Category: साहित्य / ब्लग

  • राजनीतिको बाटो एउटै हुन्छ, कविताको बाटो हजार हुन्छन्: कविता राई गाउँले

    राजनीतिको बाटो एउटै हुन्छ, कविताको बाटो हजार हुन्छन्: कविता राई गाउँले

    काठमाडौं । पचासको दशकमा उदाएकी प्रतिभाशाली कवि हुन् कविता राई गाउँले । हाल इलाम पशुपतिनगरमा रहेर कविता कर्ममा निमग्न उनको कविता सरल र सम्प्रेषणीय हुन्छन् । भावमा गहिराइ र शालिन नारीत्व उनको काव्यिक विशेषता हो । दशगजामा बसेर भारतीय नेपाली साहित्य र नेपाली साहित्यको सम्बन्ध सेतु बनिरहेकी उनै कवि गाउँलेको कवितासंग्रह ‘फाटकमा घाम’ सार्वजनिक भएको छ ।

    ‘फाटकमा घाम’कै सन्दर्भमा उनै कवि कविता राई गाउँलेलाई अर्का कवि एवं निबन्धकार प्रकाश थाम्सुहाङले पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ कविलाई कविकै प्रश्नअन्तर्गत गरिएको वार्ताको सम्पादित अंशः

    – पचासको दशकबाट काव्य साधनारत तपाईंले कृति निकाल्न भने ढिलो गर्नुभयो । यो अलमलको कारण के होला ?

    सर्वप्रथम त कविता लेख्न सुरु गर्दा संग्रहबारे केही सोच नै पलाएको हुँदैन । जस्तो प्रेममा पर्दा विवाहसम्मको यात्रा सोचिएको हुन्न नि ! त्यस्तै (हाँसो) । संग्रह आउन किन अलमलमा परियो भने कविता लेख्न सुरू गर्दा अविवाहित थिएँ । विवाहपछि जिम्मेवारीहरू स्वतः बढ्दारहेछन् । अझ नारी भएपछि प्रकृतिको निरन्तरतालाई अँगाल्दै अघि बढ्दा कविता कहिले मेरो पछाडि पर्‍यो त कहिले मेरो अगाडि । त्यसैले संग्रह आउन अलि ढिला भयो ।

    – हल्ला, विज्ञापन, गुटबाट पर सीमान्तमा चुपचाप कविता लेख्नुहुने तपाईं ‘फाटकमा घाम’ पाठकले हल्ला गरेर कि चुपचाप पढून् लागिरहेछ ?

    जहाँसम्म मलाई लाग्छ, कविता कुनै नारा होइन । त्यसैले ‘फाटकमा घाम’ पाठकले चुपचाप पढून् भन्ने लागिरहेको छ । किनकि म कवितामा राजनीति लेख्न खास्सै रुचाउँदिनँ । कविताको विषय राजनीतिबाहेक अरु पनि हुन्छन् । म कवितामा खहरेभन्दा नदी बगाउन चाहन्छु । कविताको नदी क्षणिकभन्दा युगयुग बगाउन चाहन्छु ।

    – ‘फाटकमा घाम’भित्र समाविष्ट कविताहरू सरल, बोधगम्य लाग्छन् । कोमलता साथै भाव गहिराइ कविताका विशेषता लाग्छन् । सरल, तर गहिरो कविता लेख्नु कठिन यात्रा हो । तपाईंले यो यात्रा कसरी गरिरहनुभएको छ ?

    स्वभावैले कविहरू कोमल हुन्छन् र म पनि अलि ज्यादै कोमल छु जस्तो लाग्छ । हुन त मेरा कविताहरू सरल हुनुको कारण यतिमात्रै पक्कै होइन, तर मलाई लाग्छ, कविता पढ्दा दिमाग खियाउन नपरोस् । जस्तो कि गहिराइसम्म पुग्नलाई आफैं पौडिएर पुग्नुको मज्जा बेग्लै हुन्छ ।

    – तपाईंका कविताले राजनीति गर्दैनन् भन्ने प्रश्नलाई के जवाफ दिनुहुन्छ ?

    कविता मौन आवाज हो, जुन हृदयले मात्र सुन्नसक्छ । राजनीतिको बाटो एउटै हुन्छ, तर कविताको बाटो हजार हुन्छन् । त्यसैले कविता र राजनीतिको यात्रा कुनै न कुनै परिवेशको अप्ठेरोतिर अघि पछि हुनपुग्छ, तर कविताले राजनीतिको हात समाउनुपर्दैन । किनकि कविता आफैंमा शक्तिशाली विधा हो ।

    – सिमानामा बसेर भारतीय नेपाली कविताको सूक्ष्म अध्ययन गरिरहनुभएको छ । सीमापारि र वारिका कवितामा के समानता र अन्तर पाउनुभयो ?

    सीमापारि र वारिका कविताहरूमा पहिचान र सर्वभौमिकताको विषयबाहेक प्रायः समान नै पाउँछु । किनकि भावनाले उन्ने भनेको जीवन र जगतबीच घट्ने उस्तै उस्तै श्रृंखला नै त हुन् । यद्यपि यताका कविताहरू अलि संवेदनशील र हस्तक्षेपी लाग्छ भने उताका कविताहरूबाट निस्किने आवाजमा विद्रोह थोरै मलिन हो कि जस्तो लाग्छ ।

  • बाटो त बनिरहेको छ, अनि देश ?

    बाटो त बनिरहेको छ, अनि देश ?

    जेठ दोस्रो साता काठमाडौं छोडेर पूर्व लाग्दै गर्दा बीपी राजमार्गको उधुम चिन्ता थियो, क्षतिग्रस्त खण्ड कसरी पार गर्ने भनेर । धुलिखेल छिचोलेर ओह्रालो लाग्दै गर्दा चिन्ता पीरमा विकसित भइरहेको थियो ।

    असोजमा गएको अकल्पनीय बाढीका कारण क्षतिग्रस्त भएको सो सडकमा त्यसै बेला मुख-मुख आएको दशैँमा गाडी चल्ने-नचल्ने बडो संशय थियो । तर जसरी सोच्दै नसोचेको बेला बाढी गयो उसैगर सोच्दै नसोचेको ढंगले तुरुन्त मर्मत भई यातायात पनि सुचारु भएको थियो । बाटोको चिन्ता र पीर त्यस बेला भागिसकेको रहेछ, जुन बेला हामी सिन्धुली प्रवेश गरेर आरुबखडा र जुनारले ज्यानमा पुनर्ताजगी भरि रहेका थियौँ ।

    वर्षा याम शुरू हुँदै गरेकाले उर्लिएर आउने सुनकोसीले कति बेला सडकलाई निल्ने हो भन्ने पीरले काठमाडौं र पूर्वी नेपालको आउ-जाउ धुकचुकको विषय बन्न थालिसकेको छ ।

    तर, जब क्षतिग्रस्त सडकको उबडखाबड पार गर्दै अघि बढ्दा किनाराभरि ग्राभेल उधिन्न र बाटो बनाउन व्यस्त श्रमिकहरू भेटिए, टिपरका ताँतीहरू पहरो घन्काउने गरी हर्न बजाउँदै अघि लागे अनि निम्छरो बनेको आशा र विश्वास जवान बन्दै हुर्किन थाल्यो । ठाउँ ठाउँमा दर्जन भन्दा बढी डोजर, लोडर, एक्स्काभेटर बाटो बनाउन र सम्याउन मग्न थिए ।

    काठमाडौंलाई पिठ्यूँ देखाएर सप्तकोसी भेट्न लम्किएको सुनकोसीकै गतिमा सयौँ साना ठूला सवारीसाधन सललल अघि बढिरहेका थिए । बढ्दै गएको गर्मीलाई छलेर काठमाडौंको शीतल बतास भेट्न हतारिएका गाडी र बटुवाको गति पनि उही थियो ।

    आखिर देश भनेको पनि त नागरिक, भूगोल, पूर्वाधार, पर्यावरण आदि आदिको समष्टि त हो नि, होइन ? बीपी राजमार्ग क्षतिग्रस्त थियो तर नागरिकको गति तेज थियो । भूगोल तथा पूर्वाधार क्षतिग्रस्त थियो तर फेरि उभिने र जाग्ने आशा बलशाली बन्दै थियो । पर्यावरण प्रदूषण, चर्को ध्वनि र धुलो खेप्न बाध्य थियो तर पुनर्जीवन पाउने भरोसामा शान्त थियो । खासमा त्यहाँ बाटोमात्रै बन्दै थिएन, नागरिकका आशा र भरोसा हुर्किने जग पनि उभिँदै थियो ।

    कहिले रौद्ररूप धारण गर्ने रोशी अनि शान्त र सललल बग्ने सुनकोसी । पारिपट्टि रामेछापका काख र कोखभरि हुर्किएको लोकमार्ग । खण्डहरबाट उठ्दै गरेका बस्ती र आशा कोरल्दै गरेका सडक किनाराका व्यवसायी । डोका भरि मेहनतको उपज सहर पठाउन आएका किसान । दृश्यावलोकन, संवाद, मनोवादसँगै दिन साँझको पोल्टामा छिर्दै गर्दा बागमती प्रदेशले बिदा लिई सकेको थियो ।

    कोशीको कटारी पुग्दा बिहान अबेर शुरू भएको यात्रालाई बिट पार्नु पर्ने परिस्थित बन्यो । बाटो खत्तम होला, बिग्रिएको होला, गाडी कसरी चल्छ होला भन्ने भ्रमबाट शुरु भएको त्यो दिन बाटो मात्रै होइन देश पनि बनिरहेको छ भन्ने भरोसासँगै अन्त्य भयो ।

    नयाँ बाटो, नयाँ आशा

    बाटोले गन्तव्य मात्र पहिल्याउन सहयोग गर्दैन । नयाँ आशा र सम्भावनाका क्षितिजहरू पनि उघार्दै लैजान्छ । मलाई मिर्चैया-कटारी-घुर्मी सडक त्यस्तै लाग्यो । हिमाली काखको सोलुखुम्बूदेखि तराईको फाँट सिरहासम्म सोझो सम्पर्क स्थापित गर्ने यो सडक मलाई त्यस्तै क्षितिज उघार्ने नयाँ रुट थियो । यो राजमार्गले कोशी प्रदेशको पश्चिमी भूगोलमा आर्थिक समृद्धि र सडक सञ्जालको बिस्तारमात्र गर्ने छैन, विशाल जनसंख्या भएको भारतका पर्यटकको हलेँसी हुँदै सगरमाथा सम्मको यात्रालाई छरितो पनि पार्नेछ ।

    ‘हिमाल र पहाडका कृषि उपज सजिलै मधेश झर्ने छन्, मधेशका तीर्थालु र यात्रुहरू सजिलै पहाड र हिमाल उक्लिने छन् । यो बाटो यति धेरै सम्भावनाको ठाउँ छ कि यसलाई जति छिटो पूरा गर्न सकिन्छ, त्यति नै छिटो यहाँका नागरिकको जीवनमा प्रभाव र परिवर्तन देखिने छ,’ कटारीको प्रवेशद्वारमा एक थान फोटो खिच्दै गर्दा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवारले भने ।

    केही दिनअघि उदयपुर र खोटाङलाई जोड्ने फोक्सिङ्टार पारी सडक स्तरोन्नति कार्यको शुभारम्भमा आउँदा सो सडकका आयोजना प्रमुख पशुपति ज्ञवाली पनि भन्दै थिए, ‘कतिपय पूर्वाधारमा लगानी गर्दा प्रतिफलको मात्र आशा नगरी सुविधाको कुरा पनि हेर्नु पर्छ, तर यो बाटोमा गरिएको लगानीको प्रतिफल बाटो बनेको भोलि देखिनै प्राप्त गर्न सकिन्छ । एक हिसाबले यो बाटो पूर्वी नेपाल, मधेश र काठमाडौ जोड्ने लाईफलाईननै हो ।’

    कटारीलाई बिदा गर्दै ओह्रालो झर्दा बिहानीको उमेर नपुगेकै भए पनि घामले जवान रूप प्रकट गर्न थालिसकेको थियो । ठाउँ ठाउँमा केही अलपत्र र केही निर्माणाधीन पुल र कलभर्टहरूको अवलोकन गर्दै बाटो छोट्याउँदा चुरेको हरियाली र मनमोहकताले जवान बन्दै गरेको घामको राप र तापको प्रतिरोध गर्ने प्रयास गरिरहेको थियो ।

    ‘हाम्रा पूर्वाधारहरूको निर्माणलाई प्रभाव पार्ने धेरै फ्याक्टरहरू छन्,’ सडक इन्जिनियरिङमा वरिष्ठता हाँसिल गरेका मौवार भन्दै थिए, ‘कतिपय ठाउँमा हाम्रो देशको भौगोलिक धरातल चुनौती बनेर देखा पर्छ । केहीलाई मौसमी जोखिम र प्राकृतिक विपत्तिले थला पार्छ ।

    निर्माण कम्पनीबाट हुने ढिलासुस्ती, कतिपयमा हुनु पर्ने नियमन र अनुगमनको अभाव, कहिले हाम्रा कानूनी जटिलताहरूले पनि हामीलाई चाहे जसरी काम गर्न दिँदैन । तर, यसो भन्दैमा हामी निराश हुनु पर्ने अवस्था छैन । पछिल्लो २ दशकको मात्रै पनि मुल्याङ्कन गर्नु हुन्छ भने हामीले पूर्वाधार निर्माण र सडक सञ्जालको बिस्तारलाई नयाँ आयाम दिएका छौँ ।’

    संवाद, भलाकुसारी, समीक्षासँगै चुरेको फन्को मार्दै अघि बढेको यात्राका क्रममा कतिपय स्थानहरूमा सडक र संरचनाहरू निर्माण भइरहेका थिए । केही अलपत्र संरचनाहरूले भने मन अमिलो पार्थे र फेरि चर्किँदै गएको घाममा सडक किनारामा काम गरिरहेका श्रमिकहरूको मुस्कान र उज्यालो चेहराले उचाइ लिँदै गरेको ताप भन्दा तेजिलो आशाको ज्योति देखाउँथे ।

    हो, कतिपय वर्ष दिनमा सकिनुपर्ने संरचना दशक हुँदा पनि पूरा भएका छैनन् । कयौँ संरचना अलपत्र परेका छन् । एउटा पुस्ताले देखेको सपना अर्को पुस्तामा पुस्तान्तर हुनुपर्ने अवस्था पनि छ । तर निराशा र नकारात्मकता मात्र छर्नेहरूले भने जस्तो देशमा केही भएन, हुँदै भएन, देश बनेन भन्ने जस्तो मात्र पनि त होइन ।

    थला परेका संरचनाहरू तङ्ग्रिँदै छन्, अलपत्र बनेका सडकहरू बनिरहेका छन्, भत्किएका पुलहरूले नयाँ स्वरूप पाउँदै छन् । दूरी घटिरहेको छ, सम्पर्क र सम्बन्धहरू नजिक भइरहेका छन् ।

    ३ दशक सडक विभागमा बिताएका सहयात्री गणेश पौडेल भन्दै थिए, ‘अहिले यो बाटो बनेन, अलपत्र भयो भनेको धेरै सुनिन्छ । हुन त हो पनि, जति छिटो बन्नु पर्ने थियो, त्यति छिटो चाहिँ बनेन तर यतिको अवस्थामा ल्याइपुर्‍याउन पनि कम्ता दुःख गरिएको छ । सरकार र नागरिकको ठूलो मेहनत पछि यो बाटो यतिको भएको हो नि, आफैँ बनेको हो र ? कोठामा बसेर देश बनेन भन्नेहरूले देख घुम्नु पर्छ, विगतको अवस्थाको समीक्षा गर्नु पर्छ । अनि आफैँ थाह हुन्छ, देश बनेन कि बनेको देख्न खोजिएन भनेर ।’

    उनको टिप्पणीमा एक प्रकारको आक्रोश थियो, अनुभूति थियो । सबैभन्दा ठूलो कुरा उनको अभिव्यक्तिमा एउटा आशा थियो, देश बनिरहेको छ ।

    यात्राको थकान, सन्‍न्यासीको संगत

    चुरे नाघेपछि सडक किनारामा हाँसिरहेका आँपको बगानले मिर्चैया नजिकिएको संकेत गरिरहेका थिए । लहान-मिर्चैयाका आँप सम्झिएर मुखै रसाउने । तर, पाकिनसकेकाले चाख्नलाई हतार गरिएन ।

    पूर्वपश्चिम राजमार्ग आइपुगिएछ । ठाउँ-ठाउँमा पूरा भएको एसियन हाईवे स्तरको राजमार्ग । झ्यालबाट छिर्ने बतासमा मिसिएर आउने आँपको सुवाससँगै यात्रा ऊर्जाकृत थियो । फराकिलो सडकको मध्यभाग सजाउन ठाउँ ठाउँमा टाँगिएका तोरण र तुल । तेजिलो भएको घामसँग जोरी खोज्दै बहने उस्तै तेजिलो बतास अनि त्यही बताससँग रमाएका तोरण र बुट्यानले आशा मर्न दिएन ।

    विशाल उपकरणहरू सहित धमाधम फराकिलो बनिरहेको सडक, ठाउँ ठाउँमा बेपत्तासँग उडिरहेको धुलो, सडककै मध्यभागमा चलिरहेको बजार, सडककै किनारामा लागेको अन्न र परालको बिस्कुन, सम्याइन नभ्याएका खाल्डाखुल्डी, गाडीको तेज हर्नलाई नटेरी बाटो काट्ने चौपायाका हुल, केही स्याहार नपुगे जस्ता-पूरा नभए जस्ता नाली र कलभर्ट । यी सबै थिए सडकमा । तर, यति हुँदाहुँदै पनि बलियो गरी उभिएको अनुभूति थियो, बाटो बनिरहेको छ, बाटो यही देशको हो । त्यसैले देश पनि बनिरहेको छ ।

    लाहान पुगे पछि दिशा बदलियो । मौवारले भने,‘आज म यस्तो दिव्य ठाउँमा लान्छु कि, तपाईँको थकान सबै भागिहाल्छ । मन प्रफूल्लित हुन्छ ।’ कहाँ-कसो मैले धेरै चासो नराखी सहमति जनाएँ, ‘मनै प्रफुल्लित हुन्छ भने किन नजाने त ?’ राजमार्ग छोडेर बाटो मोडिए पछि आयो चौरस्ता, चौरस्ताबाट फेरि मोडियो गाडी । मूल सडकलाई छोडेरै किनारै किनार लागे पछि एउटा बुट्यान र रुखहरूले छोपिएको ठाउँमा गाडी रोकियो ।

    जता जता मौवार, उतै उतै हामी । फलामे ढोकाबाट छिर्नुअघि नै उनले दुई हात जोडेर नमस्कार बिसाए । हामीले पछ्यायौँ मात्र । भित्र पुग्न साथै देखिए लिचीको छहारीमा बसेका एक लामो दाह्री भएका लालवष्त्रधारी पुरुष । आ-आफ्ना ढंगबाट श्रद्धा र अभिवादनपछि बस्ने अनुमति प्राप्त भयो ।

    त्यो ठाउँ रहेछ, ओशो माधुर्य ध्यान केन्द्र । तस्बिरमा देखिने सेतै फुलेको लामो दाह्री भएका स्वामी ओशो झैँ देखिने ती लालवष्त्रधारी पुरुष रहेछन्, ज्ञान केन्द्रका प्रमुख स्वामी ज्ञानसाहिल । ध्यान केन्द्रको पर्यावरणले अघिल्लो दिन देखिकै यात्राको थकान मधुरो बनायो । वरिपरि रुख बुटाले ढाकिएको, शीतल बतासको स्पर्श, बोटबाट टिप्दै खान पाइएका लिचीको स्वाद, नजिकै गाई रहेका चराहरूको गीत ।

    अनि भलाकुसारीका विषय : जीवन-मृत्यु, लोक-परलोक, दुःख-आनन्द, जन्म-पुनर्जन्म आदि आदि । दिन मध्य भइसकेको थियो । खाजा नखाई शुरु भएको यात्राका कारण भोक र थकान जाग्नु स्वभाविक थियो । तर केहि बेर सन्यासीसँगको संगत र संवादले भोक र भोगका बारेमा धेरै घोरिन पनि दिएन । आफैँले लेखेको एक थान पुस्तक श्रद्धापूर्वक हस्तान्तरण गरेँ, स्वामीबाट स्वामी ओशोको एकथान पुस्तक प्रेमपूर्वक प्राप्त भयो । अनि लागियो, भोक व्यवस्थापनका लागि ।

    सडक डिभिजन कार्यालय लाहानका प्रमुख आशुतोष कर्ण सार्वजनिक सम्पत्तिको संरक्षण, रुग्ण आयोजनाहरूको व्यवस्थापन र थालिएका सडक योजना पूरा गराउन ताकेताका लागि कार्यस्थलमा पुगेका रहेछन् ।

    उनी आएपछि लाहान डिभिजन कार्यालय परिसरमा आँपको बुटामुनि थकान मेटियो । अनि भेटिए रसिक निरज शाक्य । उनी पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाका त्यहाँका कार्यालय प्रमुख रहेछन् । गीत संगीतमा हुरुक्कै हुने उनका केही भाका सुन्दा निख्रिएको थकान शून्यमा झर्‍यो । अनि शुरु भयो यात्राको अर्को चरण ।

    ‘कलिङ’ राजविराज

    मलाई राजविराजले बोलाइरहेको थियो । पटक-पटक जम्का गर्दा पनि पुग्न नसकेको, इतिहास बोकेको राजविराज । राजविराज पुग्न मभन्दा आतुर थियो मेरो मन । कारण सुन्दै र पढ्दै आएको यसको इतिहास हो । पढेको कुरा हो, टाउन प्लानिङ गरेर बसाइएको राजविराज नगरपालिका तराईको सबैभन्दा पहिलो र नेपालको चौथो शहर हो ।

    वि.सं. १९९४ तिर सप्तकोसी नदीले पुरानो सदरमुकाम हनुमान नगरलाई कटान गर्न थाले पछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी हुन थाल्यो । तत्कालीन बडाहाकिम प्रकाश शमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी ख्याति प्राप्त इन्जिनियर डिल्लीजङ्ग थापालाई सुम्पेका थिए । उनले आफ्नो जमिनन्दारी मौजा रहेको जोलहरी मलेठ गाउँनजिकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरे ।

    त्यस बेला सुन्दर सहरको रूपमा प्रसिद्धि पाएको भारतको जयपुर सहरको नक्सा बमोजिम टाउन प्लानिङ गरी वि.सं. १९९८ मा राजविराज शहर बसाइयो भनेर बारम्बार पढिएको कुरा हो । इतिहासको यकिन इतिहासकारहरूको कोणबाट होला तर जे भए पनि दन्त्यकथाको अलकापुरीझैँ कल्पिँदै शुरु भयो लाहानबाट राजविराजको यात्रा ।

    कटारीबाट मिर्चैया र लाहान छोड्दै गर्दा चोक बाटामात्र होइन, यात्राका सहयात्रीहरू पनि पछि पर्दै थिए । वरिष्ठ इन्जिनियर विनोदकुमार मौवारलाई लाहानै छोडेर हुलाकी राजमार्ग भेट्टाउन चालक विष्णुले गाडीको गति बढाए । सडक किनारामा झपक्कै झुलेका रुख बुटाको छहारी छिचोल्दै हुलाकी राजमार्ग पुग्दा राजविराज नजिकिएको भान भयो ।

    बाटो भए व्यापार, व्यापार भए व्यभार

    तत्कालीन समयमा सगरमाथा अञ्चलको मुकाम राजविराज मध्यान्हमा पुग्दा मानसपटलको राजविराज आँखै अघि आयो । केही सरकारी कार्यालयहरू पुरानो मुकामको प्रमाणका रूपमा थिए । विमानस्थलतर्फ लागिएन । मध्य बजारको उत्तरतर्फ रुखको सयँलमा भेटिए हातमा नाइलन झोला बोकेका रामाजी मण्डल ।

    रामाजी भन्दै थिए, ‘हुलाकी बाटो बन्यो र त राजविराज, राजविराज भयो । नत्र यहाँका मान्छे धेरै बाहिर गई सकेका थिए । बाटो भए त व्यापार गर्ने हो, नत्र के व्यापार ?’ बनौलीबाट साइकलमा व्यापारका लागि आएको बताउने अर्धशतक संघारका उनले व्यापार त खुलाएनन्, तर थपे, ‘व्यापार त जे गरे भो नि, अहिले बाटो छ । बजार छ । मान्छे छ । सब छ नि ! यो बाटो नबन्दाको हालत के थियो ? थाहै होला त होइन ? बाटो भए व्यापार चल्छ, व्यापार चले व्यभार पनि त चल्छ ।’

    २०२० को दशकसँगै पूर्वपश्चिम राजमार्ग विस्तार भयो । राजमार्ग विकास र विस्तारसँगै नयाँ शहरहरू उदाए । चौडा र विस्तारित सडक नभएका दक्षिणी गाउँका बासिन्दा राजमार्ग आसपासका बजारमा खनिए । मैले सबैभन्दा बढी सुनेको र केही देखेको हुलाकी राजमार्गमै पर्ने झापाको गौरीगञ्ज बजारको कथा पनि यस्तै यस्तै हो । कुनै बेलाको पूर्वी नेपालकै आर्थिक गतिविधिको केन्द्र बनेको भद्रपुरको व्यथा पनि उस्तै-उस्तै हो ।

    पूर्वपश्चिम राजमार्ग निर्माणकै आसपासको बेला पहाडी जिल्लाहरूबाट तराई झर्नेको क्रम पनि बढ्यो । अनि नयाँ राजमार्गका बस्तीहरू चोक बने, चोकहरू बजार बने, बजारहरू शहर । शहर विकास भएसँग आर्थिक गतिविधिहरू त्यतै केन्द्रित भए । राजनीतिक र क्षेत्रीय आन्दोलनहरूले पनि कतिपय शहरहरू स्तब्ध बने । तर, मदन भण्डारी, पुष्पलाल अनि हुलाकी राजमार्गको बिस्तारसँगै विकास हुँदै गएका शहरहरूले आशालाई तंग्र्याइरहेका छन् ।

    दमकले थपिएको चमक

    राजविराजलाई बिदा गर्दै गर्दा हामी चियाका अम्मलीहरूलाई सामूहिक तलतल लागिसकेको थियो । कतै शान्त ठाउँमा पुगेर चिया पिउनेमा एकमत भयो । कतै झुरुप्प बस्ती, कतै फराकिला फाँट । कतै पतपती धुवा उडाइरहेका इँटाभट्टाका चिम्नी नियाल्दै ग्राभेल सडकबाट यात्रा छोट्याउँदै गर्दा एउटा पुरानो घुम्तीको टेबुलमा तेलको टिन काटेर बेरा लगाई चिया पकाउँदै गरेको दृश्यले लोभ्यायो । झ्याप्पै ब्रेक हानेपछि हामी सोझै लाग्यो सोही चिया पसलमा ।

    ‘चिया खाऊँ न है । तीन ओटा, रंग कडा चिनी कम’ गणेश सरको आग्रहसँगै ‘बस्नुस् न’ भन्ने मिठो आग्रह आयो । सुतीको गुन्यूले टाउको ढाकेर दूध उमाल्दै गरेकी साहुनी हाम्रा अनुहार र गाडीतिर पुलुक्क पुलुक्क हेरिरहेकी थिइन् ।

    स्यान्डो लगाएका ख्याउटे ज्यान भएका अधबैँसे चिया पकाउने टेबुल नजिकैको बाँसको खाँबोमा आएर अढेस लागे अनि सोधे, ‘कहाँबाट हो, दाइहरू ?’ चालक विष्णुले जवाफ दिए, ‘दमक । दमक बाट हो । पुग्नु भएको छ ?’ अघिनै देखि खासै नबोलेकी चिया पसलकी साहुनीको अनुहारमा एकाएक चमक आयो र आश्चर्यजनक रूपमा थपिन्, ‘दमक ?’ उता स्यान्डोवाला पुरुष झनै नजिक आए । उनीहरू दम्पती रहेछन्, मुखामुख गरे ।

    राजविराजमा रामाजीले भनेका थिए, बाटो भए व्यापार चल्छ, व्यापार चले व्यभार । अनि जिवछको जवाफले प्रष्ट्यायो, बाटो बने पछि गरिखान गाउँ छोड्नु पर्दैन । बनेको बाटोले परदेशिएकाहरूलाई बोलाउँछ ।

    ‘अरे दमक, कसरी नजान्नु दमक । सारा जवानी बित्यो त्यहाँ’ आधा निधारसम्म छोपेको घुम्टो माथि उचाल्दै जवाफ दिँदा ती महिलाको अनुहारमा कान्ति छायो ।

    ‘२० वर्ष रिक्सा चलाएर बसेछु दमक । लाइफलाइन अस्पतालको छेवैमा’ ती पुरुषले भन्नसाथ महिलाले थपिन्, ‘सब केटाकेटी त्यहीँ हुर्किएको हो ।’ अनि विभिन्न नाम, रूप, चेहराका रिक्सावालहरूका प्रसंग निस्किए । अनि प्रश्न गरेँ, तपाईँको नाम चैँ के हो ? स्यान्डोबाट हात छिराउँदै पेट कनाएर अचम्मको जवाफ दिए, ‘नाम खास के सोध्नु हुन्छ ? दमकको कुनै पुरानो रिक्सावाललाई सोध्नु कि मत्तुभैया को हो भनेर ।’

    उनको जवाफले हरहरी बाफ उडेको चिया मुखमा पुगेको मात्र के थियो, झण्डै सर्कियो । ‘किन यस्तो नाम भन्नु भएको ? मत्तु भनेको राम्रो हो र ? खास नाम चाहिँ के हो नि ?’ जवाफमा उनले प्रस्ट्याए, ‘मेरो नाम त जिवछ मण्डल हो । तर, कसैले चिन्दैन यो भन्दा । बरु मत्तुभैया भन्दा सबैले चिन्छ । तब नचिन्ने नाम किन भन्नु ? त्यसैले चिन्ने नाम भनेको नि ।’ मैले यो नामको मान्छे भेटेँ भनेर कसैलाई भने वा केहीमा लेखे भने तपाई रिसाउनु हुन्न ? मैले पुनः प्रश्न गरेँ, उनले जवाफ सहजै दिए, ‘म त्यो बेला खुब मात्थेँ त्यही त मत्तु भन्थे सबैले । मेरो नामै उही भयो । मेरो चिन्ने नाम भन्दा अब म किन रिसाउँ ?’

    श्रीमती पनि गफिन खोज्दै थिइन्, ‘त्यो बेला त यो मान्छे बहुतै मात्ने । २० वर्ष बसे पछि दमक छोडेको ६ वर्ष हुन लाग्यो । अचेल चैँ अलिक कम पिउँछ ।’ अनि तपाईँको नाम ? ‘गुडिया देवी’ उनको छोटो जवाफ पछि जिवछलेनै थपे, ‘पहिले यहाँ बाटो थिएन । रिक्सा पनि कुदाएर गरिखाने उपाय थिएन । अनि काम खोज्दै दमक पुगेँ र उसलाई पनि लगेँ । अचेल त यहाँ पनि बाटो बन्यो । यहीँ पनि रिक्सा चलाउन पाइयो । सिटी कुदाए पनि हुन्छ । त्यही भर फिरेको दमकबाट ।’

    राजविराजमा रामाजीले भनेका थिए, बाटो भए व्यापार चल्छ, व्यापार चले व्यभार । अनि जिवछको जवाफले प्रष्ट्यायो, बाटो बने पछि गरिखान गाउँ छोड्नु पर्दैन । बनेको बाटोले परदेशिएकाहरूलाई बोलाउँछ । साँच्चि, अहिले देशै भरी बाटो बन्ने र बिस्तार हुने क्रम चलिरहेको छ । बाटो आखिर बटुवाको बाटो काट्ने रेखामात्रै होइन गरिखान आधार भेटाउने माध्यम पनि हो रहेछ क्यारे ।

    अहिले धेरैले निराशा व्यक्त गरिरहेको सुनिन्छ, देश बनेन-बन्दै बनेन भन्ने । तर, देश घुम्दा देखिन्छ बाटोहरू बनिरहेका छन्, बाँधहरू उभिइरहेका छन्, सुरूङहरू छेडिइरहेका छन् । अब बाँकी छ त यिनको उपयोग गर्दै जीवनस्तरमा परिवर्तन ल्याउन, आफ्नै ठाउँमा गरिखाने जग बसाल्न ।

    देश बनेन-बन्दै बनेन भन्नेहरूलाई प्रश्न गरौँ झैँ त लाग्यो, के देश बनेन-बन्दै बनेन ? तर सोध्ने कोही थिएन त्यहाँ । अनि लागियो हनुमान नगर कंकालिनी- ७ स्थित जीवछ र गुडियादेवीलाई धन्यवादसहित कोशी ब्यारेज पहिल्याउँदै उत्तर-पूर्व ।

  • महाधिवेशनको संघारमा अनेरास्ववियु : अरुभन्दा के छ फरक ?

    महाधिवेशनको संघारमा अनेरास्ववियु : अरुभन्दा के छ फरक ?

    एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गत जेठ १ गते ६१औं स्थापना दिवस तथा विद्यार्थी एकता दिवस मनाएर अब २४औं महाधिवेशनको संघारमा छ । जेठ २५ देखि २८ गतेसम्म काठमाडौंको कीर्तिपुरमा २४औं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा देशभरिबाट छानिएका १ हजार ५०० प्रतिनिधिले विद्यार्थीका सवालमा बहस पैरवी गर्दै आगामी कार्यदिशा तथा कार्यसमिति चयन गर्नेछन् ।

    दलपिच्छेका विद्यार्थी संघसंगठन वा समूह खुल्ने र दलसँग नाम जोडिँदा घृणाभाव बोध गर्ने विद्यार्थी जमातबीच ६ दशकसम्म आफ्नो पहिचान र विरासत जोगाइराख्न सक्नु आफैंमा चुनौतीपूर्ण विषय हो । अनेरास्ववियु यस सन्दर्भमा सफल विद्यार्थी संगठन हो, जसले हालै सम्पन्न स्ववियुको चुनावी मैदानमा आफ्नो विरासतमात्रै जोगाएन, विद्यार्थी राजनीतिको नयाँ दिशा नै कोर्ने जमर्को गर्‍यो ।

    दल निकटमात्रै होइन, भित्र पनि गुटगत तथा नेता विशेषको नाम झुण्ड्याउँदै, दैलो चाहरेर नेतृत्वको बक्सिसमा दशकौँसम्म अधिवेशन नगरी नेतृत्व गरिराख्ने परिपाटी समकालीन छिमेकी संगठनहरूले बसालिरहेका छन् । यसको तुलनामा नियमित अधिवेशन गर्दै लोकतन्त्रका सबै विधि, निर्विकल्प सहमति वा प्रतिस्पर्धाबाट श्रेष्ठता तथा सहज नेतृत्व हस्तान्तरण गर्ने सवालमा अनेरास्ववियु अन्यलाई समेत पाठ सिकाउन सक्ने संगठन हो । यस आलेखमा अनेरास्ववियुलाई अरु विद्यार्थी संगठनभन्दा भिन्न र उत्कृष्ट संगठनका रूपमा पहिचान दिलाउने पाँच आधारलाई संक्षिप्तमा समेट्ने प्रयास गरिएको छ ।

    विद्यार्थीका मुद्दाः अनेरास्ववियुको एजेण्डा

    अनेरास्ववियुले हरेक समय विद्यार्थीका विभिन्न समस्यालाई कक्षा कोठाको चार कुनादेखि नीति निर्माण तथा नेतृत्व तहसम्म समाधान गर्न अगुवाइ गरेको छ । ‘मिशन क्लासरुम’मार्फत शैक्षिक संस्थाभित्रका विद्यार्थीले भोगेका समस्या, शैक्षिक संस्थाभित्रका बेथितिलगायतका विषयमा प्रशासनलाई ध्यानाकर्षण गराउनेदेखि शैक्षिक संस्थाभन्दा बाहिर सार्वजनिक सवारी प्रयोग गर्दा विद्यार्थी परिचयपत्रको आधारमा छुट दिलाउनेसम्मको अगुवाइ गर्ने कुरा यसका केही उदाहरण हुन् ।

    नयाँ विद्यार्थीलाई आफूप्रति आकर्षित गर्न आजका मुद्दा बोक्नुपर्छ र शिक्षा, विज्ञान, प्रविधि, सीप र कलाको समिश्रण नै आजको युवालाई जोड्ने मुख्य कडी हो भन्ने यसले बुझेको छ । विद्यार्थीको मुद्दा उत्थान गर्ने रचनात्मक शैलीको प्रयोग यसले शुरु गरेको छ ।

    विद्यार्थी राजनीतिको समय सान्दर्भिक दिशा मोड्ने साहस

    पेट्रोलियम पदार्थको भाउ बढ्दा र आफू निकट दल प्रतिपक्षमा हुँदा विरोध गर्नमात्रै सडकमा देखिने परिपाटीबाट गुज्रिएको विद्यार्थी राजनीतिलाई ‘विद्यार्थी महोत्सव’ जस्ता कार्यक्रम गराएर समय सापेक्ष पहलकदमी लिने प्रयास यस संगठनले लिएको छ । नयाँ विद्यार्थीलाई आफूप्रति आकर्षित गर्न आजका मुद्दा बोक्नुपर्छ र शिक्षा, विज्ञान, प्रविधि, सीप र कलाको समिश्रण नै आजको युवालाई जोड्ने मुख्य कडी हो भन्ने यसले बुझेको छ । विद्यार्थीको मुद्दा उत्थान गर्ने रचनात्मक शैलीको प्रयोग यसले शुरु गरेको छ ।

    विगतका उपलब्धिलाई संस्थागत गर्न नयाँ पुस्तालाई यसको अपनत्व स्वीकार गराउनुपर्छ । साथै युवा विद्यार्थीका मञ्च र अवसर उनीहरूलाई नै दिनुपर्छ भन्ने हेतुले गत वैशाख ११ मा गरिएको बृहत् ‘युथ सेलिब्रेसन’ उक्त कुराको सशक्त सन्देश हो । अखिलले परिवर्तनलाई आत्मसात गर्दै प्रविधिको प्रयोगबाट पछिल्लो पुस्तालाई पुस्तान्तरणमा प्रेरित गर्ने र गराउने नवीन शैली अपनाउँदै आएको छ ।

    संगठनको नियमित अधिवेशन

    अन्य विद्यार्थी संगठनभित्र नेतृत्व हस्तान्तरणको विषय जटिल रहेकाले महाधिवेशन धकेलिन्छन् । पार्टीको समीकरणले समेत कतिपय अवस्थामा प्रभाव पारिरहेका उदाहरण प्रशस्तै देखिन्छन् । पार्टी नेतृत्वले आफू निकटको कार्यकर्ता स्थापित गराई खल्तीभित्रको बनाउन खोज्ने तथा अन्यले समेत व्यक्ति च्याप्ने प्रवृत्तिले विद्यार्थी आन्दोलनलाई नै धमिल्याइरहेको अवस्थामा अनेरास्ववियु भने स्थापनाको ६१ वर्ष पुग्दा आसन्न २४औं महाधिवेशन गर्दैछ ।

    स्थापनाकालदेखि हालसम्म भएका विभिन्न महाधिवेशनबाट चुनिएका तत्कालीन विद्यार्थी नेतृत्वले आज पार्टी तथा जनप्रतिनिधिको रूपमा विभिन्न तह र तप्कामा सफलतापूर्वक आआफ्नो जिम्मेवारी सम्हालिरहेका छन् । अनेरास्ववियुको पृष्ठभूमिबाट आएकालाई उनीहरूको क्षमता तथा सम्भावना हेरेर पार्टीले सहजै तत्अनुसार जिम्मेवारी दिने परिपाटीले पनि यो सहज भएको हो । संगठनको कार्यक्षमता नेतृत्वमा समेत भरपर्छ । आवधिक महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वसँगै आउने नवीन विचार र ऊर्जाले संगठनलाई थप क्रियाशील बनाउँछ । विशेष परिस्थितिमा बाहेक अनेरास्ववियुको महाधिवेशन नियमित अवधिमै हुने गर्छ ।

    पार्टी नेतृत्वले आफू निकटको कार्यकर्ता स्थापित गराई खल्तीभित्रको बनाउन खोज्ने तथा अन्यले समेत व्यक्ति च्याप्ने प्रवृत्तिले विद्यार्थी आन्दोलनलाई नै धमिल्याइरहेको अवस्थामा अनेरास्ववियु भने स्थापनाको ६१ वर्ष पुग्दा आसन्न २४औं महाधिवेशन गर्दैछ ।

    सानो तर चुस्त कमिटी

    अनेरास्ववियुको २३औं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटी २५१ सदस्यीय, स्थायी कमिटी ६६ र पदाधिकारी १७ जनाको छ । यसमा थप तीन आयोग र १३ विभाग क्रियाशील छन्, जसको नियमित बैठक र आआफ्नै जिम्मेवारी स्पष्ट ढङ्गले तोकिएको छ । क्रियाशील नरहेका र संगठन तथा जिम्मेवारीबाट बिदा लिन चाहेकाहरूको जिम्मेवारी अन्यलाई दिई उनीहरूलाई बिदा गर्ने सुसंस्कृत परिपाटी यस संगठनले लिएको छ । उल्लेखित संख्या पनि २०८१ फागुन १८ गते बसेको पार्टीको सचिवालय बैठकले कटौती गर्दै १५१ सदस्यीय केन्द्रीय कमिटी र ९ सदस्यीय पदाधिकारी रहनेगरी निर्णय गरिसकेको छ । यो घटेको संख्याले संगठनलाई थप चुस्त बनाउनेछ ।

    खुला आन्तरिक प्रतिस्पर्धा

    छुटपुटका केहीबाहेक अन्य अवस्थामा संगठनको नियमित हुने महाधिवेशनको बन्दसत्रमा आन्तरिक प्रतिस्पर्धा गरी निर्वाचित भएर आएको नेतृत्वले संगठनको नेतृत्व गर्ने प्रचलन अनेरास्ववियुमा छ । अध्यक्षसहित अन्य पदाधिकारी र सदस्यहरूले आन्तरिक रूपमा प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गरेर सांगठनिक जिम्मेवारी लिने गर्छन् । यसले विद्यार्थी जीवनमै नेतृत्वदायी क्षमता, प्रतिस्पर्धाबाट हासिल हुने श्रेष्ठतालगायतका अन्य राजनीतिक चेत विद्यार्थीका मस्तिष्कमा भर्ने गर्छ । अनेरास्ववियुको विश्वविद्यालयबाट दीक्षित हरेक युवा नेतृत्व भोलि देशलाई आवश्यक परेको ठाउँमा नेतृत्व लिन सक्षम युवा भएर निस्किन्छन् ।

    अन्त्यमा, अनेरास्ववियुका सबल पक्षको चर्चा गर्दा यहाँ दुर्बल पक्ष हुँदै नभएका भने होइनन् । परम्परागत रूपमा रहेका तथा हाल अदृश्य रूपमा मौलाउँदै गएको गुटको लडाइँले कहिलेकाहीँ सक्षम तथा उत्कृष्ट विद्यार्थीहरू कोपभाजनमा पर्ने गरेका छन् । छोटो समयावधिमै केही विद्यार्थी नेतृत्वको बदलिएको जीवनशैली तथा दैनिकी हेर्दा संगठनभित्र र आमरूपमा पनि उनीहरूको अदृश्य आयस्रोतमाथि प्रश्न उठ्ने गरेका छन् ।

    विषयमाथि गहन अध्ययन नराख्ने, विद्यार्थीको पहिलो काम भनेकै नियमित तथा पढाइमा उत्कृष्ट नतिजा हासिल गर्नु हो भन्ने बिर्सेर विद्यार्थी नेता बन्न एउटै शैक्षिक संस्थाको एउटै तहमा ४-५ पटकसम्म भर्ना गरिबस्ने जस्ता परिपाटी अन्त्य गर्नुपर्दछ । ‘जुनियर’लाई कार्यकर्ताको रूपमा मात्र नसोची समान व्यवहार तथा काखापाखा नगरी क्षमताअनुसार जिम्मेवारी र अवसर प्रदान गर्दै नैतिक आचरणका सन्दर्भमा उदाहरणीय बन्ने सन्देश देशव्यापी रूपमा २४औं महाधिवेशनले दिन सक्नुपर्दछ ।

    (अधिकारी अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगकी सदस्य हुन् ।)

  • अणु र पहाडको दोस्रो संस्करण प्रकाशित 

    अणु र पहाडको दोस्रो संस्करण प्रकाशित 

    काठमाडौं । साहित्यकार रवीन्द्र समीरको चर्चित लघुकथा संग्रह ‘अणु र पहाड’ को दोस्रो संस्करण प्रकाशित भएको छ । ५६ वटा चोटिला लघुकथा संग्रहित उक्त पुस्तक पैरवी बुक हाउसले बजारमा ल्याएको छ ।

    अणुले जीवनको सूक्ष्मतालाई जनाउँछ भने पहाडले जीवनको विशालतालाई । जीवनको यस्तै सूक्ष्मता र विशालतालाई अणु र पहाड लघुकथा संग्रहमा सुन्दर ढंगले संयोजन गरिएको छ ।

    अणु र पहाडका हरेक लघुकथाले केहि मिनेटको पढाइमा जीवन र जगतका असंगत पक्षलाई उजागर तथा प्रहार गरेका छन् ।

    रवीन्द्र समीरका मृत्युको आयु, एकलव्य दृष्टि, अर्जुन दृष्टि, ईश्वरका कथा, भूकम्पमा मल्हमपट्टी, कोरोनातन्त्र, पैसाको उडान लगायतका १४ वटा साहित्यिक पुस्तक प्रकाशित भएका छन् ।

    उनले पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवाबर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषण पदक लगायत दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

    थोरै शब्दमा धेरै कुरा भन्न सकिने लघुकथा विधा आजको व्यस्त तथा डिजिटल युगमा धेरै पढिने विधा भएको पैरवी बुक हाउसका निर्देशक चन्द्र सिवाकोटीले भने ।

  • सम्बन्धसँगै भत्किएका मनहरू: आधुनिक नेपाली समाजको मौन विखण्डन

    सम्बन्धसँगै भत्किएका मनहरू: आधुनिक नेपाली समाजको मौन विखण्डन

    एक समय थियो, जब नेपाली समाजका सम्बन्धहरू भरोसा, माया र आत्मीयतामाथि टेकिएका हुन्थे । छिमेकीहरू आफन्त झैं हुन्थे, घरका आँगनहरूमा हाँसो, खेलकुद र मनका कुरा साटासाट हुन्थे, तर आज त्यो आत्मीयता हराउँदै गएको छ । हामीले आज केवल सम्बन्धहरू टुटाएका छैनौं, हामीले आफ्ना मनहरू पनि भत्काउँदै गएका छौं । नेपाली समाज कहिल्यै पनि केवल भौगोलिक सीमारेखाभित्रको संरचना थिएन, यो भावना, आत्मीयता र आत्मीय सम्बन्धहरूमा जिउँदो थियो ।

    कुनै समय थियो, जब छिमेकीलाई पनि आफ्नै जस्तो मानिन्थ्यो, साथीसंगीको पीडामा आँसु बग्थ्यो र आफन्तको खुसीमा आफूभन्दा बढी रमाइन्थ्यो, तर आज मानिसहरू चकमक पर्दामा चम्किँदैछन, सम्बन्ध भने चिसिँदैछ । समाजको आत्मा नै सम्बन्ध थियो । दाजुभाइ, दिदीबहिनी, छिमेकी, साथीसंगी सबैले जीवनका सुखदुःखमा हात थामेका हुन्थे, तर आज हामी केवल शरीरले बाँचिरहेका छौं, मनले होइन ।

    नेपाली समाजको मौलिकता भनेकै दाजुभाइ, दिदीबहिनी, छिमेकी, आफन्तबीचको आत्मीय सम्बन्ध हो । दशैंतिहारमा सबै जना एकै ठाउँमा भेला हुने, पुराना रिसराग बिर्सने, खुसी बाँड्ने चलन थियो, तर आज तिहारको टीका पनि ‘भिडिओ कल’मा सीमित हुन थालेको छ । एउटै शहरमा रहेकाहरू पनि भेटघाट गर्न ‘समय छैन’ भन्ने गर्छन् । समय भएकाहरूलाई त्यो उपिस्थतिको पनि कदर छैन । आजका हामी केवल शरीरले बाँचिरहेका छौं, मनले होइन ।

    आज मानिसहरू माया, आत्मीयता र करुणाभन्दा पनि पैसा, पद र प्रतिष्ठालाई प्राथमिकता दिन थालेका छन् । सम्बन्धहरू नाफा-नोक्सानको आधारमा तौलन्छन् । ‘उसले के गर्नसक्छ’ भन्ने सोचले ‘उसले कति माया गर्छ’ भन्ने भावनालाई विस्थापित गरिदिएको छ । सम्बन्धहरूमाथि यो ‘व्यवसायिक दृिष्टकोण’आउँदा मनहरूमा चिसोपन बढ्दै गएको छ । माया अब शर्तसहित बाँडिन्छ, विनाफाइदा कुनै सम्बन्ध टिक्दैन ।

    नेपाली समाजको मौलिकता भनेकै दाजुभाइ, दिदीबहिनी, छिमेकी, आफन्तबीचको आत्मीय सम्बन्ध हो । दशैंतिहारमा सबै जना एकै ठाउँमा भेला हुने, पुराना रिसराग बिर्सने, खुसी बाँड्ने चलन थियो, तर आज तिहारको टीका पनि ‘भिडिओ कल’मा सीमित हुन थालेको छ ।

    आजको युगमा विकास, शिक्षा, प्रविधि र रोजगारीको खोजीले मानिसहरूलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ । यो परिवर्तन, यो आधुनिकीकरण आर्थिक दृष्टिले राम्रै हो । हामी घरको सानो कोठाबाट ग्लोबल स्टेजसम्म आइपुगेका छौं, तर यो प्रगतिको यात्रामा धेरै मानिसले सम्बन्धहरूमाथि ध्यान दिन नसक्दा माया, संवेदना, सहानुभूति अब दोस्रो प्राथमिकतामा परेको छ ।

    नेपाली समाज सधैं आत्मीयताको प्रतीक मानिन्थ्यो । हामीसँग ‘तपाईंको पनि दुःख मेरो हो’ भन्ने भावना थियो, तर आज एउटै घरमा बस्नेहरूबीच दूरी छ, छिमेकीहरूसँग नाम नचिनिने अवस्था छ र आफ्नै आफन्तहरूसँग बोल्न डर लाग्ने अवस्था छ । सबैभन्दा पीडादायक कुरा के हो भने कतिपय मानिसहरू आफ्नो हैसियत, आर्थिकस्तर वा सामाजिक पद फेरिएपछि अचानक आफ्नो विगत बिर्सन्छन् । हिजोसँगै हिँडेका साथीहरू, साथीमात्रै होइन, जीवनका साक्षीहरू आज ‘मेरोस्तरका होइनन्’ भन्दै टाढा बनाइन्छ ।

    कहिलेकाहीँ लाग्छ, अब सम्बन्ध साँचो माया होइन, ‘ब्रान्ड’, ‘लाइफस्टाइल’, र ‘नेटवथ’सँग तौलिन्छ । ‘ऊ अब हाम्रो लेभलको मान्छे रहेन । म त यत्रो ठाउँ पुगिसकेँ, अब कसको के काम ?’ यस्ता भनाइहरू दिनहुँ सुनिन थालेका छन् । हिजो जसको काँधमा टेकेर अघि बढेको थियो, आज त्यसैलाई पछाडि छाडिन्छ, केवल हैसियत मिलेन भनेर । यस्ता सोच, व्यवहारले सम्बन्धमात्र टुटाउँदैन, मन पनि भत्काउँछ ।

    पहिले छिमेकीहरू आमाबुबाका अनुपस्थितिमा हेरचाह गर्ने नातामा हुन्थे, तर आज त छेउको घरमा के भइरहेको छ भन्ने थाहा पनि छैन । कहिलेकाहीँ त मृत्यु भए पनि थाहा पाइँदैन । बच्चाहरूलाई छिमेकीसँग बोल्न नदिने, आफैँले बोल्न नचाहने प्रवृतिले समाजलाई एक्लोपनमा धकेलिरहेको छ । सम्बन्धहरू त टुटेका छन् नै, मन पनिसँगै भत्किएका छन् । आज मानिसहरू अरूसँग भए पनि एक्लोपन महसुस गर्छन् । मोबाइल स्क्रीनमा जीवन देखिए पनि मन शून्य छ । कहिल्यै नटुट्ने जस्तो लागेका सम्बन्धहरू चुपचाप टुट्छन्, त्यो चोट गहिरो हुन्छ । आजका युवाहरू डिप्रेशन, एन्जायटी, आत्मग्लानी जस्ता समस्यासँग लडिरहेका छन्, तर यो मानसिक संकटलाई धेरैले चिनेका छैनन् किनभने हामीले भावनात्मक कुरा गर्न छाडिसकेका छौं ।

    सम्बन्धहरू त टुटेका छन् नै, मन पनिसँगै भत्किएका छन् । आज मानिसहरू अरूसँग भए पनि एक्लोपन महसुस गर्छन् । मोबाइल स्क्रीनमा जीवन देखिए पनि मन शून्य छ । कहिल्यै नटुट्ने जस्तो लागेका सम्बन्धहरू चुपचाप टुट्छन्, त्यो चोट गहिरो हुन्छ ।

    हो, प्रविधिले हामीलाई सजिलो बनाइदिएको छ, मोबाइलले दूरी घटायो, इन्टरनेटले विश्वलाई छेउमै ल्यायो, तर यिनै प्रविधिहरूले हाम्रो ‘भावना’ हरायो । अहिले ‘फिलिङस्’ होइन, ‘फल्टर’ छ, ‘सम्झना’ होइन, ‘स्टोरी अपडेट’ छ । अहिले कसैले दुःख पाइरहेको छ भने त्यसको समाधान सोध्नेभन्दा ‘हेडलाइन’ बनाउने, ‘शेयर’ गर्ने होड हुन्छ । मानिसहरू सँगै भएर पनि अलग छन् । हाँसो देखिन्छ, तर भित्र पीडा लुकेको हुन्छ, जुन कसैले बुझ्दैन, बुझ्न चाहँदैन । प्रविधि र आधुनिकीकरणले जीवनलाई सहज बनाएको छ ।

    आज हामी एक क्लिकमा संसारसँग जोडिन सक्छौं, तर भावना भने टुक्रँदैछ । मन दुःख्यो भने शेयर गर्न कोही हुँदैन । रुन मनलाग्यो भने अडेस लाग्ने काँध छैन । केवल ‘म त ठीक छु’ भन्ने झूटा मुस्कान छ र त्यो मुस्कान पनि फिल्टरले बनाइएको हो । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल यी सबैले हामीलाई संसारभर फैलिएको साथीसँग सजिलै जोडिदिएका छन्, तर यही प्रविधिले हामीलाई आफ्नै घरभित्रका मानिसहरूबाट टाढा बनाइदिएको छ । आज एउटै कोठामा बसेका मान्छेहरूबीच संवाद छैन, स्क्रोल छ । भाइरल ट्रेन्डमा नाचिन्छ, तर परिवारका सदस्यसँग बोल्न झन्झट लाग्छ ।

    अहिले धेरै मानिसहरू आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा सफल देखिन्छन्, तर त्यो चमकभित्र गहिरो खालीपन लुकेको हुन्छ । जसको जीवनमा सबै सुविधा छ, तर दुःखेको बेला मन बिसाउने कोही छैन । खुसी हुँदा बाँड्ने कोही छैन । एकलोपन बढेको छ, मानसिक तनाव मौन रूपमा बढिरहेको छ । आश्चर्य त के छ भने हिजो जसको दुःख देख्दा हाम्रै आँखाबाट आँसु झर्थ्यो, आज हामी त्यस्तो पीडा देखेर पनि केवल ‘रिएक्ट’ दिन्छौं, अनुभूति होइन ।

    यही शून्यताले नै हाम्रो समाजमा मौन तनाव, मानसिक समस्या र एक्लोपनको प्रमुख कारण बन्न थालेको छ । सम्बन्ध बिग्रनु स्वाभाविक हो, तर आज त सम्बन्ध टुट्नासाथ प्रयास गर्ने परम्परा पनि हराइसकेको छ । केही कुरा मनपरेन भने ‘ब्लक’ थोरै गुनासो आयो भने ‘अनफ्रेन्ड’ गर्ने प्रवृत्ति बढेको छ । हाम्रो सहन शक्ति नै हराएको छ । मानिसहरू आज आत्मीयता होइन, सुविधा खोजिरहेका छन् । ‘यो सम्बन्धले मलाई के दिन्छ’ भन्ने सोच ‘यो सम्बन्धमा म के दिनसक्छु’ भन्दा अघि आउन थालेको छ ।

    मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल यी सबैले हामीलाई संसारभर फैलिएको साथीसँग सजिलै जोडिदिएका छन्, तर यही प्रविधिले हामीलाई आफ्नै घरभित्रका मानिसहरूबाट टाढा बनाइदिएको छ । आज एउटै कोठामा बसेका मान्छेहरूबीच संवाद छैन, स्क्रोल छ ।

