Category: विश्व प्रेस

  • ट्रम्प प्रशासनले ‘युएसएड’का कर्मचारीलाई दियो प्रशासनिक बिदा, यस्तो छ थप चेतावनी

    ट्रम्प प्रशासनले ‘युएसएड’का कर्मचारीलाई दियो प्रशासनिक बिदा, यस्तो छ थप चेतावनी

    काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास सहायता परियोजना एजेन्सी युएसएआइडीका ६० जना भन्दा बढी वरिष्ठ अधिकारीहरूलाई प्रशासनिक बिदा बस्न निर्देशन दिएको छ ।

    सो परियोजनाका संसारभरका सबै कार्यक्रम स्थगन गरेको ट्रम्प प्रशासनले वरिष्ठ अधिकारीहरूलाई तलबी बिदामा राखेको हो ।

    ट्रम्पको ‘अमेरिकन पहिले’ नीति अनुसार संसारका विभिन्न देशमा युएसएआइडीमार्फत दिइरहेको अनुदान कार्यक्रम रोक्ने निर्णय भएको छ ।

    यो निर्देशन अवज्ञा गर्ने कुनै पनि कर्मचारीमाथि अनुशासनको कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएएआइडीका कर्मचारीलाई दिइएको आन्तरिक मेमो अनुसार उनीहरूलाई सोमवार साँझदेखि नै प्रशासनिक बिदामा बस्न भनिएको छ ।

    अर्को सूचना नआएसम्म ती अधिकारीहरूलाई पूरा तलब लिएर प्रशासनिक विवादमा बस्न भनिएको छ ।

    राष्ट्रपति ट्रम्पको कार्यकारी निर्देशनविपरीत गतिविधि गर्नेहरूको निगरानी समेत राखिएको छ ।

    विश्वको सबैभन्दा ठूलो एकल दाताको रूपमा रहेको यूएसएडले सन  २०२३ मा मात्र ७२ अब अमेरिकी डलर सहयोग गरेको थियो भने सन २०२४ को ४२ प्रतिशत मानवीय सहयोग दिएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

    रोयटर्ससँग कुरा गरेका अधिकारीले ट्रम्पले उत्तर कोरिया, चीन र रुससँग नगरेर कर्मचारीसँग युद्ध गरेको गुनासो गरेका छन् ।

  • अवैध आप्रवासीबाट २०२३ मा जन्मिएका थिए साढे दुई लाख बालबच्चा- स्वतः नागरिक हुने अधिकार खोस्दै ट्रम्प

    अवैध आप्रवासीबाट २०२३ मा जन्मिएका थिए साढे दुई लाख बालबच्चा- स्वतः नागरिक हुने अधिकार खोस्दै ट्रम्प

    काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प सरकारले अवैध आप्रवासीहरुलाई धरपकड गरेर हतकडी र नेल लाएर आफ्नै देशमा धमाधम फिर्ता गरिरहँदा अब उनीहरुबाट जन्मेका बालबच्चाको चर्चा सुरु भएको छ ।

    अमेरिकी च्यानल फक्स न्यूजका अनुसार सन् २०२३ मा मात्रै साढे दुई लाख बालबच्चा अवैध आप्रवासीबाट जन्मिएका थिए । विभिन्न अध्ययनहरुले एक करोडभन्दा धेरै अवैध आप्रवासी भएको देखाउँछन् ।

    ट्रम्पले फेब्रुअरी १९ बाट लागु हुनेगरी कार्यकारी आदेश दिएर जन्मको आधारमा अमेरिकी नागरिक हुने अधिकार खोसेका छन् । ट्रम्पको आदेशलाई अमेरिकी अदालतले खारेज गरेन भने हजारौं बालबालिकाको बिचल्ली हुने बताइएको छ ।

    सेन्टर फर इमिग्रेसन स्टडिज नामक एक गैरसरकारी संस्थाले गरेको अध्ययन शुक्रबार सार्वजनिक भएको थियो । अध्ययनले अमेरिकामा सन् २०२३ मा जन्मिएका बालबच्चाको ७ प्रतिशत अवैध आप्रवासीका सन्तान छन् ।

    अमेरिकाको संविधानको १४ औं तथा १५ औं संशोधनले अमेरिकामा जन्मेका सबै जना अमेरिकी नागरिक हुने प्रावधान छ, तर आलोचकहरुले यो दासप्रथा हुँदा सबैलाई नागरिकता दिने नियतले बनाइएको भन्दै अमेरिका गैरकानूनी वा कानूनी रुपमा आउँदै बच्चा जन्माएर अमेरिकी नागरिक बनाउन ल्याइएको कानून होइन भन्दै आलोचना गरेका छन् ।

  • अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी

    अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी

    काठमाडौं । रुसले आफ्नो अनुमतिविना युक्रेनमा आएका विदेशी शान्ति सेनालाई आक्रमण गर्ने बताएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार त्यस्ता शान्ति सेना आफ्ना वैधानिक निशाना हुने रुसले बताएको छ ।

    हालै युरोपेली अधिकारीहरुले संयुक्त राष्ट्रसंघअन्तर्गत युक्रेनमा शान्ति सेना पठाउन सकिने प्रस्ताव राखेको समाचार आएपछि रुसको यस्तो चेतावनी आएको हो ।

    अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग बन्द गर्ने कुरा आएको समयमा युरोपेली पक्षबाट शान्ति सेनाको कुरा आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने कम्तीमा २ लाख युरोपेली शान्ति सैनिक आवश्यक हुने बताउँदै आएका छन् ।

    जेलेन्स्कीलाई रुसले कार्यकाल सकिएर पनि सत्तामा टाँसिरहेको भन्दै अवैध राष्ट्रपतिको उपमा दिँदै आएको छ । यद्यपि वार्ताको लागि युक्रेन र रुस दुवै तयार भएको सार्वजनिक भइसकेको छ । यो सबै घटना अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तारोहणसँगै भएको हो ।

  • आफ्ना अवैध आप्रवासी आफैं फिर्ता ल्याउन अमेरिकाको सबै देशलाई आग्रह

    आफ्ना अवैध आप्रवासी आफैं फिर्ता ल्याउन अमेरिकाको सबै देशलाई आग्रह

    काठमाडौं । आफ्ना देशमा आएका विश्वभरका आप्रवासीलाई सम्बन्धित देश आफैले फिर्ता ल्याउन अमेरिकाले आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले एक प्रेस रिलिज निकाल्दै यस्तो आग्रह गरेका छन् ।

    राष्ट्रपति ट्रम्पको सरकारको समयमा अमेरिकालाई कसैले पनि ‘ठग्न र फाइदा लिन’ नसक्ने भन्दै रुबिओले जुन जुन देशका अवैध आप्रवासी छन् तिनका देश आफैले ‘गम्भीर र तत्काल’ फिर्ता लानुपर्ने बताएका छन् ।

    यस्तै कोलम्बियाका राष्ट्रपति पेत्रोले अमेरिकी सैनिक जहाज उड्न सुरुमा अनुमति दिएर उडेपछि रद्द गरेको रुबिओले सार्वजनिक गरेका छन् ।

    दुई आप्रवासी बोकेको सैन्य जहाज अवतरण गर्न कोलम्बियाले अनुमति दिएको थिएन । तर, ट्रम्पले २५ प्रतिशत भन्सार कर लाद्ने भनेपछि दुई देशले सहमति गरेर अवतरण सहजीकरण भएको विश्व मिडियाले उल्लेख गरेका छन्।

    भारतीय विदेशमन्त्री एस। जयशङ्करले भारतीय अवैध आप्रवासीहरू फिर्ता गर्न भारत तयार भएको बताएका छन् । नेपालले भने कुनै सार्वजनिक धारणा राखेको छैन ।

  • अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी

    अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी

    काठमाडौं । अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी भएको पाइएको छ । वैध नेपालीहरूलाई देश फिर्ता गरिने छैन ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई हतकडी र नेल लाएर धरपकड गर्दै धमाधम स्वदेश फिर्ता (डिपोर्ट) गरिरहँदा यस्तोमा पर्ने नेपालीको प्रतिशत १ भन्दा कम भएको देखिएको छ ।

    अमेरिकाबाट प्रकाशन भएको नेपयोर्क न्यूज पोर्टलका अनुसार १३६५ नेपालीहरू कुनै कानुनी आधार बिना अमेरिकामा बसिरहेका छन् । यसरी बस्नेहरूमा सन २०१५ को जुन २४ पछि अमेरिका जानेहरू छन् ।

    ‘तल्लो बाटो’ अर्थात् मेक्सिकोको सीमा हुँदै पुग्ने नेपालीहरू यो सूचीमा अटेका छन् । यस्तै अमेरिकामा टेम्पोररी प्रोटेक्सन स्टाटस लिएर बसेका सन २०१५ जुन २४ अगाडिकालाई नि वैध बनाएर अमेरिकामै रहने पूर्ण प्रत्याभूति भने नभएको बताइएको छ ।

    सबै गरेर तीन हजार बढी नेपालीहरू आगामी ६ महिनामा अमेरिकाबाट फिर्ता गर्ने सूचीमा पर्न सक्ने बताइएको छ ।

  • आज होलोकास्ट स्मृति दिवस

    आज होलोकास्ट स्मृति दिवस

    काठमाडौं । दोस्रो विश्वयुद्धका बेला भएको वीभत्स नरसंहार पुनः नदोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०/७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो । यो दिवस न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ । होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए ।

    यहाँस्थित इजरायली, संयुक्त राज्य अमेरिका र सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज यहाँ संयुक्त रुपमा स्मृतिसभा आयोजना गर्ने इजरायलका राजदूत श्मुलिक आरी बासले बताए ।

  • अमेरिकाबाट हतकडी र नेल लगाएर धमाधम धपाइँदै अवैध आप्रवासी, कति छन् नेपाली ?

    अमेरिकाबाट हतकडी र नेल लगाएर धमाधम धपाइँदै अवैध आप्रवासी, कति छन् नेपाली ?

