र सोल्टीसँग हाटबजार घुमफिर पनि भयो । एक पटक हाटबाट फर्कंदा बाटोमा अघि हिँडेका बेला पछाडि हिँडेका सोल्टीले अँगेरीको फूल चुँडेर पूर्णिमाको टाउकोमा अल्झाइ दिएछन् । घर पुग्ने बेलामा दाजुले ‘अँगेरी फूलको शीरफूल लाइछस् त पुनि’ भन्दा पो पूर्णिमाले थाहा पाइन् । टाउकोमा केले खस्रक्क अल्झाको जस्तो त लागेको थियो । वनमाराले अल्झायो होला भनेर सरासर हिँडेकी थिइन् उनी ।

    त्यही सालको उधौली साकेला नाच्न उमेश सोल्टी साथीहरूसँग पूर्णिमाको गाउँ आए । साकेला थानमा मान्छेहरू भरिभराउ थिए । टोलटोलबाट आएका ढोले-झ्याम्टेहरू जोडजोडमा ढोल-झ्याम्टा बजाइरहेका थिए । नाच्नेहरूको सेल रोटी जस्तो ठूलो घेरा बनिसकेको थियो ।

    उमेश सोल्टीसँग आएका कतिपय सोल्टीहरू सोल्टिनी त मेरै हो नि भनेर जिस्किने पनि थिए । पूर्णिमाका साथीहरू पनि सोल्टीहरूसँग साकेला नाच्न थाले । बद्री सोल्टीले त हातैमा समाएर साकेला नाच्न लगे पूर्णिमालाई । ‘ए उमेसे, सोल्टिनीमाथि पहिलो हक त तेरै हो, तर नरिसा है म सोल्टिनीसँग नाच्छु ।’ पूर्णिमाको हातमा हात समाएर सिली टिप्दै बद्री सोल्टीले भनेका थिए । उमेश सोल्टी पनि ढोल-झ्याम्टाको तालमा सिली टिपीटिपी हारमा नाच्दै थिए । पूर्णिमाको भने जीउ नै खुलेन लाजशरमले । सबैभन्दा बढी शरम उमेश सोल्टीकै लागिरहेको थियो ।

    सबैले एक स्वरमा गीत पनि गाइरहेका थिए-

    टेम्केको लेकमा घाम लाग्छ, होइ लाइराखे माया काम लाग्छ
    सोइ सोइला लै लै सोइ सोइला

    सिन्कौली सेउली सेलेले होइ नाचिमा दिम् कि पेलेले
    सोइ सोइला होइ सोइ सोइला
    सोइ सोइला हुर्र हाहा

    पूर्णिमालाई बहुत नयाँ लागिरहेको थियो । केटाहरूसँग त्यसरी नजिक भएर कहिल्यै साकेला नाचेकी थिइनन् । साथी र दाजुभाइसँग साकेला नाच्दा त्यस्तो अनुभूति कहिल्यै भएको थिएन ।

    सोल्टीहरू चण्डीथानबाटै घर फर्किने कुराले भने पूर्णिमाको मन अमिलो भयो । सानो सेउले होटेलमा पसेर सबैले खाजा खाए । दिदीभेना र सोल्टी-सोल्टिनीसँग बिदा भएर सोल्टीहरू गए । जाने बेलामा सबै आआफ्ना धुनमा थिए । एक्लै उभिरहेकी पूर्णिमाको छेउमा आएर उमेश सोल्टीले बिदा माग्दै भनेका थिए- ‘सोल्टीनी गयौं होइ । यो तपाईंलाई बाटो खर्च ।’ उनले हाँस्दै पट्याएर भोगटेका दुइटा पात पनि दिएका थिए ।

    नफाल्नू है सोल्टिनी भन्दै उनी गए । पूर्णिमाले पात फुकाएर हेरिन् । त्यहाँ सिन्काले कोरेर लेखिएको थियो । एउटा पातमा बाँसको फेदमा लेखिएको जस्तै थियो- ‘सोल्टिनी, फेरि भेटौंला है !’ अक्षरका बनावट पनि उस्तै थिए ।

    अर्को पातमा ‘मेरो मन सोल्टिनीलाई’ लेखेर मुटुको चित्र बनाइएको थियो ।

    पूर्णिमा रनभुल्ल परिन् । त्यो पातलाई राख्ने कि फाल्ने भयो । अरूले देख्लान् भनेर मुठीमा पोको पारिन् । जीउ सिरिङ्ग भए जस्तो भयो । मुटुको धड्कन पनि बढे जस्तो लाग्यो । त्यतिकै एकोहोरिछन् ।

    पर पुगेर बद्री सोल्टीले कराइकराइ हात हल्लाउँदै भन्दै थिए- ‘पूर्णिमा सोल्टिनी बाई बाई होइ बाई बाई ।’ विस्तारै हात हल्लाइन् उनले पनि ।

    पूर्णिमा पनि दाजुभाउजू र साथीसँग घर झरिन् । बाटो काटेको पत्तो भएन । साकेला थानका यादहरू ताजा बनेर नाचिरहे आँखामा, मनमुटुमा ।

    उनीहरू साँझमा घर पुगे । घर पुग्नेबित्तिकै आफ्नो कोठामा पसिन् । सलाई कोरेर कुपीको सलेदो सल्काइन् । त्यत्तिकै डङरङ्ग ओछ्यानमा पल्टिइन् । हातखुट्टा धुनेसमेत जाँगर भएन पूर्णिमालाई ।

    भाउजूले उपहार दिएको हाते ब्याग बोकेकी थिइन् । सोल्टीले लेखेर दिएको भोगटेको पात खुसुक्क त्यही ब्यागमा लगाएर ल्याएकी थिइन् । कुपीको उज्यालोमा फेरि ओल्टाइपल्टाइ हेरिन् पूर्णिमाले । दोहोर्‍याइ तेहेर्‍याइ पढिन् । मन भरिलो भएर आयो । हृदयमा सोल्टीको माया कलकली पलायो ।

    साकेला थानको होटेलबाट आमालाई सेलरोटी ल्याइदिएकी थिइन् । दिन नै भुलेर केके सोच्दासोच्दै भुसुक्क निदाइछन् पूर्णिमा ।

    केही हप्तापछि हाट गइन् पूर्णिमा भाउजूसँग । सोल्टी पनि हाट भर्न आएका रहेछन् । हाटमा सामान किन्ने र बेच्नेको भीडभाड थियो । त्यही भीडमा मिसिए उनीहरू पनि । भाउजूको आँखा छलेर सोल्टीले सानो स्वरमा पूर्णिमाको कानैमा भने- ‘सोल्टिनी मैले लेखेको चिठी पढ्नुभो ? के छ प्रतिक्रिया ?’

    पूर्णिमा रातोपिरो भइन् । कुन चिठी ? अलमलिइन् । सोल्टीले त्यसरी कानमा साउती गरेको कसैले देख्यो कि भनेर दायाँबायाँ हेरिन् ।

    ‘भोगटेको पातमा के त …’ फेरि सोल्टी फुस्फुसाए ।

    सोल्टीसँग पहिले जस्तो गरी पूर्णिमा बोल्नै सकिनन् । बोली घाँटीमै अड्कियो ।

    सोल्टीले तान्दै होटेलको पछाडि लगे पूर्णिमालाई । अनि पूर्णिमाको दाहिने हात दह्रो गरी समाएर बिस्तारी भनेका थिए- ‘म लाहुर लागें । अर्को हप्ता पल्टन जाँदैछु । दायाँबायाँ गर्ने होइन नि फेरि !’

    ‘तपाईं पल्टन जाने कुरा था’ थिएन मलाई’- छक्क परेर विस्तारै भनिन् पूर्णिमाले ।

    ‘भिडिरहेको थिएँ । फाइनल नभई नभन्ने भनेर कसैलाई भनेको थिएन । मैले अगाडि सुनाउन सकिनँ । मलाई माफ गर्नू । मैले तपाईंलाई भन्नुपर्थ्यो’- सोल्टीले हात मुसार्र्दै पूर्णिमालाई हेरेर भनेका थिए ।

    पूर्णिमा केही बोलिनन् ।

    ‘मलाई तपाईं मनपर्छ । तपाईंलाई म कस्तो लाग्छु ?’- सोल्टीले फेरि पूर्णिमाको प्रतिक्रिया मागेका थिए ।

    पूर्णिमालाई भन्न मन थियो- ‘तपाईं पनि मलाई असाध्यै मन पर्छ सोल्टी !’ तर उनी बोल्नै सकिनन् । बोल्दै बोलिनन् ।

    ‘भन्नु न सोल्टिनी, के छ विचार’– निकै पल्ट सोधे सोल्टीले । तर पूर्णिमा बोल्दै बोलिनन् ।

    पूर्णिमा बोल्दै नबोलेपछि दुवै पाखुरामा समाएर झकझकाए जसरी भनेका थिए सोल्टीले– ‘म अरू कुरा जान्दिनँ । त्यहाँ दायाँबायाँ गर्ने होइन नि ! सुन्नुभयो ?’

    निकै बेरपछि पूर्णिमाले सुस्तरी भनेकी थिइन्- ‘हुन्छ ।’

    उमेश सोल्टी पल्टन गए । पोहोर पहिलो छुट्टीमा आउँदा उनैले ल्याइदिएको हो पूर्णिमालाई त्यो घडी । पोहोर उमेश सोल्टीकोमा जुठो परेकाले उनीहरूको बिहे भने हुन पाएन । घडीलाई सुम्सुम्याइन् । कीराहरूको किरिरी केही कम भएको थियो । आँखीझ्यालबाट जूनको उज्यालो हराइसकेको थियो । तर, भ्यागुताहरू उसरी नै कराइरहेका थिए- ट्वार् ट्वार । खेतका आलीका समाह पनि उसरी नै बजिरहेका थिए- स्वाँ स्वाँ स्वाँ ।

    सम्झनामा पूर्णिमाको मन बयली खेलिरहेका बेला मूल बाटोमा कुकुर भुक्यो । पूर्णिमा अचानक झस्किन् । हठात् उठिन् । अँध्यारोमा छामछाम छुमछुम गरेर बेलुका ठीक पारेका लुगाको पोका समाइन् । आँखाबाट बगेका आँसुले सिरानी पनि भिजाइसकेको रहेछ । काखमा लुगाको पोका च्यापेर कुर्ताको फेरले आँसु पुछिन् । पुछेर पुछिएन आँसु । झन्झन् बगिरह्यो, पुछिरहिन् ।

    विनोदेले पौने चार बजे मूलबाटोको अम्बकको फेदमा कुकुर भुक्छु अनि घरबाट निस्कनु, उज्यालो नभई घाट तर्नुपर्छ भनेको छ । पूर्णिमालाई जान मन छैन । तर, जानै पर्नेछ ।

    सदरमुकामबाट घर आउँदा एक्लै परेकी पूर्णिमालाई सहारा दिने निहुँ गरेर जबरजस्ती गरेको छ विनोदेले । त्यतिखेर नै आमालाई भन्न खोजेकी हुन् पूर्णिमाले । तर, पार्वतीले धनसेरेको पेट बोकेको भनेर कचहरी राखेका बेला सबैभन्दा बढी पूर्णिमाको आमाले नै हो पार्वतीलाई थुकेको । ‘मेरो छोरीबुहारी यस्ता कुलङ्घार भयो भने म जिन्दगीभर त्यसको मुख हेर्दिनँ । थुक्क ! पार्वती !’- आमाले भनेकी थिइन्- ‘तँ त्यस्तो भइस् भने डाँडा काटेर जानू, मलाई मुख नदेखाउनू !’ बारम्बार आमाले पार्वतीलाई थर्काएकी थिइन् । नबिग्रनु भनेर सम्झाउने आमाको तरिका होला भन्ने पनि लाग्छ पूर्णिमालाई । कुहेको आलुले अरू आलु बिगार्छ आमा भनेर भन्न मन थियो, सकिनन् ।

    ‘हल्ला गर्‍यौ भने म पनि तिमीलाई लान्नँ, तिम्रो उमेश सोल्टीले पनि तिमीलाई लाँदैन’- विनोदेले डर देखाएको छ । पार्वतीलाई धनसेरेले अझै स्वीकारेको छैन । पार्वती मुद्दा लडिरहेको कुरा झल्याँस्स सम्झना हुन्छ पूर्णिमालाई ।

    माया गरेर पाल्छु भनेको छ विनोदेले । तर चित्त बुझ्दैन पार्वतीको । ‘म त्यस्तो साधन हुँ, जसले लाने र नलाने कुराले फरक पार्छ ? जून एक्लै छ, घाम एक्लै छ । नकच्चरो मुर्दार !, के ठान्छस् विनोदे मलाई ?’- आवाज ननिकालेर हिक्हिकाइन् पूर्णिमा ।

    दुईतीन पटक नै मूल बाटो अम्बकको फेदमा कुकुर झुकिसकेको छ । तर, उठेर हिँड्न सकेकी छैनन् पूर्णिमा ।

    त्यति नै खेर भाले बास्छ । खोरमा एउटा जखमले भाले छ । त्यो बाको शीर भाले हो । आउने उभौलीमा बाको शीरपूजा गर्नु छ । बिहान चारै बजे बास्छ त्यो भाले । भाले बास्नुबित्तिकै पूर्णिमाकी आमा उठ्छिन् ।

    झ्यार्र सलाई कोरेको आवाज आउँछ पल्लो कोठामा । आमाले कुपीको सलेदो सल्काएको थाहा पाउँछिन् पूर्णिमाले ।

    त्यति नै खेर फेरि बा खोक्छन्- ख्याक् ख्याक् ख्याक् !

    उनी सोल्टीको चिनो घडी विस्तारै खोल्छिन् हातबाट र सिरानीमुनि राख्छिन् । झोला चेप्ने हुँदा अचानक पेटमा पर्छ उनको हात । त्यहाँ बढ्दै हुन्छ विनोदेको चिनो ।

    बा खोकेको मौका पारेर विस्तारै ढोका खोल्छिन् र बिरालोको चालमा भर्‍याङ ओर्लिन्छिन् पूर्णिमा ।

  • हिटको ह्याट्रिक गर्ने ध्याउन्नमा रहेका रोहितलाई अनमोलको स्टार पावरमा भरोसा

    हिटको ह्याट्रिक गर्ने ध्याउन्नमा रहेका रोहितलाई अनमोलको स्टार पावरमा भरोसा

    काठमाडौं । रोहित अधिकारी फिल्मप्रतिको प्यासनका कारण निर्माता बने । आठ वर्ष पहिला हेमराज बीसी निर्देशित ‘गाजलु’मार्फत् निर्माताको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका उनले पहिलो गाँसमै मुनाफाको स्वाद चाखे । एक करोड २६ लाख लगानी गरेर बनाएको ‘गाजलु’बाट अधिकारीलाई ४० लाख खुद मुनाफा आयो ।

    यसपछि हौसिएका अधिकारीले तीन वर्षपछि ‘छ माया छपक्कै’मा दीपेन्द्र लामा र दीपकराज गिरीको समूहसँग सहकार्य गरे । फिल्मले घरेलु बक्स अफिसबाट मात्रै १४ करोडमाथिको व्यापार ग¥यो । यस फिल्मबाट पनि अधिकारीले राम्रै मुनाफा लिए ।

    वर्षमा ९० प्रतिशत हाराहारी फिल्मका निर्माता पुनः फिल्म निर्माण गर्न नसक्ने गरी डुबिरहेको वेला अधिकारी भने अहिलेसम्म ग्रीन जोनमै छन् । उनले अहिलेसम्म असफलताको स्वाद चाख्नु परेको छैन । यही सिलसिलामा उनी निर्माता रहेको फिल्म ‘फर्की फर्की’ आउँदो जेठ १० बाट प्रदर्शनको तयारीमा छ ।

    ओस्कर कलेजमा फिल्म निर्देशन पढेर फिल्म निर्माणमा होमिएका अधिकारी ‘गाजलु’ निर्माणताकाको समय सम्झन्छन्, ‘हेमराज बीसी दाइ भर्खरै भारतबाट आउनुभएको थियो । म यता फिल्म पढिरहेको थिएँ । थर्ड इयरमा हुँदा भूइचालो गयो । त्यही वेला दाइले एउटा स्क्रिप्ट छ, बसौं भन्नुभएपछि बसियो । अनि गाजलु सम्भव भयो ।’

    ‘गाजलु’ निर्माणताका अनमोल केसीको ‘होस्टेल’ र ‘जेरी’ प्रदर्शन भइसकेको थियो । एक खालको स्टारडम हासिल गरिसकेका थिए । अधिकारी र बीसीले अभिनेताको रुपमा केसीलाई लिने निर्णय गरे । केसीलाई प्रस्ताव पनि गरे । अनमाेलले १० लाख पारिश्रमिक माग गरेका थिए । त्यसबेला त्याे मारिश्रमिक ठूलै थियाे ।

    राेहित सम्झन्छन्, ‘हामीलाई उहाँले १० लाख माग्नुभएकाे थियाे। पछि नेगोसियसन गरेर सहकार्य गर्‍यौं ।’

    आठ वर्षअघि १० लाख पारिश्रमिक माग्ने केसीलाई अहिले अधिकारीले पाँच गुणा बढी दिन तयार भएका छन् । अधिकारीका अनुसार अनमाेलले ५० लाख रूपैयाँ लिएर यस चलचित्रमा काम गरेका हुन् । यति ठूलाे रकम दिन उनी कसरी तयार भए ?

    अधिकारीको तर्क छ, ‘त्यसवेला  एक सवा करोड लगानीमा बन्ने फिल्म अहिले ५ करोड पुगेको छ । सबै हिसाबले स्वाभाविक हो । उहाँले कर तिर्नेगरी विकास बोर्डलाई बुझाएको रकम ५० लाख हो ।’

    न परिवार फिल्म क्षेत्रमा न त परिवारलाई फिल्म क्षेत्रप्रति चासो । दाङमा हुर्किएका अधिकारीको परिवारको फिल्मसँगको दूरदूरसम्मको पनि साइनो थिएन । कहिलेकाहीँ दर्शकको रुपमा फिल्म हेर्नु अर्कै कुरा ! तर, घरबाटै एक करोड २६ लाख ल्याएर निर्माता भएका अधिकारीले परिवारको विश्वास कसरी जिते ?

    अधिकारी भन्छन्, ‘म घरमा यस्तो वातावरणमा हुर्किएँ कि कुनै पनि प्रकारको लत र कुलतमा फसिनँ । यही कारण पनि मलाई परिवारले विश्वास गर्‍यो । फिल्म पढिरहेको थिएँ, व्यापार व्यवसाय गर्नैपर्‍यो । केही न केही गर्नैपर्छ भनेपछि परिवारलाई धेरै फिल्महरुको उदाहरण दिएर विश्वस्त पारें ।’

    अधिकारीका अनुसार ‘गाजलु’ले ओपनिङ नै ७० लाखको गरेको थियो । दोस्रो दिन शनिबार एक करोडमाथिको ग्रस कलेक्सन गरेको थियो । त्यसवेलादेखि अहिलेसम्म अधिकारीले महसुस गरेको एकै कुरा हो, स्क्रिप्टको अभाव । अधिकारी सुनाउँछन्, ‘स्क्रिप्ट सुनाउँदा एउटा तरिकाले सुनाइन्छ । यति राम्रोसँग प्रेजेन्ट गरिन्छ कि अहिले नै सुटमा गइहालौं जस्तो हुन्छ । तर पछि स्क्रिनप्ले आउँदा, डाइलग आउँदा यति खराब भएर आउँछ कि कामै गर्न नसकिने खालको हुन्छ ।’

    तर, निर्माताको रुपमा आउन कलेज अध्ययनले निकै सहयोग गरेको अधिकारीको अनुभव छ । यदि कलेज गएर फिल्म नपढेको भए यो क्षेत्रबारे नै अनभिज्ञ भएर कुनै दुर्घटनामै जान सकिन्थ्यो पनि भन्ने उनलाई लाग्छ । कसैले कन्सेप्ट सुनाइदिएकै भरमा केही नबुझी फिल्ममा हाम फाल्ने खतराबाट आफूलाई कलेजको अध्ययनले बाहिर निकालेको बताउँछन् अधिकारी ।

    – अनि अहिले पाँच करोड लगानी गरेर बनाएको ‘फर्की फर्की’बाट अपेक्षा के हो ?

    अपेक्षा एकदमै बढी छ । हामीले टाइम ट्राभल, टाइम लुपमा काम गरेका छौं । हामीले इमानदारीसाथ काम गरेका छौं । ट्रेलरमा दर्शकले स्वीकार्नु पनि भएको छ ।

    – अहिले सामाजिक कथामा आधरित फिल्महरु चलिरहेको छ । निर्माताहरु त्यतै लोभिएका छन् । तपाईंले चाहिँ फरक जनराको फिल्ममा हात हाल्नुको कारण केही छ ?

    हाम्रोमा सोसल ड्रामा यति धेरै बने । ‘कबड्डी’, ‘जारी’, ‘छक्का पञ्जा’, ‘जात्रा’ राम्रै छ । तर, धेरैजसो अन्य फिल्म यी फिल्महरु जस्तै बन्दा दिक्कै लाग्दोरहेछ । हामीसँग कन्सेप्ट नै नभएको हो र ? नयाँ विषयमा लागौं, हलमा नयाँ पुस्तालाई आकर्षित गरौं भनेर हामी यता लागेका छौं ।

    – निर्माता भएपछि लगानी फिर्ताको कुरा पनि होला । यही विधामा जोखिम लिने झोंक चाहिँ किन चलेको हो ?

    मलाई मनपर्ने जनरा हो ‘फर्की फर्की’को । मलाई सोसल ड्रामा पनि मनपर्छ । नेपालमा मात्रै यस्तो भइरहेको छ, भारतमा एनिमल जस्तो फिल्म चल्यो । फरक जनराको फिल्म हाम्रोमा बनेकै छैन त ! जुन जनराको भए पनि राम्रो फिल्म बन्दा दर्शकले जहिल्यै स्वीकार्नुभएको इतिहास हामीसँग छ नि !

    – निर्माताको दृष्टिकोणबाट ‘फर्की फर्की’मा कतिको जोखिम छ ?

    जोखिम छ । पाँच करोड लगानी भएको छ । त्यसको आफ्नैखाले जोखिम हुन्छ । अनमोलको ‘छड्के २’ डिजास्टर नै भएको थियो । तर, हामीले उठाएको स्टोरीको ट्रेलर दर्शकले रुचाइदिनु भएकाले उत्साहित छौं ।

    – पल शाह र प्रदीप खड्का स्टारर ‘पुजार सार्की’सँग तपाईंको फिल्म भिड्दैछ । निर्माताको कोणबाट त ठूला फिल्मसँग जुध्नु ठूलो आर्थिक पहिरो जानुहोला नि ?

    हामीले पनि कोसिस गरेको हो त्यसरी नजुधाउनलाई । अर्को फिल्मको निर्माता, निर्देशक, लेखक साथीहरु हो । उहाँहरु मलाई शुभकामना दिन बंगलामुखी मन्दिरमा मुहूर्तको वेला आउनुभएको थियो । त्यसरी आएका साथीहरुको खै के कुरामा चित्त बुझेन ।

    फिल्मका लागि जेठ १० को मिति त्यति राम्रो पनि होइन । हामीले त्यही डेटमा ‘गाजलु’ चलाएका थियौं । हामीले न नयाँ वर्ष, न चाडबाड न त केही महत्वपूर्ण डेट लिएका हौं । जेठको गर्मीमा सोलो प्रदर्शन गर्न डेट लिएका थियौं । खै कसको आँखा लागेर हो, हाम्रो फिल्मलाई प्रहार गर्नलाई ल्याइयो । तर, कसैलाई पनि क्षति पुर्‍याउने हाम्रो नियत छैन । अर्को फिल्म पनि चल्नुपर्छ । मेरो शुभेक्षा छ ।

    – बजारमा त ‘पुजार सार्की’का निर्देशक दिनेश राउत र तपाईंको इगोका कारण फिल्म जुधेको भनिन्छ नि ! अनि इगोकै कारण दुवैको सिङ भाँचियो भने ?

    म त जुधाउन गएको छैन । दिनेशजीलाई एउटा फिल्ममा सहकार्य गर्न अफर गरेको थिएँ । पछि केही कारणवश हामी अलग भयौं । तर, त्यही कारणले मात्रै यस्तो जुध्ने त हुँदैन थियो होला । उहाँहरुको पनि त्यो डेटमा ल्याउनुपर्ने बाध्यता थियो होला ।

    – ‘छड्के २’ डिजास्टर भयो । तपाईंलाई अनमोलको स्टारडमप्रति कतिको विश्वास छ ?

    राम्रो फिल्म बनाएपछि दर्शक आइहाल्नुहुन्छ । अनमोलको अघिल्लो वर्ष ‘ए मेरो हजुर ४’ ले त्यस्तो राम्रो व्यापार गरेको हो । केजीएफ २ सँग जुध्दा पनि नाफामा गयो । हुनत छड्के त्यस्तो भयो । यस्तो हुनुमा चाहिँ अनमोललाई एक्सन जनरामा दर्शकले स्वीकार नगर्नुभएको हो । तर, अनमोलको क्रेज एकदमै राम्रो छ । सुटमा जाँदा पनि दर्शकहरु पाँच मिनेटका लागि ८-१० घण्टा कुर्नुहुन्छ ।

    – कतिपय समीक्षक अब चकलेटी अनुहारको समय गयो भन्छन् नि ?

    त्यो कुरामा म विश्वास गर्दिनँ । रणवीर कपुरको ‘एनिमल’ चल्यो त ।

  • रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

    रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

    काठमाडौं । साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन् । ‘मृत्युको आयु’, ‘कोरोना तन्त्र’जस्तै ‘पैसाको उडान’ पनि लघुकथा शैलीमा लेखिएको उपन्यास हो ।

    अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँशुजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित यो उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ । सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई उपन्यासका हरेक कथामा सँगसँगै बुनिएको छ ।

    पैसाको उडान उपन्यासमा पैसाको महत्त्व मात्र हैन सीमितताबारे मार्मिक ढंगबाट लेखिएको छ । विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ भन्ने आंकलन पनि गरिएको छ ।

    पैसाको लागि काकाकुल बनेको यो वैश्य युगमा पैसाका आवश्यकता मात्र नभएर मृगतृष्णा भएको तथ्य सूक्ष्म ढंगबाट उजागर गरिएको छ । मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको यो उपन्यासमा मुख्यता ५६ वटा च्याप्टर रहेका छन् । अत्यधिक पैसाले जीवनमा के कस्ता दुष्प्रभाव गर्दछ भन्ने कोणबाट यो उपन्यास पृथक् रहेको छ ।

    शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३२५ रहेको छ ।

    समीरका अर्जुन दृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलव्य दृष्टि, मृत्युको आयु, कोरोना तन्त्र लगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन् ।

    समीरले युवावर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्म श्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभूषण पदक लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।

  • क्रान्तिमा ‘स्वयंसेवक’ बनाउन प्रस्ताव गर्दा मनमोहनलाई बीपीको जवाफ- तिमीलाई थुन्नुपर्ने हुन्छ

    क्रान्तिमा ‘स्वयंसेवक’ बनाउन प्रस्ताव गर्दा मनमोहनलाई बीपीको जवाफ- तिमीलाई थुन्नुपर्ने हुन्छ

    काठमाडौं । अहिले नेकपा एमाले र नेकपा एसको राजनीतिक एकता छैन । आज बजारमा लोकार्पण गरिएको पुस्तक ‘मनमोहन अधिकारीको जीवनगाथा’ को सवालमा भने यी दुई दलको प्राज्ञिक एकता भएको देखिएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएका संस्थाले नेकपा एसका उपाध्यक्ष बेदुराम भुसालले लेखेको किताब प्रकाशन गर्‍यो । किताबमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले आज मनमोहनको २५औँ स्मृति दिवसको छेक पारेर किताब सार्वजनिक गरेको छ । अहिलेसम्मका कम्युनिष्ट नेताको जीवनीहरूमा सबैभन्दा स्तरीय तथा प्राज्ञिक कोणमा अब्बल किताब यसैलाई मान्न सकिन्छ ।

    हरेक पृष्ठमा हरेक महत्वपूर्ण सूचनाको पर्याप्त सन्दर्भ सामाग्रीहरु राखेर किताब प्रकाशन गरिएको छ । ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ मा शोध गरेर विद्यावारिधि गरेका नेकपा एसका नेता भुसाल तथा ‘नेपालको राजनीतिक आन्दोलनमा मनमोहन अधिकारीको भूमिका’ मा शोध गरेर विद्यावारिधि गरेका रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक ढाकाराम सापकोटाले लेखेको संयुक्त किताब भएकोले यसमा राजनीतिक विश्वसनीयतादेखि प्राज्ञिक परिपक्कता पनि उत्तिकै देखिएको छ ।

    क्रान्तिमा सहकार्य गर्न प्रस्ताव गर्दा थुन्ने ‘बाध्यता’ सुनाउने बीपी

    जसरी बीपीको परिवार राजनीतिक थियो । ठीक, त्यसैगरी मनमोहन अधिकारको परिवार पनि राजनीतिकै थियो । जसरी चन्द्रशमशेरबाट बीपीको परिवार निर्वासनमा पुग्यो । ठीक, त्यही बेला मनमोहनको परिवार पनि निर्वासनमा पुग्यो । दुई परिवार मिलेर एकैपटक निर्वासित भएका थिए । ४५ जनाको त समूह थियो । बीपीका पिता कृष्णप्रसाद काेइराला र मनमोहनका पिता रामचन्द्र अधिकारी मामा-भान्जा थिए । बीपीका राजनीतिक मेन्टरमा एक भारतीय समाजवादी नेता जयप्रकाश नारायणलाई नेपालमा निर्वासित हुँदा सहयोग गर्ने सरकारी अधिकारी थिए रामचन्द्र अधिकारी । उनलाई चन्द्रशमशेरले देखिनसहनुको कारण यो पनि थियो ।

    भारत पुगेर निर्वासित जीवनका दुःख मनमोहन र बीपी दुवै परिवारका एकै जस्ता थिए । यी र यस्ता राजनीतिक, पारिवारिक तथा भावनात्मक साइनो हुँदाहुँदै पनि २००७ सालको क्रान्तिमा बीपीले मनमोहनलाई जोड्न चाहेनन् । मनमोहन कम्युनिष्ट । बीपी सोसिअलिस्ट । यही वैचारिक धर्कोले दुईलाई जोडेन ।

    उनले भनेका थिए, ‘अहिलेको क्रान्तिकारी आन्दोलनमा हामी पनि सरिक छौँ । यसप्रति हाम्रो पनि समर्थन छ । त्यसकारण हामीलाई स्वयंसेवकका रुपमा भएपनि ठाँउ दिनुहोस् । यसलाई ‘तपाइँको’ र ‘हाम्रो’ संघर्ष भन्नु हुँदैन ।’ यो कुरामा आफ्ना क्रान्तिमा विश्वको समर्थन चाहिने त्यसमा भारतको साथ भएको भन्दै बीपीले कम्युनिस्टलाई साथमा लिन समस्या हुने बताए । भने, ‘बरु यस दौरानमा मैले तिमीहरूलाई थुन्नुपर्ने हुन्छ । नभन्दै बीपीले मलाई थुनाइदिनुभयो ।’

    यो पनि पढ्नुहोस् : मनमोहनसँगको दुर्लभ अन्तर्वार्ता- राजसंस्था र भारतदेखि एमालेको नयाँ पुस्ताबारे मिलेको भविष्यवाणी

    नेपालमा सात सालको क्रान्ति हुँदा विराटनगरमा मजदुरहरूलाई संगठित गरिरहँदा मनमोहन पक्राउ परेका थिए । उनका समकक्षी श्रमिक वंशीधरलाल दाशसँग कुरा गर्दै लेखकले मनमोहनलाई रघुपति जुल मिलको कोठामा नजरबन्द गरिएको बताएका छन् । उसो त २००३ फागुन २० को जुटमिल आन्दोलनमा जोडिएका नेता मनमोहन अधिकारी त्यो बेला पनि थुनिएका थिए । २००६ असोजमा मात्रै जेलमुक्त भएका थिए । मजदुर आन्दोलनमा हुँदा जेलमा गएकाले २००६ वैशाख १० मा कोकाताको श्यामबजार इलाका २८ नवीन सरकार लेनमा पुष्पलालले गठन गरेको नेपालको कम्युनिष्ट पार्टीको कमिटमा बस्न भने उनी छुटे ।

    विराटनगर जुटमिल आन्दोलनः सांगठनिक नेता मनमोहन, पदीय नेता गिरिजाप्रसाद

    मोरङ केमिकल इन्डस्ट्रीमा केमिस्ट पदमा थिए मनमोहन । बनारस हिन्दू विश्वविद्यालयबाट आईएस्सी सकेर बीएस्सी पढेका उनले प्राविधिक जागिर पाएका थिए । भूमिका चैँ मजदुर नेताको थियो । २००३ को जुट मिलमा उनी नै हर्ताकर्ता थिए । संगठन बनाउन उनी सक्रिय थिए । पोख्त पोख्त र लोकप्रिय उनै थिए । तर, पदीय नेता चैँ गिरिजाप्रसाद कोइराला भएको लेखकले तत्कालीन मजदुरहरूसँग कुरा गरेर लेखेका छन् । कांग्रेस वृत्तमा ‘मजदुर सभा’ तथा कम्युनिष्ट वृत्तमा ‘नेपाल मजदुर संगठन’ नाममा चिनिने जुटमिल आन्दोलनको संयन्त्रका अध्यक्ष गिरिजाप्रसाद कोइराला थिए । महामन्त्री थिए मनमोहन अधिकारी । गिरिजाप्रसादले मनमोहन सरकार ढाल्न पनि योगदान गरेका थिए । तर, मनमोहनका मृत्युमा उनले मनमोहनबारेमा तारिफ गरेका थिए । उनले भनेका थिए, ‘नेपालका निम्ति डेमोक्रेटिक आन्दोलनमा मनमोहनजीको भूमिका अत्यन्त नै महत्वपूर्ण छ । आज जुन स्थितिमा नेपालमा हामी छौं, त्यो उहाँको देन हो ।’

    चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशमा पुग्दा तीन वर्ष बास, छुट्यो पहिलो आम निर्वाचन

    २०१३ भदौ ३१ बाट असोज १२ सम्म चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको आठौं महाधिवेशनमा जान पुगे मनमोहन । उनी त्यहाँ पुगेर धेरै लामो समय अडिए । २०१३ भदौमा पुगेका उनी २०१६ कात्तिकमा मात्रै नेपाल आए । उनी नेपाल आउँदा २०१५ फागुन ७ बाट ४५ दिन चलेको नेपालको पहिलो आम निर्वाचन छुटेको थियो । २०१६ जेठ १३ मा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रूपमा बीपी कोइराला आइसकेका थिए ।

    जसरी बीपीको परिवार राजनीतिक थियो । ठीक, त्यसैगरी मनमोहन अधिकारको परिवार पनि राजनीतिकै थियो । जसरी चन्द्रशमशेरबाट बीपीको परिवार निर्वासनमा पुग्यो । ठीक, त्यही बेला मनमोहनको परिवार पनि निर्वासनमा पुग्यो । दुई परिवार मिलेर एकैपटक निर्वासित भएका थिए । ४५ जनाको त समूह थियो ।

    चीनमा हुँदा आफ्नो छातीको समस्या बुझेर उनका चिनियाँ कमरेडहरुले यतै उपचार गर भन्ने अफर दिए । अधिकारी राजी भए । उनी हङहङसँग नजिकै रहेको मेनल्याण्ड चीनको सहर क्याङचौमा उपचार गराएर बसे । चीनका विभिन्न क्षेत्रमा पुगे । आफ्नो चीन बसाइबारेमा मनमोहनले भनेका थिए, ‘हावापानीका हिसाबले नेपालसँग मिल्दोजुल्दो हुने गरी मलाई त्यस ठाउँमा राख्ने व्यवस्था मिलाइएको थियो । मलाई उनीहरूले नेपाल कम्युनिष्ट पार्टीको पूर्वमहामन्त्रीको सम्मानकासाथ उपचार गराएका थिए । कतिपय औषधीहरु चीनमा उपलब्ध नभएर हङकङ र अन्य ठाउँबाट मगाएर मेरो उपचार गरेका थिए ।’

    २०५१ मंसिर १३ मा नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको रूपमा मनमोहन प्रधानमन्त्री भए । प्रधानमन्त्री भएपछि उनले २०५२ वैशाख ४ देखि ८ सम्म पनि चीनको भ्रमण गरेका थिए ।

    चीन पुग्ने चुनावमा हारे पुष्पलाल, रुस जान मनमोहनलाई रोके रायमाझीले

    चिनियाँ कम्युनिष्ट पार्टीको आठौं महाधिवेशन जाने मुद्दारा नेपाल कम्युनिष्ट पार्टीमा एक मत भएन । मनमोहनलाई सर्वसम्मत मानियो । तर, अरुको नाममा सहमति जुटेन । बाँक दुई प्रतिनिधि चुनावबाट छानियो, पुष्पलाल हारे । गोप्य भएको चुनावमा जित निकोर चीन पुग्ने प्रतिनिधिमण्डलमा आफ्नो नाम चढाउने दुई अरु अनुहार थिए- शम्भुराम श्रेष्ठ र कमर शाह ।

    चीनमै तीन वर्षको बसाइका क्रममा थिए मनमोहन । नेपालबाट जनगणतन्त्र चीनको स्थापना दिवशको कार्यक्रममा सहभागी हुन पुगे केशरजंग रायमाझी, पीबी मल्ललगायत पुगे । त्यहाँबाट उनीहरू रुसको मस्कोमा हुने सोभियत संघको ४२ औँ अम्टोबर क्रान्तिको कार्यक्रममा जोडिन लागेका थिए । मनमोहनले पनि सहभागी जनाउन खोजे । रायमाझीले दिएनन् । किताबमा भनिएको छ, ‘मनमोहनको पनि मस्को जाने चाहाना थियो तर रायमाझीले नचाहेका हुनाले जाने वातावरण बनेन ।’

    पञ्चायतले बर्दियाको जंगलमा छोड्दादेखि हेलिकप्टर दुर्घटना हुँदासम्म ज्यान जोगियो

    २०४६ पुसमा धनगढीको कार्यक्रममा मनमोहन सम्बोधन गर्न पुगे । सीडीओले पक्राउ पुर्जी देखाएर जिल्ला छोड्न उर्दी गरे । उनलाई पञ्चायती प्रहरीले गाडीमा हुलेर लग्यो । राजमार्गमा केही बेर दौडाएर १२ किलोमिट दक्षिणको घनघोर जंगलमा पुर्‍याए । एक्लै छोडिदिए । उनलाई जंगली जनावरले खाएर सकुन भन्ने सोच थियो । तर, मनमोहन बाँचे । उनी राजभरत हिँडेर नेपालगञ्ज आउन सके ।

    बर्दियाको जंगल पञ्चायतका नियतबस दुर्घटनाबाट जोगिएका मनमोहन हेलिकप्टरको अप्रत्यासित दुर्घटनाबाट पनि जोगिए । २०५२ सावन २९ गते दिउँसो पौने तीनमा नेपाली सेनाको १८ नम्बर पुमा हेलिकप्टर लिएर यात्रामा निस्किए तत्कालीन प्रधानमन्त्री मनमोहन । उनको यात्रा थियो बर्दिया नै । बर्दियाका बाढी पीडित हेर्ने उनी तत्कालीन गृहमन्त्री केपी शर्मा ओली तथा एमाले नेता बामदेव गौतमसँगै गएका थिए ।

    मनमोहन अधिकारी बनारसमा अध्ययन गर्न सन् १९३८ मा पुगेका थिए । बनारस हिन्दू विश्वविद्यालयका उनका साथीमा एक थिए कृष्णप्रसाद भट्टराई । सन् १९४२ मा चलेको अंग्रेजविरोधी भारत छोडो आन्दोलनमा जोडिएर थुनिएका थिए मनमोहन । भारतीय स्वतन्त्रता संग्राम, भारतीय नेताहरूसँगको हिमचिमले उनी भारतकै कम्युनिष्ट पार्टी सदस्य भएर राजनीतिक रूपमा उनी युवाकालमा सक्रिय भएका थिए ।

    पाइलट किशेन्द्रबहादुर शाहीले चलाएको हेलिकप्टरको संकेत राम्रो आएन । पाइलटले ‘मेडे, मेडे, मेडे’ भन्न थाले । हेलिकप्टरको ‘टेलरोटल फेल’ भयो । पाँच हजार फिटबाट इन्धनको पाइप छुटाएर जबरजस्त झारियो । हेलिकप्टरको संकेत विच्छेद भएकोले जानकारी काठमाडौं पुगेन । कोहलपुरको पूर्वतर्फ दश किलोमिटरमा राप्ती नदिनको उत्तरी किनारमा हेलिकप्टर जबरजस्त ल्याण्ड गरियो । स्थान पत्ता लगाउन सजिलो होस् भनेर ढिकुरे गाउँका स्थानीयले आगो बाले । यसले सहज भयो । साँझ ५:५३ मा स्थान पत्ता लाग्यो । साढे ६ बजे सबैको उद्धार गरिएर भेरी अञ्चल अस्पतालमा लगियो । साउन ३० गते भोलिपल्ट नेकोन एयरको विमानले सबैलाई लिएर काठमाडौं पुर्‍यायो । प्रधानमन्त्री मनमोहन अधिकारीलाई त्रिवी शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार गरियो ।

    २०५६ वैशाखको मध्यावधि निर्वाचनमा काठमाडौंमा क्षेत्र नम्बर १ र ३ मा उठेका उम्मेदवार मनमोहन अधिकारी चुनावी अभियानमा थिए । २०५६ वैशाख ६ गते काठमाण्डौ क्षेत्र नम्बर १ को गोठाटारमा सम्बोधन गयो मनमोहनले । सभामा बालेको उक्त आधा घण्टाको भाषण नै मनमोहनको अन्तिम भाषण बन्यो । भाषण सकिएर गाडीमा पुग्न लाग्दा टाइको लत्रिएर बेहोस भएका अधिकारी त्यसपछि कहिल्यै उठेनन् । उनलाई उपचार गर्न भारतको एम्स्का चिकित्सकहरूसमेत वैशाख ८ गते राति साढे १० बजे आएका थिए । कसैको प्रयत्न काम लागेन । २०५६ वैशाख १३ गते बिहान २:३२ मा उनको प्राण अस्त भयो । १९७८ असार १५ मा जन्मेका उनले ७८ वर्षमा देहत्याग गरे । उनको सक्रिय राजनीतिक जीवन ५७ वर्षको थियो ।

    अधिकारीको भारत साइनोः कम्युनिष्ट मेन्टरसिपदेखि कुटनीतिक ब्रेक थ्रूसम्म

    पारिवारिक निर्वासनमा बनारस पुगेको परिवारका सदस्य मनमोहनको विद्यालय तथा उच्च शिक्षा भारतमै भयो । भारतका कवि तथा कम्युनिष्टहरूसँगको संगतमा उनी कम्युनिष्ट भए । हिन्दी भाषाका चर्चित कवि तथा भारतका कम्युनिष्ट नेता शिवदानसिंह चौहान र किशान नेता शिवपूजन त्रिपाठी अधिकारीका कम्युनिष्ट आन्दोलनका मेन्टर थिए ।

    मनमोहन अधिकारी बनारसमा अध्ययन गर्न सन् १९३८ मा पुगेका थिए । बनारस हिन्दू विश्वविद्यालयका उनका साथीमा एक थिए कृष्णप्रसाद भट्टराई । सन् १९४२ मा चलेको अंग्रेजविरोधी भारत छोडो आन्दोलनमा जोडिएर थुनिएका थिए मनमोहन । भारतीय स्वतन्त्रता संग्राम, भारतीय नेताहरूसँगको हिमचिमले उनी भारतकै कम्युनिष्ट पार्टी सदस्य भएर राजनीतिक रूपमा उनी युवाकालमा सक्रिय भएका थिए ।

    पाइलट किशेन्द्रबहादुर शाहीले चलाएको हेलिकप्टरको संकेत राम्रो आएन । पाइलटले ‘मेडे, मेडे, मेडे’ भन्न थाले । हेलिकप्टरको ‘टेलरोटल फेल’ भयो । पाँच हजार फिटबाट इन्धनको पाइप छुटाएर जबरजस्त झारियो । हेलिकप्टरको संकेत विच्छेद भएकोले जानकारी काठमाडौं पुगेन । कोहलपुरको पूर्वतर्फ दश किलोमिटरमा राप्ती नदिनको उत्तरी किनारमा हेलिकप्टर जबरजस्त ल्याण्ड गरियो ।

    २०५१ चैत २७ बाट उनी पाँच दिन भारतको भ्रमणमा गएका थिए । उनलाई भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावले निम्तो दिएका थिए । मनमोहनले भारत भ्रमण गर्दा एक हिसाबमा नेपालको तर्फबाट कूटनीतिक ब्रेक थ्रू गरेका थिए । सन १९५० को नेपाल र भारतको सन्धिको पुनरावलोकनको माग उनले प्रधानमन्त्रीस्तरमा पहिलोपटक गरे । भारतले केही गर्ला भनेर डराएर नभन्ने कुटनीतिक प्रचलन उनले तोडे । उनको प्रस्तावमा भारत बिच्किएन । बरु नेपालमा राष्ट्रिय सहमति खोज्न आग्रह गर्‍यो ।

    गोरखापत्रमा प्रकाशन भएको समाचारलाई लिएर भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावको प्रतिकृया किताबमा लेखिएको छ, ‘मनमोहनजी, आजको बदलिँदो परिस्थितिमा नेपालको भारतसँगको सम्बन्धमा केही सुधार गर्न चाहेको छ भन्ने कुरा नेपालको प्रधानमन्त्रीबाट पहिलोपटक हामीले सुन्यौँ । हामी पनि ५० वर्ष पुरानो कुरा बोकेर निकट मित्र नेपाललाई चिढ्याउन चाहँदैनौँ । यही कुरा राष्ट्रिय सहमतिका आधारमा आइदिए हामीलाई धेरै सजिलो हुने थियो ।’

  • ‘सरकारी शिक्षक’को बकपत्र: गैर-राजनीतिक शिक्षक एक युटोपियामात्र

    ‘सरकारी शिक्षक’को बकपत्र: गैर-राजनीतिक शिक्षक एक युटोपियामात्र

    यही बैशाख पहिलो हप्ता मुलुकमा मौसममा परिवर्तन आई चर्को गर्मी बढ्न सुरु हुँदै थियो । मुलुकभरका सामुदायिक विद्यालय र शिक्षकहरु विद्यार्थी भर्ना अभियानमा पसिना चुहाउँदै लागिरहेका थिए । त्यही बेला शिक्षा मन्त्रालयको एउटा निर्णयले विद्यालय क्षेत्रमा झन गर्मी बढाइदियो । शिक्षामन्त्री सुमना श्रेष्ठले बैशाख ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै राजनीतिक दलका कार्यकारिणी सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्ने परिपत्र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमार्फत जारी गर्न लगाइन् । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइको नाममा जारी परिपत्रमा ७५३ वटै स्थानीय तहलाई आवश्यक सहयोग र सहजीकरणका लागि भनेर बोधार्थसमेत गरिएको थियो ।

    राजनीतिक दलका सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गरिने उर्दी जारी भएपछि विद्यालय शिक्षा क्षेत्रमा गरमागरम बहस सुरु भएको छ । सामाजिक सञ्जालमा त पक्ष र विपक्षमा दोहोरो जुहारी चलिरहेकै छ । शिक्षक सम्बद्ध विभिन्न संघसंगठनका नेताहरुले अप्रत्यक्ष रुपमा यस निर्देशनको विरोध गरिरहेका छन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले मन्त्रालयको यो निर्णयविरुद्ध आन्दोलन नै गर्ने चेतावनी दिइसकेकी छन् ।

    शिक्षकले राजनीति गर्न हुन्छ या हुन्न भन्ने विषयमा अनन्त बहस गर्ने ठाउँ छ । शिक्षकलाई निरपेक्ष रुपमा राजनीतिबाट अलग राख्नु अघि हाम्रो मुलुकको राजनीतिक व्यवस्थाको संरचना र यसको स्थापनाको इतिहासबारे बहस गर्नु अत्यन्त जरुरी छ । त्यसैगरी शिक्षक र शिक्षा सम्बन्धि प्रचलित ऐन, कानून र नीतिगत व्यवस्थाको व्याख्या पनि जरुरी छ । सबैभन्दा पहिला शिक्षक र शिक्षण पेशा के हो भनेर सामान्य बुझाइ राख्नु आवश्यक हुन्छ ।

    को हुन् शिक्षक, के हो शिक्षण ?

