Category: विश्व प्रेस

  • बङ्गलादेशद्वारा २० प्रतिशत अमेरिकी भन्सार शुल्कको स्वागत

    बङ्गलादेशद्वारा २० प्रतिशत अमेरिकी भन्सार शुल्कको स्वागत

    काठमाडौं । वासिङ्टनसँगको अन्तिम वार्तापछि बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्ताको नतिजालाई स्वागत गरेको छ । आफ्ना मुख्य कपडा क्षेत्रका प्रतिस्पर्धीहरूसँगको तुलनामा बङ्गलादेशले अमेरिकामा यसको निर्यातमा २० प्रतिशत कर दर सुरक्षित गरेको छ ।

    बङ्गलादेश सरकारका मुख्य सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्तिअनुसार तयारी पोसाक निर्यातमा देशको सापेक्षिक प्रतिस्पर्धात्मकता अप्रभावित रहेको छ ।

    “हामीले हाम्रा प्रतिबद्धताहरू हाम्रो राष्ट्रिय हित र क्षमतासँग मेल खाने कुरा सुनिश्चित गर्न सावधानीपूर्वक वार्ता गर्‍यौँ”, बङ्गलादेशका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा मुख्य वार्ताकार खलिलुर रहमानले भने, “हाम्रो कपडा उद्योगको संरक्षण शीर्ष प्राथमिकता थियो, तर हामीले अमेरिकी कृषि उत्पादनहरूमा हाम्रो खरिद प्रतिबद्धताहरूलाई पनि केन्द्रित गर्‍यौँ, यसले हाम्रो खाद्य सुरक्षा लक्ष्यहरूलाई समर्थन गर्छ र अमेरिकी कृषि राज्यहरूसँग सदभावना बढाउँछ ।”

    विज्ञप्ति अनुसार बङ्गलादेश सम्भावित ३५ प्रतिशत पारस्परिक भन्सार शुल्कबाट बच्न सफल भएको छ । “त्यो हाम्रो कपडा क्षेत्र र यसमा निर्भर लाखौँ मानिसका लागि राम्रो समाचार हो । हामीले आफ्नो विश्वव्यापी प्रतिस्पर्धात्मकता पनि संरक्षित गरेका छौँ र विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजारमा पहुँच गर्ने नयाँ अवसरहरू खोलेका छौँ”, रहमानले भने ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्विपक्षीय व्यापार सम्झौतालाई अन्तिम रूप दिन अगस्ट १ को समयसीमा अघि ७० देशबाट आयातमा ४१ प्रतिशतसम्म नयाँ आयात भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

    ट्रम्पको व्यापक कार्यकारी आदेश आर्थिक सुधार, व्यापार सन्तुलन र राष्ट्रिय सुरक्षा सहयोगका प्रतिबद्धताहरूसित व्यापार पहुँचलाई जोड्ने व्यापक अमेरिकी रणनीतिको एक हिस्सा हो ।

    प्रेस विज्ञप्ति अनुसार व्यापारिक घाटा कम गर्न मद्दत गर्न देशहरूले अमेरिकी सामानहरू खरिद गर्ने स्पष्ट प्रतिबद्धता गर्न आवश्यक थियो ।

    संलग्न मुद्दाहरूको दायरालाई ध्यानमा राख्दै वार्ता प्रक्रिया जटिल र समय खपत भएको छ । भन्सार शुल्क राहत अमेरिकी निर्यातमा भन्सार शुल्कमा कटौती मात्र नभई गैर–शुल्क अवरोधहरू, व्यापार असन्तुलन र सुरक्षा मामिलाहरूमा अमेरिकी चिन्ताहरूलाई सम्बोधन गर्ने देशको इच्छासँग जोडिएको थियो ।

    विज्ञप्तिमा उजागर गरिएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले प्रत्येक देशको भन्सार शुल्क दरले यी सबै क्षेत्रमा यसको प्रतिबद्धताको गहिराइलाई प्रतिबिम्बित गर्नेछ भनी स्पष्ट पारेको छ ।

     

  • नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    काठमाडौं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ ।

    अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

    शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले बताए।

    राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको उनी बताउँछन् । विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सझाव छ ।

    यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ यहाँ आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

  • ह्वाइट हाउसकी प्रवक्ताले भनिन्- अब ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने बेला भयो

    ह्वाइट हाउसकी प्रवक्ताले भनिन्- अब ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने बेला भयो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सचिवालयले अब उनलाई नोबेल शान्ति पुरस्कारदिने समय आएको दावी गरेको छ ।

    ह्वाट हाउसकी प्रेस सचिव क्यारोलिन लेबिनले ट्रम्प राष्ट्रपति बनेको छोटो समयमा ६ वटा युद्ध र संघर्षविराम गराएको भन्दै अब नोबेल शान्ति पुरस्कार दिने बेला आएको बताएकी हुन् ।

    प्रेस ब्रिफिङका क्रममा उनले शुक्रवार ह्वाइट हाउसमा बोल्दै इजरायल र इरान, भारत पाकिस्तान, थाइल्याण्ड कम्बोडिया, सर्सिया तथा कोसोबोलगायतका देशको युद्ध ट्रम्पले रोक्न सफल भएका बताइन् ।

    उनले भनिन्–यसको मतलब राष्ट्रपति ट्रम्पले ६ महिनाको बीचमा औसतमा हरेक एक महिनामा एउटा शान्ति सम्झौता वा संघर्षविराम गराएका छन् । अब समय आएको छ कि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ ।

    यसअघि पाकिस्तानका प्रधानमन्त्री शहनाबज सरिफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरिसकेका छन् ।

  • आफ्नो अत्याचार लुकाउन इजरायलले पत्रकारलाई आतंकवादीको ट्याग लगाउँछ : राष्ट्रसंघ प्रतिवेदक

    आफ्नो अत्याचार लुकाउन इजरायलले पत्रकारलाई आतंकवादीको ट्याग लगाउँछ : राष्ट्रसंघ प्रतिवेदक

    काठमाडौं । इजरायलले गाजापट्टीमा आफ्नो गैरन्यायिक हत्यालाई जायज साबित गर्न पत्रकारलाई पनि आतंकवादीको ट्याग लगाउने गरेको पाइएको छ । अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक आइरिन खानले इजरायलको उक्त हर्कतबारे खुलासा गरेकी हुन् ।

    खानले उत्तरी गाजा पट्टीमा अल जजीराका अन्तिम पत्रकारका रुपमा कार्यरत अनस अल–शरीफविरुद्ध इजरायली सेनाको धम्कीप्रति राष्ट्रसंघ चिन्तित रहेको बताएकी छन् । उनले अल जजीरा अरबिककासहकर्मीहरूसँग कुरा गर्दै प्रमाणबिनै पत्रकारलाई आतंकवादी भन्ने गरेको बताइन् ।

    उनले भनिन्–इजरायली सेनाले कुनै प्रमाण बिना नै अल–शरीफ र अन्य पत्रकारहरूलाई ‘आतंकवादी’ भएको आरोप लगाउँछ । हामी विश्व समुदायलाई इजरायलमाथि गाजामा अल–शरीफ र अन्य पत्रकारहरूलाई लक्षित गर्नबाट रोक्न आह्वान गर्छाैं । इजरायली सेनाले पत्रकारहरूलाई उनीहरूको हत्यालाई जायज ठहराउन झूटो रूपमा ‘आतंकवादी’ भनेर लेबल लगाइरहेको कुरा संसारले सुन्नुपर्छ

    खानका अनुसार इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय पत्रकारलाई गाजामा प्रवेश अनुमति दिन अस्वीकार गर्छ र स्थानीय पत्रकारहरूको प्रतिष्ठामा कलंक लगाउँछ । प्यालेस्टिनी पत्रकारहरूको हत्या र नजरबन्द सत्यलाई दबाउने इजरायली रणनीति भएको समेत उनले बताएकी छन् ।

    उनले भनेकी छन्–हामी गाजामा बहादुर पत्रकारहरूको सुरक्षाको लागि आह्वान गर्छौं, किनकि उनीहरूको इजरायली नरसंहारको रिपोर्टले संसारलाई हल्लाउन सक्छ ।

  • भोका प्यालेस्टिनीमाथि इजरायलको अत्याचार, खानेकुरा खोजिरहेका ४८ जनाको हत्या

    भोका प्यालेस्टिनीमाथि इजरायलको अत्याचार, खानेकुरा खोजिरहेका ४८ जनाको हत्या

    काठमाडौं । उत्तरी गाजामा मानवीय सहायता र खानेकुराको प्रतिक्षा गरिरहेका प्यालेस्टिनीमाथि इजरायली सेनाले बम र गोली प्रहार गर्दा कम्तिमा ३८ जना सर्वसाधारणको ज्यान गएको छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार धेरै दिनदेखि खान नपाएका प्यालेस्टिनीहरु मानवीय सहायताको प्रतिक्षामा थिए । निहत्था भोकाहरुमाथि सैन्य हमला गरेर इजरायलले ३० जनाको हत्या र ३ सय भन्दा बढीलाई घाइते बनाएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

    यता इजरायली सेनाले भने गाजाबासीलाई खानेकुराको सहयोग गर्न ट्रकको छेउछाउ जम्मा भएपछि चेतावनीका लागि गोली चलाइएको जनाएको छ ।

    गाजाको अल शिफा अस्पतालका निर्देशक मोहम्मद अबू सलमियाले एएफपीलाई बताए अनुसार सो घटनापछि अस्पतालमा ३५ जनाको शब ल्याइएको छ ।