    हामी अहिलेको पुस्ता सफल त भैरहेका छौं, तर सँगै संवेदनशून्य पनि । सम्बन्धको डोरी केवल फोटो, मेसेज र समारोहका लागि बाँध्ने हो भने त्यसको आयु चाँडै सकिन्छ । सम्बन्ध जोगाउन भावना चाहिन्छ । भावना जोगाउन समय, सहन शक्ति र सरलता चाहिन्छ । अझै पनि सम्बन्धको भग्नावशेष उठाएर नयाँ माया र समझदारीको इँटा हाल्न सकिन्छ । हिजोका सरल सम्बन्धहरू आजका विचारशून्य सम्पन्नताभन्दा धेरै मूल्यवान थिए । त्यसैले अगाडि बढौँ, तर सम्बन्ध बिर्सेर होइन, साथमा लिएर । थोरै माया, चासो र समझदारीले पनि सम्बन्धहरू बचाउन सकिन्छ । दिदीबहिनी, दाजुभाइसँग विनाकारण सम्पर्क गर्नुहोस् । छिमेकीको ढोका ढकढकाएर ‘सबै ठीक छ’ भनेर सोध्नुहोस् । परिवारसँग एकै ठाउँमा बसेर खाना खानुहोस् । आफ्ना बच्चाहरूलाई सम्बन्धको महत्व सिकाउनुहोस्, केवल सफलता होइन ।

    जब सम्बन्धहरू टुट्छन्, साथमा मनहरू पनि भत्किन्छिन् । भावनाविहीन सम्बन्ध, आत्मीयताविहीन समाज यस्तो समाज केवल भवनहरूको थुप्रो हो, जहाँ मानिस बाँचिरहेका हुन्छन्, तर जिउँदै छैनन् । हामी अझै परिवर्तन ल्याउन सक्छौँ एक सानो मुस्कान, एक फोन कल, एक ‘तिमीलाई सम्झें’ भन्ने सन्देशबाट । त्यसैले फेरि फेरि एकचोटी मान्छेहरूको ‘मन’ बुझ्न सुरू गरौँ । सामाजिकस्तर, आर्थिक हैसियतभन्दा अगाडि आत्मीयता राखौँ । सफल भएपछि अरूलाई मुनि हेर्न होइन, अघि बढ्न प्रेरणा दिऔँ । बच्चाहरूलाई माया, सेवा र सहानुभूतिको मूल्य सिकाऔँ । टेक्नोलोजीको सदुपयोग गरौँ, तर भावनालाई हराउन नदिऔँ ।

    सम्बन्ध सजिलै बनाइन्छ, तर सजिलै जोगिँदैन । हिजोका साथीहरू, छिमेकीहरू, आफन्तहरू हामी सँगै थिए किनभने त्यहाँ भावना थियो । आज मायाभन्दा ब्रान्ड, समझदारीभन्दा स्ट्याटस र आत्मीयताभन्दा ‘इन्फ्लुएन्स’ महत्त्वपूर्ण बनेको छ । मानवताभन्दा नेटवर्किङमा विश्वास गर्न थालेका छौं, तर भोलिका पुस्ताले आत्मीयता बिर्सिए भने हामीसँग बाँकी रहनेछ केवल एक्लोपन र पश्चाताप । सम्बन्ध र भावना फालिने वस्तु होइनन्, यिनै त हुन्, जसले हामीलाई ‘मानव’ बनाउँछन् ।

  • सामाजिक सञ्जालमा गन्हाएको ‘झोला’ सफा गर्न एमालेको झोले अभियान

    सामाजिक सञ्जालमा गन्हाएको ‘झोला’ सफा गर्न एमालेको झोले अभियान

    गएको शनिबारयता सामाजिक सञ्जालमा ‘झोले’ शब्दको खुब चर्चा परिचर्चा छ । सँगै टिकाटिप्पणी पनि बढिरहेको छ ।

    ‘झोले’ शब्दको राजनीतिक सन्दर्भमा प्रयोग कहाँबाट सुरू भयो भन्ने प्रश्नको स्पष्ट र एकमात्र उत्तर छैन, तर यस शब्दको उत्पत्ति र विकास नेपाली कम्युनिष्ट आन्दोलन र त्यसमा संलग्न कार्यकर्ता संस्कृतिसँग गहिरो रूपमा जोडिएको इतिहास भने पाइन्छ । करिब पाँच दशकअघिदेखि सुरू भएको झोले शब्दको सामान्य अर्थ

    ‘झोले’ भन्नाले मूलतः झोला बोकेको व्यक्ति भन्ने सामान्य अर्थ लाग्न सक्छ । नेपाली समाजमा खासगरी विद्यार्थी वा राजनीतिक कार्यकर्ताले झोला बोकेर हिंड्ने, पार्टीको कागजपत्र, पम्प्लेट, ब्यानर बोक्ने र नेताको पछि पछि लाग्ने कार्यकर्तालाई व्यंग्यात्मक शैलीमा ‘झोले’ भन्ने गरिन्छ ।

    ‘झोले’ शब्द आफैँमा नकारात्मक शब्द होइन । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत शब्दकोश’ मा झोलेका तीनवटा अर्थहरू छन् पहिलो, अर्र्कोको झोला बोक्ने, दोस्रो, झोल भएको रसदार र तेस्रो झोला बोकेर हिँड्ने । भन्ने उल्लेख छ ।

    तर, यस शब्दको अर्थ केबल झोला बोक्नेमा मात्र सीमित छैन । समयसँगै यसको प्रयोगले राजनीतिक चेतना, कार्यकर्ता समर्पण, विचारमा निष्ठा, र कहिले काँही अन्धसमर्थन, अन्धभक्तिको संकेत गर्न थालेको छ ।

    पुराना कम्प्युनिष्ट नेताका अनुसार झोला बोकेर राजनीतिमा होमिने संस्कृतिबाट ‘झोले’ को जन्म भएको थियो भनिन्छ । नेपाली वामपन्थी आन्दोलन, विशेषतः २०२५-२०३५ सालको दशकमा, भूमिगत कार्यकर्ताको भूमिका विशेष महत्वपूर्ण थियो । ती कार्यकर्ताहरू जनताको बीचमा राजनीतिक सन्देश, प्रचार सामग्री (पम्प्लेट, हाते पत्रिका, भित्ते लेखन सामग्री आदि) लिएर गाउँ-गाउँ पुग्थे । उनीहरूले आफ्ना कागजात, किताब, लालपुर्जा, संगठन सामग्री झोलामा राखेर बोकेका हुन्थे । यो काममा भरतमोहन अधिकारी, मदन भण्डारीदेखि अन्य ठूला नेताहरु भूमिगत हुँदा काँधमा झोला भिरेर प्रजातन्त्र स्थापनाका लागि अभियान लिएर गाउँगाउँ पुग्ने गर्दथे ।

    यही ‘झोला’ बोकेर हिँड्ने, नेताको साथ-साथ जनताबीच पुग्ने ती समर्पित कार्यकर्ताहरूलाई नै सुरुमा सहानुभूतिको अर्थमा ‘झोला बोकेको यो सच्चा कार्यकर्ता हो’ भनेर भनिन्थ्यो । तर पछि यही ‘झोला’ भन्ने शब्द बोलचालमा ‘झोले’मा रूपान्तरित भयो । गाउँघरमा केटाकेटीहरुले आफ्नो घरमा ‘झोला बोकेको मान्छे’ आएको छ भन्ने गर्दथ्र्ये । पछि ति गाउँघरमा झोला बोकेर डुल्लनेहरुलाई नै ‘झोले’ भन्न थालियो ।

    २०३६ सालको जनमत संग्रह र त्यसअघि-पछिको राजनीतिक प्रचार अभियानमा वामपन्थी दलका कार्यकर्ताहरू गाउँ-गाउँ, बस्ती-बस्ती झोला बोकेर जान थाले । बिस्तारै ‘झोले’ भन्नाले यस्तो कार्यकर्ता जनाइन्छ जो पूर्णकालीनरूपमा पार्टी कार्यमा खटिन्छ, व्यक्तिगत जीवन त्यागेर पार्टीमा समर्पित हुन्छ ।

    त्यो बेला ‘झोले’ लाई एउटा वैचारिक व्यक्तिको रूपमा चिनिन्थ्यो । अनेकौं कार्यकर्ताहरूले आफ्नो परिवार, पढाइ, व्यक्तिगत व्यवसाय छाडेर ‘झोला बोकेर’ संगठनमा लागेका थिए । त्यसैबेला यो शब्दको प्रतिकात्मक प्रयोग हुन थाल्यो- ‘झोला बोक्ने कार्यकर्ता झोले कार्यकर्ता’ ।

    २०४६ सालको जनआन्दोलनपछि पार्टीहरू खुला भए, कार्यकर्ता राज्यसञ्चालन, आन्दोलन, सरकार सञ्चालन आदि भूमिकामा देखिन थाले । यही बेलादेखि ‘झोले’ शब्द व्यंग्यात्मकरूपमा प्रयोग हुन थाल्यो । नेताहरूको चाकरी गर्ने, मन्त्री वा सचिव बन्नका लागि लबिङ गर्ने, विचारभन्दा व्यक्तिगत लाभमा केन्द्रित हुने कार्यकर्तालाई आलोचना गर्न ‘झोले’ शब्द प्रयोग गरिन थालियो ।

    गर्दै नगरेको कुरा पनि नेताको अगाडि गर्न तयार हुने झोलेहरूकै कारण पार्टी बिग्रिएको हो । त्यो बेलाको ‘झोले’ शब्द एक्काएक परिवर्तन भयो । त्यसपछि ‘झोले’ शब्द एक किसिमको अन्धसमर्पण, चाकरी, नालायक कार्यकर्ताको पर्याय बन्दै गयो ।

    माओवादी सशस्त्र संघर्षको समयमा झोले शब्दको अर्को व्याख्या

    माओवादी सशस्त्र संघर्षको समयमा, माओवादी कार्यकर्ताहरूले ‘झोले’ शब्दलाई शहरी, पुस्ताको राजनीतिमा रमाउने, नेतृत्वसँग नजिक हुने, तर जनताबाट टाढा हुने कार्यकर्तालाई व्यंग्य गर्ने रूपमा प्रयोग गर्न थाले । उनीहरुले ‘झोले’ भन्नाले ‘सैद्धान्तिक ढोंग गर्ने, तर व्यवहारिक रूपमा फितलो कार्यकर्ता’को रूपमा चित्रण गरे ।

    २०७० सालपछि, विशेषतः सामाजिक सञ्जालको तीव्र विकाससँगै ‘झोल’ शब्द सार्वजनिक बहसमा निकै चर्चित हुन थाल्यो । खासगरी फेसबुक र ट्विटरमा नेताको समर्थन गर्ने जो-कोहीलाई ‘यो त झोले हो’ भन्दै आलोचना हुने चलन बढ्यो ।

    लेख लेख्ने, फोटो शेयर गर्ने, कुनै विचार राख्ने बित्तिकै ‘झोले’, ‘पार्टीको पुच्छर’, ‘अन्धभक्त’ भन्ने कमेन्टहरू आउन थाले ।

    आलोचना गर्नेहरूलाई ‘झोले होइन, स्वतन्त्र सोच भएको मान्छे’ भन्ने तर्क दिनुपर्ने अवस्था देखियो । विशेष स्वतन्त्र प्रवृत्तिका व्यक्तिहरूले पार्टी संगठनमा आवद्धहरूलाई सामाजिक सञ्जालमा बढि ‘झोले’ देख्न थाले । यति बेला यो शब्द खराबरूपमा चित्रण हुन थालेको छ ।

    राजनीतिक सन्दर्भमा ‘झोले’ को अर्थ

    राजनीतिक सन्दर्भमा ‘झोले’ भन्नाले यस्तो कार्यकर्तालाई जनाइन्छ जसले आफ्नो दल वा नेताप्रति अत्यधिक समर्पण देखाउँछ । यस्ता कार्यकर्ताले पार्टीका आदेशलाई विनाप्रश्न पालन गर्छन्, नेताका भनाइलाई अन्तिम सत्य मान्छन्, र पार्टीविरोधी भनाइलाई सह्य गर्दैनन् । यसो हुँदा ‘झोले’ शब्द दुई धारको बनेको छ-

    एकातिर, यसले निःस्वार्थ कार्यकर्ता, पार्टीप्रति निष्ठावान, लामो समयदेखि काम गरिरहेका घामपानी नभनी खट्ने व्यक्तिलाई जनाउँछ ।

    अर्कोतिर, यसले अन्धभक्त, तर्क विहीन पक्षपाती, नेताको चाकरी गर्नेको रुपमा उजागार भइरहेको छ ।

    व्यंग्यात्मक प्रयोग र आलोचना

    अक्सर ‘झोले’ भन्ने शब्द आलोचनात्मक वा व्यंग्यात्मक सन्दर्भमा प्रयोग हुने गर्छ । राजनीतिक बहसमा, कसैको तर्कलाई अवैज्ञानिक, अन्ध-समर्थन भनिँदा ‘तपाईं झोले हुनुहुन्छ’ भन्ने आरोप लाग्छ ।

    जस्तैः

    ‘झोलेहरू त यिनले जे गरे पनि ठिकै भन्छन् ।’

    ‘पार्टीको झोला बोकेर नेताको पछि लाग्दैमा देश बन्दैन ।’

    यस किसिमको प्रयोगले ‘झोले’ शब्दलाई अपमानजनक बन्दै लगेको छ ।

    यता २०७९ सालको स्थानीय तहको निर्वाचनमा धरानमा हर्क साम्पाङले मेयर जितेपछि धरानका पत्रकारहरुलाई होच्याउँदै ‘स्वतन्त्र पत्रकार मेरो कार्यालयमा आउनु, ‘झोले’ पत्रकारहरू नआउनु’ भनेर उर्दी जारी गरे । उनको उर्दीपछि मेयरको कुनै समाचार विपक्षमा आयो भने उनका अन्धभक्त समर्थकहरूले ‘पार्टीका झोले पत्रकारहरू’ भनेर सामाजिक सञ्जालमा गाली गर्न थाले । यो क्रम अहिले पनि निरन्तर छ ।

    एमालेको ‘म झोले हु’ अभियान र ऐतिहासिक सन्दर्भ

    यति बेला नेकपा एमालेले ‘म झोले हुँ’ भन्ने अभियान चलाएर यो शब्दको पुनः मूल्याङ्कन गर्न खोजेको देखिन्छ । यसमार्फत ‘झोले’ शब्दको ऐतिहासिक योगदानलाई स्मरण गर्ने र त्यसलाई गर्वको प्रतीक बनाउने प्रयास गरिएको छ । यो अभियान प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेखेर सुरूवात गरे ।

    उनले लेखेका छन्- ‘एउटा सामान्ती समाजको दास बन्नु भन्दा देशमा परिर्वतन र विकासको झोला बोकेर हिड्नु उत्तम चरित्र हो ।’ यसलाई अरु नेता र कार्यकर्ताले पनि विभिन्न तर्कसहित पछ्याइरहेका छ्न् ।

    ‘झोले’ शब्दको उत्पत्ति राजनीतिक आन्दोलन र समर्पणको संस्कारबाट भएको हो । यद्यपि समयसँगै यसको अर्थहरू फरक-फरक रूपमा प्रयोग हुन थाले- सुरुमाः सिद्धान्तप्रति समर्पित कार्यकर्ता र पछिः व्यंग्यात्मक अर्थमा चाकरीबाज कार्यकर्ता र अहिले फेरि आन्दोलनका जरा-कार्यकर्ता भनेर पुनः गर्वको प्रतीक बनाउने प्रयास भएको छ । यसको इतिहास नेपाली राजनीतिक आन्दोलनकै एउटा चित्र हो- जसले संघर्ष, आलोचना र पुनः मूल्याङ्कन सबै समेट्छ ।

    सामाजिक सञ्जालमा निकै ‘गनाएको’ नेपालका राजनीतिक पार्टी लक्षित आलोचनात्मक शब्दलाई नेकपा एमालेले राजनीतिक ‘आइडेन्टिटी’ को सशक्त रूप स्थापित गर्न खोजी रहेको छ । भूमिगत रूपमा जुन हिसाबले ‘झोले’ शब्दलाई ग्रहण गरिएको थियो त्यही साख पर्काउन एमालेको अभियान आएको भनी आम नागरिकले बुझ्दा उचित होला ।

  • शैलुङ-कालिञ्चोक, भीमेश्वर यात्रा : संसारभरले हेर्नुपर्छ यो सुन्दरता

    शैलुङ-कालिञ्चोक, भीमेश्वर यात्रा : संसारभरले हेर्नुपर्छ यो सुन्दरता

    दिनहरू अक्सर सामान्य नै हुन्छन् । त्यसलाई विशेष बनाउने काम मान्छेको हो । त्यसमा खुशी, सुख आनन्दले भर्न सकियो भने ती दिनहरू संसारको इतिहासमा ऐतिहासिक होस्-नहोस् आफ्नै इतिहासमा रोचक, रमाइलो र रसिलो दिन बन्दछ ।

    दिनहरू राष्ट्रिय संवत्‌भन्दा पनि व्यक्तिगत चाडपर्वले विशेष बन्दछन् । जस्तो बिहेको दिन, जन्मदिन, सांस्कारिक पर्वहरू । अरू दिनहरूलाई पनि अरू विभिन्न कारणले विशेष बनाए भोलिका दिनमा आजको दिन सम्झँदा पनि ऊर्जा मिल्छ । आजकल त्यस्तै दिन खोजिरहेछु । बनाइरहेछु । यसैले नै हाइकिङ , ट्रेकिङ गरिरहेछु । यात्रा गरिरहेछु । कि किताबको यात्रा, कि अन्तर्मनको यात्रा कि दूर दराजको यात्रा ।

    मानव जीवनमा उत्पत्तिकालदेखिकै विकास हेर्ने हो भने उसको बसाइसराइले महत्त्वपूर्ण भूमिका खेलेको छ । मान्छेभित्र अन्तर्निहित कुरा हो यात्रा । ऊ यात्रा गर्न खोज्दछ । आफ्नो लागि, आफ्नाको लागि । आफूभित्रको यात्रालाई बाहिर लैजान्छ र बाहिरको यात्रा आफूभित्र भित्र्याउँछ ।

    २०८२ जेठ १० गते शनिबार यस्तै दिन बन्यो । भोलिको तयारीको आजै भन्ने जिन्दगीले सिकाएको छ । शैलुङ जानको लागि बेलुकी ९:०० बजे नै सुतेर बिहान ४ बजे उठियो । बिहान ५ बजे नै गाडी आउँछ भनेर । दुई दम्पती जाने भयौँ । दुवै दम्पतीको सम्पत्ति सम्झना बढाउने उद्देश्य थियो ।

    सुरेन्द्र फुयाँल (एसपी) बाल्यकालको पदचाप भएको साथी थियो । ऊसँगका सम्झनाहरू एउटा किताब बन्ने किस्साहरू छन् उसका र मेरा । उसको श्रीमती निकिता अनि मेरो श्रीमती सिर्जना । दोलखाका लागि बाटो तताउने हामी चारजनाको एक साताअघिकै योजना थियो । सोही अनुरूप आजकल टिकटकमा पाउने यात्राको प्याकेज लिएका थियौँ । एकजनाको ४५ सय लाग्थ्यो ।

    बिहानै गाडी घरमै आइपुग्यो । ५:२५ मा डिल्लीबजारबाट दुई जना टिपेछ । त्यसपछि हामी बुढाबुढीलाई । चाबहिल चोकमा भद्रबासका नगरकोटी र मगर बहिनीलाई लियो । पालो सुरेन्द्र-निकिताको थियो । उनीहरूलाई लामपोखरीबाट लिएर गाडीले रफ्तार लायो ।

    बाटो विकासको पूर्वाधार हो भनेर सानैमा पञ्चवर्षीय योजनामा सुनेको अब हामी नै पैँतालिस प्लस हुँदा पनि त्यही सुनिरहेका छौँ । बाटो बन्दै गरेको बनेपा-धुलिखेल खण्ड हत्तेरी ! मान्छेलाई दण्ड दिनुपर्‍यो भने दशपल्ट धुलिखेल तीनपिप्ले यात्रा गर भने हुनेजस्तै लाग्यो । घल्च्याङ, घल्च्याङले मुन्टो नै दुख्ने भन्या ! हिँड्नेलाई केहीले रोक्दैन । पार गरिहालिन्छ जस्तो पनि । बल्ल खावा आइपुग्यो ।

    आजकल यहाँ कफी हाउसहरू टन्नै छन् । खावामा खुवा, मही मस्तैले पाइन्छ । यहाँ कफी र बिहानको खाजा खाइयो । प्याकेजमा त्यो नपर्ने रहेछ । हामीले तिर्नै पर्‍यो । खाजा खाएर निक्लँदा ७:४३ भएछ । हामीले खाजा खाएको गौरीशंकर अर्ग्यानिक कफी एन्ड लस्सीमा एक फोटो लियौँ । २०५७ मा स्थापना भएको भनेर बोर्ड बोल्यो ।

    ३८ किलोमा ब्रेकफास्ट गरेपछि गाडी एकैपल्ट सुकुटे स्याण्डी बिच पुगेर रोकियो । त्यहाँ पुग्दा ८:१५ भएको थियो । हामीले हैन, इलेक्ट्रिक भेहिकल (ईभी) ले खाना खानैपर्ने भयो, ऊ निकै भोकाएको रहेछ । आधा घण्टा लाग्ने भएपछि बिच नभएको देशमा खोलाको किनारलाई बिच मानेर अरूले झैँ हामीले पनि फोटो खिच्यौँ । भिडिओ बनाइयो । सुकुटे लोकप्रिय भएको छ अहिले । मान्छेहरू एक रात नदी किनारमा सुस्ताउँदै भोटेकोसीमा बोटिङ गर्न यहाँ आउँछन् ।

    सुकुटेको स्याण्डी बिचमा बालुवा र खोला हेर्दै एसपी र मैले कुरा गर्‍यौँ ‘ईभी त डीभीभन्दा खतरा रैछ है !’ डीभी परेर गएका नेपालीलाई डीभीको लत परेजस्तै हामीलाई ईभीको लत पर्नु पर्दछ भन्ने त्यसको सार थियो । पहाडी बाटोमा मज्जाले जाने यो गाडी दैनिक काठमाडौंबाट दोलखाका डाँडा सजिलै चढ्ने हाम्रो ड्राइभर राज खड्गीले बताइसकेका थिए ।

    गाडीले चार्ज खाइरहँदा समयमा हामी पनि देशको विकासको मन्द गतिबारे कुरा गर्‍यौँ । एउटा पञ्चवर्षीय योजना नसक्दै बाटो बन्ने भनिएको हुन्छ । तीन वटा पञ्चवर्षीय सक्दा पनि नबन्ने दीर्घ रोगी भैसकेको छ हाम्रा योजनाहरू । यस्तो बाटोले गर्दा पेट्रोल, डिजेलको सत्यानाश त छँदै छ । टायर, धुलो, धुवाको धरपकड उस्तै छ ।

    यस्तोमा यो देशमा ईभी गाडी प्रशस्त कर छुट गरेर दिनुपर्नेमा सरकारले कर बढाउँदै छ भन्ने त्रासले ईभी आएर थुप्रेको समाचारबारे कुरा गर्‍यौँ । एसपी र म निकैबेर यो विषयमा सरकार किन अभिभावकजस्तो नभएको होला भनेर चिन्तन-मनन गरियो । दुःखी भएर पनि सरकारलाई काम छैन त्यसैले दुःखी भइएन ।

    केही समयअगाडि एक कार्टुन हेरेको थिएँ । जनता माछा मारेर टोकरीमा हाल्ने । सरकारले किसानले मारेको माछा उसको ठूलो टोकरीमा हाल्ने । सरकार मोटाउँदै जाने जनता दुब्लाउँदै जाने गज्जबको कार्टुन थियो त्यो ।

    ईभी गाडी मज्जाले कर छुट दिए त एकातिर पैसाको बचत । अर्कोतिर तेलको बचत । टायर घोटिएर हुने हैरान पनि कम । वातावरण पनि राम्रो हुने । सुविधा बढी, सास्ती कमको कुराकानी नसक्दै गाडी हामीलाई लिन आइहाल्यो । खुशी लाग्यो, बेस्मारी धुवा फालेर दौडने बलेरो, स्कार्पियोलाई यस्ता ईभीले रिप्लेस गरेछ र गर्दै रहेछ । यो कुरा गम्भिररूपले सरकारले बुझेर टयाक्सी, ट्याम्पो र डिजेल बेस्कन फाल्ने धुवा गाडी हटाउँदै यस्तै गाडीलाई उच्च सुविधा दिँदा प्रदूषणरहित समाज बन्दै जानेमा हामी ढुक्क भयौँ । कुनै दिन यतैतिर सरकार नआई सुख्खै छैन भन्दै ढुक्कले यात्रा गर्‍यौँ ।

    कुरा गर्दा गर्दै खाँडीचौर आइयो । त्यहाँको पुल क्रस गरेपछि दोलखा लागिहालियो । २५ किमी बाटोमा २२ घुम्ती पार गरेर गाडी मुडे पुग्यो । गाडीले मुडेको चिसोमा हामीलाई तताउने सुर गर्‍यो । भेज खाना प्याकेजमा रहेछ । हामी ननभेजवाला पर्‍यौ । निकिता माछा भेजवाला परिन् । चिकेन र माछाको पैसा तिरेर मज्जाले चिसोमा तातियो । मुडेमा मन मौसम जस्तै मज्जाको भयो ।

    हुस्सुले एकैछिनमा छोप्ने मुडेमा याक, चौँरीको घिउ, आलु अनेक बेच्न राखिएको थियो । फर्केर आएर किन्ने भन्दै लागियो खाना खाएर शैलुङको यात्रा । बाटो केहीबेर गज्जब राम्रो थियो । नयाँ बस्तीहरू थपिएका । जस्ताहरू टल्किएका । मान्छेहरू चाइनिज ज्याकेट र सामानहरूले टिलिक्क टल्किएका । सरसफाइ पनि राम्रो देखिएको । आकाश खुलिरहेको । गफिँदै, बाहिर हेर्दै हामी अगाडि बढिरह्यौँ ।

    देशभर डोजरे विकास हुँदैछ बाटोको । शैलुङमा जाने बाटो पनि बनिरहेको रहेछ । शैलुङकै साना पहाड जस्तै गरी एक साइडमा रोडा थुपारेर राखिएको रहेछ । अबको चार वर्षमा त बाटो मज्जाले बन्ला नि भन्ने लाग्यो । ठूला गाडी आउँदा साइड दिन अलिक गाह्रै हुने रहेछ । कहिलेकहीँ त जाम नै हुने रहेछ ।

    लामो लामो बाटो ढलान रहेछ । पहाडमा पहिरोको जोखिम छ । त्यसैले पीचभन्दा ढलान नै राम्रो हो । लाङटाङमा देखेथेँ रसुवामा पनि बन्दै गरेको बाटोमा ढलान गरेको थियो । पहाडी र हिमाली बाटोमा ढलान उपयुक्त भन्ने लाग्यो । उकालो उक्लिएको उक्लियै हामी लगभग एक बजे शैलुङ पुगिहाल्यौँ ।

    शैलुङमा सानो बजार रहेछ । यो त पुरै प्रख्यात भइसकेको ठाउँ । यहाँ मान्छे हज्जारौं आउने रहेछन् । चिया खाएर जाउँ, यता-यता भनेर कराएको देखियो । होटलहरू बनिरहेका । मान्छेहरूको लर्को देख्यौँ । पानी पर्ला भन्ने डर लागिरहेको थियो । बीच बाटोमा परेको पानीले बाटो हिलो भएर तल बुद्धको ठूलो मूर्तिनजिकै राज खड्गी भाइले गाडी रोक्यो । राज पनि दुई बहिनीहरूसँगै शैलुङ जाने भन्दै सँगै आए ।

    हामी सँगै गएका एक दम्पती जो डिल्लीबजारका हुनुहुन्थ्यो । देख्दा पन्जाबी जस्तै उहाँहरूलाई ज्यानले साथ दिएन । ओर्लन साथ दिने ज्यानले उकालो नजा भनेपछि उहाँहरू त्यतै बस्नुभयो । हामी कुरा गर्दै फोटो भिडियो खिच्दै हाइक गर्दै उकालियौँ । दुवैतिर जंगलको बीचमा रहेछ दोलखाको मिनी ग्रेटवाल भनिने पर्खाल । ५ हजार मिटर लामो पर्खालको आकर्षणले थप आकर्षण थपेको छ । यहाँ भिडियो बनाउन पनि मान्छे धुरिने रहेछन् ।

    संघ, प्रदेश र स्थानीय सहयोगमा बनेको त्यो पर्खालको बीचबाट हिँड्दा रमाइलो लाग्यो । स्थानीय निकायले त्यहाँ शुल्क लगाउने छाँटकाँट गर्दै रहेछ । अघिको माछा र किसानको कार्टुन यहाँ पनि सम्झे ।

    हाम्रो देशमा सबैभन्दा ठूलो व्यापारी सरकार पो भयो कि झैँ अचम्म लाग्छ । सामाजिक सञ्जालले पर्यटक बढाउँछ । स्थानीय निकाय आफैँले बढाएको भनेर मान्छे बढेपछि औला भाँचेर क्यालकुलेटर थिचेर शुल्क लगाउन थाल्छ ।

    जंगलको केहीबेरको बाटो हिँडेपछि सुन्दर शैलुङको परिदृष्य देखियो । वाउ शैलुङ ! आँखा शान्त भयो ! कान आनन्दित भयो ! मन खुशी बनाए कान र आँखाले ! शरीरका कोषिकाहरू अनायासै हाँस्न थाले ! मनमा खुशीको बतास चल्न थाल्यो । ओठहरू अनायासै मुस्कुराउन थाले । नबोलीकन संवाद हुन थाल्यो शैलुङसँग । हरियो डाँडाले हरियाली बनायो मन ।

    कुन्ती मोक्तानले गाएको श्रवण मुकारुङले रचेको गीत सुनेको थिए । माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई ….. । त्यहाँ गएपछि थाहा पाए यो त साँच्चै निक्कै माथि नै रहेछ । ३ हजार ८ सय मिटरको उचाइमा चौँरी पनि देखेँ । चौँरी चराउने र हत्केलामा गुराँस फुलाउनेहरू भने देखिनँ । .

    महाभारत पर्वतको सबैभन्दा अग्लो डाँडा हो शैलुङ । दोरम्बा (रामेछाप) र दोलखाको सिमानामा पर्ने यो रोमान्टिक ठाउँ रोचक छ । अग्लोमा झन् अग्लाई थप्ने टावर छ शैलुङको भ्यू प्वाइन्टमा । टावर छिर्न २० रूपैयाँ लाग्ने रहेछ । शैलुङ हाम्रो नेपालको सुखद खबर हो । यहाँ आउन पाउनु पनि सुखद संयोग । सहज ,सरल र सरस यहाँका मान्छेसँग कुरा गरेर बस्नु सुरमा सुर मिसिनु हो । यस्तै लाग्यो शैलुङ डाँडा चढेपछि ।

    आँखामा सर्लप्पै हालौँ जस्तो शैलुङमा बसिरहँदा बसिरहूँ झैँ लाग्यो । चौरमा पल्टँदा पल्टिरहूँ झैँ लाग्यो । गफिँदा गफ गरिरहूँ झैँ लाग्यो । जे गर्‍यो त्यही गरिरहन मन लाग्ने नशालु ऊर्जा भएको डाँडो जस्तै लाग्यो ।

    हरेक डाँडामा मान्छेहरू बसेर आआफ्नो तालमा झुमिरहेका थिए । मान्छे अपार भएपछि त्यहीँ चल्ने हो व्यापार । त्यहाँ पनि एक बोतल पानीको ५० रूपैयाँ र एक चाउचाउको ४० लिने रहेछन् । तामाङ ड्रेस लगाउने वा घोडामा एक चक्कर तपाईँलाई मनोरञ्जन दिएर पैसा लिन यहाँ हाजिर छन् व्यापारीहरू ।

    शैलुङ अवर्णनीय छ । बौद्ध गुरुले मुठी चामल राखेकोले धानको रासजस्तो थुम्का भएको जनविश्वास छ । १०८ मध्ये जुन थुम्का चढेर हेरे पनि आनन्द आउँछ । ऋतुअनुसार रङ्ग फेरिरहने शैलुङमा बाह्र महिना पर्यटन चल्न सक्दछ । मंसिर , पुस , माघमा मस्तै हिउँ पर्दछ । चैत्र वैशाखमा गुराँस । असार साउनमा हरियाली । असोज कात्तिकमा मौसमको मादकता ।

    यो ठाउँबाट हिमालहरू औला मुनि देखिन्छ । गौरीशंकर, अन्नपूर्ण , मनास्लु, गणेश हिमाल, लाङटाङ नुम्बुर र सगरमाथासम्म दर्जनौँ हिमाल देखिन्छ । प्रकृति , संस्कृति र अध्यात्मको त्रिवेणी यहाँबाट सूर्यास्त र सूर्योदय हेर्दा सुन्दरतम सुन्दर देखिन्छ । तामाङ भाषाले बनेको शैलुङ भनेको सय थुम्का भनेको हो । शैलुङ्गेश्वर महादेव र गोदावरी गुफाको अलावा डाँडामा गुरु पद्यसंभवको पाइला, माने र चैत्य छन् । जति मान्छे बढ्दै छन् । यसको महिमा झन् बढ्दै गएको छ ।

    यहाँबाट फर्कँदा चौँरीको घिउ, छुर्पी, सुकुटी, आलु किवी च्याउ कोसेली ल्याउन सकिन्छ । शैलुङको बेस क्याम्प हो खोलाखर्क । त्यहाँसम्म मोटरबाइक, जीप वा बस जान्छ । आजकल त टिकटकमा ईभी बसका प्याकेज प्रशस्तै पाइन्छ ।

    टुप्पोमा जान आउन गरेर दुई घण्टा यता-उता गरेर एक घण्टा अलमल गरेपछि हामी फर्कियौँ । गेटमा दूधको मीठो चिया र मकै खाएर हामी अर्को यात्रामा लाग्यौँ ।

    ०००

    अबको हाम्रो जाने ठाउँ थियो कालिञ्चोक । दोलखाकै प्रसिद्ध ठाउँ कालिञ्चोक जान फेरि मुडे फर्केर चरिकोट हुँदै कुरी जानु पर्दथ्यो । बाटो यता पनि उस्तै । जति जति उकालो उति उति बिग्रेको । चार बजे हामी शैलुङबाट हिँडेको कुरीमा गाडीले कन्दै कन्दै आउँदा ८:३० बजायो । माथि डाँडाबाट तल देखिएको कुरी बजार हेर्दा त आहा ! लाग्यो ।

    संसारको कुनै सुन्दर शहरमा आए झैँ लाग्यो । बत्ती झलमल्ल बलेको गज्जबै देखियो कुरी । कुरीको कुरीकुरी कौतुहल थियो । हामीसँगै आउने नगरकोटी नानीले भनिन् ‘यसको रातको ड्रोन सट लिएर हालेको भिडिओ हेर्दा कसैले पनि कुरी भनेनन् , यूरोपको कुन शहर भने, त्यस्तो व्युटिफूल देखिएकोले पनि म त आएको हेर्न ।’

    मनमोहक त्यो ठाउँ जति तल आयो उति चिसो छायो । चरिकोटबाट १७ किमी उत्तर कालिञ्चोक गाविसमा ३८४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवती भोलि जानु थियो । कुरीमा जाडोले कुनै लुगा खोल्न मन लागेन । यस भन्दा अगाडि युलेन्स स्कुलले माघ महिनाको जाडोमा छोरी सिमललाई टूर ल्याएको थियो । छोरीले भनेकी थिइन् ‘कन्ट्री भिल्लामा बस है बाबा, बेड हिटिङ पनि छ ।’ काठमाडौंमा जेठको गर्मीले हपक्क भइसकेको हामी त कुरी ओर्लने बित्तिकै जाडोले थुरुरु भयौँ । क्याम्प फायर गर्ने व्यवस्था रहेछ । गाउँदै नाच्दै , खाना खाँदा १०:०० बज्न लागिगो ।

    सुत्ने बेलामा पनि ओढ्ने ओछ्याएर ओढ्ने नै ओढेर सुतियो र अलिक तातो भयो । बिहान ६ बजे उठ्नु पर्दछ भनेर राजले भनेका थिए । बिहान उठ्नै नसक्ने आफ्नो बानी छ । यता उता गर्दा ७:०० बजे उठेँ । आहा कति सुन्दर सूर्यको लालिमा कुरी बजार । म त आल्हादित भएँ । माथि कालिञ्चोक मन्दिर पनि देखिएको थियो । पहाडहरू मज्जाका सैनिक परेड खेल्न उभिए झैँ उभिएको देखेँ ।

    सेतो बादल नीलो आकाश । चिसो मौसम । घामको तातोले तात्दै गरेको बिहान बहुत सुन्दर लागिरहेको थियो । चिया र खाजा नखाई हामी केबुलकारतिर दौडियौँ । कारण थियो बादल लाग्यो भने हिमाल देखिँदैन । ६ वटा केबलकार दोलखाका मात्र हैन देशकै धनाढ्य बालकृष्ण शिवाकोटीले खोलेका रहेछन् । एकजनाको ६ सय लिने रहेछ । व्यापार गर्न जानिसकेका शिवाकोटीले त्यो पब्लिक लिमिटेड कम्पनी बनाइसकेको रहेछन् । अब केही समयमा त्यो डाँडोमा बाटो पनि पुग्दै रहेछ । कुरीबाट मान्छेहरू पैदल यात्रा गरेर पनि जाँदा रहेछन् । एक डेढ घण्टाको त्यो बाटो रहेछ ।

    त्यो पहाड । त्यो चरा । त्यो चौँरी । त्यो चित्ताकर्षक चित्रहरू मनले खिचिरहेको छ कालिञ्चोकको । माथि गएँ । त्रिशूल र घन्टले कुरूप पार्दै लगेको कालिञ्चोक देखेँ । बली सानो पाठाको दिने कुराले मन विह्वल बन्यो । पुजारी सागर तामाङ स्याङ्तानसँग कुरा गरेँ । थाहा पाएँ । भेडाले गर्दा पत्तो लगाएको मन्दिर रहेछ ।

    प्राचीन समयमा कुरीबाट खासा हुँदै भेडा ल्याउँदा कालिञ्चोक भएरै ल्याउनु पर्दथ्यो । यहाँ एक किसानको सात वटा भेडा हराएछ । तल खर्क थियो । भेडाहरू यहाँ आएर दूध चढाएछन् । गोठालाहरू काम्दै आए । अबीर, केशरी, धूप, भेटी चढाएपछि भेडा हराउन छाडेको जनविश्वास रहेछ । त्यहाँदेखि उनका पूर्खाले यसलाई काली माताको मन्दिर भन्दा रहेछन् । माथि डाँडामा पुगेपछि चोक जस्तै सानो उच्च समस्थल छ । कालीको चोक भन्दै जाँदा कालान्तरमा कालिञ्चोके माई भनिन थालिएको पुजारी सागरले सगर्व सुनाए ।

    यहाँ बेला बेलामा लाइन बसेकालाई पुजारीले आएर जल छर्कन्छन् । अचम्म यो लाग्यो त्यो जलरूपी कुण्डको सानो पँधेरो कहिल्यै नभरिने र कहिल्यै नसुक्ने रहेछ । हरेक भगवान्‌को एक एक अलौकिक कुराहरू हुन्छन् । कालिञ्चोकको अलौकिक कुरा त्यहि रहेछ । किंवदन्तीअनुसार जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ ।

    मन्दिर परिसरमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान रहेको मानिन्छ । त्यही कुण्ड नै साक्षात् मानेर कालिञ्चोक भगवतीको पूजा गरिन्छ । अहिले बाहिर राखेको मूर्ति त केही वर्ष अगाडिमात्रै ल्याइएको रहेछ ।

    स्कन्द पुराणमा कामचाल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक हो भन्ने पनि छ । तीन हजार वर्षसम्म पार्वती (काली) ले तपस्या गरेर राक्षस मारेको ठाउँ पनि कालिञ्चोक नै हो भनिन्छ ।

    आजकल कालिञ्चोकमा हप्ताको ८/१० हजार मान्छे आउने रहेछन् । शनिबार त कुरी बजारमा भिड हुँदो रहेछ । कालिञ्चोकबाट कुरी बजार वरपरका डाँडा, हिमाल, बादल, खर्क, जंगल, परका गाउँहरू त्यहीँ बसेर हेरिरहूँ झैँ लाग्ने यति सुन्दर देखिन्छन् । अचानक हिउँ र असिना पर्ने भएकोले सुरक्षित हुनु, लालीगुराँस र चिमालको फूल नटिप्नु , केही परे मन्दिर व्यवस्थापन समितिलाई भेट्नु भनेर सूचना टाँसिएको छ ।

    कालिञ्चोक भगवतीका सात भगवती दिदीबहिनी भन्ने चलन रहेछ । काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवतीलगायत रहेछन् । यहाँबाट देखिने रोल्वालिङ हिमश्रृंखला मनोरम छन् । प्राकृतिक, धार्मिक, आध्यात्मिक दृष्टिले कालिञ्चोकको महिमा बढ्दै बढ्दै जाँदैछ । यहाँ, जनै पूर्णिमा, दशैँ, चैते दशैँमा मारामार भिड हुन्छ । चरिकोटबाट पैदल यात्रामा छ घण्टामा आउने यो ठाउँको आकाश , हिमाल , हावा , फूल , चरा चमत्कारिक छन् । चिसो च्वाँस्स हुने चम्किलो यो ठाउँमा बसिरहँदा शरीरमा ताजापन आउँछ ।

    सात बजेर १० मिनेटमा पुगेका हामी पौने नौ बजेसम्म बस्यौँ ।

    ०००

    अबको हाम्रो यात्रा थियो, दोलखा भीमसेन । सानैमा सुन्थेँ- दोलखा भीमसेनलाई पसिना आयो रे अब के हुने हो ? त्रास वा वास्तविकता केही थाहा नभए पनि हाम्रै घरको बुढी आमा यसै भन्नुहुन्थ्यो । त्यो किंवदन्ती अझै छँदैछ ।

    मलाई लाग्यो यसको मन्दिर परिसर , भीमसेनलाई मज्जाले दर्शन गर्दछु र बुझ्दछु । सिर्जना लाइनमै थिइनन्, निकिता पनि लाइन लागिन् । मलाई सजिलो भैहाल्यो । सुरेन्द्र सत्रपल्ट आइसकेकोले ऊ छिरेन ।

    बडेमानको आँखीझ्यालमाथि दुई नागले गजुरलाई पहरा दिएका छन् । भित्र छिरेर पूजारीलाई सोधेँ ‘कुन थरीको पुजारी हुनुहुन्छ नि !’

    उहाँले भन्नुभयो ‘हामी श्रेष्ठ हौँ यहाँको पुजारीहरू ।’ फूलले ढपक्कै ढाकिएको थियो भीमसेनको मूर्ति । मलाई नहेरी नजाऊँ झैँ लाग्यो र भनेँ ‘खै त मूर्ति कहाँ छ त ?’

    मलाई मूर्तिहरू हेर्दा कलाकारलाई सम्मान गरे झैँ गर्व लाग्दछ । अनि अनायासै मेरा हात अलिअलि धर्मको कारणले पनि होला र अर्को चेतनामा कलाकारको कारणले जोडिन्छन् र नमस्कार गर्दछु ।

    मैले त सोचेथेँ । पशुपतिमा भैरवको मूर्ति देखेको त्यस्तै भयंकर भैरवको मूर्ति होला । त्यहाँ सानो तीन चोसे ढुंगाजस्तै रहेछ ।

    अनि सोधेँ ‘पसिना कहाँ र कसरी आउँछ त ?’

    उहाँले भन्नुभयो ‘पसिना आउँदा त्यो चढाइरहेको पानीहरू सुकेर तातो हुन्छ , कहिले देब्रेतिर र कहिले दाहिनेतिर आउँदछ ।’

    दोलखा भीमसेनको यो कुरा रोचक लाग्यो । कुनै धातुको खानी पो रहेछ कि के ले पानी सुकाउने होला ? भन्ने लाग्यो । यसको वैज्ञानिक अनुसन्धान हुन अति नै जरुरी छ भन्ने लाग्यो ।

    त्यहाँ पनि पुस्तौँदेखि चढाइएको त्रिशूलले विरूप पारेको कुरूप ठाउँ देखेँ । मन खिन्न भयो । एक त्रिशूल बराबरको दान गरेको भए पनि मान्छेले पाउँथे भन्ने लाग्यो । आस्था हो किन के भन्नु भने झैँ पनि लाग्यो । त्यही चढाएर मन प्रफुल्ल पार्नेहरू हुनुहोला । यो विचित्रको दुनियाँमा आफ्नो सचित्रको मात्रै कुरा गर्नु हुन्नँ भन्ने मनमनै संवाद गरे ।

    यसको इतिहास र संस्कृति जान्न मन लाग्यो । पौराणिक कालमा दोलखा शहरमा पाण्डवहरू गुप्तवास बसेको र त्यो बेला प्रयोग भएको सांकेतिक भाषा नै आजको दोलखाली नेवारको भाषा हो भन्ने किंवदन्ती रहेछ । यहाँको त्रिभूज आकारको कालो शिला नै भीमेश्वर वा भीमसेन वा भैरव मानिन्छ ।

    यसको इतिहास किरात राजादेखि लिच्छवी , मल्ल र शाह सबै राजाको नाम आउँछ । यहाँ युधिष्ठिर र अर्जुन बाहेक कुन्ती, द्रौपदी, नहकुल र सहदेवको साधारण शिला मूर्ति स्थापना गरिएको छ । पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा मन्दिरको पूर्वको चामपूजा डाँडामा बसी गौरीशंकर भगवानको प्रार्थना गरेको मानिन्छ ।

    किंवदन्तीअनुसार त्रिभूज शिलामा भरियाले दुई ढुंगा अरु ल्याएर भात पकाए ओदान जस्तै बनाउँदा त्रिभूज शिलाको भात काँचै भयो । भोकाएका भरियाले त्यो शिलालाई हिर्काउँदा दूध र रगत आएपछि उनीहरू डराएर माफ मागी पूजा गरेको किंवदन्ती रहेछ । सुनखानीका १२ भरियाका सन्तानले प्रत्येक बडा दसैँमा अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन नै चलेछ ।

    ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यो मन्दिरलाई भविष्यको सूचक मानिन्छ । १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५८, २०६३, २०७२ र कोभिडअघि पनि यो मन्दिरमा भीमसेनलाई पसिना आएको इतिहास रहेछ । कपासले पसिना पुछेर पहिले दरबार पठाउने र अहिले राष्ट्रपतिलाई बुझाइन्छ ।

    अचम्मको कुरा मान्ने कि नमान्ने ? यहाँ पसिना आएको छ महिनामा कि राजनैतिक कि प्राकृतिक संकट हुने रहेछ । व्यापारीका इष्ट देवता भीमसेनस्थान पुग्न चरिकोटबाट जम्मा चार किलोमिटर मात्रै हो । भयमुक्त भैरवलाई सम्झनासाथ भयबाट मुक्त हुने बुढापाकाले बताउँछन् ।

    दोलखाका तीन पवित्र ठाउँ घुमेर दोलखाली चेली निकितासँगै कुरा गर्दै फर्कँदा दोलखाबारे बुझ्न मन लाग्यो । एक जोगीले दुई लाख पल्ट एकै ठाउँमा परिक्रमा गरेको । भारत र तिब्बतको व्यापारको लागि वनगढमा बसेको नेवारको बस्ती र त्यहाँबाट प्राप्त २ लाख, दुई लखा हुँदै भएको दोलखा होस् वा तिब्बती भाषमा दो अर्थात् ढुङ्गा, ल अर्थात् मन्दिर र खा को अर्थात् घर ढुङ्गाबाट बनाइएको मन्दिर र घरहरू भएको भनेर बनेको दोलखा होस् ।

    हामी दोलखाका तीन तीर्थ गएर फर्कियौँ । तिब्बतसँग सिमाना जोडिएको चिसो जिल्लाका तीन तीर्थ धार्मिक, प्राकृतिक आध्यात्मिक ऐतिहासिक ठाउँ लाग्यो । कत्ति मान्छे गएर आए होलान् । कत्ति जाँदै होलान् । तर, यी पाइलाहरू त्यही छाडेर हामी दुई दम्पती सम्झनाका सम्पत्ति पोको पार्दै ११ जेठ रातको आठ बजे घर आइपुग्यौँ ।

  • ‘काइँला सातु’ बेचिरहेका नारायण : खाडीमा कमाएको दुई करोड गाडीमा गुमाएँ (भिडियो)

    ‘काइँला सातु’ बेचिरहेका नारायण : खाडीमा कमाएको दुई करोड गाडीमा गुमाएँ (भिडियो)

    २०६१ सालमा एसएलसी उत्तीर्ण गरेँ ।

    दोलखाबाट काठमाडौं आएँ । आरआर क्याम्पसमा आइएमा भर्ना भएँ । एकातिर पढ्ने हुटहुटी थियो, अर्कातिर काठमाडौंमा टिक्नुुपर्ने चुनौती । पढ्नका लागि आरआर रोजेँ, बाँच्नका लागि जमलको एक होटल ।

    दिनभरि काम गर्थें । साँझ छ बजेदेखि नौ बजेसम्म कलेज पढ्न थालेँ ।

    होटलका साहुजी भन्नुहुन्थ्यो, ‘पढाइ र कामलाई सँगसँगै अघि बढाउन गाह्रो छ । कामसँगै पढाइलाई निरन्तरता दिन सकौला र ?’

    साहुजीलाई मेरो जवाफ हुन्थ्यो, ‘कम्तीमा आइए त पास गर्छु ।’

    बुवा चाहनुहुन्थ्यो, आईए सकाएर नेपाली सेनामा भर्ना हुन सकुँ । चाहेर मात्रै कहाँ हुँदोरहेछ र ! समयले कता कता लैजाँदोरहेछ ।

    कलेज पढ्दापढ्दै पढाइलाई बीचमै छाडेर विदेशको उडान भर्ने रहर जाग्यो । विदेश जाने लहर चलेको थियो, त्यही लहरमा म मिसिएँ । झनै गाउँ नजिकैको मामा पर्नुहुनेले ‘तीन वर्षमा पाँच लाख कमाएर आएँ’ भन्नुभएसी त के चाहियो ? बलिरहेको आगोमा घिउ थप्ने काम भयो ।

    भर्खरै अठार वर्ष मात्रै लागे लागेको मेरो दिमागमा नयाँ सपनाको बिजारोपन भयो, ‘पाँच लाखले त यो जमानामा धेरै गर्न सकिन्छ ।’

    अनि २०६३ सालमा मलेसिया हान्निएँ ।

    मैले सोचेको मलेसिया र भोग्नुपर्ने मलेसिया धेरै अलग थियो । जे सोचेर गएको थिएँ, त्यसको ठीक विपरीत थियो ।

    जसोतसो मैले २२ महिना कटाएँ ।

    जे जति भोगियो, सक्कियो । अब भने मलाई त्यो कठघराबाट निस्कनु थियो । तर मैले चाहेर मात्रै कहाँ हुन्थ्यो र ! कम्पनीले सजिलै घर पठाउनेवाला थिएन ।

    मैले एउटा बहाना बनाएँ, आमा बिरामी भएको व्यहोराको चिठी लेख्न लगाएँ। कम्पनीलाई फ्याक्स गर्न लगाएँ । म्यानेजर र मालिकलाई समस्या सुनाएँ । उनीहरुले ४५ दिनको छुट्टी दिए । टिकटको आधा पैसा पनि तिरिदिए । किनभने कम्पनीको सबैभन्दा विश्वासिलो कामदारमध्ये एक म थिएँ ।

    जसोतसो बहाना बनाएर नेपाल त आइयो । फेरि मलेसिया जान मलाई मनै थिएन । न मलेसियामा गएर पैसा कमाइयो । नेपालमै पढाइलाई निरन्तरता दिएको भए पनि हुने थिएछ । बाको सपना पूरा गरेको भए पनि हुन्थ्यो ।

    नेपालमै बसे पनि बेरोजगार भएर बस्ने छुट मलाई थिएन ।

    ठमेलमा एउटा रेस्टुरेन्टमा वेटरको काम गर्न थालेँ । गर्नेहरुले नेपालमै धेरैथोक गरिरहेका थिए । मजस्तो पारिवारिक धरातलबाट आएकाले के गर्न सकिन्थ्यो र ! व्यवसाय गर्नलाई पूँजी थिएन । वेटरको जागिरले के नै हुन्थ्यो र !

    यहीबीचमा गाउँकै एकजना दाइ ओमान जानुभयो ।

    उहाँ ओमान जानुअघि सामान्य कुराकानी भएको थियो, ‘म गएपछि तँलाई खबर गर्छु । राम्रो छ भन्ने सुनेको छु । राम्रो थिएछ तँ पनि आइज ।’

    दाइ ओमान पुगेपछि खबर दिनुभयो, ‘रोयल प्यालेसमा गार्डेनको काम छ, महिनाको ३० हजार तलब हुन्छ, खान बस्न सुबिधा छ ।’

    यसपछि मैले गार्डेन सम्बन्धी ट्रेनिङ लिएँ । हामी लगभग तीन सय जना थियौं । साउन महिनामा अन्तर्वार्ता भयो । म पास भएँ । मसहित अन्य ३० जना नेपाली पास भए । हामी २०६६ कात्तिक २२ गते ओमन पुग्यौं ।

    भनेजस्तै सेवा सुविधा र तलब पाएपछि खुसी लाग्यो । मलेसियाको दर्दनाक जिन्दगीभन्दा त स्वर्ग नै पुगेजस्तो भयो । देश, साथीभाइ, इष्टमित्र सबै छोड्नुको पीडा सम्झिँदा त के स्वर्ग भन्नु र । त्यै पनि मलेसियाभन्दा कहाँ हो कहाँ उत्तम थियो ।

    ओमानका राजाको दरबारभित्र काम थियो । सात घण्टा काम गरेपछि बाँकी समय फुर्सद हुन्थ्यो । त्यही फुर्सदको सदुपयोग गर्दै मैले थुप्रो गजल लेखेँ । गजल मेरा लागि कामको चाप र घरपरिवारसँगको बिछोड भुलाउने सेतु बन्यो ।

    बेलाबखत नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा जाँदा मन फुरुंग हुन्थ्यो । नयाँ साथीभाइसित भेट हुन्थ्यो । यस्तै कार्यक्रम र साहित्यिक साथीभाइले गर्मीको मौसमक बितेको पत्तै हुँदैनथ्यो । समय त यति चाँडो बितेछ कि आठ वर्ष बितेको समेत पत्तो पाइनँ ।

    ३० हजार नेपाली रुपैयाँ मासिक तलबमा गएको म फर्कनेवेला ९० हजार पुगेको थियो । चाडपर्वमा राजाले बक्सिस अलग्गै थियो । तर, ९० हजार तलब मलाई थोरै लाग्न थाल्यो ।

    भक्तपुरमा अलिअलि जग्गाजमिन जोडिसकेको थिएँ ।

    तर, मान्छे कहिल्यै सन्तुष्ट हुन सक्दैन । म पनि भइनँ । बीचमा बिदामा नेपाल आउँदा एक आफन्तले भेटघाटको क्रममा भन्नुभयो, ‘सधैं एक्लै कति बस्नुहुन्छ ? परिवार नै लिएर जापान आउनुस् ।’

    बिहे गरेको एक वर्ष मात्रै भएको थियो । सबै माहौल र परिस्थितिलाई ख्याल गरेर म परिवारसहित जापान जानलाई झण्डै लाख रुपैयाँको तलब छाडेर नेपाल फर्किएँ ।

    नेपाल फर्कनसाथ जापानको तयारीमा लागेँ, २०७३ सालमा ।

    जापानका लागि सबै कागजपत्र तयार गरेर जापान पठाएँ । दुर्भाग्य, मेरो कागजपत्र जापान पुग्नसाथ केही समयका लागि जापान सरकारले भिषा प्रक्रिया नै बन्द गरिदियो । ओमानको त्यति राम्रो सुविधा त्यागेर आएको मलाई मानसिक तनाव भयो । उता लाख तलब छाडेर आएँ, यता कामै नहुने पक्का भयो ।

    अब म के गरौं ?

    नेपालमा दाजुभाइहरुले बस संचालन गरिरहेका थिए अरनिको यातायात र मध्य उपत्यका काठमाडौंमा मैले पनि त्यसमा थोरबहुत लगानी गरेको थिएँ । एक दिन दाजुले बुवालाई भनेछ, ‘भाइ किन जापान जानुपर्यो ? यही गाडीमा लगानी गरेर कम्पनी चलाउँदा भइहाल्छ ।’

    बुवाले मलाई सम्झाउनुभयो, ‘दश वर्ष विदेश बसिहालिस् । अब सबै परिवार सँगै बसौं । हामी पनि बुढाबुढी भइसक्यौं । दाजुको कुरा ठीकै त हो ।’

    बुवा र दाजुको सल्लाह मानेँ मैले । भक्तपुरको चारआना जग्गा धितो राखेर चारवटा साना र दुईवटा ठूला बस ल्याएर काम सुरु गरियो । दाजुभाइको गाडी लाइनमा अनुभव भए पनि म विल्कूल नयाँ थिएँ ।

    (भिडियो)

    गाडीमा लगभग दुई करोड रुपैयाँ लगानी भयो । केही बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि पाइयो । केही रोजगारी सृजना समेत भयो । योभन्दा ठूलो कुरा के चाहिन्थ्यो र मलाई ?