    शिक्षकलाई परिभाषित गर्न यो दुनियाँमा सर्वोत्कृष्ट निबन्ध रचना गरिएको छ, बेस्ट सेलर उपन्यास लेखिएको छ र ब्लकब्लस्टर फिल्म बनेको छ । ती तमाम परिभाषाको एउटै सार के हो भने शिक्षक भनेको यो ब्रह्माण्डको पथपर्दशक हो । शिक्षकविना हाम्रो समाजको कुनै एक पक्ष पनि अघि बढ्न सक्दैन । ढुङ्गे युगदेखि यो एक्काइसौं शताब्दीसम्म मानव सभ्यताले जति विकास गरेको छ, त्यो शिक्षकको योगदानले मात्र सम्भव भएको हो । वैदिक कालदेखि आधुनिक कालसम्म शिक्षकका अनेकौं रुप र नाम आए होलान्, तर शिक्षकको एउटै काम थियो- समाजलाई पथ प्रर्दशन गर्नु ।

    शिक्षक भनेको यो ब्रह्माण्डको पथपर्दशक हो । शिक्षकविना हाम्रो समाजको कुनै एक पक्ष पनि अघि बढ्न सक्दैन । ढुङ्गे युगदेखि यो एक्काइसौं शताब्दीसम्म मानव सभ्यताले जति विकास गरेको छ, त्यो शिक्षकको योगदानले मात्र सम्भव भएको हो ।

    आजको बहस भनेको समाजको पथ प्रर्दशक भनिएको शिक्षक वर्ग राजनीतिबाट अलग हुनुपर्छ या पर्दैन भन्ने हो । हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा राजनीति भनेको समाजको महत्त्वपूर्ण अंग हो । राजनीतिबाटै समाजको विकासका सिद्धान्त तथा आयामहरु निर्माण हुन्छ । चीनको साम्यवादी समाज र अमेरिकाको पूँजीवादी समाज भिन्न हुनुमा राजनीतिकै प्रमुख भूमिका छ । यतिमात्र होइन, हाम्रो जस्तो तरल राज्य व्यवस्था भएको मुलुकमा त झन् राजनीतिको महत्त्वपूर्ण भूमिका हुन्छ ।

    शिक्षण कार्य भनेको कक्षा कोठामा गएर विद्यार्थीलाई पढाउने कार्यलाई मात्र बुझियो भने त्यो कोरा र जड बुझाइ हुन्छ । शिक्षक एक सामाजिक व्यक्ति भएको हुनाले उसले समाजको हरेक क्रियाकलापमा सरिक हुने गर्छ र आवश्यक परेको खण्डमा हरेक क्षण सिकाइमा सरिक हुनसक्छ । चार दिवालभित्रको बन्द कोठामा गरिने शिक्षणलाई मात्र शिक्षण भनेर बुझियो भने त्यो अपूर्ण हुन्छ । कक्षा कोठाभन्दा बाहिर पनि थुप्रै कुराको शिक्षण गर्नुपर्ने अवस्था आउनसक्छ । त्यसमध्ये राजनीति पनि एक पाटो हो । किनभने राजनीति हाम्रो समाज र राज्य व्यवस्थाको अभिन्न अंग हो ।

    यस्तो महत्त्वपूर्ण पक्षबाट शिक्षकलाई अलग गर्नु निकै जटिल कार्य हो । निरंकुश जहानिया राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था हटाउनमा शिक्षकहरुको ऐतिहासिक भूमिका छ । अहिलेको लोकतान्त्रिक व्यवस्था निर्माणमा गाउँ-बस्ती र दूरदराजमा गएर जनचेतना जगाउने पहिलो संवाहक नै शिक्षक हो । तैपनि शिक्षकहरुलाई राजनीतिबाट अलग राख्नुपर्ने तर्क बलियो हुँदै गइरहेको छ । शिक्षकलाई राजनीतिबाट अलग राख्न विभिन्न कानूनी व्यवस्था पनि भइरहेका छन् । खासमा नेपालको फोहोरी राजनीतिका कारण शिक्षकहरुलाई गैर-राजनीतिक बनाउनुपर्ने बहस बलियो हुँदै गइरहेको छ ।

    कानूनी व्यवस्था

    मुलुकको समग्र शिक्षा क्षेत्रलाई समेट्न बनेको शिक्षा ऐन २०२८ को दफा १६ (ङ) को उपदफा ५ ले शिक्षकहरु गैर-राजनीतिक हुनुपर्ने व्यवस्था गरेको छ । उपदफा ५ को खण्ड (छ) ले कुनै पनि शिक्षक/कर्मचारी राजनीतिक दलको कार्यकारिणी सदस्य रहेमा पदबाट हटाउन सकिने प्रावधान राखेको छ । त्यसैगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले शिक्षकलाई राजनीतिक दलको सदस्य हुनबाट रोक लगाएको छ । उक्त ऐनको दफा १४ को उपदफा २ को खण्ड (ग) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी कुनै पनि राजनीतिक दलको सदस्य हुन नसक्ने प्रावधान राखेको छ ।

    निरंकुश जहानिया राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था हटाउनमा शिक्षकहरुको ऐतिहासिक भूमिका छ । अहिलेको लोकतान्त्रिक व्यवस्था निर्माणमा गाउँ-बस्ती र दूरदराजमा गएर जनचेतना जगाउने पहिलो संवाहक नै शिक्षक हो । तैपनि शिक्षकहरुलाई राजनीतिबाट अलग राख्नुपर्ने तर्क बलियो हुँदै गइरहेको छ । शिक्षकलाई राजनीतिबाट अलग राख्न विभिन्न कानूनी व्यवस्था पनि भइरहेका छन् ।

    उपर्युक्त कानूनी व्यवस्था लागू हुन नसकिरहेको भनी पाटन उच्च अदालतले २०७९ जेठ ४ गते एउटा उत्प्रेषण परमादेश जारी गर्दै कुनै पनि शिक्षकले राजनीतिक दलको सदस्य लिन नहुने फैसला गरेको छ । मुख्यगरी यी तीन वटा कानूनी आधारमा शिक्षामन्त्रीले निर्णय गरी राजनीतिक दल सम्बद्ध शिक्षकहरुलाई कारबाही गर्ने परिपत्र जारी गरेका हुन् । यो परिपत्र कुन हदसम्म लागू हुन्छ भन्ने कुरा अब निकट भविष्यमा नै देखिनेछ । अर्थात राजनीतिक दलका सदस्यता लिइएका शिक्षकहरुको जागिर जान्छ, जाँदैन त्यो हेर्न पाइएला नै । तर, मुख्य कुरो शिक्षक र राजनीतिबीचको सम्बन्धबारेको बहस भने अनन्तकालसम्म रहिरहने छ ।

    गैर-राजनीतिक शिक्षक : एक युटोपियामात्र

    हाम्रो जस्तो राजनीतिक, सामाजिक र आर्थिक अवस्था भएको मुलुकमा एउटा शिक्षकलाई गैर-राजनीतिक बनाउनु प्रायः असम्भव छ । अर्थात गैर-राजनीतिक शिक्षकको कल्पना एक युटोपियामात्र हो । हाम्रो समाज दक्षिण एसियामा अफगानिस्तानपछि दोस्रो स्थानमा पिछडिएको समाज हो । यस्तो समाजमा राजनीतिक चेतनाको विश्वसनीय संवाहक भनेको शिक्षक नै हो । हाम्रो समाजका एक तिहाइ समुदाय अझै पनि राजनीतिक व्यवस्थाप्रति अनभिज्ञ छन् । उनीहरुमा राजनीतिक चेतनाको प्रसार हुने भरपर्दो माध्यम शिक्षक नै हो । जुन समाजमा राजनीतिक चेतनाको जति विकास हुन्छ, त्यति नै मात्रामा सभ्यताको विकास पनि हुँदै जान्छ ।

    शिक्षकलाई राजनीतिबाट अलग राख्नै नसकिने प्रमुख आधार भनेको हाम्रो लोकतान्त्रिक शासन व्यवस्था हो । लोकतन्त्रको प्रमुख आधार भनेको आवधिक निर्वाचन हो र निर्वाचनको मुख्य आधार भनेको मताधिकार हो । हाम्रो संविधानले प्रत्येक नागरिकलाई मताधिकारको हक प्रदान गरेको छ । एउटा शिक्षकले पनि आफूले मन पराएको दल र तिनका नेतालाई मत दिने अधिकार प्राप्त गरेको हुन्छ । मत दिने बेलामा प्रत्यक्ष, अप्रत्यक्ष राजनीतिक बहसमा एउटा शिक्षक पनि मुछिएको हुन्छ । शिक्षक भएकै नाताले एउटा शिक्षकलाई निर्वाचनमा मत दिनबाट वञ्चित गर्ने कानून बनाउनु संविधानविपरीत हुन्छ । हाम्रो संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता मौलिक हकअन्तर्गत प्रदान गरेको छ । यही अधिकार प्रयोग गरेर एउटा शिक्षकले पनि राजनीतिक दलसम्बन्धी आफ्नो मत राख्नसक्छ ।

    हाम्रो संविधानले प्रत्येक नागरिकलाई मताधिकारको हक प्रदान गरेको छ । एउटा शिक्षकले पनि आफूले मन पराएको दल र तिनका नेतालाई मत दिने अधिकार प्राप्त गरेको हुन्छ । मत दिने बेलामा प्रत्यक्ष, अप्रत्यक्ष राजनीतिक बहसमा एउटा शिक्षक पनि मुछिएको हुन्छ । शिक्षक भएकै नाताले एउटा शिक्षकलाई निर्वाचनमा मत दिनबाट वञ्चित गर्ने कानून बनाउनु संविधानविपरीत हुन्छ ।

    शिक्षकलाई राजनीतिबाट अलग राख्ने कुरा जति लोकप्रिय छ, व्यवहारिक हिसाबले त्यति नै जटिल छ । शिक्षण एउटा जागिरमात्र होइन, यो त पेशा पनि हो । हरेक पेशालाई ट्रेड युनियन अधिकार संयुक्त राष्ट्रसंघबाट नै प्रदत्त छ । हाम्रो संविधान र विभिन्न ऐन-कानूनले शिक्षकहरुलाई ट्रेड युनियन अधिकार प्रदान गरेको छ । शिक्षकहरुले विभिन्न ट्रेड युनियन गठन गरेर अप्रत्यक्ष राजनीति गरिरहेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ट्रेड युनियनमार्फत शिक्षकहरु राजनीतिकर्मी भइरहेका छन् । ट्रेड युनियनलाई खारेज गर्न संविधानले दिँदैन ।

    अहिले हामीसँग विभिन्न शिक्षक संघसंगठन, परिषद्हरु छन् । तिनीहरु अप्रत्यक्ष रुपमा दलको भ्रातृ संगठन नै हुन् । यतिमात्र होइन शिक्षा ऐनअन्तर्गत गठन भएको शिक्षक महासंघसमेत राजनीतिक भ्रातृ संगठन जस्तो भएको छ । महासंघको गठन प्रक्रिया अप्रत्यक्ष राजनीति घुसाउने त्रुटिपूर्ण व्यवस्था छ । अर्थात महासंघको गठन स्वतन्त्र रुपमा हुँदैन । घटक संस्थाहरुबीच भागबन्डा लगाएरमात्र शिक्षक महासंघ गठन हुन्छ । एउटा शिक्षक सीधै शिक्षक महासंघको सदस्य हुन सक्दैन । पहिला ऊ घटक संस्थाको सदस्य बन्नुपर्छ । घटक संस्थाको सदस्य बन्नु भनेको राजनीतिक दलको भ्रातृ संगठनको सदस्य बन्नु नै हो ।

    यसरी हेर्दा विद्यमान संरचनामै टेकेर चाहिँ शिक्षकलाई गैर-राजनीतिक बनाउन सकिन्न । शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी कानूनको आधारमै मात्र शिक्षकलाई कसैले गैर-राजनीतिक बनाउन खोज्छ भने त्यो प्राविधिक रुपमा सहज देखिए पनि व्यवहारिक रुपमा जटिल छ । हाम्रा शिक्षामन्त्री जुन राज्य व्यवस्थाअन्तर्गत मन्त्री बनेका छन्, त्यो व्यवस्था ल्याउन शिक्षकहरुले पनि धेरै रगत पसिना बगाएका छन् । राजनीतिक व्यवस्था स्थापनार्थ शिक्षकहरुले गरेको योगदानलाई नजरअन्दाज गर्दै कारबाहीको उर्दी जारी गर्नु मन्त्रीको लागि फलामको चिउरा चपाउनुसरह हुनसक्छ ।

    निजी विद्यालयका शिक्षकलाई राजनीति गर्न छुट दिएर सामुदायिक विद्यालयका शिक्षकलाई मात्र कारबाही हुने गरी बनाइएको कानून विभेदकारी छ । सामुदायिक विद्यालयका शिक्षकले राजनीति गरे शिक्षा बिग्रने र निजी विद्यालयका शिक्षकले राजनीति गर्दा शिक्षा सप्रने भन्ने हुन्न ।

    विभेदपूर्ण कानूनी व्यवस्था

    शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानूनी व्यवस्था नै विभेदपूर्ण छ । नेपालमा हाल ३६ हजारभन्दा बढी विद्यालय छन्, जसमध्ये ७ हजार बढी निजी विद्यालय छन् । हालको विद्यमान कानूनले सामुदायिक विद्यालयका शिक्षकमात्र राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । तर, निजी विद्यालयका शिक्षकबारे कानून मौन छ । शिक्षक भनेको शिक्षक नै हो, चाहे सामुदायिक विद्यालयको होस् या निजी विद्यालयको । राजनीतिले शिक्षा खराब हुन्छ भने सामुदायिक विद्यालयको शिक्षा पनि खराब हुन्छ र निजी विद्यालयको शिक्षा पनि खराब हुन्छ ।

    निजी विद्यालयका शिक्षकहरु पनि राजनीतिक दलको सदस्य रहेको र दलको विभिन्न कार्यकारिणी समितिमा बसेका कैयौं उदाहरण छन् । पूर्वशिक्षामन्त्री अशोक राई आफैं निजी विद्यालयका सञ्चालक/शिक्षक हुन् । निजी विद्यालयका शिक्षकलाई राजनीति गर्न छुट दिएर सामुदायिक विद्यालयका शिक्षकलाई मात्र कारबाही हुने गरी बनाइएको कानून विभेदकारी छ । सामुदायिक विद्यालयका शिक्षकले राजनीति गरे शिक्षा बिग्रने र निजी विद्यालयका शिक्षकले राजनीति गर्दा शिक्षा सप्रने भन्ने हुन्न ।

    अहिलेको परिप्रेक्ष्यमा शिक्षकहरुलाई राजनीतिक दलको सदस्य बन्नबाट रोक लगाउन सकिए पनि शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्न सकिन्न । शिक्षकले देशको राजनीति बुझ्न सकेन भने देशको राजनीति सही बाटोमा हिँड्न सक्दैन । अर्कोतर्फ शिक्षकले राजनीति गरेर शिक्षा बिग्रेको हो भन्ने भाष्य नै गलत छ । शिक्षा बिग्रनुमा अनेकौं कारण छन् । ती तमाम कारणहरुलाई एकमुष्ठ सम्बोधन नगरेसम्म शिक्षा सुधार हुन्न ।

    (मेवाहाङ मोरङको रंगेलीस्थित आदर्श माविका प्रधानाध्यापक एवं प्रिन्सिपल्स एसोसियसन अफ नेपाल (पान) कोशी अध्यक्ष हुन् ।)

  • शिक्षा मन्त्रालयको बार्दली र विद्यालयको आँगन

    शिक्षा मन्त्रालयको बार्दली र विद्यालयको आँगन

    यत्रो वर्ष विज्ञको सुझावले शिक्षा क्षेत्र उत्तानो परेको हो कि भन्ने मैले अनुभव गरेको छु । कूटनीतिक, कपटपूर्ण, बहुअर्थी शब्दको प्रयोग गरी भाषण गर्ने, सल्लाह सुझाव दिने गरिएकोले शिक्षा क्षेत्र भताभुङ्ग भएको हो भन्ने मेरो ठम्याइ छ । शिक्षा मन्त्रालयको बार्दली र स्कुलबाट हेर्दा देखिएका शिक्षासम्बन्धी समस्या फरक पर्न गएकोले मलाई लागेका कुरा सरल भाषामा भन्ने प्रयास गरेको छु ।

    शिक्षा प्रणाली अस्तव्यस्त हुनुमा कसको मुख्य भूमिका छ ? शिक्षकले गर्दा हो ? जोसुकै शिक्षामन्त्री भए पनि शिक्षकलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने सम्बन्धमा पहिलो निर्णय हुने गरेको छ । शिक्षकले खोलेका हुन् पार्टीवाला संस्था कि ठूला भनिएका राजनीतिक दलले ‘जनताले गाउँमा हामी (नेता)लाई चोर भन्छन्, हाम्रो कुरा सर्वसाधारणलाई भन्न शिक्षकको प्रयोग गर्नुपर्छ, त्यसैले पार्टीका शिक्षक चाहिन्छ’ भनेर बनाएका हुन् ? शिक्षक संगठन, शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनलगायतका १४ वटा जति दलीय संगठन शिक्षकले बनाएको कि राजनीतिक दलले ?

    काठमाडौंमा मान्छेहरु करोडौंका सुटकेश बोकेर नेता भेट्न जान्छन् पदका लागि भनेर समाचार आउँछ । हो, त्यस्तै कुनै एउटा दलीय संगठनको टिकट नकाटी सरुवा बढुवामा सास्ती खेप्नुपर्ने बाध्यता कसले निम्त्याएको हो ? शिक्षकले ? शिक्षक सेवा आयोगले नियुक्ति दिएपछि हाजिर हुन जाँदाजाँदै बाटैमा हाम्रो पार्टीमा आउनु भन्दै स्वागत गर्ने परम्परा शिक्षकले चलाएको हो ? ५-६ कक्षाका विद्यार्थी भेला गरेर पार्टीको झण्डामुनि फलानो नेता जिन्दावाद भन्न शिक्षकले लगाएको हो ?

    शिक्षा प्रणाली अस्तव्यस्त हुनुमा कसको मुख्य भूमिका छ ? शिक्षकले गर्दा हो ? जोसुकै शिक्षामन्त्री भए पनि शिक्षकलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने सम्बन्धमा पहिलो निर्णय हुने गरेको छ ।

    उपर्युक्त केही बेतिथिमा शिक्षकको प्रत्यक्ष भूमिका देखिए पनि खासमा त्यही काठमाडौंमा त्यस्ता कार्यक्रमको डिजाइन बनाइ कार्यान्वयन गराइन्छ । सक्नुहुन्छ भने शिक्षकहरुको एउटा पेशागत संस्थामात्र अस्तित्वमा राखी अन्य सबैलाई नामेट बनाऔं । यो काम हामीले गर्ने होइन, राजनीतिक दलले गर्ने हो । त्यतै राजधानीमै सल्लाह गर्नु यसको बारेमा । तपाईं पनि ७ सालदेखि नै नेपालको शिक्षा क्षेत्रलाई सुझाव दिँदै आएका विज्ञको चपेटामा परी कामको सुरु गराई नै नमिलेको देख्छु । विज्ञको चपेटा कसरी भनेको भने ५-७ महिना अगाडिको एउटा घटना स्मरण गराउन चाहें- ‘नेपाल वायुसेवा निगमको जहाज चढेर प्रधानमन्त्री पनि जाने भएपछि ३०-४० जना यात्रु छुटेको घटना’ । २-४ दिनपछि प्रधानमन्त्रीले मलाई त थाहै भएन भनेर भन्नुभयो ।

    यसबाट मैले के भन्न खोजेको भने प्रधानमन्त्रीलाई घेरेर बस्ने टीम जस्तै तपाईंलाई घेरेर बस्ने टीम पनि हुनसक्छ । किनभने योभन्दा अगाडिका शिक्षामन्त्रीले जस्तै पहिलो निर्णय नै शिक्षकले राजनीति गर्नुहुँदैन भन्ने दोहोर्‍याउनु भयो । यदि राष्ट्रिय स्वतन्त्र पार्टीको पनि एउटा हाँगोको रुपमा शिक्षकहरुको संस्था थियो, अनि त्यही विघटन गरेर सुरु गर्दा राम्रो देखिन्थ्यो । तर, त्यो छैन । त्यही भएकोले तपाईंले गलत ठाउँबाट काम सुरु गर्नुभयो भन्ने लाग्छ । अरु दलका शिक्षकका संस्थालाई निष्क्रिय पार्न नसकेपछि १-२ वर्षपछि अरु दलले जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध शिक्षकको संस्थाको स्थापना गर्नुपर्ने स्थिति आएको कुरा यही कानले सुन्नुपर्ला कि भन्ने डर लागिरहेको छ ।

    मेरो विचारमा समस्या अरुतिरै छ । सबैभन्दा ठूलो कुरा शिक्षक उत्पादन गर्ने कारखानामै दलका झोलेले दाइँ गरेर बसेका छन् । त्रिभुवन विश्वविद्यालयमा देखिहाल्नु भयो । शिक्षक हुन आवश्यक योग्यता अरु विषय पढ्न विविध कारणले नसक्ने, कहिलेकाहीं क्याम्पस जाँदा हुने, भाडामा पनि परीक्षा दिने मान्छे पाइने, जसरी भए पनि पास गरेको प्रमाणपत्र हात परेपछि हुने, त्यति भइसकेपछि शिक्षक हुन पाइने भएपछि नियोजित रुपमा कमजोर जनशक्तिलाई शिक्षा क्षेत्रमा थुपारिएको छ ।

    गत सालको प्राथमिक तहको नतिजा हेर्दा माग संख्या जति पनि पूर्ति हुन सकेको देखिँदैन । यसको कारण शिक्षक हुन चाहनेले पढ्दैनन् भन्ने होइन, शिक्षक हुन चाहिने योग्यताको औपचारिक पढाइमा परीक्षामा सोधिने कुराको कहींकतै सङ्केत पनि थिएन । त्यत्रो हैरानी खेपेर पढेर के बनिन्छ ?

    अर्काे कुरा थोरै समसामयिक विश्वसँग थोरबहुत परिचित मान्छेको शिक्षा क्षेत्रमा चासो, लगाव, झुकाव छैन । भए पनि यदि शिक्षकको रुपमा नियुक्ति पाए पनि देशको सेवा गर्ने झ्वाँक भए पनि सेवासुविधा, विद्यालयमा हुने निकृष्ट क्रियाकलाप, सबै दोषको जिम्मा शिक्षकले लिनुपर्ने भएपछि ३५ वर्ष हुञ्जेल अन्य सेवातिर जान हरसम्भव प्रयासरत हुन्छ । विगतमा पनि माध्यमिक तहको स्थायी नियुक्ति छाडेर खरिदारको नियुक्ति लिएको खबर सुनिएकै हो । यसको अर्थ मुख्य रुपमा सेवासुविधासँग गाँसिएको छ । पैतृक सम्पत्ति पनि खासै छैन भने शिक्षक भएर आर्थिक प्रगति गर्न त अलि परकै कुरा हो । जेनतेन दालभात चैं ४ जनाको परिवारलाई पुग्छ । यदि क्षमता छ भने त्यसरी खुम्चिएर बस्नुको साटो निजामती सेवा वा अन्य कुनै क्षेत्र रोज्नुपर्ने बाध्यता छ ।

    गत सालको प्राथमिक तहको नतिजा हेर्दा माग संख्या जति पनि पूर्ति हुन सकेको देखिँदैन । यसको कारण शिक्षक हुन चाहनेले पढ्दैनन् भन्ने होइन, शिक्षक हुन चाहिने योग्यताको औपचारिक पढाइमा परीक्षामा सोधिने कुराको कहींकतै सङ्केत पनि थिएन । त्यत्रो हैरानी खेपेर पढेर के बनिन्छ ? राज्य, निजामतीलगायतका सबै निकायले हेपेको ‘जाबो मास्टर’ को उपाधि ? यो कुरा गलत जस्तो लाग्यो भने कि त तपाईंको पैतृक समयदेखि नै आर्थिक रुपमा सबल हुनुहुन्छ वा तपाईं निजामती हो वा तपाईं शिक्षकको रुपमा भर्खर सेवा प्रवेश गर्नुभएको छ वा शहरको एउटा चेपारो कोठामा एक्लो (आइसोलेटेड) भएर बाहिरी दुनियाँसँग सम्पर्कविहीन भएर बाँचिरहनु भएको छ । शिक्षक नियुक्त भइसकेपछिको काण्ड अर्कै छ । राजनीतिक पहुँच छैन भने भएमध्येको दुर्गम ठाउँमा पदस्थापन हुन्छ । किनभने सुगम ठाउँमा राजनीतिक पहुँचवालाले सरुवा गरी पद भरिपूर्ण पारेका हुन्छन् ।

    समावेशीको नाममा शेर्पा बस्तीमा फरक मातृ भाषीलाई पदस्थापन गरिएको हुन्छ । थारु बस्तीमा फरक मातृ भाषी, स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिइएपछिको बेतिथिको त कुरा नगरौं । हिजोसम्म सँगै पढाइरहेको शिक्षक थप केही ज्ञान, अनुभव नबटुली आज सम्पूर्ण विद्यालयको अनुगमनकर्ता बने । अनुगमनका नाममा विद्यालयमा उपस्थित भएर शैक्षिक दार्शनिक बनिरहेको शिक्षकले गर्दा हो बिग्रेको भनिरहेको छ । स्थानीय तहका शिक्षा शाखाका काम जति विद्यालयका सरहरुले चलाइरहेका छन् । भत्ता निजामतीले खाइरहेका छन् । स्थानीय तहको हाकिम बिदामा बसेको बेला वा दलीय दादागिरीले महिनौंसम्म शिक्षकले तलब पाएका छैनन् । शिक्षण सिकाइमा आधुनिकीकरण भनिएको छ । विद्यालयले शिक्षकलाई मार्कर दिन सक्दैन ।

    निजामती क्षेत्रमा काम नभएर कर्मचारी घाम तापेर बसिरहेका छन् । यता विद्यालयमा विद्यार्थी-शिक्षक अनुपात मिलेको छैन । ३०औं वर्षदेखि दिनको कम्तीको ४ घण्टा पढाएर स्वरयन्त्रको क्यान्सर हुने स्थिति छ । अस्पतालमा सहुलियत छैन । अर्बौं रकम भ्रष्टाचार भइरहेको छ ।

    निजामती क्षेत्रमा काम नभएर कर्मचारी घाम तापेर बसिरहेका छन् । यता विद्यालयमा विद्यार्थी-शिक्षक अनुपात मिलेको छैन । ३०औं वर्षदेखि दिनको कम्तीको ४ घण्टा पढाएर स्वरयन्त्रको क्यान्सर हुने स्थिति छ । अस्पतालमा सहुलियत छैन । अर्बौं रकम भ्रष्टाचार भइरहेको छ । विद्यालयमा मसलन्द खर्च छैन । वडा कार्यालयलाई मसलन्द ५ लाखभन्दा बढी दिने स्थानीय सरकार माध्यमिक विद्यालयलाई वर्षको १ लाख पनि दिँदैन । निजामती कर्मचारी सरकारी सवारीसाधनमा भट्टी पसल धाइरहेछन् । स्कुलका हेडसरहरु आफ्नै साधनमा पालिका धाउँदाधाउँदै मोटरसाइकल जीर्ण बनाइरहेका छन् । कुर्सीमा बस्दाबस्दा ओभरवेट भएका कर्मचारीहरु उपवास हो भन्दै १०० रुपैयाँको खाजा खाइरहेका छन् । उता ढुङ्गा खाउँ कि माटो खाउँ भन्ने उमेरका विद्यार्थीलाई १५ रुपैयाँको खाजा दिइएको छ । थप समस्या त के हुन् भन्ने सर्वविदित्तै छ । दिनदिनै दक्ष जनशक्ति बाहिर गइरहेका छन । अदक्ष जनशक्तिले देश चलाइरहेका छन् । १२ कक्षा पढेको विद्यार्थी नेपाली भाषा नै राम्रोसँग पढ्न जान्दैनन् । क्याम्पस तहमा अध्ययनरत विद्यार्थी कि विदेश जाने मानसिकतामा छन्, कि त प्रक्रियामा छन् । बाँकी बाहिर जान नसकेकोमा पश्चाताप गरेर बसिरहेका छन् ।

    कहिले उदार कक्षोन्नति भनेर उमेर पुगेको आधारमा कक्षा चढाइएको छ । कहिले परीक्षा नदिइकन विद्यार्थी पास गराइएको छ । अन्तिम परीक्षापश्चात २४ लाई ४२ बनाएर ५-६ विषय अनुत्तीर्ण विद्यार्थीको नम्बर थप गरेर उत्तीर्ण गराइएको छ । एसएलसी फेल भएर विद्यार्थी झुण्डिएर मरे भनेर एसएलसीलाई एसईई बनाएर जस्तोसुकै विद्यार्थीलाई पनि पास गराइएको छ । फेरि तेरो जीपीए पुगेन भनेर फलानो विषय पढ्न पाउँदैनस् भनेर भनिएको छ । विश्वविद्यालयलाई राजनीतिको अड्डा बनाइएको छ । विश्वविद्यालयका प्राध्यापकहरुले न्यूनतम ४० अंक नल्याउँदा पदपूर्ति भएको छैन । विश्वविद्यालयका परीक्षामा भाडाका विद्यार्थी पाइन्छन् । प्रविधिमैत्री शिक्षा भनेर भुकिएको छ, विद्यालयमा इन्टरनेट छैन । विश्वविद्यालयको वेबसाइट एउटा शिकारु ह्याकरले ह्याक गरिरहेको छ ।

    एकीकृत पाठ्यक्रम भनेर २० प्रतिशतभन्दा कमले मात्र बुझेको पाठ्यक्रम देशभर लागू गरिएको छ । शिक्षकहरुलाई पर्याप्त तालिम दिइएको छैन । सबैभन्दा बढी परिश्रम गर्नुपर्ने बाल कक्षा पढाउनेको तलब खाजा खान पुग्ने पनि छैन । ११-१२ कक्षा सञ्चालनको सम्बन्धन तथ्याङ्कको अध्ययनविना भइरहेको छ ।

    स्कुले केटाकेटी फेसबुकदेखि लभ गरेर १२ वर्षमा एक-अर्काविना बाँच्न नसक्ने स्थितिमा पुगिरहेका छन् । कतिपय अवस्थामा अप्रिय घटना भइरहेको छ । हरेक वर्ष नयाँ किताब बाँडिएको छ । पुरानो किताब बुझाउनु नपर्ने भएपछि विद्यार्थीले किताब च्यातेर चिट बनाइरहेका छन् । गुरु–शिष्यको पवित्र सम्बन्ध हुनुपर्नेमा विद्यार्थीले सरलाई खुँडा हान्छु भनेर धम्की लाइरहेका छन् । शिक्षक एक सम्मानित पेशा हुनुपर्नेमा शिक्षक हुँ भनेर भन्दा सुन्नेले ओठ लोप्य्राउँछन् । स्तरीय अंक ल्याउने दक्ष जनशक्तिलाई शिक्षा क्षेत्रमा आकर्षित गर्न सकिएको छैन । दहीचिउरे नेता र फोस्रा विज्ञले आदर्शवादी दर्शन छाँट्दैमा आकर्षित हुनेवाला छैनन् । सरकार पैसो छैन भन्छ, प्रविधिमैत्री हुनलाई आफैंले ल्यापटप किनेर ६–७ घण्टी घोक्रो फुलाएर सक्रिय अध्यापनका लागि सादा भात खान पुग्ने पैसोमा काम गरिदिनुपर्ने ! कहिले रेजा लगाउन लगाउने, कहिले कक्षामै मूल्याङ्कन गर्नुपर्ने अनि महाभारत जत्रो किताब १८० दिनमा बुझाएर पढाइसक्नु पर्ने ! अवकाशपछि कर्मचारीलाई बिदा प्रमाणित गर्दा १०–१५ हजार रुपैयाँ नदिइकन कामै नहुने !

    अंग्रेजी माध्यममा पढायो भने अमेरिका जस्तो भइन्छ, बेलायत जस्तो भइन्छ । अनि ठूलो मान्छे हुनुछ भने टाई भिर्नुपर्छ, यसलाई अनिवार्य गरौं । यो सफलताको चाबी हो भनेर भोकै, खाली खुट्टा विद्यालय आएका विद्यार्थीलाई टाई लगाउन लगाइएको छ । मन्त्रालयका बार्दलीमा बसेर आफैंले आफैंलाई विज्ञ ठानी सरकारी पैसामा विदेश घुम्दा देखेका हौवाबाजीलाई निर्देशन भन्दै पठाइएको छ । समावेशी पदपूर्तिको नाममा फरक मातृभाषीलाई फरक ठाउँमा अध्यापनका लागि खटाइएको छ । अनि छोडेर जाने पालिकालाई र जान चाहेको पालिकालाई दुई ठाउँमा नै रक्सी र मासु खुवाउनुपर्ने स्थिति छ । एकीकृत पाठ्यक्रम भनेर २० प्रतिशतभन्दा कमले मात्र बुझेको पाठ्यक्रम देशभर लागू गरिएको छ । शिक्षकहरुलाई पर्याप्त तालिम दिइएको छैन । सबैभन्दा बढी परिश्रम गर्नुपर्ने बाल कक्षा पढाउनेको तलब खाजा खान पुग्ने पनि छैन । ११-१२ कक्षा सञ्चालनको सम्बन्धन तथ्याङ्कको अध्ययनविना भइरहेको छ ।

    दिनदिनै दक्ष जनशक्ति बाहिर गइरहेका छन । अदक्ष जनशक्तिले देश चलाइरहेका छन् । १२ कक्षा पढेको विद्यार्थी नेपाली भाषा नै राम्रोसँग पढ्न जान्दैनन् । क्याम्पस तहमा अध्ययनरत विद्यार्थी कि विदेश जाने मानसिकतामा छन्, कि त प्रक्रियामा छन् ।

    शहरका चोकचोकमा कलेज छन् । गाउँमा नयाँ विषय लगिएको छैन । त्यही शिक्षक उत्पादनका लागि शिक्षा संकाय लगिएको छ । निमाविका सरहरुले ११–१२ को कक्षा धानिरहेका छन् । दरबन्दी छैन । २ जनाको दरबन्दीले जबरजस्ती धानिरहनु परेको छ । १५ खालका शिक्षक राखिएको छ । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका भन्दै शिक्षक छनोट गरेर पठाउँछ । ऐन भन्छ- विद्यालयहरु आधारभूत र माध्यमिकमात्र छन् । यहाँ के भइरहेको छ ? मैले केही पनि बुझ्न सकेको छैन । मलाई लाग्छ, यहाँ जात्रा भइरहेछ । अझ विद्वानले वर्षैपिच्छे ल्याउने नयाँ नयाँ स्किम, परीक्षा प्रणाली, कोभिडताका भएको शैक्षिक क्षति आदि इत्यादिका बारेमा लेख्दै गयो भने रक्तचाप बढ्छ ।

    उपरोक्त सबै समस्याको निराकरणका लागि कसैले चासो दिएको देखिँदैन । कि माथि लेखेका कुरा विद्यमान छैनन् ? छन् भने समस्या हुन् कि हैनन् ? समस्या हुन् भने समाधानको पहल गर्नुपर्दैन ?

    अन्त्यमा, शिक्षासम्बन्धी जेसुकै नीति नियम-कानून ल्याए पनि विद्यार्थीका लागि हो र कार्यान्वयन गर्ने ठाउँमा शिक्षक हुन्छ । शिक्षकलाई सम्मानित बनाउनुपर्छ । हालको तलबलाई ठ्याक्कै डबल बनाउनुपर्छ । एउटा शिक्षकबाट २० वर्षभन्दा बढी रस निचोर्न सकिँदैन । निचोर्न खोजियो भने चोक्टा निस्किन्छ । पढाउन थालेको २० वर्ष पूरा भएपछि घर पठाउनुपर्छ । शिक्षकको संख्या थप्नुपर्छ । दुर्गमका विद्यालयलाई ठूलो एउटा स्कुल बनाएर गाभ्नुपर्छ । शिक्षकको कार्यभार नघटाई शिक्षकलाई तह लगाउने, हप्काउने, दर्शन छाट्नेलगायतका फोस्रा र ताई न तुईका ठूला कुरा गरियो भने शिक्षा क्षेत्र अहिलेको भन्दा गहिरो खाल्डोमा भासिन्छ । सबैले ध्यान पुर्‍याऔं ।

    रह्यो कुरा शिक्षकका दलीय संस्था र जथाभावी शिक्षक नियुक्तिको, त्यो सबै शिक्षकले होइन राजनीतिक दलले गरेका हुन् । यी सबै विघटन गर्नुपर्छ । राज्यले जस्तै शिक्षकले पनि लथालिङ्गे तरिकाले काम गर्ने हो भने शिक्षा क्षेत्र अझै विकराल हुने थियो । धन्न शिक्षकले कर्तव्य सम्झेर गति छाडेका छैनन् ।

    (लेखक पूर्वशिक्षक हुन् ।)

  • रूपक मैनालीको कविता- मतको दुरुपयोग रोकौँ !

    रूपक मैनालीको कविता- मतको दुरुपयोग रोकौँ !

    हिजो नयाँ, आज नयाँ, भोलि पनि नयाँ !
    आउनुस् हामी सबै मिली बोलौँ भव्य नयाँ !!

    इमानदारलाई सबले चिनौँ, चुनौँ सव्य नयाँ !
    बोतल छोडौँ, माल हेरौँ रोजौँ सबले नयाँ !!

    ब्रान्डको नाममा ठगी छ व्यापक !
    चिनौँ सबले नयाँ !!

    इमानदार भई अनुभवी चिनौँ !
    रोजौँ योग्य नयाँ !!

    नयाँको नाममा ठगहरूको बिगबिगी छ !
    चिनौँ सबले नयाँ !

    आफ्नो मतको दुरुपयोग रोकौँ !
    रोजौँ योग्य नयाँ !!

    रूपक मैनाली
    बैंकर्स

    साङ्ग्रिला डेभलपमेन्ट बैंक प्रदेश २ प्रमुख

  • आशिष अविरल: संगीत कारखानाका ‘हिट मेसिन’

    आशिष अविरल: संगीत कारखानाका ‘हिट मेसिन’

    काठमाडौं । १० हजार हाराहारी गीतको एरेन्जर, दर्जनौं सुपरहिट गीतको संगीतकारका साथमा गीतकार र झण्डै आधा दर्जन सुपरहिट गीतका गायक । साढे दुई दशकको सांगीतिक करियरमा आशिष अविरलले बनाएको परिचय हो यो ।

    यस वर्ष सम्झनुपर्दा साढे तीन करोड बढी दर्शक/स्रोता कमाएको ‘ऐंचो पैंचे’ फिल्मको ‘काले केटा’ । स्वर आशिषकै, संगीत, एरेन्ज, मिस्किङदेखि मास्टररिङसम्म आशिषकै !

    केही वर्ष पछाडि फर्कने हो भने ‘ए मेरो हजुर ३’को ‘परान परान’, बीचमा ‘छुनुमुनु’ । करोडौं दर्शकमाझ गायकको रुपमा समेत जाने कोसिस हो यो आशिषको ।

    अझै केही वर्ष पछाडि फर्कने हो भने ‘नाईं मलाई था छैन’, ‘माया लुकी लुकी’ जस्ता डान्सिङ गीतका संगीतकार । योभन्दा थोरै पछाडि फर्कने हो भने ‘छातीमा हात राखेर’ जस्ता जातीय विभेदविरुद्धको गीतको गीतकार, संगीतकार पनि आशिष नै । योभन्दा थोरै पछाडि २०६३/६४ सालतिर फर्कने हो भने ‘वास्ना’ एल्बमका संगीतकार ।

    आशिषले संगीतको जुन विधामा हात हाले, डेब्युमै सफलता पाए । जस्तो- संगीतकारको रुपमा पहिलो एल्बम ‘वास्ना’को गीत नरेन्द्र प्यासीद्वारा स्वरबद्ध ‘तिमीविनाको जीवन’ र ‘तिमीले दिने माया’को प्रसिद्धी । सुगम तथा मेलोडियस गीतहरु छाडेर नृत्य गीतको विधामा जाँदा पनि पहिलो गीत नै हिट, ‘मेरो दुनियाँ बेग्लै छ’ । ‘ए मेरो हजुर ३’ बाट फिल्ममा प्रवेश गर्दा पनि ‘परान’ र ‘जिन्दगी नै भन्दिनँ म’ दुवै गीत हिट ।

    त्यो मुरली केटो

    ‘हिट मेसिन’को परिचय बनाएका आशिषको यात्रा भने बाग्लुङबाट सुरु हुन्छ ।

    आशिषका बुवा गाउँमा बाजा बजाउने काम गर्थे । उपल्लो जातका मान्छेहरुको बिहे कार्जेमा बाजा बजाउनु उनको बुवाको बाध्यता थियो । सानो कलिलो केटो आशिष पनि बासँग बाजा बजाउन जान्थे ।

    बिहेमा जसले बाजा बजाएर माहोल रमाइलो बनाइरहेको छ, उसैले अपमान भोग्नुपर्ने ! जन्तीले दुर्व्यवहार गर्ने ! त्यो दुर्व्यवहारको शिकार आशिषका बुवा, काकाहरु वर्षौंदेखि पर्दै आएका थिए । तर, कलिलो केटो आशिषलाई भने मनपरेन ।

    आशिष सुनाउँछन्, ‘केटाकेटी नै थिएँ । तर, मलाई त्यस्तो व्यवहार मनपरेन । त्यसपछि जन्तीमा जान छाडें ।’ जन्तीमा बाजा बजाउन जान छाडे पनि आशिषको जीवनमा संगीतको सुर भने चढिसकेको थियो ।

    एक दिन स्कुलमा आशिषले मुरली बजाए । स्कुलका विद्यार्थीहरु सबै हल्लाखल्ला गर्दै थिए, मुरली बज्न सुरु गरेपछि सबै शान्त बने । मुरलीको धुनमा सबै मुग्ध बने, ताली पिटे ।

    यसपछि स्कुलकै रामचन्द्र सरले आशिषलाई एउटा जिम्मेवारी थपिदिए, ‘आजदेखि तिमीले स्कुलमा सबैलाई गीत गाउन सिकाउने ।’ सरले आशिषको नाम पनि जुराइदिए, ‘मुरली केटो’ ।

    त्यही मुरली केटो एसएलसी दिएपछि काठमाडौं आइपुग्यो । डोरेमी स्टुडियोमा संगीत सिक्यो । कलेज पढ्यो । बीचमा गायक बन्न आएका उनको स्वरमा थोरै समस्या देखियो । बिरामीसमेत भए । यसपछि भने उनको यात्रा एरेन्जर र संगीतकारको रुपमा मोडियो ।

    ‘वास्ना’ एल्बमदेखि ‘डान्सिङ हिट’ हुँदै चलचित्रसम्म

    २०६३-६४ साल । आशिष एरेन्जर हुँदै संगीतकार हुने तरखरमा थिए । यसका लागि उनले गीतका ट्र्याकहरु तयार गरे । ट्र्याकमा बारहरु बनाएर बाजा भरे । तर, शब्द केही छैन । गीतको शीर्षक पनि तय भएको छैन ।

    आशिष सुनाउँछन्, ‘मान्छेहरु छक्क पर्थे । गीतको शब्द छैन, ट्र्याकहरु रेडी भयो ।’

    गीतको शब्दभन्दा पहिला ट्र्याक निर्माण हुनुमा आशिषको आफ्नै विवशता थियो । नयाँ संगीतकार, ठूल्ठूला गीतकारले पत्याउने कुरा थिएन । कसैसँग माग्ने आँट पनि थिएन । त्यसैले पहिला ‘मेलोडी बनाउँछु’ भनेर बनाएका थिए । शब्द नभएका कारण ट्र्याक पनि एक, दुई, तीन भनेर नाम दिएका थिए ।

    गीतको ट्र्याक तयार भएपछि आशिषले गीतकार आनन्द अधिकारीलाई गुहारे । आनन्दले शब्द भरिदिए । नरेन्द्र प्यासीलाई गुहारे । नरेन्द्र पनि स्वर भर्न तयार भए । अढाईतीन वर्षको मेहनतपछि आशिषको जीवनकै पहिलो एल्बम तयार भयो, ‘वास्ना’ ।

    ‘वास्ना’ त्यही एल्बम बन्यो, जसले नरेन्द्रलाई ‘के भूल भयो र’ पछि पुनः कमब्याक गरायो । ‘वास्ना’ त्यही एल्बम भयो, जसले आशिषलाई युवा संगीतकारको रुपमा स्थापित गरायो । एल्बमको क्यासेटको चक्का नै एक लाख प्रतिभन्दा बढी बिक्री भयो ।

    आशिष सम्झन्छन्, ‘मलाई त त्यो वेलाको समय फ्यान्टासी जस्तो लाग्छ । म त्यसवेला अनामनगरमा बस्थें । त्यहाँबाट रत्नपार्क, न्युरोड जाँदा गाडीमा मेरै गीतमात्रै बजिरहन्थ्यो । आरबीटीमा जसलाई फोन गरे पनि मेरै गीत बज्थ्यो । सपना हो कि विपना हो लाग्थ्यो ।’

    यसपछि आशिषले प्रमोद खरेलसँग मिलेर ‘म बाँचेकै हो तिमीसँग माया लाउन हो’मा सहकार्य गरे । शिव परियारसँग ‘आत्मालाई साक्षी राखेर’ गीतमा सहकार्य गरे ।

    २०७० सालपछि भने आशिष डान्सिङ गीततर्फ छिरे । उनको पहिलो हिट गीत थियो, ‘मेरो दुनियाँ बेग्लै छ’ । यसपछि लगातार सुपरहिट डान्सिङ गीतहरुमा काम गरे, ‘माया लुकी लुकी’, ‘नाईं मलाई था छैन’ लगायत ।

    ‘सुरुबाटै दुःखी गीतप्रति मेरो लगाव भएन । गीत सुनेर मान्छेले आत्महत्या गर्‍यो रे भनेको सुन्दा नमीठो लाग्थ्यो । यार, गीत संगीत भनेको त मान्छेलाई जीवन दिने पो हुनुपर्छ । मृत्यु दिने गीत पनि के गीत ! मर्नलाई उक्साउने रचना पनि के रचना’, आशिष भन्छन्, ‘मलाई के लाग्यो भने मान्छे रमाउनु पनि पर्छ । हाम्रोमा बिहे, पार्टीतिर जाँदा अंग्रेजी, हिन्दी गीतमात्रै बज्थे । नेपाली गीत बज्दा पनि केहीलाई नाच्न गाह्रो हुने । सांस्कृतिक रुपमा गीत संगीत, भाषा अतिक्रमित हुन्छ, अनि देश कसरी रहन्छ त ?’

