Category: विश्व प्रेस

  • ट्रम्पको शपथ अघि परिवारका सदस्य चर्चमा, जाडोका कारण कार्यक्रम कोठामा हुने

    ट्रम्पको शपथ अघि परिवारका सदस्य चर्चमा, जाडोका कारण कार्यक्रम कोठामा हुने

    काठमाडौं । आज शपथ ग्रहण लिन लागेका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुगेको छ ।

    त्यसै क्रममा उनका परिवारका सदस्यहरु अमेरिकाको राजधानी वासिङटन डीसीमा रहेको चर्चमा कार्यक्रमभन्दा अगाडि आएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    तापक्रम ज्यादै घटेकोले आजको शपथ ग्रहण भित्री कोठामा हुने भएको छ । यस अगाडि बाहिर हुने गरेको थियो । ट्रम्पको शपथ ग्रहण समारोहमा पहिलोपटक विदेशी सरकारका प्रतिनिधिहरु बोलाइएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

    चीनका उपराष्ट्रपति तथा भारतका विदेशमन्त्री शपथ ग्रहण समारोहमा सहभागी हुने समाचार आएका छन् । ट्रम्पले गत कार्यकालमा बाइडेनसँग पराजित भएर लगातार दुई कार्यकाल राष्ट्रपति चलाउन नपाएता पनि गत नोभेम्बरको चुनावमा बाइडेनको दल डेमोक्रेटिक उमेद्वार कमला ह्यारिसलाई हराएर रिपब्लिकन पार्टीका ट्रम्प विजयी भएका हुन् ।

    अझ रोचक कुरा पहिलोपटक राष्ट्रपति हुँदा पनि ट्रम्पले महिला उमेद्वारलाई नै पराजित गरेका थिए । आजै ट्रम्पले तीन निर्णय लिने बीबीसीले बताएको छ ।

     

  • कार जोतेर ३५ जनाको ज्यान लिने चालकलाई चीनमा मृत्युदण्ड

    कार जोतेर ३५ जनाको ज्यान लिने चालकलाई चीनमा मृत्युदण्ड

    काठमाडौं । चीनमा आफूले चलाएको कार जोतेर ३५ जनाको ज्यान लिने एक चालकलाई मृत्युदण्डको फैसला सुनाइएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार गत नोभेम्बरमा कार जोतेका फा वेइछिउलाई मृत्युदण्ड दिइएको हो ।

    ६२ वर्षका चालकले ३५ जनाको ज्यान लिनुका अतिरिक्त दर्जनौंलाई घाइते पनि बनाएका थिए ।

    चीनको दक्षिणी सहर चुन्हाईमा घटेको त्यो घटनालाई चीनको सवारी इतिहासमा पछिल्लो दशकमा घटेको एक खराब घटनाको रुपमा लिइएको छ ।

    गत डिसेम्बरका ती चालक चिनियाँ अदालतबाट दोषी करार भएका थिए ।

  • जाँदाजाँदै बाइडेनले दिए आम माफी- कोभिड हेर्ने हाकिमदेखि प्रधान सेनापतिसम्म अटाए

    जाँदाजाँदै बाइडेनले दिए आम माफी- कोभिड हेर्ने हाकिमदेखि प्रधान सेनापतिसम्म अटाए

    काठमाडौं । कार्यकाल सकिएर जाँदाजाँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना निकटहरुलाई आम माफी दिएका छन् ।

    आजकै नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण हुँदैछ । उक्त सपथ ग्रहणको अगाडि बाइडेनले आफू निकट सरकारी अधिकारीहरुलाई आम माफी दिएका हुन् ।

    कोभिड १९ कालको अमेरिकाको स्वाथ्य क्षेत्रका नेतृत्व डाक्टर एन्थोनी फाउसी, प्रधान सेनापति मार्क मिले र ट्रम्प बिदा हुँदा भएको क्यापिटोल हिलको जनवरी ६ मा भएको दंगाको छानबिन गर्ने संसदहरुलाई बाइडेनले आममाफी दिएका हुन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार बाइडेनले पूर्ण माफी दिएका हुन् । अब माफी पाएकाहरुलाई कुनै कसुरमा कारबाही हुनेछैन । राष्ट्रसेवक कर्मचारीहरुप्रति अनुग्रहित हुनुपर्ने भन्दै बाइडेनले माफी दिएको बीबीसीले उल्लेख गरेको छ ।

     

  • सर्त अनुसार हमासले तीन बन्धक छोड्दा इजरायलले छोड्यो ९० प्यालेस्टाइनी कैदी

    सर्त अनुसार हमासले तीन बन्धक छोड्दा इजरायलले छोड्यो ९० प्यालेस्टाइनी कैदी

    काठमाडौं । इजरायल र हमासको शान्ति सम्झौता अनुसार इजरायलले ९० प्यालेस्टानी कैदीहरू छोडेको छ भने हमासले तीन बन्धक छोडेको छ ।

    बेलायती विश्व सेवाका अनुसार छोडिएका कैदीहरूमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

    हमासले छोडेका तीन बन्धकमा पनि ३१, २९ र २४ वर्षका महिलाहरू मात्रै छन् ।

    आइतबारबाट युद्ध बिराम भएसँगै गाजाको रेड क्रसलाई हमासले तीन बन्धक बुझाएको थियो ।

    हमासले एक बन्धक बराबर ३० प्यालेस्टाइनी कैदीहरू रिहाइ हुनुपर्ने सर्त अनुसार रिहाइ भएको हो ।

  • अमेरिकी राष्ट्रपति मार्ने आँट पुटिनले नगर्लान् भनेर युक्रेन गएँ : बाइडेन

    अमेरिकी राष्ट्रपति मार्ने आँट पुटिनले नगर्लान् भनेर युक्रेन गएँ : बाइडेन

    काठमाडौं । आजबाट कार्यकाल सकिएर बिदा हुने तरखरमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो युक्रेन भ्रमणको बारेमा खुलासा गरेका छन् ।

    अमेरिकी मिडिया एमएसएनबीसी च्यानलसँग बोल्दै बाइडेनले आफू युक्रेन जानुमा डर भएकोले सार्वजनिक नगरीकन सुटुक्क गएको बताएका छन् ।

    अमेरिकी गुप्तचर, सुरक्षा निकायबोहक अन्त कुनै जानकारी नदिईकन बाइडेन युक्रेनमा सन २०२३ फेब्रुअरी २० मा पुगेका थिए ।

    उनी वासिङटन डिसीबाट पोल्यान्ड आएर त्यहाँबाट १० घण्टाको रेल यात्रामा युक्रेन आएका थिए ।

    आफू युक्रेन जानुको एक कारणबारेमा बाइडेनले भनेका छन्, ‘सबैले मलाई सुरक्षाको कारण देखाएर युक्रेन नजान भनिरहेका थिए । तर, अमेरिकी राष्ट्रपति मार्ने आँट पुटिनले नगर्लान् भनेर युक्रेन गएँ ।’

    बाइडेनले आफूलाई पुटिनसँग नभएर पुटिनबाट परिचारित अतिवादी युक्रेनीबाट हत्या हुने डर भएकोले गुपचुप भ्रमण गरेको बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभेनले भने बाइडेनको युक्रेन यात्राबारेमा केहि घण्टा अगाडी रुसलाई जानकारी गराइएको खुलाएका थिए ।

  • ट्रम्पको शपथग्रहण समारोहमा टीकटक सीइओ अतिथि

    ट्रम्पको शपथग्रहण समारोहमा टीकटक सीइओ अतिथि

    काठमाडौं । सोमबार अर्थात् जनवरी २० मा शपथ लिन लागेका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा टीकटक सीइओलाई निम्तो दिइएको छ ।

    शपथको अघिल्लो दिन अमेरिकामा टीकटक बन्द भएकोमा बन्द भएकै भोलीपल्ट टीकटक सीइओ सु चिउ अतिथि बन्ने खबर सार्वजनिक भएको हो ।

    अमेरिकी अखबार न्यू योर्क टाइम्स लगायतका मिडियाहरुका अनुसार निम्तो मान्न सीइओ आएर फेसबुक देखि एक्सका साहुसँगै एकै लहरमा बस्नेछन्। चिनियाँ स्वामित्वको टीकटकका सीइओ भने सिङ्गापुरका हुन ।

