Category: विश्व प्रेस

  • ट्रम्पलाई चीन भ्रमणको निम्तो, चाँडै जाने तयारी

    ट्रम्पलाई चीन भ्रमणको निम्तो, चाँडै जाने तयारी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमणमा जाने भएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पत्रकारसँग कुरा गर्दै चीनबाट निम्तो आएको र ट्रम्प भ्रमणका लागि तयार रहेको जानकारी दिएका हुन्।

    रुबिओले भने, ‘यो भ्रमण उहाँ (ट्रम्प) आफैँ गर्न चाहनुहुन्छ, त्यसैले हामी त्यसका लागि उपयुक्त मिति खोज्न काम गर्नेछौं। तर मलाई पक्का छ कि यो भ्रमण हुनेछ, किनभने दुबै राष्ट्रपतिहरू यसलाई चाहनुहुन्छ।’

    आसियानको भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी सँग भेटघाट भएको प्रसंगमा पत्रकारले चिनियाँ राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीचको सम्भावित भेटबारे प्रश्न गरेका थिए।

     

  • सन्तानमा पुटिनको त्यो आग्रहः ८ वटासम्म बच्चा जन्माउन प्रोत्साहन

    सन्तानमा पुटिनको त्यो आग्रहः ८ वटासम्म बच्चा जन्माउन प्रोत्साहन

    काठमाडौ‌ं । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीस वर्षमा तीन सन्तान जन्माइसक्न आग्रह गरेको क्लिप अहिले भाइरल छ ।

    ठीक यस्तै त होइन । तर यस्तै यस्तै र कतिपय अवस्थामा यो भन्दा रोचक आग्रह रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले गर्दै आएका छन् ।

    उदाहरणको लागि सन २०२३ मा पुटिनले भनेका थिए, ‘हाम्रो संस्कार नै चार वा पाँच बच्चाहरु हुर्काउने हो । रुसी परिवारमा नातिनातिना र पनातिपनानिता हुन्थे । एकै परिवारका आठ दश सन्तान हुन्थे ।’ यस्तो लाग्न सक्ला कि पुटिनले युक्रेनसँगको युद्धपछि यस्तो गरेका हुन् । त्यो होइन ।’

    युद्ध अगाडिका वर्षहरुमा पनि पुटिनले रुसको जन्मदर घटेसँगै धेरै बालबच्चा पाउनेहरुलाई पुरस्कार, नगर र सम्मान दिने गरेका थिए ।

  • नेपालीहरुको उठिबास लगाएको क्षेत्रमा ५५ लाख यात्रु धान्ने अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै भुटान

    नेपालीहरुको उठिबास लगाएको क्षेत्रमा ५५ लाख यात्रु धान्ने अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै भुटान

    काठमाडौं । भुटानले नेपाली भाषीहरुलाई लखेटेको क्षेत्र गेलेफु क्षेत्रमा अन्तराष्ट्रिय विमानस्थल बनाउने भएको छ । १३ लाख यात्रुहरु अटाउने गेलेफु अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भुटानी राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुकले बुधबार उक्त विमानस्थलको शिलान्यास गरेका हुन् ।

    विमानस्थलको भविष्यको क्षमता ५५ लाख यात्रुहरु हुने बताइएको छ । भुटानले दक्षिण एसिया र आसियान क्षेत्र जोड्ने भन्दै बनाउन लागेको गेलेफु क्षेत्रमा उक्त विमानस्थल बन्न लागेको हो ।

    भुटानी अखबार कुन्सेलका अनुसार विमानस्थलमा वाइडबडी बोइङ ७३७ र एयरबस ए३२१ धान्न सक्ने क्षमताको हुनेछ भने रनवे तीन हजार मिटको लामो हुनेछ ।

    गेलेफुलाई माउन्डफुलनेस सहर भन्दै बनाउन खोजिएता पनि दशकौं अगाडि नेपाली भाषी भुटानीहरुको घरबास उठिबास लगाएर खेदेको क्षेत्र भएकोले नेपाली र विश्व मिडियामा यो आवाज अहिले पनि उठ्दै आएको छ ।

  • बंगलादेशका १८ न्यायाधीशलाई बाध्यकारी अवकाशमा पठाइयो

    बंगलादेशका १८ न्यायाधीशलाई बाध्यकारी अवकाशमा पठाइयो

    काठमाडौं । बंगलादेशका १८ न्यायाधीशहरुलाई बाध्यकारी अवकाशमा पठाइएको छ । बंगलादेश सरकारले एक निर्णय लिएर यस्तो गरेको हो । निर्णय लिँदा २५ वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने नियम ल्याएर गरिएको थियो ।

    बंगलादेशको अखबार प्रथोम आलोका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसबारेमा जानकारी दिइसकेको छ ।

    बाध्यकारी अवकासमा पठाइएता पनि सबै न्यायाधीशहरुलाई सरकारी नियम अनुसारकै अवकाशको सेवा सुविधा दिइने भएको छ ।

     

     

  • चिनियाँ पर्यटक बलात्कार गर्ने कोरियाली व्याण्ड के-पपका सदस्य जेल चलान

    चिनियाँ पर्यटक बलात्कार गर्ने कोरियाली व्याण्ड के-पपका सदस्य जेल चलान

    काठमाडौं । दक्षिण कोरियाको चर्चित व्याण्ड के–पपका एक सदस्य ताइल बलात्कार कसुरमा जेल चलान भएका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार उनलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ ।

    ३१ वर्षका ती व्याण्ड सदस्य र अरु दुई जनाले एक चिनियाँ पर्यटकलाई बलात्कार गरेको सजायमा यस्तो फैसला आएको हो । सिओलको एक बारमा भेट भएकी पर्यटकलाई उनीहरुले सामुहिक बलात्कार गरेको बताइएको छ ।

    ताइलले बलात्कार आरोप लागेसँगै व्याण्डसँगको आबद्धता भने गत वर्षको अगस्टबाट छोडेका थिए । उनको पुरा औपचारिक नाम मुन ताइल हो ।

  • पाकिस्तानको नाङ्गा पर्वतमा निर्मल पुर्जाको नयाँ रेकर्ड, बने ८ हजारमाथिका चुचुरा ५० पटक चुम्ने प्रथम आरोही

    पाकिस्तानको नाङ्गा पर्वतमा निर्मल पुर्जाको नयाँ रेकर्ड, बने ८ हजारमाथिका चुचुरा ५० पटक चुम्ने प्रथम आरोही

    काठमाडौं । ६ महिना ६ दिनका विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ चुचुरामा पाइलाले चुमेका विश्वविख्यात आरोही निर्मल पुर्जाले पाकिस्तानमा नयाँ रेकर्ड बनाएका छन् । उनी आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक पुग्ने प्रथम अनुहार बनेका छन् ।

    पूर्व बेलायती सेनाका अनुहार पुर्जाले जुलाई ३ मा त्यो रेकर्ड बनाउन सफलता पाएका हुन् ।

    पाकिस्तानको नांगा पर्वतमा पुगेर उनले यो रेकर्ड बनाएका हुन् । अझ रोचक यो छ कि उनका ५० आरोहणहरुमा २२ आरोहण अक्सिजन बिना भएका थिए । यो रेकर्ड अरुको नाममा छैन । नेपाल र बेलायतको २०० वर्ष भन्दा लामो समयको दोस्तीलाई सम्मान गरेर पुर्जाले चुचुरामा गोर्खा र यूके स्पेसल फोर्सेसको झण्डा फहराएको उनको प्रेस रिलिजले उल्लेख गरेको छ ।

    चुचुरोमा पुगेको क्षणलाई पुर्जाले व्याख्या गर्दै भनेका छन्, ‘यो कोशेढुङ्गा पार गर्नुमा म ज्यादै भाग्यमानी महँसुस गर्छु । मलाई सधैँ नै लागिरहन्छ मेरो उदेस्य चुचुरो भन्दा पर हो । अरुहरुलाई आफ्ना सपनामा विश्वास गराउन प्रेरणा जगाउनु हो । यहाँ अहिलेसम्म हुनु र मिसनमा सक्रिय भइरहनुमा मलाई दिव्य महँसुस हुन्छ ।’

  • युरोपियन युनियनविरुद्ध चीनले घोषणा गर्‍यो प्रतिशोधात्मक प्रतिबन्ध

    युरोपियन युनियनविरुद्ध चीनले घोषणा गर्‍यो प्रतिशोधात्मक प्रतिबन्ध

    बेइजिङ । युरोपेली सङ्घ (ईयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आइतबार जवाफी प्रतिबन्धको घोषणा गरेको छ ।

    चीनको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनमा स्थापना भएका युरोपेली पुँजी भएका कम्पनीहरूबाहेक युरोपेली युनियनका कम्पनीहरूलाई चार करोड ५० लाख युआन (६३ लाख अमेरिकी डलर) भन्दा बढीको मागबाट बाहिर राखिनेछ ।’

    सम्बन्ध सुधारका लागि चीनका विदेशमन्त्री वाङ यीले गत साता युरोपेली सङ्घको मुख्यालय ब्रसेल्सका साथै फ्रान्स र जर्मनीको भ्रमण गरेका थिए ।

    यद्यपि ईयूको चीनसँग ३५७.१ अर्ब डलरको व्यापार घाटासहित आर्थिक सम्बन्धमा गहिरो द्वन्द्व कायमै छ ।

    आइतबारदेखि लागू हुने गरी चीनले लगाएको प्रतिबन्धमा कृत्रिम उपकरण, पार्टपुर्जादेखि मेडिकल मेसिनरी र सर्जिकल उपकरणसम्मका उत्पादन समावेश गरिएको छ ।

    चिनियाँ अर्थ मन्त्रालयले गैरयुरोपेली कम्पनीहरूको सवालमा ईयूका उत्पादनहरूको अनुपात ५० प्रतिशतभन्दा बढी हुन नसक्ने बताएको छ ।

    ईयूले चीनविरूद्ध दोहोरो मापदण्ड अपनाएको र चिनियाँ कम्पनीहरूलाई ५० लाख युरो (५८ लाख डलर) भन्दा बढीको सरकारी मेडिकल उपकरणहरू खरिदमा प्रतिबन्ध लगाएको बेइजिङले आरोप लगाएको र बदलामा ईयूले बेइजिङका तर्फबाट आक्रोशपूर्ण प्रतिक्रियाको सामना गर्नुपरेको हो ।

    युरोपेली सङ्घले उक्त प्रतिबन्ध ‘चीनले लामो समयदेखि ईयूमा निर्मित मेडिकल उपकरणलाई चिनियाँ सरकारी सम्झौताबाट बहिष्कृत गरेको’ प्रतिक्रिया भएको बताएको थियो ।

    ब्रसेल्सका अनुसार चीनमा निर्यात हुने चिकित्सा उपकरणहरूको लागि सार्वजनिक खरिद सम्झौताको झण्डै ९० प्रतिशत ईयूका फर्महरू ‘बहिष्करण र भेदभावपूर्ण मापदण्डको दायरामा’ थिए ।

    चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनले पटक-पटक द्विपक्षीय संवादका माध्यमबाट सार्वजनिक खरिदका क्षेत्रमा परामर्श, संवाद र द्विपक्षीय व्यवस्थाका माध्यमबाट यी विवादहरूको उचित समाधान गर्न आफ्नो इच्छा व्यक्त गर्दै आएको छ ।’

    विगत तीन वर्षमा ब्रसेल्स र बेइजिङ इलेक्ट्रिक कार, रेल उद्योग, सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनसहितका धेरै आर्थिक कारोबारहरूमा द्वन्द्व देखिएको थियो । -रासस/एएफपी

  • कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

    कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

    कराँची । पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिबार अपरान्ह भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् ।

    कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा ट तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो । उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन् ।

    कराँचीका मेयर ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् ।

    उनले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरे ।

    आठ जनाको घटनास्थलमै र एकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेयर बहाबले जानकारी दिए । घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ ।