    अस्पतालले कम्तिमा ४८ प्यालेस्टिनीको हत्या भएको जनाएको छ । यसैबीच अमेरिकी सिनेटर बर्नी स्याण्डर्सले इजरायली प्रधानमन्त्रीलाई घृणास्पद ढाँट शासकको संख्या दिदै भोकले मरिरहेका प्यालेस्टिनी बालबालिकाको पक्षमा अमेरिका उभिनुपर्ने बताएका छन् ।

    उनले संयुक्त राज्य अमेरिकाले इजरायलको नरसंहारकारी सरकारलाई निर्दोष मानिसहरूलाई मार्न प्रयोग गरिने करोडौं डलरको सैन्य सहायता बन्द गर्न राष्ट्रपति ट्रम्पको ध्यानकर्षण गराएका छन् ।

  • मोदीलाई जया बच्चनको प्रश्न- सिउँदो त उजाडियो, अप्रेसन सिन्दूर नाम किन राखेको ?  (भिडिओ)

    मोदीलाई जया बच्चनको प्रश्न- सिउँदो त उजाडियो, अप्रेसन सिन्दूर नाम किन राखेको ?  (भिडिओ)

    काठमाडौं । भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले नरेन्द्र मोदी सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै ‘अप्रेसन सिन्दूर’को नामप्रति नै आपत्ति जनाएकी छन् । पहलगाम आतंकी हमलापछि भारतले पाकिस्तानमाथि गरेको युद्धलाई अप्रेसन सिन्दूरको नाम दिएको छ ।

    बुधबार भारतको माथिल्लो सभा राज्यसभामा सम्बोधन गर्दै जया बच्चनले पहलगाम आतंकवादी हमलापछि भारतको प्रतिशोधात्मक कारबाहीलाई अप्रेसन सिन्दूर नामकरण गरिएकोमा प्रश्न उठाएकी हुन् ।

    बच्चनले भनिन्– जे भयो सबै कुरा फिक्सन जस्तो भयो । केही मान्छे आए, त्यति ठुलो हत्याकाण्ड मच्चाए । एकतर्फ म तपाईहरुलाई बधाई दिन्छु, तपाईहरुले यस्ता लेखकहरूलाई राख्नुभएको छ । तपाईंहरूले भव्य नाम दिनुहुन्छ। यो अप्रेसनको नाम ‘सिन्दूर’ किन राख्नुभयो ? जबकि सिन्दूर त उजाडियो । जो मारिए, जसका पत्नी विधवा भए सिन्दूर त उजाडियो ।

    अभिनेत्री बच्चनले मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेपछि कश्मीरमा आतंकवाद खत्तम भयो भनेर ढोल पिटेको स्मरण गराइन् । मोदी सरकारको भरोसा मानेर यात्री कश्मीर जाँदा यति ठुलो घटना भएको भन्दै उनीहरूले मोदी सत्तालाई कहिल्यै माफ नगर्ने बताइन् ।

  • अस्ट्रेलियामा अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा पनि प्रतिबन्ध

    अस्ट्रेलियामा अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा पनि प्रतिबन्ध

    काठमाडौं । अस्ट्रेलियाले अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा पनि प्रतिबन्ध लगाउने भएको छ । अष्ट्रेलियाली सरकारले बुधबार १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टापछि युट्युबमा  पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    १६ वर्षमुनिका किशोरकिशोरीहरुको लागि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धमा युट्युब पनि समावेश गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले जनाएको छ ।

    यसअघि युट्युबलाई यो प्रतिबन्धबाट अलग राखिएको थियो । तर अहिले सोही छुटलाई उल्ट्याएको हो । गुगलको स्वामित्वमा रहेको युट्युबलाई छुट दिएको थियो। उक्त प्रतिबन्ध २०२५ डिसेम्बर १० देखि लागू हुने उल्लेख गरिएको छ ।

    बुधबार घोषणा गर्दै अस्ट्रेलियाली सरकारले भन्यो–अब युट्युब पनि त्यो सूचीमा पर्नेछ, जहाँ किशोर उमेरका प्रयोगकर्ताहरूलाई पहुँच रोक लगाइनेछ। यस निर्णयले अब कानुनी चुनौतीको सम्भावना पनि देखिएको छ।

    यो कदम अस्ट्रेलियाको इन्टरनेट नियामक संस्थाको सिफारिसपछि आएको बताइएको छ । नियामकले सरकारलाई युट्युब प्रतिबन्ध गर्न आग्रह गर्दै हालैको एक सर्वेक्षण अनुसार ३७ प्रतिशत नाबालकहरूले युट्युबमा हानिकारक सामग्री देखेका छन्, जुन सबै सामाजिक सञ्जालमध्ये सबैभन्दा खराब नतिजा  भएकाे उल्लेख गरेका छन् ।

     

  • दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि फेरि पक्राउ पूर्जी जारी

    दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि फेरि पक्राउ पूर्जी जारी

    काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाईका लागि पटक–पटक उपस्थित हुन नमानेपछि अभियोजकहरूले सोधपुछका लागि भन्दै बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्।

    गत डिसेम्बर ३ मा युनले दक्षिण कोरियामा नागरिक शासनको अन्त्य गर्ने र सैनिक शासन लागू गर्ने प्रयास गरेको थियो । मामर्शल कानून जारी गरिएको घोषणा गर्दै उनले संसद्लाई सेना लगाएर नियन्त्रण गर्ने प्रयास गरेका थिए ।

    हप्तौँसम्म गिरफ्तारीको विरोध गरेपछि जनवरीमा हिरासतमा लिइएका उनी दक्षिण कोरियाली इतिहासमा पक्राउ पर्ने पहिलो बहालवाला राष्ट्रपति बनेका थिए ।

    उनले मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने भन्दै राष्ट्रपति पदबाट निलम्बन गरिएको थियो । उनलाई मार्चमा उहाँको विद्रोहको मुद्दा चलिरहेको समय प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर जुलाईको सुरुमा फेरि हिरासतमा लिई सोधपुछ गरिएको थियो ।

    संसदीय चुनावमा धाँधली भएको आरोपको अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि पटक–पटक बोलाए पनि उहाँ उपस्थित हुन अस्वीकार गरेका थिए ।

    “विशेष अभियोजकको कार्यालयले पूर्व राष्ट्रपति युनलाई बिहान १० बजे उपस्थित हुन दोस्रो आदेश जारी गरेको थियो,” अभियोजक ओह जियोङ हीले बुधबार पत्रकारहरूसँग बताए ।

    उनले उपस्थित हुनका लागि दोस्रो पटकको आदेश पनि उल्लङ्घन गरी अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए । उनले कुनै स्पष्टीकरण पनि दिएका थिएनन् ।

    फलस्वरूप, विशेष अदालतले उहाँविरूद्ध औपचारिक रूपमा बुधबार दिउसो सोधपुछका लागि हिरासतमा लिन पक्राउपूर्जी जारी गरेको हो ।

    युनलाई यसपहिले नै हिरासतमा राखिएको भए पनि पक्राउपूर्जी जारी भएपछि अभियोजकहरूलाई उनलाई जबर्जस्ती सोधपुछ गर्न अनुमति दिनेछ।
    युन र उनकी पत्नी पूर्व प्रथम महिला किम किन हीका लागि पनि कानुनी समस्या बढ्दै गएको छ। अभियोजकहरूले युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले हिराको हार र महँगो ह्यान्डब्याग प्राप्त गरी किमलाई दिएको आरोपको पनि अनुसन्धान गरिरहेका छन्।

  • गाजामा भोकमरी र कुपोषणको विकराल अवस्था आएको राष्ट्रसंघीय खाद्या सुरक्षा एजेन्सीको चेतावनी

    गाजामा भोकमरी र कुपोषणको विकराल अवस्था आएको राष्ट्रसंघीय खाद्या सुरक्षा एजेन्सीको चेतावनी

    काठमाडौं । संयुक्त राष्ट्रसंघको खाद्य सुरक्षा एजेन्सीले इजरायलको निरन्तर अमानवीय आक्रमण झेलिरहेको गाजामा भोकमरी र कुपोषणका कारण जीवन गुमाउने सबैभन्दा खराब अवस्था देखा पर्न लागेको चेतावनी दिएको छ ।

    भोकमरी फैलिँदै गएको र इजरायलले सो क्षेत्रमा मानवीय सहायता वितरणमा समेत रोक लगाएको भनेर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको बेला यो अहिलेसम्मकै सबैभन्दा कडा चेतावनी हो।

    एजेन्सीले भनेको छ-द्वन्द्व र विस्थापन तीव्र भएको छ, र खाद्यान्न र अन्य आवश्यक वस्तुहरू र सेवाहरूमा पहुँच अभूतपूर्व स्तरमा झरेको छ ।

    मान्छेहरू खान नपाएर मरेका छन्, एक किलो पिठो लिन घस्रिरहेका भोका मान्छेहरू इजरायलको गोली खाएर मरिरहेका छन् बढ्दो प्रमाणहरूले व्यापक भोकमरी, कुपोषण र रोगले भोकमरीसँग सम्बन्धित मृत्युमा वृद्धि गरिरहेको छ ।

    अमेरिकी समाचार संस्था सीएनएनले समेत इजरायलको अत्याचारबारे विश्व समुदायको ध्यानाकर्षण गरेको छ ।

    सीएनएनका अनुसार गत अप्रिलदेखि मध्य जुलाईको बीचमा २० हजार भन्दा बढी बालबालिकालाई तीव्र कुपोषणको उपचारको लागि भर्ना गरिएको छ ।

    जसमा ३,००० भन्दा बढी गम्भीर कुपोषित छन्। कुपोषणका कारण डेढ सय बढी बालबालिकाको मृत्यु भइसकेको छ ।