    जनवरी १९ भित्र अमेरिकी कम्पनीलाई बिक्री गर्ने वा प्रतिबन्ध खेप्ने भनेर दुई विकल्प पाएको टीकटकले बिक्री नगरेपछि उक्त एप ‘अँध्यारो भएको’ हो । यही शुक्रवार अमेरिकी राष्ट्रपतिमा चुनिएका ट्रम्म र चिनियाँ राष्ट्रपति सि चिनफिङको वार्ता भएको थियो । वार्ताको एक मुद्दा टीकटक नि भएको ट्रम्पले सार्वजनिक गरेका छन् ।

    अमेरिकाको सबैभन्दा धेरै फलोअर भएका नेता ट्रम्पले टीकटक प्रतिबन्ध खोल्ने धेरैको अनुमान छ । टीकटक सीइओलाई सपथग्रहणममा निम्तो आउनु एक सङ्केत भएको तर्क गरिएको छ ।

  • पदभार सम्हालेको १०० दिनभित्र डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने

    पदभार सम्हालेको १०० दिनभित्र डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपतिमा सोमबार (जनवरी २०)मा सपथ लिने डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको १०० दिन भित्रै चीनको भ्रमण गर्ने भएका छन् ।

    अमेरिकी अखबार वाल स्ट्रिट जर्नललाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरे अनुसार चिनियाँ सामानमाथी करमा कडाई गर्ने धम्कि दिएका ट्रम्पले चीनसँग सम्बन्ध सुधार गर्न चीन भ्रमणमा जान लागेका हुन् ।

    शुक्रबार ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग टेलिफोन कुराकानी गरेका थिए । ट्रम्पले १०० दिन भित्रै चीन भ्रमण गर्ने समाचार शनिबार प्रकाशन भएको हो ।

  • योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी

    योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो ।

    अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर रूपमा लिएको बताइएको छ । केरला औषधी नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधी र जादुमय उपचार (अपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

    उनीहरूमाथि पतञ्जलीको भ्रामक विज्ञापन गरेको कसुर छ ।

  • टीकटकमा डोनाल्ड ट्रम्पका १ करोड १४ लाख फलोअर्स

    टीकटकमा डोनाल्ड ट्रम्पका १ करोड १४ लाख फलोअर्स

    काठमाडौं । अमेरिकामा आज (जनवरी १९) बाट चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टीकटक बन्द भएको छ । तर, भोलि राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका डोनाल्ड ट्रम्प अमेरिकाका सबैभन्दा धेरैले फलो गरिएका राजनीतिक अनुहार देखिएका छन् ।

    टीकटकमा उनका फलोअर्स १ करोड १४ लाख छन् । ट्रम्पले सबैभन्दा पहिलो भिडिओ सन् २०२४ जुन २ मा बनाएका थिए भने सबैभन्दा पछिल्लो भिडिओ नोभेम्बर ६ मा अपलोड गरिएको छ । उनको पहिलो भिडिओ नै १७ करोड ९५ लाखभन्दा धेरैले हेरेका छन् । पछिल्लो भिडिओ ६ करोडभन्दा बढीले हेरेका छन् ।

    ५८ भिडिओ बनाएका ट्रम्प उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरेकी कमला ह्यारिसको फलोअर्स निकै कम छन् । ट्रम्पभन्दा एक महिनापछि टीकटकमा जोडिएकी कमला ह्यारिसको २०२४ जुलाई २६ मा राखिएको पहिलो भिडि‌ओ झण्डै २ करोड ८० लाखले हेरेका छन् ।

    सयभन्दा धेरै भिडिओ बनाएकी कमलाको पछिल्लो भिडिओ नोभेम्बर ७ मा राखिएको थियो । कमलाका फलोअर्स ९२ लाख छन् । टीकटकमा सबैभन्दा धेरै अलोअर्स भएका ट्रम्पले प्रतिबन्ध हटाउन सक्ने बताइएको छ ।

    उनले आतइबार आफूले टीकटकबारेमा समीक्षा गरेर धेरै पर नगई निर्णय लिने उनले स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा उल्लेख गरेको अमेरिकी मिडिया टाइमले उल्लेख गरेको छ ।

  • ट्रम्पको शपथग्रहणको अघिल्लो दिन अमेरिकामा विरोध प्रदर्शन

    ट्रम्पको शपथग्रहणको अघिल्लो दिन अमेरिकामा विरोध प्रदर्शन

    काठमाडौं । सोमबार अमेरिकाको नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ हुँदैछ । शपथग्रहणको अघिल्लो दिन आइतबार उनको विपक्षमा राजधानी वासिङटन डीसीमा हजारौंले प्रदर्शन गरेका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार डोनाल्ड ट्रम्पको विपक्षमा प्रदर्शन गर्नेहरुमा बहसंख्यक महिला छन् ।

    ‘ट्रम्पवाद’को उनीहरुले विरोध गरेको बीबीसीले बताएको छ । ट्रम्प राजधानी आएकै समय पारेर प्रदर्शनी भएको हो ।

    राजधानी वासिङटन डीसीबाहेक न्यू योर्कमा पनि प्रदर्शन भएको बताइएको छ ।

  • अमेरिकामा टिकटक बन्द हुने भएसँगै चिनियाँ एपमा ‘सूचना लैजाउ’ भन्दै धमाधम जोडिँदै अमेरिकी

    अमेरिकामा टिकटक बन्द हुने भएसँगै चिनियाँ एपमा ‘सूचना लैजाउ’ भन्दै धमाधम जोडिँदै अमेरिकी

    काठमाडौं । आजबाट अमेरिकामा चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटक बन्द हुँदैछ, तर अमेरिकी प्रयोगकर्ताहरु धमाधम नयाँ चिनियाँ एपमा जोडिन थालेका छन् ।

    सन् २०२४ अप्रिल २४ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कानूनको प्रमाणीकरण गरेर टिकटकले कि अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने कि त बन्द हुनुपर्ने भन्ने नियम ल्याएका थिए । त्यसैको समयसीमा आइतबार सकिएको हो ।

    सोमबार अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको शपथग्रहण हुनेछ । अझ रोचक कुरा अमेरिकी नागरिकहरु आफ्ना सूचनाहरु चोरिएको नाममा टिकटक बन्द गरेको भन्दै आफ्ना सूचना लैजान भन्दै आफूलाई ‘टिकटक शरणार्थी’ भनेर धमाधम चिनियाँ एपमा जोडिन थालेका छन् ।

    अमेरिकी समाचार एजेन्सी एपीका अनुसार अमेरिकीहरुले स्याओहोङसु नामको इन्स्टाग्राम जस्तै एपमा धमाधम खाता खोल्न थालेका छन् । टिकटक शरणार्थी भन्ने ह्यासट्याग दुई करोड ४० लाख बढीले प्रयोग गरेको एपीले उल्लेख गरेको छ ।

    ३० करोड प्रयोगकर्ता भएको यो एपमा बहुसंख्यक चिनियाँ थिए । अमेरिकीहरु थपिएपछि यसको आकार बढ्ने भएको हो । अमेरिकामा १० करोडभन्दा धेरै टिकटक प्रयोगकर्ताहरु भएको बताइएको छ ।

    कानून बनाएर टिकटक बन्दको बाटो खोलेको अमेरिकी बाइडेन प्रशासनले आफ्नो पक्षको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसको भने टिकटक खाता खोलेर चुनावी प्रचार गरेको थियो । डोनाल्ड ट्रम्पले पनि टिकटक आईडी बनाएर आफ्नो चुनावी प्रचार गरेका थिए ।

    सुरुमा टिकटकको पूर्ण बन्दको पक्षमा रहेका ट्रम्पले पछिल्लो समयमा टिकटकलाई केही समय राख्न सकिने अभिव्यक्ति दिएका थिए ।

  • हमासले सार्वजनिक गर्‍यो पहिलाे चरणमा रिहा हुने तीन बन्धन नाम

    हमासले सार्वजनिक गर्‍यो पहिलाे चरणमा रिहा हुने तीन बन्धन नाम

    काठमाडौं । प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ ।

    ‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,’ बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।

    यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीवरूप कारबाही जारी गरेको थियो ।

    यसैबीच हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन्।

    उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका छन् ।

    यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो।

    प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए ।

    बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछः हमास

    प्यालेष्टिनी इस्लामी समूह (हमास) ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ ।

    समूहका एक अधिकारीले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने बन्धकको सूची तयार भइरहेको र यसलाई ‘कुनै पनि क्षण’ हस्तान्तरण गरिने बताए ।

    उनले गाजामा देखिएको जटिलता र इजरायली बमबारीका कारण सूची निर्धारण कार्यमा ढिलाइ भइरहेको बताए ।

