Category: विश्व प्रेस

  • दाशप्रथाको क्षतिपुर्ति दिनसक्ने विधेयक रोकिएपछि कमलालाई मत नहाल्ने अभियानकर्मीको चेतावनी

    दाशप्रथाको क्षतिपुर्ति दिनसक्ने विधेयक रोकिएपछि कमलालाई मत नहाल्ने अभियानकर्मीको चेतावनी

    काठमाडौं । अमेरिकाको क्लालिफोर्निया राज्यमा दाशप्रथाको क्षतिपुर्ति दिनसक्ने बाटो खोल्ने दुई विद्येयकमा समर्थन नगरेको भन्दै अस्वेत अभियानकर्मीहरुले कमला ह्यारिसलाई मतदान नगर्ने धम्की दिएका छन् ।

    क्षतिपुर्तिबारेमा दुई विद्येयकलाई बेवास्ता गरेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएको अमेरिकी समाचार च्यानल फक्स न्यूजले उल्लेख गरेको छ । फक्सन्यूजका अनुसार सरकारले जबरजस्त लिएको सम्पत्ति तथा जमिन अनि अस्वेतलाई भएको विभेदको औपचारिक माफी लगाएका कुराहरु जोडिएका विद्येयकहरु क्लालिफोर्नियाको सदनमा स्विकृत भएको थियो ।

    राज्यको सदनका विद्येयक १४०३ र १३३१ ले दाशप्रथाका पीडितलाई क्षतिपुर्ति दिने बाटो खोल्ने फक्सन्यूजले उल्लेख गरेको छ । तर, कमलाको डेमोक्रेटिक पार्टीका सांसदहरुले यसमा असहयोग गरेपछि अस्वेत अभियानकर्मीहरु आक्रोशित भएका छन् । एक जना अभियानकर्मीले भनेका छन्, ‘यसले राष्ट्रपतिय दौडमा रहेकि तिम्री साथी कमला ह्यारिसलाई प्रभाव पार्नसक्छ ।’

     

  • अमेरिकी राष्ट्रपति चुनावमा भारतीय मूलको चर्चा: एकतर्फ कमला, अर्कोतर्फ उषा

    अमेरिकी राष्ट्रपति चुनावमा भारतीय मूलको चर्चा: एकतर्फ कमला, अर्कोतर्फ उषा

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा यही नोभेम्बर महिनामा राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपतिमा जेडी भेन्स उम्मेदवार छन् । भेन्स अमेरिकाको ओहायो राज्यबाट निर्वाचित सिनेटर हुन् । चर्चित लेखक पनि रहेका उनमा अमेरिकी सेनाको मरिन क्षेत्रमा काम गरेको अनुभव छ ।

    डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस राष्ट्रपति उम्मेदवार छिन् । उनको उपराष्ट्रपति उम्मेदवारमा टीम वाल्ज छन् । उनी मिनिसोटाका गर्भनर, पूर्वसैनिक तथा पूर्व विद्यालय शिक्षक हुन् ।

    रिपब्लिकन पार्टीका उम्मेदवारमा पूर्वराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवारमा वर्तमान उपराष्ट्रपतिको प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धाको दुवै क्याम्पमा भारतीय मूलको दह्रो उपस्थिति छ । भारतीय मूलका उम्मेदवारहरुको देखिने उपस्थिति छ ।

    डेमोक्रेटिक पार्टी: जसको राष्ट्रपति उम्मेदवार कमला नै भारतीय मूलकी हुन्

    न्यायाधिवक्ता, राजनीतिज्ञ कमलाको मूल भारत हो । उनकी आमा श्यामलागोपालन दक्षिणी भारतको तमिल नाडु राज्यबाट उच्च शिक्षाको लागि १९ वर्षको उमेरमा अमेरिका गएकी थिइन् । अमेरिका पुगेर उनले डोनाल्ड जे. ह्यारिससँग विवाह गरिन् । क्यान्सर अनुसन्धानकर्ता आमा श्यामलाको सन् २००९ मा निधन भएको थियो । उनका पिता अर्थशास्त्री डोनाल्ड जे. ह्यारिस ८३ वर्षका भए । यद्यपि आमासँग पारपाचुके गरेर अलग भएका पिताले हुर्काएनन् कमलालाई । त्यही भएर होला, उनले आफ्ना पितालाई सार्वजनिक कार्यक्रमहरुमा चर्चा गरेकी छैनन् । उनले आमाको कुरा भने पटकपटक गर्दै आएकी छन् । उनले धेरै भाषणमा आफ्नो भारतीय मूलको बारेमा कुरा गरेकी छन् ।

    उसो त कमलाकी आमा श्यामलालाई जन्माउने तलिम नाडुको गाउँले कमलाको अपनत्व पनि लिएको छ । थुलासेन्द्रापुरम नामक गाउँमा कमलाका तस्विरहरु सजाइएका छन् । उनलाई नायकको रुपमा प्रचार गरिएको छ । बालबच्चासम्मले कमला चिन्छन् । यसबारेमा बीबीसीले पनि एक फिचर बनाएको छ । गाउँलेहरुको धेरै चाहना छैन । उनीहरुले कमलाले गाउँको नाम भनेको सुन्न चाहन्छन् । कुनै दिन कमला आएको हेर्न चाहन्छन् । अमेरिकी राजधानी वासिङ्टन डीसीभन्दा १४ हजार किलोमिटरको दूरिमा रहेको कमलाकी आमाको गाउँ र मामाको गाउँले उनलाई मिस गरिरहेका कुरा सार्वजनिक भइसकेको छ ।

    कमलालाई संयोगहरुले धेरै साथ दिए । उनी गत चुनावमा डेमोक्रेटिक दलकी राष्ट्रपतीय उम्मेदवार थिइन् । पार्टीबाट टिकट ल्याउने मत नपुग्ने भएर दौडबाट हटिन् । पछि राष्ट्रपति भएका जो बाइडेनले उनलाई उपराष्ट्रपति बनाइदिए । अहिलेको चुनावको लागि जो बाइडेन राष्ट्रपतीय उम्मेदवार भइसकेका थिए । डोनाल्ड ट्रम्पसँग चुनावी बहस पनि भइसकेको थियो, तर जो बाइडेनको कमजोर प्रस्तुतिले दल तथा चन्दादाता सबैले दबाब दिएर उनी हट्नुपर्‍यो र उनको स्थानमा उम्मेदवार भएर आइन् कमला ह्यारिस ।

    सन् २०१९ जनवरीबाट डिसेम्बरसम्म उनको राष्ट्रपतीय उम्मेदवारीको अभियान चल्यो । तत्कालीन समयमा क्यालिफोर्नियाकी सिनेटर कमलाले आर्थिक अभाव भएको भन्दै अभियान छोडेकी थिइन् । त्यसको तीन महिनापछि सन् २०२० मार्चमा उनले जो बाइडेनलाई साथ दिइन् । पछि जो बाइडेनले उपराष्ट्रपति बनाए । उनले उपराष्ट्रपति हुने प्रथम भारतीय तथा अफ्रिकी मूलकी महिला भएको रेकर्ड बनाइन् ।

    गत जुलाई २१ सम्म अमेरिकी डेमोक्रेटिक दलका राष्ट्रपतीय उम्मेदवार जो बाइडेन नै थिए । उपराष्ट्रपति उम्मेदवार कमला नै थिइन्, तर जुन २७ मा डोनाल्ड ट्रम्पसँगको चुनावी बहसमा कमजोर देखिएपछिको चौतर्फी दबाब आएपछि उनले उम्मेदवार त्यागेर कमलालाई समर्थन गरेको सार्वजनिक गरे । यसरी कमलाले विभिन्न संयोगहरुबाट राष्ट्रपति हुने मौका पाइन् र हिलरी क्लिन्टनपछि राष्ट्रपति हुने उम्मेदवार बनिन् डेमोक्रेटिक पार्टीबाट । भारतीय मूलकी आमा र जमाइकल मूलका पिताकी सन्तान कमलाले भारतीय तथा अफ्रिकी मूलबाट राष्ट्रपति उम्मेदवार बन्ने प्रथम महिलाको रेकर्ड पनि अहिले बनाइसकेकी छन् ।

    कमलाले अघिल्लो चुनावमा भारतीय मूलको धेरै विज्ञापन गरेको तर यो चुनावमा धेरै अफ्रिकी मूलको विज्ञापन गरेको रिपब्लिकन दलको आरोप छ । यसबारेमा भारतीयभन्दा अफ्रिकी मूलकाहरुको मत धेरै भएकाले उनी अफ्रिकी मूलमा बढी जोड दिन सक्रिय भएको धेरैले अनुमान गरेका छन्, तर कमलाले आफ्नी आमा भारतीय भएको कथा भने छुटाएकी छैनन् ।

    रिपब्लिकन पार्टी : जसको उपराष्ट्रपति उम्मेदवार भेन्सकी पत्नी उषा पनि हुन् भारतीय मूलकी

    डोनाल्ड ट्रम्पको चुनावी अभियानकी सहकर्मी ‘रनिङ मेट’ जेडी भेन्स छन् । भेन्सकी पत्नीको नाम उषा भेन्स हो । भारतबाट आएका आप्रवासी अभिभावककी सन्तान हुन् उषा । कमला जस्तो फरकफरक देशका आमाबाबु होइनन् उनका । यो कोणमा कमलाभन्दा उषा शुद्ध भारतीय मूलकी हुन् । र, यो मूलको विज्ञापन गरेर भारतीय मतदाता तान्न ट्रम्पको चुनावी अभियान र उनको दल रिपब्लिकन पार्टी सक्रिय छ ।

    केही समय अगाडि भएको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्ने प्रमुख वक्ता थिइन् उषा । आफूहरु सुरुमा साथी, पछि प्रेमी र अन्ततः श्रीमानश्रीमती भएको कुरा राख्दै उषाले भाषणमा भनेकी थिइन्, ‘हामी सुरुमा साथी थियौं । जेडीसँग साथी हुन नचाहने को होला र ?’

    उनले श्रमजीवी परिवारको सन्तान, बाल्यकाल तनावमा बितेको भन्दै जेडीको तारिफ गरिन् । व्यक्तिगत जीवनबारेमा बोल्दै उनले भनेकी थिइन्, ‘उनले चट्टानी मरिन (सैनिक)को रुपमा इराकमा सेवा गरे, तर उनी फुर्सदमा गर्ने राम्रा आइडियाहरुमा कुकुरसँग खेल्ने बेब नामक फिल्म हेर्ने थियो ।’

    सान्टियागोको मध्यम वर्ग भारतीय मूलका परिवारमा जन्मेको कुरा पनि उषाले भाषणमा राखिन् । आफ्ना पति तथा रिपब्लिकन उपराष्ट्रपति उम्मेदवार जेडी भेन्सको भारतीय साइनो जोड्दै उषाले भाषणमा भनेकी थिइन्, ‘मेरै संगतमा लागेर उनले साकाहारी हुन सिके । मेरी आमासँग भारतीय तरकारी पकाउन सिके । उनी हाम्रो परिवारको अभिन्न अंग बने ।’

    उनले दशर्कहरुलाई हँसाउँदै भनिन्, ‘मैले देखेदेखिका जेडी उस्तै छन् । दाह्रीबाहेक !’