    मेयर बहाबका अनुसार उद्धार कार्य अझै जारी छ । टोलीहरूले अरू कोही पनि भग्नावशेषमा नफसेको सुनिश्चित नहुँदासम्म काम गरिरहनेछन् । -रासस/एएफपी

  • गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु

    गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु

    गाजा । गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

    प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’ का अनुसार गाजा सहरको अल-जर्का क्षेत्रमा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । यसैगरी गाजाको अस्कौला क्षेत्रमा रहेको एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँच जनाको ज्यान गएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ ।

    मध्य गाजामा रहेको अल–बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ । अल-माघाजी शिविरमा पनि आक्रमणपछि दुई जनाको शव अस्पतालमा ल्याइएको छ ।

    त्यस्तै दक्षिण गाजाको खान युनूसस्थित अल-मवासी क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको शिविरमा इजरायली आक्रमण हुँदा सात जना शहीद भएका छन् भने १० भन्दा बढी घाइते भएका छन् । आक्रमणमा एकजना बुबा र उनका छोराको पनि ज्यान गएको जनाइएको छ । – रासस/क्यूएनए

  • भियतनामको अर्थतन्त्रमा उल्लेखनीय सुधार

    भियतनामको अर्थतन्त्रमा उल्लेखनीय सुधार

    हनोई । भियतनामले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७.५२ प्रतिशतको दरले आर्थिक वृद्धि हासिल गरेको छ, जुन पछिल्ला केही वर्षहरूमा अत्यन्तै उल्लेखनीय मानिएको छ ।

    देशको केन्द्रीय तथ्याङ्क कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वृद्धिदर सबैभन्दा उच्च हो, जसले समग्र आर्थिक स्थायित्व र सुधारको संकेत गर्छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान विश्व तथा क्षेत्रीय परिस्थितिहरूमा चुनौतीपूर्ण अवस्थाका बावजुद पनि देशको सामाजिक तथा आर्थिक प्रदर्शन सकारात्मक रहेको छ र निर्धारित लक्ष्यतर्फ उन्मुख देखिन्छ ।’

    यस अवधिमा दोस्रो त्रैमासिकमा मात्र भियतनामले ७.९६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ, जुन हालका वर्षहरूमा दोस्रो त्रैमासिकको सबैभन्दा उच्च दर हो । सरकारको लक्ष्य यस वर्ष कम्तीमा आठ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्ने रहेको छ ।

    यसैबीच भियतनाम र अमेरिकाबीच भएको व्यापार सहमतिपछि अमेरिकी आयात महसुलदर उल्लेखनीय रूपमा घटाइएको छ । प्रस्तावित ४६ प्रतिशत महसुललाई घटाएर न्यूनतम २० प्रतिशतमा झारिएको छ, जसको सट्टा भियतनामले अमेरिकी उत्पादनहरूलाई आफ्नो बजारमा पहुँच दिन सहमति जनाएको हो ।

    अमेरिकासँग सबैभन्दा धेरै व्यापार नाफा गर्ने मुलुकहरूमध्ये भियतनाम तेस्रो स्थानमा पर्छ, जसले गर्दा उसमाथि उच्च महसुल लगाउने प्रस्ताव गरिएको थियो, तर सहमतिको माध्यमबाट समाधान खोजिएको छ, जुन आपसी व्यापार सम्बन्ध सुदृढ गर्नेतर्फ सकारात्मक कदमको रूपमा लिइएको छ । -रासस/एएफपी

  • अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो

    अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो

    टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान अचानक आएको बाढीले ठूलो मानवीय क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिका अझै सम्पर्कमा आउन सकेका छैनन् ।

    केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाएअनुसार थप व्यक्तिहरू हराइरहेका हुनसक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्नसक्ने सम्भावना छ ।

    टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उनले बताएअनुसार ग्वाडालुपे नदीको पानीको सतह एकै चोटी २६ फिट (करिब ८ मिटर)ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन छन् ।

    शिविरका प्रमुखले पठाएको सन्देश अनुसार बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
    हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्धार कार्य जारी रहेको छ । उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।

    स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ । किनभने धेरै सडक अवरुद्ध अवस्थामा छन् ।

    विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानव निर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् । -रासस/एएफपी

  • तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस, कम्युनिस्ट सोभियतको झल्को

    तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस, कम्युनिस्ट सोभियतको झल्को

    काठमाडौं । रुसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिएको छ । चार वर्षअघि अमेरिकी सहयोगको सरकारलाई लखेटेर तालिवानले शासन थालेपछि यो सत्तालाई मान्यता दिने रुस विश्वकै पहिलो देश बनेको छ । रुसका लागि अफगानी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै रुसले तालिवनासँगको सहकार्यको ढोका खोलेको हो ।

    रुसी विदेश मन्त्रालयले भनेको छ- हामीलाई विश्वास छ कि इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको सरकारलाई आधिकारिक मान्यता दिने कार्यले हाम्रा देशहरू बीच विभिन्न क्षेत्रमा उत्पादक द्विपक्षीय सहयोगको विकासलाई प्रोत्साहन दिनेछ ।

    तत्कालीन सोभियत संघको पालामा पनि रुसी कम्युनिस्ट सत्ताले अफगानिस्तानमा आफ्नो पक्षको शासन चलाएको थियो । त्यसबेला रुसी कम्युनिस्ट पक्षधरविरुद्ध अमेरिकाले बिन लादेनहरू खडा गरेको आरोप छ । कालान्तरमा लादेन नै अमेरिकाको दुश्मन बनेर अमेरिकाबाटै मारिएका थिए ।

  • ९० वर्ष पुगे दलाइ लामा, आफ्नो १५ औँ अवतारबारे बेइजिङलाई दिए यस्तो चेतावनी

    ९० वर्ष पुगे दलाइ लामा, आफ्नो १५ औँ अवतारबारे बेइजिङलाई दिए यस्तो चेतावनी

    काठमाडौं । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाले आफ्नो ९० औँ जन्मदिन मनाउँदै गर्दा आफ्नो मृत्युपछि नयाँ दलाइ लामा पहिचान गर्न आफ्नो सचिवालयलाई पूर्ण अधिकार रहेको घोषणा गरेका छन् ।

    सन् १९५० मा चीनमा माओ त्से तुङको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सम्पन्न भएसँगै तिब्बत चीनको अधीनस्थ भएको थियो । त्यसको विरुद्धमा उत्रिएका दलाइ लामा त्यसयता भारतमा निर्वासित छन् । बेइजिङले १५ औँ दलाइ लामा घोषणा गर्न नपाउने उनको दाबी छ ।

    आगामी आइतबार दलाइ लामा ९० वर्ष पुग्दैछन् । उनी सन् १९५९ देखि निर्वासित छन् । नेपालले तिब्बतलाई चीनको अभिन्न अंग मान्दै आएको छ भने दलाइ लामाका गतिविधि प्रतिबन्धित छन् ।

    दलाइ लामाको नयाँ अवतारका बारेमा धर्मशालामा छलफल भइरहेका छन् । दलाइ लामा स्वयंले यो एउटा संस्था भएकाले यसको निरन्तरता भइरहने बताए । सीएनएनका अनुसार नोबल शान्ति पुरस्कार विजेता दलाइ लामाले आफ्नो शेषपछि नयाँ अवतार आउने बताएका छन् ।

    तिब्बती बुद्धिजमको मान्यता अनुसार दलाइ लामाको पुनर्जन्म भएरै अर्को दलाइ लामा आउने हो । उनीहरूको मान्यता अनुसार आइतबार ९० वर्ष पुग्न लागेका १४ औँ दलाइ लामा हुन् । उनको जन्म सन् १९३५ जुलाई ६ मा तिब्बतको ताक्सेरमा भएको थियो । उनको वास्तविक नाम ल्हमो थोन्डुप हो । उनले १३ औँ दलाइ लामा थुप्देन ग्यात्सोको अवतार लिएको मानिन्छ ।

    एक भिडिओ सन्देशमार्फत उनले बेइजिङलाई चुनौती दिँदै भनेका छन् कि, उनको मृत्युपछि पनि उनको नाम बोकेको शताब्दी पुरानो आध्यात्मिक संस्था जारी रहनेछ र उनको उत्तराधिकारी पहिचान गर्ने अधिकार बेइजिङलाई होइन, केवल उनको भित्री घेरालाई हुनेछ।

    जन्मदिनको पूर्वसन्ध्यामा एक प्रार्थना समारोहमा बुधवार प्रसारित एक भिडियो सन्देशमा, १४ औँ दलाई लामाले उनको मामिला व्यवस्थापन गर्ने गादेन फोड्राङ ट्रस्टले उनको पुनर्जन्मको खोजीको निरीक्षण बताएका छन् ।

    उनले भने- यस विषयमा हस्तक्षेप गर्ने अरू कसैलाई त्यस्तो अधिकार छैन । विगतको परम्परा अनुसार, मेरो पुनर्जन्मको खोजी र १५ औँ दलाई लामाको नामकरण गरिनेछ।

    कम्युनिस्ट सत्तासँग भागेर भारतको हिमान्चलमा निर्वासित सरकार चलाइरहेका दलाइ लामालाई अमेरिकीलगायत पश्चिमाको साथ रहेको छ ।

    दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्त्व दर्शनमा आधारित अवतारवादको अटुट शृङ्खला हो । उनलाई विश्वभरिका बौद्ध धर्मावलम्बीहरू बोधिसत्त्व आर्य-अवलोकितेश्वरका जीवित अवतारका रूप मान्दछन् ।

    मंगोलियन भाषामा दलाइको अर्थ समुन्द्र र लामाको अर्थ गुरु हुन्छ। विशेषतः दलाई लामा छान्ने विधि एक जटिल आध्यात्मिक विधि हो ।

    कहिले काहीँ पहिलो दलाई लामाले आफ्नो भावी अवतारका बारे केहि जानकारी छाडेर जाने गर्दछन् तर केहि अवस्थामा भने तिब्बतको पवित्र ल्हामो तालबाट आउने पवित्र तथ्य , महान् गेलुक धर्माधिकारीको सपनामा देखिने तथ्यहरू वा गेलुग सम्प्रदाय वा दलाई लामाकी इष्ट देवी पाल्देन ल्हामोबाट दिइने तथ्यबाट पनि भावी दलाई लामाको चयन गरिन्छ ।

    वर्तमान १४ दलाई लामाको चयन पनि यसै आधारमा गरिएको थियो । यसरी चयन गरिएको सानो बालक दलाई लामा हो, होईन अझ प्रस्ट पार्न उनलाई पछिल्लो दलाई लामाले प्रयोग गरेको वा उनी सँग सम्बन्धित वस्तुहरू रोज्न लगाइन्छ । यदि उनले सही वस्तु रोजेको खण्डमा मात्र उनी सही दलाई लामा हुन भन्ने यकिन गरी उनलाई विशेष सम्मानका साथ बौद्ध धर्ममा दीक्षित गरिन्छ ।

  • बालीमा फेरि पल्टिँदा ४ को मृत्यु, ३० को अवस्था अज्ञात 

    बालीमा फेरि पल्टिँदा ४ को मृत्यु, ३० को अवस्था अज्ञात 

    काठमाडौं । इन्डोनेसियाको चर्चित पर्यटकीय टापु बालीमा एक फेरि पल्टिँदा ४ जनाको ज्यान भएको छ भने ३० जनाको अवस्था अज्ञात भएको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार फेरिले ६५ जना यात्रुहरू बोकेर जाभाबाट बालीतर्फ जाँदा यस्तो दुर्घटना भएको हो । फेरिमा भएका ३१ जनालाई उद्धार गरिएको छ । पानीमा घण्टौँ तैरिनु परेकोले उद्धार गरिएकाहरूको अचेत अवस्थामा भेटिएका थिए ।

    तर फेरिमा कुन कुन देशमा यात्रुहरू थिए भन्नेमा कुनै जानकारी सार्वजनिक भएको छैन ।

  • ट्रम्पलाई जोरान माम्दानीको जवाफ- मेयर उम्मेदवार लाई यस्तो भन्नेले आप्रवासी लाई के भन्लान् ?