    युद्धविराम वार्तामा सहभागी एक अधिकारीले भने,‘कुनै पनि बेला पहिलो तीन कैदीको नाम हस्तान्तरण गरिनेछ, तर फिल्ड स्थितिको जटिलता र निरन्तर बमबारीले यसलाई ढिलो बनाएको छ ।’

    यसअघि, इजरायलले हमासले सूची हस्तान्तरण गर्न नसकेका कारण युद्धविराममा ढिलाइ भएको बताएको थियो ।

     

  • गाजा युद्धविराम आजदेखि सुरु, विपिन पनि सकुशल रिहा हुने अनुमान

    गाजा युद्धविराम आजदेखि सुरु, विपिन पनि सकुशल रिहा हुने अनुमान

    काठमाडौं । अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका थिए । यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थी सहित करिब एक हजार २०० व्यक्तिको ज्यान गएको थियो । इजरायल र हमासबीच सन् २००८ यता यो पाँचौं भिषण युद्ध हो ।

    सन् १९४८ मा इजरायल स्थापना भएयता इजरायलमाथि यति ठूलो हमला कहिल्यै भएको थिएन । हमासका लडाकूले किब्बुजका घरघरमा प्रवेश गरेर बुढाबुढी, केटाकेटी, युवा जोकोहीलाई निर्ममतापूर्वक हत्या गरेका थिए भने घरबस्तीलाई खण्डहरमा परिणत गरिदिएका थिए । यतिमात्र होइन, उनीहरुले २५१ जना बालबालिका, वृद्ध र युवालाई अपहरण गरेर गाजा लगेका थिए । गाजामा नाकाबन्दी गरेको, अल–अक्सा मस्जिदमा कारबाही गरेको, गाजा र पश्चिम किनारामा जबर्जस्ती बस्ती बिस्तार गरेको बदलामा इजरायलमाथि आक्रमण गर्नुपरेको हमासले बताउँदै आएको छ ।

    यो घटनाबाट आहत भएको इजरायलले हमास विरुद्ध अक्टोबर २७ देखि भिषण स्थल सैन्य र हवाई कारबाही थालेको थियो । हमासलाई समुल नष्ट गर्ने र बन्धकहरुलाई मुक्त गर्ने अभियानमा लागेको इजरायललाई संयुक्तराज्य अमेरिका सहित पश्चिमा देशहरुले आर्थिक, सैनिक, राजनैतिक समेत सबै किसिमका सहायता र आडभरोसा दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको सरकारले हमास बिरुद्ध थालेको सैन्य कारबाहीले हमासले गरेको आक्रमणलाई पनि बिर्साइदिएको छ ।

    अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटका अनुसार, इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यद्यपि यो संख्याका बारेमा फरक फरक विवरणहरु आइरहेका छन् । हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । र, मारिएका मध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् ।

    एक लाख बढी प्यालेस्टिनी अङ्गभङ्ग भएका छन् । मानवीय सङ्कटको चरम स्थितिमा पुगेपनि इजरायली आक्रमण निरन्तर जारी रहेको थियो । गाजाका करिब २३ लाख सर्वसाधारण आफ्ना घर छाडेर टेन्टमा कष्टकर जीवन जिउन बाध्य छन् । उनीहरुका ९० प्रतिशत घर इजरायली बमबारीबाट क्षतिग्रस्त भएको सञ्चार माध्यमहरुले बताएका छन् । युद्धको यस विभिषिकाबाट बच्ने कुनै आशा छाडेका उनीहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष अनेक हारगुहार गरिरहे । गाजाका अधिकांश घरहरु भग्नावशेषमा परिणत भएका छन्, सडकहरु ट्याँक र बमबारीबाट क्षतिबिक्षत छन्, विद्यालय र अस्पताल कुनै बाँकी छैनन् । एक किसिमले गाजामा जातीय सफाया गर्न चाहेको आरोप इजरायलले खेपेको छ, र अन्तर्राष्ट्रिय न्यायालयले इजरायली प्रधानमन्त्री र हमास नेतृत्वमाथि युद्ध अपराधको मुद्दा चलाएको छ ।

    इजरायलले हमासका नेताहरुलाई पनि गाजा र अन्यत्र छानीछानी हत्या गरिदिएको छ । यसक्रममा २०२४ अक्टोबर १६ मा हमासका नेता याया सिनवार इजरायली स्थल सेनाको कारबाहीमा मारिएका थिए भने अर्का बरिष्ट नेता इस्माइल हनिएको इरान भ्रमणका क्रममा हत्या भएको थियो ।

    लेबनान र इरानमाथि आक्रमण

    गाजामा सक्रिय हमास समूहलाई समर्थन गरेको आरोप लगाउँदै इजरायलले २०२४ सेप्टेम्बर २३ देखि लेबनानको दक्षिणी र राजधानी बेरुतका कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित हेज्बोल्लाह लक्षित स्थल र हवाई आक्रमण गरेको थियो । यसक्रममा आठसय भन्दा बढी सर्वसाधारणका साथै ठूलो संख्यामा हेज्बोल्लाह समूहका सदस्यहरु मारिए । हेज्बोल्लाहका नेता हसन नसरल्ला, इब्राहिम अकिल समेत यस समूहका कैयौँ बरिष्ठ सदस्यहरुको पनि ज्यान गएको थियो ।

    झण्डै तीन महिनाको सैनिक कारबाही पछि हेज्बोल्लाह र इजरायली सरकारबीच नोभेम्बर २७ मा युद्धबिराम भएको थियो । यसक्रममा हेज्बोल्लाहले पनि इजरायली सहरहरुमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेर इजरायलमाथि दबाब सिर्जना गरेका थिए । तथापि, इजरायलको सैन्य सामथ्र्य अघिल्तिर हेज्बोल्लाह टिक्न सकेको थिएन ।

    उता मध्यपूर्वमै युद्ध भड्किने आशंका निम्त्याउने गरी इरानले इजरायलमाथि २०२४ अक्टोबर १ मा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो, तर संयुक्तराज्य अमेरिकाको दबाबपछि इजरायलले तत्कालै प्रत्याक्रमण गरेको थिएन । तर इजरायल चुप लागेर बस्ने अवस्थामा थिएन, र उसले पनि इरानमा अक्टोबर २६ मा हवाई आक्रमण गरेर इरानभित्र क्षति गरेको दाबी गरेको थियो ।

    युद्धबिराम, शान्तितर्फको एउटा अवसर

    सन् २०२३ नोभेम्बर २४ मा कतारको मध्यस्थतामा पहिलो युद्धबिराम भएको थियो । यो युद्धबिरामलाई स्थायी बनाउने प्रयत्न हुँदाहुँदै नोभेम्बर ३० मा अर्थात् ६ दिनमा भङ्ग भएको थियो । यस अवधिमा हमास समूहले आफ्नो नियन्त्रणमा रहेका झण्डै १५० जना बन्धकलाई मुक्त गरेका थिए । तर यो युद्धबिरामलाई दिगो बनाउने प्रयास सफल भएन, र सम्पूर्ण बन्धकलाई मुक्त नगर्दासम्म युद्धबिराम नगर्ने र आक्रमण जारी राख्ने इजरायलले घोषणा गरेको थियो ।

    इजरायलले गाजाबासीमाथि शक्तिको चरम दुरुपयोग गरेको भन्दै संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब सिर्जना गरे पनि इजरायली प्रधानमन्त्री टसमस भएनन् । तर अमेरिकामा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मात्र इजरायलले आफ्नो नीतिमा परिवर्तन गरी युद्धबिराममा सहमति जनाउन केही नरम भएको थियो । पछिल्लो युद्धबिराम गराउन पनि बाइडेन प्रशासनका अलावा ट्रम्पका वार्ताकारहरु कतारमा भेला भएका थिए ।

    तीन चरणमा कार्यान्वयनमा ल्याइने यो युद्धबिराम प्रस्तावलाई इजरायली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । युद्धबिराम सम्झौता आज आइतबार बिहान ८:३० (इजरायली समय अनुसार) बजेदेखि सुरु हुँदैछ । युद्धबिराममा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले एक विज्ञप्ति जारी गर्दै गाजापट्टिमा २०२५ जनवरी १९ को बिहान ८:३० बजे (नेपाली समय अनुसार दिउँसो १२:१५ बजे) देखि युद्धबिराम सम्झौता लागू हुने भएकाले युद्धरत सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । युद्धबिरामको गाजाबासी र बन्धक बनाइएका परिवारले स्वागत गरिसकेका छन् ।