    मेलोडियस र डान्सिङ गीत एक-अर्काबीचमा पूर्ण फरक हुन्छ । मेलोडियस गीतले मान्छेलाई कसरी इमोसनल बनाउने भन्ने हुन्छ । डान्सिङ गीतले चाहिँ कसरी नचाउने भन्ने हुन्छ । यही कारण डान्सिङ गीत धेरै टेक्निकल हुने र मेलोडियस गीत इम्प्रोभाइज टाइपको हुने आशिष बताउँछन् ।

    उनी भन्छन्, ‘डान्सिङ गीतमा म्याथम्याटिक्स बढी हुन्छ । बिटमा कति एग्रेसन दिने, कति रिजोलुसन गर्ने, के के गर्ने भन्ने विषय अलि बढी टेक्निकल हुन्छ । हामी शास्त्रीय संगीत सिकेर आएका संगीतकारलाई अलि अप्ठेरो हुन्छ डान्सिङ गीतमा काम गर्न । तर, म एरेन्जर पनि भएकाले धेरै अप्ठेरो परेन ।’

    यसपछि आशिष चलचित्रमा प्रवेश गरे । यहाँ पनि उनी डेब्युमै हिट भए, गायकको रुपमा । यसैको पछिल्लो उदाहरण हो, ‘काले केटा’ ।

    असफलताको स्वाद पनि चाखेका छन् आशिषले

    आशिषलाई लगभग थाहा हुन्छ, कुन गीत हिट हुन्छ । तर, कहिलेकाहीँ उनको अनुमान पनि फेल खाइदिन्छ । त्यसैले आशिष सफलमात्रै भएका छैनन् । उनको असफलताको श्रृंखला पनि लामो छ ।

    उनी सुनाउँछन्, ‘हिट हुने गीत लगभग थाहा हुन्छ । तर, कहिलेकाहीँ अनुमान गलत हुन्छ । चल्दैन भनेको गीत त चल्दैन नै । चल्छ भनेको गीत पनि नचल्नसक्छ । कहिलेकाहीँ राम्रै छ भनेको गीत मजाले चलिदिन्छ ।’

    एक पटक विश्व नेपालीले गाएको गीत ‘टेस्ट गरौं’ मजाले नै चल्छ भन्ने लागेको थियो आशिषलाई । पक्कै हिट हुन्छ भनेको गीत फ्लप भइदियो । अर्का गायक प्रताप दासले गाएको ‘झ्याम्म झ्याम्म’ भन्ने गीत पनि चल्छ भनेर सोचेका थिए । तर, गीत चलेन ।

    गीत चल्नुमा राजनीतिक अवस्था, जनताको मनस्थितिलगायत धेरै कुराले सरोकार राख्ने भएकाले पनि कुनै कुनै बढी नै अपेक्षित गीत नचल्ने आशिषको अनुभव छ । अनि गीत नचल्दा कस्तो महसुस हुन्छ ?

    आशिष हाँसेर सुनाउँछन्, ‘फ्रस्टेसन नै हुन्छ नि ! गीत रिलिज भएको लगभग एक महिना जति चलेन भने डिप्रेसन नै होला जस्तो हुन्छ । कोही बोलेको कुरा पनि सुन्न मन नलाग्ने, कसैलाई भेट्न पनि मन नलाग्ने । त्यहाँबाट निस्कन लगभग अर्को गीत नै चाहिन्छ ।’

    आशिषले गायकको रुपमा ‘ए मेरो हजुर ३’ मा पहिलो पटक गीत गाए ‘परान’ । अहिलेसम्म ५९ मिलियनले हेरिसकेको गीत त्यसवेला रिलिज हुँदा धेरैले ‘बुढोको स्वर’ भनेर कमेन्ट गरेका थिए । यस्तो कमेन्ट आशिषका लागि अपेक्षित नै थियो । तर, विस्तारै दर्शक-स्रोताले उनको स्वरलाई सहज रुपमा लिए ।

    यही गीत आशिष सहभागी पार्टीहरुमा बज्थे । आशिषलाई कसैले बालै दिँदैन थिए । कसैले फलानोले यो गीत गाएको भनेर पनि भन्दैन थिए । आफैंले गाएको भनेर भन्न पनि मिलेन । आशिष सुनाउँछन्, ‘त्यस्तो वेला मलाई कस्तो लाग्थ्यो भने यो गीत मैले गाएको होइन, कुनै इन्स्ट्रुमेन्ट बजिरहेको हो । मैले गाएको गीत त बजेकै छैन । मैले गाएको भए मेरो नाम आउने थियो ।’

    केही समय यो चरणबाट गुज्रिएपछि आशिषले महसुस गरे, पानी उम्लन पनि सय डिग्री चाहिन्छ । तर, पानी त ४०-५० डिग्रीमै तातो हुन्छ, ७०-८० डिग्री पुग्दा पोल्छ । उम्लन त सय डिग्री नै चाहिन्छ । आशिष हाँसेर थप्छन्, ‘कलाकारिताको चर्चा हुन पनि सय डिग्री पुग्नुपर्ने रहेछ । चरण चरणमा डोज दिँदै जानुपर्ने रहेछ । अहिले आइपुग्दा दर्शक-स्रोताले केही नोटिस गरे जस्तो लाग्छ । ‘काले केटाले’ चाहिँ ५०-६० डिग्रीमा पुगेको हो कि झैं लागिरहेको छ ।’

    भाइरलहरुलाई आशिषको सुझाव

    आशिषले यो अढाई दशकको करियरमा धेरै प्रकारका कलाकारसँग सहकार्य गरे । रातारात भाइरल भएर आएकाहरुसँग पनि काम गरे । लामो समय साधना गरेर आएका कलाकारसँग पनि काम गरे ।

    रातारात सेलिब्रेटी भएका र लामो साधना गरेर आएकासँग फरक चाहिँ के हुँदोरहेछ ?

    आशिष सुनाउँछन्, ‘रातारात हिट भएका गायकगायिकाहरु एकदमै चाँडै फ्रस्टेसनमा जान्छन् । विस्तारै आएकाहरु धेरै उतारचढाव थाहा भएकाले धेरै हिट हुँदा मात्तिने पनि कम हुन्छ । असफल हुँदा आत्तिने पनि कम हुन्छ । एकाएक भाइरल भएकाहरु एकाएक गुमनाम हुन्छन् ।’

    कुनै समय भाइरल भएका, तर अहिले गुमनाम भएकाहरु आशिषसँग ठोक्किन आइपुग्छन् । आशिषलाई सोध्छन्, ‘यतै बसौं कि विदेश जाऔं कि साह्रै गाह्रो भयो ।’

    आशिषको सल्लाह हुन्छ, ‘भाइरल ज्वरो तीनचार दिन हुन्छ । त्यसपछि ज्वरो आउँदैन । त्यसैले गर्दा तिम्रो आगमन जसरी भएको थियो, त्यो सही तरिकाले भएको थिएन । त्यसवेला सबैको ध्यानाकृष्ट भएको थियो । तर, ध्यानाकृष्ट भयो भन्दैमा कच्चापदार्थ नै बेच्नु भएन नि ! तपाईंसँग सम्भावना छ । तपाईंमा केही न केही भएरै जनताले मन पराएका हुन् । त्यो गलत होइन । तर, अब चन्दनको रुख रहेछ भने पनि काठलाई स्कल्पिङ गर्नुपर्‍यो नि ! र पो बहुमूल्यमा बिक्री हुन्छ । सुन त सुन हो, तर गहना बनाएर लगाउन त्यसको प्रक्रिया हुन्छ । काँचो सुन त बेच्यो, खायो सक्कियो नि ! त्यसैले तपाईंले आफूलाई क्राफ्टिङ गर्नुपर्छ । त्यसको छुट्टै प्रक्रिया हुन्छ । प्रक्रियामा जानैपर्छ ।’

    आशिष थप्छन्, ‘म प्रायः भाइबहिनीहरुलाई के भन्छु भने उहाँहरुले कुनै गायकगायिकाको जस्ताको तस्तै कपी गर्नुहुन्छ । दुईचार पटक राम्रै सुनिन्छ । तर, त्यसपछि हरेक पटक त्यही दोहोरिन्छ । एउटै चिज धेरै पटक दोहोरिएको राम्रो सुनिँदैन ।’

    उनका अनुसार यही कारण उनीहरु चल्न छाड्छन्, डिप्रेसनमा जान्छन् । आशिषको सल्लाह कतिपयले सकारात्मक रुपमै लिने गर्छन् । कतिपयलाई चाहिँ आफू भाइरल भएकामा रिस उठेकाले भनेको हो भन्ने पनि लागेको हुनसक्ने उनको अनुमान छ । किनभने उनीहरुमा इनिसियल अटेन्सनले उन्मत्तता छाएको हुन्छ । त्यस्तो वेला मान्छेले आफू परिपरि कमै देख्ने बताउँछन् ।

    त्यसैले आशिष भन्छन्, ‘सफलता भन्ने चिज नै चढ्ने चिज रैछ । सफलताले मान्छेलाई अहंकारी बनाउँछ । त्यो ममा पनि लागू हुन्छ । एक पटक मैले आफैंले महसुस गर्दा पनि ‘ह्या’ भन्ने भाव आउँथ्यो । तर, त्यो होइन रहेछ । उकालीओराली आउँछ । त्यसैले सफलतामा माथि पुगेको वेला मान्छेले अहंकार देखायो भने ‘ए भाइ तँ यहाँ बस्न लायक छैनस्, तल आइज’ भनेर पिट्दै पिट्दै ल्याएर धुलाइ हान्छन् । अनि ‘अब फेरि चढ्न सुरु गर’ भन्छन् । सबैको हकमा यो लागू हुन्छ ।’

    भाइरल भाइहरुसँग भेट हुँदा आशिषको प्रश्न हुन्छ, ‘ए भाइ यो के गर्‍या !’

    भाइहरुको जवाफ हुन्छ, ‘यही भए नि गर्नुपर्‍यो दाइ ! जे गरे नि चल्दैन, अलिअलि कुटिखेलो गर्नैपर्‍यो ।’

    आशिष भन्छन्, ‘मैले छुनुमुनु गीत सन् २०१७ मै तयार गरेको थिएँ । ५ वर्षपछि निकालें । अहिले चलेको ‘काले केटा’ पनि चार वर्ष अगाडि बनाएको हो । एक जना गायकका लागि बनाएको थिएँ, तर अहिले निस्कियो । ‘परान’ पनि तीनचार वर्ष पहिला बनाएको थिएँ । मेरो काम यसरी बन्छन् भने अरुको पनि समय लाग्ला नि ! आज बनाएर भोलि निकालेर पर्सि ल्याउँदा गीत कस्तो हुन्छ होला ? दुई दिनमा बच्चा जन्मन्छ त ?’

    एआईले संगीतकारको जागिर खाइदिन्छ त ?

    अहिले संसारभर एआईको चर्चा छ । एआईले उपन्याससमेत लेखिसक्यो । नयाँ संगीत तुरुन्त कम्पोज गरिदिन्छ । शब्द आफैं लेखिदिन्छ । जे भन्यो त्यही गायकको आवाज निकालिदिन्छ । यसलाई लिएर संसारभरका स्रष्टा-सर्जकले आन्दोलन पनि गरिरहेका छन् ।

    आशिषलाई पनि लाग्छ, ‘एआईले प्रारम्भिक रुपमा असर गर्छ नै । एआईमा पनि कसै न कसैले डाटाको प्रयोग गरेर चिज बन्ने हो ।’ कलाकारको आवाज दुरुस्त निकालिदिने, संगीतकारको शैली नक्कल गरिदिने कुराले प्रारम्भिक रुपमा असर गरेपछि यो स्याचुरेट हुँदै एउटा ठाउँमा पुगेर रोकिने आशिषको अनुमान छ ।

    उनी भन्छन्, ‘पहिला पहिला स्याम्पल म्युजिक आउँथ्यो । सबैले त्यही म्युजिकलाई प्रयोग गरे । त्यसरी प्रयोग भएपछि अब लाइभ म्युजिक हुँदैन होला भन्ने अनुमानहरु चले । तर, स्याम्पल म्युजिक प्रयोग गर्दा हजारौंको संख्यामा प्रयोग भयो । त्यस्ता संगीत चेतन अवस्थामा सुन्दा फलानो गीतमा प्रयोग भएको छ भन्ने थाहा नहुने भयो । तर, हाम्रो दिमागले अवचेतनमा यी सबैको हिसाबकिताब राखिरहेको हुन्छ । दिमागमा त त्यसको डाटा छ । त्यसो हुँदा कतै न कतै सुनेको हो कि भन्ने जानकारी दिमागले राख्छ । यसपछि नयाँ गीत सुन्दा पनि दिमागलाई मोनोटोनस हुने भयो र सुन्न नचाहने भयो । मान्छेले थाहा नपाएरै भित्रभित्रै गीतहरु रिजेक्ट गर्दै गए ।’

    एआई पनि एउटा विन्दुमा पुगेर यस्तै अवस्थामा पुग्ने आशिष बताउँछन् । उनलाई लाग्छ, ‘यो लामो समयसम्म जाँदैन ।’

  • यतीको सफलताको कथा : नेपाली बैंकले ऋण दिएन, जहाज बिक्रेताले पत्याएन

    यतीको सफलताको कथा : नेपाली बैंकले ऋण दिएन, जहाज बिक्रेताले पत्याएन

    काठमाडौं । नेपाली पर्यटनमा एउटा ब्राण्ड हो यती समूह । त्यो समूहका मुली हुन् ल्हाक्पा सोनाम शेर्पा । उनै शेर्पाले आफ्नो आत्मकथा ‘हिम्बु’ बजारमा ल्याएका छन् । उनको आत्मकथा उनको निजीभन्दा माथि नेपालको पर्यटन उद्योग, त्यसमा उनको कम्पनीको प्रवेश, यती तथा तारा हुँदै हिमालय एयरलाइन्स स्थापनाका कथादेखि यती समूहका नाममा आएका ल्याइएका विवादको श्रङ्खलासम्म शेर्पाले व्याख्या दिएका छन् ।

    टिकटमा एजेन्सीलाई लाखौं गएपछि जन्मेको विमान सपना

    सन् १९८७ मा फ्रान्सेली समूहसँग मिलेर खुम्बु क्षेत्रको ६,६२३ मिटर अग्लो हिमाल चढेपछि थामसेर्कु नाममा मोहित भए शेर्पा । र, सन् १९८८ मा खोले थामसेर्कु कम्पनी । आफ्नै नामको कम्पनी खोल्न प्रोत्साहन दिने र दर्ता सहजीकरण गर्ने व्यक्ति थिए प्राध्यापक जनार्दन सुवेदी । त्यो कम्पनी बबाल चल्यो । वर्षमा सात हजार हाराहारी पर्यटकलाई सेवा दिन थाल्यो । त्यसको फलस्वरुस सन् १९९३ मै थामसेर्कु देशको तेस्रो ठूलो कम्पनीको रुपमा उभियो । विदेशीहरु खासगरी युरोपेली तथा अमेरिकी त्यसमा पनि अझ फ्रान्सेलीलाई सेवा दिनुपर्ने भएकाले हवाई टिकटको जोहोमा बढी ध्यान दिनुपर्थ्यो । समयको ख्याल गर्ने विदेशीहरुलाई दिने टिकट भएकाले अतिरिक्त ध्यान दिनुपर्थ्यो ।

    थामसेर्कुले टिकटको जिम्मा नेपाल एक्सप्रेस ट्राभल्स नामक कम्पनीलाई दिएको थियो । एक दिन सोनामले हिसाब गर्दा टिकटको नाममा टन्न पैसा गएको देखे र सोचे- आफैं विमान कम्पनी किन नखोल्ने ? यो प्रश्नले नै विमान कम्पनीको भूत सवार भयो । चितवनका नेता जागृतप्रसाद भेटवालले तत्कालीन पर्यटनमन्त्री सलिम मियाँ अन्सारीलाई सोर्सफोर्स लगाएर लाइसेन्स दिलाए । केही थान आफ्ना मान्छेलाई जागिर लगाइदिनबाहेक उनले केही नलिएको सोनाम बताउँछन् ।

    सोनामलाई विमान खरिद गर्न ३० लाख अमेरिकी डलर चाहियो । बैंकसँग गुहार गरे, खासगरी हिमालयन बैंकसँग । तर, दिएन । त्यसपछि उनले फ्रान्सका तीन साथीलाई पत्र लेखेर ३० लाख डलर मागे । फ्रान्सेली साथी बेनार्ड नोबेलले एकै वचनमा मिलाइदिए । सन् १९९८ को जुलाईमा सोनाम जहाज साहु भेट्न क्वालालम्पुर पुगे । उनको हुलिया हेरेर साहुले पत्याएनन् । यो कथा कोट्याउँदै शेर्पाले लेखेका छन्, ‘जहाजको मालिकले मलाई नपत्याएको होला । उसले तीनचार पटक अत्यन्तै अविश्वासी पारामा मलाई तलमाथि हेरिरह्यो- व्यक्तित्व नभएको, आर्थिक क्षमता नभएको मानिसका रुपमा ।’

    उनले थपेका छन्, ‘जहाज किन्ने को हो मलाई हेर्दै एयरलाइन्सको मालिकले सोध्यो ।’ कुनै बेला बैंक तथा जहाज बेच्ने साहु दुवैले नपत्याएको जहाज कम्पनीमा हाल १ हजार १०० कर्मचारी रहेको र बजारको ४६ प्रतिशत हाराहारी हिस्सा भएको सोनाम सुनाउँछन् । विमान कम्पनीको नाम यती राख्नुमा चैं आफूसँग ठोकिएका धेरै विदेशीले यतीबारेमा चासो राखेको र यो नाम छोटो अनि सुन्दर हुनु मुख्य कारण भएको सोनामले सुनाएका छन् । आफ्नो परिवारमा आफ्नै जहाज हुनुपर्ने कान्छा भाइ आङ टेण्डीले जहाजै नदेखी फ्रान्सेली पर्यटक उद्धार सकेर काठमाडौं फर्किंदा हेलिकप्टरमा परेर मृत्युवरण गरेको तथा सन् २०११ मा तारा एयर जन्माएका साइँला भाइ आङछिरिङले आफ्नो पर्यटन सपना पूरै नगरी पाथिभराको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै ज्यान गुमाएका दुःखान्त कथा पनि विमानसँगै सोनामले किताबमा जोडेका छन् ।

    भारतीयले नपत्याएपछि चिनियाँ साझेदारीमा खोलिएको हिमालय एअरलाइन्स

    यती र ताराले नेपालमा मात्रै सेवा दिइरहेका थिए । नेपालको हवाई बजारको अन्तर्राष्ट्रिय हिस्साको व्यापार २६ विदेशी कम्पनीको हातमा थियो । नेपाल वायुसेवा निगम प्रभावकारी थिएन । कतार, दुबई, ओमनदेखि चीनसम्मको हवाई उडानमा नेपाली विमान कम्पनी आवश्यक ठानेर हिमालय एअरलाइन्सको कल्पना गरे शेर्पा र उनको समूहले । त्यसको लागि भारतीयसँग साझेदारी प्रस्ताव गरियो । पत्याइन । चीनसँग प्रस्ताव गरियो । पत्यायो ।

    यो पनि पढ्नुहोस्- आङछिरिङको पाँचौं स्मृति दिवस : आत्मकथामा यसरी सम्झन्छन् दाइ सोनाम

    योबारेमा ‘हवाई उड्ययनका कठिनाइ’ शीर्षकमा सोनाम भन्छन्, ‘भारतसँग साझेदारी गर्न खोज्यौं । उसले पनि हाम्रो लगानी र क्षमतामा पत्याएन । चीनको एक कम्पनीसँग सहकार्य गरी हामीले हिमालय एअरलाइन्स विस्तार गरेका हौं । न्यारोबडीका चार जहाज हिमालय एअरसँग छन् । यो पाँच वर्षमा हामीले चार वटा एयरबस लिएर सेवा दिइरहेका छौं । ५०० जनालाई रोजगारी दिएका छौं । जबकि सरकारको वायुसेवा निगमसँग चारमात्र जहाज छन् ।’

    एमालेसँग जोड्ने पत्रकार डम्बर गिरी, दल खोल्न बाध्य बनाउने राजाका पर्यटनमन्त्री

    सोनामले पुस्तकमा एमालेसँगको आफ्नो भावनात्मक साइनोदेखि आफैंले दर्ता गरेर चल्न नपाएको दल ‘हिमालयन ग्रीन पार्टी’बारे खुलाएका छन् । पत्रकार डम्बर गिरीले आफ्नो नाम एमाले र मदन भण्डारीसँग जोडिदिएको सोनामले लेखेका छन् । आफ्नी श्रीमती पासाङ ल्हामु शेर्पालाई सगरमाथा जान बधाई दिनेहरुमा एक प्रमुख अनुहार मदन भण्डारी भएको भन्दै सोनामले पासाङको दुःखद मृत्युपछि गरिएको स्वयम्भूको दाहसंस्कार र दासढुंगामा ज्यान गुमाएका मदनको दाहसंस्कार पशुपतिमा एकै दिन भएको दुःखद कथा पनि लेखेका छन् । यी र यस्तै कारण एमालेसँग भावनात्मक सम्बन्ध भएको बताएका सोनामले आफूलाई मनपर्ने मन्त्रीहरुमा भने जीवनबहादुर शाही, शक्ति बस्नेतलगायतका गैरएमाले मन्त्रीहरु पनि समेटेका छन् ।

    आफ्नै पार्टी खोलेर अध्यक्ष भएको कथासमेत सोनामले सुनाउन छुटाएका छैनन् । तत्कालीन हरियाली पार्टीका अध्यक्ष कुवेर शर्मा पर्यटनमन्त्री थिए । काम लिएर सोनाम उनको कार्यालय पुगे । शर्माले पार्टीलाई चन्दा दिएमात्रै काम गर्ने बताए । काम खासै थिएन । ‘नेपाल माउन्टेनियरिङ फेडेरेसन’को उद्घाटनको मात्रै काम थियो ।

    राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका ती बाहुन मन्त्रीसँग बिच्केर सोनामका एक साथीले भने, ‘हरेक दलमा बाहुन-क्षेत्रीमात्रै छन् । उनीहरुको पेलानमा कति पर्ने ? हिमालको पीडा, शेर्पाको दुःख, वातावरण फेरिएको वेदना ती दलका नेतालाई थाहा छैन । अब यी सबै कुरा जोडेर घोषणापत्र तयार गर्नुपर्छ । नयाँ दल खोल्नुपर्छ ।’ उनको प्रस्ताव स्वीकार्य भयो । अन्ततः वकिल आङ कर्मासँग कानूनी सहयोग लिएर सोनाम अध्यक्ष भएको हिमालयन ग्रीन पार्टी दर्ता भयो । यद्यपि, हिमालका १६ जिल्ला लक्षित गरेर कम्तीमा पाँच सीट सांसद जित्ने आधार सोचिएको दल चल्न सकेन । दल सञ्चालन हुन नसक्नुका कारण र सञ्चालन भएको भए आउने फाइदाबारेमा सोनाम भन्छन्, ‘पार्टीले एउटा आकार लिने बेलामा सबै जना भागाभाग गरे । त्यो सपना त्यत्तिकै भयो । पार्टी अघि बढेको भए देश-विदेशबाट सहयोग पाइन्थ्यो । हामीले उठाएका मुद्दा ज्यादै सामरिक भएकाले दुवै छिमेकी देशबाट मद्दत पाउन सकिन्थ्यो । वातावरणीय प्रदूषणले विश्वको जलवायु प्रभावित भइरहेका बेला हामीले उठाएको विषयलाई धेरैले सुन्थे ।’

    व्यवसायिक काममा आफ्नै समुदायबाट निरन्तर असहयोग

    खुम्बु क्षेत्रका थामे र कोङ्देमा सोनामको समूहले होटल बनाउन थाल्दा उनकै समुदायबाट सबैभन्दा धेरै असहयोग भयो । थामेमा १८ कोठा भएको होटल सञ्चालनका क्रममा एक जना शेर्पाको जग्गा किनेर यती माउन्टेन लजको छ नम्बरको होटल योजनामा जोडिए । त्योसँगै जोडिए अनेक तनाव र असहयोग । गाउँलेलाई उचालेर बालुवा, गिट्टी, माटो, ढुंगा दिएनन् । त्यसको विकल्पमा भारतबाट प्रिफ्याबका सामान ल्याए । सन् २००८ मा बनेको होटलका कोठा २० पुर्‍याए । स्थानीयको असहयोगले महँगियो निर्माण । त्योबारेमा सोनाम भन्छन्, ‘भारतबाट १५ लाख प्रिब्याफ ल्याउँदा खर्च एकाएक बढ्यो । झण्डै तेब्बर खर्चमा मैले होटल निर्माण गराएँ ।’

    सन् २००९ मा कोङ्देमा होटल खोल्ने योजनामा काम थालेदेखि विभिन्न बाधा आएको सोनाम सुनाउँछन् । सुरुमा वातावरणीय प्रभाव र मूल्यांकन (ईआईए)मा बखेडा झिक्दा आफूले धेरै धाएको र २२ लाख खर्चेर अनुमति लिएको भन्दै सोनामले नेपाली पर्यटन क्षेत्रको ईआईए गर्ने आफू पहिलो भएको दाबी गरेका छन् । कोङ्देमा आफूलाई तनाव दिएर मान्छे उचाल्न खुम्जुङ-४ का आङछिरिङ शेर्पाको भूमिका भएको सोनामले लेखेका छन् ।

    यो पनि पढ्नुहोस्- जब फ्रान्सेली पूर्वराष्ट्रपति नेपाल ल्याउँछु भन्दा रमेशनाथ पाण्डेले प्रहरी लगाएर गलहत्त्याए

    विवादको कारण बढेको लगानीबारे सोनाम भन्छन्, ‘थामे र कोङ्देको घटनाले ठूलो पाठ सिकाएको छ । कोङ्देमा लगानी गरेको पैसा काठमाडौंमा लगाएको भए कति फाइदा हुन्थ्यो । त्यसको कुनै हिसाब छैन ।’

    सोनामको कम्पनीसँग मिलेर युरोकप्टरले सन् २००५ मा सगरमाथा क्षेत्रमा परीक्षण उडान गर्‍यो । त्यस क्रममा सगरमाथाको टुप्पोमा एक छेउले छोयो । यो मुद्दा चर्चित बन्यो । विवाद आयो । विवादको जरो आफ्नै समुदायका मान्छे भएको भन्दै सोनामले गुनासो गरेका छन् । उनले भनेका छन्, ‘तर सानो प्रसंग जोडेर मेरोविरुद्ध आफ्नै समुदाय ठूलै हुलहुज्जत गर्न लागिपरे । बदनाम गराउन कम्मर कसे । एसियन ट्रेकिङका आङछिरिङ शेर्पाको नेतृत्वमा मलाई चौतर्फी रुपमा खेदियो ।’

  • नलेखिने प्रेम कथा-३

    नलेखिने प्रेम कथा-३

    गाडीबाट ओर्लिएपछि समा निकै बेरसम्म त्यही ठाउँमा सुकसुकाउँदै बसिरही । उसकी साथी शिला केहि महिना अगाडि यही बसबाट नै झन्डै अपहरित भएकी थिई र रमणले गर्दा नै ऊ अपहरणबाट जोगिएकी थिई तर आज त यस्तो अप्रिय घटनाको कारक रमण आफै थियो । ‘रमण सही हो कि गलत ?’ छुट्याउन सक्ने कसी थिएन ऊसँग त्यस बखत ।

    रमणको त्यो व्यवहार प्रेमिल थियो वा उत्ताउलोपन त्यो खुट्याउन पनि ऊसँगको विवेक पर्याप्त लागेन उसलाई त्यस बखत ।अनायास नै उसका खुट्टाले हिंडन शुरु गरे त्यहाँबाट र बिस्तारै ती आफ्नै घर तिर लम्किए निरुद्देश्य जस्तो गरी। उसको दिमाग त निलम्बित नै थियो तर मनले अप्रत्यक्ष रुपमा उसको शरीरलाई हिँडेरै घर जाने निर्देशन दिइसकेको थियो सायद ।जिजीविषाले भनौँ वा जीव धर्मले मानिसलाई बिकट मोडमा स्वचालितरुपमै कर्म गर्न सिकाउने रहेछ ।

    घरमा पुग्दा साँझ पछिको अँध्यारो पोतिइसकेको थियो सबै चोटा र कोठामा । त्यसमाथि भर्खरै घटेको घटनाले मनमा अझ गाढा चुक नै घोप्टिएको थियो सायद ।

    रातमा पनि दशौं पटक रमणलाई फोन गर्ने बिचार नआएको होइन तर आफ्नै कारणले गर्दा रमणलाई त्यस्तो भएको भन्ने लागेर फोन गर्ने आँट गर्न सकिन । रातमा उसमा यति धेरै बिचारहरू मडारिन लागे कि ती बाँध फुटे झैँ थिए, जसलाई उसले सम्हाल्न सकिरहेकी थिइन ।

    बिचारमाथि बिचार यसरी खण्डित भैरहेका थिए कि यो के भएको हो उसले भेउ पाउन सकिरहेकी थिइन । बिचारमा स्थिरता ल्याउन ध्यानको आवश्यकता पर्दछ भनेर योगीहरूले आफ्ना प्रवचनमा भन्ने गरेको उसले त्यो बेलामा राम्ररी बुझेकी थिइन, तर आज विचारहरूमा नियन्त्रण पाउन ध्यानको कति जरुरत पर्ने रहेछ भन्ने कुरा छर्लङ्ग भएझैँ लाग्यो ।

    कुनै पनि ध्यान विधि उसले सिकेकी थिइन तर कतै सायद कुनै योगीले नै भनेको हुनुपर्छ, यदि बिचारमा नियन्त्रण पाउनु भएन भने त्यही बिचारलाई मग्न भएर निरीक्षण गर्नुहोस्, त्यसैमा गहिरिनुहोस्, पढ्नुहोस्, तपाईँले केही हल्का पक्कै महसुस गर्नुहुनेछ, एकाग्रता बढ्ने छ ।

    उसले पनि आफ्ना बिचारलाई नै निरीक्षण गरिहेर्ने बिचार गरी । उसलाई अप्ठ्यारो पारिराखेको प्रथम र अहम बिचार यतिखेर उही थियो, ‘रमणको र उसको सम्बन्धको’ बारेको बिचार । खासमा समयको यो बिन्दुमा आइपुग्दा उसलाई रमणसँगको आफ्नो सम्बन्धको परिभाषा खोज्न धेरै कठिन भइराखेको थियो । रमणले उसलाई प्रेम गर्छ भन्ने कुरा उसलाई प्रष्ट भैसकेको थियो तर ऊ नि ?

    उसलाई रमण निकै अब्बल खालको मानिस हो भन्ने पक्कै लाग्थ्यो तर ऊसँगको प्रेमको बारेमा उसले कहिल्यै सोचेकी थिइन ।

    साँच्चै नै ?

    उसले आफैसँग एक पटक फेरी सोधी । हो नि, उसले कहिल्यै पनि रमण उसको प्रेमी हुन सक्छ भन्ने कुरा मनमा एक पटक पनि आउन दिएकी थिइन । के रमण त्यसको काबिल नभएर हो ? पक्कै होइन, तर उसले त्यसरी सोच्ने फुर्सद नै पाएकी थिइन भनौँ वा आवश्यकता नै महसुस गरेकी थिइन ।

    तर माया त दिमागलाई थाहै नदिई मनमनै पनि त बस्न सक्छ नि । यस्तै सुनेकी थिई कतै । ‘कतै मेरो पनि मनमनै माया बसेको छ कि उसमाथि ?’ नियाल्ने प्रयास गरी आफैभित्र, तर यो पटक पनि असफल, निर्ख्यौलमा पुग्न । ‘कि मैले दिल र दिमागलाई छुट्याएर हेर्न जानेकै छैन ? के काम गर्छ दिमागले अनि के काम गर्छ मनले ?’ उत्तर कुन मनोविदलाई सोध्ने रुम प्रेम गर्न अक्षम त छैन कतै ? युवा मनले आफैलाई लगाउने संगिन आरोप लगाई उसले पनि आज आफैलाई ।

    यो प्रेमको विचारोत्तेजक विमर्शको बिचमा पनि उसलाई आफूले उठाएको जीवनको महत्त्वपूर्ण अभियानको झल्याँस्स याद आयो । त्यो अभियानको अगाडी यो जैविक आवस्यकताले श्री जित ‘प्रेम’ भन्ने कुरा एउटा सानो कुरा मात्र हो भन्ने लाग्थ्यो । बिस्तारै उसलाई त्यो अभियानमा आएका समस्याले पो पिरोल्न लाग्यो ।

    उसले पछिल्ला वर्षहरूमा वीर अस्पतालमा यति धेरै सहयोगी काम गरेकी थिई कि ती कामहरू सम्झँदा मात्र पनि कसैलाई मेडिटेसनले दिने आनन्द र ऊर्जा मिल्न सक्थ्यो । उसलाई सबैभन्दा मजा नै यस अस्पतालमा आएका त्यसता मानिसहरू जो गरिबी र अभावको जाँतोमा पिसिएर सामान्य उपचार, खानपान र बाटो खर्चको पनि जोहो मिलाउन सक्दैनन् तिनीहरूलाई सहयोग गर्दा आउँथ्यो । यसका लागि ऊ जुनसुकै आनन्द, सुखलाई तिलाञ्जली दिन सक्थी । यो काम त्याग्ने सर्तमा न ऊ कुनै करिअर शुरु गर्न सक्थी, न कुनै स्वर्गीय ठाउँ घुम्न जान सक्थी न त कुनै प्रेमीको प्रेमीका नै बनेर बस्न सक्थी ।

    कति बिरामीहरू के बिमार, कुन डाक्टर केही बताउन सक्दैनथे, कोठा पत्ता लगाउन सक्दैनथे, डाक्टरले के गर्नु भनेको, कहिले आउनु भनेको, के औषधी, कसरी खानु भनेको त्यो पनि बुझ्दैनथे । कोही कोही त कमजोर भएकोले लाइनमा बसेर टिकट लिन पनि नसक्ने, डाक्टरको दफ्तरमा पुगेर उपचार गराउनु त परको कुरा । कति बिरामीका साथमा न पैसा न सहयोगी साथी । तिनीहरूको खानपान, फी, सुग्घर सफाइ । काम कति हो कति रु यति धेरै सहयोगी हात र मन कहाँ पाउने होला रु कहिले काहीँ दंग खान्थी ।

    आज बिहान मात्रको कुरा हो । अस्पतालमा पुग्नसाथ गेटैनेर नीति सिस्टरले रोक्दै भनिन्, समा बहिनी न्युरो डाक्टर साहबले समालाई देख्यौ भने मलाई भेट्नु भन्नु भएको थियो । अहिले रुममै हुनुहुन्छ, जानु है । समा सिधै त्यतै लागी फेरि कुनै बिरामीलाई केही सहयोगको खाँचो परेको अनुमान लगाउन कठिन थिएन । प्रायजसो डाक्टरहरूले अन्य खाले सहयोगको लागि भन्नुहुन्थ्यो, जस्तै बिरामीलाई घर जाने गाडी चढाइदिने, अभाव भएको औषधी अन्य अस्पताल वा औषधी पसलबाट मगाइदिने, सिरियस बिरामीको रुँगालो बसिदिने, क्रिटिकल केसहरूमा प्रहरीसँग सहकार्य गराइदिने आदि ।

    समालाई वीर अस्पताल वरपरका धेरै प्रहरीहरूले पनि चिन्दथे । तर बिरामीले सिधै सम्पर्क गरेको बेलामा चाहिँ पैसाकै आवश्यकताको कुरा हुन्थ्यो । सानोतिनो पैसाको लागि उसले आफैले गर्ने गरेको मासिक रु ५००० को योगदान, साथीहरू र सहयोगी मनहरूले गरेको चन्दाले काम गर्थ्यो तर ठूलो रकम चाहीँदा चाहिँ के गर्ने ऊसँग उत्तर थिएन । त्यसो त उसले आजसम्म चन्दा उठाउँदै हिँडेकी पनि थिइन, त्यसो गर्न उसलाई मन पनि थिएन । तर कसैले आफैले दियो भनेचाहिँ रसिद काटेर सहयोग कबुल गर्ने गरेकी थिई, उसैले खोलेको संस्थाको तर्फबाट ।

    समा रुममा पस्नासाथ डाक्टरले अर्को मानिससँग कुरा रोकेरै समालाई बोलाएर भने ‘समा यहाँ एउटा क्रिटिकल बिरामी आउनु भएको छ, पुरानो न्युरो प्यासेन्ट हुनुहुन्छ, मैले नै हेराहेरीको । वास्तममा वहाँ जनआन्दोलन–२ को घाइते हो । राज्यले केही हेरेको जस्तो लाग्दैन । वहाँको आर्थिक अवस्था ज्यादै कमजोर भनौँ वा आर्थिक अवस्था नै छैन । बिहे गरेको पहिलो महिनामै आन्दोलनको क्रममा टाउकोमा गोली लागेको । वहाँको श्रीमतीले गाउँमा मेलोपात गरेर दुई जनालाई जीवित राख्ने बेजो गर्नु भएको छ । सन्तान भएनन् र परिवारमा अन्य सदस्य छैनन् । वहाँलाई तुरुन्त सर्जरी नगरे ठूलो दुर्घटना हुन सक्छ । सर्जरी गर्न रु ४ लाख रुपैयाँ लाग्छ । त्यसमा पनि डाक्टरको चार्ज हामी लिँदैनौँ र अस्पतालको सर्जन सामाजिक कोषबाट रु ५०००० सहयोग गर्न हामी तयार छौँ । अबको ३ दिन भित्रमा रु ३ लाख जम्मा गर्न सकिएन भने वहाँको अपरेशन हुन सक्दैनँ । अब तिमीले केही गर्न सक्यौ भने मात्र वहाँको ज्यान बचाउन सकिएला ।’

    डाक्टरको यस्तो कुरा सुन्दा समालाई कसैले मुटुमा हाने झैँ पिडा भयो । यति धेरै रकम त म कसरी जम्मा गर्न सक्छु र डाक्टर साहब । मैले त स–सानो सहयोग गर्ने मात्र हो ।

    तैपनि प्रयास गर । ज्यान बचाउने कुरा हो । कतैबाट केही जुटिहाल्छ कि रु डाक्टरले गम्भीर हुँदै भनेका थिए ।

    रुने कि हाँस्ने रु समा विचारहरुको दास हुँदै थिई । कहिले एउटा विषयमा कहिले अर्को एजेन्डामा, विचारहरुले दिमागी घरमा ताण्डव नाच्दै थिए । समाले आफूलाई बिचारको भुमरीमा समर्पण नै गर्ने निर्णय गरी । बिचारको ताण्डवको नेतृत्व गर्ने शिव त उही रमण नै थियो ।

    कहिले सपनामा लभ परेको कुरा त कहिले गुरुआमाको पगरी र गुरु दक्षिणा, कहिले साथीको समेत भाडा नलिने त कहिले गाडी बन्दै गरेर हुइँक्याउने उसकै लागि, अनि कहिलेकहीँ उसलाई देखेको सपनाको ह्याङओभर मनाउन कामबाट छुट्टी लिएर बिहानदेखि नै चियर्स ! अनि आज साँझको किस ! साथी एकतर्फी मायामा फसेको कुरा त लाटोले पनि अनुमान लगाउन सक्थ्यो, उसले ठोकुवा गरी । अब भने बाँकी कार्यभार समयले ऊ माथि नै थोपरिदिएको थियो । सम्बन्धलाई अगाडि बढाउने कि नबढाउने रु बढाउने भए कसरी बढाउने ? प्रेमी भएर वा साथी भएर वा कन्डक्टर र प्यासेन्जर मात्र भएर । विचारहरूको थलथले भाषमा अझै फस्दै गएको थाहा पाई उसले ।

    रातको एक बजेको हुँदो हो उसको दिमागले एउटा जुक्ति निकाल्यो, भेट्ने अनि छलफल गर्ने । पहिला साथीहरूलाई भेट्ने, उनीहरूको सुझाव पनि सुन्ने अनि रमणसँग वान टु वान वार्ता गर्ने । त्यसो त शिला बाहेकका साथीहरूले दिने सुझाव त ऊ अहिल्यै अनुमान गर्न सक्थी । जस्तो कि त्यो खलासीको त्यत्रो आँट ! खलासीसँग प्रेम गरेर घरजम बसाउने भइस् है अब, आदि आदि । जे भनुन् आफ्ना साथीलाई नभनेर कसलाई भन्न जाने ? सुनेकी थिई, बादे बादे जायते तत्वबोध ! छलफलबाट सही समाधान निकाल्न सकिन्छ । वार्ताका एजेन्डाहरू चुनिँदै थिए, निद्रादेवीलाई इर्ष्या लागिसकेछ ।
    बिहान ६ बज्न नपाउँदै शिलाको मोबाइलमा घण्टी बजिसकेको थियो ।

    केभो समु डार्लिङ, कतै लभमा त परिनौ, एकाबिहानै अर्काको निद्रा बिगार्दिएर !

    सटअप, आफू कस्तो प्रोब्लेममा परेको छु । तँलाई सहयोग गर्ने वकिल लिएर प्रहरी प्रभाग कालिमाटीमा आइज त, छिट्टो ।
    किन र के भयो त्यस्तो ? हिजो राती तँ पार्टीबाट फर्केको होइन ?

    त्यही पार्टीबाट फर्कँदाको त कुरो हो भन्दै समाले शिलालाई सबै बेलिबिस्तार लगाई ।

    ओहो, रमणजीलाई त्यस्तो पो भएछ, तेरो गल्तीले त त्यस्तो भएछ नि त्यस्तो अशल मान्छेलाई ।

    को गल्ती को सही छुट्याउने समय होइन के शिला यो । प्लिज, बुझ्ने कोशिस गर्न ।

    ओके, म त्यो वकिल लाई लिएर १० बजे प्रहरी प्रभाग आइपुग्छु, तँ सिधै उतै आइज है ।

    प्रहरी कार्यालयमा शिला साँढे दस बजे हस्याङफस्याङ गर्दै आइपुगी र आउनासाथ सरी पनि नभनी वकिललाई परिचय गराइदिएर आफूलाई अहिले नै अर्को ठाउँमा पुग्नु पर्ने भएकोले समालाई साथ दिन असर्मथ भएको बताउँदै ठाडै खुट्टा हिँडिहाली । समा एक छिन त जिल्ल परेर शिला गएको बाटोतिर हेरिरही तर एक छिन पछि आफ्नो समस्यासँग आफैले जुध्नुपर्ने रहेछ भन्ने महसुस गर्दै वकिलसँग कुरा गर्न लागि ।

    (अघिल्ला २ वटा एपिसोड पढ्नु भएमा मात्र यो भाग अर्थपूर्ण हुने भएकोले अघिल्ला अंशहरुमा पनि समय मिलेमा नजर लगाइदिनु सविनय अनुरोध छ । लेखकको नाममा क्लिक गर्नु भयो भने (वा तलको लिंकमा लेख्नुहोस्) लेखकका यस मिडियामा प्रकाशित सबै रचनाहरु देखिने छ । धन्यवाद)

    यो पनि पढ्नुहोस्- नलेखिने प्रेमकथा

    यो पनि पढ्नुहोस्- नलेखिने प्रेमकथा-२

  • उपन्यास नसकिँदै अस्ताए प्रकट पंगेनी

    उपन्यास नसकिँदै अस्ताए प्रकट पंगेनी

    काठमाडौं ।
    एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त ?
    सिंगै फूलको डाली राख्यौ को आउँदैछ आज ?

    साँझमा दियो बालिराख्यौ को आउँदैछ आज ?
    हातका औंला चालिराख्यौ को आउँदैछ आज ?

