काठमाडौं । गत शुक्रबार इजरायलले इरानविरुद्ध हमला गरेपछि भन्यो, इरानको परमाणु क्षमताले उसलाई र पूरा विश्वको अस्तित्वलई संकट सृजना गरिरहेको छ । तर, भित्री रुपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको यस हमला पछाडि अर्को ठूलो उद्देश्य हुनसक्छ – त्यो हो इरानको सत्ता परिवर्तन ।
यस हमलापछि इरानमा अशान्ती पैदा हुने र वर्तमान इरानी सरकारको पतन सुरु हुने अपेक्षा नेतान्याहुको हुनसक्छ । गत शुक्रबार साँझ नेतान्याहुले इरानी जनतालाई उचाल्ने हेतुले भनेका थिए, ‘अब इरानी जता आफ्नो पहिचान र ऐतिहासिक गौरवको रक्षाका लागि एकजुट हुने समय आएको छ । साथै अत्याचारी तथा दमनकारी शासनविरुद्ध लडेर स्वतन्त्रता हासिल गर्नका खातिर अगाडि बढुन् ।’
यसै पनि इरानका धेरै जनता देशको आर्थिक अवस्था, अभिव्यक्ति स्वतन्त्रतामा लगाइएको अंकुश, महिला अधिकार र अल्पसंख्यक समुदायमाथि राज्यको व्यवहारप्रति असन्तुष्ट छन् । त्यसैले आर्थिक संकटमा जुधिरहेको इरान विरुद्ध इसरायलले गरेको हमलाले देशभित्रै सरकारमाथि संकट पैदा गरिरहेको छ ।
इजरायलको आक्रमणमा रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)को कमाण्डर, इरानी शसस्त्र बल प्रमुख र आईआरजीसीका उच्चपदस्थ अधिकारीहरु मारिएका छन् । इसरायलको आक्रमण विरुद्ध इरानले पनि प्रतिआक्रमण गरिसकेको छ ।
इजरायलका दर्जनौं रणनीतिक स्थान, सेनिक अड्डा र एयरबेसमा हमला गरेको आईआरजीसीको दाबी छ । उक्त हमलामा १० भन्दा बढी इसरायलीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएको समाचार आइरहेका छन् ।
तर इरानको जवाफी हमलाले भने स्थिति झनै बिग्रिएको छ । इरानको प्रतिआक्रमणपति नेतान्याहुले भनेका छन्, ‘यो त सुरुवात मात्रै हो, थप आक्रमणहरु बाँकी छन् ।’
नेतान्याहुको भनाइपछि के आँकलन गरिँदैछ भने अब हुने इसरायली आक्रमणमा इरानका शीर्ष नेताहरु निशानामा पर्न सक्छन् । यसै पनि इसारयलले इरानका उच्चपदस्थ अधिकारीमाथि हमला गरेर आक्रमणको सुरुवात गरेको थियो ।
नेतान्याहुको अभिव्यक्तिको सुक्ष्म अध्ययन गर्दा के देखिन्छ भने इसरायलको यस्तो आक्रमण र शीर्ष नेतृत्व लक्षित हत्या श्रंखलाले इरानी शासनलाई अस्थिर बनाउन सक्छ । यसपछि देशभित्र विद्रोहको अवस्था सृजना हुनसक्छ । कम्तीमा इसरायली प्रधानमन्त्री नेतान्याहुको भित्री चाहना यस्तै देखिन्छ । तर, नेतान्याहुले खेल्न खोजेको यो ठूलो जुवा हो, एकदमै ठूलो जुवा !
अहिलेको सत्ताको विकल्प के हो त ?