    ट्रम्पलाई जोरान माम्दानीको जवाफ- मेयर उम्मेदवार लाई यस्तो भन्नेले आप्रवासी लाई के भन्लान् ?

    काठमाडौं । कम्युनिस्ट र न्यू योर्क ध्वस्त गर्ने अनुहारको रूपमा न्यू योर्कका डेमोक्रेटिक पार्टीका मेयर उम्मेदवार जोरान माम्दानीलाई कटाक्ष गर्ने ट्रम्पलाई माम्दानीले जवाफ फर्काएका छन्।

    श्रमजीवी पक्षमा काम गर्ने भनेर मत पाएर जितेपछि काम नगरेर धोका दिएको भन्दै माम्दानीले ट्रम्पको आप्रवासी हेर्ने नजरियाको आलोचना गरेका छन्।

    यस्तो छ उनको आलोचनाको भिडिओ मन्तव्य:

    हिजो डोनाल्ड ट्रम्पले भने- मलाई गिरफ्तार गर्नुपर्छ। उनले भने- मलाई देशबाट निकाल्नुपर्छ। उनले भने-  मलाई नागरिकताबाट वञ्चित गर्नुपर्छ। उनले यी सबै कुरा मेरो बारेमा भने जो यो सहरको इतिहासमा पुस्तौँपछि पहिलो आप्रवासी मेयर बन्ने सम्भावनामा छु ।

    जो यो सहरको इतिहासमै पहिलो ध्यान हटाउन चाहन्छन्- म जुन मूल्यका लागि लड्छु त्यसबाट। म श्रमिक वर्गका लागि लड्छु। म त्यस्ता मान्छेहरूका लागि लड्छु जो यो सहरबाट महँगिकै कारण विस्थापित भएका छन्। म त्यही वर्गका लागि लड्छु जसको लागि उनले आफू लड्दै छु भनेको थिए ।

    यी त्यै राष्ट्रपति हुन जसले सस्तो खाद्यान्न ल्याउने वाचा गरेर चुनाव जितेका थिए, जसले अत्यधिक महँगी र जीविकोपार्जनको संकट हल गर्ने कुरा गरेका थिए। तर आज उनले विभाजनका आगोमा घ्यू हाल्न सजिलो ठानेका छन् । त्योभन्दा सजिलो, जुन बाटोबाट उनले ती श्रमिक अमेरिकीहरूप्रति धोका गरेका छन्- सहरमा मात्र होइन, यो देशभरि नै।

    हामीलाई थाहा छ, उनी मेरो बारेमा बोल्न रुचाउँछन् । तर त्यो विधेयकको बारेमा बोल्न चाहँदैनन् जुन उनी वासिङ्टन डीसीमा अघि बढाइरहेका छन् । त्यस्तो विधेयक जसले अमेरिकीहरूबाट स्वास्थ्य सेवा खोस्नेछ, भोकाहरूबाट खाद्यान्न खोस्नेछ। त्यो विधेयक जसले उनको पहिलो कार्यकालमै भएको जस्तो ठूलो धनसम्पत्तिको स्थानान्तरणलाई दोहोर्‍याउनेछ । धनीहरूलाई अझ धनी बनाउने छ।

    हामीले त्यस्ता व्यक्तिहरूका लागि लड्नुपर्छ, जससँग सम्मानपूर्वक बाँच्न आवश्यक आधारभूत कुरा छैन। म त्यसैका लागि लड्नेछु। र म आभारी छु- त्यति धेरै न्यूयोर्कवासीहरूको समर्थन र सुरक्षा पाएकोमा, जसले उभिएर भने- यो अस्वीकार्य छ। यसमा हाम्रो राज्यपालदेखि श्रमिक आन्दोलनका अगुवासम्मका साथ छन्।

    र अन्ततः मलाई चिन्ता यस कुराको हो यदि डोनाल्ड ट्रम्प र उनको प्रशासनले न्यूयोर्क सहरका डेमोक्र्याटिक मेयर पदका उम्मेदवारको बारेमा यति भन्न सहज ठान्छन् भने कल्पना गरौँ उनीहरू ती आप्रवासीहरूका बारेमा कस्तो कुरा गर्न र गर्न सहज महसुस गर्छन् जसका नाम उनीहरूले कहिल्यै सुनेका पनि छैनन्।

  • मुस्लिम मेयर जित्ने सम्भावनाप्रति ट्रम्पको धम्की- ‘कम्युनिस्ट पागल’ बाट न्युयोर्कलाई जोगाउनेछु

    मुस्लिम मेयर जित्ने सम्भावनाप्रति ट्रम्पको धम्की- ‘कम्युनिस्ट पागल’ बाट न्युयोर्कलाई जोगाउनेछु

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका मेयर उमेदवार जोरान माम्दानी लक्षित गर्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

    ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा म यो ‘कम्युनिस्ट पागल’ लाई न्यूयोर्क नष्ट गर्न दिन्नँ । म सबै नियन्त्रणमा छु, सबै विकल्पहरू मेरो हातमा छन् । म न्यूयोर्क सिटीलाई बचाउनेछु, अनि यसलाई फेरि हट र ग्रेट बनाउनेछु, ठीक त्यस्तै जसरी मैले अमेरिकालाई बनाएको थिएँ ।’

    ट्रम्पको यो भनाइले अमेरिकी राजनीतिमा नयाँ बहस चर्काएको छ । गत चुनावमा ट्रम्पले कमलालाई पनि कम्युनिस्ट भनेर आक्षेप लाएका थिए ।

  • जापानका पूर्वप्रधानमन्त्री भन्छन्- अमेरिकी सैनिक शिविर जापानबाट हट्नुपर्छ (भिडिओ)

    जापानका पूर्वप्रधानमन्त्री भन्छन्- अमेरिकी सैनिक शिविर जापानबाट हट्नुपर्छ (भिडिओ)

    काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामाले अमेरिकाले जापानमा राखेका सैन्य शिविरहरू हटाउनुपर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीसँग कुरा गर्दै हातोयामाले हालै अमेरिकाले इरानमा गरेको आक्रमणपछि इरानले कतारस्थित अमेरिकी सैन्य शिविरमा गरेको जवाफी आक्रमणको उदाहरण दिँदै, ताइवानको तनाव बढेमा चीनले जापानस्थित अमेरिकी सैन्य शिविरमा पनि यस्तै हमला गर्न सक्ने भय रहेको बताएका छन् ।

    हातोयामाका अनुसार, जापानका थुप्रै महिलाहरू अमेरिकी सैनिकबाट बलात्कार र हिंसाको शिकार भए तापनि ‘सुरक्षा’ को नाममा जापानले ती घटनामा स्पष्ट र कडा सवाल उठाउन सकेको छैन ।

    उनले भनेका छन्, ‘जापानले नेटोको सदस्य बन्ने कुरा गर्नुहुन्न ।’

     

     

  • जापानमा ९०० भन्दा बढी भूकम्पका झड्का, टापुवासीको निद्रा भङ्ग

    जापानमा ९०० भन्दा बढी भूकम्पका झड्का, टापुवासीको निद्रा भङ्ग

    टोकियो । जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ ।

    भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन, तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३ः३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो ।

    भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले भने, ‘जुन २१ देखि टोकारा टापु श्रृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय छ । आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ । यसको अन्त्य कहिले हुन्छ, अनुमान गर्न कठिन भएको छ ।’

    टोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा भनेको छ, ‘लगातारको भूकम्पीय गतिविधिका कारण त्यहाँका बासिन्दामा ठूलो भूकम्पको त्रास बढेको छ । उनीहरू केही दिनदेखि राम्ररी सुत्नसम्म सकेका छैनन् । थकित भएका छन् ।’

    एक स्थानीयले क्षेत्रीय प्रसारक एमबीसीसँग भने, ‘यो टापु निरन्तर हल्लिएको जस्तो महसुस भइरहेको छ। निदाउन पनि धेरै डरलाग्दो अवस्था छ ।’

    ‘यो सबै कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट छैन । मैले आफ्ना बच्चाहरूलाई अन्यत्र सार्ने वा घर खाली गर्ने कि नगर्ने भनेर सोच्नुपर्ने भएको छ’, अर्का एक बासिन्दाले भने ।

    जेएमएका अनुसार यसअघि सन् २०२३ सेप्टेम्बरमा टोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिएको र ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो । दूरदराजका १२ वटा टोकारा टापुमध्ये सात वटामा करिब ७०० जना बसोबास गर्छन् ।

    प्रशान्त महासागरको ‘रिङ अफ फायर’ को पश्चिमी किनारामा चार वटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको जापान भूकम्पीय दृष्टिले विश्वको सबैभन्दा बढी जोखिमयुक्त देशमध्ये एक हो ।

    करिब १२ करोड ५० लाख मानिसको बसोबास रहेको यस द्वीप समूहमा हरेक वर्ष करिब एक हजार ५०० झट्का आउने गर्छन् र विश्वका १८ प्रतिशत भूकम्पहरू जाने गरेका छन् ।

    तिनीहरूले निम्त्याउने क्षति तिनीहरूको स्थान र तिनीहरूले प्रहार गर्ने गहिराइअनुसार फरक-फरक हुन्छन् । सन् २०२४ को नयाँ वर्षको दिन मध्य जापानको नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पमा परी करिब ६०० जनाको मृत्यु भएको थियो । -रासस/एएफपी

  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

    ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ । न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो ।

    यो मुद्दा शेख हसिनाले गत वर्ष अक्टोबरमा गाइबान्धाको गोबिन्दगञ्जका स्थानीय नेता शाकिल अकन्द बुलबुलसँग गरेको कथित फोन कुराकानीको लीक भएको अडियोमा आधारित छ । उक्त अडियोमा हसिनाले आफूविरुद्ध २२७ वटा मुद्दा दायर भएको र त्यसले उनलाई ‘२२७ जनालाई मार्ने इजाजत दिएको’ भन्ने विवादास्पद टिप्पणी गरेको सुनिएको थियो । यो अडियो सामाजिक सञ्जाल र मुलधार मिडियामा भाइरल भएको थियो ।

    सोही मुद्दामा शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको जेल सजाय सुनाइएको छ । उनी बंगलादेशको अवामी लिगको विद्यार्थी संगठन, छत्र लिगका नेता हुन् ।

    १९९६ देखि २००१ र सन् २००९ देखि २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन र हिंसात्मक प्रदर्शनपछि देश छोडेर भारतमा निर्वासित भएकी थिइन् ।

    यो आन्दोलन सरकारी जागिरमा कोटा सुधारको मागबाट सुरु भएको थियो, तर पछि उनको सरकारविरुद्ध व्यापक आन्दोलनमा परिणत भयो । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयको प्रतिवेदन अनुसार सन् २०२४ को जुलाई १५ देखि अगस्त १५ सम्मको अवधिमा करिब १,४०० मानिस मारिएका थिए ।

    हसिनामाथि हाल १५२ वटा मुद्दा दायर भएका छन्, जसमध्ये १३५ वटा हत्या, ७ वटा मानवताविरुद्धको अपराध र नरसंहार, ३ वटा अपहरण, ६ वटा हत्याको प्रयास र १ वटा विपक्षी दल बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) माथिको आक्रमणसँग सम्बन्धित छन् । यी मुद्दाहरूमा उनको सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि संलग्न छन् ।

    हसिना हाल भारतको नयाँ दिल्लीमा सुरक्षित स्थानमा बसिरहेकी छन् । बंगलादेश सरकारले उनलाई फिर्ता गर्न भारतसँग औपचारिक अनुरोध गरेको छ, तर उनले यी आरोपहरूलाई राजनीतिक प्रेरित भएको भन्दै खारेज गरेकी छन् ।

