Category: विश्व प्रेस

  • भारतमा कोरियाली कम्पनी सामसुङका कर्मचारीहरूको हडताल

    भारतमा कोरियाली कम्पनी सामसुङका कर्मचारीहरूको हडताल

    काठमाडौं । दक्षिण भारतीय राज्य तमिल नाडीमा रहेको कोरियाली कम्पनी सामसुङमा कार्यरत कामदारहरूले हडताल गरेका छन् ।

    उनीहरूले विगत ११ दिनबाट हडताल गरिरहेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार मजदुरहरूको हडतालको कारण उत्पादन तथा वितरणमा सकस भइरहेको छ ।

    तमिल नाडीमा झण्डै २ हजार भारतीय कामदारहरू कार्यरत भएको बताइन्छ । जुन भारतको कुल आयको एक तिहाइ हुने बताइन्छ ।

    सामसुङमा राखिएको मजदुरको संस्थालाई मान्यता दिनुपर्ने, ट्रेड युनियन अधिकार हुनुपर्ने, मजदुरको तलब तथा सेवा सुविधामा मजदुर संगठनको समन्वय हुनुपर्ने लगायतका माग उनीहरूले राखिरहेका छन् ।

    कम्पनीले कामदारहरूको हित कम्पनीको प्राथमिकतामा भएको भनाई सार्वजनिक गरेको छ । तर, मजदुरको मागमा भने सकारात्मक देखिएको छैन ।

    मासिक २५ हजार तलब खाँदै आएका मजदुरहरूले पचास प्रतिशत तलब वृद्धिको माग राखेका छन् । त्यसमा पनि कम्पनी सकारात्मक देखिएको छैन ।

  • सिन्धु जल सन्धिमा संशोधन गर्न पाकिस्तानलाई भारतको अधिसूचना

    सिन्धु जल सन्धिमा संशोधन गर्न पाकिस्तानलाई भारतको अधिसूचना

    नयाँदिल्ली । भारतले ६ दशक पुरानो सिन्धु जल सन्धिमा संशोधनका लागि पाकिस्तानलाई औपचारिक रूपमा सूचित गरेको छ । किशनगङ्गा र रतले जलविद्युत परियोजनाहरूसँग सम्बन्धित लामो समयदेखिको विवादले भारतलाई सन्धिमा संशोधनको माग गर्न प्रेरित गरेको छ ।

    सन्धिअनुसार सिन्धु, झेलम र चिनाबको पानी पाकिस्तानलाई दिइएको थियो भने पूर्वी नदीहरू रावी, व्यास र सतलजमाथि भारतको अधिकार थियो । भारतलाई नदी प्रवाहमा आधारित परियोजनाहरूबाट विद्युत उत्पादन गर्ने अधिकार छ ।

    यद्यपि पाकिस्तानले बारम्बार यी परियोजनाहरूमा आपत्ति जनाउँदा भारतमा जल प्रवाह प्रभावित भएको छ ।

    स्रोतहरूका अनुसार ‘भारतले सन् २०२४ अगस्त ३० मा सिन्धु जल सन्धि (आईडब्ल्यूटी) अन्तर्गत उक्त सन्धिको समीक्षा र संशोधनको माग गर्दै पाकिस्तानलाई औपचारिक सूचना पठाएको छ, सन्धिअनुसार यसका प्रावधानलाई समय–समयमा दुवै सरकारबीच उक्त उद्देश्यका लागि सम्पन्न विधिवत अनुमोदन गरिएको सन्धिमार्फत संशोधन गर्न सकिने छ ।’

    भारतको अधिसूचनाले परिस्थितिमा मूलभूत र अप्रत्याशित परिवर्तनहरूलाई प्रकाश पार्दछ र यसका लागि सन्धिका विभिन्न धाराअन्तर्गत दायित्वहरूको पुनर्मूल्याङ्कन आवश्यक हुन्छ ।

    विभिन्न चिन्ताहरूमा जनसाङ्ख्यिकीमा परिवर्तन, भारतको उत्सर्जन लक्ष्यहरू पूरा गर्न स्वच्छ ऊर्जाको विकासमा तीव्रता ल्याउने पर्यावरण मुद्दा र निरन्तर सीमापार आतङ्कवादको प्रभाव समावेश छन् ।

    किशनगङ्गा र रतले जलविद्युत परियोजनासँग सम्बन्धित छुट्टै लामो विवादको पृष्ठभूमिमा उक्त सूचना जारी गरिएको हो । यस सम्बन्धमा विश्व बैंकले समान मुद्दामा तटस्थ विशेषज्ञ संयन्त्र र मध्यस्थता न्यायालय दुवैलाई एकैपटक सक्रिय गरेको छ । त्यसैले भारतीय पक्षले सन्धिअन्तर्गत विवाद समाधान संयन्त्रमा पुनर्विचार गर्न पनि आह्वान गरेको छ ।

    उक्त अधिसूचनासँगै भारतले पाकिस्तानलाई सन्धिअन्तर्गतका प्रावधानअन्तर्गत सन्धिको समीक्षा गर्न सरकार–देखि–सरकार वार्ता सुरु गर्न आह्वान गरेको छ । -रासस/एएनआई

  • एक दशकपछि भारतको जम्मु र काश्मीरमा चुनाव, ३ बजेसम्म ५० प्रतिशत मतदान

    एक दशकपछि भारतको जम्मु र काश्मीरमा चुनाव, ३ बजेसम्म ५० प्रतिशत मतदान

    काठमाडौं । भारतको जम्मु र काश्मीर क्षेत्रमा एक दशकपछि चुनाव भएको छ । सन् २०१९ मा भारतीय संविधानको धारा ३७० खारेज गरेपछि जम्मु र काश्मीर अनि लद्दाक फरकफरक बनाइएपछि भएको चुनाव भएकोले यसले विश्व चर्चा पाएको छ ।

    साँझ ६ बजेसम्म हुने मतदानमा ३ बजेभित्र ५० प्रतिशतले मतदान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २३ लाख योग्य मतदाताबाट २१९ उम्मेदवार चयन गर्न चुनाव हुने भएको छ । जसमा ९० जना स्वतन्त्र उम्मेदवार छन् ।

    तीन चरणमा हुने चुनावको दोस्रो र तेस्रो चरण सेप्टेम्बर २५ र अक्टोबर १ मा हुने भएको छ । नतिजा अक्टोबर ८ मा आउनेछ । आज ९० क्षेत्रमध्ये २४ वटामा चुनाव भएको हो ।

    भारतीय मिडियाहरुका अनुसार अहिलेसम्मको चुनावमा कुनै हिंसात्मक घटना भएको छैन । काश्मीरको अर्धस्वायत्तताको खारेजी गरेकोले भारतीय सत्ताधारी पार्टी बीजेपीले चुनावमा राम्रो प्रदर्शन नगर्ने बताइएको छ । उसो त जम्मु र काश्मीर तथा लद्दाक क्षेत्र परम्परागत रुपमा पनि बीजेपीको आधार क्षेत्र होइन ।

  • रुसी फौजबाट उद्धार गरिदिन भारतीयको हारगुहार

    रुसी फौजबाट उद्धार गरिदिन भारतीयको हारगुहार

    काठमाडौं । रुसी फौजमा पुगेका भारतीयहरुले उद्धारको लागि याचना गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार आफूलाई ठगेर रुसी फौजमा लगिएको भन्दै उनीहरुले उद्धारको लागि हारगुहार गरेका छन् ।

    बीबीसीमा प्रकाशित सामग्रीअनुसार यसरी याचना गर्नेहरुमा नेपाली भाषी भारतीयहरु पनि रहेका छन् । नेपाली भाषी भारतीय उर्गेन तामाङ पहिले भारतीय सैनिक थिए । अहिले उनी रुसी फौजमा छन् । उद्धारको याचना गर्नेमा उनी पनि एक हुन् ।

    बीबीसीसँग कुरा गरेका एक भारतीयले भनेका छन्, ‘म ज्यादै चिन्तामा छु । म सुरक्षित आउँछु वा बाकसमा आउँछु, कुनै टुंगो छैन । कृपया मलाई बचाउनुहोस् ।’

    तामाङले आफूहरुलाई सेनाको सहयोगी भनेर लगिएको, तर रुस पुगेपछि युद्धको अग्रमोर्चामा पठाइएको बताए । तामाङले आफू अरु ९१ जना भारतीयसँगै रुसी फौजमा पुगेको बताएका छन् ।

    भारतीय अधिकारीहरुले रुसी फौजमा गएका नौ जना भारतीयको मृत्यु भएको सार्वजनिक गरेका छन्, तर वास्तविक तथ्य त्योभन्दा बढी भएको धेरैको अनुमान छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मस्को भ्रमणपछि गत जुलाईमा ४५ जना भारतीयलाई रुसी फौजबाट फिर्ता गरिएको बीबीसीले उल्लेख गरेको छ ।

  • चक्रवात ‘यागी’का कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावितः युनिसेफ

    चक्रवात ‘यागी’का कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावितः युनिसेफ

    काठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।

    यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।

    थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल ५३७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताको आधारमा यागीबाट प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख गरेको हो ।

    कमजोर बालबालिका तथा परिवारहरूले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य भएको युनिसेफका पूर्वी एसिया प्रशान्तका क्षेत्रीय निर्देशक जुन कुनुगीले बताउनुभएको छ ।

    यसै गरी भियतनाममा पिउने पानी र सरसफाइको अभावका कारण करिब ३० लाख मानिसहरु रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ ।

    म्यानमामा बाढीका कारण करिब चार लाख मानिसहरू विस्तापित भएका छन् ।

    युनिसेफले यागीले म्यानमामा गम्भीर मानवीय अवस्था निम्त्याइ सीमान्तकृत समुदायलाई सङ्कटमा धकेलेको उल्लेख गरिएको छ ।

    विश्व खाद्य कार्यक्रमले बुधबार म्यानमारमा यसै हप्ता आपतकालीन प्रतिक्रिया सुरु गरी पाँच लाख मानिसहरूलाई एक महिनाको आपतकालीन खाद्यान्न वितरण गर्ने जनाएको छ ।

    युनिसेफका अनुसार जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गर्ने जनाएको छ ।

  • इजरायलले हेजबुल्लाका हजारौँ पेजरमा विस्फोटक पदार्थ हालेको खुलासा, ९ जनाको ज्यान गयो

    इजरायलले हेजबुल्लाका हजारौँ पेजरमा विस्फोटक पदार्थ हालेको खुलासा, ९ जनाको ज्यान गयो

    काठमाडौं । मंगलबार लेबनाममा रहेको लडाकु समूह हेजबुल्ल्लाका पेजरहरु एकाएक सबैतिर पड्किन थाले । गोजीमा बोकेका पेजरहरु पड्किन थालेपछिको समस्याका धेरै भिडियो फुटेजहरू सामाजिक सञ्जालमा भाइरल पनि भए ।

    पेजर पड्केर ९ जनाको मृत्यु र २७५० जना घाइते भएको बताइएको छ । मृत्यु हुनेहरूमा बालबालिका र सर्वसाधारणहरू पनि भएको बताइएको छ ।

    ताइवानबाट बन्ने पेजरहरु खरिद गर्ने हेजबुल्लाले पछिल्लो समयमा नयाँ प्रविधिको पेजर किन्ने भन्दै युरोपबाट खरिद गरेको बताइएको छ । त्यही खरिदमा इजरायली घुसपैठ भएर विस्फोटक पदार्थ भरेर पठाइएको चर्चा चल्न सुरु भएको छ ।

    हेजबुल्लाको सुरक्षा संयन्त्रमा इजरायली घुसपैठ भएको र त्यसले धेरै मानवीय क्षति नगरे पनि हेजबुल्ल्लामा मनोवैज्ञानिक डर पैदा गने कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ ।

    बीबीसीले भने विभिन्न रिपोर्टको हवाला दिएर पेजरमा इजरायलले विस्फोटक पदार्थ राखेको खुलासा भएको बताएको छ ।

    गाजाको तनावलाई लिएर इजरायल र हेजबुल्ल्लाको गोलाबारी आदानप्रदान हुँदै आएको छ ।

  • चिकित्सक हत्यामा विरोध प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त

    चिकित्सक हत्यामा विरोध प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त

    कोलकाता । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रूर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि शहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् ।