    हाल सार्वजनिक भएको प्रस्ताव अनुसार, हमासले छ हप्ताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जना बन्धकलाई मुक्त गर्नेछ जसमा महिला, बालबालिका र वृद्धवृद्धा रहनेछन् भने यसको बदलामा इजरायलले पनि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबन्दी रिहा गर्दैछ । बिबिसीका अनुसार, इजरायलले गाजाक्षेत्रको मुख्य भूभागबाट आफ्ना सेनालाई फिर्ता ल्याउन सुरु गर्नेछ । बिस्थापित गाजाबासीलाई आफ्ना घर फर्कन दिइने छ । गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ । इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौं ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन् । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले गाजामा खाद्यान्न बोकेका ट्रकलाई निर्वाध र सहज प्रवेश दिन द्वन्द्वरत पक्षहरुसमक्ष आह्वान गरेको छ । “गाजाका २३ लाख बासिन्दा खाद्यान्नको चरम अभावमा बाँचिरहेका छन् । उनीहरुलाई जतिसक्दो चाँडो खाद्यान्न दिएर बचाउनु जरुरी छ ।”

    युद्धबिरामको दोस्रो चरणमा बाँकी बन्धकलाई मुक्त गरिने छ भने गाजाबाट सबै इजरायली सैनिक फिर्ता हुनेछन् । तेस्रो चरणमा भने हमासले बन्धक बनाएका तर मृत्यु भइसकेका बन्धकलाई इजरायल फिर्ता गरिने छ भने गाजाको पुनर्निर्माण अभियान सुरु हुनेछ । एक अनुमान अनुसार, हमास समूहलाई समेत सबै बन्धकको स्थितिका बारेमा जानकारी छैन । नेपाली विद्यार्थी विपिन जोशी हमासको अपहरणमा परेका भए पनि अझै उनका बारेमा हमासले केही खुलाएको छैन । यद्यपी, युद्धबिरामको शर्तमै बन्धक बनाइएकाहरु सबैलाई मुक्त गर्ने भनिएकाले यसपटक विपिन सकुशल रिहा हुने अनुमान गर्न सकिन्छ ।

    पछिल्लो युद्धबिरामलाई दिगो बनाउन र गाजामा मानवीय सहायताका साथै पुनर्निर्माणका लागि के गर्ने भन्ने प्रष्ट भइसकेको छैन । गाजाको प्रशासन अब कसले सञ्चालन गर्नेछ रु हमास वा अरु कुनै निकायले रु यो प्रश्न अनुत्तरित छ, र यसमा इजरायल वा अमेरिकी प्रशासनले केही बताएका छैनन् । अतिशय दुःख व्यहोर्न बाध्य गाजाका पीडित बासिन्दा पटकपटकका यस्ता युद्ध सधैँका लागि अन्त्य भएको हेर्न चाहन्छन्, तर यसको दिगो समाधान दुई–राज्य नै हो भन्नेमा बिमति छैन ।

  • ट्रम्पको शपथग्रहणकै दिनबाट गैरकानूनी आप्रवासी पक्राउ र डिपोर्ट हुँदै, सिकागोबाट सुरु हुने

    ट्रम्पको शपथग्रहणकै दिनबाट गैरकानूनी आप्रवासी पक्राउ र डिपोर्ट हुँदै, सिकागोबाट सुरु हुने

    काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० अर्थात् सोमबार अमेरिकी राष्ट्रपतिको शपथ लिएकै दिनबाट गैरकानूनी आप्रवासीहरुमाथिको छापा सुरु हुने भएको छ ।

    अमेरिकी मिडियाहरुले कुनै कानूनी अनुमति नलिइकन यस्तो छापा सुरु हुने बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार गैरकानूनी कामदारहरुको पक्राउ तथा डिपोर्ट (स्वदेश फिर्ता) अभियान सुरु हुनेछ ।

    अमेरिकी मिडिया वाल स्ट्रिट जर्नल तथा न्यू योर्क टाइम्सले सिकागोबाट त्यस्तो अभियान सुरु हुने उल्लेख गरेका छन् । ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासी फिर्ताको अभियान चलाउने बताउँदै आएका छन् ।

  • प्रयागराज महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन

    प्रयागराज महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन

    उत्तर प्रदेश । प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाखभन्दा बढी तीर्थयात्रीले भ्रमण गरेका छन् ।

    महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्याङ्क छ । जनवरी १७ शुक्रबारसम्मको तथ्याङ्कअनुसार हालसम्म ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन् ।

    यसैबीच रक्षामन्त्री राजनाथ सिंहले चलिरहेको महाकुम्भलाई भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व बताए ।

    प्रयागराजमा चलिरहेको महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा स्नान गरेपछि राजनाथ सिंहले एएनआईसँग भने, ‘मलाई भगवानले यो अवसर दिनुभएकोमा म आफ्नो सौभाग्य ठान्छु । आज सङ्गममा स्नान गरेपछि म धेरै सन्तुष्ट महसुस गरेको छु ।’

    ‘यो पर्व भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व हो, जुन प्राचीन वैदिक खगोलीय घटनामा आधारित छ ।’

    शीर्ष भाजपा नेताले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट आयोजना गरेकोमा बधाई पनि दिए ।

    ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघटलाई कुशलतापूर्वक सञ्चालन गर्ने तरिकाका लागि बधाईको हकदार छन् । म उहाँलाई यसका लागि हृदयदेखि बधाई दिन्छु’, उनले भने ।

    सिंहले स्नान गरेपछि पवित्र गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा पूजापाठ गरे । रक्षामन्त्रीसँगै भारतीय जनता पार्टी (भाजपा)का सांसद सुधांशु त्रिवेदीलगायत पार्टीका अन्य नेताहरु पनि थिए ।

    १३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा समापन हुनेछ । -रासस/एएनआई

  • इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या

    इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या

    तेहरान । तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ ।

    ‘सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ’, न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या गरेको जनाइएको छ ।

    सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्यु भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ ।

    मिजानले मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेको जनाएको छ । उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासुसी र आतङ्कवादविरुद्धको अपराधसम्बन्धी’ मुद्दाहरू हेर्ने गरेको पनि बताइएको छ ।

    उनीहरुको हत्याको कारण तत्काल स्पष्ट नभए पनि मिजानले आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ ।

    मिजानका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन् ।

    अमेरिकी अर्थ मन्त्रालयका अनुसार ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गहरूको निरीक्षण गरेको भनी प्रतिबन्ध लगाएको थियो । उक्त समयमा आरोपहरूमा प्रमाणहरूको अभाव रहेको भन्दै इरानले आरोपको खण्डन गरेको थियो ।

    मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्वपूर्ण पदहरु सम्हालिसकेका थिए । यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उनको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए ।

    न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ ।

    गत अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो ।

    सन् २०२३ को अप्रिलमा अब्बास अली सुलेमानी नाम गरेका एक शक्तिशाली धर्मगुरुको उत्तरी प्रान्त मजन्दरानको एक बैङ्कमा गोली हानी हत्या गरिएको थियो ।

    सन् २००५ को अगष्टमा तेहरानको एक व्यस्त व्यापारिक क्षेत्रको बीचमा दुई जना बन्दुकधारीले प्रसिद्ध इरानी न्यायाधीश हसन मोघदासको हत्या गरेका थिए । उनको हत्यामा दोषी ठहर भएका दुई जनालाई दुई वर्षपछि फाँसी दिएर सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो । -रासस/एएफपी

  • सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

    सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

    जेरुसेलम । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

    इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।’

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागू हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।

    मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार आइतबार अपराह्न ४ बजे रिहा गर्ने जनाएको छ ।

    यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो ।

    विस्तारित सूचीमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीका सशस्त्र शाखाका प्रमुख जकारिया जुबेदी पनि थिए । सन् २०२१ मा इजरायलको गिल्बोआ जेलबाट अन्य पाँच जना प्यालेस्टिनीसँग जुबेदी भागेका थिए ।

    रिहा हुनेमा प्यालेस्टिनी वामपन्थी सांसद खालिदा जरार पनि छन्, जसलाई इजरायलले गिरफ्तार गरेर कैयौं पटक जेलमा राखेको थियो ।

    जरार इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा ‘आतंकवादी सङ्गठन’ घोषित एक समूह प्यालेस्टाइनको मुक्तिको लागि लोकप्रिय मोर्चाको एक प्रमुख सदस्य हो ।

    सन् १९६७ देखि इजरायलले कब्जा गरेको प्यालेस्टाइनी क्षेत्र वेस्ट बैंकमा डिसेम्बरको अन्त्यतिर पक्राउ परेका ६० वर्षीय उनलाई त्यसयता विनाकुनै अभियोग हिरासतमा राखिएको छ ।