इसरायलले यसरी इरानमाथि श्रंखलाबद्ध हमला कहाँसम्म पुग्ने हो, कुनै ठोस प्रमाण छैन । यदि यस्तो प्रतिक्रिया सुरु भएमा कहाँ गएर यो द्धन्द्ध टुंगिन्छ भन्ने कुरा पनि यकिन गर्न सकिने अवस्था छैन । इरानमा सबैभन्दा धेरै शक्ति तिनीहरुकै हातमा छ, जसले सेना र अर्थतन्त्रमा पूर्ण नियन्त्रण राख्छन् ।
शक्तिको अधिकांश हिस्सा आइआरजीसी र केही कट्टरपन्थी नेताहरुको हातमा छ । र उनीहरुलाई इरानमा सत्तापलट आवश्यक छैन । किनभने उनीहरु पहिलेदेखि नै सत्तामा छन् । सत्तामा यति शक्तिशाली तवरले छन् कि यो द्धन्द्धलाई उनीहरु अझैं ठूलो टकरावतिर लैजान सक्छन् ।
नेतान्याहुको उद्देश्य के हुनसक्छ भने यही सत्ताको पतन गरेपछि इरानमा अराजकता र अव्यवस्थाको सृजना होस् । यदि नेतान्याहुको यस्तो चाहना पूरा भएमा यस घटनाको व्यापक असर मध्यपूर्वमा पर्नेछ ।
इरानलाई लिएर इसरायलको चाहना यस्तो देखिन्छ कि इरानमा कुनै न कुनै तवरबाट विद्रोह होस् र त्यसपछि निर्माण हुने सरकारको इसरायलप्रतिको व्यवहार सहयोगी र मैत्रीपूर्ण होस् । तर, यहाँ प्रश्न यो छ कि यस्तो विद्रोहको नेतृत्व कसले लिन सक्छ ?
पछिल्ला वर्षहरुमा इरानमा सरकारका विपक्षीहरु धेरै नै विभाजित भएर गएका छन् । अहिलेको सरकारको विकल्प स्पष्ट ढंगले अझैं देखिँदैन ।
सन् २०२२ मा ‘वुमन लाइफ फ्रिडम’ नामले परिचित विद्रोह इरानमा तीव्र गतिमा फैलिएको थियो । त्यसवेला केही विपक्षी समूहहरुले इस्लाम विरोधी गणतान्त्रिक दलहरु र कार्यकर्तालाई समेटेर गठबन्धन बनाउन खोजेका थिए ।
अन्ततः यो गठबन्धन पनि तुहिएको थियो । गठबन्धनको नेतृत्व कसले गर्ने र सत्ता परिवर्तनपछि नयाँ शासकीय स्वरुप कस्तो हुन्छ भन्ने विषयमा भएको मदभेदका कारण यो गठाबन्धनले धेरै समयसम्म टिक्न सकेन । यसपछि इरानको इस्लामिक कट्टरपन्थी सरकार झन् बलियो हुँदै गएको थियो ।
इसरायलको नजरको विकल्प को हुन सक्छ ?
इसरायलले इरानमा केही समूह वा व्यक्तिहरुलाई आफ्नो मनपर्ने विकल्पको रुपमा देखेको हुनसक्छ । जस्तो इरानका पूर्व शाहका छोरा तथा पूर्वराजकुमार रजा पहलवी हुन सक्छन् । यी शाहवंशको शासनलाई सन् १९७९ मा इरानमा फैलिएको इस्लाममिक क्रान्तिले समाप्त पारिदिएको थियो । यो शाहवंश इसरायल र पश्चिमा शक्तिसँग निकै नै सफ्ट थियो ।
पूर्वराजकुमार रजा पहलवी अहिले निर्वासित जीवन बिताइरहेका छन् । विदेशमा रहेरै उनी विदेशी शक्तिहरुलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेका छन् । केही समयअघि उनले इसरायलको भ्रमण समेत गरेका थिए ।
उनी इरानका केही जनतामाझ लोकप्रिय पनि छन् । तर, उनको त्यो लोकप्रियतालाई ठूलो शक्तिमा परिवर्तन गर्न र इरानको सत्ता बदल्न पर्याप्त छ वा छैन भन्ने कुरा स्पष्ट छैन ।
राजकुमारका अतिरिक्त इरानमा प्रतिबन्धित मुजाहिद्दीन–ए–ख्लाक (एमईके) नामक एक समूह पनि छ । यो समूह वर्तमान इरानी सरकार परिवर्तन गर्ने पक्षमा भए पनि एकतन्त्रीय राजाको शासनतिर जान चाहँदैन । वामपन्थी मुस्लिम समूहको रुपमा गठन गरिएको यो समूह पहिले राजाको कट्टर विरोधी थियो ।