    यो सजायले बंगलादेशको राजनीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनभने हसिनाको अवामी लिग पार्टी हाल प्रतिबन्धित छ । देशमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनूसको नेतृत्वमा अन्तरिम सरकार सञ्चालनमा छ ।

    यो फैसलाले बंगलादेशमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ । कतिपयले यसलाई न्यायको जीत मानेका छन्, भने कतिपयले हसिनालाई लक्षित गरी राजनीतिक बदला लिइएको आरोप लगाएका छन् ।

  • बीबीसीका आफ्नै पत्रकारसहित ४ सय जनाले पत्र लेख्दै भने- इजरायली सेनाको ‘मुखपत्र’ बन्यो

    बीबीसीका आफ्नै पत्रकारसहित ४ सय जनाले पत्र लेख्दै भने- इजरायली सेनाको ‘मुखपत्र’ बन्यो

    काठमाडौं । एक समय स्वतन्त्र पत्रकारिताको विश्वस्त प्रतीक मानिने बीबीसी समाचार सेवा अहिले आफ्नै कर्मचारीहरूबाट आलोचनामा परेको छ । हालै बीबीसीका १०७ कर्मचारी र मिडिया उद्योगका झण्डै ३०० प्रबुद्ध व्यक्तित्वहरूले बीबीसी नेतृत्वलाई पठाएको खुला पत्रमा संस्थाको इजरायल-प्यालेस्टाइन द्वन्द्वमा देखिएको पक्षपाती कभरेज र सेन्सरशिपलाई लक्षित गरिएको छ ।

    उनीहरूले इजरायलसँग सम्बन्धित समाचारप्रतिको आन्तरिक सेन्सरशिप र पूर्वाग्रही रिपोर्टिङको आलोचना गरेका छन् ।

    पत्रमा भनिएको छ- बीबीसीले इजरायलको सैन्य कारबाहीको आलोचना गर्ने वा प्यालेस्टिनी पीडाका तथ्यहरू प्रस्ट रूपमा देखाउने प्रयासहरूलाई रोकिदिएको छ । लेख्नेहरूका अनुसार, बीबीसीले इजरायली सरकार र सेनाको जनसम्पर्क एजेन्डामा अनुकूल हुने गरी समाचार सम्प्रेषण गर्दै आएको छ- जसले पत्रकारिताको स्वतन्त्रता, निष्पक्षता, र विश्वसनीयतामा प्रश्न उठाउँछ ।

    पत्रमा गाजा युद्ध, प्यालेस्टिनी नागरिकको पीडा, र बीबीसीको आन्तरिक कार्यशैलीबारे विशेष गरी उजुरी गरिएको छ। सले अब बीबीसी जस्ता प्रतिष्ठित संस्थाहरूभित्र पनि पत्रकारहरू आफ्नो नैतिक र व्यावसायिक दायित्वको सीमामा बाँधिएर असन्तुष्ट भएको टिप्पणी गरिएको छ ।

    बीबीसीका महानिर्देशक टिम डेभीलाई लेखिएको पत्रमा १०७ जना बीबीसीका कर्मचारीमध्ये कतिपयको नाम अज्ञात राखिएको छ भने कतिपयले नाम र पद उल्लेख गरेका छन् । यस्तै असन्तुष्टि सन् २०२४ को नोभेम्बरमा पनि सय जना पत्रकारले व्यक्त गरेका थिए । सन् २०२३ देखि बीबीसीले निष्पक्षता गुमाएको उनीहरूको आरोप छ ।

    पत्रमा लगाइएका मुख्य आरोप यस्ता छन् ।

    इजरायली सेनाको लागि पिआरको व्यवहार

    पत्रमा बीबीसीमाथि इजरायली सेना र सरकारका गतिविधिहरूलाई सन्देहविना प्रस्तुत गरेको आरोप लगाइएको छ, जसले घटनालाई एकपक्षीय देखाएको र इजरायली सेनाको जनसम्पर्क पिआरको भूमिकामा बीबीसी देखिएको उल्लेख छ ।

    प्यालेस्टिनी आवाजलाई दबाउने प्रवृत्ति

    पत्रमा प्यालेस्टिनी नागरिकको पीडा, गाजामा भएको मानवीय संकट, र युद्ध अपराधसँग जोडिएका इजरायली कारबाहीहरूको कभरेजमा तोडमोड गर्ने र प्यालेस्टिनी आवाजलाई दबाउने गरेको आरोप बीबीसीमाथि छ ।

    आन्तरिक सेन्सरशिप र दबाबः

    बीबीसी भित्र रिपोर्टरहरूलाई सन्तुलित कभरेज गर्न नदिएको, उच्च व्यवस्थापनबाट ‘अनुशासन’ को नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको गुनासो गरिएको छ ।

    पत्रकारिताको नैतिकता माथि प्रश्न:

    पत्रकारहरू भन्छन्, ‘हामी निष्पक्षता र स्वतन्त्रताको सिद्धान्तमा आधारित पत्रकारिता गर्न चाहन्छौँ, तर संस्थाभित्रैबाट असहज बनाइन्छ ।’

    बीबीसीको प्रतिक्रिया

    बीबीसी नेतृत्वले हालसम्म प्रत्यक्ष रूपमा पत्रको सबै आरोपको खण्डन गरेको छैन । यद्यपि संस्थाले ‘तथ्यमा आधारित निष्पक्ष कभरेज’ गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । तर पत्र लेख्ने पत्रकारहरूको भनाइमा या औपचारिक प्रतिक्रिया मात्र हो, जसले वास्तविक समस्यालाई सम्बोधन गर्दैन ।

    (अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा)

  • विदेशीलाई नेपाली चियाको स्वाद चखाउँदै ‘एनएमसी’

    विदेशीलाई नेपाली चियाको स्वाद चखाउँदै ‘एनएमसी’

    काठमाडौं । पूर्वी नेपालको एउटा सहकारीले विश्व बजारमा नेपाली चियालाई चिनाउने प्रयास गरिरहेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) एउटा यस्तो नाम- जसले किसानको पसिना सीधै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएको छ ।

    झापाकाे मेचीनगर- ६ काकरभिट्टामा रहेको एनएमसी सहकारीले चियाको उत्पादन, प्रशोधनदेखि निर्यातसम्मको श्रृङ्खला निर्माण गरेर सहकारी मोडलमै नयाँ कीर्तिमान राखेको छ ।

    विदेशी उपभोक्तालाई नेपाली स्वाद चखाउनेमात्र नभई एनएमसीले स्थानीय किसानलाई उचित मूल्य सुनिश्चित गरेको छ । फलस्वरूप किसानको जीवनस्तर उकासिएको छ, खेतीप्रतिको भरोसा बढेको छ । चियाको उत्पादन थप वृद्धि गर्ने उत्साह पनि पलाएको छ ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद उप्रेतीका अनुसार एनएमसीको सफलताको मूलमा स्थानीय किसानसँगको प्रत्यक्ष सहकार्य छ । उनीहरूका अनुभव, सीप र पसिनालाई एनएमसीले व्यावसायिक बजारसँग जोडेको छ  । जसले गर्दा नेपाली चिया अब केवल स्वादकै लागि होइन, किसानको कथा र सामूहिक प्रयासको प्रतीकका रूपमा समेत विश्व बजारमा चिनिँदैछ ।

    एनएमसीको यो काम सहकारी मोडलको सम्भावना र क्षमतालाई देखाउने उत्कृष्ट उदाहरण हो । एनएमसीले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएर किसानको जीवन नै बदलेको छ । स्थानीय तहबाट सुरु भएको प्रयासले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनसक्छ भन्ने उदाहरण दिइरहेको छ ।

    एनएमसीको यो यात्रा सामान्य सहकारी मोडलभन्दा फरक छ । चियाको उत्पादन, प्रशोधन र निर्यातसम्मको श्रृङ्खला आफ्नो हातमै राखेर सहकारीले विश्व बजारको ढोका खोलेको छ । नेपाली स्वाद विदेशी उपभोक्तासम्म पुर्‍याउनेमात्र होइन, किसानलाई उचित मूल्य दिलाएर उनीहरूको आत्मविश्वास पनि बलियो बनाएको छ ।

    सहकारीले किसानसँग प्रत्यक्ष सम्झौतामार्फत बिचौलियाको सञ्जाल घटाएको छ । यसले किसानलाई उचित मूल्यमात्र दिएको छैन, उत्पादन गुणस्तर सुधार्न पनि प्रेरित गरेको छ । नतिजा, गुणस्तरीय चिया र बढ्दो निर्यातले नयाँ प्रविधि र राम्रो प्रशोधन पद्धतिमा किसानहरूको ध्यान तानिरहेको छ ।

    एनएमसीका सीईओ लक्ष्मीप्रसाद उप्रेती ।

    ‘एनएमसी सहकारीको सबैभन्दा ठूलो उपलब्धि भनेको चियाको मूल्य श्रृङ्खलालाई एकै ठाउँबाट व्यवस्थापन गर्न सफल हुनु हो । उत्पादनदेखि प्याकेजिङ र ब्रान्डिङसम्मको सम्पूर्ण प्रक्रिया आफ्नै संयन्त्रबाट हुँदै चिया अन्तर्राष्ट्रिय बजारमा पुग्छ । सहकारीको सानो पहलले पनि ठूलो प्रभाव पारिरहेको छ’, सीईओ उप्रेती भन्छन् ।

    उनका अनुसार सहकारीका चार वटा चिया प्रशोधन केन्द्र छन् । झापाको मेचीनगर- ५, इलामको सूर्योदय- १ र माइजोगमाई- १ मा संस्थाले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । पछिल्लो चार महिनायता इलामको धारापानीमा पनि नयाँ प्रशोधन केन्द्र चलाएको छ । सहकारीले किसानसँग किनेको हरियो पत्ती आफ्नै कारखानामा प्रशोधन गरी गुणस्तरयुक्त चिया उत्पादन गर्छ । उत्पादन भएको चिया भारत निर्यात हुँदै आएको छ ।

    गत वर्षमात्रै यस सहकारीले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया भारत निर्यात गरेको थियो । जसबाट ११ करोड ४३ लाख ६१ हजार रूपैयाँ नेपाल भित्रियो । चालू आर्थिक वर्षमा १३ करोड रूपैयाँभन्दा बढीको चिया निर्यात गर्ने सीईओ उप्रेतीले सुनाए ।

    ‘हामीले तीन वर्षदेखि चियामा काम गरिरहेका छौँ । हाम्रा सदस्य किसानहरूले तयार पारेको हरियो पत्ती खरिद गरेर प्रशोधनपछि हामीले निर्यात गर्दै आएका छौँ । गुणस्तरीय हरियो पत्ती तयार पार्न आवश्यक पर्ने सीपदेखि लगानीसम्मको वातावरण सहकारीले तयार गर्ने गरेको छ’, उनले भने ।

    संस्थामा साढे ३०० बढी चिया किसान आबद्ध छन् । सहकारीले चिया व्यवसायमा १३ करोड रूपैयाँ लगानी गरेको छ । किसानद्वारा उत्पादित हरियो पत्ती संस्थाले खरिद गरेर प्रशोधनपछि नेपाली ब्रान्डमा निर्यात गर्दै आएको छ । सहकारी संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी, ग्रीन टी, स्पेशल टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी सबै विदेशमा निर्यात हुँदै आएको छ ।

    विशेषगरी भारतमा चिया निर्यात गर्दै आएको एनएमसीले तेस्रो मुलुकमा पनि निर्यात गर्ने तयारी गरिरहेको सीईओ उप्रेतीले जानकारी दिए ।