    हमास निकट दुई स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार रिहा गरिने बन्धकको पहिलो समूहमा तीन जना इजरायली महिला सैनिक रहेका छन् ।

    यद्यपि प्यालेस्टिनी इस्लामी आन्दोलनले सैन्य उमेरको कुनै पनि इजरायलीलाई सैनिक मान्दछ ।

    एएफपीले प्राप्त गरेको पहिलो चरणमा रिहा हुने ३३ बन्धकमध्ये पहिलो तीन जनाको नाम हमास आक्रमणको दिन सैन्य सेवामा नरहेका ३० वर्षमुनिका महिला रहेका छन् ।

    न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमासद्वारा रिहा गरिएका जीवित बन्धकहरूको सङ्ख्यामा निर्भर हुने बताएका छन् । -रासस/एएफपी

  • ट्रम्प सपथ ग्रहणः चीनका उपराष्ट्रपति र भारतका विदेशमन्त्री सहभागी हुँदै

    ट्रम्प सपथ ग्रहणः चीनका उपराष्ट्रपति र भारतका विदेशमन्त्री सहभागी हुँदै

    काठमाडौं । जनवरी २० अर्थात माघ ७ गते हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहमा पहिलोपटक विदेशी नेताहरु पुग्ने भएका छन् ।

    अमेरिकी राष्ट्रपतिय सपथमा यो पहिलोपटक हुन लागेको चलन भनेर अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

    सपथग्रहण समारोहमा चीनका उपराष्ट्रपति हान चङ जाने भएका छन् भने भारतका विदेशमन्त्री एस जयशंकर जाने भएका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीले सेरोमोनियल कार्यक्रम भएकोले सेरेमोनियल उपराष्ट्रपति चीनले पठाएको उल्लेख गरेको छ । भारतीय मिडिया दि हिन्दूका अनुसार भारतबाट विदेशमन्त्री एस। जयशंकर जाने भन्दै जापान र अस्टे«लियाका पनि विदेशमन्त्री जानेछन् ।

    चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पले निम्तो दिएका थिए तर उनी नगएर उनले उपराष्ट्रपति पठाएको पश्चिमा मिडियाहरुमा समाचार आएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने निम्तो नआएको भारतीय तथा पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।

  • ट्रम्पको शपथग्रहण समारोहमा चिनियाँ उपराष्ट्रपति झेङ सहभागी हुने

    ट्रम्पको शपथग्रहण समारोहमा चिनियाँ उपराष्ट्रपति झेङ सहभागी हुने

    बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।

    गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउने भएका हुन् ।

    ट्रम्पले शपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी ट्रम्पको सङ्क्रमणकालीन टोलीले गराएको थियो ।

    चिनियाँ विदेश मन्त्रालयले शुक्रबार ट्रम्पको शपथ समारोहमा उपराष्ट्रपति झेङ सीको ‘विशेष प्रतिनिधि’का रूपमा सहभागी हुने जनाएको छ ।

    ‘चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई हेर्ने र बढाउने कार्यमा सहकार्य र समन्वयको सिद्धान्तलाई अनुसरण गर्दछ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ‘हामी नयाँ अमेरिकी सरकारसँग वार्ता र संवाद बढाउन र मतभेदको उचित व्यवस्थापन गर्न काम गर्न तयार छौं’, विज्ञप्तिमा उल्लेख छ ।

    बेइजिङले ‘स्थिर, स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्धलाई संयुक्त रूपमा अगाडि बढाउन र दुई देशलाई एक-अर्कासँग घुलमिल हुन सही बाटो खोज्न’ इच्छुक रहेको बताएको छ ।

    आफ्नो पहिलो कार्यकालमा ट्रम्पको चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो । खासगरी उनले चिनियाँ सामानमा अतिरिक्त करको घोषणा गरेपछि दुई देशबीच व्यापार युद्ध चलेको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट आयात हुने धेरै सामानमा करको दायरामा अत्यधिक वृद्धि भएको थियो ।

    उनले बेइजिङले अनुचित व्यापार अभ्यास गरेको र संयुक्त राज्य अमेरिकामा विनाशकारी फेन्टानिल सङ्कटमा भूमिका खेलेको आरोप लगाउँदै यस पटक थप कडा उपायहरू लागू गर्ने चेतावनी दिएका छन् । -रासस/एएफपी

  • अमेरिकी गुप्तचर निकायले समावेशी कार्यालय बन्द गर्दै

    अमेरिकी गुप्तचर निकायले समावेशी कार्यालय बन्द गर्दै

    काठमाडौं । अमेरिकाको गुप्तचर निकायमा एक एफबीआईले आफ्नो समावेशी कार्यालय बन्द गर्ने भएको छ ।

    विविधता, समानता र समावेशिता जोड्ने एफबीआईको कार्यालय बन्द गरिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार अमेरिकी समाचार च्यानल फक्स न्यूजमा एफबीआईले सन्देश दिएर यस्तो जानकारी दिएको हो ।

    अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विजयी डोनाल्ड ट्रम्पले कार्यालयको बजेटको र गतिविधिको पारदर्शिताको माग गरेका छन् ।

    एफबीआईले किन समावेशी कार्यालय बन्द गर्‍यो भन्नेमा कुनै ठोस जानकारी नआएको आरटीले उल्लेख गरेको छ ।

    सन २०२५ जनवरी २० मा राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको शपथ अगाडि कार्यालय किन बन्द भयो भन्नेबारेमा ट्रम्पले भनेका छन्, ‘भ्रष्टाचारको कारणले ।’

  • बन्धक छुटाउने सहमति भएको इजरायली प्रधानमन्त्रीको खुलासा, विपिन जोशी छुट्ने बाटो खुल्दै

    बन्धक छुटाउने सहमति भएको इजरायली प्रधानमन्त्रीको खुलासा, विपिन जोशी छुट्ने बाटो खुल्दै

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टानी लडकु समूह हमाससँग बन्धक छुटाउनेबारेमा सहमति भएको बताएका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार शुक्रवार मन्त्रिपरिषद्को बैठक बसेर यसलाई औपचारिक दिइने भएको छ । यस अगाडि अमेरिकाका राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बन्धक छुटाउने गरी इजरायल र हमासको युद्ध बिराम भएको सबैभन्दा सुरुमा सार्वजनिक गरेका थिए ।

    कतारी विश्व च्यानल अलजजिराले पनि हमासका अधिकारीसँग कुरा गरेर युद्ध बिराम सम्झौता भएको उल्लेख गरिसकेको छ । सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेर २५१ बन्धक बनाएको थियो । विभिन्न बन्धकहरू छुटाइएका छन् ।

    अझैसम्म ९४ बन्धक बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ । बन्धकमा एक नेपाली विपिन जोशी पनि छन् । परराष्ट्रमन्त्री डाक्टर आरजू राणा देउवाले जोशी जीवित भएको बताएकी छिन् ।

  • हमास र इजरायलको युद्धबिराम- विपिन जोशीसहितका बन्धकहरू छुट्दै

    हमास र इजरायलको युद्धबिराम- विपिन जोशीसहितका बन्धकहरू छुट्दै

    काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलले युद्धबिराम गरेका छन् ।

    सन २०२३ अक्टोबर ७ को हमास हमला र इजरायलको प्रतिहमलापछि पहिलो पटक युद्धबिराम भएको हो ।

    कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पका प्रतिनिधि बसेर युद्धबिरामलाई अन्तिम रूप दिएका हुन ।

    इजरायल र हमास भन्दा अगाडि ट्रम्पले युद्ध बिरामको सूचना सार्वजनिक गरेका थिए । हमासले पनि अलजजिरा अरबिकसँग बोल्दै युद्धबिराम भएको र बन्धक छोडिने बताएको छ ।

    इजरायललाई ट्रम्प दूतले र हमासलाई कतार, टर्की र इजिप्टले दबाब दिएर युद्धबिराम र बन्धक छुटाउने सहमति भएको बताइएको छ । यो सँगै हमासले बन्धक बनाएका विपिन जोशी छुट्ने बाटो खुलेको छ ।

    केहि दिन अगाडि परराष्ट्रमन्त्री डाक्टर आरजु देउवा राणाले जोशी जीवित भएको बताएकी थिइन्।