    -प्रकट पंगेनी ‘शिव’

    साहित्यकार प्रकट पंगेनी ‘शिव’ मंगलबार यस संसारबाट सदाका लागि बिदा भए । निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याएका पंगेनीको भौतिक शरीर यस संसारमा रहेन । पंगेनीले नेपाली साहित्यलाई फैलाउन ठूलो योगदान गरेका थिए ।

    साहित्यकार सरुभक्त भन्छन्, ‘विशेष गरेर पोखरेली साहित्यकाशका लागि उहाँको मृत्यु अपूरणीय क्षति हो । यति चाँडै बित्नुहोला भनेर सोचेकै थिएनँ ।’

    साहित्यको अलावा पंगेनी अभिनयमा पनि उस्तै दख्खल राख्थे । २०३५ सालबाट पोखरेली साहित्यिक सर्कलमा जोडिएका पंगेनी नाटकमा पनि सक्रिय भएर लागेका थिए । उनले २०३५ सालमै सरुभक्तको लेखन तथा निर्देशन रहेको नाटक ‘एउटा घरको कथा होइन’मा अभिनय गरेका थिए ।

    २०३८ सालमा त नेपाल एकेडेमीमा आयोजना भएको राष्ट्रिय नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेताकै अवार्ड जितेका थिए पंगेनीले । ‘गोलार्द्धको कालो आकाश’ शीर्षकको उक्त नाटकमा सरुभक्तकै लेखन तथा निर्देशन थियो ।

    ३० को दशकमा पंगेनी एसएलसी पास भएपछि कास्कीको देउरालीबाट पोखरा आएका थिए आईए पढ्न । यसपछि पोखराको साहित्यिक माहोलमा छिरेका प्रकट तीर्थ श्रेष्ठ, विजय बजिमय, सरुभक्त, उषा शेरचनलगायत साहित्यकारको नजिकको साथी बनेका थिए ।

    कवि तीर्थ श्रेष्ठ सम्झन्छन्, ‘प्रत्येक दिन र साँझ सँगसँगै हुन्थ्यौं । अप्रकाशित सृजना एक-अर्कालाई सुनाएर प्रतिक्रिया माग्थ्यौं । त्यसरी सुरु भएको थियो हाम्रो मित्रता । मलाई त उसको अझै ८-१० वर्ष बाँच्ने उमेर थियो लाग्छ । तर के भन्ने र !’

    साहित्यिक लेखनको सुरुवाती चरणमा पंगेनी संवेदनशील कवि भएको श्रेष्ठको बुझाइ छ । बेजोड राम्रा कविता लेख्थे । गीतमा पनि उस्तै दख्खल थियो । पछि मुक्तकमा लागे । गीतमा पनि बेजोड थिए । साहित्यकार भूपीनलाई पनि पंंगेनीका गीति लेखन विशिष्ट लाग्छ । उनका श्रृंगारिक गजल धेरै चर्चित भए पनि गीतहरु साह्रै विशिष्ट हुने गरेको भूपीनको भनाइ छ ।

    भूपीनका अनुसार अनुज पुस्तालाई एकदमै माया गर्थे पंगेनी । पंगेनीको बोल्ने शैलीमा पनि मिठास थियो । दुःखमा पनि हाँसिरहने गुणका कारण जो कोही पंगेनीसँग प्रभावित भइहाल्थे । २०५०-५२ तिर पंगेनीको पोखरामा आफ्नै ब्यानर लेख्ने पंगेनी आर्ट मिडिया थियो । लेखनको अलावा ब्यानरहरु पनि एकदमै राम्रो लेख्ने गर्थे ।

    अनुजहरुलाई पनि माया गर्ने भएकाले दीपक समीप, भूपीन, सरस्वती श्रेष्ठ ‘सरु’लगायत त्यसवेलाका युवा साहित्यकारहरु पंगेनीसँग नजिक थिए । पोखरेली युवा सांस्कृतिक परिवारले हरेक महिना समता काव्य सन्ध्या नाममा कार्यक्रम गर्थ्यो । अरुले प्रायः कविता सुनाउँथे । तर, पंगेनीले प्रायः गीत सुनाउने गरेको भूपिन बताउँछन् ।

    साहित्यकार दीपक समीपका अनुसार पंगेनी पोखरेली भाइबहिनीका लागि अभिभावक नै थिए । अनुज पुस्तालाई लिएर सँगसँगै हिँड्ने, हौसला र प्रेरणा दिने गर्थे । दीपक भन्छन्, ‘हुन त उहाँ गजल लेखेर प्रसिद्ध हुनुभयो । तर, उहाँको गीत लेखनी प्रशंसनीय थियो । उहाँको आख्यानमा पनि राम्रो पकड थियो । धेरै राम्रा कथाहरु लेख्नुभएको छ । उपन्यास लेख्दैछु भन्दै हुनुहुन्थ्यो, प्रकाशित नभई उहाँ जानुभयो ।’

    भूपीनका अनुसार २०५३/५४ सालतिरबाट पंगेनीले गजल लेख्न सुरु गरेका थिए । गजलमा पनि विशेष गरेर श्रृंगारिक गजलहरु लेख्थे । धेरै श्रृंगारिक गजल लेखेपछि कवि श्रेष्ठसँग पंगेनीको मतभेद पनि भएको थियो ।

    तीर्थ सुनाउँछन्, ‘सस्तो खालको हाहाहुहुमा हिँड्ने गजल लेख्नुभएन भनेर मैले भनेको थिएँ । तर, उनका केही प्रशंसकहरु थिए । अहिले पनि उनका प्रशंसकहरु छन् । तर, हामी समकालीन भए पनि अलि गम्भीर सृजना आओस् भन्ने चाहन्थ्यौं । एउटा जमात भने त्यही गजल लेखेवापत् उसलाई मनपराउने, श्रद्धा र सम्मान गर्ने, प्रेम दर्शाउने खालको थियो । ऊ त्यो जमातको मोहबाट फुत्कन सकेन जस्तो लाग्छ । लोकप्रियताको माखेसाङ्लोबाट आफूलाई उम्काउन सकेन ।’

    अभिनय, कविता, गीत लेखन हुँदै गजलमा प्रवेश गरेका पंगेनी गजलबाटै चर्चित भएका थिए । समीप भन्छन्, ‘उहाँ श्रृंगारिक गजलकार भनेर प्रसिद्ध हुनुभयो । उहाँका समसामयिक राम्रा गजलहरु थुप्रै छन् । तर, आम्दानीको स्रोत श्रृंगारिक गजल नै भएकाले यसलाई उहाँले छाड्नुभएन ।’

    साहित्यकार उषा शेरचनलाई पनि लाग्छ, गजलमा जति समृद्धि कमाए पनि पंगेनी राम्रा कवि हुन् । तर, गजलको क्षेत्रले उनको कविको क्षेत्रलाई ओझेलमा पार्‍यो । शेरचन भन्छिन्, ‘नाटकमा पनि यति अब्बल थियो कि अहिले फिल्म खेलिरहनुभएको प्रकाश घिमिरेहरु उहाँभन्दा जुनियर हो ।’

    साहित्यकारहरुका अनुसार पंगेनीले दुइटा नाममा प्रायः लेख्ने गर्थे । एउटा अन्ना र अर्को इन्दु । अन्ना चाहिँ पंगेनीको काल्पनिक प्रेमिका हो । यो काल्पनिक प्रेमिकाका नाममा फुटकर सृजनाहरु गरिरहन्थे । कवि श्रेष्ठलाई त घरिघरि अन्ना पात्र काल्पनिक नभएर साँच्चिकै हो कि झैं लाग्छ ।

    अर्को पात्र इन्दु चाहिँ पंगेनीकी श्रीमती हुन् । इन्दुका नाममा पनि पंगेनी प्रायः लेखिरहन्थे । त्यसैले उनलाई पोखरामा ‘पारिवारिक कवि’ भनेर पनि बोलाइने गरेको साहित्यकारहरु बताउँछन् ।

    पंगेनीले ५० को दशकतिरबाट गीत लेख्न थालेको सरुभक्त बताउँछन् । पछि मुक्तकसमेत लेखे । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष पनि बने । यही संस्थाले २०३५ सालदेखि टिकट काटेर मुक्तक सुन्ने कार्यक्रम चलाएको थियो । सरुभक्त, पंगेनी, श्रेष्ठ, शेरचनलगायत पोखरेली युवा साहित्यकारले पैसा तिरेर कविता सुन्नुपर्छ भनेर अभियान नै चलाएका थिए ।

    कविता, गीत, मुक्तक हुँदै विस्तारै पंगेनी श्रृंगारिक गजलतिर लागे । प्रणयमा प्रकट दाइ भनेर कार्यक्रम नै चलाइएको थियो । पछिल्लो समय भने पंगेनी आफ्नै जन्मस्थल देउरालीमा रेस्टुरेन्ट चलाउन कस्सिएका थिए । तर, मणिपाल अस्पतालमा दिवंगत भए ।

    पंगेनीका ‘जूनको चिठी जूनालाई’ र ‘यो मन कतै अल्झेको छ’ गीति संग्रह सार्वजनिक छ । ‘अक्षरभरि अक्षता’ कविता संग्रह र ‘प्रणयवेदका ऋचाहरु’ गजल संग्रह प्रकाशित छ ।

  • नेकपा एमाले सिन्धुपाल्चोक अधिवेशन- मैले हारेँ तर विधि र पद्धतिले जित्यो

    नेकपा एमाले सिन्धुपाल्चोक अधिवेशन- मैले हारेँ तर विधि र पद्धतिले जित्यो

    नेकपा (एमाले) सिन्धुपाल्चोकको दशौं अधिवेशन गत चैत २० गते सम्पन्न भयो । नीति निर्माण र नेतृत्व छनोटको सर्वोच्च निकाय जिल्ला अधिवेशनले राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन एकमतले पारित गर्यो । अधिवेशनले सिन्धुपाल्चोकको समग्र विकासको रुपरेखा ‘भिजन सिन्धुपाल्चोक’ पनि अनुमोदन गरेको छ ।

    जनताको बहुदलीय जनवादको आलोकमा भएको निर्वाचनमा मैले पनि अध्यक्ष पदमा आकांक्षा राखेको थिएँ । आगामी एक कार्यकालको लागि जिल्ला नेतृत्व मैले गर्न पाउनुपर्ने जिकिर प्रस्तुत गरेको थिएँ । जिल्लाको वस्तुगत आवश्यकता अनुसारै मेरो दाबी रहेपनि प्रजातान्त्रिक अभ्यासको माध्यम्बाट कमरेड होम नारायण श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

    सिन्धुपाल्चोकको अबको राजनीति र अन्य दलसँगको प्रतिस्पर्धामा एमाले अब्बल रहने र यो अब्बलताको वास्तविक नेतृत्व कमरेड होम नारायण श्रेष्ठले गर्नुहुनेछ भन्ने विश्वासकासाथ उहाँ र निर्वाचित पदाधिकारी तथा सिङ्गो जिल्ला कमिटीलाई बधाइ ज्ञापन गर्दछु ।

    सिन्धुपाल्चोकको अबको राजनीति र अन्य दलसँगको प्रतिस्पर्धामा एमाले अब्बल रहने र यो अब्बलताको वास्तविक नेतृत्व कमरेड होम नारायण श्रेष्ठले गर्नुहुनेछ भन्ने विश्वासकासाथ उहाँ र निर्वाचित पदाधिकारी तथा सिङ्गो जिल्ला कमिटीलाई बधाइ ज्ञापन गर्दछु । त्यस्तै जिल्ला नेतृत्वमा दाबी प्रस्तुत गर्नुहुने सबै प्रत्याशी साथीहरु र विवेकपूर्ण ढङ्गले सार्बभौम अधिकारको प्रयोग गर्नुहुने प्रतिनिधि मित्रहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

    २०६९ सालमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट म सचिवको जिम्मेवारीमा रहेको थिएँ । २०६४ सालको संविधान सभाको निर्वाचनमा जिल्लाका तीनवटै सिट गुमाएको अबस्था थियो । २०७० मा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा तीन मध्ये एकमा सानदार जीत निकाल्यौं भने दुई क्षेत्रमा हामीले जित्नका लागि झिनो मत नपुग भएको थियो ।

    २०७० को निर्वाचनमा पार्टी भित्रको अन्तरविरोधलाई कुशलतापूर्वक ब्यवस्थापन गर्न सकेको भए जिल्लाका सबै क्षेत्र हामीले जित्न सक्थ्यौं । कतिपय जिम्मेवार नेताहरुले आफ्नो भूमिकालाई संकुचित गरिदिंदाको नमिठो परिणाम हामीले भोगेका थियौं । नेपालको संबिधान, २०७२ जारी भएपछि २०७४ मा सम्पन्न स्थानीय निकायको पहिलो निर्वाचन परिणाम परिणाम हाम्रो पक्षमा रह्यो ।

    २०७० को निर्वाचनमा पार्टी भित्रको अन्तरबिरोधलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सकेको भए जिल्लाका सबै क्षेत्र हामीले जित्न सक्थ्यौं । कतिपय जिम्मेवार नेताहरुले आफ्नो भूमिकालाई संकुचित गरिदिँदाको नमिठो परिणाम हामीले भोगेका थियौं ।

    असोज १७, २०७४ मा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच छ  बुँदे सहमति भयो । निर्वाचनमा सहकार्य गर्दै एउटै कम्युनिष्ट पार्टी बनाउने घोषणा भयो । यही सहमतिकै परिणामस्वरुप २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा एमाले-माओवादी केन्द्रको गठबन्धनलाई झण्डै दुईतिहाई बहुमत प्राप्त भई छ वटा प्रदेशमा संयुक्त सरकार बनाउन सफल भयो ।

    जेठ ३, २०७५ मा पार्टी एकताको औपचारिक घोषणा भएपछि जिल्ला कमिटीको नेतृत्व कसले गर्ने र कस्तो हुने भन्ने सन्दर्भमा केन्द्रीय कमिटीले भागवण्डाकै मोडालिटी तयार पार्यो । तत्कालीन एमालेबाट अध्यक्ष पाउने जिल्लामा तत्कालीन माओेवादीको जिल्ला अध्यक्ष स्वतः सचिव हुने प्रावधानका कारण अर्को अधिवेशन नहुँदै सचिवको जिम्मेवारीबाट हट्नु परेको थियो । यसप्रकार केन्द्रीय कमिटीको निर्णय र निर्देशन मुताविक बाह्रवटा पालिका कमिटी र एकसय तीन वडा कमिटीहरु भागवण्डाकै आधारमा पुनर्गठन गर्यौं ।

    नेपालको संविधान, २०७२ जारी भएपछि २०७४ मा सम्पन्न स्थानीय निकायको पहिलो निर्वाचन परिणाम परिणाम हाम्रो पक्षमा रह्यो ।

    दुई भिन्न सोच, कार्यशैली, चरित्र, व्यवहार र राजनीतिक अभ्यासबाट खारिएकाहरुबीच समायोजन र एकता सजिलो कुरा थिएन । नेता कार्यकर्तामा पूर्व पार्टीको मनोविज्ञान, पार्टी र पार्टीले नेतृत्व गरेका बिभिन्न तहका सरकारहरु बीचको बेमेल, आन्तरिक अन्तरबिरोध र शत्रुतापूर्ण टकरावहरु हावी हुँदै गए ।

    सतहमै देखिने यस्ता आन्तरिक कारण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने देशी विदेशीहरुको चलखेलका कारण यो एकताले मूर्त रुप लिन सकेन । अन्तराष्ट्रिय शक्तिहरुको चौतर्फी घेराबन्दी र तत्कालीन नेकपा नेताहरुको व्यक्तिगत झगडाको कारण एकताले सार्थकता नपाउँदै फूटको संघारमा पुग्यो । दुई अध्यक्ष रहने व्यवस्था भएको नेकपाका एक अध्यक्षले अर्का अध्यक्षलाई कारवाही गर्ने र पार्टीबाट निष्कासन गर्ने सम्मका निर्णयहरु भए ।

    एउटै पार्टी भएपनि जिल्लामा क.झम्क नेपाल र क.बालकृष्ण देउजाको नेतृत्वमा दुईवटा जिल्ला कमिटी क्रियाशील भए । आम पार्टी सदस्यहरुको श्रम, सीप, पसिना, लगन र मिहिनेतले बनेको जिल्ला पार्टी कार्यालय भवन कुन समूहले कब्जा गर्ने भन्ने होड नै चल्यो ।

    पार्टी केन्द्रमा भएको यस बिभाजन र आरोप-प्रत्यारोपले हामीलाई बिभाजित मात्र बनाएन, कमजोरपनि बनायो । एउटै पार्टी भएपनि जिल्लामा क.झम्क नेपाल र क.बालकृष्ण देउजाको नेतृत्वमा दुईवटा जिल्ला कमिटी क्रियाशील भए । आम पार्टी सदस्यहरुको श्रम, सीप, पसिना, लगन र मिहिनेतले बनेको जिल्ला पार्टी कार्यालय भवन कुन समूहले कब्जा गर्ने भन्ने होड नै चल्यो । आम समुदायको आस्था, विश्वास, भरोसा र बिचारको प्रतिक पार्टी भवन दुई समूहको तानातानमा पर्नु वास्तवमै दुःखदायी घटनाको रुपमा चित्रण गर्नुपर्ने हुन्छ ।

    यही कचिंगलकै बीच २०७७ साल पुष ५ गते तत्कालीन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद बिघटनको सिफारिस गर्नु भयो । सो विघटनको पक्ष र विपक्षमा तलदेखि माथिसम्मका नेताहरु बिभाजित भएपछि पार्टी एकताको जग समेत नरहने परिस्थितिको विकास भयो ।

    फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनस्थापना गरेको ११ दिन नपुग्दै फागुन २३ गते एमाले र माओवादी एकीकरण पछि बनेको नेकपाको आधिकारिकता खारेज गर्यो । सर्वोच्च अदालतको यही आदेश बमोजिम २०७५ साल जेठ २ गतेको अवस्थामा पुगेपछि एमालेलाई विभाजन हुनबाट बचाउन सकेनौं ।

    एमाले फुटाउने रणनीतिसहित दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि माधव नेपाल लगायतका नेताहरुले समाजवादी नामको दल गठन गरे । तर विभाजनको पक्षमा नलाग्ने, पार्टीको मूलधारमा अडिग रहने बिषयमा सिन्धुपाल्चोक एमालेले २०५४ पछि पुनः आफ्नो प्रतिबद्धता व्यवहारमै प्रदर्शन गर्यो ।

    नेकपाको विघटनपछि नेपाली काँग्रेस र माओवादी केन्द्र स्वभाविक रुपमा एमालेलाई कमजोर बनाउने अभियानमा लागिरहे । एमाले फुटाउने रणनीतिसहित दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि माधव नेपाल लगायतका नेताहरुले समाजवादी नामको दल गठन गरे । तर विभाजनको पक्षमा नलाग्ने, पार्टीको मूलधारमा अडिग रहने विषयमा सिन्धुपाल्चोक एमालेले २०५४ पछि पुनः आफ्नो प्रतिबद्धता व्यवहारमै प्रदर्शन गर्यो ।

    दुई धारमा विभाजित पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुलाई पार्टीको मूल धारमा ल्याउन जुन खालको सहजीकरण गर्नु पर्यो, जुन खालको मध्यस्तता गर्नु पर्यो, त्यस योगदानलाई सिन्धुपाल्चोकको कम्युनिष्ट आन्दोलन र एमाले पार्टी पंक्तिले कहिल्यै बिर्सने छैन भन्ने कुरामा विश्वस्त छु । वास्तवमा पार्टी निर्माण वा विस्तार गर्नु आफैंमा ठूलो काम हो । यसका साथै पार्टीको रक्षा र संरक्षण पनि उत्तिकै महत्वपूर्ण काम रहेछ । यो अभिभारा पूरा गर्न मैले संयोजनकारी भूमिका निर्वाह गरेको थिएँ ।

    पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्ताहरुलाई मूलधारमै समाहित गर्नका खातिर जिल्लामा क्रियाशील दुई कमिटीलाई एउटै बनाई क.झम्क नेपाललाई संयोजक र क.बालकृष्ण देउजालाई उपसंयोजकको जिम्मेवारी दियौं । २०७८ पुषमा सम्पन्न नवौं जिल्ला अधिवेशनले मेरो अध्यक्षतामा एकसय एकतीस सदस्यीय जिल्ला कमिटी निर्माण गर्यो ।

    पार्टी विभाजनको कारण को कता छन् भन्ने कुराको केही टुङ्गो थिएन । जिल्ला कमिटीमा रहनु भएका साथीहरु नै समाजवादीको बैठकमा सहभागी भएको जानकारी प्राप्त हुँदापनि कारबाही नगरी उनीहरुप्रति लचिलो बन्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो ।

    नवौं अधिवेशनद्धारा निर्वाचित जिल्ला कमिटीले सपथ लिंदै गर्दा कतिपयले एमाले छाडेको घोषणा समेत गरे । त्यस्तै सिन्धुपाल्चोक एमालेको नेतृत्व गरिसकेका, विभिन्न स्थानीय तहको नेतृत्व गरेकाहरुले समेत एमालेसँगको आबद्धता समाप्त भएको घोषणा गरे । यस्तै तरलता, अन्यौलता र गञ्जागोलका बीच मैले जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी लिएको थिएँ ।

    करिब दुई वर्ष जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा रहें । अन्य जिल्लाको तुलनामा सिन्धुपाल्चोकमा पार्टी विभाजनको असर अलिक बढी नै थियो । हामी सबैको अथक मिहिनेतकै कारण समाजवादीमा गएका साथीहरु एमालेमा फर्कनु भएको छ । त्यस्तै माओवादी केन्द्रका जिम्मेवारी साथीहरु एमालेमा समाहित हुनु भएको छ । यस हिसाबले पनि सिन्धुपाल्चोकमा एमालेलाई शक्तिशाली बनाउन सफल भएका छौं ।

    २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचन, २०७९ मा सम्पन्न संघीय तथा प्रदेश निर्वाचनमा एमालेले प्राप्त गरेको लोकप्रिय मत र दशौं जिल्ला अधिवेशनसम्म आइपुग्दा एमालेका पुराना नेता कार्यकर्ताहरुको घर फिर्तिले जिल्लामा एमाले मजबुत र एकढिक्का छ भन्ने कुराको प्रमाणित गर्दछ ।

    दशौं जिल्ला अधिवेशनमा अध्यक्षमा मेरो उम्मेदवारीको औचित्यमाथि केही साथीहरुले प्रश्न गर्नु भयो । केही प्रश्नहरु स्वभाविक भएपनि धेरै प्रश्नहरु प्रायोजित र कपोलकल्पित थिए भन्ने लाग्छ । पार्टीको विधान बमोजिम पनि मैले तीनवर्ष नेतृत्व गर्न पाउनुपर्ने थियो । तर तीनवर्ष समय नसकिँदै केन्द्रीय कमिटीको निर्देशन अनुसार दशौं जिल्ला अधिवेशनको आयोजना गरेका थियौं । यसर्थ पनि जिल्ला कमिटी अध्यक्ष पदमा मैले दाबी प्रस्तुत गरेको थिएँ ।

    पार्टी निर्माण, संरक्षण र यसको गुणात्मक विकासको लागि पनि मैले नेतृत्व गर्नु जिल्लाको वस्तुगत आवश्यकता पनि थियो । केही साथीहरुले प्रदेश निर्वाचनमा उम्मेदवार हुनबाट पछि हटेको जस्तो संगीन आरोप पनि लगाउनु भयो ।

    दशौं जिल्ला अधिवेशनमा अध्यक्षमा मेरो उम्मेदवारीको औचित्यमाथि केही साथीहरुले प्रश्न गर्नु भयो । केही प्रश्नहरु स्वभाविक भएपनि धेरै प्रश्नहरु प्रायोजित र कपोलकल्पित थिए भन्ने लाग्छ । पार्टीको विधान बमोजिम पनि मैले तीनवर्ष नेतृत्व गर्न पाउनुपर्ने थियो । तर तीनवर्ष समय नसकिंदै केन्द्रीय कमिटीको निर्देशन अनुसार दशौं जिल्ला अधिवेशनको आयोजना गरेका थियौं ।

    वास्तवमा त्यसबेला समावेशिताको सिद्धान्त अनुसार संघ र प्रदेशमा फरक–फरक जात जातिबाट उम्मेदवार बनाउन सके जनमतलाई आकर्षित बनाउन सकिन्छ र चुनाव जित्न सकिन्छ भन्ने हाम्रो मान्यता थियो । यसो भएको हुँदा को उम्मेदवार बन्ने भन्ने कुरा गौण थियो, प्रमुख कुरा त कुन वर्ग, समूह, भूगोल, जातजातिबाट प्रतिनिधित्व हुनसक्यो भन्ने सवाल थियो ।

    टिकटको लागि मरिहत्ते गर्ने नेपाली राजनीतिक प्रबृत्तिको बारेमा मैले यहाँ उल्लेख गर्नै पर्दैन । सबैलाई थाहा भएकै कुरा हो । यसर्थ चुनाव लड्न डरायो भन्ने झुटो लाञ्छनाको कुनै तुक छैन भन्ने कुरा स्पष्ट नै छ । यस्ता भ्रमपूर्ण कुरामा एमालेजनहरु कहिल्यै लाग्नुहुन्न भन्ने कुरामा पनि विश्वस्त छु । यस्ता अनर्गल प्रचार र अतिरञ्जित कुराहरुले पार्टी हित गर्देन भन्ने हामी सबैमा हेक्का हुनुपर्दछ ।

    सिन्धुपाल्चोकको संगठन निर्माण र विस्तारमा हामी जहाँसम्म पुग्यौं र जे जति आर्जन गर्न सक्यौं, त्यसमा मलाई गर्व छ । आन्तरिक लोकतन्त्रको उत्कृष्ट अभ्यास नै निर्वाचन भएको हुँदा प्रतिनिधि साथीहरुले जे जस्तो मत जाहेर गर्नु भयो, उहाँहरुको मत प्रति उच्च सम्मान गर्दछु । कोहि प्रतिनिधि मित्रहरु प्रतिपनि मेरो कुनै द्धेष छैन, आग्रह–पूर्वाग्रह छैन ।

    म एउटा व्यक्ति नेतृत्वमा आउनु वा नआउनुले खासै ठूलो कुरापनि होइन । ठूलो कुरा त बिधि र पद्धतिको जीत भएको छ । नयाँ सम्भबना बोकेका साथीहरु नेतृत्वमा आउनु भएको छ, यो नै हाम्रो ऐतिहासिक सफलता पनि हो । यही सफलताको जगमा विद्यमान नेतृत्वको गुणात्मक विकास गर्दै नयाँ नेतृत्वको निर्माण र जिम्मेवारी हस्तान्तरण गर्न यो जिल्ला कमिटी सफल हुनेछ भन्ने विश्वास पनि लिएको छु ।

    अन्तमा यस दशौं जिल्ला अधिवेशन भब्यताका साथ सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्नुहुने आम पार्टी सदस्य, प्रतिनिधि, पर्यबेक्षक, स्वयंम्सेवक, सुरक्षा निकाय, पत्रकार, नेतागण लगायत सबैमा हार्दिक धन्यवाद् ज्ञापन गर्दछु । प्रतिकूल मौसम र व्यस्त समयका वावजुद उद्घाटन-शत्रमा जिल्लाका विभिन्न स्थानबाट चौतारा आउनु हुने आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु ल्गायत सम्पूर्ण जनसमुदाय प्रति हार्दिक आभार व्यक्त गर्दछु । अनि नयाँ वर्ष २०८१ सालको सबैमा शुभकामना ।

    (लेखक एमाले सिन्धुपाल्चोकका निर्वतमान अध्यक्ष हुन्)

  • २०८० सालमा कवि-लेखकले के-के पढे ? कुन-कुन किताब मनमा गढे ?

    २०८० सालमा कवि-लेखकले के-के पढे ? कुन-कुन किताब मनमा गढे ?

    काठमाडौं । वर्ष २०८० मा सयौं किताबहरू निस्किए । कतिपय किताबहरूलाई पाठकले रुचाए । समीक्षकले समेत रुचाए । कतिपय किताबहरूलाई भने पाठकले सीधै खारेज गरिदिए । कतिपय किताबहरू राम्रो भए पनि प्रचारप्रसारको कमीका कारण पाठकसम्म पुग्न सकेन ।

    पछिल्लो पाँच वर्षमा किताबहरूको बजार खस्कँदै गएको प्रकाशकहरू बताउँछन् । विदेशी किताब आयातमा सरकारले लगाएको कर (भलै यसविरुद्ध कवि लेखकहरूले आन्दोलन गरेर सरकारलाई झुक्न बाध्य बनाएको थियो), यसपछि कोभिड, अनि आर्थिक मन्दीका कारण किताबको बजार साँघुरिँदै गएकोमा प्रकाशकहरूको साथै वितरक र खुद्रा व्यापारीसम्म सहमत छन् ।

    यी यावत् समस्याका बाबजुत पातलै भए पनि राम्रा किताबहरू बजारमा आइरहेका छन् । सानो संख्यामै किन नहोस्, कवि लेखकहरूले क्वालिटीको लेखनलाई निरन्तरता दिइरहेकै छन् । यही सिलसिलामा यस वर्ष प्रकाशित किताबहरू कवि लेखकलाई कस्ता लागे त ? नेपाली किताबसँगै उनीहरूले पढेका विदेशी भाषाका किताबहरू पनि कस्ता लागे त ? हामीले यसबारे कवि लेखकहरूसँग बुझ्ने कोसिस गरेका छौं ।

    कवि श्रवण मुकारुङले यसपटक केही नेपाली किताब र केही विदेशी किताबहरू पढे । जसमध्ये उनलाई मन परेको चाहिँ प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ हो । सँगै यस वर्ष श्रवण मुकारुङ गत वर्षको मदन पुरस्कार प्राप्त कृति विवेक ओझाको ‘ऐठन’ पनि पढे ।

    ‘ऐठन’ चाहिँ मुकारुङलाई राम्रै लाग्यो । तर, आलोचनात्मक भएर हेर्दा जनयुद्धमाथि एक पक्षीय रहेको बताउँछन् । भन्छन्, ‘जनयुद्ध भयानक अमानवीय थियो भन्ने कुरा किताबमा छ । त्यो चाहिँ अलि बढी हो कि भन्ने छ ।’

    सँगै यस वर्ष युवाकवि गगन योक्पाङदेनको ‘केवाफुङको गीत’ मुकारुङलाई मन परेको कविता संग्रहमध्ये एक हो । यस्तै युवल नोहा हरारीको ‘२१ लेसन्स फर २१ सेन्चुरी’ पनि पढिभ्याए । जेबी दर्लामीको ‘मारीखोलाको ढुंगो’ मा माओवादीभित्र आएको वैचारिक स्खलनलाई जसरी लेखिएको छ, त्यो असाध्यै मन परेको बताउँछन् ।

    ‘ऐठन’ उपन्यासबाट मदन पुरस्कार जितेका विवेक ओझा यस वर्ष पढेका मध्ये ‘मुकाम रणमैदान’ विशेष पठनीय लागेको बताउँछन् । मोहन मैनालीद्धारा लिखित यस पुस्तकलाई ओझा नेपाल–अंग्रेज युद्धमाथि लेखिएको गैरआख्यान भन्दा पनि इतिहास भन्न रुचाउँछन् ।

    यावत् समस्याका बाबजुत पातलै भए पनि राम्रा किताबहरू बजारमा आइरहेका छन् । सानो संख्यामै किन नहोस्, कवि लेखकहरूले क्वालिटीको लेखनलाई निरन्तरता दिइरहेकै छन् ।

    ओझा भन्छन्, ‘किताबमा घटनाक्रम र प्रस्तुतिकरणको सिलसिला आख्यानमा जसरी चित्र बनेर सलल बग्छन् । जसले पाठकलाई बलियो गरि डोर्‍याइरहन्छ । यो पुस्तकको सन्दर्भ सामग्रीले दुबै पक्ष (अंग्रेज-नेपाली) का पत्रहरूलाई लिएका कारण पनि मलाई बढी मनपर्‍यो । ती स्रोतको सिलसिला र बुनाई गज्जबको लाग्यो । नेपाल-अंग्रजको युद्धबारे जान्न चाहने पाठकलाई यस किताबले सरल भाषामा वस्तुपरक रूपले प्रष्टसँग छर्लङ्ग पार्छ ।’

    ओझालाई अर्को मन परेको पुस्तक हो, ‘सी अफ पोपिज’ । भारतीय लेखक अमिताभ घोषको ‘आइबीस–त्रिलोजी’ अन्तर्गतको भारतमा बेलायती उपनिवेशको समयलाई पृष्ठभूमि बनाइएको यस किताबले उपनिवेश र साम्राज्यवादले सामाजिक मूल्य-मान्यता, धर्म-सस्कृति लगायतलाई कसरी असर गर्छ भन्ने कुरालाई दर्साइएको ओझा बताउँछन् । साथै यस किताबले व्यक्ति र समाजको परिचय र स्वतन्त्रताको वकालत गर्दै विश्वव्यापीकरण र व्यापार लगायतका कुराहरू समेत समेटेको छ ।

    ओझालाई अर्को मन परेको किताब हो, ‘द भेजिटेरियन’ । किताबबारे ओझा भन्छन्, ‘सन् २०१६ को ‘द म्यान बुकर इन्टरनेस्नल’ प्राप्त हान काङको ‘द भेजिटेरियन’ मैले अंग्रेजी अनुवाद पढेको हुँ । यो किताबले कसरी कुनै व्यक्ति र उसको स्वतन्त्रता सामाजिक मूल्य-मान्यता, रिति-रिवाज र दबाबले निर्धारण गरिरहेको हुन्छ भन्ने दर्शाउन खोजेको छ । लेखन शैली र कथाको मोडका कारण मलाई यो पुस्तक पठनीय र रोचक लाग्यो ।’

    त्यस्तै यस वर्ष ‘बागी स्त्रीको आत्मकथा’ कविता संग्रह ल्याएर चर्चामा रहेकी कवि सुमिनालाई २०८० मा मन परेका नेपाली किताबहरूमा राजु स्याङतानको कविता संग्रह ‘ओ पेङदोर्जे’ पनि हो । कवितालाई विलासी वस्तु ठान्ने साहित्यिक जमातमा यस कविता संग्रहले नौलो प्रयोग गरेको बताउँछन् । भन्छिन्, ‘यसमा उठाइएका सिमान्त मुद्दाहरूले कविता कृतिलाई अब्बल कृतिमा दर्ज गरेको छ ।’
    सुमिनालाई कवि अभय श्रेष्ठको ‘लहना र तीर’ पनि यस वर्ष मन परेको किताबभित्रै पर्छ । यस कविता संग्रहमा जसरी दार्शनिक चेतनाको उन्नत प्रयोग गरिएको छ, त्यसले समाजलाई हेर्ने, बुझ्ने र बदल्ने एउटा दार्शनिकी प्रदान गर्ने सुमिनाको पाठकीय अनुभव छ ।

    सुमिनालाई मन परेको अर्को किताब हो, प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ । किताबबारे भन्छिन्, ‘नजिकको तीर्थ हेँला, अथवा बत्तीमुनि अँध्यारो भएजस्तै विश्वका विभिन्न सर्जकका नाम गर्वका साथ उच्चारण गर्ने परिपाटी छ । स्वदेशी लेखकलाई सहजै नजरअन्दाज गरिदिने प्रवृत्ति छ । यही बीचमा कवि, निबन्धकार प्रकाश थाम्सुहाङको कलम भने स्वदेशी समकालीन अग्रज स्रष्टाहरूको विचार प्रकाश पार्नमा चलेको देखिन्छ । यो पुस्तकको भाषिक सटिकता र स्पष्टता हरेक लेखकले सिक्न लायक छ ।’

    अमृता लम्सालकृत ‘मिडिया, महिला र म’लाई पनि सुमिनले यसवर्षको पठनीय किताबको सूचीमा समावेश गरेकी छन् । लामो समय पत्रकारितामा सक्रिय रहेकी अमृताको यस किताबमा पितृसत्तात्मक समाजमा एउटी महिला दृढतापूर्वक सामाजिक कार्यमा संलग्न हुँदाका जटिल भोगाइहरू समावेश छन् भने संघर्षका थुप्रै आयामहरू पनि जोडिएको सुमिना बताउँछिन् ।

    त्यस्तै रोहेज खतिवडाद्वारा अनुवाद गरिएको निबन्ध संग्रह ‘२१ औं शताब्दमिा निगरानी र स्वतन्त्रता’ पनि सुमिनालाई मन परेको किताब हो । यस किताबले प्रदान गर्ने वेश्विक दृष्टिकोण, विकसित विज्ञान प्रविधिको युगमा एकातर्फ विश्वले स्वतन्त्रताको भरपुर प्रयोग गर्दैगर्दा अर्कोतर्फ कतै इन्टरनेट र प्रविधिकै माध्यमबाट ’बिग डेटा’ निगरानीमा जगडिदै गइरहेको त छैन भन्ने आशंका र त्यसले निम्त्याउन सक्ने खतरनाक अवस्थासँग विश्व र मानव सभ्यतालाई सचेत गराएको बताउँछिन् ।

    चर्चित कविताकृति ‘बाडुली र सुदूर सम्झना’का कवि स्वप्नील स्मृतिलाई यस वर्ष कविताका किताबहरू नै बढी मनपर्‍यो । अभय श्रेष्ठको ‘लहना र तीर’ले संरचनात्मक विभेदलाई पोषण दिने सत्ता र शक्ति, भूमण्डलीकरण र नवउदारवादी बजारको हैकमलाई तिक्खर भाषामा आलोचना गरेको स्वप्नीलको ठहर छ ।

    उनी भन्छन्, ‘कवितामा आकर्षक शैलीमा आलोचनात्मक विचार प्रक्षेपण गर्न अहिलेका माक्र्सवादी स्कुलमा चिनिएका धेरै युवा कविले अभय श्रेष्ठबाट ‘उत्तरदान’ लिएका हुन् भन्दा फरक पर्दैन । घटना, विषयवस्तु र विचारलाई समेत सक्दो न्यायका दृष्टिले कवितामा वकालत गर्नु उनको मूल विशेषता हो । सत्यको पनि सत्यको पक्षपाति लाग्ने कवि अभय हूलभन्दा पर एक्लै हिँडिरहेका, हूलमा सामेल हुँदा पनि पनि कसैको घचेटाइले सडक किनारामा उछिट्टिएका कवि झैँ लाग्छन् ।’

    साथै सरल र सटिक अनि पाठकको मर्ममै छुने भाषा शैलीमा लेखिएका कविताहरूको संग्रह ‘ओ पेङदोर्जे’ (राजु स्याङतान) पठकप्रिय किताब भएको स्वप्नीलको विश्लेषण छ । इतिहासमा शासकहरूबाट ‘मासिन्या’ जातिमा व्यवहार गरिएका तामाङ जाति सम्बन्धित मिथक, इतिहास, बिम्ब र मूल्यहरूलाई कवितामा शक्तिशाली प्रतिरोधका रूपमा प्रयोग गरेर पुनर्जीवन दिनु राजुको प्रमुख काव्यशक्ति देखिने स्वप्नील बताउँछन् ।

    सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ पनि स्वप्नीललाई राम्रो लागेको किताब हो । यस किताबका कविताहरूले स्वतन्त्रताको वकालत गर्ने, त्यसमा पनि मुख्य रूपमा महिला स्वतन्त्रताको गर्ने गरेको स्वप्नीलको भनाइ छ ।

    भन्छन्, ‘कम्तीमा साढे तीन हजार वर्षदेखि यता पुरुष बाहुबलीमा कठपुतली बनाइएका महिला वर्गको समग्र मुक्तिको आवाजमा यस सङ्ग्रहले थप आवाज थपेको छ । पितृसत्ताले आफ्नो अनुकूल परिवार, समाज, संस्कृति, धर्म, सत्ता, बजार, सौन्दर्य जे-जति भाष्य निर्माण गरेर आखिर महिलालाई भोग्यावस्तु नै बनाइरहेको छ, ती तमाम भाष्यलाई कवि सुमिनाले कवितामार्फत् चुनौती दिएकी छिन् ।’

    यसै वर्ष आएको कवि भूपीनको ‘भूपीनका कविता’ पनि मन छोएको स्वप्नील बताउँछन् । भन्छन्, ‘प्राय भूपिनका कवितामा अतीतमोह, प्रकृति र मानिस, मानिस र ईश्वर, गाउँ र सहर, आमा, प्रेमदेखि दैनिक जीवन र समाजका सामान्य विषय र पात्रहरूप्रति गहिरो चिन्तन गरिएको पाइन्छ । ‘रेडिमेड’ सिद्धान्त या दर्शनको ऐँचोपैँचोले होइन, आफ्नै वैयक्तिक अनुभव र अध्ययनको भावचक्षुका कारण उनका कविताले उचाइ निर्माण गरेका छन् ।’

    यी कविताका अलवा स्वप्नीललाई कवित्व तङ्खव, मौलिकता उन्मुख शैली र रैथाने भाषा–विम्बको प्रयोगकलाले भरिएको गगन योक्पाङदेनको ‘केवाफुङको गीत’, शान्त तर, गहन र सरल तर, दार्शनिक दृष्टियुक्त निर्भिकजंग रायमाझीको कवितासंग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’, कोइँच (सुनुवार) समुदायको मिथक, विम्ब र सांस्कृतिक प्रतीकहरू प्रयोग गरिएको मिथोचको ‘आगोको पिदार’ मन परेको बताउँछन् । चरम उपभोक्तावादी समाजमा एक्लिएका व्यक्तिदेखि केन्द्रवादले किनारामा परेका कर्णाली र मधेसका आवाज टिपिएका देवव्रत लिखित कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमति बग्छ’, भाषा, शैली र अभिव्यक्ति कलाले सघन सूत्रमय बनाएको प्रकाश रम्घालीको कवितासंग्रह ‘साँझको संगत’ पनि स्वप्नीललाई मन परेको कविता-किताब हो ।

    त्यस्तै चर्चित उपन्यास ‘डुमेरो’ की लेखिका सरला गौतमले यस वष केही नेपाली क्लासिकल किताब पढिन् भने केही विदेशी किताबहरू पढिन् । ध.च. गोतामेको ‘घामका पाइलाहरू’ २०८० मा पढेकामध्ये असाध्यै मन परेको किताबको सूचिमा राखेकी छन् ।

    उनी भन्छिन्, ‘नेपाली साहित्यमा कि काठमाडौं उभिन्छ, कि गाँउहरूले विद्रोह गर्छन् । नआउने भनेको साना सहरको कथा हो । आफ्नै पारामा आधुनिकताको साना साना थोपा संगालिरहेको वीरगन्ज सहर, अनि रेलको कथा । एउटा पात्र पवनको बहानामा यस्ले आधुनिक नेपालको एक हिस्साको कहानी भन्छ । पुस्तक सकिएपछि न्यास्रो लागिरहन्छ । नजरअन्दाज गरिएको साना सहरको कथा भन्ने यो पुस्तक दिलको करिब छ । तारिफ ए काविल छ ।’

    त्यस्तै उनले अलि ग्रिपरद्वारा लिखित सन्दुक रुइतमाथिको किताब पनि असाध्यै मन परेको सूचिमा राखेकी छन् । उनी भन्छिन्, ‘प्राय सबै नेपालीका आँखाका नानी सरहका, आँखाकै डाक्टर सन्दुक रुइतको जीवन गाथा हो यो । यस्ले उनको जीवन यात्रा मात्र भन्दैन । एक नागरिकले विश्व मानचित्रमा देशको परिभाषा कसरी बदल्न सक्छ भन्ने कूराको हेक्का दिएर जान्छ । आँखा उपचारको दुनियाँमा उनले नेपाललाई कसरी वल्र्ड क्लास बनाए, ती सबै बृतान्तले मुटु ठप्प पारिदिन्छ । हैसियत भएको नागरिकले देशको हैसियत नै फेरिदिन सक्छ । यो पुस्तकले मेहनत र इमानको जीवनदृष्टि दिएर जान्छ ।’

    कतिपय किताबहरूलाई पाठकले रुचाए । समीक्षकले समेत रुचाए । कतिपय किताबहरूलाई भने पाठकले सीधै खारेज गरिदिए । कतिपय किताबहरू राम्रो भए पनि प्रचारप्रसारको कमीका कारण पठकसम्म पुग्न सकेन ।

    भैरव अर्यालको जीवनीमा आधरित प्रोल्लस सिन्धुलीयद्धारा लिखित ‘भग्न भैरव’ ले समयको रिल फर्काएर भैरव बाँचेको समयमा पुर्‍याउने सरला बताउँछिन् । यस किताबले समयमा मात्र होइन, उनका उतारचढावले भरिएको दिनदिनैको जीवनभित्रै हुलिदिने र हराइसकेका नेपाली भाषाका शब्दहरू, लय, सुगन्ध र झर्रोपन, मोहनीले तानेजस्तो गरि तानिरहने बताउँछिन् । भन्छिन्, ‘अथाह दु:खभित्र सुखका मोती खोजेर बाँचेका भैरवप्रति असिम प्रेम र आदर जगाइदिन्छ यो पुस्तकले ।’

    त्यस्तै उनलाई जरेड डायमन्डसद्वारा लिखित ‘गन्स, जम्स एण्ड स्टिल’ पनि औधी मन परेको कितब हो । प्रकृतिले पछारेका देशहरू प्रविधिको सहारामा उभिए र बिश्व नेता हुँदै गए । हाम्रो जस्तो प्रकृतिले वरदान खन्याएको देश कपाल कन्याएरै बसे । आज हामीकँहा चलिरहेको ‘देश बनेको कि बनेन’ भन्ने प्रश्नको सटिक उत्तर यो पुस्तकले दिने सरला बताउँछिन् ।

    उनको मन छोएको अर्को पुस्तक हो, शशी थरुर लिखित ‘ह्वाइ आई एम अ हिन्दु ?’ हिन्दु बाहेक बाँकी आस्थालाई सहनु मात्र होइन, स्किकार्नु र अपनाउनु हिन्दुत्वको चरित्र हो । सनातन शभ्यता एक बृहत दृष्टिकोण हो, विश्व दृष्टि हो । यो दृष्टिको छातामा सबै अटाँउछ विना पुर्वआग्रह र हस्तक्षेप । हिन्दूत्व शभ्यताको विराट स्वरूप हो । यो राजनीति खेलको निकृष्ट रूप होइन । यो पुस्तकले दिएको दृष्टिले हिन्दूत्वबारे नेपालमा फैलिरहेको भ्रमलाई पनि स्पष्ट पार्ने काम गने सरलाको जिकीर छ ।

    त्यस्तै ‘मरुभूमिमा हिमपात’ कविता संग्रहका कवि तथा भाषाविद् सोझो गाउँलेलाई यस वर्ष शंकर तिवारीद्वारा सम्पादित ‘बीपीको जेल डायरी’, कुमार भट्टराईकृत उपन्यास ‘२०२८ साल’ मन परेको किताब हो ।

    त्यस्तै कवि खेम बतास लिखित कथा संग्रह ‘बुढीपोल्ली पनि उनलाई मन परेको किताब हो । ‘बुढीपोल्लीबारे सोझो गाउँले भन्छन्, ‘यस किताबका कथाहरूले सुदूरपश्चिमेली आञ्चलिकतामा बोकेका छन् । सुदूरपश्चिमको भूगोल, समाज, संस्कृति, संस्कार र जनजीवन बुझ्न मात्र हैन, समसामयिक नेपाली कथामा फरक स्वादको आस्वादन ‘बुढीपोल्ली’ ले दिन्छ ।’

    प्रकाश रम्घालीको ‘साँझको संगत’ पनि सोझो गाउँलेलाई मन परेको किताब हो । त्यस्तै कवि कृष्ण बोहरा यात्रीलाई यस वर्ष मन परेका किताबहरूमा अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’, ‘केवाफुङको गीत’, ‘बुढीपोल्ली’ हुन् ।

    कवि अभय श्रेष्ठलाई मुकाम ‘रणमैदान’, रेशम विरहीको कविता संग्रह ‘प्रतिरोधको लय’, राजकुमार दिक्पालको ‘पृथ्वीनारायण शाह आलोचनात्मक इतिहास’, कृष्ण कुसुमको कथासंग्रह ‘पाश्र्व धुन’ र ‘बागी स्त्रीको आत्मकथा’ रहेका छन् ।

  • कोही किन हुन्छ भोले भक्त ?