  • रुसको कम्पन भुकम्प मापनको इतिहासमै ठूलो, अमेरिका र जापानका धेरै सहरमा सुनामी

    रुसको कम्पन भुकम्प मापनको इतिहासमै ठूलो, अमेरिका र जापानका धेरै सहरमा सुनामी

    काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको ८ दशमलव ८ रेक्टर मापन गरिएको भूकम्प इतिहासकै ठूलो मानिएको छ । यो सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प हो ।

    अमेरिकी हवाई विश्वविद्यालयका भूगर्भविज्ञ प्राध्यापक हेलन जेनिस्कीले रुसको आजको भूकम्प आजसम्म मापन भएकामध्ये इतिहासको सबैभन्दा भीषण भूकम्पमध्ये भनेकी छन् । उनका अनुसार यति ठूलो भूकम्प पृथ्वीमा विरलै मापन भएको छ ।

    बीबीसीले अमेरिकी जीओलजिकल सर्भेलाई उद्धृत गर्दै ८.८ म्याग्निट्यूड भनेको इतिहासको छैटौँ ठूलो भूकम्प भनेको छ । सन् २०२० मा चिली र सन् १९०६ मा एमल्र्डस एक्वडोरमा यति नै रेक्टरको भूकम्प मापन भएको थियो ।

    सन् १९५२ मा विश्वमा रेकर्ड गरिएको पहिलो म्याग्निट्यूडको ९.० भूकम्प पनि रुसमै गएको थियो । रुस भूकम्प लगत्तै अमेरिका र जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानमा सुनामीको लहर होक्काइडो प्राप्तमा पुगिसकेको छ ।

    अमेरिकाको हवाई, सन फ्रान्सिस्को, अलास्का लगायतका सहरमा पनि उच्च सतर्कता जारी गरिएको छ । प्रशान्त क्षेत्रमा सुनामीको लहर १२ इन्च माथि पुगेको छ ।

  • रुसमा ८.८ को शक्तिशाली भुकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको चेतावनी

    रुसमा ८.८ को शक्तिशाली भुकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको चेतावनी

    काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्रमा ८.८ रेक्टर स्केलको भूकम्प गएको छ । यूएस जिओलजिकल सर्वे (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्र कमचटको प्रायद्वीप पेट्रोपावलोव्स्कबाट लगभग १३७ किलोमिटर पूर्व १९ किलोमिटर गहिराइमा रहेको छ ।

    भूकम्पपछि प्रशान्त महासागरमा सुनामीको चेतावनी जारी गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार पछिल्ला दशकमा आएका भूकम्प मध्ये यो शक्तिशाली भूकम्प हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।

    यूएसजीएसका अनुसार आउने तीन घण्टामा रुस र जापानका तटीय क्षेत्रमा खतरनाक सुनामीको चेतावनी दिइएको छ । अमेरिकी अधिकारीका अनुसार अलास्कासहित धेरै क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको छ ।

    जापानको मौसम एजेन्सीले प्रशान्त तटीय इलाकामा लगभग ३.३ फिट उँचो सुनामीको लहर उठ्ने चेतावनी दिएको छ ।

    सुरुमा भूकम्प ८.० रेक्टरस्कल बताइए पनि पछि संशोधन गरेर ८.८ भएको बताइएको छ ।

  • गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु

    गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु

    काठमाडौं । मध्य नुसिरात जिल्लामा इजरायली हवाई आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार जनाएको छ ।

    नागरिक रक्षाका प्रवक्ता महमुद बासलले आक्रमणहरू रातभर र बिहानसम्म भएको र नुसिरात शरणार्थी शिविरमा ‘धेरै नागरिकको घर’ लाई लक्षित गरिएको बताए ।

    स्थानीय अल–अवदा अस्पतालमा ‘१४ महिला र १२ बालबालिका सहित ३० जना शहीदको शव’ प्राप्त भएको बताइएको छ । इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । इजरायली सेनाले करिब २२ महिनादेखि गाजा पट्टीमा लडाकू समूह हमास विरुद्ध कारबाही गरिरहेको छ ।

    सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले गरेको रक्तपातपूर्ण आक्रमणबाट सुरु भएको इजरायली आक्रमणबाट गाजामा ५९ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सप्ताहन्तमा अन्तर्राष्ट्रिय रायको दबाबमा यस क्षेत्रको अनिकालको समाधान गर्न इजरायलले सहायता वितरण गर्न अनुमति दिन आइतबारदेखि सुरु भएको ‘रणनीतिक विराम’ को एक शृङ्खला घोषणा गरेको थियो ।

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयअनुसार सैन्य कारबाहीमा विरामले हरेक दिन बिहान १० बजे ९०७०० जिएमटी० देखि साँझ ८ बजेसम्म ‘ठूलो जनसङ्ख्या भएका क्षेत्रहरू’ समेट्नेछ ।

    निर्धारित सहायताका सवारी मार्गहरू बिहान ६ देखि राति ११ बजे सम्म सुरक्षित रहने नेतान्याहुको कार्यालयले जनाएको छ । तर, रातभर आक्रमण जारी रहने छ ।

    प्यालेस्टिनी क्षेत्रहरूमा नागरिक मामिलाका प्रभारी इजरायली रक्षा मन्त्रालयको निकाय कोगाटले सोमबार संयुक्त राष्ट्रसङ्घ र सहायता एजेन्सीहरूले दुई सय ट्रकभन्दा बढी सहायता वितरण गरेको बताएको छ ।

    अन्य दुई सय ६० ट्रकलाई सङ्कलन विन्दुहरूमा सहायता जम्मा गर्न गाजामा प्रवेश गर्न अनुमति दिइएको थियो । संयुक्त राष्ट्रसङ्घका चार ट्याङ्कर जोर्डन र एमिराटी विमानहरूबाट सहायताका २० प्यालेट खसालिएको कोगाटले जनाएको छ ।

  • युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु

    युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु

    काठमाडौं । युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । सैन्य प्रशासनका प्रमुख इभान फेडोरोभका अनुसार रूसले जापोरिझिया क्षेत्रमा जेल लक्षित आक्रमण गरेको थियो ।

    “१६ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन्”, परिसर ध्वस्त भएको र नजिकैका घरहरू क्षतिग्रस्त भएको उल्लेख गर्दै उनले टेलिग्राममा भने । क्षेत्रीय सरकारी अधिकारीहरूका अनुसार ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको आक्रमणमा धेरै मानिस मारिनुका साथै र कयौँ घाइते भएका छन् ।

    काम्यान्स्के सहरमा भएको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको, पाँच जना घाइते भएको र अस्पताललाई क्षति पुगेको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले बताए । यस क्षेत्रको सिनेनिकिभ्स्की जिल्लामा भएको आक्रमणमा अर्का एक व्यक्तिको मृत्यु भएको र धेरै घाइते भएको पनि उनले जानकारी दिए ।

    सोमबार राति भेलिकोमिखायलिभस्कामा भएको छुट्टै आक्रमणमा ७५ वर्षीया महिलाको मृत्यु हुनुका साथै एक ६८ वर्षीय व्यक्ति घाइते भएको र एउटा निजी घर क्षतिग्रस्त भएको उनले बताए ।  दक्षिणी रुसमा युक्रेनी ड्रोन हमलामा एक जनाको मृत्यु भएको यस क्षेत्रका कार्यवाहक गभर्नरले मङ्गलबार बताएका छन् ।

    सन् २०२२ मा आक्रमण सुरु भएदेखि नै धेरै हदसम्म छुट्याइएका क्षेत्रहरूमा नयाँ प्रगति गरेको रुसको ग्रीष्म आक्रमणलाई हटाउन किएभले प्रयास गरिरहेको छ ।सप्ताहन्तमा रूसी सेनाले यस क्षेत्रको पहिलो गाउँ कब्जा गरेको केही हप्तापछि आफ्नो सेनाले ड्निप्रोपेट्रोभस्कको ‘मालियेभ्काको बस्ती मुक्त’ गरेको बताएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मस्कोलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न वा कडा प्रतिबन्धको सामना गर्न ‘करिब १० वा १२ दिनको समयसीमा’ जारी गरेका छन् ।

  • न्युयोर्कस्थित कार्यालयमा गोली चल्दा बन्दुकधारीसहित ५ जनाको मृत्यु

    न्युयोर्कस्थित कार्यालयमा गोली चल्दा बन्दुकधारीसहित ५ जनाको मृत्यु

    न्युयोर्क । एक बन्दुकधारीले मध्य म्यानहट्टनको गगनचुम्बी भवनमा प्रवेश गरी गोली चलाउँदा सोमबार एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    गोली लागेपछि पाँचौँ पीडितको अवस्था पनि गम्भीर रहेको तथा बन्दुकधारीले आफ्नै ज्यान लिएको देखिएको मेयर एरिक एडम्सले घटनास्थल नजिकैको अस्पतालमा राति ब्रिफिङमा बताए ।

    बन्दुकधारी एम–४ राइफल लिएर कालो बिएमडब्लुबाट बाहिर निस्किँदै, त्यसपछि भवनमा प्रवेश गर्दै, तुरुन्तै एक प्रहरी अधिकारीमाथि गोली चलाउँदै गरेको क्यामेरामा कैद भएको प्रहरी आयुक्त जेसिका टिस्चले पत्रकार सम्मेलनमा बताए ।

    टिस्चले संदिग्धले एक्लै काम गरेको विश्वास गरिएको तर अनुसन्धान जारी रहेको र एफबिआईले अनुसन्धानमा सहयोग गरिरहेको बताए ।