    अगस्त ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ ।

    उक्त हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हड्ताल गरेका छन् । बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हड्ताल शान्त भए पनि पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ ।

    पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गरिन् ।

    बैठकपछि उनले पत्रकारहरूसँग भनिन्, ‘हामी स्वास्थ्य सेवाका निर्देशक र मेडिकल कलेजका निर्देशकलाई हटाउन सहमत भयौं ।’

    जुनियर चिकित्सकहरूको मागअनुसार कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई पनि हटाइनेछ ।

    मुख्यमन्त्री बनर्जीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको हड्तालले आपत्‌कालीन सञ्चालन प्रभावित भएको बताइन् ।

    तथापि पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्ट विरोध समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

    हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ, तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल राज्यको सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।

    ‘हामी केही विन्दुमा सहमत भएका छौं, तर असहमति कायमै छ’, महतोले भने । पीडितलाई न्यायको माग गर्दै सोमबार हजारौं प्रदर्शनकारीले शहरका सडकहरूमा नारा लगाउँदै जुलुस निकालेका थिए ।

    हत्याको क्रूरताले ‘मुलुकको अन्तरात्मालाई आघात’ पुर्‍याएको भन्दै भारतको सर्वोच्च अदालतले गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ गर्ने भनेर जाँच गर्न एक राष्ट्रिय कार्यदललाई आदेश दिएको थियो ।

    आक्रमणको विभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको सामूहिक बलात्कार र हत्यासँग गर्न थालिएको छ ।

    दिल्ली घटना प्रमुख राजनीतिक मुद्दा बन्यो र निर्वाचनहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)को सफलतामा एक कारकका रूपमा हेरियो ।

    भाजपा मुलुकभरमा सत्तारूढ पार्टी हो, तर पश्चिम बङ्गाल राज्य सरकारको नेतृत्व अखिल भारतीय तृणमूल काङ्ग्रेससँग छ । -रासस/एएफपी

  • भारतको दिल्लीले पायो तेस्रो महिला मुख्यमन्त्री- को हुन् मार्क्स र लेनिन ‘जोडिएकी’ अतिशी ?

    भारतको दिल्लीले पायो तेस्रो महिला मुख्यमन्त्री- को हुन् मार्क्स र लेनिन ‘जोडिएकी’ अतिशी ?

    काठमाडौं । भारतीय संघीय राजधानी क्षेत्र दिल्लीले महिला मुख्यमन्त्री पाएको छ । सन् २०१५ बाट निरन्तर मुख्यमन्त्री हुँदै आएका आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको चर्चा सुरु भएको थियो । नयाँ मुख्यमन्त्री ४३ वर्षकी अतिशी हुने भएकी छन् । भारतीय तथा विश्व मिडियाहरुका अनुसार मंगलबार भारतीय समयअनुसार साढे चार बजे उनको शपथ हुने भएको हाे ।

    अतिशीले शपथ खाएसँगै उनी दिल्लीको मुख्यमन्त्रीका साथै भारतको बहालवाला दोस्रो महिला मुख्यमन्त्री हुनेछिन् । २८ राज्य र ८ केन्द्र शासित इकाइ भएको भारतमा मंगलबारबाट पश्चिम बंगालकी ममता बेनर्जी र दिल्लीकी अतिशी दुई महिला मुख्यमन्त्री हुनेछन् ।

    दिल्लीमा महिला मुख्यमन्त्री : बीजेपीकी सुषमा, कंग्रेसकी शिलापछि आपकी अतिशी

    दिल्लीको मुख्यमन्त्री रेस रोचक छ । भारतका प्रमुख दलहरुले मुख्यमन्त्रीमा महिला उभ्याइसकेका छन् । सुरुमा भारतीय जनता पार्टी (बीजेपी) र त्यसपछि भारतीय राष्ट्रिय कंग्रेसले मुख्यमन्त्रीमा महिला ल्याएका थिए । आपले पनि अतिशीलाई मुख्यमन्त्रीमा ल्याएको छ । अतिशी दिल्लीकी तेस्रो मुख्यमन्त्री हुनेछिन् । उनीभन्दा अगाडि बीजेपीकी नेतृ तथा पूर्वविदेशमन्त्री सुषमा स्वराज सन् १९९८ मा दिल्लीको प्रथम महिला मुख्यमन्त्री भएकी थिइन् ।

    कंग्रेसकी शिला दीक्षित दिल्लीको दोस्रो महिला मुख्यमन्त्री बन्न सफल भएकी थिइन् । उनको कार्यकाल लगातार १५ वर्ष रहेको थियो । उनले सन् २०१३ मा मुख्यमन्त्रीबाट बिदा लिएकी थिइन् ।

    अतिशी : अक्सफोर्डकी स्नातकोत्तर

    भारतीय मिडियाहरुका अनुसार उनको राजनीतिक यात्रा दशकअगाडि मात्रै स्थापना भएको आम आदमी पार्टीबाट सुरु भएको थियो । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सन् २००३ मा इतिहासमा स्नातकोत्तर गरेकी थिइन् ।

    उनी शैक्षिक परिवारमै जन्मेकी थिइन् । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार उनकी माता त्रिप्तावाही र पिता विजय सिंह दुवै दिल्ली विश्वविद्यालयका प्राध्यापक थिए । उनीहरुको सन्तानको रुपमा अतिशीको जन्म सन् १९८१ जुन ८ मा भएको थियो । पढाइ र राजनीति दुवै मोर्चामा सफल अतिशी वातावरण क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी दिगो विकास र नवीकरणीय ऊर्जाकी पक्षपाती हुन् ।

    अन्ना हजारेदेखि आम आदमीसम्मको यात्रा

    आम आदमी पार्टीको स्थापनामा जरो मानिने अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानमा डेढ दशक अगाडि जोडिएकी अतिशी आम आदमी पार्टीकी संस्थापकमध्ये एक हुन् । टाइम्स अफ इण्डियाका अनुसार सन् २०१३ मा आम आदमी पार्टीको चुनावी घोषणापत्र बनाउनेमा एक अनुहार उनी पनि थिइन् ।

    केजरिवाल क्याबिनेटकी एक्ली महिला अनुहार उनलाई मुख्यमन्त्री केजरिवाल निकट मान्ने गरिन्छ । केजरिवाल पक्राउ हुँदा उनैले दिल्ली सत्ता चलाएको इण्डिया टुडेले लेखेको छ । सत्तामा भने उनी सन् २०१८ बाटै सीधा जोडिएकी थिइन् । भारतीय अखबार दि हिन्दूका अनुसार उनी सन् २०१८ मा अप्रिलसम्म दिल्लीका शिक्षामन्त्री मनिष सिसोडियाकी सल्लाहकार थिइन् । दिल्लीले शिक्षा क्षेत्रमा गरेको शैक्षिक सुधारको जसमा पर्ने एक पात्र उनी पनि हुन् ।

    अहिले पनि अतिशीले दिल्लीको मन्त्रीको रुपमा १४ वटा महत्वपूर्ण विभागको जिम्मा लिइरहेकी थिइन् । उनले मुख्यमन्त्री बन्नुभन्दा अगाडिसम्म शिक्षा, संस्कृति, पर्यटन, ऊर्जालगायतका क्षेत्रको जिम्मा लिइरहेकी थिइन् । केजरिवालको राजीनामापछि मुख्यमन्त्री हुने पक्कापक्की भएपछि पत्रकारहरुसँग अतिशीले भनेकी थिइन्, ‘मलाई यो जिम्मेवारी आएको छ । म अरविन्द केजरिवालको अभिभावकत्वमा दिल्ली सरकार चलाउनेछु र दिल्लीका जनताको सुरक्षा गर्नेछु ।’

    मातापिताले मार्क्स र लेनिन जोडेर राखेको नाम छोडेकी अतिशी

    अतिशीको पूरा नाम अतिशी मार्लेना सिंह हो, तर आजभोलि उनी मार्लेना प्रयोग गर्दिनन् । उनका अभिभावकले कार्ल मार्क्स र लेनिनको नामलाई छोट्याएर अतिशीको नाममा ‘मार्लेना’ पनि थपेका थिए । अहिले अतिशी आफ्नो नाममा ‘मार्लेना’ लेख्न छोडेकी छन्, तर धेरै लामो समय भएको छैन । यो सन् २०१८ बाट सुरु भएको हो ।

    बीजेपीका उम्मेदवार गौतम गम्भीरसँग लोकसभामा दिल्लीपूर्वबाट चुनाव लड्दा उनको दुवै नाम अतिशी मार्लेना प्रयोग भएको थियो, तर पछि मार्लेना उनका अभिभावकले मार्क्स र लेनिनको नामलाई मिसाएर बनाएको पत्ता लागेपछि धेरै विवाद भएको थियो । विवादको मियो बीजेपीमा थियो । उनले गौतम गम्भीरसँग सन् २०१९ को चुनाव हारिन् । धेरै विवाद भएपछि अतिशीले आफ्नो नामको बीचमा रहेको मार्लेना र थर सिंह प्रयोग गर्न छोडिन् ।

    पहिले ट्विटरमा अतिशी मार्लेना हुनेमा अहिले अतिशीमात्रै प्रयोग गरिरहेकी छन् । पन्जाबी राजपूतकी सन्तान अतिशीलाई बीजेपी पक्षधरहरुले सन् २०१९ को चुनावमा ईसाई भनेर पनि हैरान गरेका थिए ।

  • म्यानमारको नेपी तावमा बाढीले ४७ हजार एकडभन्दा बढी बाली डुबायो

    म्यानमारको नेपी तावमा बाढीले ४७ हजार एकडभन्दा बढी बाली डुबायो

    काठमाडौं । मध्य म्यानमारको नेपी ताव केन्द्र शासित प्रदेशमा आएको बाढीमा ४७ हजार एकडभन्दा बढी मनसुन बाली डुबानमा परेको छ ।

    प्रतिवेदनका अनुसार यस सिजनमा केन्द्र शासित प्रदेशमा कुल ३ लाख ४५ हजार एकडमा मनसुन बाली खेती गरिएको थियो । तीमध्ये ४७ हजार एकडभन्दा बढी बाढीले डुबानमा परेको छ ।

    बाढीले १७ हजार एकडभन्दा बढी बालीमा क्षति पु¥याएको र तीमध्ये ३ हजार ९ सय एकड पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनले जनाएको छ ।

    कृषि, पशुपंक्षी तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त बाली पुनः खेती गर्न र क्षतिग्रस्त र बाढीले बालीमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न लगायतका राहत कार्यहरू गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

    यागी आँधी र बंगालको खाडीको मनसुनी प्रभावका कारण म्यानमारका धेरैजसो भूभाग, नेपी ताव केन्द्र शासित क्षेत्र लगायतका क्षेत्रमा ठूलो बाढी आएको छ ।

    सेप्टेम्बर १४ सम्म बाढीले ११० भन्दा बढी व्यक्तिको मृत्यु र ६० भन्दा बढी बेपत्ता भएका छन् ।

  • बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध क्यानडाको सदनमा उठ्यो आवाज (भिडिओ)

    बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध क्यानडाको सदनमा उठ्यो आवाज (भिडिओ)

    काठमाडौं । क्यानडाको सदनमा बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध आवाज उठेको छ ।

    सांसद चन्द्र अर्याले सन १९७१ मा बङ्गलादेश स्वतन्त्र हुँदा भएको २० प्रतिशत हिन्दू जनसङ्ख्या घटेर ९ प्रतिशत आएको भन्दै यो दमनकै दमनकै कारण भएको अर्थ्याउँदै सांसद अर्याले क्यानडाका हिन्दूहरुको आफन्त र परिवार बङ्गलादेशमा भएको भन्दै आवाज उठाएका छन्।

    उनले इसाई र बौद्धमार्गीहरुले भोगेको दमनको पनि कुरा उठाएका छन्। तर, हिन्दू दमन ज्यादा भएको उनले बताएका छन्।

    सेप्टेम्बर २३ अर्थात् असोज ७ गते क्यानडाको ‘पार्लियामेन्ट हिल’मा एक जुलुस निस्कने सांसद अर्याले सदनमा जानकारी दिएका छन्।