    पेशाले वकिल हुन् उषा । उनले जेडीसँग आफू कक्षाका साथी भएको र क्रमशः प्रेम भएको तीन हप्ता अगाडि प्रकाशन भएको फक्स न्यूजको एक अन्तर्वार्तामा बताएकी छन् । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार ३८ वर्षकी उषाको पूरा नाम उषाचिलिकुरी भेन्स हो । उनले येल विश्वविद्यालयबाट कानून पढेकी हुन् । सन् २०१३ मा जेडीसँगै स्नातक गरेपछि उनीहरुले अर्को वर्ष विवाह गरे । जेडी भेन्सको सन् २०१६ मा प्रकाशन भएको पुस्तक ‘हिलिबिली एलेजी’ मा पनि उनले उषाबारेमा खुलाएका छन् । उनले भनेका छन्, ‘जुन ठाउँ सधैं विदेश जस्तो लाग्यो, त्यही ठाउँमा उषाको उपस्थितिले घर जस्तो बनायो ।’

    उषाले फक्स न्यूजसँगको अन्तर्वार्तामा आफू र जेडी फरकफरक पृष्ठभूमिबाट आएकाले हरेक कुरामा एकै निष्कर्ष नआउने भए पनि त्यसले समस्या नभएको बताएकी छन् । उनले भनेकी छन्, ‘जेडीले मेरा कुरालाई गम्भीरतापूर्वक र सम्मानपूर्वक सुन्छन् ।’

    रिपब्लिकन पार्टीमा भारतीय मूलका उम्मेदवारको उपस्थितिमा उषामात्रै छैनन् । यस अगाडि राष्ट्रपतीय उम्मेदवार भएका अरु दुई पुरुष र एक महिलाराष्ट्रपतिय उम्मेदवार पनि भारतीय मूलका छन् । विवेक रामास्वामी र हर्षबर्धन सिंह भारतीय मूलका हुन् । विवेक भारतको दक्षिणी राज्य केरेलाबाट अमेरिका पुगेका अभिभावकका सन्तान विवेक ३७ वर्षका हुन् ।

    मेडिकल व्यवसायी उनी गतवर्षको राष्ट्रपतीय आकांक्षाको लागि डेमोक्रेटिक पार्टीबाट उठ्दा एक समय लोकप्रियमा तेस्रो स्थानमा आएका थिए । पछि उनले ट्रम्पलाई साथ दिएर छोडे । यस्तै हर्षबर्धन सिहंले पनि रिपब्लिकन पार्टीबाट राष्ट्रपतीय उम्मेदवारी घोषणा गरेका थिए । पछि उनले पनि डोनाल्ड ट्रम्पलाई नै साथ दिए । हर्षबर्धनबाहेक निकी हेली पनि भारतीय मूलकै हुन् । उनले दलबाट राष्ट्रपतीय उम्मेदवारी दिइन्, तर धेरै साथ नपाएर उनले पछि डोनाल्ड ट्रम्पलाई साथ दिइन् ।

    विश्वका सात देशमा भारतीय मूलका सरकार तथा राष्ट्र प्रमुख

    अमेरिकी राष्ट्रपतीय उम्मेदवारहरुको दुवै कित्तामा भारतीय मूलका अनुहार छन् । केही समय अगाडि बेलायतका प्रधानमन्त्रीबाट बाहिरिएका ऋषि सुनाक पनि भारतीय मूलकै हुन् । अहिले पनि विश्वका एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका विभिन्न देशमा भारतीय मूलका अनुहारहरु सरकार तथा राष्ट्र प्रमुख भएका छन् । यहाँ वर्तमान विश्वका भारतीय मूलका सात सरकार तथा राष्ट्र प्रमुखहरुको चर्चा गरिएको छ ।

    १. सिंगापुरका राष्ट्रपति थर्मन सानमुगारत्नाम

    सन् २०२३ सेप्टेम्बरमा राष्ट्रपति भएका उनी भारतीय मूलका हुन् । भारतको पनि दक्षिणी क्षेत्रका हुन् ।

    २. मौरिससका प्रधानमन्त्री प्रवीण जुगनाथ

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शप थग्रहण समारोहमा केही अगाडि आएका थिए प्रवीण जुगनाथ । उनी सन् २०१७ को जनवरीबाट मौरिससको प्रधानमन्त्री छन् ।

    ३. मौरिससका राष्ट्रपति पृथ्वीराज सिंह रोपुन

    रोपुन मौरिससका राष्ट्रपति छन् । उनी सन् २०१९ को डिसेम्बरबाट उक्त पदमा छन् ।

    ४. ट्रिनिडाड एण्ड टोबागोकी राष्ट्रपति क्रिस्टिन काङ्गालो

    काङ्गालो ट्रिनिडाड एण्ड टोबागोमा सन् २०२३ मार्चबाट राष्ट्रपति पदमा छिन् ।

    ५. गुयनाका इर्फान अली

    ल्याटिन अमेरिकी देश जसको विवादित सिमाना भेनेजुयलासँग छ, त्यसका राष्ट्रपति हुन् इर्फान अली । उनी २०२० अगस्तबाट राष्ट्रपति छन् ।

    ६. सेसेल्सका राष्ट्रपति वाभेल रामकलावन

    अफ्रिकी पर्यटकीय देश सेसेल्समा भारतीय मूलका वाभेल सन् २०२० अक्टोबारबाट राष्ट्रपति पदमा छन् ।

    ७. सुरिनामका राष्ट्रपति चान सान्तोषी

    सुरिनामका राष्ट्रपति चान सान्तोषी सन् २०२० को जुलाईबाट पदमा छन् ।

    बेलायती उपनिवेशका ‘गिरमिटिया’ मजदुरका सन्तति सरकार तथा राष्ट्र प्रमुख बन्दै

    भारत स्वतन्त्र भएपछि र खुला बजार भएपछि बेलायत, अमेरिका, सिंगापुर, अस्टे«लिया, क्यानडा जस्ता देशहरुमा गएका भारती डायस्पोरा उच्च ओहोदामा पुगेका छन् । राम्रो शिक्षा, राम्रो पारिवारिक पृष्ठभूमिका भारतीयहरु ती देशमा गिनेचुनेका पर्छन् । अझ रोचक कुरा त बेलायती उपनिवेशताका भारतबाट कम सेवाशुल्कमा अफ्रिकी देशहरुमा लगिएका बँधुवा मजदुरहरु गिरमिटियाका सन्ततिहरु पनि अहिले ठूलो ओहोदामा पुगेका छन् ।

    गिरमिटया मजदुर प्रथा बेलायतले सन् १८३४ देखि १९२० को जनवरी १ सम्म प्रचलनमा ल्याएको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले र सहलेखक श्याम पराण्डेले संयुक्त रुपमा लेखेको लेख ‘दि डायस्पोरिक सक्सेस स्टोरी’मा उल्लेख छ । उनीहरुको लेखअनुसार बिहार, उत्तर प्रदेशदेखि तमिल नाडीसम्मका मजदुरहरुलाई गिरमिटियाको रुपमा फिजी, मौरिसस, ट्रिनिडाड एण्ड टोबागो, सुरिनाम, गुयानालगायतका बेलायती उपनिवेश क्षेत्रहरुमा लगिएको थियो । ती देशहरुमा अहिले तिनै गिरमिटियाका सन्तनीहरुले सरकार तथा राष्ट्र प्रमुखको रुपमा कामगरिरहेका छन् ।

    गिरमिटियाका सन्ततिहरुमा सबैभन्दा पहिलोपटक सन् १९५७ देखि १९६४ सम्म छेड्डी जगन गुयानाको प्रधानमन्त्री चयन भएको र उनी पछि सन् १९९२ देखि १९९७ सम्म राष्ट्रपति पनि भएको चौथाइवालेले लेखेको लेखमा उल्लेख छ । चौथाइवालेले गिरमिटिया समुदायले भारतको स्वतन्त्रता आन्दोलनमा पनि साथ दिएको लेखेका छन् ।

    भारत स्वतन्त्र हुनुभन्दा अगाडि कति संख्याका गिरमिटिया बेलायती उपनिवेश क्षेत्रमा गए भन्ने आँकडा सार्वजनिक छैन, तर भारत स्वतन्त्र भएपछि बनेको भारतीय डायस्पोरा विश्वको सबैभन्दा ठूलो भएको चौथाइवालेहरुको लेखमा उल्लेख छ । लेखअनुसार भारतको डायस्पोराको आँकडा ३ करोड छ । यसबाट भारतले विदेशमा नेता उत्पादन गर्नेमात्रै नभएर स्वदेशमा विदेशी मुद्रा आर्जन पनि गरिरहेको छ ।

    अमेरिकी आर्थिक अखबार फोर्ब्सका अनुसार सन् २०२३ मा विश्वको सबैभन्दा धेरै रेमिटेन्स ल्याउने देश भारत भएको थियो । उसले १२५ अर्ब अमेरिकी डलर रेमिटेन्स भित्र्याएको थियो ।

  • यो वर्ष रुसको जीडीपी ४ प्रतिशत बढ्दै

    यो वर्ष रुसको जीडीपी ४ प्रतिशत बढ्दै

    काठमाडौं । युक्रेनसग युद्धमा भएको तथा अमेरिकी नेतृत्वका गुटमा रहेका देशहरूको नाकाबन्दी खेपिरहेको रुसको यो बर्स जीडीपी बढ्ने भएको छ ।

    रुसी अर्थमन्त्री एन्तोन सिलुआनोभका अनुसार यो वर्ष ४ प्रतिशत जीडीपी बढ्ने भएको हो।

    रुसी विश्व च्यानल आरटीका अनुसार रुस-२४ च्यानलसँगको एक अन्तर्वार्तामा अर्थमन्त्री सिलुआनोभले यस्तो बताएका हुन्।

    उनले अन्तर्वार्तामा थपेका छन्, ‘हाम्रो ८ प्रतिशत लगानी बढेको छ भने जनताको आय पनि वृद्धि भइरहेको छ ।’

    विश्व बैङ्कले पनि रुसको अर्थतन्त्र बढ्ने देखाएको छ । सन २०२४ मा २।९ प्रतिशत तथा सन २०२५ मा १।४ प्रतिशत बढ्ने उल्लेख गरेको छ ।

    सुरुमा क्रमशः २।२ र १।१ प्रतिशत वृद्धि हुने तथ्याङ्क संशोधन गर्दै यो ताजा तथ्याङ्क सार्वजनिक गरिएको हो।

  • खोलाका माछा मर्न थालेपछि ग्रिसमा संकटकाल घोषणा

    खोलाका माछा मर्न थालेपछि ग्रिसमा संकटकाल घोषणा

    काठमाडौं । युरोपेली देश ग्रिसले खोलाका हजारौं माछा मरेर बग्न थालेपछि एक महिनाको लागि संकटकाल लागू गरेको छ । संकटकाल सेप्टेम्बर महिनाको अन्तसम्म हुनेछ ।

    जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार तटीय शहर भोलोसमा संकटकाल लागू गरिएको हो । ग्रिसको मध्य भागमा रहेको थेसाली क्षेत्रमा विशाल बाढी आएकोले सङ्लो पानीमा हुने माछाहरु मरेको बताइएको छ ।

    मंगलबारमात्रै ग्रिसमा ५७ टन मरेका माछा संकलन गरिएको थियो । बिहीबारसम्म त्यस्तो परिमाण १०० टन पुगेको बताइएको छ ।

  • ट्रम्पको हत्या प्रयास भएको राज्यको राजनीतिक सभामा अर्को लफडा (भिडिओ)