इस्लामिक क्रान्तिपछि यो समूह इराक गएको थियो । सन् १९८० को दशकको सुरुवातमै इरान विरुद्धको युद्धमा यो समूहले इराकका शासक सद्दाम हुसेनसँग हात मिलाएको थियो । पछि सद्दाम हुसेनको हत्या भयो । इराकसँग इरान विरुद्ध हात मिलाएकै कारण यो समूह इरानका धेरै राष्ट्रवादी जनतामाझ अलोकप्रिय छ ।
यो समूह अहिले पनि सक्रिय छ । यस समूहसँग जोडिएका व्यक्तिहरु अहिले अमेरिकामा रहेको र केही व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिक रहेको समेत बताइन्छ । यद्यपि ट्रम्पको पहिलो कार्यकालको तुलनामा यो समूहको प्रभाव ह्वाइट हाउसमा कम देखिन्छ ।
ट्रम्पको पहिलो कार्यकालमा माइक पोम्पिओ, जोन बाल्टन र रुडी गुलिआनीजस्ता वरिष्ठ अमेरिकी अधिकारीहरु एमईकेको बैठकमा सहभागी भएका थिए । उनीहरु एमईकेको समर्थनमा भाषण दिएको समाचारहरु समेत बाहिरिएका थिए ।
यसका अलवा इरानमा अन्य राजनीतिक शक्तिहरु पनि छन् । जो इरानमा धर्मनिरपेक्ष लोकतन्त्र स्थापना गर्न चाहन्छन् भने संसदीय राजतन्त्रको माग गर्नेहरु पनि छन् ।
यद्यपि इसरायलले शुक्रबारबाट सुरु गरेको हमलाको असरबारे अहिले नै विश्लेषण गर्नु हतार हुनसक्छ । तर, गत वर्ष पनि इसरायल र इरानबीच टकराव भएको थियो । त्यसवेला यस्तो आँकलनको बलियो संकेत देखिएको थिएन । साथै गत शुक्रबार इसरायलले पुर्याएको क्षतिको तुलनामा गत वर्षको क्षति तुलनायोग्य नै थिएन ।
इरानको अन्तिम उद्देश्य
इसरायलको उद्देश्यहरुको चर्चा गर्दै गर्दा अब इरानको अन्तिम उद्देश्य के हुनसक्छ भन्नेबारे पनि चर्चा गरौं । इरानले पछिल्लो हमलामार्फत् इसरायलको धेरै स्थानहरुलाई निशाना बनाएको भए तापनि इरानसँग अब धेरै प्रभावकारी विकल्पहरु देखिँदैन ।
यो तनाव कम गर्नका लागि इरानले अमेरिकासँग वार्ता जारी राखोस् भन्ने धेरैलाई लागेको हुनसक्छ । तर, यदि वार्ता जारी राखेमा ट्रम्पको परमाणु कार्यक्रमसम्बन्धी माग पूरा गर्न इरानलाई धेरै गाह्रो हुनेछ । किनभने ट्रम्पको माग पूरा गर्न तयार भएको खण्डमा इरानले हार स्वीकार गरेको सन्देश जानेछ । यस्तो सन्देशले इरानी सरकारलाई ठूलो क्षति गर्नेछ ।
इरानको अन्तिम विकल्प भनेको इसारयलविरुद्धको हमला जारी राख्नु । यो विकल्प इरानी सरकारले सत्ता टिकाउनलाई सबैभन्दा बढी चाहेको विकल्प पनि हो । इरानी सरकारले आफ्ना जनतासँग यही बाचा समेत गरेको छ । तर समस्या कहाँनेर छ भने यदि इरानले हमला जारी राखेमा इसरायलको अझैं कडा हमला आउनसक्छ ।
यस खालको हमलामा इसरायल एक्लो पनि नहुन सक्छ । किनभने यसअघि नै इरानले मध्यपूर्व क्षेत्रका अमेरिकी सैन्य अड्डा, दूतावास र अमेरिकासँग सम्बन्धित अन्य परियोजनाहरुलाई निशाना बनाउने धम्की दिइसकेको छ ।
तर इरानका लागि यो खाले धम्कीलाई व्यवहारमा उतार्न त्यति सजिलो भने छैन । किनभने अमेरिकामाथि सीधा हमला हुनसाथ अमेरिका स्वयं यो द्धन्द्धमा प्रत्यक्ष रुपमा संलग्न हुनेछ, जुन क्ुरा इरान चाहँदैन ।