  • पुटिनको नयाँ घोषणा- रुसी सैनिक जनशक्ति २३ लाख बढी पुर्‍याउने

    पुटिनको नयाँ घोषणा- रुसी सैनिक जनशक्ति २३ लाख बढी पुर्‍याउने

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सैनिक जनशक्तिको आकार २३ लाख बढी पुर्याउने भएका छन् । सोमबार पुटिनले दिएको आदेशअनुसार रुसको सैन्य जनशक्ति २३ लाख ८९ हजार १३० पुग्ने भएको छ ।

    युक्रेनसँग युद्ध गरिरहेको रुसले सैन्य जनशक्ति बढाउनुमा पश्चिमा देशहरुले रुससँग लादेको प्रोक्सी युद्ध भएको रुस सरकारका प्रवक्ता दिमित्रि पेस्कोभले बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार पुटिनले रक्षा मन्त्रालयलाई आवस्यक बजेट दिन पनि आग्रह गरेका छन् । आरटीले हाल रुसको सैन्य जनशक्ति कति भन्नेमा कुनै खुलाएको छैन । तर, विभिन्न विश्व मिडियाहरुमा आएका तथ्यांकहरुका अनुसार सन २०२२ सम्म रुसका १५ लाख बढी सैनिक जनशक्तिहरु थिए ।

  • अमेरिकाको ओरिगन राज्यमा गैर नागरिकलाई मतदाता नामावलीमा राखिएको पुष्टि

    अमेरिकाको ओरिगन राज्यमा गैर नागरिकलाई मतदाता नामावलीमा राखिएको पुष्टि

    काठमाडौं । अमेरिकाको ओरिगन राज्यमा गैर नागरिकहरूलाई पनि नागरिक सरह मतदाता नामावलीमा राखिएको पाइएको छ ।

    अमेरिकी च्यानल फक्सन्यूजका अनुसार शुक्रवार ओरिगन राज्यका अधिकारीहरूले नै यसबारेमा स्वीकार गरेका हुन् ।

    समाचार अनुसार ३०६ जना गैर नागरिकहरूको नाम मतदाता नामावलीमा पुगेको पाइएको छ ।

    सन २०१९ मा ओरिगन राज्यले गैर नागरिकहरूलाई पनि सवारी चालक अनुमति पत्र प्रदान गरेको थियो । ओरिगनमा सूचीकृत भएका २०६ जना गैर नागरिकहरुमा मतदानमा भने दुई जनाले मात्रै भाग लिएको बताइएको छ ।

    रिपब्लिकन पार्टीले गैर नागरिकहरूलाई नागरिकलाई मात्रै दिइने मताधिकार दिएर डेमोक्रेटिक पार्टीले चुनाव जित्न खोजेको आरोप लाउँदै आएको थियो ।

    त्यही आरोपलाई पुष्टि गर्ने समाचार ओरिगनबाट सार्वजनिक भएको हो ।

    ओरिगनका सरकारी अधिकारीहरूले यो कामले सन २०२४ को चुनावमा कुनै असर नगर्ने दाबी गरेका छन् ।

  • ट्रम्पलाई हत्या प्रयास गर्ने युक्रेन युद्ध पक्षधर भएको खुलासा

    ट्रम्पलाई हत्या प्रयास गर्ने युक्रेन युद्ध पक्षधर भएको खुलासा

    काठमाडौं । युक्रेन तथा अरू अमेरिकी जनताको हितमा नहुने युद्धको विपक्षमा भएको चुनावी मुद्दा बोकेका पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हिजो भएको हत्या प्रयासका अनुहार युक्रेन युद्ध पक्षधर भएको खुलेको छ ।

    रुसी विश्व च्यानल आरटीको समाचार अनुसार रायन बेस्ली रुथ नामका ती पुरुषले युक्रेनको पक्षमा युद्ध गर्न चाहेको, युक्रेनमा सैनिकहरू लान चाहेको लगायतका तथ्यहरू सार्वजनिक भएको छ । गत जुलाई १३ मा ट्रम्पलाई हत्या प्रयास भएको थियो ।

    पेन्सिलभियाको बट्लर क्षेत्रमा भएको गोली प्रहारबाट उनको कानको टुप्पोमा गोलीले छोएर उनी बचेका थिए । त्यसको ठीक दुई महिनापछि फ्लोरिडाको गल्फ कोर्समा गल्फ खेल्दा ट्रम्पलाई एके-४७ बाट गोली प्रहार प्रयास भएको थियो । यो पटक पनि ट्रम्पलाई गोली भने लागेन ।

    गोली प्रहार गर्ने पुरुष पक्राउ परेका छन् । उनको पक्राउ पछि सार्वजनिक भएको तस्बिर र उनका सामाजिक सञ्जाल तथा पुराना तथ्यहरू हेर्दा उनी युद्ध पक्षधर भएको पाइएको छ ।

    अमेरिकामा पहिले पहिले रिपब्लिकन पार्टीलाई युद्ध पक्षधर तथा डेमोक्रेटिक पार्टीलाई विपक्षको दल भनिन्थ्यो । तर, जो बाइडेन र कमला ह्यारिस भने युद्ध पक्षधर देखिन्छन् भने ट्रम्प विपक्षी ।

    युद्ध पक्षधर रिपब्लिकन पार्टीका जर्ज डब्लू बुस राष्ट्रपति हुँदाका पूर्वराष्ट्रपति डिक चेनीले कमलालाई नै समर्थन गरेको सार्वजनिक घोषणा गरेका छन् ।

  • रुसी विश्व च्यानल आरटी बन्द गर्न अमेरिकाको आग्रह भारतद्वारा अस्वीकार

    रुसी विश्व च्यानल आरटी बन्द गर्न अमेरिकाको आग्रह भारतद्वारा अस्वीकार

    काठमाडौं । अमेरिकाले भारतलाई पनि आफूले जस्तै रुसी विश्व च्यानल आरटी बन्द गर्न आग्रह गरेको छ । भारतीय अखबार दि हिन्दूलाई साभार गरेर आरटीले उल्लेख गरे अनुसार भारतीय अधिकारीले अमेरिकी आग्रहलाई अस्वीकार गरेका छन् ।

    शुक्रबार अमेरिकी विदेशमन्त्री एन्थोनि ब्लिन्कनले आरटीलाई प्रतिबन्ध गरेको घोषणा गरेका थिए । अमेरिकी लोकतन्त्रमा समस्या गर्ने तथा चुनावमा समस्या पार्नेदेखि गुप्तचरीको काम पनि गर्ने जस्ता विभिन्न आरोप लगाउँदै यस्तो प्रतिबन्ध लगाइएको हो । हिन्दू अखबारका अनुसार अमेरिकाले एकतर्फी गरेका प्रतिबन्धमा भारतले साथ दिने छैन । उसो त भारतले रुसलाई अमेरिकी तथा यूरोप लगायतका देशले प्रतिबन्ध लगाउँदा पनि साथ दिएको थिएन ।

    भारतले आफ्नो परराष्ट्र नीति स्वतन्त्र हुने भन्दै आएको छ । केही समयअगाडि अमेरिकी विदेशमन्त्री एस. जयशंकरले ब्लिन्कनसँगै मञ्चमा बस्दा एक कार्यक्रममा किन भारतले सबैसँग सहकार्य गर्छ भन्ने प्रश्नमा जयशंकरले सबैले सहकार्य गर्ने हुनुमा ‘स्मार्ट’ हुनु भएको बताएका थिए ।

  • ट्रम्प पुगेको स्थानमा फेरि चल्यो गोली

    ट्रम्प पुगेको स्थानमा फेरि चल्यो गोली

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बर ५ को चुनावका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको स्थानमा फेरि गोली चलेको छ ।

    फ्लोरिडाको गल्फ कोर्सबाट ट्रम्प निस्किँदा गोली चलेको बताइएको छ ।

    ट्रम्पको चुनावी अभियानका प्रवक्ता स्टेभेन चेयुङका अनुसार ट्रम्प सुरक्षित छन्। उनको नजिकै गोली चलेको बताइएको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ ।

    वेस्ट पाल्म बिच क्षेत्रमा गल्फ खेल्दा ट्रम्प छेउ गोली चलेको हो ।

    गत जुलाई १३ मा अमेरिकाको पेल्सिल्भेनियाको बट्लर क्षेत्रमा भएको चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो। कानको टुप्पोमा गोली लागेका उनी बाच्न सफल भएका थिए ।

  • आरटीले विश्वभर अमेरिकी मिडियाभन्दा भिन्न विचार दिएकोले आत्तिए : उपप्रधानसम्पादक एन्ना

    आरटीले विश्वभर अमेरिकी मिडियाभन्दा भिन्न विचार दिएकोले आत्तिए : उपप्रधानसम्पादक एन्ना

    काठमाडौं । रुसी विश्व च्यानल आरटीलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि आरटीकी उपप्रधानसम्पादक एन्ना बेल्किनाले अमेरिका फरक विचार र समाचारसँग डराएको बताएकी छन् ।

    आरटीमा प्रकाशन भएको समाचार अनुसार एन्नाले अमेरिकामा मात्रै होइन विश्वभर आरटीको विचार र समाचार पुगेकोमा अमेरिकालाई तनाव भएको भन्दै त्यसकै प्रतिक्रियामा आरटी प्रतिबन्ध गरेर अमेरिकाले फरक विचार र समाचारलाई स्थान नदिएर आफ्नो भाष्य मात्रै बोक्नेलाई स्थान दिने बताएकी छन् ।

    तर, आरटीले विश्वभरका दर्शकहरूसँग पुग्नलाई विभिन्न माध्यमबाट पुग्ने भन्दै एन्नाले यो अमेरिकाको लागि दुःखद खबर भएको बताइन् ।

    अमेरिकाले आरटीलाई बन्द गर्दा रुसी गुप्तचरको विभागको रूपमा आरटी आएको आरोप लाएको छ । त्यसको प्रतिक्रियामा आरटीकी प्रधानसम्पादक मार्गरिता सिमोन्यानले अमेरिकी मिडिया र गुप्तचरी मिसमास भएको लामो इतिहास भएको भन्दै अमेरिकालाई नै प्रश्न गरेको आरटीले उल्लेख गरेको छ ।

    पछिल्लो सयमा यूरोप तथा अमेरिकाबाहेकका देशहरूमा आरटीको प्रभाव बढेको छ । खासगरी ल्याटिन अमेरिका, अफ्रिका र एसियामा आरटीको प्रभाव बलियो छ ।

    दक्षिण एसियामा आरटीको देखिने उपस्थिति भारतमा धेरै छ । भारतका सडकहरूमा आरटीका धेरै बोर्डहरु पनि देखिने गरेका छन् ।

  • जर्मनीका युद्ध पानीजहाज ताइवान क्षेत्रमा, चीनले दियो चेतावनी

    जर्मनीका युद्ध पानीजहाज ताइवान क्षेत्रमा, चीनले दियो चेतावनी

    काठमाडौं । जर्मनीका युद्ध पानीजहाज ताइवान टापु क्षेत्रमा आएका छन् । ताइवान टापु हुँदै जर्मनीका युद्ध पानीजहाजले फन्को लाएपछि चीनले जर्मनीलाई चेतावनी दिएको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।

    डिडब्लूका अुनसार चिनियाँ जनमुक्ति सेनाका प्रबक्ता लि सीले भनेका छन्, ‘जर्मनी पक्षको व्यवहारले सुरक्षा खतरा बढाएको छ र यसले गलत सिग्नल दिएको छ ।’ लि सीले चीनले जल तथा हवाई शक्ति पठाएर चीनले उक्त क्षेत्रका सबै उत्तेजना तथा जोखिमहरुलाई चिर्ने चेतावनी दिएको बताइएको छ ।

    जर्मनीका रक्षामन्त्री बोरिस पिस्तोरियसले दुई वटा जर्मनीका युद्ध पानीजहाजहरु ताइवान पुगेको स्विकारेका छन् । शुक्रबार जर्मनीले पठाएको युद्ध पानी जहाज विगत दुई दशकमा पठाइएको पहिलो हो ।

     

     

  • अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री भेट : युक्रेनलाई दिएका क्षेप्यास्त्रलाई रुसमा प्रहार गर्नेमा भएन सहमति

    अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री भेट : युक्रेनलाई दिएका क्षेप्यास्त्रलाई रुसमा प्रहार गर्नेमा भएन सहमति

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री केइर स्मार्टरको अमेरिकाको ह्वाइट हाउसमा भेट भएको छ । स्थानीय समयअनुसार शुक्रबार भएको भेटमा दुई नेताले युक्रेनले माग गरेअनुसार रुसी भित्री क्षेत्रहरुमा युक्रेनलाई दिइएका मिसाइलहरु हान्न दिनेमा सहमति भएन ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार बाइडेनलाई स्टार्मरले नदिने कुरामा मनाएको हो भन्ने प्रश्न गरिएको थियो । जवाफमा स्टार्मरले भने, ‘युक्रेन, मध्यपूर्व, हिन्त प्रशान्त क्षेत्रका विभिन्न विषयमा लामो र उत्पादनमुलक छलफल भएको’ बताएका थिए ।

    बाइडेन र स्टार्मरको भेट भन्दा अगाडी पुटिनले रुसी भूमिमा लामो दूरिका मिसाइल प्रहार गर्न युक्रेनले गरेको आग्रह अस्विकार गर्न पश्चिमा देशहरुलाई आग्रह गरेका थिए । शुक्रबारै रुसी विश्व च्यानल आरटीलाई प्रतिबन्द गरेको अमेरिकाले रुसभित्र युक्रेनबाट लामो दूरिका मिसाइल प्रहार गर्ने प्रस्ताव भने पारित गरेन ।

     

  • लोकतन्त्रमा ‘खतरा’ हुने भन्दै अमेरिकामा बन्द गरियो रुसी च्यानल आरटी

    लोकतन्त्रमा ‘खतरा’ हुने भन्दै अमेरिकामा बन्द गरियो रुसी च्यानल आरटी

    काठमाडौं । अमेरिकामा राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा रुसी विश्व च्यानल आरटीलई बन्द गरिएको छ । अमेरिकी सरकारले अमेरिकी लोकतन्त्रमा ‘खतरा’ हुने भन्दै यस्तो गरेको बताएको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर रुसी गुप्तचरीकै एक अंगको रुपमा आरटी भएको उनले आरोप लागएका छन् ।

    तर, कसरी त्यस्तो र के कुरामा त्यो देखिएको भने उनले खुलाएका छैनन् । उनले अमेरिकासहित बेलायत, क्यानडा लगायका देशहरुले आरटीका कामहरुलाई सूचना चुहाएको कोणमा लिने पनि पत्रकार सम्मेलनमा बताएका छन् ।

    केही हप्ता अगाडि आरटीमा अन्तरवार्ता दिने अमेरिकीहरुको घरमा अमेरिकी अधिकारीहरुले खोजतलास गरेका थिए । तर, त्यसबाट कुनै केही फेला परेको थिएन ।

    अमेरिकाको सत्ताधारी दल डेमोक्रेटिक पार्टीका नेताहरुले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई रुसले सहयोग गरेको आरोप लाउने गरेका छन् ।

    तर, रुसमा केही अगाडि भएको एक कार्यक्रममा बोल्दै रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आफ्नो साथ ट्रम्पलाई नभएर उनको प्रतिस्पर्धामा रहेकी कमलालाई भएको सार्वजनिक गरेका थिए ।

     

     

  • ट्रम्पले मार्क्सवादी भन्दै ‘टोकसो’ गर्ने कमलाका पिता डोनाल्ड को हुन् ?

    ट्रम्पले मार्क्सवादी भन्दै ‘टोकसो’ गर्ने कमलाका पिता डोनाल्ड को हुन् ?

    काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई कमरेड भन्छन् । कम्युनिष्ट भन्छन् । मार्क्सवादी भन्छन् । यो भन्ने क्रम कमला डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार भएपछि झनै बढेको छ । ह्यारिससँग भएको राष्ट्रपतीय चुनावी बहसमा पनि ट्रम्पले यही कुरा भने । उनले भने, ‘उनी मार्क्सवादी हुन् । सबैलाई जानकारी छ उनी मार्क्सवादी हुन् । कमलाका पिता मार्क्सवादी अर्थशास्त्र पढाउँथे । उनले छोरीलाई पनि राम्रो पढाए ।’ तर, कमलाले सार्वजनिकरुपमा आफू पूँजीवादमा विश्वास हुने पटकपटक बताएकी छन् ।

    कमलाले त्यसको प्रतिवाद गरिनन् । उसो त कमलाले आफ्नी आमाको ज्यादा चर्चा गर्छिन् । सन् २००९ मा ७० वर्षको उमेरमा बितेकी आमा श्यामला गोपालनको चर्चा गर्ने कमलाले जीवित पिता डोनाल्ड जे. ह्यारिसको भने खासै चर्चा गर्दिनन् । जमाइका जरो भएका डोनाल्ड जे. ह्यारिस अहिले ८६ वर्षका भए ।

    सन् १९६० को दशकमा अमेरिका आएका उनले अमरेकिाको क्यालिफोर्नियामा बर्कले विश्वविद्यालयबाट विद्यावारिधि गरे । सन् १९६२ मा सोही विश्वविद्यालयमा उनले दिएको मन्तव्यपछि उनको भेट कमलाकी आमा श्यामलासँग भएको बेलायती अखबार टेलिग्राफले उल्लेख गरेको छ । उनले श्यामलासँग सन् १९६३ मा विवाह गरे ।

    कमला सात वर्ष हुँदा सन् १९७१ मा पारापाचुके गरेर अलग भए । उनका दुई सन्तान भन्नु नै कमला र उनकी बहिनी माया हुन् । उनले दोस्रो विवाह गरे क्यालोर किर्लेसँग । उनी वासिङटन डिसीमा कमलाको कार्यालय ह्वाइट हाउस नजिकै बस्ने भारतीय अखबार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

    सन् २०२० को चुनावी अभियानमा पनि गयल थिए पिता, के भनेका थिए अन्तरवार्तामा ?

    केही समय अगाडि कमलाले डेमोक्रेटिक पार्टीको सम्मेलनमा बोल्दा परिवारका सबैजसो बोलाइन् । बहिनी माया बोलाइन् । पति डगलस एनहफलाई त स्टेटमा बोल्न पनि लगाइयो । तर, उनका पिता डोनाल्ड जे. ह्यारिस भने आएनन् । वा बोलाइएनन् । तर, उनले पिताबारेमा बोल्दै भनेकी थिइन्, ‘उहाँले मलाई निडर हुन सिकाउनु भयो ।’

    सन् २०२४ को चुनावमा मात्रै होइन, सन् २०२० मा पनि कमलाका पिता चुनावमा जोडिएका थिएनन् । उनले एक अन्तरवार्तामा भनेका थिए, ‘सेलिब्रेटी खोज्ने काम मेरो काम होइन । मैले यो भन्दा पर हुने जोडदार प्रयत्न गरेको छु ।’ कमलाले पनि सन् २००३ को अन्तरवार्तामा आफूले पितासँग नजिक हुन नपाएको बताएकी थिइन् । सन् २०२० को शपथ ग्रहण समारोहमा पनि कमालका पिता गयल थिए ।

    गाजामा जोडेपछि सन् २०१९ मा विज्ञप्ति निकोलेर कमलाको कुरा खण्डन गरेका थिए पिताले

    सन् २०१९ मा त कमला र उनका पिता डोनाल्डको समस्या नै देखिएको सार्वजनिक भएको थियो । कमलाले आफ्नो जमाइकल पितातर्फको कुरा आलोचनात्मक रुपमा राखेकी थिइन् । जमाइकालाई गाँजासँग जोडेर उनले आफूले युवा कालमा गाजा खाएको बताएकी थिइन् । किन युवा कालमा गाजा खानु भयो त भन्ने प्रश्नमा उनले अन्तरवार्तामा भनेकी थिइन्, ‘मेरो परिवारका आधा मान्छे जमाइकाबाट छन् । के तपाइँले ठट्टा गर्नु भएको ?’

    कमलाको कुरालाई लिएर पिता डोनाल्डले विज्ञप्ति नै जारी गरेका थिए । उनले भनेका थिए, ‘स्वर्गे हुनु भएका मेरा हजुरआमाहरु तथा मेरा आमाबाबुहरुले पक्कै पनि चिहानमा आफ्नो नाम, इज्जत र जमाइकन पहिचानमा ठट्टा गरेर होस् वा धोकाधडी गरेर पहिचानको राजनीति गर्ने नाममा गाजा खाने जस्तो कुराको सामान्यीकरण गरेकोमा हेर्दै हुनुहुन्छ होला ।’

    पिता डोनाल्डले आफू र आफ्नो निकट परिवारका कसैले पनि गाजा नखाएको भन्दै कमलाको कुराको प्रतिवाद गरेका थिए । सन् १९९८ मा सक्रिय प्राध्यापनबाट अवकाश लिएका उनले पछि जमाइकन सरकारको सल्लाहकार पनि भएका थिए ।

    कसरी जोडियो कमलाका पितासँग मार्क्सवादी लाइन ?

    न्यू योर्क टाइम्सले मंगलबार कमलाका पिताबारेमा एक सामग्री प्रकाशन गर्यो । त्यसमा कमलाका पितालाई ट्रम्पले मार्क्सवादी किन भने भन्ने कुरामा जोड दिइएको छ । समाचारअनुसार कमलाका पिता डोनाल्ड अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय स्ट्याण्डफोर्डमा मार्क्सवाद पढाउँथे । विश्वविद्यालयको अर्थशास्त्र विभागमा पढाउने प्रथम अस्वेत अनुहार कमलाका पिता भएको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

    सन् १९७६ मा प्रकाशन भएको विश्वविद्यालयका विद्यार्थीहरुले प्रकाशन गरेको अखबार स्ट्याण्डफोर्ड डेलीमा उनको चर्चा गरिएको थियो । त्यसमा लेखिएको थियो, ‘उनी धेरै ओजश्वी छन् । उनले एक पाइप पाइपरले जस्तो विद्यार्थीहरुलाई निओलिबरल अर्थशास्त्रबाट बहकाउँछन् । त्यसैले उनको कार्यकाल नथप्नेबारेमा विरोधी आवाजहरु पनि थिए ।’ उनै आफैं पनि प्रोफेसर इमिरिटसको रुपमा विश्वविद्यालयमा जोडिएका छन् ।

    न्यू योर्क टाइम्सले कमलाका पिताले मार्क्सवाद पढाएको मात्रै कुरा गरेको छ । तर, बेलायती आर्थिक विश्व अखबार दी इकोनोमिस्टले भने उनी मार्क्सवादी भएको खुलाएको छ । जुलाईमा प्रकाशन भएको लेखमा भनिएको छ, ‘उनी मार्क्सवादी हुन् । उनको लेखनहरु अस्पष्टतावादी सिद्धान्त निर्माणमा छरपस्ट छन् ।’

    दी इकोनोमिस्टका अनुसार सन् १९७८ मा उनले प्रकाशन गरेको पुस्तक ‘पूँजी संकलन र आय वितरण’मा उनले यस्तै कुरा लेखेका छन् । उक्त किताब उनले कमला र उनकी बहिनी मायाको नाममा समर्पण गरेका छन् ।

    उनले आफ्नो लेखमा अमेरिकाका अस्वेतहरुलाई उपनिवेशमा जस्तो भएको कुरालाई पनि पूँजीसँग जोडेका थिए । त्यसमा उनले अमेरिकामा अस्वेत मालिक भएको क्षेत्रमा पनि अस्वेत कामदारको शोषणै हुने लेखेर मार्क्सवादी लाइन देखाएका थिए । यो कुरालाई दी इकोनोमिस्टले प्राथामिकतासाथ प्रकाशन गरेको छ ।

    कमलाका पिताले आफ्नो देश जमाइकाबारेमा पनि किताब लेखेका छन् । उनले जमाइकाको निर्यातबारेमा सन् १९९७ मा किताब लेखेका छन् । किताबको नाम हो ‘जमाइकाको निर्यात अर्थतन्त्रः निर्याप्तजन्य अर्थतन्त्रतर्फको रणनीति’ ।

     

  • ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा

    ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् ।

    ट्रम्पले मङ्गलवार राति फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाए । ह्यारिसले भने मतदाताहरूका लागि अर्को बहस गर्नुपर्ने आवश्यक रहेको बताइन् ।

    बहस पर्यवेक्षकहरूको सीएनएन सर्वेक्षणले फिलाडेल्फियामा ह्यारिसले स्टेजमा राम्रो प्रदर्शन गरेकोमा ६३ प्रतिशत सहमत देखाएको छ । फक्स न्यूजका अनुसार प्यानलका १२ जना मतदाताले ह्यारिसले बहस जितेको ठानेका छन् ।

    पाँच जनाले ट्रम्पले जितेको विश्वास गरेका छन् । धेरैले ट्रम्पलाई राष्ट्रपतिको दौडमा आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई कसरी आक्रमण गर्ने थाहा नभएको आरोप लगाए ।

     

  • येचुरीको निधनपछि भाकपा (मार्क्सवादी)ले छान्दैछ नयाँ महासचिव, यी हुन् सम्भावित नामहरू

    येचुरीको निधनपछि भाकपा (मार्क्सवादी)ले छान्दैछ नयाँ महासचिव, यी हुन् सम्भावित नामहरू

    काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले बहालवाल महासचिव सीताराम येचुरीको निधन भएपछि नयाँ महासचिव चुन्ने भएको छ ।

    पार्टीको इतिहासमा पछिल्लो ६० वर्षपछि यस्तो हुन लागेको हो । सन १९६४ मा पनि वर्तमान महासचिवको मृत्यु भएपछि नयाँ नेतृत्व चयन भएको थियो ।

    सात महिनापछि पार्टीको २४ औँ महाधिवेशन हुन लागेकोले नयाँ नेतृत्व प्रभावकारी हुने सियास्याट डेलीले उल्लेख गरेको छ ।

    यो पनि पढ्नुहोस्- रहेनन् भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरी

    यो पनि पढ्नुहोस्- येचुरीको लास नजलाइने, अस्पताललाई दिइने

    यो पनि पढ्नुहोस्- रहेनन् भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरी

    १७ पोलिटब्युरो सदस्यबाट को होलान् नयाँ महासचिव  ?

    भाकपा (मार्क्सवादी)को पोलिसटब्युरो सदस्य सीताराम येचुरीसहित १८ जना थिए ।

    येचुरीको बिहीबार निधन भएपछि १६ मा झरेको छ । जसमा पार्टीको प्रभाव क्षेत्र भएको केरेलाका मुख्यमन्त्री पिनारायी भिजायान सहित १६ जनाको नाम यस प्रकार छन्:

    १. प्रकाश कारत

    २. पीनारयी भिजायान

    ३. ब्रीन्दा कारत

    ४. मनिक सरकार

    ५. कोडियेरी बालकृष्णान

    ६. एमए बेबी

    ७. सूर्य कान्त मिश्र

    ८. मोहमद सलिम

    ९. शुभासिनी अली

    १०. बिभी राधभुलु

    ११. जी रामकृष्णन

    १२. तपन शेन

    १३. तिलोतपल बसु

    १४. रामचन्द्र दोमे

    १५. ए भिजयघभन

    १६. असोक धवाले

    १७. एमभी गोबिन्दन

    केरेलाका मुख्यमन्त्री पिनारयी भिजायान बन्ने बलिया अनुहार हुन सक्ने तर केरेला सरकारका कमजोरीको कारण उनको सम्भावना कम भएको बताइएको छ । तर, पार्टीको प्रभाव क्षेत्र केरेला नै भएकोले केरलाबाट प्रतिनिधित्व गर्ने एमए बेबी, एमभी गोबिन्दन र ए भिजयघभन छन् । उनीहरूमा एक महासचिव हुने आँकलन गरिएको छ ।

    वरिष्ठताका आधारमा भने पूर्वमहासचिव प्रकाश कारत र उनकी पत्नी पूर्व सांसद वृन्दा करात माथि छन् । भारतका २९ राज्यमध्ये अहिले कम्युनिस्ट पार्टीले सरकार चलाएको एक मात्र राज्य केरल भएकाले केरलकै व्यक्ति महासचिव बन्ने चर्चा छ ।

  • येचुरीको लास नजलाइने, अस्पताललाई दिइने

    येचुरीको लास नजलाइने, अस्पताललाई दिइने

    काठमाडौं । आज अस्ताएका भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव तथा भारतका पूर्वराज्यसभा सदस्य सिताराम येचुरीको लास नजलाइने भएको छ ।

    उनको लासलाई अध्ययन र अनुसन्धान गर्ने काममा सहयोग गर्न अस्पताललाई दिइने भएको हो । भारतीय मिडियाहरुका अनुसार ७२ उमेरका येचुरीको इच्छा अनुसार यस्तो गरिएको हो ।

    तीन हप्ता अगाडि भारतको एम्स अस्पतालमा श्वासप्रश्वासको समस्याले येचुरी भर्ना भएका थिए । आज भारतीय समय अनुसार दिउँसो ३ः५ मा उनको मृत्यु भएको औपचारिक घोसणा भएको थियो ।

    उनको शरिर सोही अस्पतालमा दिइने भएको हो । मृत्युपछि शरिर दान गर्ने शीर्ष भारतीय कम्युनिष्ट नेता येचुरी मात्र होइनन ्। यस अगाडि पश्चिम बङ्गालका पूर्वमुख्यमन्त्री ज्योति बसु र अर्का चर्चित नेता बासुदेव भट्टाचार्यले पनि शरिर दान गरेका थिए ।

  • भारतीय कम्युनिष्ट नेता येचुरी : जसले जेएनयूमा इन्दिरा गान्धी विरोधी आन्दोलन गरेका थिए

    भारतीय कम्युनिष्ट नेता येचुरी : जसले जेएनयूमा इन्दिरा गान्धी विरोधी आन्दोलन गरेका थिए

    काठमाडौं । बिहीबार भारतले आफ्नो देशका एक चर्चिंत कम्युनिष्ट नेता गुमाएको छ । भारतको राजधानी नयाँ दिल्लीमा रहेको एम्स् अस्पतालमा तीन हप्ता अगाडि गत अगस्ट १९ मा भर्ना भएका श्वासप्रश्वासको समस्या आएर भर्ना भएका येचुरीको मृत्यु भएको हो । ७२ वर्षका येचुरीको मृत्यु धेरै अर्थमा महत्वपूर्ण हो । उनको मृत्युले उनको दल, देश र कम्युनिष्ट कित्तालाई पनि घाटा भएको छ ।

    भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी)का महासचिव हुन् उनी । उनको निधनले दललाई धेरै घाटा भयो नै । देशलाई पनि घाटा भएको छ । उनी विश्वस्तरीय नेता थिए । निर्वाचित सांसद भएको अनुभव थियो ।

    उनले कम्युनिष्ट मन्चमा मात्रै होइन अक्सफोर्ड विश्वविद्यालयको मंचमा पनि देखिने उपस्थिति जनाएका थिए । विश्व कम्युनिष्ट आन्दोलनका एक हस्ति भएकोले कम्युनिष्ट कित्तालाई त घाटा भइहाल्यो ।

    कार्यालय र कक्षा बन्द तर पुस्तकालय खुला गरेर गरिएको जेएनयू आन्दोलन

    दक्षिणी भारतको चेन्नईमा तेलगु भाषा बोल्ने परिवारमा सन् १९५२ अगस्ट १२ मा जन्मेका थिए येचुरी । तेलगु भाषा मातृभाषा बोल्ने उनले हिन्दी, अंग्रेजी, बंगाली लगायतका विभिन्न भाषाहरु फरर बोल्न सक्थे । भारतको आन्ध्र प्रदेशको सरकारी ईन्जिनियर पिताका कारण येचुरीले आन्ध्र प्रदेशमा बाल्यकाल बिताएको भारतीय अखबार दि हिन्दूले उल्लेख गरेको छ ।

    सन् १९६९ मा तेलंगना राज्यको नाममा हैदरावादमा बसेका उनी दिल्ली आएका थिए । दिल्ली विश्वविद्यालयको स्टेफेन कलेजबाट स्तातक गरेका उनले जेएनयूबाट अर्थशास्त्रमा स्तातकोत्तर गरेका थिए । जेएनयूको बिन्दावा वातावरणको बारेमा येचुरीले सन् २०२० मा दि हिन्दूसँग भनेका थिए, ‘तीन वरिष्ठ प्राध्यापकहरुको अन्तरवार्ता लिइराखेका थिए । एक जनाले चुरोट खान्छौँ भनेर सोधे, ‘मैले खान्छु भन्दा उनले एक सल्काउन त भनेका थिए ।’

    जेएनयूका सामान्य विद्यार्थी हुँदै उनले विद्यार्थी नेता भएर स्ववियू सभापति बन्न सफल भएका थिए । त्यो समयमा उनले लोकसभा चुनावमा हारेर पनि कुलपति भइरहेकी ईन्दिरा गान्धीलाई विश्वविद्यालयको कुलपतिबाट हटाउने आन्दोलन छेडेका थिए ।

    आन्दोलनले बीडी नाग चौधरीलाई कार्यालयमा प्रवेश गर्न दिएन । तर, पुस्तकालय भने २४ घण्टा खुला गर्यो आन्दोलनले । आन्दोलनमा जोडिएका ५०० जना थिए । त्यो आन्दोलनमा आफ्नो माग राखेर भन्दा इन्दिरा गान्धीले ध्यानपुर्वक सुनेको तथा राजीनामा दिएकी थिइन् ।

    केरेला र पश्चिम बंगालको सिण्डिकेट तोड्ने नेतृत्व, जनताबाट पनि निर्वाचित

    भारतीय स्टुडेन्ट फेडेरेसनमा केरेला र पश्चिमा बंगालकाहरुको मात्रै सभापति हुने चलन तोडेर उनी सभापति भएका थिए । तीनपटक दलका महासचिव भएका उनी सन् २०१५ मा पछिल्लो समयमा चुनिएका थिए ।

    २००५ बाट सन् २०१७ सम्म उनी भारतीय राज्यसभाका सदस्य थिए । तेस्रोपटक बन्न नपाउने दलको सीमाका कारण उनले पछि बन्न पाएनन् । सन् १९९६ को यूनाइटेड फ्रन्ट तथा सन् २००४ र २००९ को यूपीए सरकारहरु बन्न उनको भूमिका थियो भने मोदीलाई चुनौती दिन बनाइएको सन् २०२३ को इण्डिया गठबन्धन बनाउनेमा पनि उनी एक अनुहार थिए । येचुरी मोदी सरकारका कट्टर विरोधी थिए । कास्मिरको अधिकार कटौती गरेको र हिन्दूत्व लादिएको भन्दै उनी आलोचक थिए ।

  • रहेनन् भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरी

    रहेनन् भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरी

    काठमाडौं । भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरीको निधन भएको छ । भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको दीर्घ रोगको कारण मृत्यु भएको हो । उनी ७२ वर्षका थिए ।

    भारतको एम्स अस्पतालमा श्वासप्रश्वास समस्याले थलिएर पुगेका उनको निधन भएको हो । सन् २०१५ बाट भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका येचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।

    २०६२ को जनआन्दोलनमा भारतलाई नेपालका राजनीतिक दल र जनआन्दोलनप्रति नरम बनाउँन येचुरीको निर्णायकस्तरको भूमिका थियो । किनकी त्यतिबेला मनमोहन सिंह नेतृत्वको युपीए सरकारमा भारतीय वामपन्थीहरु लगभग निर्णायक संख्या अर्थात ५६ सीटसहित संसदमा थिए । वामपन्थीको समर्थन नरहदा सरकार नै गिर्ने अवस्था आणविक विवादको बेला आएको थियो ।

    उनले पटक-पटक नेपालको भ्रमण गरेका थिए ।

  • चीनलाई सूचना बेच्ने सिआईएका पूर्वअधिकारीलाई १० वर्ष कैद

    चीनलाई सूचना बेच्ने सिआईएका पूर्वअधिकारीलाई १० वर्ष कैद

    काठमाडौं । चीनलाई सूचना बेचेको कसुरमा अमेरिकाको गुप्तचरी निकाय सिआईएका एक पूर्वअधिकारीलाई १० वर्ष कैद फैसला भएको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार ७१ बर्सका पूर्वसिआईए अधिकारी अलेक्जेन्डर युक चिङ मालाई यो फैसला सुनाइएको हो । सन् १९८२ देखि १९८९ सम्म सिआईएमा काम गरेका ती अमेरिकी नागरिकको जन्म हङकङमा भएको हो ।