    काठमाडौं । गत जनवरी २० मा शपथग्रहण गरेकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमामा संकटकाल घोषणा गरे । सेना परिचालन गरे । उनी त्यत्तिमै अडिएनन्, त्यो क्षेत्रको सुरक्षा गर्न नसकेको भन्दै कोस्ट गार्ड कमान्डर महिला एड्मिरल लिन्डा फागनलाई हटाए ।

    अमेरिकी मिडियाहरुमा ट्रम्पले शपथ लिनुभन्दा अगाडि समाचारहरु आएका थिए- ट्रम्प सरकारले पहिलो दिनबाटै अवैध आप्रवासीहरुमाथि धरपकड गर्नेछ । सिकागोबाट त्यो सुरु हुनेछ । बेलायती विश्व च्यानल बीबीसीलगायतले यो समाचार लेखेका थिए ।

    ट्रम्पको शपथग्रहणकै दिन अवैध आप्रवासीहरुलाई धरपकड गरिएका समाचार त आएनन्, तर अब क्रमशः आउन थालेका छन् ।

    सुरु भयो अवैध आप्रवासीहरुको पक्राउ र स्वदेश फिर्ती

    शपथग्रहण हुनुभन्दा अगाडि नै सिकागोबाट तत्काल अवैध आप्रवासीहरुलाई पक्राउ गरेर फर्काउने भनिएकोमा अहिले त्यस्तो गरिएको समाचार आएका छन् । न्यूज नेसनका अनुसार अमेरिकी सुरक्षाकर्मीहरुले घरघरमा गएर, ढोका-ढोकामा गएर अवैध आप्रवासीहरुको पक्राउ सुरु गरेका छन् । अवैध आप्रवासीहरुको पक्राउ परेसँगै सिकागोको छरछिमेक क्षेत्रमा क्रमशः ‘घोस्ट टाउन’ बन्न थालेका छन् ।

    समाचारमा देखाइएको भिडिओअनुसार विभिन्न अपराधमा संलग्न पाइएका अवैध आप्रवासीहरुलाई हातमा हतकडी र नेल बाँधेर पक्राउ गरिएको छ । सिकागो क्षेत्रबाट २ हजार ४०० जना पक्राउ गरिएका छन् । आइतबार सार्वजनिक समाचार तथा भिडिओअनुसार पक्राउ गरिएकाहरु धेरैजसो ल्याटिन अमेरिकी छन् । पक्राउ गरिएकाहरु इराक र बेलिजका जेलमा परेका अपराधीहरु भएको पनि न्यूज नेसनको समाचारमा दाबी गरिएको छ ।

    ट्रम्प सरकारले अवैध आप्रवासीहरुले पक्राउ र फिर्ताको क्रममा असहयोग गर्ने स्थानीय तथा राज्य सरकारका अधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउने बताएको न्यूज नेसनले उल्लेख गरेको छ ।

    आप्रवासी फिर्ता गर्न पहिलो पटक सैन्य जहाज प्रयोग गर्दै अमेरिका, मेक्सिकोले दिएन अनुमति

    अमेरिकाले अवैध आप्रवासीहरुलाई फिर्ता गर्न पहिलो पटक सैन्य जहाज प्रयोग गरेको छ । अमेरिकी मिडिया एबीसीन्यूजका अनुसार टेक्ससबाट सैन्य जहाजमा १७ जनालाई ग्वाटेमालामा फर्काइएको छ ।

    यस्तै सैन्य जहाजबाट फर्काइएका अरु देशका अवैध आप्रवासीहरुको तस्बिरहरु पनि अमेरिकी मिडियाहरुमा सार्वजनिक भएका छन् । हात बाँधेकाहरुलाई लाइन लगाएर सैन्य जहाजमार्फत स्वदेश फर्काइएका अवैध आप्रवासीहरुका तस्बिर अमेरिकी मिडियाहरुमा आएका छन् ।

    अमेरिकाका विभिन्न शहरहरुमा पक्राउ परेका अवैध आप्रवासीहरुलाई धमाधम सैन्य जहाजमार्फत उनीहरुलाई आफ्नै देश फर्काउन सुरु गरिएको एबीसीन्यूजले उल्लेख गरेको छ । अमेरिकी सेनाका सी-१७ जेटहरुले अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउन थालेको र त्यसको पहिलो चरण ग्वाटेमालाबाट सुरु भएको छ । ग्वाटेमालामा १६० जना फर्काइएको छ ।

    अमेरिकाले ल्याटिन अमेरिकाका अवैध आप्रवासीहरुलाई सैन्य जहाजमा अवैध आप्रवासीहरु फर्काउन लागे तापनि दक्षिणी छिमेकी मेक्सिकोले भने अमेरिकी सैन्य जहाज अवतरण गर्न अनुमति दिएको छैन । अमेरिकाको एनबीसीन्यूजका अनुसार अमेरिकाको सी-१७ सैन्य जहाजले ग्वाटेमालामा ८० जनाका दरले बिहीबार राति दुई उडान गरेका थिए । त्यस्तै उडान दक्षिणी छिमेकी मेक्सिकोमा गर्न खोज्दा मेक्सिकोले उडान अनुमति नदिएको एनबीसीले उल्लेख गरेको छ ।

    अमेरिकाले मेक्सिको हुँदै आएका मेक्सिकोबाहेकका आप्रवासीहरु त्यही बस्नुपर्ने तर्क अगाडि ल्याएको छ । अवैध आप्रवासी छोडेको खण्डमा मेक्सिकोलाई अतिरिक्त भन्सार कर थोपर्ने पनि ट्रम्पले धम्की दिएका छन् ।

    कति छन् अमेरिकामा अवैध आप्रवासीहरु ?

    विभिन्न मिडियाहरुले विभिन्न तथ्यांक लेखेका छन् । अमेरिकामा अवैध आप्रवासीहरुको आँकडा करोड बढी भएको देखिएको छ । गैरकानूनी तलबमा अमेरिकामा लुकेर बसेका, औपचारिक कागजातहरु नभएका आप्रवासीहरुलाई अवैध आप्रवासी भनिएको छ । न्यूज नेसन नामक मिडियाका अनुसार अमेरिकामा डेढ करोड कागजात नभएका अवैध आप्रवासी छन् । सन् २०२२ जनवरीसम्मको एक अध्ययनले अमेरिकामा एक करोड बढी अवैध आप्रवासी भएको देखाएको थियो ।

    अमेरिकाको त्यही आप्रवासी आँकडालाई नै लक्षित गरेर ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सले चुनावी उम्मेदवार हुँदाताकैबाट अवैध आप्रवासीहरुले अमेरिकामा समस्या ल्याएको बताएका थिए । ओहिओ राज्यको स्प्रिङगफिन्डमा अवैध आप्रवासीहरुले घरपालुवा जनावरहरु कुकुर र बिरालो पनि खाएको ट्रम्पले कमलासँगको राष्ट्रपतीय बहसमा भनेका थिए । जेडी भेन्सले पनि यही लाइन दोहोर्‍याएका थिए ।

    ट्रम्पको यो भनाइको सर्वत्र आलोचना भएको थियो, तर ट्रम्प पक्षधरहरुले पनि यस्ता घटनाहरु घटेकै आधारमा ट्रम्पले भन्दै आएको बताएका थिए ।

    अवैध नेपाली आप्रवासी कति समस्यामा छन् ?

    अमेरिकाका एक करोड बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने ट्रम्पको योजना छ । यसमा तीन हजार बढी नेपाली हुने बताइएको छ । आगामी ६ महिनाभित्र तीन हजार बढी नेपालीलाई अमेरिकाले स्वदेश फर्काउन सक्ने बताइएको छ ।

    अमेरिकाबाट सञ्चालन हुने नेपयोर्क न्यूज पोर्टलका अनुसार अमेरिकामा सन् २०१५ जुन २४ पछि पुगेकाहरु सबैभन्दा समस्यामा हुनेछन् । उनीहरुको फिर्ती प्राथमिकतामा हुनेछ । उसो त अमेरिकाबाट फर्काइएका नेपालीहरु अबमात्र फर्कन लागेका होइनन् ।

    योभन्दा अगाडिको बाइडेन सरकारको पालामा पनि अमेरिकाका अवैध नेपालीहरु स्वदेश फर्काइएका थिए । त्यसरी फर्काइएकाहरुको संख्या पछिल्लो चार वर्षमा १०० बढी भएको नेपयोर्कले उल्लेख गरेको छ ।

    अवैध आप्रवासीबारेमा भारतीय विदेशमन्त्रीले भने- नेपालकी परराष्ट्रमन्त्री मौन

    अमेरिकामा पुगेका अवैध आप्रवासीहरुमा सबैभन्दा धेरै आप्रवासीहरु दक्षिण एसियाबाट भारतका छन् । र, भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्ना अमेरिकी समकक्षी मार्को रुबिओसँगको कुराकानीमा अवैध भारतीय आप्रवासीहरुको सवाल उठेको थियो । त्यो सवालमा जयशंकरले कानूनी रुपमा भारत फर्काइने अवैध आप्रवासीहरु ल्याउन भारत तयार भएको बताएका थिए ।

    उसो त भारत अमेरिकामा वर्ष २०२४ मा पक्राउ परेका सबैभन्दा धेरै गैरकानूनी आप्रवासीको देशमा चौथो स्थानमा छ । अमेरिकामा गत वर्ष २ हजार ६४७ जना भारतीय पक्राउ परेका थिए । भारतभन्दा धेरै गैरकानूनी आप्रवासीहरु पक्राउ पर्ने देशहरुमा मेक्सिको, होन्डुरस र ग्वाटेमाला क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

    अमेरिकी सरकारले सार्वजनिक गरेको एक रिपोर्टअनुसार अमेरिकाले पक्राउ नगरेका २ देखि ११ लाखसम्म अवैध आप्रवासी भएका दश देशमा मेक्सिको, ग्वाटेमाला, होन्डुरस, भेनेजुयला, एल साल्भादोर, क्युबा, कोलम्बिया, निकारागुआ, इक्वेडर र हाइटी छन् । सबैभन्दा धेरै मेक्सिकोका ११ लाख ३५ हजार ७४३ जना पक्राउ पर्न बाँकी छन् । सबैभन्दा थोरै हाइटीका २ लाख ९२ हजार १७८ जना रहेका छन् ।