  • अमेरिकाले क्युवालाई आतंककारी सूचीबाट हटाउने, क्युवाले अमेरिकी कैदी छोड्ने

    अमेरिकाले क्युवालाई आतंककारी सूचीबाट हटाउने, क्युवाले अमेरिकी कैदी छोड्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्युवालाई आतंककारी सूचीबाट हटाउने भएका छन् । सट्टामा क्युवाले कैद भुक्तान गरिरहेका अमेरिकीलाई छुटाउने भएको छ । यही जनवरी २० मा अमेरिकी राष्ट्रपतीय सपथ अर्थात् बाइडेनको अन्तिम दिनमा यस्तो हुने बताइएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार सन् २०२१ को जनवरीमा आफ्नो कार्यकालका अन्तिम दिन तिर डोनाल्ड ट्रम्पले क्युवालाई ‘आतंकवादीको समर्थन गर्ने राज्य’को रुपमा सूचीकरण गरेको थियो । ट्रम्पले गरेको सूचीकरण उनी सत्तामा आएपछि फेरि हुनसक्ने अनुमान गरिएको छ ।

    ट्रम्पको दलका सिनेटर टेड क्रूजले बाइडेनलको कदमको बिरोध गरेका छन् । बाइडेनले भने अमेरिकी कैदीहरुको रिहाईको लागि राम्रो गरिएको तर्क गरेका छन् ।

  • दक्षिण कोरियाका राष्ट्रपति यून पक्राउ

    दक्षिण कोरियाका राष्ट्रपति यून पक्राउ

    काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् । घण्टौँको घम्साघम्सपिछि उनलाई आज पक्राउ गरिएको हो ।

    युललाई पक्राउ गर्न पुगेको सुरक्षाकर्मी र उनका समर्थकबीच केही समय धकेलाधकेल समेत भएको थियो । राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् ।

    उनले डिसेम्बर ३ मा मार्सल ल लगाउन खोजेका थिए । जसलाई संसदले विफल बनाइदियो । उनलाई जनवरी ३ मा पनि पक्राउ गर्न घण्टौँ प्रयास भएको थियो । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ । कानूनी कारबाही प्रक्रिया हिजोबाट सुरु भएको बीबीले जनाएको छ ।

    मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो । उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो ।

  • इजरायल-हमास प्रारम्भिक आदानप्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

    इजरायल-हमास प्रारम्भिक आदानप्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

    जेरुसेलम । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बताएका छन् ।

    मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मङ्गलबार एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ सुरु हुने बताएको थियो ।

    वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई प्रारम्भिक आदानप्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ बन्धक रिहा गरिने बताए ।

    यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजापट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो सङ्ख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् ।

    टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ ।

    वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ, जसमा पहिले बालबालिका र महिलाहरूलाई रिहा गरिनेछ ।

    टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले प्रस्तावित प्रारम्भिक आदानप्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन् । यद्यपि इजरायल उनीहरूको स्थितिको पुष्टिको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ ।

    ‘यदि पहिलो चरण सम्पन्न भयो भने सम्झौता लागू भएको १६औं दिनमा इजरायलले बाँकी बन्दीहरूलाई मुक्त गर्न दोस्रो चरणमा वार्ता सुरु गर्नेछ’, रिपोर्टमा भनिएको छ, ‘यसमा पुरुष सैनिकहरू, सैन्य उमेरका पुरुषहरू र मारिएका बन्धकहरूको शवहरू समावेश छन् ।’

    गत हप्ता हमासले बहु–चरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको सङ्केत गरेको थियो ।

    इजरायली मिडियाले मङ्गलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरणको कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ ।

    ‘इजरायली सेनाले सबै बन्धक फिर्ता नगरेसम्म गाजाबाट फिर्ता हुने अपेक्षा गरिएको छैन, तर यसले दक्षिणी गाजाबाट बासिन्दाहरूलाई पट्टीको उत्तरतिर जान अनुमति दिनेछ’, वामपन्थी झुकाव भएको अखबार हारेट्जले भनेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम भएको र यो उनले मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको बताए ।

    ‘इजरायल र हमासबीचको युद्धमा हामी एउटा प्रस्ताव अन्ततः साकार हुने अवस्थामा पुगेका छौं’, बाइडेनले विदेश मन्त्रालयमा बिदाई भाषणमा भने ।

    वार्ताका मुख्य अड्चनका विषयहरू कुनै पनि युद्धविरामको स्थायित्व र प्यालेस्टिनी क्षेत्रका लागि मानवीय सहायताको मापनमा असहमति रहेको छ ।

    अन्य विवादका विषयहरूमा विस्थापित गाजावासीहरूको घर फिर्ती, प्यालेस्टिनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमा नाकाहरू पुनः खुला गर्ने विषय समावेश छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गरेका छन् र त्यस क्षेत्रमा प्यालेस्टिनी शासनको विरोध गरेका छन् ।

    वार्तासँग परिचित एक स्रोतका अनुसार कतारमा भइरहेका वार्ताहरू हमास र इजरायली वार्ताकारहरू दुई अलग-अलग कोठामा उपस्थित भएर सञ्चालन भइरहेका छन् ।

    मिडिया रिपोर्टहरूका अनुसार कुनै पनि सम्झौताले इजरायली मन्त्रिमण्डलको स्वीकृति आवश्यक पर्ने सम्भावना छ । -रासस/एएफपी

  • हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक विस्थापित

    हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक विस्थापित

    जेनेभा । हैटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ हजार मानिस धेरै पटक विस्थापित भएका र तीव्र मानवीय सङ्कटको बीचमा सङ्घर्ष गरिरहेको’ भनेको छ ।

    ‘सन् २०२३ डिसेम्बरमा हामीले रेकर्ड गरेका हिंसाबाट लगभग तीन लाख १५ हजार मानिस विस्थापित भएका थिए’, आईओएमका प्रवक्ता केनेडी ओकोथ ओमोन्डीले पत्रकारहरूलाई भने, ‘त्यसयताको एक वर्षमा हामीले यो सङ्ख्या तीन गुणाले बढेर हैटीमा गिरोह हिंसाका कारण अब १० लाखभन्दा बढी मानिस विस्थापित भएको देखेका छौं ।’

    राजधानी पोर्ट-अ-प्रिन्समा आईओएमले ‘निरन्तर गिरोह हिंसा, आवश्यक सेवाहरूको पतन-विशेष गरी स्वास्थ्य सेवा र बढ्दो खाद्य असुरक्षाका कारण’ विस्थापन ८७ प्रतिशतले बढेको बताएको छ ।

    यो गरिब क्यारेबियन देश दशकौंदेखि राजनीतिक अस्थिरताले ग्रसित छ र हालका वर्षहरूमा शक्तिशाली बन्दै गएका गिरोहहरूले झन् खराब बनाएका छन् ।

    संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनमा केन्याको नेतृत्वमा रहेको प्रहरी सहयोग मिसन हुँदाहुँदै पनि हिंसा बढ्दै गएको छ ।

    गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले हैटीमा बढ्दो गिरोह हिंसामा गत वर्ष पाँच हजार ६०० भन्दा बढी मानिस मारिएको र हजारौं घाइते वा अपहरण गरिएको बताएको थियो ।

    ‘हैटीलाई अहिले नै जीवन बचाउन र सुरक्षा गर्न निरन्तर मानवीय सहायताको आवश्यकता छ’, आईओएमका महानिर्देशक एमी पोपले भने, ‘हामीले यति धेरै मृत्यु र विनाश निम्त्याएको हिंसा र अस्थिरताको मूल कारणहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्छ ।’ -रासस/एएफपी

  • जर्मनी अदालतको फैसला- दुबई चकलेट दुबईबाटै आउनुपर्छ

    जर्मनी अदालतको फैसला- दुबई चकलेट दुबईबाटै आउनुपर्छ

    काठमाडौं । जर्मनीको एक अदालतले दुबई ब्रान्डको चकलेट दुबईबाटै आउनुपर्ने फैसला गरेको छ ।

    जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार टर्कीमा बन्ने दुबई नामको चकलेटको सवालमा परेको मुद्दामा यस्तो फैसला आएको हो ।

    अल्यान दुबई ह्यान्डमेड चकलेट नामको ब्रान्डको चकलेटको सवालमा यस्तो फैसला आएको हो । पश्चिम जर्मनीको शहर कोलोग्नेको अदालतले दुबई नामको चकलेट ब्रान्ड बिक्री गर्ने सुपरमार्केटको नाममा यस्तो आदेश दिएको हो ।

    बाहिर बनेका चकटेलहरुको लागत लेबल लगाउन नहुने भन्ने अभिप्रयाले यस्तो फैसला आएको बताइएको छ ।

  • क्यालिफोर्नियामा आगो निभाउन अमेरिकी कैदीहरु सक्रिय, पाउँछन् प्रतिघण्टा १०.२४ डलर