    ट्रम्पको हत्या प्रयास भएको राज्यको राजनीतिक सभामा अर्को लफडा (भिडिओ)

    काठमाडौं । अमेरिकी दल रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावीसभामा फेरि अर्को लफडा भएको छ ।

    गत जुलाई १४ मा हत्या प्रयास गरिएको राज्य पेन्सिलभेनिया राज्यमै यस्तो लफडा भएको हो । ट्रम्पले बोलिरहेको बेला पत्रकार दीर्घामा एक युवा जबरजस्त चढ्न खोजेका थिए । अरु ट्रम्प समर्थकहरुले तान्न खोज्दा उनी ओर्लेनन् ।

    पछि प्रहरीले ‘टेजर’ प्रयोग गरेर उनलाई लडाएर नियन्त्रणमा लिएको थियो । रुसी विश्व च्यानल आरटीको समाचारमा देखाइएको भिडिओअनुसार यस्तो उपद्रो हुँदा ट्रम्पका समर्थकहरु शान्त देखिएका छन् । उनीहरुले उपद्रो गर्ने युवालाई कुनै यातना दिएका छैनन् ।

    गत जुलाई १४ मा ट्रम्पलाई गोली हान्दा पनि उनका समर्थकहरुले भागदौड गरेनन् । आफ्ना समर्थकहरुले भागदौड नगरेर धेरै राम्रो धैर्य देखाएको भन्दै ट्रम्पले पटकपटक भन्दै आएका छन् । गोली लागेको दिन कार्यक्रममा उपस्थित हजारौंले भागदौड गरेको भए धेरैको ज्यान जाने जोखिम हुनेमा त्यसो नभएको ट्रम्पले बताउँदै आएका छन् ।

    आगामी नोभेम्बरमा हुने अमेरिकी चुनावमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँग चुनावी भिडन्त गर्दैछन् ट्रम्प । युद्धविरोधी, अवैध आप्रवासनका विपक्षी तथा युक्रेन युद्धका विरोधी ट्रम्पलाई अमेरिकाभित्र मात्रै होइन, अमेरिकी आडका पश्चिमा देशका धेरै नेताले पनि चुनाव हराउन चाहिरहेको उनका समर्थकहरुले बताउँदै आएका छन् ।

  • भारतकाे पटनामा आइतबारदेखि डिजेलबाट सञ्चालित विद्यालय बस प्रतिबन्ध

    भारतकाे पटनामा आइतबारदेखि डिजेलबाट सञ्चालित विद्यालय बस प्रतिबन्ध

    काठमाडौं । नेपालको सीसासँग जोडिएको भारतीय राज्य बिहारको राजधानी पटनामा विद्यालयले सञ्चालन गर्ने डिजेल गाडी बन्द गरिएको छ । पटनाका विद्यालय बसहरुमा यो नियम कडाइका साथ लागू गरिएको छ । यो नियम आइतबार अर्थात सेप्टेम्बर १ बाट कडाइका साथ लागू हुनेछ ।

    भारतीय वातावरण क्षेत्रको मिडिया डाउन टू अर्थका अनुसार वायु प्रदूषणको मार कम गर्न यो नियम लागू गरिएको हो । डिजेलको सट्टाका विद्यालयहरुले सीएनजी अर्थात् कम्प्रेस्ड नेचुरल ग्याँस प्रयोग हुने सवारी सञ्चालन गर्नुपर्नेछ ।

    पटनाबाहेक दानापुर, खागौल, फूलबारी सरिफ नगर आदि क्षेत्रहरुमा पनि यो नियम लागू गरिएको छ । पटनामा यस अगाडि नै डिजेल बस तथा अटोहरु बन्द गरिएका थिए । डिजेल निरुत्साहित गरेको पटनाले प्राकृतिक ग्याँसलाई प्रयोग गर्न प्रोत्साहन गरेको छ ।

    डाउन टू अर्थको समाचार अनुसार बिहारका १० प्रतिशत विद्यालयमा मात्रै अहिले प्राकृतिक ग्याँसलाई इन्धन बनाएर सञ्चालन भएका बसहरु छन् ।

  • ब्राजिलमा सामाजिक सञ्जाल एक्स प्रतिबन्ध, भीपीएनबाट हेरेको पाइए दैनिक ९ हजार डलर जरिवाना

    ब्राजिलमा सामाजिक सञ्जाल एक्स प्रतिबन्ध, भीपीएनबाट हेरेको पाइए दैनिक ९ हजार डलर जरिवाना

    काठमाडौं । ल्याटिन अमेरिकी देश ब्राजिलले साबिकको ट्विटर तथा हाल एक्स भनेर चिनिने सामाजिक सन्जाल प्रतिबन्ध गरेको छ । ब्राजिलको सर्वोच्च अदालतले शुक्रवार यस्तो फैसला गरेको हो ।

    न्यायधप्श आलेसान्द्रे दे मोराएसले फैसलामा भीपीएनबाट पनि प्रयोग गर्न निसेध गरेका छन । कसैले प्रयोग गरेको पाइएमा दैनिक ८८७४ अमेरिकी डलर जरिवाना तिर्नुपर्ने छ । यो भनेको ११ लाख नेपाली रुपैयाँ भन्दा धेरै हो । न्यायधीशले मिथ्या सूचना फैलाउने अकाउन्टहरु बन्द गर्न आग्रह गरेका छन्। तर एक्सका मालिक एलन मस्कले अस्वीकार गरेका छन्।

    यस्तै उनले एपल र गुगललाई ब्राजिलमा एक्सलाई नराख्न पाचँ दिने समयसीमासहित निर्देशन दिएका छन्। यस्तै एक्सलाई लाग्ने जरिवानाको रकम उठाउन मक्स नै मालिक भएको स्टारलिन्कको ब्राजिलको खाता रोक्का गरिएको छ ।

    एक्समा धेरै मिथ्या सूचना भएको र त्यो रोक्न एक कानुनी प्रतिनिधि राख्न ब्राजिलको अदालतले गरेको फैसला एक्सले नमानेपछि यस्तो फैसला आएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

  • चुनाव जितेर जुकरबर्गलाई जेल हाल्ने ट्रम्पको धम्की

    चुनाव जितेर जुकरबर्गलाई जेल हाल्ने ट्रम्पको धम्की

    काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुकका मालिक मार्क जुकरबर्गलाई जेल हाल्ने धम्की दिएका छन् ।

    सन् २०२० को चुनावमा आफूलाई हराएर जो बाइडेनलाई जिताउन लागेको आरोप लगाउँदै ट्रम्पले यो पटक त्यस्तै गरे जेल हाल्ने धम्की दिएका हुन् । आगामी हप्ता बजारमा आउन लागेको ट्रम्पको किताबको एक सार्वजनिक खण्डमा यस्तो उल्लेख गरिएको हो ।

    रुसी विश्व च्यानल आरटीका अनुसार ट्रम्पको किताबको नाम ‘सेभ अमेरिका’ रहेको छ । किताबमा ट्रम्पले जुकरबर्ग आफ्नी श्रीमतीसँग आफ्नो कार्यालय आएर आफू जस्तो राम्रो अरु नभएको भन्ने तर भित्रभित्रै सक्न लागेको आरोप लाएका छन् । जुकरबर्गसँगको तस्बिर सार्वजनिक गर्दै उनले यस्तो लेखेका हुन् ।

     

     

  • ईयूले युक्रेनी सैनिकलाई थप तालिम दिने

    ईयूले युक्रेनी सैनिकलाई थप तालिम दिने

    काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले युक्रेनी सैनिकलाई थप तालिम दिन चाहेको तर युक्रेनमा नै सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा सदस्य राष्ट्रहरू विभाजित रहेको युरोपेली सङ्घका विदेश नीति प्रमुखले शुक्रबार बताएका छन् ।

    ईयूले यस वर्ष करिब ६० हजार युक्रेनी सैनिकलाई तालिम दिने लक्ष्य राखेको हो ।

    युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ जोसेप बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भने“हामी युक्रेनी सैनिकको प्रशिक्षण अभियान कसरी बढाउने भन्ने विषयमा छलफल गर्नेछौँ ।”

    “हामी युक्रेनमा समन्वय केन्द्र बनाउनेबारे सोचिरहेका छौँ, तर युक्रेनी भूमिमा युक्रेनी सैनिकहरूलाई युरोपेली प्रशिक्षकहरूसँग प्रशिक्षित गर्ने कुनै सम्झौता भएको छैन,” बोरेलले भने

    यो मुद्दाले इयूका २७ सदस्य राष्ट्रलाई विभाजित गरेको छ । इस्टोनिया, फ्रान्स र स्वीडेनलगायत धेरै देशहरूले युक्रेनमा प्रशिक्षण सैनिकहरूलाई समर्थन गर्छन् । तर, हङ्गेरीलगायत अन्य देशहरूले यस्तो कदमले द्वन्द्व बढाउन सक्ने डर व्यक्त गरेका छन्।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा पश्चिमी सेना पठाउने सम्भावनालाई अस्वीकार नगरे पनि त्यस्तो कदम चाल्ने विषयमा कुनै सहमति नभएको बताएपछि अन्य मित्रराष्ट्रहरूले फ्रान्सको भूमिकाप्रति आशङ्का व्यक्त गरेका छन् ।

    मन्त्रीहरूले युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिनका लागि युरोपेली मिसनको नवीकरणबारे छलफल गर्नेछन् तर हालको योजनामा युक्रेनी भूमिमा यसलाई सञ्चालन गर्ने उल्लेख गरिएको छैन, ईयूका एक कूटनीतिज्ञले नाम उल्लेख नगर्ने शर्तमा भने ।

    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बिहीबार गरेको अपिलपछि बोरेलले युरोपेली सङ्घका राष्ट्रहरुलाई युक्रेनमा हतियार आपूर्तिको गति बढाउन आग्रह गरेका थिए ।

    “युक्रेन र युक्रेनी शहरहरूमा विशेष गरी ठूला हवाई आक्रमण भइरहेको र जुनदेखि धेरै प्रतिज्ञाहरू गरिएको बताउँदै बोरेलले भने, “हामीले प्रतिक्रिया जनाउनुपर्छ भन्ने स्पस्ट छ।”

    उनले किएभले हतियार आपूर्ति कसरी प्रयोग गर्छन् भन्ने विषयमा युक्रेनमाथि लगाइएको प्रतिबन्धको पनि आलोचना गरे ।

    उनले भने, “रूसी भूमिभित्र निशाना बनाउन दिनुको अर्थ मस्कोविरुद्धको युद्धमा हुनु हो भन्नु हास्यास्पद हो। हामी युक्रेनलाई समर्थन गरिरहेका छौँ।”

    युक्रेनले आफ्ना मित्रराष्ट्रहरूलाई हतियार प्रयोगमा रहेको प्रतिबन्ध फुकुवा गर्न पटक–पटक आग्रह गर्दै आएको छ तर बर्लिन र वासिङ्टनले मस्कोसँग मुठभेड हुने डरले यस्तो कदमको विरोध गरेका छन् ।

  • युक्रेनलाई दिइएको युद्ध जहाज एफ-१६ र पाइलट बेपत्ता, अब पाँच जहाज बाँकी

    युक्रेनलाई दिइएको युद्ध जहाज एफ-१६ र पाइलट बेपत्ता, अब पाँच जहाज बाँकी

    काठमाडौं । पश्चिमा देशहरूले युक्रेनलाई दिएको एक एफ-१६ युद्ध जहाज र त्यसका पाइलट दुवै बेपत्ता भएका छन् । अमेरिकी तथा युक्रेनी मिडियाहरूले यसको औपचारिक पुष्टि गरेका छन् ।