    कोही किन हुन्छ भोले भक्त ?

    तपाईं  शिव मन्दिर जाने गर्नुभएको होला ! सामान्यतया साउन महिना र सोमबारको दिन पारेर विशेष रूपले शिवार्चन हुने गरेको पाइन्छ । कतिपय त सोमबारको व्रत नै बस्ने गरेको पाइन्छ । नेपालका हिन्दूहरूले राष्ट्रदेव तथा आराध्यदेवका रूपमा श्रीपशुपतिनाथको पूजा अर्चना गरिआएकै पनि हो । यसरी नेपाल र नेपाली कुनै न कुनै रूपले शिवको सामीप्यमा रहेको हुन्छ ।

    हामीले दैनिक रूपमा पूजा गर्ने पाञ्चायन पूजाभित्र शिव पूजन पनि पर्छ । तपोभूमि र तन्त्रभूमिका रूपमा रहेको नेपालमा शिवार्चनको विशेष महत्त्व रहेको छ । तपोभूमि र तन्त्रभूमिका रूपमा परिचित नेपालमा शिवभक्त ज्यादा हुनु पनि स्वाभाविक नै हो । आध्यात्मिक सम्पदा सम्पन्न मुलुक भएकैले राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभयो- शिवले यहीं ल्याएथे, सृष्टिको पहिलो बिहान ।

    सृष्टिको मूल नै हिमालयको काखमा भएको भन्ने मान्यता धेरैले अवलम्बन गरेको पाइन्छ । संसारको सर्वोच्च शिखर पनि हामीकहाँ छ । गौरीशंकर पनि यही नै छ । जुन देशमा हिमालय छ, जुन देशबाट सभ्यताको सृष्टिको सूत्रपात भयो, त्यो देशमा शिवभक्त उल्लेख्य हुनु स्वाभाविक पनि छ । अनेक प्रकारले विचार गर्नु नै दर्शनको मूल अभिप्राय हो । त्यसैले दर्शनको एउटा हाँगो समातेर मान्छे किन शिवभक्त बन्न पुग्छ वा शैव परम्पराको सामीप्यमा रहन्छ भन्ने चर्चा यहाँ गरिएको छ ।

    अध्यात्मका क्षेत्रमा दुइटा शब्दको विशेष रूपले व्याख्या गरिन्छ । ती हुन्- जड र चेतन । यही जड तत्त्व र चेतन तत्त्वलाई लिएर दर्शनशास्त्रहरूमा बृहत विवेचना गर्ने गरिन्छ । जडबाट चैतन्यको उत्पत्ति हुँदैन । चेतनबाट जडको पनि उत्पत्ति हुन सक्दैन । किनकि चेतनमा जडत्वको नितान्त अभाव छ । तर, त्यही जड नै चेतन तत्त्वमा आभासका रूपमा रहने र व्यवहार पनि चेतनमा जडको आरोप गरेर चल्ने गरेको हुन्छ । यसैको रूपमा म गरिब छु, म धनी छु, म दुब्लो छु, म पातलो छु, म र मेरालगायत जति पनि सम्बन्धबोधक वाक्य हुन्छन्, ती सबै यही आभासलाई लिएर नै हुने गर्छ । अध्यात्मका क्षेत्रमा यसलाई अध्यास पनि भन्ने गरिन्छ ।

    मायाले अवच्छिन्न रहेको चैतन्यलाई ईश्वर भन्ने गरिन्छ भने बुद्धिले अवच्छिन्न रहेको चैतन्यलाई जीव वा जीवात्मा पनि भन्ने गरिन्छ । यसलाई अर्को तरिकामा भन्नुपर्दा चैतन्यको समष्टि रूप ईश्वर हो भने व्यष्टि रुप जीवात्मा हो । समष्टिमा रहेको माया व्यष्टिमा अविद्या वा बुद्धि हो ।

    यही जड र चेतनको व्याख्यालाई अझ सहज रूपले बुझाउन पुराण तथा योगशास्त्रहरूमा शिव र शक्तिका रूपमा व्याख्या गरिएको पाइन्छ । चेतन तत्त्वको नाम हो- शिव, चेतन, पुरुष आदि । जड तत्त्वको नाम हो- माया, प्रकृति, स्त्री आदि । यसैका आधारमा शक्ति सिद्धान्तको व्याख्या गरिन्छ । यही नै प्रकारान्तरले विभिन्न सम्प्रदायमा विभिन्न नामले चिनिने र व्याख्या गरिने पनि हुन्छ । मायाले अवच्छिन्न रहेको चैतन्यलाई ईश्वर भन्ने गरिन्छ भने बुद्धिले अवच्छिन्न रहेको चैतन्यलाई जीव वा जीवात्मा पनि भन्ने गरिन्छ । यसलाई अर्को तरिकामा भन्नुपर्दा चैतन्यको समष्टि रूप ईश्वर हो भने व्यष्टि रुप जीवात्मा हो । समष्टिमा रहेको माया व्यष्टिमा अविद्या वा बुद्धि हो ।

    यही जड र चेतनको संयुक्त मेलले संसारको सृष्टि, स्थिति र लय हुने गर्छ । मूलतः संसारमा चेतन प्रधान रहेको र चेतनको आश्रयमा जडले आफूलाई विकास गराउने गर्छ । यही नै संसारको रीत छ । जस्तो शरीर जड छ र आत्म तत्त्व चेतन छ । आत्म तत्त्व चेतनको आश्रय लिएर शरीरको सृष्टि, स्थिति र लय जसरी चलेको छ, ठीक त्यसै गरेर संसार पनि बनेको छ, संसार स्थित छ र संसारको लय पनि हुने गरेको छ । त्यसैले वेदान्त दर्शनमा स्थूल शरीर अर्थात् मान्छेको पाञ्च भौतिक शरीरलाई विश्व पनि भन्ने गरिन्छ ।

    तीन किसिमका शरीर

    तीन किसिमका शरीर हुन्छन्- स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । पञ्च महाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश)ले बनेको, सुख-दुःखको भोग गर्ने भएको, कुनै समय अस्तित्वमा रहेको, जन्म लिनेवाला, बढ्नेवाला, परिवर्तनशील भएको, निरन्तर क्षीण हुने खालको र विनाश हुने जुन शरीर छ, त्यसलाई नै स्थूल शरीर भनिन्छ ।

    त्यस्तै पञ्च ज्ञानेन्द्रीय, पञ्च कर्मेन्द्रीय, पञ्च प्राण, मन र बुद्धिले सज्जित तर पञ्च महाभूतसँग प्रत्यक्ष सम्बन्ध नरहेको शरीर नै सूक्ष्म शरीर हो । यही नै हो भनेर निश्चय गर्न नसकिएको, स्थूल र सूक्ष्म शरीरको कारण मात्रै रहेको, ज्ञान स्वरूप रहेको एक विशेष शरीर छ, जसलाई कारण शरीर भन्ने गरिन्छ । यी तीन शरीरसँग संसारको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।

    विश्व ब्रह्माण्डमा नैसर्गिक रूपले तीन किसिमका ऊर्जाहरू हुन्छन्- शिव ऊर्जा, विष्णु ऊर्जा र ब्रह्मा ऊर्जा । मनुष्य बन्ने प्रक्रियामा मुख्य गरेर शिव ऊर्जाको प्रवेश हुने गर्छ, जो ज्ञानको अवस्थातर्फ अग्रसर रहन सदैव प्रेरित गर्ने हुन्छ ।

    स्थूल सूक्ष्म र कारण शरीरदेखि भिन्न, जाग्रत-स्वप्न र सुषुप्ति अवस्थाभन्दा पर रहेको साक्षी स्वरूपमा विद्यमान तत्त्व नै चेतन तत्त्व अर्थात आत्मा हो । यही आत्माको समष्टि रुप परमात्मा हो । परमात्माको व्यष्टि रुप आत्मा हो ।

    स्थूल शरीर र सूक्ष्म शरीरमा क्रमशः भौतिकता तथा मन र बुद्धिको अधिकता रहने भएकाले यी शरीरभन्दा बढी क्रियाशील र सक्रिय रूपले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पर्ने शरीर कारण शरीर हो । यसो हुनुको मुख्य कारण चाहिं कारण शरीरमा अनादिकालदेखिको संस्कार रहनु तथा जीवनको प्रारब्ध पनि त्यसैसँग जोडिएको हुनु र जीवनको मूल ऊर्जासँग अर्थात मूल तत्त्वसँग सर्वाधिक नजिक हुनु पनि हो ।

    विश्व ब्रह्माण्डको अनन्त शक्तिको भण्डार र ज्ञान पनि त्यही कारण शरीरसँग रहेको हुन्छ, जुन अत्यन्तै सुषुप्त अवस्थामा हुन्छ । कारण शरीरको भेदन नगरेसम्म मोक्ष प्राप्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ । शिव ज्ञान स्वरूप पनि हुन् । यही ज्ञानको अनन्त मुहान कारण शरीरसँग हुने भएकाले यसको बनावट नै आफ्नो स्वऊर्जाको मूलको निकट अर्थात शिवत्वसँग नजिक रहेको हो भन्न सकिन्छ ।

    शिव र शक्तिको संयोग रूप परमात्मा अर्थात् ईश्वर हो । मायावाच्छिन्न चैतन्य भनेर ईश्वरलाई नै भन्ने गरिन्छ । शिवमा निहित जुन पराशक्ति छ, त्यसैबाट चित शक्ति प्रकट हुन्छ । चित शक्तिबाट आनन्द शक्तिको उत्पत्ति हुन्छ । आनन्द शक्तिबाट इच्छा शक्तिको, इच्छा शक्तिबाट ज्ञान शक्ति र ज्ञान शक्तिबाट क्रिया शक्ति प्रकट हुने गर्छ । यही पाँच शक्तिबाट पाँच निवृत्ति आदि कला उत्पन्न हुन्छन् । चित शक्तिबाट नाद, आनन्द शक्तिबाट विन्दु, इच्छा शक्तिबाट मकार, ज्ञान शक्तिबाट उकार र क्रिया शक्तिबाट मकारको उत्पत्ति हुन्छ, जुन ओमकारको ध्वनि हो र ध्वनिको अन्तिम गति नै नाद हो ।

    शिव ऊर्जा जीवनको पहिलो ऊर्जा हो, जो ज्ञानको निकट हुन्छ । हाम्रो मूलभूत ऊर्जाको सम्बन्ध शिव ऊर्जासँग सम्बन्धित रहेको हुन्छ । मूलाधार चक्रको प्रत्यक्ष सम्बन्ध पनि शिवसँग सम्बन्धित हुन्छ । मूलाधार चक्रबाट माथि उठेर स्वाधिष्ठान चक्रसम्म आइपुग्दा भने शिव र शक्तिको संयुक्त ऊर्जासँग जीवनको चक्र जोडिन पुग्छ ।

    शिवका पाँच मुख्य शक्ति छन्- सर्वकर्तृत्व रूप, सर्वतत्त्व रूप, पूर्णत्व रुप, नित्यत्व रूप र व्यापकत्व रुप । जीवका पनि पाँच मुख्य कला हुन्छन्- कला, विद्या, राग, काल र नियति । यी जीवमा पाँच तत्त्वका रूपमा प्रकट हुनेलाई कला, कार्यको कारण बनेर प्रकट हुनेलाई विद्या, विषयवस्तुमा आसक्ति पैदा गर्नेलाई राग भनिन्छ । भाव पदार्थ र प्रकाशलाई भासनात्मक रूपले क्रमशः अवच्छेदक रहनेलाई काल भनिन्छ । कर्तव्य र अकर्तव्यलाई नियन्त्रण गर्ने ईश्वरको शक्तिलाई नियति भनिन्छ । यी पाँच कलाले युक्त जीवको गति हुने भएकाले जीवलाई पञ्चकञ्चुक पनि भन्ने गरिन्छ ।

    स्थूल शरीरमा बुद्धिको, सूक्ष्म शरीरमा मनको प्रधान्यता रहन्छ भने कारण शरीरमा चेतनाको प्रधान्यता रहन्छ । चेतन तत्त्व आत्माबाट सोझै प्रकाशित हुने शरीर कारण शरीर हो । कारण शरीरबाट सूक्ष्म शरीर अनि सूक्ष्म शरीरबाट स्थूल शरीर प्रकाशित र चलायमान हुने गर्छ ।

    यो विश्व ब्रह्माण्डमा नैसर्गिक रूपले तीन किसिमका ऊर्जाहरू हुन्छन्- शिव ऊर्जा, विष्णु ऊर्जा र ब्रह्मा ऊर्जा । मनुष्य बन्ने प्रक्रियामा मुख्य गरेर शिव ऊर्जाको प्रवेश हुने गर्छ, जो ज्ञानको अवस्थातर्फ अग्रसर रहन सदैव प्रेरित गर्ने हुन्छ । ज्ञानको पुञ्ज नै आत्मा भएको र आत्माकै सर्वाधिक नजिक कारण शरीर रहेकाले पनि कारण शरीर शिव ऊर्जाको सर्वाधिक सामीप्यमा रहेको हुन्छ । पालन रूपमा रहेको विष्णु ऊर्जा सूक्ष्म शरीरसँग सम्बन्धित हुन्छ । ब्रह्मा ऊर्जा स्थूल शरीरसँग सम्बन्धित हुन्छ ।

    कोही किन भोलेको भक्त हुन्छ ?

    यसरी शिव ऊर्जा जीवनको पहिलो ऊर्जा हो, जो ज्ञानको निकट हुन्छ । हाम्रो मूलभूत ऊर्जाको सम्बन्ध शिव ऊर्जासँग सम्बन्धित रहेको हुन्छ । मूलाधार चक्रको प्रत्यक्ष सम्बन्ध पनि शिवसँग सम्बन्धित हुन्छ । मूलाधार चक्रबाट माथि उठेर स्वाधिष्ठान चक्रसम्म आइपुग्दा भने शिव र शक्तिको संयुक्त ऊर्जासँग जीवनको चक्र जोडिन पुग्छ । यो अवस्थामा आइपुग्दा मानिस शिव ऊर्जासँग सर्वाधिक नजिक हुन्छ भने शिव ऊर्जाको लगत्तै शक्ति ऊर्जा अर्थात शक्तिको आराधना वा प्रकृतिको आराधना वा प्रकृतिसँग पनि मानिस उत्तिकै नजिक रहने हुन्छ ।

    चाहे आस्तिक होऊन् वा नास्तिक, ती सबै शिवसँग नजिक रहेका हुन्छन् । अर्थात् तिनीहरू शिवको चरित्रलाई निन्दा गर्दैनन् । शिव सबैका प्यारा छन् । नैसर्गिक ज्ञानतर्फ सबै आकर्षित हुन्छन् । सिकाइ सबैको मूलभूत पक्ष रहेको र मानवको समग्र जीवन सिकाइमा बित्ने भएकाले ज्ञानको नैसर्गिक धाराले पनि तपाईंलाई शिव ऊर्जातर्फ अग्रसर गराएको हो ।

    यसो हुनुको मुख्य कारण शिव र शक्तिको समन्वयात्मक रूप हुनु हो । जब जीवनको जन्म हुन्छ, तब मान्छे नैसर्गिक रूपमा ज्ञानतर्फ अग्रसर रहन्छ । यही ज्ञानको पूर्णतामै शिव ऊर्जाको परिपाक हुन पनि पुग्छ । ज्ञान मुक्तिको आधार पनि हो । मूलाधार चक्रबाट सुरु भएर स्वाधिष्ठान चक्र र मणिपुर चक्र हुँदै जब अनाहत चक्रसम्म पुग्छ, जीवनमा ज्ञानको एक महत्वपूर्ण तह पार हुन्छ । यही अनाहत चक्रमा ईश्वरको वास हुन्छ ।  श्रीमद्भगवद् गीताको १५औं अध्यायमा श्रीकृष्ण भन्नुहुन्छ- सर्वस्य चाहं हृदि संनिविष्टो ।

    अर्थात, म नै सबै प्राणीहरूका हृदयमा अन्तर्यामी रूपले स्थित छु । यही कुरालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा उल्लेख गर्नुहुन्छ- देखिन्छ ईश कुन मन्दिरमा पसेर ? त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।

    अनाहत चक्रमा ईश्वर रहने, त्यही मन रहने र शुद्ध मनले ईश्वरको दर्शन सम्भव छ । आत्म तत्त्वबाट प्रकाशित शुद्ध ज्ञान किरण नै कारण शरीरमा पर्न जान्छ । आत्मा र मनको बीचमा रहने भएकाले आत्मज्योतिको माध्यम हो कारण शरीर । यही कारण शरीरलाई माध्यम बनाएर नै मन प्रकाशित हुन्छ र मनोनुकूल मानिसको व्यवहार हुने गर्छ । त्यसैले त्यही कारण शरीरकै प्रभावले अर्थात ज्ञानको नैसर्गिक प्रभावको कारणले गर्दा मानिस भोलेनाथको भक्त हुने गर्छ ।

    चाहे आस्तिक होऊन् वा नास्तिक, ती सबै शिवसँग नजिक रहेका हुन्छन् । अर्थात् तिनीहरू शिवको चरित्रलाई निन्दा गर्दैनन् । शिव सबैका प्यारा छन् । नैसर्गिक ज्ञानतर्फ सबै आकर्षित हुन्छन् । सिकाइ सबैको मूलभूत पक्ष रहेको र मानवको समग्र जीवन सिकाइमा बित्ने भएकाले ज्ञानको नैसर्गिक धाराले पनि तपाईंलाई शिव ऊर्जातर्फ अग्रसर गराएको हो । यदि तपाईं शिव ऊर्जासँग आकर्षित हुनुहुन्छ भने सोच्नुहोस्- तपाईंको जीवन ज्ञान साधनातर्फ अग्रसर छ र जीवनको मुख्य लक्ष्य ज्ञान हो । ज्ञान नै मुक्ति हो । ज्ञानविना मुक्ति असम्भव छ । न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।

    अर्थात, निश्चय नै लोकमा ज्ञानसमान पवित्र चीज अरू केही छैन । -श्रीमद्भगवद्गीता अध्याय ४, श्लोक ३८

    nyaupanemahesh@gmail.com

  • विभिन्न १० विधामा १० जनालाई प्रज्ञा पुरस्कार वितरण

    विभिन्न १० विधामा १० जनालाई प्रज्ञा पुरस्कार वितरण

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० वटा विधामा दश जनालाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानद्वारा स्थापीत प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । प्रज्ञा अनुवाद पुरस्कार खगेन्द्र संग्रौलालाई, प्रज्ञा दर्शन पुरस्कार मोहन विक्रम सिंहलाई र प्रज्ञा सामाजिकशास्त्र पुरस्कार शान्ता श्रेष्ठलाई प्रदान गरिएको छ ।

    त्यस्तै, प्रज्ञा संस्कृति लोकवार्ता तथा मौखिक इतिहास पुरस्कारबाट घनश्याम शर्मा पौडेल, प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कारबाट कृष्ण गौतम र प्रज्ञा भाषा पुरस्कार प्रा.डा.देवीप्रसाद गौतमलाई प्रदान गरिएको छ ।

    प्रज्ञा साहित्य पुरस्कार पद्यतर्फ बम देवान र गद्यतर्फ राजव, प्रज्ञा बाल साहित्य पुरस्कार गंगा कर्माचार्य, प्रज्ञा अन्तरदेशीय पुरस्कार पदम विश्वकर्मालाई प्रदान गरिएको छ । प्रत्येक वर्ष दिइने यी पुरस्कारहरुको राशी एक लाख रुपैयाँ रहेको छ ।

     

  • नयाँ वर्षको जाज्वल्यमान मध्यरात: सिड्नीको अनुभव

    नयाँ वर्षको जाज्वल्यमान मध्यरात: सिड्नीको अनुभव

    धार्मिक आस्थाले ओतप्रोत भएका संसारभरका मानव जाति विभिन्न तवरबाट भगवानको भक्ति गर्छन् । कोही घरमै पूजाअर्चना गर्छन् त कोही मन्दिर, मस्जिद, चर्च आदिमा धार्मिक स्थलको दर्शन गर्न जान्छन् वा तीर्र्थाटनमा निस्कन्छन् । विश्वभर सांस्कृतिक आस्था र परम्पराका आधारमा विभिन्न पर्व तथा उत्सव मनाउने गरिन्छ । मेला, महोत्सवहरु आयोजना हुन्छन् । यस्तै कामहरूबाट मानिसहरूले भौतिक र आध्यात्मिक आनन्द लिन्छन् । भरपुर मनोरञ्जन प्राप्त गर्छन् र आफूलाई तरोताजा, सुरम्य र आल्हादित तुल्याउँछन् ।

    यस्तै परम्पराअन्तर्गत मानिसले आआफ्ना नयाँ वर्ष पनि फरक फरक तवरबाट मनाउने गरेका छन् । नेपालमा बाहुन-क्षेत्रीलगायतका आर्यहरुले प्रत्येक वर्षको वैशाख १ गते तलाउ, जलाशय, नदीहरूमा गएर तथा नसकेकाहरूले घरमै स्नान गरी पूजाअर्चना गर्छन्, दान-दक्षिणा दिन्छन् । मंगोलहरू- मगर तामाङ, राई, लिम्बू, नेवार, थारूलगायतले आआफ्नै तिथिमितिमा नव वर्ष मनाउँछन् । तर, विश्वका अधिकांश देशहरूले ईश्वी संवतकाे  जनवरी १ लाई नव वर्षको रूपमा मान्ने गरेका छन् ।

    नव वर्ष मनाउने क्रममा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतमा डिसेम्बरको अन्तिम रातको १२ बजे विशेष कार्यक्रमको आयोजना गरिन्छ । कार्यक्रमको प्रकृति देश विशेषका फरक फरक छन् । तीमध्ये धेरैजसो देशहरूमा रंगीबिरंगी प्रकाशपुञ्जले धर्ती र आकाशलाई झल्झलाकार पारेर मनाउने परम्परा छ ।

    यसरी नयाँ वर्ष मनाउने क्रम सबैभन्दा प्रथम इराकको बेबिलोनिया शहरबाट शुरू भएको पाइन्छ । त्यतिबेलाको बेबिलोन निकै विकसित र सुसंस्कृत थियो । न्यूयोर्कको टाइम्स स्क्वायर, पेरिसको आइफेल टावर, लण्डनको लण्डन आई, दुबहीको वुर्ज खलिफा र अस्ट्रेलिया सिड्नी शहरको हार्बर ब्रिज विशेष उल्लेखनीय छन् । यी ठाउँहरूमा दशौं हजार मानिस जुटेर प्रकाशले झिलीमिली पारेर फायरवर्क गर्छन् । फायरवर्क हेर्न विभिन्न देशका पर्यटकसमेत यी स्थानमा आउँदा रहेछन् ।

    नेपालमा बाहुन-क्षेत्रीलगायतका आर्यहरुले प्रत्येक वर्षको वैशाख १ गते तलाउ, जलाशय, नदीहरूमा गएर तथा नसकेकाहरूले घरमै स्नान गरी पूजाअर्चना गर्छन्, दान-दक्षिणा दिन्छन् । मंगोलहरू- मगर तामाङ, राई, लिम्बू, नेवार, थारूलगायतले आआफ्नै तिथिमितिमा नव वर्ष मनाउँछन् ।

    सन् २०२३ को बिदाइ र २०२४ को आँगनको खुशीयालीमा मनाइने फायरवर्क हेर्न म पनि सिड्नी शहरमै भएकाले अवसर मिल्यो । सिड्नीमा भएका मेरा परिवार र नाता सम्बन्धहरू ३० जनाको समूह जुट्यो । हामीले हार्बर ब्रिजको कोणमा रहेको विशाल चौरमा प्रवेश पायौं । आयोजक छोरा, भतिज, भाञ्जाहरूले केही दिनअघि नै टिकट लिएका र गाडी पार्किङको व्यवस्था पनि गरिसकेकाले खास समस्या भएन । ९ बजे शुरु भएर १२ः३० मा सकिने उक्त फायरवर्क हेर्न ७ बजे निर्धारित स्थलमा पुग्यौं । हामीले ५-६ घण्टाको लागि चाहिने खानपिनको सामग्री, चौरमा बस्न दरी र बढी उमेर पुगेकालाई फोल्डिङ कुर्सीसमेतको व्यवस्था गरेर गएका थियौं ।

    कार्यक्रम शुरु हुन २ घण्टाअघि नै पुग्नुको कारण चौरको अग्रभागमा सीट सुरक्षित गर्नु थियो । ५ः३० बजे प्रवेश खुला गरियो । सुरक्षाकर्मी र स्वयंसेवकहरुको बाक्लै उपस्थिति थियो । कडा सुरक्षा जाँचपछि हामी भित्र गयौं । हातमा बाँधिएको सुरक्षा डोरीमा १८ वर्ष पुगेकालाई अल्कोहल प्रयोग गर्न मिल्ने र त्योभन्दा मुनिकालाई कडाइका साथ निषेध रहेछ । अरु देशले के कस्तो प्रबन्ध गरेका छन् थाहा भएन, यहाँ सम्बन्धित काउन्सिल र नगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिँदोरहेछ । मनासिव माफिकको शुल्क तिरेरमात्र प्रवेश पाइँदोरहेछ । हामी प्रवेश गरेको विशाल चौरमा लगभग १० हजार जति दर्शक थिए । सबैतिर गरेर १० लाख दर्शकलाई सजिलै बस्न मिल्ने व्यवस्था रहेको कुरा एक जना अस्ट्रेलियली पत्रकारले बताउनुभयो ।

    ८ बजेतिर झमक्क साँझ पर्‍यो । तबसम्म उक्त चौर टनाटन भरिइसकेको थियो । दर्शकहरु आआफ्नो दरी र कुर्सीमा बसिसकेका थिए । दायाँ र बायाँ, थोरै ठाउँ छोडेर यसरी दरी छुट्याइएका थिए कि अगाडि बसेकाहरू पछाडि रहेको शौचालय जान, पानी पिउन जान र काउन्सिलको अनुमतिले उक्त पार्कभित्र खोलिएका खानपिनका दुकानसम्म आउजाउ गर्न कुनै अवरोध थिएन । एक-अर्को दर्शकलाई आउजाउ गर्न उक्त विशिष्ट दृश्य हेर्न बाधा नपुर्‍याउन सबैमा उच्च सतर्कता देखियो । हामी सुरक्षाको निम्ति लगाइएको सबैभन्दा अगाडि रहेको फलामको बारसँग करिब सटेर बसेका थियौं ।

    एक जना चिटिक्क परेकी सुन्दरी गौराङ्गना युवती हामी भएछेउ आइन् । उनी निकै पछाडि बसिरहेकी रहिछन् र उनले पत्रकारिता गर्दिरहिछन् । करिब १५ मिनेटसम्म स्ट्याण्डसहितको ठूलो क्यामेराले छायांकन गर्नुरहेछ । उनले हाम्रै छेउमा तर हामीलाई खास बाधा नपर्ने गरी क्यामरा राख्न अत्यन्त विनम्र भएर अनुमति मागिन् । हामीलाई सहजै स्वीकार गर्‍यौं । पछि उनले हामीलाई धन्यवाद दिएर आफ्नो काम सकेर गइन् ।

    हामी अगाडि बसेकाले पछाडि सबैजसो स्थान हेर्‍यौं । चौर पूरै सफा थियो । सुरक्षा व्यवस्थाबाहेक अरु सबै कुराको जिम्मा सम्बन्धित नगरपालिकाले लिएको बुझिन्थ्यो । सरकार, स्थानीय निकाय र नागरिकको समन्वयमा सबै कुरा व्यवस्थित गरिएको दृश्य हेर्दा मलाई हाम्रो देश सम्झेर ग्लानी महसुस भयो ।

    रातको ९ बजे कास्टिङ दृश्यावलोकन गराइँदोरहेछ । हार्बर ब्रिजलाई चम्किलो नीलो रंगले आकृत गरियो । बृज निकै नीलाकारको निकै आकर्षक देखियो । केही समयपछि नीलो रंगलाई रातो रंगले विस्थापित गरियो । त्यसलाई पनि केही समयपछि हराएर इन्द्रेणी रंग धपक्क पारियो । ठूलो आवाज विस्फोट गराइयो र विस्फोटनपछि सात वटै रंगले बृज वरिपरि र माथि झल्झलाकार प्रकाशपुञ्ज प्रक्षेपण गरियो । करिब १५ मिनेटसम्म यो क्रम जारी रह्यो । उक्त दृश्य निकै चित्ताकर्षक र मनमोहक थियो । ठीक १२ बजे यसै क्रमलाई सविस्तार पौने घण्टासम्म दोहोर्‍याइयो ।

    पृथ्वी र आकाश झलमल्ल पारी त्यो विशाल चौरमा छरिएर बसेको त्यति ठूलो जनसमुदायले वेलावेलामा रमाएका आवाज निकाल्नु सिवाय अरू अनावश्यक होहल्ला केही थिएन । कोही उठ्ने, चल्मलाउने गरेको पनि देखिएन । वातावरण निकै रोमाञ्चकारी थियो । विभिन्न उमेर समूहका सयौं जोडी आलिङ्गन र चुम्बनमा रमाएका थिए । सायद रमको रमरमले उनीहरु बढी नै मदहोस थिए । वास्तवमा त्यो मध्यरात निकै जाज्वल्यमान थियो । संस्कृतका प्रसिद्ध कवि भारवीले भनेका छन्, ‘क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपम् रमणयिताया’ । अर्थात, ‘क्षण-क्षणमा देखिने नयाँपन नै रमाइलोको वास्तविक स्वरूप हो ।’ कविले भने जस्तै रमाइलोको अनुभूति हामीलाई भइरहेको थियो ।

    यी देशहरूमा रात्रिकालीन यस्ता भव्य उत्सवलाई कसरी दर्शकमैत्री बनाएर व्यवस्थित गरिन्छ ? यो पाटोमा विश्लेषण नगर्ने हो भने यो आलेखले सायद पूर्णता पाउँदैन भन्ने लागेर व्यवस्थापकीय पक्षमाथि प्रकाश पार्ने जमर्काे गरेको छु ।

    ५ घण्टा बसाइको क्रममा ८ः३० बजे र ११ः३० बजे पिसाब गर्न त्यहाँको शौचालयमा गएँ । एक-दुई शौचालय पक्की थिए । ती पार्क घुम्न दिनहुँ आउनेहरुका लागि स्थायी हुन् भन्ने बुझिन्थ्यो । तर, त्यस दिन पुरुष, महिला र अपाङ्गहरुका लागि बेग्लाबेग्लै व्यवस्था गरिएका करिब ५० वटा अस्थायी शौचालय थिए । शौचालय सफासुग्घर र पानीको सुविधायुक्त थिए नै । शौचालयको सरसफाइलाई व्यवस्थित गर्न आवश्यक संख्यामा स्वयंसेवक खटिएका थिए । म ३ घण्टापछि ११ः३० मा जाँदा पनि शौचालय उस्तै सफासुग्घर थियो । सफाइप्रतिको सजगता र वैज्ञानिक व्यवस्थापन देखेर म दङ्ग परें ।

    काठमाडौंमा मेरो घर अगाडि बिहानपख कसले कुकुरलाई ल्याएर दिसा गराउँछ थाहा छैन । तर, पचासौं पटक बेल्चाले सोहोरेको छु । मैले कक्षा ९ मा नागरिकशास्त्र पढ्नुपर्थ्यो । प्रध्यापकले वारम्बार भन्ने गर्नुहुन्थ्यो, देश विकसित, सभ्य र सुसंस्कृत हुन् सरकार र अन्य निकायहरूले गरेर मात्र हुँदैन, नागरिकमा नागरिक सचेतना चाहिन्छ । मैले पाठ सम्झें, गुरुलाई सम्झें ।

    पचासौं मानिसले एकै पटकमा पानी पिउन सक्ने गरी खानेपानीको व्यवस्था थियो । खाना, नास्ता र पेयपदार्थ सहजै किन्न सक्ने गरी नगरपालिकाबाट अनुमति प्राप्त पर्याप्त स्टल थिए । हामीले पाँच घन्टा लामो बसाइको क्रममा दुई पटक खानपिन गर्‍यौं । खाना खाएर सादा खाना लगेको भाँडो, पेपर प्लेट, पेपर ग्लास, पानी र मदिराजन्य केही वोटल असरल्ल परेका थिए । हाम्रा युवा संयोजकले दुवै पटक फोहोरको एउटा टुक्रा पनि नदेखिने गरी सफा र सिनित्त पारेर बिनमा राखिदिए ।

    हामीले दरी ओछ्याउँदा चौर जति सफा थियो, अलिकति माडिएकोबाहेक अन्त्यसम्म शुरुकै अवस्थामा रहेको थियो । हामी अगाडि बसेकाले पछाडि सबैजसो स्थान हेर्‍यौं । चौर पूरै सफा थियो । सुरक्षा व्यवस्थाबाहेक अरु सबै कुराको जिम्मा सम्बन्धित नगरपालिकाले लिएको बुझिन्थ्यो । सरकार, स्थानीय निकाय र नागरिकको समन्वयमा सबै कुरा व्यवस्थित गरिएको दृश्य हेर्दा मलाई हाम्रो देश सम्झेर ग्लानी महसुस भयो । त्यसो त यस्तै ग्लानी मलाई २०२१ नोभेम्बरमा लण्डनको फुटपाथमा र २०२३ को नोभेम्बरमा सिड्नीको पार्क घुम्न जाँदा पनि भएको थियो ।

    लण्डनमा म मेरो घरमा मर्निङ वाकमा फुटपाथमा निस्कँदा पल्लो किनारको फुटपाथमा अजङ्गको कुकुर डोर्‍याउँदै करिब ८०-८५ वर्षका बुढो मानिस हिँडिरहेका थिए । कुकुरले दिसा गर्‍यो । यहाँ पनि त हाम्रो देशमा झैं बाटोमा घरको अगाडि दिसा गराउँदा रहेछन् । रोकिएर हेरें । बुढा मानिसले एउटा हातले डोरी समाते, अर्को हातले जकेटबाट प्लास्टिक झिकेर दिसा सोहरेर लिएर हिँडे उपयुक्त बिनको खोजीमा । त्यस्तै दृश्य सिङ्नी पार्कमा पनि देखें । काठमाडौंमा मेरो घर अगाडि बिहानपख कसले कुकुरलाई ल्याएर दिसा गराउँछ थाहा छैन । तर, पचासौं पटक बेल्चाले सोहोरेको छु । मैले कक्षा ९ मा नागरिकशास्त्र पढ्नुपर्थ्यो । प्रध्यापकले वारम्बार भन्ने गर्नुहुन्थ्यो, देश विकसित, सभ्य र सुसंस्कृत हुन् सरकार र अन्य निकायहरूले गरेर मात्र हुँदैन, नागरिकमा नागरिक सचेतना चाहिन्छ । मैले पाठ सम्झें, गुरुलाई सम्झें ।

    हाम्रा पर्व र उत्सवहरूलाई गौरवपूर्ण, भव्य र सुसंस्कृत बनाउन चाह्यौं भने हामी पनि अवश्य सक्छौं । आआफ्ना पर्वहरुलाई ग्लोरीफाइ गर्नु हाम्रो कर्तव्य पनि हो । यसका लागि हामीसँग सकारात्मक सोच, प्रतिबद्धता र व्यवस्थापनका निम्ति थोरै र अत्यावश्यक स्रोत र साधन भए पुग्छ । हामी नेपालीहरू २०८० साललाई बिदा गरेर २०८१ सालमा प्रवेश गर्दैछाैं । हामीसँग राजधानीको धरहरा छ र भुईंं मान्छेहरूको विकासलाई बेवास्ता गर्दै फेसनकै रूपमा देशभर बनाइएका सयौं भ्यूटावर छन् । हामीले पनि ती ठाउँहरूलाई प्रकाशपुञ्जले झकिझकाउ पारेर उज्यालो र संगीतमय वातावरणमा २०८० लाई बिदाइ र २०८१ लाई स्वागत गरे कसो होला ? विदेशका सबै कुरा अनुशरण गर्नैपर्छ भन्ने मेरो मान्यता होइन । तर, आफ्नो परम्परा र संस्कृतिलाई बढावा दिने सन्दर्भमा अन्य देशका राम्रा अभ्यास र अनुभवहरुबाट सिक्नु गलत किमार्थ हुनेछैन ।

  • कोटिभिटी प्रकरण र नेपालको कर प्रणाली

    कोटिभिटी प्रकरण र नेपालको कर प्रणाली

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै तहका निजी क्षेत्रको लगानी कुनै पनि देशमा आर्थिक विकासको लागि महत्वपूर्ण पाटो हो । तर, निजी लगानी यसै आउँदैन । कसरी आउँछ त ? सिद्धान्तहरुको जटिलतामा प्रवेश नगरी एकदमै सरल रुपमा बुझौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट निजी लगानी आकर्षित गर्न लगानीकर्ताहरुलाई असमान व्यवहार नहुने विश्वास दिलाउँदै सोहीअनुरुप नीति तर्जुमा गरिनुपर्छ । यस्ता नीति जति स्थिर भयो, त्यसले लगानीकर्तालाई आश्वस्त पार्छ । फलतः नयाँ नयाँ क्षेत्रमा लगानी थपिँदै रोजगारी सृजना हुन्छ र अर्थतन्त्र चलायमान हुन्छ ।

    त्यसो भए नेपामा अवस्था के छ ? आज यो एउटै लेखमा समग्र अवस्थाको व्याख्या गर्न सम्भव छैन । तर, अन्तर्राष्ट्रिय तहबाट समेत लगानी भित्र्याउने भनेर सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको मुखैमा एउटा घटना चर्चित छ, जसले धेरथोर नेपालको अवस्थालाई चित्रित गर्छ । अमेरिकी आईटी कम्पनी कोटिभिटीमा राजस्व अनुसन्धान विभागको कारबाहीको घटना प्रकरण कम्तीमा अर्थतन्त्रमा चासो राख्नेहरुबीच चर्चाको विषय बन्न पुगेको छ । विभागले आईटी सेवा निर्यात गर्ने कम्पनी कोटिभिटी नेपाल प्रालिलाई भ्याट छली गरेको भन्दै बिगो र जरिवानासमेत गरी १० अर्ब रुपैयाँभन्दा बढी दाबी गर्दै मुद्दा दायर गरेको छ । यसको समग्र पाटो वा आईटी उद्योगको प्रकृति र यसका परिवर्तित स्वरुप र प्राविधिक पक्षको बारेमा बहस जारी रहने नै छ । जनताप्रति जवाफदेही हुनैपर्ने संस्थाहरुले यसबारेमा थप प्रस्ट पनि पार्दै जाने आशा गरौं ।

    यो लेख नेपालको कर प्रशासन, यसको शास्त्रीय चिन्तन र यसप्रतिको बुझाइको बारेमा केन्द्रित रहनेछ । त्यसबाहेक प्रविधि तथा अर्थतन्त्रको विषयमा गहिरो रुचि राख्ने र जिम्मेवार राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवार पदाधिकारीको हैसियतमा पनि प्रविधि, वैदेशिक लगानी र नेपालको सन्दर्भमा केही बोल्नुपर्ने दायित्व ठानेको छु । नेपालका राजनीतिक दलहरुले करको विषयलाई कसरी हेर्दै आएका थिए भन्ने विषयमा पनि चर्चा गरिनेछ ।

    सबैभन्दा पहिला शुरु गरौं, हाम्रो कर प्रशासन र संस्थाहरुको बारेमा कर्मचारीतन्त्र र जनतास्तरमा रहेको विद्यमान बुझाइबाट । प्राविधिक जटिलतामा प्रवेश नगरी एकदमै सरल रुपमा नेपालको कर संरचना र यसले कसरी काम गर्छ भन्ने बुझ्ने यो एउटा सरल प्रस्थान विन्दु हो । नेपालमा कर असुलीका निकायहरुप्रति कर्मचारी वृत्तमा निकै आकर्षण र ती निकायहरूमा जान प्रतिस्पर्धा देखिन्छ । यो लहरमा भन्सार निकै अगाडि छ भने अन्य संस्थाहरुप्रति पनि विकर्षण भने छैन ।

    अर्थ मन्त्रालय स्वयं एउटा अनौठो नजिरबाट निर्देशित छ, कर उठाउने लक्ष्य (टार्गेट) निर्धारण गर्ने र त्यो लक्ष्य हासिल गर्ने कर्मचारी वा मन्त्रीलाई सफल व्यक्तिको रुपमा चित्रित गर्ने । कसैले नसक्दा असफल । तर, के कुरा त्यस्तै हो ? पक्कै होइन । कर लक्ष्य निर्धारण गर्दैमा उठ्ने र लक्ष्य नहुँदा नउठ्नुपर्ने कुरा होइन ।

    ‘भन्सारमा एक पटक बसेपछि त जीवन बनि गयो नि’ भनेको यथेष्ट सुनिन्छ । यो बुझाइ कसरी विकास भयो वा कर उठाउने संस्थामा गएपछि पैसा कमाउन सकिन्छ भन्ने समाजको अनौपचारिक बुझाइ कसरी बन्यो ? सरसर्ती हेर्दा यी विषय सामान्य लागे पनि यसले नेपालको कर प्रणालीबारे धेरै कुरा बोल्छ । ३० औं वर्ष सत्तामा बसेकाहरुले यो बुझाइ हटाउन केही काम गरे वा यसैलाई बढावा पुग्नेगरी काम गरे ? दुर्भाग्य, वर्षौंवर्ष सत्तामा बसेका दलहरुको ध्यान यो पाटोमा पुग्न सकेको देखिएन वा भनौं पुर्‍याउन चाहेनन् । बरु दलगत कर्मचारी संगठनहरुमार्फत आफ्नो दल निकट कर्मचारीलाई तिनै निकायहरुमा सरुवा वा बढुवा गर्नमा पुराना दलहरु उद्यत देखिए र देखिन्छन् । यो नेपालमा दलीयकरण हरेक तह र तप्कामा कसरी जेलिएको छ भन्ने कुरा बुझ्ने एउटा सरल उदाहरण पनि हो ।

    कर नीति तथा प्रणालीमा रहेका अस्पष्टता, अन्योल र व्याख्यात्मक टिप्पणीहरुबीचबाट लाभ उठाउँदै आएका पुराना दल र तिनका शीर्ष नेतृत्व कर प्रणालीको बारेमा पारदर्शी र जनताले बुझ्ने भाषामा बहस गर्नुभन्दा चल्दै आएको चलनलाई कायम राख्न उद्यत जस्ता देखिन्छन् । नेपालको करसम्बन्धी कानून निर्माण र यसको कार्यान्वयनको पाटोको सबैभन्दा ठूलो समस्या यही हो । यसमा सुधार हुँदा करका प्रावधानहरुमा विद्यमान अस्पष्टताको अपव्याख्या वा त्यसकै आधारमा प्रक्रियागत व्यवधान सृजना गरेर असुली गर्नेहरुको कमाउने आधार समाप्त हुनसक्छ । त्यसैले पनि कर कानून र यसका अन्य प्रणाली तथा प्रक्रिया आदिको बारेमा सरल, सहभागितामूलक तथा बाहिरका अभ्यासहरुसँग सामञ्जस्यको सार्थक बहस कमै भएको छ ।

    तर, यथार्थ यथार्थ नै हो । हाम्रा करका कतिपय प्रावधान कोटिभिटी जस्तो संस्थामात्रै होइन, नेपाली कम्पनी तथा व्यक्तिहरुकै लागि पनि सहज छैन । मूलतः हाम्रो कर प्रणाली असुलीको भावबाट निर्देशित देखिन्छ । करको दर र दायराको सन्दर्भमा ठूलो अलमल देखिन्छ । आर्थिक उदारीकरणको ३० वर्षमा करको दायरा सोचे जति विस्तार हुन सक्यो वा सकेन ? यस विषयमा बहस गर्न कम्तीमा पुरानो राजनीतिक संस्कारबाट आएकाहरुमा कुनै रुचि देखिन्न । निजीकरण भनेको देश विश्व व्यापार संगठन (डब्ल्यूटीओ)लाई बेच्नु हो भन्नेसम्मको तर्क गरिने समयमा निजीकरण नीति ल्याउनु तत्कालीन नेतृत्वको एउटा आँट थियो । तर, कर जस्तो महत्वपूर्ण विषयमा भने स्पष्ट न त्यतिबेला थियो न अहिले । अनि यसको बहुआयामिक पक्षहरूबारे चर्चा गर्ने आँट, हिम्मत र खुबी अहिलेसम्म पनि केहीमा बाहेक देखिन्न ।

    पदमा बसेकाहरुमा ‘जसरी पनि कर उठाउनुपर्छ’ र ‘लक्ष्य भेटेर पुरस्कृत हुनुपर्छ’ भन्ने मनोभाव र दबाब सृजना हुनु स्वाभाविक हो । यो भावले पैदा गर्छ दोहन । त्यसपछि कर प्रशासन र मन्त्री दुवै ‘जसरी पनि कर उठाउने’ भन्ने भावबाट निर्देशित हुन थाल्छन् ।

    अर्थ मन्त्रालय स्वयं एउटा अनौठो नजिरबाट निर्देशित छ, कर उठाउने लक्ष्य (टार्गेट) निर्धारण गर्ने र त्यो लक्ष्य हासिल गर्ने कर्मचारी वा मन्त्रीलाई सफल व्यक्तिको रुपमा चित्रित गर्ने । कसैले नसक्दा असफल । तर, के कुरा त्यस्तै हो ? पक्कै होइन । कर लक्ष्य निर्धारण गर्दैमा उठ्ने र लक्ष्य नहुँदा नउठ्नुपर्ने कुरा होइन । यो त देशमा सेवा तथा उत्पादन क्षेत्रका उद्योग, कलकारखाना र अन्य गतिविधिहरु तथा आयात–निर्यात वृद्धि हुँदा बढ्ने र उद्योग तथा आयात-निर्यातमा संकुचन आउँदा घट्ने विषय हो । अर्थ मन्त्रालयको राजनीतिक नेतृत्व तथा कर्मचारीले चाहँदैमा करको लक्ष्य हासिल हुने भनेको के हो ? यस्तो विषयलाई सफलता मापनको विधि मन्त्रालयमा कसरी बन्यो होला ?