    क्यालिफोर्नियामा आगो निभाउन अमेरिकी कैदीहरु सक्रिय, पाउँछन् प्रतिघण्टा १०.२४ डलर

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा गत जनवरी ७ बाट लागेको आगलागी नियन्त्रण गर्न कैदीहरु सक्रिय भएका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार ९५० जना कैदी अग्नि नियन्त्रकहरु सरकारी निकायसँगै मिलेर आगो निभाउन सक्रिय छन् ।

    आगो निभाउन सहभागी कैदीलाई प्रतिघण्टा १०.२४ अमेरिकी डलर पारिश्रमिक तोकिएको छ । यो क्यालिफोर्नियाको १६.५४ अमेरिकी डलर प्रतिघण्टाको कामभन्दा चैँ सस्तो हो ।

    अहिलेसम्म आगलागीमा परेर २४ जनाको ज्यान गएको औपचारिक पुष्टि भइसकेको अलजजिराले उल्लेख गरेको छ । आगलानीबाट १५ हजार ३०० हेक्टर जमिनमा क्षति पुगेको छ । १२ हजारभन्दा धेरै संरचना ध्वस्ता भएको बताइएको छ । १६ जनाको अवस्था अज्ञात भएको र एक लाखभन्दा बढी विस्थापित भएका छन् ।

  • चीन र रुसबीच सन् २०२४ मा रेकर्ड व्यापार: भन्सार तथ्याङ्क

    चीन र रुसबीच सन् २०२४ मा रेकर्ड व्यापार: भन्सार तथ्याङ्क

    बेइजिङ । चीन र रुसबीच गत वर्ष व्यापार रेकर्ड उचाइमा पुगेको सोमबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले मस्कोमाथि पश्चिमी प्रतिबन्धहरू हुँदाहुँदै पनि दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

    चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार सन् २०२४ मा रुससँगको कुल आयात र निर्यात दुई खर्ब ४४ अर्ब ८० करोड डलर पुगेको छ । यो सन् २०२३ को दुई खर्ब ४० अर्ब १० करोड डलरको तुलनामा केही बढी हो ।

    गत वर्षको वृद्धिले ठूला छिमेकी देशहरूबीचको व्यापारलाई ऐतिहासिक उच्च विन्दुमा पुर्‍यायो । यद्यपि यो अघिल्लो वर्ष रेकर्ड गरिएको २६.३ प्रतिशतको वार्षिक वृद्धिभन्दा निकै कम थियो ।

    सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको राजनीतिक र आर्थिक सम्बन्ध गहिरो भएको छ । उक्त सम्बन्धलाई राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूबाट व्यापक आलोचना गरिएको छ र उनीहरूले प्रतिक्रियामा कडा प्रतिबन्धहरू लागू गरेका छन् ।

    चीनले सङ्कटमा आफूलाई तटस्थ पक्षको रूपमा राख्न खोजेको छ र मस्कोको आक्रमणको निन्दा गर्न बारम्बार अस्वीकार गरेको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा दुवै मुलुक ‘गुट निरपेक्षताको सही मार्गमा निरन्तर हात मिलाएर अगाडि बढेका छन्’ भनेका छन् ।

    यसैबीच सन् २०२४ मा विश्वको शीर्ष दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार ३.७ प्रतिशतले बढेर ६ खर्ब ८८ अर्ब ३० करोड डलर पुगेको चिनियाँ भन्सार तथ्याङ्कले देखाएको छ ।

    आफ्नो पहिलो कार्यकालमा चीनमाथि व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा अर्को हप्ता सुरु हुने गरी अझ बढी आक्रामक व्यापारिक कदमहरूको धम्की दिएका छन् । -रासस/एएफपी

     

  • ट्रम्पको पुनरागमनपूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने

    ट्रम्पको पुनरागमनपूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने

    जेनेभा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा एक साताअघि इरानले फ्रान्स, बेलायत र जर्मनीसँग सोमबारदेखि आणविक परामर्श वार्ता गर्ने भएको छ ।

    गत नोभेम्बरमा स्विट्जरल्याण्डको जेनेभामा तेहरान र तीन युरोपेली शक्ति राष्ट्रबीच भएको बुद्धिमतापूर्ण बैठकपछि दुई महिनाभन्दा कम समयमा इरानको आणविक कार्यक्रमबारे भएको यो दोस्रो चरणको वार्ता हो ।

    जर्मनीको विदेश मन्त्रालयले एएफपीसँगको कुराकानीमा भनेको छ, ‘यो वार्ता होइन ।’

    इरानले पनि यस पहललाई ‘परामर्श’ मात्र भएको बताएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार र मङ्गलबार हुने छलफलमा विभिन्न विषयमा आआफ्ना राय प्रकट हुने बताएका छन् ।

    ‘यी परामर्श वार्ताको मुख्य उद्देश्य इरानमाथि लगाइएको प्रतिबन्ध हटाउनु हो’, उनले भने, ‘इरानले पनि यो कुरा सुनिरहेको छ । यहाँ विपरीत पक्षहरूले विषयहरू उठाउन चाहन्छन् ।’

    बिहीबार फ्रान्सको विदेश मन्त्रालयले फ्रान्स, बेलायत र जर्मनीले इरानी आणविक कार्यक्रमको कूटनीतिक समाधानका लागि काम गरिरहेको र यसको प्रगति अत्यन्त समस्याग्रस्त रहेको सङ्केत भएको बताएका छन् ।

    जनवरी २० मा ह्वाइट हाउसमा ट्रम्पको आसन्न पुनरागमनको आलोकमा इरानको आणविक कार्यक्रमले नयाँ ध्यान केन्द्रित गरिरहेको बेला यो वार्ता भएको हो ।

    आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानविरूद्ध ‘अधिकतम दबाब’ को नीति अपनाएका थिए भने अन्ततः इरानको आणविक कार्यक्रममाथि प्रतिबन्ध लगाउने ऐतिहासिक आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता गरेका थिए ।

    तेहरानले वासिङ्टनको बहिर्गमनसम्म सम्झौताको पालना गरे पनि पछि क्रमिक रूपमो आफ्नो प्रतिबद्धताबाट फिर्ता भएको थियो ।

    त्यसपछि पटकपटक भएका वार्ताहरूमा सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास असफल भएको छ र युरोपेली अधिकारीहरूले सम्झौतालाई तेहरानले पालना नगरेकोमा बारम्बार निराशा व्यक्त गर्दै आएका छन् ।

    गत साता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो‌ले इरानको आणविक कार्यक्रमले हामीलाई ‘ब्रेकिङ प्वाइन्ट’ को नजिक पु¥याइरहेको बताएका थिए । इरानले उक्त टिप्पणीलाई ‘आधारहीन’ र ‘छलपूर्ण’ भन्दै आलोचना गरेको थियो ।

    गत डिसेम्बरमा बेलायत, जर्मनी र फ्रान्सले तेहरानले कुनै विश्वसनीय आधारविना उच्च सम्बर्द्धित युरेनियमको भण्डारण ‘अभूतपूर्व स्तरमा’ बढाएको आरोप लगाएका थिए।

    ‘इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सबै कूटनीतिक उपकरणहरू प्रयोग गर्ने हाम्रो दृढतालाई हामी दोहो¥याउँछौं र ‘ढिलो नगरी फिर्ता’ गर्नुपर्नेमा पनि जोड दिन्छौं’, विज्ञप्तिमा भनिएको छ।

    सम्झौताको एक आधार सन् २०१५ मा भएको ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए)को एउटा अंशले हस्ताक्षरकर्ताहरुलाई प्रतिबद्धताको ‘महत्वपूर्ण गैरकार्य’ सम्बन्धी मामलामा इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ ।

    यस संयन्त्रलाई नियन्त्रण गर्ने विकल्प गत वर्षको अक्टोबरमा समाप्त भएको छ । त्यसैले परामर्श वार्ताले जारी कूटनीतिक प्रयासहरूमा तात्कालिकतालाई थपेको छ ।

    अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को आणविक निगरानी निकायका अनुसार इरानले आफ्नो सम्बर्द्धित युरेनियमको उत्पादनमा वृद्धि गरेको छ । इरान ६० प्रतिशतसम्म युरेनियम सम्बर्द्धित गर्ने एकमात्र गैरआणविक हतियार राष्ट्र हो । युरेनियम सम्बर्द्धनको यो स्तर आणविक बम निर्माणका लागि जरूरी ९० प्रतिशत आवश्यकता पूरा हुन्छ ।

    इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताउँदै आएको छ र आणविक हतियार विकास गर्ने कुनै पनि मनसायलाई अस्वीकार गर्दै आएको छ ।