    उनले बन्दुकधारीलाई लास भेगासका शेन तमुराका रूपमा पहिचान गर्नुभयो र उनको गाडीमा उनको नाम भएको औषधिसहित एउटा रिभल्भर, गोलाबारुद र म्यागजिन फेला परेको बताए ।

    लास भेगास कानून प्रवर्तनका अनुसार ती व्यक्तिसँग मानसिक स्वास्थ्य समस्याहरूको इतिहास भए पनि नेभाडाका लागि वैध बन्दुक अनुमति भएको देखिएको टिस्चले बताए ।

    मृत्यु भएका प्रहरी अधिकारी बङ्गलादेशबाट आएका ३६ वर्षीय आप्रवासी रहेको बताइएको छ । अन्य दुई पुरुष र एक महिलाको पनि मृत्यु भएको छ भने अर्का पुरुषको अवस्था गम्भीर रहेको छ ।

    कार्यालय कर्मचारी शाद साकिबका अनुसार उनी काम छोड्नका लागि आफ्ना सामानहरू प्याक गरिरहेको बेला सार्वजनिक सम्बोधन घोषणाले उनी र उनका सहकर्मीहरूलाई ठाउँमा शरण लिन चेतावनी दिएको थियो ।

    संयुक्त राज्य अमेरिकामा सामूहिक गोलीबारी सामान्य छ, जहाँ हतियार राख्ने संवैधानिक अधिकार कडा नियमहरूको मागभन्दा बढी छ ।

    गन भायोलेन्स आर्काइभका अनुसार यस वर्ष न्युयोर्कमा सोमबारको घटनासहित संयुक्त राज्य अमेरिकामा दुई सय ५४ वटा सामूहिक गोलीबारी भएका छन् । यसले सामूहिक गोलीबारीलाई चार वा सोभन्दा बढी मानिसलाई गोली हानेको रूपमा परिभाषित गर्दछ ।

    रासस

  • टर्कीको चौथौ ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

    टर्कीको चौथौ ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं । हप्तौँदेखि टर्कीलाई घेरेको डढेलोले आइतबार बिहान सबेरै देशको चौथो ठूलो सहरलाई खतरामा पारेको छ । आगलागीका कारण सयौँ मानिसलाई आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।

    उत्तरपश्चिम टर्कीको बुर्सा वरपरका जङ्गली पहाडहरूमा रातभरको आगो द्रुत गतिमा फैलिएपछि सहरको पूर्वी उपनगरहरूमा रातको आकाशलाई रातो बनाएको थियो ।

    बुर्साका गभर्नरको कार्यालयले आइतबार एक विज्ञप्तिमा उत्तरपूर्वका गाउँहरूबाट एक हजार सात सय ६५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । एक हजार एक सयभन्दा बढी दमकलकर्मीले आगो निभाउने प्रयास गरिरहेका थिए । बुर्सालाई राजधानी अङ्कारासँग जोड्ने राजमार्ग वरपरका जङ्गलहरू जलेको कारण बन्द गरिएको थियो ।

    प्रान्तका विपक्षी सांसद ओर्हान सारिबालले यस दृश्यलाई ‘प्रलय’ भने ।

    बिहानसम्म हावाको गति कम भएपछि दमकलकर्मीहरूलाई केही राहत मिलेको थियो । उनीहरूले आगो निभाउने प्रयास जारी राखे । तथापि टेलिभिजनको फुटेजले खरानीमय भूदृश्य देखाएको छ । त्यहाँ पहिले खेतहरू र सल्लाका जङ्गलहरू थिए ।

    टर्की जुनको अन्त्यदेखि दैनिक दर्जनौँ डढेलोको चपेटामा परेको छ । वनमन्त्री इब्राहिम यमुक्लीले शनिबार देशभरका अग्नि नियन्त्रकहरूले ७६ वटा छुट्टै आगलागीको सामना गरेको बताएका थिए ।

    बेमौसमी उच्च तापक्रम, सुक्खा अवस्था र कडा हावाले गर्दा आगो लागेको हो ।टर्कीको दक्षिणपूर्वी सिरनाक प्रान्तमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम ५०.५ डिग्री सेल्सियस (१२२.९ डिग्री फरेनहाइट) रेकर्ड गरिएको छ । जुलाईमा सबैभन्दा बढी तापक्रम अन्य १३२ स्थानमा देखिएको छ ।

    यमुक्लीले कारबुकसहित देशको उत्तरपश्चिम सबैभन्दा ठूलो खतरामा रहेको बताउनुभयो । काराबुकमा मङ्गलबारदेखि डढेलो लागेको छ ।हालैका साताहरूमा पश्चिमी टर्कीको एस्किसेहिरमा बुधबार आगलागी हुँदा १० जना उद्धारकर्मी र वनकर्मीसहित १३ जनाको मृत्यु भएको छ ।

    न्यायमन्त्री यिलमाज टुन्कले शनिबार राति अभियोजकहरूले जुन २६ देखि ३३ प्रान्तमा आगलागीको अनुसन्धान गरिसकेको र ९७ संदिग्धहरू विरुद्ध कानूनी कारबाही गरिएको बताए ।

    आगलागीको गम्भीरताका कारण सरकारले शुक्रबार दुई पश्चिमी प्रान्त इजमिर र बिलेसिकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ ।

     

  • युद्धविराम आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच झडप

    युद्धविराम आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच झडप

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ ।

    लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू विवादित सीमाना मुद्दालाई लिएर वर्षौंको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा फसेका छन् । दुवै पक्षबीच झडप हुँदा कम्तीमा ३३ जनाको मृत्यु पुष्टि भएको छ र दुई लाखभन्दा बढी विस्थापित भएका छन् ।

    शनिबार राति ढिलो ट्रम्पले दुवै प्रधानमन्त्रीसँग कुरा गरेपछि र उनीहरूले भेटेर युद्धविरामलाई ‘चाँडो समाधान’ गर्न सहमत भएको बताएपछि दुवैले लडाइँ अन्त्य गर्न वार्ता सुरु गर्न इच्छुक रहेको बताए ।

    तर उत्तरी कम्बोडिया र उत्तरपूर्वी थाइल्यान्डबीचको सीमावर्ती क्षेत्रमा रहेका लामो समयदेखि विवादित दुईवटा प्राचीन मन्दिर नजिक आइतबार बिहान झडप सुरु भयो ।

    कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेआताले थाई सेनाले बिहान ४ः५० बजे मन्दिरहरू वरपरका क्षेत्रहरूमा आक्रमण सुरु गरेको बताए।

    एएफपीका पत्रकारहरूले तोपको नियमित धमाकाले मोर्चाबाट करिब २० किलोमिटर (१२ माइल) टाढा रहेको कम्बोडियाली सहर साम्राओङका झ्यालहरू हल्लिरहेको बताए ।

    थाई सेनाका उप प्रवक्ता रित्चा सुक्सुवानोनले दुवै पक्षले रणनीतिक स्थानहरूको नियन्त्रणका लागि लड्दा कम्बोडियाली सेनाले बिहान ४ः०० बजे तोप प्रहार सुरु गरेको बताए ।

    – युद्धविरामका आह्वानहरू –

    कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले आइतबार उहाँको देश ‘दुई सशस्त्र बलबीच तत्काल र बिना शर्त युद्धविरामको प्रस्तावसँग सहमत’ भएको बताए ।

    उनले आफ्ना विदेशमन्त्री प्राक सोखोनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग थाईहरूसँग समन्वय गर्न कुरा गर्ने बताए, तर बैङ्ककलाई कुनै पनि सम्झौताबाट पछि हट्न विरुद्ध चेतावनी दिए।

    ट्रम्पको फोनपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थाम वेचयाचाईले सिद्धान्ततः युद्धविराममा प्रवेश गर्न र ‘सकेसम्म चाँडो’ वार्ता सुरु गर्न सहमत भएको बताए ।

    दुवै पक्षले सङ्कट अन्त्य गर्न वार्ताको इच्छा व्यक्त गरे पनि अहिलेसम्म कुनै पनि पक्ष पछि हट्न इच्छुक भएको छैन । आइतबार फेरि उनीहरूले एकअर्कामाथि शान्ति प्रयासहरू कमजोर पारेको दोष लगाएका छन् ।

    थाई विदेश मन्त्रालयले पनि कम्बोडियाली सेनाले सुरिन प्रान्तका नागरिकका घरहरूमा गोला प्रहार गरेको आरोप लगाएको छ ।

    विदेश मन्त्रालयले एक वक्तव्यमा भन्यो, “कम्बोडियामा राम्रो विश्वासको गम्भीर अभाव र मानवअधिकार र मानवीय कानूनका आधारभूत सिद्धान्तहरूको बारम्बार उल्लङ्घन गर्दा शत्रुताको कुनै अन्त्य गर्न सकिँदैन ।”

    कम्बोडियाको तर्फबाट रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेआताले उनीहरूले पहिले फायरिङ गरेको अस्वीकार गर्दै वक्तव्य जारी गरे ।

    वक्तव्यमा थाइल्यान्डलाई ‘जानाजानी र समन्वित आक्रामकताका कार्यहरू’ गरेको आरोप लगाइएको छ ।

    लामो समयदेखि चलिरहेको सीमा विवाद यस हप्ता लडाकू विमान, ट्याङ्क र भूमिगत सेनाहरूले ग्रामीण सीमावर्ती क्षेत्रमा लड्दा युद्धमा परिणत भयो । विवादित सीमा जङ्गल र कृषि भूमिले घेरिएको पहाड हुन जहाँ स्थानीयवासीहरूले रबर र धान खेती गर्छन् ।