    उनले सांघाईमा सूचना बेचेर ५० हजार अमेरिकी डलर पाएर गनेको भिडिओ प्राप्त भएको बताइएको छ ।

    उनले चीनलाई सूचना बेचेको जानकारी हुँदाहुँदै सन् २००४ मा उनलाई एफबीआईले भाषाको जानकारको रुपमा हवाइमा काम लगाएर उनको सम्पर्कलाई नजिकबाट जानकारी लिएको बीबीसीले उल्लेख गरेको छ ।

    चीन र अमेरिकीले बेलाबेला आफ्ना सरकारी अधिकारीलाई सूचना बेचेको भन्दै कारबाही गरेको सूचनाहरु सार्वजनिक हुँदै आएका छन् ।

  • युक्रेनले रुससँगको युद्ध जितेपछि नेटो सदस्य हुन्छः अमेरिकी विदेशमन्त्री

    युक्रेनले रुससँगको युद्ध जितेपछि नेटो सदस्य हुन्छः अमेरिकी विदेशमन्त्री

    काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कले युक्रेनले युद्ध जितेपछि नेटो सदस्य हुने बताएका छन् ।

    बेलायती समकक्षी डेभिड ल्यामीसँगै युक्रेनको राजधानी किभ पुगेका ब्लिन्कनले यस्तो बताएका हुन् । युक्रेनले भने रुससँगको युद्ध जित्नु भन्दा अगाडी नेटोमा जोडिन तथा यूरोपेली संघको सदस्यता पाउन आग्रह गरिरहेको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेनको सदस्यताको लागि आवश्यक हुने कमाण्ड सेन्टर पनि स्थापना गरिने ब्लिन्कनले बताएका छन् । हंगेरी र स्लोभाकियाले युक्रेनलाई नेटोमा युद्ध भएको समयमा ल्याउन नसकिने बताइरहेका छन् ।

    नेटो अमेरिका नेतृत्वको ३२ देशको सैन्य संगठन हो । यो संगठनले रुस सीमासम्म पुग्ने कसरत युक्रेनबाट गर्ने क्रममा रुस र युक्रेन समस्या चुलिएको हो । यहि कारण रुसले युक्रेनमा हमला गरेको बताउँदै आएको छ ।

    अहिले सदस्यता नदिएपनि नेटो देशहरुले युक्रेनलाई रुससँग लड्न आवस्यक हातहतियारहरु भने दिँदै आएका छन् ।

  • हिलरी क्लिन्टनले हंगेरिका प्रधानमन्त्रीलाई तानाशाह भनेपछि आलोचना

    हिलरी क्लिन्टनले हंगेरिका प्रधानमन्त्रीलाई तानाशाह भनेपछि आलोचना

    काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन पत्नी, पूर्वअमेरिकी विदेश सचिव तथा डोनाल्ड ट्रम्पसँग चुनावमा पराजित भएकी राष्ट्रपति उम्मेदवार हिलरी क्लिन्टनले हंगेरीका प्रधानमन्त्रीलाई तानाशाह भनेकी छन् ।

    अमेरिकाको राष्ट्रपतीय चुनावी बहसमा कमलाले विश्वभरका नेताहरूले नमान्ने भन्दा प्रतिवाद गर्दै ट्रम्पले आफूलाई हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले समर्थन गरेको बताएका थिए ।

    यसबारेमा प्रतिक्रिया दिँदै हिलरीले सामाजिक सञ्जालमा अमेरिकी मिडिया भक्सको समाचार साभार गरेर भिक्टर ओर्बानलाई ‘लोकतन्त्र मास्ने हंगेरीका तानाशाह’ उपमा दिएकी थिइन् । यसबारेमा हंगेरीले कडा प्रतिवाद गरेको छ ।

    ओर्बानको कार्यालयका राजनीतिक निर्देशक बालाज ओर्बानले राजनीतिक विपक्षीलाई थुन्न खोज्नु, निराज जनताले भोट नदिने भनेपछि आप्रवासीलाई मताधिकार दिएर चुनाव जित्नु, चुनावी पारदर्शिता नदेखाउनु चैँ लोकतन्त्र मास्ने तानाशाह हुने बताएका छन् ।

  • ट्रम्प-कमला बहसपछि टेलर स्वीफ्ट कमलाको पक्षमा खुलिन्

    ट्रम्प-कमला बहसपछि टेलर स्वीफ्ट कमलाको पक्षमा खुलिन्

    काठमाडौं । अमेरिकाकी मेगा सेलिब्रेटी गायिका टेलर स्वीफ्टले राष्ट्रपति उम्मेदवारमा कमला ह्यारिसलाई समर्थन गरेकी छन् ।

    सामाजिक सन्जाल इन्स्टाग्राममा उनले आफूले खोजेको उम्मेदवार कमला भएको भन्दै समर्थन देखाएकी छन् । ३४ वर्षकी स्वीफ्टले कमलालाई ‘गिफ्टेड लिडर’ भन्दै तारिफ गरेकी छन् । टेलर स्वीफ्टले ट्रम्पलाई समर्थन गरेको सार्वजनिक भएपछि खर्बपति तथा ट्रम्प समर्थक एलन मस्कले व्यंग्य गरेका छन् ।

    आफ्नै स्वामित्व भएको सामाजिक सन्जाल एक्समा लेख्दै उनले भनेका छन, ‘ठीक छ टेलर । तिमीले जित्यौं । म एउटा बच्चा पठाएर तिम्रो बिरालो रुङ्ने छु ।’

    आज राष्ट्रपतीय चुनाव बहसमा कमलासँग बोल्दै अवैधानिक आप्रवासी आएर घरेलु जनावर कुकुर, बिरालो नि खाएको कुरा ट्रम्पले आरोप लाएका थिए । यही कुरा जोडेर एलनले व्यङ्ग गरेका हुन् ।

  • अमेरिका पुगेर राहुलको बीजेपीविरोधी बोली- आदिवासी, अडानी, अम्बानी र आरएसएसबारे के भने ?

    अमेरिका पुगेर राहुलको बीजेपीविरोधी बोली- आदिवासी, अडानी, अम्बानी र आरएसएसबारे के भने ?

    काठमाडौं । हालसालै अमेरिकाको जर्जटाउन विश्वविद्यालय पुगेर भारतीय कंग्रेसका नेता तथा भारतीय सदनका प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले बहसमा भाग लिए । एक घण्टा हाराहारी बोलेका उनको बोलीलाई लिएर भारतीय मिडियामा बहस भएको छ । भारतीय जनता पार्टी (बीजेपी) ले राहुलको बहसलाई चर्को आलोचना गरेको छ ।

    विदेशमा पुगेर भारत र बीजेपीको विपक्षमा बोलेको र चीनको पक्षमा बोलेको भन्दै उनको चर्को आलोचना गरिरहेका छन् । तर, भारतीय अवार्ड बिजेता पत्रकार रविश कुमारले भने राहुलको तारिफ गरेका छन् । भारतका जेएनयू, बीएचयू जस्ता विश्वविद्यालयहरूका बहस तथा ‘गोदी मिडिया’ का कन्क्लेभहरूमा निम्तो नगरिएका राहुललाई विदेशीले निम्तो गर्नुपर्ने बाध्यता भएको बताएका छन् ।

    उनले आफ्नो भिडिओमा बोल्दै राहुललाई विश्वविद्यालयमा निषेध गरिएको तर मोदीले सन २०१४ को चुनाव अगाडि भारतका विभिन्न क्याम्पसहरूमा बोल्दा कुनै विश्वविद्यालयका अधिकारीहरू कारवाहीमा नपरेको बताएका छन् । जर्जटाउवन विश्वविद्यालयको स्कुल अफ फरेन सर्विसमा बोल्दा मुलतः राहुलले आरएसएस, आरक्षण, आदिवासी, अडानी, अम्बानी, निर्वाचन, गठबन्धन आदिबारेमा बोलेका छन् ।

    बीजेपी जातप्रथाको पक्षमा, कंग्रेस विपक्षमाः पछिल्लो चुनावपछि मोदीसँग मान्छे डराउन छोडे

    राहुलले अहिले देखिएको बीजेपी र कंग्रेसको समस्या अहिलेको मात्रै नभएर लामो भएको बताएका छन् । हजार वर्षभन्दा धेरै अगाडिबाट भारतमा जातप्रथाको समस्या भएको र बीजेपी पक्ष तर कंग्रेस विपक्षीमा भएको उनले बताए । उनले बीजेपीसँगै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को पनि आलोचना गरे । भारतको शिक्षामा आरएसएसले खराबी गरेको बताए । बीजेपीले भन्ने भारत विगतको भारत भएको तर आफूहरूले भन्ने भारत भविष्यको भन्दै उनले पटकपटक बीजेपी र आरएसएसको आलोचना गरे ।

    बीजेपीले सन २०२४ को चुनावमा भने खराब प्रदर्शन गरेर मोदीको नुर गिरेको उनले बताए । मोदी गुजरातमा मुख्यमन्त्री हुँदा र भारतमा दश वर्ष प्रधानमन्त्री हुँदा सरकार र सदन एकछत्र चलाएकोमा अहिले त्यस्तो नभएको भन्दै राहुलले भने, ‘अब मोदीसँग कोहि डराउँदैनन् ।’

    मोदीले आफूले भगवानसँग कुरा गर्छु भन्दा आफूहरुले चुनावमा त्यो कुरालाई ध्वस्त बनाएको राहुलले बताए । तर, मोदीसँग विचार फरक भएपनि आफू उनले भने, ‘तर, म मोदीलाई घृणा चैँ गर्दिनँ ।’

    भारतका अनुसन्धान निकाय बीजेपीको कब्जामा, बैंक रोक्का हुँदा चुनावमा कंग्रेस

    भारतका सबै अनुसन्धान निकाय बीजेपीको कब्जामा भएको राहुलले बताए । पछिल्ल्लो चुनावमा कंग्रेसले आफ्नो बैंक खाता रोक्का हुँदाहुँदै चुनाव लडेको बताए ।

    उनले भने, ‘हाम्रा कोषाध्यक्षले बैंक खाता रोक्का भएको छ भने । मैले केहि चुनावमा जाउ भने ।’

    भारतमा कंग्रेस राहुलका हजुरबा देखि अहिले ज्यादै कमजोर भएको भन्दा राहुलले कंग्रेस खराब समयबाट जुधेर आएको र आफूलाई पुनःनिर्माण गर्न सफल भएको बताए । भारतका बैंकहरुको सरकारीकरण र पछि नीजिकरण दुवैमा कंग्रेस भएको भन्दै उनले कंग्रेस बदलिन समस्या नहुने बताए ।

    ९० प्रतिशत भारतीय जनतामा स्वतन्त्रताको लाभ आएको छैन

    राहुलले भारतका २०० शीर्ष व्यापारिक घरानामा भारतका ९० प्रतिशत जाति नभएको, भारतीय मूलधारका मिडियामा उनीहरू गयल भएको र सरकारले उनीहरूलाई नहेरेको बताए । त्यही भएर आफूले जाति गणनाको कुरा गरेको बताए । सबैजातिको राज्यमा ‘भागिदारी’ बढाउन आफूले यस्तो ल्याएको उनले बताए ।

    उनले भने, ‘९० प्रतिशत जनतालाई अवसर हुँदै नहुने देशमा मलाई बस्नु छैन । यो हो मेरो अडान ।’

    आफूले भारतका आदिवासी, दलित, तल्ल्लो तप्कालाई हेर्ने काम चाहेको र बीजेपी सरकारबाट त्यो नभएको उनले बताए । सरकारले धनीहरूको ऋण मिनाहा गरेको र साना तथा मझौला व्यवसायीहरूको नगरेको भन्दै उनले आलोचना गरे । भारतमा पास अंकमात्रै ल्याउनेले डाक्टर बन्न पाउने तर ९० प्रतिशत कटाउनेसँग पैसा नहुँदा डाक्टर बन्न नपाउने राहुलले बताएर आफू यस्तो पक्षमा नभएको बताए ।