    एनएमसीले सहकारी पसल पनि चलाएको छ । संस्थाका सदस्य र उपभोक्तालाई सुलभ रूपमा उपभोग्य सामग्री बिक्री गर्न विभिन्न १७ ठाउँमा सहकारी पसल चलाएको हो । आफ्नै प्याकेजिङ उद्योगमार्फत एनएमसी ब्रान्डमा दैनिक उपभोग्य सामग्री बजारमा उपलब्ध गराइएको छ ।

    संस्थाका कर्मचारी, समिति/उपसमितिका पदाधिकारीहरूले मासिक न्यूनतम रकम बराबर आफ्नै पसलबाट सामान खरिद गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ । प्रत्येक महिना सर्वाधिक कारोबार गर्ने सदस्यलाई पसलगत आधारमा पुरस्कृत गर्ने व्यवस्था गरिएको छ ।

    यस्ता पसलहरूबाट वार्षिक ३३ करोडको कारोबार हुनु गरेको सहकारीले जनाएको छ । संस्थाले आफ्ना सहकारी पसलका लागि आवश्यक पर्ने धनिया, मेथी, ज्वानो, सिलाम, तील, गहत, चौसुर, सुप, बेसारको सुख्खा चाना, आलस, दलहन (गेडागुडी) आदि किसानबाट सङ्कलन वा सोझै खरिद गरी प्याकेजिङ गर्ने गर्दै आएको छ । विशेषगरी रैथाने बालीलाई प्राथमिकता दिइने हुँदा किसान सदस्यलाई उत्पादनमा लाग्न प्रोत्साहन गरेको छ ।

    करोडौँको कारोबार गर्ने आफ्नै डेरी उद्योग

    एनएमसीले आफ्नै डेरी उद्योग सञ्चालनमा ल्याएको छ । २०७२ सालदेखि मेचीनगर- ८ इँटाभट्टामा सञ्चालनमा ल्याएको डेरीले मासिक औसत ४ लाख लिटर कच्चा दूध खरिद गरी प्रशोधित दूध र दुग्धजन्य विभिन्न वस्तु उत्पादन गर्दै आएको छ । उद्योगले वार्षिक ४२ करोडको दूध तथा दुग्धपदार्थ बिक्री गर्ने गरेको संस्थाले जनाएको छ ।

    ‘यो डेरीले स्थापनाको दुई वर्षमै राम्रो फड्को मार्न सकेको छ । प्रतिघण्टा ३ हजार लिटर प्रशोधन गर्ने क्षमता छ । डेरी व्यवसायको माध्यमबाट पशुपालक किसानसँग पुगेर उनीहरूको क्षमता विकास र आयस्रोत वृद्धिका कार्यक्रम गर्दै आएका छौँ’, सीईओ उप्रेतीले भने ।

    उद्योगले उत्पादन विविधीकरणअन्तर्गत पास्चराइज्ड गरिएको बढी फ्याट भएको दूध, साल्टेड बटर (नौनी घिउ) र पास्चराइज्ड बटर पनि बजारमा बिक्री गर्दै आएको छ ।

    उद्योगले नौनी घिउ र एसएमपी (पाउडर दूध) भएकाले गुलाब जामुनको स्वादसहित सानो प्याकेटमा धुलो दूध (पाउच प्याक) उत्पादन पनि गर्ने गरेको छ । गत वर्ष यस उद्योगले १ करोड १६ लाख ४८ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।

    एनएमसीले किसानहरूलाई कृषि व्यवसायतर्फ आकर्षित गर्न एग्रो फार्म पनि सञ्चालन गरिरहेको छ । २०७५ सालदेखि मेचीनगर- १४ मै उक्त एग्रो फार्म सञ्चालन गरिरहेको हो । अहिले एग्रो फार्ममा १५० वटा गाई छन् । उच्च नश्लको एउटा गाईले अधिकतम ४५ लिटरसम्म दूध दिने गरेको सीईओ उप्रेतीले जानकारी दिए ।

    एग्रो फार्मबाट मुख्य रूपमा गाईपालन गरी मासिक औसत ३३ हजार लिटर दूध उत्पादन हुने गरेको छ । यसका अतिरिक्त तरकारी तथा फलफूलका बेर्ना उत्पादन, माछापालन, हाँसपालन, खाद्यान्न उत्पादन, बेल साइलेज उत्पादन, दूध चिस्यान केन्द्र सञ्चालन र कृषि यन्त्र उपकरण सञ्चालन हुने गरेको छ ।

    सीईओ उप्रेतीका अनुसार सहकारीले तोरीको तेल उत्पादन गर्ने, प्रशोधन गर्ने र बजारमा ल्याउने तयारी गरिरहेको छ । एनएमसीले चाँडै आफ्नै ब्रान्डको तेल बजारमा ल्याउँदैछ ।

    त्यसबाहेक यस सहकारीले ६० आइटमको प्याकेजिङ गर्ने तयारी गरिरहेको छ । यसमा विशेषगरी स्थानीय किसानले उत्पादन गरेका वस्तुहरू खरिद गर्ने, ग्रेडिङ गर्ने, ब्रान्डिङ, प्याकेजिङ र बजारमा लैजाने तयारी रहेको छ ।

    सहकारीले उद्यमशीलताका लागि पनि प्रोत्साहन गर्दै आएको छ । आफ्ना सदस्यहरूलाई आर्थिक उपार्जन गर्न सक्नेगरी स्वरोजगार बनाउन विभिन्न सीप सिकाइरहेको छ । मुख्यगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी भए पनि संस्थाले आफ्नै लगानीमा प्याकेजिङ उद्योग, चिया, मह उत्पादन तथा प्रशोधन उद्योग चलाउँदै आएको छ । तरकारी तथा फलफूल उत्पादनदेखि ब्रिकीसम्मको काम पनि सहकारीले गर्दै आएको छ ।

    सहकारीले सामाजिक कार्यतर्फ एक रूपैयाँ योगदान पनि सञ्चालन गर्दै आएको छ । संस्थाको यस कार्यक्रममा १४८ एकाइका ६ हजार ७२९ सदस्य आबद्ध छन् । उनीहरूको योगदानको रकम ३१ लाख ७१ हजार ६६६ रूपैयाँ पुगिसकेको छ ।

    यसबाहेक सहकारीले विद्यालय वर्ष उत्कृष्ट बाल बचतकर्ता पुरस्कारसमेत प्रदान गर्दै आएको छ । संस्थाले यस्तो पुरस्कारस्वरूप ४८ वटा विद्यालयमा २ लाख २३ हजार रूपैयाँ प्रदान गरिसकेको छ । सामुदायिक तथा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा ३ लाख ३६ हजार रूपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिसकेको छ ।

    स्टुडेन्ट सेभिङ क्लब गठन गरेर ६ हजार बढी विद्यार्थीबाट सहकारीले ४० लाख ८० हजार बचत संकलन गरिसकेको छ । एनएमसी सहकारी व्यवसायमा मात्रै केन्द्रित छैन, सरसफाइ अभियानदेखि संस्थाको अपनत्व विकासका लागि एनएमसी ट्याग वितरणसम्मको कार्यक्रम गर्दै आएको छ ।

    ‘सहकारी व्यवसायमा मात्रै सीमित हुन सक्दैन । सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि निरन्तर सक्रिय हुनुपर्छ । त्यसैले हामी सदस्यको सुखदुःखमा सधैँ सहभागी बन्दै आएका छौँ’, सीइओ उप्रेतीले भने ।

    एक लाख ७७ हजार सदस्य, ११ अर्ब बढी बचत

    एनएमसी सञ्चालनमा आएको तीन दशक बढी भइसक्यो । संस्था वि.सं. २०५० साल फागुन २४ गते स्थापना भएको थियो । जतिबेला स्थानीयस्तरमा बचत गर्न चाहने व्यक्तिका घरदैलोमै पुगेर बचत गर्न सिकाउने कुनै निकाय थिएन । बचत गर्ने बानी लगाउन सञ्चालन भएको यस संस्थाले सहकारी मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई व्यवहारमा प्रयोग गर्दै आज उदाहरणीय बन्न सफल भएको सीईओ उप्रेती बताउँछन् ।

    ‘३२ वर्षको यात्रामा नेपालका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियन्ताहरूले एनएमसीप्रति गर्व गर्छन् । मजबुती, सक्षमता, सुशासन, विश्वसनीयता र दिगोपनामा सदस्य एवम् समुदायको प्रश्न होइन, विश्वास बढेको छ । सदस्यको जीवनस्तर कसरी सहज र समृद्ध गर्ने भन्नेमा जोड दिएका छौँ’, उनले भने ।

    कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र इलाम कार्य क्षेत्र रहेको यस सहकारीले यी तीनै क्षेत्रमा सदस्यलाई स्वरोजगार बनाउनेदेखि करिब एक हजार २०० जनालाई रोजगारीसमेत दिएको छ ।

    एनएमसीको जेठ मसान्तसम्मको वित्तीय विवरण हेर्ने हो भने शेयर पुँजी एक अर्ब ४४ करोड ३१ लाख रूपैयाँ छ । यसका साथै संस्थाको जगेडा कोषमा ५६ करोड १३ लाख ५३ हजार ३४५ रूपैयाँ रहेको छ ।

    एनएमसीका लेखा तथा वित्त विभाग प्रमुख सूर्यप्रसाद भट्टराईका अनुसार संस्थामा बचत रकम ११ अर्ब ४९ करोड १९ लाख ९९ हजार ९ रूपैयाँ पुगेको छ । ११ अर्ब ७ करोड ९४ लाख ८९ हजार ५८६ रूपैयाँ कर्जा लगानी गरिएको छ ।

    संस्थाको कुल संस्थागत पुँजी ८८ करोड १ लाख ९४ हजार रूपैयाँ पुगेको छ । कर्जा जोखिम कोष व्यवस्थामा ३४ करोड ८२ लाख ७ हजार रूपैयाँ रहेको छ । विभिन्न कोषहरूको २० करोड ६ लाख ६८ हजार रूपैयाँ पुगेको छ । २ अर्ब ८३ करोड ९० लाख ४२ हजार तरलता रहेको यस संस्थाको कुल सम्पत्ति १५ अर्ब २८ करोड ८८ लाख ९० हजार रूपैयाँ पुगेको छ ।

    चालू आर्थिक वर्षको जेठ मसान्तसम्म संस्थामा कुल शेयर सदस्य सङ्ख्या एक लाख ७७ हजार ७८८ जना पुगेका छन् । यो अवधिमा कर्जा लिने सदस्य संख्या १७ हजार ८०४ जना छन् ।

    सहकारी क्षेत्रमा नमुना अभ्यास गर्दै आएको एनएमसीले विभिन्न क्षेत्रबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत पाएको छ । २०८० सालमा कोशी प्रदेश सरकारले दोस्रो पटक उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार दिएको थियो । गत वर्ष पनि राष्ट्रिय दुग्ध विकास बोर्डबाट यस सहकारीले सञ्चालन गरेको डेरी उद्योगले सम्मान पाएको थियो ।

    सदस्यहरूमा केन्द्रित भएर काम गर्ने हो भने सहकारीमा कुनै पनि समस्या नआउने सीईओ उप्रेतीको अनुभव छ । विगतमा लाभांशमुखी अभ्यास गर्दै आएका सहकारीहरू अब सदस्यमा सेवा केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।

    एनएमसीले पनि यस्तो अभ्यास गरिरहेको जानकारी दिँदै सीईओ उप्रेतीले भने, ‘हाम्रो प्राथमिकता पनि बढीभन्दा बढी सदस्यलाई लाभांश दिने होइन । सकेसम्म सेवा बढी दिने, तर लाभांश कम दिने हो । बचतको ब्याजदरसरहको लाभांश दिने र त्यसबाहेक सेवा दिने कोसिस गरिरहेका छौँ ।’

    उनका अनुसार एनएमसीले शेयर सदस्यहरूलाई ठूलो पुँजी किन्न पनि प्रेरित गरेको छैन । १० लाखमाथिका शेयर सदस्य नबनाउने एनएमसीको तयारी छ । यो पनि भविष्यमा घटाउने तयारी रहेको सीईओ उप्रेती बताउँछन् ।