    गाडीको कमाइले जसोतसो बैंकलाई किस्ता बुझाउन पुग्थ्यो । यति मात्रै पुग्दा पनि काम गर्ने हौसला मिल्थ्यो ।

    २०७५ सालको कुरा हो । केपी ओलीको सरकार थियो । खै के कारण हो, सरकारले अचानक यातायातको सिन्डिकेट खारेज गरिदियो । तर, विचौलियाहरुको सिन्डिकेट खारेज गरेन । अहिले पनि जतासुकै सिन्डिकेट नै सिन्डिकेट छ विचौलियाहरुको ।

    अहिले मेरो सोझो बुझाइले भन्छ, त्यसवेला विचौलियासँग कमिसन खानलाई सिन्डिकेट खारेज गरेका रहेछन् ।

    त्यसबेला सिन्डिकेट खारेज गरिएपछि एकाएक अनेकौं संस्था खोलिए । नयाँ-नयाँ कम्पनीका गाडी भित्रिए । पुराना व्यवसाय धाराशायी बन्ने अवस्थामा पुगे ।

    नयाँ व्यवसायीको त कुरै छाडौं । उनीहरु गाडी किन्दैमा धनी भइन्छ भनेर गाडी किन्न थाले । लगानी सुरक्षित छ कि छैन भनेर लेखाजोखा नगरी अन्धानुन्ध लगानी गर्न थाले । विडम्बना, यो लहड धेरै समयसम्म टिकेन ।

    धेरै व्यवसायीले हतोत्साहित मात्रै होइन, निराश भएँ । कतिले आत्महत्या गरे । लगानीको प्रतिफल त के, स्टाफ पाल्नै धौ धौ हुन थाल्यो । यही चपेटामा म पनि पिल्सिएँ । सुध्रेला कि भन्दाभन्दै वर्ष बित्यो । अन्तिममा आजित भएर ३५/३५ लाख लगानीमा तयार भएको गाडी २०/२० लाखमा बेच्नुपर्यो । दुःखले जोडेको जग्गा पनि बचाउन सक्ने अवस्था भएन । मैले खाडीमा कमाएको दुई करोड गुमाएँ ।

    तनाव यति धेरै भयो कि मर्न मात्रै सकिनँ । घरमा ७५ वर्ष नाघेका बाआमा थिए, श्रीमती छोराछोरी थिए । उनीहरुको अवोध अनुहारले मलाई भागेर कतै पनि जान दिएन ।

    सरकारको निर्णयले आसेपासे र विचौलियालाई सजिलो बनायो होला । तर, हामीजस्ता देशकै केही गर्छु भन्ने युवालाई भने सरकारको निर्णय बज्रपात भयो । विदेशमा मजदुरी गरेर जे जति कमाएको थिएँ, सरकारको एउटा निर्णयले खरानी भयो ।

    यहीवेला छोराछोरीलाई स्कुल पढाउने वेला सुरु भयो । यहीवेला करोडबाट रोडमा आइपुगेको थिएँ । यिनै कारण वेलावेला घर झगडासमेत हुन्थ्यो । मनमा अनेक खाले कुराहरु खेल्थे । तर धेर्यता बाहेक अर्को विकल्प थिएन मसँग ।

    फेरि विदेश जाने कोसिस समेत गरेँ । तर, पटकपटक असफल भएँ । ऋणमा चलेको जिन्दगी ऋणकै खाडलमा डुब्दै गयो । तर, मलाई अझैं पनि देशमै केही गर्छु भन्ने मनमा थियो ।

    अनि आफन्तकै सल्लाहमा सानो मसला मिल,पसल गर्ने भनेर सटर लिएँ, काँडाघारी फोर्सपार्कमा ।सटर मात्रै लिएर के गर्नु, लगानी थिएन । एक महिनाको रित्तो सटरको भाडा तिरेँ । लगानी नभएकोबारे काका ज्वाइँलाई सुनाएँ । उहाँले भन्नुभयो, ‘धेरै त सक्दिनँ । ३० हजार लेऊ ।’

    त्यो पैसाले मिल आयो । ढक तराजुका लागि पैसा थिएन, मामाससुराको छोरालाई भने उसले बीस हजार रुपैयाँ दियो । यहीवेला कोरोना महामारी सुरु भयो । अगाभी हिँडेको बाटो बांगो भन्थे, हो कि क्या हो भने झै भयो १ सटर भाडा, ऋणको ब्याज, खानपानको जोरजामले तनाव मात्रै दियो । तनावमै चल्यो जिन्दगी केही समय।

    केही वित्तीय संस्था, चिनेका साथीभाइबाट पाएको ऋणपानले जसोतसो पसल चलाएँ । कतिपय साथीभाइको ऋण तिरिसकेँ, अलिअलि अझैं तिर्न बाँकी छ ।

    अहिले मसला पसल चलाएको पनि पाँच वर्ष बितिसक्यो ।

    अचेल गाउँघरतिरका लोकल सामान, दाल, गेडागुडी अझ भनौं सबै परिकार मिसाएको सातु बेच्न थालेको छु । अहिले मसला पसलले जेनतेन मेरो र परिवारको जीवन धानेको छ । मिहेनत गर्न छाडेको छैनौ । दिनरात नभनी श्रीमती र म खटिइरहेका छौं ।

    राज्यले लगाएको कर खपिनसक्नु छ । ल मानौं, व्यवसायिक करप्रति आपत्ति छैन । तर, राज्यले के के सुविधा दिएको छ त करको बदलामा ? देशमै केही गर्छु भन्नेलाई प्रोत्साहन छैन । हामीजस्ता स–साना व्यवसाय गर्नेहरुलाई लगानी सुरक्षाको ग्यारेन्टी छैन । नागरिकता दिँदैमा राज्यको नागरिकप्रतिको कर्तव्य पूरा हुन्छ र ?

    एसएलसी दिएर काठमाडौं आउँदा र अहिले काठमाडौंमा दुःख गरिरहँदा राज्यले दिने लगानी सम्बन्धी सुरक्षाको सन्दर्भमा स–साना व्यवसायीको हालत उस्तै छ । करोडौं लगानी गरेर देशमै केही गर्छु भनेर खाडीमा बगाएको पसिना खन्याएको म आज पनि उस्तै पीडामा छु । अहिले पनि विमानस्थल भरिभराउ छ । भिजिट भिषामा नागरिकलाई विदेश पठाउँदै कसिमन असुल्ने काममा राज्य नै लागेको भन्ने कुरा आइरहेको छ ।

    अहिले लाग्दैछ, यो देश छाड्नु नै उत्तम विकल्प हो । देशमै केही गर्छु भन्ने आशा दिनप्रतिदिन मर्दै गइरहेको छ । देश चलाउनेहरुको प्रवृत्ति हेर्दा केही परिवर्तन होलाजस्तो पनि लाग्दैन । अहिले पनि ३० लाख ऋण छ । वार्षिक छ लाख ब्याज तिर्दैैछु । सहकारीको ऋण, पसलको लगानी र पुरानो ऋणको ब्याज हो यो ।

    यो सातुको व्यापारले के होला र ! अहिले आफैंले आफैंलाई फकाउँदै, सम्झाउँदै काम गरिरहेको छु । कहाँ पुग्छु, थाहा छैन । तर, जिन्दगीले निराश मात्रै बनाउँदै लगिरहेको छ ।

    जहिल्यै मनमा एउटै प्रश्न उठिरहन्छ, ‘आखेरी यो देश कहिले बन्छ ? कहिले बस्नलायक हुन्छ यो देश ?’

    ०००

  • प्रकाशचन्द्र खतिवडाका तीन कविता

    प्रकाशचन्द्र खतिवडाका तीन कविता

    १. युवा

    समयलाई डोर्‍याऊ
    युग तिम्रो हो
    वढ अगाडि
    निरङकुशताका पर्खाल ढाल्दै ।

    तिम्रो उत्तेजित उत्सुकता
    आँखाका नानीहरुमा तैरिरहेछन
    वरालिएको समयलाई
    थिल थिलो हुने गरी चुट
    हार वोक्न सक्दैन धरती
    जितेको इतिहास लेख्नु पर्छ ।

    सीमान्तकृत छैन अस्तित्व
    रातको प्रत्येक प्रहर गुज्रदा
    बिहान हुनु अगावै
    युवा हुनुको नाताले
    उर्जाशील समयले अंगालो हालेर
    तिमीलाई घच्घच्याउने गर्छ
    तिमी उठ
    युगको गुनासो सुन्दै
    मान्छेको दुःखेको मनमा
    मल्हम पट्टि लगाउने गरी ।

    मिसायल भट्टिहरु
    नमिठो मृत्यृको पीडा फ्याँकि रहेछन
    हृदयविदारक चित्कार सुनिन्छ कतै
    तिमी अत्तालिन सक्छौ
    युगको नाजायज हत्या हुँदा
    तिमी चिच्च्याउन सक्छौ
    मानवताको रुवाइमा
    युवा
    तिमी प्रतिरोध बोल
    युद्धको विभीषिका छेक्ने गरी ।

    २. अव्यक्त पीडा

    असंख्य आत्माहरु
    पीडाले छट्पटिरहेछन
    साउती मार्दै एकापशमा
    ह्ठात मृत्युको भय र त्राशले ।

    कुण्ठिएर भावनाहरु
    फक्रन नपाइ कक्रिएर
    नखुम्चने आकाश भरी
    निरुध्येश्य फटफटाउँछन किन ?

    म आफै छक्क छु
    भावनाहरु
    उम्रन्छन्/मर्छन्
    न पौरख देखाउन सकियो
    अर्जुनले जस्तो
    न नीति दिन सकियो
    चाणक्यले जस्तो
    कस्तो लाचार भइयो ?
    चिन्न नसकी आत्मालाई
    भड्खारोतिर जाक्किनु पर्‍यो ।

    अस्तायो आज पनि सूर्य त्यसै
    चिसिएका आत्माहरु नतातेरै
    बरफ जस्तो ढिको मन
    नदी भएर कहिल्यै पग्लन सकेन
    दुई आँखाका गुलुपहरु
    टोलाईरहे निस्तेज बनेर ।

    कुहिरोमा मडारिरहेका
    पुस्तौ पुराना दिनहरु
    न खुल्न सके हावाको झोक्कामा
    वैसाखीको सहारा लिएर
    लङगडो विश्वास बोकि रहेछ मान्छे ।

    म आफैँलाई थाहा छैन
    आफ्नै आमाका करुण पुकारहरु
    म मुर्दा त हैन गाँठे
    अ‍ैया
    चिमोट्दा त दुख्तो रहेछ ।

    यसरी व्यक्त छ
    अव्यक्त पीडा
    हामै्र मझेरीहरूमा
    थाहा छैन
    कहिले र कहाँ विष्फोटित हुन्छ ?

    ३. आँखा

    आँखालाई
    तिमी चिम्लन सक्छौ
    हेर्न सक्छौ
    झिम्क्याउन सक्छौ
    तिम्रो खुशी हो
    तिम्रो आँखा
    मन लागुन्जेल
    दौडाउन सक्छौ ।

    आँखालाई
    तिमी आँखा मात्रै नठान
    यो परिघटना हो
    भूत हो
    वर्तमान हो
    भविष्य हो
    आँखा इतिहास हो
    पत्यार नलागे
    सोध आँखाकै निश्चल नानीहरुलाई ।

    आँखालाई
    तिमी दोष नदेऊ
    टाउको जोगाउने बहानामा
    तिमी आँखालाई
    यातना दिन तम्सियौ भने
    तिमी हत्यारा हौ
    आफनै आँखा रेटेर
    उज्यालोविरुद्ध
    अँध्यारोको खेती गर्ने ।

    आँखाहरुलाई
    तिमी सरल रेखामा मात्रै सीमित नराख
    बक्र रेखामा दौडाउँदै
    प्रयोग र उपप्रयोग गर
    तिम्रो आँखा विश्वास हो
    विश्वासका मोतीहरू टिप
    तिम्रो आँखा
    यथार्थ हो
    अँध्यारोविरुद्ध उठ ।

  • कवि याक्सोको सम्झनाको चोमोलुङ्मा’ सार्वजनिक

    कवि याक्सोको सम्झनाको चोमोलुङ्मा’ सार्वजनिक

    काठमाडौं । कवि रोशन यक्सोको कविता सङ्ग्रह ‘सम्झनाको चोमोलुङ्मा’ सार्वजनिक भएको छ। सम्भव समूहको आयोजनामा युनियन हाउसको चोमोलुङ हलमा विमोचित कृतिमाथि प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई,वक्ताद्वय विमला तुम्खेवा र शकुन्तला जोशीले कृतिमाथि चर्चा गरेका थिए।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राईले कवि यक्सोका कविताहरूले गणतान्त्रिक संस्कार निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए।

    वक्ता विमला तुम्खेवाले यक्सोका कविता सामाजिक न्याय स्थापनाको निम्ति बुलन्द आवाज सहित प्रस्तुत भएको बताइन् । अर्का वक्ता शकुन्तला जोशीले अधिकांश कविताहरूमा समाज रुपान्तरणको लागि भएका विभिन्न खाले आन्दोलनको प्रतिबिम्ब चित्रित भएको उल्लेख गरिन्।

    किताबलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । कवि याक्सो डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन्  ।

  • लेखक बन्न पहिले राम्रो पाठक हुनुपर्छ: शिक्षामन्त्री पन्त

    लेखक बन्न पहिले राम्रो पाठक हुनुपर्छ: शिक्षामन्त्री पन्त

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न राम्रो पाठक पनि बन्नुपर्ने बताएका छन् ।

    इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको साहित्यकार कल्पना रिजालको उपन्यास ‘डाँफे’को आज यहाँ विमोचन गर्दै उनले पाठक हुन नसक्ने व्यक्ति लेखक बन्न नसक्ने बताए । लेख्न धेरै पढ्नुपर्ने र अरुले लेखेको नपढी लेख्ने साहित्कार सफल हुन नसक्ने मन्त्री पन्तको भनाइ थियो ।

    समालोचक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले उपन्यास राष्ट्र, राष्ट्रियता र देशभक्तिपूर्ण भावका साथै सीमा समस्या अनि समाधानमा केन्द्रित भएको बताए ।

    उपन्यासका लेखक रिजालले पाठकको माया पाएर नै आफूले तेस्रो पुस्तक प्रकाशन गर्न सफल भएको बताए ।

    मन्त्री पन्त, समालोचक उपप्रा ज्ञवाली, लेखक रिजाल, कथाकार भागीरथी श्रेष्ठलगायतले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरेका थिए । लेखक रिजालका यसअघि नियात्रा विधाका दुई पुस्तक ‘युरोपसँगैका अनुभूति’ र ‘अर्थदङ्श’ प्रकाशित भइसकेका छन् ।

  • म्याक्सिम गोर्कीका ‘पावेल’ र ईश्वर पोखरेलकी आमा

    म्याक्सिम गोर्कीका ‘पावेल’ र ईश्वर पोखरेलकी आमा

    लेखकका रूपमा ईश्वर पोखरेल ‘आमा सपना र ताराहरू’ लिएर बजारमा आउनुभएको छ । स्रष्टाका दृष्टिले पोखरेलको यो चौथो सन्तान वा कृति हो ।

    सांग्रीला मिडिया ग्रुप प्रालिले प्रकाशन गरेको ‘आमा सपना र ताराहरू’ भन्दा अगाडि ‘दमन र प्रतिरोधको कथा (२०४१)’, ‘माघ १९ (२०६३)’, ‘पूर्वको रातो तारा (२०७२)’ र ‘राष्ट्रिय सुरक्षा र नेपाली सेना (२०७७)’ बजारमा आइसकेका छन् । ‘आमा सपना र ताराहरू’ का १ सय ४० पृष्ठभित्र आमाप्रति समवेदित कविता बाहेक २४ वटा शीर्षकहरू समेटिएका छन् । पुस्तकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका लेखन पाइन्छ ।

    संसारमा थुप्रै साहित्यकार, राजनीतिक नेताले आमासम्बन्धी लेख, पुस्तक लेखेका छन् । आमासम्बन्धी आफ्ना अभिव्यक्तिमा सम्मान प्रकट गरेका छन् । ईश्वर पोखरेलको आमाका बारेमा चर्चा गर्नुभन्दा अगाडि संयुक्त राज्य अमेरिकाका १६ औँ राष्ट्रपति, दासप्रथा अन्त्य गर्ने व्यक्ति अब्राहम लिंकनको आमाप्रतिको समर्पणको एउटा वाक्य यहाँ उल्लेख गर्न उपयुक्त हुन्छ । ‘म जे छु, वा जे बन्ने आशा राख्छु, त्यो सबै मेरो परीसमान आमाकै कारण हो ।’ ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पढेपछि लिंकनको आमाप्रतिको बुझाइजस्तै आज ईश्वर पोखरेल राजनीतिक, सामाजिक र सांस्कृतिक व्यक्तित्व जे हुनुहुन्छ, त्यो पोखरेलले आफू १० वर्षको उमेर हुँदा उहाँकी आमासँग सिकेका सामाजिक, सांस्कृतिक आर्थिक पक्षबाट सिकेको ज्ञान र संस्कारको परिणाम हो भनेर किटान गर्न सकिन्छ ।

    आमाको संघर्ष र बाल्यकालको कथा

    भोजपुर गोगनेका ज्योतिष नरनाथ न्यौपानेकी छोरी, ईश्वर पोखरेलकी आमाको जन्म विसं १९७० चैत्र ३० गते भएको हो । उहाँको न्वारनको नाम रामकुमारी र बोलाउने नाम लालकुमारी थियो । उनै लालकुमारीको ओखलढुङ्गा माम्खा रुपनालुका मेघनाथ पोखरेलका १४ वर्षे छोरो शिवराज पोखरेलसँग ११ वर्षको उमेरमा विवाह भएको थियो । ११ वर्षको उमेरमा गोगनेबाट विवाह गरेर माम्खा आएकी ईश्वर पोखरेलकी आमाले १२ सन्तानलाई जन्म दिनुभयो । ४० वर्षको उमेरमा कान्छो सन्तानका रूपमा ईश्वर पोखरेलको २०१० साल चैत्र २५ गते पूर्णिमाको रातमा जन्म भयो । लेखक ८ वर्षको उमेर हुँदा २०१८ सालमा उहाँको बुवाको स्वर्गारोहण भयो । एउटा मध्यमवर्गीय किसान र ब्राह्मण परिवारको यो परिवेश र अवस्थाबाट ईश्वर पोखरेलकी आमाको संघर्षको कथा र जीवन भोगाईलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।

    सबै मानिसका आ–आफ्ना कथा छन्, व्यथा छन् । ती कथा र व्यथालाई जितेको मान्छे मात्रै महान् बन्छ, जसरी एउटा ढुंगो छिनोका हजारौँ चोटहरू सहेर देउता बन्दछ, त्यस्तै मान्छेले पनि अनेक चोट र प्रहार सहेर मात्रै आफ्नो लक्ष्य र उचाइ प्राप्त गर्न सक्छ । ईश्वर पोखरेलको जीवनमा पनि आफ्ना बाल्यकाल, भूमिगत कालका यस्तै सयौँ कथा छन् । व्यथा छन् । भावना छन् । भावना र यथार्थका अन्तर्द्वन्द्व छन् । यो पुस्तक ईश्वर पोखरेलको बाल्यकाल र भूमिगत कालका भोक, अभाव, सपना र आमाप्रति समर्पित क्यानभास हो ।

    बाल्यकालको संघर्षबाट सुरु भएको पोखरेल र उहाँकी आमाको संघर्ष र जीवनका हरेक कालखण्डमा छातीभित्र टाँसिएकी, सजिएकी आमाप्रतिको समर्पणको कथा हो यो पुस्तक ।

    किताबमा आमाको फोटो सुरुमै राखिएको छ, तर उहाँकी आमाको नाम के रहेछ भनेर पाठकले तुरुन्तै थाहा पाउँदैनन् । त्यहाँ आमाको नाम, जन्ममिति र स्वर्गारोहण मिति राखिदिएको भए आमाको बारेमा पहिले पाठकले बुझ्ने थिए । किताबको प्रारम्भमा ईश्वर पोखरेल जन्मिएको गाउँ माम्खा, रुपनालु, त्यसको भौगोलिक वातावरणीय र आर्थिक पक्ष (पेशा, दैनिक दिनचर्या) उहाँका परिवारका सदस्यको विवरण, उहाँको जन्म मिति, बाबाको अल्पआयुमा स्वर्गारोहण भएपछि परिवारले भोगेको कठिनाइ, लेखकको बाल्यकालको अवस्था, दाजुहरू परदेशी बनेपछि र दिदीहरूको बिहे भएपछि १० वर्षको उमेरसम्म उहाँले आमासँग बिताएका क्षण र संघर्षबारेमा जानकारी पाइन्छ ।

    गयाको श्राद्धपछि जनकपुरको यात्रा

    रोगी बाबाको मृत्यु नजिक छ भन्ने अनुमानमा कलिलो उमेरमा व्रतबन्ध गरिदिने आमा, आफ्ना पति स्वर्ग पुग्ने विश्वासमा कान्छो छोरालाई लिएर फर्किफर्की भारतको गया पुगेर श्राद्ध गर्ने आमा, ब्राह्मण परिवारको ज्योतिषमय संस्कारमा जन्मिएकी र बाह्र सन्तान जन्माएकी ती आमा साँच्चै महान् थिइन् । जसले मृत्यु भएकाबाहेक सबै सन्तान घर बाहिर निस्किएर आफ्नो भविष्य निर्माण गरुन् भन्ने दृढ चाहना राखेकी थिइन् । त्यसैले त गयामा आफ्ना पतिको श्राद्ध गरेर फर्किएपछि आफूसँग रहेको एउटा कान्छो छोरालाई पनि उसको शिक्षादीक्षा र उज्ज्वल भविष्यका लागि आफू रुपनालुमा एक्लै बस्न र दुःख गर्न तयार भइन् । उनले जबर्जस्ती ईश्वरलाई जनकपुरमा रहेका दाजुकहाँ पुर्याइन् । ईश्वरले नमान्दा नमान्दै पनि मुटु माथि ढुङ्गा राखेर आफ्नो कान्छो छोरालाई जनकपुर छोडेर माम्खा रुपनालु फर्किने आमा निकै दूरदर्शी थिइन् ।

    पुस्तकका अनुसार ईश्वर १० वर्षको हुँदासम्म निरक्षर नै थिए ? गयामा श्राद्ध गरेर फर्किएपछि आमाको करबलले उनलाई जनकपुर नलगेको भए वा जनकपुर पुगेर पनि उनको आमासँग फर्किने जिद्दीलाई आमाले जित्न नसकेको भए आज ईश्वर पोखरेलको जुन अग्लो व्यक्तित्व छ, त्यो हुने थियो कि थिएन होला ? किताब मौन छ, यस्ता विषयमा लेखकले खुल्न सक्नुपर्छ ।

    आमा र छोरा: मिलन-बिछोडको अन्तर्द्वन्द्व

    सबै मानिसलाई आफ्नो आमा महान् नै लाग्छ, आमाप्रति सम्मान हुन्छ नै । तर ईश्वर पोखरेलको आमासँगको सम्मान अलिक फरक खालको छ । प्रस्तुत पुस्तकमा पोखरेलका आमासँगका थुप्रै मिलन र बिछोडका अन्तर्द्वन्द्व भए पनि यहाँ आमासँगको मिलन र बिछोडका केही प्रसंग उल्लेख गर्नु सान्दर्भिक हुन्छ । जब गयामा श्राद्ध गरेर घर फर्कन्छन्, त्यसपछि आमाले उहाँलाई जनकपुर दाइकहाँ राखेर पढाउने अठोट गर्नुहुन्छ । पाँच दिन लगाएर भरिया र ढाकरसहित जनकपुर पुगेका पोखरेल, दाजुको घर वा डेरा थाहा नपाएर जानकी मन्दिरको धर्मशालामा बसेको कथा पनि पुस्तकमा पढ्न पाइन्छ । एक महिनाको आमाको जनकपुर बसाइँपछि जब आमा ओखलढुङ्गा माम्खा फर्कँदा उहाँ आमासँग फर्कन जिद्दी गरेको, तर लेखकको शिक्षादीक्षा र उज्ज्वल भविष्यकालागि आमाले उहाँलाई पछाडिसम्म नहेरी कठोर भावनाका साथ छोडेर हिँडेको प्रसंगले भावना कमलो भएका पाठकको आँशु आउन सक्छ ।

    आमासँगको त्यस्तै मिलन र बिछोडको अर्को हृदय विदारक प्रसङ्ग छ उक्त पुस्तकमा । जब पोखरेलले कीर्तिपुरमा विएडसम्मको अध्ययन सकेर, स्वीजरल्याण्डमा उच्च शिक्षाकालागि पाएको ५ वर्षे छात्रवृत्ति त्यागेर सहपाठी रत्नकुमार वान्तवासहित भूमिगत हुने प्रण गरेर जनकपुर पुग्नुहुन्छ । आमाले आफ्नो शिक्षित कान्छो छोराबाट अपेक्षा राख्नु स्वाभाविक हो । ‘छोरा, अब म झापा–जनकपुर र ओखलढुङ्गा गर्न सक्दिनँ, म तिमीसँगै बस्छु’ भन्ने आमाको बुढेसकालको सहारा बन्ने अपिलका बाबजुद पनि एक साँझ, ईश्वर पोखरेलको भूमिगत जीवन बिताउन घरबाट निस्कनु भयो, साथीकहाँ जाने बहाना गरेर । जब उहाँ एउटा लुङ्गीमा सानो झोला च्यापेर घरबाट निस्कनु हुन्छ । आमाले उहाँलाई पछि पछि आएर उहाँको हात समाउँदै कान्छा, केही खाएर जाऊ भन्दा समेत क्रान्तिका लागि भूमिगत हुन खोजेको छोराले आमाको हात झड्कारेर हिँडेको र केही पर पुगेर मनभरि रोएको प्रसङ्गले पनि पाठकलाई रुवाउन सक्छ ।

    त्यस्तै झापामा अर्को मार्मिक प्रसंग छ ।

    आमा दाइको घर झापा हुनुहुन्थ्यो । लामो समयको भूमिगत जीवनपछि उहाँ लुक्दै छिप्दै झापा पुग्नुभयो । साँझको समय थियो । अँध्यारोले मान्छे चिन्न कठिन थियो । उहाँ भूमिगत जीवन बिताइरहेको मानिस सीधै घरभित्र जान पनि सम्भव थिएन । उहाँ घरबाहिर यता उता गरिरहेको अवस्थामा घरको सहयोगी मानिस उहाँलाई चोर हो की भनेर चिर्पट बोकेर आए । हान्न खोज्दा आमा भनेर चिच्याउनुभयो । त्यसपछि आमाले बोलीबाट छोरालाई चिनेर उहाँलाई घरभित्र लैजानुभयो । राति केही समय आमासँगको भलाकुसारीपछि उज्यालो नहुँदै बिदा भएर बाटो लागेको अत्यन्तै प्रसंगले पनि पाठकको मन रुवाउन सक्छ ।

    एक महिना लामो चीन भ्रमणपछि जनकपुर पुगेर आमालाई झापाबाट झिकाएर आमासँग भेटेको, माया र बाध्यताको बीचमा आमा छोराका गाँसिएका र च्यातिएका मन पुस्तकका प्रमुख पक्ष हुन् । जसले माया, सम्मान र बाध्यताको अन्तर्द्वन्द्वमा मन कसरी हाँस्छन् र कसरी रुन्छन् भन्ने कुरा पाठकलाई बुझ्न सहयोग गर्दछ ।

    औतारी लामा र ईश्वर पोखरेल

    ईश्वर पोखरेल बाल्यकालमा रोगी हुनुहुन्थ्यो । १२ सन्तान मध्ये ४ सन्तान गुमिसकेको त्यो परिवारमा पोखरेलको जीवन के हुने हो ठेगान थिएन । छिमेकी बस्नेतनी दिदीको सल्लाहमा सोलुको औतारी लामासँग उपचार गर्न नगएको भए के हुन्थ्यो होला पोखरेलको जीवन ? उपचार वा झारफुकका लागि बस्नेतनी दिदी र आमाले पोखरेललाई बाटोमा लाँदा बाटोमै मर्‍यो भनेर रोइरहेकी आमा र बस्तेननी दिदीले श्वास बाँकी नै रहेछ भनेपछि आमाले ग्वार्लाम्म अंगोल हालेका प्रसंग साँच्चै हृदय विदारक छन् ।

    औतारी लामाको उपचारको साँझ नै जीवन पाएको र जीवन बाँच्ने आशामा आमा छोराका ओठमा देखिएका मुस्कान र छोराको दीर्घ जीवनका लागि औतारी लामाको दलानमा सुतेर उपचार गर्ने पोखरेलकी आमाप्रतिको सम्मान किताबले बोलको छ । पोखरेल राजकीय निकायको उपल्लो तहमा हुँदा औतारी लामा नभए पनि औतारीको गाउँमा विकासका पुर्वाचारहरु बनाएर ऋण तिर भनेर पोखरेललाई सम्झाउने आमाप्रति हामी सबैको सम्मान छ ।

    रुम्जाटार र ईश्वर पोखरेल

    पुस्तकले रुम्जाटारप्रति लेखकको रुझानलाई समेटेको छ । माम्खा, रुपनालुको तुलनामा रुम्जाटार व्यापारिक केन्द्र भएको, भौगोलिक हिसाबले टारको रूपमा रहेका रुम्जाटारमा सुन्तला फल्ने, त्यहाँका गुरुङ र गुरुङसेनीप्रति लेखकको निकै ठूलो सम्मान रहेको पुस्तकबाट बुझ्न सकिन्छ । सेपिलो रुपनालुबाट नदेखिएको रुम्जाटार हेर्न लेखक धेरैपल्ट डाँडा उक्लिएको, स्वास्थ्य उपचारदेखि अनिकालमा समेत सहारा दिने रुम्जाटार र कवि ज्ञानदील दासको समेत पुस्तकमा वर्णन गरिएको छ । त्यो समयमा त्यति वैभव र इज्जत कमाएको रुम्जाटार अहिले उजाड बन्दै गएकोप्रति लेखकको खिन्नता रहेको प्रसंग बुझ्न यो पुस्तक उपयोगी छ ।

    स्कुलको कुराउनी र आमाले पकाएको खीर

    १० वर्षको उमेरमा, बिदाको छेको पारेर जनकपुरबाट चार वर्षपछि लेखक आफ्नो गाउँ फर्कन्छन् । तर जनकपुर फर्कने बेलामा आमाले ‘मलाई छोडेर जान्छस् कान्छा’ भन्ने वाक्यले लेखकलाई गाउँमै बस्न बाध्य बनाउँछ । त्यसपछि उनी माम्खा विद्यालयमा कक्षा ९ मा भर्ना हुन्छन् । तर माम्खा विद्यालय पहिलोपल्ट एसएलसी परीक्षामा सामेल हुने भएकोले पोखरेललाई केही समयपछि कक्षा १० मा भर्ना गरिन्छ । लेखकको स्वीकारोक्तिअनुसार उनी पढाइमा उम्दा नभए पनि टेष्ट परीक्षामा पहिलो हुन्छन् ।

    अहो, आफू पहिलो भएको खुसीयाली साट्न घर पुगेका पोखरेल, आमा नभेटेपछि आमालाई खोज्दै जाँदा भारी बोकी रहेकी आमालाई छाँद हालेर आफू प्रथम भएको प्रसंग सुनाउँदाका क्षण कम्ती रोमाञ्चकारी छैनन् । सबैभन्दा रमाइलो सन्दर्भ भनेको उनी प्रथम भएको खुसीयालीमा विद्यालयले खुवाएको कुराउनी र आमाले घरमा खुवाएको खिर । जसले गाउँमा सानो सानो खुशी कसरी साटिन्छन् भन्ने कुराको चित्रण गर्दछ ।

    एउटा खड्किएको प्रसंग हो, टेष्ट परीक्षामा प्रथम भएका पोखरेललाई किन दाइले जनकपुर बोलाएर फेरि १० कक्षा मै पढाए ? यो दाइको मूर्खता थियो वा विद्वता ? अनि, ९ कक्षामा भर्ना गरेको विद्यार्थीलाई एसएलसीमा राम्रो गर्न सक्छ भनेर १० कक्षामा भर्ना गर्ने स्कुलको अपेक्षालाई पोखरेलले कसरी सम्बोधन गरे ? त्यो पाठकको खुलदुलीलाई लेखकले बताउन सकेका छैनन् ।

    भूमिगत जीवन, आमाको सम्झना र विश्वास

    पोखरेल माम्खाको एसएलसी छोडेर जनकपुर आएपछि नै पहिलोपल्ट जुलुसबाट पुलिस हिरासत पुगेका हुन् । एसएलसीका लागि उनका सहायक हेडसरले उनलाई जमानीमा छुटाएर एसएलसी दिलाए । उनी आईए पढ्दा जलेश्वर कारागारमा थिए । आमालाई यो कुरा थाहा नहोस् भन्थे । कीर्तिपुरको पढाई सकेर भूमिगत भएपछि उनका भूमिगत जीवनका कथाव्यथा यो पुस्तकले पाठकलाई बुझाउँछ । मधेशको प्रचण्ड गर्मी, भोक तिर्खा, दिउँसो शरीरमा माटो दलेर गर्मी छलेका दिनहरू साँच्चै हृदय विदारक छन् ।

    यी सबै घटनामा आमाको छोराप्रतिको विश्वास कम छ अर्थात्, छोरा के का लागि जेल गयो ? आमालाई थाहा छैन । तर, जब पोखरेल जलेश्वर काराकारमा केशव कोइरालासँगै छन् भन्ने सुनेपछि आमालाई मेरो छोरा राम्रै कामकालागि जेल गएको रहेछ भन्ने विश्वास आमालाई भएको कथाहरू यो पुस्तकमा पढ्न पाइन्छ ।

    पुस्तकमा मीरा म्याडम (पत्नी मीरा सैँजु) सँगको विवाह, आमाले बुहारी भेट्न चाहेको र बुहारी भेटपछि आमाले बुहारीप्रति देखाएको माया, ६५ वर्षपछि उपप्रधान तथा रक्षा मन्त्री हुँदा पहिलोपल्ट मावली घर पुगेको प्रसंग अत्यन्तै रोचक छन् । सीपी मैनाली र पोखरेलको चीन यात्राको क्रममा, चीन प्रवेशदेखि विभिन्न भूभागहरू घुमेका विवरण छन् । तर, चिनियाँ सेनाले चीनबाट फर्कँदा चीनमा टिपेका टिपोटहरू ल्याउन नदिएको यथार्थतालाई पुस्तकले समेटेको छ ।

    किताबमा वर्णन गरेर मात्रै होइन, ईश्वर पोखरेलकी आमा साँच्चै महान् हुनुहुन्थ्यो । आफू मर्ने वेलामा आमाले महान् कार्य आँखा दान गर्नुभयो । एउटा छोराले आफ्नी आमाका नेत्र ज्योतिबाट कसैले संसार हेरिरहेको प्रसङ्ग उप्काउँदा र एउटा छोराको भावनाबाट आमाको बाल्यकालदेखि मृत्युसम्मको महान् सोच र कर्मले कुन सन्तानले गौरव गर्दैन होला, लेखकले यो पुस्तकमा आफ्नो आमाप्रतिको सम्मान भावलाई माथिल्लोस्तरबाट उजागर गरेका छन् ।

    म्याक्सिम गोर्कीका ‘पावेल’ र ईश्वर पोखरेलकी आमा

    ईश्वर पोखरेलकी आमालाई रुसी साहित्यकार म्याक्सिम गोर्कीद्वारा लेखिएको र सन् १९०६ मा प्रकाशन गरिएको ‘आमा’ उपन्याससँग पनि तुलना गर्न सकिन्छ । रुसी क्रान्तिकालीन यथार्थता, मजदुर आन्दोलन र राजनीतिक सचेतनालाई केन्द्रमा राखेर लेखिएको मदर उपन्यासले सुरुमा डरपोक, चुपचाप र परम्परागत जीवन बाँचिरहेकी एक मजदुरकी आमा । तर, उनको छोरा पावेल जब क्रान्तिकारी विचारमा लाग्छ, त्यसपछि पाभेलकी आमा पनि उसको विचार, सपना, र संघर्ष बुझेर क्रान्तिकारी सचेतनाको मार्गमा हिँडेजस्तै ईश्वर पोखरेलकी आमा पनि उनको संघर्ष बुझेर बद्लिएको उक्त पुस्तकबाट बुझ्न सकिन्छ ।

    फरक यत्ति हो, गोर्कीको उपन्यासमा वर्णन गरिएकी आमा क्रान्तिमा समर्पित भइन्, पोखरेलकी आमा परिवार र संस्कारमा केन्द्रित भइन् । गोर्की उपन्यासकी आमा मजदुर वर्गकी आमाकी प्रतीक थिइन् । पोखरेलकी आमा नेपाली ग्रामीण परिवेशकी आदर्श आमा थिइन् । पावेलकी आमाले राजनीतिक उत्पीडनविरुद्ध संघर्ष गरेकी थिइन् भने पोखरेलकी आमाले पारिवारिक रूपमा देखिएको आर्थिक अभावविरुद्ध एक्लो जिन्दगी बोकेर आफ्ना सन्तानहरूको खुसी र शिक्षादीक्षाकालागि संघर्ष गरेकी थिइन् । उहाँकी आमाको निरन्तरको स्नेह र संस्कार नै त ईश्वर पोखरेलको आजको व्यक्तित्वको पहिलो पाठशाला थियो । पाठकहरूलाई पोखरेलको आमा सपना र ताराहरूले यही कुरा पढाउँछ । परिवर्तनको आन्दोलनमा नेपालको तत्कालीन आर्थिक राजनीतिक र आर्थिक चेतना र धरातल कस्तो थियो भन्ने कुराको यथार्थताको चित्रण समेत गर्दछ ।

    अन्त्यमा मलाई पुस्तक पढ्दा यस्तो लाग्यो,

    आमाप्रतिको समर्पणमा पोखरेल भावनाको नदीमा बगिरहेका छन्, जहाँ न श्रद्धाको किनारको टुङ्गो हुन्छ । न त्यहाँ प्रेमको गहिराइको अन्त्य । पोखरेललाई अर्को कृतिकोलागि अग्रिम शुभकामना ।

  • अद्भूत अक्षरधामः अभूतपूर्व आनन्द

    अद्भूत अक्षरधामः अभूतपूर्व आनन्द

    एउटा भनाइ छ– ‘धर्म आत्माको यात्रा हो ।’ अर्को भनाइ पनि छ– धर्मको गहिराइ तब मात्र थाहा हुन्छ, जब तिमी आफैंभित्र पस्छौ ।’ आत्माको यात्रामा निस्किएर धर्मको गहिराइ बुझ्ने ताकत त मैले कति नै राख्न सक्छु र ! तर जब म भारतको राजधानी दिल्लीको स्वामीनारायण अक्षरधाम मन्दिर पुगेँ, अनि महसुस भयो– धर्म, संस्कृतिको गहिराइ र आत्माको यात्राको अर्थ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किँदा देखिने दिल्लीका व्यस्त सडकहरू, तेज गतिमा चल्ने गाडीहरू, ठूल्ठूला गगनचुम्बी भवनहरू, हतारिएका मानिसहरू…। लाग्छ, यहाँ न कसैलाई कसैको प्रवाह छ न त कसैलाई फुर्सद नै ।

    के खोजी गर्छन् ? अनि कता हिँडेका हुन् ? हतास मानसिकतामा दौडिरहेको शहर समयभन्दा पनि हतारमा देखिन्छ । यस्तो व्यस्त शहरबीच एउटा मन्दिर छ, जहाँ समय पनि रोकिएको महसुस हुन्छ । त्यो ठाउँ हो— स्वामीनारायण अक्षरधाम मन्दिर । यो केवल एक मन्दिर होइन, यो एक विचार हो, एक दर्शन हो, एउटा संस्कृतिको जीवित संरचना हो, जसले हजारौं वर्ष पुरानो हिन्दू सभ्यता र जीवनशैलीलाई आधुनिक युगसँग जोडिदिएको छ ।

    इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट २१.९ किलोमिटरको दूरीमा रहेको यो मन्दिरमा प्रवेश गर्ने जो–कोहीले पनि एक निमेष नै किन नहोस्, आफूलाई नै बिर्सिन्छ । मलाई पनि त्यही भयो । बिर्सिए आफूलाई । मन्दिरको भव्यता, शान्ति र आध्यात्मिकताले पहिलो नजरमै स्तब्ध भएँ म । मन्दिरभित्र पसेपछि ‘त्यो सुगन्ध’१ चन्दनको, धूपको र थोरै टल्किएको घिउबत्तीको मिश्रण– मलाई सीधै मेरो बाल्यकालतर्फ लग्यो । जहिले बिहान उठेर आमाले पूजाकोठामा बाल्ने धुपको सुगन्ध सम्झिएँ । अनि आँखा चिम्लिएँ र शान्तिको एक गहिरो अनुभूति भयो । मानौं सबै चिन्ता, तनाव, दौडधुप एकैचोटी हरायो ।

    मन्दिरभित्र पसेपछि ‘त्यो सुगन्ध’१ चन्दनको, धूपको र थोरै टल्किएको घिउबत्तीको मिश्रण– मलाई सीधै मेरो बाल्यकालतर्फ लग्यो । जहिले बिहान उठेर आमाले पूजाकोठामा बाल्ने धुपको सुगन्ध सम्झिएँ । अनि आँखा चिम्लिएँ र शान्तिको एक गहिरो अनुभूति भयो ।

    करिब १०० एकड क्षेत्रमा फैलिएको यो मन्दिर सन् २००५ नोभेम्बर ६ मा सार्वजनिक रूपमा उद्घाटन गरिएको थियो । संसारकै सबैभन्दा विशाल हिन्दू मन्दिर परिसरमध्ये एक अक्षरधाम मन्दिर, बोचासनवासी अक्षर पुरुषोत्तम संस्थान (बीएपीएस)ले स्वामीनारायण सम्प्रदायको संस्थापक भगवान स्वामीनारायणको स्मृतिमा निर्माण गरेको हो । २३ हजार शिल्पकलायुक्त पत्थर, हजारौं शिल्पित मूर्ति, अनि एकदमै विशुद्ध मौलिक भारतीय वास्तुकला ! कुनै पनि फलाम नरहेको यो मन्दिर निर्माणमा शुद्ध राजस्थानी गुलाबी पत्थर र इटालियन काँचो मार्बलको प्रयोग गरिएको छ ।

    जब म भगवान स्वामीनारायणको मूर्तिसामु पुगें तब त्यसले संसारलाई शान्त र स्थिरताको गहिरो सन्देश प्रवाह गरिरहेको अनुभूति भयो । मन्दिरको मध्य भागमा स्थापित ११ फुट अग्लो मूर्ति, जसलाई सुनौलो रंगले झन् दिव्य बनाएको छ । त्यसको चारैतिर राम–सीता, राधा–कृष्ण, शिव–पार्वती र गणेशका मूर्तिहरू छन् । ती मूर्तिहरू यति जीवन्त छन्, मानौं ती मूर्तिहरू बोल्छन् । अनि केही आशीर्वाद दिन्छन् भन्ने आस्थाको अनुभूति भयो । परिसरभित्र यज्ञपुरुष कुण्ड छ, जुन संसारकै सबैभन्दा ठूलो चरणयुक्त जलकुण्ड हो ।

    त्यहाँ एउटा संग्रहालय पनि छ– सहजानन्द दर्शन । यो संग्रहालय भगवान स्वामीनारायणको जीवन, विचार र कार्यलाई अडियो-भिडिओ माध्यममार्फत प्रस्तुत गर्छ । त्यहाँ पुगेपछि लाग्यो– धर्म केवल पूजापाठ होइन रहेछ, धर्म त समाज सेवा, निष्ठा र कर्म पनि रहेछ । स्वामीनारायणले शिक्षा, महिला सशक्तीकरण, व्यसनमुक्ति, सेवा र सदाचारको मार्ग देखाउनुभएको छ । मन्दिर परिसरमा रहेको आनन्द वाटिका, हरियाली, पुष्पहरू, मूर्तिकलाहरू …। यी सबैले कुनै धार्मिकस्थल होइन, कुनै दिव्य संसारमा पुगेको महसुस गराउँछ । त्यहाँ बस्दा म एक बालक झैँ निश्चल, अचम्मित र मुग्ध भएँ ।

     

    अक्षरधाम दिल्लीमै मात्र सीमित छैन । आज यो सम्प्रदायले संसारका ७५ भन्दा बढी देशमा १ हजार १०० भन्दा बढी मन्दिर निर्माण गरिसकेको छ । अमेरिकाको न्यू जर्सी, युनाइडेट किङ्डमको नेस्डेन, केन्याको नैरोबी, अस्ट्रेलियाको मेलबर्नदेखि यूएईको दुबईसम्म अक्षरधामको मन्त्र र सुगन्ध फैलिएको छ । हरेक मन्दिरमा एउटै सन्देश– सेवा नै धर्म हो, आस्था नै शक्ति हो ।

    त्यहाँ एउटा संग्रहालय पनि छ– सहजानन्द दर्शन । यो संग्रहालय भगवान स्वामीनारायणको जीवन, विचार र कार्यलाई अडियो-भिडिओ माध्यममार्फत प्रस्तुत गर्छ । त्यहाँ पुगेपछि लाग्यो– धर्म केवल पूजापाठ होइन रहेछ, धर्म त समाज सेवा, निष्ठा र कर्म पनि रहेछ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्स सन् २०२५ अप्रिल २१ देखि २४ सम्मको भारत भ्रमणका क्रममा सपरिवार अक्षरधाम पुगेका थिए । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कम टर्नबुल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो मन्दिरको भ्रमण गरिसकेका छन् । एक हिन्दू मन्दिरको प्रतीकको रूपमा रहेको अक्षरधाममा हरेक धर्म मान्ने राष्ट्रको उच्च ओहोदाका व्यक्तिहरूले भ्रमण गरेका छन् । यो हाम्रो परम्पराको, शक्तिको स्वीकारोक्ति पनि हो । हाम्रो धर्म आधुनिकताको शत्रु होइन, त्यो त त्यसको आधार हो भन्ने महसुस भयो ।

    सयौं मानिसले मन्दिरको भ्रमण गरिरहेको भए पनि त्यहाँ पूर्ण शान्ति थियो । मनको आवाज, आत्माको कोलाहलसमेत सुन्न सकिन्थ्यो । यस्तो शान्ति मैले जीवनमा कमै अनुभव गरेको छु । मैले सोचें– हामी सधैं अगाडि दौडिरहन्छौं, तर कहिलेकाहीं थोरै समय निकालेर यस्ता पवित्रस्थलमा पुगेर आत्मालाई पनि त सुन्न आवश्यक छ । अक्षरधामले मलाई त्यसको अवसर दियो । यसले मलाई सम्झायो– धर्म कुनै बोझ होइन, त्यो त आत्माको वास्तविक अभिव्यक्ति हो ।

    अक्षरधाम मन्दिर कुनै पर्यटकीय स्थल मात्र होइन, त्यो त एक चैतन्य स्थल हो– जहाँ शरीर विश्राम गर्छ, आत्मा बोल्न थाल्छ । मन्दिरबाट निस्केपछि मैले ढोकामा फर्केर फेरि एक पटक हात जोडेँ । यो प्रार्थना थिएन न माग नै । केवल एउटा कृतज्ञता थियो । कृतज्ञता यस्तो स्थल निर्माण गर्ने ती हातहरूलाई, जसले केवल एक मन्दिर बनाएका होइनन्, हामी सबैलाई आत्मा भेट्ने एउटा द्वार दिए । अक्षरधामको त्यो शान्ति मसँगै ल्याउन सक्दिनँ, तर त्यहाँबाट ल्याएको त्यो अनुभूति भने जीवनभर साथ रहनेछ । अक्षरधामको त्यो शान्ति, त्यो मौनता, त्यो दिव्यता मभित्र अझै बाँचिरहेको छ । साँच्चै भन्ने हो भने अक्षरधाम केवल मन्दिर होइन, त्यो त आफैँसम्म पुग्ने एउटा माध्यम हो । त्यो त एउटा स्मृति हो— हाम्रो विगतको, हाम्रो धर्मको र सम्भवतः हाम्रो भविष्यको पनि ।

    तस्बिरहरु : स्वामीनारायण अक्षरधाम, नयाँ दिल्ली

  • दहीचोकको विद्रोह: बाहुनको भान्सामा कुखुरो

    दहीचोकको विद्रोह: बाहुनको भान्सामा कुखुरो

    निचोरिएर भएर बग्ने गेउरिया खोलो भन्दा निकै अग्लो डिल । अधिकारी बाजेको रुखो डाँडो । काँस र सिरु मात्र भएको । त्यसैको माझमा आकाश छेड्ने सिमलको रुख छ । बहुदलको पारिलो घाम ताप्दै बचेरा कोरल्ने चरा-बचराको पनि बेहाल भएको थियो । लुङ्गी बेरेर तरतरी पसिना चुहाउने अरकसियाहरूले ढालेको रुखको फेदमा जमेको चोप गम भन्दै खेलाउन उस्तै मज्जा ! हलुङ्गेका डल्ला भाँडामा तिनै काँचा सिमलका चोइटाको पत्पत्ती धुवाँ उडाउँदै त्यही डाँडामा पकाउने, त्यही खाने गरिन्थ्याे । हामीले वर्षमा एक दिन वनभात भनेर पश्चिम खेतको आँपका फेदमा खाए जस्तो त उनीहरूलाई दिनुङ्गे ।

    एउटै रुखका तख्ता बनाउन एक साता नै लाग्यो क्यार चार-पाँच जनालाई ! साँझमा आराकाटेको भुँस खेलाउन जाँदा डोलो भाँडो छोपिएको धुवाँको पर्दा च्यातेर हर्रहरी मसला सरीको रागले उनीहरूसँगै पाहुना लागौं जस्तो । यसो छेउमा गएर हेर्‍यो, भर्खरै भुत्ल्याएको कुखुराको प्वाँख असरल्ल । त्यही ढालेको सिमलको कुड्काको अचानोमा आकार नमिलेका बेढङ्गसँग कुड्किरहेको मासु । आम्मै, कुखुराको मासु…!

    अलि पछि त त्यही ढलेको सिमल सामुन्ने पोखरेल बाको अर्को सिमल पनि ढल्यो । नाकको डाँडी दायाँ-बायाँका जोर आँखा जस्ता ती सिमलका रुख, नजिकै भएर पनि कहिल्यै भेट नहुने ! दुवै जागै-जिउँदै हुँदा त भेट थिएन ती जोर सिमलको । चैतमा उड्ने भुवा भने एक-अर्कासँग खुबै जोवन साट्थे क्यार, एक अर्को रुखबाट उड्दा उड्दै भुईंमा नखस्दै ! तिनै जोर सिमलको भुवा दहीचोकभरि वसन्तमा फैलिए झैं फैलिन्थ्यो, राग कुखुरा पोलेको र मसला डढाएको ।

    घडी नलगाउँदैमा समय रोकिएन

    नाडीमा हम्मेसी घडी नहुने दहीचोकमा पनि समय त रोकिनेवाला थिएन । गाउँभरिका सिमलका बुढा रुख उसैगरी क्रमिक रूपमा ढल्दै गए । त्यही समयको मेसोमा बाहुन गाउँका बुढाहरू करेसामै डढेको कुखुराको मासुको राग छोप्न नाक नेप्ट्याउँदै र हातले छोप्दै वारिपारि गरिरहे । सिमलका फेदमा सिसौ हुर्किए । सिसौको नर्सरी बन्यो । हामी भैंसीका पिठ्युमा चढेर चराउने मैदान बन्यो । अलि पछि त्यही डाँडोमा हामीले फिलुङ्खे खेती गर्‍याैं, कुनै साल कोदो रोप्यौं ।

    गाउँभरिका सिमलका बुढा रुख उसैगरी क्रमिक रूपमा ढल्दै गए । त्यही समयको मेसोमा बाहुन गाउँका बुढाहरू करेसामै डढेको कुखुराको मासुको राग छोप्न नाक नेप्ट्याउँदै र हातले छोप्दै वारिपारि गरिरहे । सिमलका फेदमा सिसौ हुर्किए ।

    बाहुनका भान्सामा कुखुरो पस्न थालिसकेको त थिएन, तर घरमा पालिएका एकाध कुखुरा हलोले जोत्दा उधिनिएका गड्यौंला खान गोरु र मान्छेका टाङ्मुनि पस्थे । कोही बेला टेकिएर मर्लान् भन्ने पीर । हरि दाइ भन्थे, ‘प्वाक्क डल्लाले हानेर ढाल्दे त भाइ, भरेको तरकारी हुन्छ ।’ भन्नसाथ कहाँ डल्लाले हान्नु मैले पनि ! फेरि मैले हानेको डल्लो कहाँ लाग्नु र त्यो मर्नु ? तर ‘भरेको तरकारी हुन्छ’ भन्ने कुराले चैँ कुखुराको मासुप्रति आशक्ति उराल्थ्यो ।

    दही बेला अर्थात दहीचोकबाट दही बजारतिर बाटो लाग्ने बेला- बिहानको ३ देखि ५ बजेसम्म । खुँगीवालाहरूको लर्को साइकलका घण्टी बजाउँदै दमक, पाडाजुङ्गी, मंगलबारे हुँदै दहीचोकबाट ओरालो लाग्थ्यो । तिनै खुँगीवालाहरू कुखुरा बेच्नु छ भन्ने थाहा पाएपछि घरघर पस्थे । खोरबाट निकालिएको एउटा भाले समात्न आधा घण्टा भन्दा बढी पसिनासरि भएर दगुर्थें उसका पछि । कुखुरे काँटा अर्थात स्प्रिङ तराजुमा उँधो मुन्टो लगाएर तौलन्थे । त्यो काँटा हेर्ने सुद्धि खै हाम्रा गाउँका सबैसँग थियो भन्ने पनि लाग्दैन । खुँगीवालाले कम्मरमा टमक्क पारेर बाँधेको खुँगीवाला झोलाबाट पैसा निकालेर दिन्थे । कुखुरा पाल्नेको गर्जो टर्थ्यो । किलोको ५५-६० यस्तै भाउमा साटिन्थ्यो कुखुरो, तर तिनै कुखुराकै निहुँमा बाहुन गाउँमा बाँझो हुन थाल्यो ।

    कुखुरै नपाल्यो टन्टै साफ

    तल्ला घरका कुखुराले माथ्ला घरको साग खाइदिने, माथ्लो घरकाले तल्लो घरकाको बिस्कुनमा बिस्ट्याइदिने ! बरु गाउँभरि झगडा फैलिनु भन्दा कुखुरै पाल्न छोड्यो बाहुन गाउँले । टन्टै साफ ! भर्खर-भर्खर बहुदल आएपछि बाहुनका खोरमा भित्रिएका कुखुरा एक दशक नभई विस्थापित हुन पुगे । कुखुरा पाल्ने स्वतन्त्रता पाएका बाहुनहरूलाई आफैँले उपभोग गरेको स्वतन्त्रता घाँडो भयो ।

    भ्याउसाले माउ नै राति तानेर लगेछ भन्नु पनि परेन, न बनढाडेले खोरै रित्याउने डर, न दशैंका लागि जोहो गरेको भाले राति नै ख्याँक्री आएर भुत्याउला भनेर डराई डराई सुत्नु पर्‍यो न त माउका टाउकामा ठुँगेर चीलले चल्ला उडाउला भन्ने पीर । कुखरै नपालेपछि टन्टै साफ !