    उसले पटक-पटक सम्झौतालाई पुनर्जीवित गर्ने इच्छा पनि व्यक्त गरेको छ । गत जुलाईमा पदभार ग्रहण गरेका राष्ट्रपति मसूद पेजेस्कियानले उक्त सम्झौतालाई पुनर्जीवित गर्ने पक्षमा रहेको बताउँदै आफ्नो देशको एक्लोपन अन्त्य गर्न आह्वान गरेका थिए ।

    हालै चीनको सीसीटीभीलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री अब्बास अराघचीले पनि रचनात्मक वार्तामा संलग्न हुन इच्छुक रहेको बताएका छन् ।

    उनले भने, ‘इरानको आणविक कार्यक्रममाथि विश्वास बढाउने प्रतिबन्ध हटाउने बदलामा हामी जुन सूत्रमा विश्वास गर्छौं, त्यो जेसीपीओएको अघिल्लो सूत्रसँग मिल्दोजुल्दो छ । -रासस/एएफपी

  • अमेरिका र रुसी नेतृत्वको बोलचाल बन्द अन्त्य हुँदै : ट्रम्प-पुटिन टेलिफोन संवाद चाँडै

    अमेरिका र रुसी नेतृत्वको बोलचाल बन्द अन्त्य हुँदै : ट्रम्प-पुटिन टेलिफोन संवाद चाँडै

    काठमाडौं । यही नोभेम्बर २० मा राष्ट्रपतिको शपथ लिन लागेका डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्यादिमिर पुटिनका बिचमा चाँडै टेलिफोन संवाद हुने भएको छ ।

    ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा आफ्नो क्याबिनेटमा नियुक्त गरेका माइकल वाल्जले यस्तो बताएका हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार वाल्जले केहि दिन वा केहि हप्तामा यस्तो संवाद हुने बताएका छन् ।

    वाल्जले आइतबार अमेरिकाको एबीसी न्यूजलाई बताए अनुसार त्यो फोन संवादले आगामी दिनमा हुने समन्वय र सहकार्यको बाटो तय गर्नेछ । अमेरिका र रुसका उच्च नेतृत्वको फोन संवाद भएमा त्यसले दुई देशको उच्च नेतृत्वमा भएको संवादहीनताको अन्त्य गर्ने छ ।

    खासगरि युक्रेन हमलापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनलाई धेरै आरोप लाएका थिए ।

    मिडियामै सार्वजनिक भएका उनका आरोपहरूमा पुटिनलाई ‘हत्यारा’, ‘बोक्सीको छोरा’देखि ‘युद्ध अपराधी’ जस्ता गैरकूटनीतिक पदावली प्रयोग गरेर बाइडेनले आक्षेप गरेका थिए ।

    पुटिन भन्दा धेरै सर्वसाधारण हत्या गरेका तथा अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराधी भनिएका इजरायली प्रधानमन्त्री नेतान्याहुलाई भने बाइडेनले केहि भनेका छैनन् ।

  • कब्जामा रहेका आफ्ना सैनिक फिर्ता गरे उत्तर कोरियाली सैनिक फिर्ता गर्ने युक्रेनको प्रस्ताव

    कब्जामा रहेका आफ्ना सैनिक फिर्ता गरे उत्तर कोरियाली सैनिक फिर्ता गर्ने युक्रेनको प्रस्ताव

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकहरूलाई उत्तर कोरियाली नेता किम जोङ उनलाई बुझाउन तयार भएको बताएका छन् । तर, त्यसको लागि युक्रेनका कब्जामा रहेका सैनिकहरू फिर्ता हुनुपर्ने जेलेन्स्कीले बताएका छन् ।

    जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार आइतबार जेलेन्स्कीले यस्तो प्रस्ताव गरेका हुन् ।

    जेलेन्स्कीले कुस्र्क क्षेत्रबाट दुई जना उत्तर कोरियाली घाइते सैनिकहरूलाई पक्राउ गरेको बताएका छन् ।

    अरू पनि पक्राउ हुनसक्ने उनले बताएका छन् । उनले पक्राउ परेका उत्तर कोरियाली सैनिकहरूले उपचार पाइरहेको र युक्रेनी गुप्तचर निकाय (एसबीयू)को हिरासतमा भएको बताएका छन् ।

  • तालेवानले महिलालाई ‘मान्छे’को रूपमै देख्दैनन् : मलाला

    तालेवानले महिलालाई ‘मान्छे’को रूपमै देख्दैनन् : मलाला

    काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानकी मलाल युसुफजाईले तालेवानले महिलालाई ‘मान्छे’को रूपमा नदेख्ने बताएकी छिन् ।

    हाल बेलायतमा बस्ने मलालाले सबै मुस्लिम सरकारहरूलाई तालेवानलाई चुनौती दिन आग्रह गरेको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ ।

    २७ वर्षकी मलाला १५ वर्ष हुँदा पाकिस्तानी तालेवानले गोली हानेर बेलायतमा उद्धार गरेर ल्याइएकी हुन् । सन २०१४ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

    उनी अहिले महिला तथा बालबालिकाको पक्षमा वकालत गर्दै आएकी छिन् ।

    पश्चिमा विश्वमा मलालाको सम्मान भए पनि उनकै देश पाकिस्तान तथा अरू मुस्लिम देशहरूमा भने उनी खासै लोकप्रिय छैनन् ।

  • लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित

    लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित

    काठमाडौं । लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ आउन निर्वाचित भएका छन् ।

    फ्रान्स २४ का अनुसार साउदी अरब तथा अमेरिकाको लागि सहज अनुहार मानिने जोसेफ शुक्रबारबाट ६१ वर्ष पुगेका छन् । उनको आगमनले युद्धविरामलाई सहज हुने बताइएको छ । हेजबुल्लाको आफ्नै सैन्य दस्ता र सत्ता भएको लेबनानमा जोसेफको आगमनले सन २०२४ नोभेम्बर २७ मा भएको युद्धविरामले पूर्णता पाउने बताइएको छ ।

    हेजबुल्लाले सुलेमन फ्रेन्जिअलाई समर्थन गरेको थियो । तर, उनले पनि अन्तिममा जोसेफलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका थिए । जेसेफ सन् २०१७ बाट लेबनानको प्रधान सेनापति छन् । उनलाई लेबनानको संसदले राष्ट्रपति चयन गरेको हो ।

    १२८ सदस्य संसदबाट उनले ९९ मत ल्याएर दोस्रो चरणमा राष्ट्रपती हुन पाएका हुन् । राष्ट्रपतिमा चयन भएसँगै उनले प्रधान सेनापतिबाट राजीनामा दिएका छन् ।

  • मदुरोलाई मार्न आएका अमेरिकी तथा युक्रेनी भाडाका सैनिक पक्राउ परेको भेनेजुएलाको दाबी

    मदुरोलाई मार्न आएका अमेरिकी तथा युक्रेनी भाडाका सैनिक पक्राउ परेको भेनेजुएलाको दाबी

    काठमाडौं । भेनेजुएला सरकारले राष्ट्रपति निकोलस मदुरोलाई हत्या गर्ने उद्देस्यले देशमा आएका अमेरिकी तथा युक्रेनी भाडाका सैनिकहरुलाई पक्राउ गरेको दाबी गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार यस्तो आरोपमा सात जना पक्राउ परेका छन् ।

    मंगलबार राष्ट्रपति मदुरोले पक्राउ पर्नेहरुमा दुई जना कोलम्बियाका ‘हिटम्यान’ भएको तथा अरु तीन जना युक्रेनबाट आएको बताएका छन् । मदुरोले अहिलेसम्म विश्वका २५ देशका १२५ भाडााका सैनिकहरु पक्राउ परिसकेको बताएका छन् । भेनेजुएलामा राजनीतिक संकट चुलिएसँगै यस्तो खबर आएको हो ।

    सोमबार बिपक्षी दलका नेता एदमुन्दो गोन्जालेजले आफूलाई सेनाको परमाधिपति बनाउन माग गरेका थिए । गत सेप्टेम्बरमा भेनेजुएलाबाट शरण लिएर युक्रेन पुगेका गोन्जालोलाई अमेरिकाले राष्ट्रपतिमा निर्वाचित भएको नेता भन्दै मान्यता दिँदै आएको छ ।

    उसो त यस अगाडि पनि अमेरिकाले खुआन गुइदोलाई राष्ट्रपतिको मान्यता दिएको थियो । तर, उनले पनि सत्ता लिन सकेनन् । हाल उनी अमेरिकामै छन् ।