    पाइलट एलेक्सी मेसका साथीले समवेदना दिएको तस्बिर सार्वजनिक भएसँगै एफ-१६ जहाज र पाइलट दुवै हराएको सार्वजनिक भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    अमेरिकाले हत्तपत्त धेरै देशले किन्छु भन्दा पनि विभिन्न सर्त राखेर नदिने एफ-१६ युद्ध जहाज आक्रामक जहाज हो ।

    युक्रेनसँग अहिले यस्ता ६ जहाज भएको र यो जहाज चलाउन तालिम लिएका पाइलटहरू पनि तयार भएको बताइन्छ । तर, हालसालै एक जहाज र पाइलट बेपत्ता भएपछि पाँच वटा मात्रै जहाज बाँकी भएका छन् ।

    जहाज बेपत्ता हुनुमा रुसी हमला हो वा युक्रेनी कमजोरी त्यो खुलाइएको छैन । तर, कतिपयले युक्रेनी फौजकै गोली लागेर जहाज बेपत्ता भएको हुनसक्ने आङ्कलन गरेका छन् ।

  • अमेरिकामा मुनाकाे हत्या आराेपमा पक्राउ परेका व्यक्तिको प्रहरीले खुलायाे पहिचान

    अमेरिकामा मुनाकाे हत्या आराेपमा पक्राउ परेका व्यक्तिको प्रहरीले खुलायाे पहिचान

    काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेकाे हत्यामा संलग्न आरोपमा पक्राउ परेका ५१ वर्षीय व्यक्ति बबी सिंह शाह भएको खुलेको छ ।

    अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका ती व्यक्तिकाे पहिचान खुलाएको हो ।

    उनलाई सीसीटीभीमा देखिएको तस्बिरका आधारमा प्रहरीले पक्राउ गरेको थियो । बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

    उनीविरुद्ध हत्याको मुद्दा दर्ता भएको छ । शाह ह्यारिस काउन्टी जेलका पटके अपराधी भएको बताइएको छ ।

    स्थानीय समयअनुसार शनिबार राति ९ः४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।

     

  • अमेरिकाको कोलोराडो अपार्टमेन्टमा हतियारधारी ग्याङ छिरेको भिडिओ भाइरल

    अमेरिकाको कोलोराडो अपार्टमेन्टमा हतियारधारी ग्याङ छिरेको भिडिओ भाइरल

    काठमाडौं । अमेरिकाको कोलोराडोको एक अपार्टमेन्टमा हतियारधारी ग्याङ समुह प्रवेश गरेको छ । उनीहरुको प्रवेशको भिडिओ अहिले अमेरिकी समाजिक संजालमा भाइरल भइरहेको छ । भेनेजुएलाको अपराधिक ग्याङ त्रेन दे आरागुआ अपार्टमेन्टमा प्रवेश गरेको पाइएको छ ।

    यो अपराधिक ग्याङका पाँच हजार सदस्य भएको बताइन्छ । कोलोराडोको अपार्टमेन्टमा छिमेरा समुहका सदस्यहरु अमेरिका गैरकानूनी रुपमा प्रवेश गरेकाहरु भएको फक्स न्यूजले उल्लेख गरेको छ ।

    अमेरिकी अखबार दि न्यू योर्क पोस्टका अनुसरा यो ग्याङ अमेरिकाका १०० भन्दा धेरै अपराधिक गतिविधिमा सक्रिय भएको पाइएको छ ।

    कोलोराडोमा बढेको असुरक्षाकोबारेमा एक स्थानीयले फक्स न्यूजसँग भनेका छन्, ‘यहाँ कुनै सुरक्षाको प्रत्याभूति छैन किनभने प्रहरी आउँदैन । उनीहरुले ढोका थुनेर बस भन्छन् । तर मैले काम गर्नुपर्छ । मैले त भाडा तिर्नुपर्छ ।’

     

  • अमेरिकाको क्यालिफोर्नियामा ‘अपराध पर्यटन’मा जोडिएकाहरुले करोडौँ डलर हत्याएको खुलासा

    अमेरिकाको क्यालिफोर्नियामा ‘अपराध पर्यटन’मा जोडिएकाहरुले करोडौँ डलर हत्याएको खुलासा

    काठमाडौं । अमेरिकी राज्य क्यालिफोर्नियामा ‘अपराध पर्यटन’मा सक्रियता देखाउने समूहरुहरुले लाखौं डलर हत्याएको पाइएको छ ।

    अमेरिकी समाचार च्यानल फक्स् न्यूजका अनुसार अपराध पर्यटनमा जोडिएका सात जनालाई क्यालिफोर्नियामा पक्राउ गरिएको छ । चोरहरुलाई अपराध गर्न आफ्ना सवारी साधन दिएको भन्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

    पक्राउ गरिएका अनुहारहरुमा थोला दुरान नामक अनुहारले चोरिएका क्रेडिट कार्डहरुको प्रयोग तथा कारोबार गरिएको बताइएको छ । दोरानले ५५ लाख अमेरिकी डलर हत्याएको बताइएको छ ।

    दोरान सहुमले २ लाख ७४ हजार ९९८ अमेरिकी डलरको कोभिडको सहुलियत ऋण पनि उनीहरुले कपटपूर्ण तरिकाले हत्याएको अमेरिकी प्रहरीले बताएको छ ।

  • अमेरिकी खेलकुद पडकास्टले गर्‍यो १० करोड डलरको व्यापारिक साझेदारी

    अमेरिकी खेलकुद पडकास्टले गर्‍यो १० करोड डलरको व्यापारिक साझेदारी

    काठमाडौं । पडकास्ट चलाउँदै आएका दुई चर्चित अमेरिकी दाजुभाईले १० करोड बराबरको पडकास्टको व्यापारिक साझेदारी गरेका छन् । त्राभिस केल्स र ज्यासन केल्स नामका ती दुई दाजुभाईले संचालन गरेको पडकास्ट ‘न्यू हाइट विथ ज्यासन एण्ड त्राभिस केल्स’को लागि उक्त व्यापारिक साझेदारी भएको हो ।

    अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार उनीहरुले अमेजनको पडकास्ट स्टुडियो वन्डरीसँग यस्तो साझेदारी गरेका हुन् । केल्स दाजुभाईले संचालन गरेको पडकास्ट मुलतः खेलकुदको हो । उनीहरुले फुटबललाई धेरै प्राथामिकता दिँदै आएका छन् ।

    दुई दाजुभाइमा ज्यासन फिलाडोल्फिया इगल्सबाट फुटबल खेलेका खेलाडी हुन् भने त्राभिसको टेलर स्वीफ्टसँगको प्रेम सम्बन्धले उनी चर्चित बनेका थिए । पछिल्लो समयमा मुलधारका संचारमाध्यमसँगै प्रतिस्पर्धामा आउने स्तरका व्यापारिक साझेदारीहरु पडकास्ट संचालकहरुले गर्न थालेको रुपमा यसलाई लिइएको बताइएको छ ।

  • हात्ती, जेब्रा लगायत ७०० जंगली जनावर मारेर जनतालाई मासु खुवाउँदै नामिबिया सरकार

    हात्ती, जेब्रा लगायत ७०० जंगली जनावर मारेर जनतालाई मासु खुवाउँदै नामिबिया सरकार

    काठमाडौं । अफ्रिकी देश नामिबियाले ७०० वटा जंगली जनावर मार्ने भएको छ । त्यसरी मारिने जनावरहरुमा हात्ती, जेब्रा, हिप्पो लगायत भएको अमेरिकी विश्व च्यानल सीएनएनले बताएको छ ।

    जसमा ३०० जेब्रा, ८३ हात्ती र ३० हिप्पो मारिने सूचीमा रहेका छन् । सीएनएनका अनुसार नामिबियन सरकारले खाद्य असुरक्षा भएका जनताहरुलाई ती जनावरको मासु बाँड्ने योजना बनाएको छ ।

    देशमा १०० वर्ष यताकै सबैभन्दा खराब खडेरी आएपछि त्यसको सामना गर्न यस्तो योजना सार्वजनिक गरिएको हो । देशका झण्डै आधा अर्थात् १४ लाख जनसंख्याले खाद्य सुरक्षा संकट महँसुस गरेको नामिबियन सरकारले बताएको छ ।

    अहिलेसम्म १५० जनावरहरु काटिसकिएको र त्यसबाट आएको १ लाख २५ हजार पाउण्ड मासु वितरण गरिएको नामिबियन सरकारले बताएको छ । नामिबिया पश्चिम अफ्रिकाको सामुद्रिक देश हो । आन्ध्र महासागरसँग यसको सीमा जोडिएको छ ।

  • जापानमा सामुद्रिक आँधी आउँदा तीन जनाको मृत्यु, ३९ घाइते

    जापानमा सामुद्रिक आँधी आउँदा तीन जनाको मृत्यु, ३९ घाइते

    काठमाडौं । जापानमा आएको सामुद्रिक विपत् शान्सान टाइफूनमा परी तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ७० वर्ष उमेर समूहका दम्पती तथा ३० वर्ष उमेर समूहका एक युवक भएको बताइएको छ । मृत्यु हुने तीनै जना पाँच जनाको एकै परिवारका सदस्यहरू थिए ।

    यस्तै ३९ जना घाइते भएका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार दक्षिणी जापानमा आएको टाइफूनको कागोसिमा प्रिफेक्चरमा आएको थियो ।

    २५२ किलोमिटर प्रतिघण्टाको दरले आएको टाइफूनले बाढी, पहिरो र आँधी एकै पटक आएको बताइएको छ ।

    जापानमा अहिले साढे २५ हजार घरपरिवारमा विद्युत बन्द भएको छ ।

  • ५० लाख यूरो धरौटी तिरेर छुटे टेलिग्रामका मालिक दुरोभ

    ५० लाख यूरो धरौटी तिरेर छुटे टेलिग्रामका मालिक दुरोभ

    काठमाडौं । विश्वको चर्चित सामाजिक संजाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ रिहा भएका छन् । गत शनिबार फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा रहेको विमानस्थलबाट निजी जहाजमा आउँदा पक्राउ परेका उनलाई पचास लाख यूरो धरौटी लिएर छाडिएको हो ।

    रुसी विश्व च्यानल आरटीका अनुसार पक्राउ परेको चार दिनपछि फ्रान्सेली अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । अपराधिक समूहले टेलिग्राम च्यानल प्रयोग गरेको आरोपमा दुरोभलाई पक्राउ गरिएको फ्रान्सेली भनाई छ ।

    रुसी नागरिक दुरोभको रुसबाहेक फ्रान्स, संयुक्त अरब इमिरेट्स, सेन्ट किट्स र नेभिस देशका पनि नागरिकता रहेका छन् । उनी विश्वका युवा खर्बपतिमा एक हुन् । उनको सम्पनी साढे १५ अर्ब भएको फोर्ब्सको आँकडा छ ।