    हरि दाइ भन्थे, ‘प्वाक्क डल्लाले हानेर ढाल्दे त भाइ, भरेको तरकारी हुन्छ ।’ भन्नसाथ कहाँ डल्लाले हान्नु मैले पनि ! फेरि मैले हानेको डल्लो कहाँ लाग्नु र त्यो मर्नु ? तर ‘भरेको तरकारी हुन्छ’ भन्ने कुराले चैँ कुखुराको मासुप्रति आशक्ति उराल्थ्यो ।

    कुखुरा नपालेर छिमेकमा बाझे नहुनुले टन्टो त साफ भएको थियो, तर कुखुराको मासुका पारखीहरूलाई भने तुलबुल बढाएको थियो । लुकिलुकी केही ठिटाहरूले भने कुखुराको मासुको स्वाद चाख्न भ्याइसकेका रहेछन् । बहुदल ल्याएर नागरिकलाई उन्मुक्त र स्वतन्त्र बनाएको दहीचोकका बाहुन ठिटाले घरैमा कुखुरो पकाएर खाने स्वतन्त्रता भने पाएका थिएनन् । अघिल्लो शताब्दीको शास्त्रीय पुस्ता हर घरको अभिभावक थियो । कतिपय घरमा बिहान अबेरसम्म शंख र घण्ट ध्वनि गुन्जने गर्थ्यो ।

    केही घरका बाहरू प्रातः नित्यकर्म सकेर जजमानीमा पुग्नुपर्ने, केहीकामा त धरो नफेरी भान्सामा पनि जान पाइँदैन । कसरी, कसरी हाम्रो घर चैँ बनेछ त्यस बेला कुखुरा खाने सेल्टर ! बहुदलका लागि लडेका क्रान्तिकारी बाहुन(हरू)को कुखुरे भान्सो चल्यो/चल्थ्यो त्यसपछि हाम्रामा । मेरा बा-काकाहरू उसबेलै बुढा लाग्थे । यी बुढाहरूलाई किन राति लुकिलुकी कुखुरो खानुपर्‍याे होला जस्तो लाग्थ्यो, तर कहाँ उनीहरू बुढा भएका रान र ? अढाई वा तीन दशकमात्र पार गरेका रैछन् उनीहरूले त त्यस बेला, अहिले हिसाब गर्दा थाहा भयो । पञ्चायतसँग विद्रोह गरेर विजय प्राप्त गरेको उन्माद उनीहरूमा जागै थियो सायद । त्यसैले उनीहरू भान्सोमै कुखुरो पकाएर त्यसको स्वाद लिँदा रहेछन् ।

    त्यो मौनतापूर्ण ममता

    बाहुनको चुलामा कुखुराको भुुटुवा कसरी पाक्न थाल्यो त ? सजिलो त थिएन, तर अन्तभन्दा सजिलै पनि भएछ, अहिले अनुमान गर्दा । हाम्रो घरका मुली हजुरबा साँझैमा काठे घरको माथ्ला तलामा मस्त निदाइहाल्ने । निदाएपछि अरु कुनै टन्टा नहुने । निदाएका बेला मसिनो चाल, सानो आवाज, मधुरो गन्ध मतलबै नहुने । राति भैंसी फुकेर करेसा रित्याउँदा पनि हम्मेसी चाल नपाउने । दिनभरिको थकानले होला, निदाउनलाई कुनै मोलाहिजा गर्दैनथे । सम्झौताहीन काम, मस्त खाना र बेपर्वाह निद्रा ! त्यसैले अहिले ९ दशकमा पनि कुँडो भकारो गर्ने तागत हराएको छैन, हजुरबाको ।

    हजुरआमा काकडभिट्टा दही व्यापारका लागि हिँडेपछि कुनै रात वा एकदुई दिन पनि आउँदिनन् । हुन त आए पनि थाहा त पाउने नै होला, तर थाहा पाएको नपाए झैं गरिदिन्थिन् । भुत्ला पोलेको रागले नाक पोले पनि हाँछ्यु गरेर टारिदिन्थिन् । सन्तान र उनीहरूका दौंतरीका ऐच्छिक भोजनमा भाँजो हाल्दिनथिन्, मौनतापूर्ण ममता ।

    तल्ला घरका कुखुराले माथ्ला घरको साग खाइदिने, माथ्लो घरकाले तल्लो घरकाको बिस्कुनमा बिस्ट्याइदिने ! बरु गाउँभरि झगडा फैलिनु भन्दा कुखुरै पाल्न छोड्यो बाहुन गाउँले । टन्टै साफ !

    भूमिगत भतेर र वनभोजमा कहिले हो कहिले पल्किएका रहेछन् हाम्रा बाहरू त कुखुराको भुटुवामा । पुरोहित/पण्डितकी नातिनी भए पनि आमाको नाई-नास्तीको के अर्थ र ? नखाए पनि खानेहरूलाई अवरोध प्रतिकार गरिनन् । आफूभन्दा अघि जन्मिएको शासन व्यवस्थालाई ढाल्न जेल, नेल, हिरासत र हतकडीसँग सम्झौता नगरेको त्यो बा पुस्ता बहुदल आएपछि अलि उन्मुक्त चैं भएकै हो । डराइडराई भए पनि बाहुनको भान्सोमा कुखुरो पोल्ने आँट उनीहरूलाई त्यही शासन व्यवस्थाविरुद्धको आन्दोलनले जन्माइदिएको थियो क्यार !

    खासमा पञ्चायत भन्दा कान्छा ती एक बथान क्रान्तिकारी तन्नेरीहरूमा त्यही आफू भन्दा जेठो व्यवस्थालाई नै पोलेपछि कुखुरो पोल्ने हिम्मत बलियो थियो । सायद त्यो पनि तत्कालीन सामाजिक चिन्तनका विरुद्ध एउटा विद्रोह नै थियो । भलै उनीहरूमा हामीले नै (मात्रै) पञ्चायत ढालेको दम्भ पनि थियो । त्यही विद्रोहको जग बसाल्न कुखुरा पोल्ने सेल्टर बनेको थियो, हाम्रो बाहुन चुलो । हुन त, हाम्रो घरकै सामुन्ने अर्को कटेरो पनि थियो, खरले छाएको, लपक्क माटोले भाटा छोपिने गरी लिपेर चुना लगाएको । बात्तीवाला स्टोभ भएकाले त्यहाँ पकाउन पाउँदा झनै ढुक्क ।

    कुखुरो जोगाउनु कि ज्यान ?

    बोइलर पाल्ने त चलनै थिएन । कुखुरो ल्याउन कहाँ सजिलो थियो र ! गाउँमा पाल्ने चलन हराई गएको थियो । लखनपुर, लखनपुरदेखि पूर्व गौरादह । अनि गौरादह पनि नाघेर पुगिने तोपगाछी गाविसको सन्थाल गाउँ, उस बेला त सतार गाउँ नै भनिन्थ्यो । कुखुरो पाक्ने दिन हुँदोरहेछ त्यस दिन । मलाई हरि दाइ वा यादव काका वा कहिले बुवाले नै भरे तेरो काम छ है भनेका हुन्थे । गाउँमा टाढा खेल्न जाने मेरो रुचि त थिएन, तर यति भनेपछि ‘भरे’ कहिले हुन्छ भनेर भरेको पर्खाइमा हुन्थे । प्लास्टिक रेसाको झोला र ९०-१०० वा १२० जति पैसा थमाइन्थ्यो । ‘सतरा माल्दाइकोमा गएर कुखुरा लेर आइज’ भनेपछि आज भरे झोल खान पाइने भो भनेर कुदिहालौं हुने, तर अरु भन्दा पनि पैसो हराउला भन्ने पीर हुन्थ्यो ।

    कहिले झोलाभित्र हाल्यो, कहिले इजारवाला कट्टुको इजार घरभित्र हालेर तीन फेरा कट्टु बटा¥यो । खुट्टा बाँधेर झोलामा हालेको कुखुरो भाग्यो भने म पनि गाउँबाटै भागे हुन्छ भन्ने चिन्ता ! जान र आउन सवा घण्टा त लाग्थ्यो, छोटा पाइलामा । लिएर आउँदै गर्दा भरसक कसैले देख्न पनि नहुने, वरदेखि परैसम्म बाहुन गाउँ थियो । ‘के ल्याइस् हाओ केटा’ भनेर कसैले सोधिहाले के भन्नू ? त्यसैले अमिन ढकालको होली होली हुँदै आउनु पर्थ्यो । लामो बाटो, डेढदेखि दुई केजी कुखुरो बोकिरहँदा हात पनि गल्थ्यो । बेलाबेला कुखुरो भ्याट्भ्याट गर्दै उम्किन पनि खोज्थ्यो । अझ त्यही बेला दुईतिरबाट भाउ-भाउ र भौ-भौ गर्दै भुक्के कुकुरको हन्जो । कुखुरो जोगाउनू कि भाग्नू ?

    आफूभन्दा अघि जन्मिएको शासन व्यवस्थालाई ढाल्न जेल, नेल, हिरासत र हतकडीसँग सम्झौता नगरेको त्यो बा पुस्ता बहुदल आएपछि अलि उन्मुक्त चैं भएकै हो । डराइडराई भए पनि बाहुनको भान्सोमा कुखुरो पोल्ने आँट उनीहरूलाई त्यही शासन व्यवस्थाविरुद्धको आन्दोलनले जन्माइदिएको थियो क्यार !

    ज्यान पनि जोगियो, कुखुरो पनि जोगियो । कुकुर पनि भागे । अब आएको हुन्थ्यो पिसाब ! झोला राखेर गरौं, कुखुरो भाग्ला भन्ने पीर, नराखी गरौं लेखी-भनी नसक्नुको अर्को आपत् । यसरी कुखुरा लिन गएको दिन साँझसम्म पनि आई नपुग्दा कति पटक खोज्दै गेउरिया पारिसम्म हरि दाइ पुगेका हुन्थे । उनलाई झोला दिएपछि ढुक्कले हलुङ्गो हुन्थ्यो मन पनि, ज्यान पनि ! फेरि कुखुरो अरुको घरमा नपाक्ने, कुखुरामा रस भिजेका त्यस बेला पञ्चायत जितेका तन्नेरीमध्ये सायद सबैभन्दा कम उमेरका हाम्रै बा ! त्यसैले सबैलाई भन्न अह्राउन पनि सजिलो । बा फेरि एक्ला सन्तान । बाका बाआमाको स्नेह र ममता उहाँमै खनिएको थियो । थाह पाइहाले पनि बाका बाआमाले हप्कीदप्की गरिहाल्दैनन् होला भन्ने अनुमान !

    कुखुरो ल्याएपछि पनि पाक कर्म कहाँ शुरु भइहाल्नू ? काम थालनीको पहिलो संकेत, हजुरबा घुर्न थाल्नुपर्थ्यो । तल्ला घर-माथ्ला घरभित्रको मधुरो धिप्रि पनि निभिसक्नु पर्थ्यो । अनि आँगनको खोले पकाउने चुलोमा बस्थ्यो आफ्नो निजी आयतनभन्दा बढी मोसोले भरिएको ठुलो कित्ली । कुखुरो ल्याएपछि मेरो काम पानी उमाल्ने, लसुन केलाउने अनि पकाउने बा, खाने अरु ४-५ जना हुन्थे । को-को चैँ भनेर के सबै भनि हाल्नु र ? अनि आधारातमा छुट्थ्यो कुखुरे भोजको सिलसिला । बिहान अरुले थाहा पाउन पनि नहुने ! भुत्ला, हड्डी राति नै बन्दोबस्ती गर्थे । प्रायः चैँ घर अगाडि बाटो पश्चिमको धोक्रेघारीमा विसर्जन । कुखुरो खान त के, पाल्न पनि बर्जित तिनै बाहुन परिवारमध्ये केहीले ब्रोइलर पालन गरे । ५० को मध्यपछि कुखुरापालन नै आम्दानीको स्रोत बन्यो । परिवार चल्यो, गर्जो टर्‍यो ।

    प्लास्टिक रेसाको झोला र ९०-१०० वा १२० जति पैसा थमाइन्थ्यो । ‘सतरा माल्दाइकोमा गएर कुखुरा लेर आइज’ भनेपछि आज भरे झोल खान पाइने भो भनेर कुदिहालौं हुने, तर अरु भन्दा पनि पैसो हराउला भन्ने पीर हुन्थ्यो ।

    हुन त त्यो पुस्ताले कुखुराको मासु खान गरेको त्यो कुनै पौरख र विद्रोह थिएन । बहादुरी पनि होइन । अहिलेका भुराले बाउआमाको आँखा छल्दै पट्का पड्काए जस्तो मात्रै हो । थाहा पाए अभिभावकले गाली गरिहाल्थ्यो । कति अभिभावकले चैँ सन्तानको खुसीका लागि आँखा र कान दुवै बन्द गरिदिए झैँ गर्छन् । पट्का पड्काउन पाएको भुरो चैँ मैले अभिभावकसँग विद्रोह गरेँ, पट्का पड्काएँ, मैले जितेँ भनेर मख्ख हुन्छ । त्यो पुस्ता त्यो विद्रोहको भ्रमको लड्डुमा जति मस्त-मख्ख थियो, मेरो जीवनको पहिलो दशक पनि त्यो भन्दा कम रंगिला थिएन, भएन ।

    त्यो पुस्ताले उन्मुक्त भएर कुखुरा खान आँट गरे पनि गाउँमा रक्सी भित्र्याएन । कोही मातेर हिँडेन । आफूले पनि चाखेन, अरुलाई पनि चखाएन । बहुदले पुस्ता उन्मुक्त भएर पनि अनुशासित थियो । बरु अलिअलि अनुशासनहीन भएको चैँ गणतन्त्रपछिको पुस्ता हो । बहुदल पछि कुखुरो भित्रिएको दहीचोकमा गणतन्त्रपछि भने विभिन्न नाम र छाँटमा रक्सी पनि भित्रिन थाल्यो । उस बेला कुखुरो खाएर स्वतन्त्रताको अनूभूति गर्ने पुस्ता गेउरिया बगरका सिमल झैँ पालैपालो ढल्न थालेपछि त्यही गेउरिया बगरमा उम्रिएको काँस-सिरुको पुस्ताका लत र कुलतहरू समय झैँ बदलिँदै आए । कहिले कतिलाई बरको फेदमा जाँडले उन्मुक्त बनायो, कहिले कतिलाई छ्यासछुस्स ‘सुई-सिरिञ्ज’ले घोच्यो । अहिलेको नाति पुस्ता मोबाइल र इन्टरनेटको अम्मली बनेको छ ।

    त्यस बेला दहीचोकको नाडीमा घडी थिएन, थियो त उन्मुक्त समय । अहिले औंला औंलामा घडी छ, तर समय निचोरिएको छ । समयले उन्मुक्ततालाई निचोरिरहेको छ । उन्मुक्त हुने न समय छ न त समय नै उन्मुक्त छ ।

  • प्रिय लाङटाङ ! तिम्रो अप्रिय सुन्न नपरोस्

    प्रिय लाङटाङ ! तिम्रो अप्रिय सुन्न नपरोस्

    लाङटाङबाट काठमाडौं फर्किसकेँ । छुटेकी प्रेमिकाको झैँ घरिघरि लाङटाङ याद आइरहेछ र लाग्छ कति समयसम्म यो याद आइरहनेछ । त्यहाँका आवाजहरूले कानमा हानिरहेछ । प्यासी प्रेमी जस्तै लाङटाङकै अनुहार सम्झिरहेको छु । आफैलाई दुःखाएर हिडेको त्यो सुखको याद आइरहेछ । प्रिय लाङटाङ तिमीलाई भेटन हिडेको खुट्टा दुख्दा पनि मीठो पीडा भैरहेछ । तिम्रो वरिपरि घुमेको बसेको , हिडेको त्यो समय याद आइरहेछ ।

    यसैले एक प्रेमिकालाई पत्र लेखे झै म तिम्रै लागि यो लेखिरहेछु ।

    प्रिय लाङटाङ ! तिमीले धेरै कुरा दियौ । जम्मा पाँच दिनको तिमीसँगको यात्रामा मैले धेरै कुरा पाएँ । छुट्न मन नभई नभई तिमीसँग छुटेर आएँ । फेरि कहिले भेट हुन्छ थाहा छैन । तिमी त भेट्न आउँदिनौ । तिम्रो आफ्नै समस्या छ आउन नमिल्ने मैले बुझेको छु ।

     जाँदा तिमीसँग यति गहिरो प्रेम पर्दछ भन्ने लागेकै थिएन । आउँदा तिमीसँग छुट्न गाह्रो हुन्छ भन्ने सोचेकै थिईन । जीवन नै यही हो थाहा छ । सोचेको भन्दा नसोचेको , भोग्न खोजेको भन्दा नभोगेको ,देख्न खोजेको भन्दा नेदेखेको र चाहेको भन्दा नचाएको कुरा जीवनमा घट्दछ । अहिले यस्तै भैरहेछ । बनाएको योजनाभन्दा अनायासै भएको कुराले जीवनमा छुट्टै मज्जा आउँछ र आएको छ ।

    लाङटाङ ! तिमीलाई भेट्न जाने योजना पनि अनायासै बनेको थियो । मुलपानीको बालसखा सुरेन्द्र फुयाल (एसपी) ले अचानक यसपाला लाङटाङ जाउँ भन्यो । काठमाडौंमा सानैदेखि तिमीलाई देखिरहेको मलाई तिमीलाई नजिकै गएर हेर्ने रहर भैहाल्यो । सुन्दरीजल वा शिवपुरी डाँडा चढ्दा तिम्रो सेतो अनुहार म मज्जाले हेर्दथे र लोभिन्थे कस्तो हौला तिमी नजिकैबाट हेर्दा । एक रूपवति सुन्दरीको झैँ तिम्रो आकर्षणले खिचेको थियो । लाङटाङ, आहा ! जाउँ न त भन्ने लाग्यो ।

    एसपीले ठमेलमा गएर तिमीलाई भेट्न जाँदा लैजाने कोसेली तातो न्यानो लुगा , झोला र लट्ठी किनाईहाल्यो । मकालु ई ट्रेडर्सका विनोद थुलुङ एसपीको साथी रहेछन् । उनले मिलाएर ब्याक प्याक तैयार गरिदिए । लाङटाङ जाने खुशीयालीमा ठमेलकै न्यू ओरिलियन्समा साँझको फ्रेन्च डिनर खाएर घर फर्कियौ । बाटैमा मुलपानीको बालसखा विपीन फुयाललाई फोन गरेर चावहिल गणेशस्थानमा बिहान सात बजे भेटने सल्लाहमा हामी सुत्न गयौं ।

    सुत्नुअघि मलाई केही बेर तिमीलाई हेर्न मन लाग्यो र गुगलमा गएर तिमीलाई खोजे । धेरै मान्छेले तिमीसँग फोटो खिचेको देँखेर मलाई मज्जा लागेन । मेरै फोटो छैन तिमीसँग भन्ने लाग्यो । कति रुम टेम्प्रेचर छ तिम्रो गुगलमा हेरे । कतै तिम्रो मौसमले मेरो मौसम बिगार्ला कि लाग्यो । लुगा टन्न ब्यागमा थिए । चिसो तिमीसँग तातो भएर बस्न मन थियो । र, त हावा नछिर्ने र न्यायो हुने लुगा हालेको थिए ब्यागमा ।

    तिमीलाई भेट्ने उत्सुकतामा म भुसुक्कै निदाएँ । केही साहित्यकारले मस्त सुत्ने र रातभर निदाइनँ भनेर लेखे झैँ म लेख्दिनँ । साहित्यमा पनि सत्य संवाद हुनु पर्दछ भन्ने लाग्दछ । त्यसैले एक थोपा आँसु नझारी मेरो तकिया भिज्यो भनेर पनि म लेख्दिनँ । यति लेख्छु म उत्साहित र धेरै नै उत्साहित थिएँ तिमीलाई भेट्न ।

    सल्लाह मुताविक विपीन बिहानै आईसकेछ । म त सात बजेसम्म भुसुक्कै भइछुँ । हतार-हतार उठेर एरोप्लेन मोडमा रोखेको मोबाएल हेरेको त विपीनले १२ पल्ट कल गरिसकेछ । उसलाई फोन गरेर १५ मिनेटमा आउँछु भने । नित्यकर्म गर्दा आठ बजि त गो । एसपी उसको बुबाको लागि अस्पतालमा नाम लेखाउन गैसकेछ । उसलाई भनेथेँ “म लैजाउँला तँलाई गंगालाल” निन्द्राले त्यो पनि धोका भएछ ।

    विपीन र म एक चिया अड्डामा छिर्‍ंयौ । लाङटाङ ! तिमीले सुनेको छ छैन आजकल धेरै चिया पसलहरू अनेक नाममा राजधानीमा खुलेका छन् । त्यस्तै एक पसलमा छिरेर विपीनले चिया खायो । मैले कफी । अनि एक/एक केक खाएर बस्दाबस्दै एसपी आइहाल्यो ।

    नीलो गाडीमा नीलो आकाशनजिकै बसेको तिमीलाई हेर्न हतारिएको थियौं । गाडी आठ बजे गणेशस्थानबाट गुड्यो । टोखा बजार छिचोल्दै गुर्जे भन्याङको आर्मी चेक पोष्ट एकै छिनमा पुगिहालियो । तिमीलाई भेट्ने हतारमा मैले गाडी अगाडि उभिएको आर्मीलाई हर्न बजाएँछु । उनले आर्मी आँखा तरेर हेर्दै भने “गुरुजी ! यहाँ हर्न लगाउन पाइँदैन है ।”

    मैले हुन्छ भनेँ ।

    आर्मीलाई बाटो छोड् है भन्न हर्न लगाएको झन्डै उनले बाटो रोकिदिएका । हतार गर्दा जीवनमा ढिला हुन्छ भन्ने पनि थाहा छ, तर तिमीलाई भेटने आतुरताले अत्याएर यस्तो गरेँछु । म त के भएँछु के ! कहिले पत्रमित्रतामा भेटिएकी प्रेमिकालाई भेट्न हतारिएँ झैँ, कहिले फोनमा कुरा हुने तर भेट नहुने भित्रभित्रै बौलाएको प्रेमी झैँ , अनि कहिले फेसबुक, इन्स्टामा फोटो हेरेको भेट नभएको र भेट्ने भनिरहेको आकुल-व्याकुल मनुवा झैँ भएको थिएँ ।

    फेरि कता-कता लाग्दथ्यो- कतै टिकटकमा हालेको फोटो जस्तै त छैनौं ? यो डरडर पनि लागेको थियो । टिकटकले आजकल उधुम गरेको छ । पहिला नराम्रो आएको फोटो भिडिओ डिलिट गर्ने । राम्रो बाँकी भएको फोटोमा पनि फोटोमै मेकअप गर्ने । त्यसपछि पनि क्यापकटमा गएर भिडिओ र फोटो हाल्ने । यत्ति गरेपछि ४० वर्षको मान्छे १६ वर्ष देखिएर टिकटकमा प्रस्तुत हुने धेरै महिला मैले देखिसकेँ । कतै मेरो लाङटाङ त्यस्तै त छैनन् भन्ने पनि लाग्दथ्यो ।

    तर्कना बिर्तकना गर्दागर्दै साथीहरूसँग गफगाफ गर्दागर्दै गुर्जेभन्ज्याङ कटेको केही बेरपछि आयो थानसिंहको रमाइलो बाटो । हरियाली सडकको दुबैतिर हेर्दे छहरे कटिहाले । कति चाँडै त्रिशुली आएको झै लाग्यो । प्रेमको पर्खाई छिटो जाने भएर होला त्रिशूली एकैछिनमा आए झैँ भयो । ढुंगामा लेखेको देखेँ । त्रिशूलीबाट धुन्चे ४८ किमी । स्याप्रुबेँसी ६३ किमी र त्रिशूली जिरो ।

    हुन त नाममा के छ र भन्छु म । तर, पनि बोलाउनलाई नाम नै चाहिन्छ । नेपालमा नामहरू प्राकृतिक र सांस्कृतिक सम्पदाको आधारमा राखिएका छन् । तिम्रो नाम हेर न त्यसमा पनि त प्राकृतिक नाम छ । तर, हाँसो लाग्ने एक नाम आयो । त्यो नाम भनेको प्राकृतिक र सांस्कृतिक भन्दा पनि घटनापरक भएर होला झैँ लाग्यो । धुन्चे नपुग्दै देखेँ १०.३ मिटर लम्बाईको बोकेझुन्डा पुल । एसपी र विपीन यो नाम देँखेर मस्तले हाँसे । दुवै हाँसेपछि म पनि ठूलो स्वरमा हाँसे ।

    एक हातले गाडी चलाउँदै अर्को हातले फोटो खिचेँ । कुनै दिन कसैको बोको झुण्डेर मरेकोले यो नाम रोखकोले होला भनेर हामी तीनै मस्तले हाँस्यौ । लेख्न बसेपछि कसैलाई सोध्न पर्‍यो यथार्थ के हो भनेर सबैभन्दा पहिले गुगललाई सोधेँ, थाहा पाएँ । गोसाईकुण्ड गाउँपालिका-६ मा पर्ने यो ठाउँमा प्रख्यात सीता गुफा रहेछ । भगवान् रामको सीता नभई आनी सीताले तपस्या गरेको रहेछ ।

    भोटबाट नून साट्न यहि बाटो जाने रहेछ । ओहो यो ठाउँ त प्रख्यात ठाउँ देखायो । कुनै दिन जंगबाहादुर राणा गोसाइकुन्ड यहि बाटो हुँदै जाँदा सेनालाई बाटोमा जे भेटिन्छ लेराउनु भनेछन् । सेनाले बाघ ल्याएर चापको रुखमा झुण्ड्याएछन् । त्यो रुख ५०० वर्ष पुरानो बुढो भएर केही वर्षअगाडि मात्रै ढलेछ । बाघझुण्डा अपभ्रंश भएर बोकेझुण्डा भएको रहेछ । हनुमान ढोकाबाट बोकेझुण्डा आइपुग्न १९ कोस लाग्दछ भनेर शिलालेख समेत राखेछन् जंगबाहादुरले । ट्राउट पालेको ठाउँ भनेर अहिले प्रख्यात रहेछ ।

    हेर त, कसरी नामहरू बनेछ । प्रकृति र संस्कृतिभन्दा फरक घटनाले बनेको रहेछ बोकेझुण्डा । यहाँ गुफा अझै छ । तपस्या गर्ने भिक्षुणीहरू हराए । त्यो बाटो हिँड्ने जंगबाहदुर हराए । राजा वीरेन्द्र त्यही बाटो हिँडेका थिए । उनी हराए । नाम हरायो र यही बाटो हिँड्ने धेरै मान्छे हराए । हामी पनि कुनै दिन हराउँछौ । तर, पनि अहिलेलाई तिमलाई भेट्न हतारिएर कुदिरहेको छु तिम्रै जिल्लामा ।

    पहाडी बाटो न परयो, बोकेझुण्डाबाट ५ किलोमिटरको धुन्चे पुग्न आधा घन्टा लागिहाल्यो । बिहानै हिँडेको हामी धुन्चे पुग्दा मध्यान्ह नाघिसकेको थियो । पेट पूजा गर्नै पर्‍यो । एसपी यो यात्रामा आइरहने हुनाले उसले नेशनल होटलमा परैबाट फोनमा खानाको व्यवस्था गरेको थियो । खाना खाएर धुन्चेबाट हिँड्दा लगभग १ बज्यो ।
    धुन्चेका छानामा राखिएको बुद्ध, शंखको फोटो खिच्दै अगाडि बढियो । दाजुभाइ जस्तै नाम देखेँ, ठुलो भार्खु अनि सानु भार्खु । मिलेको नाम हेर्दै मस्तले गीतमा झुम्दै, साथीहरूसँग गफिँदै गाडीबाट फोटो लिँदै हामी हुत्तिँदै थियौं तिमीलाई भेट्न । घुम्तीको बाटो हुँदै हरिया पहाड हेर्दै अगाडि बढ्दै थियौं । धुन्चेबाट स्याप्रुबेँसी जान कति लामो यात्रा झै लाग्यो ।

    ‘बुढो पकाउँदै, बुढी खाँदै’ भन्ने उखान सुनेर हुर्किएका हामीलाई बाटोमा त्यस्तै स्थिति आइलाग्यो । बन्दै छ बाटो हामी हिँड्दै छौं । पानीको बाछिटाले गाडीको सिसा त राम्रो देखियो तर बाटो छिपछिपे हिलो भएछ । त्यसमाथि अजंगका केरुङ जाने आउने गाडीहरूले त्यो बाटो सानो गाडी हिड्नै नहुने बनाएका थिए । १३ किमी बाटो हिँड्न ठयाक्कै एक घन्टा लाग्यो । धुन्चेबाट स्याप्रुबेँसी आउन डेढ घन्टा लागिहाल्यो ।

    अनुभवी एसपीले भन्यो “त्यहाँ हेलिप्याड चउरमा गाडी शुल्क लिएर राखिन्छ, बरु सुरक्षित पनि हुन्छ होटलमा राखौं ।” विपीनले पनि ओके गरेपछि म अल्पमतमा परेँ । लोकतान्त्रिक पद्धतिमा सुल्झाउने भन्ने हाम्रो नियमअनुसार होटलमै गाडी राखियो । झोलुङ्गे पुल तरेपछि नक्साले सोध्यो “तपाईँ स्याप्रुबेँसीमा हुनुहुन्छ, कता जाने ? खाम्जीङ्ग , सुर्क हुँदै शेर्पा गाउँ जाने कि पहिरो बेम्बो हुँदै लाङटाङ जाने ?”

    नबोलिकन आँखाले बोलेको नक्सालाई हामीले साढे ६ घन्टा हिँडेर शेर्पा गाउँ जाने समय छैन भन्यौं र लाग्यौ बेम्बोतिर । हामीले तिवारी, पहिरो हुँदै बेम्बोको तीन घन्टे यात्रा ततायौं । ऐसेलु खाउँ भनेको पाइएन । चुत्रो खाँदै ओरालो उकालो गर्दै पहिरोमा पुगेर केही बेर सुस्तायौ । बेलुका ६ः२७ मा १९८४ मिटर उचाइमा रहेको बेम्बो पुगियो र त्यो रात त्यहिँ बस्यौ ।

    तिमीलाई थाहा छ लाङटाङ, तिम्रो नजिकैबाट बगेको तिम्रै नामको लाङटाङ खोलाले हामीलाई कराउँदै भनिरहेथ्यो “बहुत मज्जा ठाउँमा तपाईँहरू जाँदै हुनुहुन्छ, मेरो उद्‌गम थलोमा जाँदै हुनुहुन्छ, यहाँ त यति कन्चन छु म मेरो मुहानको झन् कुरै नगर्नुस् ।” बेम्बो त खोलाको किनारमै रहेछ । रातभर तिम्रो नामको खोला सुसाइरह्यो । बाढी पो आउने हो कि भनेर साथीहरू डराए । एक्कासि बाढी आएर भाग्नै नभ्याएर गाउँ नै अलप भएको कथा धेरै पढेको हामीलाई त्यो कथाले अत्याइरहेको थियो ।

    एकजनाको प्याकेजमा खान सुत्न र बिहानको ब्रेकफास्टसहित १५०० दक्षिणा टक्राइयो । लाङटाङ तिमीलाई भेट्न छ वटै महादेशका मान्छे आइरहेका थिए । कोही इजरायल, कोही अर्जेन्टिना, कोही फ्रान्स, अमेरिकन , चाइनिज , जापानिज । ओहो ! तिम्रो आकर्षण त हामीभन्दा अरुले खिचिसकेछन् भनेर ईर्श्या पनि लाग्यो । बेम्बोमा पनि विभिन्न देशका मान्छे थिए । रात मस्तै सुतियो ।

    भोलिपल्ट बिहान फेरि लगभग साढे साततिर हामीले बाटो ततायौं । १०:३६ मा हामी रिमिचे पुग्यौं । रिमिचेको उचाई २४९५ थियो । त्यसैले त्याहाँ केहीबेर सुस्तायौ । एकै पल्ट धेरै हिड्दा लेक लाग्ने डर हुन्छ भनेर सबैले भने । त्यहाँ विपीनले ल्याएको तितौरा र होटलमा हट लेमन विथ हनि खायौं । त्यस होटलकी साहूनी संगीता ठोकरले लाङटाङमा बस्ने होटलमा फोन लगाइदिइन् । विपीनले यसको जिम्मा लियो ।

    स्याप्रुदेखि नै खोलाको किनारै किनार हामी हिँडिरहेका थियौं । जहाँ जता जाउँ खोला सँगसँगै हुन्थ्यो । यो खोलासँगै नभए के हुन्छ होला झैँ लागेको थियो । आधा घन्टा पनि नभई आयो लामा होटलमा रहेको शेर्पा होटल । हामी नरोकिई उकालो लाग्यो । जो तिमीलाई भेट्न हतार थियो । बाटोमा बेला बेलामा खच्चडको ताँती भेट हुन्थ्यो । खच्चडले तिमीलाई भेट्न जाने बाटो बर्बाद पारेछन् । मान्छेका खाने कुरा लिएर जाने तिनका जुलुसले गोब्राएर त्यसबाट उत्पादन भएको भुसुना र झिँगाले हैरान दिन्थे ।

    खच्चडको लिदीले बाटो नै दुर्गन्ध थियो । चश्मा नलगाए भुसुना स्वात्तै भित्र आँखामा छिर्दथ्यो । बेम्बोदेखि देखिएको निगालोको घारीहरू बीच हिँडिरहेका थियौं । रेड पाण्डा पाइन्छ त्यहाँ घारीमा भनेर चुपचाप हिँड्यौ, तर देखिएन । बाटो ओर्लिन्छ-उक्लिन्छ । खोला देखे पनि नदेखे पनि सुसाएको आवाज कानमा आइरहन्छ । चराहरू हेर्दै, खोलाको आवाज सुन्दै पर क्षितिजमा देखिएको तिमीलाई हेर्दै अनि तिमीसँगैको नीलो आकाश हेर्दै हामी हिँडिरहेका थियौं ।

    ढुंगाका अमूर्त आर्टले अचम्भित पारिरहेको थियो । रुखका अनेक रंगहरूले हामी भित्रभित्रै रंगीरहेका थियौं । तिमीलाई भेट्ने बाटोमा गजब अजब अनुभव भैरहेको थियो । विभिन्न प्रजातिका गुराँसले हामीलाई गुच्छा दिए झैँ गरिरहेको थियो । बाटोमा ढुंगाको ओडार देखिन्थे । कौतुहलता सिर्जना गर्दथ्यो । सुस्ताउँदै, उघ्राउँदै हिँड्दै गर्दा हामी लगभग १२:३८ मा पुग्यौ रिभरसाईड २७७० मिटरको उचाइमा ।

    उचाइ भने पनि त्यो खोलाको किनारमा थियो । त्यहाँ घोरल झारलहरू पर वनमा चरिरहेका देखिए । त्यहाँ खाना खाने भने पछि लाङटाङ खोलामा खुट्टा चोपल्न मन लाग्यो । बिहानदेखि हिँडेको ट्रेकिङ सुज र मोजा खोलेर मज्जाले बालुवामा हिँड्दै ढुंगामा बसी खोलामा खुट्टा हल्लाउँदा अचम्मको आनन्द आयो । खोलाको आवाज मान्छेको भन्दा ठूलो थियो । पछाडिको साथीले बिस्तारै बोलाउँदा केही सुनिदैनथ्यो । ठूलो स्वरले कराउँदा मात्रै सुनिन्थ्यो । प्रकृतिको अनुपम लीला हुन्छ ।

    रिभरसाइडमा रहेको सानो चराले भने ठूलो खोलाको आवाजलाई पनि जितेर मेरो कानमा ठोक्किरहेको थियो । लंगुरहरू पनि ताँती देखिए । उनीहरूले घाँस खाएको देखेर म हेरिरहेँ । बाटोमा याक भेटियो । उसलाई प्रकृतिले लगाइदिएको गलैँचा जस्तो ऊन र ठुलो पुच्छर देखेर छक्क परिरहेँ । अझै माथि जाँदा मज्जाले चौँरीहरू चरिरहेका थिए ।

    अब हामी ३००८ मिटरको उचाइमा रहेको घोडातबेलामा थियौं । कुनै बेला घोडा तबेला रहेको यो ठाउँमा तबेला नभए पनि घोडाहरू थिए । मैले त जीवनमा पहिलो पल्ट घोडाको बछेडो र घोडासँगै देखेँ । त्यति नै बेला सायद त्यो बछेडोको बाउ उताबाट आयो । उसले हिनहिनाएपछि घोडा मालिकले भन्यो “यसलाई पोथी घोडा देख्नै हुँदैन, हाम फालिहाल्छ ।”

    पशुले आफ्नो बच्चा सर्लक्कै चिन्छ, त्यही भएर कराएको हो कि भन्ने लागिरहयो । तलै खाना खाएर आएकोले हामी घोडातबेलामा रोकिनु परेन । सीधै अगाडि लाग्यौं र थाङ्गस्याप पुग्यौं । ३२०० मिटरको उचाइमा पुग्न हामीले निक्कै उकालो उक्लिए झैँ लागेको थियो कारण त्यही उकालो थियो । बाटोमा सार्टिङ, छिम्की हुँदै ३४५५ मिटरको लाङटाङ पुग्दा अँध्यारोले राज गरिसकेको थियो ।

    तिमी सेतो हिमाल कालो अँध्यारोमा लुकिसेको थियौ लाङटाङ ! हामी पनि बेलुकी ७:२० मा त्याहाँ पुगेका थियौं । बाटोमा तारन्तार विपीनलाई फोन बजिरहन्थ्यो । होटल साहूनीको । मेरिगोल्ड होटलमा तातो चिसो सबै व्यवस्था रहेछ । खाना खाएर थाकेको शरीरलाई बिच्छौनामा लडाउँदा स्वात्तै निदाइएछ । बिहान छर्लङ्ग बसेकै होटलबाट लाङटाङ भ्याली देखियो । हिमाल देखियो । पहाड देखियो । बहुत मज्जा आयो । अझै लाङटाङ हिमाल नजिकै पुग्न त क्यान्जिङ गुम्बा जानुपर्ने रहेछ ।

    अबको यात्रा हाम्रो क्यान्जिङतिर सोझियो । बिसहान पोरिज , अण्डा कफी खाएर हामी लाग्यौ क्यान्जिङतिर । त्यता जाँदा जति माथी गयो तिमीले पठाएको चिसोले उति स्वागत गर्ने रहेछ । ढुंगामा कुँदेको तिब्बतीयन अक्षरले लामो गुम्बा बनाएको रहेछ । हामीलाई पढ्न नआउने तैपनि गुम्बालाई दाहिने पारेर घुम्नु पर्दछ भनेर हामी सबै त्यसैगरी हिँड्यौं ।

    सेता बादल नीलो आकाश , नीला फूलहरू मेरो पनि निलै ड्रेस थियो । आज धेरै हिँड्नुपर्ने दिन थिएन । बिस्तारै रमाउँदै हल्लदै हिँडियो । त्यो बाटोमा हरेक ढुंगा एक इतिहास र एक पुरानो समय देखेँ । एकैछिनमा मुन्दु आइपुग्यो । नजिकै प्रहरी चौकी लाङटाङ लेखेको देँखे । फेरि आयो सिन्धुम गाउँ । सिन्धुम ३५५५ मिटर थियो । हामी पुग्ने क्यान्जिन ३८०० थियो ।

    सिन्धुममा हँसिलो पासाङ नामको साउनी देखिइन् । उनले भनिन् “उकालोमा थोरै हिँड्दा गाह्रो हुन्छ । त्यसैले सिवकथ्रुन जुस खानुस् ।” उनले भनेबमोजिम गर्यौं । बहुत हावा चल्ने रहेछ क्यान्जिङ जाने बाटो । किन मान्छे यति बिहानै घाममा टोपी लगाएर आउँदैछन् जस्तो लाग्दथ्यो । त्यो त हावाले टोपी र ज्याकेट खोल्नै नदिने रहेछ ।

    मैले त हिमनदी देखेको थिइनँ । हिमनदी हेर्ने भनेर विपीनले लग्यो । हिमनदी हेर्न जाँदा झोलुङ्गे पुलको हावामा झण्डै उडाएको हामीलाई । भयो भोलि केन्जिङ रि बाट हेर्ने भन्ने भयो । केही बेरअगाडि लागेपछि क्यान्जिङ आइ त पुगिगो । वाउ ! त्यहाँको दृष्य गजबै थियो । वरिपरि हिमाल, जस्ताले टल्किएका शहर जस्तै घरहरू । नयाँ बनेको एक घर नयाँखाङ्गा पिक गेस्ट हाउस । त्यही होटलमा दिनको रातको र ब्रेकफास्ट गरी प्रति व्यक्ति दुई हजारमा फिक्स गरेर आराम गरियो ।

    बाहिर जाउँ एकदमै हावा चल्ने चिसो थियो । एक छिन सुतियो । विपीन भने बगरतिर हेर्न गयो । एसपी र म उठेर दोर्जे कफी हाउसमा गयौं । पाउरोटी नभई नहुने युरोपियन अमेरिकनको ताँती रहेछ त्यहाँ । हामी गएर क्यापाचिनो र अमेरिकानो खायौं । एकछिन चउर बगर डुलेर फेरि होटलमै आइयो । सामाजिक सन्जाल हेरियो । अपलोड गरियो केही फोटोहरू ।

    विपीनले भन्यो “भोलि ४:०० बजे उठेर ५:०० बजे क्यान्जिङ रि जानु पर्दछ, तिमीहरू नजाने भए नजाउ, म त एक्लै भए पनि जान्छु यहाँसम्म आएपछि ।” लौ त भनेर चाँडै सुतियो । बिहान ४:०४ मै उठिसकेछ विपीन । ५:०० बजे हामी फ्रेस भएर लाग्यौं क्यान्जिङ रि को उकालो । हामी मात्रै होला भनेको त विदेशीहरू टन्नै रहेछन् । उकालोमा एकै पेसमा नरोकिई हिँड्दा सबैलाई जितेर अगाडि पुगिँदो रहेछ ।

    दुई घन्टा लाग्दछ भनेको केन्जिङ्ग रि त म ४६ मिनेटमा पुगे । बाफ्रे बाफ लाङटाङ त्याहाँ त तिमी यस्तो सुन्दरी देखिएको थियौ । म कसरी वर्णन गरौं त्यो रूपको । सेतो तिम्रो अनुहारमा बिहानको उदाउँदो घामले सेतो चाँदीमा सुन टल्किएको झैँ लाग्यो । तिम्रो वरिपरि अरु हिमाल देखेर म त तीन छक परे ।

    बाफ्रे ! यति नजिकबाट तिमीलाई हेर्दैछु भन्ने लाग्यो । तिमीलाई छोएर आउने हावाले मलाई काउकुति लगायो । यति फोटो खिचे कुरै नगरौं । तर, त्यहाँ खिचिएको फोटोभन्दा पनि आँखा र हृदयमा तिम्रो फोटो बेजोड बसेको छ । शब्दमा वर्णन नै गर्न सकेको छैन ।

    रोचक कुरा त- त्यहाँ म पुग्दा एक जोडी गोरागोरीहरू ‘टङ किस’ गर्दै थिए । अचम्म यो लाग्यो, उनीहरूले लाङटाङ गएर आफ्नो पुरानो प्रेमलाई सम्बन्धमा बदल्ने घोषणा गरेको रहेछन् । उनीहरूको धेरै साथी तलै थिए । उनीहरूको फोटो खिच्नेमा म परेँ । केटाले बोलाए । लाज मानी-मानी फोटो खिचिदिएँ । पछि उनका साथीहरू आइपुगे । उनीहरूले ड्रोन उडाए । एक अर्कामा अंकमाल गरे । बेलुन फुटाए ।

    म छक्क परेँ किन लाङटाङ हिमाल अगाडि नै यत्रो वर्षको प्रेमलाई सम्बन्धमा लैजाने निर्णय गरेको होला भनेर । एकैछिनमा उनीहरूलाई लेराउने नेचर फन एडभेन्चर कम्पनीका मालिक सन्जीव ढकाल र चन्द्र यात्रीसँग भेट भयो ।

    उनीहरूले भने “यहाँबाट ३६० डिग्री हिमाल देखिने र यो सस्तो रुट पनि भएकोले यहाँ उनीहरूले प्रेमलाई सम्बन्धमा लैजाने निर्णय गरेका रहेछन् , तपाईँहरू लक्कि हो हामी पाँच दिन भयो आउँदै हिमाल नदेखेर फर्कँदै गरेको ।” ओहो हामी गएकै दिन तिमीलाई देख्न पाउने कति भाग्यशाली भयौं हामी भनेर मनमनै खुशी भएँ ।

    कहाँ सात समुन्द्रपारीबाट आएर तिम्रो छेउमा प्रेमलाई सम्बन्धमा बदल्ने तिम्रो शक्ति देखेर ताजुब लाग्यो । किन उनीहरू यहाँ आउन परेको ? किन हामीले भेट्न परेको ? लाङटाङको पवित्रताको शक्तिले प्रेमील जोडीलाई तानेको झैँ लाग्यो । चिसोमा तातो प्रेम उनीहरूको अमर रहोस् भन्ने मनमनै भनेँ । मुखले भन्नै सकिनँ ।
    एक अचम्म यो पनि लाग्यो ।

    ४४०० मिटरको क्यान्जिन रि मा पोष्टर फोटो खिचिरहँदा एक चरा आएर त्यहिँ बस्यो । मलाई लाग्यो यो चरा हैन यो त मेरो पितृ देवता पो हो कि ! एक संस्कारमा बसेको हामीलाई कता कता कहाँ कहाँ जति किताब पढे लेखे र मान्छे भेटे पनि त्यो संस्कार आईहाल्दो रहेछ । मैले चरालाई नमस्कार गरे । चरा उडेन बसिरहयो ।

    विपीन तल आउँदै थियो । म निकैबेर लाङटाङ हिमाल हेरिरहेँ । निकै भावुक भएँ । यस्तो राम्रो प्रकृति यो पृथ्वीमा कहाँ होला ? यति सुन्दर ठाउँ कहाँ होला ? लाङटाङमा जब सूर्यको लालीमा पर्‍यो । लिपस्टिक लगाएको केटीभन्दा सुन्दरी त लाङटाङ देखियो । बाफ्रे वरिपरिको हिमाल ! म त हेरेको हेर्‍यै भएँ । ६ बज्नु अगाडि नै म पुगेको थिएँ ।

    केहीबेर बस्दा बस्दै क्यान्जिन रि मा मान्छे भटाभट आउन थाले । सबैले हिमाललाई पछाडी पारेर फोटो खिचिरहे । त्यहिँ नजिकैको ग्लासियर पग्लिएर बनेको हिमनदी पनि देखेँ । हिमनदीको पानीबाट बनेको हाइड्रोपावर देखेँ । एकैपल्ट धेरै कुरा देखेँ । यति चिसो थियौ तिमी लाङटाङ । तिमीबाट आएको चिसोले पन्जा लगाएको हात पनि चिसिएको थियो, तर मन भने बहुत् तातो भएको थियो र अझै पनि तातो नै छ ।

    मान्छेको सबैभन्दा ठूलो सिर्जना खुशी हो । हरेक काम मान्छेले खुशीको लागि गर्दछ । तिमीलाई हेरेर फर्केपछि खुशीको रङ्गले मेरो हृदय चुमेको छ । क्यान्जिङ रि को ४४०० मिटर अग्लो भन्दा बढी खुशी मेरो हृदयमा बास बसेको छ । तिमीलाई भनौ्, पत्याउँदैनौं होला ! मेरो मनमा तिम्रो अग्लाई बसिरहेको छ । प्रेमिल भएपछि मन पनि आफैँ अग्लो र फरक हुने रहेछ । मान्छे पनि त तिमीजस्तै एक प्रकृतिको कृति त हो । म पनि त्यही कृति हो भन्ने मैँले आफैँलाई स्वीकृति गरेको छु ।

    थाहा छ तिमीलाई लाङटाङ, हामी तिमीलाई हेरेर तल झर्दा तिमीलाई बादलले घुम्टो ओडाउँदै थियो । धन्न समयमा पुगेछु र तिम्रो साक्षात् दर्शन पाएँछु भन्ने लाग्यो । वा तिमीलाई प्रेम गरेकोले तिमीले दर्शन दिएको होला भन्ने लाग्यो । मान्छेहरू तिमीलाई नजिकबाट हेर्न डाँडो चढिरहेका थिए । आठ नबज्दै तिमी भने बादलसँग मिसिँदै थियौ । नजिकबाट हेरेकोले तलबाट हेर्न त्यति मन पनि लागेन ।

    लाङटाङ तिम्रो नाममा निकुन्ज खोला बनेको देख्दा मलाई बहुत् खुशी लागेको छ । धेरै उद्योग व्यापार र यातायतमा पनि तिम्रो नाम देख्दा म पुलकित भएको छु । जब त्याहाँ पुगेर आएँ । तिमीलाई भेटेर आए जहाँ लाङटाङ देख्दछु त्यहाँ सुखानुभूति भएको छ मलाई । तिम्रो कारणले यो ठाउँ भूस्वर्ग भएको छ । धेरैले धेरै लेखे होलान् ! हज्जारौ हज्जार त्यो ठाउँमा पुगे होलान ! मेरो त तिम्रो क्षेत्रमा पहिलो पाइला थियो ।

    तिमीलाई भेटेर फर्केपछि हामी एक दिन शेर्पा गाउँमा बस्यौं र अर्को दिन राजधानी आइहाल्यौं । तिमीलाई भेटेर मनमा आएको खुशी र शान्तीको के कुरा गरौं । लेख्नु कति मन लागेको छ । अक्षर रोकिन मानेको छैन । अहिलेलाई यो मेरो लेख अरुको लागि नभई मात्र तिम्रो लागि प्रिय लाङटाङ ! तिम्रो प्यासी प्रेमी झैँ भएर भन्छु “प्रिय लाङटाङ ! तिम्रो अप्रिय कहिल्यै सुन्न नपरोस् ।” माया लागेको छ तिम्रो । धेरै धेरै धेरै नै…

  • प्रेस चौतारीको प्रशिक्षण वर्ष- मिसन ०८४ सफल पार्न नेताका घर होइन, जनताको आँगनमा जाऔं

    प्रेस चौतारीको प्रशिक्षण वर्ष- मिसन ०८४ सफल पार्न नेताका घर होइन, जनताको आँगनमा जाऔं

    मंगलबार राति हामी बालुवाटारमा थियौं । सम्माननीय प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनसंगठनका नवनिर्वाचित पदाधिकारीसँग भेट्ने उक्त कार्यक्रममा उहाँका महत्वपूर्ण निर्देशन मन्तव्य हामीलाई प्राप्त भयो ।

    प्रेस चौतारी नेपालले २०८२ साललाई प्रशिक्षण वर्षको रूपमा मनाउने भएको छ । त्यसको लोगो सम्माननीय प्रधानमन्त्रीज्यूले सार्जजनिक गर्नुभएको छ । प्रेस चौतारीले भनेको प्रशिक्षण वर्ष र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेडले व्यक्त गर्नुभएको मन्तव्यका केही पक्ष चर्चायोग्य छ ।

    यतिबेला नेकपा (एमाले) देशको नेतृत्व गर्ने राजनीतिक दलका रुपमा अगाडि बढिरहेको छ । भविष्यमा यसले एकल बहुमतका साथ मुलुकको नेतृत्व गर्दै सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई सार्थक तुल्याउने अभिभारा राति बालुवाटारमा जम्मा भएका जनसंगठनका प्रत्येक नेता, कार्यकर्ताको काँधमा निर्भर छ । त्यसैले चलेका भ्रम चिरेर सत्यको पक्षमा उभिन हामीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेडले प्रेरित गर्नुभएको छ, मार्गनिर्देशित गर्नुभएको छ ।

    प्रशिक्षण र प्रधानमन्त्री

    वास्तविकता के हो भने, हिजो जस्तो एमाले थियो, आज त्यस्तो छैन । त्यसरी नै, हामीले जस्तो प्रेस चौतारी बनायौं, आज त्यस्तो छैन ।

    यसो हुनुको पछाडि समयको दोष होला । प्रविधि र त्यसले ल्याएका चुनौतीका कुरा होलान् । तर, सबैभन्दा मुख्य पक्ष भनेको हामी नै जिम्मेवार, जवाफदेही, लगनशील, अनुशासित र वैचारिक हुने कुरा हो ।

    कम्युनिष्ट पार्टीको एउटा कार्यकर्ता राजनीतिक र वैचारिक चेतनाले पूर्णतः सक्षम र सवल हुनुपर्छ । संगठन निर्माण, परिचालन र व्यवस्थापनका निम्ति कम्युनिष्ट आन्दोलनभित्र अनेकन विधि र अभ्यास छन् । कमिटी प्रणालीका अलग्गै तरिका छन् । ती के के हुन् ? यति कुरा जान्ने कतिजना पत्रकार आज प्रेस चौतारीमा छन् ? यो मुख्य सवाल हो । त्यसैका निम्ति हाम्रो संगठनले यो वर्षलाई प्रशिक्षण वर्ष भनेको हो ।

    हामी यसै पनि पत्रकार हौं । हामीलाई ‘फाइभ डब्ल्यू वान एच’ थाहा छ । समाचार लेख्छौं । फिचर बनाउँछौं । अन्तर्वार्ता लिन्छौं । स्टिङ अपरेशन पनि गर्छौं । यो समाजमा हामी यस्ता मान्छे हौं, हामीले समाजका सारा पक्षमाथि औंला उठाउँछौं । तर, समाजसँग हामीमाथि औंला उठाउने छुट छैन वा त्यस्तोखाले मानक स्थापित छ ।

    एउटा पत्रकारले प्रेस चौतारी हुनका निम्ति समाचार वा फिचर लेखेर, अन्तर्वार्ता लिएर वा कुनै विषयको विश्लेषण गरेरमात्रै पुग्दैन । प्रेस चौतारी हुने अलग्गै शर्त हुन्छ । मार्क्सवाद के हो ? ऐतिहासिक द्वन्द्वात्मक भौतिक र यसका नियम के हुन् ? त्यसका सार र रूप के हो ? त्यसका सार पक्षभित्र हामी कहाँ छौं ? अथवा, वर्तमान नेपाली समाजभित्र मार्क्सवादको सान्दर्भिकता र पत्रकारितामार्फत त्यो विचार दर्शनको अभ्यास कसरी हुन्छ ? अरु पत्रकार र प्रेस चौतारीको पत्रकार हुनुमा के फरक हो ? मार्क्सवाद बुझेको र नबुझेको मान्छेमा कति हुन्छ ?