    बीजेपी र मिडियाले खेल्ने भएकोले चुनाव जितेरमात्रै विपक्षी दलको नेता चयन गर्ने

    प्रश्नकर्ताले भारतमा इण्डिया गठबन्धनको एक नेता कहिले बन्छ ? को हो नेता भन्ने प्रश्नमा राहुले आफूले त्यो नभन्ने बताए । किन नभन्ने भन्ने सवालमा उनले अहिले नै त्यसो गर्दा को नेता बन्ने कस्तो नेता बन्ने भनेर बीजेपी र मिडियाले गिजोल्ने भएर घोषणा नगरेको भन्दै उनले भने, ‘चुनाव जितेपछि मात्रै हामी यसबारेमा काम गर्छौ ।’

    कंग्रेसले धेरै गठबन्धन सरकारको नेतृत्व गरेको अनुभव भएकोले गठबन्धन टिकाउन कुनै समस्या नहुने पनि उनले बताए । चुनाव जित्ने भन्नुको अर्थ उनले बहुमत ल्याउने भनेका हुन् । प्रश्नकर्ताले शिवसेना जस्ता हिन्दूवादीेदेखि धर्मनिरपेक्ष दलहरु सबैको गठबन्धन भएको भन्दै मोदीलाई सत्ता बाहिर लाने बाहेक अरु के कुरा मिल्छ भन्ने प्रश्नमा राहुलले भने, ‘हाम्रा धेरै कुरामा समान मत छ ।’

    अडानी अम्बानीले उत्पादन गदैैनन्, चीनबाट किनेको समान बेच्छन्

    मोदीले जनताको लागि होइन दुई-तीन थान व्यापारिक समुहको लागि काम गर्ने उनले बताए ।

    राहुलले भारतीय सत्तासँग निकट भएका मानिने व्यापारिक घरानाका दुई ठूला अनुहार अम्बानी र अडानकोको नामै लिए । उनले उनीहरुले कुनै उत्पादनमा काम नगरेको तर सामान किनेर बेचेर नाफा लिने काम मात्रै गरेको उनले बताए । उनीहरुले चीनबाट किनेको सामान बिक्रि गर्ने गरेको राहुले बताए ।

    सन् १९४०, ५० र ६० को दशकमा गाडीदेखि विद्युतीय सामानहरू अमेरिका तथा यूरोपमा बनेको मात्रै पाइनेमा अहिले त्यस्तो नभएर चीनमा बन्ने बताए । चीनले उत्पादनमा ध्यान दिएको तर भारतले खपतमा ध्यान दिएको भन्दै उनले भने, ‘जीएसटी लाउनु खपतमा जोड गर्नु हो । जीएसटी उत्पादनमा खराब हो ।’

  • अमेरिकी राष्ट्रपतीय बहसः ट्रम्प र कमलाबीचका यी ५ अन्तरविरोध

    अमेरिकी राष्ट्रपतीय बहसः ट्रम्प र कमलाबीचका यी ५ अन्तरविरोध

    काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय चुनावमा विश्वभरका मानिसहरूले चासो राख्ने गर्छन् । अब अमेरिकाको राष्ट्रपति को बन्छ भन्ने विषयलाई विश्व समुदायले नै नजिकबाट नियाल्ने गरेका छन् ।

    अमेरिकी चुनावको एउटा आकर्षण भनेको ‘प्रेसिडेन्सियल डिबेट’ अर्थात राष्ट्रपतीय बहस पनि हो । राष्ट्रपतीय बहसलाई एकप्रकारले उम्मेदवारहरूको ‘अडिसन’ का रूपमा लिने गरिन्छ । यस बहसमार्फत उम्मेदवारहरूले आफ्नो भिजन र एजेण्डाहरू प्रस्तुत गर्ने गर्छन् । प्रतिस्पर्धी उम्मेदवारभन्दा आफू किन अब्बल छु भनेर देखाउने प्रयास गर्छन् । यस बहसले पनि ठूलो संख्यामा जनमत प्रभावित बन्न सक्ने विश्वास गरिन्छ । यस किसिमको अभ्यास अमेरिकामा मात्र नभएर बेलायत, क्यानडा, फ्रान्स लगायतका अन्य देशहरूमा पनि छ ।

    आगामी नोभेम्बर ५ मा अमेरिकाले आफ्नो ४७ औँ राष्ट्रपति पाउने छ भने ४७ औँ राष्ट्रपति बन्ने दौडमा छन् रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस । यी दुवै दाबेदारबीच आज पहिलो राष्ट्रपतीय बहस सम्पन्न भयो ।

    ट्रम्प र ह्यारिसबीच रुस-युक्रेन युद्ध, अध्यागमन नीति (सीमा सुरक्षा) तथा आप्रवासीसँग सम्बन्धित मुद्दा, प्रजनन् तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकार, चीनसँग सम्वन्धित मुद्दा र आर्थिक विकास एजेण्डामा विभिन्न अन्तरविरोधहरू बहसमा प्रकट भएका थिए । यहाँ हामी यी दुई उम्मेदवार आमने-सामने हुँदा यी पेचिला मुद्दामा के कस्ता धारणा व्यक्त गरे भन्ने चर्चा गर्ने छौं ।

    रुस-युक्रेन युद्ध

    रुस-युक्रेन युद्धको सन्दर्भमा ट्रम्प र ह्यारिसबीच स्पष्ट अन्तरविरोध रहेको देख्न सकिन्छ । ट्रम्पले रुस-युक्रेन युद्दमा अमेरिकाको ठाडो हस्तक्षेप हुनुहुँदैन भन्ने वकालत गर्दै आएका छन् । अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गर्न नहुने उनको धारणा छ । आफू अमेरिकाको राष्ट्रपति भएमा रुस-युक्रेनबीच शान्ति सम्झौता गराउनतर्फ आफू केन्द्रित हुने ट्रम्पले बताउने गरेका छन् ।

    कमला ह्यारिस भने प्रष्टरूपमा युक्रेनको पक्षमा रहेकी छिन् । ह्यारिसले युक्रेनमा अमेरिकी सैन्य सहायतालाई निरन्तर समर्थन गर्दै युक्रेनले लोकतन्त्र र कानूनी शासनको लागि संघर्ष गर्दै आएको बताएकी छिन् ।

    राष्ट्रपतीय बहसमा पनि यी दुई उम्मेदवारबीच रुस-युक्रेन युद्धलाई लिएर प्रष्ट ‘टसल’ देखियो । अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्नु पर्छ ? भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिए, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुनु नै अमेरिकाको हितमा छ । यो युद्ध अब सकिनुपर्छ र सम्झौता हुनुपर्छ । हामीले मानवीय क्षतिलाई रोक्नु पर्छ ।’

    ट्रम्पले बाइडेनमा नेतृत्व क्षमताको कमिले गर्दा नै रुसले युक्रेनमाथि हमला गरेको आरोप समेत लगाए ।

    यता ह्यारिसले भने ट्रम्पको यो धारणाप्रति प्रतिवाद गरिन् ।

    उनले प्रश्न गरिन्, ‘के तपाईं जारी युद्दमा युक्रेनले जितेको हेर्नु चाहनुहुन्छ ?’

    यदि अहिले ट्रम्प अमेरिकाको राष्ट्रपति भएको भए रुसी राष्ट्रपति पुटिनले युक्रेनमा राज गरिरहेको हुने दावी गरिन् । उनले पुटिनको मनसाय युक्रेनमा मात्र जित हासिल गर्नु नरहेको समेत बताइन् ।

    ‘बुझ्नुहोस्, हाम्रा युरोपेली सहयोगीहरू (नाटो राष्ट्रहरू) तपाईं राष्ट्रपति नभएकोमा आभारी छन्,’ उनले थपिन्, ‘ट्रम्पले आफु राष्ट्रपति भएको खण्डमा रुस-युक्रेन युद्ध २४ घण्टामा रोकिनेछ भन्नुको अर्थ उहाँले युक्रेनको साथ छोड्नु हुनेछ भन्ने हो ।’

    सीमा सुरक्षा तथा आप्रावासीसँग सम्बन्धित मुद्दा

    अध्यागमनसँग सम्बन्धित मुद्दामा ट्रम्प र ह्यारिसबीच अन्तरविरोध रहेको कुरा पनि जगजाहेर छ । यस्ता मुद्दालाई ट्रम्पले विशेष महत्वका साथ उठाउने गर्छन् ।

    कडाभन्दा कडा अध्यागमन नीतिको वकालत गर्दै आएका ट्रम्प मेक्सिको सिमानामा पर्खाल लगाउनुपर्ने पक्षमा छन् भने कमला अप्रमाणित आप्रवासीहरूका लागि नागरिकताको बाटो र आप्रवासनका मूल कारणहरूलाई सम्बोधन गर्नेलगायतका व्यापक अध्यागमन सुधारलाई समर्थन गर्छिन् ।

    राष्ट्रपतीय बहसमा पनि ट्रम्पले यस मुद्दालाई विशेषरूपले उठाउने प्रयास गरे । ट्रम्पले बहसको पहिलो आधा घण्टाभित्रै पटक-पटक यो विषय उठान गरेका थिए । यस विषयमा कमला अलिक सजग र संयमित देखिइन् ।

    अध्यागमनसम्बन्धी पहिलो प्रश्नको जवाफमा उनले ट्रम्पका सहयोगीहरूका कारण अध्यागमन विधेयक असफल भएको जिकिर गर्दै ट्रम्प अध्यागमन तथा शरणार्थीसँग सम्बन्धित समस्या समाधान गर्नुभन्दा पनि यसबाट भाग्न तत्पर रहेको आरोप लगाइन् । बहसको क्रममा कमलाले ट्रम्पले आप्रवासीहरू लक्षित गर्दै असंवेदनशिल टिप्पणी गरेको विषयको पनि उठान गरेकी थिइन् । ट्रम्पले केही समय अगाडि ओहायो आप्रवासीहरूले कुकुर मारेर खाएको बताएका थिए । उक्त अभिव्यक्ती अतिवादी भएको ह्यारिसको आरोप छ ।

    प्रजनन् तथा लैङ्गिक अल्पसंख्यक अधिकार

    प्रजनन् तथा लैङ्गिक अल्पसंख्यक अधिकारको विषयलाई लिएर पनि ट्रम्प र ह्यारिसको भिन्न-भिन्न धारणा रहेको छ । यद्यपि आज भएको बहसमा भने ट्रम्पले आफु कृत्रिम गर्भधारण (आइभिएफ) को विरुद्धमा नरहेको दाबी गरे ।

    बहसको क्रममा ह्यारिसले गर्भपतन सम्बन्धित रोए भि वेड नामक नियम उल्टिसकेपछि अमेरिकाका कतिपय राज्यहरूमा गर्भपतन प्रतिबन्ध भएको र कतिपय ठाउँमा प्रतिबन्ध नै नभएपनि गर्भपतन सेवा अत्यन्तै जटिल रहेको विषय उठाएकी थिइन् । उक्त नियमलाई उल्टाउन ट्रम्पको अप्रत्यक्ष संलग्नता रहेको बताइने गरिन्छ ।

    यता ट्रम्पले भने आफु गर्भपतन सेवालाई प्रतिबन्ध लगाउनु पर्छ भन्ने पक्षमा नरहेको बताए । यद्यपि रोए भी वेडलाई उल्टाएर गर्भपतनको संघीय अधिकारलाई अन्त्य गर्नाले राज्यहरूलाई प्रजनन् अधिकार नियमन गर्न सहजता प्रदान गर्ने उनको भनाइ छ । उनले गर्भपतनसँग सम्बन्धित अधिकार राज्यहरूमा निहित हुनुपर्छ भनेर विज्ञहरूले आफूलाई सुझाव दिएको पनि बताए । तर, ह्यारिसले भने ट्रम्प गर्भपतनलाई प्रतिबन्ध लगाउने पक्षमा रहेको दाबी गरिन् ।