    थाइल्यान्डले आफ्ना सात सैनिक र १३ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैनिकको मृत्यु पुष्टि गरेको छ ।

    द्वन्द्वले थाइल्यान्डका सीमावर्ती क्षेत्रहरूबाट एक लाख ३८ हजारभन्दा बढी मानिसलाई खाली गराउन बाध्य पारेको छ र कम्बोडियामा ८० हजार नागरिक आफ्नो घरबाट भाग्न बाध्य भएका छन् ।

    न्युयोर्कमा शुक्रबार आकस्मिक संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकपछि राष्ट्रसङ्घका लागि कम्बोडियाका राजदूत छेआ केओले उहाँको देशले ‘तत्काल युद्धविराम’ र विवादको शान्तिपूर्ण समाधान चाहेको बताए ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार दुवै पक्षलाई ‘तुरुन्तै युद्धविराममा सहमत हुन’ र दिगो समाधान खोज्न वार्ता गर्न आग्रह गरे ।

    लडाइँ सुरु गर्ने एकअर्कालाई दोष दिनुका साथै कम्बोडियाले थाई सेनाले क्लस्टर हतियार प्रयोग गरेको आरोप लगाएको छ भने थाइल्यान्डले कम्बोडियामाथि अस्पताल लगायत नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ ।

    यो लडाइँले छिमेकी राष्ट्रहरूबीच आठ सय किलोमिटरको साझा सीमानाको दशौँ किलोमिटर विवादित रहेको लामो समयदेखिको विवादमा नाटकीय वृद्धिलाई जनाउँछ ।

     

  • गाजामा यसरी हुँदैछ मानव सभ्यताको पतन, हतियारले भन्दा भोकले मर्ने धेरै

    गाजामा यसरी हुँदैछ मानव सभ्यताको पतन, हतियारले भन्दा भोकले मर्ने धेरै

    काठमाडौं । इजयरायलले विगत २ वर्षदेखि प्यालेस्टानमाथि थोपरेको युद्ध मानव इतिहासकै निर्दयी र चरम युद्ध अपराधका रूपमा दर्ज भएको छ । गाजामा मानवीय सहायता वितरणका क्रममा पुगेका एक अमेरिकी पूर्व सैन्य अधिकारीले आफ्नो सैनिक जीवनमा यति निर्मम युद्ध अपराध नदेखेको बताएका छन् ।

    पूर्व अमेरिकी सैन्य अधिकारी एन्थोनी अगुल्यरको लामो अन्तर्वार्ता बीबीसीले प्रकाशन गरेको छ । जसमा उनले हजारौँ महिला र बालबालिकालाई निशाना बनाएर निर्मम हत्या गरेको र खानको लागि घस्रिँदै सहायतास्थलमा पुगेका बालबालिकालाई इजरायली सेनाले गोली हानेर मारेको दृश्यले आफू रुन समेत नसकेको बताएका छन् ।

    गाजामा जारी इजरायलको आक्रमणले केवल राजनीतिक वा सैन्य उद्देश्य मात्र पच्छ्याएको छैन-यसले समग्र मानवतामाथि नै प्रश्न उठाएको अन्तर्राष्ट्रिय मानवीय सहायता एजेन्सीहरूले जनाएका छन् ।

    इजरायलको बर्बर हमलाबाट बालबालिका, महिला, वृद्धहरू, अस्पताल, विद्यालय, र शिविरहरू- केही पनि सुरक्षित छैनन्। पछिल्ला महिनाहरूमा गाजामा भएको विनाश, भोकमरी, र नागरिकहरूको लक्षित हत्या अन्तर्राष्ट्रिय कानूनअनुसार युद्ध अपराधको गम्भीर आशंकाका रूपमा देखिने विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तका अनुसार गाजामा मर्नेहरूमध्ये ६० प्रतिशत भन्दा बढी महिला र बालबालिका छन्। अस्पताल, शरणार्थी शिविर, पत्रकार आवास, र विद्यालयहरूमा गरिएको आक्रमणले इजरायलले लक्षित हवाई आक्रमणमा निषेधित क्षेत्रको बेवास्ता गरेको आयोगले जनाएको छ ।

    इजरायलले अधिकांश आक्रमण पूर्व चेतावनी नदिई गरेकाले एकै पटकमा दर्जनौँ निर्दोषको ज्यान लिएको छ। डाक्टर,पत्रकार मारिएका छन् भने एकै परिवारका सबै सदस्य मारिदा सदगत समेत हुन सकेको छैन ।

    एजेन्सीहरूले भनेका छन्- इजरायलले गाजामा खाद्य, पानी, औषधि र इन्धन आपूर्ति बन्द गरेको छ। गाजाका लाखौँ नागरिकहरू “कृत्रिम रूपमा सिर्जित भोकमरी“ को चपेटामा छन्। कुपोषणले सयौँ बालबालिका मरिरहेका छन् । गाजामा हजारौँ बच्चाहरू कुपोषणले ग्रस्त छन्। जब युद्ध मैदानमा गोली भन्दा भोक मार्न थाल्छ, त्यो युद्ध होइन, संस्थागत मानवीय विनाश हो।

    संयुक्त राष्ट्रसंघ, ह्युमन राइट्स वाच, र एम्नेस्टी इन्टरनेसनल जस्ता संस्थाहरूले गाजामा इजरायलका गतिविधिमा गम्भीर प्रश्न उठाएका छन्। तर अमेरिका, बेलायतजस्ता मुलुकहरूले इजरायलको “आत्मरक्षा“ अधिकारको नाममा लगातार समर्थन गर्दै आएका छन्। पछिल्लो समय फ्रान्स भने प्यालेस्टाइनप्रति नरम सुनिएको छ ।

    एन्थोनी बीबीसीसँग भन्छन्- गाजामा भैरहेको स्थिति केवल द्वन्द्व होइन, त्यो एक असमान शक्तिको प्रयोग, मानव अधिकारको हत्या, र राजनीतिक मौनताको सहमति हो। जब एउटा राष्ट्र युद्धको नाममा सम्पूर्ण जनसंख्यालाई लक्षित गर्छ, त्यो केवल सैन्य कारबाही होइन, सङ्गठित दमन हो।

    गाजाको वर्तमान स्थिति मानव इतिहासको एक अँध्यारो पाना हो, जहाँ निर्दोषहरू मरेका छन्, आवाजहरू दबिएका छन्, र भोकलाई हतियार बनाइएको छ। यदि यो अवस्थालाई अझ धेरै मौनताले सघाइयो भने, त्यो केवल गाजाका लागि होइन, सम्पूर्ण मानव सभ्यताको नैतिक पतन हुनेछ।

    इजरायलले २ वर्षको बीचमा गाजामा ६२ हजार निर्दोष नागरिकको हत्या गरेको छ जसमध्ये ६० प्रतिशत महिला र बालबालिका छन् ।

  • हरिद्वारमा मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

    हरिद्वारमा मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

    काठमाडौं । हिन्दू धर्माबलम्बीहरूको पवित्रस्थल हरिद्वारमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको मनसा देवी मन्दिरमा आइतबार भएको घटनाको मुख्यमन्त्री पुष्करसिंह धामीले पुष्टि गरेका छन् ।

    भागदौडको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

  • इरानको दक्षिणपूर्वी क्षेत्रमा आक्रमण, ८ जनाको मृत्यु

    इरानको दक्षिणपूर्वी क्षेत्रमा आक्रमण, ८ जनाको मृत्यु

    इरानको दक्षिणपूर्वी सिस्तान–बलोचिस्तान प्रान्तको राजधानी जाहेदानमा शनिबार न्यायालय भवनमा भएको सशस्त्र आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच सर्वसाधारण र तीन आक्रमणकारी रहेका छन्।

    इरानको सरकारी समाचार संस्थाहरूका अनुसार, आक्रमणकारीहरूले पाहुनाका रूपमा भेष बदली न्यायालय भवनभित्र पसेका थिए। उनीहरूले भवनभित्र हातहतियार चलाउनुका साथै विस्फोटक पदार्थ पनि प्रयोग गरेका थिए। आक्रमणमा एक वर्षको बालक र उनकी आमाको ज्यान गएको छ।

    सैन्य तथा सुरक्षासम्बन्धी निकायहरूका अनुसार, उक्त आक्रमणमा १३ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेकाले मृत्यु संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

    सैन्य संगठन इस्लामिक क्रान्तिकारी सुरक्षा बलका अनुसार, आक्रमणमा संलग्न तीन जना सशस्त्र व्यक्ति सुरक्षाकर्मीहरूसँगको भिडन्तमा मारिएका छन्।

    यो घटनाको जिम्मेवारी पाकिस्तानमा आधारित र इरानमा पनि सक्रिय रहेको बलोच सशस्त्र समूह ुन्यायको सेनाु (जैश अल अदल) ले लिएको जनाइएको छ।

    राजधानी तेहरानदेखि करिब एक हजार २०० किलोमिटर टाढा पर्छ, पाकिस्तान र अफगानिस्तानसँग सिमाना जोडिएको अति संवेदनशील क्षेत्र हो। उक्त क्षेत्रमा बलोच अल्पसंख्यक समुदाय, कट्टरपन्थी सुन्नी समूहहरू तथा लागूपदार्थ तस्करहरूका कारण सुरक्षाकर्मी र विद्रोही समूहहरूबीच बारम्बार झडप हुने गरेको छ।

    गत असोज महिनामा पनि सोही क्षेत्रमा भएको एक आक्रमणमा १० जना प्रहरी मारिएका थिए, जुन घटनालाई पनि अधिकारीहरूले आतङ्कवादी हमला भनेका थिए।