    यी र यस्ता थुप्रै विषय प्रेस चौतारीका साथीहरूलाई भन्नु छ । जानेकालाई फेरि एकपल्ट झक्झक्याउनुछ, नजानेकालाई सिकाउनुछ । त्यसैले २०८२ प्रशिक्षण वर्ष हो । पेशागत दक्षता अभिवृद्धिका कुरा त छँदैछन् । तर, संगठनमा आवद्ध साथीहरुलाई वैचारिक, राजनीतिक र सांगठानिक पक्षलाई तेजिलो नबनाई एउटा वैचारिक संगठन पूर्ण हुन सक्दैन ।

    यसरी पत्रकारलाई सांगठानिक बनाउने कार्यभार प्रेस चौतारीले सम्पन्न गर्ने संकल्प गरिरहँदा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षले अगाडि सार्नुभएका विषय मननिय छन् ।

    हामी पत्रकारमात्रै हैनौं, पार्टीको प्रचार फाँटका कार्यकर्ता पनि हौं । जो यो कुरा मान्न तयार छैन, ऊसँग प्रेस चौतारी हुँ भन्ने अधिकार हुँदैन । जो प्रेस चौतारी हो, उसले पार्टी, त्यसको नेतृत्व र त्यसले सञ्चालन गरेको सरकारका विरुद्ध चलेका अफवाहको प्रतिकार गर्नैपर्छ । यदाकदा नेतृत्व गलत छ भने उसलाई ‘तिमी यहाँ गलत छौ’ भन्ने ठाउँ हाम्रो पार्टीले बनाइदिएको छ । त्यहाँ भनौं । जे-जे सत्य हो, त्यसका पक्षमा उभिनु प्रेस चौतारी र यसका तमाम नेता, कार्यकर्ताको अभिभारा हो ।

    हामी प्रचार फाँटमा काम गर्ने कारण प्रचारको मोर्चाबाट पार्टी र सरकारमा रहेका पार्टीका नेताले हामीबाट गर्ने अपेक्षा भनेकै अफवाहविरुद्ध उभिनका निम्ति हो ।

    ०८४ को चासो

    हामी ‘मिसन ०८४’ भन्दैछौं । त्यो भनेको अबको निर्वाचनमा नेकपा (एमाले) को श्रेष्ठता स्थापित गर्ने संकल्प हो । हामी सांगठानिक र राजनीतिक चरित्रका साथ जनताको बीचमा जानुपर्छ । एमालेका इतिहास र आदर्शनको स्मरण गराउँदै कमरेड केपी ओलीले अगाडि सार्नुभएको सुखी नेपाली र समृद्ध नेपालको संकल्पबारे जनतालाई स्पष्ट पार्नुपर्छ । र, त्यसका निम्ति हाम्रा जनसंगठन बलियो हुनुपर्छ ।

    शक्तिले मात्रै हैन, विचार, सिद्धान्त र संकल्पले बलियो हुनुपर्छ । त्यसबाट देशले एउटा सुदृढ नेकपा (एमाले) को नेतृत्व पाउँछ । सुन्दर मुलुकको निर्माण गर्ने स्वर्णीम अवसर हामीसँग आउँछ । त्यसैले प्रेस चौतारी प्रशिक्षणका साथ अगाडि बढ्दैछ ।

    प्रशिक्षणले नजानेकालाई जान्ने बनाउँछ र जानेकालाई अझ दृढ वैचारिक बनाउँछ । कमिटी प्रणालीमा आधारित नेपाली कम्युनिष्ट आन्दोलनभित्र विशेषतः नेकपा (एमाले) भनेको सबैभन्दा बलियो सांगठानिक आधार भएको राजनीतिक दल हो । यसको सञ्जाल सात प्रदेश, ७७ जिल्ला, ७४० स्थानीय तह, प्रत्येक वडा र टोलमा फैलिएका छन् ।

    मानिसहरुको जमघटले संगठन बन्छ र ती मानिसहरू राजनीतिक र सांगठानिक बनाउनुमा एउटा राजनीतिक दलको सफलता निर्भर हुन्छ । त्यही कामका निम्ति पत्रकार समुदायमा प्रेस चौतारीले प्रशिक्षण वर्ष भनेजस्तो अरु अरु संगठनले पनि यस्तो गर्नुपर्छ ।

    हामीमा ‘मिसन ०८४’ भनेर नेताकहाँ धाउने र टिकट माग्ने चलन छ । त्यो लहर चलिसकेको छ । ‘मिसन ०८४’ नेताका घरमा धाएर सफल हुँदैन । बरु, असफल हुन्छ । ‘मिसन ०८४’ लाई सफल पार्न हामी जनतामा जानुपर्छ, आजैदेखि । नेताले कोही व्यक्तिलाई टिकट दिए वा दिएनन् भने केही फरक पर्दैन । एमालेले त्यो चुनावमा आफ्नो श्रेष्ठता स्थापित गरेन भने धेरैथोक फरक पर्नेवाला छ ।

    देशको हित, उन्नति र प्रगतिमा फरक पर्छ । सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा फरक पर्छ । त्यसैले ‘मिसन ०८४’ को संकल्प पूरा गर्न नेताका पोल्टामा चाकडी र स्तुति पुर्‍याउने हैन, जनताका घर आँगनमा पार्टीका नीति, कार्यक्रम र योजना बोकेर जाऔं ।

    त्यस्तो दस्ता निर्माण गर्न प्रेस चौतारी आज प्रशिक्षणमा तल्लिन भएको हो ।

    (लेखक प्रेस चौतारीकी केन्द्रीय उपाध्यक्ष हुन् ।)

  • दुबईकाे मरुभूमिमा समुन्द्रले देखेको सपनाको साकार रूप- गाउँको घर (भिडिओ)

    दुबईकाे मरुभूमिमा समुन्द्रले देखेको सपनाको साकार रूप- गाउँको घर (भिडिओ)

    झ्याङला (पाल्पा) । रूपन्देहीको सुविधा सम्पन्न शहर बुटवलस्थित परिवारमा जन्मेका एक युवाले पाल्पाको तिनाउ गाउँपालिका- ६ झ्याङला देउरालीमा आफ्नो भविष्य खोजिरहेका छन् । धेरै मान्छे पहाडबाट रोजगारी र अन्य सुविधाका लागि तराई झर्छन्, झरिरहेको बेला बुटवलमा जन्मिएका विज्ञान विषय पढेका ३४ वर्षीय समुन्द्र घिमिरे क्षेत्री भने भविष्य खोज्दै पहाड उक्लिएका हुन् ।

    यूएईको दुबईमा ७ वर्ष रोजगारी गरेर फर्केका उनी माटो र प्राकृतिक सौन्दर्यको महत्व खोज्दै पहाडमा फर्केको बताउँछन् । समुन्द्रले झ्याङला देउरालीमा २० रोपनी जग्गा किनेर ‘गाउँको घर’ इकाे फार्म हाउस सञ्चालनमा ल्याएका छन् ।

    ‘गाउँको घर’मा उनले सबै स्थानीय वस्तुहरू प्रयोग गरेका छन् । समुन्द्रले यसलाई व्यवसायमात्रै नभएर विचार अभियानको संज्ञा दिए ।

    ‘मैले मरुभूमिमा बसेर जे अनुभव गर्न पाइनँ । म जन्मेको ठाउँमा बसेर जे अनुभव गर्न पाइनँ, त्यो अनुभव संगाल्न, मेरो भावी पुस्तालाई यसबारे जानकारी दिन र समाजमा हामीले केही कुरा गरेर देखाउन सक्नुपर्छ भन्ने विचारको अभियान हो’, उनले भने, ‘यो अभियानलाई ५ वर्षअघि सुरु गर्दा धेरैले बहुलाएको भन्न पछि परेनन्, तर मैले आफैं सोचेर विचारेर अबको भविष्य यसमै छ भनेर नै यो काम थालेको हुँ । पहिला एक्लै थिएँ अहिले सिंगो समाजको साथ पाएको छु । अब परिवार र आफन्तको पनि पाउनेछु ।’

    त्यसो त गुल्मीको मुसिकोटबाट छोराहरूसहित बुटवलमा आनन्दले बस्न आएका समुन्द्रका बुवाआमा तथा अन्य परिवारका सदस्यहरू तराई झरेको दुई दशक पुग्न लायो । परिवार र आफन्त उनले पहाड रोजेकोमा सन्तुष्ट छैनन् । रोजगारीको लागि दुबई जाँदा त्यहाँको मरुभूमिमा माटो र प्रकृतिलाई भेट्न नपाएको भन्दै समुन्द्रले आफ्नै माटोमा भविष्य खोज्न पहाडत उक्लिएको र यसबाट अब दायाँबायाँ नहुने बताए ।

    उनको अगुवाइमा झ्याङला देउरालीमा परम्परागत संरचनाहरू बनाइएका छन् । समुन्द्रले आफैंले २० रोपनी उजाड र चिप्लो डिलो जमिन किन्दै, बिस्तारै जग बसाउँदै गरेका हुन् । अहिले यहाँको १० रोपनी जमिनमा उनले परम्परागत रूपमा रहेका ऐतिहासिक सामग्रीहरूले सजाएर ‘गाउँको घर’ नामक रिसोर्ट कम फार्म हाउस चलाएका छन् । अर्को १० रोपनीमा आफ्नै अगुवाइका खेती गरेका छन् ।

    पाँच वर्षअघि जब उनले यो पहाड छान्ने निर्णय गरे, उनलाई चिन्ने धेरैले भने– ‘यो त बहुलायो अब ।’

    दुबईको तलब, बुटवलको सहज जीवन र बुवाआमासँगको आधुनिक आवास सबै त्यागेर पहाड चढ्नु सामान्य निर्णय थिएन, तर समुन्द्रको मनमा एउटै प्रश्न घन्किरहेको थियो— आफ्नो माटो कहिले छुने ?

    ‘दुबईको मरुभूमिमा पैसा त थियो, तर माटो थिएन, सुगन्ध थिएन, बाँच्ने अनुभूति थिएन’, उनले सुनाए, ‘म चाहन्थें, मेरो बालबालिकाले माटोमा हिँडून्, रूख छोऊन्, जीवनसँग टाँसिन सिकून् र मलाई यसमै सधैँ खेलिरहन पाइयोस् ।’

    समुन्द्रका बारी र खेतमा तरकारी, आलु, कोदो, सुन्तला, अदुवा, तरकारीदेखि गोठमा बाख्रा, कुखुरा, हाँस र माछासम्म छन् । आफ्नो प्रयासमा उनले स्थानीय समुदायलाई जोडेका छन् ।

    ‘सुरुमा त एक्लै थिएँ, अहिले स्थानीयको साथ पाउन थालेको छु । विभिन्न सरकारी तहका मान्छेहरू मलाई उत्साह दिन आइरहनुभएको छ, केही युवा पनि सामेल हुन थालेका छन्’, उनले भने, ‘सुरुमा त हाँसोले उडाउँथे, अहिले साथ दिन थालेका छन् ।’

    उनका बुवाआमा छोराले उल्टो दिशा फर्किएको देखेर सुरुमै खुशी थिएनन्, तर समयसँगै छोराको निष्ठा, मेहनत र आत्मबलले उनीहरू समुन्द्रको अभियानमा समाहित हुन थालेका छन् । उनी अहिले गाउँलाई नै आफ्नो अभियानमा डोर्‍याउने सपना देखिरहेका छन् ।

    स्थानीय उत्पादन, जैविक कृषि, ग्रामीण पर्यटन र बालबालिकालाई प्रकृतिसँग नजिक ल्याउने उनको अभियानका पाटा हुन् । उनी भन्छन्, ‘हामी सधैं शहरमा भविष्य खोज्छौं । सायद अब गाउँमै भविष्य खोज्ने बेला आएको छ ।’

    झ्याङला देउरालीको तल छङछङ तिनाउ बगिरहेको छ । पारि सिद्धार्थ राजमार्ग हुँदै तानसेन जाने बाटो छ । तिनाउ जोडिएको जंगलको बीचमा बनेको छ ‘गाउँको घर’ । यसको बनावटले सबैलाई लोभ्याउँछ । ‘गाउँको घर’ इकाे फार्म हाउसमात्रै होइन, सांस्कृतिक संग्रहालय र ग्रामीण जीवनशैलीको आकर्षक थलो बनेको यहाँ पुग्नेहरू सुनाउँछन् ।

    ‘गाउँको घर’को बाहिरी स्वरूप नै पाहुना बोलाउने खालको छ— ढुङ्गामाटोको गारो, माटोको छानो, काठका झ्यालढोका । यहाँ प्रयोग भएका हरेक वास्तुमा इतिहास बोल्छ । गेटबाटै काठका परम्परागत वस्तुहरूको डिजाइनले सबैको ध्यान खिच्छ । घरको एक कुनामा ढिकी–जाँतो सजाएर राखिएको छ ।

    त्यस्तै उखु पेल्ने कोलसहितका पहाड र तराईका पुराना वस्तुहरू सजाइएको छ । पहिले प्रयोगमा ल्याइने वस्तुको मोडल सबै यहाँ सजाएर राखिएको छ । लोहोरो-कुटोलगायत पुराना फलामका औजारहरू झुण्ड्याएर राखिएका छन् । कृषि यन्त्रमात्र होइन, ढोल, मादल, बाँसुरी पनि सजाइएका छन् ।

    उनले जग्गाबाहेक ५० लाखको संरचना बनाइसकेका छन् र अझै बनाइरहेका छन् । त्यहाँ ६ जनाले नियमित रोजगारी पाएका छन् ।

    समुन्द्रका अनुसार यहाँ रक्सी र चुरोट पिउनेहरूलाई स्वागत गरिँदैन । सुरुमा मासु पनि बन्देज थियो, अहिले केही ग्राहकको आग्रहमा चलाइएको उनको भनाइ छ । अलगअलग संरचनामा सुत्ने कोठा बनाइएको छ, जुन सबै परम्परालाई आधुनिक प्रविधिमा जोडिएको छ ।

    श्रीमती र दुई छोरासँगै अन्य परिवार सबै बुटवलमा बस्छन् तर समुन्द्र ‘गाउँको घर’ मा दिनरात खटिँदै आएका छन् ।

    ‘हेर, यो हाम्रो थातथलो हो’ भन्ने अभ्यास गराउन पाउने ठाउँ बनेको ‘गाउँको घर’मा भेटिएका लुम्बिनीका सभामुख तुलाराम घर्तीले बताए । उनले भने, ‘मैले पनि तराईबाट एक मेहनती बाबु आएर तरक्की गरेका छन् भन्ने सुनेर आएको हुँ, हामीले पहिले देखेका, भोगेका वस्तु र अवस्थाको सचित्र विवरण रहेछ, यसलाई अब उदाहरणीय रूपमा अघि बढाउनुपर्दछ, उनको हिम्मत र साहसलाई सबैले सम्मान गर्नुपर्दछ ।’

    झ्याङलाका पूर्ववडाध्यक्ष प्रेमप्रसाद पाण्डेले समुद्रको अभियानलाई स्थानीय सरकारले अपनत्व लिनुपर्ने प्रतिक्रिया दिए ।

    ‘बाल्यकालमा जुनजुन कुरा देख्यौं, अहिले ती हेर्ने अभागी हुन लागिएको महसुस भएको बेला यहाँ आएपछि निकै मन रमाएको छ, यसको अब स्थानीय सरकारले नै क्रेडिट लिएर अगाडि बढाउनुपर्दछ’, पूर्ववडाध्यक्ष पाण्डेले भने, ‘कसैले कल्पना नगरेको ठाउँमा आएर उनले यो खालको संरचना बनाए, रोजगारी चलाए, अब स्थानीय सरकारले ध्यान देओस् । यति रोजगारीका लागि कति लगानी गर्नुपर्थ्यो सरकारले, निजी क्षेत्रको योगदानलाई सम्झनुपर्दछ ।’

    ‘गाउँको घर’मा आउने पाहुनालाई समुन्द्रले गाउँकै खाजा, ढेँडो, गेडागुडीको तरकारी, घ्यू र गुन्द्रुक-भटमासले स्वागत गर्छन् । भाँडाकुँडा पनि स्टिल वा प्लास्टिक होइन, पिँढी, थाल, पाथी, माटाका गाग्री हुन् । गाउँको घरलाई समुन्द्रले स्थानीय विद्यालयका बालबालिकाका लागि ‘लाइभ लर्निङ’ स्पेस बनाएको पूर्वशिक्षक दलबहादुर गुरुङ बताउँछन् ।

    ‘हामीलाई बाल्यकालमा थाल, ढिकी, गाई गोठ आफैं चलाएर हेर्न पाइन्थ्यो, अहिलेका बच्चा त मोबाइलमा मात्र हेर्छन्’, उनी भन्छन्, ‘अब तिनीहरू यहाँ आई माटो समाउँछन्, जाँतो घुमाउँछन् । यो ठूलो अभ्यासस्थल हो ।’

    उनले यहाँ हप्तौं बसेर कृतिहरू लेख्न पनि उपयुक्त वातावरण रहेको बताए ।

    समुन्द्रले बनाएको ‘गाउँको घर’ अहिले गाउँ फर्कने सोच राख्ने युवाहरूका लागि प्रेरणा बनेको यहाँ पुगेका डीआर घिमिरे बताउँछन् ।

    ‘परम्परालाई आधुनिक दृष्टिले बुझेको र त्यसलाई नाफामूलक ‘मोडेल’मा रूपान्तरण गरेको यो प्रयास दुर्लभ छ’, उनले भने, ‘अब बिस्तारै यस्ता अभियानले सार्थकता पाउनेछन्, विदेशमा कमाउन गएकाहरू पनि धेरै हण्डर खाएर बसेका छन्, उनीहरूलाई फिर्ता ल्याएर यस्ता काममा लगाउन जरुरी छ, अब जीवनको वास्तविकता बुझ्न यस्ता अभियानमा जोडिन ढिलो गर्नुहुँदैन ।’

  • कविता : पोथी बासे हुन्छ

    कविता : पोथी बासे हुन्छ

    तिम्रो र मेरो भेट नभएकै राम्रो
    तिमी उकाली लाग्यौ
    म ओराली झरेँ
    विपरीत दिशाका यात्री हामी
    गन्तव्य त फरक पर्ने नै भयो ।

    उस्तै बाटो
    उस्तै गन्तव्य
    उस्तै यात्रा
    समयले एकल बनाएर हिँडायो किन ?
    तिम्रा विवशताहरु अनेक होलान्
    सायदै म बुझ्न सक्दिनँ
    समयले नमिठो गरी हिर्कायो
    तिमी र म दम्भले फुल्लियौँ
    जोरी पारी हँसाएर
    यात्रा मै हरायौँ किन ?

    खोला किनार झैँ आमने सामने भए पनि
    मिलन विन्दु फरक परेपछि
    विचारका खोलाहरू बगे सरी
    तिमी बगिरह्यौ आफ्नै तालमा
    म बगिरहेँ मेरै तालमा
    समुद्रमा हेलिन हतारिँदै ।

    तिमीले दुःखको बिस्कुन उठाएर
    सुखको डालो बोक्न खोज्दा
    डालो उठाई सहयोग गर्न नसके पछि
    म किनारमा बसेर
    टुलुटुलु दृष्य हेरी रमितेमात्रै बनेको थिएँ
    तिम्रा अभिलाषाहरू
    छिन्न भिन्न बनाई
    तिम्रो हातबाट डालो खोस्ने आरिसेहरू प्रति
    म घृणा व्यक्त गर्दै
    तिम्रो निश्चल आँखाहरूबाट
    आँसुको भेल बगे पछि
    चिच्याई रहेको तिम्रो मानवता देखेर
    म द्रवीभूत भएको थिएँ ।

    तिम्रो र मेरो यात्रा फरक देखिए पनि
    मानवीय संवेदना त एउटै होला
    तिमी परिवर्तनका कुरा गर्छ्यौ
    म पनि त परिवर्तनकै कुरा गर्छु
    तिम्रो बाटो अप्ठेरो छ
    मेरो बाटो अलिक सजिलो होला
    म पुरुष
    तिमी नारी
    लैङ्गिक विभेदले अलि सताउँदो हो ।

    तिम्रो यात्रा विस्मयकारी छ
    तिमीले सोचेको गन्तव्य
    कहाँ पुग्न दिइन्छ र ?
    सैतानहरू बाटो छेकी बसेका हुन्छन्
    यात्रा बिथोल्दै
    तिम्रो रगत पिउने गरी ।

    सैतानका आँखा छलेर
    दोबाटो काट्दै
    चौरस्तातिर बढ्नु छ
    बाटामा बिछ्याइएका तिखा काँडा टेक्दै जाँदा
    पाइतालाहरू रगतपच्छे हुन सक्छन्
    रगत क्रान्तिको प्रतीक हो
    तिम्रो यात्रा क्रान्तिको मार्ग हुन सक्छ ।

    क्रान्ति रोज्ने तिम्रो साहस
    गन्तव्य पुग्ने तिम्रो विश्वास
    सलामयोग्य छ
    सामाजिक बन्धनका चौघेरा तोडेर
    तिमीले विद्रोह ओकल्नु छ
    भाले मात्रै बास्ने हैन
    आवश्यकता परे निःसन्देह
    पोथीले पनि बासे हुन्छ ।

  • प्रकृति हाँस्ने र मान्छे रुने कहिलेसम्म ?

    प्रकृति हाँस्ने र मान्छे रुने कहिलेसम्म ?

    मान्छे देखेर प्रकृति हाँस्छ । प्रकृति देखेर पनि मान्छे हाँस्ने रहेछ । मान्छे भने हाँस्दाहाँस्दै रुने रहेछ । प्रकृति वा पृथ्वी भने हाँसिरहने रहेछ । यसपालाको हाइकमा यो कुरा अझ मज्जाले थाहा पाएँ । पदयात्रा रुट थियो– भालेश्वर, रोशी, कलाती, दमार, आलुखोरे लामगैरा छ्याङ्ले डाँडा, डाँडागाउँ हुँदै पार्थली ।

    चप्पल कारखानाबाट बिहान ५ः२५ मा बस चढेको हामी चक्रपथ, बसुन्धरा, सामाखुशी, लैनचौर, जमल, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, गठ्ठाघर, ठिमी चारदोबाटो हुँदै हाइकर्स टिप्दै पनौती भालेश्वर पुग्यौं । रोशी खोलाको बगरसँगैको फुटबल चउर नजिक पाटी रहेछ । त्यही बिहानको ब्रेकफास्ट केराउ, दुइटा अण्डा, स्यान्डविच र चिया हातमा पर्दा समय ७ः३४ भएको थियो ।

    हिँड्ने रोग लागेका र हिँडिरहन पाए खुशी हुने हाइकर्सहरू मूलपानीबाट मात्रै मित्र राजाराम फुयाल उसको छोरा नमन, मेरा दाजुहरू भुवन ढकाल, मधुसूदन ढकाल, गोकर्णका किशोर थापा, थलीबाट बिन्दा चौलागाईं घिमिरे हुनुहुन्थ्यो । काँठ हिजोको आज नरहेको र बदलिँदै गएको दृश्यको परिदृश्य थियो यी नामहरू । मूलपानीबाट मात्रै हैन, ह्याप्पी हाइकर्समा थानकोट तलका गाउँहरू, बालाजुमाथिका गाउँहरू, भक्तपुर शहरपारिका गाउँहरूबाट र विभिन्न शहरका नजिकका गाउँबाट मान्छेहरू भरिने गर्छन् । काँठमा शारीरिक काम गर्ने प्रचलन हराएको धेरै भइसक्यो । सधैँ मर्निङ वाकभन्दा हप्ताको एक दिन फूल वाक गर्ने चलन आजकल निकै बढेको देख्दछु ।

    हिँडालुहरू दिनेश मगर, प्रदीप कँडेल, निराकार श्रेष्ठ, नम्रता योगी, कवि डंगोल, बाबुकाजी महर्जन, प्रवीण अर्याल, राम श्रेष्ठ, भोला खनाल, राजु मानन्धर, दिनेश दुलाल, बाबुराम बगाले, रत्न महर्जन, रमेश भट्ट, सहदेव गुरुङ, हिमालराज विष्ट, राम थापा, कृष्ण थापा, सुनिता राई, ठाकुरप्रसाद न्यौपाने, विष्णुहरि पण्डित, रतन शाह, सनतकुमार रेग्मी, प्रकाश आचार्य, दीपेन्द्र महर्जन, नानुका पोखरेललगायत ३४ जना थियौं ।

    पत्तो पाएँ । रोशी भूमिडाँडामा प्रहरी चौकी रहेछ । त्यहाँ भालेश्वर मन्दिर रहेछ । भालेश्वर भन्नेबित्तिकै हामी चन्द्रागिरी बुझ्छौं । चन्द्रागिरीभन्दा पनि प्रख्यात ठाउँ रहेछ यो ठाउँ । मागे वर पाइने किंवदन्ती यहाँ पनि रहेछ । पनौती नगरपालिका- १२ मा पर्ने भालेश्वर प्रचारप्रसारले पछि परेछ । भालेश्वर भनेर गुगल हान्यो भने यो मन्दिर हैन, चन्द्रागिरी आउँछ । प्रचारप्रसारको पर्खाइमा यो मन्दिर रहेछ ।

    काँठमा शारीरिक काम गर्ने प्रचलन हराएको धेरै भइसक्यो । सधैँ मर्निङ वाकभन्दा हप्ताको एक दिन फूल वाक गर्ने चलन आजकल निकै बढेको देख्दछु ।

    रोशी र बेबर खोलाको संगमको बगरमा ब्रेकफास्ट खाएपछि बाढीले निम्त्याएको बित्यास हेर्दै हिँडन सुरु भयो । बाढीले सर्लक्कै घर ल्याएर नदीको छेउमा राखिदिएछ । असोज १२ को त्यो दिन कस्तो भयो होला ? सोच्दै नरमाइलो लाग्यो । यता घर भत्किएको दृश्य हेरिरहँदा उता केराले गाभो हालेर केरा बन्न फुलिरहेको थियो । यही नै प्रकृतिको नित्यचक्र थियो । अनित्य यो संसारमा सृष्टिको नित्यतामात्रै बुझे क्या आनन्द आउँछ जीवनमा । मान्छे, प्रकृति र परिदृश्य हेर्दै कच्ची बाटो भएर कलातीतर्फ लागियो । फूलचोकीको एक साइडबाट बगेको रोशी र कुशादेवीबाट बगेको बेबर खोला छाड्दै र फूलचोकीको अर्काे साइडबाट बगेको गोदावरी सम्झँदै पहाडहरू हाम्रा खोला र पानीका स्रोत हुन् भन्ने चिन्तनमा हामी हिँडिरह्यौं ।

    एकै छिनमा खडकराम बिके भेट भयो । हरेक मान्छेका आफ्ना कथा हुन्छन्, त्यो लेख्नुपर्छ, सुन्नुपर्छ र त्यसले प्रेरणा दिन्छ भनेर लेखन कुञ्ज चलाइरहेकै १२ वर्ष भयो । नयाँ मान्छेका कथा नयाँ ढंगले सुन्न नमज्जा लाग्दैन । उनी भन्न थाले, म सुन्दै गएँ । उनले आर्मीमा जागिर खाएछन् । आर्मीका पुराना हल्साब रहेछन् । नाम खडकराममात्रै भनिरहे । थर सोध्दा आनाकानी गरे । विश्वकर्मा थर रहेछ । मलाई अचम्म लाग्छ, विश्वकर्मा त ऋषि हुन् । उनी त त्यतिबेलाका वैज्ञानिक हुन् । अब त कानूनले जातभात पनि हटाइसक्यो । तैपनि थर भन्न किन हिचकिचाएको होला भन्ने लागिरहयो । विश्वकर्मा भनेपछि मैले त झ्याप्पै हात मिलाए र नमस्कार गरें ।

    उनी खुशी भए । फेरि अर्काेले नाम सोध्दा उनी खडकराममात्रै भन्थे । रौसेर कुरा गर्ने रवाफिला रहेछन् उनी । उनले छोरालाई डाक्टर बनाएछन् । आफ्नो कौशी र बार्दली भएको घर देखाए । केहीबेर हामीसँगै हिँडे । मान्छेको उज्यालो कर्ममा हुन्छ । त्यो उज्यालोमा ऊ गर्व गर्छ । उनले आफूले बनाएको बुद्धको मूर्ति देखाए । केहीबेर माथिसम्म हामीलाई त्यहाँको भूगोल र इतिहास बताए । भन्दै थिए– ‘लीलावती खोलाको बाढी र पहिरोले घरहरू चर्केका, ढलेका, भत्केका छन् । कति राम्रो यो बगरको गाउँ नै हरायो ।’

    बाढीले पहाडमा बनेका घरहरू ह्वात्तै तल झारेको थियो । विद्रुप दृश्य यस्तो देख्दादेख्दै पनि भिर मौरी जस्तै मान्छेहरू अझै भिरमै घरहरू बनाइरहेका थिए । सानो कलाती खोलाको बाढी र पहिरो ठूलो थियो ।

    कुलो जस्तो बगेको खोलाकै छेउमा भेटिए शंकर लोप्चन तामाङ । डकर्मी काम गर्ने उनी कलाती घिसिङ गाउँका घिसिङ रहेछन् । माथि मगर गाउँ भनेर देखाउँथे, तर एक घर पनि थिएन । बाढीले स्वात्तै घर सिध्याएछ । अनि मान्छेहरू बजारतिर सरेछन् । अहिले मगर गाउँमा त मान्छेहरू हैन, पहिरो र रुखहरूमात्रै देखिँदोरहेछ । जति दुःख भए पनि खुशी भएर बोल्ने गाउँलेहरू मलाई मन पर्छ । शंकर ‘६० वर्ष भइयो, बुढो भएँ’ भन्दैथे, तर फुर्तिलो र हँसिलो चेहरा लिएर आफ्नोबारे भने– ‘हे सर ! मेरो त कुरै नगरौं, मेरो त छोराले काम गरेर मलाई पाल्छ, नातिनी दुइटा छन्, आठ र ६ कक्षामा पढछन् । नाति सानै छ, बुढीले जम्मा दुई वटा एक छोरा र एक छोरी पायो । म त खुशी छ, हेर्नुस् !’

    भालेश्वर भन्नेबित्तिकै हामी चन्द्रागिरी बुझ्छौं । चन्द्रागिरीभन्दा पनि प्रख्यात ठाउँ रहेछ यो ठाउँ । मागे वर पाइने किंवदन्ती यहाँ पनि रहेछ । पनौती नगरपालिका- १२ मा पर्ने भालेश्वर प्रचारप्रसारले पछि परेछ । भालेश्वर भनेर गुगल हान्यो भने यो मन्दिर हैन, चन्द्रागिरी आउँछ ।

    खोलाको बाढीले बाटो नै खाइदिएको छ । घरहरू खाइदिएको छ । मान्छेको सपना खाइदिएको छ, तर गाउँका मान्छे शहरका जस्तो सानो कुरामा एन्जाइटी, डिप्रेशन र फ्रस्टेशनमा जाँदैनन् । उनीहरू प्रकृति जस्तै आफ्नै लयमा चलेका छन् । नश्वर र अनित्य यो संसार उनीहरूले दमदार भाषण नगरी जीवन बुझेका छन् । जीवनमा त्यो लागू गरेका छन् । शंकरको उन्मत्त हाँसो र अव्यक्त प्रेमले मलाई पगाल्यो ।

    काकतालीले पुगेको कलातीको कर्कश कल्याङबल्याङ नबोलिकनै सुने । अझै पनि त्यो दृश्य सम्झँदा त्यहीबाट अदृश्य होऔं झैं लाग्छ । घरहरू बाटोमा आएको, ढुंगा खानीको कारण ट्रिपरको दादागिरी, धम्कीको रोगी जस्तै गाडीको घ्यारघ्यार आवाज र धुलोले बस्नै नसक्ने भएको, आलुबारीको सत्यानाश भएको, घर भएको ठाउँ त ढुङ्गैढुङ्गाले छोपिएको देखेर यस्तो लाग्छ, कुनै प्राकृतिक खण्डहरमा पुगेको छु । त्यो समय, त्यो दृश्य र त्यहाँका मान्छेले पाएको दुःख देखेर हामी दुःखी भयौं, तर उनीहरू कुनै भीभीआईपीको महान वाणी झैं बोल्दैथे– ‘हामी प्रकृतिसँग पौडी खेल्दै आफूलाई बचाउँदै हिँड्ने हो हेर्नुस् सर !’ प्रकृतिसँग पौडी खेल्ने र जीवन बचाउने यो वाक्य असाध्यै सटिक लाग्यो ।

    अबको यात्रा दमार डाँडातिर थियो । दमार खोलाको बगरैबगर ढुङ्गैढुङ्गाको बाटो र दुईपट्टि जंगल हुँदै हामी हिँड्दै थियौं । पानी नदेखिने दमार दमपच भइसकेको रहेछ । थोरै पानी धेरै ढुङ्गा थिए । वर्षाको बाढीले बर्बाद गर्दै वितण्डा मच्चाएको रहेछ । ढुंगामाटो खाएर दमार त ५० फिट पहिलेभन्दा अग्लो र मोटो भएछ ।

    ठयाक्कै दमार खोलाको मुहानमा पुग्यौं । खोला, नदी ठूलो हुन्छ, तर त्यसको मुहान सानो हुन्छ । हिँड्दै जाऊ तिमी पनि धेरै ठूलो हुन्छौ, नरोकिऊ बगिराख खोलाले सिकायो । कति खोला तरियो, तर खोला तर्‍यो लौरो बिर्सियो भने झैं हामीले यी कुरा बिर्सिन्छौं । हामी अलमलमा पर्छौं, खोला अलमलिँदैन, नदीमा मिलिहाल्छ । हाम्रो यात्रा कहाँ कहिले कसरी रोकिन्छ हामीलाई थाहै हुँदैन । खोला, नदी, सागर, महासागर बन्न रोकिँदै रोकिँदैन । बस उसले नाममात्र परिवर्तन गर्दै लैजान्छ कर्मअनुसार । खोला, नदीबाट हामीले कहिले सिक्ने भन्ने लागिरह्यो ।

    त्यहाँ पहाडबाट अविरल बगेको मूलको पानीको एक ट्यांकी बनाइएको रहेछ । अचम्म लाग्यो– त्यही ट्यांकी नै खोलाको मुहान रहेछ । यो कुरा हाम्रा गाइड रामकृष्ण श्रेष्ठले बताएपछि म त छक्कै परें । सानो धारो नै ठूलो खोलाको मुहान । अनि सम्झें, बागमतीको मुहान बाघद्वार पनि त धारो नै छ । विष्णुमतीको मुहान विष्णुद्वारमा पनि त पानी थोरै नै छ । इन्द्रावती नदीको मुहान पाँच पोखरी पनि त सानै छ । सानो मुहानको ठूलो परिवर्तनमा खोला र मान्छेको धेरै कुरा सम्झें, त्यो लेख्दा यहाँ यसमै जान्छ भो त्यता नजाऔं । रामृकष्ण भन्दै थिए– ‘त्यो ट्यांकीको पानी कलातीको शिर भालेश्वरसम्मको लागि खाइन्छ । रातभर पानी जम्मा गरेर मिटर सिस्टममा वितरण हुन्छ सर ।’

    खोलाको बाढीले बाटो नै खाइदिएको छ । घरहरू खाइदिएको छ । मान्छेको सपना खाइदिएको छ, तर गाउँका मान्छे शहरका जस्तो सानो कुरामा एन्जाइटी, डिप्रेशन र फ्रस्टेशनमा जाँदैनन् । उनीहरू प्रकृति जस्तै आफ्नै लयमा चलेका छन् ।

    प्रकृतिको सिर्जनाको अगाडि हामी कति साना ! पहाडबाट बगेको पानीको एक ट्यांकी बनेको छ । अनि त्यसबाट निक्लेको पानी मिटर सिस्टममा बेचेर साराले पानी खाएर पनि त्यो खोला बनेको छ । मान्छे आफू कति ठूलो ठान्छौं हामी । यी खोला हजार वर्ष कम्तीमा बाँच्छन् । सय वर्षको लागि कन्ट्र्याक्टमा पृथ्वीमा आएको मान्छेको कत्रो फुर्ती हुन्छ भन्ने लागिरह्यो यो बगिरहेको ट्यांकीको पानी हेरिरहँदा ।

    सँगै थियो दमार गुफा । पृथ्वीभित्र छिर्ने द्वार हो गुफा । मलाई गुफाको अत्यास मज्जा लाग्छ । के हुने हो भन्दै केही नहुनेगरी बाहिर आउँदाको आनन्द अर्कै लाग्छ । यो पालाको मेरो लागि आकर्षण यो गुफा पनि थियो । ह्याप्पी हाइकर्सले धेरै गुफा लगे पनि उनीहरूले लगेको गुफामा मेरो पाइलो यो पहिलो थियो । हेर्छु, गुफा त गुम्म भई गुम्सिएछ । बाढीले ब्लक भएछ । अलिकति गएपछि पुरिएछ । १६० मिटर लामो भनिएको गुफा त ढुङ्गाको ककारो जस्तोमात्रै भएछ । टर्च बालेर छिरेको त केही बेर अगाडि गएपछि बाटो वन वे भए जस्तै त्यतैबाट फर्कियौं ।

    मज्जाले त्यो खोलाले बनाएको ढुङ्गे बगरमा सुस्ताएर ढुङ्गामाथि बसेर फोटो खिचेर आफू आफूले ल्याएको खाजा खजाना खस्राकखुस्रुक गर्दै खायौं । अब हाम्रो यात्रा लामगैरा डाँडा थियो । एकै छिनमा ढुङ्गे बगर र पहिरो पास गरेर मस्तको जंगलको बाटो समायौं । एक जनामात्र हिँड्ने मिल्ने त्यो बाटोमा हामी ३४ जना थियौं । मान्छे पनि कुनै कार, जीप, साइकल, मोटरसाइकल र १२ पाङ्ग्रे गाडी जस्तै हुँदो रहेछ भन्ने त्यहाँ बुझियो ।

    हाइकर निराकार श्रेष्ठ फोटो खिचिरहन्थे । उनलाई सर्लक्क परेको कार जस्तै सुलुत्तै चिप्लिएर अगाडि जानुपर्ने हुन्छ, तर १२ पाङ्ग्रे गाडीले बाटो छेके जस्तै उकालोमा ठसठस कन्दै हिँड्ने केही हाइकर्सको पछाडि परियो । मलाई पनि ओभरटेक हान्दै उकालोमा अगाडि अगाडि गएर जंगलमा देखिने चरा हेर्न मन लाग्ने । हामी दुबै जाममा पर्‍यौं । केहीबेर पछि जे त पर्ला भनेर टर्निङमा पनि ओभरटेक हाने झैं हानेर अगाडि गइयो । माथि उकालोबाट तल हेर्दा क्या मज्जाको सुन्दर गाउँहरू देखिन्थे । केही चरा देखियो, रुखहरूको सुगन्ध, पतकरको सर्‍याकसर्‍याक संगीत, रुखको बीचबीचबाट आर्ट झैं देखिने नीलो आकाश, चराको सुसेली बैशाख १३ गतेको शनिबारको सुन्दरता थियो ।

    हाइक हिँड्दा कोदालो र हँसिया बोकेका थिए गाइड रामकृष्णले । किन बोकेछन् भनेको त बीचबीचमा झालले बाटो बन्द जस्तै गर्थ्यो । त्यहाँ उनले काट्थे । उनीसँगै टोली नेता राजाराम र म हिँडिरहेका थियौं । मज्जाको उकालो बाटो हिँडिरहेका थियौं । नमज्जाको बाटो आयो । यस्तो भीषण पहिरो आयो कि अब बाटै कहीँ पनि छैन । त्यहाँ हिँड्यो भने सीधै २०० फिट तल झरिने प्रस्टै थियो । बाँदर लड्ने भिर भन्ने सुनेथें, त्यो त्यस्तै थियो । बाख्रा पनि हिँडन नमिल्ने गरी बाटो बन्द रहेछ । अब के गर्ने ? सब अलमलमा परे ।

    मज्जाको उकालो बाटो हिँडिरहेका थियौं । नमज्जाको बाटो आयो । यस्तो भीषण पहिरो आयो कि अब बाटै कहीँ पनि छैन । त्यहाँ हिँड्यो भने सीधै २०० फिट तल झरिने प्रस्टै थियो । बाँदर लड्ने भिर भन्ने सुनेथें, त्यो त्यस्तै थियो ।

    रामकृष्णले कोदालो झिके र पहिरोमा खन्दै बाटो बनाए । त्यही बाटोमा चार हातखुट्टा टेक्दै हिँडियो । बाटोमा उनी खन्दै जान्थे । हामी रोकिन्थ्यौं । अनि अलि अगाडि हिँड्थ्यौं । डरलाग्दो समय जितेको यात्रा नै रोचक हुन्छ । अहिले सम्झँदा त्यो रोचक र रमाइलो छ । त्यतिबेला हाम्रो मधु दाइलगायतका मान्छे डराएर हैरान व्यहोरेको सम्झँदा एक अत्यास लाग्ने समय थियो । बाटै नभएको र बाटो बनाउँदै हिँड्न पनि पर्ने हाइक हुँदोरहेछ भन्ने अनुभव बोकियो ।

    अबको यात्रा छ्याङले डाँडा थियो । डाँडा सुन्दर हुन्छ । त्यहाँबाट दायाँबायाँ देखिँदा अझ आफूलाई अहंकारयुक्त आनन्द आउँछ । मैले डाँडा चढें भन्ने फुर्ती पनि आउँछ मनमा । डाँडा चढ्दै जाँदा केहीबेरमा पानीघाट आइपुग्यो । जंगलको बीचमा गाउँमा पानी लैजाने मुहान रहेछ त्यो । चिसो पानी फ्रिजमा राखेभन्दा चिसो थियो । रामकृष्णले ढकनी उघारेर, पाइप थुतेर थाकेको मान्छेहरूलाई पानी हैन, अमृत पिलाए । मलाई पानी जस्तो अमृत केही लाग्दैन पृथ्वीको । जेसुकै चिज बन्न पानी चाहिने देखेर देख्दा सामान्य जहीँतहीँ भएको पानी नभएपछि के होला भन्ने लाग्छ ! अफ्रिकाका केही ठाउँमा आफ्नो पुर्खाको लागि पानी जोगाउन हप्ताको दुई पल्टमात्रै नुहाएको समाचार पढेपछि हामीलाई पर्याप्त पानी दिने प्रकृति र देशप्रति कृतज्ञता जाहेर गरिरहेको छु ।

    हिँड्नु नै थियो । हिँड्दै जंगलको बाटो हुँदै ठिम्रे सल्लाघर भोटेचउर सामुदायिक वनको सुन्दरताको आनन्द लियौं । विस्तारै अमिलो पानीतिर जाने घाँस दाउरा गर्ने सडक समात्यौं । जंगलको त्यो बाटो उकालैउकालो थियो, तर बहुत सुन्दर थियो । पाकेको ऐंसेलु खाँदै हिँड्दाको रमाइलोको व्याख्या पहेंलो टोप्रे ऐंसेलुभन्दा सानदार थियो ।

    एकै छिनमा देखियो डाँडागाउँ र पार्थली । सुन्दर फूलहरू फुलेको देख्दा मन नै मनोरम भयो । पुरानो घर भएको बार्दलीसहितको अमर होम स्टेको पिँढीमा पदयात्रा गर्दै पुग्यौं । पिँढीमा चकटी राखिएको थियो । केही साथीहरू सोमरस लिन बार्दलीतिर बतासिए । सोमरसमा समाहित नहुने हामीले फलिरहेको फूल, बकुला, टमाटर र परको प्रकृति हेर्न थाल्यौं । फोटो र भिडियो लिन थाल्यौं । भिरमा भएको मन्दिरमा गएको पहिरो र बाटो अर्काे पाला भिरसहित नै झर्ने हो कि भन्ने डर लाग्यो ।

    त्यो होम स्टे बहुत चलेको रहेछ । बेथानचोक- ४ नम्बरमा पर्ने त्यो होमस्टे हाम्रै गाइड रामकृष्णका छोरा अमरले चलाएका रहेछन् । त्यहाँ एक दिन बसेको खाजा र दुई छाक खानासहित १ हजार ५०० रूपैयाँ लिने रहेछ । एकै छिनमा खाना आइपुग्यो । अरु त सबै खाएको हो, सिस्नुको तरकारी भने पहिलो पल्ट खाएँ । सिस्नुले सिकायो– काँचो र पाक्नुको फरक । काँचो सिस्नुले पोल्छ, फोका उठ्छ, तर पाकेको सिस्नुले आनन्द दिने रहेछ । मान्छे पनि काँचोको संगतभन्दा पाकेको गर्नु राम्रो झैं लाग्यो । बिहान ८ बजे भालेश्वरबाट भौतारिएका भद्रभलादमीहरू १ बजे त्यहाँ पुगेका थियौं ।

    अरु त सबै खाएको हो, सिस्नुको तरकारी भने पहिलो पल्ट खाएँ । सिस्नुले सिकायो– काँचो र पाक्नुको फरक । काँचो सिस्नुले पोल्छ, फोका उठ्छ, तर पाकेको सिस्नुले आनन्द दिने रहेछ । मान्छे पनि काँचोको संगतभन्दा पाकेको गर्नु राम्रो झैं लाग्यो ।

    हामीले खाना खाइसके पनि देवताले पान गर्ने सोमरस खाइरहने साथीहरूलाई कुर्दाकुर्दै साढे तीन बज्यो । आज त समय थियो केही छैन । कहिलेकाहीँ ढिला भएको बेलामा पनि हाइकिङमा सोमरस पान गर्ने देवजनले गर्दा हामी सोमरस नखानेको दयालु स्थिति बन्छ । बार्दलीको रमाइलो हेर्दै बुढीलाई मनपर्ने बकुला लिएर बोटविरुवा हेर्दै पार्थलीतिर प्रस्थान गरियो ।

    ०००

    मान्छे देखेर प्रकृति हाँस्छ । प्रकृति देखेर पनि मान्छे हाँस्ने रहेछ भन्ने खोई त कसरी भनेर यहाँहरूले सोध्नुहोला ! खै त यो हाइकले सिकाएको कुरा भन्नु होला । अब यतातर्फ लागौं । यो यात्रामा देखें । मान्छेले पटकपटक प्रकृतिलाई हेपेको छ । भीर, खोलाको छेउमा घर नबनाऊ, यो मेरो ठाउँ हो भन्छ प्रकृतिले । मान्छे भने घर त्यही बनाउँछ । मान्छेले देखिस् प्रकृति मैले तिमीलाई जितेर घर बनाए भन्छ र मान्छे हाँस्छ । प्रकृतिलाई कुन दिन झोंक चल्छ र मान्छे बसिरहेको ठाउँ नै भग्नावशेष बनाइदिन्छ ।

    प्रकृति र मान्छेबीच चलिरहेको संघर्ष हरेक पुर्खाले हरेक समय भोगेको छ । प्रकृतिको विनाश गरेपछि कोरोना जस्तो रोग आएको केही समय नै भएको छैन । बाढी-पहिरोले ल्याउने विनाश र मृत्यु त हामीले अर्काे असोज आउँदा नै बिर्सन्छौं । प्रकृति र मान्छे हाँस्ने टग अफ वार चलिरहेको छ । एक दिन वरिष्ठ साहित्यकार वैरागी काइँलाले मुन्धुमको व्याख्या गर्दै भन्नुभएको थियो– ‘भगवानले खोला बनायो खुशी भएन, पहाड बनायो खुशी भएन, खोलाहरू बनायो खुशी भएन, चराहरू बनायो खुशी भएन, फूलहरू बनायो खुशी भएन । जब मान्छे बनायो अनि आफैं बनाए झैं लाग्यो र भगवान सबैभन्दा बढी खुशी भयो ।’

    अनि भगवानले भन्यो रे– ‘मैले तिम्रो लागि खोला, नदी, पहाड, हिमाल, समुन्द्र, जंगल, फूल, फल सब बनाएर पृथ्वीमा पठाएको छु । तिमी राम्रो पारेर फर्कनु ल ।’ वैरागी बा सुकेधाराको घरमा बसिरहनु भएको छ । मुन्धुममा लेखिएको कुरा भनेर अहिले पनि शब्दको भन्दा लवजको मिठासले बोल्नुहुन्छ । वैरागी बासँग विमर्श गर्दै हामी भन्थ्यौं । मान्छे भने भगवानले भनेको बिर्सिएर प्रकृतिको सन्तान भएर प्रकृतिमाथि नै क्रूर र कृतघ्न छ, प्रकृतिमा भए जति उसैलाई चाहिन्छ र बदलामा उसले केही गर्दैन । जंगल काटेर बाटो बनाउँछ, रुख रोप्दैन । पानीजहाज चलाउँछ, तल माछालाई के भयो होला भन्दैन । हवाईजहाज उडाउँछ, चराहरूले के सोचे भन्ठान्दैन ।

    गललल पृथ्वी हाँस्छ रे र भन्छ रे– ‘हिजो यति बिघा, रोपनी मेरो भन्दै यसको हजुरबाउ आयो । आज रोपनी र आना मेरो भन्दै छोरानाति आए । भोलि फेरि यति स्क्वायर फिट मेरो भन्दै अरु झनातीखनाती आउने होलान् ! जमिन यही छ, म यही छु । नाप्ने कति आएका हिहिहि !’

    भगवानले बनाएको यो सृष्टिको भोग ऊमात्रै गरौं भन्छ । तैपनि उसलाई पुग्दैन । सबै प्राणीको आयु उही लिन्छ, तर पनि उसको आयु दीर्घायु हुँदैन । एक सानो सुन्तलाको बीउ रोप्दा त्यत्रो सुन्तला फल्छ, तर उसलाई पुग्दैन । एक सानो धारो खोला नदी बन्छ, उसैलाई पुग्दैन । एउटा भैंसीले त्यत्रो बेत दूध दिन्छ । बुढो भएपछि त्यसैलाई काट्छ । मान्छेको कृतघ्नताको हद कति हो ? कति यति गर्दा पनि मान्छे सुखी, खुशी र आनन्दमा छैन । प्रकृतिले हरसमय आनन्दको लागि बनाएको छ, तर ऊ कहिल्यै आनन्दित हुनै सक्दैन । सिँगो मान्छेको सारा पीडा लिएर प्रकृति हाँस्दा पनि मान्छे हाँस्नै सक्दैन । प्रकृतिलाई जिते भनेर हाँसेको मान्छे एकै छिनमा रोएको देखेर प्रकृति हाँस्न थाल्छिन् रे !

    यही हाइकमा पनि पहिरो र बाढी देख्यौं । प्रकृतिको विद्रुप रूप देख्यौं । अर्काे प्रकृति हाँस्ने कुरा सम्झें । खण्डहर भएको त्यो कलातीको मगर गाउँमा कति मगरहरू थिए होलान् ! त्यहाँ मेरो र तेरो भनेर जग्गा नापेर हजुरबा र बाहरूले लडाइँ पनि कति गरे होलान् । एक छिन प्रकृतिले लीला देखाउँदा सब गायब भए ।

    पृथ्वीमा हामीले हाम्रो जग्गा भनेर फित्ता लिएर बित्ता नछाडी मेरो मेरो भनेर झगडा गरेको देखेर पृथ्वी मस्तले हाँस्छिन् रे ! हेर यो मान्छे हिजो यसको बाजेबराजु, बाउले यस्तै गर्थ्यो, आज फेरि फित्ता र बित्ताको कुरा गर्दै यो विनाबित्थामा आयो भन्दै गललल पृथ्वी हाँस्छ रे र भन्छ रे– ‘हिजो यति बिघा, रोपनी मेरो भन्दै यसको हजुरबाउ आयो । आज रोपनी र आना मेरो भन्दै छोरानाति आए । भोलि फेरि यति स्क्वायर फिट मेरो भन्दै अरु झनातीखनाती आउने होलान् ! जमिन यही छ, म यही छु । नाप्ने कति आएका हिहिहि !’

    हामी प्रकृतिमाथि विजय गर्‍यौं भनेर हाँसेको देखेर प्रकृति हामीमाथि हाँस्ने रहेछ । हामी हाँस्दाहाँस्दै रोएको देखेर प्रकृति हामीमाथि हाँस्ने रहेछ । पहाड चढ्यौं भनेर हामी हाइकर्स गमक्क परेको देखेर पनि प्रकृति हाँसेकी होलिन् भन्ने लागिरह्यो । प्रकृति हाँस्ने हामी रुने पृथ्वीमा कहिलेसम्म ? पृथ्वी हाम्रो सारा फोहरमैला लिएर भएभरको बोझ लिएर पनि हाँसिरहेको छ । हामी भने एकै छिन प्रकृतिलाई विजय गर्‍यौं भनेर हाँस्छौं र फेरि रुन थाल्छौं । यसो गर्दा पृथ्वी वा प्रकृति हाँस्ने हामी रुने कहिलेसम्म यो पृथ्वीमा भन्ने लागिरहेछ ।

    प्रकृति वा पृथ्वीले दिएको सौन्दर्यपान गर्दै सुखसयलले मस्तव्यस्त जिन्दगी जिउने कहिले हो मान्छेले भन्ने लाग्यो । ऋतुहरू दिएको छ, लौ हाँस भनेर त्यही जाडो, गर्मी, वर्षा भनेर हामी हाँस्दाहाँस्दै रुन्छौं । यो देखेर पनि प्रकृति वा पृथ्वी मस्तले हाँस्छिन् । हामी भने यो भएन, त्यो भएन भनेर किन रोइरहने ? सुगन्ध, सुमधुरता, सौहार्द, सुरम्यको सुतन लिएर सुपाठ पढेर हिँड्ने गरौं । यो पालाको हाइकिङले यस्तै सिकायो । यस्तै कुरा सिकेर पार्थलीबाट प्रस्थान गरेको तीन घन्टामा घर आइपुगें र हाइकिङ सकिएको घोषणा गरें । घर आउँदा लगभग ७ बज्दै थियो । पहिलो पल्ट चाँडै समयमा घर आइपुगेको अनुभूति गर्दै यो लेख तयार पारें ।

  • म नि काठमाडौं आको छु, सरकार !

    म नि काठमाडौं आको छु, सरकार !

    ए सरकार !
    म शिक्षक हुँ
    चिन्नु भएन होला, शायद
    धूलेकोठामा, चक डष्टरको धुलो खाँदै
    गरिब निमुखाका बालबच्चालाई दिइने
    अनिवार्य-निःशुल्क शिक्षाको खेतला
    मै नै त हुँ, अझै चिन्नु भएन की ??
    नचिन्नुस्, तर कान खोलेर सुन्नुस्
    डेट एक्स्पायर मेडिसिनको बिचौलिया झैँ
    सरकार कहिलेसम्म ?
    पञ्चायतकालीन शिक्षा ऐनको डेट त
    २०४७ सालमै गुज्रेको हो त सरकार !
    त्यसैले
    नयाँ शिक्षा ऐन लिन-
    म नि काठमाडौं आको छु ।

    ए मन्त्रीज्यू !
    हजुरले नि पक्कै चिन्नु हुन्न, मलाई
    म सरकारी विद्यालय ……..शिक्षक
    मन्त्रालयमा छिर्ने हैसियत नपुग्ला
    फोन गर्न नि स्तर नमिल्ला
    बाटोघाटोमा भेटघाटै नहोला
    जे होस् टीभीमा देखेकै छु हजुरलाई, म चिन्दछु
    मलाई चिन्न परेन तर शिक्षा ऐन चिन्नुस्
    नयाँ शिक्षा ऐन लिन-
    म नि काठमाडौं आको छु ।

    ए सांसदज्यू !
    बिर्सनु भो होला, शायद
    म उही सबको झोले शिक्षक !
    धूलोमैलो-अधरानो कपडाले बेवास्तामा परेँ की ?
    आज मैले तपाइँकै नम्बरमा कल गरेथेँ
    खै को हो ? पीए भन्थ्यो, झपार्नु झपार्‍यो
    परारको चुनाउमा मेरो नम्बर कण्ठस्तै थ्यो हजुरलाई
    मिस्कल मात्र पाए मै कलब्याक गर्थेँ
    साँची तपाईँलाई भेट्नुपर्दा प्रक्रिया पो के छ रे ?
    भैगो, मलाई नभेट्नुस् तर संविधान र शिक्षा ऐन
    दशकपछि भए नि तत्काल भेट गराउनुस्
    नयाँ शिक्षा ऐन लिन-
    म नि काठमाडौं आको छु ।

    ए प्रहरी भाइ !
    हिजो बानेश्वरमा आपने-सामने हुँदा चिन्दै-चिनेनौं
    म उही तिमलाई कख र १,२ सिकाउने मास्टर त हुँ
    तिमी फौजी भैगयौ, म त उहीँ गाउँमै
    सकेजति अझै चेतना रोप्दैछु
    हिजो, तिम्रो तालिमको सीप, थोरै चाख्न पाएँ
    आशा छ भोलिदेखि संयम हुनेछौ
    किनकी,
    नयाँ शिक्षा ऐन लिन-
    म नि काठमाडौं आको छु ।

    ए विदेशमा हुने साथी !
    धुले मास्टर, सिँगाने मास्टर
    जे-जे उपनाम दिए नि
    तिमले त चिन्छौ नि मलाई
    र, पनि
    फेसबुकमा शत्रुभन्दा बेसी लेख्नु लेख्छौ
    नेपालमा सिर्फ नकरात्मकता मात्र देख्छौ
    म उही ५ कक्षामा सँगै पढेको साथी
    पैसा कमायौ र आफूलाई ठान्छौ माथि
    तर, म किन बिर्सन्थे र
    मैले एसएलसी पास गर्दैगर्दा
    तिमी हरेक कक्षामा दोहोर्‍याउँदै
    ८ कक्षा फेल भएर साउदी उडेको
    म क्याम्पस पढ्न बसमा गुडेको
    साँची तिम्रो महल-घर कहाँनेर रे
    पाहुना लाग्नलाई हैन, सोध्या
    नयाँ शिक्षा ऐन लिन-
    म नि काठमाडौं आको छु ।

    ए अभिभावकज्यू !
    सेवा, नमस्कार
    म तपाइँकै बच्चाहरूको शिक्षक
    यो शैक्षिक वर्ष २०८२ लागेदेखि
    विद्यालयमा अनुपस्थित नै छु
    र, पनि
    यतिञ्जेल साथ सहयोग र समर्थन रह्यो
    हार्दिक आभार कृतज्ञता छ
    अझै केही दिन नआइपुग्न सक्छु
    रिसानी माफी पाउँ
    बाध्यता, होइन रहर
    नयाँ शिक्षा ऐन लिन-
    म नि काठमाडौं आको छु ।

    ए विद्यार्थी नानीबाबु !
    म उही तिम्रो सर/मिस
    मलाई थाहा छ, राम्ररी
    तिम्रो बाल मानसिकतामा कौतुहलताको आँधी छ
    म सक्दो चाँडो विद्यालय आउनेछु
    तिमी अत्तिनु पर्दैन ल नानीबाबु
    तिमी अहिले नै
    सबै कुरा बुझ्ने भाको छैनौ
    तर पछि बुझ्नेछौ
    नयाँ शिक्षा ऐन लिन-
    म नि काठमाडौं आको छु ।

  • आन्दोलन किन ? शिक्षकहरूको प्रतिप्रश्न- हाम्रो मर्यादाक्रम के हाे, तल्लो तहका कर्मचारीसामु झुक्नुपर्ने ?

    आन्दोलन किन ? शिक्षकहरूको प्रतिप्रश्न- हाम्रो मर्यादाक्रम के हाे, तल्लो तहका कर्मचारीसामु झुक्नुपर्ने ?

    तपाईंहरूका सबै माग एकसाथ पूरा भयो भने के निजी बोर्डिङ स्कुलका २० प्रतिशत विद्यार्थी सामुदायिक अर्थात् सरकारी विद्यालय आउँछन् त ? मेरो यो प्रश्नमा एक शिक्षकले मलाई प्रतिप्रश्न गरे– ‘के यो आन्दोलन हामी शिक्षकको मात्र हो ? बैशाख महिनामा निजी बोर्डिङ स्कुलमा भर्ना गर्न हजारौं वा अझ भनाैं लाखाैं रूपैयाँ रकम जुटाउन संघर्ष गरिरहेका ती तमाम अभिभावकहरूको पनि आन्दोलन होइन र यो ? तपाईं हामीले राज्यलाई बुझाएको करबाट चलेको सरकारी सम्पत्ति कसको हो ? तपाईं हाम्रो करको पैसा कहाँ खर्च भैरहेको छ भनेर बुझ्ने र सोध्ने तपाईं हामी सबैको आन्दोलन होइन र यो ?’