    ‘ठूलो शेयर हुनेबित्तिकै त्यसको जोखिम पनि हुनेरहेछ । बजारमा हल्ला गर्दा शेयर फिर्ता लिन आइहाल्ने हुँदा यसले अप्ठेरो पार्नेरहेछ । एउटै व्यक्तिमा ठूलो शेयर पुँजी नराखी थोरै पुँजीमा धेरै सदस्य राख्ने सोचसहित अगाडि बढेका छौँ’, उनी भन्छन् ।

    संकटको समयमा पनि सदस्यहरूले विश्वास गरेका कारण दिगो रूपमा सदस्यहरूकै लागि काम गर्नेगरी सहकारी अगाडि बढेको सीईओ उप्रेतीले जानकारी दिए ।

    असल अभ्यास गरिरहेका अन्य सहकारीसम्बन्धी समाचारहरुः  

     

    नोटः केही वर्षयतादेखि सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सडकदेखि सदनसम्म सहकारी क्षेत्र चर्चामा छ । सहकारीविरुद्ध सडक आन्दोलनदेखि अब चाहिँदैन भन्दै विरोधसम्म भइरहेको छ । समुदायसँग जोडिएको सहकारीका केही बदमासीका कारण यस क्षेत्रको सबल पक्ष ओझेलमा परेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले समुदायका बीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको श्रृङ्खला प्रस्तुत गरेको हो ।

  • यहुदीविरोधी कम्युनिस्ट जोहरान मेयर बने न्युयोर्कको ‘फन्ड’ रोक्ने ट्रम्पको चेतावनी

    यहुदीविरोधी कम्युनिस्ट जोहरान मेयर बने न्युयोर्कको ‘फन्ड’ रोक्ने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको मेयरमा जोहरान ममदानीले जितेको खण्डमा सरकारको अनुदान रोक्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका जोहरानले प्रारम्भिक चरणमा जित निकालेका छन् ।

    ट्रम्पमात्र होइन उनको रिपब्लिकन पार्टीले जोहरान कम्युनिस्ट र यहुदीविरोधी भएकाले उनी न्युयोर्कको मेयर हुनु अमेरिकाको लागि दुर्भाग्य हुने बताएको छ । रिपब्लिकन सांसद एन्डी ओगल्सले जोहरानलाई ‘लिटिल महमूद’ भदै उनको नागरिकता खारेज गर्न माग गरेका छन् ।

    ओगल्सले भने– जोहरान ममदानी यहुदी विरोधी,समाजवादी र कम्युनिस्ट हुन् । उनले सर्वोत्कृष्ट सहर न्युयोर्कलाई बर्बाद गर्नेछन्,उनलाई उनकै देश (भारत)मा फर्काउनुपर्छ । यसकारण म उनको नागरिकता खारेजको प्रक्रिया थाल्न माग गर्छु ।

    ओगल्सले जोहरानमाथि आतंकवादीलाई समर्थन गरेको आरोप लगाउँदै आप्रवासीहरुलाई अमेरिकमा नरोक्ने हो भने यस्तै जोहरानहरु नेतृत्वमा आउन सक्ने खतरा औंल्याएका छन् ।

    यो पनि पढ्नुहोस्- भारतकी कान्छी कम्युनिस्ट मेयरबाट प्रभावित थिए, न्यूयोर्कको मेयर बन्ने रेसका जोराम

    रिपव्लिकन पार्टीकै अर्का सांसद नन्सी म्याकले जोहरान मदानीको कुर्ता पाइजामा लगाएको तस्विर शेयर गर्दै सेप्टेम्बर ११ को ट्वीटटावर आक्रमणको प्रसंग ल्याएका छन् ।

    उनले भनेका छन्– सेप्टेम्बर ११ पछि हामीले भनेका थियौं, हामी कहिल्यै भुल्ने छैनौं । तर आज मलाई लाग्दैछ कि हामीले भुल्यौं, यो निकै दुःख कुरा हो ।

    सेप्टेम्बर ११ २००१ म भएको आतंकवादी हमलाका बेला जोहरान ९ वर्षका थिए, उनी म्यानहटनमै बस्थे । उक्त हमलामा करिव २८ सय मानिस मारिएका थिए । रिपब्लिकन नेताहरुले २४ वर्षअघि अमेरिकाको सबैभन्दा ठूलो सहरमा इस्लामिक आतंकवादीले हमला गरेको र अहिले त्यहि तरिकाले इस्लामिक र कम्युनिस्टहरु उक्त सहर कब्जा गर्न तयार भएको टिप्पणी गरेका छन् ।

    यो पनि पढ्नुहोस्- लण्डनले पाकिस्तानी मुस्लिम पृष्ठभूमिका मेयर पायो, न्यूयोर्कले भारतीय पृष्ठभूमिका मुस्लिम मेयर पाउँदै ?

    एता जोहरान ममदानीमाथि भइरहेको इस्लामिक फोबिया र कम्युनिस्ट फोबियायुक्त आरोपले डेमाक्रेटिक पार्टीमा पनि तरंग उत्पन्न गरेको छ । हुन त अमेरिकामा यस्तै आरोप बराक ओबामाले पनि खेपेका थिए । उनको महजबलाई लिएर डोनाल्ड ट्रम्पले नै प्रश्न उठाएका थिए । केन्याका बाबुआमाबाट जन्मिएका ओबामा मुस्लिम भएकाले अमेरिकाको राष्ट्रपति बन्न नहुने तर्क ट्रम्पको थियो ।

    जोहरान भारतीय बाबु आमाबाट जन्मिएका अमेरिकी नागरिक हुन् । उनकी आमा फिल्ममेकर मीरा नायर हुन् भने बुबा कोलम्बिया विश्वविद्यालयका चर्चित प्राध्यापक हुन् ।

    न्युयोर्क एसेम्बलीका सदस्य रहेका जोहरान मेयरको दौडमा अगाडि छन् । उनी डेमोक्रेटिक पार्टीभित्रको प्रतिस्पर्धाबाट अगाडि बढेका हुन् । भारतको केरल राज्यस्थित थिरुवनन्तपुरमकी २१ वर्षमै मेयर भएकी आर्या राजेन्द्रनको समाचार शेयर गर्दै न्युयोर्कलाई यस्तै मेयर चाहिएको भनेका थिए ।

    आर्याले केरलाको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) बाट थिरुवनन्तपुरमकी मेयर पदमा विजय प्राप्त गरेकी थिइन्। उक्त पोस्ट सेयर गर्दै जोरामले लेखेका थिए- ‘त्यसैले अब न्यूयोर्कलाई कस्तो खालको मेयर चाहिन्छ ?’

    भारतीय कम्युनिस्टहरुले जोहरमलाई अग्रिम बधाइ दिइरहेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका नीतिको भने कडा आलोचक हुन् ।

  • भारतको संविधानबाट धर्मनिरपेक्ष हटाउने केन्द्रीय मन्त्री चौहानको दाबी, समाजवाद होइन रामराज्य

    भारतको संविधानबाट धर्मनिरपेक्ष हटाउने केन्द्रीय मन्त्री चौहानको दाबी, समाजवाद होइन रामराज्य

    काठमाडौं । भारतको संविधानबाट धर्मनिरपेक्ष हटाउन दबाब बढेको छ । भारतको सत्तारुढ बिजेपीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघले थालेको हिन्दूराज्य अभियानमा सरकारकै मन्त्री पनि सहभागी भएका छन् ।

    केन्द्रीय सरकारका कृषि मन्त्री रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा अध्यक्षका सम्भावित अनुहार शिवराज सिंह चौहानले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउनुपर्ने बताएका छन् ।

    उनले काशी विश्वनाथमा आयोजित एक कार्यक्रममा बोल्दै सन् १९७७ को संकटकालका बेला संविधानमा घुसाइएको धर्मनिरपेक्ष शब्द हटाएर सर्व धर्म समभावको उद्देश्य राखिनुपर्ने बताएका हुन् । भारतको मूल संस्कृति धर्मनिरपेक्ष नरहेको भन्दै उनले सर्व धर्म समभाव नै देशको मूल संस्कृति भएको बताए ।

    मध्यप्रदेशको मुख्यमन्त्री समेत भइसकेका चौहान भाजपाको अध्यक्षका सम्भावित दाबेदार समेत हुन् । नरेन्द्र मोदी,राजनाथ सिंह,अमित शाहजस्ता नेताभन्दा पछिल्लो वरियतामा रहेका चौहानको भनाइलाई अर्थपूर्ण मानिएको छ ।

    चौहानले भारतमा समाजवाद समेत नचाहिने भन्दै श्रीरामको आदर्श नै भारतको मूल उद्देश्य र संस्कृति रहेको बताएका छन् । यसअघि आरएसएसका महासचिव होसबालेले पनि सोही अभिव्यक्ति दिएका थिए ।

    यसैबीच कांग्रेस नेता राहुल गान्धीले भाजपा र आरएसएसलाई संविधान नचाहिएको र उनीहरूलाई संविधानभन्दा मनुस्मृतिको प्रिय रहेको टिप्पणी गरेका छन् । भाजपाबाट भारतको संविधान जोगाउन उनले आह्वान समेत गरेका छन् ।

    गान्धीले भनेका छन्- ‘आरएसएस बिजेपीलाई संविधान होइन मनुस्मृति चाहिएको छ । उनीहरू बहुजन र गरिबबाट उनीहरूको अधिकार खोसेर फेरि गुलाम बनाउन चाहन्छन् । संविधानजस्तो ताकतवर हतियार जनताबाट खोस्नु उनीहरूको वास्तविक एजेण्डा हो ।’

  • थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौं नेता तथा सर्वसाधारण सडकमा

    थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौं नेता तथा सर्वसाधारण सडकमा

    बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककमा शनिबार हजारौंको सङ्ख्यामा सरकारविरोधी प्रदर्शनकारीहरुले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

    कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेकी थिइन् । टेलिफोन वार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अङ्कल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको विषयले प्रधानमन्त्रीविरूद्ध आक्रोश छाएको छ ।

    लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीया प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्यान्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्याटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो ।

    शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको थाइल्यान्डको झण्डा र प्लेकार्ड फहराउँदै सडक जाम गरेका थिए ।

    प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गर्नुभयो !’