  • प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज

    प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज

    काठमाडौं । इजरायली अत्याचार भोगिरहेको प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणालाई अमेरिकाले कडा शब्दमा खारेज गरेको छ ।

    राष्ट्रपति इमानुयल म्याक्रोनको घोषणालाई खारेज गर्दै अमेरिकी विदेशमन्त्री माइक्रो रुबियोले यो घोषणाबाट हमासको प्रोपोगाण्डालाई मात्र बढवा दिने बताएका छन् ।

    विदेशमन्त्री रुबिओले सोसल मिडिया एक्समार्फत भने, ‘संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने म्याक्रोनको योजनालाई अमेरिकाले खारेज गर्छ । यो गैरजिम्मेवार फैसलाले हमासको प्रोपोगाण्डालाई सघाउनेछ र यसले थप अशान्ति बढाउनेछ । फ्रान्सको यो घोषणा ७ अक्टोबर ९२०२३० हमलाका पीडितका लागि एक ठूलो झापड हो ।’

    फ्रान्सको घोषणालाई लिएर प्यालेस्टाइनी अधिकारीहरूले स्वागत गरेका छन् भन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादलाई फ्रान्सको इनाम भनेका छन् ।

  • प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सका राष्ट्रपतिको घोषणा

    प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सका राष्ट्रपतिको घोषणा

    काठमाडौं । इजरायलले दिनहुँ सयौं प्यालेस्टिनी बालबालिका र निहत्था नागरिकको हत्या गरिरहेकै बेला फ्रान्सले प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेको छ ।

    राष्ट्रपति इमानुएल म्याक्रोनले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा देशका उक्त निर्णयलाई औपचारिक रूपमा प्रस्तुत जनाएका छन् ।

    म्याक्रोनले भनेका छन्, ‘मध्य पूर्वमा न्यायपूर्ण र दिगो शान्तिको लागि आफ्नो ऐतिहासिक प्रतिबद्धतालाई ध्यानमा राख्दै, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिनेछ । म यस वर्ष सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा गम्भीरतापूर्वक यो घोषणा गर्नेछु ।’

    युरोपेली संघका सदस्यहरू नर्वे, आयरल्याण्ड र स्पेनले पनि उही प्रक्रिया सुरु गर्ने संकेत गरेपछि यो कदमले फ्रान्स प्यालेस्टिनी राज्यलाई मान्यता दिने युरोपको सबैभन्दा ठूलो र तर्कसंगत रूपमा सबैभन्दा प्रभावशाली देश बन्नेछ ।

    संयुक्त राष्ट्र संघका १९३ सदस्यहरूमध्ये कम्तीमा १४२ देशहरूले हाल प्यालेस्टिनी राज्यलाई मान्यता दिन्छन् वा मान्यता दिने योजनामा छन् । तर धेरै शक्तिशाली पश्चिमी देशहरूले त्यसो गर्न अस्वीकार गरेका छन्। तीमध्ये संयुक्त राज्य अमेरिका, बेलायत र जर्मनी छन् ।

  • दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी यात्रुवाहक जहाज, सवार सबैको मृत्यु

    दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी यात्रुवाहक जहाज, सवार सबैको मृत्यु

    मस्को । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् ।

    रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो ।

    रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ ।

    मन्त्रालयले टेलिग्राममार्फत भनेको छ, ‘रुसको नागरिक उड्डयन प्राधिकरण (रोसाभियात्सिया) द्वारा सञ्चालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष देखेको छ ।’

    टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्छ ।

    विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए । यद्यपि, आपतकालीन मन्त्रालयले भने यो संख्या करिब ४० रहेको उल्लेख गरेको छ ।

    रुसका दुर्गम क्षेत्रहरू, विशेषगरी आर्कटिक र सुदूर पूर्वमा, जहाँ मौसम प्रायः अत्यन्तै खराब रहन्छ, हवाई यात्रा जोखिमपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा रुसको उड्डयन सुरक्षा मापदण्डमा सुधार आए पनि दुर्गम क्षेत्रहरूमा पुराना विमानहरू दुर्घटनामा पर्ने घटनाहरू भइरहन्छन् ।

    यसअघि सन् २०२१ मा पनि रुसको सुदूर पूर्वमा एउटा पुरानो एन्टोनोभ एन–२६ विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा कामचाट्कामा भएको अर्को दुर्घटनामा एन्टोनोभ एन–२६ विमानमा सवार सबै २८ जनाको ज्यान गएको थियो ।

  • ४९ जना सवार रुसी जहाज बेपत्ता, खोजी कार्य तीव्र

    ४९ जना सवार रुसी जहाज बेपत्ता, खोजी कार्य तीव्र

    मस्को । रुसको साइबेरिया क्षेत्रमा एक यात्रुबाहक जहाज बेपत्ता भएको छ । स्थानीय समयअनुसार बुधबार रातिदेखि जहाजको रुसी हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क टुटेको हो । उक्त जहाजमा चालकदलका सदस्यसहित ४९ जना सवार रहेको बताइएको छ ।

    प्रारम्भिक जानकारीअनुसार जहाज रुस–चीन सीमा नजिकैको क्षेत्रतर्फ उडान गरिरहेको थियो । जहाज साइबेरियाको एक क्षेत्रीय एयरलाइनसँग सम्बन्धित रहेको र खराब मौसमका कारण सम्पर्क टुटेको हुन सक्ने अनुमान गरिएको छ ।

    रुसी सञ्चारमाध्यमका अनुसार, जहाजको अन्तिम सम्पर्क राति १० बजेको आसपासमा भएको थियो । रुसी आपतकालीन सेवा र हवाई खोजी टोलीले जहाजको खोजी कार्य तीव्र पारेको छ ।

    साइबेरियाको दुर्गम जंगल र पहाडी क्षेत्रमा खोजी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । मौसम विभागले उक्त क्षेत्रमा बाक्लो कुहिरो र वर्षा भएको जनाएको छ, जसले खोजी कार्यमा थप जटिलता थपिएको छ ।

    स्थानीय प्रशासनले जहाजमा सवार यात्रुहरूको परिवारलाई सूचित गरिएको र उनीहरूको सहयोगका लागि हटलाइन स्थापना गरिएको जनाएको छ । घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ, तर हालसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन ।

    यसअघि पनि रुसमा यस्ता हवाई दुर्घटना र जहाज बेपत्ताका घटना भएका छन् । सन् २०२१ मा कमचट्का क्षेत्रमा भएको एक विमान दुर्घटनामा २८ जनाको ज्यान गएको थियो । यो घटनाले रुसी हवाई सुरक्षाबारे पुनः प्रश्न उठाएको छ ।

  • थाइल्याण्ड र कम्बोडियाकाे सीमामा तनाव, सेनाहरुबीच गोली हानाहान

    थाइल्याण्ड र कम्बोडियाकाे सीमामा तनाव, सेनाहरुबीच गोली हानाहान

    काठमाडौं । थाइल्याण्ड र कम्बोडियाकाे सीमामा झडप भएको छ । आज बिहानदेखि विवादित सीमामा दुई देशका सेनाहरूबीच गोली हानाहान भएकाे हाे।

    हालसम्म कम्बोडियाले थाई गाउँको बीचमा दुईवटा २१ रकेट प्रहार गर्दा दुई जना मृत्यु भएको एक थाई अधिकारीले सार्वजनिक प्रसारक थाईलाई बताएका छन्।

    सुरिन प्रान्तको काब चोएङका प्रमुख जिल्ला अधिकारीले कि कम्तिमा दुई जना घाइते भएका जानकारी दिए । ८६ गाउँका ४० हजार मानिसहरूलाई सुरक्षाको लागि आश्रयस्थलमा सारिएको छ। कम्बोडियाको तर्फबाट हाताहतीको खबर आइसकेको छैन ।

    विवादित सीमामा हतियारधारी कम्बोडियन सैनिकहरूसँग भीडन्त हुँदा गोली चलाएको दाबी थाई सेनाले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । तर कम्बोडियनहरूले भने थाईहरूले पहिले आफ्नो हतियार चलाएको बताएका छन् ।

    थाइल्याण्डले कम्बोडियन राजदूतलाई निष्कासन गर्ने र नोम पेन्हबाट आफ्नो फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

    कम्बोडियन शक्तिशाली हुन सेनले विवादित सीमाको बारेमा थाई प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा बीचको फोन वार्ता लीक गरेपछि वाकयुद्ध बढ्दै गएको बीबीसीले उल्लेख गरेको छ ।

    दुई महिनामा यता दुवै देशहरूले एकअर्कामाथि सीमा प्रतिबन्ध लगाएका छन्। कम्बोडियाले थाइल्याण्डबाट फलफूल र तरकारी जस्ता आयातमा प्रतिबन्ध लगाएको छ, र बिजुली र इन्टरनेट सेवाहरू आयात गर्न बन्द गरेको छ।

    दुवै देशले हालैका हप्ताहरूमा सीमामा सेनाको उपस्थिति पनि बलियो बनाएका छन्।

  • विश्वकै ‘जेष्ठ कम्युनिस्ट’ नेता विएस अच्युतानन्दनको १०१ वर्षको उमेरमा निधन

    विश्वकै ‘जेष्ठ कम्युनिस्ट’ नेता विएस अच्युतानन्दनको १०१ वर्षको उमेरमा निधन

    काठमाडौं । विश्वकै सम्भवतः सबैभन्दा जेठा कम्युनिस्ट नेता वेलिक्काथुन शंकर अच्युतानन्दनको १०१ वर्षको उमेरमा सोमवार निधन भएको छ । भारतको केरल राज्यका पूर्व मुख्यमन्त्री समेत रहेका अच्युतानन्दन भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पहिलो पुस्ताका नेता हुन् ।