यस द्धन्द्धमा इरान र इसरायल दुवै देशलाई कुनै पनि खाले विकल्प सजिलो देखिँदैन । साथै यस संघर्षको परिणाम के हुनेछ भनेर अनुमान लगाउन पनि कठिन छ । यथार्थ चाहिँ के हो भने यो तनाव समाप्त हुने संघारमा देखिँदैन र विस्फोटपछि उडेको धुलो अझैं पनि आकाशमै छ । जबसम्म परिस्थिति शान्त हुँदैन, तबसम्म के फेरियो, फेरिएन भनेर ठम्याउन निकै गाह्रो हुने गर्छ ।
यद्यपि ट्रम्पको पहिलो कार्यकालको तुलनामा यो समूहको प्रभाव ह्वाइट हाउसमा कम देखिन्छ । ट्रम्पको पहिलो कार्यकालमा माइक पोम्पिओ, जोन बाल्टन र रुडी गुलिआनीजस्ता वरिष्ठ अमेरिकी अधिकारीहरु एमईकेको बैठकमा सहभागी भएका थिए । उनीहरु एमईकेको समर्थनमा भाषण दिएको समाचारहरु समेत बाहिरिएका थिए ।
यसका अलवा इरानमा अन्य राजनीतिक शक्तिहरु पनि छन् । जो इरानमा धर्मनिरपेक्ष लोकतन्त्र स्थापना गर्न चाहन्छन् भने संसदीय राजतन्त्रको माग गर्नेहरु पनि छन् ।
यद्यपि इसरायलले शुक्रबारबाट सुरु गरेको हमलाको असरबारे अहिले नै विश्लेषण गर्नु हतार हुनसक्छ । तर, गत वर्ष पनि इसरायल र इरानबीच टकराव भएको थियो । त्यसवेला यस्तो आँकलनको बलियो संकेत देखिएको थिएन । साथै गत शुक्रबार इसरायलले पुर्याएको क्षतिको तुलनामा गत वर्षको क्षति तुलनायोग्य नै थिएन ।
इरानको अन्तिम उद्देश्य
इसरायलको उद्देश्यहरुको चर्चा गर्दै गर्दा अब इरानको अन्तिम उद्देश्य के हुनसक्छ भन्नेबारे पनि चर्चा गरौं । इरानले पछिल्लो हमलामार्फत् इसरायलको धेरै स्थानहरुलाई निशाना बनाएको भए तापनि इरानसँग अब धेरै प्रभावकारी विकल्पहरु देखिँदैन ।
यो तनाव कम गर्नका लागि इरानले अमेरिकासँग वार्ता जारी राखोस् भन्ने धेरैलाई लागेको हुनसक्छ । तर, यदि वार्ता जारी राखेमा ट्रम्पको परमाणु कार्यक्रमसम्बन्धी माग पूरा गर्न इरानलाई धेरै गाह्रो हुनेछ । किनभने ट्रम्पको माग पूरा गर्न तयार भएको खण्डमा इरानले हार स्वीकार गरेको सन्देश जानेछ । यस्तो सन्देशले इरानी सरकारलाई ठूलो क्षति गर्नेछ ।
इरानको अन्तिम विकल्प भनेको इसारयलविरुद्धको हमला जारी राख्नु । यो विकल्प इरानी सरकारले सत्ता टिकाउनलाई सबैभन्दा बढी चाहेको विकल्प पनि हो । इरानी सरकारले आफ्ना जनतासँग यही बाचा समेत गरेको छ । तर समस्या कहाँनेर छ भने यदि इरानले हमला जारी राखेमा इसरायलको अझैं कडा हमला आउनसक्छ ।
यस खालको हमलामा इसरायल एक्लो पनि नहुन सक्छ । किनभने यसअघि नै इरानले मध्यपूर्व क्षेत्रका अमेरिकी सैन्य अड्डा, दूतावास र अमेरिकासँग सम्बन्धित अन्य परियोजनाहरुलाई निशाना बनाउने धम्की दिइसकेको छ ।
तर इरानका लागि यो खाले धम्कीलाई व्यवहारमा उतार्न त्यति सजिलो भने छैन । किनभने अमेरिकामाथि सीधा हमला हुनसाथ अमेरिका स्वयं यो द्धन्द्धमा प्रत्यक्ष रुपमा संलग्न हुनेछ, जुन क्ुरा इरान चाहँदैन ।
यस द्धन्द्धमा इरान र इसरायल दुवै देशलाई कुनै पनि खाले विकल्प सजिलो देखिँदैन । साथै यस संघर्षको परिणाम के हुनेछ भनेर अनुमान लगाउन पनि कठिन छ । यथार्थ चाहिँ के हो भने यो तनाव समाप्त हुने संघारमा देखिँदैन र विस्फोटपछि उडेको धुलो अझैं पनि आकाशमै छ । जबसम्म परिस्थिति शान्त हुँदैन, तबसम्म के फेरियो, फेरिएन भनेर ठम्याउन निकै गाह्रो हुने गर्छ ।
-बीबीसी हिन्दीबाट भावानुवाद