    प्रदर्शनमा प्रायः वृद्धवृद्धहरू थिए र ‘पहेंलो शर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताहरूले नेतृत्व गरेका थिए । उक्त समूहले सन् २००० को दशकमा पेटोङ्टार्नका पिता थाक्सिन सिनावात्रालाई हटाउन मद्दत गरेको थियो ।

    थाक्सिनका पूर्वसहयोगी, तर अहिले उनका कठोर आलोचकहरूमध्ये एक नेता आन्दोलनको एक प्रमुख आयोजक रहेका थिए ।

    ‘म यहाँ थाइल्यान्डको सार्वभौमिकताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य हुनुहुन्छ भन्न आएको हुँ’, ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङमुएले भने ।

    उनले एएफपीसँगको कुराकानीमा भन, ‘जब मैले गोप्य रूपमा बाहिरिएको कल सुनेँ, तब मलाई थाहा भयो कि म उहाँलाई विश्वास गर्न सक्दिनँ ।’

    उनले सार्वजनिक भएको टेलिफोन कलको संवादलाई सङ्केत गर्दै थपे, ‘म धेरै राजनीतिक संकटहरूबाट गुज्रेको छु र मलाई थाहा छ कि यो देश कतातिर जाँदैछ । प्रधानमन्त्री हाम्रो सार्वभौमिकता त्याग्न तयार देखिनुहुन्छ ।’

    थाइल्यान्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने कटु विरोध गर्ने ‘पहेँलो शर्ट’ र थाक्सिन–समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि सङ्घर्ष रहँदै आएको छ । यसलाई उनीहरूका विरोधीहरूले परम्परागत सामाजिक व्यवस्थाको लागि खतरा मानेका छन् ।

    अर्का एक प्रदर्शनकारी ६४ वर्षीया जमनोङ कलानाले आफू कुनै समय ‘रातो सर्ट’ समूहको भएको, तर आफ्नो रङ परिवर्तन गरेको र फेउ थाइ पार्टीका नेता पेतोङ्टार्नको राजीनामा माग गरेको बताइन् ।

    उनले भनिन्, ‘देशलाई माया नगर्ने थाई साथीलाई देख्दा मलाई पीडा हुन्छ ।’ -रासस/एएफपी

  • गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनीको मृत्यु

    गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनीको मृत्यु

    गाजा । उत्तरी, मध्य र दक्षिणी गाजापट्टीका धेरै क्षेत्रहरूमा इजरायलले गरेका हवाई आक्रमणमा कम्तीमा ३९ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।

    मध्य गाजा सहरको सामेर जङ्क्सन नजिकैका दुइटा अपार्टमेन्टलाई लक्षित गरी भएको इजरायली आक्रमणमा १३ जना नागरिकको मृत्यु हुनुका साथै अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएको छ । मध्य अल-रिमलको अल-थावरा स्ट्रिट स्थित अर्को आवासीय भवनमा भएको आक्रणमा एक आमा र छोराको मृत्यु भएको जनाइएको छ ।

    सहरको पश्चिममा रहेको प्यालेस्टाइन जङ्क्सन नजिकै इजरायलले विस्थापित मानिसहरूको शिविरमा बम प्रहार गर्दा १० प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

    गाजापट्टीको उत्तरमा जबालिया अल-बलादको दर्दुना जङ्क्सन नजिकैको घरमा भएको आक्रमणमा अन्य १० जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

    खान युनिसको अघिल्लो बम विस्फोटमा घाइते भएका एक प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । खान युनूसको विस्थापितहरुको शिविरमा भएको इजरायली ड्रोन आक्रमणमा दुई बच्चासहित अन्य तीन जनाको मृत्यु भएको जनाइएको छ । -रासस/क्यूएनए

  • भारतको संविधानबाट ‘समाजवाद र धर्मनिरपेक्ष’ हटाउनेबारे बहस, संकटकालको बेला घुसाइएको दाबी

    भारतको संविधानबाट ‘समाजवाद र धर्मनिरपेक्ष’ हटाउनेबारे बहस, संकटकालको बेला घुसाइएको दाबी

    काठमाडौं । भारतमा संविधान जारी भएको ७६ वर्षपछि धर्म निरपेक्षमाथि बहस उठेको छ । सत्तारुढ भारतीय जनता पार्टीको मातृ संस्था मानिने राष्ट्रिय स्वयंसेवक संघका महासचिव दत्तात्रय होसबालेको तर्फबाट बिहीबार आएको एक वक्तव्यले भारतीय राजनीतिक वृत्तलाई हल्लाइदिएको छ ।

    आरएसएसका महासचिव होसबालेले एक कार्यक्रममा भने–भारतको संविधानका पिता बाबा साहेब भीमराव अम्बेडकरले बनाएको भारतीय संविधानको प्रस्तावनामा समाजवाद र धर्मनिरपेक्ष भन्ने शब्द थिएनन् । यी दुई शब्दलाई जोडिएको हो । के यी दुई शब्द भारतको लागि सास्वत हो ? यसको उद्देश्य के हो, यसबारे विचार गर्नुपर्छ । के आज भारतको संविधानमा यी शब्द आवश्यक छ ? इमरजेन्सीको बेलामा देशमा मौलिक अधिकार थिएन, मौलिक अधिकार थिएन,न्याय पंगु बनाइएको थियो त्यस्तो बेलामा यी शब्द घुसाइएको थियो

    भारतको संविधान सन् १९४९ जनवरीमा निर्माण भएको थियो भने सन् १९७७ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको पालामा संकटकाल घोषणा लागु गरिएको थियो । भारतमा एक सय वर्षअघि हिन्दू स्वयंसेवक संघका रुपमा स्थापना भएको आरएसएस निकै पुरानो र बलियो राजनीतिक शक्ति मानिन्छ ।

    भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भाजपाका अधिकांश नेताहरु आरएसएसबाटै स्थापित भएका हुन् । आरएसएसले भारतलाई हिन्दूराज्य बनाउनुपर्ने विषय वकालत गर्दै आएको छ । भारतको संविधानमा धर्म निरपेक्ष राष्ट्र उल्लेख छ ।

    यसैबिच स्वतन्त्र भारतपछि लामो समय शासन गरेको कांग्रेस पार्टीले आरएसएस महासचिव होसबालेको वक्तव्यप्रति आपत्ति जनाएको छ । कांग्रेसले आरएसएस र बिजेपीको सोच संविधान विरोधी रहँदै आएको प्रतिक्रिया दिएको छ ।

    कांग्रेसले भनेको छ–यो बाबा बाहेब अम्बेडकरको संविधानलाई खत्तम गर्नेहरूको साजिश हो, जुन कुरा बिजेपी र आरएसएसले सदैव प्रयास गर्दै आएका छन् । बिजेपी नेताहरुले चुनावमै भनेका थिए संविधान बदल्न हामीलाई ४ सयभन्दा बढी सीट चाहिन्छ । तर कांग्रेसले उनीहरुको प्रयासलाई कुनै हालतमा सफल हुन दिने छैन

    यता भारतीय विदेश मन्त्री एस जयशंकरले दत्तात्रयको वक्तव्यबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । बीबीसीका अनुसार एक पत्रकार सम्मेलनमा उनलाई यसबारे प्रश्न गर्दा सरकारको मन्त्री भएका कारण यस्ता विषयमा आफूले प्रतिक्रिया दिनु उचित नहुने बताएका छन् ।

  • राहत खोज्न गएका ५४९ प्यालेस्टाइनी इजरायली सेनाबाट मारिए, धेरैजसो बालबालिका

    राहत खोज्न गएका ५४९ प्यालेस्टाइनी इजरायली सेनाबाट मारिए, धेरैजसो बालबालिका

    काठमाडौं । इजरायली सेनाको आक्रमणमा परी पछिल्लो २४ घण्टामा कम्तीमा ७१ जना प्यालेस्टिनी नागरिक मारिएका छन् । मारिनेमा अधिकांश बालबालिका र अशक्तहरू छन् ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार अस्पतालमा भएको आक्रमणमा परेर धेरै मारिएका छन् । गाजाको सरकारी मिडियाले जनाए अनुसार मानवीय सहायता खोजिरहेका भोका मान्छेहरू इजरायली निशानामा परेका छन् ।

    पछिल्लो २ वर्षयता इजरायलले निरन्तर गाजामा आक्रमण गरिरहेको छ । गाजामा खान नपाएर धेरै बालबालिका मरिरहेका छन् । अन्तर्राष्ट्रिय सहयता एजेन्सीहरूले बाँडेको खाद्यान्न लिन गएकाहरूमध्ये पछिल्लो महिना मात्र ५४९ जनाको इजरायली सेनाबाट हत्या भइसकेको छ ।

    अलजजीरा अनुसार उनीहरू खानेकुरा पाउने आशामा सहयोग केन्द्रमा जाँदा इजरायली आक्रमणमा परेर मारिएका हुन् । इजरायलले गाजामा पछिल्लो २ वर्षभित्र ५८ हजार प्यालेस्टिनीको हत्या गरिसकेको छ । हमास आक्रमणमा परी करिब १७ सय इजरायली मारिएका छन् ।

  • भारतकी कान्छी कम्युनिस्ट मेयरबाट प्रभावित थिए, न्यूयोर्कको मेयर बन्ने रेसका जोराम

    भारतकी कान्छी कम्युनिस्ट मेयरबाट प्रभावित थिए, न्यूयोर्कको मेयर बन्ने रेसका जोराम

    काठमाडौं । कुरा पाँच वर्षअगाडिको हो। अमेरिकाको न्यूयोर्क सहरका युवा जोराम माम्दानीले दक्षिण भारतको एक समाचार ट्विटरमा सेयर गरेका थिए।

    समाचार थियो—२१ वर्षमै मेयर भएकी आर्या राजेन्द्रनको। आर्याले केरलाको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) बाट थिरुवनन्तपुरमकी मेयर पदमा विजय प्राप्त गरेकी थिइन्।

    उक्त पोस्ट सेयर गर्दै जोरामले लेखेका थिए- ‘त्यसैले अब न्यूयोर्कलाई कस्तो खालको मेयर चाहिन्छ ?’

    विश्वकै कान्छी मेयरको पोस्टमा सन् २०२० मा चासो देखाएका जोरामले अहिले ३३ वर्षको उमेरमा डेमोक्रेटिक पार्टीबाट मेयर उम्मेदवारी पाएका छन्।

    डेमोक्रेटहरूले जित्दै आएको अमेरिकाको सबैभन्दा ठूलो सहरमा उनी मेयर उम्मेदवार हुने प्रथम दक्षिण एसियाली मुस्लिम मूलका युवा हुन्। उनको पुर्ख्यौली देश भारत हो।

  • लण्डनले पाकिस्तानी मुस्लिम पृष्ठभूमिका मेयर पायो, न्यूयोर्कले भारतीय पृष्ठभूमिका मुस्लिम मेयर पाउँदै ?

    लण्डनले पाकिस्तानी मुस्लिम पृष्ठभूमिका मेयर पायो, न्यूयोर्कले भारतीय पृष्ठभूमिका मुस्लिम मेयर पाउँदै ?

    काठमाडौ‌ं । लण्डनको मेयर भनेको धेरै शक्तिशाली पद हो । यूरोपको एक प्रभावशाली महानगरको मेयर हुनुले मात्रै नभएर मेयर भएको व्यक्तित्वको कारणले पनि चर्चामा हुन्छ ।

    जस्तो सन २००८ मा लण्डनको मेयर बनेका बोरिस जोन्ससन एक दशकपछि बेलायतका प्रधानमन्त्री बने । लण्डनले सन २०१६ मे महिनाबाट पहिलो मुस्लिम मेयर पायो । मेयर बनेर आए साद्धिक खान ।

    कतिपय मुद्दामा खान र प्रधानमन्त्रीको मात्रै होइन खान र अमेरिकी राष्ट्रपतिको पनि डिजिटल चर्चाचर्की पर्यो । खान अहिले पनि मेयर नै छन् । उनी लगालग तेस्रो कार्यकालसम्म मेयर बनेका छन् । स्वेत इसाईहरुको बोलवाला भएको सहर लण्डनको मेयर बन्नुमा सादिक खानलाई सकसै थियो । तर जनताले पत्याएर उनी विजय भए ।

    अहिले लण्डनपछि अमेरिकाको सबैभन्दा ठूलो सहर न्यू योर्कका मेयरमा पनि मुस्लिम आस्थाका मेयर आउने बाटो खुला भएको छ । जोरान माम्दानीले न्यू योर्कमा डेमोक्रेटिक पार्टीको तर्फबाट मेयर हुने देखिएको छ ।

    ३३ वर्षका जोरान माम्दानी भारतीय मुलका हुन् । उनी दक्षिण एसियाली मुलका प्रथम मुस्लिम समुदायका मेयर उम्मेदवार पनि भएको अलजजिराले उल्लेख गरेको छ ।

  • ४१ वर्षपछि अन्तरिक्ष यात्रामा पुगे अर्का भारतीय

    ४१ वर्षपछि अन्तरिक्ष यात्रामा पुगे अर्का भारतीय

    काठमाडौं । आफूलाई अन्तरिक्ष शक्तिको रुपमा चिनाउँदै आएको भारतले ४१ वर्षपछि पहिलोपटक आफ्नो देशको अन्तरिक्ष यात्रुलाई अन्तरिक्षमा पठाएको छ ।