    द हिन्दूले लेखेको छ–केरलाको राजनीतिमा दशकौंदेखि प्रभावशाली व्यक्तित्व र सीपीआई(एम) का संस्थापक सदस्य, पूर्व मुख्यमन्त्री वेलिक्काकाथु शंकरन अच्युतानन्दन, जसलाई कमरेड भिएस वा केवल भिएस भनेर चिनिन्छ, सोमबार तिरुवनन्तपुरमको एक अस्पतालमा निधन भयो। उनी १०१ वर्षका थिए ।

    सन् २०१९ देखि सार्वजनिक जीवनबाट टाढा रहेका जेष्ठ कम्युनिस्ट नेतालाई त्यसबेला स्ट्रोक भएका थिइयो । एक महिनाअघि उनलाई हृदयघात पछि अस्पतालमा भर्ना गरिएको थिया ।

    अच्युतानन्दन १९६४ मा अविभाजित भारतीय कम्युनिष्ट पार्टीबाट बाहिर निस्कने र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) गठन गर्ने ३२ नेताहरू मध्ये एक थिए। उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने केरला सरकारले जनाएको छ ।

  • भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय

    भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय

    नयाँ दिल्ली । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेका छन् ।

    धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका हुन्, जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख गरेका छन् ।

    उनले आफ्नो पत्रमा राष्ट्रपति र प्रधानमन्त्रीको साथसाथै मन्त्री परिषद्लाई पनि उनको कार्यकालमा दिएको अमूल्य समर्थनका लागि धन्यवाद दिएका छन् ।

    उपराष्ट्रपतिको रूपमा धनखरले सन् २०२२ मा पदभार सम्हालेका थिए र उनको कार्यकाल सन् २०२५ सम्मको थियो, तर स्वास्थ्य कारणले उनले यो महत्वपूर्ण निर्णय लिनु परेको हो।

    धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ। यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि जानकारी दिएको छ।

    उपराष्ट्रपतिको कार्यकालमा धनखरको योगदान अत्यन्त प्रेरणादायक र महत्त्वपूर्ण रह्यो। उनको कार्यकालको अवधिमा उनले देशको संविधान र संसदीय प्रक्रियामा राम्रो ज्ञान र नेतृत्व देखाएका थिए ।

  • बंगलादेशमा क्याम्पसमा सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु

    बंगलादेशमा क्याम्पसमा सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु

    काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा सोमबार सेनाकाे विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् ।

    यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो । चिनियाँ निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका लागि उडेपछि केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको हो ।

    दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरू गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए ।

    एक जना विद्यार्थी शफिउर रहमान शफीले भनेका छन्, ‘हामी खेलमैदानमा थियौं । अचानक ठूलो आवाज आयो, जमिन काम्पियो, अनि विमान खसेको थाहा पाइयो । त्यसपछि आगो लाग्यो र केहीबेरमै सेना आइपुगे ।’

    सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीहरूको परिवारजना अहिले गहिरो शोकमा छन् । अभिभावकहरूले अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्न प्रयास गरिरहेका छन् ।

    अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले एक सन्देशमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्,’वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका कर्मचारीहरूमाथि परेको यो क्षति अपूरणीय छ । यो सम्पूर्ण राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण हो ।’

    बंगलादेशमा यसअघिको सबैभन्दा ठूलो विमान दुर्घटना सन् १९८४ मा भएको थियो, जसमा ४९ जनाको ज्यान गएको थियो ।

  • भियतनामको हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु

    भियतनामको हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु

    काठमाडौं । भियतनामको हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु भएको छ ।

    खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हो । डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य थिए । उद्धार टोलीले ११ जनालाई जीवितै उद्धार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

    भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिबार दिउँसाे पर्यटकहरु डु‌ंगामा  चढेर रमाइरहेका थिए ।  साेही समयमा  तीव्र हावा, भारी वर्षा र चट्याङसहितकाे आँधीबेरीले साे डु‌ंगा पल्टिएकाे हाे ।

     

     

  • बंगलादेशमा फेरि किन भड्कियो हिंसा ?

    बंगलादेशमा फेरि किन भड्कियो हिंसा ?

    ढाका । बंगलादेशको गोपालगञ्ज जिल्लामा बुधबार नेशनल सिटिजन पार्टी (एनसीपी) को र्‍यालीलाई लिएर भएको हिंसात्मक झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

    स्थानीय सञ्चारमाध्यम द डेली स्टारका अनुसार यो हिंसा एनसीपीको पूर्वनिर्धारितर्‍यालीलाई अवामी लिग (एएल) समर्थकहरूले विरोध गरेपछि भड्किएको हो ।अवामी लिगको सबै राजनीतिक गतिविधिमाथि हालै सरकारले प्रतिबन्ध लगाएको भए पनि तनाव बढ्दै गएको थियो ।

    गोपालगञ्ज बंगलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमान र उनकी छोरी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्ज हो ।

    त्यहाँ एनसीपीले ‘जुलाई क्रान्ति’ को बार्षिकोत्सव मनाउन र्‍याली आयोजना गरेको थियो । तर, अवामी लिग समर्थकहरूले र्‍यालीमा बाधा पुर्‍याउने प्रयास गरेपछि स्थिति नियन्त्रणबाहिर पुग्यो ।

    प्रहरी, सेना र सीमा सुरक्षा बल (बीजीबी) सँगको झडपमा प्रदर्शनकारीहरूले बाँसका लट्ठी र ढुंगामुढा प्रयोग गरेको समाचारमा उल्लेख छ । स्थानीय अस्पतालका नर्स मनोज बरालले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार तीन जनाको मृत्यु भएको पुष्टि भएको छ, जबकि द डेली स्टारले चार जनाको मृत्यु भएको जनाएको छ । मृतकमध्ये रामजान सिकदर, दिप्तो साहा, रामजान काजी र सोहेल मोल्लाको पहिचान भएको छ ।

    हिंसापछि गोपालगञ्जमा बुधबार रात ८ बजेदेखि २२ घण्टे कफ्र्यू लागू गरिएको छ । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले यो हिंसालाई ‘मौलिक अधिकारको लज्जास्पद उल्लंघन’ भन्दै अवामी लिग र यसको विद्यार्थी संगठन छत्र लिगलाई दोषी ठहर्‍याएका छन् ।

    उनको कार्यालयले हिंसामा संलग्नहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अन्य राजनीतिक दलहरू, जस्तै बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) र जमात–ए–इस्लामीले पनि यो हिंसाको निन्दा गरेका छन् ।

    एनसीपीका संयोजक हसनत अब्दुल्लाहले र्‍यालीमाथि आक्रमण भएपछि आफूहरूले प्रहरी कार्यालयमा शरण लिनुपरेको र जिउँदै जलाउने धम्की आएको बताए । एनसीपीले हिंसाको जवाफमा देशव्यापी नाकाबन्दीको आह्वान गरेको छ । यो घटनाले बंगलादेशमा गहिरिँदै गएको राजनीतिक विभाजन र अस्थिरतालाई उजागर गरेको छ ।

    गत वर्ष अगस्तमा शेख हसिनाको सरकार ढलेपछि देशमा अराजकता र भीड हिंसाको शृंखला बढ्दै गएको छ । अन्तरिम सरकारले सुरक्षा स्थिति नियन्त्रणमा ल्याउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

  • प्रश्नपत्र चोर्न विद्यालयको ताला फोर्ने दक्षिण कोरियाली शिक्षक र अभिभावक पक्राउ

    प्रश्नपत्र चोर्न विद्यालयको ताला फोर्ने दक्षिण कोरियाली शिक्षक र अभिभावक पक्राउ

    काठमाडौं । दक्षिण कोरियामा शिक्षक र अभिभावक पक्राउ परेका छन् । परीक्षाको प्रश्नपत्र चोर्न विद्यालयको ताला फोेरेर भित्र परेका उनीहरुलाई दक्षिण कोरियाली प्रहरीले पक्राउ गरेको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार दक्षिणपूर्वी सिओलको आङ्दोङ सहरबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु गत जुलाई ४ मा प्रश्नपत्र चोर्न पुगेका थिए ।

    प्रश्नपत्र चोरी गर्न सक्रिय अभिभावकका सन्तानले निरन्तर राम्रो ग्रेड ल्याइरहेका थिए । तर ती ग्रेड यसैगरी प्रश्नपत्र चोरेर हो वा होइनमा कुनै प्रष्ट नभएको बताइएको छ ।

  • ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं

    ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं

    काठमाडौं । रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको प्रष्ट पारेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरे ठूलो मात्रामा भन्सार कर लगाउने चेतावनी दिएका थिए । यसको जवाफमा रुसी विदेशमत्री सर्गेई लावरोफले ट्रम्पको भनाइको अर्थ नरहेको बताएका छन् । रुसी समाचार एजेन्सी इतार तासका अनुसार विदेशमन्त्रीले यसअघि पनि ट्रम्पले कहिले २४ घण्टे र कहिले सय दिनको डेडलाइन दिएको बताए ।

    उनले भने, ‘हामीले यसअघि नै अभूतपूर्व प्रतिबन्धको सामना गरिरहेका छौं । अब जुनसुकै प्रकारका नयाँ प्रतिबन्धको सामना गर्ने सामर्थ्य हामीसँग छ ।’

    यसअघि ट्रम्पले युक्रेनलाई मस्कोसम्म प्रहार गर्ने लामो दूरीका मिसाइल दिने बताएका थिए । तर, उनले आफ्नो बयान फेर्दै मस्कोमाथि हमला नगर्न युक्रेनलाई भनेका छन् ।