    ख्यालख्यालमै सुरु गरेको मेरो संवाद त्यसबेला गम्भीर मोडमा पुग्यो, जुन बेला कुरा गर्दागर्दै ती शिक्षकका आँखा आँसुले भरिए । उनी गम्भीर हुँदै बेलाबेला मलाई प्रतिप्रश्न गरिरहे । मध्य पूर्वी पहाड, भित्री तराई र पश्चिमी पहाडी भेगका एकएक जना शिक्षकसँग गरिएको छोटो, तर रोचक संवादलाई आहिले चलिरहेको शिक्षक आन्दोलनसँग जोडेर यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।

    यद्यपि आज आन्दोलनको २६औं दिनमा आइपुग्दा बानेश्वर अलि तनावपूर्ण बन्यो । शान्तिपूर्ण भनिरहेको शिक्षक आन्दोलन निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरीसँग ठेलमठेल बढी नै भयो । सोक्रममा केही शिक्षक घाइते भएका छन् ।

    शिक्षक आन्दोलनलाई बेवास्ता गर्दै आफ्नो दिनचर्या चलाइरहेका र आन्दोलनको कारण बाटोमा जाम खेपेर दुःख पाएकाहरूले शिक्षकहरूलाई गाली गर्दै हिँडिरहेको म एक दिन आन्दोलनस्थल रोकिएँ । मनमा लाग्यो, हैन २-४ दिन पो हुन्छ आन्दोलन, यत्तिका दिनसम्म यी शिक्षकहरू किन आन्दोलनमा छन् भन्ने जिज्ञासा थियो ममा । मेरो बुझाई सम्पूर्ण सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ, तर यसका केही बुँदाहरू भने अवश्य रोचक र केही साँच्चिकै गम्भीर छन् ।

    एक शब्दमा भन्न सक्नुहुन्छ तपाईंहरूको मागको सारांश ? यो सोद्धा मैले भुसुक्कै बिर्सेछु कि एक शब्दमा उत्तर लेख भनेर प्रश्न बनाउने शिक्षकसँग मैले पनि यस्तै प्रश्न गर्दैछु भनेर । ती शिक्षकले एक शब्दमा उत्तर दिए, ‘मर्यादा’ । सिनोनेम पनि भने ‘सम्मान’ । शिक्षकलाई सरकारले कुन मर्यादा क्रममा राखेकाे छ ? पैसा, तलबभत्ता जस्ता आर्थिक विषयमा लडाइँ गरिरहेका होलान् यी शिक्षकहरूले भन्ने मेरो सोचमा उनको जवाफले बज्र प्रहार भयो । उनले थप व्याख्या गर्न थाले– ‘सम्मान आर्थिक रूपमा मात्रै सोच्नुभयो होला हैन ? तपाईंले मात्रै हैन, अधिकांश देशवासीको सोच यही छ । त्यसैले त हाम्रो आन्दोलनमा न सरकार गम्भीर देखिन्छ, न त आमजनताले हामीप्रति सहानुभूति देखाउने र खुलेर समर्थन जनाएको देखिन्छ ।’

    ती शिक्षकले मेरो आँखामा आँखा जुधाएर गम्भीर हुँदै उल्टै मलाई प्रतिप्रश्न गरे– ‘के तपाईंहरूले ती झोले मास्टरको झोला खोलेर कहिल्यै हेर्नुभएको छ ? त्यसमा के छ भनेर बुझ्ने प्रयास गर्नुभयो र ?’

    सबैजनासँग संवाद गर्नुअघि म यी शिक्षकहरूसँग आक्रामक भएर कुरा गर्छु भन्ने सोचका साथ बोलिरहेको थिएँ । यद्यपि मेरो उद्देश्य यी शिक्षकहरूको अपमान गर्नु नभई उनीहरूको चुरो कुरो बुझ्नु र रिसमा यथार्थ बोल्छन् भन्ने ध्येय थियो । ‘सम्मान चाहियो ? हामीले बुझेको र देखेको त सबैभन्दा सम्मानित भनेकै शिक्षक हुन्, तपाईंहरूलाई त सबैले सम्मान नै गर्छन्, फेरि केको चित्त दुखाई ?’

    अलि आक्रोशमा उनले उत्तर दिए– ‘भनेरमात्र हुन्छ, व्यवहारमा कार्यान्वयन हुन्छ र ? एउटा सामुदायिक स्कुलको हेडमास्टर वडाको सुब्बा वा सचिवसरह कर्मचारीलाई नमस्कार गर्दै जानुपर्छ । नमस्कार गर्नु नराम्रो होइन, तर मर्यादाक्रम भने अवश्य कायम गर्नुपर्छ । अधिकांश सार्वजनिक कार्यक्रममा अधिकृत वा उपसचिवसरहका हेडमास्टरलाई समेत पालिकाको सुब्बा वा सामान्य अधिकृतभन्दा पछिको दर्जामा राखेर सम्बोधन गरिन्छ, जुन चित्तबुझ्दो होइन । हामीले मर्यादाक्रम कायम गर्नुपर्छ भनेका छौं । समाजले सम्मान गरे पो विद्यार्थीले सम्मान गर्छन् ।’

    कुराकानीमा अलि सहज भएको बेला मैले ठट्यौलीपारामा सोधेँ– ‘तपाईंहरूले बोकेको झोला देखेर झोले मास्टर भन्छन् त ! यसमा तपाईंको प्रतिक्रिया के छ ? यो वाक्य सुन्नासाथ ती शिक्षकले मेरो आँखामा आँखा जुधाएर गम्भीर हुँदै उल्टै मलाई प्रतिप्रश्न गरे– ‘के तपाईंहरूले ती झोले मास्टरको झोला खोलेर कहिल्यै हेर्नुभएको छ ? त्यसमा के छ भनेर बुझ्ने प्रयास गर्नुभयो र ?’

    मैले केही असहज महसुस गरेपछि उनले आफ्नो आक्रोश शान्त पार्दै थपे– ‘हामी मास्टरको गर्व हो कलम र झोला । त्यस झोलामा जहिले पनि १-२ वटा किताब र कापी हुन्छन्, २-४ वटा कलम र पेन्सिल हुन्छन् । दिनभरि विद्यार्थीहरूसँग कराउँदा सुकेको घोक्रो अर्थात घाँटी भिजाउने पानी हुन्छ । अधिकांश शिक्षक लामो यात्रा गरेर पढाउन जाने हुँदा १ थान टोपी, रुमाल हुन्छ र सबैभन्दा महत्वपूर्ण अधिकांश समय त्यसमा विद्यार्थीहरूको जाँचका कापी हुन्छन्, जुन एउटा शिक्षकले आफ्नो निजी र पारिवारिक समयलाई कटौती गर्दै घरमा जाँच्ने गर्छन् ।’

    ‘अरु शिक्षकका धारणा के छन् मलाई थाहा छैन, तर कसैले मलाई झोले शिक्षकभन्दा म उसको ज्ञानप्रति मुस्कुराउँछु । यो झोला एउटा शिक्षकले आफ्नो शिक्षण पेशा सुरु गरेदेखि अन्तिमसम्म बोकिरहेको हुन्छ’, उनले थपे । तपाईंहरूको यो आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन त ! यो तपाईंहरूको आफ्नै कारणले हो भन्दा गल्ती नहोला नि भनेर मैले फेरि सोधेँ ।

    अधिकांश सार्वजनिक कार्यक्रममा अधिकृत वा उपसचिवसरहका हेडमास्टरलाई समेत पालिकाको सुब्बा वा सामान्य अधिकृतभन्दा पछिको दर्जामा राखेर सम्बोधन गरिन्छ, जुन चित्तबुझ्दो होइन । हामीले मर्यादाक्रम कायम गर्नुपर्छ भनेका छौं । समाजले सम्मान गरे पो विद्यार्थीले सम्मान गर्छन् ।

    ‘हिजो पढाउन छोडेर राजनीति गर्न लागेको कुपरिणाम होइन र यो भन्ने मेरो उत्तेजक प्रश्न सुन्नासाथ उनी निराश भए । हामी शिक्षकको समस्या नै यही हो एउटा । सम्भवतः विगतमा हामी राजनीतिक रूपमा प्रयोग भएकै हौं कि ? हामी शिक्षकले भनेका कुरा ठीक हो भन्ने हाम्रो समाजले स्वीकार्छ । ‘मास्टरजी कहल है त ठिकै न होतै’ अर्थात् मास्टरजी ले भन्नुभयो, यसको मतलब पक्कै पनि ठीक भन्नुभयो भन्ने समाजले विश्वास गर्छ’, ती शिक्षकले सविस्तार जवाफ दिए ।

    उनले थपे– ‘यसै विशेषतालाई पूर्ण रूपमा बुझेर राजनीतिक दलले आफ्ना अजेन्डा, आफ्ना मुद्दालाई शिक्षकको माध्यमबाट समाजलाई भुल्याउन सफल भएकै हो । त्यसैको परिणामस्वरूप हामी शिक्षकलाई बेलाबेलामा राजनीति गर्ने शिक्षक भन्ने आरोप लाग्ने गर्छ । यो कुरा केही हदसम्म सत्य पनि हो, तर अर्को सत्य यो पनि हो कि हाम्रो यसपालिको आन्दोलनलाई जसरी बेवास्ता गरिएको छ, यसको क्षति यिनै राजनीतिक दललाई हुनेछ । एक शिक्षकको घरमा कम्तीमा ३-४ भोट र उसले बोले पत्याउने अनेक भोट हुन्छन्, यसको क्षति भने यी राजनीतिक दललाई अवश्य हुनेछ ।’

    दादा ड्राइभिङ, जम्बो इको भेहिकल र नासा नेपाल जस्ता यातायात क्षेत्रसँग जोडिएको हुनाले मैले सडकबारे कुरा त गर्ने पर्‍यो । मैले सोधेँ– ‘नेपालको मुख्य एयरपोर्ट र पर्यटकलाई स्वागत गर्ने एयरपोर्ट–माइतीघर सडक यत्तिका दिनदेखि पूरै कब्जा गरेर अस्तब्यस्त बनाउनुभएको छ त ! यस्तो गर्न मिल्छ ? ती शिक्षकले मुस्कुराउँदै भने– ‘हामीलाई आन्दोलान गर्न दिइएको स्थान नै माइतीघरको सडक हो, हामी शिक्षकलाई आन्दोलन गर्न बागमती किनार दिए भने पनि हामी मर्यादित भएर त्यही बसेर आन्दोलन गर्न सक्छौं, तर एउटा कुरा हेक्का रहोस्, हामी शिक्षकहरूले शान्तिपूर्ण मर्यादित आन्दोलन गरेको कुरा अन्तर्राष्ट्रिय समुदायले समेत पक्कै हेरिरहेको छ, सरकारले बेवास्ता गरेको पनि अवश्य जगजाहेर छ । यसले हाम्रो देशको छवि भने अवश्य बिग्रिरहेको छ ।’

    एक शिक्षकसँग कुरा गर्ने क्रममा मैले सोधेँ– ‘के तपाईंहरू विद्यार्थीको पढाइ र उनीहरूले निकालेको नतिजामा साँच्चिकै संवेदनशील हुनुहुन्छ र ?’

    ‘संवेदनशील रे’, अलि चर्को स्वरमा ती शिक्षकले भने– ‘स्टुडेन्टस् रिजल्ट एन्ड आवर हार्डवर्क आर डाइरेक्टली रिलेटेड टु इच अदर ।’ अर्थात विद्यार्थीको नतिजा र हामी शिक्षकको मेहनतको सीधासीधा सम्बन्ध हुन्छ । दिनको अधिकांश समय हामीसँग बिताएका, मरीमरी पढाएका विद्यार्थीको नतिजा खराब आएमा वा फेल भएमा हामी शिक्षकहरू मनमनै र कहिलेकाहीं देखिने गरी पनि रुन्छौं । यो विद्यार्थीको नतिजा बिग्रनु हुँदैन थियो । किन बिग्रियो भन्ने सोचले कहिलेकाहीँ ३–४ रातसम्म राम्रो गरी निन्द्रा लाग्दैन । नपत्याए शिक्षकको घरपरिवारलाई सोध्नु भन्दै बोल्दाबोल्दै ती शिक्षक रोकिए । आँखाभरि आँसु भरिएका ती शिक्षक बोल्न पनि सकेनन् । आफ्नो झोलाबाट रुमाल निकाल्दै आँसु पुछ्दै ती भन्छन्, ‘हामी स्कुललाई कार्यालय र विद्यार्थीलाई पैसाको माध्यम भनेर नसोची विद्यालयलाई घर–मन्दिर र विद्यार्थीलाई परिवारिक सदस्य सम्झिन्छौं । त्यसैकारण कहिलेकाहीँ देशको जुनसुकै स्थानको विद्यार्थीले आत्महत्या गरेको वा मृत्यु भएको सुन्छौं । हामी सम्पूर्ण शिक्षक भित्रभित्रै रुन्छौं ।’

    अलि युवा शिक्षकले तलबको विषयमा बडो गम्भीरताका साथ आफ्नो कुरा राखे । मैले रमाइलो पारामा सोधेँ– ‘तपाईंहरूलाई ३-३ महिनामा तलब आउँदा त एकमुस्ट धेरै आउँदो हो, कस्तो महसुस हुन्छ ?’

    ‘अरु सबैले महिनैपिच्छे तलब खाँदा हुने, हामी शिक्षकले किन ३-३ महिना कुर्नुपर्ने ? विश्वव्यापी रूपमा १५-१५ दिन वा हप्ता-हप्तामा तलब आउने प्रणाली लागू भैसकेको छ । हामी शिक्षकले के अपराध गरेका छौं र ? हामीलाई ३-३ महिने तलब प्रणालीमा राखिएको हो ? यो शिक्षकहरूलाई एक किसिमले अपमान र अवहेलना नै गरेको हो । यसमा सुधार हुनुपर्छ ।’

    ‘अरु सबैले महिनैपिच्छे तलब खाँदा हुने, हामी शिक्षकले किन ३-३ महिना कुर्नुपर्ने ? विश्वव्यापी रूपमा १५-१५ दिन वा हप्ता-हप्तामा तलब आउने प्रणाली लागू भैसकेको छ । हामी शिक्षकले के अपराध गरेका छौं र ? हामीलाई ३-३ महिने तलब प्रणालीमा राखिएको हो ? यो शिक्षकहरूलाई एक किसिमले अपमान र अवहेलना नै गरेको हो । यसमा सुधार हुनुपर्छ ।’

    मन नलागीनलागी पनि मैले एउटा अप्ठेरो प्रश्न सोधेँ– ‘शिक्षकहरूलाई त बेलाबेलामा भ्रष्टाचार गरेको आरोप लाग्ने गर्छ, कापी–किताबमै हिनामिना गर्छन् यी मास्टरहरू ! कुरा के हो ?’ मेरो प्रश्नको उत्तरमा उनले प्रतिप्रश्न गरे– ‘कति जना मास्टरलाई गाडी चढेको देख्नुभएको छ ? भ्रष्टाचार गरेको भए त ठूल्ठूला घर बनाएको र ठूल्ठूला गाडी चढेको देख्नुपर्ने त ! अधिकांश शिक्षक सादगीपूर्ण र सरल जीवन बिताइरहेका हुन्छन् ।’

    सबै शिक्षकसँग कुरा गर्दा सबैलाई एउटै प्रश्न सोधेँ– ‘तपाईंहरूको आन्दोलनको प्रमुख माग के हो ?’ सबै शिक्षकहरूको जवाफ एउटै जस्तो थियो । ‘हाम्रो पेशा एकदमै मर्यादित पेशा हो, हामी अपशब्द बोल्न सक्दैनौं, हामी उच्छृङ्खल हुन सक्दैनाैं, हाम्रो दैनिकी र आन्दोलन दुबै एकदमै मर्यादित हुन्छ । हामी शिक्षक यो समाजको र देशको मार्गदर्शक हाैं । हामीलाई देखेर नवपुस्ताले सिकिरहेको हुन्छ । यसै मर्यादामा हामी बाँधिएर दैनिकी चलाउँछाैं र यो आन्दोलन पनि मर्यादित नै चलिरहेको छ । यसैको उपज होला, हामीलाई बुझ्न सरकारलाई समय लागिरहेको ! हामी समय दिन्छौं, कुर्छौं, पुरुष शिक्षकले सारी लगाएर भए पनि नाचगानको माध्यमबाट विरोध गर्छाैं, कार्ड, ब्यानर देखाएर विरोध गर्छौं । कुनै न कुनै समय आउँछ, जब यो सरकार र सरोकारवालाहरूको आँखा खुल्नेछ, तब सबै राम्रो भइहाल्छ भन्ने हाम्रो अपेक्षा र विश्वास छ ।’

    यो लेखको सुरुमा मैले सोधेको प्रश्नको सन्दर्भ थियो– के तपाईंहरूका सबै माग एकसाथ पूरा भयो भने २० प्रतिशत विद्यार्थी प्राइभेट स्कुलबाट सामुदायिक/सरकारी स्कूलमा सर्छन् होला ?

    यसको उत्तरमा सबैजसो शिक्षकको उत्तर थियो– ‘फोकस अन फ्याक्टस्, नट अन फिगर्स ।’ अर्थात् तथ्यांकमा भन्दा तथ्यमा ध्यान दिनुपर्छ । यसको ज्वलन्त उदाहरण हो– आजका निजामती सेवाका सबैजसो उच्च ओहोदाका कर्मचारी सरकारी वा सामुदायिक विद्यालयबाट आएका हुन् । यो भन्दा हामी निजी विद्यालयका विरोधी भने होइनौं, तर पनि सरकारी विद्यालयलाई उपेक्षा भने गर्न मिल्दैन ।’ उनका भनाइअनुसार काठमाडौंको दरबार हाईस्कुुल र विश्व निकेतन, बुटवलको कालिका मानवज्ञान, चितवनको नारायणी मावि, पोखराको माछापुच्छ्रे, रामेछापको डडु मावि, पाल्पाको दमकडा मावि जस्ता सरकारी विद्यालयहरू छन्, जुन अब्बल छन् । शिक्षा ऐन लागू भयो भने यसले समग्र शिक्षा क्षेत्रलाई नै सुधार गर्नसक्छ । यद्यपि थोरै समय भने अवश्य लाग्नसक्छ ।

    उनले थपे– ‘सन्तोष सर, हाम्रो आन्दोलन केवल हामी शिक्षकको आन्दोलन हो र ? के यो ती तमाम अभिभावकहरूको आन्दोलन होइन र, जसले आफ्ना छोराछोरीलाई यो वैशाख महिनामा भर्ना गर्न हजारौं-लाखौं रूपैयाँ जोहो गरिरहेका छन् र अमिलो मन पारेर विद्यालयहरूमा ठूलो धनराशि बुझाइरहेका छन् ?’

    उनको यस यथार्थ प्रश्नको उत्तर मलाई थाहा थियो, तर उत्तर दिनुको सट्टा यो लेख लेखेर शिक्षकहरूको आन्दोलनको मर्म र यथार्थ प्रकाशमा ल्याउन उचित ठानेँ ।

  • साथीलाई चिठी- एक झोले कार्यकर्ताको बकपत्र

    साथीलाई चिठी- एक झोले कार्यकर्ताको बकपत्र

    प्रिय साथी !

    यो मेरो ब्लग होइन, अनि लेख त झनै होइन । योग्यता, क्षमता, सीप र हातमा उच्च शिक्षाको राम्रै डिस्टिङ्नसहितको प्रमाणपत्र भएर पनि समाज परिवर्तनको अभियानमा लामबद्ध हामीजस्ता राजनीतिक कार्यकर्तालाई झोले भनेर लाञ्छित गर्ने लम्पट वर्ग सामाजिक सञ्जालमा सबैभन्दा बढी देखिने र सुनिने अवस्था आएपछि यो स्पष्टीकरण दिँदै छु ।

    साथी,

    हेर्ने हो र जोख्ने हो भने तिम्रो र मेरो झोला उत्तिकै गरुङ्गो छ ।

    तिम्रो झोला तिक्तताले भरिएको छ। मेरो झोला तिम्रो त्यही तिक्तता चिर्न सकुँलाकी भन्ने सपनाले भरिएको छ ।

    “हुँ म झोले नै हुँ ।”

    म झोले हुनु जीवन सङ्घर्षको एउटा परिचय हो । म त्यो झोले हुँ, जसले पार्टीको झण्डा बोकेको छु । त्यो पार्टी जसले देशलाई निरंकुशता, दासता र सबै खाले अन्याय अत्याचार विभेदको चंगुलबाट बाहिर निकाल्न ७५ वर्षदेखि नेतृत्व गरेर आएको छ ।

    हो म झोले नै हुँ । चुनाव आउँदा नारा लगाएको छु, नेताका भाषणमा ताली पिटेको छु र प्रायः तिमी र तिमीजस्तै लम्पट वर्गको आलोचनाको पात्र मात्र होइन सोसल मिडियामा ट्रोल बनेको छु । तर, तिमीले कहिल्यै विचार नगरेको कुरा, मेरो झोलामा केवल नेताका आदर्श अनि पार्टीका घोषणापत्र र दस्तावेजमात्र हुँदैनन्, समाज परिवर्तनका योजनाहरू पनि हुन्छन् ।

    मेरो लागि झोले हुनु भनेको जिम्मेवारी लिनु पनि हो । मैले यो झोलाभित्र जनताको अभाव, अपमान, भोक र व्यथाको दस्ताबेज बोकेको छु । म त्यो मान्छे हुँ, जसले आफ्नो चेतनालाई एउटा आन्दोलनसँग जोडेको छ।

    तिमीलाई थाहा छ ? कुनै पनि राजनीतिक आन्दोलन, कुनै पनि विचार र कुनै पनि परिवर्तन केवल भाषणले सम्भव थिएन र छैन। सडकमा उभिने, झण्डा फहराउने, टाउको फुटाउने, जेल जाने र नारा लगाउने ती ‘झोले’ हरू नै थिए जसले गणतन्त्र ल्याए, लोकतन्त्र जोगाए र संविधान सम्भव बनाए।

    तर, इतिहासलाई सम्झिने तिम्रो बानी छैन। तिमी नेतालाई सम्झन्छौँ, केही नेताका अनुहार हेर्छौ, कार्यकर्तालाई होइन। तिमी परिवर्तनका भाषणलाई सम्झन्छौँ र त्यो भाषण जोगाउन भीडमा उभिएका अनुहारहरू बिर्सन्छौँ।

    हो!! म त्यही अनुहार हो।

    म त्यो झोला बोकेको मान्छे, जसले भोलिको सपना बोकेको छ।

    म विचारको झोले हुँ, म विवेकको झोले हुँ ।

    आज तिमीलाई सोध्न चाहन्छु,

    के विचारप्रति समर्पण गर्नु मेरो बेइमानी हो? के आस्था राख्नु मैले गरेको अपराध हो?

    के म मेरो आफ्नो विचार र विवेक प्रयोग गर्न पाउँदिन र ?

    परिवर्तनको इतिहास बोकेको पात्र यिनै झोले हैनन् र ?

    झोले हुनुको अर्थ के हो ?

    कसैले सोचेको होला, झोले हुनु भनेको केवल नेताको अन्धसमर्थक हुनु हो । तर, मेरो लागि झोले हुनु भनेको जिम्मेवारी लिनु पनि हो । मैले यो झोलाभित्र जनताको अभाव, अपमान, भोक र व्यथाको दस्ताबेज बोकेको छु । म त्यो मान्छे हुँ, जसले आफ्नो चेतनालाई एउटा आन्दोलनसँग जोडेको छ।

    झोले हुनु भनेको सधैं मूर्ख हुनु होइन। यो केवल त्यो आत्मस्वीकृति हो जसले भन्छ “म विचारमा अडिग छु“। मैले सपना देख्न कहिल्यै थाकेको छैन। म समर्थन गर्छु, अन्धसमर्थन होइन। म परिवर्तनको पक्षमा छु, व्यक्तिको होइन। म समर्थन गर्छु, म विचार गर्छु तर लम्पसार पर्दिन।

    म एक झोले हुँ, जसले बाटो खोजिरहेको छ। सार्वजनिक शिक्षा बचाउन खोजिरहेको छ, स्वास्थ्यमा पहुँच खोजिरहेको छ। म त्यो झोले हुँ, जसले देशमा न्याय, समानता र समावेशिता देख्न चाहन्छ।

    प्रायः तिमी र तिमीजस्तै लम्पट वर्गको आलोचनाको पात्र मात्र होइन सोसल मिडियामा ट्रोल बनेको छु । तर, तिमीले कहिल्यै विचार नगरेको कुरा, मेरो झोलामा केवल नेताका आदर्श अनि पार्टीका घोषणापत्र र दस्तावेजमात्र हुँदैनन्, समाज परिवर्तनका योजनाहरू पनि हुन्छन् ।

    हिजोका परिवर्तन झोलेहरूले नै सम्भव बनाए। राणाविरुद्ध जनक्रान्ति गरे, पञ्चायतविरुद्ध आन्दोलन गरे वा गणतन्त्रको लडाइँ लड्नु परोस् हरेक पटक झोलेहरू नै अगाडि थिए।

    आजसम्मका क्रान्तिमा झोलेहरू नै सहिद भए । सडकमा तिम्रा लागी लठ्ठी खाएकाहरु पनि तिनै झोले हुन्, जेल गएकाहरु पनि तिनै झोले हुन् र आज तीनै क्रान्तिकारीलाई निर्धक्क झोले भनेर तिमीले टिप्पणी गर्न सक्ने व्यवस्था ल्याउने पनि झोले नै हुन् ।

    झोले बन्नु लाचार हुनु होइन, झोले बन्नु त आँट हो। आफ्नो विचारका लागि, आफ्नो देशका लागि र जनताको लागि लड्न सक्ने साहस हो। झोले त विचार, मूल्य र सपना बोकेको यात्रु हुनु हो।

    फेरि म भन्न चाहन्छु, “ हुँ म झोले नै हुँ।”

    म तिमीहरू झैं थाकिसकेको छैन, मलाई अझै विश्वास छ यो देश बदलिन्छ। मैले देखेको सपना अधुरो छ र त्यो सपना पुरा गर्न म अझै पनि सडकमा उभिन तयार छु । म गर्वसँग झोले हुन तयार छु ।

    म झोलेले हरेक अन्यायको विरोध गर्छु, विवेक बोकेको छु र आशाको झोला काँधमा पुरा नहुन्जेल थामिरहन्छु ।

    (रेखा न्यौपाने अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन्)

  • रेमोन्टाडा : रियल म्याड्रिडको आत्मा बनेको पुनरागमनको कथा

    रेमोन्टाडा : रियल म्याड्रिडको आत्मा बनेको पुनरागमनको कथा

    फुटबल केवल गोलहरूको खेल होइन, यो भावना, इतिहास, र संघर्षको चित्रण हो। जब हार निश्चित जस्तो देखिन्छ, तर कुनै टोलीले विश्वास, धैर्यता र साहसका साथ खेल पल्टाउँछ, त्यति बेला फुटबलले चमत्कार देखाउँछ। यस्तै चमत्कारलाई स्पेनी भाषामा ‘रेमोन्टाडा’ भनिन्छ—पुनरागमन। र जब ‘रेमोन्टाडा’ भन्ने शब्द उच्चारण गरिन्छ, त्यसको सबभन्दा शक्तिशाली प्रतीक बनेको छ—रियल म्याड्रिड ।

    रियल म्याड्रिडको च्याम्पियन्स लिग इतिहासमा यस्ता थुप्रै रातहरू छन्, जसले विश्व फुटबलका समर्थकहरूलाई हैरान पार्ने किसिमले खेल पल्टिएको देखिएको छ। पछिल्ला वर्षमा खासगरी सन् २०२२ को च्याम्पियन्स लिगमा गरिएका पुनरागमनहरूले यो शब्दलाई रियल म्याड्रिडको आत्मासँगै गाँसेको छ। त्यो वर्ष म्याड्रिडले पेरिस सेन्ट-जर्मेन, चेल्सी र म्यानचेस्टर सिटी जस्ता क्लबहरूसँगको द्वन्द्वमा अन्तिम क्षणसम्म लड्दै, लगभग हराइसकेको खेलमा विश्वासको शक्ति देखाएको थियो। यही शक्ति र आत्मविश्वास म्याड्रिडलाई युरोपको सबैभन्दा सफल क्लब बनाउने मुख्य कारणमध्ये एक हो।

    ‘रेमोन्टाडा’ भनेको केवल एक खेलमा फर्किएको प्रसंग होइन। यो एक मानसिकता हो, जहाँ “असम्भव” भन्ने शब्दको कुनै अस्तित्व हुँदैन। यसमा लुका मोड्रिचको शान्त नेतृत्व, करिम बेन्जेमाको प्रहार क्षमता, भल्भर्डेको जोश र भिनिसियस जुनियरको स्पार्क छ। जब दर्शक निराश हुन्छन्, तब म्याड्रिड पुनः उठेर देखाउँछ—खेल केवल ९० मिनेटको यात्रा होइन, यो भावना हो।

    तर अहिले, यो भावना फेरि एकपटक गम्भीर परीक्षामा परेको छ।

    अर्सेनलसँगको ऐतिहासिक हार: बर्नाबेउमा पुनः एकपटक चमत्कारको अपेक्षा

    २०२५ को च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड अर्सेनलसँग लन्डनको एमिरेट्स स्टेडियममा ३–० ले पराजित भयो। यो केवल हार थिएन, यो अपमान थियो—त्यो पनि युरोपका सबैभन्दा ठूला प्रतियोगितामा, सबैभन्दा प्रतिष्ठित क्लबमाथि। अर्सेनलले सुरुदेखि नै उच्च प्रेस, गतिशील पासिङ र साहसी रणनीतिले म्याड्रिडलाई पुरै दबाबमा राख्यो। गेब्रियल मार्टिनेली, बुकायो साका र डेक्लान राइसले म्याड्रिडको रक्षापंक्तिलाई थिचेर खेले। म्याड्रिडका रक्षकहरू एकपछि अर्को गल्ती गर्दै गए र गोलकिपर थिबो कोर्टोआ पनि आत्मविश्वासहीन देखिए।

    खेलको मध्य भागमा नै म्याड्रिडका खेलाडीहरूको अनुहारमा थकान र निराशा देखिन्थ्यो। मध्यान्तरसम्म २–० को स्कोरले म्याड्रिडको ‘रेमोन्टाडा’ इतिहासलाई चुनौति दिएको थियो। दोस्रो हाफमा थपिएको तेस्रो गोलले खेल मात्र होइन, सिङ्गो म्याड्रिड टोलीको मनोबललाई नै झट्का दियो।

    तर… यो म्याड्रिड हो।

    अब दोस्रो लेग सान्टियागो बर्नाबेउमा हुनेछ—जहाँ रातहरू कहिल्यै साधारण हुँदैनन्। जहाँ हजारौँ समर्थकको स्वरले खेलाडीको रक्तचाप बढाउँछ। जहाँ रियल म्याड्रिडले हरेक पटक यस्तो हारको जवाफ गोलमा रूपान्तरण गरेर दिएको छ। प्रशिक्षक कार्लो एन्सेलोट्टीले पत्रकार सम्मेलनमा भनेका थिए, “३ गोलको घाटा ठूलो हो तर असम्भव होइन।” उनले थपे, “हामी घर फर्किरहेका छौं। बर्नाबेउले चमत्कारहरू सृष्टि गर्छ।”

    के पुनः एकपटक ‘रेमोन्टाडा’ सम्भव छ?

    रियल म्याड्रिडको इतिहासले देखाउँछ- जब सबैले हार मान्छन्, तब उनीहरू उठ्छन्। भिनिसियसको गति, बेलिङहमको नियन्त्रण, र मोड्रिचको अनुभव—यी सबैले दोस्रो लेगमा जादु गर्न सक्छन्। तर अर्सेनलले देखाइसकेको छ कि उनीहरू केवल आक्रामक मात्र होइन, एक संरचित, आत्मविश्वासी टोली पनि हुन्। प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो योजना सफलतापूर्वक कार्यान्वयन गर्दै म्याड्रिडको कमजोरी चिर्दै अगाडि बढेका छन्।

    राम्रो पक्ष के छ भने, म्याड्रिडका समर्थकहरू अझै आशावादी छन्। किनभने उनीहरूले इतिहासलाई आफ्नै आँखाले देखेका छन्—कसरी एकपटक होइन, पटक–पटक म्याड्रिडले च्याम्पियन्स लिगमा असम्भवलाई सम्भव बनाएको छ।

    फेरि एकपटक सारा विश्वको नजर बर्नाबेउमा हुनेछ। खेल मात्र होइन, भावना पनि हुनेछ। इतिहासले पुनः दोहोरिन खोजिरहेको छ। प्रश्न एकै छ—के यो अर्को ‘रेमोन्टाडा’ को रात हुनेछ? वा अर्सेनलको नयाँ युग सुरु हुनेछ?

    जवाफ… चाँडै आउँदैछ।

     

  • राणाविरोधी स्वास्थ्यकर्मीलाई मन्त्री पद उपहार !

    राणाविरोधी स्वास्थ्यकर्मीलाई मन्त्री पद उपहार !

    कविराज रामप्रसाद खनालको जन्म वि.सं. १९६५ मा तनहुँको चुँदी सिम्पानीमा भएको हो (हुतमणि अधिकारी, हाम्रो तनहुँ, अगस्त २४, २०२२) । वि.सं. २००३ मा ‘मातृशिक्षा’ नामक पाठ्यपुस्तक लेखेर छपाइ ५ हजार प्रति निःशुल्क वितरण गरेका उनले भारतको बनारसबाट आयुर्वेद, व्याकरण, कानून र अंग्रेजी पढेका थिए ।

    त्यसवेला भारतमा शासन गरेका अंग्रेज र नेपालका एकतन्त्रीय राणाहरूको तुलना गर्दै तनहुँ आसपासमा राणा शासनविरुद्ध चेतना जगाउने र संघसंगठन बनाउने काम उनले गरे । वि.सं २००१ मा तनहुँको बन्दीपुरमा भानु पुस्तकालय खोल्न, २००४ मा ‘जयतु संस्कृतम्’ को अभियान चलाउन र २००६ मा तनहुँमा ‘हलो क्रान्ति’ गर्न उत्तिकै सक्रिय रहे । अहिले पनि तनहुँतिर त्यस समयलाई सम्झिँदै गीत गाइन्छ-

    शेषकान्त लप्टन तोयनाथ तिघ्रे
    रामप्रसाद कविराज हलो जोती बिग्रे । (जगन्नाथ श्रोत्रियसँगको कुराकानी)

    विसं २००७ कात्तिकमा राजा त्रिभुवन दिल्लीको शरणमा पुगेपछि नेपालका विभिन्न स्थानमा राणाविरुद्ध सशस्त्र विद्रोहहरू हुन थाले । त्यही क्रममा २००७ पुस २६ गते तनहुँ सिम्पानीस्थित नेपाली कांग्रेसका नेता श्रीभद्र शर्मा खनालको घरबाट बन्दीपुर कब्जा गर्न निस्केको सर्वसाधारण जनताको नेतृत्व कविराज रामप्रसाद खनालले गरे भने महिलाको नेतृत्व श्रीभद्र शर्माकी आमा तारादेवीले र भूतपूर्व सैनिकको नेतृत्व दलसुर रानामगरले गरेका थिए (श्रीभक्त खनाल नेपाल लाइभ, शनिबार, वैशाख ४, २०७८)

    रामप्रसाद खनाल बन्दीपुर कब्जा आन्दोलनका मुख्य नेता र कमान्डर भएकाले राणा पक्षीय सेनाका कप्तान र विद्रोही कार्यकर्तासँग उनी आफैंले समन्वय गरिरहेका थिए । २००७ मंसिर १ गते सेनाले ‘केही दिन पर्खिदिनुहोस्, हामीले माथि सम्पर्क गरेका छौं, आत्मसमर्पण गर भनेछन् भने छाडिदिन्छौं’ भन्दै गर्दा विद्रोही हजारौंको जुलुस अगाडि बढ्यो बन्दीपुर कब्जा गर्न ।

    तत्काल सेनाका तर्फबाट गोली चल्यो, ६ जना आन्दोलनकारीले घटनास्थलमै शहादत प्राप्त गरे । कैयौं घाइते भए । घाइतेहरूको उपचार सरकारी कविराज कृष्णकान्त अधिकारीलगायतले गरे । सैनिकहरू सोही रात बन्दीपुर छाडी चितवनतर्फ लागे । बन्दीपुर आन्दोलनकारीहरूको नियन्त्रणमा आयो । यही समयमा जनसरकार गठन गर्ने छलफल चल्यो ।

    २००७ साल माघ महिनाको अन्तिम हप्तामा श्रीभद्र शर्मा खनालको नेतृत्वमा ९ सदस्यीय जनसरकार गठन भयो । उक्त सरकारमा कविराज रामप्रसाद खनाललाई न्यायमन्त्रीको जिम्मेवारी दिइयो । त्यस्तै कविराज कृष्णकान्त अधिकारीलाई स्वास्थ्यमन्त्री बनाइयो (श्रीभक्त खनाल, नेपाल लाइभ वैशाख ४, २०७८)

    उक्त सरकारमा गभर्नर र मन्त्रीहरूको तलब/पारिश्रमिक तोकिएको थियो, तर रामप्रसाद खनालले उक्त पारिश्रमिक लिएनन् बरु ‘राजनीति गर्नेले जनताको पैसाबाट तलब सुविधा लिन हुँदैन’ भनी आफ्नो आदर्श प्रदर्शन गरे ।

    नेपाली कांग्रेस तनहुँको पहिलो सभापति भएका उनी विसं २०१० मा यो धर्तीबाट अस्ताए । नेपालमा प्रजातन्त्र र मौलिक हक अधिकार प्राप्तिका लागि राणाकालदेखि हालसम्म रामप्रसाद जस्ता स्वास्थ्यकर्मीहरूले योगदान गरेका छन् । त्यो योगदानको कदर राज्यले कति गरेको छ भनी अध्ययन गर्नु आवश्यक छ ।

    (लेखक जनस्वास्थ्यविद् हुन् ।)

  • ‘प्याउली’: लादिप्माले हिँडेको उबडखाबड बाटोको रोचक कथावाचन

    ‘प्याउली’: लादिप्माले हिँडेको उबडखाबड बाटोको रोचक कथावाचन

    भर्खरै बजारमा आएको उपन्यास ‘प्याउली’को पहिलो खासियत हो, सरल र सरस भाषाशैली । पढ्न सुरु गरेपछि तानिरहने चुम्बकीय भाषाशैलीकै कारण ‘प्याउली’ अर्थात् लादिप्मालाई प्रमुख पात्रमा उभ्याएर बुनिएको उपन्यास खास बनेको छ । पितृसत्तात्मक नेपाली समाजमा एउटा महिलाले भोगेको भोगाइ र संघर्ष समेटिएको आममहिलाको साझा कथा हो, ‘प्याउली’ । आमनेपाली महिलाको साझा भोगाइ हो ।

    उपन्यासको आरम्भ भोजपुर अदालतबाट हुन्छ । लेखक बालिका बान्तवाले उप्मिहाङसँग भएको लादिप्माको दोस्रो विवाहको वर्षदिन नबित्दै सम्बन्धमा पूर्णविराम लागेको परिवेशबाट उपन्यास सुरु गरेकी छन् । विज्ञान र प्रविधिले संसारलाई साँघुरो बनाएको तथ्यलाई लादिप्मा उर्फ प्याउली र उप्मिहाङसँगको सम्बन्धमार्फत प्रष्ट्याएकी छन् ।

    हङकङको चाइवाङस्थित ‘मानच्योर च्याटे’ रेस्टुरेन्टमा काम गर्दै आइरहेकी शालिन, उदासीन अनि संगीतप्रेमी लादिप्मा कहिलेकाही कोही त आफ्नो भइदेओस् भन्ने चाह राख्छे । उमेरको चालीसौं वसन्त नाघिसकेकी लादिप्माको कोही आफ्नो नभएको त होइन, थियो, तर त्यो विगत भइसकेको थियो ।

    उसो त सानो छँदा बुबाआमा र दाजुहरूको लाडप्यारमा हुर्केकी लादिप्माले पारिवारिक अवस्था निम्नवर्गीय भए तापनि दुःख भोग्नुपरेन । पाँचौं भाइछोरापछि जन्मेकी सबैकी प्यारी लादिप्मा चञ्चल थिइन् । गीत गाउन, नाच्न, कविता भन्न रुचाउँथिन् । माध्यमिक तहको अध्ययनको सिलसिलामा उनको जीवनमा प्रशान्तको प्रवेश हुन्छ । प्रशान्त र लादिप्मालाई जोड्ने पुल बन्छ, प्रशान्तको हिरो साइकल ।

    लामो बाटो हिँडेर स्कुल जान गाह्रो लाग्ने लादिप्माले प्रशान्तको हिरो साइकल पाएकी थिइन् । दैनिक प्रशान्तको साइकलमा बसेर स्कुल आउने जाने क्रममा यी किशोरकिशोरी नजानिँदो ढङ्गले प्रेमको सागरमा डुब्छन् ।

    राई माइलाको घरमा लाडप्यारले हुर्केकी लादिप्मालाई क्षेत्री ब्राह्मण परिवारको बुहारी हुँदा कम अप्ठ्यारो पर्दैन । यद्यपि आइपरेका दुःखलाई जसोतसो झेल्छिन् ।

    उसो त फिल्मी शैलीमा प्रशान्तले प्रेमको तीर हान्दै जान्छ । उनीहरूबीचको जातको पर्खाल छँदैथियो । ९ कक्षा पढ्दा नै लादिप्मा र प्रशान्त भागेर विवाह गर्छन् । राई माइलाको घरमा लाडप्यारले हुर्केकी लादिप्मालाई क्षेत्री ब्राह्मण परिवारको बुहारी हुँदा कम अप्ठ्यारो पर्दैन । यद्यपि आइपरेका दुःखलाई जसोतसो झेल्छिन् ।

    छोरी जन्मेपछिको दर्दनाक संघर्ष र जिम्मेवारी, त्यही जिम्मेवारी र दुःखले लखेट्दै लखेट्दै लादिप्मालाई कहिले गार्मेन्ट उद्योगमा लगेर पछार्छ त कहिले काठमाडौंको पसलमा पछार्छ । अनेक उल्झनहरूमा फसेपछि प्रशान्त विदेश जान खोज्छ, तर सक्दैन । अन्ततः लादिप्मा चिनजानको दिदीको सहायताले जिम्मेवारीको भारी उचाल्दै सपनाहरूको पोको बाँधेर हङकङ उड्छे ।

    समयसँगै सबै छुट्दै गएको लादिप्मा बुबाआमासँग बिछोडिन्छे, मुटुको टुक्रा जस्ती नाबालिग छोरी छोडेर काठमाडौं छिरेकी लादिप्मा जीवनसाथी प्रशान्त र देशैसँग बिछोडिएर परदेशिन्छे ।

    भौतिक दुरी केही होइन भन्ने आदर्शलाई आख्यानकारले गलत साबित गरेकी छन् । भौतिक दुरीले प्रशान्त र लादिप्माको सम्बन्धको दुरी बढ्दै जान्छ । काठमाडौंको रमझम र परिवेशमा प्रशान्त भिज्दै जान्छ, लादिप्मा परदेशमा सपना बुन्दै जान्छे । लादिप्मा गएपछि प्रशान्त अरु महिलाहरूसँग सम्बन्ध बनाउँछ, लादिप्माबाट बिस्तारै टाढिँदै जान्छ ।

    अन्ततः लादिप्मा र प्रशान्तको सम्बन्धमा दरार आउँछ । पाँच वर्षे कलिलो सम्बन्ध निमोठिन्छ । तब न लादिप्मा शून्य हुन्छे, रित्तो हुन्छे । एक्लो हुन्छे, निराकार हुन्छे । अनि त हो रेस्टुरेन्टमा उराठउराठ गीत सुन्न थालेकी !

    अनेक उल्झनहरूमा फसेपछि प्रशान्त विदेश जान खोज्छ, तर सक्दैन । अन्ततः लादिप्मा चिनजानको दिदीको सहायताले जिम्मेवारीको भारी उचाल्दै सपनाहरूको पोको बाँधेर हङकङ उड्छे ।

    ड्युटी जाने-आउने उनको दैनिकीदेखि लादिप्मालाई कहिलेकाहीँ दिक्क लाग्छ । लदिप्मालाई पनि लाग्थ्यो, ‘बिहानै उठेर कसैलाई बेड टि थम्याउन पाउँ या थकान र दिनभरिको घटना कसैलाई सुनाऊँ !’ उनलाई लाग्थ्यो, ‘साउती मारेर कुरा गरौं, कसैले अँगालोमा बेरिदियोस् ।’
    समय एवंरीतले चल्दै जाँदा एकदिन फेसबुकमा उप्मिहाङसँग जोडिन्छे लादिप्मा ।

    सामान्य कुराकानीबाट सुरु भएको उनीहरूको सम्बन्ध विवाहमा परिणत हुन्छ । यता प्रशान्तसँगको सम्बन्ध बिग्रेपछि एक्लिएकी लादिप्मा उमेरको चालीसौं वसन्त काटिसकेपछि श्रीमतीसँग सम्बन्ध बिग्रेको उप्मिहाङसँग वैवाहिक बन्धनमा बाँधिन्छिन् । पहिला च्याटमा रोमान्टिक हुने उप्मिहाङको विवाहपछिको स्वभाव र व्यवहारले लादिप्मा छाँगाबाट खस्छे । विवाहअघि र पछिको उप्मिहाङमा आकाश-जमिनको भिन्नता पाउँछे । खैर विवाह आफैंमा सम्झौता हो र त्यो सम्झौता लादिप्माले स्वीकार्छे ।

    उता हङकङ फर्कनुपर्ने र छुट्टी सकिन लागेकाले उप्मिहाङलाई पनि हङकङ लैजाने प्रोसेस जारी राखेर उनी हङकङ फर्कन्छे । सरल रेखामा हिँडिरहेको लादिप्माको जीवनमा उप्मिहाङको उपस्थितिले उखडखाबड ल्याउँछ ।

    परदेशको ठाउँ, ड्युटीको कामले व्यस्त भैरहनुपर्ने हुन्छ । उसो त लदिप्मा साहित्यमा पनि रुचि राख्ने भएकाले बिदाको दिन कुनै न कुनै कार्यक्रममा पुगेकी हुन्थिन्, तर यता विवाहअघि लादिप्माको कविताको तारिफ गरेर नथाक्ने उप्मिहाङ भने लादिप्माको स्वतन्त्रता र साहित्यिक यात्राको बाधक बनेर उभिन्छ ।

    उनीहरूबीच दरार पैदा हुन्छ । अन्ततः लादिप्माले उप्मिहाङको बन्धनबाट मुक्त हुने निर्णय लिन्छे । सोही सिलसिलामा हङकङबाट भोजपुर आइपुगेकी लादिप्मा फेरि एक्लिएर जिन्दगीको गाडी अगाडि बढाउँछे ।

    भौतिक दुरी केही होइन भन्ने आदर्शलाई आख्यानकारले गलत साबित गरेकी छन् । भौतिक दुरीले प्रशान्त र लादिप्माको सम्बन्धको दुरी बढ्दै जान्छ । काठमाडौंको रमझम र परिवेशमा प्रशान्त भिज्दै जान्छ, लादिप्मा परदेशमा सपना बुन्दै जान्छे ।

    लेखक बान्तावाले यो उपन्यासमा सरल भाषाशैलीको प्रयोग गरेकी छन् भने नजानिँदो पाराले सशक्त विद्रोह पनि गरेकी छिन् । उनको पात्रले माइतीघर मण्डलामा उभिएर नाराबाजी लाएनन् होला । कहीँकतै झन्डा बोकेर दौडेनन् होला । मसाल जुलुस लगाएनन् होला, तर उनले उपन्यासमा महिला मुक्तिको आवाज उठाएकी छन् । महिला सक्षम भयो भने विवाह नामको सम्बन्धमा विचार नमिल्दानमिल्दै, भावना नमिल्दानमिल्दै जबरजस्ती घिस्रिनु पर्दैन भन्ने प्रस्टसँग लेखेकी छन् ।

    ‘प्याउली’ एक सामाजिक उपन्यास हो । यसमा उपन्यासकारले सामाजिक अवयवहरू, सामाजिक विषयवस्तुहरू मज्जाले टिपेकी छन् । सामाजिक चरित्र र समाजमा दैनन्दिन घटिरहने घटना, बेरोजगारीको समस्या र वैदेशिक रोजगारीको लागि दिनहुँ देश छोड्नेहरूको हुल र लर्कोमा लर्को लागेर प्रमुख पात्रलाई हङकङ पुर्‍याएकी लेखकले सुधारवादी चिन्तनको प्रयोग गरेको पाइन्छ ।

    उपन्यासमा उनले कतै कपडा छनोट गर्ने सन्दर्भमा या प्रेम र विवाह अनि सासूले लगाएको वचन, जिम्मेवारीको सन्दर्भमा थुप्रै ठाउँ थुप्रै पटक विद्रोह गरेकी छन् । उसो त उपन्यासको प्रमुख पात्र लादिप्माको उप्मिहाङसँगको दोस्रो विवाह आफैंमा विद्रोह हो भने उनको स्वतन्त्रतामा लागेको बाँध बन्धन तोडेर एक वर्षे सम्बन्ध टुंग्याउनु कम विद्रोह होइन ।

    दुईदुई पटकको विवाह असफल भए तापनि जिन्दगीलाई लय दिनुपर्छ भन्ने प्रगतिशील विचारको स्थापना उपन्यासमा लेखकले गरेकी छन् । पितृसत्तात्मक समाजले महिला जति सबल भए पनि पुरुषको नियन्त्रणमा राख्न चाहने र चार भित्ताभित्र बाँधेर राख्ने यो समाजसँग उनले विद्रोह गरेकी छन् । उनले साधारण महिलाको जीवन संघर्षलाई मिहिन तरिकाले टिपेर लेखेकी छन् ।

    २७ उपशीर्षकमा लेखिएको यो उपन्यास पढ्दै जाँदा सुरुका खण्डहरूमा भने उनले प्रमुख पात्र लादिप्मामा लोग्नेमान्छेको दासी बन्ने रहर उमारेकी छन् । चिया पकाएर बेडसम्म पुर्‍याउन पाए सौभाग्य हुने परिकल्पना गरेकी छन् । जहाँ पुगेपछि यतिसम्मको दासताको कथन गरेर लादिप्मालाई नउभ्याएको भए हुने भन्ने लागेकै हो, तर कथा अघि बढाउन उनले यो परिवेशको निर्माण गरेको पाइन्छ । यसले यदाकदा लेखकभित्र त्यही पितृसत्तात्मक समाजले सिकाएको संस्कार अवचेतन मस्तिष्कमा रहेको चाहिँ देखिन्छ ।

    उनले उपन्यासमा महिला मुक्तिको आवाज उठाएकी छन् । महिला सक्षम भयो भने विवाह नामको सम्बन्धमा विचार नमिल्दानमिल्दै, भावना नमिल्दानमिल्दै जबरजस्ती घिस्रिनु पर्दैन भन्ने प्रस्टसँग लेखेकी छन् ।

    उपन्यास लेख्नु आफैंमा निकै कठिन काम हो । परिवेश, कथावस्तु, चरित्र निर्माण गर्नु, संवाद र सिलसिलेवर मिलाउनु कम कठिनाइ हुन्न, तर लेखकले उपन्यासमा एकदमै सीमित पात्रहरू राखेकी छन्, जसले गर्दा उपन्यास पढिसकेपछि पात्रको सम्झना हुन्छ, पात्रसँग जोडिएको हरेक सन्दर्भ सरर खुल्दै जान्छ । यो लेखकको सबल पक्ष हो ।

    उनले लादिप्मालाई प्रमुख पात्रमा उभ्याएर त्यसैको पेरिफेरिमा राई माइला, राई माइली, दाजु चन्द्र सर, साथीहरू आशा, कल्पना, जानुका, सुब्बा साइँला, सुब्बेनी साइँलीलगायतलाई सहायक पात्र बनाएकी छन् । यस उपन्यासमा लादिप्मा, प्रशान्त र उप्मिहाङ यी तीन पात्र सम्झन सक्यो भने पूरै उपन्यास आफैं खुल्छ ।

    उपन्यासकारले भोजपुर, झापा, काठमाडौं र हङकङलाई परिवेश बनाएर कथा बुनेकी छन् । यस उपन्यासमा लेखिकाले किराँती संस्कार, संस्कृति, चलन, मौलिकतालाई कहीँ न कहीँ जोडेकी छन् । उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको बान्तावा भाषाको ज्ञान र प्रयोग अनि भाषाप्रतिको प्रेम हो भनेर भनिसकें । उपन्यासमा बान्तावा भाषाको राम्रो प्रभाव पाइन्छ ।

    वर्तमान परिवेशमा कथा उठान गरेर जीवनको विभिन्न घुम्तीहरू फर्कंदै कथा भन्ने उनले हरेक खण्डमा कौतुहल छोडेकी छन् । ‘प्याउली’ सरल र आममहिलाको साझा कथा भएको हुनाले पनि यो यथार्थपरक उपन्यास हो ।

  • पोखरा सभागृहमा गुञ्जिए पुरुषोत्तम न्यौपाने

    पोखरा सभागृहमा गुञ्जिए पुरुषोत्तम न्यौपाने

    पोखरा ।  पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक साँझमा न्यौपानेले सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैनसहितका १८ गीत गाए ।

    २०६६ को चैत २२ गते पोखरा सभागृहमा ‘पुरुषोत्तम न्यौपाने एकल साँझ’ भएको थियो । ठ्याक्कै १५ दिनपछि सोही ठाउँमा पुरुषोत्तम गुञ्जिएका हुन् । कार्यक्रममा उनको जीवनीमा तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । योसँगै उनलाई प्रतिष्ठानले सम्मानसमेत गर्‍यो ।

    २०२९ सालमा स्याङजामा जन्मिएका न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो ईतिहास कोर्न सफल भएका छन् । झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानका करिब हजार भन्दा बढी गीतहरु रेकर्डिङ छन् । पुरुषोत्तमले २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए ।

    वार्षिक कार्यक्रमअन्तर्गत अग्रज कलाकारका सम्मान र लोक कला संरक्षण गर्ने उद्देश्यले उक्त सांगीतीक साँझ आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजना छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गीत, कला, साहित्यको माध्यमबाट समाजलाई सभ्य बनाउन सकियो भने मात्रै मानिस सुखी हुने बताए । उनले सुखी समाज, समृद्धि समाज बनाउनका लागि लोक गीतको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

    स्वदेशका प्रायः सबै जिल्लादेखि थुप्रै विदेशका भूमिहरुमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् । उनले लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् ।

    लोक सङ्गीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ । अहिले प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौं उपत्यका समन्वय समिति, ७७ जिल्लास्तरिय समिति तथा १० वटा देशमा आफ्ना शाखा समिति छन् ।

  • कविता : नारी

    कविता : नारी

    सृष्टि धान्दै
    स्नेह पगालेर
    सयौँ हण्डहरु बेहोरी
    कयौँ लाञ्छनालाई पाइतालाले दबाएर
    आरोपहरू चपाउँदै
    अवरोधका काँडाहरू कुल्चेर
    जीवन धानी बस्ने
    ममताकी खानी
    महान जीवन द्रष्टा हौ तिमी ।

    बोक्सीको आरोप बेहोराइएर
    पोइ टोकाइको बिल्ला भिराइएर
    अपमानित बनाइदा पनि
    विचलित नभई
    अन्ध रूढिवादी पराकाष्ठालाई
    चुनौतिको ओखलमा कुटेर
    क्रान्तिका पाइला उठाई हिँड्ने
    समाज रूपान्तरणमा समर्पित
    क्रान्तिकारी योद्धा हौ तिमी

    तिमीलाई रुवाएर हाँस्नेहरू
    आत्मग्लानिको पीडामा छन्
    एकलकाँटे निर्णय गर्नेहरू
    गद्दार साबित भएर
    पश्चात्तापमा डुबेका छन्
    लैङ्गिक हिंसा बेहोरी
    लैङ्गिक समानताको नारा उचाली हिँड्ने
    अँध्यारो विरुद्ध जाइलाग्ने
    उज्यालोको प्रतीक हौ तिमी ।

    सन्तानको सुख प्राप्तिको लागि
    जिन्दगी नै त्याग्न सक्ने
    जीवन मरणको कुनै प्रवाह नगरी
    भोक तिर्खा खपेर
    दुःख पीडा व्यहोर्दै
    आँसु पिएरै भए पनि
    हाँसी हाँसी बाँच्न सक्ने हँसमुख हौ तिमी ।

    तिम्रो धैर्यता
    तिम्रो सहनशीलता
    तिम्रो त्याग र समर्पण देख्दा
    आकाश झुक्न सक्छ
    धरती उठ्न सक्छ
    जून तारा जस्तो अटल
    चट्टानी पाखुराहरूले
    अविश्वासका पहाडहरू भत्काउँदै
    विश्वासका उकालीहरू चढ्ने
    साहसिक यात्री हौ तिमी ।

    तिम्रो आँसु
    तिम्रो हाँसो
    तिम्रो रोदन
    तिम्रो क्रन्दन
    कसरी व्यवस्थित गर्ने ?
    तिम्रा दुःखहरू बढारेर
    सुख कसरी भित्र्याउने ?
    बहादुर छोराछोरीकी आमा
    गर्भानुभूतिले छाती फुलाउँदै
    संसार बदल्न सक्ने
    युगान्तकारी इतिहास बोकेकी
    कर्मठ सह योद्धा
    रथका दुई पाङग्रा मध्ये
    एक पाङ्ग्रा हौ तिमी ।

    सुन्दरहरैंचा — ६ ,दुलारी, मोरङ
    ९८४२०७३५२५

    kpchandra2023@gmail.com

  • म कसरी पत्रकार भएँ ?

    म कसरी पत्रकार भएँ ?