    यस्तो लक्ष्य र त्यसकै आधारमा कर्मचारीको एक समूह र अर्थमन्त्रीको सफलताको मापन हुने भएपछि यसले मन्त्रालयमा पुग्ने मन्त्री तथा कर्मचारीमा गलत मनोभाव पैदा गर्छ । पदमा बसेकाहरुमा ‘जसरी पनि कर उठाउनुपर्छ’ र ‘लक्ष्य भेटेर पुरस्कृत हुनुपर्छ’ भन्ने मनोभाव र दबाब सृजना हुनु स्वाभाविक हो । यो भावले पैदा गर्छ दोहन । त्यसपछि कर प्रशासन र मन्त्री दुवै ‘जसरी पनि कर उठाउने’ भन्ने भावबाट निर्देशित हुन थाल्छन् । अनि लक्ष्य भेट्न कर उठाउनैपर्ने दबाबका कारण कर संरचनाले अघिल्लो वर्ष नखोलेका फाइल अर्को पटक खोल्न थाल्छ, फुल अडिट गर्न थाल्छ, लुपहोलहरु पहिल्याउन थाल्छ, कतै अञ्जानवश नै पनि गल्ती भएका छन् र पैसा उठाउने प्रावधान छ कि भनेर खोज्न थाल्छ ।

    सरल शब्दमा बुझ्नुपर्दा सवारी चालकले परबाट देख्न नसक्ने तर नजिक पुगेपछि भाग्न नमिल्ने गरी सडकको मोडमा बसेर मापसे चेकजाँच गरे जस्तो शैली कर प्रशासनमा व्याप्त छ । के के कुराहरू गल्ती हुन्, के के कुराहरू गर्नुहुँदैन र के के कुरा कानूनअनुसार वर्जित छन् भन्ने कुराको प्रस्ट खाका नदेखाइ नबुझाइ ‘पहिला गल्ती गर अनि हामी पासोमा थाप्छौं’ भन्ने मनोभाव वा कार्यशैली कर प्रशासनमा कायम छ । उसो भए के यो दूरगामी परिपेक्ष्यमा देशको लागि हितकर छ ? यो निकै पेचिलो विषय हो । हाम्रो जस्तो समाजमा त अझ करको बारेमा टिप्पणी गर्न कठिन पनि छ । करको बहुआयामिक पक्षका बारेमा छलफल गर्न खोज्यो भने राज्यलाई आउने पैसाको विरोध गर्ने भन्ने तर्क पनि सुनिन्छ । तर, पासो थापेको शैलीमा कर उठाउने प्रवृत्तिको सन्दर्भमा भने अब खुला छलफल हुनैपर्छ ।

    करका सन्दर्भमा हाम्रा कानूनहरु र कानून कार्यान्वयन गर्ने निकायहरुमा कर उठाउने विषय वैधानिक गुण्डागर्दीको शैलीभन्दा स्वेच्छिक रुपमा उठ्ने वातावरण सृजना गर्नुपर्ने दायित्वबोध हुन आवश्यक छ । कुनै पनि कम्पनी वा कोही व्यक्तिको करको दायित्व समयमै सम्झाइदिने र कर चुक्ता गर्नुपर्ने विधि तथा प्रक्रियालाई पारदर्शी रुपमा बुझाइदिने हो भने त्यसले उद्यम तथा व्यवसाय गर्नेहरुमा विद्यमान गुनासा कम हुनेछन् र समग्र उद्योग तथा व्यवसायको वातावरण बलियो बनाउनेछ ।

    सरल शब्दमा बुझ्नुपर्दा सवारी चालकले परबाट देख्न नसक्ने तर नजिक पुगेपछि भाग्न नमिल्ने गरी सडकको मोडमा बसेर मापसे चेकजाँच गरे जस्तो शैली कर प्रशासनमा व्याप्त छ । के के कुराहरू गल्ती हुन्, के के कुराहरू गर्नुहुँदैन र के के कुरा कानूनअनुसार वर्जित छन् भन्ने कुराको प्रस्ट खाका नदेखाइ नबुझाइ ‘पहिला गल्ती गर अनि हामी पासोमा थाप्छौं’ भन्ने मनोभाव वा कार्यशैली कर प्रशासनमा कायम छ ।

    प्रविधिमा साह्रै पछाडि अनि विद्युतीय कारोबारलाई विद्युत कारोबार सम्झिएर बहस गर्ने पुराना दलका नेताहरुले दल निकट भनिएका केही सीमित व्यापारीलाई शक्तिको आडमा लाभ दिएर नवप्रवेशीहरुलाई निजी क्षेत्रको खास प्रतिस्पर्धा गर्नै नदिएको आरोप पनि यदाकदा सुनिन्छ । पुराना दलका शक्तिशाली नेताहरु उनीहरुले अभ्यास गर्दै आएका क्रोनिजम अर्थात आसेपासे पोस्ने उपक्रमलाई नै प्रतिस्पर्धात्मक निजी क्षेत्र भएकोसमेत तर्क गर्छन् ।

    अझै कतिपय पुराना दल तथा नेताहरुसँग लाभ पाएका केही समूहले राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थनीतिको बारेमा प्रश्न उठाउँदै ३० वर्षमा अर्थतन्त्रमा गाँजिएका विकृतिहरु ढाक्न खोजेका प्रयासहरु देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उदार र प्रतिस्पर्धी अर्थतन्त्रमा विश्वास गर्ने दल हो । रास्वपाको प्रतिस्पर्धा फगत रास्वपामा आवद्ध व्यापारीको पक्षमा नीति तथा नियम बनाउँदै अन्य व्यापारीहरुलाई देशै छाड्ने अवस्थामा पु¥याउने नीति होइन । अर्थात, क्रोनिजम होइन । देश विकासमा निजी क्षेत्रको सशक्त सहभागितालाई यो दलले प्रवर्द्धन गर्छ । लाइसेन्सराजले सृजना गरेको केही नेता र अर्बपतिहरुको साँठगाँठमात्रै निजी क्षेत्र होइन भन्नेमा यो दल उत्तिकै सचेत पनि छ । त्यो साँठगाँठ भत्काउनैपर्छ ।

    आजको दिनमा एउटा यस्तो अर्थतन्त्र निर्माण गर्नु छ कि सुदूरपूर्वको इलामबाट मस्तिष्कमा एउटा अभूतपूर्व व्यापार-व्यवसायको विचारमात्रै बोकेर कोही युवा अगाडि बढेको छ भने ऊ भविष्यको कुनै विन्दुमा यो देशको सबैभन्दा धनी व्यक्ति बन्नसक्ने बाटो भेटोस् । सुदूरपश्चिमको डडेल्धुरामा एउटा सीप बोकेको व्यक्तिले कुनै दिन अर्बौंको उद्योग खोल्ने ल्याकत राखोस्, त्यो पनि भनसुनविना । त्यो हो प्रतिस्पर्धा न कि आफ्नालाई छुटैछुट दिएर धनी हुँदै जान दिने अनि अन्यलाई प्रक्रियाका उल्झनमा थकित बनाइदिने ।

    यो सबै प्रसंगको चर्चा यसकारण पनि सान्दर्भिक छ कि उद्यम तथा व्यापारका विभिन्न पक्षमध्येको एक सबैभन्दा महत्त्वपूर्ण पक्ष करलाई त्यस्तै बनाइएको छ । राजनीतिक नेतृत्वलाई चित्त बुझेका व्यक्ति तथा कम्पनीहरु भयो भने छानीछानी कर छुट दिने नत्र जरिवाना तोकिदिने । यो क्रोनिजम हो । पुराना दलका नेताहरुले आफूहरु बसीबसी धनी हुन चलाएको एउटा कुरीति ।

    अब प्रविधिको प्रसंग । सूचना प्रविधि (आईटी) एउटा यस्तो क्षेत्र हो, जसमा रोजगारी सृजना र वैदेशिक मुद्रा आर्जनको अधिक सम्भावना छ । यसको अधिकतम लाभ लिन यो क्षेत्रमा काम गर्ने देशभित्र वा बाहिरका कुनै पनि कम्पनीले अन्यायको महसुस गर्न हुन्न । पुराना दलहरुका केही सीमित नेताको फाइदाको लागि करको विषयलाई आफ्नो तजविकको विषय बनाउन खोज्दा र हामी मिलेर सबै मिलाइदिन्छौं भन्ने सन्देश प्रवाह गर्दा एनसेलको करको विषय जेलिएको हामी सबैले देखेकै हो ।

    जतिसुकै प्रगतिशील देखिन खोजिए पनि पुराना दलहरुका अधिकांश नेताहरु प्रतिस्पर्धामा आधारित र पारदर्शी प्रक्रिया पूरा गरेको निजी क्षेत्र प्रवर्द्धनमा प्रतिबद्ध छैनन् । उनीहरुले व्यापारीहरुको एउटा समूहलाई आफ्नो दलको टिकट दिएका छन् र तिनको स्वार्थ पूरा गर्न नेपालको करदेखि अन्य नीति प्रभावितसमेत बनाउँदै आएका छन् । यो नै क्रोनिजम हो ।

    अहिले कोटिभिटीको हकमा समेत विषयहरु जसरी बाहिर आएका छन्, त्यो सुखद होइन । राज्यले प्रविधिमा आएका परिवर्तनहरु, विश्व बजारका मानकहरू र सोहीअनुरुप कर नीतिहरुमा परिमार्जन गरेर कर प्रणालीलाई विश्वासिलो, पारदर्शी र स्थिर बनाउन प्रयास गर्नैपर्छ । संसारभर वस्तु तथा सेवा उद्योगमा भइरहेका परिवर्तनहरुमा राज्य जानकार रहने, समयमै करको बारेमा जानकारी दिने, केही गल्ती हुँदैछ भने गल्ती गरे पनि जरिवाना पनि दाबी गर्छु पख्लास् भन्ने शैली त्यागेर सहजीकरण गरिदिने राज्यको दायित्व पूरा गर्नेतर्फ हाम्रो संयन्त्र लाग्नुपर्छ ।

    कानून बनाउने ठाउँमा पुगेका पुराना राजनीतिक दलका प्रतिनिधिहरुले चर्को भाषण गरेर वा जनता झुक्याउन खोजेरमात्रै आफ्नो दायित्व पूरा भएको सोच्न हुन्न । यथार्थ फरक छ । जतिसुकै प्रगतिशील देखिन खोजिए पनि पुराना दलहरुका अधिकांश नेताहरु प्रतिस्पर्धामा आधारित र पारदर्शी प्रक्रिया पूरा गरेको निजी क्षेत्र प्रवर्द्धनमा प्रतिबद्ध छैनन् । उनीहरुले व्यापारीहरुको एउटा समूहलाई आफ्नो दलको टिकट दिएका छन् र तिनको स्वार्थ पूरा गर्न नेपालको करदेखि अन्य नीति प्रभावितसमेत बनाउँदै आएका छन् । यो नै क्रोनिजम हो । यो क्रम रोकिनुपर्छ ।

    फेरि प्रसंग आसन्न लगानी सम्मेलन, कोटिभिटी र कर प्रणालीकै । लगानी सम्मेलनको मुखैमा कोटिभिटीको जुन विषय बाहिर आयो, यो सुखद होइन । प्रचुर सम्भावना बोकेको आईटी क्षेत्रका अन्य कम्पनीहरुलाई गलत सन्देश प्रवाह हुने जोखिम यो प्रकरणले बाहिर ल्याएको छ । राज्य करको दायित्वको बारेमा कुनै पनि कम्पनीलाई समयमै जानकारी दिने र कमभन्दा कम विवादमा समस्या समाधान गर्नेतर्फ उन्मुख हुनैपर्छ ।

    करको दर, यसको चुक्ता प्रक्रिया तथा जरिवाना आदि विषय तथा प्रक्रिया पारदर्शी, खुला र समान छन् भने त्यसले गुनासो कम गर्छ । हाम्रो कर प्रशासनले यस्तो संरचना तयार गर्नेतर्फ तत्काल काम थाल्नुपर्छ । जहाँसम्म कोटिभिटीको प्रसंग छ, लामो समय सत्तामा बसेकाहरूले वैदेशिक लगानीको बारेमा अनावश्यक भ्रम पैदा गरे । फलस्वरुप देशमा बहुराष्ट्रिय कम्पनीहरु सोचेअनुरुप आउन सकेनन् । रोजगारीका अवसर सीमित भए ।

    भर्खरै उदाउँदै गरेका आईटी क्षेत्रका कम्पनीहरुतर्सने गरी राज्य प्रस्तुत हुनुहुन्न । इन्फरमेसन टेक्नोलोजीको विकासले समग्र उत्पादन, वितरण, विनिमय र नियमनको नयाँ व्यवस्था आवश्यक भएको देखिँदैछ । नेपालमा यस दिशामा काम गर्न ढिलो गर्नुहुन्न । चीन र भारतले यही क्षेत्रमा हेर्दाहेर्दै गरेको प्रगति हामी टुलुटुलु हेर्नेमात्रै वा त्यसबाट सिकेर हामीले पनि देशको विकासलाई केन्द्रमा राखेर काम गर्ने ? आजको मूल प्रश्न यही हो ।

  • नलेखिने प्रेमकथा- २

    नलेखिने प्रेमकथा- २

    समासँग पछिल्लो पटक भेट भएको आज पर्सिपल्ट हो । साँझ पर्न लागेको थियो । म यात्रुलाइ सीटमा गएर बस्न र ढोकामा भीड नगरी दिन अनुरोध गर्दै थिएँ, समा हतारहतार गर्दै गाडीमा चढी र केही नबोली पछाडिको सीटमा गएर बसी ।

    आजकी समा फेरि अर्कै थिई । उसको साडीसहितको फर्मल पहिरन देख्दा लाग्थ्यो- ऊ कुनै पार्टी वा फर्मल कार्यक्रममा भाग लिएर फर्कंदै थिई । साडीले नेपाली महिलाको व्यक्तित्वलाई थप निखार्छ जस्तो लाग्छ मलाई । कस्तो मानिस सुन्दरमा गनिन्छ ? अझ सीधै केटीकै कुरा गरौं न ! धेरै किताब, मुभी वा मानिसका कुरा सुन्ने हो भने अग्ली, गोरी, शारीरिक सुगठन मिलेकी (झर्रो नेपालीमा भन्नु पर्दा बान्की परेकी) आदि आदि ।

    एउटा हिन्दी सिनेमामा नायकले डाइलग बोल्छ, ‘कित्नी अच्छी लम्बी लड्की निकल गइ यार !’ यसैले अग्ली हुनु पनि सुन्दरतामा पर्ने रहेछ भन्ने बुझ्नुप¥यो । फेरि अहिलेको पश्चिमा देशका मानिसहरुको कुरा सुन्ने हो भने उनीहरु तुलानात्मक रुपमा काला र दुब्ला केटीहरुलाई बढी सुन्दर देख्छन रे ! तर, मानिसले यो सब लेखाजोखा गरेरमात्र प्रेम गर्ने होइन रहेछ नि ! यदि त्यस्तो हुन्थ्यो भने त संसारमा कति नै केटा र केटीको प्रेम सम्बन्ध हुन्थ्यो होला र ?

    त्यसो त समा पनि विशेष त केहीमा पनि थिइन नि ! न अग्ली, न गोरी न त त्यस्तो जिउडाल सारै मिलेकी नै ? तर, के गर्ने आफ्नु ऐश्वर्या राय उही थिई ! म त कसम खाएर भन्न सक्छु कि मैले आजसम्म देखेको संसारका सबै केटीभन्दा र आजसम्म देखेकी ऊ आफैंभन्दा पनि आज बढी राम्री देखिएकी थिई समा उर्फ रिपू । म विस्तारै ऊ भएको ठाउँमा गएँ र उसको हालचाल सोध्न लागें ।

    हालखबरभन्दा पनि हतार भएकोले गाडी छिटो कुदाउन उसले अनुरोध गरी ।

    यो तिम्रो गाडीलाई अलि छिटो गुडाउन मिल्दैन, अप्ठेरो बेलामा काम नआउने साथी के साथी ?

    मैले गएर ढोका बन्द गरें र गुरुजीलाई भनें, ‘गुरुजी, अब मान्छे ओराल्नेमात्र तर नचढाउने । तपाईं गाडी हुइँकाउनुहोस् ।’

    गाडीको सहमालिकले भनेको नमान्ने कुरै थिएन । त्यसैले गाडी हुइँकियो ।

    म समासँगै गएर बसें र जिस्काउँदै भनें, ‘यो साडी किन यति राम्रो देखिएको के तिमीले लाउँदा ?’

    समाले हल्का लजाएको पाराले भनी, ‘सोध न उसैलाई सीधै, मलाई बीचमा मध्यस्थता किन राख्छौ ?’

    मैले समालाई जिस्काउँदै अझै दुईचार कुरा केही भनें । खासमा म विस्तारै मदहोस हुँदै गएको थिएँ र अनायासै मैले समालाई गालामा किस गर्न पुगेछु ।

    एकै पटक मेरो गालामा चड्कन लाग्दा पो मैले थाहा पाएँ, म पशु झैं भैसकेको रहेछु भन्ने कुरा । त्यसपछि गाडीका मानिसहरु पनि ममाथि खनिए । एउटी अबला नारी देखेर ढोका बन्द गर्ने, गाडी नरोक्नु भन्ने र हातपात गर्न खोज्ने ! यो बलात्कारी हो, यसलाई छोड्नुहुँदैन भनेर सबले ममाथि मुक्का र लात्ती बर्षाए ।

    समाले यो हेर्न सकिरहेकी थिइन । ‘हामी साथी हो, उसले केही गरेको छैन, उसलाई नपिट्नुहोस्’ भनेर उसले बिन्ती गरी । तर, भीड बौलाइसकेको थियो ।

    मेरो नाक, गाला र ओठ फुटेर रगत आइरहेको थियो । अब मेरो दिमागमा आफ्नो टाउको बचाउनेमात्र ख्याल आएको थियो । आफूले मुटु झैं मन पराएकी समा कता कस्तो हालतमा थिई, मलाई मतलब थिएन । सायद ऊ कतै रुँदै थिई कि ? भीडबाट केही महिलाले समाको चरित्रमा पनि प्रश्न उठाएर कुरा गरेको पनि सुनें, जसले मलाई अझै विक्षिप्त बनायो । तर, म केही गर्न वा बोल्नसक्ने हालतमा थिइनँ ।

    एकैछिनमा गाडी रोकियो । मलाई प्रहरीले भ्यानमा राखेर अस्पताल लग्यो र त्यहाँबाट प्राथमिक उपचार गरेर थानामा । समा कता गई, मलाई थाहा भएन ।

    त्यो रात न मलाई भेट्न कोही आयो न त कसैले मलाई केही खानेकुरा वा सुत्न एउटा ब्लाङ्केट दियो । चिसो छिंडीमा एउटा किताब पनि त थिएन मन भुलाउन । म किताबको एडिक्ट भैसकेछु भन्ने मलाई लाग्यो । किनकि किताब भयो भने भित्री–बाहीरी सबै पीडा भुल्नसक्छु भन्ने लागिरहेको थियो त्यसबखत मलाई ।

    राति १० बजेतिर मलाई राखिएको सेलको ढोका खुल्यो र एक हुल प्रहरी भित्र छिरे ।

    आँखामा लागेका चोटहरुको कारणले मलाई मानिसको अनुहार चिन्न समस्या भैरहेको थियो । यद्यपि इन्स्पेक्टर हुनुपर्छ, अगाडि बढ्यो र सोध्न लाग्यो- ‘ल भन्नुहोस् सर, के के भएको थियो गाडीमा ?’

    प्रहरीको यस्तो शिष्ट र मर्यादित भाषाले मलाई केही भरोसा दियो । मैले सीधा कुरा गरें । उनी मेरी साथी हुन् र मैले उनीलाई किस गरेको हो गालामा । तर, उनी एक्कासि रिसाइन् र मलाई एक चड्कन हानिन्, त्यत्तिकैमा सबै यात्रु ममाथि खनिए ।’

    ‘साले खाते ! खलाँसी भएर गाडीमा चढेका केटीमाथि हातपात गर्ने’ भन्दै त्यो इन्स्पेक्टरले मलाई गालामा एक झापड हान्यो । उसको झापडले भन्दा मलाई उसको व्यवहारमा यु-टर्न आएको देख्दा चट्याङले लागे झैं भयो ।

    त्यसपछि उनीहरुले मलाई एउटा कागजमा हस्ताक्षर गर्न भने । कागजमा के लेखिएको थियो, न सोध्न सक्ने आँट थियो न त पढ्न र बुझ्न सक्ने आँखा र मन नै । त्यसैले गरिदिएँ साइन, चाहे डेथ वारेन्ट नै होस् न मलाई मतलब थिएन । मतलब थियो त, तिनीहरु चाँडै त्यहाँबाट जाऊन् भन्ने ।

    इन्स्पेक्टरले हिँड्ने बेलामा फेरि थप्यो, ‘बलात्कार केसमा पर्छ साले, गयो अब २० वर्षको लागि मामाघर ! कडा जाहेरी (दरखास्त) बनाओ है केटा हो । यसको गुरुजीलाई पनि भोलि ल्याउनुपर्छ है खुरमु¥याएर ।’

    हस साहब !

    जब सुनसान भयो तब टाढाबाट छरिएको फिलामेन्ट बल्बको उज्यालो नै मेरो साथी भयो । अघिदेखि पिसाबले च्यापेको कुरा बल्ल दिमागले सूचना दियो । कसलाई सोध्ने ट्वाइलेट कता छ भनेर । फेरि को नै थियो त्यो अँध्यारोमा त्यहाँ मलाई लिएर जाने । त्यसैले म अँधेरोमा छामछाम छुमछुम गर्दै पिसाब गन्हाएको ठाउँतिर लागें । एकैछिनमा बुझ्न कठिन भएन कि अट्याच-ओपन ट्वाइलेट कोठाकै एक कुनामा मलाई स्वागत गर्न बसिराखेको छ भन्ने कुरा ।

    फर्केर आएपछि मलाई आफ्नो मोबाइलको याद आयो र बल्ल पो हेक्का भयो कि मोबाइल फोन त्यही दंगामा खसेछ भन्ने । नत्र २–४ फोन त पक्कै आइसक्ने थियो । मलाई अब भने जीवन निकै अत्यासपूर्ण लाग्यो । रोउँ वा चिच्याउँ झैं लाग्यो । कता कता समा नै मेरो यो अवस्थाकी कारक हो भन्ने पनि लाग्यो र उसँग रिस पनि उठ्यो । तर, फेरि गल्ती त आफैंबाट भएको थियो भन्ने कुरा महसुस भैहाल्यो ।

    वास्तवमा आफ्ना गल्तीहरु आत्मसात गर्नसक्ने हो भने यो संसारमा घटित हुने अधिकांश झै-झगडा र द्वन्द्व आफैं समाधान हुने थिए होलान् । तर, आफूलाई सबैभन्दा बुद्धिमान सम्झने मानिसले आफू कम बुद्धि भएको वा आफूले गल्ती गरेको भनेर के स्वीकार गर्न सक्थ्यो र ? त्यसैले दुवै पक्षमा मपाईंत्वको दम्भ सवार हुनपुग्छ र लड्न तयार हुन्छन् आफैंलाई मेटाउने गरी ।

    मानिसको ‘इगो’को अगाडि अरु सबै कुरा गौण हुने रहेछ, चाहे त्यसमा आफ्नो सबैभन्दा महत्वपूर्ण सम्बन्ध नै दाउमा लागोस् वा चाहे आफूले जीवनभरको मेहनत र पूँजी लगाएर आर्जन गरेको चिज नै गुमाउन किन नपरोस् । मलाई आफूभित्र आफैं हारे जस्तो, आफैं टुटे जस्तो महसुस हुन लाग्यो । हैन यो जीन्दगी के हो ? फेरि माया चाहिँ के हो नि ? ‘के यो माया हो ?’ बोलको गीत सुनेको थिएँ कतै । त्यो गीतको गहिराइ कति रहेछ, आज हेक्का भए झैं लाग्यो ।

    तर, केही छिनमा मनमा अनौठा विचारहरु आउन लागे । विस्तारै मलाई त जीवन रोमाञ्चक पो लाग्न थाल्यो । जीवनका रंगीबिरंगी अवयव देख्दा त जीवनलाई आफैं टुलुटुलु नियाल्न पो लागें म त । आज पहिलो पटक धेरै वर्षपछि जीवनलाई यति धेरै आयामिक बनाइदिएकोमा भगवानलाई धन्यवाद दिन मनलाग्यो । तर, अफसोस भगवानसँग मेरो खासै जम्दैन्थ्यो ।

    अचानक फेरि समाको याद आयो । खासमा प्रेमिका समाभन्दा पनि गुरु रिपुको याद आएको थियो मलाई । जीवनको यति सघन मोडमा पनि रमाउन सिकाउने प्रेरणाकी स्रोत त उही नै थिई, म विश्वस्त भएँ । रिपु देवी म तिमीलाई कहिल्यै बिर्सने छैन, जसले जीवनलाई जिउने कला दियौ ।

    मलाई एकपटक फेरि प्रेमको बारेमा बहस गर्न मनलाग्यो आफैसँग । के हो प्रेम ? आज मलाई के लाग्नथाल्यो भने मानिस मनलाई होइन भूमिकालाई प्रेम गर्छ । साँचो प्रेम भन्ने हुँदैन भन्ने त पहिल्यै लाग्ने गरेको थियो । प्रेम कुनै न कुनै आशक्तिबाट शुरु हुन्छ र बानीमा बदलिन्छ भन्ने विचार राख्थें म । तर, आज भने आफ्नै परिभाषालाई अझै परिष्कृत गरेर प्रेम भूमिकामा हुने रहेछ भन्ने निष्कर्षमा पुगें ।

    प्रेम शारीरिक सुन्दरतामा हुन्छ भनेर कसैले भन्छ भने पनि के रुपवान केटीले लामो समयसम्म दुश्चर व्यवहार देखाइरही भने उसको साँचो प्रेम कता गायब हुन्छ ? के कुनै केटीलाई आफ्नो बुबालाई प्रेम गर्छे भन्नुको अर्थ के ऊ त्यही उमेर र रुपको मानिसलाई प्रेमीको भूमिकामा स्वीकार गर्ली ? वा कुनै केटीले आफ्नै बहिनीलाई आफ्नी सौता वा देवरानीको रुपमा उत्तिकै माया दिन सक्ली ? के एउटा केटोले आफ्नी प्रेमिकालाई साथीकी प्रेमिका भई भने उस्तै माया गर्न सक्ला ? अहँ सक्दैन ।

    किन ब्रेक अप भएपछि आफ्नो प्रेमी वा प्रेमिका मन पर्न छाड्छ । आखिर उसको मन र शरीर त उही हो । किनकि उसको भूमिका परिवर्तन भयो । उसले पहिले प्रेमीको भूमिका निभाउँथ्यो भने अब साथीको मात्र वा नबोल्ने साथीको मात्र वा कतै कतै त शत्रु झैं पनि भूमिका निभाउन लाग्यो । भूमिका बदलिनासाथ बदलिने प्रेमलाई कसरी भन्ने कि आत्मा आत्माको मिलन वा मनको पवित्र मिलन भनेर ?

    तर, कति मानिसहरु सच्चा र इमानदार भूमिका निभाउने खालका भने हुनसक्छन् । खासमा ममा भावनाको बाढी नै खनिएको थियो र यदि साथमा कपीकलम हुन्थ्यो भने आजबाटै मेरो साहित्यिक उडानको शुरुवात हुनसक्थ्यो । जेलमा भित्रिएका धेरै मानिसहरु किन महान लेखक भएर बाहिरिंदा रहेछन् भन्ने थाहा भए झैं लाग्यो मलाई ।

    याे पनि पढ्नुस् : नलेखिने प्रेमकथा

  • विदेशी आर्थिक गुप्तचरले पत्ता लगाएका थिए- हेलो टेलिकममा ‘प्रचण्डको शेयर’

    विदेशी आर्थिक गुप्तचरले पत्ता लगाएका थिए- हेलो टेलिकममा ‘प्रचण्डको शेयर’

    काठमाडौं । देखाइएको हुन्छ एक चिज, वास्तविकता हुन्छ अर्कै । हुन्छ एक थोक, भएको देखिन्छ अर्को । हो, यसै अवस्थालाई बुझाउने अंग्रेजी शब्द छ ‘कुकुल्याण्ड’ । यो शब्दले अहिले पुस्तकाकार ग्रहण गरेको छ । बेलायती पत्रकार टम बर्गिसले यसको लेखन गरेका छन् ।

    टम कालो धन मामिलामा खोज पत्रकार तथा विश्वविख्यात खोजमूलक लेखक हुन् । उनले लेखेको किताब ‘क्लिप्टोपिया’ बहुचर्चित छ । यो किताब कालो धनले दुनियाँलाई शासन गरिरहेको बारेमा छ । उनको दोस्रो किताब ‘दि लुटिङ मसिन’ हो । यो किताब चैँ अफ्रिकाको धनदौलतमा मोजमस्ती गर्ने खलनायकहरुको बारेमा छ ।

    यिनै लेखकले हालसालै बजारमा ल्याएको किताब हो कुकुल्याण्ड । कुकुल्याण्डमा उनले दिएको ट्याग लाइन ‘जहाँ धनीले सत्य किन्छन्’ भन्नेछ । धनीले सत्य किन्ने कुकुल्याण्डको सवालको कथामा रुस, कजाकिस्तान, उज्बेकिस्तानदेखि नेपालसम्मको टेलिकम लगानीको लहरो छ ।

    महोमद आमेर्सी नामका बेलायतका टेलिकम साहुले कसरी विश्वभरका राजनीतिक सत्ता र शक्तिमा भएकाहरुले पैसा लगाएर मनग्य कमाए भन्ने लहरो तान्ने सवालमा किताब लेखिएको सहजै अनुमान गर्न सकिन्छ । यो किताबको तारिफ धेरै अब्बल आएका छन् ।

    ‘यदि अर्वेल जीवित हुन्थे भने यस खालका किताबहरु लेख्ने थिए’ भनेर प्याट्रिक र्‍याडेन किफले तारिफ गरेका छन् । बेन जुडाले लेखक टम बर्गिसलाई एक पुस्ताको एक पत्रकार भनेका छन् । कुकुल्याण्ड पुस्तकलाई चैँ दशकको पुस्तक भनेका छन् ।

    ३०७ पेजको किताबले विश्वमा चर्चा पाएको छ । युरोप र एसियाली क्षेत्रमा अझ चर्चा पाएको छ । १७ अध्यायको किताबमा अध्याय ७ नेपालको बारेमा छ । पेज ७९ देखि १०६ सम्म नेपालको लागि अलग व्याख्या गरिएको छ । जहाँ टेलियासोनेरा अर्थात एनसेल, हेलो नेपाल, ज्ञानेन्द्रका ज्वाइँ, प्रचण्ड, व्यापारी अजय सुमार्गी र यी अनुहारमा जोडिएको टेलिकम लगानीको राजनीतिक तथा आर्थिक लहरोको मुद्दा कोट्याइएको छ ।

    सुमार्गीः ज्ञानेन्द्रका ज्वाइँका अपुताली व्यवस्थापन सहयोगीदेखि प्रचण्डका आर्थिक सहयोगी

    चुनढुंगा उद्योगी सुमार्गीका पिताको मोटरसाइकल दुर्घटनामा ज्यान गएपछि अजय सुमार्गीको परिवारलाई आर्थिक तनाव हुन्छ । खान लगाउनकै दुःख नभए पनि राम्रो आर्थिक हैसियत भने नभएको टमले लेखेका छन् । तर, सुमार्गीले पछि धेरै राम्रो सम्पत्ति कमाए ।

    ‘सुमार्गीले धन कसरी कमाए ?’ पुस्तकमा टमले सोध्छन् । र, आफैं उत्तर दिन्छन्, ‘धनी भेटाएर ।’ पुस्तकको पेज ८३ मा यस्तो भनिएको छ । सोही पेजमा हेटौंडाका सुमार्गीले तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँलाई साथी बनाएर मृतक वीरेन्द्र परिवारको जायजेथा उनका परिवारका बाँकी जीवितलाई पठाएर काम सुरु गरेको बताइएको छ । त्यही साइनोले ज्ञानेन्द्रका ज्वाइँले पाएको टेलिकमको इजाजत र सुमार्गी प्रतिनिधि भएको लेखिएको छ ।

    माओवादीसँग सुमार्गीको सम्बन्ध उत्तिकै भएको र सत्तामा आएपछि त्यो देखिने गरी भएको लेखले उल्लेख गरेका छन् । माओवादीबारेमा पुस्तकको पेज ८३ मा भनिएको छ, ‘माओवादी सत्तामा आएदेखि गरिबी निवारणमा लागे, पहिलो गरिबी निवारण आफ्नैकाे गरे ।’

    युद्धमा बैंक लुटिएको कुरा, माओवादीका भएका र कृत्रिम दुवै लडाकुलाई मासिक रकम दिइएको भूपू लडाकुलाई दिइएको रकमबाट पनि तानतुन पारेको कुरा ल्याउँदै माओवादीसँग विशाल ‘ब्लाङ्क क्यास’ भएको बताइएको छ । माओवादीको त्यही क्यास प्रयोगमा सुमार्गी राम्रा पात्र भएको र प्रचण्ड र सुमार्गी सम्बन्ध रक्सीबाट भएको भन्दै पेज ८५ मा लेखिएको छ, ‘प्रचण्डलाई ह्विस्की मनपर्ने, सुमार्गीबाट त्यसको खोलो बग्ने ।’

    सन् २००६ सम्म ज्ञानेन्द्रका ज्वाइँसँग सम्बन्धमा रहेका सुमार्गी सन् २००९ बाट प्रचण्डसँग भएको पेज ८६ मा भनिएको छ । प्रचण्डको सबैभन्दा निकटहरुका पनि निकट सुमार्गी भएको कुरा पेज ९७ मा भनिएको छ ।

    विदेशी गुप्तचरले सुमार्गी चिन्यो, प्रचण्डको शेयर हेलो नेपालमा भएको नतिजा पायो

    टेलिया सोनेराले नेपालमा लगानी गर्नुभन्दा अगाडि नेपालमा पश्चिमा देशका आर्थिक गुप्तचरहरु पठाएको किताबमा लेखिएको छ । किताबको पेज ८४ मा सोही गुप्तचर प्रतिवेदनले नेपाली साझेदार बनाउन सुमार्गी योग्य हुने औंल्याएको छ । किनभने उनको राम्रो राजनीतिक पहुँच भएको लेखकले लेखेका छन् । उनी प्रचण्ड र माओवादीमाथि अवैध धनदौलत खन्याउने सुमार्गी थिए भन्दै प्रतिवेदनमा भनिएको छ ।

    किताबको पेज ९६ र ९७ कन्ट्रोल रिक्स नामक खोजबिन गर्ने विश्वस्तरीय आर्थिक गुप्तचरी गर्ने संस्थाको आगमन भयो र अनुसन्धानबाट प्रचण्डको हेलो नेपालमा शेयर भएको विश्वास गरेको प्रतिवेदन बनाइएको लेखकले उल्लेख गरेका छन् ।

    टेलिया सोनेरालाई सुमार्गीको हेलो नेपाल किन्न प्रचण्डको लबिङ, कैयौं गुणा महँगोमा खरिद

    किताबमा प्रचण्डको सुमार्गीको कम्पनीमा शेयर भएकोमात्रै होइन सुमार्गीको लागि प्रचण्डले लबिङ गरेकोसमेत लेखिएको छ । किताबको पेज ८६ मा प्रचण्डले टेलिया सोनेराका लगानीकर्ताहरुलाई नेपालमा चलेका तीनमा एक किन्न र त्यो सुमार्गीको किन्न सुझाएको लेखिएको छ । पेज ८३ मा त सन् २००९ मा प्रचण्डले आफैं फोन गरेर सुमार्गीको मोबाइल नेटवर्कको लबिङ गरेको भनिएको छ । माओवादी सञ्चारमन्त्री हुँदा सुमार्गीले लाइसेन्स पाएको प्रसंग उल्लेख छ किताबमा ।

    प्रचण्डको सीधा लबिङ र प्रचण्डसँग सुमार्गीको बलियो साइनो देखेर टेलिया सोनेराले हेलो नेपालमा लगानी गरेको किताबमा उल्लेख छ । हेलो नेपाल सञ्चालन भएको पहिलो एक वर्षमा ८९ हजारमात्रै ग्राहक जोडिए । त्यो बजारको एक प्रतिशतमात्रै जोडिएर हेलो नेपाल ६ करोड डलरभन्दा धेरैको कम्पनी नभएको बताइएको छ । तर, सोही कम्पनीलाई चार गुणा धेरै दिँदै थियो भन्दै पुस्तकको पेज ८७ मा भनिएको छ, ‘किनभने सुमार्गीले दिने कुरा धेरै थिए ।’

    टेलिया सोनेराले दिएको रकम भर्जिन आइल्याडमा भएको सुमार्गीको खातामा पुग्यो

    टेलिया सोनेराले दिएको सुमार्गीको रकम उनको ब्रिटिस भर्जिन आइल्याण्ड पुगेको बताइएको छ । किताबको पेज ८८ मा सुमार्गीको कम्पनी नकिनेमा एनसेलविरुद्ध सुमार्गी जाने भन्दै तेरो किभिसारी नामका टेलिया सोनेराका युरेसिया प्रमुखले मेल लेखेको बताइएको छ । उनले मेलमा सुमार्गीलाई तत्काल ३ करोड डलर चाहिएको भनेको छ । सोही डलर भर्जिन आइल्याण्डमा पुगेको लेखिएको छ । सुमार्गीले सम्पत्ति थुपारेको भनिएको आइल्याण्डको कुरा कोट्याउँदै पेज ८८ मा केही महिनापछि ४ करोड ४० लाख डलर दिएको भनिएको छ ।

    टेलिया सोनेराको उच्च नेतृत्वको प्रचण्ड भेट, सामान्य देखाउन विपक्षी नेता पनि भेटे

    सन् २०११ मा टेलिया सोनेराको टोली नेपाल आयो । मुख्य उद्देश्य प्रचण्ड भेट्नु थियो । तर, प्रचण्डमात्रै भेट्दा असामान्य देखिने भएकाले विपक्षी दलका नेता पनि भेटेको पेज ८९ मा उल्लेख छ । पहिलो भेट प्रचण्डको कार्यालयमा सरकारी अधिकारीहरुसँग र दोस्रो भेट चैँ उनको निवासमा भएको बताइएको छ ।

    उज्बेकिस्तानमा लगानीकर्ताको भ्रष्टाचार मुद्दामा लफडा भएपछि टेलिया सोनेरा सुमार्गीसँग सम्झौता रद्द गर्ने योजनामा पुग्यो । तर, सुमार्गी आफूले भ्रष्टाचार नगरेको भन्दै लण्डन पुगे । सन् २०१३ जुलाई ३१ मा उनले लण्डन पुगेर आफूसँगको सम्झौता रद्द गरेमा राम्रो नहुने धम्की दिएका थिए । त्यसपछि टेलिया सोनेराले सुमार्गीलाई ६ करोड डलर नाफा हुनेगरी हेलो नेपालको आफ्नो शेयर उनैलाई बिक्री गरेको किताबको पेज १०३ मा उल्लेख छ ।

  • विदेशमा नेपाली श्रमिकले किन गुमाइरहेछन् अकालमा ज्यान ?

    विदेशमा नेपाली श्रमिकले किन गुमाइरहेछन् अकालमा ज्यान ?

    बितेका दुई सातामा दक्षिण कोरियामा ६ जना नेपाली युवाको निधन भयो । ६ मध्ये चार जनाको सुतेकै अवस्थामा मृत्यु भएको थियो । एक जनाले दुर्घटनामा ज्यान गुमाए । अर्का युवाले आत्महत्या गरेका थिए । कोरिया नेपालीहरुले सुन्दर भविष्यको कल्पना गर्ने सर्वाधिक रोजाइभित्र पर्ने श्रम गन्तव्य हो । तर, स्वप्न श्रम गन्तव्यमा सुन्दर भविष्यको सपना बुन्दै श्रम गरिरहेका युवाहरुको यसप्रकारको अकाल मृत्युको श्रृंखलाले कोरियावासी नेपालीलाई स्तब्ध तुल्याएको छ ।

    परदेशी जीवन संघर्षपूर्ण हुन्छ । जे जस्तो गाह्रोसाह्रो परे पनि सामना गर्न सक्छु भन्ने हिम्मत राखेर विदेशिने गरिन्छ । यस अवस्थामा परदेशमा रहँदा बस्दा सबैभन्दा ख्याल गर्नुपर्ने भनेको आफ्नो स्वास्थ्य हो ।

    माथिको दुःखद घटनाका बारेमा मैले सम्बन्धित निकायसँग बुझ्दा विभिन्न अवस्थामा मृत भेटिए पनि उनीहरू सबैको मृत्युको प्रमुख कारण मदिरा सेवनसँग सम्बन्धित रहेको पाइएको छ । श्रम गर्न गएका धेरै युवामा रमाइलोका लागि मदिरा सेवन गर्ने गरेको पाइन्छ । यसका अलावा थकान मेटाउन पनि उनीहरुले मदिराको सहारा लिने गरेका छन् । साथीभाइको संगतले थकान मेटिन्छ भनेर विदेश पुगेपछि मदिरा सेवन सुरु गरेको पाइन्छ ।

    तर, यसमा बुझ्नुपर्ने कुरा के हो भने स्वास्थ्यका दृष्टिकोणले मदिरा सेवन राम्रो हुँदै होइन । किनकि यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । नियन्त्रित सीमाभित्र रहेर मदिरा सेवन गर्न सकिने तर्क चिकित्सकहरुले दिने गरेका छन् । केहीले कुनै पनि मात्रामा हुने मदिरा सेवन हानिकारक हुने मत राख्छन् ।

    कोरिया नेपालीहरुले सुन्दर भविष्यको कल्पना गर्ने सर्वाधिक रोजाइभित्र पर्ने श्रम गन्तव्य हो । तर, स्वप्न श्रम गन्तव्यमा सुन्दर भविष्यको सपना बुन्दै श्रम गरिरहेका युवाहरुको यसप्रकारको अकाल मृत्युको श्रृंखलाले कोरियावासी नेपालीलाई स्तब्ध तुल्याएको छ ।

    ५ लाख चिनियाँ नागरिकलाई १० वर्ष नियालेर गरिएको अध्ययनका आधारमा ल्यानसेन्ट जर्नलमा केही वर्ष अगाडि प्रकाशित शोधले ठिक्क वा थौरै मात्रामा मदिरा सेवन गरे पनि त्यसले उच्च रक्तचाप र मस्तिष्काघातको सम्भावना बढाउने उल्लेख गरेको थियो । यसका अलावा अत्यधिक मदिरा सेवनबाट मुटु-कलेजोसम्बन्धी समस्या हुने चिकित्सकीय अध्ययनले देखाएकै तथ्य हो । त्यसैले सकेसम्म पूर्ण रुपमा मदिरा त्याग उत्कृष्ट समाधान हो । तर, सकिँदैन भने कहिलेकाहीं साथीभाइको जमघट गर्नु, रमाइलो गर्नु आफ्नो ठाउँमा छ । तर, ज्यानै जानेगरी नियमित रुपमा अत्यधिक मदिरा सेवन गर्ने बानीलाई छोडौं ।

    यस्तै थकान मेटाउन मदिरा सेवन गर्नेहरु पनि छन् । उनीहरुले थकान तथा तनाव मेटाउन चियालगायतका अन्य स्वस्थवर्द्धक विकल्प रोज्न सक्छन् । जस्तैः विभिन्न अध्ययनले क्यामोमाइल चियाको नियमित सेवनले अनिदो, तनाव तथा थकानको समस्यामा सहयोग पुग्ने देखाएको छ । त्यसैले मदिराको सट्टा यी सजिला विकल्पलाई किन आत्मसात नगर्ने ? यसले स्वास्थ्यसँगै पैसा बचतमा समेत सहयोग पुर्‍याउँछ ।

    यसैगरी मदिरा सेवन गरेर साइकल, मोटरसाइकल, स्कुटर, कार आदि सवारीसाधन हाँक्ने काम नगरौं । किनकि यसले हुन जाने दुर्घटनाबाट ज्यानै जान सक्ने खतरा त छँदैछ, यसको साथमा प्रहरीको फन्दामा परियो भने ठूलो सजाय हुनसक्छ । यी मामिलामा दोषी पाइएमा कोरियाली कानूनअनुसार अधिकतम घटना हेरी दुई वर्ष कैद तथा १० हजार अमेरिकी डलरसम्म जरिवाना हुन्छ । यदि दुर्घटनामा परेर कसैको ज्यान गएमा थप कडा सजायको व्यवस्था छ ।

    विदेशमा गएकाहरुले शारीरिकसँगै मानसिक स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । परदेशको ठाउँ हुँदा धेरैमा एक्लो महसुस हुने गर्छ । यसका लागि सामाजिक घुलनमा रहनुपर्छ । अर्थात, घरपरिवार, आफन्त, साथीभाइसँग सधैं सम्पर्कमा रहने गरौं । बिदाको समयमा साथीभाइहरु जमघट भएर कुनै रचनात्मक कार्यतर्फ मन लगाउने, घुमफिर गर्ने, रमाइलो गर्ने बानी बसालौं । काम काम भनेर काममा मात्र आफूलाई व्यस्त नराखौं । यसले मनलाई ताजा र आनन्दित रहनमा सहयोग गर्छ ।

    थकान मेटाउन मदिरा सेवन गर्नेहरु पनि छन् । उनीहरुले थकान तथा तनाव मेटाउन चियालगायतका अन्य स्वस्थवर्द्धक विकल्प रोज्न सक्छन् । जस्तैः विभिन्न अध्ययनले क्यामोमाइल चियाको नियमित सेवनले अनिदो, तनाव तथा थकानको समस्यामा सहयोग पुग्ने देखाएको छ ।

    यसले एक्लो अनुभव हुन दिनेछैन । कतिपय घरपरिवारसँग सम्पर्कविहीन बस्ने गरेका गुनासाहरु अत्यधिक आउने गरेका छन् । एकांकीपनले विभिन्न मानसिक समस्याहरु निम्त्याउने गर्छन् । यसतर्फ ख्याल गर्नुपर्छ । जीवनभन्दा अमूल्य अरु केही छैन । त्यसैले सुन्दर जीवनलाई यत्तिकै खेर नफालौं । हरेक चुनौतीसँग सामना गर्दै स्वास्थ्य र सुन्दर जीवनयापन गर्न सिकौं । परिवारले तपाईं फर्किने बाटो कुरेर बसेका छन् भनेर सधैं हेक्का राखौं ।

    कुनै समस्या छ भने सहयोग मागौं । भित्रभित्रै पिल्सेर आफूलाई तनावमा नराखौं । सरकारी तथा गैरसरकारी तहमा नागरिक तथा श्रमिकका विभिन्न समस्या हेर्न विभिन्न निकाय र संस्थाहरु क्रियाशील छन् । तिनीहरुको मद्दत लिन सकिन्छ । कामको चापले धनको आर्जनसँगै तनमा तनाव ल्याउने गर्छ, जसको असर रक्तचापमा देखिने गर्छ । तसर्थ, रक्तचापको नियमित निगरानी जरुरी हुन्छ । कोरियाका कुपाङलगायतका अनलाइन सपिङ साइटहरुमा रक्तचाप नाप्ने साधनहरु पाइन्छ । तिनलाई किनेर कोठामै राखौं र बेलाबेलामा चेकजाँच गर्ने गरौं ।

    प्रायः डे-नाइट काम गर्नेहरुको प्रेसर अनियमित हुने गर्छ, ख्याल गरौं । यसैगरी निद्रा नपुगेको वा शरीरले नसकेको अवस्थामा बलपूर्वक काम नगरौं ।

    माथि उल्लेख गरिएअनुसार विदेशमा श्रम गर्नेहरुमा अनिँदोको समस्या रहने गरेको छ । उनीहरुले सोको समाधान गर्न मदिराको सहारा लिने गरेका छन् । यी क्षणिक समाधानभन्दा विकल्प रोज्नुपर्छ र कम्तीमा शरीरलाई ८ घण्टा आराम दिने वातावरण बनाउनुपर्छ । यसका लागि आफ्नो दैनिक कार्यतालिकालाई अनुशासित र व्यवस्थित गर्ने गरौं । धेरैजनामा कामपछि साथीभाइ जमघट भएर अबेर सुत्ने बानी हुन्छ । यसमा ८ घण्टा आरामको तालिकालाई सम्झौता नगरौं । स्वस्थ शरीर रहे भोलिका दिनमा पनि काम गरेर कमाउन सकिन्छ ।

    यी कुराहरुमा ध्यान दिने हो भने परदेशको जीवनमा आफूलाई ठीक अवस्थामा राख्न सकिन्छ । हरेक कुरा अभ्यासबाट नै अभ्यस्त हुने हुँदा आफू रहने गरेको ठाउँअनुसार आफूलाई आत्मसात गरौं र सन्तुलित रहन सिकौं ।

    (डा.पौडेल दक्षिण कोरियाको राजधानी सियोलस्थित ग्वाङशो विश्वविद्यालयकी प्रोफेसर हुन् ।)

  • चौराहमा कांग्रेसले ठड्याएको खुमबहादुरको शालिक !