    भारतका अन्तरिक्ष यात्रु सुभांसु शुक्ला अन्तरिक्ष पुगेका हुन् । उनको अन्तरिक्षयान अमेरिकाको फ्लोरिडा राज्यबाट उडेको हो । यस अगाडि तत्कालीन सोभियत संघको सहयोगमा प्रथम भारतीय अन्तरिक्ष यात्रुको रुपमा राकेश शर्मा सन् १९८४ मा अन्तरिक्षमा पुगेका थिए ।

    प्रथम अन्तरिक्ष यात्रु अमेरिकी भूमिबाट पठाएको भारतले दोस्रो अन्तरिक्ष यात्रु अमेरिकी भूमिबाट पठाएको छ । अमेरिका, भारत, हंगेरी तथा पोल्याण्डका यात्रुहरुको संयुक्त टोली अन्तरिक्षमा पुगेको बेलायती विश्व च्यानल बीबीसीले बताएको छ ।

  • एनआरएन अष्ट्रेलियाको एनसीसी सदस्यमा अवानी पौडेलको उम्मेदवारी

    एनआरएन अष्ट्रेलियाको एनसीसी सदस्यमा अवानी पौडेलको उम्मेदवारी

    सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा अवानी पौडेलले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।

    सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया आएकी पौडेलले छोटो समयमै नेपाली समुदायमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सक्रिय सहभागिताबाट विशिष्ट पहिचान बनाएकी छन् ।

    टिम एकता अन्तर्गत उम्मेदवार बनेकी पौडेलले आफू समावेशी, पारदर्शी र नतिजामूलक नेतृत्व प्रदान गर्न इच्छुक रहेको बताएकी छन् ।

    ‘समाजले मलाई धेरै कुरा सिकायो, अब समय आएको छ सिकेको फिर्ता दिने’, पौडेलले भनिन्, ‘म महिला, युवा र नयाँ आप्रवासीहरूको आवाज बन्न चाहन्छु ।’

    शिक्षा परामर्श, वृद्ध सेवा, व्यवसाय तथा रियल इस्टेट क्षेत्रमा संलग्न पौडेल ऊर्जाशील, समर्पित र कार्यमा केन्द्रित नेतृका रूपमा समुदायमा परिचित छिन् । आकर्षक व्यक्तित्वसँगै दृढ सोच र योजनाबद्ध कार्यशैलीमा पनि उनी अब्बल मानिन्छिन् ।

    ‘अहिलेको आवश्यकता नेतृत्वको पुस्तान्तरण हो’, उनले भनिन्, ‘जहाँ अनुभव, जोश र सोचको सन्तुलनबाट मात्रै संस्थागत सुधार सम्भव हुन्छ ।’

    पौडेलले आफू आबद्ध टिम एकतालाई पारदर्शिता, समावेशी नेतृत्व र महिला सहभागिताको अभ्यास गर्ने समूहका रूपमा चित्रण गरेकी छन् ।

    ‘टिम एकता नाम मात्रै होइन, व्यवहारमै एकताको अभ्यास गर्ने समूह हो’, पौडेलको भनाइ छ ।

    यसपटकको निर्वाचनमा एनएसडब्लु राज्यमा युवा पुस्ताको उल्लेखनीय सहभागिता देखिएको छ । उम्मेदवारहरू आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै कोठे बैठक, समुदाय भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् ।

  • दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित

    दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित

    साङ्घाई । चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ ।

    चीनले चरम मौसमको गर्मीको सामना गरिरहेको छ । मुलुकमा गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ ।

    दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा मङ्गलबार दिउँसोसम्म करिब ८० हजार ९००लाई सुरक्षित स्थानमा सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

    रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ समाचार एजेन्सीले जनाएको छ ।

    राज्य प्रसारणकर्ता सीसीटीभीको फुटेजले प्रान्तको एउटा पहाडी क्षेत्रमा गाउँहरू डुबानमा परेको र एउटा पुल भत्किएको देखाएको छ । उद्धारकर्ताहरूले बासिन्दाहरूलाई बोकेर डुङ्गाहरूलाई हिलो, घुँडासम्म पानीमा धकेलिरहेका थिए र आपत्कालीन कर्मचारीहरू नजिकै आउँदा बालबालिका बाल विकास केन्द्रमा पर्खिरहेका थिए ।

    ‘पानी धेरै चाँडो बढ्यो’, स्थानीय लोङ तिआनले भने, ‘म तेस्रो तल्लामा उद्धारको पर्खाइमा बसेँ । दिउँसोसम्म मलाई सुरक्षित ठाउँमा सारिएको थियो ।’

    बाढी पीडितहरूका लागि चामललगायत आपूर्तिहरू पु¥याउन ड्रोन तयार गरिरहेको एक टोली पनि देखिएको थियो ।

    स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा ट्रक चालक यू गुओचुनले भत्किएको पुलको खण्डको छेउमा अड्किएपछिको आफ्नो डरलाग्दो उद्धारको वर्णन गरेका छन् ।

    ‘मेरो अगाडि एक पुल पूर्ण रूपमा भत्कियो’, उनले भने, ‘म धेरै डराएको थिएँ ।’

    बाढीले छिमेकी गुआङ्सी क्षेत्रमा पनि असर पारेको छ । सरकारी सञ्चारमाध्यमले त्यहाँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने उद्धारकर्ताहरूको भिडियो प्रकाशित गरेको छ ।

    भारी वर्षाका कारण मध्य चिनियाँ प्रान्त हुनानमा गत हप्ता दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

    टाइफुन वुटिपका कारण आएको भारी बाढीपछि केही दिनअघि नै दक्षिणी चीनमा करिब ७० हजार मानिस विस्थापित भएका थिए ।

    चिनियाँ अधिकारीहरूले गत हप्ता ६ वटा क्षेत्रमा पहाडी बाढीका लागि वर्षको पहिलो रातो चेतावनी जारी गरे । रातो चेतावनी देशको चारस्तरीय प्रणालीमा सबैभन्दा गम्भीर चेतावनी स्तर हो ।

    स्थानीय सरकारहरूले बासिन्दाहरूलाई समयमै चेतावनी जारी गर्न आग्रह गर्दै प्रभावित क्षेत्रका केही क्षेत्र ‘अत्यधिक प्रभावित हुने सम्भावना’ रहेको सिन्ह्वाले जनाएको छ ।

    वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यास उत्सर्जनले बढाएको जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटनाहरूलाई धेरै बारम्बार र धेरै तीव्र बनाइरहेको छ ।

    बेइजिङका अधिकारीहरूले यस हप्ता यस वर्षको अहिलेसम्मको सबैभन्दा तातो दिनमा राजधानीका लागि दोस्रो उच्च गर्मी चेतावनी जारी गरेका थिए ।

    गत वर्ष चीनको रेकर्डमा सबैभन्दा तातो थियो र पछिल्लो चार वर्ष अहिलेसम्मकै सबैभन्दा तातो थियो । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो, तर नवीकरणीय ऊर्जाको पावरहाउस पनि हो । चीनले सन् २०६० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई शुद्ध शून्यमा कटौती गर्न खोजेको छ । -रासस/एएफपी

  • सीएनएन भन्छ– अमेरिकाले इरानी आणविक केन्द्र ध्वस्त गर्न सकेन 

    सीएनएन भन्छ– अमेरिकाले इरानी आणविक केन्द्र ध्वस्त गर्न सकेन 

    काठमाडौं । अमेरिकाले इरानमा सुरुङ भत्काउने बङ्कर बस्टर बम हमलाबाट इरानी आणविक केन्द्रहरू राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो ध्वस्त नभएको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ ।

    गुप्तचर अधिकारीहरूको प्रारम्भिक अनुसन्धान अनुसार यस्तो पाइएको सीएनएनले लेखेको छ । गुप्तचर अधिकारीहरूले इरानी आणविक कार्यक्रम केही महिना धकेलिएपनि ध्वस्त चैँ नभएको सीएनएनले लेखेको छ ।

    सीएनएनको यो समाचारले इरानी सरकारी मिडियाले गरेको दाबीको औपचारिक पुष्टि गरेको छ । यही जुन २२ मा इरानका तीन आणविक केन्द्रमा अमेरिकाले हमला गरेको थियो ।

    जवाफमा इरानले अनि अमेरिकाको कतारमा रहेको सैन्य अखडामा हमला गरेको थियो। सीएनएनको खबर आएपछि ट्रम्प आक्रोशित भएर ‘फेक न्युज’ भनेका छन् ।

  • इजरायल र न्यू योर्क टाइम्सले मारिएको भनेका इरानी कमान्डर तेहरानमा विजय उत्सवमा सहभागी 

    इजरायल र न्यू योर्क टाइम्सले मारिएको भनेका इरानी कमान्डर तेहरानमा विजय उत्सवमा सहभागी 

    काठमाडौं । इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख मेजर जनरल स्माइल कानी जीवित रहेका पुष्टि भएको छ। दुई हप्ताअघि इजरायल र न्यू योर्क टाइम्सले उनलाई लक्षित आक्रमणमा मारिएको दावी गरेका थिए ।

    तर, हालै तेहरानमा आयोजित विजय उत्सवमा मेजर जनरल स्वयम् उपस्थित भएर आम जनसमूहलाई सम्बोधन गरेपछि दाबी झुटो साबित भएको छ।

    सरकारी टेलिभिजनमा प्रसारित प्रत्यक्ष प्रसारणमा उनलाई मुस्कानसहित सेना र समर्थकहरूसँग उत्सव मनाउँदै देखिएको घटनाले इरान–इस्राइल तनावका बिच सूचना युद्ध कति गम्भीर रूपमा चलिरहेको छ भन्ने कुराको संकेत गरेको छ।

  • इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या: उद्धारकर्ता

    इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या: उद्धारकर्ता

    काठमाडाैं। गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरण स्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ । यो सहायता खोज्नेहरूलाई लक्षित गरिएको पछिल्लो घातक घटना हो ।

    मङ्गलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य एक सय ५० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताए।

    गाजा पट्टीमा मिडियामा इजरायली प्रतिबन्ध र केही क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ प्यालेस्टिनी क्षेत्रमा उद्धारकर्ता र अधिकारीहरूले प्रदान गरेको सङ्ख्या र विवरणहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न असमर्थ भएको बताइएको छ ।

    बिहान गाजा सहरको एउटा घरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको र धेरै घाइते भएको बासलले बताए ।

    बीस महिनाभन्दा बढीको युद्धपछि क्षेत्रभरि अनिकाल परेका कारण हजारौँ प्यालेस्टिनी गाजामा खाद्यान्न रासन प्राप्त गर्ने आशामा दैनिक भेला हुने गरेका छन् ।

    हमासद्वारा सञ्चालित गाजा पट्टीमा स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्कअनुसार मे महिनाको अन्त्यदेखि सहायता माग्दै गर्दा इजरायली आक्रमण्मा कम्तीमा चार सय ५० जनाको मृत्यु भएको र करिब तीन हजार पाँच सय जना घाइते भएका छन् ।

    उद्धारकर्ताहरूका अनुसार तीमध्ये धेरै गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित साइटहरू नजिकै रहेका छन् ।

    गाजामा निजी रूपमा सञ्चालित फाउन्डेसनको सञ्चालन अराजक दृश्यहरूले बिगारेको छ । संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र प्रमुख सहायता समूहहरूले यसलाई इजरायली सैन्य उद्देश्यहरू पूरा गर्न डिजाइन गरिएको चिन्ताका कारण सहयोग गर्न अस्वीकार गरेका छन् ।

    इजरायलले इरानसँग युद्धविराम गर्न सहमत भएको घोषणा गरेपछि इजरायलका विपक्षी नेताले मङ्गलबार गाजामा युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।

    ‘अनि अब गाजा । यो त्यहाँ पनि समाप्त गर्ने समय हो । बन्धकहरूलाई फिर्ता ल्याउनुहोस्, युद्धको अन्त्य गर्नुहोस्’, यायर लापिडले एक्समा लेखे ।