    पत्रकारिता जीवनमा मेरो पहिलो लेख हो, २०१५ सालको आम निर्वाचनभन्दा केही महिना अघि विराटनगरबाट प्रकाशित ‘जनमत’ साप्ताहिकको । समय बितेर ६७ वर्ष पुगेछ ।

    त्यो लेख त्यस समय चुनाव गराउने सरकारका अध्यक्ष सूवर्णसमशेर राणा अर्थ मन्त्रीसमेतको हैसियतले पेश गरेको बजेटबारे थियो । अखबार ‘नेपाली’ भए पनि भाषा थियो । त्यो लेख हिन्दीमा लेखियो ।

    तर, त्यस समय सानो साइजको आठ पाने साप्ताहिकमा समाचार, विचारसमेत अटाउनुपर्ने हुँदा मेरो ३३ विषयको लामो लेख तीन अंकमा क्रमशः प्रकाशित हुँदै गयो ।

    त्यही वर्ष बनारस हिन्दू युनिभर्सिटीमा बिएलको फाइनल जाँच थियो । प्रायः परीक्षाका लागि नियमित कलेज गएँ । तर, पेपरमात्र दिएर छाडिदिएको थिएँ । त्यसैले युनिभर्सिटीको नियमित पढाईमा सामेल हुन आवश्यक थिएन ।

    पछि जाँचभन्दा केही समयअघि मात्र जानेगरी आफ्नो घर विराटनगरमा बस्दै थिएँ । जनमतको सम्पादन मण्डल चार सदस्यीय थियो– शैलेन्द्रकुमार उपाध्याय, हरिहरप्रसाद उपाध्याय, महेन्द्रप्रसाद उपाध्याय र नैनलाल बोहोरा । उहाँहरूमा कसैमा पहिले पत्रकारिता गरेको अनुभव थिएन र मसँग पनि थिएन । उहाँहरू समाचार बटुल्नुहन्थ्यो । त्यो जमाना कस्तो थियो भने, ढिकी कुटेझै एकएक पाना गरी ६ दिन लगाएर लिड लेटर (एकाधारको टाइप अक्षर) कम्पोज गरी फेरी प्रुफ हेरी, करेक्सन गराई इत्यादीपछि पाँच ६ दिन लगाएर साप्ताहिक छाप्नुपर्ने ।

    मेरो लागि लेख्नु भनेको नशा नै भएको छ, मनोरञ्जन पनि यही हो । गर्न नसकेका कतिपय कुरा लेखेर मजा लिन्छु । यसरी म अझै लेखिरहेको छु ८६ वर्षमा ।

    तीन अंक लगातार मेरो लेख छापियो । त्यसपछि पढ्नेहरूले मसँग भेट्दा प्रशंसा गर्न थाले । सम्पादन मण्डलका मान्छेहरूसँग पनि मेरो तारिफ गरेको सुन्न थालेँ । म मख्ख पर्दै गएँ । अब सम्पादक मण्डलका साथीहरूले भन्न थाले, ‘तपाईं बनारस नजाउञ्जेल हामीलाई मद्दत गर्नुस्, किनकी भर्खर-भर्खर पत्रिका प्रकाशित भएर मार्केट लिँदैछ ।’

    सम्पादन मण्डलका चारैजनाले त्यस समय नेकपा ‘नवीन विचार’ भन्ने पार्टी खोल्न नेपाल कम्युनिष्ट पार्टी छाड्नुभएको थियो । तर, मैले छाडेको थिइनँ । नेपाल कम्युनिष्ट पार्टीभित्रै संलग्न थिएँ । पत्रकारिता रमाइलो लाग्दै गएकोले संगठन बेग्लै भए पनि म उहाँहरुलाई साप्ताहिक प्रकाशन गर्न सघाउँथे ।

    एकपटक शैलेन्द्रकुमार तीन-चार हप्ता आफ्नो घर विहारको कनौली जानुभयो, सम्पत्ति बाँडफाँडका लागि । त्यहाँ बस्दा पत्रिका चलाउन उहाँहरुले मलाई भन्नुभयो, ‘तपाईंले नै वास्तविक सम्पादकको भूमिका निभाउनुपर्‍यो । नत्र, भर्खर स्टार्ट भएको पत्रिका डुब्छ ।’

    मैले भनेँ, ‘मेरो नाम केबल मेरो लेखमा मात्र रहनेछ । सम्पादक मण्डलमा केही रहने छैन । किनभने, हामी अलग–अलग राजनीतिक संगठनमा छौँ ।’ उहाँहरुले खुशीसाथ भन्नुभयो, ‘यो तपाईंको तर्फबाट हाम्रा लागि ठूलो यहशान (साथ) हुनेछ ।’

    अब बिहान खाना खानासाथ प्रेसमा जान थालेँ । प्रुफ हेर्ने, न्युज बनाउने, सम्पादकीय लेख्ने, अरुले पठाएको समाचारमा भाषा मिलाउने काममा शुरू भयो ।

    साँझ पर्न लाग्दामात्र घर फर्कन थालेँ । र, बिहान घरमै लेख्थेँ । हत्तपत्त भात खायो र हिँडिहाल्यो प्रेसतिर । म अति ब्यस्त भएँ । तर, मलाई मनमनै आनन्द लाग्थ्यो । एउटा नयाँ काम सर्वाङ्गिण पत्रकारितामा लाग्दा एक्लै सबै सम्पन्न गरिराखेको थिएँ र अखबारले बजार मज्जैले लिँदै गएको थियो ।

    मेरोमात्र हैन, पिताजी मातृकाप्रसाद कोइरालाको लेख पनि त्यसमा प्रकाशित भयो । मैले आफूमाथि झन्झन् गर्व गर्न थालेँ । त्यस समय म भर्खर २०-२१ वर्षको थिएँ र मेरो बिएको अन्तिम फाइनल परीक्षा बाँकी थियो । मेरो नाम सम्पादक मण्डलमा कहीँ थिएन । तर, म अदृश्य प्रधान सम्पादक थिए ।

    सम्पादन मण्डलका चारैजनाले त्यस समय नेकपा ‘नवीन विचार’ भन्ने पार्टी खोल्न नेपाल कम्युनिष्ट पार्टी छाड्नुभएको थियो । तर, मैले छाडेको थिइनँ । नेपाल कम्युनिष्ट पार्टीभित्रै संलग्न थिएँ । पत्रकारिता रमाइलो लाग्दै गएकोले संगठन बेग्लै भए पनि म उहाँहरुलाई साप्ताहिक प्रकाशन गर्न सघाउँथे ।

    निर्वाचनको तयारी गर्न पूर्वको पहाड भ्रमण गरेर फर्किने क्रममा विराटनगरमा गणेशमान सिंहको संक्षिप्त अन्तर्वार्ता पनि लिएँ । उहाँलाई सोधेँ, ‘कांग्रेसपछि त कम्युनिष्ट पार्टी नै होला नि ?’ उहाँले मलाई मानसिक धक्का पुग्नेगरी जवाफ दिनुभयो, ‘कम्युनिष्ट छैनन्, हाम्रो प्रतिस्पर्धी गोरखा परिषद् हुन् ।’

    नभन्दै २०१५ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई स्थान जित्यो भने गोरखा परिषद् १९ सीटका साथ दोस्रो भयो । तेस्रोमा डा. केआई सिंहको संयुक्त प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी चार सीटसहित चौथो स्थानमा रह्यो । त्यसमध्ये रौतहटबाट दुई, पाल्पाबाट एक र पाटनबाट एक सीट कम्युनिष्ट पार्टीको थियो । रौतहटबाट शेख फर्मान र हरदयाल महतो, पाल्पाबाट कमलराज रेग्मी र पाटनबाट तुल्सीलाल अमात्यले मात्र जित्नुभयो । सबैभन्दा दुःखद् घटना, कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले गणेशमान सिंहसँग प्रतिस्पर्धामा पराजय व्यहोर्नुभयो ।

    चुनाव हुनु केही महिनाअघि नै म फाइलन जाँच दिन र तयारी गर्न काशी, वाराणशी गइसकेको थिएँ । चुनावमा उम्मेदवारहरुको प्रचार सामाग्र्री झनै नाफापूर्वक छाप्न बिराटनगरको त्यस समयका जम्मा दुई प्रेसले नै जनमत पत्रिका छाप्न मानेनन् । यसर्थ केही समय जनमतको प्रकाशन स्थगित भयो ।

    २०१९ मा नेकपाको तेस्रो महाधिवेशनबाट म पूर्ण केन्द्रीय सदस्य निर्वाचित भएँ । त्यहीँ कमिटीमा कमरेड पुष्पलाल, तुल्सीलालहरु हुनुहुन्थ्यो ।

    त्यसबेला कलेज पढ्दै थिएँ । उमेर २४ वर्षको थियो । मलाई पार्टीजत्तिकै पढाईप्रति पनि चिन्ता थियो । महाधिवेशनबाट तुल्सीलाल प्रचार विभाग प्रमुख हुनुभयो, पुष्पलाल प्रवचन विभागको प्रमुख । २०१५ सालमा जनमतको अदृश्य सम्पादक भएको अनुभव मसँग थियो । त्यही अनुभवका आधारमा ‘कम्युनिष्ट बुलेटिन’ को अदृश्य सम्पादक भएँ र एलएलबी अध्ययनका निम्ति हरिशच्चन्द्र डिग्री कलेजको सन्ध्याकालीन कक्षामा ५ देखि ८ बजेसम्म पढ्न थालेँ ।

    ‘अदृश्य सम्पादक’ का रूपमा यो मेरो दोस्रो अनुभव थियो । यसले ममा ‘पत्रकार हुनसक्छु र पत्रकारिता गर्न सक्छु’ भन्ने आत्मविश्वास जगायो । यद्यपि, घोषित रुपमा सम्पादक नै बन्न धेरै वर्ष लाग्यो ।

    पञ्चायतकालमा कतिपय अखबारमा आफ्नै र कतिपयमा छद्म नाममा लेखहरू लेखियो । व्यवस्थाविरोधी लेख लेखेर पैसा आर्जन गर्नु सम्भव थिए । बरु, ज्यान जोगाउने चिन्ता हुन्थ्यो । त्यति हुँदा पनि म लेखनमा टिकेँ ।

    किनभने, मेरा लागि जीवनयापनको भरपर्दो व्यवस्था वकालत पेशाले गरेको थियो । विराटनगरमा भरतमोहन अधिकारी र मैले मिलेर ल फर्म चलाएका थियौं ।
    २०४६ सालको जनआन्दोलनमा म नेकपाको पुष्पलाल समूह, अर्थात् माक्र्सवादी पार्टीमा थिएँ । २०४७ सालमा मालेसँग एकता भएर हामी एमाले भयौं । मालेसँग एकता भएपछि मनमोहन अधिकारी, साहाना प्रधान, भरतमोहन अधिकारीसहितका नेताले मात्रै पार्टीमा राम्रो भूमिका पाउनु भएन । मैले पनि राम्रो काम पाएँ ।

    २०४८ मा नेकपा (एमाले) सँग आवद्ध दृष्टि साप्ताहिकको प्रधान सम्पादक बनाइएँ । महासचिव मदन भण्डारीको आग्रहमा त्यो जिम्मेवारी स्वीकारेँ । मदनले भन्नुभयो, ‘यो काम तपाईंले नै गर्नुपर्‍यो । अरुबाट चल्दैन ।’

    मैले उहाँको बचन हार्न सकिनँ । किनभने, एकचोटि मैले उहाँको बचन हारिसकेको थिएँ, २०४७ सालमा । २०४८ सालको वैशाखमा हुने आम निर्वाचनका लागि उहाँले मलाई चैत महिनामै भन्नुभएको थियो, ‘तपाईं धनकुटामा चुनाव लड्न जानुस् ।’

    मोरङ-सुनसरीबाट भनेको भए मान्थेँ होला । तर, धनकुटा भनेपछि अप्ठेरो लाग्यो । तत्कालिन माक्र्सवादीको जग धनकुटामा राम्रो थिएन र आत्मविश्वासको कमीमा मैले मदनको कुरा मान्न सकिनँ । तर, दृष्टिमा प्रधान सम्पादक बन्ने कुरा मान्न नसक्ने ठाउँ मैले भेटिनँ र काम सम्हालेँ ।

    यो पनि अप्ठेरोकै कुरा थियो । किनभने, मैले र भरतमोहनले विराटनगरमा संयुक्त रुपमा ल फर्म खोलेर वकालतको काम गरिरहेका थियौं । बहुदल आएपछि दुबैजना काठमाडौंमा बस्नुपर्ने । ल फर्म बन्द गर्नुपर्ने भयो । धेरै वर्ष विराटनगरको जिल्ला अदालत अगाडि हाम्रो नाम भएको साइन बोर्डमात्रै हल्लिरह्यो, हामी त्यहाँ रहेनौं । हाम्रो नाममा त्यहाँ अरु वकिलहरुले धेरै वर्ष काम गरे । अन्ततः त्यो फर्म नै बन्द भयो ।

    २०५१ को मध्यावधि निर्वाचनमा पार्टीले मलाई चुनावमा उठाउने भयो, मोरङ, क्षेत्र नं. ६ बाट । २०४८ को आम चुनावमा डा.श्यामलाल तबदारले जितेको क्षेत्र । फेरि उनै प्रतिस्पर्धी । उनी एकदमै पैसावाल मान्छे । मसँग त्यति पैसा नभएको । जिते पनि हारे पनि पार्टीले उठाइहाल्यो भनेर विराटनगर गएँ । चुनाव जितेँ । त्यसपछि दृष्टिको प्रधान सम्पादक पद छाडिदिएँ ।

    त्यही साल दृष्टिबाट अलग भएको एउटा समूहले जनआस्था निकाल्यो । मलाई शुरुदेखि नै सल्लाहकार बनाएर प्रिन्ट लाइनमा नामै छापियो । सम्पादकबाट बढुवा भएर सल्लाहकार भइयो कि भन्ने लाग्थ्यो । त्यस्तो होइन रहेछ । केही महिनापछि पार्टीका नेताहरुले लगालग गाली गर्न थालेपछि झस्किएँ ।

    मैले भनेँ, ‘मेरो नाम केबल मेरो लेखमा मात्र रहनेछ । सम्पादक मण्डलमा केही रहने छैन । किनभने, हामी अलग–अलग राजनीतिक संगठनमा छौँ ।’ उहाँहरुले खुशीसाथ भन्नुभयो, ‘यो तपाईंको तर्फबाट हाम्रा लागि ठूलो यहशान (साथ) हुनेछ ।’

    जनआस्थालाई एमालेको समाचार कसले समाचार दिन्थ्यो र छापिन्थ्यो, मलाई थाहा हुँदैनथ्यो । नेताहरुले शंकाचाहिँ मलाई गर्न थाले । कतिपय नेता रिसाए पनि । पछि सल्लाहकारबाट नाम हट्यो । लेख्नचाहिँ छाडिनँ ।

    जनआस्थासँगै साँघुमा लेख्न थालेँ । थालेको समयदेखि अनवरत लेख्दैछु ।

    सम्पादक र प्रधान सम्पादकको जिन्दगीबाट बिदा भएँ भनेको थिएँ, तर फेरि प्रदीप नेपालले अर्को जिम्मा भिडाइदिनुभयो । उहाँ प्रचार विभागको प्रमुख हुँदा २०६० सालतिर रोडम्याप साप्ताहिकको प्रधान सम्पादक बन्न पठाउनुभयो । ‘अब त म सक्दिनँ, पुग्यो’ भनेको थिएँ । प्रदीपले मान्दै मान्नुभएन । भन्नुभयो, ‘काम केटाहरूले गर्छन्, नाममात्रै राख्ने हो ।’ यसरी अन्तिम चोटिको प्रधानसम्पादक हुन गएँ । त्यहाँ नयाँ पुस्ताका नयाँ पत्रकारसँग काम गर्न पाइयो । एकदमै आनन्द लाग्यो ।

    २०५१ को मध्यावधि निर्वाचनमा पार्टीले मलाई चुनावमा उठाउने भयो, मोरङ, क्षेत्र नं. ६ बाट । २०४८ को आम चुनावमा डा.श्यामलाल तबदारले जितेको क्षेत्र । फेरि उनै प्रतिस्पर्धी । उनी एकदमै पैसावाल मान्छे । मसँग त्यति पैसा नभएको । जिते पनि हारे पनि पार्टीले उठाइहाल्यो भनेर विराटनगर गएँ । चुनाव जितेँ । त्यसपछि दृष्टिको प्रधान सम्पादक पद छाडिदिएँ ।

    २०६४ सालमा सहाना प्रधान परराष्ट्र मन्त्री भएपछि कमरेड माधव नेपालले मलाई दक्षिण कोरियाका लागि राजदूत भएर जानुपर्ने भन्नुभयो । पहिला मदनको बचन हार्न नसकेजस्तै भयो, माधवको बचन ।

    उहाँसँग २०५९ सालमा एउटा अटेरी गरेको थिएँ । उहाँले मलाई बायोडाटा लिएर बल्खुको पार्टी अफिसमा बोलाउनुभयो । ‘किन’ भनेर सोधेको, ‘मन्त्री हुन जानुस्’ भन्नुभयो । म गइनँ । न नगएपछि कमल चौलागाईं वा कोही कमरेडलाई उहाँले पठाउनुभयो । त्यसैले फेरि राजदूत भएर जानुस् भन्दा नमान्ने अवस्था पनि भएन ।

    त्यसपछि रोडम्यापको प्रधानसम्पादक छाडिदिएँ । यद्यपि, उक्त पत्रिकामा २०७८ सालसम्म प्रधान सम्पादकका रुपमा मेरै नाम छापिन्थ्यो, कामचाहिँ पहिल्यै छाडेको थिएँ ।

    परराष्ट्र मन्त्रीका रूपमा सहाना प्रधानको कार्यकाल सकिएपछि दक्षिण कोरियाको राजदूतबाट फर्किन पाइएला भनी खुशी भएँ । २०६५ सालमा एमालेको अठौं महाधिवेशनको मौका छोपेर काठमाडौं आउँदा पार्टीकै कुनै भूमिका मागेँ । ‘राजदूत भएको मान्छेलाई के को भूमिका ?’ सबैजसो नेताले यसै भन्नुभयो ।

    त्यसबेला मेरी बहिनी सुजाता कोइराला परराष्ट्रमन्त्री थिइन् । अरु देशमा पठाइएका सबै राजदूत फिर्ता भए, म भइनँ ।

    राजदूतको दोस्रो कार्यकाल पूरा गरेपछि म फर्किएँ । फेरि लेख्न थालेँ ।

    यसरी मेरो पत्रकारिता आज पनि अनवरत छ । मेरो लागि लेख्नु भनेको नशा नै भएको छ, मनोरञ्जन पनि यही हो । गर्न नसकेका कतिपय कुरा लेखेर मजा लिन्छु । यसरी म अझै लेखिरहेको छु ८६ वर्षमा ।

    (विश्वमणि सुवेदीद्वारा सम्पादित ‘समाजवादी प्रेस- २०८०’ को सम्पादित अंश)

  • बिर्सनै नसकिने वसन्ती हाइकिङ

    बिर्सनै नसकिने वसन्ती हाइकिङ

    ऋतुहरू कहिल्यै थाक्दैनन् ।
    मान्छेमात्र थाक्दछ ।
    ऋतु चलिरहन्छ । मान्छे केही समय चलेर रोकिन्छ ।
    ऋतुहरू उहीँ आइरहन्छन् । मान्छे भने एकपल्ट गएपछि उहीँ बनेर कहिले आउने ?

    प्रकृतिको लागि मान्छे र मान्छेको लागि प्रकृति हो । यसैको लागि सिर्जना गरेको होला मान्छे, प्रकृति र ऋतुहरू ।

    यो समय वसन्त ऋतुको समय हो । वसन्त ऋतु त झन् ऋतुराज भयो । यो समयमा त थाकेको मान्छे पनि उठ्ने खालको मादकता हुन्छ मौसमको । रुखहरू पल्लवित भैरहेका हुन्छन् । एक रुखले एक हैन अनेक रङ्ग देखाइरहेका हुन्छन् । फूलहरू फुलिरहेका हुन्छन् । फूलले वासना फैलाइरहेको छ । वासनाले भमरा र पुतलीलाई आर्कषित गरिरहेका हुन्छन् । लहलहाउँदो र हलहलाउँदो पल्लवाङ्कुर समयले प्रफुल्लित भैरहेको हुन्छ मन ।

    मनको मादकता मदमस्त थियो । घरमा हेरे । परेवाले खुशी भएर पृथ्वीमा मेरा सन्तान आए भन्दै बच्चा खेलाइरहेको देखें । अफिसमा गएँ । कागहरू र ढुकुरहरू मग्न भएर बच्चा कोरल्न गुँडको इन्जिनियरिङ गरिरहेका हेरें । गमलामा पुतली र भमरा भुनभुन गरिरहेका छन् । फागुको दिनदेखि आएको वसन्त ऋतुले फागुमा खेलिने सात रङ्ग जस्तै इन्द्रधनुषी समय बनाइरहेको छ । अचानक कवि सिद्धिचरण श्रेष्ठले कोर्नुभएको ‘वसन्त’ नामक कविताको याद आयो ।

    समस्त माधुर्य लिएर साथमा ।
    छरेर सौन्दर्य विशाल विश्वमा ।।
    वसन्त मेरै हितमा निमग्न भो ।
    अहो ! छ कस्तो रसरागयुक्त यो ।।

    गमलामा पुतली र भमरा भुनभुन गरिरहेका छन् । फागुको दिनदेखि आएको वसन्त ऋतुले फागुमा खेलिने सात रङ्ग जस्तै इन्द्रधनुषी समय बनाइरहेको छ । अचानक कवि सिद्धिचरण श्रेष्ठले कोर्नुभएको ‘वसन्त’ नामक कविताको याद आयो ।

    यी सबै हेर्दा लाग्यो- ओहो ! गजब समय छ यो । हाइकिङ नगएको पनि तीन हप्ता भैसकेको थियो । वसन्त ऋतुको हाइक जाऔं न त भनेर यसो ह्याप्पी हाइकर्सको पेज खोलेर हेरें । त्यहाँ देखियो- ग्वाभञ्ज्याङ, बेथानचोक नारानथान, च्यासिंगखर्क हुँदै कामीडाँडासम्मको हाइकिङ । मित्र राजारामलाई नाम हाल्न भनें । उसले नाम हालिदियो । हेर्दाहेर्दै हाइकिङमा त जुलुस देखिन थाल्यो । ३२ जना एक गाडीमा हाल्थ्यो । एकै दिनमा भरियो । तीन दिनपछि शुक्रबार आउँदा त ८२ जना देखिए । नाम पढें । मेरो जन्मथलो मूलपानीबाट राजाराम फुँयाल, उसकै छोरा नमन, नातामा मेरो ज्वाइँ नरेश फुँयाल, मेरै भान्दाइ सान्दाइ हरिशरण फुँयाल, मेरै दाजुहरू भुवन ढकाल, मधुसुदन ढकाल देखें । समाचारपत्रमा काम गर्दाको बहिनी रीता सापकोटाका श्रीमान नातामा ज्वाइँ निरज गौतम पनि देखें ।

    देखें अरु नामहरू सुदर्शन गौतम, किरण पोखरेल, विन्दा चौलागाईं, आशिष श्रेष्ठ, राजकुमार श्रेष्ठ, सजिता कटुवाल, मनिषा राउत, अप्सरा आले, अस्मिता कार्की, पदमराज आचार्य, सरिता महर्जन, विवश श्रेष्ठ, अनिल श्रेष्ठ, सञ्जय श्रेष्ठ, हिमांशु बडाल, सनतकुमार रेग्मी, तेम्बा शेर्पा, महिमा घिमिरे र निमिष घिमिरे । यो ग्रुपमै पहिले जाने गर्दथें, तर आज धेरै मान्छे भएकाले यो गाडी चाबहिलबाट चप्पल कारखाना नआउने भएछ । यसलाई ह्याप्पी हाइकर्सले एक नम्बर रुटमा राखेछ । मूलपानीबाट सुरु भएर चाबहिल हुँदै कोटेश्वर, भक्तपुर हुँदै अगाडि लाग्ने भनेर सूचना दिएको थियो ।

    म दोस्रो नम्बर रुटको गाडीमा परें । जसमा ह्याप्पी हाइकर्सका प्रदीप कँडेल र निराकार श्रेष्ठ टोली लिडर थिए । चाबहिलबाट आउने यो गाडीमा सावित्री श्रेष्ठ, म कवि डंगोल, मीना थापामगर, राम श्रेष्ठ, भोला खनाल, विकास खत्री, राजु मानन्धर, गोविन्द श्रेष्ठ, सुमन मानन्धर, अशोक बोहरा, नवराज अर्याल, कृष्णकुमार थापा, दीपक ढुंगाना, किरण ओझा, सहदेव गुरुङ, अमित बलामी, ओमप्रकाश गुरुङ, मनोज राजभण्डारी, सविना राजभण्डारी, सुशील खरेल, राजन बराल, रननिश थापा, अञ्जना कार्की र अनोज कायस्थ गरी २९ जना थिए ।

    रुट नम्बर ३ को गाडीमा राम थापा, प्रकाश आचार्य, अरुण मोक्तान, राजेन्द्र भण्डारी, सुमन लुइँटेल, प्रतिभा दाहाल, बमबहादुर थापा, अर्जुन गौली, नारायण अधिकारी, नुमानन्द बेलबासे, मीना बेलबासे, ऋषभराज आचार्य, रश्मि बराल, सुवास तामाङ, सन्ध्या आचार्य, विष्णुहरि पण्डित, मुना आचार्य, प्रेमबहादुर थापा, कृष्ण थापा, ए थापा, कुमारविक्रम पाण्डे काजी, प्रमिला खड्का, अप्सरा कार्की, गीता, मञ्जु र दुई विदेशी स्वीजरल्यान्डका आर्नाैड , आयरल्यान्डका नाइल थिए । रुट नम्बर ३ को गाडी भने बालाजु, वनस्थली हुँदै कलंकी, त्रिपुरेश्वर भएर भक्तपुर आउँथ्यो । विदेशी पनि यो हाइकमा समावेश भएको यो पहिलो पल्ट थियो ।

    राजावादीले राजा ल्याउन गरेको आन्दोलनको मारमा दुई जना अनाहकमा मरे । भैरव रिसाएको ठाउँ जस्तै भयो तीनकुने । कफ्र्यु लाग्यो । बेलुकासम्म हालेको कर्फ्यु  भोलि के हुने भन्ने त्रास थियो । त्यहाँ कमेन्ट पढिरहेको थिएँ । भोलि के हुने ?

    शनिबारको हाइकिङ थियो । शुक्रबार नफाप्ने देशमा फेरि शुक्रबार नै रणसंग्राम भयो । दरवार हत्याकाण्डलगायत धेरै काण्ड शुक्रबारै भएको यो देशमा चैत १५ गते शुक्रबार तीनकुने काण्ड भयो । राजावादीले राजा ल्याउन गरेको आन्दोलनको मारमा दुई जना अनाहकमा मरे । भैरव रिसाएको ठाउँ जस्तै भयो तीनकुने । कफ्र्यु लाग्यो । बेलुकासम्म हालेको कफ्र्यु भोलि के हुने भन्ने त्रास थियो । त्यहाँ कमेन्ट पढिरहेको थिएँ । भोलि के हुने ? बिहान ७ बजेसम्म कर्फ्यु थपे पनि जाने भन्ने भयो । लौ त भनेर ९ बजे नै सुतें । बिहान ४ः३० मा उठेर ५ः२५ को गाडी समाउन चप्पल कारखाना हिँड्दै पुगें । ह्याप्पी हाइकर्सका प्रदीप कँडेल र निराकार श्रेष्ठले गाडी एकैछिनमा ल्याए । सुरु भयो- एकपछि अर्काे मान्छे थपिने क्रम । चक्रपथ, बसुन्धरा, गोंगबु, कपुरधारा, लैनचौर, बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर हुँदै साँगामा साथी गाडी भेटेर अगाडि बढ्यो टोली ।

    हामी नेपालीहरूको अहिलेसम्म संस्कृति राम्रै छ । अरुको दुःख हुँदा आफ्नो सुख देखाउनै नसक्ने धेरै छौं । हामी हाइकिङमा रमाउन हिँडेका थियौं । सँगसँगै हिजोको राजावादीको आन्दोलनले अनाहकमा मान्छे मरेको कुराले सबैलाई पोलिरहेको थियो । गाडीमा बाटोमा पनि कुरा ग¥यौं । त्यसैले त्यो दिन बिहान पनि मान्छेहरू बाटोमा त्यति देखिएनन् । सामाजिक सञ्जाल पनि दुःखले नै रंगिरहेको थियो । बिहान सेनाको बख्तरबन्द गाडी सडकमा यत्रतत्र थियो । हरिया गाडी हरियो पोशाकमा सजिएका आर्मीले भरिभराउ बानेश्वरदेखि तीनकुने क्षेत्र युद्धग्रस्त जस्तै अशान्त देखिएको थियो ।

    ७ नबजी नखुल्ने कर्फ्यु भने पनि हामीलाई कसैले रोकछेक गरेन । निरन्तर गाडी अगाडि बढ्दै गयो । बनेपा, पनौती, खोपासी हुँदै अगाडि बढ्दै गयो । बेथानचोक गाउँपालिका हार्दिक स्वागत गर्दछ भन्ने बोर्डबाट भित्र लागियो । बाढीले ल्याएको वितण्डाले घरहरू पूरै ढुंगैढुंगामात्र भएको नदीमा देखियो । असोजमा आएको बाढी चैतमा बिर्सेर हाँस्दै थिए गाउँलेहरू । शहरका मान्छेलाई सानो कुराले एन्जाइटी, फ्रस्ट्रेशन, डिप्रेशन हुन्छ, यहाँ गाउँका मान्छेको खेत, घर, बारी र वस्तुभाउ बगाएको छ । तैपनि ती सबै बिर्सेर सामान्य दिनचर्या बिताइरहेको देख्दा खुशी लाग्यो । उनीहरू मेरो लागि प्रेरणास्रोत बने बनिरहे । बिहान ५ः२५ मा चढेको गाडी बेथानचोक पाटीखर्क पुग्दा ७ः४८ भएको थियो । खोलैखोलाको बाटो गाडी गुड्दै गयो पार्थली । अगाडि बढ्दै ढुंखर्कमा पुग्दा बिहानको खाजाको व्यवस्था थियो । कोदाको पाउरोटी, अण्डा, तरकारी, दूध ! त्यो खाएपछि फेरि बसमै केही बेर हिँडियो र आयो ग्वाभञ्ज्याङ ।

    बिहान ९ः१५ मा हिँड्दा लगभग एक जुलुस झैं लाग्यो । धुलो उडाउँदै एकपछि अर्काे गर्दै हिँडिरहेको थियो टोली । हरियो बोटमा रातो गुराँस देखिएपछि सबै फोटो खिच्न लागे । माथि रातो गुराँस तल बाटोमा नीलो फूलैफूलको गलैंचाबाट हिँड्दा आकाशबाट पुष्पवृष्टि भए झैं लागिरहेको थियो । उकालो, ओरालो, भञ्ज्याङ, चौतारो, वनजंगल हुँदै हिँड्दै जाँदा देखें- वन त डढेलोले सखाप पारेको रहेछ । राताम्मे हुने गुराँसे जंगल त कालाम्मे भएको रहेछ । बोटहरू त आगो लागेपछि छाडेको खण्डहर घरहरू जस्तो पहेलपुर भएर सुकेका रहेछन् ।

    शहरका मान्छेलाई सानो कुराले एन्जाइटी, फ्रस्ट्रेशन, डिप्रेशन हुन्छ, यहाँ गाउँका मान्छेको खेत, घर, बारी र वस्तुभाउ बगाएको छ । तैपनि ती सबै बिर्सेर सामान्य दिनचर्या बिताइरहेको देख्दा खुशी लाग्यो । उनीहरू मेरो लागि प्रेरणास्रोत बने बनिरहे ।

    कसैले भन्यो- ‘हेलिकप्टर आएर निभायो यो जंगल, तीन दिन लाग्यो निभाउन ।’

    वनले बोले झैं लाग्यो- ‘मान्छे किन यस्तो हुन्छ ? मै नभई हुँदैन यिनलाई । तैपनि मलाई आगो लगाउँछन् ।’

    म झसंग भए, के भनेको भनेर !

    उसले फेरि भन्यो- ‘न चराचुरुँगी रहे, न हरियो रहयो न त फूल रहयो ! के गर्ने यो मान्छेलाई ?’

    रुखको प्रश्नको उत्तर नदिएर म निरुत्तर हिँडिरहें ।

    हामी त्यही वनमा हिँडेर ‘जंगल वाथ’ गर्न लागेका थियौं । जापानीहरू ठान्छन् । जंगलमा मान्छेलाई चाहिने शुद्ध तेल निक्लन्छ । जंगलमा हिँड्दा त्यो तेल निस्कन्छ । र, त्यसले नुहाउँदा जिउ शुद्ध हुन्छ । कोही थाहा पाएर, कोही नपाएर यही गर्न हिँडेको थियो, तर खरानी र कालाम्मेले हाम्रो मन पनि विचलित पारेको थियो ।

    हिँड्न हिँडेका थियौं । हिँड्दै जाँदा सेता, राता, रातो र सेतो मिसिएका गुराँसहरू देखिँदै गए । आँखालाई शीतल दिइरह्यो । शरीरलाई स्फुर्ती दिइरह्यो । अक्करे भीरहरू हेर्दै, अग्लो रहेको पहाडलाई कुल्चेर झन अग्लो हुँदै हामी हिँडिरह्यौं । बाटोमा थली जस्तो ठाउँ आएपछि, जस्ताले बनाएको पाटी जस्तो ठाउँ आएपछि आफूसँग भएको नट्स, फलफूल, पानी ब्रेक गर्दै हामी उकालो उक्लिरहेका थियौं । कुसादेवी फूलचोकी मार्गको डोजर बाटो नभई हामी हाम्रै बाटो लाग्यौं । काउँलेपाखोको सिँढी हुँदै बाँझधारी पुगियो । सेती भीरको ओरालो बाटो हुँदै गैरीझ्याङ पुग्यौं । थोरै तेर्साे बाटो हिँडेपछि सेती भिरको कडा उकालो आयो ।

    पसिना र उकालोको प्रियतम सम्बन्ध छ । पसिना र पहाडी हावाको उच्चतम सम्बन्ध छ । उकालोको पसिना हावाको झोक्काले हान्दा शरीरमा स्फुर्ती आइरहेको थियो । उकाली-ओराली हुँदै हामी देउराली आइपुग्यौं । हिँड्दै गयौं, गैरी भञ्ज्याङ पुग्यौं । डाँडा पार हुने भञ्ज्याङहरू मलाई साह्रै मनपर्छ । हरेक भञ्ज्याङका आफ्नै विशेषता हुन्छन् । दुईतिर पहाड र माझमा होचो ठाउँ भएको यो घाटीमा आएपछि आनन्द आउँछ । जन्मेको मूलपानीमा पनि भञ्ज्याङ छ । बाटो पिच नभएको समयमा भञ्ज्याङमा पानी परेर हिलो चिप्लो भएको सम्झँदा सबै भञ्ज्याङ यस्तै हो कि भन्ने लाग्थ्यो, तर धेरै भञ्ज्याङ पार गरेपछि थाहा पाए सबै सधैं समय कहाँ त्यस्तो हुँदो रहेछ र ! जीवनको भञ्न्ज्याङ, प्रकृतिको भञ्ज्याङभन्दा धेरै फरक हुँदो रहेछ । थाप्लेको उकालो थाप्लो समाउँदै उक्लेर बुद्ध पार्क पुगियो । नारायणस्थान जाने बाटोमा पर्ने बुद्ध पार्कमा पनि बसेर फोटो भिडियो बनाइयो । बौद्ध र हिन्दू मिलेर बसेको झलक यहाँ पनि देखिन्छ । बुद्ध पार्क २,९५० मिटर उचाइमा थियो ।

    उकाली-ओराली हुँदै हामी देउराली आइपुग्यौं । हिँड्दै गयौं, गैरी भञ्ज्याङ पुग्यौं । डाँडा पार हुने भञ्ज्याङहरू मलाई साह्रै मनपर्छ । हरेक भञ्ज्याङका आफ्नै विशेषता हुन्छन् । दुईतिर पहाड र माझमा होचो ठाउँ भएको यो घाटीमा आएपछि आनन्द आउँछ ।

    आइपुगिहाल्यो, बेथानचोक नारायणस्थान । हरेक मन्दिरको आफ्नो किंवदन्ती हुन्छ र यसको पनि थियो । भक्तपुरका एक मल्ल राजाले राज्यमा संकट आएपछि भगवान नारायणलाई सम्झनुभयो । भगवान नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको र त्यही आउनु भन्नुभएछ । मल्ल राजा भगवान कहाँ बस्नुभयो भनेर खोज्दै जाँदा यही टुप्पोमा विराजमान भएको पाएपछि उनै मल्ल राजाले यस स्थानको नाम बेथानचोक नारायणस्थान राखेको बताइने बोर्ड त्यहाँ छ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेको बेथानचोक नारायणस्थान जान सिँढीहरू बनाइएको छ । रमाइलो, सुरम्य प्राकृतिक थलो रहेको यो मन्दिर र पाटी अनि त्यहाँ बनाइएको वरिपरिको दृश्य मनमोहक छ ।

    महाभारत पर्वत श्रृंखलाअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको सर्वाेच्च स्थानमा अवस्थित बेथानचोक नारायणस्थान पर्यटकीय एवं धार्मिक थलो हो । हिमाल, पहाड र तराई एकैपल्ट देखिने यो चुचुरोले हामीलाई पनि निकैबेर चुर्लुम्मै पार्‍यो । बेस्कन बादलको तालले छोपेकाले हामीले तराई र हिमाल देख्न सकेनौं, तर त्यो यत्तिकै पनि मज्जाको थियो । नारायणस्थान ३,०१८ मिटरको उचाइमा थियो । नारायणस्थान परिसरमा मासु र मदिराजन्य चिज निषेध गरेको रहेछ । तीन थरि गुराँस मज्जाले भीरमा फुलिरहेका थिए । भित्र मूर्ति नारायणको मज्जाको उज्यालो थियो । साथमा नारायण सेनाको मूर्तिहरू पनि थिए । घन्टहरू मज्जाले झुण्ड्याइएका थिए । मन्दिरकै छेउमा पाटी थियो । त्यहाँ चिया बेच्ने मान्छे बस्नुभएको थियो ।

    आजकल त युट्युब, टिकटकमा देखिन्छ मान्छे । उहाँलाई पनि धेरैले देखेका रहेछन् । भ्यू प्वाइन्टबाट केही भ्यू नदेखिएपछि पनि आएको जानकारी क्यामरालाई दिन फोटो खिच्न थालियो । ८२ जनाको हुल को कुनबेला आउने ठेगान नभएर लगभग पौने दुई घन्टा आउँदै गरेका साथीहरूलाई कुरियो । भद्रगोल मान्छेहरूको भेला जस्तै थियो । को कहाँ कसलाई कुर्ने ? को कहाँ हो ? केही थाहा नहुने, डाँडाकाँडा फोन नलाग्ने, कुर्नुको विकल्प नभएपछि मस्तै कुरियो । भएका सब पानी-खाजा खाइसकेको थियो । बल्लतल्ल कुरेको चार जना आइपुगेपछि फटाफट फोटो खिचेर उक्लेको बाटो ओर्लनु थियो । हामी झ्याप डाँडालाई कुल्चेर झर्दै थियौं । त्रिकोणीय पहराको बीचको बाटो मज्जाको थियो ।

    गुराँससँग आँखा जुधाउँदै उकालो ओरालो गरिरहँदा पुगियो- हात्तीको आकारको ठूलो ढुंगो भएको पहाड अर्थात गजराम । गजराम थुम्कोबाट देखिने दृश्यले, परिदृश्यले अन्तर्दृश्य अर्कै बनाउँछ भने पनि सबै जना थाकेका थियौं । अर्काे हुस्सुले त्यस्तै केही नदेखिने पारेको थियो । त्यसैले त्यहाँको झण्डा परैबाट हेरियो । हात्तीजस्तो थुम्को हेरियो र लागियो कामीडाँडा जाने पदमार्ग । वनको बाटो, ढुंगाको ककरा । बीचबीचमा दुई वटा बाटो आउँथ्यो । कता जाने थाहा नहुने ! मान्छे कुर्नै पर्‍यो । कुर्दै हिँड्दै जाँदा अलमल भैरह्यो । खाना खाएको छैन, पानी सकिसक्यो । लालीगुराँस मस्त फुलिरहेका छन् । समय फरक परेर होला लालीगुराँसको पनि कुनै आकर्षण लागेन । मास्लाहारी घाँसे भिर हुँदै ठूलो भिरमा भएको सिँढी ओर्लंदै अर्काे भञ्ज्याङ आइपुग्यौं । जसको नाम थियो च्याल्टी भञ्ज्याङ । ठाडै ज्यान खाने ओरालोमा खुट्टाले नै काम नगर्ने भइसकेको थियो । यता टेक्दा खुट्टा उता जाने भैसकेको थियो । यो ओरालो मलाई त मार्दी ट्रेकमा गएर फर्कंदाको सिद्दिङको ओरालो जस्तै लागेको थियो ।

    ओरालो ओर्लेपछि सम्म आउँला भन्यो अलिकति मोटारबाटोपछि फेरि उकालो चढिहाल्ने ठाउँ रहेछ यो । बाटोमा पतकरको सर्‍याकसर्‍याक आवाजले आफू हिँड्दा आफैंलाई मज्जाको धुन दिइरहेको थियो । हिँडदै जाँदा थामलेक आयो । आहा गुराँस भन्ने लाग्यो ! त्यहाँ पनि ठाडै ओरालो, तर प्राकृतिक सिँढी । एकछिन त दिक्क लाग्यो, कति उकालो ओरालो भनेर ! एक ठाउँमा गएपछि दुई बाटो आयो । सूर्य लुकिसकेको थियो । जंगली जनावरहरू पनि लुकिसकेका थिए ।

    गुराँससँग आँखा जुधाउँदै उकालो ओरालो गरिरहँदा पुगियो- हात्तीको आकारको ठूलो ढुंगो भएको पहाड अर्थात गजराम । गजराम थुम्कोबाट देखिने दृश्यले, परिदृश्यले अन्तर्दृश्य अर्कै बनाउँछ भने पनि सबै जना थाकेका थियौं ।

    हामी त्यो जंगलको बीचमा छौं । ठाडो ओरालो बाटो छ । रात पर्न थाल्यो । अघिको धुलो उडाउने त्यो हुल अहिले त चारपाँच जना आआफ्नो ग्रुपमा बाँडियो । बाटो भुलेर हो कि हिँडन नसकेर हो, मान्छेहरू भेट्नै सकिँदैन । गाउँ छैन । कहीँ केही देखिँदैन । जंगलमै अन्धकार भयो । मोबाइलको टर्च बालेका राँके भूत जस्ता भयौं हामी त ! पाँच जना हिँडेका थियौं । पछाडिको मान्छेले बाटो भुले जस्तै भयो । जंगलको बीचमा दुई बाटो भएको ठाउँमा गएर कुरियो, उनीहरू आए । लगभग १३ जना भइयो । कुर्ने बहानामा आकाशका तारा गन्ने काम गर्न थाले । भोकले पेट काउकाउ गरिरहेको थियो । साधारण बिस्कुट र मकै झिके कोही साथीले । साधारण बिस्कुट र मकै असाधारण भयो ।

    माण्डेबास र बालुवामा पनि निकै गुराँस रहेछ । जति ओर्ले पनि कामीडाँडा आउँदै आउँदैन । कति लाग्छ भनेर अगाडि गएको साथीलाई सोध्यो । अब आधा घन्टा भन्छन् । घडी हेर्‍यो अझै आउँदैन । लोथ भएको छ शरीर । आक्रान्त पारेको छ भोकले । हिँड्नुको विकल्प छैन । खुट्टा हिँड्न मानिरहेको छैन । बेथानचोकबाट उकालोओरालो गर्दै हिँडेको पौने ३ बजे वनजंगल, उकालोओरालो झर्दै चोकीडाँडा, कर्पुर महाँकाल हुँदै च्यासिङखर्क (कामीडाँडा) राति पौने ९ बजे पुगियो । खाना अमृत जस्तै भयो भोकले । खाना खाएपछि थाहा भयो । अझै केही साथी जंगलमै छन् । हराएका छन् ९ जना । गाइडलाई फेरि खोज्न पठाउने कुरा भयो ।

    जुलुस मान्छेको पछि नलागी एक गाडी म्यानेज गरेर हामी ३०-३२ जना ९ः४५ मा कालो कामीडाडाँबाट हिँडियो । थाकेको शरीर, पेटमा तातो परेको भातले भुसुक्कै निदाएछु । साढे ११ बजे बिउँझिँदा त त्यो ठाउँ सागा आएको रहेछ । बाफ रे टिपरको आतंक ! दुई साइड नै टिपरहरूले भरिभराउ हुँदोरहेछ । उसको जामले हैरान बनायो । बेलुका त यो बाटो कोही नहिँडून् झैं गर्दा रहेछन् टिपरले । हर्न, धुलो तिनीहरूको दादागिरी छलेर बल्लतल्ल कोटेश्वर आउँदा १२ बज्यो । चप्पल कारखाना ओराल्दा १२ः२५ भएको थियो । राति कसलाई बोलाउने अब ! हिँड्दै आउँदा फेरि कुकुरले लखेट्यो ।

    निभर्यका साथ हिँडेमा कुकुरले टोक्दैन भन्ने सुनेको थिएँ । निभर्य नै थिएँ पाँच वटा कुकुर आक्रामक तरिकाले आएपछि ढुंगा टिपे तिनीहरू हच्किए । अनि कसैले भनेको सुनेको थिएँ । ठूल्ठुलो स्वरले गीत गाउँदै हिँडेमा कुकुर ढुक्क हुन्छ अनि केही गर्दैन । दुई हातमा इँटाका डुठा र मुखले ठूलो स्वरमा गीत गाएँ । कुकुरहरू कराउँदै थिए, तर लखेटेनन् । अब राति साढे १२ बजे गीत गुनगुनाउँदै आफैंले आफैंसँग अन्ताक्षरी खेल्दै घर आउँदा लगभग १ बज्यो । हातखुट्टा धोएर ओछ्यानमा पल्टेथें- बिहान घडी हेर्दा त ८ बजेछ ।

  • कमल कोइरालाः प्रधानमन्त्री बुवाविरुद्ध सडकमा आउने, राजदूत हुँदा बुद्ध जन्मथलो सच्याउने

    कमल कोइरालाः प्रधानमन्त्री बुवाविरुद्ध सडकमा आउने, राजदूत हुँदा बुद्ध जन्मथलो सच्याउने

    काठमाडौं । कमल कोइराला ‘आउट अफ बक्स’ सोच्ने, बाँच्ने बागी नेता, जो वंशज कांग्रेस थिए, कम्युनिष्ट भए । बहालवाला प्रधानमन्त्रीका छोरा थिए, सडक तताउँथे ।

    बागी विचार र समूहमा जोडिने कमल कोइरालाको पछिल्लो बागी अवतार एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा पनि देखियो । उनी बलियो एमालेमा बसेनन् । माधवहरूले बनाएको कमजोर शक्ति नेकपा एसमै जोडिए । कमल एकीकृत समाजवादीमा जोडिएकैले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल सँगै देखिए । नेकपा एसको पार्टी कार्यालयमा ओली हाजिर भए ।

    कमल कोइराला गत मार्च ८ मा थापागाउँमा आफ्नो घर छेउमा भेटिँदा सकुशल देखिन्थे । ८७ वर्षका जस्ता देखिन्थेनन् उनी । रेलिङमा समाएर यताउता गरिरहेका उनी यो पंक्तिकार फेसबुक साथी भएको थाहा पाएर खुशी भएका थिए ।

    शिखा बुक्सले बजारमा ल्याउन भनेर कभर सार्वजनिक गरेको पुस्तक ‘बीपी, मातृका र दिल्ली’ पुस्तक कहिले आउँछ भन्दा उनी झन् खुशी भएका थिए । त्यसबेला उनले भनेका थिए, ‘नाम बीपी, मातृका र दिल्ली’मात्रै नभएर दरबार पनि जोड्नुपर्ने सल्लाह आयो । अब दरबार पनि जोडिएर आउँछ ।’

    कोइरालाले भनेअनुसारको न किताब बजारमा आएको छ न त अब उनले किताब आएपछि नेपाल प्रेसमा अन्तर्वार्ता दिन राजी भएको समय नै आउनेछ । उनै कोइरालाको आइतबार राति सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भयाे । यद्यपि नेपालको राजनीतिक, कूटनीति र कोइराला परिवारको मामिलामा उनका आउने कुराहरू धेरै छन् । आइरहनलायक कुराहरू धेरै छन् ।

    कांग्रेसबाट अलग भएर मातृकाले बनाएको फरक दल राष्ट्रिय प्रजा पार्टीबाट महेन्द्रलाई रिझाएर प्रधानमन्त्री भएका थिए उनी । त्यही बेला कमल कोइराला भने सडकमा थिए । उनी वंशज कांग्रेस परिवारका थिए, तर कम्युनिष्ट भएका थिए । बाबु मातृकाप्रसाद सिंहदरबारमा थिए, तर उनी सडकमा ।

    प्रधानमन्त्री बुवाविरुद्ध सडकमा आउँदा न्यू योर्क टाइम्समा समाचार

    मातृका कोइराला प्रधानमन्त्री थिए । उनी कांग्रेसका प्रधानमन्त्री भने थिएनन् । कांग्रेसबाट अलग भएर मातृकाले बनाएको फरक दल राष्ट्रिय प्रजा पार्टीबाट महेन्द्रलाई रिझाएर प्रधानमन्त्री भएका थिए उनी । त्यही बेला कमल कोइराला भने सडकमा थिए । उनी वंशज कांग्रेस परिवारका थिए, तर कम्युनिष्ट भएका थिए । बाबु मातृकाप्रसाद सिंहदरबारमा थिए, तर उनी सडकमा ।

    विसं.२०११ माघ ४ (सन् १९५५ जनवरी १७) मा त उनी सडकमा आएको नाममा पक्राउ परे । पक्राउको समाचार बेलायती समाचार एजेन्सी रोयटर्सले बनायो । अमेरिकी अखबार न्यू योर्क टाइम्सले माघ ५ (सन् १९५५ जनवरी १८)मा समाचार बनायो । समाचारको शीर्षक थियो, ‘नेपालमा बाबुको सत्ता पल्टाउन आन्दोलन गर्ने छोरा पक्राउ ।’

    प्रधानमन्त्री मातृकाप्रसादका १८ वर्षका छोरा कम्युनिष्ट कमलले यस्तो आन्दोलन गरेको भनेर समाचारमा चर्चा गरिएको थियो । बाबु मातृकाप्रसादसँग कमलको आत्मीयता थियो । त्यही भएर उनले आफू राजदूत हुँदा नेपालको सात सालको क्रान्तिका कमान्डर तथा पहिलो नागरिक प्रधानमन्त्रीका पुत्र भनेर सगर्व चिनाउँथे ।

    दक्षिण कोरियाको राजदूत हुँदा उनले आफ्ना पिता अमेरिकाको राजदूत भएको साइनो जोडेर चर्चा गर्थे । राजनीतिक रूपमा भने उनी भावुक थिएनन् । बाबु मातृकाभन्दा बीपी नै सही भएको हाकाहाकी भन्थे । जस्तैः ११ वर्ष अगाडि सौर्य दैनिकमा प्रकाशन भएको एक सामग्रीमा कमल कोइरालाले बीपीको तारिफ गरेर भनेका थिए, ‘बीपी सरकारमा भए देशको समृद्धि हुने देखेर नेहरूले राजामार्फत खेले । त्यतिबेला मातृका कोइराला नेपाली राष्ट्रिय कांग्रेसको सभापति हुनुहुन्थ्यो । राजालाई पनि ‘देशको सबैभन्दा ठूलो पार्टीको सभापतिलाई मन्त्रीमण्डल गठनको लागि बोलाइबक्सेका छौं’ भन्न सजिलो भयो ।’

    कमल राजदूत भएर गएपछि दक्षिण कोरियाको विद्यालयको पाठ्यक्रममा बुद्धको जन्मथलोको नाम नेपाल थिएन, भारत थियो । यसले पोल्यो कोइरालालाई । र, उनले त्यहाँका तत्कालीन राष्ट्रपति लि म्युङ बकलाई एक खुलापत्र लेखे । कोरियाली मिडियाहरूले स्थान दिएको पत्रले प्रभाव देखायो । अन्ततः पाठ्यक्रम सच्चियो ।

    दक्षिण कोरियाली राजदूत हुँदा बुद्ध जन्मभूमि सच्याउन पहल

    सन् १९६१ बाट १९६४ सम्म नेपालका प्रधानमन्त्री भइसकेका तथा सात सालका क्रान्ति कमान्डर मातृकाप्रसाद कोइराला अमेरिकाको लागि नेपाली राजदूत भए । प्रधानमन्त्री भएको मान्छे राजदूत नहुने भन्ने चैँ होइन । जस्तो अहिले अमेरिकाका लागि अस्ट्रेलियाली राजदूत केभिन रड पनि पूर्वप्रधानमन्त्री नै हुन् ।

    अमेरिकाका लागि तथा संयुक्त राष्ट्रसंघका लागि नेपालको राजदूत भएका मातृकापुत्र कमल कोइराला त्यसको झण्डै आधा शताब्दी पुग्न लाग्दा राजदूत भएका थिए । सन् २००७ बाट २०११ सम्म उनी दक्षिण कोरियाको प्रथम आवाशीय नेपाली राजदूत भएका थिए ।

    कमल राजदूत भएर गएपछि दक्षिण कोरियाको विद्यालयको पाठ्यक्रममा बुद्धको जन्मथलोको नाम नेपाल थिएन, भारत थियो । यसले पोल्यो कोइरालालाई । र, उनले त्यहाँका तत्कालीन राष्ट्रपति लि म्युङ बकलाई एक खुलापत्र लेखे । कोरियाली मिडियाहरूले स्थान दिएको पत्रले प्रभाव देखायो । अन्ततः पाठ्यक्रम सच्चियो ।

    यो कथा पूर्वराजदूत कोइरालाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव’मा उल्लेख गरेका छन् । गत मार्च ८ मा यो पंक्तिकारसँगको भेटमा यो कुरा भन्दा कोइराला प्रफूल्ल देखिए । त्यसबेला उनले भनेका थिए, ‘यस्ता सच्याउने अरु पनि धेरै देशहरू छन् । राजदूतहरू लाग्दा सच्चिन्छ ।’

  • मैले नजिकबाट चिनेका कुलमान र हितेन्द्रदेवबारे केही तथ्यगत टिप्पणी

    मैले नजिकबाट चिनेका कुलमान र हितेन्द्रदेवबारे केही तथ्यगत टिप्पणी

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तन सम्बन्धमा अहिले नेपाली समाज विभाजित देखिएको छ । पक्ष र विपक्षमा तर्क वितर्क र कुतर्कमात्र होइन सडकमा विरोध प्रदर्शन तथा झडप पनि भइरहेका छन् ।

    पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हाल नियुक्त कार्यकारी निर्देशक हितेन्द्रमान शाक्य दुवै मेरा मित्र हुन्। त्यसैले दुबैप्रति मेरो समभाव छ।

    दुबैका आ–आफ्नै विशेषता छन्। दुबैको जागिरे जीवनको विशेषता यो पनि रह्यो कि एक सरकारले नियुक्ति गर्दा अर्को सरकारले व्यक्ति फेरेर अर्को व्यक्तिलाई स्थापना गर्‍यो। तर यो श्रृंखलाको सुरुवात भने प्रचण्ड सरकारले नै गरेको हो ओली सरकारले होइन।

    विगतमा कुलमानको पहिलो कार्यकाल पूरा भएपछि नथपेको मात्र हो र कार्यविधि पूरा भएपछि हितेन्द्र देवलाई नियुक्त गरेको हो । जसलाई प्रचण्ड सरकारले अपमानजनक ढंगले काम गर्न नदिएको अवस्था थियो।

    नियति यस्तो रह्यो कि हितेन्द्रदेवको पूरा जागिर सकियुन्जेल सम्म पनि न्यायालयले उनको फिरादपत्रलाई सुनुवाई गर्ने र माग दाबीलाई जे हुन्छ किनारा वा निर्णय दिएर न्याय दिने काम गरेन। यसको पछाडि कारण के थियो न्यायका नजरलाई नै थाहा होला। यस्तो कसैलाई नपरोस्, यतिसम्म कामना गर्न सकिन्छ।

    जनताको नजरमा राम्रो काम गर्दा गर्दै पनि कुलमानको बहिर्गमन अप्रिय रुपमा किन भयो? भन्ने सबैतिर चर्चाको विषय रहेको छ। हुन त सरकारले ३ पाने कारणहरु नै दिएको देखिएको छ। ती सबै सरकारले देखाएका कारण होलान्। मेरो बुझाईमा लागेका केही कुरा पेश गर्दैछु।