    चौराहमा कांग्रेसले ठड्याएको खुमबहादुरको शालिक !

    दाङको राजनीतिक वृतमा खुमबहादुर खड्का नाम कुनै नौलो होइन । ४० को दशकको करिब अन्त्यतिर जन्मेको मलाई ठाडो भाषामा भन्ने हो भने खुमबहादुर गाउँ पसे भने कांग्रेस ‘छाडा साँढे’ बन्थे भने कम्युनिष्टले आफ्नै घरबाहिर निस्कन पनि आँट गर्ने अवस्था थिएन ।

    एक प्रकारले भनौँ, खुमबहादुरको नाममा ‘काँग्रेस आतंक’ थियो मेरो गाउँमा । मेरो परिवार राजनीतिक रूपमा कांग्रेस नै थियो । त्यसमा पनि खुमबहादुरको आफन्त । मेरो बुवाले खुमबहादुर खड्काको सहोदर दाइको छोरी बिहे गर्नुभएको थियो । उहाँको निधनपश्चात बुवाले मेरो आमालाई बिहे गर्नुभएको हो । मेरो अहिलेको मावली पनि खुमबहादुरकै नातेदार पर्नुहुन्छ । यति भएपछि घरमा कांग्रेसका नेता-कार्यकर्ताको आवतजावत हुनु सामान्य नै भयो ।

    अहिले पनि मलाई सम्झना छ, २०५१ को मध्यावधि चुनावको मतदान केन्द्र मेरै गाउँको सरकारी विद्यालयमा थियो । चुनावको अघिको दिन राति हाम्रो घरमा जसपुरबाट ४/५ जना कांग्रेसी युवाहरू बास बस्न आए । मलाई बुवाले मामा भन्दै चिनजान गराइदिनु भयो । मैले पालैपालो हातमा ढोगेँ ।

    बिहान ४ बजे मामाहरू सँगै म पनि उठेँ । मामाहरू हातमा बञ्चरो र खुर्पा लिएर हाम्रो मंगिरघारीतिर लागे । म पनि उनीहरूलाई पछ्याउदै गएँ । उनीहरूले २०/२५ वटा जति मंगिर काटे र लठ्ठी बनाएँ । पाहुना आएका मामाहरूले लठ्ठी किन बनाए भनेर मलाई कौतुहलता जाग्यो । मैले सोधेँ, ‘मामा यीनी लठ्ठी के गर्ने हुन् ?’ मामा मध्येका एकजनाले जवाफ दिए, ‘खुमबहादुरलाई भोट नहाल्नेलाई हान्नलाई हो भान्जा ।’

    शेरबहादुरले खुमबहादुरको गुणगान गाएर शालिक अनावरण गर्दै गर्दा काठमाडौं संसदमा कांग्रेसले सहकारीमा भ्रष्टाचार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागिरहेको थियो । कांग्रेसका ‘पपुलर’ नेताहरू सुशासनको दुहाइ दिँदै भ्रष्टाचारी जुनसुकै पार्टीको र जतिसुकै शक्तिशाली भए पनि छाड्न नहुने भनेर गर्जिरहेका थिए ।

    मामाको यो जवाफले मेरो मथिङ्गल नराम्रोसँग हल्लियो । लाठी लगेर मामाहरू सहित मेरा बुवा, ताराबहादुर डाँगी, थामबहादुर डाँगीलगायतको कांग्रेसी जत्था ‘नेपाली कांग्रेस जिन्दावाद ! खुमबहादुर दाइ जिन्दावाद !! एमाले चोर मुर्दावाद !!’ भन्दै मतदान केन्द्रतिर लागे । फलस्वरूप मतदान केन्द्र कांग्रेसले कब्जा गर्‍यो । भएका थोरै एमालेका नाममा पनि कांग्रेसले नै भोट हाले ।

    कांग्रेसका लिडरले कम्तीमा एकजनाले १० पटकभन्दा बढी भोट हाले । मैरै बुवाले भन्नुहुन्थ्यो, ‘१५ पटक खुमबहादुरलाई भोट हालेँ ।’ खुमबहादुर भारी मतका साथ विजयी बने । हाम्रो गाउँमा मात्रै होइन, तत्कालीन दाङ क्षेत्र नम्वर ३ भरी नै खुमबहादुरको दबदबा थियो । एमालेले लजास्पद हार व्यहोर्‍यो ।

    खुमबहादुर नाताले मेरा मावली बाजे । उनले चुनाव जिते । तर, मेरो मन रमाएन । मेरो बालमस्तिष्कले खुमबहादुरको जित स्वीकार गरेन । किनकी, उनले जनताको मतले भन्दा पनि लठ्ठीको त्रासले जितेको मेरो निष्कर्ष थियो । जसका कारण खुमबहादुर मात्रै होइन, कांग्रेसप्रति नै मलाई वितृष्णा पैदा गरायो । खुमहादुर चुनाव जितेर निर्माण तथा यातायात मन्त्री बने । कांग्रेस आतंककै कारण म गाउँमा ‘विद्रोही’ भएर निस्किएँ ।

    ०५४ मा स्थानीय चुनाव भयो । त्यतिबेला मेरो बुवा पनि कांग्रेसबाट वडा सदस्यमा चुनाव लड्नु भयो । कांग्रेसको दबदवा उस्तै थियो । एमालेले तत्कालीन गोल्टाकुरी गाविसमा अध्यक्ष खाली राखेर उपाध्यक्षमा उम्मेदवारी दियो । उम्मेदवार थिए रेशम चौधरी । आफ्नै बुवा कांग्रेसबाट उम्मेदवार भए पनि म एक दिन एमालेको चुनावी प्रचार र्‍यालीमा हिडिदिएँ । ‘एमाले जिन्दावाद’ भन्दै नारा लगाएँ ।
    त्यतिबेला ७ बर्षको फुच्चे मलाई राजनीति भन्ने थाहा नै थिएन । चुनावमा कांग्रेसले पिट्छन् भन्ने मात्रै छाप बसेको थियो । एमालेले उपाध्यक्षमा जिते पनि हाम्रो वडामा भने कांग्रेसको प्यानलै निर्वार्चित भयो । चुनाव जितेपछि जितेकाले पैसा उठाएर भोज ख्वाउने कुरा भयो । बुवाले चुनाव जितेकाले म पनि बुवाको जितौरी खान गएँ । तर, जितेकामध्ये एउटाले मलाई देखाएर फ्याट्टै भन्यो- यो त एमालेको प्रचारमा हिँड्थ्यो, यसलाई मासुभात नदेऊ है । यति सुनेपछि म रूँदै घर फर्केको अहिल्यै जस्तो लाग्छ ।

    मैले आफ्नै बाल्यकालको स्मृति किन प्रस्तुत गरेको हुँ भने, त्यतिबेला गाउँगाउँमा जति कांग्रेसको ज्यादती थियो । त्यो सबै खुमबहादुरकै आडमा हुन्थ्यो भनिरहन नपर्ला ।

    खुमबहादुर २०५६ को आमनिर्वाचनमा दाङ क्षेत्र नम्वर १ बाट चुनाव जितेर पटक-पटक मन्त्री बने । उनले दाङमा सुरूमा गरेको विकास भनेको देउखुरीको राप्ती र शितलपुरको बबई नदीमा पुल निर्माण हो । एउटा गाडी पास हुने साँघुरा दुई पुल बन्दा पनि दंगालीले उनको वाहीवाही गरे । त्यतिबेला नै दुई लेनको पुल आवश्यक थियो । गाडी थोरै भए पनि दोहोरो आवतजावत त हुन्थ्यो नै । तर, एकतर्फी मात्रै गाडी चल्न मिल्ने पुल बनाइयो । सडक डिभिजनका अधिकारीहरू (जो अहिले रिटायर्ड भइसकेका छन्) भन्छन्- ‘पुलको स्टमेट र बजेट टु लेनकै थियो । तर, वान लेन मात्रै बनाएर टु लेनकै भुक्तानी गरियो । करिब ५/५ करोडमा भुक्तानी गरिएका दुई पुलबाट झन्डै आधा रकम खुमबहादुर आफैंले लगे ।’

    यसरी सुरू भएको थियो खुमबहादुरको भ्रष्टाचार यात्रा, जुन निरन्तर अगाडि बढिरह्यो । ०५८ सम्म खुमबहादुरको दाङमा एकछत्र राज चल्यो । उनको बिरोध गरे समर्थकबाट कुटाइ खाने खतरा हुन्थ्यो ।
    वि.सं. २०५८ मा विशेष अदालतमा खड्काविरूद्व भ्रष्टाचारको मुद्दा पर्‍यो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट खड्का दोषी ठहर भए । दुई करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा २०६३ चैतमा पुनरावेदन गर्‍यो ।

    सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद, रु. ९४ लाख ७४ हजार एक सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । उनले जेल सजाय र जरीवाना भुक्तान गरे । जेल बसेपछि ‘विकास प्रेमी’ नेताको छविमा कहिल्यै नमेटिने गरी भ्रष्टाचारको टीका लाग्यो । उनले भ्रष्टाचार गरेर कमाएको रकमको जुठोपुरो चाखेका बाहेकले उनलाई काँध छोडे । उनी पार्टीभित्र र बाहिर विस्तारै कमजोर बन्दै गए । वि.सं. २०७४ चैत १६ गते ६७ वर्षको उमेरमा खड्काको निधन भएको थियो ।

    खुमबहादुर नाताले मेरा मावली बाजे । उनले चुनाव जिते । तर, मेरो मन रमाएन । मेरो बालमस्तिष्कले खुमबहादुरको जित स्वीकार गरेन । किनकी, उनले जनताको मतले भन्दा पनि लठ्ठीको त्रासले जितेको मेरो निष्कर्ष थियो । जसका कारण खुमबहादुर मात्रै होइन, कांग्रेसप्रति नै मलाई वितृष्णा पैदा गरायो । खुमहादुर चुनाव जितेर निर्माण तथा यातायात मन्त्री बने । कांग्रेस आतंककै कारण म गाउँमा ‘विद्रोही’ भएर निस्किएँ ।

    खड्काको निधन भएको ठीक दुई वर्ष पुगेकै दिन ०७६ चैत १६ गते कांग्रेसले लमही ९ अमिलिया चोकमा उनको शालिक बनाउन सुरू गर्‍यो । कांग्रेसको यो कार्यलाई धेरैले आलोचना गरेका थिए । २० लाख ४८ हजार रूपैयाँ खर्चेर बनाइएको शालिकको उद्घाटन यही चैत १६ मा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् ।

    शालिकको घुम्टो खोल्दै देउवाले भने, ‘खुमबहादुरलाई झुटो मुद्दामा फसाइयो । उहाँ भ्रष्टाचारी हुँदै होइन ।’ देउवाको भाषणलाई कांग्रेसका इमान्दार नेता-कार्यकर्ताले सहजरूपमा लिन सकेका छैनन् ।
    दाङ कांग्रेसका एक पूर्वसभापति भन्छन्, ‘भ्रष्टाचार ठहर भएर जेल बसेको मान्छेको चोकमा शालिक बनाउनु राम्रो होइन । यसले कांग्रेसलाई घाटा गर्छ भन्ने हामीलाई थाहा छ । तर, सार्वजनिक रूपमा विरोध गर्न सकिने स्थिति छैन ।’

    शेरबहादुरले खुमबहादुरको गुणगान गाएर शालिक अनावरण गर्दै गर्दा काठमाडौं संसदमा कांग्रेसले सहकारीमा भ्रष्टाचार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागिरहेको थियो । कांग्रेसका ‘पपुलर’ नेताहरू सुशासनको दुहाइ दिँदै भ्रष्टाचारी जुनसुकै पार्टीको र जतिसुकै शक्तिशाली भए पनि छाड्न नहुने भनेर गर्जिरहेका थिए ।

    तर, ‘भ्रष्टाचारी’ को दाग लागेका आफ्नै पार्टीका स्वर्गीय नेताको सगर्व शालिक ठड्याइँदा उनीहरूले मौनता साँधे । बोली र व्यवाहारको दोहोरो मापदण्ड स्पष्ट झल्कियो । यो घटनाले एउटा बहसको पनि सिर्जना गरेको छ कि जिउँदो हुँदा भ्रष्टाचारी ठहरिएको कुनै नेता मरणोप्रान्त स्वतः महान बन्छ ? यही दृष्टान्त पछ्याउँदै जाँदा भविष्यमा कांग्रेसले आफताब आलमको पनि शालिक नठड्याउला भन्न सकिएन ।

  • ‘महाजात्रा’ र राजनीतिक कार्यकर्ता

    ‘महाजात्रा’ र राजनीतिक कार्यकर्ता

    केही समय पहिला नेपाली चलचित्र ‘दिमाग खराब’ आयो । हेर्न पुगियो । ठूला राजनीतिक दलहरुको कारण देश बर्बाद भयो । अब नयाँ शक्तिहरुले मात्र यो ध्वस्त भएको नेपालको अवस्थामा परिवर्तन गर्न सक्छन् भन्ने सन्देश थियो । फेरि अहिले नयाँ ‘महाजात्रा’ चल्यो । साथीहरुको अनुरोधमा चलचित्र हेर्न जाने निर्णय गरियो । हल केही सीटबाहेक भरिएको थियो । ‘शत्रुगते’, ‘महापुरुष’, ‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता सफल चलचित्र लेखी निर्देशन गरिसकेका प्रदीप भट्टराईको पछिल्लो चलचित्र ‘महाजात्रा’ पनि राम्रो छ भन्ने पक्कै पनि थियो । प्रदीप भट्टराईको लेखनमा बनेका चलचित्रमा मौलिक कथा र कलाकारको जीवन्त अभिनयले नेपालीपन पस्किन सक्छ । यही दृष्टिकोणबाट उत्साहित हुँदै थियौं ।

    फिल्म सुरु भयो । हेर्दै जाँदा म रमाउन पटक्कै सकिनँ । जसको कारण थियो- म राजनीतिमा लागेको एउटा कार्यकर्ता थिएँ । त्यो पनि ठूला राजनीतिक दल भनिएको नेकपा एमालेको । मेरो परिवारका कोही पनि सदस्य राजनीतिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । स्नातक तहको सुरुमै क्याम्पसमा भएका विभिन्न भ्रातृ संगठनमध्ये अनेरास्ववियुको काम र नेतृत्वबाट प्रभावित भएर संगठनमा आवद्ध भएको थिएँ । अलि समय बित्दै जाँदा मूल पार्टीको विचार बुझियो । कार्ल मार्क्सको विचार र लेनिनको संगठनात्मक संरचनासँगै जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसात गरेको बुझ्दा त झनै गर्व लागेको थियो । त्यस विचारले अहिलेसम्म सशक्त रुपमा राजनीतिमा सक्रिय भइरहन थप प्रेरणा पनि प्रदान गरेको छ ।

    मैले यस्तै सोच्दै थिएँ- हल हाँसोले गुञ्जायमान भयो । म झसङ्ग भएँ । हलभरिका मानिसहरु हाँसिरहेका छन्, मलाई त्यो हाँसोले घोच्यो । म किन रमाउन सकिनँ । चलचित्रमा देखाइएको छ- नेताले नीतिगत भ्रष्टाचारदेखि सुनकाण्ड, मान्छे मार्ने प्रपञ्चसम्म हरेक अनैतिक कार्य गरिरहेको छ । सुविधासम्पन्न बङ्गलामा बसेको छ, पुस्तौंपुस्तालाई पुग्ने सम्पत्ति कमाएको छ । उसका परिवारले विलासी जीवन व्यतित गरेका छन् । देशमा बेरोजगारी व्याप्त छ, निर्दोषलाई फसाइएको छ । दोषीहरु पैसा र शक्तिको आडमा खुलेआम हिँडेका छन् । चलचित्र सकियो । म त्यहाँबाट निस्कें ।

    हल हाँसोले गुञ्जायमान भयो । म झसङ्ग भएँ । हलभरिका मानिसहरु हाँसिरहेका छन्, मलाई त्यो हाँसोले घोच्यो । म किन रमाउन सकिनँ । चलचित्रमा देखाइएको छऔ नेताले नीतिगत भ्रष्टाचारदेखि सुनकाण्ड, मान्छे मार्ने प्रपञ्चसम्म हरेक अनैतिक कार्य गरिरहेको छ ।

    राति पटक्कै निद्रा परेन । के जीवनकालको ऊर्जावान समय व्यतित गरेको राजनीतिक दलले यही गरेको छ त ? सचेत बनौं । यदि साँच्चिकै यस्तो काममा कोही समाहित भएको छ भने यो देश र पार्टीको विचार, वीर शहीदहरुको बलिदान र निःशर्त समाज परिवर्तनका खातिर पार्टीमा आवद्ध निष्ठावान नेता कार्यकर्ता र सिङ्गो देशले धिकार्नेछन् । राजनीति सेवा हो र यसका माध्यमबाट समाज परिवर्तन गर्न निस्किएका लाखौं नेता कार्यकर्ता मिलेर यस्ता केही धमिराहरु पार्टीमा छन् भने तिनका विरुद्ध डटेर लागौं । कोही नेता कार्यकर्ताले गलत मानसिकता बोकेर पार्टीलाई भर्‍याङ बनाइरहेको पो छ कि ? पार्टी नेतृत्व सचेत हुन जरुरी छ । तर, चलचित्रमा देखाएको जस्तो सबै राजनीतिक दल र नेताहरूले गलत गरेका छैनन् । केही व्यक्तिका कारण समग्र पार्टीलाई त्यही आँखाले हेर्नु र दृष्टिकोण बनाउनु सर्वथा गलत हुनेछ ।

    नकारात्मकता फैलाउने र मनोभावनासँग खेलेरमात्र नेता बन्न खोज्नेहरुको हैकम चलिरहेको समयमा ‘महाजात्रा’ निर्माण टीमले नेपालमा बिक्ने विषय राजनीतिक दलप्रतिको प्रहारलाई कथावस्तु बनाएको छ । अन्य हिसाबमा हेर्दा महिलाहरुको एकताबाट आउने नतिजा सकारात्मक हुनेदेखि देशमा युवाले भोग्नुपरेको बेरोजगारी समस्यासम्मले निम्त्याएको अवस्था राम्रो तरिकाले देखाइएको छ । यति सोच्दासोच्दै भोलिबाट संगठनमा थप सशक्त भएर लाग्ने र पार्टीप्रति अझ बफादार बन्ने अठोट गर्दागर्दै कहिले आँखा लाग्यो पत्तै भएन ।

    (सापकोटा अनेरास्ववियु अनुशासन आयोगकी अध्यक्ष हुन् ।)

  • जब प्राध्यापक सूर्य सुवेदीलाई अमेरिकी राजदूतले भने- खानामा विष हाल्न सक्छन्

    जब प्राध्यापक सूर्य सुवेदीलाई अमेरिकी राजदूतले भने- खानामा विष हाल्न सक्छन्

    काठमाडौं । दुई वर्ष अगाडि बेलायतबाट विश्वभर स्थापित नेपाली प्राध्यापक सूर्य सुवेदीले लण्डन र न्यूयोर्कबाट आफ्नो किताब प्रकाशन गरे । किताबको नाम थियो- दि वर्किङ अफ ह्युमन राइट्स, ल एण्ड जस्टिस्ः अ जर्नी फ्रम नेपाल टु नोबेल नोमिनी । उनै प्राध्यापक सुवेदीको अहिले नयाँ पुस्तक आएको छ । पहिलो पुस्तकका लेखक उनी आफैं हुन् । दोस्रो पुस्तकको लेखन तथा सम्पादन भने बीबीसी नेपाली सेवाका पूर्वपत्रकार भगीरथ योगी र कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेलले गरेका छन् । दुई किताबको नाममा एउटा कुरा मिल्छ- नोबेल पुरस्कारको मनोनयन ।

    बुक हिलबाट प्रकाशन भएर यही महिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकार्पण गरेको २६४ पेजको पुस्तक प्राध्यापक सुवेदीको प्याकेज खुराक समेटिएको जीवनी हो । लमजुङको खुदीमा पण्डित परिवारमा जन्मेका सुवेदी कसरी बेलायतको हल विश्वविद्यालयबाट स्तातकोत्तर, अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि तथा महाविद्यावारिधिको आर्जनमा पुगे भन्ने कुरा किताबमा पढ्न पाइन्छ । किताबमा एक वैश्विक नेपालीको शैक्षिक तथा सामाजिक सफलताका किस्साहरु रोचक ढंगले आएका छन् ।

    किताबमा सुवेदीका एकोहोरो कुरामात्रै छैन, उनलाई चिनेकाहरुले उनलाई कसरी हेर्छन् भन्ने एक अलग अध्यायसमेत छ । विभिन्न सात परिशिष्टले पुस्तकलाई पठनीय र विश्वसनीय बनाएका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनमा नेपाल ल क्याम्पसका नेता सुवेदी तीन महिना जेल बिताएर पनि पछि राजनीति चटक्कै छोडेर प्राज्ञिक कर्ममा लागे । आफ्नो करिअर बनाए । देशको पहिचान बनाए ।

    जब अमेरिकी राजदूतले खानामा विष हुन सक्ने सुझाए

    सन् २००९ मार्च २५ मा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद अध्यक्षले सुवेदीलाई कम्बोडियाको लागि मानव अधिकारसम्बन्धी राष्ट्रसंघका विशेष समादेशकमा मनोनयन गरे । जुन १४ मा उनी थाइल्याण्डको सुवर्णभूमि विमानस्थल हुँदै कम्बोडिया पुगे । प्रजातान्त्रिक अभ्यासमा वामे सर्दा धेरै सकस भएको अवस्थामा थियो कम्बोडिया । प्रधानमन्त्री थिए हुन सेन ।

    सुवेदी अगाडिका संयुक्त राष्ट्रसंघका समादेशक कार्यकाल नसकिँदै फर्किएका थिए । सुवेदीलाई पनि काममा सजिलो थिएन । उनलाई कम्बोडियाको खराब मानव अधिकारको अवस्थामा सजग गराउनुपर्ने जिम्मेवारी थियो । हुन सेनले त्यसलाई नकार्ने निश्चित थियो । यसले दुईबीचमा राम्रो हुने कुरा भएन । कतिसम्म भयो भने विपक्षीले सुवेदीलाई उजुरी लिएर गुहार्ने र सत्ताधारीले सुवेदीको सत्तोसराप गर्ने । मेकेङ कम्बोडिया विश्वविद्यालयमा त सत्ताधारी दलका विद्यार्थीहरुले उनीविरोधी नाराजुलुसै गरे, हुन सेनले राजा फालेको र संविधान नभएको देशको भन्दै होच्याए ।

    प्रधानमन्त्रीसँग नै सकस भएपछि उनलाई जोखिम भएको भन्न सुवेदी बसेको होटल पुगेका थिए कम्बोडियाका लागि अमेरिकी राजदूत बिल टड । उनले सुवेदीलाई खानामा विष मिसाउन सक्ने भन्दै सजगसमेत गराए । सुवेदीको जीवनमा आएको यो नै जीवनमरणको पहिलो अनुभव होइन । सन् १९८६ जुन २६ मा बेलायत जानुभन्दा दुई हप्ता अगाडि धरान ससुराली जाने क्रममा उनी चढेको बस मुग्लिङको सडकबाट खसेर नदीमा प¥यो । दुर्घटनामा बस चालकसहित आठ जनाको ज्यान गयो । घाइते सुवेदी दुई र श्रीमती कोकिला पाँच दिन अस्पतालको उपचारपछि डिस्चार्ज भएका थिए ।

    सुवेदीको कार्यकालमै सन् २०१२ मा आसियानको शिखर सम्मेलनमा पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि मानव अधिकारको मुद्दामा कम्बोडियाको आलोचना गरेका थिए । कम्बोडियामा खराख अनुभवले सुरु भएको सुवेदीका पछिल्ला कदम सुखद रहे ।सत्तापक्षबाट पनि उनले सकारात्मक प्रतिक्रिया पाए । त्यसैको फलस्वरुप उनलाई कम्बोडियाका विपक्षी दलका नेताले समेत नोबेल शान्ति पुरस्कारमा मनोनयन गरे ।

    जेनेभाका लागि कम्बोडियाका राजदूत रहेका अनुहार उनका विद्यार्थी हुन लिड्स विश्वविद्यालय आए । सुरुमा विपरीत कित्तामा रहेका उनी पछि सुवेदीको विद्यावारिधिको विद्यार्थी हुन लिड्स पुगेका थिए ।

    आफ्नो जरा र सभ्यतामा इमानदार सुवेदी

    एक वैश्विक नेपालीले कल्पने लक्ष्यभन्दा माथि पुगेको प्रोफाइल छ सुवेदीको । दुई शताब्दीभन्दा लामो सम्बन्ध भएको बेलायतमा नेपालीले व्यक्तिगत तथा प्राज्ञिक रुपमा पाउने उपाधिमा सुवेदी विलक्षण छन् । जस्तैः सन् २००४ अक्टोबर १३ मा उनलाई दि अर्डर अफ दि ब्रिटिस एम्पायर (ओबीई) सम्मान दिने घोषणा बेलायती दरबारले ग¥यो । सन् २०१० मा उनी बेलायती परराष्ट्रमन्त्री बिलियम हेगका सल्लाहकार भए । सन् २०१७ जनवरी १२ मा उनलाई महारानीले क्वीन्स काउन्सेल नियुक्त गरिन् ।

    बेलायतकै रोयल एसियाटिक सोसाइटीले ‘प्राध्यापक सूर्य सुवेदी पुरस्कार’ स्थापना गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले पनि उनको नाममा पुरस्कार स्थापना गरेको छ । सन् २०१९ मा अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि दियो । सन् १९०८ मा चन्द्रशमशेरपछि यो उपाधि पाउने नेपाली हुन् सुवेदी । चन्द्रशमशेरलाई दिइएको राजकीयवाला हो भने उनले पाउने प्राज्ञिक क्षेत्रको हो । यो असाधारण सम्मान हो ।

    उनले नेपालबाहेक बेलायत, चीन, कतार, नेदरल्याण्डस्, भियतनाम, इण्डोनेसिया, लाओस जस्ता देशलाई कानूनी सल्लाह दिइसकेका छन् । तर, सुवेदी आफ्नो जरा र सभ्यता भुल्दैनन् । उनले पूर्वीय हिन्दू बुद्ध परम्पराको सम्मान दिएका छन् । आफ्नो विधागत क्षेत्रमा एक पुस्तक लेखेरै उनले सम्मान गरेका छन् आफ्नो सभ्यताको । उनले लेखेको र सन् २०२१ मा प्रकाशित किताब ‘ह्युमेन राइट्स इन इन्टर्न सिभिलाइजेसन’ अर्थात पूर्वीय दर्शनमा मानव अधिकार विश्व चर्चित छ ।

    उनी अंग्रेजीमा पोख्त छन् । अंग्रेजीमै आफ्नो करिअर बनाए । अंग्रेजहरुसँगै बसे । तर, उनको लमजुङ खुदीको संस्कृत प्रधान पाठशाला र घरमा सिकेको संस्कृतमा उनी उत्तिकै गर्व गर्छन् । आफ्नो प्राज्ञिक प्रगतिको आधार नै संस्कृत शिक्षा भएको सूवेदी बताउँछन् । सुवेदी संस्कृतिका ग्रन्थ सुबहु मान्ने पक्षधर भने होइनन् । उनी ईसापूर्व छैटौं शताब्दीमा लेखिएको मनु स्मृतिको सन्देशलाई २१औं शताब्दी सुहाउँदो बनाउन चाहन्छन् । राम्रो ग्रन्थ भए पनि हिन्दू समाजभित्र विभेदपूर्ण जाति प्रणालीलाई मनु स्मृतिले संस्थागत गरेकोमा चिन्तित सुवेदी यसलाई विश्वभरका हिन्दू विद्वानहरु ल्याएर अद्यावधिक गर्न चाहन्छन् । आफ्नो भविष्यका चाहनाहरुमा यसलाई उनले छैटौं भनेका छन् ।

    सुवेदीको संस्कृति र सभ्यताप्रेम अर्को उदाहरण उनले जब अक्सफोर्डबाट महाविद्यावारिधि पाए, त्यही बेला सुवेदी लण्डन घरमा पुराण लगाइरहेका थिए । सुवेदीका अक्सफोर्डका सहपाठी तथा कानूनविद् डाक्टर जेम्स बुसुटिलले पनि सुवेदीको सभ्यतामोह देखेका छन् खासगरी हिन्दूको । त्यसमा टिप्पणी गर्दै उनले भनेका छन्, ‘सूर्यलाई चिन्ने जोकोहीले पनि हिन्दू धर्मप्रतिको आस्था उनको जीवनको केन्द्रीय भागमा रहेको सहजै बुझ्न सकिन्छ ।’

    देशलाई काम आएको सुवेदीको दक्षताः शान्ति क्षेत्रको सवालदेखि चुच्चे नक्सा मुद्दा

    कानूनमा स्तानक सकेर सुवेदीले सन् १९८१ मा सर्वोच्च अदालतमा काम गर्न अधिवक्ताको इजाजत लिए । बेलायती छात्रवृत्ति पाएर उनले सन् १९८६ मा बेलायतको हल विश्वविद्यालयबाट कानूनमा स्नातक पढे । पढाइ सकेर फेरि स्वदेश आए, सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश धनेन्द्रबहादुर सिंहको अनुसन्धान अधिकृत भएर काम गरे ।

    सन् १९८९ सेप्टेम्बर ३० मा अक्सफोर्डको विद्यावारिधि छात्रवृत्ति पाएर बेलायत गएका सुवेदी त्यसबेलादेखि घरी बेलायत त घरी नेदरल्याण्ड गर्दै अहिले युरोपमै छन् । तर, सुवेदीको योगदान देशमा तारन्तार छ । स्नातकोत्तर छात्रवृत्तिको शोधको रुपमा उनले गरेको अध्ययनले तत्कालीन राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावलाई सहयोग पुग्यो । २०४५ सालको भारतीय नाकाबन्दीको मुद्दामा पनि सुवेदीको अध्ययनलाई वीरेन्द्रले पूँजीको रुपमा प्रयोग गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको नाकाबन्दीदेखि चुच्चे नक्साको मामिलामा कानूनी सहयोग लिए । प्रधानमन्त्री प्रचण्डले एससीसीको बारेमा लिएको सुझावमा पनि सुवेदीले लिखित सल्लाह दिएका थिए । जुन संसदबाट भएको व्याख्यात्मक टिप्पणीको रुपमा सार्वजनिक भइसकेको छ ।

    निजी मोबाइल सेवाप्रदायक एनसेलले विश्व बैंंक मातहत रहेको विवाद समाधान गर्ने संयन्त्र आईसीएसआईडीमा गरेको मुद्दामा पनि नेपालको पक्षमा लडे सुवेदी । एनसेललाई हेगमा नेपाल सरकारले हालेको मुद्दामा नेपालको पक्षमा लडेर जीत निकाल्ने पनि सुवेदी नै थिए, जसको नजितास्वरुप सन् २००३ मा गैरआवासीय नेपाली संघ औपचारिक रुपमा स्थापना भयो । गैरआवासीय नेपाली संघको स्थापनाको अवधारणापत्र र विधान तर्जुमाकर्ता पनि सुवेदी नै थिए ।

    भौगोलिक रुपमा बेलायतमा भए पनि भावनात्मक रुपमा सुवेदी नेपालमै छन् । त्योबारेमा बेलायती अखबार योर्कशायर पोस्टमा पत्रकार शिना ह्यास्टिङ्सनले सन् २००८ मा सुवेदीका बारेमा लेखेकी छन्, ‘सूर्य सुवेदी युकेमा बस्छन् र काम गर्छन् । तर, उनको आफ्नो मूलथलो नेपालको रक्षाका निम्ति महत्वपूर्ण भूमिका बहन गरिरहेका छन् ।’

    सुवेदीले बेलायती महारानीबाट ओबीई सम्मान पाउँदा बेलायती विदेशमन्त्री ज्याक स्ट्र उद्घोषक रहेका थिए । २०६१ साल कार्तिकमा भएको उक्त कार्यक्रममा सुवेदीले भनेका थिए, ‘बेलायत र नेपालप्रतिको मेरो समर्पण टुक्रिएको छैन, बरु दुवैतिर छरिएको छ ।’ १२ पुस्तक, ६० अनुसन्धानमूलक लेख लेखेर विश्वका सात विश्वविद्यालयमा पढाएका र ८६ देश घुमेका सुवेदीले आफ्नो लक्ष्यमा एक लक्ष्य नेपाल फर्किएर शोध तथा लेखन कार्य गर्न ‘सेन्टर फर हिमालयन पिस स्टडिज’ स्थापना गर्ने रहेको उल्लेख गरेका छन् ।

  • आमा याङ्ग्री पुगेपछि

    आमा याङ्ग्री पुगेपछि

    हिमाल किन अग्लोहोचो, होचोअग्लो हुन्छ होला ?

    आमा याङ्ग्री पुगेपछि एकाएक यो प्रश्न मेरो मुटुमा शक्तिशाली बनेर आयो । कहिलेकाहीं मनमनै प्रश्न र मनमनै उत्तर निक्लँदाको छुट्टै मज्जा हुन्छ । यस्तै भयो । सम्झें, सीधा भए न मुटु न त हिमालकै महत्व छ । मुटुको चाल सीधा देखायो भने मुटु रहँदैन, मान्छे मर्छ । हिमाल सीधा लाइनको देखियो भने हिमाल रहँदैन, मर्छ । मुटु र हिमाल दुइटै हाम्रो सास फेर्ने स्रोत हुन् भन्ने बोध भयो ।

    आँखालाई आनन्द दिने, नाकलाई मीठो सास दिने, कानलाई हिमालबाट आएको बतासको आवाज पठाउने, छाला मस्त चिसो बनाउने, सेतो हिमालका यस्ता राता कथाहरु नेपालमा जति कहाँ पो होलान् ? शेर्पाहरु पैसाको लागि र अरु सौखको लागि हिमाल चढ्ने अन्तर छैन होला र ! अनि सेतो हिमालमा शेर्पाको पुर्खाको बगेको रातो रगतको कुरा कहिले आउने ? मान्छेको कथाको किताब बनाउने कर्म बोकेकाले आमा याङ्ग्री हिमालको पिक प्वाइन्टमा गएर फर्केपछि बाटोमा यस्ता धेरै कुरा खेलिरहे मेरो मनैमा ।

    गीत सुनेको थिएँ-

    आमा याङ्ग्रीको मेलामा
    भेट भएको बेलामा ।
    मैले तिमीलाई रोजेको ।
    तिमीले कसलाई खोजेको ?

    पहिले मलाई आमा याङ्ग्री भनेको के होला भन्ने लाग्थ्यो, यो गीत सुन्दा । पछि थाहा पाएँ- यो त हिमाल रहेछ । त्यहाँ गएपछि थाहा भयो, यो त प्रकृतिको विशाल क्यानभास रहेछ । जसले आँखामा धेरै चित्र कोरिरहेको थियो । यसको अर्थ जान्न मन लाग्यो । ‘आमा’- आमा भयो । ‘याङ्ग’ भनेको लक्ष्मी र ‘री’ भनेको डाँडो रहेछ । अर्थात- आमाले लक्ष्मी बनेर रक्षा गरिदिएको डाँडो ! यसको उचाइ ३,७७१ मिटर छ । यसले बौद्ध धर्ममा ठूलो महत्व बोकेको रहेछ, ठूलो तीर्थस्थल रहेछ । गुरु पद्मसम्भवका कथाहरु यसमा जोडिएका छन् ।

    होलीको बिदाको समय आयो । लगातार दुई दिन बिदा भएपछि कहाँ जाऔं भन्ने लागिरहेको थियो । अहिले नजिकै र फेशन झैं बनेको आमा याङ्ग्री जाने सल्लाह गरे साथी अशोक सिलवालले । ल जाऔं न त भनेर मेलम्चीसम्म आफ्नै गाडीमा जाने र त्यहाँबाट लोकल गाडीमा गएर हिँड्ने सल्लाह भयो ।

    बाटो बन्नु विकासको पूर्वाधार हो । गणतन्त्रपछि गाउँगाउँमा बाटो पुगेको छ । बनेको बाटो कति टिकाउ हुन्छ ? त्यो अर्काे चर्चाको विषय हुनसक्छ । तर, साँखुबाट काठमाडौं मेलम्ची दुई घन्टामै पुग्न सकिने भइसकेको छ । त्यो रात मेलम्चीमै बास बसियो । मेलम्ची बसाइमा क्रममा राजनैतिक, सामाजिक, आध्यात्मिक, दार्शनिक सबै गफ भए । गफपछि प्रकृतिको नसा पो नसा भन्ने लागेर मेलम्ची खोलातिर लागें । खोलाबीच रहेको ढुङ्गोमा बसें । अलौकिक आनन्द आयो । कानमा खोलाको मधुर संगीत, छालामा हावा, आँखामा ढल्कदै गएको सूर्य ! वाउ ! जिन्दगी झैं लाग्यो ।

    पर्वतबाट निक्लिएपछि मात्रै खोला बन्छ र कम्फर्ट जीवन छाडेपछि मात्रै मान्छे बन्छ । कहाँ पर्छ समुद्र भनेर नसोधी निरन्तर बगेर खोला लक्ष्यमा पुग्छ । अनि मान्छे संसारलाई आफू जाने बाटो सोध्दै हिँडेर कही पुग्दैन भन्ने लाग्यो । मेलम्चीले मच्चाएको वितन्डा पनि देखें । कत्राकत्रा ढुङ्गा यो कहाँबाट बगाएर ल्याएका होलान् ! अनि खेतहरु सखाप पारेको, घरहरु मर्‍याकमुरुक पारेको देखेर खोला रिसाएपछि र मान्छे रिसाएपछि यस्तै त हुने होला भन्ने लाग्यो । यस्तै कुरा मनमा हालेर खोलाको पानीसँग ठोकिएपछि आउने कलकल सुन्दै थिएँ । एकाएक चरा त मेरो टाउकोमा आएर बस्यो । आँखा चिम्म गरेकाले उसले सोच्यो होला यो मान्छे निकै बेर यहाँ स्थिर भएको छ । बस्दा केही फरक पर्दैन । चराको चिरबिरले म आनन्दित भएँ । खुशी लाग्यो ।

    दोस्रो दिन तार्केघ्याङ जान लोकल बस खोज्दै मेलम्ची बजारमा हिँड्दै जाँदा बसभित्रैबाट आवाज आयो- तार्केघ्याङ जाने आउनुस् । लोकल बसमा आफ्नै सुगन्ध हुन्छ- स्थानीय भाषा, रहनसहन, भेषभुषा । तर, त्यो बसमा त स्थानीयभन्दा पनि नारायणटार शिव चोकबाट बिहान ६ बजे नै आउने एकमात्र बसमा हिँडेका युवायुवतीहरुको जोडी धेरै रहेछन् । सब सीट उनीहरुले प्याक गरिसकेछन्, बाँकी मान्छे उभिएर आएका रहेछन् । हामी पनि एकले अर्काेलाई धकेलाधकेल गर्दै गाडीभित्र पस्यौं ।

    घरमा जंगलको बाटो जानुपर्छ, एक्लै हुने होला भनेको सम्झें । नगइदिए पनि हुन्थ्यो, होली आएको समयमा भन्ने आसयको सिमल र सिर्जनाको भनाइ सम्झें । जंगलको बाटो छ होला, हिँड्ने बेलामा यसो भने भन्ने लागिरहेको थियो । टन्नै मान्छे देखेपछि आँट पनि पलायो ।

    बाटोमा खेत बगर भएको देखें । घरहरु, खेतहरु सखाप भएको राक्षसी दृश्य हेर्दै गयौं । मेलम्ची त नराम्ररी बौलाएको रहेछ । कसरी बसे होलान् त्यो दिन मान्छेहरु भन्ने लाग्यो ।

    तार्केघ्याङ जाने बाटो एउटामात्रै गाडी अट्ने थियो । अर्काे गाडी आउँदा कसरी साइड देला भन्ने लागेको थियो । बाटोमा अर्काे गाडी आयो । उसले निकै पछाडि ब्याक गरेर ठाउँ दियो । बेलाबेलामा गाडी गुडिरहँदा यो बाटोमा गाडी चढ्नु पनि साहसिक काम झैं लाग्यो । अगाडिबाट हेर्दा बाटो सकिएको छ । अब कसरी गाडी जान्छ झैं भयो । भित्तामा गाडी लगेर फेरि ब्याक गर्दै तार्केघ्याङ पुर्‍यायो ।

    आहा ! त्यहीबाट हिमालको चिसो अनुभूत गरें । यसो हेरेको आँखाले पनि हिमाल देखे । लस्करै चैत्यहरु सफा र मुसुक्क मुस्कुराइरहेका थिए । गाडीबाट ओर्लंदा पानी परिरहेको थियो । त्यहाँबाट हामीलाई पुग्नु थियो बेसक्याम्प । ९० रुपैयामा बर्सादी किनेर त्यहीबाट ओडेर लागियो उकालो बेसक्याम्पको । हिँड्दै गफ गर्दैको मज्जा पनि छ पदयात्रामा । चुप लाग्दै हिँड्नुको पनि छ । कुनै बेला कुन रोजिन्छ, कुनै बेला कुन ? सुरुको समय थियो । बाटोमा आउने जानेसँग कुरा गर्दै हिँडियो । कहिले उनीहरुलाई अघि, कहिले उनीहरुलाई पछि छाड्दै हिँडदाहिँड्दै बेसक्याम्प आइपुगियो ।

    हामी त्यहाँ पुग्दा त अरु ५० जना पुगिसकेका रहेछन् । फोर ह्वील गाडी, स्कुटर र बाइकमा बेसक्याम्प पुगेका धेरै रहेछन् । हामीले पाइहालिन्छ नि बस्ने ठाउँ भनेर बुक नगरी आएको त ‘बस्ने ठाउँ नै छैन । अर्काे रिसोर्ट तल छ, त्यहाँ जानुस्’ भन्छ । पाँच मिनेट तल गएर सोध्दा त्यहाँ पनि बस्ने ठाउँ छैन भनियो । लौ अब तल तार्केघ्याङ नै जानुपर्‍यो भन्दै बेसक्याम्पको गेटमा आयौं । मान्छेका त झनै भीड बढिसकेछ । बल्लतल्ल दुई जना सुत्ने गरी एउटा म्याट्रिक्स पाइयो ।

    एक टेन्टमा ८ जना बस्नुपर्ने र एक हजारमा एक छाक खाना र बसाइ पाइने भयो । त्यो पनि धन्न भयो भनेर बासको जोहोपछि आगो फुकेको ठाउँमा बसियो । हिमालको चिसो हावा काट्न आगोको तातो शरीरमा हालियो । शरीर तताउने आगोसँगै केही लिएपछि साथीहरुले नाचगान पनि गरे । नचिनेका नयाँ मान्छे धेरै थिए । सँगै बसमा आए पनि चिनजान भएको थिएन । सबैसँग परिचय भयो । गीत, कविता, गजल सुनियो । नचिनेका चिनेका झैं भए । नजानेका जानेका झैं भए । एक अर्काेमा देख्दा नाम भनेर बोलाउने भइयो । दाजुबहिनी, काकाकाकी यस्तै नाता पनि बनिहाल्यो ।

    भर्खरका बहिनीहरुको एक ग्रुप रहेछ । आफ्नो ग्रुप बनाएर हाइकिङ, ट्रेकिङ जान थालेको र धेरै ठाउँ गएको कहानी उनीहरुले सुनाउँदा बदलिँदै गएको समाजको दृश्य देखेर खुशी अनुभूति गरेें । मस्त काम गर्ने र फुर्सदमा प्रकृति नियाल्न निक्लने र प्रकृतिमा गएर आफैंलाई हेर्ने हाइकिङ, ट्रेकिङको चलन नेपालीमा बढ्दै गएको देखेर खुशी लाग्यो । रातको १०ः०० बज्न घडी दौडिरहेको थियो । भोलि बिहान झिसमिसेमै पिकमा पुग्नु छ भनेर हामी सुत्यौं ।

    बिहान ३ बजे नै हिँडने भनिएको थियो । टेन्टमा मान्छे कराएको सुने । लौ मान्छेहरु उठेर हिँड्न थालिसकेछन् । घडी हेर भनेर सँगै सुतेको साथीलाई खुुसुखुसु भने । तीन हैन एक बजेको रहेछ । फेरि सुतियो । बिहान ३ बजे आसपास फेरि चर्काे आवाजमा सिठी बजाउँदै कराएको आवाज आयो । घडी हेरें, तीन बजेको रहेछ । ल जाऔं भनेर हतारहतार पिकतिर निक्लियौं ।

    चन्द्रमा पूर्ण भएको थियो । आज होली पूर्णिमा । चन्द्रमाको उज्यालोमा उकालो लागियो । जंगलमा मोबाइलको लाइट बालेर हिँडियो । चकमन्न बाटो हिँड्दा डर पनि लाग्यो । हामी सबैभन्दा अगाडि रहेछौं । हामीभन्दा अगाडि लाइट बाल्ने कोही देखिएनन् । होलीको स्वागत गर्ने पूर्ण चन्द्रमामात्रै हामी सँगसँगै थियो । बीचबीचमा रुखमा छेकिएर आएको चन्द्रमाको शितल उज्यालोले आकाशमा हैन धर्तीमा तारा देखेको थिएँ ।

    म त छक्क परें । के चम्केको होला ? कतै यहाँको ढुङ्गामा हीरा पो छन् कि झैं लाग्यो । चन्द्रमाको प्रकाश पर्दा त्यो ढुङ्गामा देखिएको चमकचमकले मन असाध्यै चम्कियो, रमाइलो लाग्यो । उज्यालो भएपछि थाहा पाएँ- राति परेको हिउँमा चन्द्रमाको उज्यालोले धर्ती चमकधमक भएको रहेछ । क्या मज्जा लाग्यो, त्यो व्याख्या गर्न नसकिने दृश्य देखेर ।

    उकालो त्यो पनि ठाडो । हिजै दुई घन्टा लाग्छ तपाईंलाई हामीलाई एक घन्टा भनेको थिए स्थानीयले । रोकिँदै र हिँड्दै गरियो । हिमाल चढ्नु एक मनोविज्ञान हो, स्वास्थ्य पनि । पदयात्रा पदयात्रामात्र हैन, एक जीवन दर्शन हो । पदयात्रामा उकालो ओरालो बन्छ । ओरालो उकालो बन्छ । पदयात्राले भन्छ, लक्ष्यमा पुगिन्छ हिँडिरहुँ । उकालो विस्तारै हिँड जीवनको होस् वा धर्तीको । भीडहरु हुन्छ । तर पनि जीवन एक्लै हुन्छ र एक्लै रमाउनुपर्छ । कति हो कति जीवन दर्शन पदयात्राको !