  • ममताको घरमा कुकुर लिएर पुग्यो प्रहरी, तीन घन्टा लामो खानतलासी

    ममताको घरमा कुकुर लिएर पुग्यो प्रहरी, तीन घन्टा लामो खानतलासी

    काठमाडौं । अमेरिकामा बेपत्ता पारिएकी नेपाली चेली ममता काफ्लेको विषयमा प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । मंगलबार फेरि एकपटक ममता बस्ने घरमा प्रहरीले सघनरुपमा खानतलास गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    श्रीमान नरेश भट्टले ममताको हत्या गरेर शव गायब पारेको आशंका गरिँदै आएको छ । नरेश प्रहरी हिरासतमा छन् । उनलाई अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गर्यो । उनीहरुको घरभित्र शव घिसारिएको संकेतहरु देखिएको प्रहरीले जनाएको छ ।

    पछिल्लो खानतलासी शवको खोजीका लागि हुन सक्ने अनुमान गरिए पनि प्रहरीले केही बताएको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार खानतलासीका क्रममा कुकुरको पनि प्रयोग गरिएको थियो । प्रहरीले भर्याङ पनि साथमा लगेका थिए, जुन छतमा चढ्नका लागि भएको छिमेकीहरुको भनाइ छ । यद्यपि, प्रहरीले यसबारे बताएको छैन ।

    मनासस प्रहरीले अहिलेसम्म ममताको मृत्यु भएको पुष्टि गरेको छैन । पछिल्लो ताजा अन्तरवार्तामा मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले घटनाको अनुसन्धान तदारुकताका साथ भइरहेको बताए । ममतालाई जीवित भेट्टाउन सकिने विश्वास आफूले नराखेको उनको भनाइ छ ।

    ‘हामीले दशौंपटक घटनास्थलमा सर्च गरिसकेका छौं । आज पनि सर्च गर्यौं । धेरै प्रमाणहरु फेला परेका छन् । मैले विश्वास गरेको छैन कि उनी जीवित भेटिनेछिन्’, उनले भने । अभियुक्त नरेश भट्टको अर्को सुनवाइ अक्टोबर २४ लाई तोकिएको छ । तर, आगामी बिहीबार उनको ‘मोसन हियरिङ’ हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

     

  • विदेशी विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार

    विदेशी विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार

    क्यानबेरा । अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यवसायिक शिक्षा प्रदायकमाझ नयाँ विदेशी विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।

    घोषणाअनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यवसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार विदेशी विद्यार्थीलाई अनुमति दिनेछ ।

    शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाए ।

    उनले निर्धारित सीमाहरू संसदले पारित गर्ने बताउँदै विदेशी विद्यार्थीको सङ्ख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिए ।

    घोषणाअनुसार विदेशी विद्यार्थीको कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन् ।

    घोषणा शिक्षा प्रणालीलाई अझ प्रभावकारी र निष्पक्ष रूपमा स्थापना गर्ने प्रयत्नशील रहेकाले केही विश्वविद्यालयलाई मात्र नभई सम्पूर्ण क्षेत्रलाई लाभान्वित गर्ने क्लेयरले उल्लेख गरे ।

    यसअघि सत्तारुढ लेबर पार्टीले सन् २०२२-२३ मा अष्ट्रेलियाको कुल आप्रवासन सङ्ख्या पाँच लाख २८ हजारबाट घटाएर सन् २०२४-२५ सम्ममा दुई लाख ६० हजार बनाउने रणनीतिसहित विदेशी विद्यार्थी सङ्ख्या सीमित गर्ने योजना घोषणा गरेको थियो ।

    गत जुलाईमा सरकारले विदेशी विद्यार्थी भिसा आवेदन शुल्क ७१० अष्ट्रेलियन डलरबाट दोब्बर बढाएर एक हजार ६०० बनाएको छ ।

    गैरसरकारी संस्था युनिभर्सिटिज अष्ट्रेलियाका प्रमुख कार्यकारी ल्युक सिहीले अगस्तको सिनेट सुनुवाइमा विश्वविद्यालयको अर्बौं डलर राजस्व खर्च गर्ने र १४ हजार रोजगारी जोखिममा पार्ने जनाएका थिए ।

    उनले विदेशी विद्यार्थीले गत वर्ष अष्ट्रेलियाको कुल गार्हस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको बताउँदै लगभग उनीहरुले नै राष्ट्रलाई मन्दीबाट जोगाएको उल्लेख गरे ।

    सरकारी तथ्याङ्कका अनुसार सन् २०२३ मा अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ बिलियन अष्ट्रेलियन डलर थियो । -रासस/सिन्ह्वा

  • चिनियाँ विद्युतीय गाडीलाई क्यानडामा शत प्रतिशत कर

    चिनियाँ विद्युतीय गाडीलाई क्यानडामा शत प्रतिशत कर

    काठमाडौं । क्यानडाले चिनियाँ विद्युतीय गाडीमा शत प्रतिशत कर लगाउने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले करको यो दायरा सोमबार सार्वजनिक गरेका हुन् ।

    जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार यो कर लगाइएसँगै अमेरिका तथा युरोपेली संघपछि धेरै कर लगाउने देशको सूचीमा क्यानडा पनि थपिएको छ ।

    विश्वभर चिनियाँ गाडीले अति खपत गरेको कारणले यस्तो कर लगाइएको क्यानडेली सरकारले बताएको छ । अति खपत भन्ने शब्द अमेरिका तथा युरोपेली संघले पनि प्रयोग गरिरहेका छन् ।

  • लण्डनको अपार्टमेन्टमा आगलागी, १०० जनालाई सुरक्षित स्थानमा सारियो

    लण्डनको अपार्टमेन्टमा आगलागी, १०० जनालाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं । बेलायतको राजधानी लण्डनको एक अपार्टमेन्टमा आगलागी भएको छ । आगलागीमा परेका १०० जनालाई सुरक्षित स्थानमा सारिएको जर्मनीको विश्व च्यानल डीडब्लूले उल्लेख गरेको छ ।

    पूर्वी लण्डनको डागेनहनमा भएको सोमबार आधा रातबाट आगलागीमा परेका १०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय समयअनुसार बिहान २ः४४ मा लागेको आगलागी ७ः३० सम्म पनि देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    ४० दमकल तथा २२५ अग्नि नियन्त्रकले आगो निभाएका थिए । आगलागीको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

  • भारतीय उत्पादनलाई ‘शत प्रतिशत शुद्ध न्युजिल्याण्ड’ भन्दै बेच्ने डेरीलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना

    भारतीय उत्पादनलाई ‘शत प्रतिशत शुद्ध न्युजिल्याण्ड’ भन्दै बेच्ने डेरीलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना

    वेलिङ्गटन । ‘शत प्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ ।

    भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शत प्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो ।

    न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा सोमबार दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ ।

    ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दूधजन्य सामान आयात गर्ने र ‘शत प्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादन जस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झूटा प्रचार गरी ग्राहकलाई भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    न्यूजिल्याण्डको कृषि सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ र विदेशी ग्राहकहरू यसको समृद्ध चरनबाट प्राप्त हुने दूध र मक्खनको लागि लालायित हुने गर्छन् ।

    वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नले भने, ‘मिल्कियोले न्यूजिल्याण्डमा निर्मित उत्पादनहरू पहिचान गर्न एक विश्वसनीय प्रतीक (फर्नमार्क लोगो)को प्रतिष्ठाको फाइदा उठाउँदै अन्य उत्पादनलाई बढावा दिएको पाइएपछि जरिवाना गरिएको हो ।’

    कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगका लागि स्वीकृति प्राप्त गर्न गलत र अपूर्ण जानकारी पनि प्रस्तुत गरेको थियो ।

    मिल्कियोले न्युजिल्याण्डको ‘शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लङ्घन गरेको स्वीकार गर्दै उचित अनुमतिविना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको छ ।

    होर्नले भने, ‘यो सजायले न्युजिल्याण्ड ब्रान्डलाई झूटो दाबी गर्न खोज्ने अरूका लागि चेतावनीको रूपमा काम गर्नुपर्छ ।’ -रासस/एएफपी

  • अस्ट्रेलियामा नयाँ कानून- रोजगारदाताको कल नउठाउन पाउने

    अस्ट्रेलियामा नयाँ कानून- रोजगारदाताको कल नउठाउन पाउने

    काठमाडौं । अष्ट्रेलियाले कर्मचारीहरूले रोजगारदाताको कल अथवा सन्देश नउठाउन वा इग्नोर गर्न पाउने अधिकारको प्रावधान राखेर नयाँ कानून ल्याएको छ ।

    मानसिकरूपमा तयार नभएको समयमा त्यस्तो अधिकार दिइएको हो । यसलाई ‘राइट टु डिस्कनेक्ट’ नाम भनिएको छ । वार्षिक १८१ घण्टा ओभर टाइम काम गर्ने अष्ट्रेलियाली रहेको सर्वेको तथ्य सार्वजनिक भएपछि यस्तो कानून आएको बीबीसीले जनाएको छ ।

    यस्तो कानून हुने अस्ट्रेलिया पहिलो देश भने होइन । यस्ता कानून यूरोप तथा ल्याटिन अमेरिकालगायतका २० देशमा भएको बीबीसीले लेखेको छ । कानूनले रोजगारदातालाई सम्पर्क गर्न भने निषेध गर्दैन । तर, कर्मचारीलाई सम्पर्कमा नहुन अधिकार दिन्छ ।

    कानून पालनामा कमजोरी भएको खण्डमा अस्ट्रेलियाको स्वच्छ कार्य आयोग (एफडब्लूसी) ले जरिवाना गर्नेछ । व्यक्ति भए १९ हजार अस्ट्रेलियन डलर र कम्पनी भएमा ९४ हजार डलर जरिवानाको व्यवस्था गरिएको छ ।

  • तेस्रो विश्व युद्धतर्फ जादैँछौ रोकौँ : डोनाल्ड ट्रम्प

    तेस्रो विश्व युद्धतर्फ जादैँछौ रोकौँ : डोनाल्ड ट्रम्प

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व युद्धतर्फ जान लागिएको बताएका छन्।

    आज सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले तेस्रो विश्व युद्ध रोक्न आग्रह गरेका छन्।

    अरब क्षेत्रमा यत्रतत्र बम खसिरहेको भन्दै उनले राष्ट्रपति जो बाइडेन क्यालिफोर्नियाको समुद्र तटमा निदाइरहेको र उपराष्ट्रपति कमला ह्वारिस चुनावी बस यात्रामा हिँडेर बेवास्ता गरेको आरोप लाएका छन्। उनले कमलालाई ‘कमरेड’ उपमा दिएका छन् ।

    आजबाट चर्किएको इजरायल र लेबनानका हतियारधारी समूह हेजबुल्ला हानाहानको बारेमा बोल्दै ट्रम्पले यस्तो बताएका हुन्।

    अरुबेला आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा धेरै लेख्ने उनले यो पोस्ट चैँ एक्समा पनि लेखेका छन्।

  • फ्रान्समा पक्राउ, रुस र अमेरिकालाई सकस: के भनेका थिए टेलिग्राम साहुले अन्तर्वार्तामा ?

    फ्रान्समा पक्राउ, रुस र अमेरिकालाई सकस: के भनेका थिए टेलिग्राम साहुले अन्तर्वार्तामा ?