    अघिल्लो सरकारको जे नीति थियो, थियो। त्यसैमा उनी नियुक्त भएका थिए। त्यसैले उचितै मान्न सकियो। तर नयाँ सरकार आएपछि उद्योगहरुलाई बिजुलीको सुविधा दिने र महसुल पनि उठाउँदै जाने नीति अख्तियार गरेपछि तदनुरुप आफ्नो कार्यशैलीलाई अनुकूल नबनाउनु, प्रयत्न नगर्नु र उल्टै मिडियामा विवादलाई फैलाउने कार्य गर्नु उचित कार्य थिएन।

    लेखा समितिले TOD Meeter को डाटा माग गर्दा प्राधिकरणले ट्रक नै पठाएको थियो। निश्चय पनि त्यो कार्य प्रमुखको निर्देशनबिना हुन सक्ने नभएको प्रष्टै छ। यो एक प्रकारले अवज्ञाको तहमा गरिएको कार्य थियो र करारमा रहेको कर्मचारीबाट यस्तो हर्कत गर्नु सुहाउने कुरा होइन।

    कर्मचारी भएर काम गर्दा वार्षिक प्रगति प्रतिवेदन समयसीमाभित्र पेश गर्नै पर्दछ। यो नियमको कुरा हो, अनुशासनको कुरा हो र करारमा नियुक्त व्यक्ति वा अधिकारीका लागि अनुबन्धित शर्त नै हो। यो पूरा भएन भने अदालतमा मुद्दा पर्दा त्यसको प्रक्रिया पूरा भएन भने भित्र जति सुकै राम्रा तर्क र प्रमाण किन नहोउन्, न्यायाधीशले “प्रक्रिया नपुगेकोले“ भनी प्रथम दृष्टिमा नै निवेदन खारेज गरिदिए जस्तै हुन जान्छ। यसले ठूलो कठिन परिस्थिति सिर्जना गरिदिन्छ।

    हालसालै भारतबाट ३२० मेगावाट विद्युत दिनको १२ घण्टा मात्र आपूर्ति हुने र बाँकी १२ घण्टा आपूर्ति नहुने भएबाट मुलुकमा फेरि लोडसेडिङ हुने जोखिम बढेको समाचारले समाज त्रस्त छ। परराष्ट्र मन्त्रीको भारत भ्रमणपछि आएको जानकारी अनुसार प्राधिकरणले सम्झौता गरेको तर कुनै ताकेता, पहल Follow up हुन नसकेकोले निर्णय नगरिएको भन्ने भारतीय पक्षको जवाफ रहेको सामाजिक सञ्जालबाट बुझियो।

    यसबाट कार्यकारी प्रमुखबाट अब जे गरे पनि मेरो अवधि सकिन लागिहाल्यो भनी लत्ता छाडेको वा हेलचेक्र्याइँ गरेको देखिन आयो। लोडसेडिङ खप्ने जोखिम रहेको अवस्थामा कार्यकारी प्रमुखले यस्तो व्यापक असर पर्ने गरी लापरबाही गर्नु हुँदैनथ्यो।

    जनताको ठूलो हिस्साले हाई हाई गरेको अधिकारीबाट यस्तो गैरजिम्मेवारी देखाइन्छ भनी अपेक्षा गरिएको हुँदैन।

    स्वाभाविक रुपमा दुवै पक्षको लागि सँगै बस्ने अब सहज वातावरण रहेजस्तो लाग्दैन। बाँकी ४ महिना अवधि पूरा गर्न दिएको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको होला। मेरो पनि मनको कुनामा लागेकै हो। तर व्यक्तिगत रुपमा लाग्नु र देशका लागि सोँच्नु अलग कुरा हो।

    कुलमान घिसिङको performance हामीले हेर्‍यौँ । अब हितेन्द्रदेवको performance को परीक्षा पनि गरौँ न।

    (नेपाल इन्जिनियर्स एशोसियनका पूर्व अध्यक्ष गुरुङ नेपाल सरकारका पूर्व सहसचिव पनि हुन्)

  • यादगार र अविष्मरणीय मुस्ताङ यात्रा

    यादगार र अविष्मरणीय मुस्ताङ यात्रा

    नेपालीलाई ‘तपाईंलाई घुम्न मन पर्ने ठाउँ कुन हो’ भनेर सोध्दा धेरैको जवाफ आउँछ–पोखरा । करिब साढे ३ वर्षदेखि पोखरामा बसिरहेको मलाई भने मुस्ताङ घुम्न जाने ठूलो रहर थियो । पोखरा बसाईंको अवधिमा मुस्ताङ जाने अवसर यसअघि नमिलेका पनि होइनन् । तीन पटक मुस्ताङ जाने मौका जुर्दा पनि विशेष कारणवस् त्यहाँ पुग्ने धोको अधुरै थियो ।

    चौथो चोटी आएको अवसर गुमाउनु पनि भएन, यसपालि घुमन्ते बन्ने जोश आयो । गण्डकी विश्वविद्यालयको ब्याचलर इन स्पोट्स म्यानेजमेन्ट (बिएसएम) का सातौं सेमेस्टरका विद्यार्थीबीच शैक्षिक भ्रमण जाने एजेन्डा बारम्बार आइरहन्थ्यो । हरेक छलफलको पहिलो नम्बरमै हुन्थ्यो मुस्ताङ ।

    तर, स्रोत र साधनको सीमितताका कारण मुस्ताङलाई छाडेर चितवन, सौराहा मोडिन खोज्दा पनि मन भने जोमसोम, कोरलातिर नै ढल्किरहेको थियो । यसपालि पनि पहिले सौराहा जाने कुरा करिब पक्कापक्की भएको थियो ।

    भ्रमणको विषयमा कुरा गर्न हामी विश्वविद्यालय पुग्यौं । रजिस्ट्रार डा. कैलाश तिमल्सिना सरसँग कुरा भइरहदा ‘मुस्ताङ जाने चाँजोपाँचो मिलोस्’ भनी मनमनै सोचिराखेको थिएँ । यो पटक सोचाइ र व्यवहारमा तादात्म्य देखियो । विश्वविद्यालयबाट बाहिर निस्कदै गर्दा हाम्रो योजना सौराहाबाट मुस्ताङतर्फ सोझियो । मुस्ताङ जाने गाडीको व्यवस्थापन गर्न दाइहरु लाग्नुभयो र म खुब उत्साहित हुँदै निवासतिर फर्किएँ ।

    गाडीसँग कुरा नमिले मुस्ताङ जान नपाउने त होइन भन्ने डर मनमा खेलिरहेको थियो । मुस्ताङ जाने गाडीको व्यवस्था भएपछि भने साढे तीन वर्षको पर्खाइ सकिएको महसुस भयो ।

    गाडी व्यवस्था गरी गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन संकायको सातौं सेमेस्टरमा पढिरहेका हामीले ८ जनासहित १० जना चैत ४ गते बिहान मुस्ताङ प्रस्थान गर्‍यौं । म्याग्दीको बेनीबाट हिँडेको केही बेरमा मुस्ताङ प्रवेश गरेको आवास हुन थाल्यो । गाडीको झ्यालबाट देखिएको दृश्य निकै मनमोहक देखिन्थ्यो ।

    म्याग्दीको रुप्से झरनाबाट हाम्रो घुमफिरको क्रम सुरु भयो । केही समय रुप्से झरना अवलोकनसँगै हामी मुस्ताङतर्फ अघि बढ्यौं । जोमसोम पुग्दा साँझको करिब ५ बजेको थियो । त्यसपछि खाजा, खाना खायौं र पहिलो दिन जोमसोममै बस्ने निधो गर्‍यौं । त्यो रात जोमसोममै बित्यो ।
    अर्काे दिन बिहान साढे ९ बजेतिर हामी जोमसोमबाट कोरला नाकाका लागि प्रस्थान गर्‍यौं । करिब ७ घन्टाको यात्रापछि कोरला पुगियो । त्यो ७ घन्टामा हामीले यात्रामात्रै गरेनौं, मुस्ताङ किन घुम्नुपर्छ भन्ने जिज्ञासाको उत्तरसमेत पायौं । मुस्ताङको भौगोलिक विशेषता नजिकबाट नियाल्ने मौका मिल्यो ।

    असहज बाटोबाट भएको असहज परिस्थितिलाई त्यो सुन्दरताले महसुस हुनै दिएन । तर, लामो बाटो र बढी उचाईमा जाँदा मन अत्तालिएको भने पक्कै थियो । अतात्तिएको मन ४ हजार ६ सय मिटरको उचाईमा रहेको कोरला नाकामा पुगेको छिनभरमै फुरुङ्ग भयो । हावाहुरी एक ठाउँमा थियो भने त्यहाँ पुग्दा मनमा छुट्टै उत्साह जागेर आयो । केही छिन नेपाल–चीन सीमाको कोरला नाकाको पिलर नम्बर २४ मा फोटो खिचेर हामीले पुनः लोमान्थाङतर्फ लाग्यौं ।

    लोमान्थाङमा केही समय अल्मलिएर कागबेनीतर्फ यात्रा सोझियो । लोमान्थाङबाट कागबेनी पुग्न ५ घन्टाभन्दा बढी समय लाग्थ्यो । लोमान्थाङबाट हिँड्दा साँझको ५ बजिसकेको थियो । लामो यात्रा हुँदा हामी एकदमै थकित थियौं । त्यस कारण हामी गन्तव्यमा पुग्न सकेनौं ।

    दोस्रो दिनको बास कागबेनी र लोमान्थाङबीचको स्याङमोचेनमा हुन पुग्यो । योजना नबनाई हिड्दा बीच बाटोमै अल्मलिनु परेको महसुस हामीले गर्‍यौं । त्यसपछि भने हामीले कहाँ जाने, कति बेला जाने योजना बनाउन थाल्यौँ । ता कि हाम्रो यात्रा सहज र व्यवस्थित होस् ।

    तेस्रो दिन स्याङमोचेनबाट बिहान ८ बजे हिड्ने गरी होटलबाट निस्केयौं । तर, गाडी बिग्रिएपछि करिब २ घन्टा त्यही नै बित्यो । १० बजेतिर हामी कागबेनीका लागि प्रस्थान गर्‍यौं । गत वर्षको साउनमा आएको बाढीबाट प्रभावित भएको कागबेनी पुनर्निर्माण भइसकेको महसुस भयो । २०८० साउन २९ गते कागखोलामा आएको बाढीले कागबेनी क्षेत्रका पक्की पुल, प्रहरी चौकीसहित ३१ घर बगाएको थियो । जुन अहिले पुरानै अवस्था फर्किए जस्तो आभास हामीले गर्‍यौं ।

    फर्किँदा हामी मुक्तिनाथ मन्दिर गयौँ । हिन्दू र बौद्ध दुवै धर्माबलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ पुग्दा हामी निकै पुलकित थियौं । करिब ३० मिनेटको यात्रापछि हामी मुक्तिनाथको बस स्टेसनमा पुग्यौं । त्यहाँबाट करिब ३० मिनेटको पैदल यात्रा हिँडेपछि मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ । मुक्तिनाथ पुग्दा भारतीय तीर्थयात्रीको बाक्लो उपस्थिति थियो । मन्दिरमा व्यवस्थापकीय कमजोरी भने प्रष्ट झल्किएको थियो । ठाउँ विभाजन नहुँदा र सबै एउटै ठाउँमा हुँदा स्थिति भद्रगोल देखिन्थ्यो ।

    विशेषतः तीर्थयात्री एक सय आठ धारामा नुहाउन, पाप र पुण्य कुण्डमा डुबुल्की मार्न मुक्तिनाथ मन्दिरमा जाने गर्छन् । तर, स्वास्थ्यले साथ नदिँदा मेरो न धारामा नुहाउने रहर पूरा भो, न कुण्डमा डुबुल्की मार्ने । केवल मन खल्लो बनाउँदै फर्किनुपर्‍यो । मुक्तिनाथबाट फर्किएपछि हाम्रो बाटो ढुम्बातालतर्फ सोझियो ।

    २८३० मिटर उचाइमा रहेको ढुम्बा ताल निकै आकर्षक छ । त्यहाँ केही समय बिताएर हामी तेस्रो दिन बास बस्न लेतेतर्फ लम्कियौं । त्यस दिन हाम्रो बसाइ लेतेको सीयु अगेन होटलमा भयो । त्यो बसाइका क्रममा केही समय हामीसँग थियो । समय व्यतीत गर्न ‘चोर पुलिस’ खेल खेल्ने उपाय साथीहरुले निकाले । त्यो यात्राकै सबैभन्दा रमाइलो र यादगार पल बनिरहेको छ ।

    चौथो दिन बिहान लेतेबाट हामी मार्फातिर लाग्यौं । निकै आकर्षक मार्फा गाउँमा दुई घन्टा बिताएको पत्तै भएन । स्याउको राजधानीका रुपमा परिचित मार्फामा स्थानीय रहनसहन, हिमाली भेगको पोशाकदेखि जेरी चलचित्र छायांकन भएको जेरी गल्ली अवलोकन गर्ने मौका यात्राले जुरायो । लेतेको आतिथ्यतापछि त्यही खाना खाएर हामीले मुस्ताङलाई बिदाई गर्‍यौं ।

    साँझ हामी म्याग्दीको तातोपानी आईपुग्यो । तातोपानी आइपुग्नु तर कुण्डमा ननुहाउनु, त्यो करिब असम्भव नै हुन्छ । हामीले पनि केही समय डुबुल्की मार्‍यौं । कुण्डमा स्नान गर्दा बाथरोग, ग्यास्ट्रिक, ढाड दुख्ने जस्ता रोग निको हुने विश्वासका साथ सयौं व्यक्ति त्यहाँ स्नान गरिरहेका थिए । तातोपानीको डुबुल्कीपछि हाम्रो ४ दिने यात्राको गन्तव्य अब पोखरा नै थियो, अर्थात् यात्रा टुंग्याउनीतिर पुगेको थियो । हाम्रो गाडी पोखरातर्फ अघि बढ्यो । पर्वत हुँदै कास्की प्रवेश गरेपछि लुम्ले आइनपुग्दै गाडी बिग्रियो ।

    गाडी मर्मतको काम जारी नै थियो । हामी यात्रुहरु भने फुक्काफाल नै थियो । यो समयको उपयोग गरी हामीले ‘मिनी कन्सर्ट’ नै गर्‍यौं । बिएसएमको संयोजक मधुसुधन सुवेदी सरले गितार ल्याउनुभएको रहेछ, साथै उहाँसँग गितार बजाउने र गाउने सीप पनि रहेछ । यो पर्खाइको समयलाई मिनी कन्सर्टले पट्यारलाग्दो बन्न दिएन । गाडी चाँडै बनिहाल्ने अवस्था नदेखेपछि हामी अर्काे गाडीमा पोखरा फर्कियौं ।

    हाम्रो चार दिनको मुस्ताङ यात्रालाई मुस्ताङ चिन्ने अवसरमात्रै बनेन, नेपाली खेलकुदलाई नजिकबाट बुझ्ने अवसरसमेत सावित भयो । २०५३ देखि २०५९ सम्म भलिबल खेलेका लेखनाथ लम्साल र २०७७ सालदेखि नेपाली महिला भलिबल टोली सम्हाल्दै आएकी अरुणा शाहीका अनुभव तथा भोगाई सुन्ने अवसर मिल्यो ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं गण्डकी विश्वविद्यालय ‘ब्याचलर इन स्पोट्स म्यानेजमेन्ट’ संकायका संयोजक डा. मधुसूधन सुवेदीबाट अहिलेको खेलकुदको अवस्था, खेलकुदमा चाहिने सुशासन जस्ता विषयमा प्रशिक्षित हुन पाइयो ।

    खेलकुदको व्यवस्थापकीय पाटोमा रहनुभएका प्रकाश पराजुली, सञ्जय आचार्य, मलिन राेक्का गौरव श्रेष्ठ र भगिरथ कँडेलबाट पनि धेरै कुरा सिक्ने अवसर मिल्यो । उहाँहरुसँग नेपाली खेलकुदको इतिहास, वर्तमान र भविष्यबारे भएको विमर्शले नेपाली खेलकुदलाई नजिकबाट नियाल्ने दृष्टिकोण बनाउन मद्दत गरेको छ । भन्छन्ः जिन्दगी नै एउटा यात्रा हो ।

    घुमफिरमा मन बहलाउने, अरुका कुरा सुन्ने, हेर्ने, बुझ्ने र आफ्नो जीवनका सिर्जनात्मक पक्ष पहिल्याउने माध्यम यात्रा बन्न सक्छ । यही दृष्टिले पनि शैक्षिक भ्रमणका रुपमा भएको मुस्ताङ यात्रा मेरा लागि निकै फलदायी, यादगार र सार्थक बन्यो ।

  • ‘करुणा’: सहनशीलताकी सतिसालको सबाइ, विषाक्त सोचको दबाइ

    ‘करुणा’: सहनशीलताकी सतिसालको सबाइ, विषाक्त सोचको दबाइ

    म आफूलाई मनपर्ने विषयमा लेखिएका पुस्तकको एक आज्ञाकारी पाठक हुँ । राजनीति, इतिहास र प्रेरणादायी व्यक्तिका आत्मकथा रुचिअनुसार खोजेरै, किनेरै पढ्छु । पढेर ज्ञान लिने वा जानकारी लिनेबाहेक आफूलाई मन परेका लेखकले लेखेका पुस्तकको बारेमा ४ लाइन लेख भनेर कसैले भन्यो भने पनि मलाई सकस हुन्छ ।

    कारण के भने म लेखक त हुँदै होइन र अब सम्भवतः त्यो लाइनमा जान पनि सक्दिनँ । त्यसका साथै म समीक्षक पनि होइन । हलमा सिनेमा हेरेर बाहिर निस्किँदा कथावस्तु र पात्रको बारेमा रिभ्यु दिन नजान्ने म जस्ता पाठक वा दर्शकले किताब र सिनेमाको समीक्षा गर्न सम्भव छैन ।

    अघिल्लो साता गाउँबाट काठमाडौं आउने मेरो मुख्य उद्देश्य मेरो प्रेरणाको स्रोत र मेरो वास्तविक अभिभावक आमा राधिका शाक्यको प्रकाशोन्मुख पुस्तक ‘करुणा’को विमोचन कार्यक्रमको व्यवस्थापन आदि विषयमा सघाउन थियो ।

    स्थानीय सरकारको जनप्रतिनिधि भएपछि आफूले चाहेर पनि काठमाडौंका महत्वपूर्ण भेटघाट बैठकहरूमा भाग लिन नपाइने बाध्यताबीच म आमाको पुस्तकको व्यग्र प्रतीक्षामा थिएँ । ओखलढुंगाको सुदूरपश्चिमी लिखु किनारामा बसेर करुणा पढ्दा यो पुस्तक राधिका शाक्यको आत्मकथा नभएर नेपालको ऐतिहासिक दस्तावेज हो भन्ने निष्कर्षमा पुगेँ ।

    मैले अघि नै उल्लेख गरिसकेकी छु, म समीक्षा गर्नसक्ने क्षमता भएको मान्छे होइन । सिनेमा हेरेर कथावस्तुको चरित्र चित्रण गर्न नसक्ने र पुस्तक पढेर त्यसको आलोचनात्मक विश्लेषण गर्न नसक्ने म जस्ता एकसरो पाठकका लागि ‘करुणा’माथि विवेचना गर्ने कुरा धेरै परको हो, तर ‘करुणा’ले मभित्रको भावना पोखिदियो ।

    पुस्तकमा राधिका शाक्यले पञ्चायतकालीन कठिन समयको साक्षीका रूपमा धेरै घटनाक्रमको सिलसिला जोड्नुभएको छ । राजाको शासनमा रामराज्य थियो भन्ने अहिलेका कतिपय राजावादीहरूले ‘करुणा’ पढेपछि त्यो बेलाको क्रूर शासनसत्ताको सजीव चित्रण हुन्छ ।

    ‘करुणा’ पढेपछि पोखिएको भावनालाई सँगालेर टिपिएका केही बुँदाहरूको संश्लेषणात्मक लेखोट समीक्षा भने होइन । ‘करुणा’माथिको पुस्तक समीक्षा नभएर एक सहनशील सतिसाल अनि करुणाकी खानी राधिका शाक्यको सम्मानका लागि केही शब्द लेख्दैछु । पत्रकार तथा लेखक राजेश राईले भने जस्तै ‘करुणा’ आँसुले लेखिएको इतिहासको दस्तावेज हो ।

    यो पुस्तकमा राधिका शाक्यले पञ्चायतकालीन कठिन समयको साक्षीका रूपमा धेरै घटनाक्रमको सिलसिला जोड्नुभएको छ । राजाको शासनमा रामराज्य थियो भन्ने अहिलेका कतिपय राजावादीहरूले ‘करुणा’ पढेपछि त्यो बेलाको क्रूर शासनसत्ताको सजीव चित्रण हुन्छ । त्यसमाथि राधिका शाक्यहरू जस्ता काठमाडौंका रैथाने नेवारका छोरीहरूले नेपालका कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा गरेका योगदानसमेत ‘करुणा’बाट अनुमान गर्न सकिन्छ ।

    राधिका शाक्यलाई चिन्ने, देख्ने र नजिकबाट संगत गर्नेहरूले मात्र होइन, सर्वसाधारण जो सकारात्मक सोच राख्छन्, उनीहरूको नजरमा करुणाकी स्राेत, एक आदर्श महिला हुनुहुन्छ । मानव सेवा आश्रम र अन्य सामाजिक संस्थाहरूमार्फत हजारौं अनाथ बालबालिका र असहायहरूले पाएको नयाँ जीवन देखेकाहरूका लागि राधिका करुणाकी खानी हुनुहुन्छ ।

    प्रधानमन्त्री भएका र पार्टीको माथिल्लो तहमा पुगेका नेता र मन्त्री बनेका धेरैका पत्नीहरूको जीवनशैली परिवर्तन भएको देख्नेहरूका लागि राधिका शाक्य एक फरक उदाहरण पनि हुनुहुन्छ । सधैं लो-प्रोफाइल जीवन बिताउने राधिकाको साथ, सहयोग र समर्पणकै कारण देशले राजनेता केपी शर्मा ओलीको नेतृत्व पाएको छ ।

    ‘करुणा’ पढेपछि राधिका शाक्य र केपी ओलीले भोगेको भौतिक कठिनाइमात्र होइन, राजनीतिक षड्यन्त्रका निकै कष्टकर समयहरू भेटिन्छन् । केपी शर्मा ओलीको राजनीतिमात्र होइन, भौतिक जीवन जोगाउन सहयोग गर्ने धेरै सहयोद्धाहरूको स्मरण गर्दा पनि राधिका शाक्यको भूमिका ती सबैभन्दा बलियो थियो भन्ने पुस्तक पढेपछि मैले महसुस गरेँ । मेरो जस्तै बुझाइ अरुको नहुन पनि सक्छ, तर राधिकाविनाको आजको केपी शर्मा ओलीको कल्पना गर्न सकिन्न ।

    राधिका शाक्यलाई चिन्ने, देख्ने र नजिकबाट संगत गर्नेहरूले मात्र होइन, सर्वसाधारण जो सकारात्मक सोच राख्छन्, उनीहरूको नजरमा करुणाकी स्रष्टा, एक आदर्श महिला हुनुहुन्छ ।

    घरबार, ठाउँ, ठेगान र जागिर व्यवसाय केही नभएको एक प्रकारको सर्वहारा केपी शर्मा ओलीसँग त्यो जमानामा अन्तरजातीय बिहे गर्न तयार हुनु राधिका शाक्यको सानोतिनो विद्रोह थिएन । ‘करुणा’ पढेपछि राधिका शक्य सहनशीलताकी सतिसाल, करुणाकी खानीमात्र होइन, समाज परिवर्तनकी एक निडर विद्रोही हुनुहुन्छ भन्ने प्रतीत हुन्छ ।

    राधिका शाक्यको ‘करुणा’भित्र करिब ५० वर्षको इतिहासको बकपत्र छ । यो पञ्चायत, बहुदल र गणतन्त्र तीन व्यवस्थाभित्रका रोचक-घोचक घटनाक्रम र सत्य घटनामा आधारित कथाहरूको ऐतिहासिक दस्तावेज पनि हो । राधिकाको आँसुले लेखिएका हरफहरू पढ्दा म जस्ता पाठकहरू आँसुले भिज्नुपर्ने धेरै प्रसंगहरू उल्लेख भएका छन् ।

    नेपालको ५० वर्षको राजनीति तथा समाज परिवर्तनको आन्दोलनका एक अगुवा केपी शर्मा ओलीका सबै आरोह-अवरोहको साक्षी भएका कारण पनि करुणा इतिहासको विश्वसनीय दस्तावेज हो । ‘करुणा’ राधिकाको आत्मकथामात्र होइन, ऐतिहासिक सत्य घटनाहरूको सँगालो पनि भएकाले केपी शर्मा ओली मन नपराउनेहरूले पनि पढ्दा घाटा हुन्न ।

    राधिका शाक्यको बुबा पाटनको महापालको सिलाई घरमा कल घुमाइरहेको बेला भामा दिदीले ‘छोरीलाई किन स्कुल नपठाएको भन्ने प्रश्नबाट आफ्नो पढाइ जीवन शुरु भएको कुरा उहाँले नलुकाइ वर्णन गर्नुभएको छ । २०३६ देखि २०६८ सालसम्म नेपाल राष्ट्र बैंकको उच्च पदमा पुग्दाका प्रसंगहरूसँगै धेरै प्रेरणादायी किस्साहरू समेटिएका छन् ।

    अघि नै भनिसकियो, ओलीसँगको बिहे राधिकाको विद्रोह पनि थियो । त्यो विद्रोही बिहेमा उनको ‘बा’को केही असहमति रहेको प्रसङ्ग पनि ‘करुणा’मा उल्लेख छ । राधिका आमाले पुस्तकमा लेखेको र मेरो मनमा गडेको अर्को भावनात्मक कुरा भनेको ‘मेरो जीवनका सबैभन्दा महत्वपूर्ण दुई पुरुष मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएकी थिएँ, अनि केपी सर, जोसँग म अन्मिएकी थिएँ । कति सोझो तर प्रस्ट कुरा ।

    केपी शर्मा ओलीको राजनीतिमात्र होइन, भौतिक जीवन जोगाउन सहयोग गर्ने धेरै सहयोद्धाहरूको स्मरण गर्दा पनि राधिका शाक्यको भूमिका ती सबैभन्दा बलियो थियो भन्ने पुस्तक पढेपछि मैले महसुस गरेँ ।

    अझ आँसु थाम्नै नसकिने प्रसंग चाहिँ राधिका शाक्य लेख्नुहुन्छ- ‘मेरा बाको हात चलुञ्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरो बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडामात्र नभएर ज्वाइँ-ससुराबीच सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिँदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।’

    एक असल अभिभावकको अनुभूति

    राधिका शाक्यविनाको केपी शर्मा ओली कल्पना गर्न सकिन्न भन्छन् मान्छेहरू । धेरै हदसम्म त्यो सत्य हो । मेरो र म जस्ता धेरै एमाले कार्यकर्ताको अनुभूति अझ गहिरो छ । उहाँ जसरी केपी शर्मा ओलीको खानपानदेखि सुत्ने, उठ्ने समयको रखवाला हुनुहुन्छ, त्यस्तै देशभरिका आफूसँग संवादमा रहेका कार्यकर्ताको चासो राख्ने एक असल अभिभावक पनि हुनुहुन्छ ।

    तीन वर्षअघि स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष उम्मेदवार बनेर गाउँ जाँदा म एकप्रकारले आत्तिएकी थिएँ । आफ्नो भन्ने कोही छैन जस्तो पनि लाग्थ्यो । त्यस्तो अत्यासलाग्दो क्षणमा आमाले राति ११ बजे पनि फोन गरेर के कस्तो हुँदैछ, आफ्नो स्वास्थ्यको ख्याल गर्नु, जित–हार राजनीतिमा सामान्य हो भनेर ढाँडस दिनुहुन्थ्यो ।

    चुनाव जितेपछि उहाँले खुसी भएर फोन गरेको क्षणदेखि सार्वजनिक कार्यक्रममा लगाउने सारी छ कि छैन भनेर दराज खोतलेको क्षणले पनि असल अभिभावकत्वको अनुभूति दिएको थियो । मलाईमात्रै होला भनेको, पछि बुझ्दै जाँदा उहाँले देशभरका धेरै कार्यकर्तालाई यस्तै अभिभावकत्व दिनुभएको रहेछ । ‘करुणा’ पढ्दै जाँदा यस्ता कतिपय सन्दर्भ पनि सम्झिन बाध्य भएँ ।

    घृणाको सञ्जालमा राधिकाको सोसल अडिट

    यो समाजमा नकारात्मक सोच बोक्ने मुठ्ठीभर मान्छेको विषाक्त भिडभन्दा टाढा सकारात्मक सोचका लाखौं मान्छेहरू छन् । उनीहरू सामाजिक सञ्जाल र भाइरल प्रचारभन्दा निकै पर छन्, जसको एक प्रतिनिधि पात्र हुनुहुन्छ राधिका शाक्य । राधिका जस्ता सहनशीलताका सतिसालले समेत समाजका भाइरसहरूका लाञ्छनाको स्पष्टीकरण दिनुपर्छ भने आममहिलाको अवस्था कहाँ होला यो समाजमा ?

    राधिका शाक्यविनाको केपी शर्मा ओली कल्पना गर्न सकिन्न भन्छन् मान्छेहरू । धेरै हदसम्म त्यो सत्य हो । मेरो र म जस्ता धेरै एमाले कार्यकर्ताको अनुभूति अझ गहिरो छ ।

    पुस्तक विमोचन समारोहमा आमा राधिकाले आफ्नो रगत पसिनाको कमाइबाट बनाएको बालकोटको २ तले घरको बारेमा समेत स्पष्टीकरण दिनुपरेको क्षण सीताको अग्निपरीक्षा जस्तै लाग्यो मलाई । नेपाल राष्ट्र बैंकको उच्च तहको जागिरबाट अवकाश पाएका मान्छेको लागि बालकोट होइन, बालुवाटारमै आलिसान घर किन्न सक्ने वैधानिक कमाइ र सुविधा पाइन्छ भन्ने कसलाई थाहा छैन ?

    राष्ट्र बैंकका सुरक्षा गार्डदेखि कार्यालय सहयोगी र श्रेणीविहीन कर्मचारीले समेत घरपरिवार चलाउन पर्याप्त सुविधा पाउँछन् । राधिका शाक्य त त्यो जमानामा अधिकृत तहबाट जागिर खाएकी महिला, त्यसमाथि ललितपुरकै रैथाने । केपी शर्मा ओली र राधिका शाक्यले अलिकति पनि हात फैलाउँदा त्यो बेला बालकोटको स्याल कराउने पाखोमा होइन, बालुवाटार र महाराजगञ्जका उहिल्यै विकसित शहरमै आलिसान बंगला पाउँथे ।

    तर केपी शर्मा ओलीको विरोधमा तिलको गेडा खोजेर हिँड्ने घृणाको गिदी भएकाहरूले उठाएका तुच्छ प्रश्नको समेत आज राधिका आमाले जवाफ दिनुपरेको छ । आज राधिका शाक्यले ‘करुणा’ पुस्तकभित्र मात्र होइन, विमोचन समारोहमा समेत सोसल अडिटका लागि आह्वान गर्दा कुण्ठा र घृणाका व्यापारीहरू नाजवाफ भएका छन् ।

    अन्तमा, ‘करुणा’ पढेपछि राधिका शाक्यले पुस्तकमा नलेखेको, तर दिन खोजेको सन्देश एक वाक्यमा भन्दा कृतघ्नहरूको वर्तमानलाई स्पष्टीकरण दिएर अमूल्य समय खेर नफाल, बरु भविष्यको लागि प्रेरणादायी इतिहास हुने एउटा अमर दस्तावेजको तस्बिर कोर, जुन इतिहासले युग युगान्तर सम्झिरहनेछ ।

    पुस्तकको नाम : करुणा
    प्रकाशक : पाणिनि बुक्स
    मूल्य : रु.५९५/-
    पृष्ठ : ३०२

  • राधिका शाक्यको ‘करुणा’ ले देखाएकाे मार्ग 

    राधिका शाक्यको ‘करुणा’ ले देखाएकाे मार्ग 

    राधिका शाक्यद्वारा लिखित ४० वटा जीवन, संघर्ष, राजनीति, शासन, सफलता, असफलता र मानवता लगायतका विविध पक्षबारे लेखिएका लेखहरुको संग्रह हो पुस्तक ‘करुणा’ । जसमा समावेश लेखहरु आममानव र विशेषगरी नेपालीहरुको जीवन, संघर्ष र करुणाको प्रतिबिम्ब हुन् ।

    पुस्तकले सारमा नेपाली र संघर्षमय जीवन बिताउनु परेका नेपालीहरुको जीवनको भोगाईको यथार्थ चित्रण गर्दछ । जसमा राधिका शाक्यको अनुभव र यथार्थतामा आधारित यो लेख संग्रहित पुस्तकले नेपाली समाजका आमा, छोरी र बुहारीसहित हरेक नेपालीको जीवन, संघर्ष र करुणाको स्पष्ट चित्रण गरेकाे छ ।

    पुस्तकमा नारीहरुको जीवनको भोगाई मात्र नभई लैंगिक दृष्टिकोणबाट नेपाली समाजकाे दुःख, चुनौती, सङघर्ष एवं सफलता समेटिएको छ । पुस्तकको यो पक्षलाई ‘केपी बाको करुणा र राधिका’ शीर्षकमा उल्लेखित मन्तव्यमा पनि चर्चा छ ।

    वास्तवमा राधिका शाक्यको ‘करुणा’मा लक्ष्मी प्रसाद देवकोटाका कवितामा पाइने मानव सेवामा समर्पित हुने जीवन दर्शन र गौतम बुद्धको करुणाजस्तो उच्च दर्शन प्रतिबिम्बित भएको अनुभूत हुन्छ । यसले राधिकाको जीवन दर्शन, अनुभव र व्यवहार आममानव र नेपालीभन्दा विशिष्ट रहेको पनि दर्शाउँछ ।

    ‘करुणा’ मेरो हातमा परेपछि मैले पहिलो कभर पृष्ठमा रहेको उहाँकाे अटल, शान्त र शालीन तस्बिर अनि पछिल्लो कभर पृष्ठको सङघर्ष र सफलताको अभिव्यक्तिमा मेरो ध्यान अडिन पुग्यो । जहाँ भनिएको छ ‘हाम्रा बिहेप्रति बाका केही असहमति जरुर थिए । त्यतिबेलाका बाका असहमति एक न एक दिन मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो । मेरो जीवनका सबैभन्दा महत्वपूर्ण दुई पुरुषः मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएको थिएँ अनि केपी सर, जोसँग म अन्मिएको थिएँ । बाको हात चलुन्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरा बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडा मात्र नभएर ज्वाइँससुरावीच सम्बन्ध र भावनालाई जोडने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिँदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।’

    यसले केपी शर्मासँगकाे उनकाे जीवनकाे यात्रालाई इंगित गर्छ । पुस्तकको पृष्ठ १८ मा लेखिएको मर्मस्पर्शी विषयबाट लेखनमा प्रवेश गर्नु उपयुक्त ठानेकाे छु । यो भनाई नै वास्तवमा सीमित घरपरिवार बाहेक आम नेपालीको जीवन संघर्षको यथार्थता चित्रण हो भन्ने लाग्दछ । कुनैपनि व्यक्तिको जीवनको सफलता बाल्यकालदेखि नै सुरुवात हुन्छ र बाल्यकाल सहज, सुखद र सफल नहुँदा व्यक्तिको जीवनको सफलता नै प्रभावित हुन्छ भन्ने दार्शनिक विचार प्रतिबिम्वित उक्त भनाई यहाँ उल्लेख गर्नु महत्वपूर्ण हुन्छ ।आजका बालवालिका भोलिका कर्णधार ।

    ‘बाले दालचामल ल्याएको दिन खुशी मिल्थ्यो । दालचामलले खुशी हुनुपर्ने अभाव भोग्नेले बालापनको वास्तविक चञ्चलता गुमाउँदो रहेछ । मेरो बालापन अभाव र सम्झौतामै बित्यो । मान्छेका वर्तमान बाल्यकालको हुर्काइको उपज हो भन्छन् नि, बाल्यकाल सम्झौतामै बितेकोले होला मलाई जीवनमा कुनै खास कुराको प्राप्तिका लागि अतिरिक्त दाबी र मोह कहिल्यै भएन ।’

    यो अभिव्यक्ति वास्तवमा नेपालका आम राजनेताहरुमा स्थापित मान्यता हुने हो भने नेपालको सम्वृद्धि र नेपालीको सुखका लागि नेतृत्व जुनसुकै किसिमको त्याग र वलिदान गर्न तयार हुने कुरामा कुनै द्विविधा हुँदैन ।

    नेपाली समाजमा आजपनि नेपालीहरुको दुःख र अभावको कथा सुनिन्छ । यस्ता कथा व्यथाहरुप्रति राधिका आमाजस्तै आम नेतृत्व चिन्तित हुने हो भने नेपालीको जीवनमा सुख ल्याउन पक्कै सकिन्थ्यो । लेखिकालाई नेपालीका अनेक किसिमका दुःख र पीडाका दर्दनाक दृश्य र श्रुतिले अत्यन्तै भावुक बनाउँछ ।

    पुस्तकको पृष्ठ १०६ मा उल्लेख छ, ‘मोबाइलमा सामाजिक सूचनामाध्यम स्क्रोल गर्दा अरुले के भेट्छन् कुन्नी मेरोमा यस्तै दुःख पाएका समस्यामा परेका व्यक्तिहरुकै दर्दनाक कथा, व्यथाहरु नै आउँछ । त्यसैमा पुगेपछि मेरो ध्यान अडिन्छ । मान्छेले दुःख पाएको कुराले मुटु चिरिन्छ । जन्मिँदै एच.आई.भी. सङक्रमित भएका बालबालिकाका अवस्था देख्दा मन भारी हुन्छ । खुला आकाशमुनि कठ्याङिग्रएर रात काट्न विवश बेवारिस मान्छेहरुका व्यथाले असाध्यै पोल्छ । सुत्केरी महिला, बृद्ध आमाहरु, दीर्घरोगीहरु, साहाराविहिन बालबालिकाका चर्कँदा घाउहरुमा मलम लगाउन लागिपर्न हुट्हुट्याउँछ मेरो मानवसेवाप्रति निष्ठावान अन्तरहृदयले ।’

    लेखिकाका यस किसिमका भावविह्वल अभिव्यक्तिले नेपाली राजनीतिको वर्तमान सन्दर्भमा आम नेतृत्वलाई सच्चा र इमान्दार राजनीति गर्न, नेपाल र आम नेपालीको सेवामा लाग्न प्रेरित मात्र गर्दैन कि गम्भीर भएर नेपाल र नेपालीको बारेमा चिन्तन गर्न एवं त्याग र वलिदानपूर्ण राजनीतिलाई स्थापित गर्न मार्गदर्शन गर्दछ ।

    नेपालीहरुको दुःख र पीडाले मात्र राधिका आमाको मन छुने होइन कि नेपाली समाजको लैंगिक विभेद र असमानतालगायतका अनेक असमानताले समेत वहाँको ध्यानाकर्षण गर्दै अन्त्यको लागि सोंच्न बाध्य बनाउँथ्यो । यसै प्रसंगमा उनले पुस्तकको पृष्ठ १३६−१३७ मा लेखिएको पुरुषप्रधान समाजको सामाजिक संरचनाबारेको अनुभवले तत्कालीन नेपाली समाजमा नारीको अवस्थालाई चित्रण गरेको छ ।

    ‘छोराको आशामा लगातार छोरीहरु जन्मिँदा दिक्क भएर कान्छी बहिनीलाई कहिलेकाँही त दुध समेत चुसाउनु हुन्नथियो । कान्छी भोकले हिरिक हिरिक हुँदै जान्थी । हामी आमालाई त्यसो गर्न हुन्न भन्दै रुँदै सम्झाउँथ्यौ र कान्छीलाई दुध चुसाउन मनाउँथ्यौं । कान्छो भाई जन्मिएपछि सन्तान जन्माउने कामबाट आमाले मुक्ति पाउनु भयो । हुर्किँदै गएपछि यो कथा भाईलाई पनि थाहा भयो । अचेल केही कुरामा उसलाई समस्या भयो भने यस्तै दुःख दिनलाई मलाई जन्माएको हो? भनेर सोध्छ । तर आमा प्रश्न नबुझेर निरुत्तर हुनुहुन्छ ।’

    पुस्तकमा लेखिकाको यो भनाई उनकाे आफ्नाे मात्र नभएर सारा नेपाली नारीको भोगाइको प्रतिनिधि घट्ना मात्र भनेर । सिंगो नेपाली समाजमा नारीहरुले यस्तै अनेक विभेद र असमानता भोग्नु पर्ने बाध्यता थियो ।

    यसबाट नेपाली आमाको जीवन र संघर्ष नेपाली बाबुको भन्दा झनै कठिन थियो भन्ने देखाउँछ । त्यतिमात्र होइन कि आमाको महत्व वास्तवमा अमूल्य छ भन्ने पनि प्रष्ट पार्दछ । त्यतिमात्र होइन कि आमाप्रतिको छोराछोरीको भिन्न व्यवहारको चित्रण पनि गर्दछ ।

    आज नेपाली समाजमा भ्रष्टाचार र अनियमितता बढेको र आम नेपालीमा वितृष्णा बढेको अवस्था छ । यस अवस्थामा नेतृत्वलाई निकै आलोचना गरेको पाइन्छ । पदमा पुग्नेहरुको मात्र होइन कि सर्वसाधारणमा समेत पदमा पुगेपछि लाभ लिनुपर्छ भन्ने मनोवृत्ति हावी भएको छ भन्ने देखाउँछ । यस प्रसंगमा पुस्तककाे पृष्ठ १५९ मा भनेको एउटा भनाईले नेपाली समाजमा भ्रष्टाचार र अनियमितता बढावा दिने प्रवृत्ति हावी भएको कुरालाई प्रष्ट्याउँछ ।

    ‘मन्त्री हुँदा पनि मन्त्री निवास नगएर आफ्नै घरमा बस्ने, विदेश जाने मौका आउँदा पनि सरकारी ढुकुटी जोगाउन विदेश नजाने । मलाई साथीहरुले भन्थे : राधिका ! तिमी त लास्टै मूर्ख मान्छे रहिछौ’, यसले देखाउँछ छ कि नेपालको शासन व्यवस्थामा सुशासन कायम हुन सकेको छैन । सरकारी पदमा पुग्ने, अनुचित लाभ लिने, आफन्त, नातेदार र राजनीतिक कार्यकर्ताको हितमा काम गर्ने परिपाटी विकास भएको छ भन्ने कुरालाई यो भनाईले देखाउँछ ।

    तर, प्रधानमन्त्री केपी शर्मा ओली यस्तो परिपाटी र प्रवृत्तिको विरुद्धमा उभिएर आम नेपालीको सुख समृद्धिको चिन्तामा हुनु हुन्छ भन्ने पुष्टि हुन्छ । लेखिकाको जस्तै आम नेतृत्वको परिवार भैदिएमात्र परिवार, नाताकुटुम्ब, राजनीतिक दल र गुटभन्दा माथि उठन सकेमात्र नेपाल र आम नेपालीको हितमा नेतृत्व क्रियाशील हुन सक्दछ ।

    देश र जनताको सेवकको रुपमा केपी बा रहेको तथ्य पनि पुस्तकको पृष्ठ १९५ मा उल्लेख गरिएको छ । नेपालको अस्पतालमा नेपाली चिकित्सकहरुबाट नै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री हुँदाको केपी बाको निर्णय अत्यन्तै महत्वपूर्ण ऐतिहासिक रहेको छ । यस प्रसंगमा राधिका आमाले व्यक्त गरेका अनुभव झनै महत्वपूर्ण र मननीय छ ।

    देश र जनताप्रतिको उत्तरदायित्व तथा मानवीय संवेदनाको दृष्टिले समेत उक्त भनाई निकै मर्मस्पर्शी रहेको छ । ‘दोस्रो पटकको मिर्गौला प्रत्यारोपण जोखिमपूर्ण हुन्छ भन्ने थियो । धेरैलाई उहाँको स्वास्थ्यबारे चिन्ता थियो । आफ्नै भनिएका केही मान्छेहरु भने उहाँको कमजोर स्वास्थ्य र उमेरका कारणले पनि यस पटकको प्रत्यारोपण सफल हुँदैन भन्नेमा ढुक्क भएजस्तै थिए । मानिस त आफूलाई अजम्बरी नै ठान्ने र अर्कोचाहिँ मर्छ पो भन्ठान्दो रहेछ । अरुको मृत्युको कामना गर्न सक्ने र चाहने मानिस पनि धेरै हुने रहेछन भन्ने कुरा त्यतिखेर थाहा पाइयो । अनि, धेरै मानिस अरुको सुस्वास्थ्यको कामना गर्न पनि नसक्ने हुँदा रहेछन् भन्ने पनि त्यतिबेलै थाहा भयो । धेरैले धेरै खालका कुरा गरे, सुने, सुनाए तर मैले चाहिँ तिनीहरुलाई कुनै रोग नलागोस्, तिनको दीर्घजीवन होस भनेर उल्टो कामना गरेँ । मलाई अरुको कुभलो चिताउन किनकिन जीवनमा कहिल्यै आएन ।’

    यो भनाइले नेपाली समाजमा मानवीय सम्वेदना कमजोर बन्दै गएको देखाउँछ । त्यतिमात्र होइन कि अरुको कुभलो चिताउने प्रवृत्ति हावी हुँदै गएको छ भन्ने पनि देखाउँछ । यो कुरा वास्तवमा अत्यन्तै सोचनीय छ । आपसी सदभाव, सहयोग र एकतामा रहेको नेपाली समाजमा व्यक्तिगत अस्वस्थता हुँदासमेत नकारात्मक सोच आउनु र अभिव्यत्ति हुनुले आजको नेपाली समाजको सामाजिक मूल्य, मान्यता, आस्था र विश्वास पनि नकारात्मक बन्दै गएको पुष्टि गर्दछ । यसले नेपालका राजनीतिक नेतृत्वलाई निकै नै संवेदनशील र जिम्मेवार हुन ध्यानाकर्षण गराउँछ ।

    राधिका आमाको करुणा पुस्तकको अध्ययन गर्ने पाठकलाई वास्तवमा नेपाली समाजका सम्पूर्ण पक्षको यथार्थ अनुभूती हुन्छ । यसले नेपाली समाजको सर्वाङगीण पक्षसँग परिचित हुनु हुन्छ र नेपाली समाजका सामाजिक समस्या र आम नेपालीका दैनिक जीवनका दुःख र पीडालाई हटाउन चाहनुहुन्छ भन्ने पुष्टि गर्दछ ।

    आम नेपालीलाई मानवीय संवेदनाका साथ बाँच्न, एक अर्काप्रति सदभाव राख्दै सहयोग गर्न, असमानता र विभेदको अन्त्य गर्दै समानता र सामाजिक न्याय स्थापित गर्न यो पुस्तक मूल शिक्षा हुन सक्छ भन्नेमा कुनै विमती नहोला । असल नागरिक, महिला, पुरुष, शिक्षक, कर्मचारी, विद्यार्थी, शासक, नेतृत्व लगायत सवै किसिमको कुशल र असल पक्षलाई प्रवर्द्धन गर्ने मार्गदर्शक शिक्षाको स्रोत हो राधिका शाक्यले लेखेको करुणा पुस्तक ।

    करुणाको स्रोत हो यो । जीवनको दर्शन हो । जीवन यात्राको संघर्षको प्रतिबिम्ब र सफलताको मन्त्र हो यो पुस्तक । राधिका आमाको जीवन दर्शन, जीवन संघर्ष र करुणा एवं केपी बाको जस्तो त्याग, वलिदान, देश र जनताको सेवामा जुनसुकै त्याग र वलिदान गर्न तत्पर नेतृत्वको तयार गर्ने मार्गदर्शक आधार हो करुणा पुस्तक ।

  • ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक र यसको रचना गर्भ

    ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक र यसको रचना गर्भ

    २०६० सालतिर हुनुपर्छ, नेकपा एमाले लमजुङले स्मारिका प्रकाशन गरेको थियो । स्मारिकामा विभिन्न नेताको लेख थियो । त्यसैमा एउटा लेख थियो, केपी शर्मा ओलीको । जेल जीवनमा भोगेका गोलघरका ती कष्टसाध्य दिनहरू पढेपछि श्रद्धाभावले म निकै प्रभावित भएको थिएँ । त्यतिबेला मैले पत्रकारिता सुरू गरेको केही वर्षमात्रै भएको थियो । र, प्रेस चौतारी लमजुङको संस्थापकको रूपमा कार्यरत थिएँ । त्यसैबीचमा म नेपाल वान टेलिभिजनमा समाचार सम्पादन तथा समाचारवाचकको काम गर्न भारतको नयाँदिल्लीमा पुगेँ । २०६५ सालमा काठमाडौंबाट पत्रकारिता सुरू गर्न थालेपछि मात्र ओलीसँग भेट हुन थाल्यो ।

    २०६९ सालमा एक दिन साँझ उहाँलाई भेट्न बालकोट पुगेको थिएँ । तत्कालीन स्वकीय सचिव रमेश आचार्यलाई सँगै राखेर उहाँलाई मैले आत्मवृत्तान्त लेख्ने चाहना सुनाएको थिएँ । उहाँले अनुमति पनि दिनुभयो । मेरो नम्बर मोबाइलमा राख्नुभयो । र, कहिलेबाट सुरू गर्ने खबर गर्छु भन्नुभयो । त्यसलगत्तै उहाँ निकै बिरामी पर्नुभयो । नेपाल र विदेशका अस्पताल धाउनुपर्ने बाध्यता आइलाग्यो । २०७१ सालमा ग्रान्डी अस्पतालको शय्यामा गएर उहाँलाई भेटेको अस्ति जस्तो मात्र लाग्छ ।

    २०७१ सालमा नेकपा एमालेको काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको अध्यक्ष निर्वाचित हुनुभयो । त्यतिबेला उहाँ बिरामी अवस्थामै हुनुहुन्थ्यो । त्यसलगत्तै २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएपछि उहाँको व्यस्तता झनै बढ्यो, तर उहाँको बारेमा किताब लेख्ने मेरो चाहना अधुरै रह्यो । यो बीचमा उहाँसँग धेरै पटक भेटेको छु । र, जति पटक भेट्छु केही न केही नयाँ कुरा र ऊर्जा लिएर फर्किन्छु । सानादेखि ठूलासम्मलाई उत्तिकै महत्व दिने, आफ्नोपनको महसुस गराउने अनि घण्टौँसम्म बसेर अरूका कुरा सुन्ने र मार्गदर्शन गर्ने उहाँको बानीले अति नै प्रभावित छु । त्यसैले उहाँलाई भेट्न मानिसहरू घण्टौँघण्टा निवासमा पर्खिरहेका हुन्छन् ।

    यो बीचमा उहाँसँग धेरै पटक भेटेको छु । र, जति पटक भेट्छु केही न केही नयाँ कुरा र ऊर्जा लिएर फर्किन्छु । सानादेखि ठूलासम्मलाई उत्तिकै महत्व दिने, आफ्नोपनको महसुस गराउने अनि घण्टौँसम्म बसेर अरूका कुरा सुन्ने र मार्गदर्शन गर्ने उहाँको बानीले अति नै प्रभावित छु ।

    राजनेता केपी शर्मा ओलीको जीवन संघर्षले भरिएको छ । उहाँको दृष्टिकोण सदैव भविष्यप्रति आशावादी र परिष्कृत रहेको छ । उहाँको राजनीतिको एक प्रमुख पक्ष भनेको दृढ इच्छाशक्ति र विकासका लागि समर्पण हो । उहाँले आत्मनिर्भर नेपालको स्वप्न देख्नुभयो र त्यसको प्राप्तिका लागि आफ्नो जीवन समर्पित गर्नुभएको छ । उहाँको जीवन साहस र आत्मविश्वासको प्रतीक बनेको छ । प्रधानमन्त्री पद्मा रहँदा या नरहँदा, ओली एक राष्ट्रिय नायकका रूपमा प्रस्तुत हुनुभएको छ । जीवनभर कठिनाइ र अवरोधहरूको सामनाले उहाँको नायकत्वलाई अझ बलियो बनाएको छ ।

    ओलीकै नेतृत्वमा नेपालले संकल्प गरेको छ— एक समृद्ध, सशक्त र आत्मनिर्भर नेपालको निर्माण । उहाँले नेपाललाई एक आत्मनिर्भर र समृद्ध राष्ट्रको रूपमा देख्ने सपना त देख्नुभयो, तर यस सपनालाई वास्तविकतामा परिणत गर्न असंख्य संघर्ष र चुनौतीहरूको सामना गर्नुपरेको छ । यद्यपि राजनीतिक स्थिरता र सामाजिक सुधारका लागि उहाँले उठाएका कदमहरू निश्चय नै ऐतिहासिक छन् । नेपालको सामाजिक र आर्थिक विकासका लागि उहाँले दूरदर्शी योजना ल्याउनुभयो । उहाँको नेतृत्वमा नेपालको विकासमा भएका छलाङ्गहरूले राष्ट्रिय गौरव र आत्मनिर्भरता कायम गर्न मद्दत गरेका छन् । नेपालको संविधानको निर्माण, देशको भौतिक संरचना र पूर्वाधारमा सुधार तथा विदेश नीतिमा भएका प्रमुख परिवर्तनहरू, यी सबै उहाँको दृढ नेतृत्व र योजनाका परिणाम हुन् । उहाँको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाएको छ । उहाँको जीवनको संघर्ष र निर्णयहरूले नै नेपालको भविष्यलाई पुनर्निर्माण र नयाँ दिशा दिने काम गरेको छ ।

    उहाँले कहिल्यै आफ्नो सपना र उद्देश्यलाई थन्किन दिनुभएन, बरु ती सपनालाई साकार बनाउन कठिन संघर्षको माध्यमबाट अडिग रहनुभयो । ‘सपना, संघर्ष र संकल्प’ पुस्तक नागरिकका लागि गरिएको संघर्ष र महान उद्देश्यका लागि अडिग रहने संकल्पको चित्रण हो । उहाँको जीवनको कूटनीतिक र सैद्धान्तिक पक्षहरू, उहाँको निर्णय र कार्यक्षमता तथा नेपालको भविष्यको लागि उहाँले गरेको योगदान यस पुस्तकमा प्रस्तुत गरिएको छ । यस पुस्तकका पन्नाहरूमा लुकेका शब्दहरूले एक व्यक्तिको संघर्ष र समर्पणको कथा बयान गर्दछ, जसले नेपाली जनताको मनमा आशा र विश्वासको नवजीवन फेरेको छ ।

    उहाँले नेपाललाई एक आत्मनिर्भर र समृद्ध राष्ट्रको रूपमा देख्ने सपना त देख्नुभयो, तर यस सपनालाई वास्तविकतामा परिणत गर्न असंख्य संघर्ष र चुनौतीहरूको सामना गर्नुपरेको छ । यद्यपि राजनीतिक स्थिरता र सामाजिक सुधारका लागि उहाँले उठाएका कदमहरू निश्चय नै ऐतिहासिक छन् ।

    अतः यो पुस्तक केवल एक व्यक्तिको कथा होइन, राष्ट्रको सपना र संघर्षको कथा हो । यो कथा साहस, समर्पण र समृद्धिको संघर्षको प्रतीक हो । आगामी पुस्तालाई संघर्ष र समर्पणका माध्यमबाट आफ्नो सपनालाई साकार गर्न यसले प्रोत्साहन मिल्ने विश्वास लिएको छु । नेपाली राजनीतिको केन्द्रमा रहनुभएका केपी शर्मा ओलीको बारेमा मानिसका विभिन्न भ्रमहरू पनि छन् । सत्यसँग नजुध्ने र तथ्यमा उभिने उहाँको स्वभावका कारण कतिले उहाँलाई फूल त कतिले काँडा पनि भन्छन् । उहाँलाई नजिकबाट नचिन्नेहरूले अनेक अफवाह पनि फैलाउँछन्, तर यो पुस्तक उहाँलाई नजिकबाट चिन्नेहरूको हो, जसले अरूलाई पनि उहाँको बारेमा बुझ्न मद्दत हुने विश्वास लिएको छु ।

    पुस्तकमा प्रधानमन्त्री ओलीका आर्थिक नीति, सरकारका उपलब्धि, सहकर्मी-शुभेच्छुकहरूको अनुभव समेटिएको छ । पुस्तकमा उहाँको प्रधानमन्त्रीत्वकाल मात्र नभई मन्त्री हुँदा सँगै काम गर्नुभएका मन्त्री र सचिवहरूको अनुभव र अनभूतिहरू पनि समेटिएका छन् । साथै समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उहाँप्रतिको दृष्टिकोण पनि पुस्तकमा समेटिएको छ । करिब नौ महिनाको मेहनतपछि मैले यो पुस्तक तयार गरेको हो ।

    एक जना व्यक्तिको जीवनका कति धेरै आयामहरू छन् भन्ने बुझ्न यो किताब सहयोगी बन्छ । उहाँका बारेमा थुप्रै लेखिन बाँकी नै छ, भविष्यमा लेखिनेछन् ।

    (पत्रकार पाण्डे फागुन १९ गते लोकार्पण गरिएको कृति ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’का सम्पादक हुन् ।)