    मनमनमा आयो- गुरु र धर्मात्मा, अध्यात्मिक र धार्मिक कति मान्छे हिँडे होलान् यो बाटो ? आज हामी हिँडिरहेका छौं । करिब ३२०० मिटरमा रहेको बेसक्याम्पबाट हिँडदै जाँदा ३७७१ मिटरको पिक प्वाइन्ट आइपुग्यो । वाउ जिन्दगी झै लाग्यो ! त्यहाँ पुग्दा चन्द्रमाले बाई र सूर्यले हाई भन्न खोजिरहेको थियो । चन्द्रमाको उज्यालोमा दिव्य हिमालहरु देखिए ।

    एकैछिनमा मान्छेहरु बेस्कन चिच्याए । पूर्वमा सूर्य उदाइरहेको रहेछ । सधैं देखिने सूर्य पनि आज फरक लागेको थियो । कारण हामी हिमाल सामुन्ने थियौं । चिसोले कठयाङ्ग्रिएका हामीलाई सूर्य तात्तातो सुप झैं भएको थियो ।

    वाउ हिमाल ! वाउ आँखाको आनन्द ! वाउ प्रकृतिको दिव्य छटा ! वाउ धर्तीको स्वर्ग ! शब्दमा बयान गर्न नसकिने त्यो दिव्य हिमालको दर्शनले मनै प्रफुल्ल भयो । हिजो अस्ति पानी परेर बादल लागेर हैरान भएका थिए मान्छेहरु । हिमाल देख्न नपाएर बीच बाटोमा एक जनाले ‘माथि गएर कामै छैन, नजानुस् । पिक प्वाइन्ट त झनै नजानुस्’ भनेका थिए । उनी भन्दै थिए- ‘बादल जस्तै जताततै सेतो देखिन्छ । तर, हिमाल केही देखिँदैन ।’

    संयोग, हामी पुग्दा तीन दिनको पानीपछि हिमाल खुलेको थियो । बाटैमा तारा आकाशैभरि देखिएको थियो । त्यहाँ पनि टन्नै हिमाल देखियो । कति हिमालले लुगा लगाएका थिए, कति भने छ्याङ्गै थिए । हिउँ नभएको कालो पहाड देख्दा संसारमा बिग्रँदै गएको अनुभूति भएको थियो । पुनहिल जाँदा होस् वा मर्दी हिमाल, एकातिर मात्र हिमाल देखिन्थ्यो । यहाँबाट सबै साइडमा घुमेर चारैतिर हिमालैहिमाल देखिएको थियो ।

    लाङटाङ हिम श्रृंखला, जुगल हिम श्रृंखला, गौरीशंकर हिम श्रृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाल गरी दुई दर्जन हिमाल हेर्दा मनमा अलौकिक, अद्भूत आनन्द आइरह्यो । हिमालमा बसेर फोटो खिचियो । त्यहाँ टाँगेका प्रेयर फ्लागले पनि मनमोहक बनाइरहेको थियो । बतासले ताली पिटे झैं यी झण्डाहरु हल्लिँदाको मादक सौन्दर्यता वाउ !

    गुम्बामा होस् वा हिमालमा, चन्द्रमाको समयको सौन्दर्य, सूर्यको समयको सौन्दर्यको रौनकता बयान गर्न शब्द कम हुन्छ । जतिबेर बसे पनि नपुग्ने त्यो पिकमा मान्छे थपिइरहेका थिए । स्वाँ स्वाँ र फ्याँ फ्याँ गर्दै गाह्रो गरेर त्यहाँ पुगेर हिमाल देखेपछि उनीहरुको आँखामा चमक र अनुहारमा देदिप्यमान उज्यालो चम्किरहेको हुन्छ ।

    होलीको दिन थियो । ह्याप्पी होली भनेर मान्छे चिच्याए । बेलुन जस्तै रङ्गको मुस्लो निकालेर नाँचे र गाए । दुई घन्टा बस्दा हात नै चिसोले कक्रिएको थियो । ज्याकेटले पनि चिसो थाम्न सकेन । उकालो चढ्दाको ताप त एकछिनमै गायब भइसकेको थियो । जति बसे पनि धित नमर्ने ठाउँ भए पनि ओर्लनै पर्छ । लगभग तीन घन्टा बसेपछि हामी ओर्लियौं ।

    चुच्चोबाट झर्दा पहिलेको भन्दा विस्तारै ओर्लनपर्छ भन्ने दर्शन प्रकृतिले दिइरहेको थियो । बेसक्याम्पमा आएर आजै मेलम्ची कसरी जान सकिन्छ भन्नेतिर लागियो । बोलेरोमा झुण्डिएर तार्केघ्याङसम्म र त्यसपछि भित्र बसेर मेलम्ची आयौं बाटोभरि सेतो, रातो र रातो-सेतो लालीगुराँस हेर्दै । मेलम्ची पुगेपछि आफ्नै गाडीबाट एकै दिनमा घर पुग्यौं । होली बाँकी नै थियो, रङ्ग खेलियो ।

    घर पुगे पनि यात्राको सम्झना मनमस्तिष्कमा घुमिरह्यो । यात्राको मादकता मनमा आइरह्यो, सम्झिरहें । मन रमाउँदा सबै रमाइलो लाग्ने ! आमा याङ्ग्री पुगेर त आइयो, अब कहाँ जाने ? मनले प्रश्न गरिरह्याे- साँच्चै अब कहाँ जाने ? कहाँ पुग्ने ?

  • नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अधिवेशन: कस्तो नीति ? कस्तो नेतृत्व ?

    नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अधिवेशन: कस्तो नीति ? कस्तो नेतृत्व ?

    नेकपा एमाले जिल्ला अधिवेशनको चटारोमा छ । यो वर्ष एमालेका लागि अधिवेशनको वर्ष जस्तै छ । प्रदेश अधिवेशनहरु सम्पन्न भइसकेका छन् भने जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन् । एउटा जीवन्त राजनीतिक संगठनका लागि अधिवेशन असाध्यै महत्वपूर्ण पर्व मानिन्छ । यसले संगठनलाई चलायमान बनाउनुका साथै थप गतिमान बनाउँछ । जनताको बहुदलीय जनवादको अभ्यासमार्फत युगको मागमुताविक तथा माटोको आवश्यकताबमोजिम आफ्नो राजनीतिक गतिविधि गरिरहेको नेकपा एमालेका लागि जिल्ला अधिवेशनले असाध्यै महत्व राख्छ । कुनै पनि राजनीतिक दलको आन्तरिक लोकतन्त्र तथा सुशासनका विभिन्न मानकमध्ये निर्दिष्ट समयमा हुने अधिवेशन प्रमुख शर्त हो ।

    नेकपाकालीन अवधिमा पार्टीको सांगठनिक गतिविधि निष्क्रिय प्रायः थियो । नेकपा एमाले पुनःस्थापित भएपछि पनि पार्टी कामको व्यवस्थापनमा अलमल हुँदा संगठनात्मक जीवनमा प्रतिकूल प्रभाव पर्‍यो । आन्दोलनभित्र हुर्किएको पद र स्वार्थ केन्द्रित अवसरवादको कारणले कतिपय व्यक्ति पार्टी छाडेर विपक्षी सत्ता गठबन्धनको मतियारसमेत बन्न पुगेको तथ्यबाट यसको गहिराइको अन्दाज गर्न सकिन्छ । भविष्यमा यस प्रकारको समस्या उत्पन्न नहोस् भन्न अवसरवादविरुद्ध पार्टीले तिखो वैचारिक संघर्ष सञ्चालन गर्ने कार्यक्रम तय गरेको थियो ।

    पार्टीलाई अग्रगामी रुपान्तरणको नेतृत्वदायी तथा निर्णायक शक्तिका रुपमा स्थापित गर्न वैचारिक रुपमा अझ सुस्पष्ट, संगठनात्मक रुपमा थप व्यवस्थित र सुदृढ, भावनात्मक रुपमा अझ आत्मीय तथा अनुशासित पार्टीका रुपमा स्थापित गर्न गोदावरीमा भएको विधान महाधिवेशनले महत्वपूर्ण कार्यदिशा तय गर्‍यो । विधान महाधिवेशनबाट पारित ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराको मर्मलाई आत्मसात गर्दै बलियो पार्टी निर्माण र समृद्ध राष्ट्र निर्माणको अभिभारालाई सँगसँगै अगाडि बढाउने संकल्पसमेत उक्त महाधिवेशनले लियो ।

    पार्टीसँग जति नै महत्वपूर्ण योजना भए तापनि संसदीय निर्वाचनमा श्रेष्ठता हासिल नगरी त्यसलाई कार्यान्वयन गर्न सकिन्न । त्यसकारण नेकपा एमालेले अघि सारेका कार्यक्रमलाई कार्यान्वयन गर्न निर्वाचनबाट बलियो शक्तिका रुपमा जनअनुमोदित हुनु जरुरी छ ।

    महाधिवेशनको ऊर्जासहित स्थानीय तथा संसदीय निर्वाचनमा होमिएको एमालेविरुद्ध महागठबन्धन बन्यो । सबै जस्ता शक्ति एकतिर मिलेर एमालेविरुद्ध लड्दासमेत लोकप्रिय मतमा एमाले जनताको पहिलो रोजाइको शक्ति बन्यो । यो जबरजस्त सत्य हो । यसबाट जनताको आशा, अपेक्षा एमालेप्रति कुन तहको छ भन्ने पुष्टि हुन्छ । यद्यपि संघ तथा प्रदेश तहमा एक्लै सरकार बनाउने गरी हाम्रा सीटहरु सुरक्षित भएनन् ।

    सांगठनिक सुदृढीकरण गर्दै बलियो राष्ट्रिय शक्ति बनाउने योजनाको निरन्तरताका रुपमा केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्न मिसन ग्रासरुट अभियान सञ्चालन भयो । यसले समग्रमा सिंगो पार्टीलाई आमजनतासँग जोड्ने काम गर्‍यो । हाल प्रदेश तथा जिल्ला अधिवेशनको पृष्ठभूमि यिनै विधान महाधिवेशन, १०औं राष्ट्रिय महाधिवेशन, मिसन ग्रासरुटलगायतका अभियानहरुकै निरन्तरताको कडी हो ।

    पार्टीसँग जति नै महत्वपूर्ण योजना भए तापनि संसदीय निर्वाचनमा श्रेष्ठता हासिल नगरी त्यसलाई कार्यान्वयन गर्न सकिन्न । त्यसकारण नेकपा एमालेले अघि सारेका कार्यक्रमलाई कार्यान्वयन गर्न निर्वाचनबाट बलियो शक्तिका रुपमा जनअनुमोदित हुनु जरुरी छ । बाह्य प्रतिस्पर्धाका लागि संगठनको आन्तरिक संरचना बलियो र स्मार्ट बनाउन जरुरी छ । चालू जिल्ला अधिवेशनले चुन्ने नेतृत्व तथा यसले गर्ने गतिविधिमा स्मार्टनेस भएन भने मिसन- ८४ सफलीभूत हुँदैन । त्यसैले हामी संवेदनशील घडीमा छौं । जिल्ला अधिवेशन परम्परा धान्नमात्र हैन, हाम्रो गति सकारात्मक र सिर्जनशील बनाउन हुनुपर्छ । तसर्थ निर्धारित अवधि पूरा भएपछि विधि पुर्‍याएर संघसंस्थाको नवीकरण गरे जस्तो मात्र नभइ कम्युनिष्ट पार्टीको अधिवेशन नीति र नेतृत्वका विषयमा जीवन्त छलफल, विमर्श र मन्थनबाट निकालिने अनुपम निष्कर्ष हुनुपर्छ ।

    हामीविरुद्धको महागठबन्धन हाम्रा लागि भारी पर्‍यो । यो दोष अरुलाई मात्र दिएर हामी अब्बल हुन सक्दैनौं । हामी अब्बल हुने अरु कमजोर भएर हैन, आफ्नै क्षमतालाई बढाएर हुने हो । त्यसैले जुनसुकै शक्ति र तागतलाई परास्त गर्ने गरी संगठनलाई चुस्त र बलियो बनाउन जरुरी छ ।

    मूलतः ७७ वटै जिल्लामा हुने वा भइरहेको जिल्ला अधिवेशनको एउटै लय र स्पिरिट हुन्छ । तर, कतिपय जिल्लाका आफ्नै खाले संवेदनशीलता भने हुन्छ । जिल्लाको संवेदनशीलता र विशिष्टताले यसलाई पृथक बनाउँछ । सिन्धुपाल्चोक जिल्ला कमिटी चयन गर्दै गर्दा हामीले केही सवालहरुमा घनीभूत छलफल गर्नुपर्नेछ । यसले पार्टीलाई एक ढिक्का बनाइ संसदीय प्रतिस्पर्धाका लागि स्पातिलो बनाउनेछ ।

    जिल्लामै लोकप्रिय मतमा सबैभन्दा अगाडि भएर पनि गत निर्वाचनमा हामीले प्रदेश तथा संघीय निर्वाचनका सबै स्थान गुमायौं । हामीविरुद्धको महागठबन्धन हाम्रा लागि भारी पर्‍यो । यो दोष अरुलाई मात्र दिएर हामी अब्बल हुन सक्दैनौं । हामी अब्बल हुने अरु कमजोर भएर हैन, आफ्नै क्षमतालाई बढाएर हुने हो । त्यसैले जुनसुकै शक्ति र तागतलाई परास्त गर्ने गरी संगठनलाई चुस्त र बलियो बनाउन जरुरी छ ।

    सिन्धु एमालेले पार्टी जीवनको थुप्रै आरोह अवरोह व्यहोरेको छ । यस्ता घटनाक्रम नडगमगाइकन उभिने नेता कार्यकर्ता तथा समर्थकको ठूलो पंक्ति छ । पार्टी संकटको वेलामा सतीसाल झैं उभिने कार्यकर्ता समर्थकको जागरणलाई कायम राख्नु छ । जस्तोसुकै आँधीहुरीले पनि निभाउन नसकेको दियो र ढाल्न नसकेको निष्ठालाई जोगाउनु छ । विभिन्न कम्युनिष्ट पार्टीबाट प्रवेश तथा समायोजन भएका समर्थक कार्यकर्ताको क्षमता तथा सक्रियताका आधारमा कामको जिम्मेवारी प्रदान गर्नु छ । विभिन्न समूह, उपसमूहमा विभक्त भएर हैन, सबै एकाकार भएर मूल समस्याका विरुद्ध जुट्ने शक्तिका रुपमा विकास गर्नु छ ।

    हामीले जुट्दाको परिणाम पनि हेर्‍यौं, फुट्दाको नियति पनि व्यहोर्‍यौं । इतिहास फर्काउन सकिँदैन । तर, त्यसबाट पाठ भने जरुर सिक्न सकिन्छ । तसर्थ, अब हामी टुटेर फुटेर हैन, एकताको नयाँ माला गाँस्न जुटेरमात्र सम्भव छ । यो इतिहासले हामीलाई दिएको शिक्षा हो । साथै सिन्धु एमालेको १०औं अधिवेशनका लागि परीक्षा पनि हो । जिल्ला अधिवेशनकै सन्दर्भमा कुरा गर्नु पर्दा नेकपा एमाले सिन्धुपाल्चोक जिल्लाको नेतृत्वका सवालमा पनि चासो र चिन्ता हुनु स्वाभाविक हो । नेतृत्व यही र यस्तै हुनुपर्छ भन्ने निर्धारित हुन्न । हरेक स्थान र परिस्थितिको विशिष्टताका आधारमा नेतृत्व चयन हुन्छ । हरेक व्यक्ति योग्य हुन्छन् । तर, योग्यताको मानक परिस्थितिको विशिष्टताका आधारमा हेरिनुपर्छ ।

    सिन्धु एमालेले पार्टी जीवनको थुप्रै आरोह अवरोह व्यहोरेको छ । यस्ता घटनाक्रम नडगमगाइकन उभिने नेता कार्यकर्ता तथा समर्थकको ठूलो पंक्ति छ । पार्टी संकटको वेलामा सतीसाल झैं उभिने कार्यकर्ता समर्थकको जागरणलाई कायम राख्नु छ ।

    यसअघिको अधिवेशन गर्ने वेलामा पार्टी एकखाले संकटबाट गुज्रिएको थियो । पार्टीभित्रको आन्तरिक समस्याले गर्दा हामी सबै मिलेर जानुपर्ने अवस्था थियो । कतिपय सन्दर्भका विशिष्टताका आधारमा सर्वसम्मत वा आन्तरिक प्रतिस्पर्धाको विधि अवलम्बन गर्न सकिन्छ । त्यतिबेला सर्वसम्मतको विधि प्रभावकारी हुने भनेर सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । सर्वसम्मत वा प्रतिस्पर्धाको विधिबाट संगठनलाई के फाइदा हुन्छ वा त्यसबाट के प्रभाव पर्छ भन्ने दृष्टिबाट हेरियो भने विधि प्रधान हैन । तर, कुन विधिबाट आफू वा आफ्नो समूहलाई के फाइदा वा हानि गर्छ भन्ने पूर्वाग्रहको कसीबाट विधिको व्याख्या गर्न थालियो भने यसले हितभन्दा अहित बढी गर्छ । मूल विषय संगठनलाई बलियो बनाउने हो । यसबाट व्यक्तिलाई के लाभ वा हानि गर्छ भन्ने कुरा गौण हो । यसतर्फ सबै नेता कार्यकर्ता सचेत हुनुपर्छ ।

    सिन्धुपाल्चोक जिल्लामा सक्रिय अन्य दलका चरित्रविरुद्ध लड्न पनि एमालेभित्रको आन्तरिक एकताले मात्र सम्भव छ । लोकतान्त्रिक भनिएका वा अन्य दलमा रहेको व्यक्ति केन्द्रित प्रवृत्ति, धनवाद, डनवाद, परिवारवाद जस्ता स्वार्थविरुद्ध लड्नु छ । २०७४ सालको स्थानीय निर्वाचनमा एक्लै लड्दासमेत १२ मध्ये ७ पालिका जितेको त्यो विरासतलाई फर्काउनु छ । प्रदेश तथा संघीय निर्वाचनमा विजय हासिल गर्नु छ । अधिवेशनले त्यसको वातावरण बनाउने हो, बिगार्ने हैन ।

    यसका लागि अग्रज नेताहरुको अनुभव तथा ज्ञान आत्मसात गर्दै नयाँ पुस्ताका जोश जाँगरलाई एकीकृत गर्नुपर्ने हुन्छ । नेता कार्यकर्ताहरूलाई परिभाषित जिम्मेवारीमा केन्द्रित गराउनु छ । हर सदस्य मन, वचन र कर्ममा एक भएर लाग्नु छ । केही कुरा सम्झिनुपर्ने छ, केही कुरा बिर्सनु पर्नेछ । त्यसको ख्याल गर्दै कमरेडली वातावारण बनाउनु छ । पार्टीले अघि सारेका नीति कार्यक्रममार्फत सिन्धु एमालेको जागरणले समाजवादको सुनौलो बिहानीको किरण छर्न योगदान गर्नु छ । सिन्धु जिल्ला अधिवेशनलाई भावनाको पर्व बनाउन सबै सकारात्मक हिसाबले लागौं ।

    (लेखक नेकपा एमाले सिन्धुपाल्चोकका नेता हुन् ।)

  • नलेखिने प्रेमकथा

    नलेखिने प्रेमकथा

    मलाई करेन्ट लागे झैं भयो । गाडीको पहिलो सीटमा थिई उही रिपु !

    आजकी रिपु त रिपु जस्ती पनि थिइन । ओठमा मन्द मुस्कान, फिक्का हरियो सर्ट र ग्रे जीन्स पाइन्ट अनि खुट्टामा सेतो बोर्डरसहितको कन्भर्स । सेतो मोजा अलिअलि बाहिर चिहाइरहेको । कपाल उसै छोडिदिएकी भए थप राम्री देखिन्थी होली, मैले मनमनै अनुमान गरें ! तर, उसले कपाललाई पछाडिपट्टि कोरेर हरियो रबरब्यान्डले बाँधेकी थिई । कानमा टप स्क्वायर बोर्डर र बीचमा डायमण्ड सेपको दुई वटा हरियो स्टोन !

    ‘के क्वारक्वार्ती हेरिराखेको रमण तिमीले ? मान्छे देखेको छैनौ ?’

    म बोल्न सक्ने अवस्थामै थिइनँ । अझ नामै लिएर बोलाउँदा त चक्कर लाग्ला झैं भयो । लाज र पसिनाले बोल्न नसक्नेमात्रै होइन, वरिपरि भएका मानिसको हेक्का राख्नसक्ने चेतसम्म पनि थिएन ।

    के बोल्ने होला ! शब्द खोज्दाखोज्दै केटी नै बोली, ‘तिम्रो नाम कसरी जानें भनेर दंग खायौ होला हैन ? दंग खानुपर्दैन, आफूलाई मनपर्ने मानिसको सबै कुरा पत्ता लगाइन्छ ।’

    फेरि उसैले सोधी, ‘कस्तो नबोलेको के यो मान्छे ? कतै मौन व्रत त राखेका छैनौ ?’

    के आजका केही घण्टा मलाई दान दिन सक्छौ ? दान लिने र दिनेहरुको भिडमा समयको दान मात्र अमूल्य दान हो जस्तो लाग्छ मलाई त । एक दिन त बिदा मिल्छ होला नि कामबाट, त्यो पनि प्रेमिकासँग डुल्न । टाइम नदिनेले प्रेम गर्न पाइदैन है, पहिल्यै भन्द्या छु । मलाई मेरो प्रेमीको अरु कुनै कुरामा चाख छैन, सिबाय प्रेम । तर समयबिनाको प्रेम झन चाहिएन, किनकी त्यो नक्कली लाग्छ मलाई ।

    म यन्त्रवत गाडीबाट बाहिर निस्किएँ, केही नबोली ।

    ‘श्रीधरलाई बोलाउनु है, म एकैछिन काममा निस्कें’, चालकको सीट मुन्तिर गएर केही जोडले कराएँ ।

    ‘गर्लफ्रेन्डसँग डेटिङ हो है उसको त ब्यारे’, रिपु चालकले सुन्ने गरी अगाडि गएर कराई !

    बसका पेसेन्जरलाई पनि लाफिङ ग्याँस नचाहिने भो । म लाजले रातो भइसकेको थिएँ सायद । अनि लागें विस्तारै उसको पछि पछि ।

    ‘तिम्रो यही लजालु बानीमा त म फिदा छु नि रमू’, रिपु फेरि कराई ।

    ‘रमू रे !’, म फेरि दंग परें ।

    आफूलाई त उसको नामसम्म पनि थाहा थिएन । तर, ऊ भने वर्षौंदेखिको प्रेम भए जसरी मेरो नाम (रमण) लाई समेत ऊकार लगाएर सम्बोधन गर्दैछे । ज्याद्रो जीवनमा नाटक चल्दैछ, म गम खाँदै थिएँ ।

    एकै छिनपछि दुवै जना बागमती नदीको किनारामा पुग्यौं । म थप अचम्मित भएँ । किनकि बागमतीको पानी सफा र सङ्लो थियो । पानीमा माछा पनि भए झैं लाग्यो मलाई ।

    अरे बागमती कसरी सफा भयो ? प्रेममा सब कुरा साफ र सुन्दर देखिन्छ भन्थे हो रहेछ ! म अझै पनि मनमनै टहलिइरहेको थिएँ ।

    ‘के सोचिरा त्यस्तो बुध्दु ! आज मोदी (भारतीय प्रधानमन्त्री) आउने भएर पूरै सुन्दरीजल बागमतीमा फर्काएको छ के ! बिहान धारोमा पानी नआएको थाहा पाएनाै ? मोदीले सफा बागमतीमा पौडी खेलेर आराध्यदेव पशुपतिनाथको पूजा आराधना गर्ने रे !’, उसले भनी ।

    मोदीको लागि पूरै राजधानीवासी काकाकुल हुनुपर्ने ? यो पनि मनमनै सोधेछु । तर, उत्तर सबैले सुन्ने गरी गुञ्जियो ।

    ‘अरे रमु ! तिमीलाई गाडीमा पैसा उठाउँदैमा ठीक छ । यसो पढ्ने पनि गर न ! मोदीलगायतका कुनै पनि विदेशी नेताहरु खुसी भए भने हाम्रो देश विकास हुन्छ रे ! जनता सुखी हुन्छन् रे ! सरकार पनि दिगो हुन्छ रे ! त्यसैले त्यति सानोतिनो दुःख त जनताले सहनैपर्‍यो नि, आफ्नै उज्ज्वल भविष्यको लागि’, उसले भनी ।

    काठमाडौंको सडकलाई रातारात नक्कली कालोपत्रे, तीनकुनेमा जस्ताको बार र केराका बोटहरुको नक्कली बगैंचा त देखेको थिएँ । कारण यस्तो पो रहेछ ! फेरि मनमनै गम खाएँ ।

    खासमा गरिबी घटाउन गरिबी देखाउनुपर्ने हो कि लुकाउनुपर्ने हो ? मेरै मनले मलाई सोध्यो । अर्को मनले आफैंलाई उत्तर दियो, ठूल्ठूला नेताहरुका कुरा तँ बच्चोले कसरी जान्छस् र ? नेपालका नेतामात्रै होइन, भारतका नेताले पनि त्यसै गर्छन् रे ! देशलाई फाइदा हुने भएरै त होला ।

    भारतका नेताले त कुन कुन विदेशी नेता आउँदा हो, हजारौं मिटर कपडाले ‘दिल्ली’ का गरिबहरुका सबै घर नै लुकाइदिएका थिए रे ! ती बासिन्दाले केही समय घरबाट बाहिर निस्कन पनि पाएनन् रे ! मन अक्क न बक्क थियो ।

    फेरि प्वाक्क रिपू नै बोली, ‘तिम्रो यो प्रश्न चाहिँ सही छ है ! मलाई पनि त्यस्तै त्यस्तै अप्ठेरो प्रश्नमात्र गर्न आउँछ । त्यसैले त मलाई ठूला मानिसले मन पराउँदैनन् रे ! मेरी साथीले भनेकी ।’

    ‘अरे, यो केटी चुँडेल हो कि क्या हो ? मैले त केही सोच्नै भएन त ! खासमा अहिलेसम्म मैले एक शब्द बोल्नसमेत पाएको थिइनँ । अझ भनौं, बोल्ने आँट नै जुटाउन सकेको थिइनँ । बल्लबल्ल आँट गरेर केही भन्न खोजिहाल्यो भने पनि ऊ पहिल्यै मलाई ओभरटेक गरिहाल्छे’, मैले फेरि सोचें । यो पटक भने उसले केही भन्न सकिन । चुडेल चाहिँ होइन रहिछे । ढुक्क लाग्यो ।

    ‘तिमी पानीमा के हेर्दै छौ है यस्तरी गहिरिएर ? ओऊ ! कन्डक्टर साहबको बोली भाडा नउठाउँदा पनि निस्कँदो रहेछ त ?’, रिपुले फेरि आफ्नो रिपुगिरी पेश गरी ।

    ‘ठीक छ, तिमी नै बोल न त ! अब मलाई केही बोल्नु पनि छैन है ।’

    ‘अरे, रिस त नाकैको टुप्पामा रहेछ त ? रिस छोप्न पो मास्क लाउने गरेको ? अनि आज चाहिँ मसँग रिसाउन नै मास्क नलगाइ आको हो कि के हो ?’, रिपु बोली, ‘रमु, हेर न ! त्यो पानीमा हेर्दा मलाई ‘चपाइएका अनुहारहरु’ भन्ने उपन्यासका पात्रहरुको याद आयो के ? कतै तिमीले पनि मलाई ती पानीभित्रका गोहीको आहारा बनाउन धकेलिदिने त होइनौं ? किन किन मलाई पानीसँग खुब डर लाग्छ र मेरो काल पनि पानीमै त छैन जस्तो लागिरहन्छ ।’

    सायद ऊ भावुक हुन खोज्दैछे ।

    मौका यही हो भन्ने बुझेर म सुस्तरी बोल्न लागें, ‘हेर न, म त सपनामा बाँच्ने मान्छे । तर, आज मेरा सपनाहरु बिस्तारै मर्दैछन् जस्तो लाग्न थालेको छ । के सपना देख्नु गलत हो ? कि साना मानिसलाई सपना देख्ने छुट छैन ?’

    अझ के के भन्नेवाला थिएँ, रिपुले बीचैमा रोकी र भन्न थाली, ‘महाशय ! आफूलाई सानो मान्छे भनेर मेरो प्रेमीको ‘इन्सल्ट’ नगरिदिनुहोला ।’

    रिपु फेरि बोली, ‘अब रह्यो सपनाको कुरा । सपनालाई किन गाली दिन्छौ यार तिमी ? सपना त सक्रिय मन र निष्क्रिय दिमागको संसार हो, जुन सरल, स्वःस्फूर्त, निष्कपट, स्वछन्द, प्रेमिल र विशुद्ध हुन्छ । बरु विपना चाहिँ यसको ठीक उल्टो सक्रिय दिमाग र निष्क्रिय मनको संसार हो । यसैले यहाँ लोभ, मोह, छलकपट, घृणा र प्रतिस्पर्धा हुन्छ ।’

    ‘सपना त भावना र कामनाको स्वतन्त्र उडान हो, यो सङ्लो हुन्छ अनि यसमा सांसारिक पावन्दीहरु हुँदैनन् । तर, विपना भने चाहना र स्वार्थहरुको टकराव हुने संसार हो, जसमा मानिसका भावनाहरु समयसँगै खण्डित हुँदै जान्छन्’, रिपु निरन्तर बोलिरही ।

    अब भने म रिपुको साहित्यिक उडानको पीडित हुँदै थिएँ ।

    मैले भनें, ‘आहा, सपनाको कति राम्रो परिभाषा ! तर, अलि सीधै र सरल भाषामा त भन्न आउँदैन होला है म्याडमलाई ?’

    रिसलाई पोको पारेर शब्दको गुलेली तानिदिएँ । तर, चोट चाहिनेभन्दा बढी नै लागेको प्रस्टै थियो ।

    ‘कस्तासँग प्रेम गर्न पुगेछु नि ! लेऊ मेरो गुरु दक्षिणा मलाई जान हतार भयो’, ऊ झर्किई ।

    ए, हो त मैले उसलाई गुरु दक्षिणा पो दिनु थियो । तर, यो कुरा पनि रिपुले कहाँबाट थाहा पाई ? कतै मेरो कोठामा यसले पहिल्यैदेखि गुप्तचर त राखेकी छैन ?

    ‘कस्ता कस्ता कुरा सोचेर बसेको होला मनमनै ? कस्तो शंकालु के ? यस्ता चालले तिम्रो घरजम हुने छाँट छैन’, रिपुले घुर्की देखाई ।

    ‘देऊ मेरो दक्षिणा’ भन्दै ऊ मेरो खल्तीमै हात घुसार्न आइपुगी । आफूलाई भने काउकुती लागेर कस्तो गारो ! हात छुटाउन कति बल गर्दा पनि सकिरहेको थिइनँ । रिपु बलियी पनि रहिछे भन्ने सोच्दै हात निकाल्न जोडले बल गर्दागर्दै निद्राबाट बिउँझिन पुगेछु ।

    आफ्नो दाहिने हातलाई आफ्नै शरीरले चेपेर सुतेकाले विपनामै पनि हात निकाल्न प्रयास गर्दै थिएँ ।

    त्यो बिउँझाइ नै मेरो आजसम्मकै विषादपूर्ण बिउँझाइ थियो । सबैभन्दा बढी पीडा त त्यसबेला भयो, जब मलाई यो सम्झना भयो कि सपनामै भए पनि मैले रिपुको नाम सोध्न सम्झिएनछु । सपना जोड्न निदाउने प्रयास गर्नुभन्दा बाहेक अरु के नै गर्न सकिन्थ्यो र ! त्यसैले मैले निदाउन निकै कोसिस गरें, तर सकिनँ ।

    म कमैमा पर्छु होला, जसले सपनाको ह्याङओभर मनाउन बिदा लिएको होस् । भोलिपल्ट म काममा गइनँ, बिदा लिएँ, सपनाको ह्याङओभर सेलिब्रेट गर्न । दिनभर रिपुमात्रै मेरो दिमागी डेस्कटपमा छाइरही । कहिले नायिकाको रुपमा त कहिले खलनायिकाको रुपमा । मैले बिहानबाटै चियर्स गर्ने निर्णय गरें आफैसँग, रिपुको यादमा । आज यादहरुले दशैँ मनाउनेवाला थिए, मेरो दिमागी घरमा ।

    (यहाँ अप्रकाशित उपन्यासको केही अंश कथाको रुपमा प्रकाशित गरिएको छ । कथाकी पात्र निकै रिसाही लाग्ने र उसको नाम समेत थाहा नभएकाले ‘रिसकी पुरी’ को छोटो रूप ’रिपू’ नाम राखिदिएको हो ।)

  • बरेलीको कथा र नेपालीको व्यथा

    बरेलीको कथा र नेपालीको व्यथा

    २०६० साल मंसिरतिर मेरो स्वास्थ्यमा समस्या देखियो । बुवा घरमा नहुँदा आमा, हजुरआमाहरू अझै चिन्तामा पर्नुभयो ।

    ‘यैलाई निको पार्न देश लैजाऊ, नभया आँखा देख्धाइन’ आमा, हजुर आमाहरूले भनेको धमिलो याद छ मलाई ।

    भारतको उत्तर प्रदेश बरेली नजिकै बिसलपुर भन्ने ठाउँ, जहाँ मेरो बुबा मजदुरी गर्नु हुन्थ्यो । उहाँले उता श्रम गरेपछि हाम्रो यता चुलोमा आगो बल्थ्यो । नजिक थिएन बिसलपुर ।

    ‘तति टाढा कसरी लैझाउ, को लैझाने हो ?’ आफन्तहरू सल्लाह गर्न थाले ।

    ‘कामका लागि आउनेहरूसँग पठाइदिया’ बुवाले खबर पाएपछि भन्नुभएको रहेछ ।

    ‘नजिक होइन धेरै टाढा ,छ हिँड्न पनि सक्दैनन् बाबु लैजान सकिन्छ छ त’ गाउँभरि सल्लाह भयो ।

    मलाई विराम निको हुनु भन्दा पनि बुवासँग भेट्ने रहरले अझै बढी उत्साहित बनाइरहेको थियो ।

    ‘सक्छु । जान्छु।’ मेरा शब्दहरू यत्ति फुटे ।

    बझाङ बाट भारत जान भनेको जस्तो सहन थिएन । बाटो राम्रो थिएन । बाटो नहुँदा गाडी हुने त कुरै भएन । बझाङ बाट बैतडीको सिमानासम्म पैदल हिँड्ने अनि कच्ची बाटो, पहिरो छिचोल्दै सकसपूर्ण यात्रा अझै याद छ ।

    कतै तत्कालीन माओवादीहरूले एम्बुस थापेर बाटो बन्द गरेको हल्ला सुनिन्थ्यो । कतै माओवादी र आर्मी भिडन्तमा पर्ने खतरा बढेको चर्चा सुनिन्थ्यो । परिवारलाई घरमा चामल खुवाउनको लागि छातीमा गोली खान पनि तयार भएर सयौँ जना हिँडिरहेका थिए यात्रामा ।

    गाउँमा फलेको अन्नले तीन महिना पुग्ने पनि अवस्था थिएन । त्यसैमाथि माओवादीले युवा र पुरुष गाउँमा देखे जबरजस्ती अभियान भनेर लैजान्छन् भन्ने खबर सबैतिर फैलिसकेको थियो । त्यस्तो अवस्थामा गाउँ बस्नु भन्दा त बरु काला पहाडमा पत्थर फोड्न सहज भन्दै युवाहरू भारत पसिरहेका थिए ।

    महाकाली काट्दै गर्दा सशस्त्र समूह र सशस्त्र प्रहरीको जति डर थिएन त्यो भन्दा कयौँ बढी डर बरेली सम्झेर भइरहेको थियो मलाई । तर, बुबा भेट्ने आसले उत्साहित थिए म । जाँदै गएकाहरू एकआपसमा कुरा गर्थे , ‘बरेलीमा कुख्यात डाँका छन् । तस्करहरू बस्ने ठूलो सहर हो बरेली । त्यहाँ सर्वसाधारण ठग्ने अनेक नयाँ नयाँ तरिका लिएर डाँकाहरू उभिएका हुन्छन् । नेपालीलाई ठग्ने र लुट्ने उनीहरूको पेसा बनिसकेको छ’ ।

    ‘कसरी लुट्छन् ?’ पहिलो पटक सस्तोमा श्रम बेच्न गर्न हिँडेका सबैलाई कौतूहल र डर दुवै थियो ।

    कौतूहल त मलाई लागेको थियो तर, डर त्यो भन्दा धेरै थियो ।

    ‘कहिले नाकमा केमिकल सुँघाएर लुट्छन्, कतै खल्ती काटेर पैसा लग्छन्, कहिले खाना खादा ठग्छन् । कहिले रिक्सा चढ्दा ठग्छन्’ ठुलो बुवा रामप्रसाद जोशीले भन्दै हुनुहुन्थ्यो ‘कतै जुस खादा ठगिने त कहिले हस्पिटल जाँदा ठगिने ठाउँ हो त्यो ।’

    सुदूरपश्चिममा त्यो बेला सम्म उपचारको लागि कुनै गतिलो अस्पताल थिएन । जाँदैनौँ भन्दा पनि जानै पर्ने बाध्यता मध्येको एक थियो बरेली सहर । ग्रामीण क्षेत्रमा स्वास्थ्यको सहज पहुँच नहुँदा सक्दासम्म रोग लुकाएर बस्ने सक्दै नसक्दा पस्ने सहर थियो बरेली ।

    दुई दशक पहिले एक दशक पार गरेर पहिलो पटक बरेली जाँदै गर्दा सुनेका कथाहरू आज पनि मेरो मानसपटलमा गुञ्जायमान भइरहन्छ । के नेपाली लुटिने सहर बेरेली मात्रै हो त ? के नेपालीले दुख पाउने सहर बरेली मात्रै हो त ?

    हिजो नेपालीहरू भारतमा जसरी लुटिएका हुन्थे आज नेपालमै फरक शैलीले नेपाली लुटिएको आभास हुन थालेको छ । हिजो भारतमा हतियार देखाएर लुटेका घटना हामी प्रशस्तै सुन्दै आइरहेका थियौँ । आज नेपालमा विवशता लेखाएर लुटेका घटनाहरू हामी देख्दै आइरहेका छौँ ।

    एउटा सर्वसाधारण हरेक सरकारी अड्डा अदालत देखि विभिन्न निकायमा काम गराउन धाउँदा धाउँदा कैयौँ चोटि ठगिन पुगेको छ । गाउँपालिका अध्यक्ष देखि वडा अध्यक्ष ले शारीरिक अशक्त भत्ता देखि वृद्ध भत्ता मा अनियमितता गरेका घटनाहरू सुनिन थालेका छन् ।

    विमानस्थल बाट सुन निर्बाध तस्करी भइरहेको छ तर, सीमामा गुजारा चलाउन दैनिक नेपाल भारत ओहोरदोहोर गर्नेहरू हप्कीदप्की खाइरहेका छन् ।नेपालीलाई नेपालभित्रै नेपालीले स्थापना गरेको म्यानपावर देखी कन्सल्टेन्सीले ठग्ने कुरा होस् या शिक्षा र स्वास्थ्यको लागि सर्वस्व गुमाउनेहरू हुन् । उनीहरू आफ्नो देशमा आफ्नैबाट लुटिएका छन्, ठगिएका छन् ।

    बरेली पुग्दा म ठगिने त होइन भन्ने चिन्ता अहिले आम नागरिक र युवा वर्गलाई नेपाल भित्रै छ । राज्य र राज्यका निकायबाट त्यो त्रास बढेको छ ।

    ठुलो ठाउँमा ठुला मान्छेहरू सरकारी सम्पत्ति बेचेर पनि अवैध ढंगले सम्पत्ति आर्जन गरिरहेका घटनाहरू बढिरहँदा उता दूर दराजमा आफ्नै घर चलाउन आफ्नै शरीर बेच्नुपरेको घटना पनि कम भएको छैन ।

    यहाँ सबै भएकाहरूलाई जोगाउन पार्टी देखि कर्मचारी सम्म प्रहरी देखि वकिल सम्म र व्यापारी देखि न्यायाधीश सम्म तयार हुँदा केही नभएकाहरूलाई जोगाउन कोही नलाग्ने पीडादायी अवस्थाको अन्त्य कहिले हुन्छ होला ।गरिब र विपन्न वर्गका नागरिकहरूको यो देशमा बाच्ने र बस्ने अधिकार कसले सुनिश्चित गरिदिने ?

    ठुला मान्छेहरू सामान्य बिरामी हुँदा सरकारी ढुकुटीबाट करोडौँ खर्च गरेर विदेश जान सक्ने हाम्रो मुलुकको दुर्गम क्षेत्रमा गम्भीर बिरामी हुँदा औषधी किन्ने सम्मको पैसा नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य कहिले हुने ?

    बाल्यकाल मा बाटोमा गाउँलेहरू ले सुनाएको बरेलीका डाँका का कथा जस्तै नेपालका हरेक चिया पसलदेखि चौतारीसम्म, जात्रादेखि मेलासम्म हरेक भट्टी पसलदेखि स्टार होटेलसम्म नेपालीबाट नेपालीमै ठगिएका कथाहरू प्रशस्तै सुनिन्छ ।

    देशमा बेरोजगारी दर उच्च छ,आर्थिक अनियमितता व्याप्त छ१हरेक ठाउँमा कुनै न कुनै बाध्यता मा जनताहरू छन् तर राज्य मौन र उदास देखिन्छ ।

    लेखक अनेरास्ववियु स्थायी कमिटी सदस्य हुन्

  • कवि गणेश श्रमणको एकल कविता वाचन

    कवि गणेश श्रमणको एकल कविता वाचन

    चितवन । कविता चिन्तन यात्राका अभियन्ता एवम् कवि गणेश श्रमणले एकल कविता वाचन गरेका छन् ।

    मंगलबार कवि गणेशले नारायणगढको पूर्वतर्फ भोजाड गाउँमा पुगेर कविता चिन्तन यात्राका क्रममा लेखिएका आफ्ना ६ वटा कविता वाचन गरेका हुन् ।

    अभिव्यञ्जना साहित्य प्रतिष्ठानले कवि श्रमणको कविता वाचन र उनको कविता सङ्ग्रह ‘आगो लिएर गाउँ गाउँमा’ को विमर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कवि गणेशले गाउँमा जेल हुँदैन, देश कसलाई चाहिन्छ ?, भेटिएको अखबार, खोइलको घर, बिरालोले काटेको बाटो, बाथरुममा हतार शीर्षकका ६ वटा कविताहरू प्रस्तुत गरेका थिए।

    कवि गणेशले कविता चिन्तन यात्राका क्रममा गाउँ सम्झेर लेखिएका गाउँ केन्द्रित कविताहरू सुनाए । सङ्ग्रहमा ५५ वटा कविता छन् । ती मध्ये धेरै कविताले गाउँलाई सम्बोधन गरेका छन्, गाउँलाई चित्रण गरेका छन् ।

    कार्यक्रममा डाक्टर एकनारायण पौड्यालले कृतिको समीक्षात्मक टिप्पणीराखे। नरम र सरल स्वभावका कवि गणेशका कविता पनि नरम र सरल भएको समीक्षक पौड्यालले बताए ।

    कार्यक्रममा कवि गोविन्दराज विनोदी , भूपिन, सरिता तिवारी ,नवराज ढुङ्गाना र पदम अर्यालले गणेशका एकएकवटा कविता वाचन गरे । इन्द्र रेग्मी, एलबी क्षेत्री शुभकामना मन्तव्य राखेको कार्यक्रमलाई सुरेन्द्र अस्तफलले सहजीकरण गरेका थिए ।