    नेपाल अमेरिकाको गैरकानूनी पक्राउ परेका तथा गैरकानूनी अमेरिकामा प्रवेश गरेका शीर्ष दश देशमा पर्दैन, तर तीन हजार बढी नेपालीलाई स्वदेश फिर्ता हुने आँकडा आइसकेको छ । नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले यो विषयामा केही बोलेकी छैनन् । न अमेरिकास्थित नेपाली दूतावासले नै केही तथ्य सार्वजनिक गरेको छ ।

  • ट्रम्पको योजना- गाजा क्षेत्र ‘खाली गर्ने’

    ट्रम्पको योजना- गाजा क्षेत्र ‘खाली गर्ने’

    मियामी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको बताएका हुन् ।

    इजरायल-हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’ को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँग कुरा गर्ने योजना रहेको बताए ।

    ‘इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु’, ट्रम्पले एयरफोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने, ‘तपाईं सायद १५ लाख मानिसको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ र हामी त्यो सबै खाली गर्न चाहन्छौं । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्ष थिए । मलाई थाहा छैन, तर त्यहाँ केही हुनुपर्छ ।’

    सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।

    ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुनसक्ने बताएका छन् ।

    ट्रम्पले भने, ‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन् । त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु, जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून् ।’

    पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको बेला शनिबार ट्रम्पको उक्त भनाइ आएको हो ।

    अटुट समर्थन

    ट्रम्प प्रशासनले इजरायललाई ‘अटुट समर्थन’ गर्ने वचन दिएको छ, तर मध्यपूर्व नीतिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाइडेनले रोकेको इजरायलका लागि दुई हजार पाउन्ड बराबरको बम पठाउन पेन्टागनलाई आदेश दिएको शनिबार पुष्टि गरेका छन् ।

    ‘हामीले त्यसलाई छोडिदियौं । हामीले त्यसलाई आज पठाएका छौं’, ट्रम्पले इजरायलले माग गरेका र पूर्ववर्ती सरकारले रोकेका विस्फोटक पदार्थ इजरायलतर्फ पठाइएको पुष्टि गर्दै भने, ‘उनीहरूले त्यस (विस्फोटक पदार्थ)का लागि पैसा तिरी लामो समयदेखि पर्खिरहेका छन् ।’

    सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइनी इस्लामी समूह (हमास) ले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले प्यालेस्टाइनी भूभागको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ र पूर्वाधारहरू ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसङ्घले पुनर्निर्माणमा धेरै वर्ष लाग्ने अनुमान गरेको छ।

    गत अक्टोबरमा आफ्नो चुनावी अभियानका क्रममा पूर्व रियल स्टेट डेभलपरसमेत रहेका ट्रम्पले युद्धग्रस्त गाजालाई ‘सही तरिकाले पुनर्निर्माण गरिएमा मोनाकोभन्दा राम्रो’ हुने सञ्चारकर्मीसँगको कुराकानीमा बताएका थिए ।

    ट्रम्पका ज्वाइँ तथा ह्वाइट हाउसका पूर्वकर्मचारी जारेड कुश्नरले गत फेब्रुअरीमा इजरायलले गाजालाई सर्वसाधारणको वस्तीका रूपमा खाली गर्न सुझाव दिएका थिए ।

    प्यालेस्टाइनीहरूका लागि गाजाबाट अन्यत्र सार्ने कुनै पनि प्रयासलाई अरब संसारले ‘नक्बा’ वा विपत्ति भनेको छ । अरब जगतले प्यालेस्टाइनीहरूका लागि गाजाबाट अन्यत्र सार्ने कुनै पनि प्रयास इजरायलको स्थापनाको समय अर्थात् ७५ वर्षअघि प्यालेस्टाइनीहरूको सामूहिक विस्थापनको अँध्यारो ऐतिहासिक सम्झनाहरू जगाउनेछ ।

    इजरायलले गाजावासीलाई अन्यत्र जान बाध्य पार्ने कुनै योजना नरहेको बताउँदै आएको छ, तर इजरायली सरकारका केही अति दक्षिणपन्थी सदस्यहरूले सार्वजनिक रूपमा गाजावासीहरूले प्यालेस्टाइनी भूमि सामूहिक रूपमा छोड्नुपर्ने विचारको समर्थन गरेका छन् । -रासस/एएफपी

  • अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

    अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

    ग्वाटेमाला सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन् ।

    मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् ।

    वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन् ।

    मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन, तर मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताउँदै मेक्सिकोले ‘मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैं स्वीकार गर्ने’ बताएको छ ।

    ह्वाइट हाउसले दुई दिनमा एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको, सयौंलाई सैनिक विमानबाट देश निकाला गरिएको र ‘इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको’ बताएको छ ।

    बिहीबार ५३८ र शुक्रबार ५९३ जना अवैध आप्रवासी ‘अपराधी’ पक्राउ परेका छन् ।

    ट्रम्पका पूर्ववर्ती जो बाइडेनको समयमा निर्वासन उडानहरू नियमित रूपमा सञ्चालन गरिएको थियो । सन् २०२४ मा कुल दुई लाख ७० हजार व्यक्तिलाई निर्वासित गरिएको थियो । यो पछिल्लो एक दशकमा उच्च रेकर्ड हो । उक्त अवधिमा एक लाख १३ हजार ४०० व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । -रासस/एएफपी

  • सुडानको डार्फरस्थित साउदी अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु

    सुडानको डार्फरस्थित साउदी अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु

    डार्फर । सुडानको डार्फर क्षेत्रको अल-फशेरमा रहेको साउदी अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

    शुक्रबार साँझ साउदी अस्पतालमा भएको बम विस्फोटले यस क्षेत्रका बिरामीको आकस्मिक उपचार गर्न उपलब्ध एकमात्र अस्पतालको भवन ‘ध्वस्त’ पारेको स्रोतले एएफपीलाई बताएको छ ।

    सुडानमा युद्धरत कुन पक्षले आक्रमण गरेको हो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

    अप्रिल २०२३ देखि सुडानी सेना अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)सँग युद्धमा छ । समूहले डार्फरको लगभग सम्पूर्ण विशाल पश्चिमी क्षेत्र कब्जा गरेको छ ।

    उनीहरूले उत्तरी डार्फर राज्यको राजधानी अल-फाशेरलाई गत मेदेखि नै घेरा हालेका छन्, तर सेना समर्थित मिलिसियाले पटक-पटक प्रतिकार गरी उनीहरूलाई पछि धकेलेको थियो र उनीहरूले शहरमा आफ्नो दाबी गर्न सकेका छैनन् ।

    मेडिकल स्रोतका अनुसार सोही भवनमा केही हप्ताअघि आरएसएफले ड्रोन आक्रमण गरेको थियो ।

    अल-फाशेरमा स्वास्थ्य सेवामा आक्रमण व्यापक रूपमा भइरहेको छ, जहाँ ‘डक्टर्स विदाउट बोर्डर्स’ले यसै महिना साउदी अस्पताल ‘शल्य चिकित्सा क्षमता भएको एकमात्र सार्वजनिक अस्पताल भएको’ बताएको थियो ।

    सरकारी तथ्याङ्कअनुसार लडाइँका कारण देशभरका ८० प्रतिशतसम्म स्वास्थ्य संस्था सेवाबाट बञ्चित भएका छन् ।

    यस युद्धले अहिलेसम्म दशौं हजारको ज्यान लिइसकेको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र लाखौंलाई सामूहिक भोकमरीको सङ्घारमा पुर्‍याएको छ ।

    संयुक्त राष्ट्रसङ्घ समर्थित एक आँकलनअनुसार अल-फशेर आसपासका क्षेत्रमा तीन विस्थापन शिविरहरू जमजम, अबु शौक र अल-सलाममा अनिकालले कब्जा जमाइसकेको छ र मे सम्ममा शहरसहित थप पाँच क्षेत्रमा विस्तार हुने अपेक्षा गरिएको छ । -रासस/एएफपी

  • हमासले इजरायली चार महिला सैनिकलाई गर्‍यो बन्धन मुक्त

    हमासले इजरायली चार महिला सैनिकलाई गर्‍यो बन्धन मुक्त

    काठमाडौं । इजरायल र हमासको शान्ति सम्झौताअनुसार आज इजरायलले २०० प्यालेस्टाइनी कैदी मुक्त गरेको छ । त्यस्तै हमासले चार महिला बन्धकलाई छोडेको छ ।

    हमासले छोडेका बन्धकहरु इजरायली रक्षा बलका चार महिला सैनिक हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार बन्धकबाट छुटेकाहरु १९ र २० वर्षका छन् । १९ वर्षकी लिरी आल्बाग छिन् । बाँकी समान २० वर्षका करिना अरिब, दानिएले गिलबोआ र नामा लेभी छन् ।

    हमासले छुटाएपछि उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ । जिम्मा लगाइएकाहरु रेडक्रसको एम्बुलेन्सबाट इजरायलमा पुग्नेछन् ।

  • हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने

    हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने

    काठमाडौं । इजरायल र हमासको युद्धविरामअन्तर्गत आज चार इजरायली महिला बन्दी र इजरायलले थुनेका २०० प्यालेस्टाइनी कैदी छुट्ने भएका छन् ।

    पश्चिमा सञ्चारमाध्यमहरुले हमासले छोड्न लागेका ४ बन्धक इजरायली सैनिक महिलाको मात्रै कुरालाई प्राथमिकता दिएका छन् । कतारी विश्व च्यानल अलजजिराले भने २०० प्यालेस्टानी कैदीहरु पनि छुट्ने कुराको चर्चा गरेका छ ।

    कतार, इजिप्ट र टर्कीले हमासलाई र अमेरिका खासगरी ट्रम्पका दूतले इजरायललाई दबाब दिएर दुई पक्षको युद्धविराम भएको थियो ।

    सन् २०२३ को अक्टोबर ७ मा इजरायली भूमिमा हमास हमला भएको थियो । दुवै पक्षबाट युद्ध अपराध भएको भन्दै अन्तर्राष्ट्रिय अदालतले हमासका नेतासहित इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई दोषी करार गरेर पक्राउ पुर्जी जारी गरिसकेको छ ।