    काठमाडौं । शनिबार फ्रान्समा पक्राउ परेका छन् टेलिग्राम नामको सामाजिक सञ्जालका संस्थापक तथा वर्तमान सीईओ पाभेल दुरोभ । उनको पक्राउको विरोध सुरु भएको छ । रुसले आफूले टेलिग्राम बन्द गर्दा विरोध गर्ने ह्युमेन राइट्स वाच, एमनेस्टी इन्टरनेशनल, रिपोर्टस् विदाउट बोर्डर्सलगायतका २८ एनजीओहरुलाई औंला उठाइसकेको छ ।

    एक्स (साविकको ट्विटर)का साहु एलन मस्कले पाभेल दुरोभको हिराइको माग गरिसके । अमेरिकी राष्ट्रपतीय चुनावमा सुरुमा रिपब्लिकन पार्टीका उम्मेदवार भएर पछि डोनाल्ड ट्रम्पलाई समर्थन गरेका विवेक रामास्वामीले त एक्सलाई पनि सचेत गराएर भनेका छन्, ‘आज टेलिग्राम, भोलि एक्स !’

    चर्चित अमेरिकी पत्रकार टकर कार्ल्सनले पनि पाभेल दुरोभको पक्राउमा चित्त दुःखाएका छन् ।

    उनले लेखेका छन्, ‘जब उनको रुस सरकारले उनको सामाजिक सञ्जाल कम्पनी टेलिग्राम नियन्त्रण गर्न खोज्यो, तब पाभेल दुरोभले रुस छोडे, तर अन्त्यमा वाक स्वतन्त्रतामा साथ दिएको नाममा उनलाई पक्राउ गर्ने पुटिन भएनन् । यो त एक पश्चिमा देश भयो । बाइडेन सत्ताको साझेदार भयो र नेटोको जिज्ञासु सदस्य भयो जसले उनलाई थुन्यो ।’

    उनै आज सर्वाधिक चर्चामा आएका पात्र पाभेल दुरोभको बारेमा खासै जानकारी सार्वजनिक भएका छैनन् । उनले अन्तर्वार्ता दिएका पनि खासै छैनन्, तर गत अप्रिलमा अमेरिकी पत्रकार टकर कार्ल्सनलाई पाभेलले अन्तर्वार्ता दिएका थिए । पुटिनको अन्तर्वार्तापछि कार्ल्सनले लिएको पाभेलको अन्तर्वार्ता चर्चित भएको थियो ।

    यद्यपि पुटिनको अन्तर्वार्ता रुसको मस्कोमा भएको थियो । पाभेल दुरोभको अन्तर्वार्ता चैँ संयुक्त अरब इमिरेट्सको शहर दुबईमा भएको थियो । उनै कार्ल्सनसँग दुरोभले दिएको चार महिना अगाडिको ३६ लाख बढीले युट्युबमा हेरेको अन्तर्वार्तामा बोलेको आधारमा टेलिग्रामका साहुका सवालहरुबारे यो सामग्रीमा चर्चा गरिएको छ ।

    सोभियत संघमा जन्म, तर बाल्यकालबाटै पुँजीवादी झुकाव

    सन् १९८४ मा तत्कालीन सोभियत संघमा जन्मिएका थिए पावेल । सन् १९९१ को अन्त्यतिर मात्रै विघटन भएको सोभियत संघमै हुँदा उनलाई पुँजीवादी व्यवस्था सही लाग्नुमा उनको इटाली भ्रमण हो । इटाली भ्रमण गरेर त्यहाँका कुराहरु देखेपछि उनलाई लाग्यो- पुँजीवादी व्यवस्था ठीक छ ।

    विश्वविद्यालयमै फेसबुक जस्तै सामाजिक सञ्जाल निर्माण

    उनी विश्वविद्यालयमा थिए, आफैं कोडिङ गर्ने गर्थे । डिजाइन र सर्भर सबै आफैं हेर्थे । आफैं सबै व्यवस्थापन गर्ने गर्थे । त्यही बेला एक साथीको लागि सामाजिक बन्ने एक वेबसाइट बनाए । त्यो वेबसाइट फेसबुकभन्दा पुरानो थियो । एसपीबीजीयू डट आरयू नामक साइट फेसबुक सन् २००४ मा आउनुभन्दा अगाडि आयो । यो आएपछि साविकको सोभियत संघसँग जोडिएको क्षेत्रमा मात्रै चलेकोले उनलाई धेरैले रुसका जुकरबर्ग भन्ने गर्छन् । उनको पछि भिके भन्ने सामाजिक सञ्जाल नै बन्यो । यसका १० करोडसम्म प्रयोगकर्ता पुगेका थिए ।

    टेलिग्राम खोल्नासाथ रुसी अधिकारीबाट तनाव सुरु

    सन् २०१३ अगस्त १४ मा आईओएस प्लेटफर्ममा सुरु भएको टेलिग्राम एन्ड्रोइटमा भने अक्टोबर २० मा सुरु भएको थियो । यो सुरु हुनासाथ रुस सरकारले चासो दियो । कारण थियो- विपक्षी दलका नेताहरुले संगठनहरुले यो प्लेटर्फमलाई प्रयोग गरेर सरकारविरोधी गतिविधिहरु गरिरहेका थिए । त्यही कारण रुसमा बस्न सहज भएन पाभेल दुरोभलाई । फलस्वरुप उनी सन् २०१४ मा रुस छोडेर बाहिर गए । सन् २०१८ मा त टेलिग्राम रुसले प्रतिबन्ध गर्‍यो, तर सन् २०२० मा फेरि प्रतिबन्ध खुला गराएको घोषणा गर्‍यो ।

    टि्वटर अफिसबाट होटल फर्कंदा कुटपिट, डेटा मागेर अमेरिकी अधिकारीबाट हैरानी

    रुसको सेन्ट पिटर्सबर्गमा मुख्यालय भएको टेलिग्रामलाई विश्वका विभिन्न राजधानीमा राख्न सकिनेबारेमा पाभेल दुरोभले योजना बनाए । त्यसको लागि उनले जर्मनीको बर्लिन, बेलायतको लन्डन, सिंगापुर, सनफ्रान्सिस्कोमा कार्यालय राख्न खोजे । कतै कर्मचारीतन्त्रको लफडा त कतै सुरक्षा खतरा !

    कर्मचारीतन्त्रको एक समस्याबारेमा दुरोभले अन्तर्वार्तामा भनेका छन्, ‘मलाई विश्वका उत्कृष्ट कर्मचारी चाहिन्छ, तर जर्मनीमा स्थानीय कम्पनीबाट त्यस्ता मान्छे भर्ना गर्न खोज्दा युरोपेली संघभन्दा बाहिरका पाइन्न भन्ने सर्त राखियो ।’

    सनफ्रान्सिस्कोमा त उनलाई व्यक्तिगत हमला नै भयो । उनले त्यो घटनाबारेमा भनेका छन्, ‘टि्वटरको अफिसबाट आउँदा मलाई कुटपिट भयो । राति ८ बजे म मेरो होटलतर्फ हिँड्दै थिएँ । मलाई आक्रमण भएको यो (अमेरिका) नै एकमात्रै देश हो ।’

    त्यत्तिमात्रै होइन, उनले काम गराएका अमेरिकी इन्जिनियरलाई अमेरिकी सरकारले चोर बाटोबाट भर्ना गरेर सूचना चुहाउन खोजेको पनि आफूले पाएकोले अमेरिका असुरक्षित भएको उनले भनेका छन् । आफूलाई आफ्ना इन्जिनियरले भनेपछि मात्रै थाहा भएको उनले बताएका छन् । टेलिग्राममा प्रयोग भएका डेटाहरु लिन अमेरिका वा अरु देशले त्यस्तो गर्न खोज्ने उनको बुझाइ छ ।

    यत्तिमात्रै होइन, उनलाई अमेरिकामा एक दिन बिहान ९ बजे एफबीआई आएर केरकार गर्‍यो । टेलिग्रामबारेमा सोधे । टेलिग्रामलाई नियन्त्रण गर्न खोज्नेगरी केरकार गरियो ।

    यी र यस्ता सबै सकसका कुरा छोडेर उनी संयुक्त अरब इमिरेट्सको शहर दुबईमा आए । दुबईमा आएर मुख्यालय खोले । दुबईको सुरक्षा र तटस्थताको कारण नै आफूले मुख्यालय यहाँ खोलेको उनी बताउँछन् ।

    टेलिग्राम : ३० इन्जिनियरले चलाउँछन् ९० करोड बढी प्रयोगकर्ताको सञ्जाल

    टेलिग्राम लोकप्रिय छ । ९० करोड बढी प्रयोगकर्ता छन् । इन्जिनियरहरु भने ३० जना हाराहारी भएको उनी बताउँछन् । यसो हुनुमा उत्कृृृष्ट कर्मचारी, तर टेलिग्रामको मानव संसाधन विभाग छैन । मात्रै त्यहाँ उत्कृष्ट कर्मचारीहरु ल्याइन्छन् । कर्मचारीमा पनि प्रतिस्पर्धालाई प्राथमिकता । प्रयोगकर्तामैत्री उत्कृष्ट उत्पादन भएको उनी बताउँछन् । यही भएर टेलिग्रामले अरु सामाजिक सञ्जाल तथा एपहरु जस्तो अरुको प्लेटफर्ममा विज्ञापन र अकाउन्ट नखोल्ने उनी बताउँछन् ।

    विज्ञापनमा एक सुको खर्च गरिएको छैन । राम्रो कुरा भएमा प्रयोगकर्ताकै विज्ञापनले चल्ने उनको बुझाइ छ । टेलिग्रामले सबैलाई आफ्ना कुरा राख्न स्थान दिने भन्दै उनले आतंकवादलाई भने स्थान नहुने बताउँछन् ।

    एलन मस्कले ट्विटर किन्नु सामाजिक सञ्जाललाई सुन्दर कुरा

    सामाजिक सञ्जालमा शंकाको कुरै गर्न नपाउने, प्रश्न गर्नै नपाउने कुरामा पाभेल दुरोभलाई मनपरेको छैन । खासगरी फेसबुक तथा ट्विटरहरुले कोभिडको समयमा मान्छेलाई शंकासम्म गर्न नदिएकोमा उनलाई राम्रो लागेको छैन, तर एलन मस्कले ट्विटर किनेर एक्स बनाएपछि उनी आशावादी छन् ।

    उनी भन्छन्, ‘अहिले ट्विटर वा एक्स धेरै वाक स्वतन्त्रता पक्षधर बन्दै गएको छ । यो भव्य विकास हो । अहिले कुराहरु परिवर्तन भइरहेका छन् । हामी यो तथ्यलाई माया गर्छौं कि एलनले ट्विटर किने । हामीले सोच्यौं कि यो धेरै कुराको कारणले राम्रो विकास थियो । पहिलो कारण नवप्रवर्तन । एक्सले धेरै थोक गर्न खोजिरहेको देखिन्छ । केही गल्तीहरु हुनेछन् । केहीले काम गर्नेछन्, तर कम्तीमा उनीहरु नवप्रवर्तन गर्न प्रयत्नशील छन् । यो यस्तो कुरा हो, जुन कुरा पछिल्लो दशकमा पहिले टेलिग्राम र अरु केही कम्पनीहरुभन्दा बाहिर थिएन, तर एक्सले केही नयाँ गर्न खोजिरहेको छ । उनीहरु फरकफरक कुरा गर्न खोजिरहेका छन् । उनीहरुले सर्जकलाई शक्ति दिइरहेका छन् । अर्थतन्त्रको चक्रलाई राम्रो बनाउन खोजिरहेका छन् । यी सबै उत्साहजनक कुरा हुन् र मलाई लाग्छ, हामीलाई यस्ता अरु धेरै कम्पनी चाहिन्छ ।’