    चीन – अमेरिका सम्बन्ध

    बहसमा चीनसँगको सम्बन्धलाई लिएर ह्यारिस ट्रम्पप्रति आक्रामक शैलीमा प्रस्तुत भइन् । ट्रम्पले बाइडेन प्रशासनले चीनबाट आयातित वस्तु तथा सेवामा लगाएको करको विषय उठान गर्नासाथ ह्यारिसले ट्रम्पको चीनसँग सम्बन्धित नीति र कोभिड-१९ महामारीमा उनको चीन लक्षित धारणाको विषयमा प्रश्न उठाइन् ।

    ‘ट्रम्पको प्रशासनले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै व्यपार घाटा निम्त्यायो भन्ने विषयमा हामी स्पष्ट छौँ,’ उनले थपिन्, ‘तपाईं चीनसँग डोनाल्ड ट्रम्पको सम्बन्धबारे थप कुरा गर्न चाहनुहुन्छ ? ट्रम्पको नेतृत्वको समयमा अमेरिकाले चीनलाई ‘चीप’ हरू बेचेको थियो, जसले उनीहरूलाई आफ्नो सैन्यशक्ती बढाउन र हतियारहरूलाई आधुनिकीकरण गर्न मद्दत गर्यो । यसको अर्थ के हो भने ट्रम्पले २१ औँ शताब्दीमा अमेरिका सबैभन्दा अगाडि हुनुपर्छ भन्ने हाम्रो नीति नै चीनलाई बेचे ।’

    आर्थिक विकासको एजेण्डा

    बहसमा कमला ह्यारिसले ट्रम्पसँग अमेरिकाको आर्थिक विकासको लागि कुनै योजना नभएको आरोप लगाइन् । ट्रम्पले आफ्नो र सीमित केही धनी व्यवसायीहरूको मात्र भलो चाहने ह्यारिसको दाबी थियो ।

    कर्पोरेसन र धनीहरूका लागि कर कम गर्ने नीति ट्रम्पको रहेको उनको भनाइ थियो । ‘डोनाल्ड ट्रम्पको वास्तवमा तपाईंको लागि कुनै योजना छैन, किनभने उहाँ तपाईँको खोजीमा भन्दा आफूलाई बचाउनमा बढी रुचि राख्नुहुन्छ,’ ह्यारिसले भनिन् ।

    यता ट्रम्पले भने बाइडेनको पालामा अमेरिकाको हालसम्मकै खराब आर्थिक अवस्था रहेको आरोप लगाए । ट्रम्पले राष्ट्रव्यापी रूपमा कर बढाउदै छन् भन्ने ह्यारिसको दाबीलाई खण्डन गर्दै उनले आर्थिक विकासको पक्षमा बोल्न सुरू गरेका थिए । महंगीको कारणले गर्दा अहिले अमेरिकाको अर्थतन्त्र भयानक अवस्थामा रहेको र यसले देशलाई टुक्राउने भय रहेको ट्रम्पको भनाइ रहेको थियो ।

  • कमला ह्यारिसको पक्षमा खुलिन् टेलर स्वीफ्ट, घुमाउरो भाषामा ट्रम्पलाई हराउन आह्वान

    कमला ह्यारिसको पक्षमा खुलिन् टेलर स्वीफ्ट, घुमाउरो भाषामा ट्रम्पलाई हराउन आह्वान

    काठमाडौं । चर्चित पप गायिका टेलर स्वीफ्ट औपचारिक रुपमा कमला ह्यारिसको पक्षमा खुलेकी छन् । ह्यारिस र ट्रम्पबीचको पहिलो बहसपछि टेलर स्वीफ्ट ह्यारिसको पक्षमा खुलेकी हुन् ।

    मंगलबार भएको राष्ट्रपतीय बहसपछि टेलर स्वीफ्टले लामो इन्स्टाग्राम पोस्ट लेखेर आफू ह्यारिसको पक्षमा रहेको बताएकी छन् । इन्स्टाग्राम पोस्टमा लेखेकी छन्, ‘२०२४ को राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिस र टिम वाल्जलाई भोट दिँदैछु । किनभने उनी अधिकारका लागि लड्छिन् ।’

     

    View this post on Instagram

     

    A post shared by Taylor Swift (@taylorswift)

    उनले ट्रम्पलाई इंगित गर्दै अमेरिकनहरु अराजक नेतृत्वद्धारा शासित नभएमा धेरै कुरा हासिल गर्न सकिने उल्लेख गरेकी छन् । एलजीबिटीब्यु प्ल्स, आइभीएफ र महिला अधिकारका पक्षमा लामो समयदेखि वाल्जले लडिरहेकाले आफू ह्यारिसले छनोट गरेको उपराष्ट्रिपतिको उम्मेदवारबाट निकै प्रभावित भएको उल्लेख गरेकी छन् ।

    उनले घुमाउरो भाषामा ह्यारिसलाई भोट गर्न अह्वान गर्दै लेखेकी छन्, ‘मैले लामो अनुसन्धानमार्फत् आफ्नो निर्णय लिएकी छु । तपाईंहरु पनि आफ्नो निर्णय लिनुहोला । विशेष गरेर पहिलोपटक भोट हाल्दै गर्नुहुने मतदातालाई यो भन्न चाहन्छु कि तपाईहरुले भोट गर्नका लागि पहिला मतदाता नामावलीमा तपाई दर्ता भएको हुनुपर्छ । प्रारम्भिक मतदान गर्न एकदै सजिलो छ ।कहाँ रजिस्टर हुने र प्रारम्भिक भोटिङ डेट पत्ता लगाउने भनेर म मेरो इस्न्टा स्टोरीमा लिंक पनि हाल्नेछु ।’

    उनले केही समयअघि एआईमार्फत् गलत तरीकाले ट्रम्पको पक्षमा आफूलाई खुलेको देखाएको पनि बताएकी छन् । अमेरिकी राष्ट्रपतिको निर्वाचन आउँदो नोभेम्बरमा हुँदैछ । वर्तमान राष्ट्रपछि जो बाइडेनले उम्मेदवारीबाट हात झिकेपछि ह्यारिस–ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ ।

  • ट्रम्पको दावी- कमला ह्यारिस मार्क्सवादी हुन्, उनका पिता मार्क्सवादका प्राध्यापक

    ट्रम्पको दावी- कमला ह्यारिस मार्क्सवादी हुन्, उनका पिता मार्क्सवादका प्राध्यापक

    काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको गर्मी चलिरहेका बेला डोनाल्ड ट्रम्पले आफ्नी प्रतिस्पर्धीलाई कमरेड कमला ह्यारिस भनिरहेका छन् ।

    पछिल्लो टेलिभिजन बहसका क्रममा कमला ह्यारिस कम्युनिस्ट भएको दावी दोहोर्याउँदै ट्रम्पले उनी माक्र्सवादी भएको बताएका छन् ।
    ‘कमला ह्यारिस माक्र्सवादी हुन् र उनका पिता मार्क्सवादी प्राध्यापक थिए,उनले अर्थशास्त्रमा मार्क्सवाद पढाउँथे र उनलाई तिनका पिताले राम्रोसँगमार्क्सवाद पढएका छन’ ट्रम्पले भने ।

    ट्रम्पले आफूलाई मार्क्सवादी भनेर चिनाइरहँदा कमला भनेर हाँसेर सुनिरहेकी थिइन् ।

    हाल अमेरिकी उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेवारी फिर्ता लिँदै डेमोक्रेट पार्टीबाट उम्मेदवारका रुपमा अघि सारेका थिए । कमला ह्यारिसका पिता डोनाल्ड जे ह्यारिस जमैकामा जन्मिएका अमेरिकन प्राध्यापक हुन्,जसले स्टानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्र पढाउँथे ।

    कमलाकी आमा भने भारतीय मूलकी श्यामला गोपालन हुन्,त्यसैलेको उनको नाम पनि हिन्दुबाट राखिएको हो । उनकी एक बहिनी माया ह्यारिस छिन् भने कमलाका माता पिताको सन् १९७१ मै डिभोर्स भएपछि उनी आमा श्यामला गोपालनसँग हुर्किएकी थिइन् । उनको १५ वर्षअघि निधन भइसकेको छ । कमलाका हजुरबुबा पिवी गोपालन भने भारत सरकारका प्रशासक थिए ।

  • अमेरिका र उसका साझेदारसँग भिड्न आणविक शक्ति तयार गर्न किम जोङ उनको आग्रह

    अमेरिका र उसका साझेदारसँग भिड्न आणविक शक्ति तयार गर्न किम जोङ उनको आग्रह

    काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिका तथा उसका साझेदार देशहरुसँग भिड्नको लागि आणविक शक्ति तयार गर्न निर्देशक दिएका छन् ।

    उत्तर कोरियाली आधिकारिक समाचार एजेन्सी केसीएनएको समाचार साभार गरेर जर्मनीले विश्व च्यानल डिडब्लूले उल्लेख गरे अनुसार किमले सोमबार यस्तो निर्देशक दिएका हुन् ।

    अमेरिका र उसका पिछलग्गु देशहरु भन्दै जापान तथा दक्षिण कोरियालाई संकेत गर्दै किमले उनीहरुबाट आउने जोखिम सामना गर्न यस्तो निर्देशन दिएको बताइएको छ । यहि नोभेम्बरमा अमेरिकामा हुन लागेको राष्ट्रपतिय चुनाव लक्षित गरेर उत्तर कोरियाले केहि थप उत्तेजक हतियारहरु प्रक्षेपण गर्ने डिडब्लूले उल्लेख गरेको छ ।

    सन २०२२ पछि उत्तर कोरियाले आफ्नो आणविक शक्ति तारकातार मिसाइल परिक्षण गरेर बलियो बनाएको बताइएको छ । अमेरिकाको भूमिसम्म आणविक हतियार प्रहार गर्ने प्रविधी उत्तर कोरियाले विकास गर्न बाँकी भएपनि जापान र दक्षिण कोरियासम्म पुग्ने हतियार भने बनाएको पश्चिमा विष्लेशकहरुले बताउँदै आएका छन् ।

    रुसलाई पश्चिमा देशहरुले घेराबन्दी गरेपछि उसले उत्तर कोरियालाई केहि प्रविधि दिने खासगरि रकेट क्षेत्रमा दिने बताइने गरेको छ । गत जुनमा पुटिन उत्तर कोरिया पुगेर दुई देशको विकासदेखि ककेट क्षेत्रसम्म सहकार्य गर्ने बताएका थिए ।

    पछिल्ल्ला समयमा रुसी विज्ञहरु उत्तर कोरियाको भ्रमणमा किस्ता किस्तामा पुगेका समाचार पनि सार्वजनिक भएका छन् । रुसी युद्धमा उत्तर कोरियाले हातहतियार सहयोग गर्ने तथा उत्तर कोरियालाई अन्न तथा अन्तरिक्ष कार्यक्रममा रुसले साथ दिने कुरा बताउइदै आएको छ ।

  • भियतनाममा सामुद्री आँधी ‘यागी’ आउँदा पुलमा गुड्दा गुड्दैका कार खसे नदीमा (भिडिओ)

    भियतनाममा सामुद्री आँधी ‘यागी’ आउँदा पुलमा गुड्दा गुड्दैका कार खसे नदीमा (भिडिओ)

    काठमाडौं । भियतनाममा आएको सामुद्रिक आँधी ‘यागी’ आउँदा नदीको पुलमा गुडिरहेका कारहरु खसेका छन् ।

    यसरी खसेको भिडिओ बेलायती विश्व च्यानल बीबीसीले सार्वजनिक गरेको छ । बीबीसीका अनुसार उत्तरी भियतनाममा शनिबार आएको आँधी यागीका कारण ६० जनाको ज्यान गएको र २४० भन्दा धेरै घाइते भएको औपचारिक पुष्टि भएको छ ।

    भियतनामको फू थो प्रान्तको फोङ चाउ पुल भत्किएर कार नदीमा खसेको भिडिओ सार्वजनिक भएको छ । गुड्दै गएको अर्को गाडीले खिचेको फूटेज बीबीसीले प्रशारण गरेको छ ।

    यो आँधीलाई पछिल्लो तीस वर्षमा आएको सबैभन्दा विशाल आँधी मानिएको छ जसका कारणले १५ लाख जनताको घरमा बिजुली बत्ति बन्द भएको छ ।