  • युक्रेनलाई दिँदै आएको सैन्य सहयोग बन्द गर्दै अमेरिका

    युक्रेनलाई दिँदै आएको सैन्य सहयोग बन्द गर्दै अमेरिका

    काठमाडौ । अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग बन्द गर्ने भएको छ । ९० दिनसम्म सहयोग ठप्प बनाउने अमेरिकी निर्णय आएको अमेरिकी अखबार पोलिटिकोले उल्लेख गरेको छ ।

    पोलिटिकोका अनुसार युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग यो बन्दमा पर्नेछ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओको आदेशमा सहयोग बन्द भएपछि स्टेट डिपार्टमेन्टका अधिकारीहरु अचम्मित भएको बताइएको छ ।

    आफूलाई शान्ति निर्माताको रुपमा चित्रित गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट युक्रेनलाई सहयोग दिन बन्द गर्ने निर्णय आएकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुस-युक्रेन मुद्दामा वार्ता गर्न तयार भएको सार्वजनिक गरेका छन् ।

    ट्रम्पको आगमनसँगै अमेरिका र रुस सम्बन्धमा सुधार हुनेमात्रै होइन, बन्द भएको उच्चस्तरीय समन्वय र संवाद पनि सुरु भएको छ । बाइडेन र पुटिनको सम्बन्ध चिसिएको थियो ।

    बाइडेनले पुटिनको सत्ता ढाल्ने बताएकामात्रै थिएनन्, उनलाई ‘हत्यारा’ तथा ‘बेस्याका छोरा’ भनेर सार्वजनिक रुपमै भनेका थिए ।

  • युक्रेनको विषयमा वार्ताका लागि रुस तयार: पुटिन

    युक्रेनको विषयमा वार्ताका लागि रुस तयार: पुटिन

    मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन् ।

    नेता पुटिनले भने, ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौं र म फेरि एक पटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनको विषयमा वार्ता गर्न तयार छौं ।’

    राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भने, ‘प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ ? वार्ताका गर्न पहिले प्रतिवन्ध खुकुलो पार्नु आवश्यक छ । यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानूनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ ।’

    उनले थपे, ‘जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ताहरू सुरु गर्न सकिन्छ कि सकिँदैन वा ती सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरूरी छ ।’

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गरेको उनको भनाइ छ । ‘के यो अवस्थामा वार्ता गर्न सम्भव छ’, पुटिनले भने ।

    उनले केही प्रारम्भिक छलफल हुनसक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे ।

    रूसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकहरूको आदेश पालना गर्न कुनै हतार नभएको बताए । उनले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने बताए ।

    विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रुपमा अघि बढेको’ बताएका छन् । -रासस/एएफपी

  • अष्ट्रेलियाको राष्ट्रिय दिवस अगाडि जेम्स कुकको शालिकमा रातो पोतेर आदिवासीको आक्रोश

    अष्ट्रेलियाको राष्ट्रिय दिवस अगाडि जेम्स कुकको शालिकमा रातो पोतेर आदिवासीको आक्रोश

    काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय दिवस मनाउने तयारी गरिरहेको समयमा अष्ट्रेलिया पत्ता लगाउने बेलायती अन्वेशक तथा कप्तान जेम्स कुकको शालिकमा रातो पोतिएको छ ।

    पछिल्ला १२ महिनामा यसरी शालिकमा आक्रोश पोखिएको यो दोस्रो पटक भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार हरेक वर्ष जनवरी २६ मा अष्ट्रेलियाले मनाउने राष्ट्रिय दिवस अगाडि भएको यो घटनाको अष्ट्रेलियाली प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    राष्ट्रिय दिवसको दिनलाई बेलायतको प्रथम आगमनको दिनलाई मनाइएको भन्दै अष्टे«लियाका आदिवासीहरुले यसलाई राष्ट्रिय दिवस मान्न तयार छैनन् । उनीहरुले यसलाई आफ्नो दुःखको दिन भन्दै आएका छन् । त्यसको आक्रोश कप्तान जेम्स कुकको शालिकमा पोखिँदै आएको छ । सन २०२४ मा मेलबर्नको एक शालिक काटिएको थियो ।

    सन् १७७० मा कप्तार जेम्स कुक अष्ट्रेलियाको पूर्वी तटमा पहिलोपटक पुगेको बीबीसीले उल्लेख गरेको छ। कप्तान जेम्स कुकले अमेरिकाको हवाईदेखि अष्ट्रेलिया तथा न्यूजिलण्डसम्मको प्रशान्त महासागर क्षेत्रको विस्तिारिक चित्र बनाएका थिए । उनको शालिक अष्ट्रेलियामा राखिएका छन् ।

  • ट्रम्पकाे कार्यकारी आदेश- केनेडी र मार्टिन लुथर किंगको हत्याका गोप्य सूचना सार्वजनिक गर

    ट्रम्पकाे कार्यकारी आदेश- केनेडी र मार्टिन लुथर किंगको हत्याका गोप्य सूचना सार्वजनिक गर

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हत्या गरिएका तीन हाइप्रोफाइल व्यक्तित्वको दस्तावेज सार्वजनिक गर्न कार्यकारी आदेश दिएका छन् ।

    अमेरिकी मिडियाहरुलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार सन् १९६३ मा हत्या गरिएको तत्कालिन राष्ट्रपति जोन एफ केनेडी, १९६८ मा हत्या गरिएका राष्ट्रपति उम्मेदवार रोबर्ट एफ केनेडी र १९६८ मै गरिएको मार्टिन लुथर किंगको हत्याका गोप्य दस्तावेज सार्वजनिक गर्न ट्रम्पले आदेश दिएका छन् ।

    राष्ट्रपतीय उम्मेदवारमा आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता गरेर डोनाल्ड ट्रम्पलाई साथ दिएका रोबर्ट एफ केनेडी जुनियरको माग रहेको गोप्य दस्तावेज सार्वजनिक गर्ने प्रतिबद्धताअनुसार ट्रम्पले सार्वजनिक गरेका हुन् । ट्रम्पलाई साथ दिएका केनेडी अमेरिकाको डेमोक्रेटिक पार्टीका वंशज समर्थक थिए ।

  • सामूहिक बलात्कार गरेर किशोरीको हत्या गर्ने पाँच जनालाई भारतमा मृत्युदण्ड

    सामूहिक बलात्कार गरेर किशोरीको हत्या गर्ने पाँच जनालाई भारतमा मृत्युदण्ड

    काठमाडौं । एक किशोरीको सामूहिक बलात्कार गरेर हत्या गर्ने पाँच जनालाई भारतमा मृत्युदण्ड दिइएको छ ।

    सीबीएस मिडियाका अनुसार बलात्कारीहरूले किशोरीका बाबु र एक भतिजीको पनि क्रूर हत्या गरेका थिए । घटना चार बर्स अगाडि सन २०२१ जनवरीमा भारतीय राज्य छत्तिसगढमा घटेको हो ।

    भारतमा बलात्कारका घटना दैनिक सार्वजनिक हुन्छन् । सन २०२२ को एक अध्ययनले हरेक दिन ९० जनाको भारतमा बलात्कार हुने देखाएको छ ।

    सन २०१२ मा दिल्लीकी एक छात्राको बलात्कारपछि हत्या गरिएको घटना र गत साल कोलकातामा भएको एक डाक्टर महिलाको बलात्कार र हत्याको घटनाले भारतमा आन्दोलन भएका थिए ।

    सन २०१२ को दिल्लीको घटनाका दोषीलाई सन २०२० मा मृत्युदण्ड दिइएको छ ।

    कोलकाताका दोषीलाई पनि आजीवन कैद फैसला सुनाएको छ । अभियानकर्मीहरूले भने मृत्युदण्ड को माग गरिरहेका छन् ।

  • फक्स अन्तर्वार्तामा ट्रम्प- चीनलाई कर नलाग्न सक्छ, किम जोङ उन स्मार्ट छन्

    फक्स अन्तर्वार्तामा ट्रम्प- चीनलाई कर नलाग्न सक्छ, किम जोङ उन स्मार्ट छन्

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्ता सकेका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार ट्रम्पले फक्सका सिन ह्यानिटीसँग बोल्दै चीनमा अतिरिक्त कर नलाग्न सक्ने बताएका छन् ।

    अतिरिक्त कर चीनको ‘अर्को ठूलो शक्ति’ भनेर उनले अर्थ्याएका छन् । साथै उत्तर कोरियाली नेता किम जोङ उनलाई ट्रम्पले ‘स्मार्ट’ भन्दै फेरि वार्ता हुनसक्ने बताएका छन् ।

    अघिल्लो कार्यकालमा ट्रम्प र किमको भेट दुई पटक भएको थियो । डोनाल्ड ट्रम्पले ‘अमेरिका प्रथम’ नाराले चुनाव जितेका हुन । उनी युद्धको पनि विरोधी हुन ।

    गत सोमबार आफ्नो शपथपछिको मन्तव्यमा ट्रम्पले आफू शान्ति निर्माता र एकीकरणकर्ता बन्न चाहेको बताउँदै भनेका थिए, , ‘हामी हाम्रो सफलतालाई हामीले लडेका युद्धहरूको आधारमा मात्र होइन हामीले अन्त्य गरेका युद्धहरूको आधारमा वा सम्भवतः युद्धमै सहभागी नभएको आधारमा गर्नेछौँ ।’

  • आफ्नै निर्णयमा यू-टर्न भए जेलेन्स्की, अब पुटिनसँग वार्ता गर्न तयार

    आफ्नै निर्णयमा यू-टर्न भए जेलेन्स्की, अब पुटिनसँग वार्ता गर्न तयार

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नै निर्णय उल्टाउँदै रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग वार्ता गर्न तयार भएका छन् ।

    जेलेन्स्कीले सन २०२२ मा एक कानुन प्रमाणीकरण गरेर पुटिनसँग वार्ता गर्नु गैरकानुनी बनाएका थिए । अहिले आएर उनी आफै वार्तामा तयार देखिएका छन् ।

    अमेरिकी अखबार ब्लुमबर्गका अनुसार जेलेन्स्कीले अमेरिकाले सुरक्षा ग्यारेन्टी गरेमा वार्ता गर्न तयार भएको बताएका छन् ।