  • फ्रान्सले पक्राउ गरेकाे टेलिग्राम संस्थापक पाभेल दुरोभलाई छुटाउन मस्कको अपिल

    फ्रान्सले पक्राउ गरेकाे टेलिग्राम संस्थापक पाभेल दुरोभलाई छुटाउन मस्कको अपिल

    काठमाडौं । अहिले एक्स नाममा रुपान्तरण भएको साविकको ट्वीटरका मालिक एलन मस्कले टेलिग्रामका संस्थापक पाभेल दुरोभलाई छुटाउन अपिल गरेका छन् । उनले आफ्नो सामाजिक संजाल एक्समा एक पोस्ट गर्दै लेखेका छन्, ‘पाभेललाई छोड ।’

    यस्तै फ्रान्सेली भाषाले छोड, छोड, छोड भनेर मस्कले तीन पटक लेखेका छन् । अझ रोचक कुरा मस्कले पाभेलले उनी र उनले खरिद गरेको एक्सको बारेमा गरेको अन्तरवार्ताको भिडिओ क्लिपलाई राखेर पाभेललाई छोड भएका छन् । अमेरिकी सेलिब्रेटी पत्रकार टकर काल्र्सनसँगको अन्तरवार्ताको क्लिप उनले राखेका छन् ।

    एक मिनेट ११ सेकेण्डको क्लिपमा पाभेल दुरोभले भनेका छन्, ‘अहिले ट्वीटर वा एक्स धेरै वाक स्वतन्त्रता पक्षधर बन्दै गएको छ । यो भव्य विकास हो । अहिले कुराहरु परिवर्तन भइरहेका छन् । हामी यो तथ्यलाई माया गर्छौ कि इलनले ट्वीटर किने । हामीले सोच्यौँ कि यो धेरै कुराको कारणले राम्रो विकास थियो । पहिलो कारण नवप्रवर्तन । एक्सले धेरै थोक गर्न खोजिरहेको देखिन्छ । केही गल्तीहरु हुनेछन् । केहिले काम गर्नेछन् । तर, कम्तिमा उनीहरु नवप्रवर्तन गर्न प्रयत्नशील छन् । यो यस्तो कुरा हो जुन कुरा पछिल्लो दशकमा पहिले टेलिग्राम र अरु केही कम्पनीहरु भन्दा बाहिर थिएन । तर एक्सले केही नयाँ गर्न खोजिरहेको छ । उनीहरु फरकफरक कुरा गर्न खोजिरहेका छन् । उनीहरुले सर्जकलाई शक्ति दिइरहेका छन् । अर्थतन्त्रको चक्रलाई राम्रो बनाउन खोजिरहेका छन् । यी सबै उत्साहजनक कुराहरु हुन् । र मलाई लाग्छ हामीलाई यस्ता अरु धेरै कम्पनीहरु चाहिन्छन् । मलाई थाहा छैन यो मानवीयताको लागि कति राम्रो हुन्छ जसरी इलनले धेरै समय ट्वीटरमा अझ राम्रो बनाउन बिताइरहेका छन् । तर, यो पक्कै पनि सामाजिक संजालको उद्योगको लागि राम्रो हो ।’

    याे पनि पढ्नुस्: टेलिग्रामका संस्थापक पाभेल फ्रान्समा पक्राउः एलन मस्क पनि पक्राउ पर्न सक्ने विवेक रामास्वामीको आशंका

     

  • टेलिग्रामका संस्थापक पाभेल फ्रान्समा पक्राउः एलन मस्क पनि पक्राउ पर्न सक्ने विवेक रामास्वामीको आशंका

    टेलिग्रामका संस्थापक पाभेल फ्रान्समा पक्राउः एलन मस्क पनि पक्राउ पर्न सक्ने विवेक रामास्वामीको आशंका

    काठमाडौं । विश्व चर्चित सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ फ्रान्सबाट पक्राउ परेका छन् । उनी रुसी नागरिक हुन् । निजी जहाजबाट फ्रान्स पुगेका पाभेललाई अवतरणलगत्तै पेरिसको उत्तरी भागमा पक्राउ गरिएको बेलायती विश्व सेवा बीबीसीले जनाएको छ ।

    ३९ वर्षीय दुरोभलाई टेलिग्रामको बारेमा परेको उजुरीको आधारमा पक्राउ गरिएको हो । रुसी सरकारलाई सूचना नदिँदा टेलिग्राम सन् २०१८ मा बन्द गरिएको थियो । पछिल्लो समयमा भने सञ्चालनमा थियो । अहिले टेलिग्रामको मुख्यालय यूएईमा छ । केही महिनाअगाडि अमेरिकी चर्चित पत्रकार टकर कार्ल्सनसँगको अन्तर्वार्तामा दुरोभले आफूलाई रुस तथा अमेरिका दुवैतर्फबाट असुरक्षा भएको बताएका थिए ।

    रुसको युक्रेन हमलामा धेरै प्रयोग भएको सामाजिक सञ्जाल टेलिग्राम हो । दुरोको पक्राउपछि अमेरिकी रिपब्लिकन पार्टीका उम्मेदवार भएर अहिले ट्रम्पलाई साथ दिएका विवेक रामास्वामीले सामाजिक सञ्जाल एक्समा एलन मस्कलाई पनि भविष्यमा पक्राउ गर्न सक्ने भन्दै लेखेका छन्, ‘अहिले टेलिग्राम । पछि एक्स ।’ जवाफमा मस्कले भनेका छन्, ‘सत् प्रतिशत ।’

  • डेमोक्रेटिल दलको विरासत बोकेका स्वतन्त्र उम्मेदवार केनेडीको समर्थन ट्रम्पलाई

    डेमोक्रेटिल दलको विरासत बोकेका स्वतन्त्र उम्मेदवार केनेडीको समर्थन ट्रम्पलाई

    काठमाडौं । अमेरिकाको डेमोक्रेटिल दलको लिगेसी भएका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ. केनेडी जुनिलयरले राष्ट्रपतीय उमेदवारमा डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् ।

    हिजो एरिजोनामा भएको राजनीतिक सभामा बोल्दै केनेडीले समर्थन गरेका हुन् । उनी सन १९६८ मा राष्ट्रपतीय उमेदवारीको दौरानमा हत्या गरिएका रोबर्ट एफ. केनेडीका छोरा हुन् ।

    यस्तै सन १९६३ मा उनका बडाबा जोन एफ. केनेडीको पनि हत्या भएको थियो । उनी चैँ राष्ट्रपति भएकै बेला हत्या गरिएका थिए ।

    अमेरिकी राजनीतिमा लागेर आफ्ना बुबा र बडाबा गुमाएका केनेडीले यो वर्षको राष्ट्रपतीय चुनावमा स्वतन्त्र लड्दा सुरक्षा मागेका थिए । तर, गत जुलाई १४ मा पेन्सिलभेनियाको बट्लरमा डोनाल्ड ट्रम्पलाई हत्या प्रयास भएपछि मात्रै उनलाई राज्यको सुरक्षा दिइएको थियो ।

    पारिवारिक हत्या भएको कथा र उनको राजनीति दुवै कुरामा ट्रम्पले शनिवार बोले । उनले भने, ‘यदि डेमोक्रेटिक दलमा चुनाव लड्न दिएको भए बाइडेन भन्दा धेरै राम्रो जित हुन्थे केनेडीको ।’

    उनले केनेडीहरुको हत्याको फाइल खोल्ने पनि बताएका छन् शनिवारको एरिजोनाको भाषणमा । उनले भने, ‘म राष्ट्रपति भएपछि केनेडी हत्याका सबै फाइलहरू गोप्यबाट सार्वजनिक गर्नेछु ।’

  • इजरायल र हेजबुल्लाको रकेट, मिसाइल र ड्रोन हानाहान

    इजरायल र हेजबुल्लाको रकेट, मिसाइल र ड्रोन हानाहान

    काठमाडौँ । इजरायलले लेबनानमा भएको लडाकु समूह हेजबुल्ल्लाको क्षेत्रमा गोलाबारी सुरु गरेको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार इजरायलमा रकेट प्रहार गर्ने संकेत थाहा पाएपछि हमला सुरु भएको इजरायली तर्क छ ।

    इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागरीले भनेका छन्, ‘आत्मरक्षाको लागि ती निशानाहरू हटाउन इजरायलले आतंक निशानामा हमला गरिरहेको छ ।’

    यस्तै हेजबुल्लाले पनि इजरायलमा हमला सुरु गरेको बताएको छ । ठूलो परिणामका ड्रोन हमला सुरु गरेको हेजबुल्लाले बताएको छ ।

    आइतबार इजरायलभरी आपतकालीन घण्टीहरू बजेका थिए । यसले हेजबुल्ला हमलालाई संकेत गरेको बताइएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका रक्षामन्त्री योआभ गालान्टले इजरायली रक्षा बलको मुख्यालय तेल अभिभमा बसेर अवस्थाको व्यवस्थापन गरिरहेको बीबीसीले बताएको छ ।

    अलजजिराका अनुसार हेजबुल्लाले गत जुलाईमा आफ्ना कमान्डर फुआद सुकरलाई हत्या गरेको प्रतिकारमा हमला गरेको बताएको छ । हेजबुल्लाले ११ इजरायली ब्यारेकमा हमला गरेको बताएको छ ।

  • मलेसियाको राजधानीमा फुटपाथले निल्यो भारतीय महिला

    मलेसियाको राजधानीमा फुटपाथले निल्यो भारतीय महिला

    काठमाडौं । मलेसियाको राजधानी क्वालालाम्पुरमा शुक्रबार फुटपाथ भाँसिएर एक महिला बेपत्ता भएकी छन् । उनलाई खोज्न मलेसियाली सुरक्षाकर्मीहरु खटिएको बेलायती विश्व च्यानल बीबीसीले जनाएको छ ।

    बीबीसीका अनुसार फुटपाथमा भासिएर बेपत्ता भएकी महिला भारतीय हुन् । ४८ वर्षकी ती महिलालाई जल इण्डिया मस्जिद क्षेत्रको सडक किनारमा हुँदा फुटपाथले निलेको बताइएको छ ।

    मले मेलका अनुसार ती भारतीय महिला मलेसिया पुगेको दुई महिनामात्रै भएको छ । मलेसियामा भएका छोराले बोलाएर उनी पुगेकी थिइन् । आन्ध्र प्रदेशकी उनको नाम विजया लेचमी भएको बताइएको छ ।

    उनका छोराले आमा फुटपाथमा बेपत्ता भएको टिकटक भिडिओ हेरेपछि जानकारी पाएर आएको मलेसियाली समाचार पोर्टल मले मेललाई बताएका छन् । अहिलेसम्म उनको उद्धार हुन नसकेको बताइएको छ ।

  • अफगानिस्तानमा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

    अफगानिस्तानमा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

    काबुल । अफगानिस्तानमा तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको ग्लोबल न्यूजले जनाएको छ । यो कानूनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।

    अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको ‘सद्गुणको प्रचार र दुराचारको रोकथाम’ मन्त्रालयले नयाँ कानून जारी गरेको हो ।

    ११४ पृष्ठको कानूनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ । मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले भने, ‘हामी आश्वासन दिन्छौं कि यो इस्लामिक कानूनले सद्गुणको प्रवर्द्धन र दुराचार उन्मूलनमा ठूलो मद्दत गर्नेछ ।’