  • युद्ध गरेको दुई महिनापछि भारत र पाकिस्तानी विदेशमन्त्री चीनमा आउनेसामने हुँदै

    युद्ध गरेको दुई महिनापछि भारत र पाकिस्तानी विदेशमन्त्री चीनमा आउनेसामने हुँदै

    काठमाडौं । भारत पाकिस्तान युद्ध भएको दुई महिना पछि दुई देशका विदेशमन्त्रीहरु चीनमा आमनेसामने हुने भएका छन् ।

    भारतका विदेशमन्त्री एस. जयशंकर पाँच वर्षपछि चीन पुगेका छन् । जुलाई १५ मा चीनको थिआनचिङमा हुने सांघाइ कोओपरेसन अर्गनाइजेसन (एससीओ)का विदेश मन्त्रीहरुको भेटमा आइतबार जयशंकर चीन पुगेका हुन् ।

    एससीओका सदस्य देशहरु १० वटा छन् । जसमा रुस, बेलारुस, चीन, भारत, पाकिस्तान, इरान, ताजाकिस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिस्तान रहेका छन् ।

    भारतीय मिडियाहरुले जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेट हुने बताएता पनि पाकिस्तानी समकक्षी महोमद इसाक दरसँग चै भेट हुने वा नहुनेबारेमा केही उल्लेख गरेका छैनन् । दुवैको भेट नभएता पनि एकै बैठक हुने भएकोले उनीहरु आमनेसामने हुने भएका छन् । भारत र पाकिस्तान सार्कमा सँगै बस्न सकिरहेका छैनन् । तर एससीओमा भने सँगै बस्दै आएका छन् ।

    भारत र पाकिस्तानको हानाहान गत मे ७ बाट १० सम्म भएको थियो । अप्रिल २२ मा भारत प्रशासित कास्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तानलाई दोष लाएर भारतले हमला गरेको थियो । पाकिस्तानले पनि जवाफी फायर खोलेर भारतका राफल लगायतका कयौँ विमान खसालेको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समन्वय गरेर युद्ध बिराम भएसँगै भारत र पाकिस्तानी हानाहान अन्त्य भएको थियो । ट्रम्पले कास्मिर मुद्धामा समन्वय गर्न तयार भएको बताएका थिए भने दुवै देशलाई व्यापारिक धम्कि दिएर युद्ध बिराम गराउन बाध्य बनाएको पनि बताएका थिए ।

  • नासाले ‘अक्सियम मिसन- ४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने

    नासाले ‘अक्सियम मिसन- ४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने

    ह्युस्टन । अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन- ४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रुको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ ।

    नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन- ४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्रु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए । यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको थियो । टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्यान्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।

    मिसनका क्रममा करिब ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वी फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ मा गर्नेछ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरेका छन् ।

    प्रस्थानको प्रत्यक्ष प्रसारण नासाको वेबसाइटमा हेर्न सकिनेछ । शुभांशु शुक्लाको यो सफल यात्रा भारतका लागि ऐतिहासिक उपलब्धि हो, जसले भविष्यमा अन्तरिक्ष क्षेत्रमा भारतीय सहभागिता अझ सशक्त बनाउने अपेक्षा गरिएको छ । -रासस/एएनआई

  • गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

    गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

    गाजा सहर । गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा भइरहेको अप्रत्यक्ष वार्तामा इजरायलको सेना फिर्तीसम्बन्धी प्रस्तावले ठूलो अवरोध सिर्जना गरेको दुई प्यालेस्टिनी स्रोतले शनिबार बताएका छन् ।

    गत आइतबारदेखि कतारको राजधानी दोहामा दुवै पक्षका प्रतिनिधिहरूबीच २१ महिनादेखिको युद्धमा अस्थायी विराम ल्याउने उद्देश्यले छलफल भइरहेको छ । यो द्वन्द्व सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि आक्रमण भएपछिको हो ।

    हमास र इजरायल दुवैले सो दिन अपहरण गरिएका जीवित १० बन्धकलाई युद्धविरामको सहमति भएमा रिहा गरिने बताएका छन्, तर एक जानकार प्यालेस्टिनी स्रोतका अनुसार इजरायलले गाजाबाट पूर्ण रूपमा सेना फिर्ता गर्न अस्वीकार गरेकाले सहमति टाढिएको छ ।

    ‘हाल दोहामा जारी वार्ता जटिल मोडमा पुगेको छ । इजरायलले जुन नक्सा प्रस्तुत गरेको छ, त्यसले वास्तवमा सेना फिर्ता होइन, पुनः तैनाथीको संकेत गर्छ’, स्रोतले भन्यो ।

    हमासले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको माग राख्दै आएको छ, जहाँ दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन्, तर इजरायली पक्षले प्रस्तुत गरेको नक्सामा करिब ४० प्रतिशत क्षेत्रफलमा सैन्य उपस्थिति कायम राख्ने प्रस्ताव गरिएको छ ।

    ‘यस्तो प्रस्तावले गाजा फेरि टुक्रा-टुक्रा पारिएको, सिमाना बन्द भएको र स्वतन्त्रताविहीन क्षेत्रमा परिणत हुने खतरा पैदा गर्छ’, स्रोतले उल्लेख गरेको छ ।

    मध्यस्थकर्ताहरूले वार्ता केही समयका लागि स्थगित गर्न आग्रह गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ दोहा पुग्नेबित्तिकै छलफल पुनः सुरु गरिने जनाएका छन् ।

    अर्का एक प्यालेस्टिनी स्रोतका अनुसार प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा मानवीय सहायता पुर्‍याउने विषयमा केही प्रगति भएको छ, तर उनले इजरायली प्रतिनिधिमण्डलमाथि कुनै ठोस निर्णय गर्नसक्ने अधिकार नरहेको र ‘युद्धलाई निरन्तरता दिन वार्ता रोक्ने प्रयास भइरहेको’ आरोप लगाए । -रासस/एएफपी

  • एयर इन्डिया दुर्घटनाकाे प्रारम्भिक प्रतिवेदन: इन्धन आपूर्ति बन्द भएको खुलासा

    एयर इन्डिया दुर्घटनाकाे प्रारम्भिक प्रतिवेदन: इन्धन आपूर्ति बन्द भएको खुलासा

    नयाँ दिल्ली । भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान जुन १२ मा दुर्घटना हुँदा २६० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनाको केही क्षणअघि विमानका दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि भएको छ ।

    भारतको विमान दुर्घटना अनुसन्धान विभाग (एएआईबी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विमानले उडानपछि अधिकतम गति लिएको केही सेकेन्डमै इन्जिन-१ र इन्जिन-२ का इन्धन नियन्त्रण स्विचहरू ‘सञ्चालन’ बाट ‘बन्द’ स्थितिमा क्रमशः एक सेकेन्डको अन्तरमा सारिएका थिए ।

    ककपिटमा रेकर्ड गरिएको कुराकानीमा एक पाइलटले अर्का पाइलटलाई सोधेका छन्, ‘तपाईंले इन्धन किन बन्द गर्नुभयो ?’ जवाफमा उनले ‘मैले बन्द गरेको होइन’ भनेका छन् । त्यसपछि विमान केही बेरमै जमिनमा खसेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    दुर्घटनापछि इन्धन आपूर्ति पुनः सुरु भएको र इन्जिन सञ्चालनमा आउने संकेत देखिए पनि पाइलटले ‘आपतकालीन सन्देश’ पठाइसकेका थिए । त्यसपछि विमान पूर्ण रूपमा नियन्त्रण बाहिर गएको थियो ।

    प्राविधिक त्रुटि छैन

    प्रतिवेदनमा सन् २०१८ मा संयुक्त राज्य विमान नियामक निकायले इन्धन नियन्त्रण प्रणालीमा लक गर्ने प्रविधि असफल हुनसक्ने विषयमा जानकारी दिएको स्मरण गरिएको छ, तर यो बाध्यकारी निर्देशन नभएको भन्दै एयर इन्डियाले सो सुझावअनुसार निरीक्षण नगरेको जनाएको छ ।

    प्रतिवेदनमा विमान निर्माता तथा इन्जिन निर्माता कम्पनीको तर्फबाट कुनै प्राविधिक कमजोरी नदेखिएको जनाइएको छ । साथै विमान सञ्चालनसम्बन्धी सम्पूर्ण निर्देशनहरू पालना गरिएको पनि उल्लेख छ ।

    एक जनामात्र बाँच्न सफल

    दुर्घटनामा एक जनामात्र यात्रु जीवित रहेका छन्, जो बेलायतका नागरिक हुन् । उनी विमान दुर्घटनापछि केही दूरी हिँडेर सुरक्षित स्थानमा पुगेका थिए र अहिले स्वास्थ्य संस्थाबाट घर फर्किसकेका छन् ।

    विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनाका कारण जमिनमा रहेका १९ जनाको पनि ज्यान गएको छ भने केही घाइते भएका छन् ।

    अनुसन्धान अझै जारी

    दुर्घटनाको कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन । अन्तर्राष्ट्रिय विज्ञ, विमान निर्माता कम्पनी, इन्जिन निर्माता तथा सम्बन्धित निकायहरू मिलेर अनुसन्धान गरिरहेका छन् । बाँकी प्रमाण संकलन तथा विश्लेषणको कार्य जारी छ ।

    एयर इन्डियाले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ भने विमान निर्माता कम्पनीले प्रभावित सबैप्रति समवेदना व्यक्त गरेको छ । -रासस/एएफपी