    बुधवार स्विट्जरल्याण्डको डाभोसकोमा ब्लुमबर्गसग अन्तर्वार्ता दिँदै जेलेन्स्कीले आफू पुटिनसँग सिधा वार्ता गर्न तयार भएको बताएका छन् ।

    अमेरिकामा डोनाल्ड ट्रम्प आएसँगै युक्रेनी युद्धमा लगानी, अनुदान र लोन घट्ने पक्कापक्की भएसँगै युक्रेनी नेतृत्वको बोली फेरिएको हो ।

  • ट्रम्पको नीतिका कारण अमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता हुने

    ट्रम्पको नीतिका कारण अमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता हुने

    काठमाडौं । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ ।

    गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र उनीहरू फिर्ता हुने देखिएको छ ।

    स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू भएको समाचारमा जनाइएको छ । यसअघि पनि अमेरिकाले नेपालीलाई फर्काएको उदाहरण छ ।

    पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइको छ । जसमा सन् २०२१ मा ३८ साथै २०२२, २३ र २४ मा क्रमशः २४, २५ र १६ जना छन् । अमेरिकामात्र नभएर पछिल्लो ४ वर्षमा ४ हजार नेपाली विदेशबाट फर्काइएको छ ।

    भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकामा गैरकानूनीरूपमा बसेका भारतीयहरूलाई फिर्ता गर्न भारत तयार भएको भन्दै सहयोगको प्रतिवद्धता जनाइसकेका छन् ।

    नेपालको परराष्ट्र मन्त्रालयबाट भने यसबारे कुनै सार्वजनिक धारणा आएको छैन ।

  • हत्या प्रयासबाट आफूलाई जोगाउने गुप्तचर अधिकारीलाई गुप्तचर सेवाकै प्रमुख बनाए ट्रम्पले

    हत्या प्रयासबाट आफूलाई जोगाउने गुप्तचर अधिकारीलाई गुप्तचर सेवाकै प्रमुख बनाए ट्रम्पले

    काठमाडौं । गत जुलाई १३ मा अमेरिकाको पेन्सिलभियाको बट्लरमा गोली प्रहारबाट हत्या प्रयास हुँदा जोगाउने गुप्तचरी सेवाका अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सेवाको प्रमुख बनाएका छन् ।

    सेक्रेट सर्भिस भनिने गुप्तचरी सेवाका अधिकारी सिन कुरनर्ला ट्रम्पले सेक्रेट सर्भिस प्रमुख बनाएको अमेरिकी च्यानल फक्स न्यूजले उल्लेख गरेको छ । फक्सका अनुसार ट्रम्पलाई गोली प्रहार हुनासाथ कुरनले स्टेजमा उत्रेर जोगाएका थिए ।

    उनी त्यति बेला ट्रम्पको व्यक्तिगत सेक्रेट सर्भिसका प्रमुख थिए । व्यक्तिगत सेक्रेट सर्भिसका प्रमुखबाट कुरन अब संस्थाकै प्रमुख भएका छन् । फक्सले कुरन प्रमुख हुने कुरा लगभग पहिले नै निश्चित भएको उल्लेख गरेको छ ।

    आफू र आफ्नो परिवारलाई पछिल्ला वर्षहरुमा जोगाएको भन्दै आफूले सेक्रेट सर्भिसमा नियुक्त गरेको ट्रम्पले सार्वजनिक गरेका छन् ।

  • गैरकानुनी भारतीयहरुलाई अमेरिकाबाट फर्काउन भारत तयारः जयशंकर

    गैरकानुनी भारतीयहरुलाई अमेरिकाबाट फर्काउन भारत तयारः जयशंकर

    काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले गैरकानुनी रुपमा अमेरिकामा बसिरहेका भारतीयहरुलाई स्वदेश फिर्ता गर्न तयार भएको बताएका छन् ।

    भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले ‘वैधानिक फिर्तिको लागि खुला’ भएको बताएका छन् । जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई यो जानकारी दिएको पनि बताएका छन् ।

    सोमबार अमेरिकाको ४७ औं राष्ट्रपति चयन भएका डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीहरुलाई धमाधम उनीहरुकै देशमा फिर्ता गर्ने, दक्षिणी सीमामा संकटकाल लगाएर सेना परिचालन गर्ने लगायतका मुद्दामा जोड दिएसँगै भारतीय विदेशमन्त्रीको यस्तो कुरा आएको हो ।

    भारत ल्याटिन अमेरिकी देशहरुपछि सबैभन्दा धेरै गैरकानुनी आप्रवासी अमेरिका प्रवेश गर्ने एक स्रोत मुलुक हो । सन २०२४ को तथ्यांक अनुसार मेक्सिको, होन्डुरस, ग्वाँटेमाला पछि भारतबाट गैरकानुनी रुपमा अमेरिका पुग्नेहरुको ताँती चौथों ठूलो संख्यामा छ ।

    सन २०२४ मा मात्रै २६४७ जना भारतीयहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्दा पक्राउ परेका थिए ।

  • साउदीका राजकुमार र ट्रम्पको फोन संवाद : कानूनी सुधार भएमा ६ खर्ब डलर अमेरिकामा लगानी गर्ने

    साउदीका राजकुमार र ट्रम्पको फोन संवाद : कानूनी सुधार भएमा ६ खर्ब डलर अमेरिकामा लगानी गर्ने

    काठमाडौं । अमेरिकामा साउदीले कानूनी सुधार भएको खण्डमा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । साथै अमेरिकाका ५ खर्बका सरसामान किन्ने प्रतिबद्धता साउदी अरबले जनाएको छ ।

    अमेरिकी च्यानल फक्स न्यूजका अनुसार साउदी अरेबियाका राजकुमार महोमद बिन सलमान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन संवादमा यस्तो कुरा भएको हो ।

    साउदीको सरकारी समाचार एजेन्सीका अनुसार कानुनी सुधार भएमा ‘अभूतपूर्व आर्थिक समृद्धि’ आउने भनेर सलमानले छलफल गरेका थिए ।

    साउदी अरेबियाले ट्रम्पका ज्वाइँले खोलेको एक व्यापारिक क्षेत्रमा २ अर्ब अमेरिकी डलर लगानी गरिसकेको फक्सले उल्लेख गरेको छ ।

  • भारतको जलगाउँमा भएको रेल दुर्घटना हुनेको संख्या १२ पुग्यो

    भारतको जलगाउँमा भएको रेल दुर्घटना हुनेको संख्या १२ पुग्यो

    काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ नजिकै बुधबार साँझ भएको भयानक रेल दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा नेपाली यात्रु पनि परेको आशंका गरिएको छ। भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा बढी नेपाली सवार रहेको दाबी गरे पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

    घटनाको मुख्य कारण पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला रहेको बताइएको छ। परधाडे रेलवे स्टेशनमा उक्त हल्ला फैलिएपछि आतङ्कित यात्रुहरू रेलबाट हामफाल्न थाले। यसैबीच, अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसले थुप्रै यात्रुलाई किचेको जनाइएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा ठूलो घुम्ती रहेकोले यात्रुहरूले अर्को ट्र्याकबाट आइरहेको रेल देख्न सकेनन्। पुष्पक एक्सप्रेस (रेल नम्बर १२५३३) लखनउबाट मुम्बईतर्फ जाँदै थियो भने कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेस (रेल नम्बर १२६२९) यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ गइरहेको भारतीय संचार माध्यमले जनाएको छ ।

    घटनापछि दुर्घटनास्थलमा ठूलो रुवाबासी मच्चिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, पुष्पक एक्सप्रेसको ब्रेक लगाउँदा पांग्राबाट धुवाँ निस्किएपछि आगलागीको हल्ला फैलिएको थियो, जसले यात्रीहरूलाई हतास बनायो। मुम्बईबाट करिब ४०० किलोमिटर टाढा भएको यो दुर्घटनाले भारतमा रेल यात्राको सुरक्षा सम्बन्धी प्रश्न पुनः एक पल्ट प्रश्न खडा गरेको छ

  • समाचारको मुद्दा जिते बेलायती राजकुमारले, सनले माग्यो माफी, भारी क्षतिपूर्ति तिर्ने

    समाचारको मुद्दा जिते बेलायती राजकुमारले, सनले माग्यो माफी, भारी क्षतिपूर्ति तिर्ने

    काठमाडौं । आफ्नो गोपनियता भंग गरेको भन्दै बेलायती राजकुमार ह्यारीको तर्फबाट दायर भएको मुद्दामा बेलायती ट्याब्लोइड अखबार दि सनले मुद्दा मिलाउन तयार भएको छ ।

    मुद्दा मिलाउन माफी र आर्थिक क्षतिपूर्ति दिइने बताइएको छ । आज सार्वजनिक भएको समाचार अनुसार दि सनले समाचारमा माफी मागेको छ भने भारी मात्रामा क्षतिपूर्ति तिर्ने भएको छ ।

    ह्यारीका वकिल डेभिड सेरर्बोनले क्षतिपुर्ति भारी तिर्न लागेको सार्वजनिक गरेका हुन्। जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार भारी मात्रामा क्षतिपूर्ति रकम दिने भनिएता पनि अंक खुलाइएको छैन ।

    फोन ह्याक गरिएको, अनावश्यक गोपनियता भंग गरेको र निजी स्थानलाई धेरै दुरुपयोग गरेको जस्ता कुरामा दि सन दोषी देखिएको हो ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार ह्यारीले सन १९९६ बाट सन २०११ सम्म ह्यारीबारेमा लिइएका सबै सूचनाहरु गैरकानुनी माध्यमबाट लिइएको आरोप लाएका थिए ।

  • एआईमा प्रतिस्पर्धी बन्न ट्रम्पको पाँच खर्ब डलर लगानीको घोषणा, एक लाख जागिर सिर्जना गरिने

    एआईमा प्रतिस्पर्धी बन्न ट्रम्पको पाँच खर्ब डलर लगानीको घोषणा, एक लाख जागिर सिर्जना गरिने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको एआई महाशक्ति बनाउन पाँच खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् ।