    दस्तावेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ ।

    महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानूनले जनाएको छ । महिलाहरुले सामान्यतया लगाउने हिजाब जसले कपाल र घाँटीमात्र ढाक्छ अब नयाँ कानूनअनुसार स्वीकार्य नभएको ग्लोबल न्यूजले जनाएको छ ।

    महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानूनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न निषेध गरेको छ । महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानूनले गरेको छ ।

    यी नियमहरू उल्लङ्घन गर्दा सजायस्वरुप सम्पत्ति जफत वा तीन दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ । मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लङ्घनका लागि हजारौंलाई हिरासतमा लिएको छ ।

    ह्युमन राइट्स वाचको महिला अधिकार विभागका सहयोगी निर्देशक हिथर बारले नयाँ नियमको टिप्पणी गर्दै भने, ‘यी नियमहरू पहिले नै थिए, तर औपचारिक थिएनन्, अब औपचारिक बनाइएको छ । मलाई लाग्छ यो हामीले विगत तीन वर्षदेखि देखिरहेका कुराको सङ्केत हो, दमनको क्रमिक वृद्धि हो ।’

    तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउँदै आएको छ । सन् २०२२ मा तालिबानले महिलाहरूलाई छैटौं कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

    त्यसैगरी सन् २०२२ मा तालिबानले महिलालाई गैरसरकारी संस्था (एनजीओ)मा काम गर्न प्रतिबन्ध लगाएको थियो । ग्लोबल न्यूजसँग कुरा गर्ने एक महिलाले एनजीओमा जागिर गुमाएपछि आफ्नो परिवार गरिबीमा डुबेको बताइन् ।

    ‘म मेरो परिवारको आर्थिक भार बोक्ने एकमात्र आधार हुँ । हामी परिवारमा चार जनामात्रै छौं, म, मेरी बहिनी र मेरा आमाबाबु । मेरो बुबा अहिले बिरामी हुनुहुन्छ । हामीलाई बिहानबेलुका खान पनि समस्या छ’, उनले भनिन् ।

    महिलामाथि लगाइएको नयाँ प्रतिबन्धका अतिरिक्त बुधबार पारित भएको कानूनले सङ्गीत बजाउन पनि निषेध गरेको छ । यसले पुरुषलाई दाह्री काट्न पनि निषेध गरेको छ । यस कानूनले चालकहरूलाई पुरुष अभिभावकविना महिलालाई ओसारपसार गर्न निषेध गरेको छ ।

    गत महिना संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबीच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको सङ्केत गरेको थियो ।

    तालिबानले संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनलाई अस्वीकार गरेको छ । -रासस/एएनआई

  • यूएईको मध्यस्थतामा रूस र युक्रेनबीच २३० युद्धबन्दी आदानप्रदान

    यूएईको मध्यस्थतामा रूस र युक्रेनबीच २३० युद्धबन्दी आदानप्रदान

    किएभ । रुसको कुर्स्क क्षेत्रमा किएभले अचानक आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएको मध्यस्थकर्ता संयुक्त अरब इमिरेट्स (यूएई)ले जानकारी गराएको छ ।

    कुर्स्कमा युक्रेनले आफ्नो आक्रमण बढाउँदै गर्दा र रूसले पूर्वी युक्रेनी शहर लक्षित आक्रमणको तयारी गरिरहेको समाचार आइरहेको समय यो आदानप्रदान भएको हो । युक्रेनी स्वतन्त्रता दिवसमा पनि यस्तो आदानप्रदान भएको थियो ।

    दुवै देशले कैदी अदलाबदली सम्झौतामा मध्यस्थता गरेको यूएईप्रति आभार प्रकट गरेका छन् ।

    ‘हाम्रा अन्य ११५ देशभक्त सुरक्षाकर्मी आज घर फर्किसकेका छन्’, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘यी सैनिक नेशनल गार्ड, आर्म्ड फोर्सेज, नेभी, स्टेट बोर्डर गार्ड सर्भिसका सैनिक हुन् ।’

    उनले युक्रेनको झन्डा बेरेर बसेका मानिसहरूको फोटोसहित सन्देश जारी गरेका छन् ।

    किएभले गत अगस्त ६ मा भएको कुर्स्क आक्रमणमा सयौं रूसी सैनिकलाई बन्धक बनाएको यसअघि बताएको थियो ।

    मस्कोले उक्त आदानप्रदानको पुष्टि गर्दै कुस्कमा बन्दी बनाइएका ११५ सैनिकलाई फिर्ता गरिएको जनाएको छ ।

    रूसी रक्षा मन्त्रालयले भनेको छ, ‘वार्ता प्रक्रियाको परिणामस्वरुप कुर्स्क क्षेत्रमा बन्दी बनाइएका ११५ जना रूसी सैनिकलाई किएभ शासनको नियन्त्रणमा रहेको इलाकाबाट फिर्ता गरिएको छ । ती सैनिक अहिले छिमेकी बेलारूसमा रहेका छन्, उनीहरूलाई ‘मनोवैज्ञानिक-चिकित्सा सहायता’ प्राप्त भइरहेको छ र चाँडै नै उनीहरूलाई स्वदेश ल्याइनेछ ।’

    यूएईले रूसी सङ्घ र गणतन्त्र युक्रेनबीच नयाँ बन्दी आदानप्रदानमा सफलतापूर्वक मध्यस्थता गरेको जनाएको छ ।

    किएभ र मस्कोबीच दुई वर्षभन्दा लामो युद्ध जारी रहे पनि युद्धका क्रममा विपक्षीको नियन्त्रणमा गएका कैदीहरूको पटकपटक आदानप्रदान पनि हुँदै आएको छ । -रासस/एएफपी

  • शेख हसिनाको कूटनीतिक राहदानी खारेज

    शेख हसिनाको कूटनीतिक राहदानी खारेज

    काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उनको भविष्यको योजनालाई अन्योलमा पार्नसक्छ ।

    सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोग गरिएको भन्दै यसको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलनमा सहभागिता बढ्दै जाँदा पूर्व प्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत् नयाँदिल्लीमा शरण लिन पुगेकी थिइन् । आन्दोलनकारी ढाकास्थित उनको सरकारी निवासमा पुगी तोडफोडसमेत गरेका थिए ।

    उनको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

    गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हसिनाको राहदानी र सरकारका पूर्वमन्त्री तथा पूर्वसांसदको राहदानी रद्द गर्नुपर्ने जनाएको छ ।

    यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा खडा गरेको छ । भारतले हसिनालाई शरण दिएपनि प्रधानमन्त्री मोदीले बङ्गलादेशका नयाँ नेता नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई पनि समर्थन गरेका छन् ।

    बङ्गलादेशको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्व मन्त्रीमण्डल र विघटित राष्ट्रिय सभाका सबै सदस्य आफ्नो ओहदाका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए ।’

    “यदि उनीहरूलाई पदबाट हटाइएको वा अवकाश दिइएको अवस्थामा उनीहरूको र उनीहरूका पति वा पत्नीको कूटनीतिक राहदानी रद्द गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

    ढाकाका नयाँ अधिकारीहरूले हसिना र उहाँको कार्यकालमा अन्य पूर्व उच्च अधिकारीहरूले विशेष राहदानीका लागि आवेदन दिन सक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहेको बताएका छन् ।

    ‘माथि उल्लेखित व्यक्तिले सामान्य राहदानीका लागि नयाँ आवेदन दिँदा दुई वटा सुरक्षा निकायले राहदानी जारी गर्नका लागि आफ्नो आवेदन स्वीकृत गर्नुपर्नेहुन्छ,’ मन्त्रालयले भनेको छ।

    हसिनाको सरकारमाथि विपक्षी नेता तथा कार्यकर्ता र सर्वसाधारणमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लागेको छ । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छ ।

    संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो ।

    युनुसले आफ्नो प्रशासनले संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने बताएका छन् ।

    प्रर्वप्रधानमन्त्री हसिनाले गठन गरेको बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथिको ‘सामूहिक हत्या’ सम्बन्धमा तीनवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

  • गाजाबारेमा बोल्न आग्रह गर्दा डेमोक्रेटिक दलमा निषेध- सभाहलमा धर्ना र बाहिर नाराजुलुस

    गाजाबारेमा बोल्न आग्रह गर्दा डेमोक्रेटिक दलमा निषेध- सभाहलमा धर्ना र बाहिर नाराजुलुस

    काठमाडौं । अमेरिकाको सत्ताधारी दल डेमोक्रेटिक पार्टीले इजरायलले गाजामा गरेको नरसंहारको बारेमा बोल्न निषेध गरेको छ ।

    दलको राष्ट्रिय सम्मेलनको दौरानमा बोल्न आग्रह व्यापक हुँदा पनि बोल्न नदिइएको हो ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिकागोमा भएको सम्मेलनमा बोल्ने थोरै समय माग्दा नदिइएको हो । बोल्न नदिएपछि डेमोक्रेटिक दलका प्रतिनिधिहरूले ढाकामा बसेर विरोध जनाएका थिए । भित्र ढोकामा धर्ना कार्यक्रम भएको थियो भने बाहिर जुलुस लागेको थियो ।

    एक हप्ता अगाडी सानो कुरा बोल्न माग गरिएको कुरा निषेध गरेर डेमोक्रेटिक दलले ठूलो कमजोरी गरेको आलोचकहरूले बताएका छन् ।

    कतिपय इस्लाम समूहरुले डेमोक्रेटिक दलको यो निर्णयको कारणले दललाई मतदान नगर्ने सार्वजनिक रूपमा बताइसकेका छन् ।

  • डमोक्रेटिक दलमा खुलिन् ओप्रा विन्फ्रे, कमला ‘कमन सेन्स’ र ट्रम्प ‘ननसेन्स’ भएको तर्क

    डमोक्रेटिक दलमा खुलिन् ओप्रा विन्फ्रे, कमला ‘कमन सेन्स’ र ट्रम्प ‘ननसेन्स’ भएको तर्क

    काठमाडौं । अमेरिकाकी चर्चित टेलिभिजन प्रस्तोता तथा सेलिब्रेटी ओपरा विन्फ्रे सत्ताधारी दल डेमोक्रेटिकमा खुलेकी छन् । डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसलाई उनले साथ मात्रै दिएकी छैनन् । कमलाको पक्षमा गएर उनले भाषण पनि गरेकी छन् ।

    आफ्नो गृहराज्य सिकागोमा उनी कमलासँग खुलेकी हुन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार भाषण गर्दै उनले ट्रम्पलाई ‘ननसेन्स’ तथा कमलालाई ‘कमन सेन्स भएको तर्क गरिन् । साथै सत्यको पक्ष लिन भन्दै कमलालाई साथ दिन आग्रह गरेकी छन् ।

    उनले दलमा खुल्नु र भाषण गर्नुलाई बीबीसीले आश्चर्य भएको भन्दै व्याख्या गरेको छ । तीन महिना मात्रै बाँकी भएको अमेरिकी राष्ट्रपतीय चुनाव तातेको छ । वर्तमान उपराष्ट्रपति कमला र पूर्वराष्ट्रपति ट्रम्पको भिडन्त रोचक हुने भन्दै व्याख्या गरिएको छ ।

    सुरुमा राष्ट्रपति उम्मेदवारको दौडमा रहेका राष्ट्रपति जो बाइडेले पहिलो राष्ट्रपतीय बहसमा कमजोर प्रस्तुति गरेपछि उनलाई दल तथा दाताहरुको दबाबमा राष्ट्रपतिय दौडबाट बाहिर जान बाध्य बनाइएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।