    उनले त्यसबाट एक लाख जागिर सिर्जना गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार मंगलबार सार्वजनिक भएको घोषणामा प्रोजेक्ट स्टारगेट नामक परियोजनाको लागि अमेरिकाको ओपन एआई, ओराकल र जापानको सफ्ट बैंक मिलेर सहकार्य हुने बताइएको छ ।

    स्टारगेट डेटा सेन्टरहरु टेक्ससमा संचालन भइसकेको बताइएको छ । टेक्ससमा २० वटा डेटा सेन्टरहरु संचालन हुने भएका छन् । हरेक डेटा सेक्टरले ओगट्ने क्षेत्र ४६ हजार वर्ग मिटर हुने बताइएको छ ।

  • ट्रम्पले समावेशी कर्मचारीहरुलाई दिए तलबी बिदा

    ट्रम्पले समावेशी कर्मचारीहरुलाई दिए तलबी बिदा

    काठमाडौं । सोमबार कार्यभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्पले समावेशी कर्मचारीहरुलाई तलबी बिदा दिएका छन् । अमेरिकाको विविधता, समानता र समावेशिताको नाममा दिइएका पदहरुमा कार्यरत कर्मचारीहरुलाई ट्रम्पले बिदा दिएका हुन् ।

    बिदा तत्काल लागू हुनेगरी दिइएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । समावेशी खण्डमा विभिन्न नाममा जागिर खानेहरुको विपक्षमा थिए ट्रम्प ।

    ट्रम्प आउनुभन्दा अगाडि नै अमेरिकाको गुप्तचरी निकाय एफबीआईले आफ्नो समावेशी कार्यालय बन्द गरेको थियो ।

    सोमबारै आफ्नो शपथग्रहण समारोहपछि ट्रम्पले आफूले आरक्षण होइन, योग्यताको आधारमा काम गर्ने बताएका थिए ।

    उक्त घोषणा गरेको केही समयपछि ट्रम्पले समावेशी कर्मचारीहरुलाई बिदा दिएका हुन् । यसरी दिएको बिदापछि के हुने भन्नेमा भने कुनै बताइएको छैन ।

    योग्यता प्रणालीबाट छानिएका र समावेशीलाई एउटै डालोमा राखेर काम गराउँदा प्रतिस्पर्धामा प्रश्न उठ्छ भनेर बरु घरमा बसेर तलब खाऊ भन्ने आशयले उनले यो निर्णय गरेका हुन् ।

  • अफ्रिकी सुन खनिकको व्यथा

    अफ्रिकी सुन खनिकको व्यथा

    जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका सुन निकाल्ने कम्पनीहरूले छोडेका ६ हजारमध्ये एउटामात्र हो । उन्नाइसौं शताब्दीमा सुनको दौडको केन्द्रबिन्दु रहेको स्टिलफन्टेन सुन खानी विशाल विटवाटरस्रान्ड क्षेत्रमा अवस्थित छ ।

    यस क्षेत्रमा कुनै समय फस्टाउँदै गएको व्यवसायिक सुन खानी उद्योग हटेको छ, तर अहिले पनि अप्रयुक्त भूमिगत ग्यालरीहरूले दक्षिणी अफ्रिकाभरिका खनिकहरूलाई आकर्षित गर्छन् । उनीहरूले हातका औजारहरूद्वारा भित्ताहरूबाट सुनको अन्तिम सानो टुक्राहरू स्क्रैप गर्न आफ्नो जीवनलाई जोखिममा पार्छन् ।

    यस्तो जोखिमपूर्ण परिस्थितिमा जीवनयापन गर्ने कागजातविहीन कामदारहरूमध्ये धेरै जिम्बावे र मोजाम्बिकका छन् । जोखिमपूर्ण परिस्थितिमा जीवनयापन गर्ने उनीहरूमध्ये केही लेसोथोका समूहहरू पनि हुन् । सन् २०१५ मा त्यहाँ करिब ३० हजार खनिक थिए ।

    अफ्रिकाभरि अवैध रूपमा खानीमा काम गर्ने खनिकहरू विरलै पाइने गरेका छन् । उनीहरूले खानीमा काम गर्ने पेशालाई परम्परागत पेशा र आम्दानीको स्रोतका रूपमा लिन्छन् ।

    दक्षिण अफ्रिकामा खनिकहरूको ठूलो समूहले औद्योगिक रूपमा चलाइएका खानीका खाडलहरूमा अवैध रूपमा काम गर्छन् । लाभको कमीले गर्दा ती खानी सुनसान भएपछि अवैध रूपमा खानीमा काम गर्ने समूहको वृद्धि भएको छ ।

    सन् २००७ सम्म दक्षिण अफ्रिका विश्वको सबैभन्दा ठूलो सुन उत्पादक देश थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार सन् २०२२ सम्ममा यो ११ औं स्थानमा झरेको थियो ।

    सन् १९८० मा दक्षिण अफ्रिकाको कुल गार्हस्थ उत्पादनमा खानीको योगदान २१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । सन् २०२३ मा यो घटेर ६.२ प्रतिशतमा झरेको छ ।

    महिनौं जमिनमुनिको वास

    अगस्तयता प्रहरी र उद्धार सेवाहरूले जोहानेसबर्गको दक्षिणपश्चिममा रहेको स्टिलफोन्टेन नजिकैको अप्रयुक्त खानीबाट लुकेर काम गर्ने गरेका करिब दुई हजार खनिकलाई बाहिर निकालेका छन् । यो अवधिमा ८७ जनाको मृत्यु भएको थियो । खाल्डोबाट निकालिएका अर्का एक जना कामदारको गत साता अस्पतालमा मृत्यु भएको थियो ।

    स्टिलफन्टेनबाट निकालिएका कमजोर, अशक्त पुरुषहरूमध्ये लगभग ६० प्रतिशत मोजाम्बिककी नागरिक थिए भने अन्य धेरै जिम्बावेबाट आएका थिए ।

    ‘अधिकांश दक्षिण अफ्रिकीहरूले या त रोजगार छन् वा सरकारी अनुदान पाएका छन् । उनीहरूलाई अनौपचारिक खननमा काम गर्न आवश्यक छैन’, विटवाटरस्यान्ड विश्वविद्यालयका मानवशास्त्रका प्रोफेसर रोबर्ट थोर्नटनले भने ।

    विटवाटरस्रान्ड बेसिनमा सुनको भण्डार अहिले यति कम भएको छ कि खनन निकै कठिन काम हो ।

    ‘प्रशोधित चट्टानमा प्रतिटन सातदेखि १५ ग्रामसम्म सुन पाइन्छ’, थोर्नटनले भने, ‘कुशल कला भएका खनिकहरू सामान्यतया पाक्षिक रूपमा मात्र घर फर्किन्छन् । अन्यथा उनीहरू जमिनमुनि बस्ने, खाने र सुत्ने गर्छन् ।’

    खननका क्रममा त्रासदीपूर्ण घटना भएको स्टिलफन्टेनको खतरनाक खानी नम्बर ११ को कथा वेग्लै छ । नोभेम्बरमा पुनरुत्थान भएका एक खनिक अयान्डा नडाबेनीका अनुसार ‘यो खानी २.६ किलोमिटर (१.६ माइल) गहिरो छ । तलका ग्यालरीहरूमा पुग्न यति गाह्रो छ कि धेरै कामदार ‘एक वर्षसम्म’ भूमिगत रहे ।’

    दक्षिण अफ्रिकी पत्रकार किमोन डे ग्रिफका अनुसार खाना र पानी ‘भेन्टिलेसन साफ्ट’मार्फत पठाउँदा मात्र उनीहरूले प्राप्त गर्न सक्छन् । यसरी नै उनीहरू महिनौं खानीभित्र बिताउँछन् ।

    सङ्गठित अपराध

    थोर्नटनले भने, ‘जब खानी मालिकहरूले आफ्नो भूमिगत अग्निपरीक्षाबाट केही सुन बटुल्न सफल हुन्छन्, तर उनीहरूले आपराधिक गिरोहका कारण आफ्नो सानो कमाइ पनि गुमाउन सक्छन् । अफ्रिकाको पनि गरिब राष्ट्र भनिने लेसोथोमा व्यवसायिक खनन गतिविधि छैन । गिरोहहरूले कामदारहरूबाट सुन चोर्छन् ।’

    जेनेभास्थित गैरसरकारी संस्था ‘ग्लोबल इनिसियटिभ अगेन्स्ट ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम (जीआई-टीओसी)’ ले सन् २०२१ मा पूर्वी र दक्षिणी अफ्रिकाको अवैध सुन बजारसम्बन्धी प्रतिवेदनमा उक्त क्षेत्र ‘हिंस्रक गिरोह र सामुदायिक युद्ध’बाट ग्रस्त रहेको उल्लेख गरेको छ ।

    दक्षिण अफ्रिकामा सामान्यतया लगाइएको आरोपको विपरीत अवैध उत्खनन केवल विदेशीहरूको क्षेत्र होइन ।

    थोर्नटनका अनुसार इस्वातिनीसँगको पूर्वी सीमा नजिकै बार्बरटन वरिपरि एक प्रकारको स्वतन्त्र सुनको क्षेत्र रहेको छ, जहाँ खनिकहरू ‘अधिकांश स्वाजी र दक्षिण अफ्रिकीहरू’ छन्, विदेशीहरू होइनन् ।

    उनले भने, ‘उनीहरू बन्दुक र मिलिशियाले आफूलाई सुरक्षित राख्छन् ।’

    जोखिमपूर्ण अनौपचारिक खानी क्षेत्र सञ्चालनमा रहिरहनुको एउटा प्रमुख कारण स्थापित सुन व्यापारीहरूको मिलेमतो हो । जीआई-टीओसीले ‘आपूर्ति श्रृङ्खलाको पारदर्शिता र नियमनको कमी’ ले ‘सुन शोधन र कर छली’ लाई बढावा दिएको बताएको छ ।

    ‘एक पटक सम्पत्ति शुद्धीकरण भएपछि सुन देश बाहिर (मुख्यतया संयुक्त अरब इमिरेट्स युएई)मा निर्यात वा तस्करी हुन्छ’, प्रतिवेदनमा भनिएको छ । -रासस/एएफपी

  • सीमा सुरक्षा नगरेको भन्दै ट्रम्पले हटाए महिला कोस्ट गार्ड कमान्डर

    सीमा सुरक्षा नगरेको भन्दै ट्रम्पले हटाए महिला कोस्ट गार्ड कमान्डर

    काठमाडौं । सोमबारबाट कार्यकाल सुरु गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षा नगरेको, गैरकानूनी आप्रवासी तथा लागूऔषध रोक्न नसकेको भन्दै सीमा सुरक्षा कमान्डर हटाएका छन् ।

    अमेरिकी मिडियाहरूका अनुसार लिन्डा फागन नामकी कमान्डरलाई ट्रम्पले तत्काल लागु हुनेगर हटाएका हुन् ।

    अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार समावेशिता, विविधता लगायतका कुराहरूलाई जोड दिएको पनि उनी हटाउनेको एक कारण मानिएको छ ।

    फागन अमेरिकाको सशस्त्र प्रहरीको प्रथम महिला प्रमुख भएको सीएनएनले उल्लेख गरेको छ ।

    सोमबार शपथ लिएकै दिन ट्रम्पले दक्षिणी सीमानामा संकटकाल लगाएर सैनिक पठाउने निर्णय गरेका थिए ।

    त्यसको केहि समयपछि सीमा सुरक्षाको कमान्डर हटाइएको सुरक्षा सार्वजनिक भएको हो ।

  • कोलम्बियामा सेना र फार्स लडाकु समूहबीच भिडन्त : १०० जनाको मृत्यु

    कोलम्बियामा सेना र फार्स लडाकु समूहबीच भिडन्त : १०० जनाको मृत्यु

    काठमाडौं । ल्याटिन अमेरिकी देश कोलम्बियामा राष्ट्रिय सेना र फार्स लडाकु समूहबीचमा भिडन्त भएको छ । भिडन्तमा परेर १०० जनाको मृत्यु भएको छ ।

    जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार भिडन्तमा परेर २० हजार बढी विस्थापित भएका छन् ।

    लडाकु समूह फार्सले नियन्त्रण लिन खोजेको क्षेत्रमा सेनाले चलाएको कारबाहीमा यस्तो भएको हो ।

    संयुक्त राष्ट्रसंघले ३० जनाको अपहरण भएको तथा एक हजार जना धरापमा परेको बताएको छ ।

    राष्ट्रसंघले शान्तिको लागि अपिल गरेको छ । भेनेजवेलाको सीमा क्षेत्रको भएको उक्त घटनामा पाँच हजार सेना परिचालन गरिएको छ भने संकटकाल घोषणा गरिएको छ ।

  • सी र पुटिनबीच भिडियो वार्ता

    सी र पुटिनबीच भिडियो वार्ता

    बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेको बेइजिङको सरकारी मिडियाले जनाएको छ ।

    सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गरेको’ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ । प्रसारकले वार्तामा के विषयमा छलफल भयो भन्नेबारे तत्काल विवरण दिएको छैन ।

    चीनले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ, तर बेइजिङ मस्कोको नजिकको राजनीतिक र आर्थिक साझेदार बनेको छ र युद्धको कहिल्यै निन्दा गरेको छैन । त्यसैले केही नाटो सदस्यहरूले बेइजिङलाई द्वन्द्वको ‘सहजकर्ता’ का रूपमा चित्रण गरेका छन् ।

    दुवै पक्षले सी र पुटिनको कथित बलियो व्यक्तिगत सम्बन्धलाई महत्त्व दिएका छन् । सीले रुसी नेतालाई आफ्नो ‘सबैभन्दा राम्रो साथी’ भनेका छन् भने पुटिनले सीलाई ‘भरपर्दो साझेदार’ का रूपमा प्रशंसा गरेका छन् ।

    गत महिना पुटिनलाई पठाएको नयाँ वर्षको सन्देशमा सीले ‘विश्व शान्ति र विकास’ लाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको सीसीटीभीले जनाएको छ ।

    ‘एक शताब्दीमा नदेखिएको तीव्र परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रुस गुट निरपेक्षता, गैरद्वन्द्व र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर अघि बढिरहेका छन्’, प्रसारकले सीलाई उद्धृत गरेको छ । -रासस/एएफपी

  • चीनमा शहरी रोजगारीमा उच्च वृद्धि

    चीनमा शहरी रोजगारीमा उच्च वृद्धि

    बेइजिङ । चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ शहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

    मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर ५.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो ।

    रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु इहोङले पत्रकार सम्मेलनमा बताए ।

    ‘सन् २०२४ को अन्त्यसम्म गरिबीबाट बाहिर तीन करोड ३० लाखभन्दा बढी मानिसलाई रोजगारी दिइएको थियो’, लुले थपे ।

    गत वर्षको अन्त्यसम्ममा चीनका सामाजिक सुरक्षा कार्ड धारकहरूको सङ्ख्या एक अर्ब सात करोड डिजिटल सामाजिक सुरक्षा कार्ड प्रयोगकर्तासहित करिब एक अर्ब ३९ करोड पुगेको प्रवक्ताले बताए । -रासस/सिन्ह्वा

  • बच्चा जन्माउन अमेरिका जानेहरुलाई ट्रम्पको नयाँ नीतिले कस्तो असर गर्ला ?

    बच्चा जन्माउन अमेरिका जानेहरुलाई ट्रम्पको नयाँ नीतिले कस्तो असर गर्ला ?

    काठमाडौं । अमेरिकाको भिजा लागेका नेपालका धेरै सेलिब्रेटीहरुहरुले अमेरिका पुग्दै बच्चा जन्माएका उदाहरण छन् । त्यसको एक उदाहरण हुन् रेखा थापा । यसै मुद्दामा थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सामाजिक संजालको ‘वाक युद्ध’का समाचार पनि बनेका थिए ।

    यो नेपालीहरुमा मात्रै लागू भएको छैन । विश्वका अरु देशकाहरुले पनि बच्चालाई अमेरिकामा जन्माउने गरेको प्रचलन देखिन्छ । अमेरिका विश्वको सबैभन्दा सस्तो र राम्रो स्वाथ्य सेवा भएको मुलुक भएको कारणले मात्रै यस्तो भएको होइन । यसमा सिधासिधी चासो नवजात शिशुलाई अमेरिकी नागरिक बनाउनेमा देखिन्छ ।

    अमेरिकामा जन्मेका नवजात शिशुहरु अमेरिकी नागरिक हुन पाउने कानूनी छिद्रमा टेकेर यसरी बच्चा जन्माउनेहरु धेरै छन् । र यसमै ट्रम्पको आपत्ति छ । उनको आपत्ति भाषणहरुमा मात्रै होइन राजनीतिक मुद्दाकै रुपमा आएको छ । अमेरिकाको सीमा क्षेत्रबाट छिरेका गैरकानूनी आप्रवासीहरु मात्रै नभएर अमेरिकाको भिजा लाएर अमेरिका पुगेर बच्चा जन्माउँदै अमेरिकी नागरिक बनाउने प्रचलनको ट्रम्पले विरोध गर्दै आएका छन् ।

    सोमबार अमेरिकाको ४७ औं राष्ट्रपतिमा सपथप्रहण लिएर कार्यभार सम्हालेका ट्रम्पले यो मुद्दा फेरि उचाले । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सीमामा संकटकाल लगाएका छन् भने जन्मनासाथ अमेरिकी नागरिकता पाउने प्रावधान अन्त्य गर्ने बताएका छन् ।

    तर, यसो गर्नमा उनलाई कानूनी अड्चन आउने बताइन्छ । संविधान नै संशोधन गरेर गैरअमेरिकी नागरिकहरुबाट अमेरिकामा जन्मेका सन्तानले नागरिकता लिन पाउने प्रावधान हटाउनुपर्ने हुन्छ । दुवै सदनमा बुहत सांसद भएको रिपब्लिकन पार्टीका शक्तिशाली राष्ट्रपति भएका ट्रम्पले संविधान संशोधन गरेर पनि यो प्रावधान राख्नेमा पहल गर्न सक्छन् ।

    अमेरिकाको दुई सदनका कूल सांसद ५३५ रहेका छन् । जसमा सन् २०२४ को चुनावी परिणाम अनुसार तल्ल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा ४३५ छन् जसमा रिपब्लिकन पार्टीका बहुमत २२० सांसद छन् र माथिल्लो सदन सिनेटमा १०० जना रहेकोमा रिपब्लिकन पार्टीका मात्रै बहुमत ५३ सांसद छन् ।

    के हो अमेरिकाको जन्मसिद्ध नागरिकता प्रावधान ?

    अमेरिकामा जन्मेका जो कोहिले अमेरिकी नागरिकता पाउन सक्छन् । यो कानूनमा मात्रै होइन संविधानमै टेकेर बनाइएको प्रावधान हो । जुनसुकै देश वा समुदायका भएता पनि अमेरिकामा जन्मेको बच्चा अमेरिकी नागरिक हुने प्रावधान छ ।

    १५७ वर्ष अगाडि सन् १८६८ मा प्रमाणिकरण भएको अमेरिकी संविधानको १४ औं संशोधनमा यस्तो प्रावधान राखिएको छ । अमेरिकी संविधान बेत्ताहरुले तत्कालीन प्रावधान हुनुमा अमेरिकाका भर्खरै मुक्त भएका दाशहरुका सन्तालाई अमेरिकी नागरिक बनाउनको लागि ल्याइएको संशोधन भनेर व्याख्या गरेका छन् ।

    खासगरी अफ्रिकी अमेरिकीहरुलाई लक्षित गरेर यो संसोधन आएको बताइन्छ । तर, अमेरिकी संविधानको १५ औं संशोधनले अमेरिकामा रहेका जुनसुकै पृष्ठभूमिका भएता पनि अमेरिकामा जन्मेको खण्डमा अमेरिकी नागरिकता पाउने अधिकार प्रत्याभूति गरिएको टाइम म्यागाजिनले उल्लेख गरेको छ ।

    यही संवैधानिक आडमा अमेरिकामा बच्चा जन्माउँदा पाउने जन्मशिद्ध अधिकार कायम भएको छ । त्यसकै प्रयोग गरेर अमेरिकामा बच्चा जन्माउँदै नागरिकता दिलाउने सहज बाटो दिन लागेका देखिन्छन् अमेरिकाको भिजा लागेकाहरु ।

     

  • शपथपछि ट्रम्पको पहिलो भाषण- सीमा, आप्रवासन, चीनबारे के के भने ?

    शपथपछि ट्रम्पको पहिलो भाषण- सीमा, आप्रवासन, चीनबारे के के भने ?

    काठमाडौं । सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिए । विदेशी अतिथिसमेत सहभागी भएको समारोहमा उनले केही घोषणा पनि गरेका छन् ।

    सन् २०२१ मा जो बाइडेनको शपथग्रहणमा नगएका ट्रम्पको शपथ समारोहमा बाइडेन भने उपस्थित थिए । शपथपछिको आधा घण्टाको मन्तव्यमा राष्ट्रपति ट्रम्पले विभिन्न मुद्दामा बोलेका थिए ।

    ४५औं राष्ट्रपति र ४७औं राष्ट्रपति भएका ट्रम्पले दोस्रो कार्यकालमा गरेको भाषण उनले सानदार पुनरागमनको रूपमा उभ्याएका थिए । सँगै, विरोधीहरूलाई आफ्नै अगाडि राखेर व्यंग्य गर्ने ट्रम्पको आदत पुन: दोहोरिएको छ ।

    यहाँ उनको सम्बोधनको महत्वपूर्ण विषय चर्चा गरिएको छ

    आजबाट अमेरिकाको स्वर्ण युग सुरू

    ट्रम्पको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन र तीन पूर्वराष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा उपस्थित थिए । सन् २०१६ मा ट्रम्मसँग पराजित भएकी तथा पूर्वप्रथम महिला हिलरी क्लिन्टन र पछिल्लो चुनावकी प्रतिस्पर्धी उपराष्ट्रपति कमला ह्यारिस । हिलरीबाहेक सबैको नामै लिएर ट्रम्पले भने, ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरू हुन्छ ।’

    दक्षिणी सीमामा राष्ट्रिय संकटकाल, सैनिक परिचालन

    ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय संकटकाल लागू गरेका छन् । संकटकाल लागू गरेर उनले सेना परिचालन गरेको पनि बताएका छन् । अमेरिकाले अरु देशको सीमा रक्षामा खर्च गरेको तर आफ्नै सीमा रक्षा गर्न नसकिरहेको भन्दै ट्रम्पले अमेरिकाको सार्वभौमसत्ता जोगाएर स्वतन्त्र, सार्वभौम, शक्तिशाली बनाउने दाबी गरे ।

    विश्वका विभिन्न देशका जेल, मानसिक सुधारगृह आदिबाट आएका गैरकानूनी आप्रवासीलाई निकाला गरिने उनले घोषणा गरे । युद्ध र अमेरिकी सेनाबारेमा ट्रम्पले भने, ‘हामी हाम्रो सफलतालाई हामीले लडेका युद्धहरूको आधारमा मात्र होइन हामीले अन्त्य गरेका युद्धहरूको आधारमा वा सम्भवत युद्धमै सहभागी नभएको अधारमा गर्नेछौं ।’

    अमेरिकाको शान्ति निर्माता र एकीकरणकर्ता बन्ने रुचि

    कार्यकाल सुरू हुनुअघि शान्तिको बाटो अपनाएको भन्दै ट्रम्ले इजरायल र हमासको सम्झौताले तीन बन्धक छुटाइएको विज्ञापन गरे । ट्रम्पका दूतले समेत वार्ता गरेर तय भएको इजरायल हमास युद्धविरामको जस लिँदै ट्रम्पले आफू शान्ति निर्माता र एकीकरणकर्ता बन्न चाहेको बताए ।

    फरक प्रसंगमा उनले अमेरिकी सेनालाई युद्ध बढाउन होइन अन्त्य गर्न र लडेका युद्ध जित्ने तहको बनाउने बताए । साथै उनले अमेरिकाले आफ्नै देशको विपत्‌मा सहयोग गर्न नसक्ने तर अरुको देशमा युद्ध गराउन खर्बौं खर्च गर्ने कुराको ४ पूर्वराष्ट्रपतिकै अगाडि विरोध गरे ।

    जागिरमा आरक्षण होइन योग्यता

    आफ्नो मन्तव्यमा ट्रम्पले अमेरिकामा रंगभन्दा दक्षताको आधारमा जागिर हुने बताए । लैङ्गिक सवालमा परम्परागत दलहरूकै भाषामा ट्रम्मले अमेरिकामा पुरुष र महिलालाई मात्र मान्यता दिने बताए ।

    अरु लैङ्गिक अल्पसंख्यकहरूले भन्ने गरेको लिंगको मुद्दामा अडान दोहोर्‍याउँदै उनले भने, ‘अब अमेरिकी सरकारको नीतिमा दुई लिङ्ग हुनेछन्- पुरुष र महिला ।’

    तेल खानी उत्खनन्‌मा जोड

    ग्रीन ऊर्जाको विपक्षमा आफ्ना कुरा दोहोर्‍याउँदै उनले अमेरिकामा ग्यास र तेलको विशाल भण्डारण भएको र त्यसको उत्खनन् गरेर विश्वभर अमेरिकी इन्धन बिक्री गर्ने बताए । उनले अमेरिकामा भएको इन्धनको स्रोत प्रयोग गर्ने र त्यसमा तेल खानी खन्नेबारेमा जोड दिँदै पुरानै रिपब्लिकनको चुनावी पंक्ति दोहोर्‍याए, ‘ड्रिल बेबी ड्रिल !’

    गल्फ अफ मेक्सिकोको नाम ‘गल्फ अफ अमेरिका’, पानामामा चीनको अधिपत्य अन्त्य गर्ने

    मन्तव्यको क्रममा उनले अमेरिकी महादेशमा रहेको आन्ध्र महासागरको तटीय क्षेत्र समेटेको क्षेत्रलाई ‘गल्फ अफ मेक्सिको’ नभनेर ‘गल्फ अफ अमेरिका’ नाम दिएका छन् । यस्तै ३८ हजार अमेरिकीले ज्यान दिएर बनाएको भन्दै उनले फिर्ता लिने उद्घोष गरे । पानामा क्यानलमा चीनको अधिपत्य भएको भन्दै उनले त्यसो गर्न नदिइने बताए ।

    सन् १९०४ बाट सन् १९१४ सम्ममा निर्माण गरिएको ८२ किलोमिटर लामो पानामा क्यानलले पशान्त महासागर र आन्ध्र महासागर जोड्ने गरेको छ । सन १९९९ डिसेम्बर ३१ बाट पानामा क्यानल कमिसन नामक अमेरिकी कम्पनीबाट पानामा क्यानल अथोरिटी नामक पानामाको सरकारी निकायलाई हस्तान्तरण गरिएको थियो । जिम्मी कार्टर राष्ट्रपति हुँदा हस्तान्तरणको सम्झौता भएको थियो ।

    सरकारी सेन्सरसिप बन्द गर्ने, राजनीतिक प्रतिशोध साँधेर मुद्दा नचलाउने

    ट्रम्पले तत्काल लागू हुनेगरी सरकारी सेन्सरसीपको अन्त्य गर्ने घोषणा गरेका छन् । उनले अमेरिकामा फेरि पनि वाक स्वतन्त्रता हुने भन्दै आफूले यस्तो निर्णय गरेको बताए । साथै उनले कुनै पनि नेतालाई राजनीतिक प्रतिशोधको आधारमा थुन्ने, मुद्दा चलाउने काम आफ्नो कार्यकालमा नहुने आश्वस्त पारे । ट्रम्पले यसो भन्दा उपराष्ट्रपति जेडी भेन्स, राष्ट्रपति उम्मेदवार विवेक रामास्वामीलगायतले उठेर ताली बजाएका थिए । निवर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले असहज मानेको देखिन्थ्यो ।

    चुनाव अगाडि डोनाल्ड ट्रम्पलाई तारान्तार मुद्दा लागेको थियो । ती मुद्दा राजनीतिक प्रतिशोधले हालिएको ट्रम्प तथा ट्रम्प पक्षधर रिपब्लिकनले आरोप लगाउँदै आएका छन् । राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोधको रूपमा दुरुपयोग नगर्ने बताउँदै उनले भने, ‘यी कुराको बारेमा मलाई केही कुरा थाहा छ ।’ निष्पक्ष, स्वतन्त्र र समान न्याय सबैलाई आफ्नो कार्यकालमा हुने उनको जिकिर थियो ।

    कोभिड खोप नलाउने नाममा जागिरबाट निकालिएकालाई पूरा तलब दिएर फिर्ता गर्ने

    ट्रम्पले कोभिडकालमा खोप नलाउने वा खोपको विरोध गरेको नाममा सेना वा अरु सरकारी जागिरबाट निकालिएकालाई पूरा तलब दिएर फिर्ता ल्याउने बताए । उनले यसो भन्दा हलमा तालीको गडगडाहट सुनिएको थियो । साथै उनले सोहि बेला ड्युटीमा रहेका सैनिकहरुलाई राजनीतिक सिद्धान्तको पठनपाठन तत्काल बन्द गर्ने बताए ।

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालका लागि शपथ ग्रहण गरेका छन् ।

    राजधानी वासिङटन डीसीमा आयोजित विशेष समारोहमा उनलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराएका हुन् । दोस्रोपटक विजयी बनेका ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति भएका हुन् ।

    शपथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्वसहित अर्बपतिहरुसहित सर्वसाधारण सहभागीता थियो ।

    शपथपछि सम्बोधन गर्दै उनले अमेरिकाको सुनौलो दिन सुरु भएको बताए । उनको चर्चित चुनावी नारा ‘पहिला अमिरेका’ दोहोर्याएका थिए । आफ्नो कार्यकालमा अमेरिका अहिलेसम्मकै उत्कृष्ट बन्ने समेत उनले दाबी गरे ।

    उनले भने, ‘अमेरिकाको अधोगति अन्त्य भएको छ । भगवानले मलाई अमेरिकालाई फेरि समृद्ध बनाउन बचाएका छन् ।’